एभरेष्ट दैनिक

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर । उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका ४ लाकु बस्ने ५७ वर्षीय श्याम शेर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  राईले ती महिलालाई ज्यान मार्ने धाक धम्की समेत दिई आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।