कलाकार ‘भाइरल’ होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री

कलाकार ‘भाइरल’ होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन् । 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए । 

विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, "दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर, पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।"

‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रीय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार हो, जुन राम्रो कुरा होइन भने। सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता गतिविधि निरूत्साहित गर्न आग्रह गरे । 

पछिल्लो अधिवेशनबाट तपाईहरूको प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याहरूको सामना गरिरहेको विषयसमेत आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले संस्थाहरू विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए । उनले बढीभन्दा बढी सहमतिका साथ एकतावद्ध हुन र अन्य विषयहरूभन्दा लोकसंगीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रह समेत गरे ।

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक सेवा सुरु

काठमाडौं। राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिकरुपमा आजबाट सेवा सुरु गरेको छ । आज काठमाडौंमा आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रिता पोखरेलले आजबाट औपचारिकरुपमा सेवा सुरु भएको जानकारी दिए।  “हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानुनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ”, उनले भने । उनले केही समयपछि चालक र यात्रुको बिमा पनि गरिने बताए। राइडरहरुले सेवा उपयोग गरे बापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्नेसमेत जानकारी दिए।  कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ । इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिकरुपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताए । उनले भने, “हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्त्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।” रासस

पाँच वर्षपछि युरोप भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ पाँच वर्षपछि युरोपको सद्भावना भ्रमणमा निस्केका छन् । चीन र बेल्जियमबीच आर्थिक तनाव बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी युरोप भ्रमणमा निस्किएका हुन्। उनले सोमबार फ्रान्स पुगेर समकक्षी इम्यानुअल म्याक्रोँ र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोनडिअरसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी सर्बिया र हंगेरी जाने कार्यक्रम छ । सर्बिया र हंगेरी रूसलाई सहयोग गरिरहेका युरोका देश हुन् । चीनका राष्ट्रपति सी तीन उद्देश्यले युरोप भ्रममा निस्किएको विज्ञहरुको मत छ । पहिलो, युरोप र चीनबीच रूस(युक्रेन युद्धपछिको सम्बन्ध सुधार । दोस्रो, आर्थिक तथा सुरक्षासम्बन्धी एजेण्डामा छलफल र तेस्रो सर्बिया र हंगेरीसँग चीनको समेत बलियो सम्बन्ध रहेको सन्देश प्रवाह । भूराजनीतिक मामिलाका जानकार म्याट जेरासिमले अलजजिरासँग भनेका छन्, ‘सीले युरोप पुगेर सम्बन्ध सुधारसँगै  आर्थिक र सुरक्षा मामिलामा युरोपियन चासोलाई सम्बोधन गर्न खोजेका छन् । सर्बिया र हंगेरीसँग आफ्नो पनि राम्रो सम्बन्ध रहेको सन्देश उनले दिन चाहेका छन् ।’ बेइजिङ र पेरिसले कुटनीतिक वर्षगाँठको ६ दशक समेत मनाउँदैछन् । विश्व सुरक्षा मामिलामा दुई युद्धका कारण चुनौती थपिएको अवस्थामा सी युरोपतर्फ निस्किएका हुन् । सीको भ्रमणमा अन्तर्राष्ट्रिय संकटबारे छलफल हुने फ्रान्सका अधिकारीहरूले बताएका छन् । ‘दुई मुलुकबीच अर्न्तराष्ट्रिय संकट, मध्यपूर्व र रूस(युक्रेन युद्धका सवालमा छलफल हुनेछ’, फ्रान्सेली पक्षको भनाइ उद्दृत गर्दै अलजजिराले लेखेको छ। म्याक्रोँ युरोपको सुरक्षामा सबैभन्दा प्रखर रूपमा अघि सरिरहेका छन् । उनले सीलाई रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न दबाबका लागि आग्रह गर्ने अपेक्षा राखिएको छ । यस युद्धले युरोपको अस्तित्वमा चुनौती थपेको म्याक्रोँले इकोनोमिस्टसँगको कुराकानीमा भनेका छन् । ‘यो युद्ध रूसले जितेको अवस्थामा युरोप सुरक्षित हुनेछैन । रूस यहीसम्म रोकिन्छ भन्ने के सुनिश्चितता छ रु युक्रेनलाई हमला गरेको रूसले मोल्डोभमा, रोमानिया, पोल्याण्ड वा लिथुआनियालाई उसै छोड्ला र ?’ म्याक्रोँको प्रश्न थियो । यो भेटमा युरोपेली युनियनले युद्धबारे मात्रै नभएर चीनले विद्युतीय सवारी साधनमा दिएको अनुदानले थपेको चुनौतीबारे समेत छलफल गर्नेछ । चिनियाँ घरेलु अनुदानले युरोपेली कम्पनीहरूले बजारमा प्रतिस्पर्धा गर्न चुनौती थपिने भएकाले यसमा छलफल हुने भएको हो । सी युरोप जानुअघि विदेश मन्त्रालयका प्रवक्ता ली जिआनले युरोपसँग रणनीतिक तथा आर्थिक साझेदारीका लागि रचनात्मक छलफल हुने बताएका थिए। ‘हामी फ्रान्स र समग्र युरोपसँग रणनीतिक साझेदारीको पक्षमा छौँ । आपसी हित तथा विश्व शान्तिका  लागि दीर्घकालीन सहकार्यको प्रस्ताव सहित राष्ट्रपति भ्रमणमा निस्किनुभएको छ’, उनले भनेका थिए। सोमबार म्याक्रोँले समकक्षी सी र चिनियाँ फर्स्ट लेडी पेङ लीयुआनलाई राजकीय भोजमा सरिक गराउनेछन् । त्यसपछि मंगलबार उनले  हिमाल दृश्यावलोकनका लागि लाने कार्यक्रम छ। त्यसपछि उनी सर्बिया पुग्नेछन्। सर्बिया युरोपेली युनियनको सदस्य राष्ट्र भने होइन। सर्बियामा चीनको ठूलो लगानी रहेको छ। मे ८ मा सीले हंगेरीको बुडापेस्ट पुगेर युरोपको यात्रा अन्त्य गर्नेछन् । उनले त्यहाँ राष्ट्रपति भिक्टर ओरबानसँग भेट गर्नेछन्। हंगेरीले लिएको नीतिबारे युरोपेली युनियनका सदस्यहरूले प्रश्न उठाइरहेका छन् । मस्को र बेइजिङसँग हंगेरीको हिमचिमबारे प्रश्न उठ्ने गरेको छ । अझ उसले सुरक्षा सहकार्य सम्बन्धमा मस्को र बेइजिङसँग सहमति गरेपछि युरोपेली युनियनमा हंगेरीप्रति असन्तुष्टि बढ्दै आएको छ । हंगेरी बीआरआईमा समेत संलग्न राष्ट्र हो । युरोप भ्रमणका दौरान मानवअधिकारका सवालमा पनि छलफल हुनेछ । करिब १० लाख तिब्बती बालबालिका शिक्षाबाट बञ्चित भएको उइगुर समुदायप्रति दमन भएको लगायतका विषयमा पनि छलफल गर्ने तयारी युरोपेली आयोगको छ । विशेषगरी रूस युक्रेन युद्ध रोक्नका लागि थप पहल लिन म्याक्रोंले दबाब दिनसक्ने अपेक्षा राखिएको छ ।

हिरासतमुक्त भए नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले

काठमाडौँ । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छाड्ने निर्णय गरेपछि हिरासतबाट मुक्त गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतले जानकारी दिएको छ । मानव बेचबिखनको आरोपमा फरार रहेकाहरूलाई खोजी गर्ने क्रममा उनलाई ब्युरोले २८ चैतमा पक्राउ गरेको थियो । स्रोतका अनुसार, घलेविरुद्ध २०७३ सालमै मुद्दा दर्ता भइसकेको थियो ।

कतार एयरवेजको जहाजमा धुवाँ देखियो

काठमाडौं । काठमाडौंबाट कतारका लागि उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । विमानको पुच्छरमा धुवाँ देखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए ।  उड्नका लागी पुसब्याक गर्दा धुवाँ देखिएपछि चेकजाँच गरिएको उनले बताए । उनका अनुसार जहाजमा अरू समस्या केही छैन, जहाज दोहा उड्ने तयारीमा छ ।

लोकप्रिय