हरिसिद्धीमा गहुँ काट्दै विप्लव

हरिसिद्धीमा गहुँ काट्दै विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले ललितपुरस्थित हरिसिद्धीमा पुगेर गहुँ काटेका छन् । 

आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काटेर उनले दिवस मनाएका हुन् । 

पछिल्लो समय विप्लव खेतीपाती र कृषि कर्ममा व्यस्त भइरहन्छन् । 

पार्टीले सञ्चालन गरेको उत्पादन अभियानमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय सन्देश दिन खोजेको उनको भनाई छ । विप्लवले सोही सन्दर्भमा श्रमिक दिवसको अवसरमा नेपाल तथा विश्वभरिका श्रमिकहरुलाई शुभकामना दिदै विश्वमा श्रमिकहरुको महत्त्व बढ्दै गएको बताएका छन् । 

उनले श्रमिक र पुजीपति वर्गविचको खाडल सांघुरो बनाउदै लैजानुपर्ने बताए ।

विप्लवले पुजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउदै त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताए ।

हरिसिद्धीमा विप्लवसँगै पार्टी निकट विद्यार्थी संगठनका नेता कार्यकर्ताले गहुँ काटेका छन् ।

विपक्षी दललाई एकत्रित गरी सदन चल्न नदिने रणनीतिमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ।  त्यस लगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक जारी रहेको र त्यस लगत्तै जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएको जानकारी दिए।  कांग्रेस प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त बैठक बसी संसद् अवरुद्ध गर्ने रणनीतिमा लागेको हो । बैठकले संसद् अवरुद्ध गर्ने संयुक्त उद्देश्य बनाउने छ । बैठक बिहान ११ बजे बोलाइएको छ। 

राष्ट्रियसभा बैठक आज बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः १५ बजेका लागि बोलाइएको छ ।  संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।  सार्वजनिक सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको संबोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको संबोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन, अध्यादेश पेसलगायत ८ बुँदा छन् । 

युवा संघले जलायो देउवा र धनराज गुरुङको पुत्ला

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधाममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएको छ । संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि काँग्रेस उपसभापति गुरुङले औला ठड्याएर दुर्व्यवहार गरेका थिए । सो घटनाको विरोधमा यूवासंघका कार्यकर्ताहरूले जनकपुरमा प्रदर्शन गरेका छन् । संघका केन्द्रीय नेता सञ्जीव झा ’सुरज’को नेतृत्वमा प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरूले काँग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलाएका थिए । एमालेका केन्द्रीय सदस्य समेत रहेका झाले काँग्रेस संसदमा गुरुङले उद्दण्डता मच्चाएको बताए । उनले सामाजिक सञ्जालमा चेतावनी दिएका छन्, ‘प्रेत आत्माको भोटबाट जितेको धनराज गुरुङ आफ्नो हैसियतमा बसे हुन्छ । सदन होइन, सडकमै हिसाब किताब हुन्छ ।’

सदनमा कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ। निर्धारित समयभन्दा दुई घण्टापछि बसेको बैठकमा कांग्रेसले अवरोध गरेको हो ।  बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरी अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक दुई घण्टापछि मात्रै बसेको हो ।  सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । सत्तापक्ष लामिछानेलाई बोल्न दिएपछि मात्रै समिति बनाउने पक्षमा देखिएको छ । कांग्रेसका सांसदहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग राख्दै सदनमा नाराबाजी गरेका छन् ।

लोकप्रिय