सलहेशः प्रेमप्रतीकका रुपमा

सलहेशः प्रेमप्रतीकका रुपमा

लहान । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने फूल सलहेशको दर्शन गर्न शनिबार बिहानैदेखि सिरहा जिल्लाको लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारी पर्यटकीय क्षेत्रमा सर्वसाधारणको ठूलो भीड लागेको छ ।

लहान बजारदेखि ५ किमी पूर्वपश्चिम राजमार्गमा पर्ने सलहेश फूलबारीमा एक दिन मात्र फुल्ने राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश हेर्न नेपाल तथा भारतबाट हजारौँ दर्शनार्थी बिहानैदेखि आएका छन् ।

राजा सलहेश र उनकी पे्रमिका मालिनीको पे्रम प्रतीकका रुपमा लहानदेखि ४ किमी पश्चिममा रहेको करीब १० बिघाको प्राचीन फूलबारीका दुई रुखको मध्यभागमा प्रत्येक नयाँ वर्षको पहिलो दिन वैशाख १ गते एक जोडी माला देखिने गरेको छ । ती माला हेर्न र मेला भर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँबाट सर्वसाधारणको घुइँचो लाग्छ । सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र प्रेम सफल नहुँदा मालिनीले सलहेशको प्रतीक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर देखापर्ने जनविश्वास रहिआएको छ ।

हरेक वर्ष चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्ध लिन निकै मानिस भेला हुन्छन् । फूलबारीको मध्यभास्थित मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ । साँझपख यो फूल ओइलाएर जान्छ । यो ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ ।

सलहेश फूलबारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न कुनै पहल नभएकामा स्थानीय बासिन्दाले गुनासो गर्न थालेका छन् । सलहेश तराईका पासवान जातिको इष्टदेव मानिन्छन् । तेह्रौँ शताब्दीका लोकनायक सलहेशको पूजार्चना गर्नाले मनोकांक्षा पुग्ने, सन्तानप्राप्ति हुने तथा चर्मरोग, कुष्ठ रोगलगायत रोगव्याधि हरण हुने जनविश्वास छ । मन्दिरका पुजारी वीरदेव धामीका अनुसार हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयवद्र्धन सलहेश र दौना मालिनीको पे्रम प्रतीकका रुपमा लिइन्छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतका विहार र पश्चिम बंगाल तथा नेपालका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा मानिस आउँछन् । युवाहरु उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्छन् ।

फूलबारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फूलबारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफैँ उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसलाई मात्रै होइन, भाकल गर्ने जोसुकैको मनोकामना पूरा हुने गरेकाले भारतीय पर्यटक भक्तजन आउने गरेका छन् । मेलामा आउने लाखौँ भक्तजनमध्ये ३० प्रतिशत भारतीय दर्शक रहने गरेका छन् ।

सलहेश फूलबारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी पाइन्छन् । फूलबारीको शीतल जल ग्रहण गरेपछि जस्तोसुकै रीस शान्त हुने गरेको जानकार बताउँछन् । यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नका लागि सलहेश फूलबारीको पानी प्रयोग गरिनाका साथै हैजा महामारी आउँदासलहेश फूलबारीको पानी औषधि मानेर खाएपछि निको हुने गरेको जनविश्वास छ ।

निःसन्तान महिलाले सलहेश फूलबारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाउने गरेकाले प्राप्त सन्तानको मुण्डन गराउन पनि मानिसहरु यहाँ आउने गरेका छन् । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश महोत्सवका रुपमा मनाउने भनिए पनि त्यो भनाइमै सीमित छ । पर्यटकीय क्षेत्रका रुपमा यसको विकास गर्नुपर्ने पडरिया गाविसका पूर्वअध्यक्ष मागैन कामैतको भनाइ छ ।

सिरहा जिल्लामा पूर्वकर्णाटककालीन अवशेष पनि छ । यहामँ अत्यधिक सम्मान पाएका राजा सलहेश दुसाध जातिका कूल देवता भए पनि सबै जातजातिका लागि त्यतिकै पूजनीय र सम्मानित छन् । रासस

जहाजभित्र महिलाका अगाडि ४ पटक हस्तमैथुन गरेपछि…

काठमाडौं । अमेरिकामा एक व्यक्ति पक्राउ परेका छन् । उनीमाथि विमानभित्र महिलाको अगाडि चार पटक हस्तमैथुन गरेको आरोप छ । घटना २ अप्रिलको हो । घटना सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडानमा भएको हो । अभियुक्तको नाम एन्टोनियो शेरोड म्याकगारिटी हो । उनलाई एयरलाइन्सले अब नो फ्लाई लिस्टमा राखेको छ । न्यूजवीकको रिपोर्टका अनुसार आरोपी विमानमा एक महिलाको छेउमा बसेका थिए । विमानमा बस्नेबित्तिकै आरोपीले हस्तमैथुन गर्न थालेको महिलाको आरोप छ । महिलाले प्रमाणको लागि पुरुषको फोटो खिचेर त्यसपछि चालक दलका सदस्यसँग गुनासो गरेकी थिइन् । त्यसपछि आरोपीलाई अर्को सिटमा बसाइयो । आफूसँगै बसेकी महिलाको सहमतिमा हस्तमैथुन गरेको आरोपितले बताएका छन् । आफ्नो बयानमा उनले महिलालाई सोधेको बताएका हुन् । सो कार्यका लागि अनुमति माग्दा महिलाले हावामा हात हल्लाएर अनुमति दिएजस्तो लागेको उनले बताए । हस्तमैथुन गर्दा महिलालाई कुनै आपत्ति हुन्छ भनेर आफूलाई थाहा नभएको आरोपितले प्रहरीलाई बताएका छन् । किनभने महिलाले स्पष्ट रूपमा विरोध गरिनन् । महिलाले उनको तस्विर समेत खिचिरहेको आरोपितले बताए । साउथवेस्ट फ्लाइटका प्रवक्ताले न्यूजवीकलाई साउथवेस्ट एयरलाइन्सले आरोपितलाई स्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । 37

७ प्रदेशका १४ महिलासँग विवाह, पैसा लिएर वेपत्ता हुने पुरुष पक्राउ

भुवनेश्वर । लोभलालच देखाउँदै बिहे गरेपछि पैसा र गरगहना बोकेर वेपत्ता हुने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको उडिसा राज्यको पाटकुरा थानाक्षेत्र निवासी एकजना ६० वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको हो । भुवनेश्वरका प्रहरी उपायुक्त उमाशंकर दासले मिडियालाई दिएको जानकारी अनुसार आरोपीले सन् १९८२ मा पहिलो बिहे गरेका थिए । उनले त्यसपछि २००२ मा अर्को बिहे गरे । यी दुबै विवाहबाट उसको ५ छोराछोरी भए । त्यसपछि भने ती पुरुषले सन् २०२० सम्म वैवाहिक वेभसाइटको माध्यमबाट घरका दुबै श्रीमतीको जानकारी बिना १२ जना महिलासँग विवाह गरेको हो । प्रहरीका अनुसार उसको अन्तिम श्रीमती उडिसाको राजधानी भुवनेश्वरमा रहेकी छिन् । पेशाले तिनी विद्यालयमा शिक्षिक छिन् । प्रहरीका अनुसार, यी महिलालाई यसअघिका विवाहको बारेमा पत्ता लागेपछि उनले प्रहरीमा रिपोर्ट दर्ता गरेकी थिइन । त्यसपछि प्रहरीले पुरुषलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, ती पुरुषले एकल महिला र उमेर पुगेका महिलालाई आफ्नो शिकार बनाउने गर्थे ।आफूलाई डाक्टर भनदै पढेलेखेका र सरकारी तथा नीजि कार्यालयहरुमा उच्चस्तरको जागिर भएका तर एकल महिलाहरुलाई निशाना बनाउने गरेको प्रहरीले जनाएको छ । साथी खोज्दै आफ्नो बारेमा राख्ने यस्ता महिलाहरुसँग विहे गरेपछि बिभिन्न बहानले पैसा लिने र अनि छोडने गरेको थियो । प्रहरीले आरोपीबाट ११ एटिएम कार्ड, ४ आधार कार्ड परिचय पत्र र अन्य दस्तावेज बरामद गरेको छ ।

नक्कली सुर्यपछि चीनले बनायो कृत्रिम चन्द्रमा, गुरुत्वाकर्षण शून्य

बेइजिङ, कृत्रिम सूर्य निर्माण गरेको चीनले नक्कली चन्द्रमा समेत बनाएको छ । नक्कली चन्द्रमा बनाउनुको पछाडि गुरुत्वाकर्षणसँग सम्बन्धित एउटा प्रयोग गर्नु रहेको चीनले जनाएको छ । यो नक्कली चन्द्रमामा गुरुत्वाकर्षण पूर्णरुपमा समाप्त भएको चीनको भनाई छ । नक्कली चन्द्रमामा वैज्ञानिकहरुले चुम्बकीय शक्तीको जाँच गरेका थिए । भविष्यमा चुम्बकीय शक्तिले चल्ने यान र यातायातका नयाँ तरिकाको खोजी गर्नु र चन्द्रममा बस्ती बनाउन सकियोस भनेर यो प्रयोग गरिएको हो । वर्षका अन्तसम्म एउटा शक्तिशाली चुम्बकीय शक्ति भएको भ्याक्युम च्याम्बर बनाउने चीनको उद्देश्य छ । यसको व्यास २ फीटको हुने छ । यसमा गुरुत्वाकर्षणलाई पूर्ण समाप्त गरेर एउटा भ्यागुतो राखिने छ । यद्यपी भ्यागुतोलाई यस्तो च्याम्बरमा यसअघि पनि ल्याभिटेड गरिएको छ । चाइना यूनिभर्सिटी अफ माइनिङ टेक्नोलोजीका जियोटेक्नीकल इन्जिनियर ली रुइलिनले यो भ्याक्युम च्याम्बरलाई ढुंगा र धुलोले भरिने बताए । चन्द्रमाको सतह जस्तै तह पृथ्वीमा बनाइने उनले बताए । यसको सानो प्रयोग सफल भएपनि अबको प्रयोगमा कम गुरुत्वाकर्षण शक्तिलाई लामो समयसम्म बनाइराख्न यो प्रयोगलाई बढी दिनसम्म सञ्चालन गर्ने योजना रहेको उनले बताए । पृथ्वीमा यो परीक्षण गरेर चीनले यसलाई चन्द्रममा पठाउने छ । चन्द्रमामा पृथ्वीको गुरुत्वाकर्षणको छ भाग मात्रै गुरुत्वाकर्षण रहेको छ । यसबाट चीनले चन्द्रममा मानव बस्ती बसाल्ने नयाँ तरिकाको खोजी गर्नेछ । गुरुत्वाकर्षण शक्ति कम भएकै कारण चन्द्रमामा मानिस हिँडन सक्दैन, त्यहाँ हरेक बस्तु हावामा उडने गर्दछन् । शोधकर्ताका अनुसार, यो भ्याक्युम चेम्बरको विचार उनीहरुले यूनिभर्सिटी अफ म्यानचेष्टका फिजिसिष्ट आन्द्रे ग्रीमको प्रोजेक्टबाट लिएका हुन । गीमलाई वर्ष २००० मा नोबेल पुरस्कार समेत पाइएको थियो । उनले कम ग्रेभिटीमा भ्यागुतोलाई हावामा उडाउने यन्त्र बनाएका थिए । यही ट्रिकको प्रयोगगरेर चीनले नक्कली चन्द्रमा बनाएको हो । यो प्रयोग सफल भएपछि चीनले लूनर रोभर चांगईलाई अर्को मून मिशनमा पठाउने छ । यसअघि चीनले चांगई ४ र चांगई ५ लाई वर्ष २०१९ र २०२० मा चन्द्रमामा पठाइसकेको छ ।  

आगो ताप्दै चियाको चुस्की लिँदै बाँदर

महोत्तरीः महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै बाँदर। तस्बिरः धनवीर महतो/रासस

लोकप्रिय