तोलामा दुई हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा दुई हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली स्थानीय बजारमा सुनको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ ।

सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार पाँच सय रुपैयाँमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँले गिरावट भएको छ । सोमबार प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

सुनको मूल्य २७ सय घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ ।  यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  

सुनको मूल्य ४०० ले घट्दा, चाँदीको ५ बढ्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा करोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो

काठमाडौं । लगातार दुई दिन गरी तोलामा ३८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधवार भने ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख ३६ हजार रुपैयाँ कायम भएको जानकारी दिएको छ ।  अघिल्लो दिन छापावाला सुन एकैपटक प्रतितोला २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । हिजो चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ घटेको हो ।  आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।  आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

लोकप्रिय