गण्डकी मेडिकल कलेजमा फेरि विद्यार्थीको ताला, सञ्चालकद्धार विद्यार्थीलाई धम्की

काठमाडौं । गण्डकी मेडिकल कलेजमा विद्यार्थीले फेरि ताला लगाएका छन् । तोकिएभन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने र विद्यार्थीबाट लिएको शुल्कको भर्पाई दिनुपर्नेलगायत माग राख्दै उनीहरूले बेसिक साइन्स भवनमा ताला लगाएका हुन् ।

चिकित्सा शिक्षा विद्यार्थी संघर्ष समितिको ऐक्यबद्धतामा कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन सुरु गरेका हुन् । समितिका प्रवक्ता सुजन कडरियाले सम्झौता कार्यान्वयन गर्नुपर्ने, विद्यार्थीले बुझाएको शुल्कको भर्पाई दिनुपर्नेजस्ता माग राखेर अनिश्चितकालीन तालाबन्दी गरिएको बताए ।

एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको ६ महिना पुगिसक्दा पनि कलेजले कार्यान्वयन गरेको छैन । मन्त्रालयले ८ चैत ०७५ मा गण्डकीसहित त्रिविअन्तर्गतका कलेजलाई विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो । कलेजले छात्रवृत्ति पाएका विद्यार्थीसँग ६ लाख र अन्य विद्यार्थीसँग १३ देखि २० लाखसम्म अतिरिक्त रकम असुलेको विद्यार्थीको दाबी छ ।

विद्यार्थीलाई कलेज छोडेर जान सञ्चालकको धम्की
गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालले विद्यार्थीलाई फोनबाट धम्की दिने गरेको विद्यार्थीले बताएका छन् । उनले संघर्षरत विद्यार्थीलाई ‘कलेजबाट जान सक्ने’ भन्दै धम्क्याउने गरेका हुन् । सञ्चालकले राति फोन गरी धम्क्याएर तनाव दिने गरेको केही विद्यार्थीको गुनासो छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रा.वि तहको नतिजाको तीव्र प्रतिक्षामा परीक्षार्थी, बीचमै स्थगन गरेको भन्दै आयोगको आलोचना

काठमाडौंः शिक्षक सेवा आयोगले खुल्लातर्फको प्राथमिक तहको नजिता सार्वजनिक गर्न ढिलाई गरेकोप्रति परीक्षार्थीले आक्रोस पोखेका छन् । उनीहरुले आयोगको आलोचनासमेत गरेका छन् । शिक्षक सेवा आयोगले प्राथमिक तहको नजिता भदौ १८ गतेदेखि सार्वजनिक गर्न थालेको थियो । २४ गतेसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरेको आयोगले त्यसपछि नतिजा सार्वजनिक गरेको छैन । सुरुमा नतिजा सार्वजनिक गरेको आयोगले बीचमै आएर स्थगत गरेपछि परीक्षार्थीले आक्रोस पोखेका हुन् । उनीहरुले छिटो नतिजा सार्वजनिक गर्न पनि माग गरेका छन् । आयोगले ४७ जिल्लाको नतिजा सार्वजनिक गर्न बाँकी छ । प्राविधिक समस्या आएका कारण नतिजा सार्वजनिक कार्य बीचमै रोकिएको भन्दै छिट्टै नतिजा सावर्जनिक कार्य पुनः सुचारु गरिने शिक्षक सेवा आयोगले जनाएको छ । तर, आयोगको यो भनाइप्रति धेरैले विश्वास गरेका छन् । सुरुमा नतिजा सार्वजनिक गरेर बीचमा प्राविधिक समस्या आएको भन्नु तर्क संगत नभएको बिरेन्द्र शाहले बताए । फेसबुकमा चक्र गुरुङले लेखेका छन्, ‘नतिजा सार्वजनिक गर्दा २०५२ सालको जस्तो टिपेक्स त लाग्दै होला, फेरि किन ढिलाई गरिरहेको ? कि त सरकारको लिस्ट पुगेको छैन ?’ आयोगले नतिजा सार्वजनिक गर्ने कार्यबीचमै स्थगित गर्नुको प्रष्ट कारण नखुलाएको भन्दै शितल झाले आयोगप्रति असन्तुष्टि जनाएकी छिन् । आफू नतिजाको व्यग्र प्रतिक्षामा रहेको भन्दै रश्मी अधिकारीले छिटो नतिजा सार्वजनिक गर्न आयोगलाई आग्रह गरेकी छिन् । यो पनि पढ्नुस्ः  किन रोकियो प्रा.वि तहको नतिजा? यस्तो भन्छ आयोग

जनक शिक्षामा खुल्यो जागिरको अवसर, शाखा अधिकृतदेखि नर्ससम्म माग (सूचनासहित)

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । केन्द्रको केन्द्रीय कार्यालय भक्तपुरमा विभिन्न पदका लागि लिमिटेडमाले ३५ जना कर्मचारी माग गरेको हो । लिमिटेडले उप–प्रबन्धक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट १ जनाको माग गरेको छ । त्यस्तै शाखा अधिकृत ३ जना खुला प्रतिपर्धामा मागिएको छ। त्यस्तै प्राविधिक शाखा अधिकृतका लागि ११ जनाको माग गरिएको छ। वरिष्ठ सहायकमा १९ जनाको माग गरिएको छ। विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्–

किन रोकियो प्रा.वि तहको नतिजा? यस्तो भन्छ आयोग

काठमाडौंः शिक्षक सेवा आयोगले भदौ १८ गतेदेखि सार्वजनिक गर्न थालेको खुल्लातर्फको प्राथमिक तहको नतिजा रोकिएको छ । भदौ १८ देखि २४ गतेसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरेको आयोगले त्यसपछि नतिजा सार्वजनिक गरेको छैन । आयोगले २४ गतेपछि नतिजा सार्वजनिक गरेको छैन । अझैं ४७ जिल्लाको नतिजा सार्वजनिक गर्न बाँकी छ । प्राविधिक समस्या आएका कारण नतिजा सार्वजनिक कार्य रोकिएको शिक्षक सेवा आयोगले जनाएको छ । आयोगका सूचना अधिकारी दामोदर आचार्यले नतिजा सार्वजनिक कार्यमा देखिएको समस्या समाधान गर्ने कार्य चलिरहेको बताए । ‘नतिजा सार्वजनिक कार्य रोकिएको हो, केही प्राविधिक समस्या आएका कारण स्थगन गरेका हौं,’ उनले भने, ‘समस्या समाधान गरेर शुक्रबारसम्म नतिजा सार्वजनिक गछौं ।’

एसइईको सर्टिफिकेटमा हजारौँ विद्यार्थीको गलत विवरण

काठमाडौं । ०७५ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण हजारौँ विद्यार्थीको प्रमाणपत्र (सर्टिफिकेट) मा नाम, थर र जन्ममिति नै गल्ती भेटिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइबाट विद्यार्थीको विवरण इन्ट्री गर्दा भएको लापरबाहीका कारण अहिले विद्यार्थी पीडित बनेका छन् । एउटै जिल्लाका ७४ प्रतिशतसम्म विद्यार्थीको विवरण गल्ती भेटिएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको एसइईको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ‘एउटाको जम्ममिति, नाम अर्कैको छ, एउटाको सिम्बोल नम्बर भए नाम र जन्ममिति अर्कैको छ,’ परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘यस्ता धेरै समस्या छन् । दैनिक पाँच सयसम्म विद्यार्थी पनिका आउने गरेका छन् । धेरैले दुःख पाएका छन् । हिजोआज पनिकाका कर्मचारी तिनै विद्यार्थीका विवरण सच्याउनमा व्यस्त छन् ।’ विद्यार्थीको नाम, थर र जन्ममिति मात्रै बिग्रिएको छैन । एउटा विद्यालयमा अर्को विद्यालयका विद्यार्थीको नाम राख्नेसम्मको लापरबाही भएको छ । रूपन्देही, ओखलढुंगा र धनुषाका विद्यार्थीको विवरणमा धेरै त्रुटि देखिएको पनिकाले जनाएको छ । रुपन्देहीमा करिब तीन हजार विद्यार्थीको नाम, थर र जन्ममिति गल्ती रहेको नियन्त्रक खकुरेलले बताए । ओखलढुंगामा करिब २३ सय विद्यार्थी छन्, तीमध्ये करिब १७ सयको विवरण त्रुटि छ । त्यस्तै, धनुषालगायत जिल्लामा पनि गल्ती भएका छन् । गल्ती विवरण सच्याउन विद्यार्थीले एक हप्तासम्म पर्खिनुपरेको छ । पनिकामा कम्प्युटरमा विवरण सच्याउने जनशक्ति अभाव भएकाले पनि लामो समय कुर्नुपरेको छ । ‘स्कुलको सबैको बिग्रेको छ भने एक–एकजना विद्यार्थी नपठाउन भनेका छौँ । सबै विद्यार्थीको एकमुष्ट फारम ल्याउन र पनिकाबाट एकमुष्ट सच्याएर पठाउँछौँ भनेका छौँ,’ परीक्षा नियन्त्रक खकुरेलले भने, ‘जिल्लाबाट काठमाडौं आउँदा एउटा विद्यार्थीको हजारौँ खर्च हुने गरेको छ । हामीले सबैसम्म छिटो सच्याएर उपलब्ध गराएका छौँ ।’ पनिकाले एसइईको नतिजा सार्वजनिक भएको एक महिनामा विद्यार्थीलाई सर्टिफिकेट वितरण गरेको थियो । तर, सर्टिफिकेटमै व्यक्तिगत विवरण गलत भएपछि देश तथा विदेशमा अध्ययनका लागि तयार विद्यार्थीलाई तनाव भएको छ । उनीहरूले विवरण सच्याउन हजारौँ रुपैयाँ खर्चसमेत गर्नुपरेको छ । अनलाइनमार्फत फारम भरेका कारण पनि धेरै त्रुटि भएको नियन्त्रक खकुरेलले बताए । जिल्ला शिक्षा विकास तथा समन्वय केन्द्र एसइईको फारम भरेर केन्द्रमा पठाएका थिए । केन्द्रमा कर्मचारी नहुँदा विद्यालयबाट आएका फारम शिक्षकहरूमार्फत अनलाइन विवरण भराएको थियो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

हेर्नुस्, २८ जिल्लाको प्रा.वि तहको नतिजा (सूचीसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले मंगलबार दिउँसोसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । हेर्नुस् २८ जिल्लाको प्रा.वि तहको नतिजा– झापा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेख जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले सोमबार ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबार झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । झापा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

यी हुन्, सरकारले पुरस्कृत हुने १०१ उत्कृष्ट शिक्षक (सूचीसहित)

काठमाडौंः  देशभरबाट १०१ उत्कृष्ट शिक्षक पुरस्कृत हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । सामुदायिक विद्यालयका ७७, संस्थागत विद्यालय र नेपालस्काउट तर्फ ६, विश्वविद्यालयतर्फका ११ र प्राविधिक शिक्षालयका ७ गरी १०१ शिक्षकहरुलाई पुरस्कारका लागि छनोट गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कारका लागि खुलारुपमा आवेदन माग गरी उनीहरुबाट उत्कृष्ट शिक्षकहरुको छनोट गरेको हो । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा देहाय बमोजिमका शिक्षकरप्रशिक्षक तथा प्राध्यापकहरुलाई शिक्षा दिवस पदक, प्रमाणपत्र तथा प्रशंसापत्रद्वारा पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ । पुरस्कृत हुने शिक्षकको सूची हेर्न यहाँ क्लिक गर्नुस्

प्राथमिक तहको नतिजाको रोल नम्वर संशोधन (सूचनासहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले आइतबार सार्वजनिक गरेको प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको प्यूठान जिल्लाको नतिजामा सफल र बैकल्पिक उम्मेदवारहरुको रोल नम्बर अन्यथा हुन गएको जनाएको छ । आयोगले आज एक सूचना जारी गर्दै भनेको छ, ‘आयोगबाट भदौ २२ गते प्रकाशित प्यूठानको प्राथमिक तहको अन्तिम नतिजामा सफल र बैकल्पिक उम्मेदवारहरुको रोल नम्बर अन्यथा हुन गएकोले आयोगको अभिलेख अनुसार सच्याइएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ आयोगले सोमबार दिउँसोसम्म २४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार दिउँसोसम्म सुदूरपश्चिमका सबै जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् २४ जिल्लाको प्रा.वि तहको नतिजा– प्यूठान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेख जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा।वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

आइतबार ७ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले आइतबार ७ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज दैलेख, सुर्खेत , रुकुम, रोल्पा , प्यूठान, सल्यान र दाङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । प्यूठान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेख जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

के तपाई यो हल गर्न सक्नुहुन्छ ?

गणितमा केही यस्ता प्रश्न हुन्छन, जुन देख्दा सामान्य लाग्छन तर ती हल गर्दा पनि कतै न कतै गल्ती हुने गर्दछ । यहाँ एउटा यस्तै प्रश्न दिइएको छ । यो प्रश्न हेर्दा निकै सामान्य लाग्छ । ल, पहिला तपाई यो प्रश्न हल गर्नुस् त । यो प्रश्न जापानमा निकै भाइरल नै भएको टेलिग्राफले जनाएको छ । सन् १९८० को दशकमा गरिएको एउटा अध्ययनमा यो प्रश्नको सही उत्तर ६० प्रतिशतले मात्रै दिन सकेका थिए । जबकि यो अहिले भने यो प्रश्नको उत्तर ९० प्रतिशतले गलत गरेका छन् । के गल्ती हुन्छ त । कतै तपाईले पनि यो चित्रमा दिइएको जस्तो गल्ती त गर्नु भएन ? कति उत्तर आयो भन्नु त ? अब हेर्नुस यसमा पनि कतिपयले बोडोमास नियम लागु गर्ने गर्दछन् । यो भिडियो हेर्नुस् त

हेर्नुस्, १७ जिल्लाको प्रा.वि तहको नतिजा (नतिजासहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले आइतबार दिउँसोसम्म १७ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । हेर्नुस् १७ जिल्लाको प्रा.वि तहको नतिजा- मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा।वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताइन् । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन अध्यापन प्रणालीमा सुधार गरी गुणस्तरीय शिक्षा प्राप्तिका लागि सरकारको पहल र लगानी उपलब्धिमूलक हुनुपर्ने बताइन् । उनले भनिन्, “सामाजिक, आर्थिक रुपान्तरण, रोजगार र प्रविधि, सदाचार र सत्चरित्रयुक्त अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता हो, यसका लागि आवश्यक केही नियम परिमार्जनको क्रममा रहेकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गर्दछौँ ।” उनले विभिन्न विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीपलाई सरकारले लिएको समृद्ध नेपालको आकाङ्क्षा साकार पार्न उपयोगी हुने विश्वास व्यक्त गर्दै सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण हुने विश्वास व्यक्त गरिन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक शिक्षा रुपान्तरण सरकारको उच्च प्राथमिकतामा रहेको र दीक्षित प्रतिभाहरुलाई स्वदेशमै रही योगदान गर्ने वातावरण सिर्जना गरिरहेको बताउँदै यसै वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने जानकारी दिइन् । समारोहमा विभिन्न विद्या पदक वितरण भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

शनिबार पनि ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले शनिबार साँझ ७ बजेसम्म ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज मुगु, डोल्पा, बाँके र बर्दिया जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगले पिडिएफ फाइल अपलोड गरिसकेको छैन । केही बेरमा अपलडो गरिने जनाइएको छ । मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा।वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

नेपाली व्याकरण लेखन परम्परा, पहिलो व्याकरणदेखि आजसम्म

पारसमणि शर्मा व्याकरण कुनै पनि भाषालाई नियमबद्ध गर्ने प्रणाली नै व्याकरण हो। भाषाका निम्ति व्याकरण महत्वपूर्ण पक्ष हो। यसले भाषिक व्यवस्थालाई निमयबद्ध गर्दछ। अर्को शब्दमा भन्नु हो भने भाषिक व्यवस्थाको अध्ययन नै व्याकरण हो। व्याकरण शब्दहरूको क्रम, क्रिया, काल, भाव, पक्ष, वाच्य, अकरण, कारण, विशेषण, पदावली, वाक्य आदिको नियम प्रस्तुत गरिएको हुन्छ। यसर्थ व्याकरण भन्नाले भाषाको नियम बुझिन्छ। भाषामा कुन ठीक अथवा कुन बेठीक, कुन शुद्ध कुन अशुद्ध आदि भन्नेबारे छुट्याउने आधार नै व्याकरण हो। जब कुनै पनि भाषाको लेख्य रूप अघि आउँछ, तब त्यस भाषालाई व्याकरणको आवश्यकता पर्छ। यसले भाषालाई स्तरीकरण अथवा मानकीकरण गर्दै भाषामा एकरूपताको नियम तय गर्दछ। कुनै पनि भाषा एकै स्थानमा सीमित नरहेर यसको क्षेत्रविस्तार भएको हुन्छ। यसरी क्षेत्र विस्तार हुँदा भाषामा भाषिकाहरूको जन्म हुँदैजान्छ। ठाउँ-ठाउँमा बोलिने एउटै भाषाका पनि विभिन्न रूपहरू बनिँदै जान्छन्‌। व्याकरणले यी विभिन्न रूपहरूमा सर्वमान्य रूपलाई मान्यात दिई त्यसैको आधारमा नियम तय गरेको हुन्छ। सिक्किममा बोलिने नेपाली भाषा र पश्चिम नेपालमा बोलिने नेपाली भाषाको स्वरूप, क्षेत्र विस्तार र छुट्टाछुट्टै भाषिककाको विकासका कारण भिन्न छन्‌। यस्ता विविध रूपलाई व्याकरणले मानक रूप प्रदान गरी नियम तय गरेकाले सिक्किम र पश्चिम नेपालका नेपालीले लेख्य रूपमा एकै किसिकमको भाषाको प्रयोग गर्दछन्‌। कथ्य रूपमा भाषाको रूप परिवर्तित हुँदैगए पनि लेख्य रूपले यसलाई समातेर राखेको हुन्छ। यसैले भाषाको स्तरीकरण र एकरूपताका लागि व्याकरणका नियमहरू महत्वपूर्ण हुन्छन्‌। नेपाली भषाको पहिलो व्याकरण आधुनिक आर्य भाषाका रूपमा विकसित नेपाली भाषाको लेख्य परम्पराको थालनी भएको एक हजारभन्दा धेरै वर्ष बितिसकेको छ। यस क्रममा नेपाली भाषामा शिलालेख, ताम्रपत्र, पत्र, औषधिग्रन्थ हुँदै साहित्यिक लेखनसमेतको विकास हुँदैआए पनि यस भाषाको अध्ययन भने 19औं शताब्दीमा आएर मात्र भएको पाइन्छ। यस भाषाको अध्ययनमा अनेपाली भाषी विद्वानहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्‌। सर्वप्रथम नेपाली भाषाको अध्ययन रोमबाट, कसियानो बेलिगत्तिको अल्फावेट्‌म बह्मनिकम सेव युनिभर्सिटाइटिस काशीमा सन्‌ 1771 -मा भएको पाइन्छ। उक्त पुस्तकको भूमिकामा जोन्स क्रिस्टोफर आमाडुटियसले भारतीय भाषाहरूको नामको चर्चा गर्दै नेपालेन्सिस्‌- को उल्लेख गरेको पाइन्छ। यसपछि सन्‌ 1811 -मा डब्लु जे कर्कप्याट्रिकले एन एकाउण्ट अव्‌ द किङडम अव्‌ नेपाल- मा नेपालका प्रमुख आठ भाषाहरूको चर्चा गर्दै पर्वते भाषाका लगभग 550 शब्दहरूलाई नेवारी पर्याय र अङ्‌ग्रेजी अर्थका साथ दिएको पाइन्छ। उनले नेपाली भाषालाई पर्वते नाम गरेका छन्‌। यसपछि 1816- मा पादरी क्यारे भारत आएका थिए र उनले यहॉं भारतीय भाषाहरूको अध्ययन गरी 33 भाषाका 34 नमूना दिए, जसमा नेपाली पनि सामेल थियो। सन्‌ 1820- मा सर्वप्रथम नेपाली भाषाको व्याकरण लेखियो। यो कार्य कलकत्ताको कोर्ट विलियम कलेजका प्रो. जेए एटनले गरे। उनल नेपाली भाषाको पहिलो व्याकरण देवनागरी लिपिको प्रयोगसहित लेखेर व्याकरण लेखन परम्पराको थालनी गरे। उनको ऐतिहासिक नेपाली भाषाको व्याकरण ए ग्रामर अव्‌ द नेपालिज्‌ ल्याङ्‌ग्वेज (A GRAMMAR OF THE NEPALIES LANGUAGE) -मा अङ्‌ग्रेजी भाषामा नेपाली भाषाको स्वरूपको वर्णन गरिएको छ भने नेपाली भाषाको पुरानो कथाको नमूना पनि राखिएको छ। एटनले दार्जीलिङ पहाडमा आउने अङ्‌ग्रेज साहेबहरूका लागि नेपाली भाषा सिक्न सजिलो होस्‌ भन्ने उद्देश्य राखेर व्याकरण तयार गरेका हुन्‌ भन्ने अनुमान गरिएको छ। 60 पृष्ठको यो व्याकरण किलिप परेरा हिन्दुस्तानी प्रेस, कलकत्तामा छापिएको थियो। नेपाली व्याकरण लेखनको इतिहासमा एटनको व्याकरण पथप्रर्शनको रूपमा अघि आएकोछ। नेपाली व्याकरण लेखन परम्परा 1820- मा जेए एटनको व्याकरण ए ग्रामर अव्‌ द नेपालिज्‌ ल्याङ्‌ग्वेज (A GRAMMAR OF THE NEPALIES LANGUAGE) -पछि सन्‌ 1872-मा लण्डनबाट जोन बिम्सले भारतीय भाषाहरूको तुलनात्मक व्याकरण कम्प्यारेटिभ ग्रामर अव्‌ द मोर्डन आर्यन ल्याङ्‌ग्वेजेस्‌ अव्‌ इण्डिया (COMPARATIVE GRAMMAR OF HE MODERN ARYAN LANGUAGES OF INDIA)-मा भारतका सात प्रमुख भाषाहरू-बङ्गाली, उडिया, हिन्दी, पञ्जाबी, सिन्धी, गुजराती र मराठीको तुलनात्मक अध्ययनका क्रममा नेपाली भाषाको पनि चर्चा गर्दै नेपालीलाई हिन्दीको भाषिका बताएका छन्‌। यसपछि सन्‌ 1875-मा एसएच केगलले हिन्दी भाषाको व्याकरण (THE GRAMMAR OF HINDI LANGUAGE)- मा नेपाली भाषाबारे चर्चा गरेका छन्‌। यसरी नै सन्‌ 1880-मा रूडोल्फ हर्नेलेको गौडीय भाषाहरूको तुलनात्मक व्याकरण (COMPARATIVE GRAMMAR OF THE GAUDIAN LANGUAGES)-मा भारतका आर्य भाषाहरूलाई पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी गरी चार थरिका गौडीय भाषामा विभाजन गरिएको छ अनि कुमाउनी, गढवाली र नेपालीलाई उत्तरी गौडीय भाषा वर्गमा राखिएको छ। कुमाउनी, गडवाली र नेपाली भाषाको एउटै मूलस्रोत देखाइएको छ। सन्‌ 1887-मा दार्जीलिङबाट प्रकाशित फादर टर्नबुलको नेपाली ग्रामर एण्ड इङ्‌ग्लिस नेपाली-नेपाली इङ्‌ग्लिस भोकाबुलेरी (NEPALI GRAMMAR & ENGLISH-NEPALI NEPALI-ENGLISH VOCABULARY) नेपाली भाषाको दोस्रो व्याकरण हो। यो व्याकरण उनले दार्जीलिङका चिया कमानका अङ्‌ग्रेज कर्मचारी र फौजका अधिकारीहरूलाई नेपाली भाषा सिक्न सहयोग पुगोस्‌ भन्ने उद्देश्यले प्रकाशित गरेका थिए। यसमा नेपाली भाषालाई राजपुताना र पञ्जाबको हिन्दी भाषासॅंग नजीकको सम्बन्ध रहेको देखाइएको छ। नेपालीद्वारा लेखिएको पहिलो व्याकरण बीसौं शताब्दीको थालनीसितै नेपाली भाषाका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू भए। सन्‌ 1901-मा दार्जीलिङबाट गोर्खा खबर कागत्‌ र काठमाडौंबाट गोरखापत्र- को प्रकाशनसितै नेपाली भाषामा पत्र-पत्रिकाको प्रकाशन युग शुरू हुन्छ। पत्र-पत्रिकाको प्रकाशनले भाषाको अध्ययन र व्याकरण लेखनलाई ठूलो सहयोग पुग्छ। बनारसबाट सन्‌ 1906- मा माधवी, सन्‌ 1908-मा सुन्दरी-लगायत चन्द्रिका आदि पत्र-पत्रिकाको प्रकाशन व्याकरण निर्माणका लागि महत्वपूर्ण पूर्वाधार बन्नपुगे। नेपालका स्कूलहरूमा नेपालीमा पठन-पाठन शुरू भयो भऩे यता भारतमा पारसमणि प्रधानको विशेष योगदानमा स्कूलमा नेपाली शिक्षण पनि शुरू भयो। सन्‌ 1911-मा प्रयाग विश्विविद्यालयले नेपाली भाषालाई लोक भाषाका रूपमा मान्यात दिँदै प्रवेशिका परीक्षा तहमा यसको पठन-पाठन शुरू गऱ्यो। सन्‌ 1918- को 24 जुलाईको दिन कलकत्ता विश्विद्यालयले नेपाली भाषालाई म्याट्रिक, आइए र बीएस्तरसम्मको मान्यता दियो। यसका लागि पारसमणि प्रधानको योगदान अविस्मरणीय रहेको छ। शिक्षाका क्षेत्रमा पारसमणि प्रधानले पुऱ्याएको योगदानका कारण उनलाई पहाडका ईश्वरचन्द्र विद्यासागर पनि भनिन्छ। नेपाली पठन-पाठनको मान्यताले नेपाली विद्वानहरूलाई पनि भाषाको अध्ययनमा अभिप्रेरित हुने वातावरण तयार गरिदियो। नेपाली भाषामै सर्वप्रथम व्याकरणले लेख्ने वैयाकरण वीरेन्द्रकेशरी अर्याल हुन्‌ भनिन्छ। उनले सन्‌ 1903- मा नेपाली व्याकरण लेखेका थिए भनिए पनि उनको व्याकरण अप्राप्य रहेकोले यसका विषयमा विशेष जानकारी पाइएको छैन। यसर्थ नेपालमा लेखिएको अनि नेपालमै छापिएको पहिलो नेपाली व्याकरणको पुस्तक जय पृथ्वीबहादुर सिंहको प्राकृत व्याकरण हो। सिंहको प्राकृत व्याकरण सन्‌ 1912- मा प्रकाशित भएको हो। जय पृथ्वीबहादुर सिंह पाठ्यक्रममा नेपाली विषय हुनुपर्छ र शिक्षाको माध्यम नेपाील भाषा हुनुपर्छ भन्ने भाषाप्रेमी व्यक्ति थिए। उनको प्राकृत व्याकरणको विशेष महत्व रहेको छ। उनले प्रारम्भिक स्तरका नेपाली पाठ्य पुस्तकहरू यही व्याकरणका आधारमा तयार गरेका थिए।  नेपाली व्याकरण लेखनमा सक्रियता प्राकृत व्याकरणको प्रकासनपछि नेपाली व्याकरण लेखनमा सक्रियता आयो। सन्‌ 1912-मा नै पण्डित हेमराजको चन्द्रिका व्याकरण र विश्वमणिको दीक्षिताचार्यको गोर्खा व्याकरण बोध प्रकाशित भए। दीक्षिताचार्यको गोर्खा व्याकरण बोध प्राकृत व्याकरणभन्दा केही ठूलो छ। यसले हलन्त बहिष्कार आन्दोलनलाई समर्थन गरेको देखिन्छ। पण्डित हेमराजको चन्दिरका गोर्खा भाषा व्याकरण विस्तृत रूपमा लेखिएको महत्वपूर्ण पुस्तक हो। यस पुस्तकमा नेपाली भाषाको प्राचीन तथा आधुनिक भाषा शास्त्रका आधारमा चर्चा र व्याख्या गरिएको छ। यस व्याकरणलाई आज पनि स्तरीय तथा मानक व्याकरण मान्नेहरू धेरै छन्‌। चन्द्रिकाको प्रकाशनपछि नेपाली लेखन पद्धति र भाषाको स्तरीकरण र मानकीकरणका लागि यसैलाई आधार मानियो। यसलाई व्याकरणको गुरुग्रन्थ मानियो। चन्द्रिकालाई आधार मानी सोमनाथ सिग्द्यालको मध्य चन्द्रिका सन्‌ 1919-मा प्रकाशित भयो। यसलाई स्कूल स्तरमा चलाउन शुरू गरियो। यसपछि पारसमणि प्रधानको नेपाली व्याकरण सन्‌ 1920 -मा प्रकाशित भयो। यसपछि पारसमणिले पठन-पाठनका लागि व्याकरण पुस्तकहरू तथा कोश निर्माणमा महत्वपूर्ण योगदान दिए। पारसमणि प्रधानका प्रमुख व्याकरण पुस्तकहरू हुन्‌ नेपाली व्याकरण (1920), सजिलो नेपाली व्याकरण (1935), नेपाली व्याकरण भारती (1955), प्राथमिक नेपाली व्याकरण (1955), टीकाराम शर्मासितको सहलेकनमा प्रवेशिका व्याकरण र रचना (1955), नेपाली रचना भारती (1954), भाषा प्रवेश नेपाली व्याकरण (1960), नेपाली व्याकरण (पहिलो भाग) (1974), माध्यमिक नेपाली रचना (1982) आदि। यसका साथै पारसमणिले भाषासित सम्बन्धित अनेकौं पुस्तक र कोश लेखेका छन्‌। नेपाली भाषाको स्तरीकरण र मानकीकरणका साथसाथै पठऩ-पाठनमा पारसमणि प्रधानको योगदान विशिष्ट रहेको छ। यसरी नै नेपाली व्याकरण लेखनमा देखा परेका अन्य उपलब्धिहरू हुन्‌- सोमनाथ सिग्द्यालको लघु चन्द्रिका (1934), गोपाल पाण्डेको नेपाली रचना दर्पण (1937), र रचना केशर (1943), पुष्कर शमशेरको नेपाली सजिलो व्याकरण (1944),, ज्ञान प्रसाद शर्माको रचना सहायक (1946), श्रीप्रसाद घिमिरेको पद्म व्याकरण एन्द्रिय चॉंदनी (1954), नगेन्द्रमणि र अमरमणिको प्राथमिक नेपाली व्याकरण (1955), डिल्लीबहादुर श्रेष्ठ र मणिकुमार उपाध्यायको नयॉं नेपाली रचना (1957), देवीप्रदास काफ्लेको नेपाली रचना कुसुम (1957), हर्षनाथ शर्माको नेपाली व्याकरण बोध (1959), शेषराज रेग्मीको नेपाली रचना प्रकाश (1961), मणिकबहादुर चित्रकारको नेपाली व्याकरण (1964), कृष्णप्रसाद पराजुलीको राम्रो रचना मीठो नेपाली (1966), हर्षनाथ शर्माको अनिवार्य नेपाली रचना (1966), मोहनराज शर्माको नेपाली व्याकरण परिचय (1967), जनकलाल शर्माको नेपाली व्याकरण (1967), तुलसीप्रसाद ढुङ्‌गेलको नेपाली रचना शिल्प (1968), ऋषभदेव शास्त्रीको व्याकरणको दन्त्य कथा (1970), विष्णु गोपाल र शिव गोपाल रिसालको नेपाली भाषा र व्याकरण (1970), रामचन्द्र ढुङ्गानाको सरल नेपाली व्याकरण (1972), गोपालनिधि तिवारीको नेपाली भाषाको बनोट (1973), मोहनराज शर्माको शब्द रचना र वर्णविन्यास (1974), नरेन्द्र चापागाईंको व्याकरण निर्देशिका(1976), रोहिणीप्रासद भट्टराईको बृहत नेपाली व्याकरण (1976), महानन्द सापकोटाको नेपाली व्याकरणमा प्रस्तावना (1977), कृष्णप्रसाद पराजुलीको प्रयोगात्मक भाषातत्त्व (1978), शिवराज शर्माको माध्यमिक नेपाली व्याकरण (1980), राजेश्वर देवकोटाको नेपाली व्याकरण (1961), कृष्णप्रसाद पराजुलीको नेपाली व्यावहारिक व्याकरण (1966), सिद्धराज जोशीको नेपाली व्याकरण परिचय (1946), नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको भाषा व्याकरण समितिद्वारा तयार भाषा- व्याकरण-प्रश्नावली (1970), प्रकाश ए राजको नेपाली भाषा र चन्द्रिका व्याकरण (1972), भाइचन्द्र प्रधानको नव नेपाली व्याकरण (1976), भाइचन्द्र प्रधानको नव नेपाली व्याकरण भाग 1 (1974), शिवराज शर्माको माध्यमिक नेपाली व्याकरण र रचना (1976), पूर्वोत्तर नेपाली व्याकरण (2003), भाइचन्द प्रधानको शिशु नेपाली व्याकरण र रचना (1985), भाइचन्द प्रधानको आधुनिक नेपाली व्याकरण (1985), चूडामणि बन्धुको सम्पादनमा नेपापी व्याकरणका केही पक्ष (1997), भाइचन्द र मनबहादुर प्रधानको सुगम नेपाली व्याकरण र रचना (1985), हरि मञ्जुश्रीको प्रयोगात्कम व्याकरण (1986), हेमाङ्गराज अधिकारीको समसामयिक नेपाली व्याकरण (2002), चूडामणि रेग्मीको नेपाली भाषा र व्याकरणः केही विषय केही छलफल (1995), हेमाङ्गराज अधिकारीको नेपाली कारक व्याकरण (1994), डा. बासुदेव त्रिपाठी र अन्यको निम्नमाध्यमिक नेपाली व्याकरण र रचना (2000), माधवप्रसाद पोखरेलको नेपाली व्याकरण अभिवयक्ति र अभ्यास (2000), ईश्वरकुमार श्रेष्ठको नेपाली व्याकरणः केही पक्षहरूको चर्चा (2000), शिवराज शर्माको नौलो नेपाली व्याकरण (2005), नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको व्याकरण- समितिद्वारा प्रकाशित वृहद्‌ नेपाली व्याकरण (1976), माधवप्रसाद पोखरेलको नेपाली वाक्य-व्याकरण(1997), डा. घनश्याम नेपाल र डा. कविता लामाको उच्च माध्यमिक नेपाली व्याकरण (2005), डा. घनश्याम नेपाल र पुष्कर पराजुलीको नेपाली व्याकरण (2006), आदि। व्याकरण लेखनको नयॉं युगको थालनी नेपाली भाषाको मानकीकरण र स्तरीकरणमा नेपाली साथै अनेपाली विद्वानहरूको योगदान स्तुत्य रहेको छ। भाषाको प्रकृतिमा अनेकौं प्रभावका कारण निरन्तर परिवर्तन आइरहेको छ। आजको युगलाई कम्प्युुटर र विज्ञानले प्रभावित बनाएको छ। अझ नेपाली सफ्टवेयहरूको विकास, युनिकोडको विकास आदिले पारिरहेको प्रभावका कारण तक्निकी सुविधासम्पन्न व्याकरण निर्माण र नेपाली भाषाको मानकीकरण, स्तरीकरण तथा एकरूपताका लागि भारत र नेपाल दुवैतर्फ प्रायसहरू भइरहेका छन्‌। यस दिशामा नेपालबाट मदन पुरस्कार पुस्तकालय, काठमाडौं विश्वविद्यालय र भारतबाट भारतीय भाषा संस्थान, उत्तरबङ्ग विश्वविद्यालय र सिक्किम अकादमीजस्ता संस्थानहरू जुटेका छन्‌। अर्कोतिर व्याकरण लेखनका लागि भाषा विज्ञानलाई पनि बलियो आधार मानिएको पाइन्छ। यसले नेपाली व्याकरण लेखनको नयॉं युग शुरु भएको छ। व्याकरण लेखकहरूलाई पनि नयॉं परिवर्तन र तक्निकी सुविधा र अपठ्यारोलाई ध्यानमा राखेर व्याकरण निर्माण गर्न प्रेरित गरिरहेको छ। पछिल्ला चरणमा देखापरेका कतिपय वैयाकरणहरूले यिनै कम्प्युटरजनित तक्नीक पक्ष, नेपाली भाषामा देखापरेका परिवर्तन तथा भाषा वैज्ञानिक अध्ययनलाई आधार मानी व्याकरण लेखेको पाइन्छ। यस्ता व्याकरणहरूमा चूडामणि रेग्मीको नेपाली भाषा र व्याकरणः केही विषय र केही छलफल(1995), माधव प्रसाद पोखरेलको नेपाली वाक्य व्याकरण (1997), कृष्णहरि बराल र नेत्र एटमको निम्न माध्यमिक नेपाली व्याकरण अभिव्यक्ति र अभ्यास (2000), र माध्यमिक नेपाली व्याकरण अभिव्यक्ति र अभ्यास (2000), ईश्वरकुमार श्रेष्ठको नेपाली व्याकरणः केही पक्षहरूको चर्चा (2000), माधवप्रसाद पोखरेलको नेपाली वाक्य-व्याकरण(1997), डा. घनश्याम नेपाल र डा. कविता लामाको उच्च माध्यमिक नेपाली व्याकरण (2004), डा. घनश्याम नेपाल र पुष्कर पराजुलीको नेपाली व्याकरण (2006), सिक्किम अकादेमीद्वारा प्रकाशित एवं डा. कुमार प्रधान, डा. घनश्याम नेपाल र अन्यद्वारा लिखित एवं सम्पादित नेपाली लेखन शैली (2011 )आदि प्रमुख छन्‌। 000

१३ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले शनिबार दिउँसोसम्म १३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार दिउँसोसम्म सुदूरपश्चिमका सबै जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् १३ जिल्लाको प्रा.वि तहको नतिजा हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा।वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।