शौचालयमा यौनजन्य गतिविधि बढेपछि रोक्न यस्तो पहल

शौचालयमा यौनजन्य गतिविधि बढेपछि रोक्न यस्तो पहल

काठमाडौँ । वेल्सको पोर्थकल भन्ने सहरमा शौचालयमा हुने यौन हिंसा रोक्न विशेष पहल गरिने भएको छ । संयुक्त अधिराज्यको दक्षिणवर्ती समुद्रीसीमामा रहेको यस सहरमा सार्वजनिक शौचालयमा हुनसक्ने यौनजन्य हिंसा र यौन क्रियाकलाप रोक्न दुई लाख डलरभन्दा पनि ठुलो धनराशी खर्च गरिने भएको छ ।

सीएनएनले जनाए अनुसार त्यहाँको स्थानीय प्रशासनले शौचालयहरूलाई सुरक्षित बनाउन र त्यहाँ हुनसक्ने कुनै पनि यौनजन्य अप्रिय गतिविधि रोक्न यस्तो कदम उठाउन लागेको हो ।

सुरक्षा अलार्म र पानीको फोहरा

प्रशासनले शौचालयहरूभित्र कुनै पनि यौनजन्य हिंसाको सम्भावना हुनसाथ सुरक्षा लार्म बज्ने व्यवस्था गर्न लागेको छ । त्यसका साथै यस्तो समयमा शौचालयभित्र रहेको स्वचालित पानीको फोहरा आफैं खेल्ने र ढोका आफैं खुल्ने बताइएको छ ।

शौचालयभित्र असुरक्षाको स्थितिमा चर्को आवाज आउने अलार्म राखिनेछ जसले गर्दा नजिकै तैनाथ सुरक्षाकर्मीलाई त्यहाँ पुग्न सजिलो होस् । त्यस्तै शौचालयभित्र ‘वेट सेन्सर’ राखिनेछ यसले एक समयमा एकजनाले मात्र शौचालय प्रयोग गर्न सुनिश्चित गर्नेछ

लामो समय ढोका बन्द रहेमा पनि अलार्म बज्ने

शौचालयभित्र यौन हिंसा नहोस भन्नका लागि स्थानीय प्रशासनले लामो समय शौचालयको ढोका नखुलेको खण्डमा पनि अलार्म बज्ने व्यवस्था गर्न लागेको छ । यसका साथै शौचालयमा पानी र विद्युत आपूर्ति समेत स्वचालित रूपले बन्द हुने समेत व्यवस्था मिलाइएको छ । स्थानीय प्रशासनका अनुसार केही व्यक्तिले शौचालयमा सुत्ने गरेकोले यस्ता काम उठाइएको हो । यसका साथै शौचालयहरूमा धुम्रपान रोक्न समेत उचित कदम चालिने भएको छ ।

केही सुरक्षा उपायहरू आलोचित

नगरका प्रमुख काउन्सलर माइक क्लार्कले शौचालाय्हरूको अवस्थामा सुधार ल्याउन यी सबै कदम चालिन लागेको बताएका छन् । उनले यस्ता पप्रावधानले शौचालयहरू अझै सुरक्षित हुने बताएका छन् ।

केही व्यक्तिले भने धेरै जसो सुरक्षाव्यवस्थाहरूको आलोचना गरेका छन् । उनीहरूको भनाइमा केही धेरै थाकेका व्यक्तिले एक छिन् निदाउन शौचालयको रयोग गर्न सक्छन् यतोमा प्रविधिको प्रयोग गरेर यसमाथि रोक लगाउन खोज्नु उनीहरूमाथि प्रताडना सरह हो ।

२२ वर्षकी युवतीले अस्पतालबाट चोरिन २६ दिनको शिशु

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट बच्चा चोरी भएको छ। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षकी सबिना श्रेष्ठले बोकिराखेको २६ दिनको बच्चालाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन्। ती अपरिचित महिलाले एक छिन बच्चा समातिदिन्छु भन्दै छलेर बच्चा लगेर फरार भएको प्रहरी जनाएको छ। उनको खोजि कार्यजारी राखेको प्रहरीले जनाएको छ। 

४०, ५० रुपैयाँमा जीउ बेच्न बाध्य छन् यी किशोरीहरु

सुन्दा पनि अचम्म लाग्ने याे खबर, च-रम आर्थिक अभावका कारण कलिला किशोरीहरु मात्रै ३५ रुपैयाँमा आफ्नो शरीर बेच्न बाध्य भइरहेछन् । यी किशोरीहरुले धेरै राम्रो मूल्य पाएको खण्डमा पनि मात्रै ११५ रुपैयाँ मात्रै पाउँछन् । याे राेचक खबर दक्षिणी अफ्रिकाका कैयौं क्षेत्रमा भएकाे र हुदैँ गएकाे छ । यहाँका च रम भोक-मरीबाट पी डित छन् । रोयटर्सको रिपोर्ट अनुसार मानवीय आधारमा मानिसहरुलाई सहायता पुर्याउने संस्था वर्ल्ड भिजनले भनेको छ – भोकबाट ज्यान बचाउन अंगोलामा मात्रै १२ वर्षका किशोरीहरु करिब ४५ रुपैयाँमा दे ह व्या पार गरिरहेका छन् । दक्षिणी अफ्रिकामा करिब साढे ४ करोड मानिसहरु भोक-मरीको सम स्या झे लिरहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । खडेरी, बाढी र आर्थिक अवस्थाका कारण उनीहरुले यस्तो समस्या झे ल्नु परिरहेको छ । वर्ल्ड भिजन ले आफ्ना स्टाफले नै अंगो ला र जिम्बाब्बेमा दे ह व्यापार गर्ने किशोरीहरुको संख्या बढिरहेको देखेको बताएको छ । यहाँ सं कटका कारण बाल विवाहको ख तरा पनि बढिरहेको छ ।

९० वर्षीय हजुरबाले गरे गर्लफ्रेण्डसँग बिहे

काठमाडौं । हिन्दी चलचित्रको एउटा चर्चित गीत छ– ना उम्र की सीमा हो, ना जनम का हो बन्धन…। बेलायतको एउटा वयोवृद्ध जोेडीले हालै गरेको निर्णय ठ्याक्कै यही गीतसँग मिल्न पुगेको छ । ९० वर्षका पुगे बेन्टन । डाँडामाथिको घाम भनेझैं कतिखेर हो संसार छोड्ने भन्ने अवस्थामा पुगेका छन् उनी । तर गत हप्ता भने उनले एउटा निर्णय गरे । ३७ वर्षदेखि सम्बन्धमा रहँदै आएकी जोने ओरिस नामक महिलासँग उनले बिहे गरे । अचम्म त के छ भने उनर्की प्रेमिका उनीभन्दा झनै जेठी छिन् । डेलिमेलका अनुसार, गत हप्ता बेलायतको समरसेटमा रहेको घर गएर ९० वर्षीय बेनेट र ९२ वर्षीय जोने ओरिसले बिहे गरे । जोने ओरिसका दुई बच्चा छन् भने ६ नातीनातिना छन् । अझ उनका दुई त पनाती नै छन् । उनले लामो समयदेखि बेनेटको प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन । जोने ओरिसको पहिलो विवाह भने सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि अर्को बिहे गरेपनि उनका ४२ वर्षअघि श्रीमानको मृत्यु भयो । यसपटक भने उनीहरुले प्रेम सम्बन्धलाई औपचारिक रुप दिने निर्णय गरे । को कतिखेर मर्ने हो के थाहा, त्यसअघि पति पत्नीको दर्जा पाउनु राम्रो सोचेर बिहे गरेको उनीहरुले बताए ।

अजब प्रेमको गजब कथाः प्रेमिकाले बिहे गर्न नमानेपछि केटी बन्न खोजे यी युवक, परिवारले बीचमै‌ रोक्दा न केटा न केटी

नयाँ दिल्ली । प्रेममा पागल भएकाहरुले के सम्म गर्दैनन् । यस्तै अनौठो प्रेमको चर्चा अहिले दिल्लीमा भाइरल बनेको छ । ३२ वर्षीय युवक, कार्यालयमा सँगै काम गर्ने एकजना महिलासँग प्रेम हुन्छ । महिला विवाहित, श्रीमान भने दुईवर्ष अघि कोरोनाका कारण निधन भएका । युवक र ती महिलाबीच सामान्य सम्बन्ध भएपनि महिलाले बिहे नै गर्न भने मानिन् । घरमा एउटा छोरी समेत भएकी ती महिलाले उक्त युवकसँग बिहे गर्न नसकिने र बिहेको जस्तो सम्बन्ध कायम गर्न नसक्ने बताएपछि युवक तनावमा पुगे । एउटा मल्टी नेशनल कम्पनीमा काम गर्ने युवकले अन्तमा निकै ठूलो निर्णय गरे । युवतीले विवाहित भइसकेकोले अन्य पुरुषसँग प्रेम या यौनसम्बन्ध कायम गर्न भने नसकिने बताएपछि उनले आफूपनि महिला नै बन्ने निर्णय गरे । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार, ती युवकका बुवाआमाले छोरामा एकाएक परिवर्तन आएको देखे । युवतीको जस्तो व्यवहार गर्ने, झर्किने र एक्लै रुने लक्षण छोरामा देखिएपछि उनीहरु मनोचिकित्सकहाँ पुगे । कुरा बुझ्दै जाँदा युवकले लिंग परिवर्तन गर्ने हर्मोनको सेवन गर्न थालेका रहेछन् । भोपालकी परामर्शकर्ता सरिता राजानीले युवकलाई बोलाएर कुरा गरेपछि बल्ल उनले महिला बन्नका लागि हर्मोनको सेवन गरिरहेको बताए । परामर्शका बेला युवकले बताए अनुसार, ६ महिना अघि सँगै काम गर्ने ती महिलासँग साथी हुँदै प्रेमसम्बन्ध भएको थियो । तर बिवाहको प्रस्ताव गर्दा भने ती महिलाले उनको श्रीमानले निकै माया र हेरचाह गर्ने गरेको र अन्य पुरुषलाइ श्रीमानको रुपमा हेर्न नसक्ने बताएकी थिइन । त्यसपछि युवकले आफू पनि महिला नै बनेर उनीसँग बस्न चाहने निर्णय गरेका रहेछन् । त्यसपछि परामर्शकर्ता राजानीले ती महिलालाई समेत सँगै राखेर परामर्श गरिन । र, हर्मोन थेरापी बन्द गर्ने सुझाव दिइन । तर यसले समस्या के भयो भने ती युवकभित्र पुरुष र महिला दुबै हर्मोनको विकास भयो । उनी न पुरै पुरुष नै रहेका छन् न पूर्ण महिला बन्न सकेका छन् ।

लोकप्रिय