दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ६३ करोड बराबरको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १७.३५ अंकले घटेर एक हजार ९ सय ४१ दशमलब ७७ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा दोहोरो अंकको गिरावट आएपनि कारोबार रकम भने साढे दुई अर्ब नाघेको छ । आज २ अर्ब ६३ करोड बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३९३.८० रुपैयाँ पुगेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६५३.३० रुपैयाँ पुगेको छ । यसका साथै आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ७ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज २१ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

दोहोरो अंकले घट्यो नेप्से, ९० करोड बराबरको कारोबार

काठमाडौं । नेप्से आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.९६ अंकले घटेर एक हजार ८ सय २१ दशमलब ६४ विन्दुमा पुगेर बन्द भएको छ । आज ९० करोड ५ लाख ६३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १६९ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२७.१० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यस कम्पनीको आज पाँच करोड ३५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

मोदी ईनर्जीको आईपीओ बाँडफाँट, ५ लाख भन्दा बढीले पाए शेयर

काठमाडौं । मोदी इनर्जि लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ।  मोदी ईनर्जी लिमिटेडले सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले आज बिहान क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँट गरेको हो । कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा २९ लाख कित्ता साधारण शेयर विक्री खुला गरेको थियो । आयोजना प्रभावित स्थानीयमा ८ लाख ४ हजार ३९० कित्ता शेयर बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको २० लाख ९५ हजार ६१० कित्ता शेयर समेत सर्वसाधारणमा थप गरी विक्री गरिएको हो । कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो। जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।

नेप्से दोहोरो अंकले घट्यो, ८२ करोड बराबरको कारोबार

काठमाडौं । नेप्से आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १८.८० अंकले घटेर एक हजार ८ सय ८५ दशमलब ६० विन्दुमा पुगेर बन्द भएको छ । आज ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २९ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८८८.५० रुपैयाँ पुगेको छ भने आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १३३६.५० रुपैयाँ पुगेको छ । यसका साथै आज सनराइज ब्लुचिप फण्डको शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ । नेप्सेका अनुसार सनराइज फोकस्ड इक्युटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज ३ करोड ११ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेमा गिरावट, कारोबारमा भने समान्य सुधार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसूुचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २८ दशमलव ३१ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ४८ विन्दुमा पुगेर बन्द भएको छ । बिहिबार नेप्से ८ दशमलव २८ अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ७९ विन्दुमा बन्द भएको थियो । शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज एक अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीको शेयरमूल्य घटेको छ ।

मेन्छियामले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

काठमाडौं । वैदेशिक रोजगारीमा रहेको नेपाली र आयोजना प्रभावितलाई आईपीओ बाँडफाँट गरिसकेको मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले सर्वसाधरणका लागि आगामी वैशाख ४ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएकोमा ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै स्थानीयमा वितरण भएको छ । जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो । अब २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ विक्री बन्द छिटोमा वैशाख ७ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने विक्री अवधि ढिलोमा वैशाख १९ गतेसम्म लम्बिनेछ ।

नेप्सेमा सामान्य गिरावट, कारोबार ९२ करोड

काठमाडौं । साताको कारोबारको आज अन्तिम दिन नेप्से सामान्य अंकले घटेको छ । नेप्से आज २८ दशमलव २८ अंकले घटेर एक हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा पुगेर बन्द भएको छ । आज ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले उल्लेख गरेको छ । कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १ सय ६५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा भने वृद्धि भएको छ । कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर प्रतिकित्ता ३११ दशमलव ८० रुपैयाँ पुगेको छ भने सिटिजन म्युचुअल फण्ड २ को शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ४ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

शेयरबजारमा ११ खर्ब ४१ अर्ब गुमाए लगानीकर्ताले

काठमाडौं : सेयर बजार लगानीकर्ताले २०७८/२०७९ मा ११ खर्ब ४१ अर्ब ६२ करोड गुमाएका छन्। यस वर्ष नेप्से परिसूचक ८ सय ७३ दशमलव ९२ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आर्थिक वर्षको अन्तमा सेयर पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड छ। भदौदेखि सेयर बजार निरन्तर घट्न थालेको थियो। वर्षको अन्तिम कारोबार दिन नेप्से २ हजार ८ सय ८३.४० अंकमा बन्द भएको थियो। सो समयमा सेयर बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ थियो। चालू आर्थिक वर्षमा कारोबारको अन्तिम दिन नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ को बिन्दुमा पुगेको छ।

आज शेयर बजार ३४ अङ्कले घट्यो, कारोबार कति ?

काठमाण्डाै – शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव २१ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ८८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २४ वटा कम्पनीकाे ३९ लाख १७ हजार कित्ता शेयर एक अर्ब ३६ करोड ९५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै मिथिला लघुवित्त र विन नेपाल लघुवित्त कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । गुराँस लघुवित्त कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

शेयर बजार आज साढे २३ अङ्कले घट्यो, कतिको कारोबार ?

काठमाण्डाै – शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५१ अङ्कले घटेर दुई हजार २ सय ५० दशमलव ९१ विन्दुमा झरेको छ । आज म्युचुल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय १९ वटा कम्पनीका ३७ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ३० करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर १२ करोड ८१ लाख रुपैँयामा किनबेच भएको छ । आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि जनरल इन्सुरेन्सको शेयर भने साढे ७ प्रतिशतले बढेको छ ।

शेयर बजार आज साढे १८ अङ्कले घट्यो, कारोबार रकममा भने सुधार

काठमाण्डाै – लगातार चार दिनसम्म बढेको शेयर बजार काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ६४ अङ्कले घटेर दुई हजार तीन सय ५० दशमलव ४२ विन्दुमा झरेको छ । आज उत्पादन र अन्यबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो बुधवार दुई अर्ब १६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५२ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै प्राइम लाइफ इन्सुरेन्सको शेयर साढे सात प्रतिशत र युनियन लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै जालपा लघुवित्तको शेयर १० तथा तेह्रथुम पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्से परिसूचक आज ५६ अंकले बढ्यो

काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले उकालो लागेर २ हजार ३ सय ६९ दशमलव ०६ अंकमा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५२ अंकले बढेको छ । नेप्से परिसूचक उकालो लाग्दा सेयर कारोबार रकममा समेत सुधार भएको छ । केही दिन यता लगातार डेढ अर्ब भन्दा तल कारोबार भएको थियो । बुधबार ३७ हजार ७७० कारोबारबाट ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब २६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ पुगेको छ । बजार बढ्दा सेयर बजारको पुँजीकरण पनि सुधार भएर ३३ खर्ब ७० अर्ब ७ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

रिभर फल्स पावरको आईपीओ खुल्यो, कहिलेसम्म खुला रहने ?

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज बुधवारदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी रहेको २५ लाख ३८ हजार नौ सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । निष्कासित शेयरमा लगानीकर्ताले आजदेखि छिटोमा आउँदो जेठ ४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा मागअनुसार आवेदन नआए आउँदो जेठ ११ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ । कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित प्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बीबी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्कासन र बाँडफाँटसमेत गरिसकेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

शेयर बजारको ओरालो यात्रा जारी

काठमाडौं । आज पनि शेयर बजारले ओरालो यात्रा जारी राखेको छ । मंगलबार पनि नेप्से परिसूचक ५.९२ अंकले घटेर २८२४.७४ बिन्दुमा झरेको छ । सोमबार शेयर बजारमा भारी गिरावट आएको थियो । हिजो नेप्से १००.१० अंकले घटेर २८२०.४१ बिन्दुमा आइपुगेको थियो । सोमबार ८ अर्ब ८८ करोड ८८ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको शेयर बजारमा मंगलबार पाँच अर्ब ३९ करोड ५७ लाख ७२ हजार रुपैयाँमात्र कारोबार भएको छ । राखेको छ । मंगलबार पनि नेप्से परिसूचक ५.९२ अंकले घटेर २८२४.७४ बिन्दुमा झरेको छ ।

२० अंकले बढ्यो नेप्से, बजारमा खरिदकर्ता हावी

काठमाडौं । हुने साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । दिनभरीको तिव्र उतारचढावका बीच यस दिन नेप्से २०.६४ अंक बढेर २९४७.३८ विन्दुमा बन्द भएको छ। मध्यान्हसम्म नकारात्मक रहेको नेप्से, सोपछिको समयमा खरिदकर्ता हाबी भएपछि बजार उकालो लागेको हो। सोमबार २०.६४ अंकले नेप्से बढ्दा ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३.७ अंकले बढेर ५ सय ४६ पुगेको छ । कारोबार भएका १३ समूहका उपसूचकमध्ये पाँच समूह राताम्मे रहँदा बाँकी हरियो रह्यो । विकास बैंक, फाइनान्स, व्यापार, माइक्रोफाइनान्स र व्यापार समूह ओरालो लागेको छ भने बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन, म्युचल फण्ड र अन्य समूह उकालो लागेको हो । कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको ४१ करोडको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्स, नेपाल टेलिकम र अपर तामाकोशीको यस दिन २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। सोमबार पनि मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४१ रुपैयाँ ७० पैसा बढेर ४५८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। यसदिन २ सय २४ कम्पनीका १ करोड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । यो रकम हिजोको भन्दा केही कम हो ।

नेको इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

नेको इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको कमाइबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्ताविल लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।