शनिबार पनि ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ ।

यसैबीच आयोगले शनिबार साँझ ७ बजेसम्म ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज मुगु, डोल्पा, बाँके र बर्दिया जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगले पिडिएफ फाइल अपलोड गरिसकेको छैन । केही बेरमा अपलडो गरिने जनाइएको छ ।

मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा।वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो ।

आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो ।

आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

आज थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले शुक्रबार साँझ ६ बजेसम्म ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज हुम्ला, जुम्ला, कालिकोट र जाजरकोट जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

अभ्यासबाटै सिकाउनुस व्याकरण, केही विशेष सन्दर्भसहित

काठमाडौं । प्रयोगात्मक नेपाली शब्दकोश’ का सम्पादक बद्रीविशाल भट्टराईले ँनेपाली बृहत् शब्दकोशको कोशवैज्ञानिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका छन् । ँनेपाली भाषामा भाषासम्बन्धी आन्दोलनहरू’ उनको अर्को पुस्तक हो । त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयका प्राध्यापक भट्टराईका भाषा र व्याकरणसम्बन्धी लेखहरू प्रशस्त देख्न पाइन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ँनेपाली बृहत् शब्दकोश’ को पछिल्लो परिमार्जित संस्करणमा समेत उनको संलग्नता छ । नयाँ पुस्ता जब कुनै पनि नेपाली शब्दको हिज्जे वा नियम जानें भन्ने निश्चयमा पुग्छ, त्यति बेला त्यो फेरि परिवर्तन भइसकेको हुन्छ । खालि पद योग, पद वियोग र वर्णविन्यासमै केन्द्रित हुने हाम्रा कोशकार र वैयाकरणको प्रवृत्तिले नेपाली भाषालाई कता लैजाला ? नेपाली भाषालाई शुद्ध, मानक र एकरूपताका दृष्टिले व्यवस्थित गर्न चाहिने आधारभूत कुरा भनेकै वर्णविन्यास, पद योग र पद वियोग हुन् । यद्यपि यी व्याकरण अन्तर्गत पर्ने कुरा होइनन् । एकरूपताका हिसाबले धेरैको अपेक्षा त्यसमा रहेको हुनाले त्यतातर्फ ध्यान गएको हो । वर्ण विन्यास शब्द भण्डारसँग सम्बन्धित कुरा हो । नेपाली भाषाको शब्द भण्डार तत्सम, तद्भव, आगन्तुक तीन मूलका शब्दले बनेको छ । तत्सम शब्द भनेको संस्कृत हो । संस्कृत शब्द संस्कृतकै नियममा व्यवस्थित छन् । तद्भव र आगन्तुक शब्दमा चाहिँ बढी अन्योल खडा भएको हो । एक थरीको मत आगन्तुक शब्दलाई आगन्तुक नियममै व्यवस्थित गर्नुपर्छ, शिकार, शहर, महशूसलाई यथावत् रहनदिऔं भन्ने छ । वास्तवमा आगन्तुक शब्द एउटै स्रोतबाट आएका छैनन् । भूमण्डलीकरण र संसारको तीव्रतम विकासले शब्द यति आइराखेका हुन्छन्, ती कहाँबाट आए भन्ने पत्तो पाउने अवस्थै रहेन । त्यसैले नेपाली वर्ण विन्यास अन्तर्गत तत्समलाई संस्कृत तथा तद्भव र आगन्तुकलाई नेपाली नियमबाट व्यवस्थित गर्न थालिएको हो । नेपाली नियममा खास गरी केही वर्णहरू नेपाली उच्चार्य वर्णमालामा पाइँदैनन् । जस्तो- ऋणको ऋ र रिसाउनुको रि मा उच्चारणको भिन्नता केही छ रु पहिले संस्कृतमा थियो होला, नेपालीमा छैन । अर्को कुरो, गोरुसिङे ञ सिङ्गो प्रयोग भएको कुनै शब्द पाएका छौं रु संस्कृतमा पनि त्यो आधा -ञ्) मात्रै छ । त्यसको उच्चारण के हो त रु आधा प्रयोग हुनेबित्तिकै त्यसको उच्चारण न् हुन्छ । लेख्दा अञ्चल लेखिए पनि त्यसको उच्चारणमा न् नै आउँछ । त्यसै गरी, ण पनि आधा प्रयोग हुँदा त्यसको उच्चारण न् नै हुन्छ । कण्ठ, दण्ड आदि सबै शब्दमा न् कै उच्चारण हुन्छ । हामीले तत्सम शब्दका लागि त ती वर्णहरू प्रयोग गर्न सक्छौं, आगन्तुक र तद्भवका लागि गर्न सक्तैनौं । गुन्टा, गुन्डा लेख्ता न् को ठाउँमा ण् किन लेख्ने, जबकि त्यसको उच्चारण न् नै छ ? आगन्तुक शब्दलाई नेपालीकरण गर्ने निहुँमा वर्ण परिवर्तन गर्नु महेन्द्रीय राष्ट्रवादको उपज हो भनिन्छ नि रु तत्कालीन राजाले नेपाली भाषालाई हिन्दीबाट पृथक् देखाउन हिज्जे परिवर्तन गर्न प्रेरित गरेका थिए रे । महेन्द्रीय राष्ट्रवाद भन्नेभन्दा पनि हाम्रो उच्चारणमा ध्यान दिनपुर्छ । शहरको उच्चारण हामीले त्यही अनुसार गर्छौं र ? शहर उच्चारण गर्दा र साग उच्चारण गर्दा, सोच्नु उच्चारण गर्दा र शब्द उच्चारण गर्दा श वा समा भेद सुनिन्छ ? तत्समै शब्दको उच्चारणमा पनि हामी भेद गर्दैनौं । शब्द, षट्कोण र संसारमा हामी एउटै स उच्चारण गर्छौं । उच्चारण व्यवस्थाका आधारमा वास्तवमा हाम्रो एउटै स छ । मोटो श, पेट चिरेको ष र पातलो स गरी सका तीन भेद संस्कृतका हुन् । दक्षिण एसियाभरि संस्कृत एकनास चलेको हुनाले त्यसलाई नचलाइदिऔं भनेर यथावत् राखिएको मात्र हो । आगन्तुकका लागि छुट्टाछुट्टै स राख्नुपर्ने कुनै आवश्यकता छैन । त्यसमा कसैको राष्ट्रवाद भन्ने कुरै छैन । श, ष र स लाई कसैले छुट्टाछुट्टै उच्चारण गरेर देखाउन सक्छ भने त्यति खेर सोच्ने कुरा हो । नत्र संस्कृतमै पनि उच्चारण गर्न नसकिएको कुरालाई हामीले अनुसरण गरिरहनुपर्छ भन्ने छैन । पद योग र पद वियोगबारे चाहिँ ? नेपाली भाषाको एउटा प्रमुख समस्या भनेको वर्ण विन्यास पनि हो । तत्समलाई चलाउनु हुन्न । तद्भव र आगन्तुकलाई नेपाली नियममा व्यवस्थित गरिदिनुपर्छ । पद योग र पद वियोग सम्बन्धमा चाहिं कति वटा शब्दसम्मलाई जोड्ने र कति वटालाई छुट्याउने भन्नेमा बडो अलमल छ । हाम्रा चर्चित लेखकले एउटा शब्द लेखेका छन् ः क्षत्रियधर्मधुरन्धरप्राचीनआर्यमर्यादापालक । तिनले विप्रलम्भशृङ्गाररस पनि एउटै डिकोमा लेखेका छन् । कसैकसैले धेरै शब्दलाई योजक चिह्न –) का माध्यमले जोडेर पनि लेख्ने गरेका छन् । समस्त शब्द भएका कारण जोडिनुपर्छ भन्ने यस्ता प्रयोगकर्ताको मान्यता हुन्छ । तर लामालामा शब्दको प्रयोगले नेपाली भाषालाई कति जटिल बनाइरहेको छ, यसबाट हामीले आँखा चिम्लिनु हुँदैन । अर्कातिर समस्त शब्द नै भए पनि सञ्चार गृह, समाचार पत्र, पर्यटन मन्त्री जसरी अलग-अलग लेखिएको पनि व्यवहारमा देखिइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि त समस्त शब्द हो नि, यी चार शब्दलाई एउटै डिकोमा लेख्नु हो भने के होला ! हाम्रामा चाहिं समस्त शब्द छोटै हुने रहेछ भने जोडिदिइहाल्ने, लामो हुने रहेछ भने चाहिं आँखालाई अमिल्दो हुन्छ भनेर नजोड्ने चलन पनि देखिइरहेको छ नि ? शब्दलाई छुट्याउँदा वा जोड्दा अर्थमा फरक पर्दैन भने त्यस्तो अवस्थामा हामीले किन जोडिरहने रु नेपाल सरकार भनेको नेपालको सरकार हो । अर्थात्, समस्त शब्द । यी दुई शब्द नजोड्दा के बिग्रेको छ र रु अर्थमा फरक पर्दैन भने समस्त शब्दलाई नै अलग-अलग लेख्ने हाम्रो लेखन प्रवृत्ति छ । त्यसैले यसमा छुट्टै व्यवस्था के गर्न खोजिएको छ भने दुई(तीन लिपि चिह्नसम्ममा लेखिएका समस्त शब्दलाई जोड्ने गर्नुपर्छ । तीभन्दा बढीलाई चाहिँ छुट्याउने व्यवस्था गरिएको छ । तर पूर्वापर शब्द जोडिँदा विकार आउँछ भने जोड्नुपर्छ । जस्तो ः राजाको दरबार राजदरबार भयो । राजाका ठाउँमा राज भयो अर्थात् विकार आयो । विकार आउँदैन भने ती घटकलाई अलग्गै छोडिदिनुपर्छ । यसो गर्दा लेख्नपढ्न सजिलो हुन्छ । शब्दको सत्ता स्वतन्त्र हुन्छ । अलग(अलग लेखिनु यिनको विशेषता हुन्छ । नामयोगीलाई के गर्ने ? नेपालीमा नामयोगी तीन किसिमका छन् ः दुइटा लिपि चिह्न आउने (जस्तो ः सँग, तर्फ, माथि, तल, वारि, पारि।।।०, तीनटा लिपि चिह्न आउने -जस्तो ः समेत, बाहेक, बापत, मार्फत।।।) र चारोटा लिपि चिह्न आउने (जस्तो ः अनुसार, बमोजिम, मुताबिक।।।० । दुईदुई लिपि चिह्नका नामयोगी जोड्ने (जस्तो ः हामीसँग) र बाँकीलाई अलग्गै लेख्ने (जस्तो ः हामी बाहेक, देहाय बमोजिम) । नियम लामा, छोटा सबैतिर एकनास हुनुपर्ने होइन र ? हो, तर माथिल्लो तहमा हामीले गर्ने बौद्धिक विलासलाई साना केटाकेटीको पठनपाठनमा लैजाँदा असजिलो हुन्छ । अर्को कुरा, दुई लिपि चिह्नसम्मका नामयोगी किन जोड्नुपर्छ भन्दा हामीले विभक्ति (को, का, की, लाई, देखि, बाट।।।) लाई जोडेरै लेख्ने गरेका छौं । विभक्तिको अधिकतम संरचना दुई लिपि चिह्नको हुन्छ । विभक्ति हामी जोड्छौं भने दुई लिपि चिह्नसम्मका नामयोगी पनि जोड्नुपर्छ । किनकि, नामयोगी पनि विभक्ति जस्तै हुन् । तेस्रो कुरा, लगायत, बमोजिम जस्ता नामयोगी आगन्तुक शब्द हुन् । त्यसैले तिनलाई अलग लेख्ने व्यवस्था गरिएको हो । सरलताका लागि पनि यसो गरिएको हो । र, यसलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पनि स्वीकार गरेको छ । यो कुनै समस्या होइन । हामीले अहिलेसम्म भाषा नियमबाट सिकायौं । तर भाषा अभ्यासबाट सिकाउँदै लैजानुपर्छ । प्राथमिक तहदेखि नै सुरु गर्नुपर्छ । हाम्रो भन्दा बढी समस्या केटाकेटीहरूकै हो । उनीहरूलाई सिकाउँदै सँग, तिर जोड्न, समेत, बाहेक, लगायत, मुताबिक अलग लेख्न लगाउनु पर्छ । नियम त शिक्षकले मात्र बुझ्नुपर्छ, केटाकेटीका दिमागमा छिर्दैनन् । पद योग र वियोग जस्तै अन्योल ह्रस्व(दीर्घमा देखिइरहेको छ । आमाबुवाले लेख्दै आएका बूढाबूढी छोराछोरीका पालामा बुढाबुढी भइरहेका छन् । अव्यय (पनि, माथि।।।) लाई ह्रस्व नै चलाउनुपर्छ । नामहरूमा अन्तिमको पुलिङ्गी शब्द भए ह्रस्व (पति, दाजु।।।), स्त्रीलिङ्गी भए दीर्घ (पत्नी, दिदी, फुपू।।।) लेखिरहेकै छौं । नयाँ व्यवस्थाले तत्सम शब्दलाई चलाएकै छैन, तद्भव र आगन्तुक शब्दका सुरु र बीचका ह्रस्वलाई दीर्घ गर्नुपर्छ (जस्तो ः बुढा, बिच, सिधा।।।)। शिरविन्दु, चन्द्रविन्दुलाई कसरी सम्बोधन गर्ने ? शिरविन्दु भन्नेबित्तिकै ङ, न र म को कुरा आयो । तद्भव र आगन्तुक शब्दका लागि उच्चारण अनुसार ङ, न र म को प्रयोग गर्नुपर्छ । कतैकतै सवर्गीय पञ्चम वर्ण पनि लाग्छन् । तत्सम शब्दमा चाहिँ पछिल्लो वर्ण य, र, ल, व, श, ष, स, ह भए शिरविन्दु नै प्रयोग गर्नुपर्छ । पाणिनीय व्याकरणले निर्दिष्ट गरेको कुरा हो यो । यद्यपि वैकल्पिक रूपमा अरू वर्णमा पनि शिरविन्दु लाउन सकिन्छ भनिएको छ । सङ्क्षिप्त रूप कसरी लेख्ने ? यसमा एक्रोनिम र एब्रिभिएसन दुई थरी भेद हुन्छन् । थोप्लोथोप्लो (जस्तो ः गा।वि।स। राखिदिऔं भने त्यो सङ्क्षिप्त रूप भयो । थोप्लो नराखीकन एउटै डिकोमुनि लेखिदिऔं भने (जस्तो ः गाविस) त्यो अंशाक्षरी भयो । अंशाक्षरी शब्दलाई हामीले कोशमा राख्न खोजिरहेका छौं । एउटै डिकोमुनि लेखिए अगाडि र बीचमा ह्रस्व तथा अन्त्यमा दीर्घ गर्ने (जस्तो ः युएनडिपी), थोप्लो दिएर लेखिए ती एकाक्षरी हुन्छन् र तिनलाई सबैतिर दीर्घ नै लेख्ने (जस्तो ः यू।एन।डी।पी।)। नेपाल प्रज्ञा प्रतिष्ठानले केही समयअघि गरेको भाषा सङ्गोष्ठीमा पनि यो कुरा उठेको थियो । बुझ्नुपर्ने कुरा के हो भने सरलतातिर जाने सिलसिलामा यस्ता केही परिवर्तन हुने गर्छन् । अङ्ग्रेजीकै कुरा गरौं न, अमेरिकी एक खालको छ, बेलायती अर्को खालको । भाषालाई अद्यावधिक गर्दै पनि गर्नुपर्छ । तर अङ्ग्रेजी भाषामा उच्चारणमा नआउने वर्ण पनि यथावत् राखिएका छन् । पलषभ, पलभभ जस्ता शब्दमा प को काम नभए पनि शब्द परम्परालाई सम्मान गर्दै उनीहरूले त्यसलाई हटाएका छैनन् । बेलायत, अमेरिका जस्ता मुलुकमा भाषा सिकाउने प्रशस्त माध्यमहरूको विकास भएको छ । सामग्रीहरू पनि प्रशस्त मात्रामा छन् । तिनीहरूको र हाम्रो अवस्था एकनासको छैन । हाम्रामा तद्भव नियम ह्रस्व भनेर पढाइराखिएको छ । यो कुरा आजको होइन, वि.सं. १९६९ मा चन्द्रिका व्याकरण प्रकाशित भएदेखि यस्तै चल्दै आइरहेको छ । अर्को तद्भव नियम चाहिँ क्षतिपूर्ति दीर्घी भवन, त्यसपछि सङ्ख्या तद्भव अर्को नियम, शिष्ट प्रचलन तद्भव भनेर अझ अर्को नियम । एउटा तद्भवका लागि तीन-चार वटा थुम्का राखेर सिकारुलाई कति अलमल्याउनु ? पाँच कक्षामा पढ्दा एक किसिमले लेखेको शब्द सात कक्षामा पुग्दा अर्कै किसिमले लेख्नुपर्‍यो भने चाहिँ अलमल हुँदैन र ? त्यति मात्र होइन, एउटै कक्षाका दुइटा किताबमा दुई थरी हिज्जे पनि पढाइरहनुपरेको छ । हाम्रा पाठ्यपुस्तकमै एकरूपता नभएर यस्तो भद्रगोल भएको हो । छ कक्षाभन्दा तल व्याकरणको व पनि उच्चारण गर्नु हुँदैन । वर्णविन्यास, पद योग र पद वियोग व्याकरणमा पर्दैनन् । यी व्याकरणका विषय होइनन् । व्याकरण भनेको वाक्य हो । हाम्रामा चाहिँ सबै कुरालाई मिसाइएको छ । व्याकरणको कुरा गर्ने हो भने वाक्यतर्फ जानुपर्ने हुन्छ । त्यसपछि चाहिँ व्याकरण प्रयोगात्मक ढङ्गले पढाउनुपर्छ । व्याकरण नियमबाट पढाउने नै होइन । यहाँ व्याकरण शिक्षण नियममुखी भयो । वर्णविन्यास पनि अभ्यासबाटै सिकाउनुपर्छ । अंगे्रजी पढ्नेहरूले झुक्किएर पनि गाईलाई अबध किन नलेखेका हुन् भने उनीहरूलाई सयौँ चोटि अयध लेख्न लगाएर अभ्यस्त बनाइएको हुन्छ । हाम्रोमा सङ्क्रमण कालका कारण अलिक समस्या उत्पन्न भइरहेको छ । नेपाली भाषा-व्याकरणमा सङ्क्रमण काल छ-छ महिनामा आइरहन्छ । कुनै पनि विषय सरल, सहज र वैज्ञानिक हुँदै जान्छ भने त्यसलाई स्वीकार गर्नुपर्छ । बाउआमाले पढेकै कुरा छोराछोरीले पढ्नु हो भने विकास कसरी हुन्छ र ? हामीले अभिलेखकालीन भाषा नै चलाए भइगयो नि । हामी महाकवि देवकोटाले चलाएको भाषाभन्दा पनि निकै अगाडि बढिसकेका छौँ । यो त भाषा विकसित हुँदै गएको लक्षण पनि हो । अर्को कुरा, हाम्रो देशमा बहुभाषिकता, बहुजातीयता, बहुसांस्कृतिकता छ । नेपाली सम्पर्क भाषाका रूपमा छ । यसको लेख्य रूपमा एकरूपता आवश्यक भइसकेको छ । त्यसैले नेपाली भाषा-व्याकरणका नियम कमभन्दा कम पार्नुपर्छ, अपवादको न्यूनीकरण आवश्यक छ । व्याकरणका नियमबारे सम्बन्धित निकायले सिन्को नभाँच्ने, व्यक्तिगत स्तरमा चाहिँ आआपः्नै नियम लादेर पुस्तक निकालिनु कत्तिको जायज हो ? नियामक संस्था नभएर यस्तो भइरहेको हो । प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, त्रि।वि। को पाठ्यक्रम विकास केन्द्र, शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले एकीकृत रूपमा एउटै मापदण्डमा भाषा-व्याकरणका पुस्तक निकाल्नुपर्ने हो । प्रज्ञा प्रतिष्ठान धेरै वर्षसम्म नेतृत्वविहीन रहेपछि विश्वविद्यालयले २०६५ मा आपनै पहलमा बीए नेपालीको पाठयक्रम परिवर्तन गर्‍यो । त्यस बेला वर्ण विन्यास, पद योग र पद वियोग सम्बन्धमा नयाँ अवधारणाहरू आए । कतिलाई अपनाइयो, कतिबारे बहस चलिरहेको छ । प्रतिष्ठानको हालैको भाषा सङ्गोष्ठीले बीएको पाठ्यक्रमले ल्याएको अवधारणालाई ८० प्रतिशत ग्रहण गरेको छ । वर्णविन्यासमा केही परिवर्तन पनि आएका छन् । क्षतिपूर्ति दीर्घीभवन भन्ने तपाईंहरूले सुन्नुभएकै होला । संस्कृत दुग्धबाट प्राकृतमा दुद्ध भयो अनि नेपाली दूध लेखिन थाल्यो । तर यस्ता शब्द तद्भव भएकाले सबै ह्रस्व (दुध) गर्नुपर्ने कुरा उठ्यो, हामीले त्यही मान्न थालेका छौं । सङ्ख्यावाचक शब्दहरू तीन, बीस, तीस, बत्तीस, चालीस जस्ताका अगाडि र बीचका दीर्घ ईकार पनि अब ह्रस्व लेख्न थालिसक्यौं । एक थरी वैयाकरणहरू पत्रपत्रिका आदिमा जुन शब्द जसरी धेरै चोटि लेखिएको छ, त्यही हिज्जेलाई नै मान्यता दिनुपर्छ भनिरहेका छन् । कुरो के हो ? यसलाई प्रिmक्वेन्सी टेस्ट भनिन्छ । कर्पस-बेस्ड डिक्सनरी प्रिmक्वेन्सी टेस्टमा आधारित भएर बनाइन्छ । कोबिल्डको अङ्ग्रेजी डिक्सनरी यसै गरी बनेको हो । नेपालमा पनि यही विधि अपनाउने भनेर मदन पुरस्कार गुठीले धेरै डकुमेन्टेसन गरेको छ । यसले राम्रै परिणाम पनि ल्याउन सक्छ । तर के हुन्छ भने त्यसमा गल्ती लेख्नेहरूको आधिक्य भयो भने गल्ती नै जान सक्छ । धेरै पल्ट दोहोरिएको गल्ती पनि सही मानिन्छ भन्ने सिद्धान्त छ । शब्दकोश निर्माताहरूले प्रिmक्वेन्सी टेस्टलाई अचेल बढी महत्त्व दिने गरेका छन् । तर जहाँ लेख्य भाषा बढी मात्रामा व्यवस्थित भएको छ, एकरूपता भएको छ, त्यस्ता देशमा यो टेस्टले बढी काम गर्छ, अन्यथा गलत परिणाम ल्याउने खालको पनि हुन सक्छ । नेपाली भाषा-व्याकरणमा अझै कति दर्जन वर्षपछि एकरूपता आउला ? यो बडा गम्भीर प्रश्न हो । एकरूपता अङ्ग्रेजी भाषामै पनि आएको छैन, यद्यपि उनीहरूकहाँ पर्याप्त साधन-स्रोत छन् । हाम्रामा घराना (स्कुल) हरूले पनि फरक पारिरहेका छन् । हाम्रा संस्थाहरू दरा भए र त्यसलाई वैज्ञानिक, वस्तुनिष्ठ र अपवाद कम भएका नियमलाई व्यवस्थित गरेर लागू गर्न लागे भने धेरै हदसम्म एकरूपता आउन सक्छ । त्यसका लागि यति नै वर्ष लाग्छ भनेर तोक्न सक्ने अवस्था छैन । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

बिहीबार ७ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले बिहीबार थप ७ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बझाङ, कैलाली, बाजुरा जिल्लाको नतिजा सार्वजनिक गरेको हो । योसँगै सुदूरपश्चिम क्षेत्रको९ वटै जिल्लाको प्रा.वि नतिजा सार्वजनिक भएको छ । अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

थप २ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले बिहीबार थप २ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज सुदूरपश्चिमका कञ्चनपुर र डडेल्धुरा जिल्लाको नतिजा सार्वजनिक गरेको हो । कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा.तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

खनियाँको विवादस्पद निर्णय फिर्ता, विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा अनिवार्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले निजी मेडिकल कलेजहरुलाई फाइदा पुग्ने गरी गरेको निर्णय स्थगित भएको छ । भदौ ५ मा उपकुलपतिबाट अवकाश पाउँदै गर्दा खनियाँले चिकित्सा शिक्षामा प्रवेश परीक्षा बिनै विदेशी विद्यार्थी भर्ना गर्ने विवादास्पद निर्णय गरेका थिए । स्रोतकाअनुसार कार्यवहाक उपकुलपति सुधा त्रिपाठीले प्राज्ञिक परिषद्को बैठक डाँकेर उक्त निर्णय थप छलफलका लागि विद्या परिषद्मा पठाउने निर्णय गराएकी हुन्। खनियाँले विद्या परिषद्को सहमति र प्रस्ताव बिनै मेडिकल कलेज संचालकहरुको आग्रहमा प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने (नीड) लाई मान्यता दिएका थिए। त्रिपाठीले उक्त निर्णयबारे जानकारी नभएको प्रतिक्रिया दिएकी थिइन्। सरकारले कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिएपछि त्रिपाठीले प्राज्ञिक परिषद्बाट पुनर्विचार र थप छलफलका लागि उक्त निर्णय विद्या परिषद्मा फिर्ता पठाइदिएकी हुन्। जसका कारण विदेशी विद्यार्थीले यहाँका मेडिकल कलेजहरुमा भर्ना हुन अब अनिवार्य रुपमा प्रवेश परीक्षा पास गरेको हुनुपर्नेछ। प्राज्ञिक परिषदले विद्या परिषद्को राय लिएर नेसनल मेडिकल इन्ट्रान्स टेस्ट (नीट) सम्बन्धी निर्णय रद्ध गर्ने त्रिवि स्रोतले जनाएको छ। यस विषयमा त्रिपाठीले कान्तिपुरसँग कुरा गर्न चाहिनन्। ‘प्राज्ञिक परिषद्मा उक्त निर्णयबारे छलफल चाँहि गरियो, केहि दिनमा पूर्ण निर्णय आउँछ,’ उनले भनिन्। प्राज्ञिक परिषद् बैठकमा खनियाँले गराएको निर्णय विद्या परिषद्मा फिर्ता मात्र गराउने कि रद्ध नै गर्ने भनेर छलफल भएको थियो। रद्ध गर्ने सहमति नजुटेपछि विद्या परिषद्को राय बुझेर मात्र निर्णय लिन लागिएको हो। प्रवेश परीक्षा नलिई विद्यार्थी भर्ना गर्ने निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरूले हालकै अवस्थामा एक शैक्षिक सत्रमा कम्तीमा ६० करोड रुपैयाँ अतिरिक्त कमाइ हुने थियो। खनियाँले त्रिवि अन्तर्गतका ६ निजी कलेजहरुको प्रभावमा विदेशी विद्यार्थीलाई भर्ना सहज हुने गरी निर्णय गराइदिएका थिए। उक्त निर्णयबारे प्राज्ञिक परिषद्ले समेत अनविज्ञता प्रकट गर्दै आएको थियो। नेपालका मेडिकल कलेजमा विदेशी विद्यार्थीका लागि कुल सिटको ३० प्रतिशत सिट तोकिएको छ। ती सिट विदेशी विद्यार्थीले पुरा नभए नेपाली विद्यार्थीले भर्ना पाउँछन्। गत वर्ष त्रिवि चिकित्सा शिक्षा अध्ययन शास्त्र (आईओएममा) भारतीय विद्यार्थीले प्रवेश परीक्षा पास गर्न नसकेपछि एक सय ५० नेपाली विद्यार्थीले उक्त रिक्त ठाउँमा भर्ना पाएका थिए। यदि नीट लागु नभए प्रवेश परीक्षामा सहभागी नभई पुरा सिटमा विदेशी विद्यार्थी भर्ना हुन्छन्। ती विद्यार्थीबाट मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा दोब्बर शुल्क लिने गर्छन्। सोहि कारण उनीहरुले निर्णय गराउन दबाब दिँदै आएका थिए। भारतमा मेडिकल कलेज अध्ययन गर्न चाहने विद्यार्थीले निट उत्तीर्ण गरेको हुनुपर्छ। आईओएमले निट उत्तीर्ण गरेको आधारमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न नसकिने भन्दै आफूले सञ्चालन प्रवेश परीक्षा समेत उत्तीर्ण हुनुपर्ने व्यवस्था लागू गरेको थियो। गत भदौ १ गते बसेको प्राज्ञिक परिषद् बैठकमा भारतको ‘निट’ लाई मान्यता दिने र नदिने छलफल भए पनि निर्णय भएको थिएन। तर पछि खनियाँले निर्णय भएको भनी आईओएमको डिन कार्यालय र सबै मेडिकल कलेजमा कार्यान्वयनका लागि परिपत्र गरेका थिए। त्रिविमा आबद्ध निजी मेडिकल कलेजहरूको संस्था ‘सोसाइटी अफ टीयू अफिलिएटेड हेल्थ इस्टिच्युसन्स नेपाल (स्टाहिन) ले ‘यस शैक्षिक सत्रदेखि निट लागू गर्ने’ भनी निवेदन दिएको थियो। सोहि आधारमा खनियाँले प्राज्ञिक परिषद्का सबै सदस्यलाई समेत थाहा नदिई निर्णय गराउन सफल भएका थिए। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

१३ बालिकाको विद्यालय पढ्न जंगलमै वास

काठमाडौं । सुनकोसीवारि रामेछापका माझी बालिका बर्खाभर पारि जंगलछेउमा कटेरोमा बसेर सिन्धुलीको झाँगाझोलीस्थित विद्यालयमा पढ्छन् सुनकोसी नदीमा पुल र डुंगा नहुँदा रामेछाप खाँडादेवी गाउँपालिका–१ कोथवेका सीमान्तकृत माझी समुदायका १३ बालिका पढ्नका लागि जंगलमै बस्न बाध्य छन् । गाउँमा प्राविसम्मको मात्रै विद्यालय भएकाले थप अध्ययनका लागि सुनकोसीपारि सिन्धुली जार्नैपर्ने भएकाले बालिकाहरू जंगलछेउमा कटेरो बनाएर बस्ने गरेका छन् । ६० परिवार माझी समुदाय बस्ने कोथवेका अधिकांश माझी बालक प्रावि तहबाटै अध्ययन छाड्छन् । धेरै पढेर सुन्दर भविष्य बनाउन कस्सिएका केही बालिका सिन्धुली सुनकोसी गाउँपालिका–३ झाँगाझोलीको गुटबजारस्थित श्री मावि पुग्नुपर्छ । तर, ८ र १० कक्षामा पढ्ने १३ बालिकालाई सुनकोसी किनारको जंगलछेउमा उभ्याइएको बारबन्देजविहीन कटेरोमा रात काटेर अध्ययन गर्न मुस्किल छ । कतिपयले त यही दुःखका कारण पढाइ छाडिसके । केही वर्षअघिसम्म नदी वारपार गर्न काठको डुंगा थियो । तर, थोत्रिएपछि नयाँ डुंगा बनाउन काठ नै नपाएको माझीहरू बताउँछन् । त्यसो त कोथवेबाट दुई घन्टाको दूरीमा पर्ने भिरपानी सित्खामा झोलुंगे पुल छ । तर, त्यहाँसम्म पुग्ने गोरेटो बाटो पहिरोले पुरेपछि गत वर्षदेखि अवरुद्ध छ । ‘हिउँदका वेला कोसीको पानी सङ्लो हुन्छ, ट्युबमार्फत वारपार गर्न खासै गाह्रो हुँदैन,’ कक्षा १० मा पढ्ने सुशीला माझीले भनिन्, ‘तर, वर्षात्का वेला नदीमा बाढी आउँछ । ट्युबबाट नदी तर्न सकिँदैन । त्यसैले हामी १३ जना साथी यही कटेरोमा बस्दै आएका छौँ । यहीँबाट विद्यालय आउजाउ गर्छौँ ।’ यी बालिकालाई शुक्रबार भने ट्युबमार्फत तारेर अभिभावकले घर लैजान्छन् । आइतबार बिहान फेरि कटेरोमा ल्याइदिन्छन् । यही वेला उनीहरूलाई हप्ताभर चाहिने खाद्यान्न र तरकारी पनि ल्याइदिन्छन् । बालिकाहरू कटेरोमै पकाएर खान्छन् । असारदेखि भदौसम्म यही दुःखमा उनीहरूको अध्ययन चल्छ । १० कक्षामा पढ्ने सुशीला माझी भन्छिन्–डरले रातभर निद्रा लाग्दैन बुबाआमा नदीपारि घरमा बस्नुहुन्छ । तर, कोसी सुसाएको आवाजले घरतिर कोही बोलेको सुनिँदैन । यता जंगलको छेउमा डरले रातभर हामीलाई निद्रा लाग्दैन । बीचमा को सुत्ने भन्ने विषयमा हरेक राति हामीहरूबीच विवाद नै हुन्छ । कोही पनि छेउमा सुत्न मान्दैनन् । जंगली जनावर र मान्छे दुवैको डर हुन्छ । ‘नेताहरूले आश्वासन मात्रै दिए’ तीनवटै तहको निर्वाचनका वेला नेताहरूले सुनकोसीमा झोलुंगेपुल निर्माण गर्ने आश्वासन दिएका थिए । तर, चुनावपछि कुनै पनि जनप्रतिनिधि माझी बस्ती नआएको कोथवेकी ज्ञानु माझीले बताइन् । ०३७ मा धार परिवर्तन गरी कोसी रामेछापको कोथवेतर्फ गएको थियो । त्यहीवेलादेखि उनीहरूको घर र खेतबारी वारिपारि भयो । अहिले बालिका बस्ने जंगलछेउका कटेरा उनीहरूकै बारीमा बनाइएका हुन् । केही माझीका कटेरा भए पनि बालिकाहरू एउटै कटेरोमा मिलेर बस्ने गरेका छन् । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले माझी समुदायको सुविधाका लागि कोसीमा झोलुंगेपुल हाल्न गाउँपालिकाले पहल गर्ने बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कसरी सिक्ने अंग्रेजी भाषा? जान्नुहोस् सरल उपाय

काठमाडौंः  कुनै पनि भाषा सिक्ने मानिसको अभ्यासमा निर्भर रहन्छ । हामी नेपाली भाषा राम्ररी बोल्न र बुझ्न सक्छौं किनभने यसको अभ्यासका निम्ति हामीसंग प्रशस्त समय रहेको हुन्छ । यदि हिन्दी भाषामा राम्रो प्रभाव छ भने त्यस पछाडिको कारण भनेकै हिन्दी सिक्ने अवसर मिलेको भएर हो । अंग्रेजी भाषा पनि पनि नेपाली र हिन्दीजस्तै अभ्यास गरेर सिक्ने भाषा हो । यो कुनै कठिन र तेस्रो ग्रहबाट आएकाहरुले मात्र जान्ने भाषा होइन । यहाँ हामीले अंग्रेजी भाषा सिक्ने विधि उल्लेख गरेका छौं । जसबाट तपाईं थोरै समयमा अंग्रेजी भाषाको जानकार व्यक्ति बन्नु सक्नुहुनेछ । १. अर्थ सम्झिएर अंग्रेजी किताव पढ्ने अंग्रेजी किताव वा पत्रपत्रिका पढ्दा त्यसको अर्थ लगाएर पढ्ने बानी बसाल्नुस् । अलिकति मात्र भाव बुझेर पढ्नु अंग्रेजी सिक्नेका लागि राम्रो तरिका होइन । यदि तपाईं अंग्रेजीमा धेरै कमजोर हुनुहुन्छ भने एकैपटक कुनै कठिन किताव वा पत्रिकाको अर्थ सम्झेर पढ्ने प्रयाश नगर्नुहोस् । पहिला साधारण र हलुका कितावको व्यवस्था गर्नुस् । त्यसको अर्थ दिनको दुई या तीन पेज दिनहुँ कुरा बुझेर पढ्ने गर्नु उपयुक्त हुन्छ । यस प्रयोजनका लागि तपाईंलाई डिक्सनरी आवश्यक हुनसक्छ । आजकल त गुगलमा तपाईंले चाहेका डिक्सनरी उपलब्ध छन् । यदि डिक्सनरीमा उल्लेख भएका शब्दको भाव बुझ्न कठिन भएमा कुनै साथी या शिक्षकको सहायता लिन नबिर्सनुस् । तपाईंले अंग्रेजीमा पढेको अध्याय नेपालीमा राम्ररी भन्न सक्ने गरी सिकेको हुनुपर्छ । यसरी साधारण अंग्रेजी कितावको अर्थ बुझेर पढ्ने क्षमता भइसकेपछि विस्तारै विस्तारै अलि कठिन कितावको अर्थ सम्झिएर पढ्ने कोशिस गर्दा उचित हुन्छ । तपाईं धैर्यसाथ यो काम अघि बढाउँदै जानुभयो भने यसमा उल्लेखनीय प्रगति गर्न सक्नुहुनेछ । यही प्रयाशको फलस्वरुप जुनसुकै खालका अंग्रेजी किताव वा पत्रपत्रिका पढ्दा राम्ररी कुरा बुझ्न सक्नुहुनेछ । २. अनुवाद गरी जाँच गराउने कुनै विषयबस्तु नेपाली भाषामा लेख्नुपर्यो भने हामी सजिलै लेख्न सक्छौं । त्यही काम अंग्रेजीमा गर्नुपर्यो भने शब्द र वाक्य बनाउने वाक्यको विधि नमिल्दा भावमै अन्तर आउन सक्छ । फलस्वरुप अंग्रेजीमा लेखिएको शब्दको आनको तान फरक आई कमजोरी छताछुल्ल हुनपुग्छ । यही कमजोरीलाई हटाउन सबैभन्दा उत्कृष्ट तरिका हो– नेपाली अंग्रेजीमा र अंग्रेजी नेपालीमा अनुवाद गर्नु । यस कमजोरीलाई हटाउन सबभन्दा उपयुक्त विधि भनेको एउटा साधारण अनुवादको किताव जुन अंग्रेजी र नेपाली अनुवाद भएको होस् । जसभित्र दैनिक जीवनमा प्रयोग गरिने भाषाको प्रशस्त अभ्यास भएको होस् । त्यसपछि दिनैपिच्छे एक दुई पाठ नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा अनुवाद गर्नुहोस् । अनुवाद गरेपछि त्यसलाई जचाएर कहाँ गल्ती छ, सच्याएर अघि बढ्नुस् । शुरुमा सजिलो खालको अनुवाद गर्नुस र अध्ययन बढ्दै गएपछि कठिन भाषाको अनुवादमा लाग्नुस् । अनुवादका कस्ता पुस्तक उपयोगी हुन्छन रु पठनशैली कस्तो गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा शिक्षकको सल्लाह उपयुक्त हुन्छ । यसखाले दोहोरो अनुवाद र लेखनको अभ्यास एकसाथ गर्दै जाँदा मानिसमा मौलिक सिर्जना गर्ने आत्मविश्वास बढ्दै जान्छ । यसका लागि धैर्य आवश्यक छ । एक या दुई महिनाको प्रयासले यस्तो उपलब्धि हात लाग्दैन् । कम्तिमा एक वर्ष तपाईंले समर्पण गर्ने आँट गर्नुभयो भने सुधार हुने विश्वास लिन सकिन्छ । ३. अंग्रेजी व्याकरण पढेर अभ्यास गर्ने कुनै पनि भाषाको स्वरुपा या बनोट त्यसको व्याकरणमा निर्भर रहन्छ । त्यसैले अंग्रेजीको राम्रो जानकारीका लागि अंग्रेजी व्याकरणको जानकारी आवश्यक छ । तर तपाईं अंग्रेजी भाषाको गहिराईसम्म पुग्न चाहनुहुन्न भने बढी टाउको दुखाउने जरुरी नै भएन । यस्तो स्थितिमा तपाईं आफ्नो अंग्रेजीको जानकारीका आधारमा व्याकरणको आवश्यक पाठ पढ्ने र सिक्ने गर्नुस् । पढेर सिकेपछि त्यसमा दिएका अभ्यास गर्न छुटाउनु हुँदैन् । यसका लागि दुई, तीनखाले अंग्रेजी व्याकरण कितावको जरुरी हुन्छ । पढ्ने र अभ्यासको काम निरन्तर चलिहन जरुरी छ । व्याकरण पढेपछि गरिएका अभ्यास शिक्षकलाई जचाउन भुल्नु हुँदैन् । यसले त्रुटी सच्याउन मद्दत गर्छ । व्याकरण शुद्ध भएन भने न बोलाई र लेखाईमा शुद्धता दुर्लभ हुन्छ । ४. अंग्रेजीमा कुरा गर्ने अंग्रेजी भाषाको सैद्धान्तिक ज्ञान मात्रले काम चल्दैन । यसका लागि व्यावहारिक ज्ञान पनि अनिवार्य छ । व्यावहारिक ज्ञान प्राप्तिका लागि व्यावहारिक बाटो अवलम्बन गर्न जरुरी छ । अंग्रेजी बोल्ने क्षमताको विकास अंग्रेजी बोलेरै गर्न सकिन्छ । तपाईंको अंग्रेजी भाषामा जतिसुकै गहिरो लिखित ज्ञान भएपनि अभ्यास नभएको अवस्थामा अंग्रेजीमा कुराकानी गर्न सक्नुहुन्न । मौखिक क्षमता विकासका लागि सबैभन्दा राम्रो तरिका भनेको आफ्ना समकक्षी साथीभाइसंग अंग्रेजीमा कुराकानी गर्नु । यदि कुराकानी गर्ने साथी अनुकूल नभए कुनै भाषा प्रशिक्षण केन्द्रमा भर्ना हुनु उपयुक्त हुन्छ । लामो समयसम्म अंग्रेजी बोल्ने क्रम जारी राख्नुभयो भने अंग्रेजी बोल्ने आत्मविश्वास बढ्दै जानेछ । यही आत्मविश्वासले तपाईंले अंग्रेजीमा सक्षम र आत्मनिर्भर तुल्याउने छ । ५. अंग्रेजी सुन्ने क्षमताको विकास गर्ने कसैले अंग्रेजीमा बोलेको कुरा सुनेर राम्ररी बुझ्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ । यो कुनै तपाईं अंग्रेजी भाषा लेखपढ गर्न वा बोल्न सिकिसकेपछि कसैका कुरा पनि विशेष गरी विदेशीले बोलेको टोन पनि बुझ्नु हुनेछ । हाम्रो देशको वातावरणमा हुर्केका व्यक्तिहरुमा भन्दा पश्चिमी मुलुकका व्यक्तिको आवाज बढी पातलो र लचिलो खालको हुन्छ । त्यसैले उनीहरुले बोलेको हामी प्रष्टसंग नबुझ्न पनि सक्छौं । साथै नेपाल र यसका छिमेकी राष्ट्रमा केही व्यक्तिको घरेलु वातावरण अंग्रेजीमय हुन्छ । उनीहरुको बोली पनि पश्चिमा मुलुकका नागरिकसंग मिल्ने भएका कारण बुझ्न कठिन हुन्छ । कसैको छिटो बोल्ने बानी हुन्छ भने कति चाहिँ शान झार्न छिटो बोलेको देखाउँछन् । यस्तो स्थितिमा पनि दोहोरो संवादमा अप्ठेरो पर्न सक्छ । हामी सबैले बुझेको सत्य के भने अंग्रेजी विदेशी भाषा हो । त्यसैले बोलिने टोन पनि विदेशी नै हो । यदि हामी अंग्रेजी भाषा सिक्न चाहन्छौं भने आफ्नो टोन पनि उस्तै बनाउनु पर्यो । हुन त फोनेटिक्स विषय पढेर भाषाको उच्चारणलाई शुद्ध बनाउन सकिन्छ । यदि त्यो सम्मको झन्झट व्यहोर्नु छैन भन्ने लाग्छ भने साधारण अभ्यास नै काफी छ । यसका लागि टेलिभिजन, रेडियो, युट्युब च्यानलको सहयोग लिनुभयो भने तपाईंको दक्षतामा निखार आउँदै जान्छ । अंग्रेजी सिरियल, समाचार, डकुमेन्ट्री, कमेन्टरी हेरेर स्पष्टसंग बुझ्ने कोशिस जारी राख्नुहोला । जुन दिन यी माध्यमबाट आएका विषयवस्तु बुझ्नुहुन्छ, त्यसदिनबाट तपाईं अंग्रेजी भाषाको शुभयात्रामा प्रवेश गर्नुभयो भनेर जाने हुन्छ । तर धैर्य हुन जरुरी छ । धैर्य नभएको मानिसका लागि भाषा कठिन हुन्छ ।

रूखको छहारीमा भविष्य खोज्दै बालबालिका

काठमाडौं । दुई ठूला पीपलका रूख, पानी पर्दा ओत्दैन, हावा चल्दा छेक्दैन । तर, यिनै रूखको छहारीमा ३० बालबालिका भविष्य खोज्दै छन् । यिनै रूखको फेद उनीहरूको पाठशाला हो । र, यो हो गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलम्पेक सिङ्दीस्थित सिद्ध आधारभूत प्रावि । गत ६ साउनमा अविरल वर्षासँगै आएको पहिरोले सिद्ध आधारभूत प्राविको एउटा चारकोठे भवन बगायो । अर्को भवन क्षतिग्रस्त छ । खेलमैदानसमेत माटोले पुरिएको छ । ५ कक्षासम्मको विद्यालयमा पठनपाठन सम्भव नभएपछि बालबालिकालाई चौतारोमा प्लास्टिकका म्याट ओछ्याएर पढाउन थालिएको प्रधानाध्यापक ज्ञानमाया तरामूले बताइन् । ‘२७ साउनमा बर्खे बिदा सकियो, २८ गतेदेखि विद्यालय सञ्चालन गर्नुपर्ने भयो । तर, विद्यालय भवन नै नभएपछि के गर्ने समस्या भयो,’ प्रअ तरामूले भनिन्, ‘केटाकेटीको पढाइ नै प्रभावित पार्नुभन्दा बरु रूखकै छहारीमा भएपनि पढाउने भनेर लागेको हो ।’ सत्यवति–३ मा सिद्ध आधारभूत विद्यालयमात्रै होइन, सो वडाका ६१ घर परिवारकै उठिवास लाग्यो । सिद्ध प्राविमै कक्षा ३ मा अध्ययन गर्ने गंगा विक र गगन विकको घरसँगै किताव कापी पहिरोमा पुरिए । कक्षा ५ मा पढ्ने कल्पना पसिंजाली र शैलेस विकको पनि घरबारी पहिरोमा मिल्यो । पहिरो प्रभावित कयौं परिवारलाई सत्यवति–१ अस्लेवाको देउडाँडामा अस्थायी आवास बनाएर व्यवस्थापन गरिएको छ । केही विस्थापित परिवारले बालबालिका अन्यत्र लगेर पढाएका छन् । बिद्यालय व्यावस्थापन समिति अध्यक्ष अर्जुन तरामुले आफुहरूको पहुँचमा बिद्यालय पुर्निमाण नभएकाले बाध्य भएर अस्थायी शिविरमा पढाउनु परेको बताए । अहिले बस्ती स्थानान्तरण र क्षतिको विवरण मात्रै संकलनको काम भएकाले बालबालिका बिचल्लीमा परेको उनको भनाई छ । पहिरोले छेक्यो विद्यार्थी पढ्न आउने बाटो रूखमुनी पढ्न आउन पनि पहिरोले बाटो छेकेपछि सात विद्यार्थीलाई सिङ्दीमै टेण्ट टाँगेर पढाइएको छ । ठूलो पहिरो तरेर आउन जोखिम भएकाले उनीहरूलाई उतै टेण्ट टाँगेर व्यवस्थापन गरिएको र विषय शिक्षक पालैपालो गएर पढाउने गरेको शिक्षक दुर्गाबहादुर तरामुले बताए । पहिले ५१ विद्यार्थी रहेको यो विद्यालयमा ४० जनामात्रै आउने गरेको शिक्षक तरामुले बताए । विद्यार्थी बिरामी पर्न थाले विद्यालय भवन पहिरोमा परेपछि शैक्षिक सामग्रि केही पनि बाँकी रहेन । डेस्क, बेञ्च, ब्याकबोर्ड केही छैन । बालबालिका खुला आकाशमुनी पढ्छन् । आकाशमा बादल मडारिन थाले शिक्षकहरू टेण्ट लगाउँछन् । प्लास्टिकको म्याटले भुईंको चिसो छेक्न सक्दैन । विद्यार्थीहरू विरामी पर्न थालेको शिक्षक टेकबहादुर सिंजालीले बताए । ‘खुल्ला चौरमा पढाउन पनि समस्या, टेण्ट नै टाँगे पनि झन् गर्मीले सताउँछ, भुईंमा बस्नुपर्दा चिसो हुन्छ,’ शिक्षक सिंजाली भन्छन्, ‘हामी स्टाफहरूलाई पनि समस्या नै छ ।’ अभावै अभावले बालबालिकामा मनोबैज्ञानिक असरसमेत पर्न थालेको शिक्षकहरू बताउँछन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन तरामुले विद्यालय पुनर्निर्माण आफूहरूको पहुँचमा नभएकाले रूखमुनी पढाउनुको विकल्प नभएको बताए । बालबालिकालाई दिवा खाजाः चिउरा र चाउचाउ सरकारले प्रावि तहका विद्यार्थीलाई दिवा खाजाको व्यावस्था गरेको छ । हरेक बार विद्यालयले नै फरक–फरक परिकार बनाएर खुवाउनेपर्ने नियम छ । तिर, सिद्ध प्राविका विद्यार्थीलाई खाजा व्यवस्थापन गर्न चुनौती देखिएको छ । ‘पकाउने भाँडा र सामग्री नै छैनन्, टेण्टमा खाजा व्यावस्था गर्न चुनौति छ,’ प्रध्यानाध्यापक ज्ञानमाया तरामुले भनिन्, ‘अहिले राहतकै चिउरा र चाउचाउ खुवाएका छौ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

अबदेखि सबै जिल्लाबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गरिने

काठमाडौंः  यस वर्षदेखि शिक्षक तथा शिक्षासेवीलाई वैज्ञानिक मापदण्ड तयार गरेर पुरस्कार दिइने भएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले त्यस्तो आधार तय गरेको हो । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइने गरेको भन्दै आलोचना हुने गर्दथ्यो । दिवसमा विद्यालयहरुलाई भने तिनले हासिल गरेको नतिजाका आधारमा राष्ट्रिय र प्रदेशगतरुपमा राष्ट्रिय शिल्ड, ध्वजा र नगद पुरस्कार दिइँदै आएको छ । विगतको जस्तो धेरै सङ्ख्यामा नभई स्पष्ट मापदण्डका आधारमा सीमित व्यक्तिलाई पुरस्कृत गर्ने समितिको तयारी छ । मापदण्डबिना पुरस्कार दिँदा दिने र लिने पक्षसमेत आलोचित हुँदै आएको स्थितिमा कार्यसम्पादन मूल्याङ्कन र परिणाम सूचकका आधारमा पुरस्कार दिन लागिएको हो । समितिको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइलाई जिल्लाबाट एक एक जना उत्कृष्ट शिक्षकका लागि फारम भरी पठाउन पत्राचार गरेको छ । उक्त फारममा पाँच सूचक र तिनका लागि अङ्कभार समेत समावेश गरिएको छ । उत्कृष्ट शिक्षक छनोटका लागि शिक्षकले पठनपाठन गरेका कक्षाहरुको कक्षागत औसत सिकाइ उपलब्धिका लागि ४०, शिक्षकले अध्यापन गर्ने तहको शैक्षिक उपलब्धिका लागि २०, शिक्षण सिकाइमा पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री र उपयुक्त शिक्षण विधिको प्रयोगका लागि २०, विद्यालयमा अतिरिक्त तथा सहक्रियाकलापको सञ्चालनमा योगदानका लागि १० र विद्यालयको विकासका लागि पुर्याएको योगदानका लागि १० गरी १०० पूर्णाङ्क निर्धारण गरिएको छ । पुरस्कार सिफारिसका लागि कम्तीमा १० वर्षको शिक्षण अनुभव भएको, स्थायी शिक्षक रहेको, हप्तामा २४ पिरियडभन्दा बढी शिक्षण गर्ने गरेको, नयाँ खोज तथा कार्यमूलक अनुसन्धान गरेको, बढुवा भएको तीन वर्ष अवधि पूरा भएको, कार्यसम्पादन मूल्याङ्कनमा ९० अङ्क ल्याएको, तालीम प्राप्त, विभागीय कारवाही नभएको, माथिल्लो कक्षाको आफ्नो विषयमा विद्यार्थी प्राप्ताङ्क औसत ८० प्रतिशतभन्दा बढी भएको थप आधार तय गरिएको छ । यस्तै विद्यालयको नाममा बेरुजु नरहेको, छात्रवृत्ति, पाठ्ययुस्तक आदि समयमै वितरण गरेको (प्रअ भएमा), सामाजिक परीक्षण, कानूनी लेखा परीक्षण नियमित गरेको, विद्यालय व्यवस्थापन समितिको गठन समयमै गरेको हुनुपर्ने पनि आधार तय गरिएको छ । नेपाल शिक्षक महासङ्घका कावाअध्यक्ष पूर्णप्रसाद दवाडीले यस प्रकारको छनोट मापदण्डले शिक्षकहरुमा विवाद कम हुने र काम गर्नेको सही मूल्याङ्कन हुने अपेक्षा व्यक्त गरे ।

पहिले १३४ नम्बरमा निस्किएको नाम अहिले पहिलो नम्बरमा

काठमाडौं । मास्टर अफ ल (एलएलएम)को प्रवेश परीक्षा दिएका करिब साढे तीन सय विद्यार्थीको नतिजा एक हप्तामै उल्टिएको छ । त्रिभुवन विश्वविद्यालय कानुन संकायको डिन कार्यालयले भर्नाको तयारी गरिरहेका विद्यार्थीको नतिजा उल्ट्याएको हो । डिन कार्यालयले १८ साउनमा सार्वजनिक गरेको पहिलो नतिजामा ५९.८३ प्रतिशत ल्याएर १३४ नम्बरमा रहेकी प्रकृति मल्लको नाम २६ साउनको दोस्रो नतिजामा ८४.८३ प्रतिशतसहित १ नम्बरमा निस्किएको छ । पहिले १ नम्बरमा नाम निकालेका गिरिराज अर्याल भने अहिले तेस्रो नम्बरमा पुगेका छन् । पहिलो नतिजामा ४६।३३ प्रतिशत प्राप्त गरी २९१ नम्बरमा रहेका विद्यार्थीको अहिले ८२.३३ प्रतिशतसहित २ नम्बरमा नाम निस्किएको छ । पहिलो सूचीमा ७७ प्रतिशत ल्याई ९ नम्बरमा नाम निकालेका सुरज सेजुवाल अहिले ७८ प्रतिशतसहित ८ नम्बरमा आएका छन् । पहिलेको सूचीमा २९८ नम्बरमा रहेका सुवास भण्डारीको नाम दोस्रो सूचीमा २२ नम्बरमा छ । पहिले ६७ नम्बरमा रहेकी यमुना सिंखडा अहिले ५८ नम्बरमा छिन् । त्यस्तै, पहिले ७७ नम्बरमा रहेकी प्रवीणा कटुवालको नाम पछिल्लो सूचीमा ६७ नम्बरमा छ । ११० नम्बरमा रहेकी सुजना कोइरालाको नाम अहिले १०२ नम्बरमा निस्किएको छ । त्यस्तै पहिले ११२ नम्बरमा रहेका सबिन तामाङ अहिले १०७ मा तानिएका छन् । नतिजा नै उल्टिँदा कतिपय विद्यार्थी भर्ना अभियानबाटै बाहिरिएका छन् । पहिलो सूचीमा ९७ नम्बरमा नाम निकालेकी श्वेता रानाभाट दोस्रो सूचीमा १८२ नम्बरमा धकेलिएकी छिन् । त्रिविको आंगिक नेपाल ल क्याम्पसमा ८५ जना र सम्बन्धनप्राप्त नेसनल कलेजमा ५० जनाले मात्र भर्ना पाउँछन् । मंगलबार नेपाल ल क्याम्पस पुगेकी रानाभाटले भर्ना तयारीमा लागिरहेका वेला नतिजा उल्ट्याउँदा अवसरबाटै वञ्चित भएको बताइन् । अर्का विद्यार्थी सोहन श्रेष्ठको पनि उस्तै अवस्था छ । पहिलो सूचीमा ३८ नम्बरमा नाम निकालेका श्रेष्ठको नाम दोस्रो सूचीमा २९७ नम्बरमा पुगेको छ । पहिले १ नम्बरमा नाम निकालेर अहिले तेस्रो नम्बरमा धकेलिएका गिरिराज अर्यालले डिन कार्यालयबाट ठूलो धोका भएको भन्दै गुनासो गरे । एलएलएम प्रवेश परीक्षामा कोटाभित्रै नाम निस्किएपछि भर्ना अभियानमा लागेका विद्यार्थी निराशसँगै आक्रोशित पनि भएका छन् । डिन कार्यालयले भने पहिले सार्वजनिक सूचीमा चित्त नबुझेको भन्दै केही विद्यार्थीले उजुरी दिएपछि कम्प्युटरमा हेर्दा नतिजा नै फरक भेटिएको र त्यसैअनुसार दोस्रोपटक सूची सार्वजनिक गरेको दाबी गरेको छ । तर, विद्यार्थीले भने कम्प्युटरमा त्रुटि रहेको बहाना देखाएर अनियमितता भएको आरोप लगाएका छन् । डिन कार्यालयमा ताला अख्तियारमा उजुरी नतिजा उल्टिएपछि आक्रोशित विद्यार्थीले कानुन संकायको डिन कार्यालय र परीक्षा शाखामा ताला लगाएका छन् । प्रवेश परीक्षामा अनियमितता भएको र पारदर्शी नभएको भन्दै ताला लगाएका हुन् । अनेरास्ववियुका क्याम्पस कमिटी सहसचिव निश्चल वाग्लेले प्राविधिक त्रुटिभन्दा पनि धेरै फेरबदल भएकाले अनियमितताको आशंका भएको बताए । ‘मैले पनि एलएलएमको प्रवेश परीक्षा दिएको थिएँ, पहिले १६औँ नम्बरमा नाम थियो, पछि १८औँमा पुगेछ,’ उनले भने, ‘प्रवेश परीक्षा दिएका केही साथीले अख्तियारमा समेत उजुरी गर्नुभएको छ, अदालत पनि जाने तयारी छ ।’ केही विद्यार्थीको दुईपटकको नतिजा–अन्तर निकै तलमाथि परेकाले अस्वाभाविक देखिएको उनले बताए । यस विषयमा अनेरास्ववियु र क्रान्तिरकारी मिलेर अब के गर्ने भन्ने विषयमा निर्णय लिने बताए । कापीमा एउटा, कम्प्युटरमा अर्कै नम्बर इन्ट्री भएको रहेछः विनयसिंह सिजापती डिन, कानुन संकाय, त्रिवि प्रवेश परीक्षाको नतिजामा चित्त नबुझे पाँच दिनभित्र उजुरी दिन सक्ने व्यवस्था छ । नतिजा आएपछि केही विद्यार्थीले चित्त नबुझेको भन्दै उजुरी दिनुभयो । त्यसपछि कापी र कम्प्युटरमा क्रस चेक गर्दा नतिजा फरक देखियो । केही विद्यार्थीको तलमाथि हुँदा धेरैको नतिजा फेरबदल भयो । जसले उजुरी गरेका थिए, उनीहरूको जाँच गर्दा फरक नतिजा आयो । उजुरी नगर्नेले पनि न्याय पाउनुपर्छ भनेर सबैको हेरेर दोस्रो सूची निकालेका हौँ । यस विषयमा छानबिन गर्न त्रिवि केन्द्रले पनि छनबिन कमिटी गठन गरेको छ । छानबिनपछि थप यथार्थ आउँछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

निमावि तहः सबै क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको अन्तिम नतिजा सोमबारदेखि सार्वजनिक गर्न सुरु गरेको छ । नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले शुक्रबार थप २ क्षेत्रको सामाजिक विषयको नतिजा पनि प्रकाशित गरेको छ । आयोगले आज मध्यमाञ्चल र पूर्वाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । –सामाजिक विषयको मध्यमाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सामाजिक विषयको पूर्वाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सामाजिक विषयको सुदूरपश्चिमाञ्चल को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सामाजिक विषयको पश्चिमाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –सामाजिक विषयको मध्यपश्चिमाञ्चलको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गत वर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दा पनि आयोगले निमावि तहको नतिजा सार्वजनिक गर्न सकेको थिएन । निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए । निमावि तहमा क्षेत्रीय रुपमा विषयत परीक्षा भएको थियो । नेपाली विषयमा ४६० पदमा भएको विज्ञापनमा १२ हजार ५०९ लिखित परीक्षामा सहभागी भएका थिए । जसमा ४१० जनाले लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी भएका थिए । यसैगरी, गणित विषयमा २५० पदमा भएको विज्ञापनमा ५ हजार ४६२ परीक्षामा सहभागी भई उत्तीर्ण २८६ जनाले अन्तर्वातामा सहभागीता जनाएका थिए । यस्तै, विज्ञान विषयमा १८० पदमा भएको विज्ञापनमा १ हजार ८१२ ले परीक्षामा सहभागिता जनाएकामा २६१ उत्तीर्ण भई अन्तर्वार्तामा सहभागिता जनाएका आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले जानकारी दिए ।

शिक्षक लाइसेन्स परीक्षाः मेसिनबाटै उत्तरपुस्तिका जाँच्ने आयोगको निर्णय

काठमाडौंः  शिक्षक सेवा आयोगले वस्तुगत खण्डको उत्तर पुस्तिका परीक्षणको काम मेसिनबाट गर्ने भएको छ। अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाबाट आयोगले पहिलोपटक अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको प्रयोग गर्ने भएको हो। मेसिनबाट परीक्षण गरिने उत्तर पानालाई मोड्न वा कुच्याउनु हुँदैन। त्यस्तो पानाको उत्तर मेशिनले पढ्न नसक्ने हुँदा परीक्षार्थीले वस्तुगत प्रश्नमा उल्लेख गरेको प्रश्नको की वा सेट आफ्नो वस्तुगत उत्तर पानाको क, ख, ग वा घ मध्ये कुनै एकमा रहेको गोलाकार संकेतमा मसी भरेर चिन्ह लगाउनुपर्ने हुन्छ। यस्तै उत्तर दिँदा पनि कुनै एक उत्तरमा उसैगरि मसी भर्नुपर्ने हुन्छ। वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक उत्तरको लागि २० प्रतिशत अँक कट्टा गरिने आयोगले जनाएको छ। परीक्षालाई चुस्त र परीक्षणमा त्रुटि कम गर्ने तथा लाग्ने समय बचत गरी छिटो नतिजा निकाल्न प्रविधिको प्रयोग गर्ने निर्णय गरेको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए । यसअघि नै शिक्षा मन्त्रालयले एमविविएस परीक्षाको कापी परीक्षण गर्नका लागि ल्याएको मेसिन खाली रहेकोले आयोगले त्यही मेसिनको प्रयोग गर्ने भएको हो। त्यसका लागि आवश्यक पर्ने प्रश्न तयारीको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ। यसको प्रयोगका बारेमा परीक्षार्थीलाई आवश्यक जानकारी गराइने उनले बताए। ‘यो प्रविधि संसारले प्रयोग गर्दै आएको प्रविधि हो, आयोगलाई पनि समय सापेक्ष रुपमा प्रविधिमैत्री बनाउने हाम्रो प्रयास हो, यसबाट परीक्षणको समय बचत हुने मात्रै होइन, परीक्षणमा हुने त्रुटि पनि घट्छ, विद्यार्थीलाई न्याय हुन्छ’ उनले भने, ‘नेपालमा पनि यस अघि लोकसेवा आयोग, एमविविएसको परीक्षाहरुमा मेसिनको प्रयोग हुँदै आएको छ।’ लाइसेन्सको परीक्षा असोज ९ गतेदेखि ११ गतेसम्म गर्ने गरी आयोगले मिति तय गरेको छ। प्राथमिकको ९ गते माध्यमिकको १० गते र निम्न माध्यमिकको ११ गते गर्ने र सबै परीक्षा बिहान ८ बजेबाट शुरु गर्ने गरी आयोगले मिति तय गरेको हो। गत असार २ गते परीक्षा मिति विना लाइसेन्सको विज्ञापन खोलिएको थियो। विज्ञापनको ५३ औं दिनमा बिहीबार बल्ल आयोगले परीक्षा मिति तय गरे पनि परीक्षा सञ्चालन हुने जिल्ला र केन्द्र भने अझै तय गरेको छैन। भदौ १५ गते मात्रै केन्द्र सार्वजनिक गर्ने आयोगले जनाएको छ। तीन घण्टाको उक्त परीक्षा अवधिमा वस्तुगतका लागि ४० मिनेट निर्धारण गरिएको छ। उक्त समयअघि नै वस्तुगत प्रश्न हल गरी बुझाएमा विषयगत प्रश्न उपलब्ध गराउने आयोगले जनाएको छ। विषयगततर्फ शिक्षण कला सम्बन्धि खण्ड क र सामान्य पेशागत ज्ञान सम्बन्धि प्रश्न खण्ड ‘ख’मा आउने र यी दुई खण्डको उत्तर अलग अलग उत्तर पुस्तिकामा लेख्नुपर्ने छ।

शान्ता चौधरी ११ कक्षा भर्ना, सरकारीमा स्कुलमै पढ्ने

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरी मध्यबानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा भर्ना भएकी छिन्। महंगा निजी उच्च माध्यामिक विद्यालयहरुले निःशुल्क पढाइ दिने प्रस्ताव गरे पनि उनी सामुदायिक स्कुलमै मानविकी संकायमा भर्ना भएकी हुन्। पढ्ने उमेरमा १८ वर्षसम्म कमलरी बस्न बाध्य भएकी चौधरीले असार दोस्रो हप्ता भएको एसईई परीक्षामा २.६५ जीपीए ल्याएर उत्तीर्ण भएकी थिइन्। उनले दाङको तुलसीपुरस्थित सेन्टर मावि केन्द्रबाट गएको चैतमा परीक्षा दिएकी थिइन्। भर्नापछि फेसबुकमा भावुक हुँदै चौधरीले पढ्ने उमेरमा अरु कलेज जाँदा आफू टुलुटुलु हेरेर रुनु परेको र ढिलै भए पिन पढ्न पाउँदा खुशी लागेको लेखिकी छिन् ।

निमावि तहको नतिजा सार्वजनिक सुरु, पहिलो दिन ४ विषयको नतिजा (नामसहित)

काठमाडौं, साउन २० । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको अन्तिम नतिजा आजदेखि सार्वजनिक गर्न सुरु गरेको छ । आयोगले पहिलो दिन आज कम्प्युटर, पेशा व्यवसाय, स्वास्थ्य शारिरीक र संस्कृत भाषाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । ४ वटै विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

जेएनयूः एउटा विश्वविद्यालयको दुःखान्त

काठमाडौं, साउन १६ । म यसअघि सधैँ आफ्नो विश्वविद्यालयदेखि अत्यन्तै उत्साहित थिएँ, तर आज क्याम्पसपरिसरमा व्याप्त भयको मनोविज्ञान र फरक विचारमाथिको दमनले मैले त्यो आत्मविश्वास गुमाइसकेको छु । म तिनै ४८ जना शिक्षकमध्ये एक हुँ, जसको विरुद्धमा जवहारलाल नेहरू विश्वविद्यालयका प्राध्यापकको संगठनद्वारा आयोजित शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको भनेर उजुरी हालिएको छ । यो आलेख कुनै ‘नीति नियम’को कानुनी वा कर्मचारीले गर्ने व्याख्याजस्तो शब्दको खेल होइन । न त यो आलेख अनुशासन र दण्डका संयन्त्र बारेमा नै हो । म व्यक्तिगत अनुभवबाटै सुरु गर्न चाहन्छु । एक दिन मेरा एक मित्रले उनकी छोरीको स्नातकोत्तर अध्ययनका लागि पोस्ट जेएनयू ‘राम्रो’ हुन्छ कि हुँदैन भनेर सोधेका थिए । मैले सीधा जवाफ दिएँ, ‘हुँदैन’ । जेएनयूका बारेमा मैले यस्तो उत्तर दिएको पहिलोपटक हो । म आफ्नो विश्वविद्यालयदेखि निकै उत्साहित थिएँ । म भन्ने गर्थें– जेएनयू एउटा सपना, परियोजना र शानदार प्रयोग हो । उत्कृष्टता र समानतालाई एकैसाथ समेट्न सक्ने एउटा सार्वजनिक विश्वविद्यालय । आलोचनात्मक र रचनात्मक सोच विकास गर्ने अनि वैकल्पिक जीवन पद्धति अभ्यासको लागि रचनात्मक स्थानका रूपमा जेएनयूलाई मैले बुझेको थिएँ । जे होस्, आज मैले आत्मविश्वास गुमाएको छु । जहाँ डरको मनोविज्ञान र धम्कीका भाषाले जीवनका हरेक क्षेत्रमा आक्रमण गर्छन् । म त्यस्तो विश्वविद्यायमा आफ्नै साथीको छोरीलाई भर्ना गर्न कसरी सुझाब दिन सक्छु ? जहाँ एकेडेमिक काउन्सिलको बैठकमा फरक विचार राख्ने एक वरिष्ठ प्राध्यापक अपमानित हुँदा अरू शान्त बसेको र सम्बन्धित प्राधिकारवाला व्यक्तिमाथि प्रश्न नगर्न उर्दी जारी गरिएको देखिएको छ । जहाँ कैयौँ वरिष्ठ र अनुभवी प्राध्यापक हुँदाहुँदै पनि एकजना युवा प्राध्यापकलाई स्कुल अफ सोसल साइन्सको डिनमा नियुक्त गरिएकोे छ । यस्तो परिस्थितिमा कुनै शैक्षिक संस्था वा प्रचलनकोे कुनै महत्व छैन भन्ने महसुस हुन थाल्छ । यस्तोमा ‘सक्षम प्राधिकार’को ‘तजबिजी शक्ति’मात्रै महत्वपूर्ण हुन्छ । जहाँ सौन्दर्य र राजनीतिक अर्थ राख्ने पोस्टर भित्ताबाट हटाइन्छन्, विद्यार्थीलाई उनीहरूका शक्ति र अधिकारको ‘सीमितता’बारे सचेत हुन भनिन्छ । जब शिक्षकको पेसा सुरक्षित राख्ने सुनिश्चितताका लागि हाजिरी कपीमा आफ्नो नाम लेख्नुपर्छ कि (यद्यपि, अहिलेसम्म अनिवार्य गरिएको छैन) भन्ने तहसम्म सोच्न थालेका छन् । यसबाट नै बुझ्न सकिन्छ कि विश्वविद्यालयमा शिक्षण प्रणालीको मेरुदण्डलाई कसरी ध्वस्त पारिँदै छ । जब कुनै शान्तिपूर्ण र्‍यालीमा एक सय ५० जना शिक्षक सम्मिलित हुन्छन्, तर ४८ जनालाई मात्र तारो बनाइन्छ, यो रणनीति स्पष्टसँग बुझिन्छ, फुटाऊ, टुक्र्याऊ र नैतिक रूपमा कमजोर बनाइदेऊ । यस्तो विषाक्त वातावरणमा हरेक चिज सतही, द्वैध चरित्र भएको जस्तो र खोक्रो लाग्छ, चाहे त्यो गान्धीको नागरिक अवज्ञामाथिको लेक्चर होस्, मिसेल फुकोको ‘डिसिप्लिन एन्ड पनिस्ट’माथि तयार पारिएको गृहकार्य । ‘सीमान्तीकरण र प्रतिरोध’माथि गरिएको सेमिनारको उद्घाटन ‘सक्षम प्राधिकार’ले गरे पनि त्यो अर्थहीन लाग्छ । मलाई थाहा छ, म अलिक बढी नै निराशावादी बन्दै छु । म मेरा अनुसन्धानरत विद्यार्थीलाई भन्छु, ‘शोधपत्र जतिसक्दो छिटो बुझाऊ, यो अब तिमीहरूले कल्पना गरेजस्तो सपनाको भूमि रहेन ।’ मलाई थाहा छ कि यो विश्वविद्यालय बनाउनका लागि धेरै दिग्गजले आफ्नो जीवनको ऊर्जा खर्च गरेका छन् । यो बनाउन समय लागेको छ । तर, विडम्बना ! तीन वर्षमा यसलाई पूरै खत्तम गर्न सकिँदो रहेछ । के हाम्रो समयमा बनाउने भन्दा भत्काउने शक्तिशाली भएका हुन् ? आज मैले आत्मविश्वास गुमाएको छु । जहाँ डरको मनोविज्ञान र धम्कीका भाषाले जीवनका हरेक क्षेत्रमा आक्रमण गर्छन् । म त्यस्तो विश्वविद्यायमा साथीको छोरीलाई भर्ना गर्न कसरी सुझाब दिन सक्छु ? अर्को कथा पनि यहाँ राख्न चाहन्छु । हो, यहाँ केही पनि सजिलो छैन । एउटा छात्र चार वर्षसम्म काम गर्छ, पिएचडीको शोधपत्र लेख्छ । कुनै अधिकृतले प्राविधिक कमजोरी गरिदिन्छ र भन्छ– शोधपत्रको शीर्षकको स्पेलिङ मिलेन । त्यसपछि उसलाई चौतर्फी धाएर, भएभरका कर्मचारी भेट्दै अपमानको अनभुव गर्नुपर्ने बाध्यता आइलाग्छ । उसलाई सहयोग गर्नका लागि मैले सम्बन्धित विभागका कर्मचारीलाई भेट्ने कोसिस गरेँ । त्यो त्यति सहज कहाँ थियो र रु सुरक्षा गार्डले मलाई सोधपुछ गर्न थालिहाल्यो । मेरो २९ वर्ष लामो प्राध्यापन, देश र दुनियाँका विभिन्न विश्वविद्यालयमा पढाउने मेरा विद्यार्थी । तर, मलाई आज अचानक महसुस भयो कि यो मेरो विश्वविद्यालय होइन । यो रजिस्ट्रार र रेक्टरको, सेक्सन अफिसरको, सेक्युरिटी गार्ड र खासगरी ‘सक्षम प्राधिकार’कोे मात्रै विश्वविद्यालय हो । नयाँ ब्याचका विद्यार्थी क्याम्पसमा आएका छन् । मलाई थाहा छ कि मेरो विभागले उनीहरूका लागि एउटा अभिमुखीकरणजस्तो कार्यक्रम राख्नेछ । यसभन्दा पहिलेका वर्षमा प्रायः म नै ती नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्थें र उनीहरूलाई हाम्रा सम्झना सुनाउँथे । एउटा पुरानो बरको रूख रोमिला थापर र बिपन चन्द्रा एक हुल विद्यार्थीसहित लाइब्रेरी तर्फ गइरहेको देख्ने साक्षी हुन्थ्यो । प्रोफेसर सुदिप्ता कविराज र नामवर सिंह सपिङ कम्प्लेक्समा पुस्तक पसलको साहुसँग गफ गरिरहेका हुन्थे, संकटकालका विरुद्धमा ऐतिहासिक प्रदर्शन हुन्थ्यो, सन् १९८४ को दंगामा विद्यार्थीले आसपासका क्षेत्रमा बस्ने शिखको गरेको रक्षा र भोपाल ग्यास काण्डका पीडितको लागि निःस्वार्थ भावले गरेको काम । साथै होस्टेलको मेसमा राति अबेरसम्म मेधा पाटकरले सामाजिक आन्दोलनका बारेमा गरेका भाषणबारे परिचर्चा गर्थें । तर, अहिले म के गरूँ ? के म उनीहरूलाई डर देखाएर पोस्टर लेख्नका लागि रातभर नसुत भनौँ रु वा पाठ्यक्रमभन्दा बाहिरका विषयमा, हिंसा, गरिबी, भोकमरीका बारेमा नसोच भनौँ ?केवल दीक्षान्त समारोहमा भाग लिनका लागि अनुशासित सैनिकजस्तै बन भनेर सिकाऊँ रु म तिनीहरूलाई राम्रा पुस्तक नपढ, बरु यसको सट्टामा वकिल खोजेर तिमीहरूमाथि लादिएको कानुनको व्याख्या गर्न लगाऊ भनेर सल्लाह दिऊँ ? साँच्चै एउटा महान् विश्वविद्यालयको पतनको कथाले मलाई चकनाचुर बनाइदिन्छ । फेरि पनि दोस्तोभस्कीका पात्रजस्तो, मैले एउटा सपना देखेँ । सपनामा देखेको कथा यस्तो छ– मैले ‘सक्षम प्राधिकार’लाई पत्र लेख्छु ।डियर प्रोफेसर, कृपया महलबाट बाहिर निस्किनुहोस् । आफ्नो एक्लोपनालाई दूर गरिदिनुहोस् । कृपया मसँग आउनुहोस् । एकसाथ हिडौँ । मनसुनको बादल वा परेवाको नृत्यलाई हेर्नुहोस् र आश्वस्त हुनुहोस्– जसरी एउटा प्रोफेसरले अरू कुनै प्रोफेसरसँग कुरा गर्छ, जसरी एउटा संवेदनशील मानिस बातचित गर्छ । कृपया दुनियाँलाई तपाईंको उर्दीभन्दा परबाट हेर्नुहोस् । ख्याल गर्नुहोला, अदालतको मामिला, आरोपपत्र र सजायको तरिका (निष्काशन, निलम्बन) र दुनियाँलाई पुनः एकपटक सँगै राखेर हेर्नुहोला । एउटा त्यस्तो दुनियाँ, जहाँ टेगोरले डरबाट मुक्तिको कुरा गरे, मार्टिन बुबर पाउलो फ्रेयरले वार्ता र संवादको कुरा गरे । यसै अवसरमा बनारस हिन्दू विश्वविद्यालय उद्घाटनमा मोहनदास करमचन्द गान्धीले शिक्षक र विद्यार्थीलाई समावेशीरदयालुरसमतावादी समाज बनाउने सामूहिक जिम्मेवार हुन सिकाएको कुरा पनि याद गर्नुहोला । कार्ल माक्र्सको दाह्रीमा न्यानोपन महसुस गर्नुहोस्, टल्स्टोयको पदचापमा बुद्धिमत्ता, बुद्धको आँखामा अनुकम्पा । सत्याग्रहको अर्थ बुझ्नुहोस् र प्रतिरोधको कवितालाई महसुस गर्नुहोस् । हो, मैले तपाईंका लागि यहाँ एउटा उपहार ल्याएको छु । म निश्चिन्त छु कि तपाईंका कानुनी सल्लाहकार वा अधिकारिक कर्मचारी कसैले सोच्न सकेका छैनन् । यो एउटा पुतली हो । विलियमम वर्डस्वर्थले जस्तै यसमा आफ्नो प्रारम्भिक अवस्थाका इतिहासकारलाई खोज्नुहोस् । स्वतन्त्रता तपाईंको अधिकार हो । कर्मचारीतन्त्रको फलामको पिँजडाभित्र बस्ने सम्राट भएर तपाईंले के प्राप्त गर्नुहुन्छ रु नयाँ पत्रिकाबाट साभार (लेखक जेएनयूमा समाजशास्त्रका प्राध्यापक हुन्)(‘द वायर’बाट)