वर्षमान पुनलाई अर्थमा हरियोले स्वागत, नेप्सेमा सुधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएपछि नेप्सेले स्वागत गरेको छ । नयाँ गठबन्धन बन्ने दिन ३ पटक सर्किट ब्रेक भएको नेप्सेमा आज ९.३३ अंकले बढेको छ । सत्तागठबन्धनको भागबन्डा भैरहँदा घटेको नेप्से वर्षमान पुन अर्थमन्त्री बन्ने हल्ला सार्वजनिक भएपछि नेप्सेमा सुधार भएको हो ।नेप्से बढेर २०१७.०३ को विन्दुमा पुगेको छ ।

आज ३०८ धितोपत्रको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार ३५७ रुपैयाँमा किनबेच भएको छ ।

यसदिन १३ उपसमूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको समूहगत परिसूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

दोल्टी पावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.७१ प्रतिशत घटेको छ ।

सेयर बजार १९६० अंकमा, दुई समूहका मात्रै सूचक बढे

काठमाडौं, २० फागुन । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १९६० अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ११.७८ अंक झरेको हो । दिनभरको उतारचढावका बीच बजार घटेको हो ।  आइतबार कुल २ अर्ब ८ करोडको कारोबार भएको छ । बिहीबार २ अर्ब ५९ करोडको कारोबार भएको थियो । कुल ६७ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो भने ८ को स्थिर रह्यो । दुई समूहका सूचक बढ्दा अरु सबै घटे । होटल तथा पर्यटन र उत्पादन समूह क्रमशः ०.५४ र ०.६६ प्रतिशत बढे । ब्यापार समूह भने सबैभन्दा धेरै २.५२ प्रतिशत घट्यो । बैंकिङ ६, विकास बैंक १७, फाइनान्स १३, हाइड्रोपावर २०, जीवन बीमा ९१, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ५६, अन्य १७ र ब्यापार समूह ७१ अंक घटे । होटल २७ र उत्पादन समूह ४४ अंक बढे । ग्लोबल आईएमई लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको ७.८, बोटलर्स नेपाल बालाजुको ५.६, गणपति लघुवित्तको २.८२ प्रतिशत बढे । चिरख्वा हाइड्रोपावरको ७.४, बीपीडब्लू लघुवित्तको ६.७, बोटलर्स नेपाल तराईको ५.६ तथा माथिल्लो मैलुङखोलाको मूल्य ५.२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बोटलर्स नेपाल तराई र जोशी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

२ हजार अंकमा रोकियो सेयर बजार

काठमाडौं, १६ फागुन  ।  बुधबार सेयर बजार २ हजार अंकमा रोकिएको छ । अघिल्लो दिन २००१ मा रहेको बजार बुधबार ०.८७ अंकले घटेको हो । १२ः२० बजे बजार १९९२ अंकसम्म झरेको थियो भने २ः३५ बजे २००९ अंकसम्म पुगेको थियो । बुधबार कुल २ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १ अर्ब ८६ करोडको कारोबार भएको थियो । कुल ७१ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो । ब्यापार र उत्पादन समूह उच्च दरमा बढे । ब्यापार ५.५१ र उत्पादन समूह ४.९६ प्रतिशत बढे । विकास बैंक समूह सबैभन्दा धेरै १.१ प्रतिशत घट्यो । बैंकिङ ७, विकास बैंक ४३, फाइनान्स १७, हाइड्रोपावर २१, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ३७ अंक घटे । ब्यापार १५०, अन्य २, उत्पादन ३१७ र होटल तथा पर्यटन समूह २ अंक बढे । विशाल बजार कम्पनी, बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । चिरख्वा हाइड्रोपावरको ९.६, नेस्डो लघुवित्तको ६.८, युनिलिभरको ५ प्रतिशत मूल्य बढ्यो । सामलिङ पावरको ६.६, गुराँस लघुवित्तको ५.९, मिडसोलु हाइड्रोपावरको ५.२, जाल्पा सामुदायिक लघुवित्तको ३.७ र सामुदायिक लघुवित्तको मूल्य ३.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बोटलर्स नेपाल तराई, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

नेप्से ९.३४ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौं । लगातार ६ दिन ओरालो लागेको सेयरबजार सोमबारदेखि बढ्न थालेको छ । मंगलबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.३४ अंकले बढ्यो । सोमबार १३.२८ अंकले बढेको थियो । लगातार घटेर दुई हजार विन्दु तलसम्म झरेको बजार यस दिन २००१.६४ मा बन्द भएको छ । १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ८९ कम्पनीको सेयर मूल्य घटेको छ । १६ कम्पनीको सेयर मूल्य स्थिर छ । ५२ लाख ३९ हजार ४१६ धितोपत्र एक अर्ब ८६ करोड ९८ लाख रुपैयाँमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ६२३ रुपैयाँ २० पैसाले बढेर १७ हजार ८५५ रुपैयाँ ५० पैसामा कारोबार भयो ।

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ । विभिन्न कम्पनीका कल ५९ लाख ८८ हजार सात सय १७ कित्ता शेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिद बिक्री भएका छन् ।  नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको नौ करोड ७१ लाख ८० हजार दुई सय २९ मूल्य बराबरको शेयर कारोबार भयो । हिमालयन रिइन्स्योरेन्स सात करोड ७५ लाख तीन हजार आठ सय २२, शिवम् मिसेन्ट रु.छ करोड ६७ लाख ६७ हजार पाँच सय २८, गुर्खाज फाइनान्स छ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स छ करोड १८ लाख सात हजार नौ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।  नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त आठ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी सात दशमलव ६५, सोनापुर मिनरल्स सात दशमलव ३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले छ दशमलव ७२ प्रतिशतले कमाएका छन् । यस्तै, समाज लघुवित्त १०, बिपीडब्ल्यू आठ दशमलव ७७, किसान लघुवित्त पाँच दशमलव ५६, गुर्खाज फाइनान्स पाँच दशमलव ३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले तीन दशमलव ६० प्रतिशतले गुमाएका छन् । 

कारोबारको पहिलो दिन ओरालो लाग्यो नेप्से, कोरोबार कति ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अंकले ओरालो लागेको छ। परिसूचक १ दशमलव ३३ प्रतिशतले घटेर १ हजार ९७९ दशमलव ०२ बिन्दुमा आएको हो। गत मंसिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक २ हजारको बिन्दुभन्दा तल झरेको हो। आज विभिन्न ३१७ कम्पनीका ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ७१ हजार ८८० पटक खरिदबिक्री हुँदा ३ अर्ब आठ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन्।  वित्त समूह १ दशमलव ४० र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै जलविद्युत् समूह २ दशमलव ४२ प्रतिशतले घटेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ।  यो कम्पनीको २५ करोड १८ लाख १२ हजार २४२ रुपैयाँ बराबरको ४ लाख १५ हजार ९४९ कित्ता शेयर किनबेच भएको छ।

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल फागुन ११ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५९ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर 

घट्यो नेप्से, कारोबार रकम दुई अर्ब २४ करोड मात्रै

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्रको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर दुई अर्ब २४ करोड १९ लाख ६१ जहार ७९९ रुपैयाँमा किनबेच भएको छ । यसदिन १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधनको समूहगत सूचक बढेको छ । बाँकी १२ वटा समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।   आज बोटलर्स नेपाल, हिमालय उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ ।

सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम कति ?

काठमाडौं । सेयर बजारको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।  नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ। सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन।  आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेको थियो।  सो दिन ३ अर्ब ७७ करोड  मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा खरिदबिक्री भए। आज सामान्य अंकले घटेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले वृद्धि भएको हो। ३१ करोड ७३ लाख ७० हजार ९९८ रुपैयाँको कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। यसैगरी साना किसान विकास वित्तीय संस्थाले १२ करोड,जोशी हाइड्रोपावरले ८ करोड,नगदी ग्रुपले ६ करोड मूल्य बराबरको सेयर कारोबार गरे। १३ उपसमूहमध्ये पाँच उपसमूहको मात्रै सूचक बढ्यो।डेभलपमेन्ट बैंक,फाइनान्स,इन्भेस्टमेन्ट , मनु एण्ड प्रो र अदर्श उपसमूहबाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका हुन्। कारोबारमा आएका कम्पनीमध्ये ९० वटाको मूल्य बढ्दा १५० को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

सेयर बजार नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक २७.२१ अंकले घटेको छ । साताको पहिलो दिन सेयर बजार १.३१ प्रतिशतले घटेर २०३४.८२ अंकमा पुगेको हो । आज कुल ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कुल २१ कम्पनीको सेयर मूल्य बढ्यो भने कुल२२५ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सबै उपसमुह घट्यो । त्यसमध्य सबैभन्दा बढी नीर्जिवन बिमा २०६.३९ अंकले घट्यो । जिवन बिमा १३९.४७ र विकास बैंक ६९.३१ अंकले घट्यो । बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढ्यो । किसान लघुवित्त वित्तीय संस्थाको मूल्य ८.२२ प्रतिशतले बढ्यो । कारोबार रकमको अधारमा हिमालयन रि इन्स्योरेन्स, एनआइसी एसिया बैंक अघि रहे । हिमालयन रि इन्स्योरेन्सको ४० करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एनआइसी एसिया बैंकको १३ करोड ६५ लाख रुपैयाँ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सामान्य अंकले घट्यो नेप्से, तीन अर्ब ७ करोड ७४ लाख बराबरको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से आज सामान्य अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ दशमलब ३८ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ दशमलब ४४ विन्दुमा पुगेर बन्द भएको थियो । बजार घटेपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज तीन अर्ब ७ करोड ७४ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ७ करोड ३९ लाख बराबरको कारोबार भएको थियो । बजारमा कारोबार भएका ९० कम्पनीको शेयरमूल्य बढेको छ भने १२७ कम्पनीकोे शेयरमूल्य घटेको छ । आठ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६७७ दशमलव १० रुपैयाँ पुगेको छ । त्यस्तै, रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३०१ दशमलव ६० रुपैयाँ पुगेको छ । आज सबैभन्दा बढी मोदी इनर्जी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १८ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आईएमई इन्स्योरेन्सको प्रिमियम सहितको आईपीओ सर्वसाधरणका लागि आजदेखि बिक्रीमा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । यस अघि असार २० गतेदेखि निष्कासनको मिति तय गरेको कम्पनीले प्राविधिक कारण देखाई एक दिन पछि सारेको हो । कम्पनीको यो आईपीओ असार २५ गतेसम्म खरीद गर्न सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म विक्री लम्बिनेछ । कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको १२ लाख कित्ता आईपीओ भने असार १९ गते बाँडफाँट गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले असार १ गतेदेखि १५ गतेसम्म आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू १०० अंकित मूल्यमा प्रिमियम वापत रू १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा आईपीओ विक्री गर्न लागेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता रू १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी दिएको छ । जारी पूँजी रू ४ अर्बको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओेमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामुहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता भने आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । सर्वसाधारणमा जारी हुने आईपीओ ९ लाख ६० हजार योग्य आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ जारी गर्दै कुथेली हाइड्रोपावर, असार २६ गतेदेखि सर्वसाधरणले भर्न पाउने

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । पहिलो चरणका लागि छुट्याईएको सम्पूर्ण कित्ता शेयर बाँडफाँट भैसकेको अवस्थामा दोस्रो चरणको आईपीओ विक्री गर्ने तयारी कम्पनीले गरेको हो । कम्पनीले जारी पूँजी रू १२ करोड १८ लाख ६७ हजार ५०० को २० प्रतिशत आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणतर्फको १० प्रतिशत शेयरमध्ये पनि वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा भने १ लाख २१ हजार ८६८ कित्ता शेयर बाँडफाँट गरेको हो । प्रतिशेयर रू १०० अंकित मूल्यका रू १ करोड २१ लाख ८६ हजार ८०० बराबरको १ लाख २१ हजार ८६८ कित्ता सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १२ हजार १८६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको हो । २ हजार ४३७ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी १ लाख १ जार १५१ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । यो आईपीओ खरीदका लागि यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासन अवधि छिटोमा असार २९ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन ९ गतेसम्म विक्री अवधि तय गरिएको छ ।

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ गतेदेखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ गतेदेखि १६ गतेसम्म आईपीओ विक्री गरी जेठ ३० गते बाँडफाँट गरेको हो । जारी पूँजी रू २२ करोडको १० प्रतिशतले हुन आउने २ लाख २० हजार कित्ता आईपीओ स्थानीयमा बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ प्रतिशेयर रु १०० अंकित मूल्यमै विक्री गरिएको हो । दास्रो चरणका विक्री गरिने शेयरमध्ये ३२ हजार ५०० कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरिएको कम्पनीको भनाई छ । यी वाहेक १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । सर्वसाधारणले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । सर्वसाधारणमा आईपीओ विक्री अवधि छिटोमा असार १३ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म विक्री लम्बिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । नेप्से आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २५.६६ अंकले बढेर एक हजार ९ सय २७ दशमलब ६५ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार नेप्से १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा बन्द भएको थियो । शेयरबजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज एक अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १८५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता ३०१ रुपैयाँ पुगेको छ त्यस्तै, सनराइज फोकस्ड इक्विटी फण्डको शेयरमूल्य ९.२४ प्रतिशतले बढेर प्रतिकित्ता ८.६३ रुपैयाँ पुगेको छ । आज सेन्चुरी डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज ९ करोड ६९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

५३.०३ अंकले बढ्यो नेप्से, एक अर्ब ६५ करोड ६३ लाख बराबरको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ५३.०३ अंकले बढेर एक हजार ९ सय १९ दशमलब ३७ विन्दुमा पुगेर बन्द भएको छ । आज एक अर्ब ६५ करोड ६३ लाख ४० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीकोे शेयरमूल्य घटेको छ । आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १५ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।