अाफ्नै व्यवहारले एक्लिए कपिल शर्मा

चैत १२ । चर्चित ‘द कपिल शर्मा शो’ बाट सहभाकर्मीहरुले एकाएक साथ छोड्दै गएपछि कपिल शर्मा एक्लिएका छन् । शोमा समस्याहरुको ओइरो लाग्न थालेपछि कपिलका सहकर्मीहरु सुनिल ग्रोवर, अली असगर र चन्दन प्रभाकरले शो छाडेका हुन् । उनीहरु शोमा नभएपछि निर्माताले राजु श्रीवास्तव, एहसान कुरेसी र सुनील पललाई बोलाएका थिए।

तर कपिल अहिले एकदमै एक्ला भएका छन्। किनकि उनको कार्यक्रमको टोली त उनले गुमाए नै कार्यक्रममा अतिथि समेत कोही भएनन्। बलिउड सेलेब्रेटीहरु पनि उनको शोमा आउन चाहेनन्।

बुधबारको सुटिङमा निम्ता दिइएका सेलेब्रेटी आउन नचाहेपछि सुटिङ नै क्यान्सिल भएको थियो।

हालै शोका लागि मनोज बाजपेयी र तापसी पन्नुसँग सुटिङ गरे पनि कार्यक्रममा सुगन्धा मिश्रा पनि आउन मानिनन्।

यो सबै घटना कपिलले प्लेनमा आफ्ना सहकर्मी सुनिल ग्रोवरलाई गरेको नराम्रो व्यवहारका कारण भएका हो।

एयर इन्डियाको प्लेनमा गत शुक्रबार कपिल आफ्नो टोलीसँग अस्ट्रेलियाबाट भारत फर्किने क्रममा रक्सीले मातेका कपिले आफूलाई नकुरी अरुले खाना खाएको भन्दै उग्र भएका थिए ।

रिसाएका कपिललाई सुनिलले शान्त पान खोज्दा कपिलले सुनिललाई आफ्नो जुत्ता खोलेर हिर्काएका थिए। कपिलले सुनिललाई धेरैपटक थप्पड हानेको र यस क्रममा महिला सदस्यहरुलाई पनि चोट लागेको बताइएको छ।

दिपक दीपाको अफरलाई लत्याउँदै साम्राज्ञी लागिन इन्टु मिन्टुतिर

चेत ४ । बहुचर्चित फिलिम ‘छक्का पञ्जा’को सिक्वेल बनाउन दिपक–दीपाको अफरलाई ड्रिम गर्ल साम्राज्ञीले अस्वीकार गरेकी छिन् । निर्माता/निर्देशक/कलाकार दिपक–दिपाले २०७३ को सर्वाधिक कलेक्सनको रेकर्ड राखेको फिल्म ‘छक्का पञ्जा’को सिक्वेल बनाउने घोषणा यसअघि नै गरिसकेका छन् । केहि दिनअघि मात्रै दिपकले ‘छक्का पञ्जा–२’ मा अन्य कलाकारहरु पुरानै हुने र दुइजना नयाँ नायक र नायिकालाई मात्रै समावेश गर्ने भनि चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले एक संचारमाध्यमसँग भनेका थिए । यसै सिलसिलामा अहिलेकी चर्चित नायिका ‘ड्रिम्स’ डेब्यू गर्ल साम्राज्ञ राज्यलक्ष्मी शाहलाई लिनको लागी अफर गरेको थियो । सँगै पछिल्लो पुस्ताका चल्तिका कलाकार प्रदिप खड्का र साम्राज्ञीलाई समेत फिल्ममा जोड्ने तयारी गरेका थिए । तर साम्राज्ञीले भने उक्त अफरमा आनाकानी गरेको कुरा सार्वजनिक भएको छ । बैशाखबाट फ्लोरमा जाने भनिएको प्रोजेक्टमा साम्राज्ञी राख्ने चर्चा हुँदै गर्दा उनले भने सोहि समयमा कोरियोग्राफर रेनशा वान्तवा राइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘इन्टु मिन्टु’मा काम गर्ने निश्चित भएको र सुटिङ अबधि एकै समय पर्ने भएकोले ‘छक्का पञ्जा-२’लाई उनले समय दिन नभ्याउने बताइएको छ । प्रदिपका तर्फबाट भने केही प्रतिक्रिया आएको छैन ।

टाइगरको फ्यान क्लब

चैत ४ । टाइगर श्राफ बलिउडमा प्रवेश गरेको छोटो अवधिमा नै निकै चर्चित नाम हो । बलिउडमा प्रवेश गरेको करिव तीन वर्षजनि मात्रै हुँदा विशेषतः युवा पुस्ताको मन मुटुमा बस्न सफल कलकार बनेका हुन् । उनले कम समयमै प्रशस्तै आफ्रना प्रशंसकहरु बटुल्न सफल भएका छन् । उसोतः जयकी श्रवका छोरा उनी बलिउडमा प्रवेशमा सहज भएपनि प्रशंसक भने उनी आफ्नै संघर्षले बटुलेका हुन् । अहिले सामाजिक सञ्जालहरुमा उनका नामका दर्जनौं फ्यान क्लबहरु छन् । एउटा फ्यान क्लबको फ्यान पेजलाई त फेसबुकले भेरिफाइड नै गरेको छ । कतिपय अवस्थामा टाइगरका बारेमा उनकै फ्यान क्लबमार्फत जानकारी प्राप्त हुनथालेको छ । टाइगरलाई पनि उक्त कुराको जानकारी छ । उनले भनेका छन्, ‘म प्रशंसकहरूको प्रेमकै कारण आज यो अवस्थामा छु’ उनी थप्छन्, ‘उनीहरूले पेजमा अपलोड गर्ने सामाग्रीहरू मेरो उत्साह बढाउने शैलीका छन्।’

‘छक्का पञ्जा–२’ छायांकनभन्दा पहिला प्रदर्शन मिति घोषणा

चैत ३ । सिनेमा निर्माण गर्दा ६ लाई कहिल्यै पनि नछोड्ने दीपक र दीपाले चलचित्र ‘छक्का पञ्जा’के सिक्वेल आगामी भदौ १६ गतेलाई प्रदर्शनको मिति घोषणा गरेका छन् । चलचित्र छायांकनमा जानु अगावै ‘छक्का पञ्जा–२’को रिलिज मिति घोषणा गरिएको हो । जेठ १० गतेबाट फ्लोरमा जाने तयारी गरेको ‘छक्का पञ्जा–२’ भदौ १६ मा रिलिज हुने निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । दिपक–दीपाका यसअघि फिलिमहरुमा पनि ‘६ एकान ६’ पुस २६, ‘वडा नम्बर ६’ असोज ६ र छक्का पञ्जा भदौ २४ मा रिलिज भएका थिए । छक्का पञ्जाको रिलिज मिति दुई र चार जोडेर ६ हुने भएकाले दीपक र दीपाले भदौ २४ गते राखेका थिए । ‘छक्का पञ्जा–२’ मा पनि ‘छक्का पञ्जा’कै कलाकारहरु हुने र एक जना नायक र एक जना नायिका भने नयाँ थप गरिने निर्माता तथा कलाकार दिपक राज गिरीले जानकारी दिएका छन् । अहिलेको चलेकै नायक नायिका सिनेमामा थपिने बताएपनि त्यो को हो भने नाम खुलाएका छैनन् । चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल बनाउने भनि यसअघि नै घोषणा गरिएको थियो ।

‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक, यस्तो छ चलचित्रको ट्रेलर (भिडियो)

चैत ३ । सन् २०१६ मा निकै सफल मानिएको चलचित्र ‘बाहुबली’को सिक्वेल ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार यस फिलिमको ट्रेलर युट्युवमा सार्वजनिक गरिएको छ भने दक्षिण भारतका तीन सय सिनेमाघरमा पनि यसको ट्रेलर प्रदर्शन गरिएको छ । युट्युवमा यो चलचित्रको ट्रेलरले निकै लोकप्रियता पाएको छ । ट्वीटरमा पनि ‘बाहुबली–२’ को ट्रेलरले राम्रो ‘ट्रेन्ड’ गरिरहेको छ । ट्रेलर सार्वजनिक भएको केही घण्टामै यसका दर्शकको संख्या झण्डै चार लाख पुगेको छ । समग्रमा दर्शकहरुले ट्रेलरको निकै प्रशंसा गरेका छन् । ट्रेलरमा बाहुबलीको एउटा संवाद निकै घतलाग्दो र रोचक मानिएको छ । बाहुबलीले कटप्पालाई भनेका छन्, ‘जबसम्म तपाई मेरो साथ हुनुहुन्छ, मलाई मार्ने मान्छे जन्मिने छैन मामा १’ चलचित्रको पहिलो शृंखलाको अन्त्यमा कटप्पाकै हातबाट बाहुबली मारिएको देखाइएको थियो । तर तिनै कटप्पामाथि बाहुबलीले यति विश्वास गरेको दृष्यलाई ट्रेलरमा देखाएपछि दर्शकमा कौतुहलता अझ बढेको छ– ‘आखिर कटप्पाले बाहुबलीलाई किन मारे ?’ रहस्य जान्नका लागि पनि बाहुबली–२ प्रदर्शनको पर्खाइमा आम दर्शक रहेका छन् । आगामी २८ अप्रिलमा चलचित्रले प्रदर्शन आरम्भ गर्नेछ ।

२४ वर्षीया आलिया भाटको बलिउड यात्रा

चैत २ । बलिउडमा सानो उमेरमा नै चर्चित बन्न सफल बलिउड नायिका आलिया भट्ट आजबाट २४ वर्ष पुगेकी छिन् । बलिउडमा कम उमेरमा चाँडो सफलता हासिल गर्न सफल नायिकाहरुमा आलिया पर्छिन् । बालकलाकारबाट डेब्यु गरेका आलियाको फिलिम ‘संघर्ष’ पश्चात करण जोहरको ‘स्टुडेन्ट अफ द इअर’बाट नायिकाको जिन्दगी सुरु गरेकी थिइन् । ‘स्टुडेन्ट अफ द इअर’मा आलियाले पहिलोपटक मुख्य नायिकाको रुपमा प्रस्तुत भएकी थिइन् । हालसम्म उनले अभिनय गरेकामध्ये अधिकांश फिलिम सफल नै भएका छन् । साहिद कपुरसँग खेलेको आलियाको फिल्म ‘उड्ता पन्जाब’ भने सबैभन्दा झुर सावित भएको थियो । अलियाले अहिलेसम्म संघर्ष, स्टुडेन्ट अफ द इअर, उड्ता पन्जाबसहित ‘हाइवे’, ‘टु स्टेट्स’, ‘हम्पी शर्माकी दुल्हनिया’, ‘अग्ली’, ‘सान्दार’, ‘कपुर एन्ड सन्स्’, ‘ए दिल हे मुस्किल’, ‘डियर जिन्दगी’ र ‘बद्रिनाथकी दुल्हनिया’ लगायत १२ ओटा फिल्म खेलिसकेकी छन् । त्यस्तै, ‘गोइङ होम’ नामक फिचर फिल्मचाँहि उनी आफैंले बनाएकी थिइन् । उनले हम्पी शर्माकी दुल्हनिया फिल्ममा गीतसमेत गाएर गयिकाको रुपमा आफूलाई उभ्याइसकेकी छन् । आलियाले अहिलेसम्म दुई दर्जनभन्दा बढी ‘फिल्मफेयर’मा मनोनीत भएर १० ओटा अर्वाड हात पारिसकेकी छन् । त्यस्तै, ‘टाइम्स अफ इन्डिया’को ‘मस्ट डिजायरवल वमेन’को सूचीमासमेत परिसकेकी छन् । उड्ता पन्जाब र हाइवेजस्ता फिल्ममा आलिया फरक भूमिकामा देखिएकी थिइन् । उनको यो भूमिकालाई सबैले प्रशंसा गरेका थिए । अचम्मको कुरा के भने उनी अहिलेसम्म आफ्ना बाबु बलिउडकै चर्चित फिल्म निर्देशक महेश भट्टको फिल्ममा भने काम गरेकी छैनन् । उनको अर्काे ‘सेक्रेट’ कुरा भनेको उनले बेलायतको नागरिकता लिएकी छन् । यसकारण उनी भारतीय नागरिक भने होइनन् । उनी अहिले अभिनेता सिद्धार्थ मल्होत्राको साथ ‘रिलेसनसिप’मा रहेको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सी

किरण ऐयर होस्टेज यात्रातर्फ (फोटो फिचरसहित)

काठमाडौं, चैत्र २ । काठमाडौ घट्टेकुलो बस्ने किरण देउजा विगत तीन वर्षदेखि नेपाली र्याम्प मोडलिङ क्षेत्रमा कहलिएको नाम हो । केही समयअगाडि काठमाडौंमा सम्पन्न भ्यालेन्टाइन नाईट २०१७ मा आफ्नो दरो प्रतिभाको प्रदर्शन गरेर उत्कृष्ट प्रथम भित्र पर्न सफल भई सम्मानित भएकी थिइन् । राजधानीमा आयोजित विभिन्न अन्तर्राष्ट्रियस्तरको र्याम्प सोमा उत्रिसकेकी २० वर्षिया ५ फिट ६ इन्च अग्ली किरण टाईम्स ईन्टरनेशनल कलेज डिल्लीबजार बाट प्ल टु पास गरी हाल ऐयर होस्टेज टेनिङ्गमा ब्यस्त रहेकी छिन् । विभिन्न र्याम्प शोे, म्युजिक भिडियो, कल्चरल डान्स, फोटो सेसन आदिमा आबद्ध रहेकी किरण देउजालाई यो क्षेत्रमा आउन घरपरिवार तथा साथी संगिनीहरुबाट पनि राम्रो साथ मिलेको बताउँछिन् । पूmर्सदको समयमा पत्रपत्रिका पढ्ने, मोबाईलमा गेम खेल्ने, अनलाईन फोटो भिडियो पोष्ट गर्ने, डग शोमा भाग लिने प्रवृतिकी किरणले विभिन्न प्रजातिका कुकुरहरुको अध्ययन पनि गरेकी छिन् । आफूले चाडै नै केही गीतको म्यूजिक भिडियो र क्लब सि नेपालको यूटुब सट मुभिको लागि तयारी गरी रहेको साथै एन्जिओ हरुको डकुमेन्टीमा पनी काम गर्न धेरै तिर वाट अफर आईरहेको हामी लाई बताईन् ।  

बाहुबली–२ को पोस्टर सार्वजनिक

फागुन ३० । सन् २०१६ को निकै नै सफल मानिएको चलचित्र बलिउड को सिक्वेल ‘बाहुबली –२’ पोस्टर सार्वजनिक गरिएको छ । दर्शकहरुका लागि उत्सुकताको विषय बनेको बहुप्रतिक्षित चलचित्र ‘बाहुबली–२’ मा कटप्पाले बाहुबलीलाई मार्छन् भन्ने कुरा चलचित्रका निर्देशक एसएस रामामौलीले सोशल मिडियामा पोष्ट गरेपछि चलचित्र हेर्नलाई दर्शक अझ बढी उत्सुक देखिएका छन् । हालै मात्र चलचित्रका निर्देशक रामामौलीले पोस्टरलाई सोशल मिडियामा सेयर गर्दै भनेका छन्, ‘जुन बच्चलाई उसले पालन–पोषण गर्‍यो, उसैलाई मार्यो !’ यही नै कथालाई ध्यानमा राख्दै चलचित्र ‘बाहुबली–२’ को पोष्टरहरु पनि सार्वजनिक गरिएको छ । पोस्टरको एक तस्वीरमा कटप्पाको हातमा बाल्यावस्थाको बाहुबलीलाई देखाइएको छ भने अर्को तस्वीरमा कटप्पाले बाहुबलीलाई तरबार प्रहार गरेको दृष्य देखाइएको छ । आफैंले हुर्काएको, स्नेह गरेको र भगवानसरह आदर गरेको बाहुबलीलाई कटप्पाले आखिर किन मारे भन्ने प्रश्न आम दर्शकका लागि कौतुहलताको विषय बनेको छ । त्यसका लागि दर्शकले चलचित्र प्रदर्शनको प्रतिक्षा गरिरहेका छन् । सोसल मिडियामा ‘कटप्पाले बाहुबलीलाई किन मार्‍यो’ भन्ने प्रश्न निकै चर्चित बनेको छ । ‘बाहुबली –२’मा अभिनेता प्रभाषलाई मुख्य रुपमा देखिएका छन् । चलचित्र २८ अप्रिल २०१७ मा प्रदर्शन हुनेछ । चलचित्रको ट्रेलर भने १६ मार्चमा रिलिज गरिने छ ।

राखी सावन्तको अस्लील भिडियो लिक

फागुन २८ । बारम्बार चर्चामा आईरहने बलिउड आइटम गर्ल राखी सावन्त फेरि चर्चामा आएकी छिन् । हुनतः उनको सकारात्मक भन्दा बढी नकारात्मक चर्चा नै हुने गर्छ । त्यस्तै अहिले पनि उनी चर्चामा आएकी छिन् । उनी चर्चामा आउनुको कारण भने एउटा एमएमएस भिडियो इन्टरनेटमा लिक हुनु हो । उक्त भिडियो इन्टरनेटमा लिक भएपछि उनी विवादमा फसेकी छिन् । एमएमएस कहाँबाट कसरी लिक भयो, त्यो हालसम्म खुलेको छैन । एमएमएस भिडियोमा राखी कपडा फेरिरहेकी छिन् । उनको सो एमएमएस अश्लील भएको भारतीय अनलाइनहरूले उल्लेख गरेका छन् । कतिपयले राखीले चर्चामा आउनका लागि आफैँले एमएमएस लिक गरेको दाबी गरेका छन् । बिग बोस १ की प्रतियोगीसमेत रहेकी राखी पछिल्लो समय एक कहानी जुलीकी फिल्ममा देखिएकी थिइन् ।

हाँस्य टेलिश्रृंखला ल्याप्छेको रिलिज

काठमाडौं, फागुन २२ । रेन्बो रेज मिडियाको प्रस्तुती रहेको हाँस्य टेलिश्रृंखला ल्याप्छेको ७४ भाग रिलिज भएको छ । दिलिप तमाङको लेखनमा लक्षमण लम्सालको निर्देशन रहेको ल्याप्चेमा प्रेम शर्मा पौडेलको सम्पादन र प्रकाश सुब्बा, मित्र तामाङ, दिलिप तामाङ, रोहित कार्की, देवी आले र लक्ष्मण लम्सालको अभिनय रहेको छ। जति दुःख गरेपनि आफ्नो पीडा कष्ट आफैसँगै हुन्छ भन्ने यही आशयमा ल्याप्छे ७४ भागमा प्रस्तुत गरिएको छ ।

तौल घटाउँदै सलमान

फाल्गुन २१ । चलचित्रका कलाकारहरुले तौल घटाउनु र बढाउनु भनेको उनीहरूको आगामी चलचित्रमा हुने भूमिका तथा चरित्रको आधारमा हुने गर्दछ । त्यस्तै बलिउड खान सलमान खानले पनि आफ्नो बढाएको तौल घटाउन लागेका छन् । चलचित्र ‘सुल्तान’ का लागि बढाएको तौललाई सलमानले व्यवस्थापन गर्न लागेका हुन् । सलमाले चलचित्र ‘सुल्तान’का लागि तौल बढाउनुका साथै कपाल समेत छोट्याएका थिए । यतिबेला सलमान खान ‘टाइगर जिन्दा है’ का लागि आफ्नो शरीरबाट करिब १८ केजी तौल घटाउँदैछन् । बलिउड चलचित्र ‘दंगल’ मा आमिरले तौल बढाएको तथा घटाएको देखेका सलमानले निर्देशकको आग्रहअनुसार अहिले चरित्रअनुरूप आफूलाई ढाल्न तौल घटाउन थालेका हुन् ।

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

फागुन १६ । वरिष्ठ कलाकार तथा साहित्यकार रामशेखर नकर्मीको सोमबार निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित नकर्मीको ८० वर्षको उमेर निधन भएको हो । उमेरमा निधन भसोमबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । बहुआयामिक प्रतिभाका धनी रामशेखरले आफ्नो जीवनको ६ दशक हास्यव्यंग्य लेखनमा बिताएका थिए । नाट्य एवं हास्यव्यंग्य क्षेत्रमा विशिष्ट योगदान गरेका नकर्मीका उपन्यास, कथा नेपालभाषामा स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश छन् । उनले व्यंग्य लेखनमात्र नगरी आफैंले लेखेका प्रहसनहरुको निर्देशनका साथै त्यसमा अभिनयसमेत गरेका थिए । नेपाल भाषाका थुप्रै टेलिसिरियल, फिल्ममा अभिनय, लेखन तथा निर्देशन गरेका उनले कवि दुर्गालाल श्रेष्ठसँग संयुक्तरुपमा नेपालभाषाको फिल्म ‘राजमति’को लेखनसमेत गरेका थिए । उनले मह जोडीको ‘१५ गते’ र ‘लक्ष्मी’लगायत नवीन सुब्बाको बहुप्रशंसित टेलिसिरियल ‘दलन’ तथा ऐतिहासिक पृष्ठभूमिमा बनेको चलचित्र ‘वीर गणेशमान’समेतमा अभिनय गरेका थिए । उनका चार छोरा र चार छोरी छन् ।

‘लुट–२’को आक्रामक व्यापार ! दुई दिनमा कमायो तीन करोड, ‘छक्का पञ्जा’ को रेकर्ड ब्रेक

काठमाडौं, फागुन १५ । नेपाली चलचित्र उद्योगमा सबैभन्दा छिटो धेरै कमाउने चलचित्र बनाएर ‘लुट–२’ रेकर्ड बनाएको छ । प्रदर्शनमा आएको दुई दिनमा ३ करोड ग्रस कलेक्सन गरेर चलचित्रले यसअघि छक्कापञ्जाले राखेको रेकर्ड पनि तोडेको छ । फागुन १३ गते शुक्रबार रिलिज भएको ‘लुट–२’ ले सुरुवाति दुई दिनमै तीन करोडको कारोबार गर्दै दुई दिनमा अहिलेसम्मकै धेरै कमाउने सिनेमा बनेको हो । काठमाडौंका सबै हलहरु र काठमाडौं बाहिरका ८० वटा हलमा चलिरहेको फिल्मले काठमाडौंबाट शनिबार मात्रै एक करोड ५० लाखभन्दा माथिको व्यापार गरेको यसका निर्माता नरेन्द्र महर्जनले बताए । निश्चल बस्नेतको निर्देशन अनि नरेन्द्र महर्जन र माधव वाग्लेको निर्माण रहेको ‘लुट–२’ मा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, सिर्जना सुब्बा, प्रतिकराज न्यौपाने लगायत कलाकारको मुख्य भूमिका छ यसअघि छक्का पञ्जाले दुई दिनमा एक करोड ७५ लाखको ग्रस कलेक्शन गर्दै सुरुवाति दुई दिनमा सबैभन्दा धेरै कमाउने सिनेमा बनेको थियो । तर ‘लुट–२’ ले दुई दिनमा तीन करोड भन्दामाथिको ग्रस कलेक्सन गरेपछि नयाँ रेकर्ड राखेको हो ।

‘लुट–२’ : हाउसफुल हलहरु

फागुन १४ । निश्चल बस्नेतद्वारा निर्देशित नेपाली फिल्म ‘लुट २’को बम्पर ओपनिङ  गरेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको उक्त फिलिमले राजधानीका अधिकांश मल्टिप्लेक्स अनि सिंगल स्कृन हलहरुमा हाउसफूल बनेका छन् । राजधानी तथा बाहिरका मुख्य सहरहरु नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोडलगायतका स्थानका हलहरुमा पनि चलचित्रले उत्तिकै सफलता पाएको निर्माण पक्षले जनाएको छ । बर्ष २०७३ कै सर्वाधिक प्रतिच्छित फिल्म बनेको माधव वाग्लेको ‘लुट–२’ को ओपनिङ डे कलेक्शन नै अहिलेसम्मकै फिल्मको रेकर्डमै सबैभन्दा बढी भएको बताइएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, एलिशा राई, कर्मा शाक्य, कामेश्वर चौरासिया, विपिन कार्की, सुशिल पाण्डे, ऋचा शर्मा लगायत लिड अभिनयमा छन् । फिलिम ‘लुट’ काे सिक्वेल बनाइएकाे हाे । शनिबार अनि आइतबार पनि लगातार परेको विजनेसले फिल्मको पहिलो तीन दिने कलेक्शन ३ करोड बढिको हुनसक्ने अनुमान छ ।

प्रेम, युद्ध र धोकाको कथाः चलचित्र र‌ंगुन

चलचित्रः रंगुन निर्माताः साजिद नाडियाडवाला, विशाल भारद्वाज निर्देशकः विशाल भारद्वाज कलाकारः कंगना रनौत, शाहिद कपूर, सैफ अली खान, रिचर्ड मैकेबे संगीतकारःविशाल भारद्वाज निर्देशक विशाल भारद्वाजले ४० को दशकमा भारतमा हुने गतिविधिमा आधारित भएर त्रिकोणात्मक प्रेम चलचित्र बनाए, ‘रंगुन’ । यो प्रेम कहानीको सुरुवात युद्धबाट सुरु हुन्छ । दोस्रो विश्वयुद्ध चलिरहेको र भारतमा पनि स्वतन्त्रताको लडाइ लडिरहेको समयमा तीन पात्र विचको प्रेम कहानीलाई रंगुनमा समेटिएको छ । बलिउडका तीन प्रख्यात कलाकार कंगना रनावत, सैफ अलि खान र साहिद कपुरद्धारा अभिनित चलचित्र रंगनुमा के छ त? कथाः चलचित्र रंगुनको कथा बलिउडकी प्रख्यात एक्सन क्वीन जुलिया (कंगना रनावत) को हो । जुलिया रुसी विलीमोरिया सैफअलि खानको प्रोडक्सन कम्पनीमा काम गर्छिन । रुसी र जुलिया एकअर्कासंग प्रेम गर्छन । जुलियालाई बर्माको सिमामा सैनिकको मनोरन्जनको लागि पठाइएको हुन्छ । त्यहाँ जुलियाको भेट एक भारतीय सिपाही नवाब मलिक(साहिद कपुर)संग हुन्छ । नवाबसंग जुलियाको प्रेम बस्छ । तर जुलिया फेरी पुरानो प्रेमी रुसीकोमा फर्किन्छन् । रुसीले पनि जुलियाको लागि आफ्नो श्रीमतीलाई डिर्भोस दिइसकेका हुन्छन् । कथाले त्यो बेला मोड लिन्छ जब रुसीलाई जुलिया र नवाब बिचको प्रेम सम्बन्धबारे थाहा हुन्छ । कथामा ४० को दशकमा भारतको ऐना देखाउँदै त्रिकोणात्मक प्रेम देखाइएको छ । जुलिया, नबाव र रुसीबीचको त्रिकोणात्मक प्रेम र युद्धलाई चलचित्रले चित्रण गर्न खोजेको छ । निर्देशनः सधैंको जस्तो यो पटक पनि निर्देशन विशाल भारद्धाजको निर्देशन निकै प्रसंसनीय छ । रियल लोकेशनमा भएको सुटिङले भारतमा चालिसको दशकमा भएको युद्धको कुरालाई जीवन्तता दिएको छ । सिनेमाटोग्राफी पनि निकै राम्रो छ । भारत स्वतन्त्रताको लडाइ र त्रिकोणात्मक प्रेमलाई निकै सशक्त रुपमा निर्देशकले प्रस्तुत गरेका छन् । अभिनयः चलचित्रमा कंगना रनावताको अभिनयले सबैलाई एकपटक फेरी चकित पारेको छ । उनको अभिनय निकै जीवन्त छ । सैफअलि खान र शाहिद कपुरले चलचित्रमा आफ्नो भुमिकाले दर्शकको मन जित्न सफल भएका छन् । मेजर जनरलको भुमिका निभाउने , रिचर्ड मैकेबे को अभिनय निकै दमदार छ । किन हेर्नेः कंगना रनावतको कलाले तपाइलाई मोहित बनाउन सक्छ । उनको प्रशंसकको लागि यो चलचित्र उत्कृष्ट हुन सक्छ । यस्तै सैफअलि खान र साहिदको फ्यान हुनुहुन्छ भनेपनि तपाई यो चलचित्र हेर्न सक्नुुहुन्छ ।

करिनाले गरिन पति र पूर्व प्रेमीकाे यस्तो तारिफ

फागुन ९ । अभिनेत्री करिना कपुरले आफ्ना पति सैफ अलि खान र पूर्व प्रेमी साहिदले सँगै अभिनय गरेको बलिउड फिलिम ‘रंगुन’ हेरेपछि दंग पर्दै यस फिलिम वर्षकै उत्कृष्ट हुने प्रतिक्रिया दिएकी छिन् । हालसालै उनले यस फिलिम हेरेर त्यसतो प्रतिक्रिया दिएकी हुन् । उनले भनिन्, ‘मैले यो फिल्म हेरे, यस वर्षकै उत्कृष्ट फिल्म हुने आश गरिरहेकी छु किनकी यस फिल्मलाई मेरा प्रिय निर्देशक विशाल भारद्वाजले निर्देशन गरेका छन् जसले ओमकारा पनि बनाएका थिए ।’ यस फिलिमलाई दर्शकले पनि मनपराउने उनले आशा व्यक्त गरिन् । उनले फिल्ममा लङ्डा त्यागीको भूमिकामा सैफ अत्यन्तै राम्रो देखिएको बताइन् । त्यस्तै ‘रंगुन’मा सैफले यस अघि कहिल्यै निर्वाह नगरेको पारसी भूमिका असरदार रहेको पनि बताइन् । विशालका फिल्मका नकारात्मक पात्रहरू सधैं दंग पार्ने किसिमका हुने उनले बताइन् । फिलिममा कंगना, सैफ तथा शाहिद जस्ता ३ जना चम्किला कलाकारहरूको वेजोड प्रस्तुती रहेको उनले बताइन् । उनीहरू फिल्म उद्योगका उत्कृष्ट कलाकारहरू हुन् भन्दै आफू उनीहरूबाट कम आशा गर्न नसक्ने बताइन् ।