केटाको अभाव भएपछि सुन्दरीद्वारा सामूहिक विवाहको अपिल !

सुन्दा अचम्म लाग्न सक्छ, तर यो कुरा यथार्थ हो । ब्राजिलको नोइभा डो कोर्डेरियोमा यस्तो समस्या आएको छ, जसले सबैलाई चकित पार्छ ।

समस्या हो– विवाहका लागि केटा नपाउनू ! उमेर ढल्किँदै गइसक्यो तर बिहेका लागि एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरु अहिले सामूहिक रुपमा केटा पाउँ भन्दै हार–गुहार गरिरहेका छन् ।

अहिले कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष नै छैनन् । तर, ६ सय भन्दा बढी बैंसले धपक्क बलेका युवतीहरु अविवाहित छन् । समाचार माध्यममा जनाईएअनुसार ती मध्ये अधिकांश ३५ वर्ष मुनिका नै रहेका छन् ।

केटा नपाएपछि अहिले उनीहरु अविवाहित केटाहरुलाई आफूसँग सम्बन्ध गाँस्न सामूहिक अनुरोध गर्दै आएका छन् ।

तथ्याङ्कअनुसार समग्र ब्राजिलमा भने एक सय जना महिलाको भागमा ९८ जना मात्र पुरुष पर्छन् ।

त्यसो त यो समस्या ब्राजिलको कोर्डेरियो सहरको मात्र होइन । रुसका केही स्थानमा पनि हालत यस्तै छ । त्यहाँ पनि केटीहरुको भन्दा केटाहरुको संख्या निकै कम छ । जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नुपर्ने अवस्थामा छ ।

उता भिक्टोरियामा पनि एक सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । अर्थात् पुरुष भन्दा ६० हजार बढी महिला छन् भिक्टोरियामा ।

त्यहाँ पनि युवतीलाई पुरुष भेट्टाउन हम्मे हम्मे पर्छ । तर छिमेकी राष्ट्र चीनमा भने महिलाको संख्या कम छ त्यहाँ अहिले विस्तारै एकल पुरुषहरुको संख्या बढिरहेको छ । केही अध्ययनअनुसार, भविष्यमा चीनका २५ प्रतिशत पुरुषले कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ । एजेन्सी

सहकर्मीले पादेर हैरान बनाएपछि अदालतमा मुद्दा, २० करोड क्षतिपूर्ति माग

अष्ट्रेलिया : संसारमा कस्ता कस्ता विषयमा मुद्दा दायर गरिन्छ होला ? के कसैले पादको विषयमा मुद्दा हालेको सुन्नुभएको थियो ? सायद दुनियाँमा यस्ता घटना यसअघि कहिल्यै भएको थिएन, जुन हालै अष्ट्रेलियामा भएको छ । अष्ट्रेलियाको मेलबर्नमा एकजना व्यक्तिले झण्डै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै आफ्नै सहकर्मी विरुद्ध मुद्दा हालेका छन् । यसरी मुद्दा हाल्नुको कारण रहेको छ, ती सहकर्मीको पाद । पेशाले निर्माण इन्जिनियर रहेका ती व्यक्तिको आरोप छ कि उनका ती आरोपित सहकर्मी हरेक दिन कार्यालय समयमा उनको कोठामा पटक पटक आएर पाद्ने गर्दछन् । यसरी बारम्बार पाद्नाले दुर्गन्ध फैलिएको, काम गर्नै अप्ठेरो भएको र आफू प्रताडित भएकोले मुद्दा दायर गर्नुपरेको उनको जिकिर छ । पादका कारण अफिसमा काम गर्ने वातावरण नै नरहेको उनको भनाई छ । सहकर्मीको पाद्ने बानीका कारण आफु व्यक्तिगत रुपमा पीडित भएको, कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई नभएको र समाधानको अरु बाटो नदेखेपछि अदालतको ढोका ढक्ढकाउनुपरेको उनको भनाई छ । डेभिड नामका ती ५६ वर्षीय इन्जिनियरले पदुवा सहकर्मी्विरुद्ध १८ लाख डलर क्षतिपूर्तिको माग गरेका छन् । दिनमा ५÷६ पटक ती सहकर्मी आफ्नो कोठामा आउने र पादेर जाने गरेको भन्दै उनले त्यसपछि हुने दुर्गन्धलाई कम गर्न आफूले कोठामा सेन्ट छर्किने गरेको बताएका छन् । यो मुद्दाको बारेमा अदालतले आउँदो शुक्रबार अन्तिम फैसला गर्नेछ । (बीबीसी

हराएको बिरालो ११ वर्षपछि भेटिन् यी महिलाले, त्यसपछि के भयो? पढनुस

न्यूयोर्क । मानिस हराएका सूचना त हामीले सुन्दै आएका छौं । तर बिरालो हराएपछि फेरी पाउनु भने साँच्चिकै अनौठो हुन्छ । तर न्यूयोर्कमा भने एकजना महिलाले ११ वर्षपछि आफ्नो हराएको बिरालो भेट्टाएकी छिन् । हामीकहाँ बिरालो हराएपछि त्यो खोज्ने चलन छँदै छैन भन्दा हुन्छ । त्यसैपनि हराएको बिरालो फेरी चिनिन्छ भन्ने पनि त हुन्न । मेगी वेल्ज नाम गरेकी मिहला डचेज काउन्टीमा बस्छिन् । एघार वर्षअघि कुनै अपरिचित व्यक्तिले ढोका खोलेपछि उनको बिरालो बाहिर भाग्यो । त्यसपछि उनले आफ्नो बिरालोलाई यत्र तत्र खोजिन । साथै छिमेकीहरुलाई पनि सोधिन । बिरालो हराएपछि उनी अर्को घरमा गइन । पुरानो घरमा आएका मानिसलाई पनि उनले बिरालो फर्कियो भने खबर गर्न भनिन । डेली मिररका अनुसार, न त पुरानो घरमा बस्ने मानिस, न त उनका छिमेकीले नै बिरालो पाए । तर उनले यसको रिपोर्ट सरकारी कार्यालयमा गरिन । त्यही बेला एकजना घाइते जनावारको उद्दार गर्ने कार्यकर्ताले एउटा बिरालो तीन वर्षदेखि उ नजिक आउन खोजेको नोटिस गरे । बिरालो नजिकै आउन खोज्ने तर समात्न खोज्दा भाग्ने भएपछि ती कनेल नामक ती कार्यकर्ताल एउटा माइक्रोचिप स्क्यानर ल्याए । त्यो चिप बिरालोको शरीरमा राख्न सफल भएपछि बिरालो कहाँ जान्छ भन्ने पत्ता लाग्न सक्यो । बिरालो भेटेपछि वेल्जको खुसीको सीमा रहेन । उनले कनेलालाई धन्यवाद दिइन । आजसम्म बिरालो कहाँ थियो भन्ने थाहा नभएपनि अब भने जीवनभर सँगै रहने उनले बताइन । अचम्म त के थियो भने ११ वर्ष वेपत्ता हुँद ासमेत बिरालोको स्वास्थ्य भने राम्रो छ ।

अन्तरिक्षमा पुगेर पनि पैसाको लोभ, पहिलो स्पेस क्राइमको अनुसन्धान हुँदै

अमेरिकी अन्तरिक्ष निकाय नासाले एक महिला अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको ब्याङ्क खाता अनधिकृत रूपमा चलाएकोबारे अनुसन्धान गरिरहेको बताइएको छ। त्यो आरोप प्रमाणित भएमा एन म्याकक्लेन अन्तरिक्षबाट अपराध गर्ने पहिलो व्यक्ति हुनेछिन्। म्याकक्लेनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको ब्याङ्क खाता हेरेको तर कुनै गलत नगरेको बताएको न्यूयोर्क टाइम्सले लेखेको छ। उनसँग छुट्टिएका पति समर वोर्डेनले फेडेरल ट्रेड कमिशनमा यस सम्बन्धमा उजुरी गरेका छन्। म्याकक्लेन पृथ्वीमा फर्किसकेकी छन्। न्यूयोर्क टाइम्सलाई उनले एक वकिलमार्फत् आफूले परिवारको आर्थिक अवस्था हेरेर वोर्डेनसँग छोरा हुर्काउन यथेष्ठ पैसा रहे-नरहेको विचार गर्न ब्याङ्क खाता हेरेको बताएकी छन्। “उनले कुनैपनि गलत काम गरेकी छैनन्,” उनका वकिलले भनेका छन्। म्याकक्लेनले अनुसन्धानमा सघाइरहेको पनि बताइएको छ। म्याकक्लेन र वायुसेनामा गुप्तचर रहेका वोर्डेनले सन् २०१४ मा विवाह गरेका थिए र सन् २०१८ मा सम्बन्ध विच्छेद गर्न निवेदन दिएका थिए। नासाका अनुसन्धान अधिकारीहरूले दुवैलाई सम्पर्क गरेको न्यूयोर्क टाइम्सले लेखेको छ। सेनाको विमानचालक रहेकी म्याकक्लेनलाई सन् २०१३ मा नासाले अन्तरिक्षयात्रीको रूपमा छानेको थियो। उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना बिताएकी थिइन्। अन्तरिक्षमा कुन कानुन लाग्छ? अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको स्वामित्व भएका अमेरिका, रुस, युरोप, जापान र क्यानाडा सहमत भएको व्यवस्थामा अन्तरिक्षयात्री र सामानमा राष्ट्रिय कानुन नै लागु हुन्छ। अर्थात जुन देशको अन्तरिक्षयात्रीले अपराध गरेको हो, त्यही देशको कानुन लागु हुन्छ। अन्तरिक्ष कानुन अनुसार यदि कुनै अन्य देशको नागरिकले अपराध गरेमा पृथ्वीमा सुपुर्दगी गर्न झिकाउन पनि मिल्छ। नासाका अधिकारीहरूले भने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा कुनै अपराध भएको बारे जानकारी नभएको न्यूयोर्क टाइम्सलाई बताएका छन्। बिबिसी नेपालीबाट

मन्दिरको मुख्य पुजारीमा रोबोट नियुक्त

काठमाडौँ । जापानको एउटा बौद्ध मन्दिरमा रोबोटलाई पुजारीमा नियुक्त गरिएको छ । क्योटो सहरमा रहेको चार सय वर्ष पुरानो ‘कोदाइजी मन्दिर’मा एन्ड्रोइड क्याननलाई पुजारी नियुक्त गरिएको हो । सुरुमा उक्त नियुक्तिको व्यापक आलोचना भएपनि हाल मन्दिरमा रहेका अन्य पुजारीहरूले उक्त रोबोटको सहायता गर्न थालेको बताइन्छ । उक्त रोबोटले मन्दिरमा दर्शनार्थ आउने श्रद्धलुहरूलाई करुणा र दयाको प्रवचन दिन थालेको छ । अजर अमर पुजारी कृत्रिम बुद्धिमत्ताले सुसज्जित उक्त रोबोट आउने दिनहरूमा झनै बुद्धिमान हुँदै जाने बताइएको छ । मन्दिरका एक पुजारी थेन्सो गाटो भन्छन्, “यो रोबोट कहिल्यै मर्ने छैन, न यो कहिल्यै बुढो नै हुनेछ । यस अर्थमा यो अजर अमर रहेको छ ।” गाटो भन्छन्, “यसमा समयसँगै आफूमा सुधार ल्याउनसक्ने क्षमता रहेको छ र यसले आफूलाई सधैँ प्रासंगिक बनाइराख्न सक्छ । यसले बौद्ध धर्मको बदलिँदो ग्यानसँगै आफूलाई अद्यावधिक गर्न सक्छ । यसरी यसले समयसँगै आफ्नो ज्ञानलाई पनि फराकिलो बनाउँदै लग्न सक्छ ।” मानवकै आकारमा यस रोबोटको आकार वयस्क मानिस जत्रै रहेको छ । यसका साथै यसलाई हात हल्लाउन र हिंडदुल गर्न सक्ने गरेर बनाइएको छ । यसको अनुहार र काँधलाई सिलिकनले ढाकिएको हुन्छ जसले गर्दा यसको बाहिरी भाग मानिसको छाला जस्तै देखिन्छ । यसले दुवै हात जोड्दै कोमल स्वरले प्रार्थना गर्दछ । यसका साथै यसको यान्त्रिक पक्ष पनि सजिलै देख्न सकिन्छ । एल्म्युनियमले बनेको शरीर र झिप्झिप बलिराख्ने बत्तीले यो रोबोट नै हो भन्नेमा कुनै शंका हुँदैन । सोह्र लाखको लगानीमा तयार भयो पुजारी रोबोट ओसाका विश्वविद्यालयका प्रख्यात रोबोटिक्स प्राध्यापक र जेन मन्दिरको सहयोगमा लगभग १६ लाख रुपैयाँ जति रकम खर्चेर यस रोबोटको निर्माण गरिएको हो । यसको विशेषता के हो भने यसले श्रद्धालुहरूलाई संवेदना र करुणाको शिक्षा दिने गरेको छ । यसका साथै यसले वासना, क्रोध र अहंकारका दुष्प्रभावबारे समत भन्ने गरेको छ । यो रोबोट यसै वर्षको सुरुदेखि संचालनमा ल्याइएको हो ।

शौचालयमा यौनजन्य गतिविधि बढेपछि रोक्न यस्तो पहल

काठमाडौँ । वेल्सको पोर्थकल भन्ने सहरमा शौचालयमा हुने यौन हिंसा रोक्न विशेष पहल गरिने भएको छ । संयुक्त अधिराज्यको दक्षिणवर्ती समुद्रीसीमामा रहेको यस सहरमा सार्वजनिक शौचालयमा हुनसक्ने यौनजन्य हिंसा र यौन क्रियाकलाप रोक्न दुई लाख डलरभन्दा पनि ठुलो धनराशी खर्च गरिने भएको छ । सीएनएनले जनाए अनुसार त्यहाँको स्थानीय प्रशासनले शौचालयहरूलाई सुरक्षित बनाउन र त्यहाँ हुनसक्ने कुनै पनि यौनजन्य अप्रिय गतिविधि रोक्न यस्तो कदम उठाउन लागेको हो । सुरक्षा अलार्म र पानीको फोहरा प्रशासनले शौचालयहरूभित्र कुनै पनि यौनजन्य हिंसाको सम्भावना हुनसाथ सुरक्षा लार्म बज्ने व्यवस्था गर्न लागेको छ । त्यसका साथै यस्तो समयमा शौचालयभित्र रहेको स्वचालित पानीको फोहरा आफैं खेल्ने र ढोका आफैं खुल्ने बताइएको छ । शौचालयभित्र असुरक्षाको स्थितिमा चर्को आवाज आउने अलार्म राखिनेछ जसले गर्दा नजिकै तैनाथ सुरक्षाकर्मीलाई त्यहाँ पुग्न सजिलो होस् । त्यस्तै शौचालयभित्र ‘वेट सेन्सर’ राखिनेछ यसले एक समयमा एकजनाले मात्र शौचालय प्रयोग गर्न सुनिश्चित गर्नेछ लामो समय ढोका बन्द रहेमा पनि अलार्म बज्ने शौचालयभित्र यौन हिंसा नहोस भन्नका लागि स्थानीय प्रशासनले लामो समय शौचालयको ढोका नखुलेको खण्डमा पनि अलार्म बज्ने व्यवस्था गर्न लागेको छ । यसका साथै शौचालयमा पानी र विद्युत आपूर्ति समेत स्वचालित रूपले बन्द हुने समेत व्यवस्था मिलाइएको छ । स्थानीय प्रशासनका अनुसार केही व्यक्तिले शौचालयमा सुत्ने गरेकोले यस्ता काम उठाइएको हो । यसका साथै शौचालयहरूमा धुम्रपान रोक्न समेत उचित कदम चालिने भएको छ । केही सुरक्षा उपायहरू आलोचित नगरका प्रमुख काउन्सलर माइक क्लार्कले शौचालाय्हरूको अवस्थामा सुधार ल्याउन यी सबै कदम चालिन लागेको बताएका छन् । उनले यस्ता पप्रावधानले शौचालयहरू अझै सुरक्षित हुने बताएका छन् । केही व्यक्तिले भने धेरै जसो सुरक्षाव्यवस्थाहरूको आलोचना गरेका छन् । उनीहरूको भनाइमा केही धेरै थाकेका व्यक्तिले एक छिन् निदाउन शौचालयको रयोग गर्न सक्छन् यतोमा प्रविधिको प्रयोग गरेर यसमाथि रोक लगाउन खोज्नु उनीहरूमाथि प्रताडना सरह हो ।

यो हो दुनियाँकै महंगो आलु चिप्स, एक टुक्राको मूल्य हजार रुपैयाँ

अहिलेको समयमा आलु चिप्स लगभग सबैको मनपर्ने खानेकुरा हुनसक्छ । फास्टफुडमा सायद सबैभन्दा धेरै खपत हुने चीज नै आलु चिप्स हो । आमरुपमा आलु चिप्सका प्याकेटको मूख्या ४० पचास रुपैयाँ पर्ला । तर, दुनियाँकै सबैभन्दा महंगो आलु चिप्सको मूल्य थाहा पाउनुभयो भने तपाईं हैरान हुनुहुनेछ । दुनियाँको सबैभन्दा महंगो आलु चिप्सको प्याकेटको मूल्य ५६ डलर अर्थात् झण्डै ६ हजार रुपैयाँ पर्दछ । उक्त एक प्याकेटमा जम्मा पाँच वटा मात्र चिप्स अर्थात् टुक्रा हुन्छन् । अर्थात् एउटै टुक्राको मूल्य १२ सय रुपैयाँको हाराहारीमा पर्दछ । यो महंगो आलु चिप्सलाई स्वीडेनको कम्पनी सेन्ट एरिक्स ब्रुअरीले उत्पादन गरेको हो । सामान्य जस्तो देखिने यो चिप्समा आखिर के छ र यसको मूल्य त्यतिधेरै छ ? वास्तवमा यो चिप्सको प्याकिङ यसरी गरिएको छ कि त्यो कुनै आलु चिप्सको प्याकेट जस्तो नभई महंगो गहनाको प्याकेट जस्तो छ । यो चिप्समा बजारमा सर्वसुलभ रुपमा उपलब्ध नभई ग्राहकको अर्डर पछि मात्र उत्पादन गरिन्छ । साथै चिप्सको डब्बामा कम्पनीको एक प्रमाणपत्र पनि हुन्छ, ता कि सक्कली वा नक्कली पहिचान गर्न सकियोस् । विशेष खालको यो आलु चिप्स उत्पादन गर्ने कम्पनीका अनुसार यसमा जुन सामग्रीको प्रयोग गरिएको छ, जुन निकै दुर्लभ छ । चिप्समा प्रयोग गरिएको प्याज पनि दुर्लभ जातको हो । जुन केवल लेकस्याण्ड सहरमा मात्र उत्पादन हुने गरेको छ । एजेन्सीबाट

पुरुषले नै बच्चा जन्माएपछि….

एजेन्सीः साधारणतया सबैलाई थाहा छ कि बच्चालाई एक महिलाले जन्म दिने गर्छिन । तर अष्ट्रेलियीमा एक अपत्यारिलो घटना भएको छ । जहाँ पुरुषले नै बच्चालाई जन्म दिएका छन् । लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेका २२ जना पुरुषहरुले अष्ट्रेलियामा बच्चालाई जन्म दिएका छन् । अष्ट्रेलिया सरकारले हालै जारी गरेको तथ्यांकअनुसार गत दश वर्षमा २२ पुरुषले बच्चा जन्माएका हुन् । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले सार्वजनिक गरेको जन्म दरसँग सम्बन्धित तथ्यांकमा महिलाबाट पुरुष बनेकाहरुले बच्चा जन्माएको उल्लेख छ । यसअघि यो विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको थिएन । यद्यपि एउटा घटनामा भने लिंग थाहा नभएको भनेर वर्गीकृत गरिएको थियो । लिंग परिवर्तन गरी पुरुष बनेकाहरुले बच्चा जन्माएपछि कतिपयले भने पुरुषत्वमाथिको चुनौतिको रुपमा टिप्पणी गरेका छन् ।

हिटलरको यौन सम्बन्धी गोप्य कुरा

एजेन्सीः विश्वकै सबै भन्दा ठूला तानाशाही मानिने हिटलरको जन्म अप्रिल २० मा भएको मानिन्छ । उनको जन्म १८८९ अप्रिल २० कै दिन भएको थियो। बाहिरी दुनियाका लागि हिटलर जति क्रुर थिए। भित्री दुनियामा पनि उत्तिकै क्रुर रहेको बताइन्छ। अमेरिकी एक संस्थाको एक रिर्पोट अनुसार यौन सम्बन्धको मालिनामा उनी निकै भिलेन भन्दा कम थिएनन्। हिटलरका बारेमा केही यस्ता कुरा छन् जो तपाइलाई विश्वास नै नलाग्न सक्छ। एक इतिहासकारले उनको बारेमा लेखेको जीवनीमा हिटलरले वेश्यावृद्धीमा लागेका व्यक्तिसँग यौन सम्बन्ध बनाउने गरेको उल्लेख छ। कम उमेर र किशोरीसँग यौन सम्बन्ध राख्न उनी उत्साहित हुने गरेको कुरा पनि उल्लेख गरिएको छ। उनले आफ्नो यौन इच्छा पुरा गर्नका लागि विभिन्न अभिनेत्रीलाई आफूसँग बोलाउथे । केही पत्रपत्रिका र वेबसाइटमा प्रकाशित समाचारका अनुसार हिटलरले सेक्सका लागि अनौँठा अनौँठा हर्कत गर्ने गरेको जर्मनकी एक अभिनेत्रीले खुलासा गरेकी थिइन्। तर उनको १९३७ मा भर्याङबाट लडेर मृत्यु भएको थियो। हिटलरका बारेमा यस्ता समाचार पनि प्रकाशित भएका थिए की उनले पुरुषसँग पनि यौन सम्बन्ध बनाउने गरेका थिए। उनी समलिंगी भएको बताइन्छ। एक मिडिया रिर्पोटका अनुसार हिटलर र उनका पुरै सेना समलिंगी भएको मान्न सकिन्छ। उनका जीवनीमा आधारिक केही पुस्तकमा पनि उनी समलिंगी भएको कुरा उल्लेख गरिएको छ। त्यस्तै अर्को रहस्य के थियो भने हिटलरले बच्चाहरुसँग पनि यौन सम्बन्ध राख्ने गर्थे । यहाँ सम्मकी उनले आफ्नै भतिजीसँग पनि यौन सम्बन्ध राखेका थिए। पछि यो रहस्य बाहिर आउने खतरा भएपछि उनले आफ्नौ भतिजीको पनि हत्या गरेका थिए।

३९ वर्षे यी महिलाले जिउँदा ३८ सन्तान जन्माइसकिन्, एक्लै गर्छिन् हेरचाह !

एजेन्सी । युगान्डाकी ३९ वर्षे मरियम नबातान्जीले जिउँदै ३८ सन्तान जन्माइसकिन् । उनको विवाह १२ वर्षको उमेरमा भएको थियो । एक सालपछि नै उनले जुम्ल्याहा बच्चा जन्माइन् । त्यसबेलै डाक्टरलाई देखाउँदा थाहा भयो, उनको अन्डाशय असामान्य रुपले ठूलो छ, र गर्भनिरोधक औषधि उनका लागि घातक हुन सक्छ । त्यतिखेर नबातान्जीले सोचेकै थिइनन् कि शरीरको यो सानो विकृतिले उनलाई ३८ बच्चाको बोझ थोपरिदेला । दुई वर्षअघि पतिले पनि छोडिदिएपछि सबै सन्तानको हेरचाह नबातान्जीले एक्लै गर्दै छिन् । नबातान्जी आफ्ना सन्तानसँगै राजधानी कम्पालाबाट ५१ किलोमिटर परको गाउँमा बस्छिन् । अफ्रिकामा उनको परिवार सबैभन्दा ठूलो परिवार हो । १५ गर्भबाट जन्मेका ३८ जीवित सन्तानमध्ये ६ सेट जुम्ल्याहा छन् । चारपटक उनले तीन–तीन बच्चा जन्माइन् भने पाँचपटक चार–चार बच्चालाई जन्म दिइन् । एकपटक भने नबातान्जीका ६ सन्तान जन्मिए । तर, यीमध्ये कोही जीवित बसेनन् । पछिल्लोपटक अढाइ वर्षपहिले गर्भवती हुँदा उनको गर्भमा ६ सन्तान थिए । एउटाको गर्भमै मृत्यु भयो, जसका कारण कोही पनि जीवित जन्मन सकेनन् । यो गिनिज बुकको विश्व रेकर्डभन्दा भने निकै कम हो । १८औँ शताब्दीमा एक रसियाली महिलाले २७ गर्भबाट ६९ बच्चा जन्माएको रेकर्ड छ । बातान्जीका पति सधैँजसो घरबाहिर रहन्थे । उनले पत्नीको कहिल्यै राम्रो हेरचाह गरेनन्, उल्टै यातना दिइरहे । नबातान्जीको घरमा पतिको नाम अभिशापको रुपमा लिइन्छ । जीवनमा अनेकौँ हन्डर खानुपरेको नबातान्जी बताउँछिन् । वास्तवमा उनको यति धेरै सम्तान हुनुको कारण पनि त्यो अँध्यारो अतीत नै हो । जन्मेको तीन दिनमै आमाले उनलाई छोडेर गइन् । बाबाले अर्को बिहे गरे । सौतेनी आमाले सबै बच्चालाई काँचको गिलाँस तोडेर खानामा मिसाएर खान दिइन् । उनका सबै भाइबहिनी मरे, उनको भने बल्लतल्ल ज्यान जोगियो । सात वर्षे नबातान्जी घरबाट भागेर आफन्तको शरणमा पुगिन् । उनले ६ सन्तान जन्माएर फेरि आफ्नो परिवार बनाउने संकल्प गरिन् । तर, अन्डाशयको विकृतिले उनलाई सोचेभन्दा ६ गुना बढी सन्तान दिलायो । अहिले उनको दिनचर्या नै परिवार सम्हाल्नु हो । पैसा कमाउनेदेखि बच्चाको हेरचाह गर्ने उनी नै हुन् । पैसा जुटाउन उनी हेयर ड्रेसिङदेखि कबाडी सामान बेच्नेसम्मका काम गर्छिन् । नबातान्जीको सबैभन्दा ठूलो सन्तान २३ वर्षको भयो । जेठो छोरा किबुका आफ्नो आमालाई हरसम्भव मद्दत गर्छन् । आर्थिक संकटका कारण उनले माध्यमिक तहभन्दा माथि पढ्न पाएनन् ।

तिलिचोभन्दा अग्लो स्थानमा भेटियो अर्को ताल

काठमाडौं, साउन १० । पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो । घलेले गाउँका बुढापाकासँग सोधे । गोठालाहरुले ताल छ भनेपपछि उक्त ठाउँमा जाने जुक्ति निकाले । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडी गोठाला भैर गुरुङलाई लिएर २९ जनाको टोली त्यो ठाउँतिर लाग्यो । उनीहरु दुई दिनमा तालछेउ पुगे । त्रिकोण आकारमा रहेको ताल मनमोहक देखेपछि मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चोमेका इन्स्पेकटर बाबुराम लम्सालले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) बाट उचाइ नापे । ५ हजार २ मिटर उचाइमा ताल देखेपछि प्रष्ट भयो, संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) भन्दा अग्लो स्थानमा रहेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

आकाशबाट ठूलो आवाजकासाथ बडेमानको ढुंगा खसेपछि हेर्नेको भिड !

काठमाडौं । नेपालको सीमावर्ती क्षेत्र भारत विहारको मधुवनीमा एक अचम्मको घटना भएको छ । जसलाई सुन्दा एकादेशको कथा जस्तै लाग्छ तर यो वास्तविक हो । विहारको मधुवनीमा एउटा बडेमानको ढुंगा आकाशबाट खसेको स्थानीयबासीले बताएका छन् । त्यस क्षेत्रमा आकाशबाट करिब १० किलोको ढुंगा खसेपछि हेर्नेहरूको भीड लागेको छ । मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन् । सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले बताएका छन् । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने प्रत्यक्षदर्शीहरुले बताएका छन् । हिन्दूस्तान दैनिकका स्थानीय संवाददाता रोशन कुमारले सोमबार नेपाली समयअनुसार मध्यान्ह १२ बजेर १५ मिनेटमा ढुंगा खसेको बताए । ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो । खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए । धुवाँ बन्द भएपछि श्रवण यादव नाउँका एक मजदूरले आकाशबाट खसेको वस्तु ढुंगा भएको थाहा पाए । ढुंगा ५ फिट माटोमा भासिएको थियो । घटनाको जानकारी पाउनसाथ सो क्षेत्रका सीओ त्रिपुरारी श्रीवास्तव र प्रखण्ड प्रमुख वरुण कुमार बिहारी पनि घटनास्थल पुगेका थिए । अहिले सो ढुंगालाई प्रहरीले राखेको छ । मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीसँग रहेको र छिट्टै सम्बन्धित विशेषज्ञकहाँ पुर्याइने जानकारी दिए । जीवनमा यस्तो ढुंगा आफूले कहिले नदेखेको महराज महेश ठाकुर कलेज दरभंगाका प्राध्यापक चन्द्रमोहन झा पडवाले बताए । ढुंगा खसेको जानकारी पाउनसाथ आफू ढुंगा रहेको क्षेत्रमा गएको उनले बताए । मधुवन्नीमा रहेका सरकारी क्याम्पसका भूगोल विभागका अध्यक्ष डा. शशी भूषण प्रसादका अनुसार यो समान्य ढुंगा होइन । यति ठूलो, त्यसमा पनि चुम्बकीय गुण हुनुले ढुंगालाई असामान्य देखाएको उनको भनाइ छ । यो ढुंगालाई अनुसन्धानका लागि दिल्ली प्रयोगशालामा पठाउन उनले अधिकारीहरुसँग माग गरे । यसैगरी बीआरए विश्वविद्यालय भौतिक विभागका विभागाध्यक्ष डा. विजय कुमारले म्याग्नेटिक प्रपर्टी हुनसक्ने बताए ।

छिमेकमै यस्तोः अविवाहित युवतीलाई मोबाईल प्रतिबन्ध, नियम नमाने कडा दण्ड र ढाई लाख जरिवाना

बानसकाँठा, भारत । संसारले हरेक क्षेत्रमा स्वतन्त्रता र जिम्मेवारीबोधको वकालत गर्दै छ । तर भारतको एउटा समुदायले भने महिलाहरुमाथि झनै कडा नियम लादेको छ । जागरन दैनिकका अनुसार, गुजरातको बानसकाँठा क्षेत्रको दांतीवाडा गाउँमा ठाकोर समुदायले अविवाहित महिलाहरुलाई फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । डोकोर समुदायले गत आइतबार गाउँमा बैठक बसालेर यो फैसला लिएको समाचारमा उल्लेख छ । ठाकोर समुदायको नयाँ नियम अनुसार, अविवाहित महिलाले फोनको प्रयोग गर्न पाउने छैनन् । यदि कुनै युवतीले यो निमयको उल्लंघन गरेको खण्डमा कडा सजाय हुनुका साथै केटीको बुवाले डेढ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । यसैगरी ठाकोर समुदायको बैठकले विवाहमा हुने फिजुल खर्च समेत नियन्त्रण गर्ने निर्णय गरेको छ । विवाहका डिजे, पटाका आदिमा हुने खर्च रोकिने छ । कुनै युवतीले परिवारको अनुमति बिना विहे गरेमा त्यो पनि अपराध मानिने निर्णय गरिएको छ । यो नियम दांतिवडाका साथ कोटजा, गगूदा, ओडवा, हरियावाड़ा, मरपुरिया, शेरगढ़, तेलपुरा, रंदौल, रतनपुर, दनारी र वेलावास जस्ता अन्य गाउँमा पनि लागु हुने समाचारमा उल्लेख छ ।

युवतीको शरीर देखेर जीमखानामै हस्तमैथुन गरेपछि…

काठमाडौं । सार्वजनिक बसमा हस्तमैथुन गरी वीर्य महिलाको कपालमा झारेको विषयले नेपालमा तरंग सिर्जना गरिरहेको छ । त्यस्तो हर्कत गर्ने युवाको खोजी प्रहरीले गरिरहेको छ । यस्तो कार्य नेपालमा मात्रै हुँदो रहनेछ । साउथ अफ्रिकाको वेस्टर्न केप भन्ने सहरको एक जीमखानामा लगभग यस्तै एक घटना भएको छ । जीमखानामा जीम गरिरहेकी एक महिलाको शरिर देखेर आफूलाई सम्हाल्न नसकेका एक युवकले जीमखानामै हस्तमैथुन गरेका छन् । यस्तो हर्कत गर्ने युवालाई जीमखानाले जीवनभरका लागि प्रतिबन्ध लगाएको छ । ती युवाले हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालभर भाइरल भएको छ । उनको भिडियो उजुरीका रुपमा प्रहरीसमक्ष पठाइएको, नपठाइएको स्पष्ट छैन । एजेन्सी

१५ वर्षकी आमाले जिउँदै पुरिन् शिशु, माटो हटाएर कुकुरले बचायो ज्यान

एजेन्सी । थाइल्याण्डमा एक नवजात शिशुको ज्यान बचाउने कुकुरलाई हिरोको संज्ञा दिइएको छ । ती नवजात शिशुलाई एउटा खेतमा पुरिएको थियो । यसबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई आफ्नो जिउँदो बच्चा पुरेको आरोपमा पक्राउ गरिएको छ । गत बुधबार बिहान उत्तर–पूर्व थाइल्याण्डको कोराटमा जब ४१ वर्षका उस्सा निसिका खेत पुगे तब उनको कुकुर पिंगपंग केही टाढा गएर खेतको माटो खोतलिरहेको भेटियो । कुकुरले के खोतलिरहेको होला भनेर हेर्न पुग्दा उनले त्यहाँ शिशुको खुट्टा देखे । उनले तत्काल बच्चालाई माटो मुनीबाट निकालेर अस्पताल पुर्याए । बच्चालाई खासै ठूलो चोट लागेको छैन । यसबारे उनदले पुलिसलाई समेत जानकारी दिए । सबैको हिरो बन्यो पिंगपंगः निसिकालाई कुकुरबारे प्रश्न सोध्दा उनले पिंगपंग जन्मिएदेखि नै आफूसँगै भएको जानकारी दिए । आफ्नो आफ्नो कुकुर निकै वफादारसमेत भएको बताए । उनले भने, ‘उसको तीनवटा खुट्टाले मात्र काम गर्छ किनभने कार दुर्घटनामा उसको पछाडिको खुट्टा भाँच्चिएको थियो । यस्तो अवस्थामा हुँदा पनि पिंगपंगले मलाई निकै मद्दत गरेको छ । ऊ मसँगै भएपछि मैले गाइहरुलाई राम्रोसँग पाल्न सकिरहेको छु । अब अहिले उसले बच्चाको ज्यान बचाएको छ, उसको काम देखेर सबै चकित छन् । ऊ अब सबैको हिरो बनेको छ ।’ डरका कारण बच्चालाई गाडेकोः उजुरीपछि पुलिसले सुरुवाती सोधपुछमा स्थानीयसँगको सोधपुछमा खासै जानकारी पाउन सकेनन् । त्यसपछि एक पसलेले एक किशोरीले अत्यधिक स्यानिटरी टावेल खरिद गरेको जानकारी दिए । उक्त जानकारीपश्चात् बिहिबार किशोरीलाई पक्राउ गरियो । किशोरीले छोरा जन्माएको केही बेरपछि नै गाडेको जानकारी दिइन् । किशोरीले पुसिललाई दिएको जानकारी अनुसार आमा–बुवासँग डर लागेका कारण बच्चालाई गाडेकी थिइन् ।

भाषण गर्दागर्दै नेताको पाइन्ट खुस्किएपछि….. (भिडियोसहित)

एजेन्सी । केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । एक जना भीड माझ भाषण गरिरहेका हुन्छन् । बोल्दाबोल्दै उनको पाइन्ट खुस्किन्छ, सबै मानिस गलल हाँस्छन् । फेसबुक ट्वीटरमा भाइरल भइरहेको यो भिडियोलाई लिएर विभिन्न किसिमका अफवाह फैलिरहेको छ । भाजपा र काँग्रेस समर्थक भारतीयले एकअर्को पार्टीलाई व्यंग्य गर्न यो भिडियो प्रयोग गरिरहेका छन् । भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुस् कतिपयले व्यक्ति भाजपा नेता तथा राजस्थानको अजमेरका उम्मेद्वार राकेश परिख भएको दाबी धेरैले गरेका छन् भने भाजपा समर्थकले काँग्रेस उम्मेद्वार राकेश पारिखको भिडियो भन्दै शेयर वा पोष्ट गरिरहेका छन् । तर, यो भिडियोको वास्तविकता भने अर्कै छ । खासमा यो पुरानो भिडियो हो । भिडियोमा भएका व्यक्ति हुन् उत्तराखण्डको जसपुरका नगर परिषद अध्यक्ष मोहम्मद उमर सिद्धकी । नगरपालिका निर्वाचनका दौरान भएको एक कार्यक्रममा उनको पाइन्ट खुस्किएको थियो । उनी न काँग्रेसका नेता हुन्, न भाजपा । आफू त्यसबेला बहुजन समाजवादी पार्टीमा भएको र चुनावी अभियानका दौरान आफ्नो पाइन्ट खस्किएको उनको भनाई छ ।  पारिख र उनको अनुहार करिब मिल्छ । र, वास्तवमा पारिख भाजपा उम्मेद्वार नभएर काँग्रेसका उम्मेद्वार हुन् ।