जहाजभित्र महिलाका अगाडि ४ पटक हस्तमैथुन गरेपछि…

जहाजभित्र महिलाका अगाडि ४ पटक हस्तमैथुन गरेपछि…

काठमाडौं । अमेरिकामा एक व्यक्ति पक्राउ परेका छन् । उनीमाथि विमानभित्र महिलाको अगाडि चार पटक हस्तमैथुन गरेको आरोप छ ।

घटना २ अप्रिलको हो । घटना सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडानमा भएको हो ।

अभियुक्तको नाम एन्टोनियो शेरोड म्याकगारिटी हो । उनलाई एयरलाइन्सले अब नो फ्लाई लिस्टमा राखेको छ । न्यूजवीकको रिपोर्टका अनुसार आरोपी विमानमा एक महिलाको छेउमा बसेका थिए ।

विमानमा बस्नेबित्तिकै आरोपीले हस्तमैथुन गर्न थालेको महिलाको आरोप छ । महिलाले प्रमाणको लागि पुरुषको फोटो खिचेर त्यसपछि चालक दलका सदस्यसँग गुनासो गरेकी थिइन् ।

त्यसपछि आरोपीलाई अर्को सिटमा बसाइयो । आफूसँगै बसेकी महिलाको सहमतिमा हस्तमैथुन गरेको आरोपितले बताएका छन् । आफ्नो बयानमा उनले महिलालाई सोधेको बताएका हुन् ।

सो कार्यका लागि अनुमति माग्दा महिलाले हावामा हात हल्लाएर अनुमति दिएजस्तो लागेको उनले बताए । हस्तमैथुन गर्दा महिलालाई कुनै आपत्ति हुन्छ भनेर आफूलाई थाहा नभएको आरोपितले प्रहरीलाई बताएका छन् ।

किनभने महिलाले स्पष्ट रूपमा विरोध गरिनन् । महिलाले उनको तस्विर समेत खिचिरहेको आरोपितले बताए ।

साउथवेस्ट फ्लाइटका प्रवक्ताले न्यूजवीकलाई साउथवेस्ट एयरलाइन्सले आरोपितलाई स्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

37

७ प्रदेशका १४ महिलासँग विवाह, पैसा लिएर वेपत्ता हुने पुरुष पक्राउ

भुवनेश्वर । लोभलालच देखाउँदै बिहे गरेपछि पैसा र गरगहना बोकेर वेपत्ता हुने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको उडिसा राज्यको पाटकुरा थानाक्षेत्र निवासी एकजना ६० वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको हो । भुवनेश्वरका प्रहरी उपायुक्त उमाशंकर दासले मिडियालाई दिएको जानकारी अनुसार आरोपीले सन् १९८२ मा पहिलो बिहे गरेका थिए । उनले त्यसपछि २००२ मा अर्को बिहे गरे । यी दुबै विवाहबाट उसको ५ छोराछोरी भए । त्यसपछि भने ती पुरुषले सन् २०२० सम्म वैवाहिक वेभसाइटको माध्यमबाट घरका दुबै श्रीमतीको जानकारी बिना १२ जना महिलासँग विवाह गरेको हो । प्रहरीका अनुसार उसको अन्तिम श्रीमती उडिसाको राजधानी भुवनेश्वरमा रहेकी छिन् । पेशाले तिनी विद्यालयमा शिक्षिक छिन् । प्रहरीका अनुसार, यी महिलालाई यसअघिका विवाहको बारेमा पत्ता लागेपछि उनले प्रहरीमा रिपोर्ट दर्ता गरेकी थिइन । त्यसपछि प्रहरीले पुरुषलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, ती पुरुषले एकल महिला र उमेर पुगेका महिलालाई आफ्नो शिकार बनाउने गर्थे ।आफूलाई डाक्टर भनदै पढेलेखेका र सरकारी तथा नीजि कार्यालयहरुमा उच्चस्तरको जागिर भएका तर एकल महिलाहरुलाई निशाना बनाउने गरेको प्रहरीले जनाएको छ । साथी खोज्दै आफ्नो बारेमा राख्ने यस्ता महिलाहरुसँग विहे गरेपछि बिभिन्न बहानले पैसा लिने र अनि छोडने गरेको थियो । प्रहरीले आरोपीबाट ११ एटिएम कार्ड, ४ आधार कार्ड परिचय पत्र र अन्य दस्तावेज बरामद गरेको छ ।

नक्कली सुर्यपछि चीनले बनायो कृत्रिम चन्द्रमा, गुरुत्वाकर्षण शून्य

बेइजिङ, कृत्रिम सूर्य निर्माण गरेको चीनले नक्कली चन्द्रमा समेत बनाएको छ । नक्कली चन्द्रमा बनाउनुको पछाडि गुरुत्वाकर्षणसँग सम्बन्धित एउटा प्रयोग गर्नु रहेको चीनले जनाएको छ । यो नक्कली चन्द्रमामा गुरुत्वाकर्षण पूर्णरुपमा समाप्त भएको चीनको भनाई छ । नक्कली चन्द्रमामा वैज्ञानिकहरुले चुम्बकीय शक्तीको जाँच गरेका थिए । भविष्यमा चुम्बकीय शक्तिले चल्ने यान र यातायातका नयाँ तरिकाको खोजी गर्नु र चन्द्रममा बस्ती बनाउन सकियोस भनेर यो प्रयोग गरिएको हो । वर्षका अन्तसम्म एउटा शक्तिशाली चुम्बकीय शक्ति भएको भ्याक्युम च्याम्बर बनाउने चीनको उद्देश्य छ । यसको व्यास २ फीटको हुने छ । यसमा गुरुत्वाकर्षणलाई पूर्ण समाप्त गरेर एउटा भ्यागुतो राखिने छ । यद्यपी भ्यागुतोलाई यस्तो च्याम्बरमा यसअघि पनि ल्याभिटेड गरिएको छ । चाइना यूनिभर्सिटी अफ माइनिङ टेक्नोलोजीका जियोटेक्नीकल इन्जिनियर ली रुइलिनले यो भ्याक्युम च्याम्बरलाई ढुंगा र धुलोले भरिने बताए । चन्द्रमाको सतह जस्तै तह पृथ्वीमा बनाइने उनले बताए । यसको सानो प्रयोग सफल भएपनि अबको प्रयोगमा कम गुरुत्वाकर्षण शक्तिलाई लामो समयसम्म बनाइराख्न यो प्रयोगलाई बढी दिनसम्म सञ्चालन गर्ने योजना रहेको उनले बताए । पृथ्वीमा यो परीक्षण गरेर चीनले यसलाई चन्द्रममा पठाउने छ । चन्द्रमामा पृथ्वीको गुरुत्वाकर्षणको छ भाग मात्रै गुरुत्वाकर्षण रहेको छ । यसबाट चीनले चन्द्रममा मानव बस्ती बसाल्ने नयाँ तरिकाको खोजी गर्नेछ । गुरुत्वाकर्षण शक्ति कम भएकै कारण चन्द्रमामा मानिस हिँडन सक्दैन, त्यहाँ हरेक बस्तु हावामा उडने गर्दछन् । शोधकर्ताका अनुसार, यो भ्याक्युम चेम्बरको विचार उनीहरुले यूनिभर्सिटी अफ म्यानचेष्टका फिजिसिष्ट आन्द्रे ग्रीमको प्रोजेक्टबाट लिएका हुन । गीमलाई वर्ष २००० मा नोबेल पुरस्कार समेत पाइएको थियो । उनले कम ग्रेभिटीमा भ्यागुतोलाई हावामा उडाउने यन्त्र बनाएका थिए । यही ट्रिकको प्रयोगगरेर चीनले नक्कली चन्द्रमा बनाएको हो । यो प्रयोग सफल भएपछि चीनले लूनर रोभर चांगईलाई अर्को मून मिशनमा पठाउने छ । यसअघि चीनले चांगई ४ र चांगई ५ लाई वर्ष २०१९ र २०२० मा चन्द्रमामा पठाइसकेको छ ।  

आगो ताप्दै चियाको चुस्की लिँदै बाँदर

महोत्तरीः महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै बाँदर। तस्बिरः धनवीर महतो/रासस

मिसकलले बसेको माया, २० वर्षे युवाकी ६० वर्षे दुलही

एजेन्सी । विवाहमा, केटा र केटीको उमेरमा केही भिन्नता त हुन्छ नै । केटाको उमेर नै केटीकोभन्दा बढी हुन्छ । तर प्रेम सम्बन्धको मामिलामा भने जुनकुकै उमेरका दुई व्यक्तिहरु जुनसुकै अवस्थामा र कुनै पनि परिस्थितिमा एक अर्कालाई माया गर्न सक्दछन् भन्ने मान्यता रहेको छ । तर अझै पनि उमेरको हकमा एउटा हद या सीमाको भने कल्पना गरिन्छ नै । भारतको मुरादाबाद जिल्लाको रामपुर भन्ने ठाउँमा भने फरक फरक उमेरका दुइ जनाको प्रेम सम्बन्धका बारेमा सुन्नेहरू नै चकित भएका छन् । रामपुरको सईदनगरका एक जना २० वर्षीय युवाले ६० वर्षीय महिलासँग विवाह गरेको घटना अचेल त्यस क्षेत्रमा चर्चाको विषय बनेको छ । भारतीय राज्य उत्तर प्रदेशको हरदोई भन्ने जिल्ला निवासी उक्त युवक र ती महिलाको प्रेमकहानी विवाहको रूपमा सुखद अन्त्य भएको भएपनि यस घटनाले दुवै परिवारहरू लगायत टोलछिमेकका लागि चर्चाको विषय उपलब्ध गराइदिएको छ । मिसकलले बसेको माया सामान्यतया महिला र पुरुष एक अर्कालाई देखेर आकर्षित हुन्छन् र बिस्तारै त्यो आकर्षण प्रेममा परिणत हुने गर्दछ । तर यी महिला र ती युवाबीच प्रेमको अंकुरण गराउने माध्यम भने मिस्डकल रहेको बताइएको छ । ती युवकले अर्कै ठाउँ लगाउन खोजेको नम्बर असावधानीवश ती महिलाकोमा लाग्न गएपछि दुवै जनाबीच सामीप्यता बढेको र पछि त्यो सामीप्यता प्रेममा परिणत भएको बताइएको छ । कुरो दुई वर्ष अगाडिको हो ।  ती युवकले कहीं आँट नै कुरा गर्न डायल ती महिलाकोमा लाग्न पुग्छ । त्यसपछि दुवैबीच निरन्तर कुरा हुन थाल्छ र उनीहरू सँगै जिउने मर्ने कसम खाने अवस्थामा पुग्छन् । ती महिलाले ती युवकलाई आफ्ना पति मरिसकेको र आफूसँग १२ बिगाहा जग्गा रहेकोले आफूहरूले विवाह गरेपनि आफू युवकसँग जाननसक्ने र दुबैले महिलाकै घर रहेको ठाउँ रामपुरमा बस्नुपर्ने बताएकी थिइन् । महिलाको सर्त मानेर ती युवक गएको शनिबार त्यहाँ पुगेर दुबैले बिवाह गरेर सँगै बस्न थालेको दुबैले बताएका छन् । दुबैले विवाह गरेको थाहा पाएपछि ती महिलाकी छोरी माइत आएर यस विवाहको विरोध गरेकी थिइन् । उनले प्रहरीमा उजुरी दिएपनि विवाह गर्दा सबै प्रक्रिया पुगेको भन्दै प्रहरीले दुबै विरुद्ध कुनै कारवाही नगरेको बताइएको छ ।

लोकप्रिय