रहस्यमय शक्तिले बेहोस बनाएर काट्यो कयौं महिलाको कपाल !

रहस्यमय शक्तिले बेहोस बनाएर काट्यो कयौं महिलाको कपाल !

नयाँ दिल्ली, साउन १९ । भारतका केही स्थानमा महिलाहरु आतंकित छन् । बेहोस बनाएर रहस्यमय शक्तिले महिलाको कपाल काटिदिने गरेको घटना एकपछि अर्को थपिदैं गएपछि आतंक मच्चिएको हो ।

हरियाणा र राजस्थानका ५० भन्दा बढी महिलाको कपाल त्यसरी काटिएको हो । पीडित महिलाका अनुसार कसैले उनीहरुलाई बेहोस बनाएर रहस्यमय तरिकाले कपाल काटिदिएको हो ।

प्रहरीले यस विषयमा अनुसन्धान थाले पनि कपाल कसले काटेको हो भन्ने प्रष्ट हुन सकेको छैन ।

हरियाणा राज्यको गुडगाउँस्थित भीमगढ इलाकामा बस्दै आएकी ५३ वर्षीय सुनिता देवीले भनिन्, ‘एक चम्किलो फ्ल्यास लाइटबाट म बेहोस भएँ, एक घण्टापछि मलाई थाहा भयो कि मेरो कपाल कसैले काटिसकेछ ।’

गत शुक्रबार उनीमाथि भएको सो हमलापछि आतंकित भएकी उनले भनिन्, ‘त्यो घटनापछि मलाई निन्द्रा लागेको छैन । कुनै काम गर्न मन लाग्दैन । राजस्थानमा यस्तो घटना भएको मैले सुनेकी थिएँ तर यहाँ पनि यस्तो हुन्छ भन्ने मैले सोचेकै थिइनँ ।’

यस्तो ‘काल्पनिक हजाम’ को पहिलो समाचार जुलाइमा राजस्थानबाट आएको थियो । तर यस्ता खबर अब हरियाणा र दिल्लीमा पनि आउन थालेका छन् ।

अर्की एक महिला आशादेवीले पनि गत शुक्रबार नै आफ्नो कपाल गुमाइन् । आशादेवीमाथि भएको सो घटनालगत्तै उनी र परिवारका अन्य महिला सदस्यलाई उत्तर प्रदेशस्थित आफन्तको घरमा पठाइएको छ ।

आशादेवीका ससुरा सुरज पालले उक्त दिनको घटना सम्झदै भने, ‘उनी राति १० बजेतिर घरबाहिर काम गर्दै थिइन् । आधा घण्टासम्म पनि नआएपछि उनलाई खोज्न थाल्यौं । उनी बाथरुपमा बेहोस अवस्थामा फेला परिन् । उनको कपाल काटिएको थियो ।’

होस खुलेपछि आशाले आफूलाई कुनै महिलाले आक्रमण गरेको बताइन् । उनले भनिन्, ‘१० सेकेन्ड जतिमा सबै कुरा भइसकेको थियो ।’

गुडगाउँबाट ७० किलोमिटरको दुरीमा रहेको रेवाडी जिल्लामा पनि यस्तै घटना प्रकाशमा आएको छ । जोनवासा गाउँकी २८ वर्षीय रिनादेवीका अनुसार उनीमाथि गत बिहीबार हमला भएको थियो । उनका अनुसार उनीमाथि मानिसले नभई बिरालोले हमला गरेको थियो ।

‘म आफ्नो काम गरिरहेकी थिएँ, त्यतिबेला नै मैले एउटा ठूलो आकृति देखेँ,’ उनले भनिन्, ‘बिरालोजस्तै थियो त्यो, मेरो काँधमा केही भारी महसुस भयो, मलाई यतिमात्र याद छ ।’
खडखडा गाउँकी ६० वर्षीय सुन्दरदेवी शनिबार यस्तै घटनामा पीडित अर्की महिला हुन् । उनले भनिन्, ‘म छिमेकीको घरमा गइरहेकी थिएँ, पछाडिबाट कसैले मलाई काँधमा छोयो, म पछाडि फर्किएर हेर्दा कोही देखिएन । त्यसपछि के भयो भन्ने मलाई थाहै भएन ।’

२८ वर्षीय रिमादेवीका अनुसार गत बिहीबार उनको कपाल काटिदा उनी मोबाइलमा गेम खेल्दै थिइन् । उनले भनिन्, ‘मेरो पति र बच्चा कोठामै थिए । कपाल तानिएको जस्तो महसुस भयो, पछाडि फर्किएर हेर्दा मेरो कपाल काटिएको थियो ।’

गुडगाउँ प्रहरी प्रवक्ता रविन्दर कुमारका अनुसार प्राप्त उजुरीमाथि छानविन भइरहेको छ । ‘यो विचित्र घटना हो, हामीले घटनास्थलबाट कुनै तथ्य फेला परेको छैन । पीडितको मेडिकल टेस्टमा पनि कुनै प्रकारको असामान्य लक्षण देखिएको छैन ।’ कसैले कथित हमलाकारीलाई नदेख्नुबाट पनि अनुसन्धानमा जटिलता भएको उनले बताए ।

उनले भने, ‘केवल पीडितले हमलाकारीलाई देखेको वा महसुस गरेको भनेका छन्, हामी यस्ता घटनाको गहिराईमा पुग्छौं । त्यतिन्जेलसम्म म सबैलाई हल्लामा विश्वास नगर्न अपील गर्दछु ।’ (बीबीसीबाट)

जहाजभित्र महिलाका अगाडि ४ पटक हस्तमैथुन गरेपछि…

काठमाडौं । अमेरिकामा एक व्यक्ति पक्राउ परेका छन् । उनीमाथि विमानभित्र महिलाको अगाडि चार पटक हस्तमैथुन गरेको आरोप छ । घटना २ अप्रिलको हो । घटना सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडानमा भएको हो । अभियुक्तको नाम एन्टोनियो शेरोड म्याकगारिटी हो । उनलाई एयरलाइन्सले अब नो फ्लाई लिस्टमा राखेको छ । न्यूजवीकको रिपोर्टका अनुसार आरोपी विमानमा एक महिलाको छेउमा बसेका थिए । विमानमा बस्नेबित्तिकै आरोपीले हस्तमैथुन गर्न थालेको महिलाको आरोप छ । महिलाले प्रमाणको लागि पुरुषको फोटो खिचेर त्यसपछि चालक दलका सदस्यसँग गुनासो गरेकी थिइन् । त्यसपछि आरोपीलाई अर्को सिटमा बसाइयो । आफूसँगै बसेकी महिलाको सहमतिमा हस्तमैथुन गरेको आरोपितले बताएका छन् । आफ्नो बयानमा उनले महिलालाई सोधेको बताएका हुन् । सो कार्यका लागि अनुमति माग्दा महिलाले हावामा हात हल्लाएर अनुमति दिएजस्तो लागेको उनले बताए । हस्तमैथुन गर्दा महिलालाई कुनै आपत्ति हुन्छ भनेर आफूलाई थाहा नभएको आरोपितले प्रहरीलाई बताएका छन् । किनभने महिलाले स्पष्ट रूपमा विरोध गरिनन् । महिलाले उनको तस्विर समेत खिचिरहेको आरोपितले बताए । साउथवेस्ट फ्लाइटका प्रवक्ताले न्यूजवीकलाई साउथवेस्ट एयरलाइन्सले आरोपितलाई स्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । 37

७ प्रदेशका १४ महिलासँग विवाह, पैसा लिएर वेपत्ता हुने पुरुष पक्राउ

भुवनेश्वर । लोभलालच देखाउँदै बिहे गरेपछि पैसा र गरगहना बोकेर वेपत्ता हुने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको उडिसा राज्यको पाटकुरा थानाक्षेत्र निवासी एकजना ६० वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको हो । भुवनेश्वरका प्रहरी उपायुक्त उमाशंकर दासले मिडियालाई दिएको जानकारी अनुसार आरोपीले सन् १९८२ मा पहिलो बिहे गरेका थिए । उनले त्यसपछि २००२ मा अर्को बिहे गरे । यी दुबै विवाहबाट उसको ५ छोराछोरी भए । त्यसपछि भने ती पुरुषले सन् २०२० सम्म वैवाहिक वेभसाइटको माध्यमबाट घरका दुबै श्रीमतीको जानकारी बिना १२ जना महिलासँग विवाह गरेको हो । प्रहरीका अनुसार उसको अन्तिम श्रीमती उडिसाको राजधानी भुवनेश्वरमा रहेकी छिन् । पेशाले तिनी विद्यालयमा शिक्षिक छिन् । प्रहरीका अनुसार, यी महिलालाई यसअघिका विवाहको बारेमा पत्ता लागेपछि उनले प्रहरीमा रिपोर्ट दर्ता गरेकी थिइन । त्यसपछि प्रहरीले पुरुषलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, ती पुरुषले एकल महिला र उमेर पुगेका महिलालाई आफ्नो शिकार बनाउने गर्थे ।आफूलाई डाक्टर भनदै पढेलेखेका र सरकारी तथा नीजि कार्यालयहरुमा उच्चस्तरको जागिर भएका तर एकल महिलाहरुलाई निशाना बनाउने गरेको प्रहरीले जनाएको छ । साथी खोज्दै आफ्नो बारेमा राख्ने यस्ता महिलाहरुसँग विहे गरेपछि बिभिन्न बहानले पैसा लिने र अनि छोडने गरेको थियो । प्रहरीले आरोपीबाट ११ एटिएम कार्ड, ४ आधार कार्ड परिचय पत्र र अन्य दस्तावेज बरामद गरेको छ ।

नक्कली सुर्यपछि चीनले बनायो कृत्रिम चन्द्रमा, गुरुत्वाकर्षण शून्य

बेइजिङ, कृत्रिम सूर्य निर्माण गरेको चीनले नक्कली चन्द्रमा समेत बनाएको छ । नक्कली चन्द्रमा बनाउनुको पछाडि गुरुत्वाकर्षणसँग सम्बन्धित एउटा प्रयोग गर्नु रहेको चीनले जनाएको छ । यो नक्कली चन्द्रमामा गुरुत्वाकर्षण पूर्णरुपमा समाप्त भएको चीनको भनाई छ । नक्कली चन्द्रमामा वैज्ञानिकहरुले चुम्बकीय शक्तीको जाँच गरेका थिए । भविष्यमा चुम्बकीय शक्तिले चल्ने यान र यातायातका नयाँ तरिकाको खोजी गर्नु र चन्द्रममा बस्ती बनाउन सकियोस भनेर यो प्रयोग गरिएको हो । वर्षका अन्तसम्म एउटा शक्तिशाली चुम्बकीय शक्ति भएको भ्याक्युम च्याम्बर बनाउने चीनको उद्देश्य छ । यसको व्यास २ फीटको हुने छ । यसमा गुरुत्वाकर्षणलाई पूर्ण समाप्त गरेर एउटा भ्यागुतो राखिने छ । यद्यपी भ्यागुतोलाई यस्तो च्याम्बरमा यसअघि पनि ल्याभिटेड गरिएको छ । चाइना यूनिभर्सिटी अफ माइनिङ टेक्नोलोजीका जियोटेक्नीकल इन्जिनियर ली रुइलिनले यो भ्याक्युम च्याम्बरलाई ढुंगा र धुलोले भरिने बताए । चन्द्रमाको सतह जस्तै तह पृथ्वीमा बनाइने उनले बताए । यसको सानो प्रयोग सफल भएपनि अबको प्रयोगमा कम गुरुत्वाकर्षण शक्तिलाई लामो समयसम्म बनाइराख्न यो प्रयोगलाई बढी दिनसम्म सञ्चालन गर्ने योजना रहेको उनले बताए । पृथ्वीमा यो परीक्षण गरेर चीनले यसलाई चन्द्रममा पठाउने छ । चन्द्रमामा पृथ्वीको गुरुत्वाकर्षणको छ भाग मात्रै गुरुत्वाकर्षण रहेको छ । यसबाट चीनले चन्द्रममा मानव बस्ती बसाल्ने नयाँ तरिकाको खोजी गर्नेछ । गुरुत्वाकर्षण शक्ति कम भएकै कारण चन्द्रमामा मानिस हिँडन सक्दैन, त्यहाँ हरेक बस्तु हावामा उडने गर्दछन् । शोधकर्ताका अनुसार, यो भ्याक्युम चेम्बरको विचार उनीहरुले यूनिभर्सिटी अफ म्यानचेष्टका फिजिसिष्ट आन्द्रे ग्रीमको प्रोजेक्टबाट लिएका हुन । गीमलाई वर्ष २००० मा नोबेल पुरस्कार समेत पाइएको थियो । उनले कम ग्रेभिटीमा भ्यागुतोलाई हावामा उडाउने यन्त्र बनाएका थिए । यही ट्रिकको प्रयोगगरेर चीनले नक्कली चन्द्रमा बनाएको हो । यो प्रयोग सफल भएपछि चीनले लूनर रोभर चांगईलाई अर्को मून मिशनमा पठाउने छ । यसअघि चीनले चांगई ४ र चांगई ५ लाई वर्ष २०१९ र २०२० मा चन्द्रमामा पठाइसकेको छ ।  

आगो ताप्दै चियाको चुस्की लिँदै बाँदर

महोत्तरीः महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै बाँदर। तस्बिरः धनवीर महतो/रासस

लोकप्रिय