नेप्से २.७३ अंकले घट्यो

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक ०.१३ प्रतिशतले घटेको छ । बिहीबार नेप्से २.७३ अंकले घटेर २००४.०५को विन्दुमा पुगेको हो ।

नेप्से परिसूचक पछिल्लो तीन दिन लगातार झिनो अंकले घेटेको हो ।

आज ३०२ धितोपत्रको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा किनबेच भएको छ ।

नेप्से १७.३० अंकले घट्यो, कारोबार कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १७.३० अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ०.८५ प्रतिशतले घटेर २०१८.३३ विन्दुमा बन्द भएको हो । घटेको बजारमा निर्जीवन बिमा समूहका लगानीकर्ताले भने राम्रो लाभ लिएका छन् । कारोबारमा आएका १३ मध्ये निर्जीवन बिमा समूहको परिसूचक वृद्धि भएको छ । अरू समूहको परिसूचक घटेको छ । निर्जीवन बिमा समूहको परिसूचक ०।१२ प्रतिशतले बढेर १०४६५.९८ विन्दु कायम भएको छ । यस दिन सर्वाधिक परिसूचक घट्नेमा उत्पादन तथा प्रशोधन समूह ३.६५ प्रतिशत छ । ६३ कम्पनीको सेयर मूल्य बढेको छ । १७२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आइतबार तीन अर्ब २० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वोत्तम सिमेन्टले सर्वाधिक बजार हिस्सा ओगटेको छ । यो कम्पनीको २८ करोड ६८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो । तर, यसको सेयर मूल्य प्रतिकित्ता ९।९९ प्रतिशतले घटेर कारोबार भयो । नेप्सेमा सूचीकृत भएदेखि नै यो कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि हुँदै आएको थियो । त्यसैगरी, गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो ।मायाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ ४० पैसा वृद्धि भएर ३३४ रुपैयाँ ४० पैसा कायम भएको छ ।  

२ अर्ब ६२ करोडको कारोबार हुँदा नेप्से ४.७८ अंक बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकले सुधार भएको छ । बिहीबार बजार परिसूचक नेप्से ४.७८ अंकले बढेर २०३५.६४ को बिन्दुमा बन्द भएको छ । सातामा चार कारोबार दिन बजार खुलेको थियो । मंगलबार र बिहीबार नेप्से बढेर बन्द हुँदा सोमबार र बुधबार भने दोहोरो अंकले घटेको थियो । बिहीबार बैंकिङ, होटल तथा पर्यटन सहित लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसूचकमा गिरावट भयो । त्यसबाहेकका विहीबार सबै उपसूचक बढेका छन् । निर्जीवन बीमा उपसूचक सर्वाधिक ०.६६ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.४८ प्रतिशतले गिरावट भयो । उत्पादन तथा प्रशोधन उपसूचक २.४० प्रतिशतले बढेको छ । नेप्सेमा सामान्य वृद्धि देखिए पनि ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.३६ अंकले घटेर ३५९.०९ को बिन्दुमा घटेको छ । नेप्सेमा सामान्य वृद्धि हुँदा २ अर्ब ६२ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५३ हजार १ सय ११ कारोबारमा ६५ लाख ४७ हजार ६ सय ३४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा यो रकमको कारोबार भएको हो । बिहीबार सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक १९ करोड ३८ लाख रुपैयाँको कारोबार भयो । नेप्सेमा सूचीकृत भएपछि लगातार सातौं दिन पनि सेयर मूल्य १० प्रतिशतले बढेको सर्वोत्तम सिमेन्टको सेयर मूल्य १ हजार कटे पनि बिहीबार सबैभन्दा धेरै रकमको कारोबार भएको छ । यस्तैगरी, गोर्खाज फाइनान्सको १६ करोड २० लाख र शिवम् सिमेन्टको १५ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज भएको कारोबारमध्ये हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशत र सर्वोत्तम सिमेन्टको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै हिमालयन हाइड्रोपावरको सेयर मूल्य ८.७३ प्रतिशतले बढ्दा उन्नति सहकार्य लघुवित्त र धौलागिरि लघुवित्तको सेयर मूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

१०.८३ अंकले घट्यो नेप्से

काठमाडौं ।मंगलबार १०.१४ अंकले बढेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज फेरी घटेको छ ।आज बुधबार नेप्से १०.८३ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.५३ प्रतिशतले घटेर २०३०.८६ विन्दुमा कायम भएको छ। बुधबार २ अर्ब २३ करोड ५४ लाख ८६ हजार रुपैयाँ बराबरको ६० लाख ४७ हजार २१ किक्ता शेयर ४४ हजार २४९ पटक किनबेच भएको छ । बुधबार ३१० वटा कम्पनीको शेयर किनबेच हुँदा ५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । बुधबार सेन्सेटिभ इन्डेक्स पनि २.१७ अंकले घटेको छ । फोल्ट इन्डेक्स ०.९१ अंकले घटेको छ भने सेन्सेटिभ फोल्ट इन्डेक्स ०.७३ अंकाले घटेको छ । १३ वटा समुह अन्तरगत एक समुहको शेयर बढेको छ भने १२ समहुको शेयर घटेको छ । आज सर्वोत्तम सिमेन्टको शेयरमा १० प्रतिशतले बढेर सकारात्म सर्किट लागेको छ ।

नेप्से १०.१४ अंकले बढ्यो

काठमाडौं । लगातार चार कारोबार दिन घटेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १०.१४ अंकले बढेको छ। बजार ०.४९ प्रतिशतले बढेर २०४१.७० विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १७.०१ अंकले घटेको थियो । गएका चार कारोबार दिन लगातार बजार ओरालो लागेको थियो । गत साताको मंगलबार ६.२४, बुधबार ३.३४, बिहीबार १५.३७ अंकले घटेको थियो। आज दुई अर्ब ३५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १६८ कम्पनीको सेयर मूल्य वृद्धि भयो । ६८ कम्पनीको सेयर मूल्य घट्यो । डोल्टी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँ १० पैसाले बढेर ४३० रुपैयाँ १० पैसा कायम भएको छ । नेप्सेमा सूचीकृत भएदेखि नै लगातार उकालो लाग्दै आएको सर्वोत्तम सिमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८१ रुपैयाँ ३० पैसाले वृद्धि भएर ८९५ रुपैयाँ १० पैसा कायम भएको छ । कारोबरमा आएका १३ मध्ये फाइनान्स, व्यापार र जीवन बिमा समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक वृद्धि उत्पादन तथा प्रशोधन समूहको भएको छ ।

नेप्से परिसूचक १७.०१ अंकले घट्यो

काठमाडौं । यो साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक १७.०१ अंकले घटेको छ । आइतबार सार्वजनिक बिदाका कारण बजार बन्द थियो । नेप्से सोमबार ०.८३ प्रतिशतले घटेर २०३१.५५ को विन्दुमा झरेको छ । यस दिन ३०४ धितोपत्रका ७० लाख ६१ हजार १२ कित्ता सेयर दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँमा किनेबेच भयो । १३ उपसमूहमध्ये चारवटाको समूहगत सूचक बढेको छ । नौवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

१५.३७ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

काठमाडौं ।यस साताको सेयर कारोबार दुई दिन झिनो अंकले घटेको बजार आज भने १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा बन्द भएको छ । बिहीबार चार करोड ३१ करोड ३० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।  यसदिन कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक ओरालो लागेको छ । व्यापार समूहको परिसूचक २८.५२ अंकले बढेर २८३८.०२ विन्दुमा पुगेको छ । यसदिन सर्वाधिक परिसूचक घट्नेमा लघुवित्त समूह छ । यो समूहको परिसूचक १.३२ प्रतिशतले घटेर ४०१०.२५ विन्दुमा बन्द भएको छ ।

तीन अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार सामान्य अंकले घटेको छ । नेप्से ३.३४ अंकले घटेर २०६३.९५ को विन्दुमा पुगेको छ ।  ३०५ धितोपत्रको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ०३६ रुपैयाँमा किनबेच भएको छ । आज तीन उपसमूहको समूहगत सूचक बढेको छ । बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  यसदिन गोर्खाज फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपालको सेयर मूल्य ९.३२ प्रतिशतले घटेको छ ।

शेयरको भित्री कारोबारमा गुरु न्यौपाने दोषी ठहर

काठमाडौं । सेयरको भित्री कारवार गरेको अभियोगमा रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई शेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको हो ।  उनलाई सजाय निर्धारणका लागि १५ चैतमा पेश गर्न विशेष आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई शेयरको भित्री कारोबारमा संलग्न रहेको ठहर्याई त्यसबाट कमाएको रकम समेत अवैध हुने ठहर पनि गरेको छ । अदालतले आगामी १५ चैतमा उनीहरुमाथि हुने सजाय निर्धारण गरी विगो र जरिवाना तोक्नेछ । कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएर अकुत सम्पत्ति कमाएको आरोपमा विभागले निजी क्षेत्रका उर्जा उत्पादक न्यौपानेविरुद्ध एक करोड ९९ लाख रुपैयाँ विगो माग दावी गर्दै गएको २३ कात्तिकमा मुद्दा दायर गरेको थियो ।

बढ्यो सेयर बजार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

काठमाडौं । अघिल्ला ३ कारोबार दिनसम्म लगातार झरेको सेयर बजार सोमबार भने बढेको छ । आज अन्तिम ४० मिनेटपछि बजार सम्हालिएर बढेको हो । अघिल्लो दिन २०७० अंकमा बन्द भएको सेयर बजार सोमबार २०७३ अंकमा बन्द भयो । अघिल्लो दिनको तुलनामा सामान्य अंकले बजार बढ्दा कारोबार रकम भने खुम्चिएको छ । आइतबार ३ अर्ब ३८ करोडको कारोबार भएकोमा सोमबार २ अर्ब ८८ करोडमा खुम्चियो । कुल १४८ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने १० को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.३ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स समूह १ प्रतिशत बढ्यो । ती बाहेकका समूह सामान्य दरले घटबढ भए । बैंकिङ ०.३७, लगानी ०.३५, उत्पादन ५७ तथा निर्जीवन बीमा ११ अंकले घटे । ब्यापार १४, अन्य ६, माइक्रोफाइनान्स २४, जीवन बीमा ६, हाइड्रोपावर ४, होटल तथा पर्यटन ४७, फाइनान्स २० र विकास बैंक समूह ५२ अंकले बढे । गोर्खाज फाइनान्स, सप्तकोशी विकास बैंक, पिपुल्स पावर, धौलागिरि लघुवित्त र पिपुल्स हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ५, एनएमबी बैंकको २.७, सिंगटी हाइड्रोको २.४, माण्डु हाइड्रोको २.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

नेप्से ३५.९८ अंकले घट्यो, कारोबार कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार तेस्रो दिन गिरावट आएको छ । गत साताको बुधबार र बिहीबार घटेको सेयर बजार  ३५.९८ अंकले  घटेर बन्द भएको हो ।  आज कारोबार सुरु हुँदा सामान्य बढेपनि केहीछिनपछि घट्न सुरु गरेको थियो । यससँगै, १०.६२ अंकले घटेर परिसूचक २०७० अंकमा आइपुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यो ०.५१ प्रतिशतको गिरावट हो । यसक्रममा आज ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य भने स्थिर छ । आज ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको ८४ लाख कित्ता सेयर किनबेच भएको छ । आज सप्तकोसी विकास बैंकको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५६ प्रतिशतले बढेको छ । यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ७.८३ प्रतिशतको गिरावट आएको छ । कारोबारमा आएको १३ वटा समूहमध्ये ३ समूहको सूचक बढेको छ । यसबाहेक सबै समूहमा गिरावट आएको छ । आज होटल एण्ड टुरिजम समूहको सूचक ८२ अंकले घट्दा जलविद्युत समूहको सूचक २९ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमा समूहको सूचक २४ अंकले घटेको छ । यसक्रममा शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । आज यो कम्पनीको ४१ करोड ६४ लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, सोनापुर मिनरल्सको सेयर २३ करोड रुपैयाँ बराबरको किनबेच भएको छ ।

सेयरबजारमा ४ अर्ब २४ करोडको कारोबार

काठमाडौं । सेयरबजारमा चार अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।  सूचक २.४८ अंकले घटे पनि ४ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको हो।  बुधबार १ करोड ८ लाख कित्ता सेयर बिक्रीपछि उक्त कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  यो सँगै ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको र १६ वटाको उही मूल्यमा कारोबार भएको छ।

नेप्से ५८.५८ अंकले बढ्यो, सबै उपसमूह सकारात्मक

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ५८.५८ अंकले बढेको छ । सोमबार सार्वजनिक बिदाका कारण बन्द नेप्से मंगलबार २.८५ प्रतिशत बढेर २१११.२४ को विन्दुमा पुगेको हो ।  आज ३०५ धितोपत्रको एक करोड ६ लाख नौ हजार ५९७ कित्ता सेयर चार अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँमा किनबेच भएको छ । यसदिन १३ वटै उपसमूहको समूहगत सूचक उकालो लागेको छ । जीवन बिमा उपसमूहको समूहगत सूचक सर्वाधिक ५।४४ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । पाँच कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था, स्वाभिमान लुघवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लुघवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । हिमालयन ८०–२० को सेयर मूल्य ३.५७ र मोलुङ हाइड्रोपावर कम्पनीको २.५३ प्रतिशतले घटेको छ । 

अर्थले भन्यो -'सरोकारवालाको रायसहित पूँजी बजार सुधार्ने कार्ययोजना तत्काल पेश गर्नू'

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै सरोकारवालाको रायसहित पूँजी बजार सुधार्ने गरी सात दिनभित्र कार्ययोजना पेश गर्न निर्देशनात्क आग्रह गरेको छ । अर्थमन्त्री वर्षमान पुन नियुक्त भए लगत्तै पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तार र लगानीकर्ताको अधिकारको निमित्त काम गर्ने बताएका थिए । सोही अनुरुप अर्थमन्त्रीको निर्देशनमा अर्थ मन्त्रालयका अधिकृत शारदा पौडेलले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै सो निर्देशनात्मक आग्रह गरेकी हुन्  पत्रमा भनिएको छ  -'देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई सात दिनभित्र कार्ययोजना पेश गर्नुहुन माननीय मन्त्रिज्यूको निर्देशानुसार अनुरोध छ।'

नयाँ अर्थमन्त्रीप्रति सकारात्मक लगानीकर्ता, आइतबार २२ अंकले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइबार २२.१० अंक बढेर बन्द भएको छ । नयाँ अर्थमन्त्री माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आएसँगै सेयर लगानीकर्ता उत्साहित देखिएका छन् । लामो समयसम्म लगातार घटेको बजार अहिले समालिँदै उकालो लाग्न थालेको छ । पछिल्ला तीन कारोबार दिनमा बजार लगातार उकालो यात्रामा देखिएको छ । अर्थमन्त्री वर्षमान पुनले पनि बजारप्रति सकारात्मक अभिव्यक्ति दिँदै आएका छन् । त्यसले पनि लगानीर्तामा उत्साह देखिएको छ । उनले धितोपत्र बजारमा ढुक्क भएका लगानी गर्न आग्रह गरेका छन् । आज नेप्से परिसूचक १.०८ प्रतिशतले वृद्धि भएर २०५२.६५ विन्दुमा बन्द भएको छ । यसदिन दुई अर्ब ९२ करोड २७ लाख रुपैयाँको धितोपत्र खरिद–बिक्री भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । बढेको बजारमा चिर्खुवा हाइड्रोपावरको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ ।

अर्थमा वर्षमान नियुक्तिपछिको पहिलो कारोबार शेयर बजार सकारात्मक

काठमाडौं । नयाँ गठबन्धनको नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। गठबन्धनको बुधबार बसेको बैठकले वर्षमान पुनलाई अर्थमन्त्रीमा नियुक्त गरेको थियो। राजनीतिक अन्यौलताका बीच उतारचढाव भइरहेको नेप्से, अर्थमन्त्रीको नियुक्तिसँगै सम्हालिएको हो। बिहीबार नेप्से परिसूचक १३.५१ अंक बढेर २०३०.५५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४७ हजार ६९९ पटकको कारोबारमा ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यस्तै, यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.२१ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे १६ करोडको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।