एकै दिन ३ हजारले घट्यो सुनः कतिमा हुँदै छ कारोबार?

काठमाडौंः साताको अन्तिम दिन आज शुक्रवार सुनको मुल्यमा भारी गिरावट आएको छ ।
आज शुक्रवार एकै दिन सुनमा ३ हजारले गिरावट आएको हो ।

बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज शुक्रवार प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ७८ हजार २ सयमा कारोवार भइरहेको छ ।

त्यस्तै,चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी बिहीबारको तुलनामा ४० रुपैयाले घटेर प्रतितोला ८ सय २० रुपैयामा कारोबार भइरहेको छ ।

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौंः नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७५ हजारमा कारोबार भएको सुन आज ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ । बिहीबार ७४ हजार ७ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज बढेर ७४ हजार ९ सय पुगेको छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ८ सय ८५ पुगेको चाँदी आज पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला ७५ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ। बुधबार ७४ हजार ५ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज ७४ हजार ७ सय पुगेको छ। त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ८ सय ८० पुगेको चाँदी आज ५ रुपैंयाले बढेर ८ सय ८५ पुगेको महासंघले जनाएको छ।

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ७४ हजार ६ सय निर्धारण गरिएको सुन आज प्रतितोला ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आइतबार छापावाल सुनको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७४ हजार ७ सय निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । शुक्रबार प्रतितोला ८ सय ८५ सय रुपैंयामा कारोबार भएको चाँदी आज बढेर ८ सय ९० रुपैंया पुगेको महासंघले जनाएको छ ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ७६ हजार पुग्यो

काठमाडौंः केहिदिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार पनि ह्वात्तै बढेको छ । आइतवार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सयले बढेर प्रतितोला ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य वृद्धिसँगै नयाँ कीर्तिमान नै कायम भएको छ । नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । सोमबार छापावाल सुनको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७५ हजार ७ निर्धारण गरिएको छ। त्यस्तै चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर ९ सय २० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।  

आजको सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर नै रहेको छ । आइतबार पनि तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ नै निर्धारण गरिएको छ । चाँदीको भाऊ पनि आइतबार स्थिर नै रहेको छ । शुक्रबार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी आज पनि यही मूल्यमा कारोबार भइरहको महासंघले जनाएको छ ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार २ सयले घटेर प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको तेजावी सुन आज भने घटेर ७१ हजार १ सय पुगेको छ । आज चाँदीको भाऊ पनि घटेको छ । आइतबार ८ सय ५५ मा प्रतितोला कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ८ सय ५० रुपियाँ कायम भएको महासंघले जनाएको छ ।

तिहारमा पनि सुनसान छन् सुन पसल

विराटनगरः सुनको मूल्यमा उल्लेखनिय वृद्धि भएसँगै सुनको कारोवार घटेपछि बिराटनगरका सुनपसलहरु चाडवाडमा पनि सुनसान छन् । मूल्य वृद्धिका कारण एकतोला सुन खरिद गर्न ठुलो लगानी गर्नुपर्ने भएपछि चाडवाडमा पनि यसपटक सुनको बिक्री नहुदा पसल सुनसान भएका हुन् । सुनको मूल्य बढेपछि यसवर्ष तीज, दशैँ तथा तिहारसमेत सुन बिक्री घटेको सुन व्यवसायी बताउँछन् । तिहारको धनतेरस अर्थात काग तिहारको दिनलाई सुनचादी खरिदका लागि शुभदिन मानिन्छ । तिज र दशैँमा बिक्री नभए पनि धनतेरसको दिन सुनचाँदी बिक्री हुने व्यवसायीले बिश्वास लिएका थिए । गतवर्ष धनतेरसका दिन पाँचलाखसम्म सुनचादी बिक्री गर्ने व्यवसायीहरुले यस पटक भने गतवर्षको तुलनामा ५० प्रतिशतमात्र बिक्री भएको बताउँछन् । मनिष ज्वोर्लसका अशोक खडकाले तिहारमा गतवर्ष चारलाखसम्म सुुनचादी बिक्री गरेकोमा योवर्ष त्यसको आधामात्र बिक्री भएको बताए । धनतेरसका दिन पसलमा ग्राहक भिड भएपनि सगुनका लागि सुनका सानातिना सामान बिक्री भएको उनको भनाई छ । तिहारमा पहिले बिक्री गर्न भ्याइ नभ्याई हुन्थ्यो फुर्सदसमेत हुदैन थियो तर यो वर्ष त्यो अवस्था नरहेको उनले बताए । बाबा शिव ज्वेर्लसका दिनेश साहले गतवर्षको तुुलनामा योवर्षको दिपावलीमा ३० प्रतिशत बिक्री भएको बताए । पहिलेको तुलनामा योवर्ष फाटफुट ग्राहक आएकाले बिक्री कम भएको उनको भनाई छ । सालिमार ज्वेर्लसका सुुनिल अग्रवालले तिहारमा मात्र होइन दशैँ र तिजमासमेत कारोवार ठप्प भएको बताए । महँगो भएका कारण सुन बिक्री नभएपनि चाँदीको बिक्री भने सन्तोषजनक नै रहेको उनको भनाई छ । पसलमा ग्राहक भिड देखिन्छ एकजना लिने र चारजनाले हेरेर सुझाव दिने भएकाले भिड देखिएपनि कारोवार सामान्य हुने गरेको उनले बताए । अग्रवालले भने, गतवर्षको तुुलानमा यस बर्ष ५० प्रतिशत कारोवार घटेको छ । धनलक्ष्मी ज्वोर्लसका सुभाष बर्माले धनतेसरका दिन गतवर्ष तिन लाखसम्म बिक्री भएकोमा यसबर्ष सोको तुलनामा ६० प्रतिशतमात्र बिक्री भएको बताए । सुुनचाँदीको पसल मात्र नभएर बिराटनगरका प्राय सबै व्यवसायमा मन्दी छाएको उनको भनाई थियो । यसैगरी ऋद्धिसिद्धी ज्वोर्लसका अशोक सुमानीले सुनचाँदीको बिक्रीमा गत असारदेिख बिक्रीमा मन्दी आएको बताए । सुनको मूल्य बढेपछि सुनमा लगानी गर्ने भन्दा पनि ग्राहकले सो पैसा अरुतिरै लगानी गर्ने थालेको पाइन्छ । सुन किन्ने पैसा अहिले जग्गा र अरु व्यापारमा लगानी गर्ने क्रमसमेत बढेको पाइन्छ ।

फेरि आकाशियो सुनको मूल्य

काठमाडौंः शुक्रबार नेपाली बजारमा सुनको बढेको छ । बिहीबार प्रतितोला ७० हजार ४ सय पुगेको सुन आज भने बढेर ७१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन पनि बढेर ७० हजार ७ सय रुपैयाँ पुगेको छ । बिहीबार तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाऊमा पनि वृद्धि भएको छ । बिहीबार ८ सय ५० रुपैयाँ पुगेको चाँदी आज भने बढेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज पनि घट्यो सुनको मूल्य

काठमाडौंः सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार ७० हजार १ सय रुपैयाँमा बारोबार भएको सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल चुनजाँदी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाऊ भने स्थिर रहेको छ । आइतबार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि त्यहीँ मूल्यमा कारोबार भइरहेको महांसघले जनाएको छ ।

यस्तो छ आज सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार आज पनि प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि त्यही मूल्यमा सुन कारोबार भएको थियो । यस्तै तेजाबी सुन पनि आज बिहीबारकै मूल्य ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला ८ सय ५० रुपैयाँ पुगेको चाँदीको भाऊ आज पनि त्यहिँ मूल्यमा कारोबार भइरहेको छ ।

फेरि आकाशियो सुनको मूल्य, एकैदिन ११ सयले बढ्यो

काठमाडौंः नेपाली बजारमा फेरि सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार बुधबारको तुलानामा बिहीबार ११ सय रुपैयाँले सुनको मूल्य बढेको हो । बुधबार छापावाला सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे । तर, आज भने बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । यस्तै बुधबार प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ८ सय ५० रुपैयाँ पुगेको छ ।

लगातार बढ्दै सुनको मूल्य !

काठमाडौंः सुनको मूल्य बुधबार पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुनको मूल्य छ सय रुपैयाँले बढेको हो । बुधबार छापावाला सुन तोलामा ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन ७१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य पनि बढेर ७१ हजार सात सय रुपैयाँँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य ७१ हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि छ सय रुपैयाँले बढेको हो । चाँदीको मूल्य तोलामा आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य बढ्यो, सुनको भाऊ कस्तो छ?

काठमाडौंः साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि छापावाल सुन त्यही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि अघिल्लो दिनकोझैं ७१ हजार रुपयाँमै कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज बढेको छ । आइतबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिनमै बढ्यो सुनको मूल्य

काठमाडौंः साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुन र तेजाबी सुन प्रतितोला ३ सय तथा चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय, तेजाबी सुन ७१ हजार र चाँदी तोलामा ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ७१ हजार, तेजाबी सुन ७० हजार ७ सय र चाँदी तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः सुनको मूल्य शुक्रबार फेरि बढेको छ । नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ७१ हजार, तेजाबी सुन ७० हजार ७ सय र चाँदी तोलामा ८ सय ६० रुपैयाँमा मा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ७ सय, तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला ८ सय ५५ कारोबारमा भएको थियो । लगातार तीन दिनसम्म स्थिर रहेको सुनको मुल्य बिहीबार घटेको थियो ।