साउदीले फेरी १५० जनालाई फाँसी दिन सक्ने खुलासा

एजेन्सी । साउदी अरबले लगातार दोस्रो वर्षपनि १५० जनालाई फाँसी दिने भएको छ । मानवअधिकार संगठन रिप्रिवले यस विषयमा एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । साउदी अरबको गुप्त अदालत मार्फत दोषीहरुलाई सजाय दिने गरेको प्रतिवदेनमा उल्लेख छ । ड्रग्स, मानव तस्कर र राजनीतिक हत्या गर्ने दोषीलाई प्रमुख गुप्त अदालतमार्फत फाँसी दिने गरेको पाइएको छ । र यस्ता सुचनाहरु सार्वजनिक हुँदैनन् ।

यो वर्ष १५० जनालाई साउदी अरब सरकारले फाँसीको सजाय सुनाई सकेको छ । यसमध्ये कुनैलाई सजाय दिइसकेको छ भने केहीलाई दिन बाँकी छ । सन् २०१४ मा ८७ जनालाई फाँसीको सजाय सुनाएको थियो । साउदी अरबले केही समय अगाडी आफ्नै देशको राजकुमारलाई पनि एकजनाको हत्याको आरोपमा मृत्युदण्डको सजाय सुनाइसकेको छ ।

खाडी देशहरुमा फाँसी सजाय धेरै दिने गरिन्छ भने अर्कोतर्फ विश्वभरमा दुइतिहाइ देश यो कानुन हटाउने प्रक्रियामा छन् । युएसको १८ राज्यमा यो कानुन खारेज भएको छ । एशियाको बिभिन्न देशमा पनि यो प्रक्रिया अन्त्य गनुपर्ने बहस सुरु भएको छ ।

साउदी अरबले यो वर्ष आफ्नै देशको शाही खानदानको एक राजकुमार प्रिंस तुर्की बिन सऊद अल कबीर लाई फाँसीको सजाय दिएको थियो । यो एकदम दुर्लभ घटना हो ।

श्रीलङकाका पुर्वप्रधानमन्त्रीको निधन

कोलम्बो,  पुस १३। श्रीलङकका पुर्वप्रधानमन्त्री रत्नसिरी विक्रमानायकेको मङ्गलबार ८३ बर्षको उमेरमा निधन भएको छ । अस्पतालमा उपचार गराईरहेका बेला उनको निधन भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । विक्रमानायके सन् २००० देखि २००१ र २००५ देखि २०१० सम्म श्रीलङकाको प्रधानमन्त्री बनेका थिए । सन् १९६० मा राजनीतिमा प्रवेश गरेका विक्रमानायके महाजन एकसाथ पेरामुना पार्टीबाट सांसदमा निर्वाचित भएका थिए । उनी सन् १९७०मा न्याय उपमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि सन् १९९४ को आम निर्वाचनबाट संसदमा निर्वाचित भएपछि उनी सार्वजनिक प्रशासन, गृह र चिया उद्योग मन्त्री बनेका थिए। रासस

बान कि मुनले दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने

सोल,पुस १२ । पदावधि समाप्त भएर संयुक्त राष्ट्र सङ्घबाट आगामी वर्षको सुरुवातदेखि बिदावादी लिन लागेका वर्तमान महासचिब बान कि मुन निकट भविष्यमै हुन गइरहेको दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा लागेका छन् । संयुक्त राष्ट्र सङ्घमा लगातार दुई पटक गरी दश वर्षसम्म सफलतापूर्वक महासचिव पदको भूमिका निर्वाह गर्नुभएका मुनले दक्षिण कोरियाली राष्ट्र तथा राज्यप्रमुख पदमा सजिलै विजयी हुने अनुमान स्थानीय सर्वेक्षणहरुले देखाएका छन् । सोलको बहुचर्चित स्थानीय एक सर्वेक्षण संस्थाः रियल मिटरले गत १९ देखि २३ डिसेम्बरसम्म देशभरिका विभिन्न समुदायका दुईहजार पाँचसय २८ जना मतदाता माझ सञ्चालन गरेको एउटा सर्वेक्षणमा अधिकतम अर्थात् २३ दशमलब ३ प्रतिशत बानले हासिल गरे । यो अङ्क यसको एक हप्ताअघि सोही संस्थाले गरेको सर्वेक्षणमा प्राप्त अङ्कभन्दा २ दशमलब ८ प्रतिशतले बढेको पनि जनाइएको छ । गतः डिसेम्बर– ९ मा दक्षिण कोरियाली संंसद्ले महाअभियोग प्रस्ताव पारित गरेपछि सत्ताबाट आंशिक बेइज्जतिपूर्वक बाहिरिनै लाग्नुभएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाईको गृहजिल्ला वा सत्तारुढ साएनुरी पार्टीको पकेट भोट क्षेत्रः उत्तरी ग्योङ्गसाङग प्रान्तबाट बानलाई अधिकतम समर्थन प्राप्त भएको तथ्य सो सर्वेक्षणको चाखलाग्दो पक्ष रहेको जनाइएको छ । बानको पक्षमा देशभरीको समग्र औसतमा २३ दशमलब ३ प्रतिशत अङ्क प्राप्त भएकोमा उत्तरी ग्योङ्गसाङग प्रान्तको मात्र अङ्क छुट्ट्याउँदा ३५ दशमलब ८ प्रतिशत रहेको र यो अङ्क अघिल्लो सर्वेक्षणमा प्राप्त अङ्कभन्दा ९ दशमलब ३ प्रतिशतले बढेको छ । निवर्तमान राष्ट्रपति पार्क गेयुन हाईपछि राष्ट्रपति पदमा उम्मेदवारी दिन लायक नेताको खडेरी परेपछि बान कि मुननै सत्तारुढ साएनुरी पार्टीका मतदाताका अन्तिम आशाको केन्द्रविन्दुमा रहनुभएको पनि जनाइएको छ । सो पछिल्लो जनमत सर्वेक्षणमा दक्षिण कोरियाली अन्य चर्चित नेतामध्ये संसद्मा सबैभन्दा ठूलो विपक्षी दल – मिञ्जो पार्टीका नेता मुन जाए–इनले २३ दशमलब १ प्रतिशत, मिञ्जो पार्टीकै अर्का नेता ली जाए–म्युङ्गले १२ दशमलब ३ प्रतिशत, संसद्को अर्को विपक्षी दल – पिपुल्स पार्टीका नेता आङ् चिओल– सूले ८ दशमलब २ प्रतिशत अङ्क हासिल गरेका छन् । मिञ्जो पार्टीका नेता मुन जाए–इनले आगामी निर्वाचनमा राष्ट्रपतीय पदका लागि विजयी हुने भनी यस अघिको जनमत सर्वेक्षणले ठम्याएकोमा दक्षिण कोरियाली उच्च राजनीतिमा बान कि मुनको पुनरागमनपछि भने मुन जाए–इनको स्थिति स्वाट्टै तल झरेको पनि जनाइएको छ । रासस  

युगान्डामा डुङ्गा दुर्घटना, तीसको मृत्यु

  कम्पाला (युगान्डा),  पुस १२ । क्रिसमसका अवसरमा रमाइलो गर्न निस्केका युगान्डाको एक ग्रामीण बस्तीको फुटबल समूह र उनीहरुका प्रशंसक (फ्यान) चढेको डुङ्गा स्थानीय अल्वर्ट लेकमा डुब्दा यसमा यात्रारत कम्तिमा तीस जनाको मृत्यु भएको युडान्डा प्रहरीले जनाएको छ । प्रहरी कमान्डर जोन रुटागिराले एएफपीसँग बताए, “तालमा पानी शान्त थियो । स्थानीय युवाहरु डुङ्गामा यात्रा गर्दै थिए तर उत्साहित युवाहरुले रमाइलो मनाउने क्रममा डुङ्गा एकतर्फ ढल्किएर पानीमा डुब्दा तीस जनाको दुःखद निधन हुन पुग्यो ।” डुङ्गा दुर्घटनापछि तालमा पुगेको उद्धार टोलीले १५ जनालाई भने जीवितै उद्धार गर्न सफल भएको बताइएको छ । प्रहरीले स्थानीय माझीको सहयोगमा गरेको उद्धारबाट १५ जनालाई जीवितै उद्धार गर्न सकिएको रुटागिराले बताए । रासस फाइल तस्वीर

रसियाली विमान दुर्घटनाः सबै ९२ यात्रुको मृत्यु

मस्को (रसिया),  पुस ११ । रसियाली सेनाको आइतबार दिउँसो दुर्घटनाग्रस्त विमानमा यात्रारत सम्पूर्ण  ९२ यात्रुको निधन भएको छ । रसियाली रक्षा मन्त्रालयले सेनाको तु–१५४ विमानको टुक्राहरु रसियाली सहर सोँचीदेखि करिब डेढ किलोमिटर टाढा ब्ल्याक सीको सामुद्रिक तटमा ५० देखि ७० मिटरको गहिराईमा भेटिएको बताएको छ । विमान रसियाको दक्षिणी क्षेत्रमा अवस्थित सहर एडलरमा इन्धन भरेपछि उडेको दुई मिनेटपछि नै राडरसँगको सम्पर्क विच्छेद भएको थियो । विमान स्थानीय समयअनुसार बिहान ५ बजेर २५ मिनेट जाँदा विमानस्थलबाट सिरियाका लागि उडेको थियो । यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय टेलिभिजनसँग कुरा गर्दै विमान दुर्घटनाबाट ज्यान गुमाउने सम्पूर्ण यात्रुप्रति दुःख व्यक्त गर्न सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेका छन् । विमानमा यात्रारत आठ चालक दलका सदस्यसहित रसियाली सेनामा विभिन्न पदमा कार्यरत कर्मचारी तथा सैनिक रहेका बताइएको छ । विमानमा नौ जना पत्रकार, एक चिकित्सक तथा मानव अधिकारकर्मी सहित केही अन्य रसियाली अधिकारी पनि रहेको रसियाली रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले बताए । विमान रसियाबाट सेनको साङ्गीतिक टोली लिएर नयाँ वर्षको अवसरमा गरिने कार्यक्रमका लागि सिरियाको लाटकिया प्रान्तस्थित हमैमिम एयरबेसका लागि छुटेको थियो । रासस

९१ यात्रु बोकेको रसियन विमान बेपत्ता

पुस १० । रुसी सैनिक, पत्रकार र रुसका मुख्य व्यक्तिहरु बोकेको रसियन विमान बेपत्ता भएको छ । विमानमा चालक दलसहित ९१ यात्रु रहेको रसियन रक्षा मन्त्रालयले जनाएको छ । उक्त सैनिक विमान सिरियाकाे अाकाश हुँदै उडेकाे जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ८३ यात्रु र ८ जना चालक दलका सदस्यसहित विमान उडेको केही समयपछि नै सम्पर्क विहिन भएको रसियन रक्षा मन्त्रालयले जनाएको हो। काला सागरबाट सोचीका लागि उडेको टीयू–१५४ विमान उडेकै केही मिनेटमै रडारको सम्पर्कबाट हराएको थियो । थप विवरण आउन बाँकी छ।

मलेसियामा भएको बस दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु

पुस ९ । क्रिसमसको पुर्वसन्ध्यामा मलेसियामा भएको बस दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १६ जना घाइते भएको मलेसियाको सरकारी समाचार संस्था बर्नामाले जनाएको छ। मृतकमध्ये १३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा पुगेपछि मृत घोषणा गरिएको अस्पतालका अधिकारीहरुले बताएका छन्। मलेसियाको जोहोर बरुदेखि क्वालालमपुरतर्फ गईरहेको बस जोहोर राज्यको उत्तर दक्षिण द्रतमार्गमा स्थानीय समय अनुसार शुक्रबार दुर्घटना भएको हो। दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको र प्रारम्भीक विवरणहरुमा सडकको अवस्था राम्रो नै पाइएको जोहोर अग्नी नियन्त्रण तथा उद्धार विभागका निर्देशक मोहद युसुफ गुन्नोसले जानकारी दिए। मलेसियामा लाखौंँ मानिस क्रिसमसको तीन दिने विदामा कार लिएर विभिन्न ठाउँमा घुम्न जाने गर्दछन् ।

युरोप प्रवेश गर्न खोज्ने पाँच हजार आप्रवासीको समुद्रमा डुबेर मृत्यु

पुस ९ । संयुक्त राष्ट्रसंघले युरोपमा गैरकानूनी रुपमा प्रवेश गर्ने क्रममा यस वर्ष पाँच हजार आप्रवासीको समुद्रमा डुबेर मृत्यु भएको जनाएको छ । अहिलेसम्मको तथ्यांक अनुसार यस वर्ष युरोप प्रवेश गर्ने क्रममा भूमध्य सागरमा डुबेर मृत्यु हुनको संख्या पाँच हजार पुगेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले जनाएको हो । गएको बिहीबार इटालीको तटीय क्षेत्रमा दुईवटा डुंगा डुब्दा मृत्यु भएका एक सय जनासहित यो वर्ष गैरकानूनी रुपमा समुद्रको बाटो हुँदै युरोप प्रवेश गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । राष्ट्रसंघले आप्रवासीको सुरक्षाका लागि ध्यान युरोपसहितको विश्व समुदायलाई आग्रह पनि गरेको छ । खराब मौसम तथा असुरक्षित डुंगाका कारण डुबेर ज्यान गुमाउनेको संख्या बढिरहेको राष्ट्रसंघका प्रवक्ता विलियम स्पिन्डेल्एरले बताए । अहिलेको अवस्था निकै चुनौतीपूर्ण रहेको भन्दै उनले मानव तस्करलाई निरुत्साहित गर्दै आप्रवासीको सुरक्षाका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए ।

इजरायली अवैध वस्ती हटाइने

विविसी, पुस ९ । संयुक्त राष्ट्र संघले इजरायल र प्यालेष्टाइन सीमा क्षेत्रमा अवैध रुपमा निर्माण गरिएका इजरायली वस्ती हटाउने प्रस्ताव पारित गरेको छ । राष्ट्रसंघ अन्र्तगतको सुरक्षा परिषदको बैठकले अवैध रुपमा बनाइएका इजरायली वस्ती हटाउने प्रस्ताव पारित गदै बस्ती भत्काउन आदेश दिएको हो । इजरायलको समर्थन गर्दै अमेरिका भने मतदानमा सहभागि भएन । इजरायलले सन् १९६७ मा पश्चिमी किनारा र पूर्वी जेरुशेलम कब्जा गरेको थियो त्यसयता करीब पाँच लाख यहूदी अवैध रुपमा वस्ती निर्माण गरी बस्दै आएका छन् । १ सय ४० बस्तीहरु अवैघ रुपमा रहेको सुरक्षा परिषदले जनाएको छ । प्रस्तावको पक्षमा १४ मत परेको छ । सुरुवातमा इजरायलले प्रस्ताव फिर्ता लिन दबाब दिएपनि मलेसिया, न्यूजिल्याण्ड, सेनेगल र भेनेजुयलाको आग्रहमा प्रस्ताव अगाडी बढाइएको थियो । सो बस्तीको कारण अशान्ति फैलिएको भन्दै त्यसलाई हटाउन लामो समयदेखि पहल गरिएको थियो ।

चीनमा सडक दुर्घटनामा ५८ हजारको मृत्यु

सिन्हवा, बेइजिङ । चीनमा २०१५ मा मात्रै सवारी दुर्घटनाका कारण ५८ हजार जनाको सडकमै मृत्यु भएको अधिकारीले जनाएका छन् । चीनको संसद्को वेबसाइटमार्फत् बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यसअघि सन् २०१४ मा १ लाख ७ हजारको सडक दुर्घटनामा मृत्यु भएको थियो । ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिका कारण चीनमा ठूला दुर्घटना गम्भीर समस्याका रूपमा छन् । बसको लामो दूरीको यात्राका कारण हुने दुर्घटनाले चीनमा बेलाबेलामा तनाव दिने गरेको छ । आकस्मिक रूपमा हुने व्यक्तिगत दुर्घटनाका कारण पनि नियमित रूपमा धेरैको मृत्यु भइरहेको हुन्छ । सवारी दुर्घटनामध्ये झन्डै ९० प्रतिशत दुर्घटनाको कारण ट्राफिक नियमको उल्लंघन हुने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, अत्यधिक भार भएका ट्रक, कमजोर सडक संरचना र ग्रामीण क्षेत्रमा हुने असुरक्षित यात्रा पनि सवारी दुर्घटनाका अन्य प्रमुख कारण रहेको प्रतिवेदनमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले भने चीनको यो रिपोर्ट वास्तविकताभन्दा थोरै भएको दावी गरेको छ ।

सुरक्षा कारबाहीमा अफगानमा चौवालिस आतङ्ककारी मारिए

काबुल, पुस ७। अफगान सेना, प्रहरी र गुप्तचर निकायको अधिकारीको सहभागीतामा तालिवानी आतङ्ककारीविरुद्ध गरेको कारबाहीका क्रममा करिब ४४ आतङ्ककारी मारिएका छन् । गत २४ घण्टाभित्र तालिवान आतङ्ककारी लुकेर बसेका इलाका लक्षित यस कारबाहीमा ४४ आतङ्ककारी मारिएको अफगान रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । अफगानिस्तनको ३४ वटा प्रान्तमध्ये नौ वटा प्रान्तमा गरिएको यस कारबाहीको क्रममा अन्य ४३ जनाभन्दा बढी आतङ्ककारी घाइते भएका छन् । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको प्रान्तीय राजधानी लसकार घामा गरिएको संयुक्त कारबाहीका १९ तालिवान आतङ्ककारी मारिनुका साथै अन्य १५ घाइते भएका थिए । त्यसैगरी उरुज्गान प्रान्तमा भएको सैनिक कारबाहीको क्रममा १० आतङ्ककारी मारिनुका साथै अन्य १२ जना घाइते भएका थिए । अफगान सरकारसँग लडाई गरिरेहका तालिवान आतङ्ककारी समूहले यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् । रासस÷सिन्ह्वा

पटाका बजार विस्फोटमा २६ को मृत्यु

पुस ६ । मेक्सिकोको लोकप्रिय तथा व्यस्त पटाका बजारमा विस्फोट हुँदा कम्तिमा २६ जनाको ज्यान गएको छ । राजधानी मेक्सिको सिटीको बाहिरी क्षेत्रमा रहेको सान पाब्लिटो पटाका बजारमा विस्फोट भएको हो । विस्फोटमा परि ६० जना भन्दा धेरै घाइते भएका छन् । खुला आकाशमुनि रहेको बजारमा सुरुको पसलबाट विस्फोट तथा आगलागी सुरु भएको र त्यसले सम्पूर्ण बजार घेरेको तस्बिरमा देखिएको छ । प्रहरी तथा उद्धारकर्मीले उद्धार तथा राहतको काम गरिहेका छन् । यो बजारमा यसअघि सन् २००५ र २००६ मा पनि आगलागी भएको थियो ।

अमेरिकी ईमेल ह्याक प्रकरणमा ‘पुटिनको संलग्नता’: प्रतिवेदन

वासिङटन (अमेरिका),  । अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आवद्धता भएका संस्थाका ईमेल ह्याक गरी निर्वाचनलाई प्रभावित पार्ने कार्यमा रसिया र यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको समेत प्रत्यक्ष संलग्नता रहेको हुनसक्ने प्रशस्त आधार भेटिएका अमेरिकी गुप्तचर रिपोर्टमा पाइएको गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युज टेलिभिजनले बुधबार जनाएको छ । कसरी डेमोक्र्याट्स पक्षका ईमेल सामग्री ह्याक गर्ने र यिनलाई सार्वजनिक गरी उनीहरुविरुद्ध प्रयोग गर्ने भन्ने योजनाका लागि रसियाली राष्ट्रपति पुटिनले निर्देशन दिनुभएको गुप्तचर रिपोर्टमा भएको उक्त अमेरिकी टेलिभिजनले जनाएको छ । टेलिभिजनले अमेरिकी गुप्तचर संस्था (सीआईए) का वरिष्ठ अधिकारीले ह्याककाण्डमा पुटिनको समेत संलग्नता रहेको सूचना सीआईएसँग सुरक्षित रहेको बताएका जनाएको थियो । अधिकारीले पछिल्लो विश्लेषणको आधारका लागि आफूहरुसँग विश्वासिला प्रमाण रहेका पाइएको एनबीसीले जनाएको छ । यसै सन्दर्भमा रसियाली राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीसँग सङ्क्षिप्त जवाफ दिँदै ‘रिपोर्ट बेतुकका सन्दर्भको आधारहीन व्याख्या’ मात्र भएको बताउनुभयो । गतहप्ता वासिङ्टन पोस्टले अमेरिकी ईमेललाई रसियाद्वारा ह्याक गरी सार्वजनिक गरिदिएको भन्ने सीआईएको विश्लेषणसहितको रिपार्ट छापेपछि यस विषयले विश्वभर चर्चा पाएको थियो । सीआईए रिपोर्टमा ईमेल ह्याक गरी रसियाले रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई जिताउन प्रयोग गरिएको प्रशस्त आधार भेटिएको बताइएको पोस्टले जनाएको थियो ।  सन् २०११ मा रसियाली संसदीय निर्वाचनमा पुटिनको इमान्दारितामाथि प्रश्न गर्दै तत्कालीन अमेरिकी विदेशमन्त्री क्लिन्टनले धारणा व्यक्त गर्नुभएको थियो । पुटिनले क्लिन्टनविरुद्ध विवादास्पद ईमेल सार्वजनिक गरी बदला लिन खोजेको विश्लेषकहरुको बुभाइ छ । रासस

अफगानिस्तानमा हवाई आक्रमण, एकाइस जनाको मृत्यु

काबुल, मङ्सिर ३० । अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने बाल्खमा बुधबार भएको हवाई आक्रमणमा परी २१ जनाभन्दा बढीको मृत्यु भएको छ । लुकेर बसेका तालिबानी लडाकुहरूलाई लक्षित गरी सरकारी सेनाले आक्रममण गर्दा उनीहरूको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । सुरक्षाकर्मीहरूले सुरक्षा कारबाहीका क्रममा तालिवानी लडाकूहरूले लुकाइराखेका हातहतियार पनि नष्ट गरेको मन्त्रालयले जनाएको छ । आतङ्कारीहरूलाई लक्षित गरी देशका अन्य ठाउँमा पनि सुरक्षा कारबाहीलाई निरन्तरता दिने गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । रासस  

सिरियामा जारी द्वन्द्वमा तीन लाख बाह्र हजारको मृत्यु

बेरुत (लेबनान), मङ्सिर २९ । सिरियामा जारी गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यु भएको र यसमध्ये ९० हजार सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । सन् २०११ मा यहाँको सरकारविरोधी आन्दोलन सुरु भएपछि करिब १६ हजार बालबालिकासहित ५३ हजार विद्रोहीको मृत्यु भएको छ भने एक लाख १० हजार सरकार पक्षघर लडाकूले पनि ज्यान गुमाएका छन् । मृत्यु भएका सरकार पक्षधर लडाकूमध्ये ६० हजार सिरियाली सेना भएको उक्त संस्थाले जनाएको छ । त्यसैगरी द्वन्द्वमा दशौँ हजार सिरियाली मिलिसिया र कैयौँ लेबनानी हेजबुल्लाह आन्दोलनका सदस्य तथा विदेशी लडाकूको पनि सिरियाको द्वन्द्वमा परी विगत पाँच वर्षको अन्तरालमा मृत्यु भएको छ । संस्थाले करिब ५५ हजार जिहादी समुदायका लडाकूको मृत्यु भएकोमा अधिकांश इस्लामिक स्टेट (आईएस) समूह वा पूर्व अल कायदा समूहमा आवद्ध फतेह अलसाम फ्रन्टका लडाकू रहेका छन् भने केही अन्य साना अतिवादी समूहका सदस्यहरु रहेका जनाएको छ । संस्थाले करिब तीन हजार ६८३ जना मृतकको परिचय खुल्न नसकेको बताएको छ । अलेप्पोमा असद सेना सफलता नजीक मङ्गलबार सिरियाली राष्ट्रपति बसर अल असदको सरकार पक्षधर सेनाले विद्रोहीको आश्रयस्थल रहँदै आएको प्राचीन सहर अलेप्पोको करिब सम्पूर्ण भाग आफ्नो नियन्त्रणमा लिन सफल भएको छ । यो राष्ट्रपति असदको युद्धका क्रममा भएको सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइएको छ । रासस÷एएफपी  

पुटिन र ट्रम्पबिच छिट्टै भेटवार्ता हुने

मस्को (रसिया),  मङ्सिर २९। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग कुनै समयमा भेट्ने तयारीमा रहेको बताएका छन् । सञ्चारकर्मीद्वारा रसियाली राष्ट्रपति पुटिनलाई ट्रम्पसँग भेट्नसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा पुटिनले हामी कुनै समयमा भेट्न तयार छौँ । हाम्रोतर्फंबाट कुनै समस्या छैन, भनेको कुरा क्रेमलिनद्वारा मङ्गलबार सार्वजनिक गरिएको अन्तरवार्ताको प्रतिलिपिमा जनाइएको छ । अन्तरवार्तामा पुटिनले भनेका छन्, “यो सबैमा जगजाहेर छ कि अमेरिकी राष्ट्रपतिमा निर्वाचित नेता ट्रम्पले सार्वजनिक रुपमा रसिया र अमेरिकाबीचको सम्बन्ध समान्यीकरण गर्ने कुरा बोलेका छन् । हामी यो गर्न त सक्दैनौँ तर यसको समर्थन गर्छौँ ।” “हामीलाई थाहा छ अमेरिका र रसियाको सम्बन्ध कुन हदसम्म बिग्रीएको छ र यसलाई सामान्यीकरण गर्ने कुरा सामान्य काम हुने छैन । तर हामी हाम्रो तर्फबाट केही गर्न तयार छौँ, पुटिनले भने । उनले २०१७ को जनवरी अर्थात् ट्रम्पको सत्तारोहणपछि दुई नेताबीच भेट हुने सम्भावना व्यक्त गरे। रासस