फ्रिज विष्फोट हुँदा परिवारको एकै चिहान

नयाँ दिल्ली, असोज १४ । भारतको मध्यप्रदेश राज्यको ऐतिहासिक शहर ग्वालियरमा घरमा राखेको फ्रिजमा विष्फोट हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

भारतीय मीडियाहरूमा प्रकाशित समाचार अनुसार घरमा सर्ट सर्किटका कारण लागेको आगोबाट फ्रिजको कम्प्रेसर पाइपमा विष्फोट हुँदा उक्त दुर्घटना भएको थियो ।

प्राप्त समाचार अनुसार उक्त विष्फोटपछि छिमेकी घरको छात भत्केको र उक्त घरमा सुतिरहेका चार जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ५० वर्षी अंतराम सिंह परिहार, उनकी ४५ वर्षीय पत्नी उमा र उनका दुई छोरीहरू १४ वर्षीय खुशी र ११ वर्षीय कशिश रहेका छन् । परिहारका १७ वर्षीय छोरा भने उक्त घटनामा बाँच्न सफल भएका छन् ।

मृत्यु हुने दुई किशोरीहरू जिल्लास्तरका जुनियर बक्सिङ च्याम्पियन रहेको बुझिएको छ । यसमा जेठी खुशी राष्ट्रिय र कान्छी कशिश प्रदेश च्याम्पियनसिप खेल्ने तयारीमा थिइन् ।

उक्त घटनाको जांच गर्न आएको बम डिस्पोजल टोलीले लगभग दुई-तीन बजे राति सर्ट सर्किटको कारण अवकाशप्राप्त सैनिक चरण सिंहको घरमा आगो लागेको थियो । उक्त आगलागी भान्सासम्म फैलिएपछि ग्यास सिलिण्डरको पाइप जलेको र यसले फ्रिजको कम्प्रेसर पाइपभित्र रहेको ग्यासको प्रेसर बढेर विष्फोट भएको र उक्त विष्फोटले भान्सा कोठाको पर्खाल भत्किएर परिहारको छतमाथि खसेर उक्त दुर्घटना भएको थियो ।

OMG! विश्वकपको सटीक भविष्यवाणी गर्ने विरालोको मृत्यु

बेइजिङ, असार २१ । रसियामा जारी विश्वकप फूटबलको छ वटा खेलको सटीक भविष्यवाणी गर्ने विरालोको मृत्यु भएको छ । विरालोको मृत्युपछि अहिले सामाजिक सञ्जालमा संनाटा छाएको छ । सुन्तला रंगको विरालोको मुखमा खानाको दुईवटा बाउल राखिन्थ्यो । जसको पठाडि विश्वकप खेली रहेका दुईवटा टीमको झण्डा अंकित हुन्थ्यो । उसले जुन देशको झण्डा अंकित भएको भाँडोको खाना खान्थ्यो सो देशको टीमले जितेर थियो । उसले ६ वटा खेलको सटीक भविष्यवाणी गेरको थियो । र चीनमा सो विरालो निकै लोकप्रिय भएको थियो । प्यालेस म्युजियमले चीनको वेइबो (ट्विटर जैसा प्लेटफर्म) मा उसको अकाउण्ट पनि बनाइदिएको थियो । अर्जेन्टिना र नाइजेरियाबीच भएको खेलको भविष्यवाणी उसेको अन्तिम थियो । म्यूजियमले भनेको छ, ‘विरालो विमारी थियो सोमबार उसको मृत्यु भयो ।’ यसपछि वेइबोमा १० हजार भन्दा धेरै प्रतिक्रिया (कमेन्ट) आएको छन् ।

श्रीमानलाई मार्न योनिमा विष राखेपछि…

ब्राजिल । ब्राजिलको साओ पाउलोमा श्रीमानको हत्या गर्ने उद्देश्यले एक महिलाले योनीमा विष राखेको पुष्टी भएको छ । साओ पाउलोका एक व्यक्तिले आफ्नी श्रीमतिले योनिमा विष राखेर आफूलाई ओरल सेक्स गर्न लगाई हत्या गर्ने प्रयास गरको आरोप लगाएका छन् । साओ पाउलोको होजेमा बस्ने एक ४३ वर्षीय व्यक्तिका अनुसार पाकक्रिडाका क्रममा (सेक्सका समय) उनको श्रीमतिको योनिबाट कडा गन्ध आएपछि उनी छक्क परे । र उनले श्रीमतिलाई यसबारेमा सोधे तर उनले उचित जवाफ दिइनन् । उनले यसबारेमा गहन रुपमा सोचेर र नयाँ जुक्ति निकाले । र उनले श्रीमतिलाई अस्पताल लगेर गए । त्यसपछि त्यसो गर्नुको रहस्य अस्पतालमा पत्ता लग्यो । उनले पतिको हत्या गर्ने उद्देश्यले यस्तो कार्य गरेकी पुष्टी भयो । ल्याब टेस्ट रिपोर्ट्समा महिलाले आफ्नो योनिमा ठूलो मात्रमा विषादी राखेको पुष्टी भयो । महिलाले पनि आफूसँगै श्रीमानको पनि हत्या गर्ने उद्देश्यले आफूले त्यस्तो कार्य गरेको स्वीकार गरेकी छन् । एजेन्सी

मोरङमा भेटिए संसारकै अचम्म व्यक्ति ! (भिडियोसहित)

मोरङ उर्लाबारी ५ झुम्राका यज्ञबहादुर कटवालले अदभूत कला प्रस्तुत गरेका छन् । उनले जिब्रोलाई निधारसम्म पुर्याएर सबैलाई अचम्मित बनाएका हुन् । सामान्य त मानिस जिब्रोलाई नाकको डाडोसम्म पुर्याउनु नै मुस्किल पर्दछ तर यि युवाले भने निधारसम्म पुर्याएर सबैलाई चकित बनाएका हुन् । उनको नाकको डाडो सामान्य मानिसको भन्दा भिन्न रहेको छ । एकदमै सानो उनको नाकबाट किराहरु निस्केको उनले बताए । सानैदेखि नाक सानो नै रहेको भएपनि केहि समस्या नभएको त तर केहि समय यता भने किरा निस्कन थालेको यज्ञबहादुरले बताए । आर्थिक अवस्था नाजुक भएका उनले जसोतसो गरेर नोबेल हस्पिटल मोरङमा नाक भित्र रहेको किराको उपचार गराएका छन्, पूरा भने नभएको उनले बताएका छन् । उनको टाउको ढुङ्गा भन्दा साह्रो छ भने अहिलेसम्म दातको नाममा एउटा मात्र छ । गाउँमा ईकु नामले परिचित उनलाई फिल्मको लागी पनि अफर आएको उनले बताए । उनलाई आफूभित्र रहेको अदभूत कला फिल्म मार्फत आम दर्शक माझ पुर्याउने रहर रहेको छ । हेर्नुस् भिडियो-

‘क्रियटिभ’ बन्न यसाे गर्छन उनीहरू ! 

एजेन्सी, असार ८ । कम बोल्ने कसैको बानी हुन्छ । तर, पुरै देशकै संस्कृति नै कम बोल्ने र कम बोल्न रुचाउने हुन अनौठो छ । युरोप महादिप लातभिया भन्ने देशका जनता कम बोल्छन, कम बोल्न रुचाउछन् र उनीहरु एकान्त प्रमी छन् । यसलाई उनीहरुले आफ्नो संस्कृति र रचनात्मक हुनुको हिस्सा ठान्छन् । कम बोल्नु र रचनात्मक हुनु यहाँको विषेशता नै हो । कम बोल्ने मानिसमात्र क्रियटिभ हुन्छन भन्ने मान्यता छ त्यहाँ । लातभियाको कम बोल्ने संस्कृतिलाई लिएर धेरै अध्ययन, अनुसन्धान भएका छन् । अध्ययनले रचनात्मक कार्य संगीत, कला, साहित्यजस्ता पेशामा संलग्न मानिस कम बोल्ने र एकान्त रुचाउने प्रकृतिका हुन्छन् । एक मनोवैज्ञानिकका अनुसार, क्रिएटिभि लातभियनको पहिचान हो । कम बोल्ने व्यक्ति क्रिएटिभ हुन्छ भन्ने मान्यता त्यहाँको समाजमा स्थापित छ । लातभियनहरु हरपल केही न केही नयाँ कुरा सोचिरहेका हुन्छन । लातभियाको सरकारले पनि आफ्ना नागरिकलाई अझ रचनात्मक बनाउन थप त्यस्तै खालको नीति र कार्यक्रमलाई प्राथमिकता दिने गरेको छ । यूरोपियन युनियनको रिपोर्ट अनुसार, यूरोपको मार्केटमा क्रियटिभ काम गर्ने सबभन्दा धेरै लातभियन भएको तथ्य सार्वजनिक गरेको छ । यतिसम्मकी लातभियनहरु भिडभाडमा जानसम्म रुचाउँदैनन् । भिडभाडबाट बच्नका लागि उनीहरुले मुख्य सडक छोडेर गल्लीबाट हिड्ने गर्छन । कुनै सामाजिक, सांस्कृतिक जमघटमा पनि कम भिडभाड हुने खालका आयोजना गर्दछन् । यहाँको लातभियन संग्स् एण्ड डान्स फेस्टिबल सबभन्दा ठूलो सांस्कृतिक कार्यक्रम हो । यसमा १० हजारभन्दा बढीको गायक तजा डान्सरहरुको सहभागिता हुने गर्छ । पछिल्लो दिनमा दर्शकको उपस्थिति न्यून रहेकोले रहेक वर्ष आयोजना हुने कार्यक्रम ५ वर्षको एक पटक गर्ने थालिएको छ । कम बोल्नुको मतलव त्यहाँका जनता सोसल नै नभएका हेइनन् । तर, आवश्यक परेको बेला उनी एक अर्कोलाई ज्यान दिएर सहयोग गर्छन । लातभियामा धेरै संख्यामा रुसी मूलमा मानिस बसोबास गर्छन । लामो समयसम्म यो देश सोभियत युनियतको नियन्त्रण थियो । सोभियत युनियनको नियन्त्रणको समयमा लातभियनमाथि निगरानी रहन्थ्यो । त्यति बेलैदेखि उनीहरु कम बोल्ने र एकान्तप्रेमी भएको तर्क गर्छन केही विश्लेषकहरु । तर, उनस्हरु एकान्तप्रमी हुनु वा कम बोल्नुमा कुनै एक कारण नहुन सक्छ । त्यहाँको भौगोलिक स्थितिले पनि यो संस्कृतिलाई बडावा दिएको छ । घना जंगल, प्रसस्त जमिन र कम जनसंख्याभएका कारण पनि उनीहरु एकान्तप्रेमी भएको हुन सक्छ । लातभियनहरु सहरमा समय बिताउनुभन्दा जंगलमा गएर रमाउने गर्छन । यसको मतलब लातभियनहरु जंगलीयुगमा छन् भन्ने होइन । विकासका दृष्टिले यो देश धेरै यूरोपियन देशभन्दा अगाडि छ । धेरैजसो जनसंख्या अपार्टमेन्टमा बस्छन् । मोर्डन लाइफ बिताउँछन ।

तिब्बतमा ५५० वर्षदेखि तपस्यारत छन् यी सन्त

पौराणिक कथाहरूमा ऋषि-मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन्। तर हालका दिनहरूमा पछिल्ला केही हजार वर्ष यतादेखि तपस्यारत कुनै ऋषि-मुनि भेटिएको प्रमाण भने छैन। यस्ता कथाहरूमा सत्यको अंश कति र कल्पनाको अंश कति भन्ने फरक छलफलको विषय हुन सक्छ । तर तिब्बतको गुए भन्ने गाउँमा एउटा यस्ता कथा प्रचलित छ। जस अनुसार गाउँमा रहेको स्तुपभित्र एकजना बौद्ध भिक्षु ५ सय ५० वर्षदेखि तपस्यारत रहेको मानिन्छ। गाउँलेहरूले उक्त ममीलाई सन १९७५ मा भेट्टाएका थिए। हाल भात्किएको स्तूपलाई जापानी शैलीमाँ पुनर्निर्माण गरी त्यसभित्र उक्त ममीलाई पुनर्स्थापित गरिएको छ।   मानिसहरूले ती भिक्षुका कपाल र नङ बढ्न थालेकाले तिनलाई ममी मान्दैनन्। यसका सम्बन्धमा दुई फरक फरक कथाहरू प्रचलित रहेका छन्: पहिलो कथा गाउँलेहरूक अनुसार यो ममी पहिले गाउँको स्तूपभित्र रहेको थियो। पछि उक्त स्तूप भत्किएपछि यसलाई निकालेर परिक्षण गर्दा यो साढे पाँच सय वर्ष पुरानो रहेको र ध्यान मुद्रामा रहेको तथ्य पत्ता लाग्यो। विशेषज्ञहरूले जाँचका क्रममा उक्त शरीरमा कुनै पनि लेप नलगाएरै जमिनमुनि राखिँदा समेत खराब नभएको कुरा पत्ता लगाए । बिना कुनै औषधीय लेपन साढे पाँच सय वर्षसम्म पनि उक्त शव नकुहिएका कारण गाउँलेहरूले ती भिक्षु अझै जीवित नै रहेको विश्वास गर्दछन्।   गाउँका बुढापाकाहरूका अनुसार पन्ध्रौँ शताब्दीमा गाउँलाई एउटा ठुलो विपत्तिबाट बचाउन एउटा सन्त घोर तपस्यामा बसेका थिए। कयौं वर्ष अगाडि उक्त गाउँमाथि विषालु बिच्छीहरूले आक्रमण गरेका थिए उनी गाउँलाई यस विपदाबाट बचाउन ध्यान गर्न थाले । उनले समाधिको चरणमा पुग्ने बित्तिकै एउटा चमत्कार भयो। आकाशमा बिना बादल नै इन्द्रधनुष प्रकट भयो र गाउँ बिच्छीहरूको आतंकबाट मुक्त भयो। दोस्रो कथा केही मान्छेहरू यो ममी बौद्ध भिक्षु सांङ्ला तेन्जिङ्ग मान्छन्। उनी तिब्बतबाट भारत भ्रमणमा आएका थिए। भारतबाट फर्किएपछि उनी यो गाउँमा ध्यान लगाउन थाले र कहिल्यै उठेनन्। मानिसहरू अहिले पनि त्यस ममीका कपाल तथा नङहरू बढ्ने गरेकाले उनी जीवित नै रहेको र ध्यानमग्न रहेको मान्दछन् । गाउँलेहरूका अनुसार एकपटक त्यस ममीकी टाउकोमा कोदालोले चोट लाग्दा त्यबातारगत समेत बगेको थियो। अहिले पनि उक्त चोटको खत स्पष्टसँग देख्न सकिन्छ। हाल यसलाई गाउँको धरोहर मानेर पुनर्स्थापित गरिएकोप छ। अचेल उक्त भिक्षुको ममीलाई एउटा काँचको क्याबिनभित्र राखिएको छ र वरिपरिका श्रद्धालुहरू यसको दर्शन गर्न ओइरिने गर्छन् ।  

बाबुछोरीले चलाएको विश्व चर्चित सेक्स रेष्टुरेण्ट

काठमाडौं । चीनको बेइजिङको ‘एस एण्ड रेष्टुरेण्ट’ अहिले विश्वभर चर्चाको शिखरमा छ । सेक्स सेवा दिने यो रेष्टुरेण्टका हरेक सामान सेक्ससँग सम्बन्धित छन् । रेष्टुरेण्टमा प्रयोग गरिएका हरेका समानले सेक्सको प्रतिकात्मक झल्को दिन्छन् । यहाँ स्तनको आकारमा कप रहेको छ । लिङ्गको आकारमा बियर ओपनर छ । यहाँ वेटरले लगाउने एप्रोनमा सेक्सका चित्रहरु कोरिएका छन् । आलमारीमा नग्न डल्स राखिएको छ । रेष्टुरेण्टका सबै पर्खालमा सेक्स साधन र महिलाको नग्न चित्र बनाइएको छ । रेष्टुरेण्टको प्रवेशद्वारदेखि भित्रसम्म कुनै त्यस्तो स्थान छैन जहाँ सेक्स सम्बन्धी कुनै चित्र नभएको होस् । रेष्टुरेण्ट मालिक लुलुका अनुसार बितेको पाँच हजार वर्षदेखि भोजन र सेक्स मानिसहरुका लागि अत्यावश्यकीय हुन पुगेको छ । मानिसलाई सबै भन्दा पहिला यिनै दुई चिजको भोक लाग्ने लुलुको भनाइ छ । यसर्थ यो रेष्टुरेण्टमा सबै कुरा भुलेर खाना र सेक्सका बारेमा सन्तुष्टि लिने मिल्ने बनाइएको उनको दावी छ । बाबुछोरी मिलेर सञ्चालन गरिएको सो रेष्टुरेण्टको किचन बाबुले हेर्छन भने बाँकी काम छोरीको जिम्मामा लगाइएको छ । यो रेष्टुरेण्टमा पाइने सबै खानेकुराहरुको नाम पनि अश्लील नै छन । एजेन्सी

एउटा बोकाको मूल्य ३ लाख!

गाउँघरमा एउटा बोकाको मूल्य कति पर्ला? नवलपरासीको एक ब्यवसायिक बाख्रापालन फर्ममा एउटा बोकाको मूल्य ३ लाख छ। नवलपरासीको हर्कपुरमा रहेको बगैंचा फर्म हाउसमा अष्ट्रेलियाबाट ल्याइएको अष्ट्रेलियन बोयर जातका बाख्रा छन्। फर्ममा सबै यूरोपमा काम गरेर फर्किएकाहरु खटेका छन् । उनीहरूले पालेको एउटै बोकाको मूल्य यति धेरै रहेको हो। पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यका कान्छा छोरा वीरभद्र आचार्यलगायत १० जनाको लगानीमा सञ्चालित फर्ममा आबद्ध सबै यूरोपमा बसेर कमाएकाहरू छन्। कृषिमा कुनै अनुभव नभएकाहरु आबद्ध भएपनि बाख्रापालन ब्यबसायमा सफल भएका छन्। उनीहरुको बाख्रापालनको सञ्जाल फैलँदो रहेको छ। ‘आठ वर्ष अष्ट्रेलिया बस्दा महिनाको तीन लाख बच्थ्यो,’ सञ्चालकमध्येका सन्तोष धिताल भन्छन्, ‘त्यसले चित्त बुझेन र नेपालमा केही गरौं भन्ने इच्छा जाग्यो।’ कृषि, पर्यटन र हाइड्रोमा लगानी गर्ने सोचाइ बनाएर फर्किँदा कृषिका अनौठा तथ्य बुझ्न पाएको उनले बताए। ‘कृषि मन्त्रालयमा तथ्यांक बुझन जादा भारतबाट नेपालमा वर्षेनी १७ अर्ब बराबरको खसीबोका आयात हुँदो रैछ, त्यसैले हामीलाई तान्यो,’ उनले भने, ‘त्यसपछि बाख्रापालन गर्ने निधो गरियो तर, अनुभव थिएन।’ इन्टरनेटमा संसारकै उत्कृष्ट बाख्रापालन खोज्दै जादा अष्ट्रेलिया भेटियो। २०७२ सालमा त्यहाँबाट १२ पाठी र ७ वटा बोका ल्याएको उनले बताए। वीरभद्र आचार्य अमेरिका बसेका, अशोक शर्मा पौडेल ६ वर्ष डेनमार्क बसेका र धिताल अष्ट्रेलिया बसेपनि बाख्रापालनको योजना बनाउञ्जेल पशु र कृषि सम्बन्धि कुनै अनुभव थिएन। ‘एउटै बोकाको २ लाख ६० हजार मूल्य तिर्‍यौं,’ धिताल भन्छन्, ‘अहिले वार्षिक ४० लाख आम्दानी छ।’ उनीहरुको फर्महाउसमा यतिबेला १ सय ६० वटा बाख्रा छन्। ४ बिघामा उन्नत जातको घाँसखेती छ। बोयर जातको बिशेषता जन्मेको ३ महिनामा कम्तिमा २६ किलो र वर्षदिनमा १३० देखि १५० किलोसम्म वजन हुने उनले बताए। बोयर जातको बाख्रा दैनिक २ सय ग्रामका दरले बढछ। बोका र पाठी बढा लम्बाइ बढ्छ। अग्लो हुँदैन, खँदिलो हुन्छ। मासुको स्वाद रैथाने जस्तो तिख्खर हुँदैन। बोसो नहुने र कोलेस्ट्रोल कम हुने हुँदा जुनसुकै रोगका लागेकाले पनि खान उत्तम मानिने भएकाले बजारमा माग बढ्दो छ। तर, फर्म सञ्चालकहरूको उद्देश्य मासु बेच्नु भने होइन। उन्नत जातका बोका र रैथाने बाख्रा क्रस गराएर उन्नत नश्लका पाठापाठीको उत्पादन बढाउनु हो। त्यसका लागि उनीहरुले ओखलढुंगा, झापा, रामेछाप, तनहुँ, बुटवल, बैतडी र नवलपरासीका दुई ठाउँमा बाख्रापालन सुरु गरेका छन्। रैथाने जातका खसीबोका एक वर्षसम्म पाल्दा ३० देखि ४० किलो तौलका मात्र हुन्छन्। खुवाइएको तुलनामा मासु कम हुन्छ। तनहुँको बन्दिपुरमा सरकारले ४० वर्षअघि खोलेको बाख्रा अनुसन्धान केन्द्रमा त्यस्तै जातका बाख्रापालन गरिएपनि ब्यापकता पाउन सकेको छैन। यही परिबेशमा उनीहरुको फर्म हाउसमा हुर्काइएका खसीबोकाको माग भने बढी छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

पत्नी पीडित पति रुँदै प्रहरीको शरणमा आएपछि…

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा महिला हिँसाका घट्ना दिनहुँ जस्तो सुनिन्छन्। कार्यान्वयन पक्ष जतिसुकै फितलो भएपनि यसको न्यूनीकरणका निम्ति कानुन छ। तर हाम्रो जस्तै सामाजिक परिवेश भएको देशमा कुनै महिलाले लगातार पुरुषमाथि हिंसा गरेर उसलाई प्रहरीको शरणमा जान वाध्य पर्दाछिन् भने अचम्म नै मान्नु पर्ने हुन्छ। यस्तै घटना घटेको छ भारतको उत्तर प्रदेश राज्यमा। त्यहाँको ग्रेटर नोएडा क्षेत्रको दनकौर प्रहरी चौकीमा एकजना पुरुष रुँदै प्रहरीको शरणमा पुगेका छन् र यसको कारण थियो उनकी श्रीमतीद्वारा उनलाई दिइएको प्रताडना । तीन वर्ष अघि ती महिलासँग विवाह गरेका उनले त्यहाँ पुगेर आफ्नी पत्नीलाई कारबाही गरिदिनु पर्ने माग गरेका थिए । ती पतिले रुँदै रुँदै आफ्नी पत्नीले घरको सारा काम लगाएर आफू मालिक्नी बन्ने गरेको गुनासो गरे । बिहे गरेर ल्याएदेखि नै पत्नीले कपडा धुन, खाना बनाउन र कुचो लगाउनेसहितका सारा काम पत्नीले आफूलाई लगाएर नोकर बनाएको पनि उनले उजुरीमा उल्लेख गरेका छन् । पत्नीले आफूलाई सताएको कुरा ससुरालीमा बताउँदा आफूमाथि झन् हिंसा भएको दाबी ती पुरुषले गरेका छन् । यस कुराको गुनासो ससुरालीमा गर्दा आफूमाथि झनै हिंसा बढेको गुनासो ती पुरुषले गरेका छन् । उनले ससुरालीमा यस्तो गुनासो गरेपछि पत्नीले घर पनि आफैँलाई पुछ्न लगाएर थप सास्ती दिएको दाबी गरेका छन् । यतिमै पत्नीको हिंसा रोकिएन, उनले पतिमाथि झुटो मुद्दा लगाएर फसाइदिने धम्की समेत दिएकी थिइन् । घरको काम गर्नुपरेपछि कार्यालयमा जान ढिलो हुँदा जागिर पनि गुमाउनुपरेको गुनासो उनले प्रहरीसँग गरेका छन् । पत्नीको हिंसाबाट आजित भएका उनले मंगलवार अबेर साँझ पत्नीमाथि कारबाहीको माग गर्दै पुलिसमा उजुरी दिएका हुन् । पुलिसले पीडितको उजुरी दर्ता भएपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएको छ।  

चिट चोर्न केटीहरु माहिर, यसरी चोर्छन् केटीहरुले चिट

परीक्षामा बढी अंक हासिल गर्न अर्थात् अनुत्तीर्ण हुनबाट बच्न परीक्षार्थीहरु चिट चोर्ने गरेको पाइन्छ । यो विश्वभर नै प्रख्यात छ । चिट चोर्ने घट्नुको सट्टा अझ बढी नयाँ नयाँ तरिकाबाट चिट चोरेको पाइन्छ । हालै रुसमा केही विद्यार्थीहरुले चिट क्रममा विश्वकै सबैभन्दा ठूलो चिट समातिएको छ । अझ चिट चोर्ने सवालमा छात्राभन्दा पनि छात्रहरु बढी अग्रसर हुने गरेको पाइएको छ । कारण संवेदनशील अंगमा चिट लुकाउनु । छात्राहरु आफ्नो बक्षस्थलमा, परीक्षामा गार्ड बसेकोले थाहा नपाउने गरी कोहीले नङमा समेत लेखेर ल्याएको पाइयो । त्यस्तै केहीले तिघ्रामा आफूलाई आवश्यक शैक्षिक सामाग्री लेखेर ल्याएको पनि भेटियो । केहीले पानीको बोतलमा लेखेर ल्याएको पनि भेटियो । चिट चोर्ने मामिलामा केटीहरु अगाडी हुने गरेको सर्वेक्षणले पनि देखाइसकेको छ । रुसमा त संसारकै सबैभन्दा ठूलो चिट भेटिएको थियो ।

यी हुन् विश्वकै ‘सुन्दर’ बालिकाः फेसबुकमा छन् २५ लाख फलोअर

बच्चाहरू हुन्छन् नै सुन्दर । उनीहरूको निर्दोष मुस्कान र बालसुलभ चंचलताले प्रत्येक बच्चालाई सुन्दर बनाइदिन्छ। तर यदि लोकप्रियतालाई नै सौन्दर्यको मनक मान्ने हो भनेपछि संसारकै सबैभन्दा सुन्दर बालिका रुसकी क्रिस्टिना पिमोनेभा भेटिन्छिन् । २७ डिसेम्बर २००५ मा जन्मिएकी क्रिस्टिना एक फुटबल खेलाडी हुन्। उनी आफ्नी पूर्व मोडेल आमासँग मस्कोमा बस्दछिन् । किस्टिना पाँच वर्षकी छँदा मोडलिङमा आइन् । उनलाई जिम्नास्टिक मन पर्दछ र उनी आफ्नो धेरै जसो समय यही काममा बिताउँछिन् । फेसबुकमा किस्टिनाको २५ लाख फलोअर छन् । उसकी आमा ग्लिकेरिया पिमेनोभा उनको ट्वीटरसमेत चलाउने गर्दछिन् । क्रिस्टिनाको फोटोमा धेरैजसो उनको लामो खुट्टालाई फोकस गरिएको हुन्छ, जसका कारण कहिले काँही उनको आलोचना समेत हुने गरेको छ । उनी धेरै सानी उमेरमा फोटो सूटमा उत्रिएको भन्दै आलोचना हुने गरेको छ । तर, उनकी आमा भने उनले साना बच्चाहरु केन्द्रित फोटोसुट गर्ने गरेको बताउँछिन् ।

४ महिनाकी शिशूको बलात्कारपछि हत्या

इन्दौर, वैशाख ८ । भारत मध्यप्रदेश इन्दौरको जिल्लाको राजबाडामा शुक्रबार विहान चार महिनाकी एक शिशू बलात्कारको शिकार भइन । शुक्रवार सबेरै आमाबुवाको बीचमा सुतिरहेकी चार महिनाकी शिशूलाई २५ वर्षको एक युवकले उठाएर श्रीनाथ प्यालेस बिल्डिङगको भूईतलामा लगेर १५ मिनेटसम्म बलात्कार गरपछि हत्या गरेको बताइएको छ । घटनास्थल प्रहरी चौकीबाट २०० कदम नजिकै भएपनि यसबारेमा भने प्रहरी बेखबर रह्यो । घटना घेटको ८ घण्टापछि मात्रै उजूरी दर्ता गर्यो । प्रहरीको व्यवहारको स्थानीय वासीले कडा विरोध गरेका छन् । आमाले शिशू हराए लगत्तै प्रहरीमा जानकारी गराए पनि दिउँसो मात्रै प्रहरीले घटनाबारे उजुरी दर्ता गराएको र अनुसन्धान थालेको बातइएको छ । बलात्कार गर्ने शिशुको आमाको सानीआमाको पती हो र उसलाई श्रीमतिले छोडेर गइसकेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शिशूकी आमासँग उक्त युवकले बिहीबार राती झगडासमेत गरको जनाएका छन् । बिहीबार प्रहरीले उसलाई सामान्य चेतवनी दिएर छोडिदिएको थियो । यदि प्रहरीले उसलाई बिहीबार नछोडेको भए संभवत शुक्रबार उक्त घटना हुदैन थियो । प्रहरीले उक्त ।

OMG! सेक्स पावर बढाउने इन्जेक्शन लिएपछि प्रेमी फरार, युवतीकाे मृत्यु

मुम्बई । महाराष्ट्रको भिन्वडीमा एउटा अनौठो घटना घटेको सार्वजनिक भएको छ । भिन्वडीको एउटा होटेलमा एक युवतीकाे मृत्यु भएकाे छ । शव पोष्टमार्टमका क्रममा उनको मृत्यु सेक्स पावर बढाउने औषधिको ओभरडोजका कारण भएको पुष्टी भएपछि यस्तो रहस्य खुलेको हो । उनी केटा साथीसँग एक दिन पहिला सो होटेलमा बस्न आएको बताइएको छ । होटेल बसाईका क्रममा उनले सेक्स पावर बढाउने औषघि लिइन र त्यसको ओभरडोजका कारण उनको मृत्यु भएको बताइएको छ । केटीको उमेर करीब २८ वर्ष भएको बताइएकोे छ । प्रहरीका अनुसार युवती अमृतनगरस्थित रशीद कम्पाउण्डकी हुन । ८ अप्रीलमा युवती आफ्ना केटा साथीसँग होटेलमा बस्न आएकी थिइन । महाराष्ट्रको कल्याणमा बस्ने केटा साथीलाई लिएर उनी भिवंडीको अशोका होटलमा बसेकी थ्इिन । होटलमा आएर युवतीले सेक्स पावर बढाने इंजेक्शन लिइन । इंजेक्शनको मात्रा बढी भएपछि युवतीको स्वास्थ्य अवस्था गम्भीर भयो । जब युवतीको स्वास्थ्य अवस्था विग्रियो त्यसपछि उनका प्रेमी उनलाई होटेलमा छोडेर त्यहाबाट भागेको बताइएको छ । त्यसको केही समयपछि होटेलका कर्मचारीले ढोका खोलें । युवती बेहाश अवस्थामा विस्तारामा सुतिरहेकी थिइन । बेहोश अवस्थामा युवतीलाई आइजीएम उप–जिल्ला अस्पतालमा भर्ना गरियो । केही समयको उपचारपछि युवती होशमा आइन । होशमा आएपछि युवतीले सबै कुरा डाक्टरलाई बताइन । मर्न भन्दा पहिला युवतीले आफ्नो नाम र ठेगाना डाक्टरलाई भनेकी थिइन । त्यसपछि युवतीको मृत्यु भयो । युवतीको उपचारमा संलग्न डा सुमय्या अन्सारीले यसबारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

कारको नम्बर प्लेटकै मूल्य २६४ करोड, न सुनको, न चाँदीको, के होलान् त विशेषता ?

एउटा कारको नंबर प्लेटकै मूल्य २६४ करोड रुपैयाँ। सुन्दा अचम्म लाग्न सक्छ तर समाचार भने सत्य हो। ब्रिटेनमा अनलाइन बिक्रीमा राखिएको उक्त नम्बर प्लेट कुनै बहुमूल्य धातुबाट बनेको होइन बरु यसमा रहेका अंकका कारण यस नम्बरका लागि यत्तिको मूल्य दाबी गरिएको हो। खासमा यस कारको नम्बर एफ- वान रहेको छ जसलाई यसको मालिकले बिक्रीका लागि अनलाइनमा खुल्ला गरेको हो। हामीलाई अचम्म लाग्न सक्छ की यस नम्बर प्लेटमा त्यस्तो खास के छ त? यो नम्बर ‘फर्मुला वान’को छोटो रूपसँग मिल्ने भएकाले यसको यति विधि मूल्य दाबि गरिएको हो।   ब्रिटिश नागरिक अफजल खानले अनलाइन विज्ञापन पोस्ट गरेर यस बिक्रीको घोषणा गरेका हुन्। अफजल कारहरू कस्टमाइज गर्ने फर्म ‘खान डिजाइन’ संचालन गर्दछन्। उनले स्वयम् एक वर्ष अगाडी लगभग १७ करोड रुपैयाँ तिरेर यो नम्बर प्लेट किनेका थिए। विज्ञापनमा नम्बर प्लेटको वास्तविक मूल्य १७६ करोड मात्र रहेको र त्यसमा २० प्रतिशत मूल्य अभिवृद्धि कर र स्थानान्तरण शुल्क जोडेर यसको मूल्य २६४ करोड पुगेको बताइएको छ। ब्रिटेनको यातायात कानुन अनुसार गाडीको नम्बर प्लेटमा गाडी मालिकको स्वामित्व हुन्छ र उसले चाहेको खण्डमा यसलाई मात्र पनि बेच्न सक्छ। एफ-वान नम्बर प्लेट अब प्रतिष्ठाक विषय बनेको छ। यसअघि यो मर्सडीज-म्याक्लेरेन एसएलआर, कस्टम रेंज रोभर और बुगाटी भेरोन जस्ता कारहरूमा लागिसको छ। यदि यो मूल्यमा बेचिने हो भने यो संसार कै सबभन्दा महँगो मूल्यमा बेचिने नम्बर प्लेट हुने छ। यस अघि दुबईमा १०७ करोड रुपैयाँमा बिक्री भएको डी-फाइभ सबैभन्दा महँगोमा बिक्री भएको नम्बर प्लेट मानिन्छ। यसलाई भारतीय मूलका व्यापारी बलविंदर साहनीले खरिद गरेका थिए। यसका अतिरिक्त सन् २००८ मा ‘१’ नम्बरको नम्बर प्लेट १०५.६ करोडमा बेचिएको थियो।  

टपलेस भएर कपाल काटिदिन्छिन् सुन्दर केटीहरू, यस्तो छ नयाँ स्यालुन

व्यापारमा मुनाफा कमाउन मानिसहरू के के गर्दैनन्? आकर्षक र तडक-भडकपूर्ण विज्ञापन, जनसम्पर्क, विभिन्न स्कीमहरू त सामान्य नै भइसके। त्यति मात्र हैन अचेल ग्राहकहरूलाई विभिन्न प्रकारका आकर्षक सुविधा र प्रलोभन दिएर व्यापार फैलाउने प्रचलन पनि बढेको छ। अब ग्राहकले पनि सेवा तथा वस्तुको उपभोग नै गर्ने हो भने किन अतिरिक्त सुविधा नलिने त ? अब कपाल कटाउने सुविधाकै कुरा गर्दा एउटा स्यालुनले के कस्ता सुविधा दिन सक्छ त? बाहिर खुल्ला चौरमा टुक्रुक्क बसेर कपाल कटाउने, एउटा साँगुरो कोठा, मैलो कपडा, पुरानो फोहोर काइँयो र सास गन्हाउने नाई या एउटा सुविधा सम्पन्न, चिटिक्क परेको वातानुकूलित कोठा र सफा सर-सामान । पक्कै पनि पैसा हुने हो भने सबैले छान्ने भनेको तेस्रो विकल्प नै हो। तर एउटा यस्तो स्यालुन पनि खुलेको छ जहाँ माथि तेस्रो खाले विकल्पमा भएका सबै सुविधा त छन् नै त्यसका अतिरिक्त त्यहाँ पुरुषहरूको कपाल र दाह्री काट्ने काम सुन्दर सुन्दर महिलाहरूले गर्ने गर्दछन् र त्यो पनि पुरै टपलेस भएर। हो, अस्ट्रेलियाको सिड्नीस्थित हटकक स्यालुन यो यस्तो प्रकारको सुविधा प्रदान गर्ने संसारकै एक मात्र स्यालुन हो। खुलेको थोरै समयमा नै संसारभरि प्रसिद्ध भइसकेको यो स्यालुनमा कपाल र दाह्री कटाउन ठुलो संख्यामा ग्राहकहरूको घुइंचो लाग्न थालेको छ। र दिनानुदिन यसको व्यापार फैलिने क्रममा रहेको छ। अब त यहा पालो पाउन अग्रिम बुकिङ समेत हुन थालेको छ। र यहाँको व्यापारिक सफलताको प्रमुख कारण नै यहाँ प्राप्त हुने सुन्दर केटीहरूको टपलेस सेवा हो। यहाँका कर्मचारीहरू ग्राहकहरूलाई स्वागत समेत पनि टपलेस नै भएर गर्दछन्। यस स्यालुनकी मालिक्नीका अनुसार सुरुमा यहाँ मान्छेहरू आउँ नै मान्दैनथे, उनको व्यापार नै चौपट होला जस्तो थियो। पछि उनलाई यस्तो जुक्ति फुरेपछि उनको प्रगति दिन दुई गुणा र रात चौगुना भइरहेको छ। अब उनको यो स्यालुनले मनग्य ,मुनाफा मात्र कमाइरहेको छैन यसको ख्याती समेत संसारभरि फैलिसकेको छ। सुरुमा यस्तो जुक्ति लगाउँदा उनले विरोधको सामना समेत गर्नु परेको थियो। उनका प्रतिद्वन्दीहरूले उनीमाथि नग्नता फैलाएको आरोप लगाएका थिए।  

बास्केटबलकाे कोर्टमै प्रपोज र इंगेजमेन्ट गर्ने यी खेलाडी

काठमाडौं । व्रिटेनका बास्केटबलका एक खिलाडीले राष्ट्रमण्डल खेलका दौरान कोर्टमै आफ्नी गर्लफ्रेन्डलाई विवाहका लागि प्रपोज गरे । केटी साथीले पनि उनको उक्त प्रस्वातलाई हासी–हासी सहजै स्वीकार गरिन । त्यसपछि उनीहरुले बास्केटकबलको कोर्टमै इंगेजमेन्ट गरे । युवती व्रिटेनको बास्केटबल टीमकी सदस्य हुन । पुरुष खेलाडी जसले प्रपोज गरे उनको नाम हो जेमेल एन्डरसन । एन्डरसनले आफ्ना साथीहरुको सहयोगमा यो सबै कार्य गरेका थिए । यो सम्पूर्ण कार्यको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।