पाकिस्तानको तरकारी बजारमा विष्फोट, २१ को मृत्यु, ४० घाईते

माघ ८ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रस्थित एक तरकारी बजारमा भएको विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाईते भएका छन् ।
सर्वसाधाणको बाक्लो उपस्थिती भएको बेला दुर्गम क्षेत्रको कुर्राम बजारमा विस्फोट गराइएको हो ।

सिया र सुन्नी मुस्लिम बीचको साम्प्रदायिक द्धन्द्धको चपेटामा परेको कुर्राम शहर अफगानिस्तानको सिमा नजिक रहेको छ । विस्फोटको कारण खुल्न सकेको छैन् ।

घाईतेको उद्धार गरी पाकिस्तानी सेनाको हेलिकप्टर मार्फत अस्पताल लैजाने काम भईरहेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

Photograph: Ali Jan/AFP/Getty

भारतमा सडक दुर्घटना २४ बालबालिकाको मृत्यु

लखनउ (भारत) माघ, ६ । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बिहीबार बिहान सवेरै एक विद्यालयको बस र बालुवा बोकेको ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा २४ बालबालिकाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उच्च गतिमा रहेको ट्रक बससँग ठोक्किँदा भएको यस घटनामा परी अन्य दुई दर्जनभन्दा बढी बालबालिका घाइते भएको राज्यका वरिष्ठ प्रहरी अधिकारी जाभेद अहमेदले जानकारी दिएका छन् । अर्का एक प्रहरी अधिकारी दलजित चौधरीका अनुसार बाक्लो कुहिरोका कारण दृश्यतामा आएको कमीले गर्दा सो दुर्घटना भएको हो । इताह सहरको एक विद्यालयमा अध्ययनरत् ती बालबालिका ३ देखि १२ वर्षसम्मका रहेको बताइएको छ । भारतमा गत वर्षमात्रै झन्डै एक लाख ५० हजार व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली प्रकट गरेका छन् । रासस

मोदी जी साँच्चै बहुलाएछनः केजरीवाल

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मादीलाई पागलको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जााल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री मोदी साँच्चै नै पागल भएको बताएका छन् । मोदीले आम आदमी पार्टीका नेताहरुको विरुद्धमा सीबीआईको जाँच गराउने प्रक्रिया थालेदेखि केजरीवालले उनीमाथि हमला गर्दै एकपछि अर्को ट्वीटमा पागलको संज्ञा दिएका हुन् । उनले लेखेका छन्–‘ वाह मोदी जी, घुस तिमीहरु खाने अनि मुद्धा चाँही हामीमाथि लगाउने?  जो चोर उसकै ठुलो स्वर ।’’ दिल्लीको उप–मुख्यमन्त्री मनीष सिसोदियाको विरुद्ध सीबीआईले प्राथमिक जाँच सुरु गरेपछि केजरीवाल मोदीमाथि खनिएका हुन् । उनले अर्को ट्वीटमा लेखेका छन–‘यस्तो लागिरहेछ की मोदी जी एकदम बहुलाएका छन्, देशको प्रधानमन्त्रीको एउटा मात्रै काम बाँकी भएछ, हात धोएर पछाडी परेका छन् । ’ तस्वीरः रोयटर्स  

एक घण्टाभित्र इटालीमा तीनवटा भूकम्प

रोम, माघ ५ । इटालीको मध्यभागमा एक घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्पको कम्पन गएको छ । गत अगस्तमा विनाशकारी भूकम्पको असर अहिलेसम्म झेलिरहेको इटालीमा फेरी लगातार भूकम्प आएपछि आमजनता त्रसित बनेको मिडियाले जनाएका छन् । आज आएको भूकम्पको तीब्रता ५.४ रेक्टर स्केल रहेको जनाइएको छ । भूकम्पको कम्पन राजधानी रोममा समेत अनुभूति गरिएको थियो । गत अक्टुबरमा इटालीमा आएको भूकम्पबाट हजारौं घरहरु ध्वस्त भएको थिए । लगातार तीनवटा भूकम्प आएपछि सरकारले स्कूल र मेट्रोलाई खाली गराएको छ ।

सैनिककाे गलत हवाई अाक्रमणकाे शिकार बने १०० सर्वसाधारण

माघ ५ । नाइजेरियाको उत्तर पूर्वी रान क्षेत्रमा विस्थापितहरु बसेको क्याम्पमा सेनाले गरेको हवाई आक्रमणमा एक सय जना सर्वसाधारणको ज्यान गएको छ । गलत सूचनाका आधारमा सेनाले गरेको भूलवश आक्रमणका कारण निर्दाेष नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यम एमएसएफ़ले जनाएको छ । क्यामरुनसंग सीमा जोडिएको उक्त क्षेत्रमा गरिएको बम आक्रमणमा दुई सयभन्दा बढी घाईते भएका छन् । घाइते हुनेमा सरकार र इस्लामिक लडाकु समुह बोको हरामबीचको संघर्षबाट विस्थापित भएकालाई सघाउन पुगेका दर्जनौं स्वयंसेवक पनि छन् । छिमेकी चाड र क्यामरुनले घाइतेको उपचारमा सहयोग गर्ने जनाएका छन् । ठूलो संख्यामा लडाकुहरु भेला भएको सूचनाका आधारमा आक्रमण गर्दा उक्त त्रूटी भएको सेनाले जनाएको छ । नाइजेरियाली सेनाले इस्लामिक लडाकु समूह बोकोहरामलाई धपाउन त्यस क्षेत्रमा अन्तिम कारवाही गरिरहेको छ । राष्ट्रपति मोहम्मद बुहारीले घटनाप्रति दुःख व्यक्त गर्दै शान्त रहन अपील गरेका छन् ।

पहिला मतदाता परिचयपत्र अनि मात्र सेक्स

एजेन्सी । किनीयामा एक महिला सांसदले महिलाहरुलाई उनीहरुका श्रीमानले मतदान परिचयपत्र पन्जीकरण नगराएसम्म श्रीमानसंग सेक्स नगर्न अनुरोध गरेकी छिन् । किनीयामा यही अगस्ट ८ मा मतदान हुँदैछ । मिशी मबोको नाम गरेकी उक्त महिला सांसद मोम्बासाबाट महिला प्रतिनिधि हुन् । उनले यो रणनीतिले विपक्षीलाई हराउन सकिने बताएकी छिन् । उनले भनिन्–‘महिलाहरु तपाईहरुले यो रणनीति अपनाउनु पर्छ । तपाइको श्रीमानले मतदान परिचयत्र तपाइलाई नदेखाएसम्म श्रीमानसंग सेक्स नगर्नु नै उत्तम उपाय हुन्छ । ’ किनियामा मतदाता नामावलीमा नाम दर्ता गराउन १७ फेब्रुअरीसम्म मात्र समय छ । मबोकोले मतदान दिन अनिच्छु पुरुषको लागि सेक्स शक्तिशाली हतियार भएको बताएकी छिन् । सोमबारदेखि त्यहाँ मतदाता पंजीकरण कार्य सुरु भएको छ । मोबाकोले महिलाहरुमाथि यो रणनीति लगाउँदा नामावली दर्ता गराउने समर्थकको संख्या बढ्ने र विपक्षीलाई हराउन सकिने बताएकी छिन् । किनीयाका राष्ट्रपति दोस्रो कार्यकालको लागि चुनावमा भाग लिने भएका छन् । यो रणनीतिले मबोको पार्टीको बिपक्षीलाई कडा प्रतिसपर्धा हुने बताइएको छ । किनीयामा सेक्स बहिस्कार गर्ने कुरा सामान्य कुरा हो । सन् २००९ मा पनि महिला कार्यकर्ताले तत्कालिन राष्ट्रपति मवाई किबाकी र प्रधानमन्त्री राइला ओडिंगा र उनको सहयोगीबीचको झगडा अन्त्य गरेर सन्धी गराउनको लागि एक हप्तासम्म सेक्स हड्ताल गरेका थिए ।

आतंककारीको आशंकामा सर्वसाधारणमाथि हमला,सय बढीको मृत्यु

नाइजेरिया, माघ ५ ।  नाइजेरियाको सेनाले सय जना भन्दा बढीको ज्यान जाने गरी भएको घटना भूलवश भएको बताएको छ । नाइजेरियाको वायुसेनाले देशको पूर्वोत्तर क्षेत्रमा हमला गरेको थियो । अन्तर्राष्ट्रिय राहत संस्था एमएसएफले घटनामा कम्तीमा सय जना मारिएको जनाएको छ । नाइजेरिया र क्यामरुनको सीमा क्षेत्र रानमा यो हमला भएको थियो । यो क्षेत्रमा सेनाले बोकोहरामका उग्रवादी लडाकुविरुद्ध कार्वाही गरिरहेको छ । सेनाका प्रवक्ता मेजर जनरल लकी इरोबारले जेट बिमानको पायलटको गल्तीका कारण निदोर्ष जनता मारिएको बताएका छन् । उग्रवादी भेला भएको सूचनाका आधारमा उक्त आक्रमण भएको उनको भनाई छ । राष्ट्रपतिले घटनालाई दुर्भाग्यपूर्ण बताएका छन् ।

१२ वर्षमा ६ सय बढी महिला बलात्कार गर्ने ‘सिरियल रेपिष्ट’ प्रहरी फन्दामा

नयाँ दिल्ली । महिलामाथिको हिंसाका लागि सधैं आलोचनामा रही आएको भारतको राजधानी नयाँ दिल्लीमा प्रहरीलाई ठूलो सफलता प्राप्त भएको छ । प्रहरीले विगत १२ वर्षदेखि निरन्तररुपमा महिलामाथि यौनजन्य हिंसा गर्ने एकजना ‘सिरियल रेपिष्ट’लाई पक्राउ गरेको छ । पूर्वी दिल्लीको न्यु अशोक नगर इलाकामा स्कुले युवतीहरुलाई निशाना बनाउँदै आएको व्यक्तिलाई दिल्ली प्रहरीले पक्राउ गर्न सफल भएको हो । भारतीय मिडियाले जनाए अनुसार, पक्राउ परेपछि आरोपीले पछिल्ला १२ वर्षमा ६ सय भन्दा बढी युवतीमाथि बलात्कार गरेको बताएका छन् । बलात्कार आरोपी सुनिल रस्तोगीलाई को दिल्लीको एक अदालतले १४ दिनका लागि हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको छ । बलात्कारीले किशोरीहरुलाई झुक्याएर बलात्कार गर्ने गरेका थिए । अभिभावकले सामान दिएको छ भन्दै झुक्याउने र बलात्कारको प्रयास गर्ने आरोपलीले स्वीकारेका छन् । बाबुआमाले कुनै कपडा वा अन्य सामान पठाएको भन्दै एकान्तमा लिएर जाने र दुव्र्यवहार गर्ने दिल्ली प्रहरीले जनाएको छ । आरोपीमाथि रुद्रपुर, दिल्ली र गाजियावादमा यौन अपराध तथा चोरीको कैयन् अन्य मुद्दा समेत दर्ता छन् । ३८ वर्षीय आरोपीका ३ छोरी र २ छोरा छन् ।

कुकुरले टोक्दा राष्ट्रपतिका छोराको मृत्यु

बान्जुल, एजेन्सी । जाम्बियाका नव निर्वाचित राष्ट्रपति अदामा ब्यारोका आठ वर्षीय छोराको कुकुरले टोकेर मृत्यु भएको छ । हाल सेनेगलमा रहेका ब्यारोले यही बिहिबार शपथ लिने कार्यक्रम छ । मिडियामा प्रकाशित समाचार अनुसार, आइतबार साँझ बालकको मृत्यु भएको थियो । ५१ वर्षीय राष्ट्रपतिका पाँच जना सन्तान रहेका छन् ।

टर्कीको मालबाहक विमान किर्गिजस्तानको विमानस्थल नजिकै दुर्घटना, बत्तीस जनाको मृत्यु

किर्गिजस्तान ,माघ  ३ ।  किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा ३२ व्यक्तिको मृत्यु भएको र मर्नेमा चार विमानचालक पनि परेको जानकारी अधिकारीहरूले दिएका छन् । उक्त विमान बाक्लो कुहिरोबीच अवतरण गर्न खोजिँदा जनघनत्व भएको क्षेत्रमा दुर्घटना भएको उनीहरूले बताएका छन् । उक्त विमान स्थानीय समय अनुसार बिहानको ७ः३० बजे डाचा–सु गाउँमा दुर्घटनामा परेको किर्गिजस्तानका आपत्कालीन सेवा मन्त्रालयका एक प्रवक्ताले बताए । मर्नेमा प्रायः सोही गाउँका वासिन्दा भएको जानकारी दिइएको छ । टर्किस एयरलाइन्सको उक्त विमान हङकङबाट किर्गिजस्तानको राजधानी बिस्केक हुँदै इस्तानबुलतर्फ उडेको थियो । दुर्घटनामा १५ घर क्षतिग्रस्त भएको आपत्कालीन सेवा मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले दुर्घटनाका कारण आगो लागेको र हाल त्यसलाई नियन्त्रणमा लिइएको बताइएको छ । मुलुकको मानस विमानस्थल बन्द गरिएको र साँझसम्मका लागि उडान रद्द गरिएको विमानस्थलका अधिकारीहरूले बताए । रासस

कैदीबीच झडप, १० जनाको मृत्यु

माघ २ । ब्राजिलको एक जेलमा कैदीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ । कैदीबीच भएकाे झडपमा उनीहरुले एक अर्काकाे शीरसमेत काटेका प्रहरीले सञ्चारमाध्मसँग बताएका छन् । ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदी बन्दीबीच झडप भएको हो । जेलमा रहेका कैदीका दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ । एलकाकुज जेलबाट विस्फोट र गोली हानाहानको आवाज सुनिएको स्थानीयलाई उधृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि पनि बाज्रिलको एमाजोनास र रोराईमा राज्यको जेलमा भएको झडपमा एक सय जना मारिएका थिए ।

सिरियामा हवाई आक्रमण, ८ सर्वसाधारणको मृत्यु

एएफपी, बेरुत, माघ २ । उत्तर–पश्चिम सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको इलाकामा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । इदलब प्रान्तको मआरात मसरिन सहरमा आक्रमणमा प्रायः सर्वसाधारण नागरिक मारिएको सिरियन अब्जरभेटरी फर हयुमन राइटस्ले जनाएको छ । यो हवाई आक्रमणनजिकको सहर आरुम अल जोजमा शुक्रबार राति पनि आक्रमण भएको थियो, जसमा एक बालकसहित ३ जना मारिएका थिए । त्यसको एक दिनपछि हवाई आक्रमण भएको अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमान जनाएका छन् । हवाई आक्रमणमा सिरिया या रसिया आबद्ध भएको रामीले बताएका छन् । यद्यपि यस इदलब प्रान्तमा अमेरिका आबद्धतामा हवाई आक्रमण पनि हुने गरेको छ । सिरियाली शासक समर्थक रसिया र विद्रोहीको समर्थक टर्कीको प्रयासमा डिसेम्बर ३० देखि सिरियामा युद्धविराम लागू भएको र युद्धविरामपछि प्रायस् इलाकामा शान्त थिए । टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार र विद्रोहीबीच भएको युद्धविराम सम्झौतापछि पनि सिरियामा छिटफुट आक्रमणबाहेक करिब करिब शान्त नै थियो । जनवरी २३ देखि काजकिस्तानको अस्तानामा सिरियाको विषयमा शान्तिवार्ता हुने भनिएको छ । अहिले हुने भनिएको शान्तिवार्तामा रसियाको टर्कीको विशेष भूमिका रहेको र यसअघि सरकार र विद्रोहीबीच गरिएका विभिन्न सम्झौतामा वासिङ्टनले पनि विशेष भूमिका खेलेको थियो । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । गृहयुद्धमा आतंककारी समूह इस्लामिक स्टेट (आईएस) र अल कायदाजस्ता आतंककारी समूह हाबी हुँदै गए । जारी यस युद्धमा परी सिरियामा ३ लाख १२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । युद्धका कारण लाखौं व्यक्ति घाइते र शरणार्थी जीवनयापन गर्नुपरेको छ । सिरियाको उत्तरी अलेप्पोको एक गाउँमा ध्वस्त भवन हुँदै हिँडेका दुई व्यक्ति । सिरियामा साढे ५ वर्षको युद्धमा ३ लाख ३० हजार जनाको मृत्यु र लाखौं घाइते तथा घरबारविहीन भएका छन् । तस्बिरः रोयटर्स

अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र चीनसँग सहकार्य गर्ने !

एजेन्सी, माघ १ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुस तथा चीनसँग मिलेर काम गर्न चाहेको बताएका छन् । राष्ट्रपतीय चुनावमा भएको ह्याकिङको विषयलाई लिएर रुसमाथि लगाइएको प्रतिबन्ध तत्कालका लागि जारी रहेने तर केही समयपछि भने त्यो हट्ने ट्रम्पले बताए । सिनेटको कमिटिले अमेरिकी चुनावमा रुसी साइबर आक्रमणबारे छानबिन गरिहेको छ । यही बेला ट्रम्पको यस्तो भनाई आएको हो । वाल स्ट्रिट जर्नलसँग राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफू रुस र चीनसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका हुन् । रुसले इस्लामिक बिद्रोही विरुद्धको कारवाही अभियानमा अमेरिकालाई सहयोग गरेमा उसमाथि लागेको प्रतिबन्ध हट्ने ट्रम्पले बताउनुभयो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै नै भेट गर्ने पनि ट्रम्पले बताए । यस्तै एक चीन नीतिका बारेमा पनि छलफल आवश्यक रहेको उहाँको भनाई छ । सहकार्यका लागि चीनले अमेरिकी कम्पनीलाई प्रतिस्पर्धाको मौका दिनुपर्ने बताए ।

‘एलोफिभर’ले लियो ब्राजिलमा तीसको ज्यान

ब्राजिल, पुस २९। ब्राजिलमा विगत एक हप्तादेखि फैलिएको ‘एलोफिभर’का कारण मर्नेको संख्या तीस पुगेको छ । ब्राजिलियाली राज्य मिन जर्ममा फैलिएको सो ‘एलो फिभर’को संक्रमण अत्याधिक बढ्दै गएको त्यहाका स्वास्थ्य अधिकारीले बताएका छन् । हालसम्म कम्तिमा ३० जनाको मृत्यु भइसकेको स्वास्थ्य सचिवालयले जनाएको छ भने बिरामीका अन्य दश नमूनामा उक्त रोगको सङ्क्रमण पुष्टी भएको छ साथै साथै १०० भन्दा बढी शङ्कास्पद बिरामी भेटिएका छन् । ‘एलो फिभर’ एक प्रकारको कडा भाइरलको सङक्रमणबाट विकशित हुने रोग हो । यदी उक्त भाइरलको सङ्क्रमणपछि एक हप्ताभित्र बिरामीले उपचार नभएमा बिरामीको जीवन अत्यन्तै जोखिममा पर्छ । यो भाइरस बाँदरका प्रजातिमा प्रायः देखिने गर्छ । मानिसमा भने यो रोग ‘एलो फिभर’को भाइरसबाट सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।

चीनको धम्की अमेरिकालाईः युद्धका लागि तयार रहनु

बेइजिङ, पौष २९ । अमेरिका र चीनबीच फेरी विवाद बढ्न थालेको छ । चीनले अमेरिकालाई धम्की दिँदै आफ्नो सार्वभौम अधिकारमाथि अमेरिकी हस्तक्षेप भए कडा प्रतिकार गर्ने जनाएको छ । दक्षिण चीन समुद्रका कतिपय टापु आफ्नो अधीनमा रहेको र त्यहाँ जान कसैले रोक्न नसक्ने जनाउँदै चीनले अमेरिकाले साउथ चाइना सीमा जानबाट रोकेमा ठूलो युद्धको सामना गर्नुपर्ने चेतावनी दिएको हो । ट्रम्प प्रशासनमा विदेश मन्त्री पदका लागि प्रस्तावित रेक्स टिलरसनको रणनीतिको जवाफमा यो प्रतिक्रिया आएको हो । टिलरसनले बिहिबार सिनेटको विदेश सम्बन्धि जोडिएको समितिको अगाडि आफ्नो रणनीति प्रस्तुत गरेका थिए । उनले विवादित साउथ चाइना सीमा चीनको आवागमनमा प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका थिए । अमेरिकी विदेश मन्त्रालयले चीनलाई घेर्ने रणनीतिका विरुद्ध चीनको ग्लोबल टाइम्समा एउटा सम्पादकीय प्रकाशित भएको छ । चीनको सरकारी अखबारका रुपमा समेत लिइने यो सम्पादकीयमा अमेरिकाले दक्षिण चाईना समुद्रमा चीनलाई रोक्न खोजेमा ठूलो युद्ध हुने कुरालाई कसैले रोक्न नसक्ने जनाएको छ । अमेरिकी कंग्रेसले टिलरसनको प्रस्तावलाई भिटो लगाएर रोकेन भने यसले नराम्रो परिणाम निम्तिने देखिन्छ ।

अफगानिस्तानमा तालिवान प्रमुख कमाण्डरसहित बाह्रको मृत्यु

अफगानिस्तान, पुस २९। अफगानिस्ताको दक्षिणी प्रान्त हेलमान्डको गर्मसिर जिल्लामा बिहीबार आतङ्ककारीको अखडालक्षित विमानबाट गरिएको बमबारीमा १२ आतङ्ककारी मारिएका छन् । मारिएका यी आतङ्ककारीहरूमा तालिवान प्रमुख कमाण्डर मवलावी अटिक्युल्लासहित १२ जना रहेको प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । सो बमबारी भएको अवस्थामा ती आतङ्ककारीहरू सरकारसँग सम्बन्धित क्षेत्रमा आक्रमण गर्ने तयारीमा रहेको पनि प्रकाशित विज्ञप्तिमा जनाइएको छ । हेलमाण्ड प्रान्तमा सरकारी बलसँग गत दुई वर्षयता रक्तपातपूर्ण सङ्घर्ष गरिरहेका तालिवानी आतङ्ककारीहरू भने यस बमबारीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । रासस