यस्ता पनि दिन आए, नेपालबाट भारत तस्करी हुन थाल्यो पेट्रोलियम पदार्थ

यस्ता पनि दिन आए, नेपालबाट भारत तस्करी हुन थाल्यो पेट्रोलियम पदार्थ

काठमाडौँ। नाकाबन्दी भएको धेरै भएको छैन। नाकाबन्दी ताका सिमावर्ती बस्तीहरूमा पेट्रोलियम पदार्थको तस्करी गरेर रातारात मोटाउनेहरू धेरै थिए। तर अहिले हेर्दा अवस्था फेरिएको छ। वर्तमान समयमा नेपालबाट भारततिर पेट्रोलियम पदार्थ गइरहेको छ भन्ने कुरा सुन्दा तपाईँ पत्याउनु हुन्न होला तर यो साँचो हो।

कुनै समय भारतको वर्तमान सत्ताधारी पार्टी विपक्षमा थियो र अहिलेको प्रमुख प्रतिपक्षी कांग्रेस सरकारमा। त्यसबेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सरकारले चर्को विरोधको सामना गर्नु पर्दथ्यो। यस्तै मुद्दाहरूमा टेकेर नरेन्द्र मोदीको नेतृत्वमा भाजपा सत्तामा आयो र उसको सत्तारोहणका सुरुवाती दिनहरूमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा अंकुश मात्र लागेन यो ओरालो समेत झऱ्यो। धेरैले यसलाई ‘मोदी म्याजिक’ पनि ठाने।

त्यस बेलासम्म दुई देशबिचको सम्बन्ध सुध्रिएर सीमा सुचारु भएपनि सिमा क्षेत्रका कतिपय नेपालीहरू भारतीय सिमावर्ती बजारहरूमा जाँदा आफ्ना वहनहरूमा इन्धन भराएर ल्याउने गर्दथे र कतिपय अवस्थामा उनीहरूले तोकिएको भन्दा एक-दुई रुपैयाँ बढी पनि तिर्नु परेको हुन्थ्यो।

तर अब भने स्थिति उल्टिएको छ। अहिले भारतमा पेट्रोलको मूल्य नेपालको भन्दा निकै बढी छ र अचेल सिमावर्ती भारतका वासिन्दाहरू नेपाल घुम्न आउँदा आआफ्ना गाडीहरूमा नेपालको सस्तो पेट्रोल समेत भराएर लाने गर्दछन्।

भारतीय मिडियामा नेपालबाट पेट्रोल तथा डीजल तस्करी हुने गरेको समाचार प्रकाशित गरेको छ।   भारतीय मिडियाले नेपालमा अपेक्षाकृत डिजल र पेट्रोल भारतको तुलनामा निकै सस्तो रहेको र नेपाली मुद्रा भारतीय मुद्राको तुलनामा सस्तो समेत भएकाले समेत भारतीयहरूलाई नेपालबाट पेट्रोल तथा डिजलको लाँदा सस्तो पर्ने गरेको उल्लेख गरेको छ।

भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लाको सिमावर्ती क्षेत्रहरूमा नेपालबाट पेट्रोलियम पदार्थ तस्करी हुने गरेको समाचार सो सम्बधी तस्बिरहरू भारतीय मिडियामा सार्वजनिक भएका छन्। बहराइच प्रदेश नं. ५ का बाँके र बर्दियासँग सिमा जोडिएको भारतीय जिल्ला हो।

समाचारहरूमा नेपालबाट यसरी तस्करी गरेर ल्याइएको पेट्रोल तथा डिजल त्यस्ता व्यक्तिहरूले आफैँ प्रयोग गर्ने र मुनाफा खाएर बेच्ने गरेको उल्लेख छ।

भारतीय समाचार पोर्टल उज्ज्वल प्रभातले नेपालमा भारतको तुलनामा पेट्रोल र डिजलको दाम १० देखि २० भारतीय रुपैयाँ कम पर्ने जनाएको छ।

उक्त समाचार पोर्टलले यसका अतिरिक्त उत्तर प्रदेशको गोरखपुर र बिहारको सीमासँग जोडिएका बस्तीहरूमा समेत नेपालबाट पेट्रोल-डिजल तस्करी हुने गरेको जनाएको छ। यसका कारण सीमावर्ती क्षेत्रहरूमा भारतीय पेट्रोलियम पदार्थको खपत कम हुने गरेको समाचारमा उल्लेख छ।

हाल भारतमा पेट्रोल तथा डिजलको मूल्य अत्यधिक रहेको छ। हाल मुम्बईमा पेट्रोल ८६ रुपैयाँ २४ पैसा र डिजल प्रतिलिटर ७३ रुपैयाँ ७९ रुपैयाँ प्रतिलिटर रहेको छ जुन नेपाली मुद्रा अनुसार क्रमशः १३८ रुपैयाँ र ११८ रुपैयाँ ६ पैसा हुन आउँछ।

वर्तमान समयमा भारतमा पेट्रोलियम पदार्थमा कीर्तिमानी बढोत्तरी भएको भारतीय मिडियामा उल्लेख छ।

जहाजभित्र महिलाका अगाडि ४ पटक हस्तमैथुन गरेपछि…

काठमाडौं । अमेरिकामा एक व्यक्ति पक्राउ परेका छन् । उनीमाथि विमानभित्र महिलाको अगाडि चार पटक हस्तमैथुन गरेको आरोप छ । घटना २ अप्रिलको हो । घटना सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडानमा भएको हो । अभियुक्तको नाम एन्टोनियो शेरोड म्याकगारिटी हो । उनलाई एयरलाइन्सले अब नो फ्लाई लिस्टमा राखेको छ । न्यूजवीकको रिपोर्टका अनुसार आरोपी विमानमा एक महिलाको छेउमा बसेका थिए । विमानमा बस्नेबित्तिकै आरोपीले हस्तमैथुन गर्न थालेको महिलाको आरोप छ । महिलाले प्रमाणको लागि पुरुषको फोटो खिचेर त्यसपछि चालक दलका सदस्यसँग गुनासो गरेकी थिइन् । त्यसपछि आरोपीलाई अर्को सिटमा बसाइयो । आफूसँगै बसेकी महिलाको सहमतिमा हस्तमैथुन गरेको आरोपितले बताएका छन् । आफ्नो बयानमा उनले महिलालाई सोधेको बताएका हुन् । सो कार्यका लागि अनुमति माग्दा महिलाले हावामा हात हल्लाएर अनुमति दिएजस्तो लागेको उनले बताए । हस्तमैथुन गर्दा महिलालाई कुनै आपत्ति हुन्छ भनेर आफूलाई थाहा नभएको आरोपितले प्रहरीलाई बताएका छन् । किनभने महिलाले स्पष्ट रूपमा विरोध गरिनन् । महिलाले उनको तस्विर समेत खिचिरहेको आरोपितले बताए । साउथवेस्ट फ्लाइटका प्रवक्ताले न्यूजवीकलाई साउथवेस्ट एयरलाइन्सले आरोपितलाई स्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । 37

७ प्रदेशका १४ महिलासँग विवाह, पैसा लिएर वेपत्ता हुने पुरुष पक्राउ

भुवनेश्वर । लोभलालच देखाउँदै बिहे गरेपछि पैसा र गरगहना बोकेर वेपत्ता हुने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको उडिसा राज्यको पाटकुरा थानाक्षेत्र निवासी एकजना ६० वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको हो । भुवनेश्वरका प्रहरी उपायुक्त उमाशंकर दासले मिडियालाई दिएको जानकारी अनुसार आरोपीले सन् १९८२ मा पहिलो बिहे गरेका थिए । उनले त्यसपछि २००२ मा अर्को बिहे गरे । यी दुबै विवाहबाट उसको ५ छोराछोरी भए । त्यसपछि भने ती पुरुषले सन् २०२० सम्म वैवाहिक वेभसाइटको माध्यमबाट घरका दुबै श्रीमतीको जानकारी बिना १२ जना महिलासँग विवाह गरेको हो । प्रहरीका अनुसार उसको अन्तिम श्रीमती उडिसाको राजधानी भुवनेश्वरमा रहेकी छिन् । पेशाले तिनी विद्यालयमा शिक्षिक छिन् । प्रहरीका अनुसार, यी महिलालाई यसअघिका विवाहको बारेमा पत्ता लागेपछि उनले प्रहरीमा रिपोर्ट दर्ता गरेकी थिइन । त्यसपछि प्रहरीले पुरुषलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, ती पुरुषले एकल महिला र उमेर पुगेका महिलालाई आफ्नो शिकार बनाउने गर्थे ।आफूलाई डाक्टर भनदै पढेलेखेका र सरकारी तथा नीजि कार्यालयहरुमा उच्चस्तरको जागिर भएका तर एकल महिलाहरुलाई निशाना बनाउने गरेको प्रहरीले जनाएको छ । साथी खोज्दै आफ्नो बारेमा राख्ने यस्ता महिलाहरुसँग विहे गरेपछि बिभिन्न बहानले पैसा लिने र अनि छोडने गरेको थियो । प्रहरीले आरोपीबाट ११ एटिएम कार्ड, ४ आधार कार्ड परिचय पत्र र अन्य दस्तावेज बरामद गरेको छ ।

नक्कली सुर्यपछि चीनले बनायो कृत्रिम चन्द्रमा, गुरुत्वाकर्षण शून्य

बेइजिङ, कृत्रिम सूर्य निर्माण गरेको चीनले नक्कली चन्द्रमा समेत बनाएको छ । नक्कली चन्द्रमा बनाउनुको पछाडि गुरुत्वाकर्षणसँग सम्बन्धित एउटा प्रयोग गर्नु रहेको चीनले जनाएको छ । यो नक्कली चन्द्रमामा गुरुत्वाकर्षण पूर्णरुपमा समाप्त भएको चीनको भनाई छ । नक्कली चन्द्रमामा वैज्ञानिकहरुले चुम्बकीय शक्तीको जाँच गरेका थिए । भविष्यमा चुम्बकीय शक्तिले चल्ने यान र यातायातका नयाँ तरिकाको खोजी गर्नु र चन्द्रममा बस्ती बनाउन सकियोस भनेर यो प्रयोग गरिएको हो । वर्षका अन्तसम्म एउटा शक्तिशाली चुम्बकीय शक्ति भएको भ्याक्युम च्याम्बर बनाउने चीनको उद्देश्य छ । यसको व्यास २ फीटको हुने छ । यसमा गुरुत्वाकर्षणलाई पूर्ण समाप्त गरेर एउटा भ्यागुतो राखिने छ । यद्यपी भ्यागुतोलाई यस्तो च्याम्बरमा यसअघि पनि ल्याभिटेड गरिएको छ । चाइना यूनिभर्सिटी अफ माइनिङ टेक्नोलोजीका जियोटेक्नीकल इन्जिनियर ली रुइलिनले यो भ्याक्युम च्याम्बरलाई ढुंगा र धुलोले भरिने बताए । चन्द्रमाको सतह जस्तै तह पृथ्वीमा बनाइने उनले बताए । यसको सानो प्रयोग सफल भएपनि अबको प्रयोगमा कम गुरुत्वाकर्षण शक्तिलाई लामो समयसम्म बनाइराख्न यो प्रयोगलाई बढी दिनसम्म सञ्चालन गर्ने योजना रहेको उनले बताए । पृथ्वीमा यो परीक्षण गरेर चीनले यसलाई चन्द्रममा पठाउने छ । चन्द्रमामा पृथ्वीको गुरुत्वाकर्षणको छ भाग मात्रै गुरुत्वाकर्षण रहेको छ । यसबाट चीनले चन्द्रममा मानव बस्ती बसाल्ने नयाँ तरिकाको खोजी गर्नेछ । गुरुत्वाकर्षण शक्ति कम भएकै कारण चन्द्रमामा मानिस हिँडन सक्दैन, त्यहाँ हरेक बस्तु हावामा उडने गर्दछन् । शोधकर्ताका अनुसार, यो भ्याक्युम चेम्बरको विचार उनीहरुले यूनिभर्सिटी अफ म्यानचेष्टका फिजिसिष्ट आन्द्रे ग्रीमको प्रोजेक्टबाट लिएका हुन । गीमलाई वर्ष २००० मा नोबेल पुरस्कार समेत पाइएको थियो । उनले कम ग्रेभिटीमा भ्यागुतोलाई हावामा उडाउने यन्त्र बनाएका थिए । यही ट्रिकको प्रयोगगरेर चीनले नक्कली चन्द्रमा बनाएको हो । यो प्रयोग सफल भएपछि चीनले लूनर रोभर चांगईलाई अर्को मून मिशनमा पठाउने छ । यसअघि चीनले चांगई ४ र चांगई ५ लाई वर्ष २०१९ र २०२० मा चन्द्रमामा पठाइसकेको छ ।  

आगो ताप्दै चियाको चुस्की लिँदै बाँदर

महोत्तरीः महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै बाँदर। तस्बिरः धनवीर महतो/रासस

लोकप्रिय