बाहुबली–२ को रेकर्ड : एकै दिनमा कमायो ११५ करोड

बैशाख १६ । शुक्रवार रिलिज भएको चलचित्र ‘बाहुबली–२ द कन्क्लूजन’ले प्रदर्शनको पहिलो दिनमै ११५ करोड कमाएको छ । यो अहिलेसम्मकै चलचित्रले पहिलो दिन कमाउने रकममा सबैभन्दा बढी हो ।

ट्रेड एनालिस्ट रमेश बालाका अनुसार चलचित्रका सबै भर्जनले बक्स अफिसमा पहिले दिन ११५ करोड भारतिय रुपैयाँ कलेक्शन गरेको छ । चलचित्रले कलेक्शनको आधारमा बाहुबलीको पहिलो भाग , ‘कबाली ’ र ‘सुल्तान’ भन्दा अगाडि रहेको छ ।

पहिलो दिन चलचित्रको प्रत्येक सेकेण्डमा १२ टिकट अनलाइन बिक्री भएका छन् । भारतिय रुपैयाँ २७० करोडको बजेटमा बनेको चलचित्र बाहुबली–२ पहिले नै नाफामा रहेको छ । चलचित्रले रिलीज हुनुभन्दा पहिले नै थिएट्रिकल राइट्स बेचेर ५०० करोड भारु भन्दा ज्यादा कमाई गरेको छ ।

ट्रेड एनालिस्ट रमेश बालाले शुक्रबार ट्वीट गर्दै ‘एस. एस. राजामौलीद्वारा निर्देशित चलचित्र ‘बाहुबली २’ हिन्दी भर्जनले बक्स अफिसमा पहिले दिन ३८.५ करोड रुपैयाँ कमाएको छ ’ लेखेका छन् ।

चलचित्रले आन्ध्रप्रदेश र तेलंगानामा ५३ करोड, कर्नाटकमा १० करोड, तमिलनाडुमा ९ करोड र केरेलामा ४।५ करोड रुपैयाँ कमाएको छ ।

चलचित्र भारतमा ६ हजार ५ सय स्क्रीन्समा रिलिज भएको छ भने संसारभरमा ९ हजार स्क्रीन्समा रिलिज भएको छ ।

बालबालिकाहरुका लागि ‘म जोकर बन्छु’

वैशाख ९ । मनोविज्ञानमा आधारित नाटक ‘म जोकर बन्छु’ नाटक मञ्चन थिएटर मल नाटकघरमा गरिएको छ । बालबालिकाहरुलाई अभिभावकले वेवास्ता गरेपछि उनीहरुमा पर्ने मनोवैज्ञानिक नाकारात्मक असरलाई विषय बनाइएको छ । बालबालिकाका इच्छामाथि अभिभावकले दवाव दिदा हुने परिणामा र बालबालिकाले गरेको कार्यमा अभिभावकले सकारात्मक नजरले नहेर्दा बाल मस्तिष्कमा पर्ने प्रभावलाई नाटककमा उतारिएको छ। सबै पात्रहरुमा बालबालिकाले अभिनय गरेका हुन्। अभिनय कार्यशालामा भएका ५ देखि १४ वर्षका बालबालिकाहरु सहभागी थिए। नेपाली बालसाहित्यका पिताका रुपमा चिनिने बालसाहित्यकार शान्तदास मानन्धरको लेखन रहेको यस नाकटलाई केदार श्रेष्ठले निर्देशन गरेका हुन् । टिसीसी नेपालको ‘बालबालिकाका लागि अभिनय कार्यशाला’को अन्तिम दिन बालबालिकाहरुले नाटक मञ्चन गरेका हुन् ।

लोडसेडिङ अन्त्यको कथा ‘उज्यालाे नेपाल’ (भिडियाेसहित)

बैशाख ७ । लोडसेडिङमुक्त देश बनाउने अभियानका साथ निर्माण भएको फिल्म ‘उज्यालो नेपाल’ युट्युबमा सार्वजनिक भएको छ । नेपालमा लोडसेडिङका लामो मार खेप्नु परेको जनता तिनले पाएका दुःख पीडा र लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर निर्माण भएको यस फिलिममा उर्जामन्त्री जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई फिल्ममा देखाएको छ। कुलमान घिसिङ जस्तो इच्छाशक्ति बलियो भएको व्यक्तिको कारण उर्जा क्षेत्रमा भएको नाटकीय परिर्वतन र सकारात्मक प्रभाव नै फिल्मको मुख्य विषय भएको बताइएको छ । अभिनेता राजेश हमालले फिल्ममा मन्त्रीको भूमिका निभाएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् । शुभ मिडिया होम प्रालिले निर्माण गरेको फिल्ममा अभिमन्यु निरवीको कथा रहेको छ । सरोज ओलीको निर्देशन रहेको यस फिलिममा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ । उक्त फिलिम हाल नेपाल टेलिभिजनमा प्रसारण भइसकेको छ ।

आफ्नै प्रेमकथामा अभिनय गर्दै उमेश र कविता

वैशाख १ । निर्देशक मिलन चाम्सले चलचित्र ‘बोबी’ घोषणा गरेका छन् । वास्तविक कथामा आधारित भइ बन्न लागेको यस चलचित्रका बारेमा पत्रकार सम्मेलन गरी निर्माण पक्षले जनाएको छ । हालै मात्र दुई चलचित्र ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’को छायांकन सकेका चाम्सले ‘वीर बिक्रम २’को पनि घोषणा गरेका थिए । ‘वीर बिक्रम २’ घोषणाको केहि दिनमा नर्वे लगायतका देशहरु तथा नेपालमा छायांकन हुने चलचित्र ‘बोबी’ घोषणा गरेका हुन् । यो चलचित्रलाई चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईले निर्माण गर्नेछ । यि दुवै संस्था निर्देशक चाम्सका नै हुन् । हालै उनले बेलायतको सेरोफेरोमा काम गर्नेगरी लण्डन सिने आई प्रोडक्शन शुरु गरेका हुन् । ‘बोबी’ नर्वेमा बस्दै आएको जोडीको वास्तविक कथामा बन्न लागेको हो । उमेश थापा र कविता गुरुङलाई निर्देशक चाम्सले भेटेर उनीहरुको वास्तविक कथा सुनेपछी त्यसैमा अाधारित भइ फिल्म बनाउने लागेकाे उनले बताए । चलचित्रमा उमेश र कविता नै प्रमूख कलाकार रहनेछन् । उमेश नर्वेका एक सफल इन्जिनियर हुन् । फिल्ममा उमेश र कविताको साथमा पाइलट विजय लामाको पनी अभिनय रहनेछ । नर्वे र नेपालको विभिन्न ठाउँहरुमा चलचित्रको छायांकन गरिने बताइएको छ । आगामी जुनबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

जापानमा नेवारी भाषाको चलचित्र ‘तुयुमती’

काठमाडौँ, चैत २९ । सोमबार जापान टोकियोमा नेपाल (नेवारी) भाषाको चलचित्र ‘तुयुमती’ को प्रदर्शन भएको छ । जापानको टोकियोमा प्रदर्शन गरिएको नेपाल भाषाको चलचित्र्र तुयुमती’ ले दर्शकको मन छोएको विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न पुगेका जापानवासीलाई चलचित्रको कथाले मन छुने गरी कहिले हँसाएको र कहिले भावुक बनाएको प्रदर्शनी संयोजक सविता श्रेष्ठले बताए । साथीहरुको लहैलहैमा आफ्नो लोग्नेलाई पैसा कमाउनका लागि विदेश पठाउँदा विदेशबाट भौतिक सामग्री त नेपाल भित्रिएको तर बदलामा आफ्नो लोग्ने गुमाउनुपरेको कथावस्तु भएको तुयुमती’ हेर्नका लागि टोकियोवासी नेपालीको सहभागिता थियो ।

यस वर्षका उत्कृष्ट तीन नेपाली चलचित्र

चैत २८ । नेपाली चलचित्रको बजारले यसवर्ष दर्शकलाई खासै हलतिर तान्न सफल भएनन् । यसको अर्थ चलचित्र निर्माणमा कमी आएको भने पक्कै होइन । यसै वर्ष नयाँ नयाँ सेलिब्रेटीहरुले चलचित्रमा डेब्यु गर्ने क्रम पनि बढ्यो । तर अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष चलचित्रले खासै सोचेजस्तो सफलता हात पार्न भने सकेनन् । उसोतः चलचित्र बिदेशी चलचित्रको प्रभाव पनि कम भएन यस वर्ष । त्यस्तै प्रदर्शनमा आएका धेरै चलचित्रहरु असफल बने । केहीले लगानी मात्र उठाउन सके भने केहीले चाँही राम्रो व्यवसाय गर्न पनि सफल भए । त्यस्तै यस वर्ष उत्कृष्ट ब्यवसाय गर्न सफल तीन चलचित्रहरुमा ‘छक्का पन्जा’, ‘जात्रा’ र ‘लुट–२’ परे । ‘छक्का पन्जा’ नेपाली चलचित्रका पनि दर्शक छन् है, चलचित्र राम्रो भए दर्शक हलसम्म आउँछन् भन्ने कुरालाई चलचित्र ‘छक्का पन्जा’ले प्रमाणित गरिदियो यस वर्ष । चलचित्रले १६ करोड माथीको ब्यवसाय गरेर बर्षकै उत्कृष्ट बन्न सफल रह्यो । चलचित्रले सिग्गल थिएटर र मल्टिप्लेक्स सबैतिर राम्रो दर्शक पाएको थियो । हाँस्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र उनैले, दीपकराज गिरी, निर्मल शर्मा लगायत कलाकारसँग मिलेर बनाएकी हुन् । चलचित्र दिपक राज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, वुद्धी तामाङ, नम्रता सापकोटा, बर्षा राउत लगायतका कलाकारको समेत अभिनय रहेको थियो । चलचित्रको एक गीत ‘पुर्व पश्चिम रेल’ले यु–ट्युवमा राम्रो दर्शक पाएको छ । ‘लुट–२’ ‘लुट–२’ले ८ करोड भन्दा माथिको ब्यवसाय गरेको बितरक समेत रहेका चलचित्रका निर्माता माधव वाग्लेले बताए । सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, कर्मा शाक्य, कामेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहेको यो चलचित्रले ओपनिङ ब्यवसाय निकै धमाकेदार गरेको थियो । तर केही दिन पछि त्यसको रफ्तार समाउन सकेन । सफल चलचित्र ‘लुट’को सिक्वेलको रुपमा निर्माण भएको यो चलचित्र निश्चल बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रको आइट गीत ‘ठमेल बजार’ले भने निकै बजार तताएको थिष्यो । यो गतिको चर्चा अहिले पनि त्यतिकै छ । यो गीतको आइटम गीत मार्फत चर्चा कमाएपछि एलिसा राई अहिले निकै ब्यस्त कलाकार बनेकी छन् । ‘जात्रा’ ‘जात्रा’ प्रदीप भट्टराईको निर्देशनमा बनेको नेपाली चलचित्र हो । यो वर्ष राम्रो व्यापार गर्ने चलचित्र मध्य यो पनि अग्र पंतिमा आउछ । कमेडी जनरामा बनेको योचलचित्रले तीन करोड भन्दा माथिको ब्यवसाय गरेको बताइएको छ । केही चलचित्र भवनमा ५१ औं दिन मनाउन सफल यो चलचित्र सिंगे लामा र यादव पौड्यालले निर्माण गरेका हुन् । चलचित्रमा विपिन कार्की, वर्षा राउत, रबिन्द्र सिंह बानीया, रबिन्द्र झा, प्रियंका झा लगायकातको मुख्य भूमिका रहेको थियो ।

कविता : शहर

 जब हुन्छ गोधूलि साँझ तब हुन्छ सुरू कथा सहरको अनेक अनेक शीर्षकमा । बिहानको नानी घामसँगै एकातिर गुडाउछन् अभाब पूर्तिका लागि आ आफ्नै ठेलागाडी कपडा बेच्नेहरू तरकारी बेच्नेहरू फलफूल बेच्नेहरू उठाएर दुबै हत्केलामा ठेलाका पर्वतहरू अर्कातिर फुकालेर इज्ज्तको ओहदा तोडेर सामाजिक संरचना थुप्रै थान नरनारीहरू गर्छन बिज्ञापन शरीरको र फाल्छ्न बेश्या आकर्षण ग्राहकहरुको भिडमा । म दर्शक हुँं मानौं नाटक हेर्दैछु निस्शुल्क टुँडिखेलमा बसेर संगती नमिलेका अलपत्र सहरका मान्छेहरूको छटपटीको ह्यामलेट र हेर्दैछु रत्नपार्कका पेटीमा बेच्न राखिएका दुला परेका जुत्ताहरू अनि म भन्न हुन्छु बाध्य सूर्योदयदेखि सूर्यास्तसम्म कमसल मालको प्रचारमै सहर सक्छ भुक्न,भुकिरहन सहरको कथा हेरिरहेको घण्टाघरले कहिले लेख्ला महाकाब्य रु लागेन मलाई सहरमा मुटु हुन्छ र त मान्छे पथर भए सतरीका हजुरबाहरू भन्दैनन् सात वर्षकी नातिनी गर्छन् बलात्कार मझेरिमै र लगिन्छ बालिकाहरुलाई होस फर्काउन अस्पतालको शैयामा साँच्चै सहर पेडोफाइल हुर्काउने कारखाना हो कोही भोकले मरोस कोही शोकले मरोस कोही रोगले मरोस सहरको आँखाले चुहाउदैन आँसु बरू साँघुरिन्छ मन जसरी दुर्गन्धले साघुरिएको छ टुकुचा खोला । मैले बुझेको यति हो सहरमा रक्सी बिक्छ,शरीर बिक्छ त्यो भन्दा अझ धेरै बोकाको टाउको झुन्डाएर पसल थापे कुकुरको मासु बिक्छ तर बिक्दैन गरिबको आँसुको काव्य बुझिदैन परिश्रमको त्रिशूली । मेरो गाउँमा धान फल्थ्यो र बेचिन्थ्यो आलु फल्थ्यो र बेचिन्थ्यो भटमास फल्थ्यो र बेचिन्थ्यो सहरमा भ्रम फलाउछ्न एकथरी त्यही भ्रमको दलदलमा डुबेर मर्छन अर्काथरी साँच्चै सहरको मुटु नै हुँदैन अझ भनौँ मुटु नै भएपनि संवेदना नै हुँदैन म यही संवेदनाहीन सहर भोगिरहेछु।

२३ वर्षीय अनमोल, चार सिनेमामा चार नायिकासँग रोमान्स

चैत १७ । नेपाल सुपरस्टर भुवन केसीका पुत्र नायक अनमोल केसी ‘होस्टेल’बाट सिनेमा उद्योगमा प्रवेश गरेर हालसम्म ४ वटा चलचित्र दिए दर्शकलाई त्यो पनि फरक फरक नायिकासँग रोमान्स गर्दै । अभिनेता अनमोल केसी बिहीबारबाट २३ वर्षमा प्रवेश गरेका छन् । २०५१ साल चैत १७ गते काठमाडौंमा जन्मेका अनमोल १९ वर्षको उमेरमै सिनेमामा मुख्य कलाकारको रुपमा डेब्यु गरेका थिए । चलचित्रमा डेब्यु गरेदेखि नै सफल मानिएका अनमोल छोटो समयमै सुपरस्टार बनेका हुन् । अनमोल बाल्यकालदेखि नै सिनेमामा संलग्न भने थिए । पारिवारिक पृष्ठभूमि नै फिल्मी दुनियाँमा भएका कारण आमा अभिनेत्री शुष्मिता बोम्जन र बुवा अभिनेता भुवन केसी पनि अनमोलको सिनेमा प्रति सानैदेखि लगाव बढेको हो । मुख्य अभिनेताको रुपमा प्रवेश गरेको ४ वर्षे फिल्मी करिअरमा अनमोलले धेरै यस्ता रेकर्डहरु राखेका छन् जुन अहिलेसम्म अन्य कलाकारले सायदै राखेका छन् । अनमोलको एउटा बानी, उनी हत्तपत्त सार्वजनिक ठाउँमा जाँदैनन् । उनी आफ्नो स्टारडमलाई आफै मेन्टेन गरेर राख्छन् । सञ्चार माध्ययमहरुले पनि उनीसँग कुरा गर्न त्यति सहज छैन । तर पनि उनका प्राय कुराहरु उनको निकट स्रोतबाट सार्वजनिक हुने गर्छन् । हरेक सिनेमामा नयाँ अभिनेत्री भित्र्याउने । उनी त्यस्ता भाग्यमानी अभिनेता हुन् जसले हरेक सिनेमामा नयाँ अभिनेत्रीसँग रोमान्स गर्न पाउँछ । उनका प्राय सिनेमाबाट एउटा नयाँ अनुहारको डेब्यु हुन्छ । उनको डेब्यु सिनेमा ‘होस्टेल’मा अभिनेत्री प्रकृती श्रेष्ठले काम गरेकी थिईन् जुन प्रकृतीको पनि डेब्यु सिनेमा नै थियो । त्यस्तै अनमोलको दोस्रो सिनेमा ‘जेरी’मा पनि नयाँ अनुहार नै लन्च गरिएको थियो आन्ना शर्माको । अनमोलको तेस्रो सिनेमा ‘ड्रिम्स’ मार्फत पनि अभिनेत्री साम्राज्ञीलाई लन्च गरियो । साम्राज्ञी अहिले नेपाली सिनेमामा अत्यधिक रुचाईएकी अभिनेत्रीमा पर्छिन् । अनमोलको चौथो सिनेमा हो ‘गाजलु’ । यसै सिनेमा मार्फत मिस नेपाल ९२०१२० श्रृष्टी श्रेष्ठले डेब्यु गरिन् । अनमोलसँगको डेब्यु सृष्टीलाई पनि फलिपाप नै भयो । हाल श्रृष्टी दोस्रो सिनेमा ‘रोमियो एण्ड मुना’ मा काम गरिरहेकी छिन् । अनमोल आगामी सिनेमा ‘कृ’ मा पनि नयाँ अभिनेत्री अदिती बुढाथोकीसँग काम गर्ने कुरा भइरहेको छ । स्कृप्ट र छायांकन सुरु नभइसकेको हिसाबले यस चलचित्र प्रति शंका बढेको छ । यद्यपी ढिलोचाडो काम हुने आशा गरिएको छ । यस हिसाबले अनमोलले काम गरेका हरेक सिनेमाबाट नेपाली सिनेमा उद्योगले नयाँ अभिनेत्री पाउने गरेको छ ।

जनवादी, लाेक तथा अाधुनिक साँझ एकै ठाउँ

चैत १६ । यही चैत २२ गते चितवन कालिका नगरपालिकाको जुटपानी चौरमा सहिद, वेपत्ता परिवार, घाइते, समाजसेवी सम्मानार्थ तथा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको छ । जनवादी तथा लाेक दाेहाेरी र अाधुनिक गायक गायिकाहरूकाे प्रस्तुती एकै ठाउँमा हेर्न अनि सुन्न सकिनेछ । रामबहादुर थापा (बादल) को प्रमुख अतिथ्यमा संचालन हुन लागेको यस सांस्कृतिक कार्यक्रमलाई लागु औषध मुक्ति अभियान र जनप्रगतिशिल मञ्चले आयोजना गर्न लागेको हो । जहाँ जनवादी कलाकारहरु नविन खड्का, खुशिराम पाख्रिन, झंकार मगर, धनु कमरेडलगायतले प्रस्तुती दिनेछन् । त्यस्तै लोक दोहोरी तथा आधुनिक कलाकारहरु प्रमोद खरेल, पुस्कल शर्मा, शिवम पोखरेल, टिका पुन, जुन डल्लाकोटी, जिवन खड्का, बसन्तराज गौतम, अमित रसाइली, शिव बिकीलगायतको गीत तथा अन्य डान्स समूहहरुले आफ्ना प्रस्तुती दिनेछन् ।

रणबिरले गौरीलाई लेखेको पत्र स्टाग्रामार्फत सार्वजनिक

चैत १६ । बलिउड किङखान शाहरुखपत्नी तथा हाल इन्टेरियर डिजाइनरको रुपमा परिचित गौरी खानलाई बलिउड स्टार रणबीर कपुरले लेखेको पत्र स्टाग्राममार्फत सार्वजनिक गरिदिएकी छिन् । चलचित्र निर्मातासमेत रहेकी गौरीले डिजाइनिङलाई व्यवसायिक रुपमा अगाडी बढाएकी छिन् । स्तै हालै उनलाई अभिनेता रणबिर कपूरको बान्द्रा, पाली हिलमा रहेको घरको इन्टेरियर डिजाइनिङको जिम्मा लिएकी थिइन् । घरको तयारी सक्किएको र रणबिर त्यो घरमा आगामी अक्टोबरबाट सर्दैछन् । घरको आन्तरिक डिजाइनका लागि रणबिरले गौरीप्रती कृज्ञता व्यक्त गर्दै पत्र लेखेका थिए । गौरीले भने रणबिरले पठाएको पत्रलाई इन्स्टग्राममा पोस्ट गरेकी छिन् ।

सुष्मा थापालाई ‘मिसेस’ चितवनको ताज

चितवन, चैत १५ । चितवन नारायणगढकी २९ वर्षीय सुष्मा थापाले पहिलो ‘मिसेस’ चितवनको ताज पहिरिएकी छिन् । गएराति चितवनस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १९ प्रतियोगिलाई उछिन्दै थापाले पहिलो मिसेस चितवनको ताज पहिरिएकी हुन् । एक सन्तानकी आमा उनले ‘योर च्याइस’ अवार्ड र पर्सनालिटी अवार्डसमेत हाता पारिन् । ताजसँगै सुष्माले रु ५० हजार नगद पुरस्कार समेत प्राप्त गरिन् । सो प्रतिस्पर्धामा फस्ट रनरअप रेनु तामाङ भइन् भने सेकेन्ड रनरअपमा आना ढकालले ताज उचालिन् । ताजसँगै उनीहरुले पनि क्रमश रु ३० हजार र रु २० हजार नगद प्राप्त गरे । ‘मिसेस चितवन २०१७ को प्रतिस्पर्धाले नारी सशक्तिकरणमा कस्तो भूमिका खेलेको छ ?’ पहिलो मिस नेपाल रुवी राणा शाहले लिखित प्रश्न सोधेकी थिइन् । उत्तरमा सुष्माले भनेकी थिइन् ‘यो मिसेस चितवन २०१७ एउटा यस्तो अवसर वा मञ्च हो, जसले नारीभित्र लुकेर तथा गुम्सेर रहेका प्रतिभा, आत्मविश्वास, समय अनुसारको सत्यतालाई सहज अगाँल्न सक्ने जीवनशक्तिका आधारको ऊर्जालाई थप प्रोत्साहन दिन्छ । ‘फलस्वरुप नारी सशक्तिकरणमा यसको उल्लेखनीय अनि अदुभूत भूमिका रहन्छ भन्ने कुरामा म विश्वस्त छु ।’ यसअघि निर्णायकको सामाजिक सञ्जाल सोसल नेटवर्कको सकारात्मक र नकारात्मक पक्ष के के हुन् भन्ने प्रश्नमा उनले सहज र सटिक उत्तर दिइन । उनले भनिन्, ‘सकारात्मक र नकारात्मक मानिसको प्रवृत्ति हो । जसले जसरी लिन्छ त्यस्तै फल पाउछ । सही तरिकाले सकारात्मक ढङ्गले लियो भने सफलता पाउछ, नकारात्मक हिसाबले लियो भने दुर्घटना निम्त्याउछ ।’ थप प्रष्ट्याउँदै भनिन ‘सकारात्मक पक्षलाई जोड्नुपर्दा हाम्रा प्रियजन्, आफन्त जो देशबाट टाढा रहनुभएको छ, उहाँहरुसँग मिठो कुराकानी, देश विदेशको कुनाकाप्चामा भइरहेको कुरालाई तत्काल जान्न र सचेत हुनसकिन्छ भने, नराम्रो पक्ष भन्नुपर्दा समाजमा कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप हुने खालका क्रियाकलाप, ठगी र जघन्य अपराध र त्यो अपराध गर्ने योजनालाई यसले बढावा दिएको महसुस गरेको छु ।’ कन्फिडेन्ट अवार्ड सुष्मा तामाङ, स्माइल शान्ति शाही, इनोसेन्ट रिता थनेत, चार्मिङ ज्योतिका थापा, डिसप्लिनमा सङ्गीता अर्यालले अवार्ड पाइन । मिसेस क्वाटवाकमा रोजिना प्रधान भइन । प्रतिस्पर्धामा २५ देखि ४० वर्ष उमेर समूहका १९ जना आमाहरु सहभागि थिए । तीन सन्तानकी आमासमेत प्रतिस्पर्धामा सहभागी भइन् । दुई महिला मीना झा र दुर्गा घिमिरेको प्रयासमा पहिलो मिसेस चितवन २०१७ प्रतियोगिता भएको हो । यस्ता कार्यक्रमले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने चितवनका व्यवसायी गुणचन्द्र विष्टले बताउनुभयो ।

आँफूले रोजेको पुरुषसँग विवाह गर्न असमर्थ केकीले चालिन् यस्तो कदम

काठमाडौं, चैत १५ । नायिका केकी अधिकारीले अभिनय गरेको ‘खेलौना हैन म​’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । जसमा केकीले अहिलेसम्मकै दमदार भुमिकामा अभिनय गरेकी छिन् । जीवनमा आँफूले राजेको पुरुषसँग विबाह गर्न असमर्थ केकीले भोग्नु परेको अप्ठ्यारो र पाएको धोकालाई जीवन्त शैलीमा निर्देशक युबराज वाईबाले सामान्य कथा तर गम्भिर विषयसहित उठान गरेका छन् । जसमा केकीलाई मोडल अनिल थापाले अभिनयमा साथ दिएका छन् । गायक संजय तुम्रोकले आफ्नो जीवनमा नै सर्वाधिक अपेक्षा गरेको भनिएको गीतका शब्द गीतकार डिपी खनालका हुन् । चोक गुरुगंले संगीत भरेको गीतको छायांकन उत्सब दाहालले गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । भिडियोलाई भाईब्स क्रियशनले बजार ब्यबस्थापन गरेको छ । हेर्नुस भिडियो https://www.youtube.com/watch?v=ZeAl5cWMABg&feature=youtu.be

रणवीर र दीपिका एकसाथ देखिन चाहँदैनन्

चैत १४ । चलचित्र उद्योगमा प्रेम र ब्रेक अप फेसन जस्तै मानिन्छ । कहिले काँही त्यस्तै कलाकारहरुको जीवनमा आधारित भइदिन्छ फिलिमहरु पनि अनि त्यसमा काम गर्नुपर्ने हुन्छ कलाकारहरुले । त्यसको पछिल्लो उदाहरण बनेका छन्, बलिउड रणवीर सिंह र नायिका दीपिका पादुकोण । प्रेमिका दीपिका पादुकोणका बारेमा बोलेर नथाक्ने बिन्दास शैलीका रणबीर एक समारोहमा दीपिकासँग फोटो खिचाउन मानिरहेका थिएनन् । दीपिकासँग सार्वजनिक समारोहमा सँगै देखिन पनि चाहेका छैनन् उनी । दीपिका र रणवीरले फोटोमा सँगै नदेखिन ठूलै प्रयास गरिरहेको एक मनोरञ्जन अनलाइनले पनि लेख्यो । दीपिकाले भाग लिएको एचटी मोस्ट स्टाइल अवार्डमा रणवीर गएनन् भने शाहिद कपूरको पार्टीमा पनि एकअर्कालाई नभेट्ने गरी योजना बनाए । यो वास्तविक घटना नभई पद्मावती फिल्मका लागि तयारी गरिएको दृश्य थियो । निर्देशक सञ्जय लीला भन्सालीको निर्देशनमा बनिरहेको यस फिलिममा रणवीर र दीपिकालाई सँगै नदेखिन कडा निर्देशन दिएका हुन् । पद्मावतीको प्रमोसनका बेलामा सँगै देखिएपनि अहिले चाहिँ सँगै नदेखिनू भनी भन्सालीको चेतावनीलाई उनीहरुले शिरोधार्य गरेका हुन् ।

कपिल शर्मालाई यस्तो झट्का, नयाँ शो ल्याउने तयारीमा डा.गुलाटी

चैत १३ । चर्चित कमेडियन ‘कपिल शर्मा शो’मा विवाद भएपछि यस हप्ता कार्यक्रमको छायांकनमै नगएका डाक्टर मसुर गुलाटी अर्थात् सुनिल ग्रोभरले आगामी अप्रिलमा त्यही भूमिकामा नयाँ दिल्लीमा देखिने भएका छन् । सुनिलले आइतबार फेसबुकमा अप्रिल १ मा दिल्लीमा हुने ‘डाक्टर मसुर गुलाटी कमेडी क्लिनिक’ को पोस्टर सार्वजनिक गरेका छन् । सुनिलका साथमा सोका अर्का कलाकार किकु शारदा पनि हुनेछन् । अष्ट्रेलियाबाट फर्कने क्रममा जहाजमा कपिलले आफूलाई दुव्र्यवहार गरेको भन्दै उनीहरुले ‘कपिल शर्मा शो’ छोड्ने बताएका थिए । तर द कपिल शर्मा सोकै पात्रलाई लिएर सुनिलले प्रस्तुति दिने भएपछि उनीहरुको विवादमा नयाँ कुरा थपिएको छ । सुनिलले कपिल शर्मा सो छोडेका भए त्यही कार्यक्रमको पात्रलाई लिएर उनले बाहिर कार्यक्रम गर्दा त्यो विवादित हुने कि नहुने भन्ने विषय अन्योल बनेको छ । किकु शारदा भने अहिले पनि कपिलको पक्षमा छन् र उनी सुटिङमा पनि उपस्थित भइरहेका छन् । कपिलसँग झगडा गरेका सुनिल र उनीसँग काम गरिरहेका शारदा एकै मञ्चमा आउने भएकाले पनि धेरैलाई कपिल र सुनिलको विवादले कुन मोड लिदैँछ भनेर आश्चार्यमा पारेको छ । सुनिलसँगको विवादपछि कपिल शर्मा सोका अन्य कलाकार चन्दन प्रभाकर, अलि असगरले पनि सोबाट बाहिरिने निर्णय गरेका छन् । गत बुधबारको सोको सुटिङमा ती कलाकार नआएको र कुनै पाहुना पनि सोमा आउन नचाहेकाले कपिल एक्लिएको भारतीय मिडियाले जनाएका थिए।

‘बाहुबली २’ को ट्रेलरले बनायाे नयाँ कीर्तिमान !

चैत १३ । चर्चित तामिल फिलिम बाहुबलीको सिक्वेल बनाइएको ‘बाहुबली–२’ ले ट्रेलरबाटै नयाँ किर्तिमान कायम गरेको छ । एस एस राजामौलीद्वारा निर्देशित ‘बाहुबली २ द कन्क्लुजन’को ट्रेलर भिडियो संजाल यूटुयूबमा सार्वजनिक गरिएपछि बलिउड फिल्महरूलाई समेत पछाडी पार्दे ट्रेलरमै नयाँ कीर्तिमान कायम गरेको हो । तेलेगु, तमिल, हिन्दी तथा मल्यालम भाषामा रिलिज यस फिल्मको ट्रेलर एक सय मिलियनभन्दा बढी पटक हेरिएपछि सो कीर्तिमान राख्न सफल भएको हो। रेकर्डपछि निर्देशक राजामौलीले आफूले यस्तो कहिल्यै कल्पना नगरेको भन्दै ट्विट गरेका छन् । उनले ट्वीटरमार्फत दर्शकहरुलाई धन्यवाद दिएका छन् । फिल्म अप्रिल २८ मा रिलिज हुँदैछ।

करन र ऐश्वर्याको सम्बन्ध समाप्त

चैत १२ । चलचित्र उद्योगमा कलाकार र निर्माता÷निर्देशकबीचको सम्बन्ध खासै लामो रहँदैन भन्ने उदाहरण बनेका छन् निर्माता निर्देशक करन जोहर र अभिनेत्री ऐश्वर्या राय । बलिउडमा राम्रो दोस्ती रहेको दुईको सम्बन्ध अब करिव करिब समाप्त नै भएको वलिउड भास्करले उद्धत गरेको छ । वलिउड मिडियाले पछिल्लो पटक ऐश्वर्या र करनको सम्बन्धमा खटपट आएको छ कुरा यसअघि नै सार्वजनिक गरिसकेको छ । त्यस्तै वलिउड भास्करले उनिहरुको सम्बन्ध ठिक नभएको भन्दै प्याचअप नै नहुने संकेत देखिएको लेखेको छ । पछिल्लो रिलिज फिल्म ए दिल है मुश्किलको समयदेखि यी दुईको सम्बन्ध बिग्रेको बताईएको छ । उक्त फिल्म रिलिजपछि करनले अर्को फिल्मको लागी ऐश्वर्यालाई अफर गरेको र त्यो अफर पनि ऐश्वर्याले सिधा लत्याएको बताईन्छ । त्यसो त हप्ता दिन पहिले दिवंगत भएका ऐश्वर्याको पीताको श्रद्धाञ्जली कार्यक्रममा समेत करन नपुगेको बताईएको छ ।