सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यक : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताएकी छिन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को आयोजनामा राजधानीमा सुरु भएको २९ औँ सूचना तथा प्रविधि प्रदर्शनी २०८० को उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले सूचना प्रविधिमा युवा जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्ने बताइन् ।

‘‘डिजिटल अर्थतन्त्रलाई नेपाली अर्थतन्त्रको मूल आधार बनाउन वृहत् सहकार्य आवश्यक छ । सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ ।,’’ उनले भनिन्, ‘‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासङ्घसँग आग्रह गर्दछु ।’’

डिजिटल नेपाल फ्रेमवर्क २०७६ को कार्यान्वयनमार्फत हरेक क्षेत्रलाई डिजिटाइजेसन गर्दै लैजाने सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, अर्थ र सहरी पूर्वाधारमा प्रविधिको प्रयोग बढाउन सकिएमा ठुलो परिणाम दिनसक्ने बताइन् ।

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डासहित अघि बढिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले थपिन्, ‘‘हामी यसकै मुख्य सोचमा आधारित रहेर आगामी १६ औँ राष्ट्रिय योजनाको तयारीमा पनि जुटेका छौँ । आगामी पञ्चवर्षीय योजनालाई डिजिटल रूपान्तरणकारी योजनाको रूपमा अघि बढाउनुपर्छ भन्ने सरकारको सोच रहेको छ ।’’

अहिले नेपालमा ठुलो सङ्ख्यामा युवाहरू सूचना प्रविधिको क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै उनले भनिन्, ‘‘अहिले ठुलो सङ्ख्यामा युवाहरू विदेश पलायन भइरहेको बेलामा नेपाली जनशक्ति देशभित्रै बसेर सूचना प्रविधि सेवा निर्यातमार्फत आर्थिक समृद्धिमा योगदान गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दै जानु निकै खुसीको कुरा हो । यसबाट एकातिर हामी सूचना प्रविधि उद्योगमार्फत विश्व बिजारमा प्रतिस्पर्धा गर्न सक्ने छौँ भने अर्कोतिर जनशक्ति पलायन रोकेर श्रमिक होइन श्रम र सेवा निर्यातको नयाँ ढोका खोल्न सक्ने छौँ ।’’

सरकारले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा प्रेरित गर्ने कार्यक्रम समावेश गरेको र स्टार्टअप उद्यम कर्जा कार्यविधि पारित गरेर यसका लागि परियोजना आह्वान पनि गरिसकेको जानकारी दिँदै मन्त्री शर्माले सूचना तथा सञ्चार प्रविधिमा आधारित स्टार्टअप गर्न चाहनेहरूलाई यसमा समावेश हुन आग्रह गरिन् ।

सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको जानकारी दिंदै नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वयनमा ल्याइएको र डाटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र समेटेर सूचना प्रविधिसम्बन्धी कानुनको तयारी भइरहेको जानकारी दिइन् । कानुनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनर्संरचना लगायतका काम पनि भइरहेको उनले स्पष्ट पारिन् ।

अब सूचना प्रविधि क्षेत्रमा विकास र प्रयोग बढाउन नवीन प्रविधिलाई आत्मसात् गर्दै आविष्कार र नवप्रवर्तनमा जोड दिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले विश्वमा एकपछि अर्को प्रविधिको विकास र प्रयोग हुँदै गएकाले रोबोटिक्स, आर्टिफिसियल ईन्टेलिजेन्स् (एआई) जस्ता प्रविधिको आत्मसातीकरण साथै आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नुपर्ने बताइन् । सञ्चार तथा सूचना प्रविधि आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको विषय हो भन्ने सवाल नेपाल राज्यले औपचारिकरुपमा स्वीकार गरेको भए पनि यसलाई सिङ्गो मुलुककै साझा धारणा बनाउन अझै मेहनत गर्न आवश्यक रहेको पनि मन्त्री शर्माले स्पष्ट गरिन् ।

आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तक्रियालगायत कार्यक्रम गर्न लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहान होटल र्‍याडिसनमा दूरसञ्चारसम्बन्धी गोष्ठीको आयोजना गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ । दूरसञ्चारको विकाससँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ । यो बिना जीवन कल्पना गर्न गाह्रो भएको छ । ‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ ।

एमडीएमएस प्रणाली आजदेखि लागु हुँदै

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि लागु हुँदैछ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू भने सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्नुपर्नेछ । नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । नेपालभित्र खरिद गर्दा सो मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा दर्ता भए नभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ । लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो। सरकारले गत आर्थिक वर्षको बजेटमार्फत नै २०७८ साउनदेखि यो लागु गर्ने घोषणा गरेको थियो तर सबै उपकरण नआएको कारण देखाउँदै प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन। दोस्रो पटक २०७९ पुस १५ गतेदेखि एमडिएमस लागु गर्ने प्राधिकरणले औपचारिक घोषणा गरे पनि सार्वजनिक विरोधपछि त्यसलाई तत्कालका लागि स्थगित गरेको थियो। खास गरी व्यक्तिगत प्रयोजनका लागि ल्याइने मोबाइलको भन्सारसँग सम्बन्धित नीति व्यावहारिक नभएको भन्दै भएको विरोधका कारण त्यससँग असम्बन्धित एमडिएमएस प्रणाली पनि त्यति बेला स्थगित हुन पुगेको थियो।

माघ मसान्तसम्म ५ अर्ब ३० करोड बढी बक्यौता तिर्न यूटीएललाई दूरसञ्चारको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकमलाई माघ मसान्तसम्म ५ अर्ब ३० करोड बढी बक्यौता तिर्न निर्देशन दिएको छ । नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको हालसम्म बुझाउनु पर्ने साढे ५ अर्ब ३० करोड बढी बक्यौता दाखिला गर्न कम्पनीलाई प्राधिकरणले निर्देशन दिएको हो । पुष मसान्तसो बाँकी रकम ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३.८८ रुपैयाँ लामो समय दाखिला नभएकोले सम्पूर्ण बक्यौता माघ मसान्तसम्म बुझाई सक्कल भौचर प्राधिकरणमा दाखिला गर्न प्राधिकरणले भनेको छ । यदि माघ मसान्तसम्म रकम दाखिला नगरे कानून बमोजिम अघि बढ्ने प्राधिकरण चेतावनी दिएको छ ।सरकार र प्राधिकरणलाई तिर्नुपर्ने अनुमतिपत्र नविकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर रकम बुझाउन निर्देशन गरेको हो । युनाइटेड टेलिकम कम्पनीले वि।सं। २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरेको थियो ।

५ जीसहित आईफोन १२ सिरिजका ४ मोडल बजारमा, फ्ल्यासबिना राती फोटो लिन सकिने (फिचरसहित)

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको घोषणा कम्पनीले गरेको छ । यी सबै सेटहरु ५ जी मा आधारित हुनेछन् । आइफोनले यसलाई नयाँ युगको शुरुआत भनेको छ । के के लन्च भए त? आईफ़ोन12 (64, 128, 256 जीबी स्टोरेज), आईफ़ोन12 Mini (64, 128 और 256 जीबी स्टोरेज) आईफ़ोन12 Pro (128, 256 और 512 जीबी स्टोरेज), आईफ़ोन12 Pro Max (128, 256 और 512 जीबी स्टोरेज) के होला मूल्य आइफोनका यी मोडेलहरुको मूल्य १ लाख १० हजारदेखि २ लाख २० हजारसम्म रहेको छ । आइफोन १२ मिनिको मूल्य १ लाख १० हजार, आइफोन १२ को मूल्य १ लाख २० हजार, १२ प्रोको मूल्य १ लाख ९० हजार र १२ प्रो म्याक्सको मूल्य २ लाखको हाराहारिमा रहेको छ । बजारमा भने आगामी ६ नोभेम्बरकाट प्रि अर्डर सुरु हुने छ । यसमा १२ प्रो म्याक्सको प्री अर्डर भने १३ नोभेम्बरबाट शुरु हुने र २० नोभेम्बरदेखि बिक्री शुरु बताइएको छ । यो सिरिजको फोनहरु आकारमा यसअघिको आइफोन भन्दा ठूलो रहेका छन् । तर पहिलोपटक आइफोनमा हेडफोन या चार्जर हुनेछैन । एप्पले वातावरणमा यसको प्रभाव क मगर्न यस्तो गरेको बताएको छ । आइफोनको स्क्रिन ६.१ इन्च हुने भएपनि पहिलाको तुलनामा नयाँ आइफोन ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुने छ । नयाँ फोनको रेजुलेसन बढी छ । यसमा सिरमिक शिल्डको प्रयोग गरिएको छ । यी नयाँ फोनमा फ्लायसको प्रयोग नगरी नाइटमोडमा सेल्फी लिन सकिने छ । यसका साथै कलर कन्ट्रास्ट र आवाजमा पनि यी अघिल्ला सेट भन्दा उत्कृष्ट छन् । नयाँ सिरिजनमा १२ मेगापिक्सलका दुई वाइड एंगल क्यामरा रहेका छन् । यसबाट कम उज्यालोमा पनि निकै राम्रो तस्वीर लिन सकिने आइफोनको दावी छ । यही कुरा भिडियो रेकर्डमा पनि लागु हुने छ । यो फोनलाई ५ जी र ४ जीका बीचमा रुचि अनुसार परिवर्तन गर्न सकिने छ ।

ग्यासभन्दा भान्सामा बिजुली सस्तो!

काठमाडौंः ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रूपमा सस्तो पर्ने अनुसन्धानले देखाएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो । यसका अनुसन्धानकर्ता एवं केन्द्रका प्रा.डा. जगन्नाथ श्रेष्ठले भने, ‘एलपी ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा समय र पैसा कम खर्च हुने देखियो । त्यसैले एलपी ग्यासको प्रयोग कम गर्दै लैजान सकिएमा मुलुकलाई आर्थिक रूपमा फाइदा हुनेछ ।’ केन्द्रले यही मङ्सिर ७ गते सो अनुसन्धान गर्दा नमुनाका रूपमा आधा केजी चामल लिएको थियो । त्यसमा आधा लिटर पानी प्रयोग गरिएको थियो । चामल र पानीको तौल २।७९ केजी भएको थियो । उनले विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्दा फलाम ९स्टिल० को भाडोमा मात्र पाक्न सक्ने भएकाले ग्यास र इन्डक्सन चुलोमा यो अनुसन्धान गर्दा एउटै प्रेसर कुकर प्रयोग गरिएको बताए । कुकरले दुई सिट्टी दिँदा भात पाक्ने सिद्धान्तअनुरूप भात पकाइएको थियो । ऊर्जाविद् प्रा.डा. श्रेष्ठले ग्यास चुलोमा भात पकाउँदा ११ मिनेट ११ सेकेन्ड र इन्डक्सनमा पकाउँदा सात मिनेट ४९ सेकेन्ड समय लागेको जानकारी दिए । ‘इन्डक्सनमा पकाउँदा झण्डै तीन मिनेट छिटो पाक्ने रहेछ’ उनले भने । अनुसन्धानका क्रममा एक पटक भात पकाउँदा एलपी ग्यासको ऊर्जा २५ ग्राम खपत हुने र इन्डक्सनमा पकाउँदा शून्य दशमलव १४२ किलोवाट आवर खर्च हुने गरेको पत्ता लगाइएको थियो । ऊर्जा खपतका बारेमा थाहा पाउन विभिन्न उपकरणहरू प्रयोग गरिएको थियो । दुई सिट्टीमा भात पाकेपछि खर्च भएको ऊर्जाको गणना गर्दा दुई रुपियाँ ४६ पैसा बराबरको ग्यास र एक रुपियाँ ४२ पैसा बराबरको विद्युत् खर्च भएको पाइएको थियो । सो रकम प्रतिसिलिन्डर एक हजार चार सय रुपियाँको हिसाबका आधारमा निकालिएको थियो । विद्युतीय ऊर्जाको हिसाब १५ एम्पियरको मिटर जडान गरिएको आधारमा १० रुपियाँ प्रतियुनिटको दरले निकालिएको हो । सरकारले २०७५–२०८५ साललाई ऊर्जा दशकका रूपमा घोषणा गरेको छ । गत २०७५ साल वैशाख २५ मा जारी स्वेतपत्रमा हरेक घर ऊर्जा घर, हरेक घरमा एक विद्युतीय चुलो भनेर उल्लेख गरिएको छ । नेपालमा दैनिक करिब ७२ हजार सिलिन्डर एलपी ग्यास खपत हुँदै आएको छ । सो १० करोड रुपियाँभन्दा बढी हुन्छ । बर्सेनि ४२ अर्ब रुपियाँभन्दा बढीको एलपी ग्यास खरिद हुँदै आएको छ । काठमाडौँ उपत्यकामा मात्र दैनिक खपत हुने ऊर्जाको ६९ प्रतिशत खाना पकाउनमा प्रयोग हुने गरेको छ । आर्थिक सर्वेक्षणले गत आर्थिक वर्ष २०७५/७६ को मध्यसम्ममा चार हजार १०२ गिगावाट आवर विद्युतीय ऊर्जा उपयोग भएको थियो । एक गिगावाट बराबर एक अर्बबाट हुन्छ । ऊर्जाविद् प्रा।डा। श्रेष्ठले इन्डक्सन चुलोबाट खाना पकाएर आर्थिक बचत गर्न गुणस्तरीय र दुईमुखे चुलो हुनुपर्ने, विद्युत् प्रवाह नियमित हुनुपर्ने, कम्तीमा १५ एम्पियरको विद्युत् लाइन जडान हुनुपर्ने, विद्युत् महसुल हालको भन्दा बढाउन नहुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

सि.जी लक्की–ड्रः यी ३ जोडीले पाए थाइल्याण्ड जाने अवसर

काठमाडौंः नेपालको नं १ ब्राण्ड सि.जीको ‘सि.जीसँग उत्साह उमंग थाइल्याण्ड जाउ परिवार संग’ नामक स्किमको दोस्रो चरणको लक्की–ड्रका विजेताको नाम सार्वजनिक गरिएको छ । मंसिर ६ गते सार्वजनिक गरिएको लक्की–ड्रमा पोखराका सत्यराज कडेल, धादिङका छन्द बहादुर शेन र रुपन्देहीका धनपति न्यौपाने गरी तीन जोडीहरुले थाइल्याण्ड जाने अवसर पाएका छन् । भाद्र २० गतेदेखि लागू गरिएको यो योजनामा सि.जि ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखिएको थियो । कम्पनीका अनुसार यो योजना सिमीत अवधिको लागि लागू गरिएको थियो ।

फेसबुक र गूगलको व्यापार शैली मानवधिकारका लागि खतरा

एजेन्सीः मानव अधिकारको लागि काम गर्ने अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गूगल र फेसबुकको व्यापार शैलीले मानवधिकारको लागि खतरा बनाएका छन् । एम्नेस्टीले एक रिपोर्ट जारी गरेको छ जसमा यी प्रविधी कम्पनीले गर्ने ‘ठूलो स्तरको निगरानी’ प्रति चिन्ता व्यक्त गरेको छ । मानव अधिकार संगठनहरुका दावी अनुसार यी प्लाटफर्म ठूलो स्तरमा ‘मानवाधिकारलाई नोक्सानी पु¥याउने अवस्था सिर्जना गरिरहेको छ ।’ फेसबुकले रिपोर्टप्रति असहमती व्यक्त गरेको छ । कम्पनीले आफ्नो प्लाटफर्मले मानव अधिकारलाई सशक्त बनाइरहेको टिप्पणी गरेको छ । रिपार्टमा गूगललाई संसारको ९० प्रतिशतभन्दा बढी खोजको लागि प्रयोग गरिने सर्च इन्जिन बताइएको छ । त्यस्तै संसारको एक तिहाई जनसंख्याले हरेक दिन फेसबुक प्रयोग गर्ने पनि रिपोर्टमा लेखिएको छ । एमनेस्टीका महासचिव कूम नायडूले रिपोर्टको व्याख्या गर्दै भने ,‘ अरबौं मानिस फेसबुक र गूगलले निर्धारण गरेको सर्तभन्दा बाहिर गएर यसलाई प्रयोग गर्न सक्दैनन् ।’ ५८ पृष्ठको रिपोर्टमा एम्नेस्टीले गूगल र फेसबुकको व्यापार मोडलको कारण ‘अरबौं मानिसको विश्वव्यापी निगरानी’ भइरहेको उल्लेख गरेको छ । मानव अधिकार संगठनले प्रविधि कम्पनीहरुले तिनको व्यापार मोडेलमा ‘मौलिक परिवर्तन’ ल्याउनु पर्ने आवश्यक रहेको बताएको छ । एमनेस्टीको भनाईमा फेसबुक र गूगलले तिनको सेवा प्रयोग गरेबापत शूल्क लिदैंनन् तर उपभोक्ताको व्यक्तिगत तथ्याकंहरु तिनले आफ्नो फाइदाको लागि उपयोग गर्ने गर्छन् । रिपोर्टले क्याम्ब्रिज एनालिटिका प्रकरणको उदारण दिएर फेसबुकले उपभोक्ताको व्यक्तिगत तथ्याकंलाई कसरी प्रयोग गरिरहेको बताएको छ । एमनेस्टीले सरकारसँग प्रयोगकर्ताको तथ्याकं सुरक्षित गर्नको लागि कानून बनाउन र प्रविधि कम्पनीले अपनाएको ‘निगरानीमा आधारित व्यापार मोडल’मासुधार गर्न भनेको छ ।

दूरसञ्चारले अब सिमकार्डमा पनि ‘केवाईसी’ लागू गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैंकमा जस्तै ‘नो योर कस्टोमर’(केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ । सीम कार्ड लिने ग्राहकको पूर्ण विबरण लिई वितरणलाई व्यवस्थित गर्ने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याइएको हो । केआइसी कार्यविधिको मस्यौदा निर्माण भइरहेको छ । आउँदो आर्थिक वर्षको सुरुदेखि नै यो कार्यविधि कार्यान्वयनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको छ । यो समाचार कारोबार दैनिकमा छ ।

टेलिकमले दशैं आसपास नै फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने

काठमाडौं । नेपाल टेलिकमले दशैं आसपास नै फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने तयारी गरेको छ । देशका २० देखि २५ वटा शहरमा दशैंअघि नै सेवा सुरु गर्ने गरी तयारी भएको हो । विभिन्न स्थानमा फोरजीको परीक्षण सुरु भइसकेको टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । अधिकारीका अनुसार कोर नेटवर्कको परीक्षण गत साताबटै सुरु भएको छ भने अब सिस्टम माइग्रसेसन गरेर रेडियो एक्सेस नेटवर्कको परीक्षणको काम यस साताबाट सुरु भएको छ । गत माघमा नै ठेकेदार कम्पनीहरुसँग टेलिकमले फोरजी सेवा विस्तारको सम्झौता गरेको थियो । एक वर्षमा काम सिध्याउने गरी उक्त सम्झौता भएको छ । लक्ष्यअनुसार अब ४ महिनाभित्रै तोकिएका सबै स्थानमा टेलिकमले फोरजी नेटवर्क सबैतिर विस्तार गरिसक्नुपर्छ । अन्य सेवामा निजीभन्दा अगाडि रहेको टेलिकम फोरजी सेवामा चाहिँ पछि परेको छ । निजी क्षेत्रको एनसेलले फोरजी बजारको करिब ७४।३ प्रतिशत हिस्सा ओगट्दा टेलिकमको हिस्सा २०।३ प्रतिशत मात्र छ । टेलिकमभन्दा ढिलो सेवा सुरु गरेको स्मार्ट टेलिकमले समेत ५।४ प्रतिशत बजार हिस्सा बनाइसकेको छ । जति ढिलो भयो, टेलिकमलाई ग्राहक तान्न उति कठिन हुनेछ । देशमा हाल फोरजीका ३९ लाख ४३ हजारभन्दा बढी प्रयोगकर्ता छन् । त्यसमा झण्डै २९ लाख ३० हजार प्रयोगकर्ता एनसेलका हुन् । टेलिकमसँग जम्मा ८ लाख मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमले करिब २ लाख १३ हजार ग्राहक तानेको छ । टेलिकमले काठमाडौं र पोखरापछि अन्य क्षेत्रमा फोरजी विस्तारमा ढिलाइ गर्दा धेरै ग्राहकहरु एनसेललाई रोज्न बाध्य भएका छन् । पछिल्लो समय इन्टरनेट प्रयोगकर्तामा फोरजीको आकर्षण बढ्दो छ । यो प्रविधिको फ्रिक्वेन्सी प्रभावकारी हुन्छ । जसले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँछ । यसले मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरु सजिलै र छिटो आदान(प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरु सजिलै हेर्न सकिन्छ । टेलिकमको फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्यान) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन् । फाइभजीको पूर्वाधार टेलिकमले नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवटा र्‍यान नेटवर्क तयार गर्नेछ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । र्यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । नेपाल टेलिकमले मुलुकमै पहिलोपटक मिति ०७३ पौष १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भएपश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ‘ओभर(ले’ रुपमा सञ्चालन गर्ने बताइएको छ । यस्तोमा यदि प्रयोगकर्ताले फोरजी प्रयोग गरिरहँदा फोन आयो भने त्यसको नेटवर्क इन्टरनेटमा सिफ्ट हुन्छ । मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा कभरेज र क्यापिसिटीका लागि ‘स्मार्ट सेल विथ वाइफाइ’ विस्तार गर्न सकिने दावी टेलिकमको छ । ‘हामीले फोरजी विस्तार गरेपछि २०२५ सम्म अधिकतम लाभ लिन सक्नुपर्छ,’ टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी भन्छन्, ‘त्यसपछि अर्को १० वर्ष फाईभजी र फोरजीको सेवा समानान्तररुपमा जान सक्छ ।’ अधिकारीले हाल विस्तार हुने फोरजीको पूर्वाधारपछि फाईभजीमा पनि उपयोग हुने बताए । ‘फोरजीका लागि तयार गरिने टावर र पावर सिस्टम फाइभजीका लागि पनि हुन्छ,’ अधिकारी भन्छन्, ‘यो सेवा विस्तार भएपछि कम्पनीलाई पनि लाभ हुन्छ भने ग्राहकले पनि थप स्तरीय सेवा पाउँछन् ।’ टेलिकमले फोरजीसँगै टुजी र थ्रीजी विस्तारलाई पनि सँगसँगै लैजाने बताएको छ । यस्तै विभिन्न क्षेत्रमा बीटीएस टावर स्थापनाका लागि पनि टेलिकमले काम गरिररहेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए । यो समाचार अनलाइन खबरबाट लिइएको हो ।

कति सुरक्षित छ तपाईंको कम्प्युटर ? यसरी बचाउनुस् कम्प्युटर र डाटा

काठमाडौं । विश्वभरी नै भएको साइवर आक्रमणपछि धेरै संघ संगठन, संस्था, कम्पनी र आममानिस साइवर हमलाबाट कसरी आफ्नो कम्प्युटरलाई बचाउने भन्ने कुरा सोचिरेका छन्। रेनसमवेयरको अरु मामला नजिक आउन सक्छ भनेर विशेषज्ञहरुले अनुमान पनि लगाएका छन् । रेनसमवेयर एक यस्तो प्रोग्राम हो, जसले कम्प्युटरको कुनैपनि फाइल लक गर्नसक्छ । लक भएपछि बिना फिरौती फाइल खोल्न सकिंदैन। यूरोपियन यूनियनको प्रहरी यूरोपोलका अनुसार रेनसमवेयर नयाँ कुरा होइन, तर,‘वानाक्राइ’ भाइरसको यो हमला अप्रत्याशित हो। केही दिन अघिमात्र यस भाइरसले विश्वका १सय ५० देशमा २ लाख भन्दा बढीलाई आफ्नो शिकार बनाएको थियो। साइवर हमलापछि जब मानिसले एकैपटक धेरैमात्रामा कम्प्युटर खोल्न थाल्छन् त्यसपछि आक्रमण झन् बढ्ने अनुमान गरिएको छ। कति सुरक्षित छ तपाईंको कम्प्युटर ? ‘वानाक्राइ’ भाइरस केवल त्यस्ता कम्प्युटरहरुलाई आफ्नो शिकार बनाउँछ जो विन्डोज अपरेटिङ्ग सिस्टममा चल्छन्। यदि तपाई विन्डोज अपडेट गर्नुहुन्न तर, इमेल चलाउनु हुन्छ भने तपाईको कम्प्युटरलाई खतरा हुन सक्दछ। तथापि घरेलु काममा प्रयोग गरिने कम्प्युटरमा यसरी अनेपेक्षित खतरा कम हुन्छ। तपाईआफ्नो सिस्टम अपडेट गर्नका लागि एन्टिभाइरसको प्रयोग गरेर आफ्नो कम्प्युटरलाई सुरक्षित राख्न सक्नुहुन्छ। तपाई आफ्नो कम्प्युटरमा इमेल चलाउँदा धेरै चनाखो हुन जरुरी छ आफ्नो डाटाको ब्याकअप नियमित रूपमा सन्तुलन राख्नुहोस्। रेनसमवेयरको शिकार भएका मानिसले यो कुरा पहिल्यै बुझ्नुपर्ने हो कि के फिरौती बुझाएपछि पनि के कम्प्युटर अनलक हुन्छ ? कसरी हमला भयो ? दोषी भाइरसको नाम वानाक्राइ हो। यसलाइ वार्म नामका एक कम्प्युटर भाइरसको माध्यमबाट फैलाइएको अनुमान छ। भाइरस फैलिने मामलामा मानिस धेरै विश्वास गर्छन्। यसमा कुनै मेलको माध्यमबाट एक लिकंमा क्लिक गर्नका लागि उकास्ने गरिन्छ। एक पटक वानाक्राइ तपाईको कुनैपनि नेटवर्कको सिस्टममा प्रवेश भइहाल्यो भने शिकार बनाउन सक्ने मसिनहरुको खोजी गर्दछ। कसले गर्यो साइबर आक्रमण ? अहिले कसले आक्रमण गर्यो भन्ने बारेमा पक्का जानकारी छैन तर, केही जानकारहरुले भनेका छन् यो कुनै ठुलो सफ्टवयर होइन। साइबर चोरहरुका लागि रेनसमवेयर एक राम्रो हतियार हो। उनीहरुले यसलाई एक राम्रो पैसा कमाउने माध्यम बनाएका छन्। भर्चुअल करेन्सी बिटक्वायनको माध्यमबाट सुरक्षा एजेन्सीहरुलाई अपराधी समक्ष पुग्न मुस्किल छ। बीबीसी नेपाली सेवाबाट  

दूरसञ्चार बजार विस्तार हुँदै

काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०७५/७६ भर करिब २७ लाख दूरसञ्चार प्रयोगकर्ता थप भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष साउनमा तीन करोड ८६ लाख ९९ हजार दूरसञ्चार प्रयोगकर्ता रहेकोमा यस वर्षको असारसम्म यस्तो सङ्ख्या चार करोड १३ लाख ९३ हजार पुगेको छ । यस बीचमा नेपाल टेलिकमको सेवा प्रयोग गर्नेको सङ्ख्या सबैभन्दा धेरै बढेको छ । तथ्याङ्क अनुसार टेलिकमको मात्रै २४ लाख ४५ हजार प्रयोगकर्ता थपिएका छन् । घिल्लो आवको सुरुवातमा दुई करोड दुई लाख ५० हजार ग्राहक रहेकोमा असारसम्म दुई करोड २६ लाख ९६ हजार पुगेको छ । मोबाइलबाहेक फिक्स्डतर्फ पनि सेवा उपलब्ध गराइरहेको टेलिकमले पछिल्लो समय आफ्नो सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । त्यस्तै मोबाइल सेवा मात्र उपलब्ध गराइरहेको निजी क्षेत्रको सबैभन्दा ठूलो सेवा प्रदायक एनसेलका प्रयोगकर्ता भने एक वर्षमा केवल ६८ हजार छ सय मात्र थप भएका छन् । एनसेलका प्रयोगकर्ता एक करोड ६६ लाख ३७ हजार पुगेको छ । जुन गत वर्ष साउनमा एक करोड ६५ लाख ६८ हजार थियो । दूरसञ्चार बजारको पछिल्लो प्रतिस्पर्धी स्मार्ट टेलिकम एक वर्षको अन्तरमा एक लाख ८० हजार प्रयोगकर्ता थप गर्न सफल भएको छ । स्मार्टका हाल २० लाख ६० हजार प्रयोगकर्ता छन् । यी तीन बाहेक यूटीएल, नेपाल स्याटेलाइट टेलिकम र सीजी टेलिकमले पनि दूरसञ्चारको अनुमति लिए पनि यी कम्पनीका सक्रिय प्रयोगकर्ता छैनन् । पहुँचका हिसाबले अहिले जनसङ्ख्याभन्दा ४० प्रतिशतभन्दा बढीमा दूरसञ्चार सेवा पुगेको तथ्याङ्कमा देखिन्छ । त्यसमा पनि मोबाइल प्रयोगकर्ताको हिस्सा सबैभन्दा बढी छ । फिक्स्ड लाइन प्रयोगकर्ताको सङ्ख्या केवल २.७० प्रतिशतमात्र छ । फोरजीका ४० लाख ग्राहक नेपालमा करिब तीन वर्ष अघिदेखि सुरु भएको फोरजीका प्रयोगकर्ता करिब ४० लाख पुगेका छन् । नेपाल टेलिकमले पहिलोपटक सुरु गरेको उक्त सेवाको प्रयोगकर्ता टेलिकम आफैँका भने कम छन् । हाल पोखरा र काठमाडौँ उपत्यकामा कम्पनीले फोरजी सेवा उपलब्ध गराइरहेकोमा प्रयोगकर्ताको सङ्ख्या आठ लाख मात्र पुगेको छ । टेलिकमले भन्दा छ महिनापछि फोरजी सेवा सुरु गरेको एनसेलका प्रयोगकर्ता भने करिब ४० लाख पुगेका छन् । स्मार्ट टेलिकमले पनि दुई लाख १३ हजार फोरजी प्रयोगकर्ता पुर्याएको छ । स्मार्टले पनि काठमाडौं उपत्यकासहित धुलिखेल र पोखरामा मात्र फोरजी सेवा उपलब्ध गराइरहेको छ । एनसेलले सन् २०२० भित्र देशका प्रमुख ४० सहरमा फोरजी सेवा विस्तार गर्ने योजना अन्तर्गत काम गरिरहेको छ । नेपाल टेलिकमले देशैभर एकैपटक फोरजी सेवा विस्तार गर्न अहिले पूर्वाधार निर्माणको काम गरिरहेको छ । दसैँअघि नै बीसवटा सहरमा फोरजी पुर्याउने र माघसम्म देशैभर पुर्याउने योजनामा टेलिकमले काम गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौता तिर्नुपर्ने बाध्यतात्मक परिस्थितिबाट गुज्रिरहेको स्मार्ट टेलिकम भने लगानीकर्ता भित्र्याएपछि मात्र आफ्नो सेवा विस्तार गर्ने रणनीतिमा छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएके छ ।

ट्विटरमा नग्न तस्बिर रोक्ने प्रविधि परीक्षण हुँदै

काठमाडौं । ट्विटरको व्यक्तिगत सन्देशमा पठाइएका पुरुष गुप्ताङ्को तस्बिर चिनेर मेट्न सक्ने प्रविधि अमेरिकाको सिएटलमा विकास भइरहेको छ। एक जना सफ्टवेअर विकासकर्ता केल्से ब्रेस्लरलाई एक पुरुषले नाङ्गो तस्बिर पठाएपछि सो परियोजना सुरु भएको बताइएको छ। अहिले उनी आर्टफिशल इन्टेलिजन्स प्रयोग गरेर एकजना साथीलाई लिङ्गका तस्बिर पत्ता लगाउने र मेट्ने प्रविधि विकास गर्न सघाइरहेकी छन्। उनी भन्छिन्, जब तपाईँ नचाहेको नाङ्गो तस्बिर पाउनुहुन्छ तब तपाईँलाई अपमानित गरिएको महसुस हुन्छ। यो कसैलाई बाटोमा गुप्ताङ्ग देखाएको जत्तिकै हो। तपाईँलाई जबरजस्ती देखाइएको कुरा कहिल्यै स्वीकार्य हुन सक्दैन। महिलाको वस्त्र हटाउने एप बन्द ट्विटर प्रमुख ज्याक डोर्सीकै खाता ह्याक भएपछि यो प्रविधि प्रयोग गर्न ब्रेस्लरको टोलीले एउटा इमेलमार्फ्त परीक्षणका लागि नाङ्गो तस्बिर पठाउन आह्वान गरेका थिए। तर धेरै तस्बिर प्राप्त भएकाले सो इमेल बन्द गर्नुपरेको बताइएको छ। ठूलो सफलता प्रारम्भिक परीक्षणमा लिङ्गमाथि अरू केही सामान राखेका तस्बिरहरू पत्ता लागेको छैन। तर ब्रेस्लर भन्छिन्- यो सफ्टवेअरको ठूलो सफलता हो र यसले धेरै नाङ्गा तस्बिर पत्ता लगाएको छ। यो समस्या दैनिकजसो समाचारमा आएको छ तर ट्विटरले यसलाई समाधान गर्न चासो देखाएको छैन। ब्रेस्लर भन्छिन्ः यदि हामीले यो प्रविधि केही दिनमा निर्माण गर्न सक्छौँ भने मलाई थाहा छैन प्रविधि कम्पनीहरू यत्रो समय के गरेर बसेका छन्। ब्रेस्लरले आफ्नो टोलीले यो सफ्टवेअरको काम सकेपछि ट्विटरलाई दिन पनि सकिने बताएकी छन्। बिबिसी नेपाली सेवाबाट

अब पीओएसमार्फत भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने

काठमाडौं । प्वाइन्ट अफ सेल्स (पीओएस) मार्फत भुक्तानी गर्दा अब सेवा शुल्क तिर्न नपर्ने भएको छ । होटल रेस्टुरेन्ट, सपिङ्ग सेन्टरलगायतले पस मेसिनबाट हुने भुक्तानीमा सेवा शुल्क लिँदै आएकोमा राष्ट्र बैंकले लिन नपाउने व्यवस्था गरेको हो । राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ग्राहकसँग खर्च भएको रकममा आफूखुसी केही प्रतिशत थप शुल्क लिने गरेकाले यसमा कडाइ गरेको जानकारी दिए । ‘केही प्रतिशत अतिरिक्त रकम लिने गरिएको थियो, अब खर्च भएको रकमभन्दा एक रुपैयाँ बढी तिर्नु पर्दैन’ मिश्रले भने । राष्ट्र बैंकले यसअघि नै एटीएमबाट रकम निकाल्न सक्ने विद्यमान व्यवस्थामा समेत कडाइ गरिसकेको छ । एटीएम ह्याकिङ प्रकरणले थप सुरक्षा चुनौती थपेको भन्दै राष्ट्र बैंकले एक दिनमा ६० हजार र एकपटकमा २० हजार रुपैयाँ मात्रै निकाल्न सक्ने व्यवस्था गरेको हो । यसअघि एटीएमबाट एक दिनमा १ लाख र एक पटकमा २५ लाख रुपैयाँसम्म झिक्न पाइन्थ्यो । यो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बिहीबार नै परिपत्र गरिसकेको छ। अनलाइनखबरबाट साभार

अब अरुको नामको सिमकार्ड प्रयोग गर्न नपाइने

काठमाडौं । अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ । प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए । ‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरुका नामको सिमकार्ड प्रयोग गरिसकेको भए, आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने । प्राधिकरणका अध्यक्ष खनालले तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको त्यस विषयमा पछि निर्णय गर्ने उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

हेर्नुस् यि हुन् कम्प्युटर चलाउने हरेकले जान्नै पर्ने किबोर्डका सटकर्ट …..

काठमाडौं, साउन ११ । विन्डोज अपरेटिंग सिस्टममा किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ |हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् |विन्डोज बटनसँगको सटकर्टहरु …. Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ । यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ । Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न Windows Key + . : इमोजी मेनु खोल्न Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा ) Windows Key + S: सर्च गर्न Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन Windows Key + PrtSrc : स्क्रिनसट लिन Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु Ctrl + C: टेक्स्टलाई कपी गर्न Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न Ctrl + A : स्क्रिनमा देखाएको सबै फाइल / टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न Alt + Left arrow : पछाडी आउन Alt + Right arrow : अगाडि जान Alt + Enter : जानकारी देखाउन Alt + Spacebar: अप्सन मेनु खोल्न Alt + F4 : खुलिरहेको विन्डो बन्द गर्न एकमात्र बटन थिचेर हुने सटकर्टहरु F1 : सहयोग मेनु खोल्न F2: फाइलको नाम परिवर्तन गर्न F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न F5: रिफ्रेश गर्न F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन Delete / Del: केहि कुरा डिलिट गर्न Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान / लेखेको टेक्स्ट मेट्न इन्टरनेट ब्राउजर भित्र आवश्यक पर्ने सटकर्टहरु F5: ट्याब रिलोड गर्न Ctrl + F: मन लागेको शब्द सर्च गर्न Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन Ctrl + Shift + T : बन्द गरेको ट्याबलाई पुन: खोल्न यो जानकारी अरुलाइ पनि काम लाग्छ जस्तो लाग्छ भने शेयर गरेर सबैलाइ जानकारी दिनुहोला ।