सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज  ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

लामिछाने र सरकारी दुबै पक्षले यसअघिको सुनुवाईमा पुनराबेदन गरेका छन् । 

भन्सार छलेर ल्याइएको १०६ वटा कुखुरा नष्ट

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएको भन्दै १ सय ६ वटा कुखुरा नष्ट गरेको छ । साइकलमा लोड गरेर ल्याउँदै गरेको बोइलर कुखुरा बौधिमाई नगरपालिका ७ मा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिए । अवैध रुपमा भारतबाट नेपाल कुखुरा ल्याउँदै गरेका व्यक्ति भने फरार भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी नायव उपरीक्षक गिरीले नष्ट गरिएका ब्रोइलर कुखुराको नेपाली बजार मूल्य करिब १ लाख २७ हजार रुपैयाँ बराबरको हुने बताए ।  बुधबार नियन्त्रणमा ल्याइएको बोइलर कुखुरा बिहीबार स्थानीय भद्रभलादमी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ गरेको छ ।  कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस ५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।   काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो ।      उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

नगद र सुनसहित ७ जना पक्राउ

काठमाडौं । काठमाडौंमा नगद र सुनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित चार नेपाली र तीन भारतीय नागरिकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३, टाँटे बस्ने वर्ष ४७ का गणेश दत्त बडु, झापा बिर्तामोड नगरपालिका ३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला टाटे नगरपालिका वडा नं. ३ का २१ वर्षीय आयुष बडु र झापा बिर्तामोड नपा वडा नं. ३ का २२ वर्षीय भरतराज खरेल छन् ।  यसैगरी तीन भारतीय नागरिकमा भारत महाराष्ट्र सांगली आटपाडी थाना ठेगानाका ३७ वर्षीय अमोल विभूत, सोही ठेगानाका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश वाल्टे छन्।  उनीहरूको साथबाट १७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।  काठमाडौं २४, दुछेंननी टोलमा केही व्यक्तिले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचना प्राप्त भएपश्चात् गएको प्रहरी टोलीले खोजी गर्दै जाँदा गणेश दत्त बडुसहित उनीहरूलाई उल्लिखित सुन र नगदसहित पक्राउ गरेको हो ।  घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

डेढ किलो सुन र एक करोड रुपैयाँ बरामद

काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलो सुन र कम्तिमा १ करोड रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित कम्तिमा ७ जनालाई पक्राउ गरेको कार्यालयले जनाएको छ । यस विषयमा प्रहरीले केहिबेरमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिँदैछ ।

लोकप्रिय