फेरी बढ्यो सूनचाँदीको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ०२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य आइतबार प्रतितोला रु. ९१ हजार ९ सय तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

घट्यो सुनको मूल्य

काठमाडौंः सोमबार बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार सुन तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

घट्यो सुनको मूल्य

काठमाडौंः आइतबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । शुक्रबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आज २५ रुपैयाँ घट्दै १३ सय ४५ पुगेको छ ।

तिजको अघिल्लो दिन ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौंः बिहीबार सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन प्रतितोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार र बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४ सयरुपैयाँ पुगेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँ रहेको थियो । शुक्रबार हरितालिका तीज हो । हरितालिका तीजको अघिल्लो दिन सुनको मूल्य घटेको हो ।

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको हो । अहिलेसम्म नेपालमा सुनको मूल्य सबैभन्दा बढी ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । सो मूल्यमा ३१ असारमा कारोबार भएको थियो । शुक्रबार ९२ सय २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्यमा पनि बढेको छ । शुक्रबार प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँ तोकिएको तेजावी सुनको मूल्य आज प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ९ सय ९५ रुपैयाँ तोकिएको थियो ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौंः बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ । जसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो ।

सुनको मूल्य २०११ यताकै उच्च

एजेन्सीः न्यूयोक–वाल स्ट्रिटमा यो अनौठो समय भएको छ । सम्भावित आर्थिक सुधारको आशाबीच धितोपत्र बजार उकालो लागिरहेको छ । लगानीकर्ताहरु अझै पनि अमेरिकामा कोभिड–१९ फैलन सक्नेप्रति नर्भसको अवस्थामा छन् । यसैबीच सुनको मूल्य २०११ को सेप्टेम्बरदेखिकै उच्च विन्दुमा पुगेको छ । यो १९०० भन्दा बढीमा पुग्ने देखिएको छ । २०२० को हालसम्मको अवस्थामा सुनको मूल्य झन्डै १९ प्रतिशतले वृद्धि भएको छ । २००८ मा लेहम्यान ब्रदर्स टाट पल्टिएपछिको अवस्थामा केही कमी आएपछि सुनको मूल्यमा केही वृद्धि भएको थियो । त्यसपछि सुनको मूल्य २०११ मा सबै समयको उच्च भएको थियो । स्ट्यान्डर्ड एन्ड पुअरले अमेरिकाको क्रेडिट रेटिङ घटाएपछिको अवस्थामा सुनको मूल्य बढेको हो ।

फेरि बढ्यो सुनको मूल्य

काठमाडौः सुनको मूल्य मंगलबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९० हजार २ सयमा कारोबार भएकोमा मंगलबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्यमा पनि सात सय रुपैयाँले बढेर ९० हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुनको मूल्य ८९ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

एकै दिन ३ हजारले घट्यो सुनः कतिमा हुँदै छ कारोबार?

काठमाडौंः साताको अन्तिम दिन आज शुक्रवार सुनको मुल्यमा भारी गिरावट आएको छ । आज शुक्रवार एकै दिन सुनमा ३ हजारले गिरावट आएको हो । बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज शुक्रवार प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । तेजावी सुन प्रतितोला ७८ हजार २ सयमा कारोवार भइरहेको छ । त्यस्तै,चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी बिहीबारको तुलनामा ४० रुपैयाले घटेर प्रतितोला ८ सय २० रुपैयामा कारोबार भइरहेको छ ।

ह्वात्तै घट्यो आज सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको भाऊ ८ सय रुपैयाँले घटेको छ । बुधबार ८२ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । बुधबार ८२ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य आज प्रतितोला ८१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । बुधबार ८ सय ८० रुपैयाँमा कारोबार चाँदी आज २० रुपैयाँ घटेर प्रतितोला ८ सय ६० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य एकै दिन २२ सय रुपैयाँ बढ्यो

काठमाडौंः केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावालको मूल्य सुन बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको हो। यो अहिलेसम्म कै उच्च मूल्य हो। यसअघि फागुन १२ मा प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यो रेकर्डलाई पनि तोड्दै बुधबार सुनको मूल्य थप उकालो लागेको हो। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको छ।

घट्यो सुनको मूल्य, कतिमा हँदैछ कारोबार?

काठमाडौंः साताको दोस्रो दिन मंगलबार आजको सुनको मूल्य १ सय रुपैंयाले घटेको छ। मंगलबार प्रतितोला ७६ हजारमा कारोबार भएको सुनको मूल्य आज ७५ हजार ९ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेको छ। मंगलबार ७५ हजार ७ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज ७५ हजार ६ सय पुगेको छ। त्यस्तै चाँदी आज प्रतितोला ८ सय ८० रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ।  

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौंः नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७५ हजारमा कारोबार भएको सुन आज ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ । बिहीबार ७४ हजार ७ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज बढेर ७४ हजार ९ सय पुगेको छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ८ सय ८५ पुगेको चाँदी आज पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला ७५ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ। बुधबार ७४ हजार ५ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज ७४ हजार ७ सय पुगेको छ। त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ८ सय ८० पुगेको चाँदी आज ५ रुपैंयाले बढेर ८ सय ८५ पुगेको महासंघले जनाएको छ।

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ७४ हजार ६ सय निर्धारण गरिएको सुन आज प्रतितोला ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आइतबार छापावाल सुनको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७४ हजार ७ सय निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । शुक्रबार प्रतितोला ८ सय ८५ सय रुपैंयामा कारोबार भएको चाँदी आज बढेर ८ सय ९० रुपैंया पुगेको महासंघले जनाएको छ ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ७६ हजार पुग्यो

काठमाडौंः केहिदिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार पनि ह्वात्तै बढेको छ । आइतवार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सयले बढेर प्रतितोला ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य वृद्धिसँगै नयाँ कीर्तिमान नै कायम भएको छ । नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । सोमबार छापावाल सुनको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७५ हजार ७ निर्धारण गरिएको छ। त्यस्तै चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर ९ सय २० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।