विद्यार्थीले गरे तालाबन्दी !

विद्यार्थीले गरे तालाबन्दी !

वीरगन्ज, फागुन ६ । वीरगन्जको सबैभन्दा पुरानो ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु चुनाव तोकिएकै मितिमा हुने संभावना कम देखिएको छ ।
विभिन्न विद्यार्थी सङ्गठनले क्याम्पसमा गरेको तालाबन्दीको कारण तोकिएको समयमा स्ववियु कार्यतालिका अनुसार स्ववियु निर्वाचन प्रक्रिया शुरु नभएको कारण निर्वाचन अन्योलमा परेको हो ।

अखिल क्रान्तिकारीले सर्वप्रथम क्याम्पसमा तालाबन्दी गरेको थियो। माघ १४ गते आचारसंहिता लागू भएपछि क्याम्पसले स्नातक र स्नातकोत्तरतर्पm भर्ना लिएको कारण अखिल क्रान्तिकारीले तालाबन्दी गरेको स्ववियु निर्वाचनमा सभापति पदका दाबेदार प्रभाकर गुप्ताले बताए।

१४ गते आचारसंहिता लागू भएपछिको अवस्थामा पनि क्याम्पसले भर्ना लिएको कारण तालाबन्दी गरेको उनको भनाइ थियो। ठाराब क्याम्पसमा रहेका अन्य विद्यार्थी सङ्गठनहरूले भने भर्ना हुनुपर्ने अडानसहित अखिल क्रान्तिकारीले लगाएको तालामाथि ताला लगाउने काम गरेको छ। स्ववियु निर्वाचनमा उम्मेदवार दाबी गर्नेहरूमध्ये नै भर्ना हुन नसकेका कारण मधेसी विद्यार्थी सङ्गठन, अखिल, नेविसङ्घ तथा अन्य सङ्गठनहरूले क्याम्पसको प्रशासन, लेखा, अतिरिक्त क्रियाकलाप, परीक्षँ शाखा, निर्वाचन आयुक्तको कार्यालय र क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका हुन्। विद्यार्थी सङ्गठनहरूलाई राखेर तालाबन्दी खोलाउन क्याम्पसले गर्दै आएको प्रयास विफल भएपछि विद्यार्थी सङ्गठनका माउ संस्था राजनीतिक दलका स्थानीय नेताहरूको भेला गराएर निकास निकाल्ने काम भइरहेको छ।

यद्यपि क्याम्पस प्रमुख प्रमोद कुशवाहाले निर्वाचन गराउन तयार आफूहरु रहेको जिकिर गरेका छन् । उनले विभिन्न राजनीतिक दलका पार्टी अध्यक्षहरूलाई सहमतिमा तालाबन्दी खुलाएर निर्वाचन प्रक्रिया सुचारु गर्न प्रयास भइरहेको बताए। तत्काल सहमति भए पनि तोकिएको मिति फागुन १४ गते स्ववियु निर्वाचन हुन सक्ने उनले प्रतीकलाई बताए। स्ववियु निर्वाचन कार्यतालिका अनुसार फागुन १ गतेदेखि दर्ता, मतदाता नामावली प्रकाशन र आज उम्मेदवारी दर्ताको प्रक्रिया सुचारु छ। तर ठाराब क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले नै तालाबन्दी गरेको कारण क्याम्पसको निर्वाचन तोकिएको समयमा हुने सम्भावना क्षीण देखापरेको हो। ठाराब क्याम्पसमा १५ वटा विभिन्न विद्यार्थी सङ्गठनहरू छन् भने करिब चार हजार ५ सय विद्यार्थी छन्।

यता, स्ववियु निर्वाचन अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान ९नर्सिङ क्याम्पस० वीरगंजमा स्ववियु निर्वाचन प्रक्रिया त्रिविविको कार्यतालिका अनुसार सुचारु छ। प्रमुख निर्वाचन आयुक्त प्रमिला गौरोले उम्मेदवारी दर्ता भएको बताइन्। सभापति पदमा प्रत्यक्षतर्पm अखिल र नेविसङ्घका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् भने समानुपातिकतर्पm अखिल क्रान्तिकारी र नेविसङ्घले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख निर्वाचन आयुक्त गौरोले सभापतिपदमा अखिलबाट सुनीता यादव र नेविसङ्घबाट प्रशंसा पाण्डेले उम्मेदवारी दर्ता गराएको बताइन् ।

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

 काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ । यसैगरी, पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ । विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।प्रतियोगीलाईर्दशन, समाजिक इतिहास विज्ञान लगायतका विभिन्न विधाबाट प्रश्न सोधिएको थियो । पठन संस्कृतिको विकास गर्न यस किसिमको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संस्थाका महासचिव इन्द्रराज भट्टराईले सहजिकरण गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु र सुभचिन्तकहरुसँगै विभिन्न क्याम्पसमा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन्। उनका अनुसार पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन् । परीक्षार्थीहरू परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ ।सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । 

लोकप्रिय