पर्यटन क्षेत्रको विकास अपरिहार्य  : मन्त्री तामाङ

पर्यटन क्षेत्रको विकास अपरिहार्य  : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका छन् । 

बिहीबार काठमाडौंमा जाउँ हिँड रेसुंगा अभियानको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकलाई अहिलेको स्थितिबाट माथि उठाउन पनि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताए ।

उनले मुलुकलाई समुन्नत बनाउने आर्थिक आधारहरूमध्ये पर्यटनको क्षेत्र पनि एक भएको बताए । पर्यटन क्षेत्रको विकासद्वारा नै रोजगारी सिर्जना र मुलुक समृद्ध बनाउनसक्ने उनको भनाइ थियो । बसाइँसराइको प्रक्रियालाई पनि पर्यटकीय क्षेत्रको विकासद्वारा रोक्न सकिने बताए । 

उनले भने, 'हाम्रो मुलुक अहिले जुन स्थितिबाट गुज्रिरहेको छ, हामीले मुलुकलाई समुन्नत बनाउनको निमित्त आर्थिक आधारहरूमध्ये पर्यटनको क्षेत्रलाई पनि एउटा महत्त्वपूर्ण आधारको रूपमा लिएका छौँ । पर्यटन क्षेत्रको विकासद्वारा नै हामीले रोजगारी सिर्जना गर्नसक्छौँ र मुलुकलाई आर्थिक रुपबाट समृद्ध बनाउन सक्छौँ । अहिले जुन हिसाबले जनसमुदायको स्थानान्तरण जसरी हुने गरेको छ, त्यो स्थानान्तरणको प्रक्रियालाई पनि यस्तै पर्यटकीय क्षेत्रको विकासद्वारा मात्रै रोक्न सकिन्छ ।'

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले आज एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन् । उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिने बताए । विज्ञप्तिमा रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश  र मधेश प्रदेश सहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैगरी आज राती कोशी, मधेश र  बागमती प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

गुल्मी बस दुर्घटनामा घाइते सहचालकको मृत्यु

गुल्मी । गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा  उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते सबैको पाल्पामा उपचार भइरहेको छ । बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेर दुर्घटना भएको हो ।

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा डा. शर्मा नियुक्त

काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा.लेखनाथ शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी थिंकट्यांकको रूपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

लोकप्रिय