‘लिंकन इन द बार्डो’ का लागि सान्डर्सलाई म्यान बुकर प्राइज

काठमाडौं, कात्तिक १ । अमेरिकी लेखक जर्ज सान्डर्सले ‘लिंकन इन द बार्डो’ कृर्तीका लागि यस वर्षको म्यान बुकर पुरस्कार जितेका छन । उन पुरस्कार स्वरुप ५० हजार अमेरिकी डलर पाएका छन ।

म्यान बुकर पुरस्कार पाउने सान्डर्स दोस्रो अमेरिकी नागरिक हुन । छोटा कथाका लागि चर्चित सान्डर्सको ‘लिंकन इन द बार्डो’ पहिलो उपन्यास हो । जसले साहित्यका लागि विश्वकै
दोस्रो प्रतिष्ठित पुरस्कार पाएका हुन ।

उपन्यासमा चिहानमा बिताएको एक रातको कथा समेटिएको छ । यसमा आफ्नो छोराको निधनपछि अब्राहम लिंकनको दुःख तथा छोराको चिहानमा लिंकनको यात्रालाई बयान गरिएको छ । बेलायतको लण्डनमा भएको एक विशेष कार्यक्रमका बिच डचेज अफ बार्नवालले पुरस्कार प्रधान गरेका थिए ।

कविता : प्रेम र सम्भोग

जसरी दिन र रातको सम्बन्ध छ त्यस्तो सम्बन्ध, जहाँ दिनको उपस्थितिमा रात बिलिन हुन्छ र रात आउँदै गर्दा दिन ढल्दै जान्छ। कस्तो अटुट सम्बन्ध अनवरत सम्बन्ध ! जुन एकपछि अर्को निश्चित छ । जसरी जन्म र मृत्युको सम्बन्ध त्यस्तो सम्बन्ध, जब कोहि जन्मिन्छ, जन्म- मृत्युसँगै जोडिएर आएको छ। हो त्यसरी नै, प्रेम र सम्भोग त्यस्तै-उस्तै होलान् । जहाँ बिहानी जस्तै हरेक आशाहरू लिएर आउछन् र जन्मजस्तै जहाँ सुनौला भोलिहरूका टुसा जागृत हुन्छन् र सम्भोग रात जस्तै जुन एकदम नितान्त हुन्छ सुनसान हुन्छ । तर अन्तरालमा खलबली मचाइरहेको हुन्छ र मृत्यु जस्तै जुन निश्चित छ । तर भरोसीत छैन निश्चित छैन् । तर अमान्य छैन् । जब प्रेमसँग सम्भोग जोडिएको हुन्छ तब प्रेम दिनजस्तै विलिन भएर जानेछ र मृत्यु पछिको अस्तित्वहिन जन्म झै निरीह हुनेछ र सायद त्यहि समय नै भावनात्मक प्रेमको भ्रुणहत्या भएको हुनेछ । हाल: टेक्सास, अमेरिका

कथाः छ आँशुको कथा

पोखरा पुगेको भोलिपल्ट शनिबार, सराङकोटको गुम्बामा गुफा बसेर लामा पढ्दै गरेका सोल्टीलाई भेट्न गयौं । पर्दाले छेलिएर सोल्टीसँग भेटघाट, कुराकानी भयो तर देखादेख भएन। एकआपसमा हेर्न नहुने रहेछ। हुस्सु र कुइरोले डम्म ढाकिएको सराङकोट डाँडामा अलि परको वस्तुलाई आँखाले ठम्याउँदैनथ्यो, जाडो उस्तै बढेर आएको थियो। दिन उघ्रेको बेला त प्याराग्लाइडिङ गर्नेहरूको सराङकोटमा लर्को लागेको हुन्छ रे ! तर, त्यो दिन त्यस्तो केही थिएन। गुम्बा परिसरमा एउटा अजंगको लिचीको रूख देखेर चकित भएँ किनकि मधेसको हाम्रो गाउँमा मात्र तेत्रो ठूलो लिचीको रूख देखेकी थिएँ अहिलेसम्म। त्यति अग्लो ठाउँमा त्यो बडेमानको लिचीको रूख ! गज्जब लाग्यो। थाहा भो सिजनमा खुब मज्जाले त्यो रूखमा लिची फल्छ रे ! दुई घन्टाजति त्यहाँ बसेर फर्कियौं। बडादसैंको दिन, मामाले आसिकसहित अबिरको टीका र पवित्र बौद्ध मन्त्रले अभिमन्त्रित रच्छेडोरो घाँटीमा लाइदिनुभो । सधैं मानिआएको भन्दा बेग्लै किसिमको त्यो नौलो र रमाइलो दसैंले मन प्रफुल्ल भयो। मामाले म मरेर गयो भने पनि यो रच्छेडोरी मेरो दाजुले लाइदिएको भनेर सम्झिनु भन्दै आमालाई आसिक दिइरहनु हुँदा आमाका आँखाबाट बर्बर्ती आँसु खसेका थिए। मेरो पनि घाँटीमा के के अड्किएजस्तो भएको थियो त्यो बेला। टीकापछि खानपिन भो, सबैले खाइसकेपछि मेरो दाजुको जुठो खान्छु, मरेपछि गति पर्छु होला भन्दै मामाको थालमा उब्रेको बटुकाको दाल एक चम्चा उघाएर खानुभो आमाले। अरू कसैले याद गरे गरेनन् तर मेरो मनमा चसक्क बिझ्यो आमाको त्यो व्यवहार। टीकाको रात अर्थात् हामी काठमाडौं फर्किने अघिल्लो रात। भात भान्सा सकिएपछि माइजु पनि हामी सुत्ने गरेको पाहुना कोठामा आएर बस्नुभो। अरू बेला त उहाँलाई जहिल्यै कामको चटारो हुन्थ्यो। बिहान-बेलुका गुम्बामा पूजाआजा गर्नै एकढेड घन्टा लाग्थ्यो, दिउँसो खेतबारीका झिनामसिना काममा अल्झिनुहुन्थ्यो। लौ त भनूँ भने हामीले राम्ररी माइजूसँग बात मार्न पाएकै थिएनौं। सानो काँटकी, खिरिलो ज्यानकी फूर्तिली हाम्री माइजू दिनभरि फिटिक् फिटिक् चप्पल पड्काउँदै यता र उता कुदिरहनुहुन्थ्यो। ‘डाग्दरले चिसो नखा, निमोनिया होला भन्छ। तर, मो ता चिसो कोकोकोला भनेपछि हुरुक्कै। चुरुट खानेले चुरुट छाड्न नसकेजस्तै मैले नि फ्रिजको कोक छाड्न सकेन। जाडो होस् कि गर्मी, एउटा जम्बो बोतलको कोक मैले दिनैपिच्छे सक्छ। मामा रिसाउँछ तर मो ता नखाई बस्न सक्दैन, लुकाएर भए पनि खान्छ।’ स्वाइँय्य खोक्दै माइजूले कुरा थाल्नुभो । सबै कुरा बुझेर पनि लतै बसिसकेको मान्छेलाई हामीले सम्झाउने कुरा के बाँकी रह्यो र ! चुपै बस्यौं। आमा र मामाको ज्यान त उस्तै खाइलाग्दो रैछ है माइजूरु आमालाई थोरै दुब्लाउनु पर्‍यो, घुँडा दुखाइ अलि कम हुन्थ्यो कि भन्यो भने ‘म मोटाको कहाँ हो र ! हाम्रो त बाबुबाजेदेखिको ज्यानै यस्तो, ठूलो दारका मान्छे हामी, हाम्रो हड्डी नै ठूलो’ भन्नुहुन्छ। मामालाई देख्दा आमाको कुरा सोरै आना सही लाग्यो। भाइले कुरा अघि बढायो। ‘तिमीहरुको मामा त अहिले दुब्लाएर यत्तिको देखिएको। एकताका त मामा मोटाएर उसको नारीमा घडीको पूरै चेन खोलेर लाउँदा पनि टाइट हुन्थ्यो। भुँडी ठूलो भएर खुट्टाको नङ आफैंले काट्न सक्तैनथ्यो। पछि त सारै बिमार भयो। त्यसपछि दुब्लाएर बल्ल यतिको भाको मामा त !’, माइजूले बताउनुभो। कुरा जारी राख्दै माइजूले भन्नुभयो, ‘सुरुमा मामा बिमार हुँदा मैले हेल्पोस् लिएर गयो। हेल्पोस् पनि उतिखेर घरदेखि निकै टाढा थ्यो, झन्डै दिनभरिको बाटो। बिहानै मामालाई बिस्तारो हिँडाउँदै लिएर गयो, दिउँसोतिर हेल्पोस् पुगेपछि त्यहाँ मामालाई सलाइन लाइदियो। मामाको जीले त्यै सलाइन खायो, मैले चाहिँ घर लान भनेर किनेको चालीस रुप्पेको झन्डै आधा डोकोजति सुन्तलामध्ये दुइचारवटा सुन्तला खाएर बस्यो। पाँच बोतल सलाइन लाइसक्दा झमक्क साँझ परेको थियो।’ हेल्पोस्ले ‘लु अब ! तिम्रो बिरामी जाति भयो, घर लैजा !’ भन्यो । त्यसपछि अँध्यारोमा मामाको हात समाएर डोस्याउँदै म घरको बाटो लाग्यो। बीच बाटोमा पुगेपछि त मामा फेरि लल्याकलुलुक परेर त्यहीँ बाटोमा थुप्रियो। हे भगमान् ! एकलासको खोलाको बाटो, निष्पट्ट अँध्यारो। मेरो हातमा टच्लाइट छ, तर मान्छेको नाउँमा हामी दुईबाहेक त्यहाँ अरू कोही छैन । म त बेस्सरी आत्तियो। के गरूँ र कसो गरूँ भयो। मेरो पालो मामालाई बाटो छेउको अग्लो ढुंगामा अडेसा लाएर भुइँमा बसायो र त्यही आफूले बोकेको सुन्तला छोडाउँदै मामाको मुखमा कोच्याउँदै गर्‍यो। धन्न ! दस बाह्र वटा सुन्तला खुवाइसकेपछि पो मामा बोल्यो, ‘ए कान्छी, मो काँ छ हँरु’ रातको अन्धकारमा सारै कष्टले मामालाई घर पुर्‍यायो मैले। भोकले मर्नु भाकोथ्यो, घर पुगेर टन्न भात खाएर सुतौंला भन्ने सोचेको थ्यो तर घरमा त हामीलाई खानै नराखी छोरीबुहारीहरू सुतिसकेको रैछ। रिसले आँखा देखेन मैले र मारी करायो तिनीहरूलाई। अनि त, हत्त न पत्त चुलोमा हुरुरु आगो बालेर एकैछिनमा भात तरकारी पकायो बुहारीले। अहो १ अहिले त्यो कुराहरू सम्झँदा हाँस उठ्छ तर त्यतिखेर त मलाई मर्नु भाकोथ्यो नि १ एक चरण बोलिसकेर माइजू गलल हाँस्नुभो, माइजूसँगै हामी पनि धक फुकाएर हाँस्यौं। तिमेर्को मामाको बिमारमा मैले खप्नसम्म सास्ती खपेको छ। उता छोरा छम् पसेको ९गुम्बामा बसेर लामा पढ्दै गरेको०, यता मामा बिमार भइराख्ने। अरूलाई झारफुक गरेर, जडीबुटी दिएर निको पार्ने तिमर्को मामाले आफूलाई चाहिँ जाती पार्न सकेन। आफ्नो मन्त्र आफ्नै जीउमा बेकामे हुँदोरैछ। मेरा मीतदाजु पर्ने धामीको बाउछोराले माथि गाउँबाट आएर मामालाई घरमै दिनरात फुकिदियो। तर, आफ्नो बिरामी निको हुनु त कता हो कता, त्यो दुई बाउछोरालाई पाल्न पो धौधौ पर्‍यो मलाई। बाउ चाहिँलाई छिनको छिनमा रक्सी र कुखुराको मासु चाहिने, छोराचाहिँ फुकेपिच्छे नयाँ झर्के थालमा चामल र पैसा माग्ने। अहिले बाउचाहिँलाई एक गिलास रक्सी दियो, अहिल्यै ‘ए कान्छी ! हेर् त ! यो गिलासको पिँध चुहिने रैछ, सप्पै रक्सी त चुहेर सकिएछ’ भन्ने। त्यो बाउछोराले हैरान खेलाएपछि दुई दिनमै भो अब नफुक्ने भनेर तिनीहरूलाई धपाइदियो मैले। जाने बेलामा ‘हेर् कान्छी १ जुवाइँलाई पूरापूर तीन दिन फुक्नुपर्यो, फेरिफेरि पनि बोलाएस् है !’ भन्दै गयो मेरो मीतदाजु। अनि कसरी निको हुनुभो त मामारु मैले सोधेँ। माइजूको निर्दोष व्याख्यान शैली रोचक लागिरहेको थियो। अहो ! मामाको बिमारको कुरा गरेर साध्ये छैन नानी ! पोखरामा कति डाग्दरलाई देखायो, घरमा कतिपल्ट धामी बसायो। तर, मामाको दाहिने कोखा हान्ने, कोखामा सरर केही हिँडेजस्तो लाग्ने । बिमार केही गर्दा पनि बिसेक भएन। अनि त, त्यहीताका जेठो छोरो देउलामा इन्डियाबाट घर आएको थियो, उसैले ‘बा ! अब एकबाजी इन्डिया गएर इलाज गरौं’ भन्यो। देउलामा इन्डिया आर्मीको पेन्सन थाप्छ, उसका हुर्केका छोराछोरीको पढाइ बिग्रन्छ भनेर उतिखेर उतै बस्थ्यो। मामाले इन्डिया त मो जाँदै जाँदैनु भनेर ढिपि कस्यो, देउलामा बाबुको मायाले रोयो। ‘के म तिम्रो छोरा हैनरु मसँग एकफेरा इन्डियामा गएर जँचाउन तिमीलाई कुन बातको अप्ठेरोरु’ भनेर देउलामाले रोइकराइ गरेपछि छोराको वचन हार्न नसकेर मामा बल्ल इन्डिया जान मान्यो। गोरखपुरको रेलको टिसनमा बाबुचाहिँ र मलाई छाडिराखेर देउलामाको बाउछोरा ‘एकछिन यहाँ बस्दै गर है आमा १, हामी टिकस काटेर आउँछु’ भनेर हरायो। अहिले आउला भरे आउला भन्यो, मध्यरातमा छोरा र नातिको बाटो हेर्‍यो, तर दुई घन्टासम्म कुर्दा पनि तिनीहरू आएन। परदेशको बिरानो ठाउँ, बिरामी लोग्ने छ साथमा, मो ता बेस्सरी आत्तिँदैथ्यो। उत्निखेरै मामा त हातखुट्टा अररो पारेर, दाँत टम्म बाँधेर थरर काम्न थाल्यो । हे दैव ! अब के गर्ने होला भनेर डरले मो पनि काम्यो एकचोटि त ! रातको २ बजेको छ, यसो वरपर हेर्‍यो, टिसनमा मान्छेहरू सिलको माछाजस्तो भएर लहरै सुतेको छ। चारैतिर चकमन्न। त्यै एउटा मान्छे ‘गरम चाय १ गरम चाय’ भन्दै यताउता डुलिहिँड्दैछ। मो ता न आफैं हुरुक्क भएर त्यहीँ मरिजानु, न केही गर्न सक्नु भएर सारै छटपटियो। त्यत्तिकैमा देउलामाको बाउछोरा टुप्लुक्क आइपुग्यो र मैले बल्ल आफूले सास फेरेको चाल पायो। त्यसपछि त्यही गरम चाय भन्नेसँग चिया र मसिनो रोटी किनेर चियामा रोटी चोब्दै जबर्जस्ती फट्याएर मामाको मुखमा छिराउँदै गर्‍यो। त्यसरी आठदसवटा रोटी मुखबाट छिराएपछि बल्ल मामाले आँखा खोल्यो। अनि त, त्यही बेला टिसनमा आइपुगेको रेलमा मामालाई दुई पट्टिबाट समाएर तुर्लुंग झुन्ड्याउँदै सारै मुस्किलले रेलमा चढायो हामीले। माइजूले कुरा सक्नै नपाई हामी सबै मरीमरी हाँस्दै थियौं। उति बेला माइजूलाई कत्रो महाभारत आइपरेको थियो तर बितिसकेपछि भने त्यो दु:खको क्षण हामीलाई मरुन्जेल हँसाउने कारण बनेको थियो। ग्वालियर पुगेपछि बिहान बुहारीले सोध्यो, ‘आमा ! मो बैगुनको भात बनाउँछ है ?’ मैले भन्यो, ‘भो ! मो ता खाँदैन त्यो बैगुनको भात, तिमेरु खाओ। मलाई त चामलकै भात पकाइदे !’ पछि खाने बेला पो थाहा पायो, भान्टा पोलेर साँधेको चटनीलाई बैगुनको भर्ता भन्दोरैछ उता। भोकको झोंकमा त्यो बिहान खुब मीठो लाग्यो बैगुनको भात‘ हा हा हा।’ माइजूको इन्डिया बसाइको बखानले फेरि मज्जाले हँसायो। अनि मामालाई सन्चो भयो त माइजूरु मैले सोधेँ । त्यति सजिलै काँ निको हुनु र १ ग्वालियर पुगेको दिन थकाइ मारेर भोलिपल्टै सहरको नाम चलेको डाग्दरकोमा गयो। यता हाम्रोतिरको कालो तीनपांग्रे डल्ले टेम्पोलाई उता अटो भन्दोरैछ, त्यसैमा चढाएर लग्यो देउलामाले हामीलाई। बुहारीले ‘सारीचोलो लाएर जाऊ आमा, गुन्यूचोलो र पटुकी लाको मान्छे देखेर यताको मान्छे हाँस्छ’ भन्यो। तर, मो ता मानेन। हाँसे हाँसोस् भनेर गुन्यूचोलो, पटुका र टाउकामा मजेत्रो ओढेरै गयो। सेतै फुलेको डाग्दरले मामालाई एकसरो जाँचेर ओखती लेखिदियो, अनि मतिर हेरेर ‘कान्छी हो ?’ भन्यो। मैले ‘हो’ भन्यो र मनमनै सोच्यो, मलाई घरमा(गाउँमा सबैतिर कान्छी नै भनेर बोलाउँछ, तर यो यति टाढाको डाग्दरले मेरो नाउँ कान्छी हो भनेर कसरी थाहा पायोरु भनेपछिलाई यो डाग्दर साँच्चैको जान्ने रैछ। लु आज भने देउलामाले गज्जपको डाग्दर भएठाउँ ल्याएछ बाउलाई इलाज गराउन। घर फिरेपछि मैले बुहारीलाई पनि सुनायो, ‘बुहारी अब बाउलाई चाँडै जाति हुन्छ, डाग्दर बडो जान्ने रैछ, मलाई फ्याट्ट कान्छी होरु भनेर सोध्यो।’ अचम्म १ बुहारी त मेरो कुरा सुनेर मरुन्जेल हाँस्यो र भन्यो, ‘आमा डाग्दर जान्ने भएर तिमीलाई कान्छी हो भनेको हैन, यहाँकाले त पहाडे अनुहार परेका जति छोरामान्छेलाई कान्छा भन्छ र आइमाई मान्छेलाई कान्छी भन्छ।’ हत्तेरी कस्तो हुस्सु भइएछ भनेर पछि ता मो पनि खुब हाँस्यो। हा हा हा‘ हामी मध्यरातमा कोठै थर्काएर स्याल सिँगान हुने गरी हाँस्यौं। अनि माइजूरु के भयोरु मैले माइजूलाई कुराको गति बढाउन उक्साएँ। त्यसपछि त, त्यो डाग्दरको ओखती दुई हप्तासम्म खाँदा पनि मामालाई केही फाइदा भएन। देउलामाले कताबाट एउटा डन्ठेबाबा भन्ने बाबाजीले यस्तो बिमारीलाई निको पार्छ रे भन्ने सुनेछ र त्यै अटो भन्नेमा एकतर्फी बाटोको भाडामात्रै एक सय ५० रुपैयाँ भारु तिरेर त्यो डन्ठे बाबाकोमा हामीलाई लग्यो। सारै टाढा रैछ त्यो ठाउँ। मान्छेहरूको ससानो भीड नै थियो त्यो बाबाको कोठाबाहिर। हामी निकै बेर कोठाबाहिर बसेर भित्र पस्ने पालो पख्र्यो। पालो आएपछि एउटा मान्छे हातमा ओखती बोकेर हामी भएठाउँ आयो र हामी बूढाबूढीको आँखामा त्यो झोल ओखती जबर्जस्ती लाइदियो। ए १ ए १ क्या करता है‘ भन्दाभन्दै त्यो ओखती लाइदी त हाल्यो। आमा हो ! त्यसपछि त आँखा भतभती पोलेर खपिनसक्नु भयो। आँखा खोल्नै सकेन, त्यसमाथि त्यो मान्छेले मामा र मलाई भित्र कोठामा धकेलिदियो । आँखा पोलेर केही देख्न सकेको छैन, डन्ठेबाबा कता हो हामी कता हो, केही शुद्धि छैन। त्यसरी हामी अत्तालिएकै बेला, खै त्यो बाबा हो कि कल्ले हो हामी बूढाबूढीको जीउमा लौरोले जथाभावी ठ्याङठ्याङ र ठुङठुङ हान्न थाल्यो। टाउकामा, कुमको हड्डीहुँदी लौरो बजारिँदा मैले त तिरिमिरी झ्याइँ देख्यो । एेय्या र आत्थु गर्दै एकछिन त्यहीँ उफ्रिँदै बस्यो हामी, र केही बेरपछि कोही मान्छेले हातमा समाएर दैलोबाहिर धकेलिदियो हामीलाई। एेय्यु‘ हाँसेर हाम्रो त बेहाल भयो। दुई सातासम्म देउलामाले बाउलाई त्यो डन्ठे बाबाकोमा लग्यो। अचम्म तालले मामालाई त निको पो हुँदै आयो र मामालाई बिसेक भएपछि हामी नेपाल फिस्यो। त्यहाँ बसुन्जेल नेपालीको दुस्खलाई नजिकबाट चिन्यो हामीले। के गर्ने, छुट्टीमा घर फिरेको लाहुरेले एक खिल्ली चुरुट पनि खान दिएन भनेर यता गाउँघरमा मान्छेले कुरा काट्छ तर उता उनीहरू कस्तो दुस्खले बसेको छ भन्ने कुरा यताको मान्छेलाई थाहै छैन। नाति केटोचाहिँ आइसक्रिम खाने बजैरु भन्दै भट्भटेमा चढेर त्यो आइसक्रिम भन्ने गुलियो जिनिस किनेर ल्याउँथ्यो र हामीलाई खुवाउँथ्यो। उता उसको बाबु देउलामाचाहिँ पसिनाले लछप्पै भिजेको बन्डी लाएर एउटा फ्याङ्टे साइकलमा किर्लिङ किर्लिङ घन्टी बजाउँदै साँझमा घर फिर्थ्यो र लखतरान ज्यानलाई आँगनको चारपाईमा लडाउँथ्यो । त्यहाँका धेरैजसो नेपाली देउलामा जसरी नै घर फिथ्योर् मैले त देउलामालाई भन्यो पनि, ‘आफ्नो खेतबारीमा पसिना चुहायो भने हाम्रो परिवारले भोकै बस्नुपर्दैन, देश फर्किहाल्।’ तर त्यो मानेन, दुई वर्षपछि छोराछोरी कलेज पढ्ने भएपछिमात्र फिर्छु भन्यो। माइजूले सोझो पारामा परदेशी नेपालीको दुस्खी जिन्दगीको बखान गरिरहनुहुँदा सुन्ने हामी सबैको मन अमिलिएर आएको थियो। साढे ११ बजिसकेछ, अब सुतौं। फेरि भोलि सबेरै बाटो लाग्नु छ। भाइ बोल्यो। मेरो आँखामा भने तुरुन्तै निद्रा आएन, समयको चेपुवामा परेर मेरा त्यस्ता ज्ञानीगुनी मामाले पनि कस्तोकस्तो दुस्ख बेहोर्नु परेछ भनेर सोचिरहेँ। उमेरदार हुँदा यिनै मामामा उडेको चरा खसाल्ने हिम्मत थियो रे १ मामालाई छम (लामा अध्ययनको अन्तिम प्रक्रिया जसमा उबेला च्यानघारीनजिकै महिनौं गुफा बसेर पढ्न पथ्र्यो) बाट निकाल्दा गाउँलेहरूले माया गरेर उनलाई काँधमा बोकेर, अबिरजात्रा गरेर घरसम्म ल्याएका थिए रे ! उबेला मामाका रुपलछिनले लठ्ठिएका उनका दौंतरीहरू गीतै कथेर गाउँथे रे, पाटीमारा चुरुस, लम्मई साइँला स्यानलामा (लामाका साइँला छोरा श्यामलामा) किस्नजी दुरुस्त‘ बन्दीपुरे चौतारा, लम्मई साइँला स्यानलामा किस्नजी औतार‘ उफ ! यौवनकालमा कृष्णजीका अवतारजस्ता मेरा मामाले बुढेसकालमा कस्तरी हन्डर खानु परेछ ! मामाले खेपेका सास्तीहरूले ननिदाउन्जेल मलाई भित्रसम्म घोचिरहे। आमाले बारम्बार बोलिरहनुहुने तुक्का सम्झँदै निदाउने कोसिस गरेँ, कहिलेको कस्तो कहिलेको सस्तो‘। भोलिपल्ट बिहानै भारी मनले मामामाइजूसँग बिदा माग्यौं । आमाले आफूले टेक्ने गरेको लौरो मामालाई छाड्दिन मन गर्नु भो, मामाले पनि लौ ठीकै छ त, हुन त मलाई लौरोको जरुरत छैन, तर पनि बैनीको सम्झना चिनो राख्छ भनेर राख्नुभो। मावलको मीठो सम्झना मनभरि-आँखाभरि सँगालेर काठमाडौं फिरियो। काठमाडौं फर्केपछि पापी पेटका खातिर फेरि उही दिनरातको दौडधुपमा सामेल हुन करै लाग्यो। पोखरा, अब धर्तीको सुन्दर टुक्रामात्र हैन, मेरो प्यारो मावल पनि भयो भन्ने सोचेर दंग पर्थें। पोखरा सम्झ्यो कि त मन त्यसैत्यसै फुरुंग हुन्थ्यो। पोखराबाट फिरेको धेरै दिनसम्म पनि हाम्रो घरमा कसैले न कसैले दिनमा एकदुईपटक कान्छी होरु भनेकै हुन्थ्यो, अनि त्यो सुन्यो कि त हामी सबैजना मुर्छा परेर हाँस्थ्यौं। केही दिनपछिको एक साँझ, भाइले मावलमा फोन गस्यो। मामामाइजू त्यतिखेर गुम्बामा जानुभएको रहेछ। फोन उठाउने शर्मिला बहिनीबाट थाहा भो, हामी काठमाडौं फर्कने बेला गाडी चढेर मामाघरबाट निस्केपछि मामा त माथि गुम्बा जाने खुड्किलामा बसेर बरर आँसु खसाउँदै रुनुभयो रे ! निकै बेरसम्म आँसु पुछ्दै, सिँगान पुछ्दै गर्नु भो रे ! मामा त्यसरी चुपचाप रुँदै बस्नुभ’ को देखेर माइजूले सोध्नुभएछ- हैन, आज तिमीलाई के भयोरु तिमी किन यसरी रुन्छ ? मामाले भन्नुभएछ- हैन, आज मलाई एकदम उच्चाट लागेको छ। कति वर्षपछि मर्ने बेलामा बैनी, भान्जाभान्जीलाई भेटेर मन खुसी भयो। तिनीहरू बसुन्जेल घरै उजेलो भाकोथ्यो। बैनीले दसैंको दिन मेरो जुठो पनि खायो, त्यसले त्यसो गर्दा मेरो छाती भारी भाकोथ्यो। मान्छेको जिन्दगी कसले के भन्न सक्छ र १ फेरि कहिले भेट हुने हो। निकै दिन बस्ला भन्ने सोचेको थ्यो तर तिनीहरू त आगो लिन आएकोझैं गरेर फिस्यो। त्यत्रो धान कुटेर राख्यो, अब हामी बूढाबूढीले मात्र खाएर कहिले सक्ने ? तिनीहरूले चटक्कै छाडेर जाँदा मलाई त एकतमासले नरमाइलो लागिरछ कान्छी ! शर्मिला बहिनीले यी सब कुरा फोनमा भनिरहँदा भाइको पनि गह भरिएको थियो। भाइले आमा र मलाई मामाको आँसुको कथा सुनाएपछि हामी त अवाक् भयौं। हामीले अजंगको कठोर पहरोझैं ठानेको मामाको छातीको काप फोरेर माया र स्नेहको पीपल त उहिल्यै पलाइसकेको रहेछ।’ साहित्य सङ्ग्रहालयबाट

प्रेमकथाः अधुरो प्रेम

केशव सिंह धामी कुरा केही महिना अगाडिको मात्र हो, जतिखेर म आफ्नो यौवनतामा साउने भेल सरी बगेकी थिए । केबल कसैसँग माया प्रेममा लिप्त भई भौतारिँदै दिनरात साझ बिहान प्रत्येक क्षण केबल हामीबीचको सम्बन्ध अनि ती बितेका कहाली लाग्ला रातलाई सँम्झिरहेकी छु अनि त्यही प्रतिबिम्बलाई अँगाल्दै बसेकी छु । म एक साधारण लेखपढ गरेकी गाउँमा बस्दै गरिएकी केटी थिए, जतिखेर मेरो उमेर १९ वसन्त पार गरी २० औं वर्षे जवानीमा हिँडिरहेकी थिए । म एसएलसी सकी पल्स टु पढ्न भनि शहर छिरेकी थिए । शहरमा डेरा लिई बस्न पुगे । मेरा ति दिन बिहान कलेज गई फर्कने अनि कोठामा नै एकान्तमा बस्ने मेरा नित्य कर्मका दिनहरू कलेज गएर नै बित्दै गए । कुनै दिन मसँग पढ्ने साथी जो जवान केटाले मलाई प्रेम प्रस्ताव राख्यो त्यो मान्छे को कसरी बयान गरु हरबखत उस्कै याद आउँछ, जवानीले मातेको त्यो केटा सलक्क परेको जिउडाल, नम्र एव् मिठो बोली, सुन्दर चेहराले पहिलो भेटमा नै उस्को एक शब्द बोलीले नै म प्रभावित भए । तर त्यती खेर नै मैले त्यो प्रस्ताव लाई हुन्छ भनिन । दिन बित्दै गए उसँगको भेट दिननुदिन हुदै गए, हामी कलेजमा पढ्दाको क्षणमा पनि सरले बिषय बस्तुमा लेखी रहदा मेरो कपी मागी मेरो कपीमा मायाका कुरा को चिठ्ठी मेरो कापीमा लेखी छोड्थ्यो । त्यो पल त अहिले पनि झल झल्ती याद आईरहन्छ । हामीबीचको सम्बन्ध बिस्तार बिस्तारै माया पनि बिस्तारिदै गयो, आपसमा नजिकिदै गयो आपसमा धेरै नजिकिँदा माया पनि बढ्दै गयो, आपसमा माया बसेछ पत्तै भएन । दिन, हप्ता अनि महिना बित्दै गए, उस्ले पनि मलाई ओधीनै माया गर्दै गयो, हामीबीचको सम्बन्ध बारे अरु सहपाठी साथीहरूलाई पनि अलिक थाहा भएजस्तो लाग्यो, हामी शनिबारको बिदाको दिन कहिले पार्क त कहिले फिलिम हेर्न सिनेमा घरसम्म जान पछि परेनोँ । दिनदिनै भेट नहुँदा कतै केही बिर्सेको जस्तो भान हुन थाल्यो । ऊ पनि सधै जिन्दगीभर साथ दिनुपर्छ भनी कयौँ दिन सधैको भेटमा त्यही शब्दले आखाँ गाडेको थियो । म केबल तिमीलाई नै चाहन्छु भनिरहन्थ्यो । मैलै पनि उस्को प्रेम प्रस्तावलाई स्वीकार्न विवश थिए । किनकि म पनि ऊबिना पलभर पनि बाच्न नसक्ने अवस्थामा पुगिसकेकी थिए। मैले पनि हरेक पल उस्कै ना लिईरहन्थे, ऊप्रतिको मेरो माया शिवजीलाई पार्वतीले माया गरेजस्तै हुन पुगेछ । हामी कहिले कतै टाढै जान्थ्यो त कहिले नजिकै रहेको मन्दिरमा सँगै बाच्ने सँगै मर्ने कसम खान पछि परेनोँ । मेरो निधारमा उस्कै कहिले न मेटिने टिका थापिदियो । म त्यही दिनको पर्खाईमा थिए जुन दिन मेरो सिउँदो भरी मेरो माया गर्ने मान्छे को नै होस भन्ने चाहन्थे र मन मनै सोचिरहेकी थिए । माया भन्ने चिज यस्तो हुँदो रहेछ, जस्लाई अँगाली सकेपछि कहिलै न रित्तिएला झै माया लाग्न थाल्यो । मनमा अनेकन थरीका कुराहरू खेल्न पुगे । उस्ले पनि आज डेरामा न बसी कतै टाढा गएर बसोँ भन्न थाल्यो मैले पनि मुखले त नाई भनेकी थिए तर मनले हुन्छ भने जस्तै थियो त्यो पल । हरेक दिन भन्थ्यो सँगै जादा होस की फोनमा घण्टोँ सम्मको कुरामा सधै मलाई टाढा बसोँ न भनि रहन्थ्यो त्यो दिन मैले पनि हुन्छ भनि दिए, र हामी कुनै नयाँ ठाउँको होटेलमा बस्न पुगेम । अनि हामी बिचको माया अनि त्यो बैसालो जवानीले मातेका दिनले अरु केही पनि देखेन केबल आपसी माया अनि मन मुटुको मायालाई अँगालो मा बाधीएर सुमसुम्याउदै बाकी के क भयो त्यो सबै भनि राख्नु पर्दैन होला । हामी बिचको त्यो टाढाको होटेलको त्यो रात जिन्दगी भरको लागि भुल्न नसकिने क्षण बन्न पुग्यो । हामी बिचमा माया साटासाट भयो । हामीमा सधै सधैका लागि एक हुने बाचा कसम देखीलिएर सारा सँसार अँगालोला बाधीएर आपसी मायामा मात्र सिमित देख्न पुगे । यो दुनियामा मेरो प्रियतम र म बाहेक अरु कोही छैन जस्तो लग्यो, र हामी बिचको त्यो योनिक सम्बन्धले पनि साताब्यापी रुपमा अगाडि बढ्दै गयो । माया लाई सधै सधै सम्मलाई पनि हामी यसरी नै मन देखीनै नजिकिई दुई न भई एक मुटुनै चलिरहेको छ भन्ने भान हुन पुग्यो । हामी बिचको सम्बन्धले पल्स टु पढ्दाको दिन सम्म हासी खुसी नै भई रहेको थियो । हाम्रा दिन हरू अगाडि बढ्दै रहे, हाम्रो मायाले पनि शिखरको चुली टेक्न पुग्यो । मायामा नै हाम्रा दिन रात साझँ बिहान बितेको थाहा भएन, मन मस्तिस्कमा उहि बिताएका दिन रात को मत्र याद आईरहेको छ । के माया यही नै हो तभन्ने कुरा आफै माथि प्रश्न गर्न पुगे । एक मनले त कतै म उल्टो बाटोमा त छैन भन्छु अर्को मनले यो कुरा त जिन्दगीमा एक चोटी हुनेनै कुरा हो पनि भनेर मनमा अनेक थरीका कुरा हरू खेलाउदै रहन्थे । के माया गर्नु गल्ती हो र भन्ने प्रश्न आफै माथि उभ्याउन पुग्थे तर जे भए पनि हामी बीचको माया गङ र मासु झै टासिएको थियो । पहिलो वर्ष सकिएको पत्तै भएन अनि दोस्रो वर्षको परीक्षा दिई घर तिर फर्कनु पर्ने थियो, रो प्रेमी त्यही शहरमानै बस्ने हुनाले म उस्लाई छिट्टै फर्केर आउछु भनि छुट्टिन अनुमति माग्दै थिए । ऊ त भन्दै थियो घरमा म पनि जान्छु अनि बुवा सँग तिम्रो हात मागी छिट्टै विहे गरुला भनि भन्दै थियो, तर मैले आफै घरमा भनुला भनि एक्लै जाने निधो गरे । बसपार्कमा आई बसको टिकेट काटिसकेकी थिए, गाडीले पनि आफ्नो टाईममा हर्न बजाउन पुग्यो, म बसमा चढ्नु भन्दा पहिला मलाई त्यही नेर अँगालो हाली आखाबाट बर्लीन धाराहरू बर्षीन पुगे उस्लेनी आफ्ना आखा माड्दै बिदाई का हात हल्लाउन पुग्यो । मेरो चढेको गाडी पनि आफ्ना पाङ्ग्राहरू अगाडि जान पुग्यो, हामी बिचमा केबल दुरी टाढिदै गयो, टाढिदै हातहरू आफ्नो ठाउँबाट हात हल्लाउन बाहेक अरु के नै हुन सम्भव छ र । मैले चढेको गाडी आफ्नै गतिमा हुईकिरहेको थियो । बरिखामास को समय मा दिननु दिन पानी बर्षीनै रहेको थियो । बाहिर तिर पानी झिम झिम्ती बर्षिरहेको थियो । बाटो अलिक चिप्लो थियो, अचानक म चढेको गाडी पल्टन पुगेछ, मलाई त्यसपछि केही थाहा भएन म बेहोस भएकिरहेछु थाहा नै भएन त्यही दिनको घटनामा ४ जनाले त्यही भिरमा नै शाहादत गर्न पुगेछन, म लगायत ६ जना घाईते अबस्थामा त्यही शहरको अस्पतालको बेडमा रहेछु । त्यो भन्दा अगाडि त थाहा नै थिएन म काहाँ छु भन्ने ।।। आज त्यही ह्वील चियरको साहेताले दिन रात काट्न पुगेकी छु । उता मेरो बारे केही थाहाँ नहोस भनी मैले मेरो फोनमा आएका हजार बार गरेका फोनका घन्टीहरू एव् एसएमएस को केही पनि रिप्लाई गर्न मन लागेन । उस्ले प्रतेक पल फोनबाट सम्झी रहन्थ्यो तर मैले फोन रिसिब नै गरिन मेरो विवसता लाई उस्ले केही थाहाँ नपावस उँस्ले पहिलेकै जस्तै जिन्दगीभर सम्झी रहोस भन्ने चाहान्थे, सपना बाट विउझीएको जस्तो भान नहोस भन्ने चाहन्थे र उस्को बेवास्ता गर्न पुगे ।मेरो प्रेमीलाई मेरो अपाङ्गता बारे थाहाँ नहोस उहाँको पहिले को प्रेमका छैन भन्ने भान होस उहाँको त्यो तन्दुरुस्त जीउजानको लागि आफूले नै सहि छैन भनी ठाने, तेसैले उहाँलाई फोन पनि गर्न पनि मन लागेन । मनले त नेको थिएन तर उहाँको लागि भए पनि टाढिनु पर्छ भन्ने लाग्यो र मेरो विवसता किन अरुको खुसी जिन्दगीमा दुःख थप्ने भन्ने भान भयो । एक दिन उहाँ मोटरसाईकलमा आईरहेको थियो, म लगायत मेरा साथीहरू ह्वील चियरमा त्यही शहरको मोडमा अगाडि हिन्दै गरेको अवस्थामा भेटायो र टाढाबाटै मेरो शरिरमा चियाउन पुग्यो मैले न देखेझै गरी आफ्नो बाटो हिन्दै थिए, उस्ले हतार हतार बाईक रोकी मेरो अगाडि आएर मेरो अँगालो हाल्न पुग्यो र मैले पनि विगतका कुराहरूलाई जुन दिन बसपार्कबाट टाढिएका थियौ त्यही दिनदेखि भेट नभएको महिनौ भएको थियो, त्यसपछि मलाई आफ्नो घर जानको लागि मरिहत्ते गर्यो, मैले पहिलेको मायालाई केही कमी राखेको छैन भन्दै सबै कुरा भन्दै थियो । मैले पनि भन्दै गरे मैले हजुरलाई भुलिसके भनि दिए रत उहाँलेले जे जति बिर्सेपनि मानिरहेका थिएनन् । म सोच्थे की मेरो साहारा मेरो माया गरेको मान्छे न बनोस, मेरो मायालु मेरो कारणले दुःखमा नपरिस भन्ने भान भयो तर उस्ले मान्दै मानेन अन्तत् मैले हारे उहाँको म प्रतिको माया रत्तिभर पनि कमी भएको रहेनछ भन्ने ठाने र विवश भए उहाँसँग नै जीवन बिताउन । उहाँले आजकल पनि पहिलेको माया प्रिती लगाउँदाको क्षणहरूको याद दिलाईरहन्छन् । आजकल पनि हामीबीचको सम्बन्धले पनि आउ समाजको सामु उदारणिय बन्न पुगेका छौ । माया भन्ने कुरा धनि गरिब कालो गोरो राम्रो नराम्रो न भएर मन मुटुदेखी माया हुदो रहेछ भन्ने आभास आज मैले मेरो जिन्दगीमाथि भोगिरहेकी छु ।।। ।

कथा : कान्छी त पोइला पो गइछ

रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित नाटकहरु हेर्न निक्कै रोमाञ्चकारी हुने गर्दथ्यो । उनीहरुले रुपालाई लोभ्याउनका लागि गरको सहयोग सबै नक्कली लाग्दथ्यो । रुपा आफैंलाई पनि आफ्नो सुन्दरतामा गर्व थियो । छिन्–छिनमा ऊ ऐनाको अगाडि बस्ने गर्दथी । ऐनामा आफ्ना सम्पूर्ण सुन्दर शरीर धीतमरुञ्जेल नियाल्दा एकप्रकारको लज्जाको अनुभूति हुने गर्दथ्यो, हाँसोका विम्बहरु उतार्ने गर्दथी । झन् क्याम्पस आउँदा–जादाँका पलहरु निकै अविष्मरणीय हुने गर्दथ्यो । बाटामा क्याम्पसे केटाहरुले जिस्काउने गर्दथे । रुपा त्यसको मौन समर्थन गर्ने गर्दथी । कति पनि प्रतिकार गर्दिनथी । लज्जालु मुस्कान छाडेर निरुत्तर बनेर हिँड्दा ती केटाहरुले एकप्रकारको समर्थन पाएको सम्झन्थे । घर आईपुगेपछि ऊ बाटो भरिका रमाइला पलहरु सम्झेर मुस्कुराउने गर्दथी । उसलाई सधैं त्यहि बाटो नै प्यारो लाग्दथ्यो । ऊ त्यो बाटोलाई एकप्रकारको प्रेम गर्दथी अथवा भनौं त्यो बाटो दिनमा एक दिन नहिँडी चित्तै बुझ्दैन थियो । अरुणसँग उसको नजिकको सम्बन्ध छ । उसले अरुणलाई भाइ मानेकी मानेकी छे । प्रत्येक भाइटीकामा अरुणको निधार रङ्गिने गर्दथे उसका हातहरुबाट । सायद आफ्ना दाजुभाइ नभएकैले होला निकै प्रेम गर्दथी ऊ अरुणलाई । अरुण उसको घर पटक–पटक जाने गर्दथ्यो । यी दुई एकदिन नदेख्दा नै छट्पटिन पुग्थें । प्रत्येक दिन र रातहरु सँगै हुने गर्दथे । हाँसी–मज्जाक गर्दा गर्दै समयले नेटो काटेको पत्तै हुदैन थियो । अरुण पनि उसलाई निकै प्रेम गर्ने गर्छ । सधै उसको छत्रछायाँमा बस्न रुचाउँछ । प्रत्येक पल अरुण उसको सुन्दरताको खुलेर प्रशंसा गर्ने गर्दछ । सायद यहि कारणले होला रुपालाई अरुण निकै प्यारो लाग्ने गर्दछ । क्याम्पस जान लाग्दा रुपालाई अरुण नभई हुदैन । ऊ अरुणले ‘राम्रो देखिएको छ !’ नभनेसम्म घरबाट बाहिर निस्किदैनथी । रुपालाई आफू बन्धनमा बाँधिएको छु जस्तो लाग्थ्यो । प्रत्येक समय आफूलाई ठूला–ठूला पर्खालहरुकाबीच कैदमा पारिएको अनुभूत गर्ने गर्दथी । आफूलाई घरमा पिँजडामा राखेर थुनिएको सुगाझैँ सम्झिन्थी । क्याम्पस समयबाहेक उसलाई घरको चौघेराभन्दा बाहिर जान छुट थिएन । ऊ आफु सँगैका साथीहरु आफूभन्दा निकै स्वतन्त्र भएको ठान्दथी । आफ्ना साथीहरुलाई जहाँ पनि जान छुट भएको तर आफुलाई कहिँ जान पनि छुट नभएको भनेर आत्मालोचित हुने गर्दथी । यसैकारणले होला ऊ आफ्ना रहरलाग्दा सम्पूर्ण इच्छाहरु दबाएर राख्ने गर्दथी । क्याम्पस पार्कहरुमा प्रेमीप्रेमिकाहरु अँगालोमा बाँधिएर प्रेमकर्म गरेको देख्दा इर्ष्या लाग्ने गर्दथ्यो उसलाई । एक मनमा त आफूलाई प्रेम गर्ने प्रेमी खोजु जस्तो लाग्ने गर्दथ्यो तर डराउने गर्दथी त्यसबाट उब्जने परिस्थितिहरुसँग । ००० रुपाकी आमा मेनुकाका दिनहरु सधैं फुर्सदिला भएर बित्ने गर्दथे । आफ्नो श्रीमान् विदेशमा भएका कारण खर्चका लागि अरु कहाँ धाउनुपर्दैन थियो । उनि गाउँकै गन्यमान्य पार्टीको सक्रिय कार्यकर्ता थिइन् । उनलाई जहिल्यैं बिहान ६ बजे चिया पसलमा बसेर पार्टीका लगायतका कुराहरु गर्न अभ्यस्त हुन्थ्यो । थोर–बहुत राजनीतिबारे प्रशिक्षित भएकी उनि आफूलाई सभ्य र अरुलाई असभ्य भन्ने बानीले गाउँका दिग्गजहरुले मनपराउँदैनथे । एक्लो हठ गर्ने बानीले गर्दा गाउँका शिक्षित महिलाहरु उनकोको अज्ञनता देखेर मनमनै खिल्ली उडाउँथे । उनी आफैलाई पनि विना जानकार प्याच्च बोल्ने बानीले धेरै चोटी लज्जित बनाएको थियो । आफ्ना कमजोरीहरु पत्ता लगाई चिया पसलमा बसेर गफिएको देख्दा गाउँका महिलाहरुले ‘कुरा काट्ने आईमाई’को पगरी लगाईदिएका थिए। रुपालाई निकै कडाई गर्थिन् उनि । उनि छोरीहरु स्वतन्त्र भए बेइज्जती बाहेक केही हुँदैन, । उनिहरुलाई आत्मनिर्णय अधिकार दिनुहुँदैन लगायतका सोचाई राख्ने गर्थिन् । छोरीले गरेका हरेक कुराहरुमा बन्देज लागाउँथिन् । गाउँमा सानै उमेरमा आफु खुसी बिवाह गर्ने लहड चलेको थियो । यस्तै विषयप्रति असान्दर्भिक रुपमा उनि छोरीलाई सजग गराई राख्ने गर्थिन्, “फलानो जस्तो गरी पोइला हिँडिस् भने तेरो के हुन्छ थाहा पाउनेछेस् तैँले !” ००० भुँइमा तासहरु असरल्ल छरिएका थिए । मेनुका आफ्ना साथीहरुसँग तास खेल्नमा अभ्यस्त थिइन् । साथीहरु चाहिँ छिमेकीका बारेमा कुरा गर्दै थिए । उनि भने घरेलु मदिराको चुस्की लिँदै तुरुन्तै प्रतिक्रिया जनाई हाल्थीन्, “हैन, मान्छेको कसरी मन बद्लिन्छ हँ । एकजनासँग बिहे गरेर जीवन सुम्पिदिई सकेपछि फेरी अर्कोसँग किन जीवन सुम्पिदै पोइला जानु ? यो आईमाईको जात त ! ….फेरी त्यो वीरले किन बुढी आईमाईलाई बिहे गरेको होला ? मोराले अरु केटी देखेन !” उनका कुरामाथि अरुहरुले हो मा हो मिलाउँथे । “तिमीहरुलाई थाहा छ आज कान्छी त पोइला पो गइछ । भर्खर १५ वर्ष के लागेकी थिई ! के हतारो परेको त्यसलाई ! फेरी आफूभन्दा डबल उमेरको आर्मीसँग !” “के–के सुन्नुपर्छ यो कानले ? हैन त्यसले आर्मी जस्तो बोकालाई छान्नुपर्छ ? तालपरे सय वटा बिहे गर्छन् बोकाहरु । ठिक्क पर्यो त्यसलाई ! अस्ती मसँग मुखमुखै लाग्दै थिई वेश्या ! ।” “जवान छोरीलाई ठेगानमा नराख्दा यस्तै हुन्छ । लखर–लखर चारैतीर कुदी हिँड्थी । छोरी होस् तपाईकी जस्तो !” आफ्नो छोरीको प्रशंसा गरेकोमा मेनुकालाई गर्वको महसुस भयो । रुपा खाटमा बसेर आफ्ना आमाको कुरा सुनिरहेकी थिई । उसलाई भित्रभित्रै डर लागिरहेको थियो आफुबाट कहित्यै त्यस्तो प्रकारको कार्य नहोस् भनेर । हात खुट्टाहरु मन्द–मन्द गतिमा कापिरहेका थिए, आफु दोषी ठहरिने डरले । मनमा चिसो परिरहेको थियो । अकस्मात् रुपाले वाक्–वाकी गरी । मेनुका साथीहरु तीनछक्क परे । मेनुकालाई शंका लाग्यो । मनमा डर–डरको अनुभूति गरायो उसलाई । रुपा भने बाहिर गएर आई । “ए ! के भो तलाई” “केही भा’को छैन मम्मी !” “केही भा’को छैन भन्छस् । म थाहा पाउँदिन ?” मेनुकाले छोरीको मन तौलिन खोजिन् । रुपा चुप लागेर बसिरही । डराए जस्तो गरी । टाउँको निहुराई । अनुहारमा हेर्न सकिन । टाउँको निहुँरिई रहिँ । छोरी यसरी निँहुरिएको देखेर मेनुका जोडले कराइन्, “कसले गर्यो यस्तो तलाई । भन् न कोसँग सुतिस् ?” मेनुकाले शंका गर्दै अँध्यारोमा जाल हालिन् । रुपाका सम्पूर्ण शरीर डरले काम्न थाले । सुकुसुकाउँदै रहि । मेनुकाको रिसले कन्पारो तातिएर आयो । आफूले गरेको शंका वास्तविक हुन लाग्दै थियो । सहन सकिनन् । अनायासै रुपामाथि हातहरु बजार्न थालिन् । “को हो त्यो ?” “अरुण” रुपाले अरुणको के उच्चारण गरेकी थिई । मेनुका छाँगाबाट खसेझैँ भईन् । सिमेन्टीमा बजारिएको जस्तो भयो । सोच्दै नसोचेको मानिसबाट यस्तो हुन्छ भनेर सोचेकी थिइनन् । स्तब्ध भईन् । केही बोल्नै सकिनन् । सधैं केही न केही बोलीराख्ने बोलक्कड मेनुका यतिखेर मौन थिइन् । साथीहरुले मौनताको भङ्ग गर्दै आश्चर्यमा परिरहेका थिए । उनीहरु पनि मौन थिए । ००० ब्रेन्चमा तीन पात्रहरुलाई राखिएको छ मेनुका, रुपा अनि अरुण । वरिपरि मान्छेहरु जम्मा भएका छन् । सबै एकअर्काका मुखामुख गर्दै कुरा गर्दै थिए । कतिले ‘जोशमा होश गुमाएपछि यस्तै हुन्छ’ भन्दै थिए । मेनुकाका विरोधी भनिनेहरु अनेक लाञ्छनाहरु लगाउँदै पालोको पैचो गर्दै थिए । रुपालाई अरुणसँग जिम्मा लगाईदै थियो । मेनुका यस्तो दृश्य हेर्न सकिरहेकी थिइनन् । केही गर्न नसक्ने गरी लाचार बनेर टाउँको निहुँर्याएर सबै सुन्दै थिईन् । राजेश नतांश (स्रोत : Samyantra.com)

एक्लिए बाबुराम, नयाँ शक्ति कुनै पनि बेला फुट्न सक्ने

काठमाडौं, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नयाँ शक्ति फुटाउन माओवादीलगायतका पार्टीले षडयन्त्र गरिरहेको स्टाटस लेखिरहँदा उनकै सहयात्री खिमलाल देवकोटाले भने राजिनामा दिइरहेका थिए । खिमलाल देवकोटा नयाँ शक्तिभित्र सक्रियरुपमा खटिएका नेता थिए । खासगरी पार्टीका नीति र कार्यक्रमहरुको प्रचार र प्रसारमा उनको भूमिका अहम् थियो । शुरुआती दिनहरुमा देवकोटाले पार्टीका हरेक सामग्रीहरुको प्रचारका लागि योजनाबद्ध काम शुरु गरेका थिए । तर पार्टीभित्र निर्वाचनमा पराजयपछि जुनखालको छलफल र मन्थन हुनुपथ्र्यो, त्यसको साटो पद र अवसरको बहस शुरु भएपछि उनले राजिनामा दिएको घोषणा गरे । खिमलाल एउटा उदाहरण मात्रै हुन, नयाँ शक्तिभित्र पछिल्लो समयमा देखा परेको गैर राजनीतिक कार्यशैलीका कारण लामो समय पार्टी पद्दतीमा हुर्केकाहरु खिन्न भएका छन् । विचार जे जस्तो भएपनि पार्टी एउटा पद्दतीमा अघि बढ्नुपर्छ भन्नेहरु अहिले शक्तिका लागि जे पनि गर्ने बाबुराम लाइनका कारण निराश भएका हुन । पार्टीभित्रै अन्तर्सघंर्ष गरिरहेका उनीहरुले बाबुरामलाई वैचारिक दृष्टिले छोडेका छन् । अर्थात्, बाबुरामले षडयन्त्रको जतिसुकै कुरा गरेपनि आन्तरिक कारणले नै उनी एक्लो पर्दै गएका छन् । बाबुरामसँग निराश भएका नेताहरुले पार्टी नै छोड्ने अभिव्यक्ति नदिएपनि पार्टीभित्र बाबुराम एक्लिँदा जुन मिशनका साथ नयाँ शक्ति गठन भएको थियो, त्यो पुरा नहुने उनीहरुको चिन्ता छ । सिँगो जीवन राजनीतिक आस्था र समर्पणमा बिताएपछि जीवनको उत्तरार्धमा केही नयाँ गरौं भन्दा पुरानो भन्दा पनि झन स्खलित वैचारिक अवस्था सिर्जना भएपछि धेरै जसो नेताहरु अहिले वैचारिक संकटमा परेका हुन । बाबुरामले नयाँ शक्ति गठन गरेको दिन प्रचण्डले भनेका थिए– मैले २६ वर्षसम्म बाबुरामलाई झेले, अरुले एक वर्ष झेलेर देखाउन । अहिले त्यही सही भएको छ । बाबुरामलाई झेल्नु गारै रहेछ भन्ने निष्कर्शमा अधिकांश पूर्व सहयात्रीहरु पुगेका छन् । केही अझै उनकै समर्थनमा छन् तर पार्टी फुटाउन हुन्न भन्ने मत व्यक्त गरेपनि बाबुरामको यो कार्यशैलीसँग चाहिँ सहमत हुन सकिन्न भन्नेको जमात बढी छ । पछिल्लो बैठकले पार्टीमा नयाँ जीवन दिन सकेन । आशा गरिएको थियो, यो बैठकले कम्तीमा संगठनात्मक र वैचारिक मन्थन गर्ला भनेर । तर त्यसो भएन । बैठकमा अधिकांश नेताहरुको असन्तुष्टि मात्रै सुनियो । त्यहाँ सिर्जनात्मकता देखिएन । बैठकपछि जुन उर्जा नेताहरुमा देखिनुपथ्र्यो, त्यो देखिएन । बरु विकल्प खोज्नैपर्ने हो त ? भन्ने अवस्थामा नेताहरु पुग्न थालेका छन् । यो भनेको बाबुरामको कार्यशैलीका कारण हो भन्ने स्पष्ट भएको अवस्था छ । बाबुरामले आफ्नो पार्टी माओवादीसँग एकीकरण हुनै नसक्ने कुरा बारम्बार भनिरहेका छन् । त्यो भित्र उनको डर र असफलताले जन्माएको कुण्ठा लुकेको देखिन्छ । त्यसैले कुनै बेला नयाँ नेतृत्वलाई पार्टी हस्तान्तरण गर्ने, कुनै बेला ५ वर्षपछि हस्तान्तरण गर्ने, कुनै बेला चुचुरो उक्लिने जस्ता उनका अभिव्यक्ति सार्वजनिक भएका छन् । यता उनकै समकक्षमा खुलेका साझा र विवेकशीलबीच एकता भएपछि बाबुरामलाई झनै तनाव भएको छ । अहिले अवस्था के छ भने, नयाँ शक्ति कुनै पनि बेला फुट्न सक्छ । तर यो फूट अरु पार्टीहरुको षडयन्त्रका कारण भने हुने छैन । किनभने अरु पार्टीलाई त्यो षडयन्त्र गर्नु आवश्यक नै छैन । जसरी माओवादीभित्रको फूट आफ्नै कारणले भयो, त्यही कुरा नयाँ शक्तिमा पनि लागु हुने छ । नयाँ शक्तिभित्र बाबुरामले जसरी विचार, विधि र पद्दतीलाई सही ढंगले स्थापित गर्न सकेनन्, अबको फूट, पलायन र स्खलन त्यही कारण हुने छ । समस्या के छ भने बाबुराम चेत्दैनन्, उनी आत्मवादी छन् । उनका लागि उनले जानेको सत्य हो । उनले बुझेको साँचो हो । उनी ‘म’ बाट शुरु गर्छन् । ‘हामी’ भन्न उनको दिमागमा नै आउँदैन । मैले यसो गरेँ, मैले यहाँ ल्याइपुर्याएँ, मैले गर्दा यसो, मैले नभए उस्तो…। उनका हरेक अभिव्यक्तिमा झल्किने यो ‘म’ नै अहिलेको मुख्य समस्या हो । तर उनी यो सच्याउन चाहँदैनन् । यो प्रवृत्तिका रुपमा विकास भइसकेको छ । यही कारणले अहिले नयाँ शक्ति संकटमा परेको हो । यो संकटबाट सहजै अगाडि बढ्न सक्ने अवस्था देखिँदैन । विकल्प खोज्नैपर्ने अवस्थामा सबै पुगेका छन् । तर विकल्प खोज्दा उचित अवतरण या समायोजनको विकल्प नभेट्दा सम्म बाबुरामलाई थेग्नैपर्ने बाध्यतामा पनि उनीहरु छन् । (नयाँ शक्तिका एकजना नेतासँग गरेको कुराकानीमा आधारित)

गजलः तिम्रो यादमा भएपनि बाँचेको छु

केशव धौंलाकोटी जसो तसो यो जिन्दगी काट्दैछु तिम्रो यादमा भएपनि बाँचेको छु लाग्दैन कोही पनि आफ्नो आज जिन्दगीमा एक्लै यात्राहरू गर्ने छु चाहिँदैन तिम्रो झुठो माया मलाई स्वार्थी दुनियाँमा यक्लै बाच्नेछु निष्ठुरी तिम्रो याद धेरै आएको छ तिमीसित बिताएको पलहरू सम्झेको छु झुठो रहेछ तिमीले खाएको वाचा–कसम त्यही दिनको यादमा टोलाउँदै बसेको छु फेसबुकबाट साभार

जोक्स: के म तिम्रो ( * ) ( * ) छुन सक्छु ?

केटा : के म तिम्रो ( * ) ( * ) छुन सक्छु ? . . केटी : what ?? ….त साले कुकुर … उत जा…. सबै केटाहरु उस्तै हुन्छन भनेको हो रै छ ! . . . केटा : ओह हो जिस्केको के ….. I’m sorry plz… …( हे भगवान यस्लाई कसरी मनाउने) . . केटी : Its ok …but अब देखी यस्तो नभन ल ? . . केटा : OK….( झन्डै कुरा बिग्रेको, Thank God ! ).. . . (अर्को दिन).. . . केटा : Darling के म तिम्रो धड्कन महसुश गर्न सक्छु ? . . . केटी : OK.. You can 🙂 . . . . . . Moral : Don’t change your Intension. Be Cool & Change your Style. (खाेया डटकमबाट साभार )

युग पाठकको ‘माङ्गेना’ १७ गते बजारमा

काठमाडौं, असार १४ । लेखक युग पाठकको दोस्रो पुस्तक “माङ्गेनाः नेपाल मन्थन’ यही असार १७ गते विमोचित हुने भएको छ । पुस्तक एक दर्जन बढी विषयमा पाठकले लेखेका वैकल्पिक चिन्तनहरु सहितको गैरआख्यान हो । यसअघि लेखकले उर्गेनको घोडा नामक ऐतिहासिक उपन्यास लेखेका थिए । पाठकका अनुसार, नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक इतिहास लेखनमा शासकीय दृष्टिकोण अपनाइएको र यसलाई जनताको दृष्टिकोणबाट लेखन गर्नुपर्ने आवश्यकता महशुस गरेर पुस्तक लेखिएको हो । विमोचन हुन लागेको पुस्तक “माङ्गेनाः नेपाल मन्थन’मा पाठकले इतिहास र राष्ट्रवादबारे प्रश्न उठाउँदै लेखेका छन्, “यो कस्तो राष्ट्रवाद हो, जसले जनताको सास्ती घटाउन कुनै पहल गर्दैन र दिल्लीतिर चोर औंला देखाएर सारा कर्तव्यबाट च्युत हुन्छ ? वर्तमानमा इमानदारिता देखाउँदैन र जनताको सकसमाथि सकस थपिरहन्छ्र । चीनतिर इशारा गर्छ र जनतालाई झुक्याइरहन्छ्र इतिहासभरी नक्कली राष्ट्रवाद यस्तै देखिएको छ्र ।” उनले लेखेको पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’मा माङ्गेनाको के अर्थ हो त ? भन्ने प्रश्नमा पाठकले भने, “यो लिम्बु भाषाबाट लिईएको शब्द हो, जसको अर्थ शिर उँचो गर्ने सांस्कृतिक अनुष्ठान हुन्छ । मैले यो पुस्तकमा यसलाई दार्शनिक ढंगबाट प्रयोग गर्दै इतिहासमा दमन गरिएका सबै आम नेपाली जनताको शिर उँचो गर्नु पर्ने आवश्यकता तर्फ औलाउँदै यस शब्दलाई प्रयोग गरेको हो ।”

कविता: “तथस्त”

यादव कुमार पंडित ‘प्यूठान” खासै सम्पर्कमा नआउने उन्नतिले उत्तर फर्काएन कोशिस ले हेरम भन्यो प्राप्तिले समय फेरम भन्यो । दुखः लाई डाक्नैनपर्ने सुख सङ्ग करिबको चिनजान थिएन । संघर्ष लाई सघाउने गरि आउनु है भनेको उधारो लाई चुक्ता गर्ने गरि पालिदिनु भनियो । दिन–रातले हमेशा नडोर्याएका पनि होईनन् । साउतीले सुल्झाउँछ जिवन हालैको हो सम्झनु । म यता सोच्छु ऊता सोच्छु । म बाच्नको लागि साहित्यमा चलाएमान भएको छु तसर्थ, आज खामोशीमा जिवन सङ्ग केहि कुराको जवाफ माग्दैन ।

कथा : ग्रामीण पर्यटनको !

रूद्रप्रसाद भट्टराई गाउँसँग ग्रामीण पर्यटन जोडिएपछि थुप्रै गाउँहरु आज पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गएका छन् । सम्पूर्ण विषयले देशभित्र महत्वपूर्ण स्थान पाउँदा यो क्षेत्रपनि क्रमशः विकशित स्वरुपमा परिचित बन्दै गएको पनि छ । धेरै कथाको बीचमा आज एक कथा लेख्न मन लाग्यो ‘कथा ग्रामीण पर्यटनको’ । घुमेका स्थानहरुको कथा र डायरी अनेक हुन्छन् तर समग्रतालाई पर्यटनको कथा बनाउनु अत्यन्तै मुश्किल कार्य हो । सोचेँ अनि लेख्न सुरु गरेँ यो प्रकृतिको कथा बिक्छ ! बिकोस या नबिकोस सम्पूर्णताको कथा बनाउने यो प्रयासको थालनी मानौँला भनेर । कथा सुरुहुन्छ इतिहास, प्रकार, सौन्दर्यता, र जीवनस्तरको वृद्धि अनि अन्त्य हुन्छ ग्रामीण पर्यटनको प्रवद्धनमा । नेपालमा बढी फस्टाएको पर्यटकीय प्रकारहरूमा धार्मिक, मनोरञ्जनात्मक, प्राकृतिक, र साहसीक पर्यटन पर्दछ । त्यसमा पनि ग्रामीण पर्यटन पछिल्लो आर्थिक—सामाजिक उपार्जनको अभिन्न अँग बनेको छ । यहि पर्यटनका विभिन्न प्रकारहरूलाई चुम्न वर्षमा करिब ८ लाख माथि पर्यटकहरू देशमा भित्रिन्छन् अनि धित नमरिञ्जेल फर्किदैनन् । एकाध घटना बाहेक असुरक्षा भयो र मज्जा आएन भन्ने पर्यटकहरू खासै भटिएका छैनन् अभिलेखहरूमा । जसरी पर्यटकहरू नेपाल भित्रिएपनि फर्कने बेलामा खुसी—खुसी फर्कने प्रबृति बढ्दै गएको छ अहिले । आन्तरिक रुपमा पनि हिँड्न नचाहनेहरूपनि क्रमशः देश दौडाहामा निस्कन थालेका छन । किनकी पैसा हुँदा घुम्न नमिल्ने हुनसक्छ बरु अभावमै ऋण काढेरै भएपनि मज्जा लिउँ भन्ने शैली बाहिर त छँदैछ, पछिल्लो समय आन्तरिक रुपमा पनि यसको मात्रामा वृद्धि हुँदै गएको छ । रूद्रप्रसाद भट्टराई १३ औँ शताब्दीबाट सुरुभएको पर्यटन् शब्द १९ औँ शताब्दीबाट मात्र योजनावद्ध र स्थापीत भयो । हुँदा—हुँदा ९० को दशक पछाडि त ग्रामीण जीवनस्तरमा ग्रामीण स्थान र सौन्दर्यता, परिकार र उत्पादनको सहायताले ग्रामीण जीवनस्तर अभिवृद्धि गराउने उद्धेश्यले ग्रामीण पर्यटनको स्थापना भएको पाइन्छ । पर्यटन क्षेत्रमा देखिएको विविधिकरण सँगै ग्रामीण पर्यटनको पनि सम्भावनाहरूमा वृद्धि हुँदै गएको छ । यसले नविन गन्तब्यहरूको पहिचान, प्रारम्भिक अध्ययनसँगै स्थानको रेखाचित्र र आयोजनाहरूमा बढवा दिएको छ । कुना काप्चाका स्थानहरूमा द्रुत्ततर रुपमा कामहरू अघि बढ्नु यसको तौलदार प्रमाण हो । अनवरत् यात्रा र अनुसन्धानको परिणाम आज ग्रामीण पर्यटन ग्रामीण विकासको सहयात्री बन्न पुगेको छ । ग्रामीण पर्यटन गाउँको अमिश्रित अर्थात शुद्ध पर्यटन हो जहाँ गाउँलेपन, गाउँले वातावरण, रहनसहन, शैली, क्रियाकलाप, उत्पादन र गतिविधिहरू उपलब्ध हुन्छन् । यस पर्यटनले कहिँ र कतै धित नमरेको मनलाई स्वादीलो पानी बनी प्यास मेटाउने प्रयास गरेको हुन्छ । त्यसैले त भनिन्छ जो जहाँ भएपनि जीवन ढल्कँदै जाँदा र उतरार्र्ध समयमा गाउँमै प्राणत्याग गर्ने इच्छा राखेका हुन्छन् अधिकाँशले । तसर्थ, ग्रामीण पर्यटन गरिबको पर्यटन हो जसमा कम पैसामा गाउँका स्थानीयहरूका घरमा गएर बास बस्ने तिनले पकाएका गाउँका उत्पानको स्वाद लिने, खेतिपातीमा मज्जा लिने, रहनसहनमा रमाउने, अध्ययन र अनुसन्धान गर्ने र मज्जा सँगै ज्ञान र सीप लिने क्रियाकलापहरू पर्दछन् । एक शब्दमा भन्नुपर्दा ग्रामीण पर्यटन एउटा प्रवृतिसँग प्रत्यक्ष सम्बन्धित तथा अद्वितिय वस्तुहरूको अवलोकन र प्रयोगसँग जोडिएको छ । ग्रामीण पर्यटनका स्थानीय क्षेत्र र उत्पादीत वस्तुहरूको प्रवद्र्धन, उत्पादनको खपत, रोजगारीको अवसर, आम्दानीमा वृद्धि, वस्तुको सहज उपलब्धता, ग्रामीण उद्योगको विकास, प्राकृतिक वातावरणको सँरक्षण, स्रोत र साधनको अधिकतम परिचालन, सँस्कृति र सँस्कारको आदानप्रदान, ऐतिहासीक पक्षको दिगोपन, व्यापार तथा व्यवसायको विकास, सहकार्यको बानी आदि सकारात्मक पक्षहरूभित्र पर्दछन् । यसका साथै मुल्यमा वृद्धि, प्रविधिले रोजगारी गुमाउने, अपराध, स्थानीयता लोप हुनु, वातावरणीय क्षय, द्वन्द्व आदी भने यस पर्यटनका नकारात्मक पक्षहरूभित्र पर्दछन् । आखिर यसका सवल र दुर्वल दुबै पक्षहरू भएतापनि यसबाट मानिसहरूलाई नविनतम् आनन्द, ज्ञान र रमाइलो सहजै प्रदान गर्नेकुरामा दुइमत हुन सकिँदैन । पर्यटनको क्षेत्र र त्यसको विविधिकरणका प्रचुर सम्भावनाहरू रहेको हाम्रो देशमा यस क्षेत्रको सन्तुलित उन्नती गर्न सकेमा देशले काँचूली फेर्न सक्छ । प्रकृतिका उपहारहरू र निर्मित स्थान तथा उत्पादनहरूको महतम् परिचालन र उपयोगबाट देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्न सक्दछ । यसको लागि देशको जँगल, जमीन, जडिबुटी, जल र खनीजहरू नै देशका प्रमुख आकर्षणका आधारहरू भएकोले यसको सँरक्षण गर्नु अपरिहार्य छ । साथै आधुनिक सहर, गाऊँ, स्थानीय ज्ञान र सीप, वातावरणप्रेमी स्थानहरू, पार्क, जँगली जनावरहरू, निकुञ्ज, शैक्षिक केन्द्र, पहाडी क्षेत्र र जनजीवन, फुलहरू, सँस्कृति र सामाजिक जीवन, स्वादीलो र कमखर्चिलो खाना, खोलानाला, हाते उत्पादनहरू, पुरातात्विक वस्तुहरू, खेलकुद, जातजाति र तिनको जनजातियता, जलयात्रा, यातायात, पदयात्राका स्थानहरू, रात्री र दिवा जीवन शैली, गल्फिङ्ग, मौलिक भेषभूषा र भाषा, रहनसहन, घरबास आदि ग्रामीण पर्यटनका मुख्य क्षेत्रहरूमा उल्लेख्य लगानी बढाई दीर्घकालीन लक्ष्य र कार्य गरिनु जरुरी बनेको छ । दिगो सोच र प्रयासले मात्र ग्रामीण पर्यटनको माध्यमबाट ग्रामीण विकास अझ नजिक र सम्भव बन्ने देखिन्छ । अब त झनै देश स्थानीय निर्वाचनपछि संघको अभ्यासमा जाने भएको हुनाले पनि यो क्षेत्रको महत्व थप बढ्ने देखिन्छ । तसर्थ, सरोकारवालाहरूले निर्विकल्प ग्रामीण पर्यटन प्रवद्र्धन पहिलो सर्तभित्र राख्नुपर्नेमा ढिलाइ गर्नु हुँदैन । ग्रामीण पर्यटनको यो कथाले अब व्यापकता पाउनुपर्दछ, उनै डोको, नाम्लो, खेती, परिकारको स्वादको व्याख्या गरिनुपर्दछ र गाउँको विकास गरिनुपर्दछ भन्दै यो कथा अन्त्य गर्दछु । धन्यवाद ।

कविता: हत्केलाले छेकिएको वर्तमान

ब्यवस्था, जनता र देश खोज्न अनन्त यात्रामा निस्किएका यात्रीहरुले उकालीमा उब्जाएका पसिना मुछेर ओरालीमा उछिट्टिँदा पोखिएका रगतका छिटाहरु मुछेर ढुङ्गाका, स्कुलका भित्ताहरुमा कोरेका थिए नाराहरु संघिय गणतन्त्र नेपाल जिन्दावाद । परायाको गुलियो तीर घाँटीसम्म बोकेर स्वाभिमानको लिलाम गरी फर्कदै गरेका राष्ट्रका ठेकेदारहरुलाई औँला ठड्याइरहेका हुन्थे रुखका ठुटा र दशगजा आसपास छरिएका नाराहरु राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ । आफ्नो पसिना अर्काको ढुकुटीमा रुँदै थन्कँदा, एउटा कुपोषणले अर्को कुपोषणलाई गिज्याउँदा मुस्कान, सपनाको हैन, पानीको रंग र छुवाईले स्वास फेर्न समेत कठिन हुँदा पोतिएका हुन्थे अक्सिजनहरु, चेतनामा समावेशी, समता र समानताका नाममा, अनेक रंगहरुमा ओझेलको आधा आकास, पहिचान गुमेका भाषा, धर्म र मान्छेहरु जङ्गलमा पड्किएको बन्दुकको आवाजले नै जुटेका हुन् गाउँहरुमा, देशहरुमा आवाज हराएकाहरु, सपना निमोठिएकाहरु शाहस रित्तिएकाहरु, खुट्टा कुँजिएकाहरु ठुलो ठुलो स्वर गर्दै दगुर्दै पुगेका हुन् देशसम्म आकास, जुन र ताराहरुले नियालेर पढेका हुन् दस्तावेजहरु पहाड, पर्वत, खोला र झरनाहरुले तबमात्र बुझेका हुन् राजनीति र तबमात्र चराहरुले गाउन थालेका हुन् जनवादी गीतहरु आज देखिँदैछ, आयातीत चर्का स्वरहरु स्वघोषित आमाहरुको जमात शान्त मुद्रामा ढुङ्गा, भित्ता, चरा र झरनाहरु अक्सिजनको अपजसमा उत्रिएका कथित पहिचानवादीहरु स्वार्थको बन्दीमा समय धमिला खोल्साहरुको मार्चपास दूसित हावाहरुको नियन्त्रणमा वायुमण्डल असली आमाको वृद्धाश्रम बसाई भ्रमित समय, दिग्भ्रमित यथार्थ । धनकुटा, हालः कीर्तिपुर काठमाठौँ

अनुषा राई ‘मिस एसईई आइडल २०१७ ‘को बिजेता

काठमाडौं,जेठ ७ । ट्रिनिटि मार्केटिंग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको पेन्टागन मिस एस ई ई आइडल २०१७ चौथो संस्करण प्रतियोगिताको उपाधी अनुषा राईले हात परेकी छिन । शुक्रबार साँझ राजधानीमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अनुषाले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन l त्यसगरी फर्स्ट रनर अपमा रोशिक थापा, सेकेण्ड रनरअपमा सेलिना महर्जन र थर्ड रनरअपमा रुबी कक्षपतिले उपाधि हात पार्न सफल भएका थिए l अन्य बिबिध उपाधि अन्तर्गत भिउर च्वाईस र मस्ट ट्यालेन्टेड अनुषा राइ, मिस फोटोजेनिकमा रुबी शाही, मिस फ्रेन्डली र पब्लिक च्वाईसमा रुबी कक्षपति, मिस बबली लोरिश गुरुङ, मिस क्याट वाल्क बर्षा घोरासैनी, बेस्ट स्माइल जेसिका शाही, बेस्ट पर्सनालिटी दैशा श्रेष्ठ, मिस डिसिप्लिन श्रेया श्रेष्ठ, मिस पन्चुअल पुजा सिवाकोटी, बेस्ट हेयर सुष्मिता कार्की, बेस्ट ड्रेस सेलिना महर्जन, मिस कन्फ़िडेण्ट रोशिक थापा, मिस इन्टरटेनर अमिषा गुरुङ, बेस्ट फिगर सामाना घिमिरे घोषित भए । कार्यक्रमको कोरियोग्राफर नमिता भण्डारीले गरेकी थिइन् । नब प्रतिभाहरुलाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराई तथा एस ई ई एक्जाम दिएर बसेका बिध्यार्थीहरुलाई व्यबसायी मोडल बनाउन आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष सावित्री ढुंगानाले बताइन । उक्त प्रतियोगिताको निर्णायकमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द, नायिका, निमार्त्री बर्षा राउत, कोरिग्राफर, समाजसेवी रेखा अर्याल,बिशाल पाण्डे, पवन शाक्य, ओम शंकर श्रेष्ठ र मेकअप आर्टिस्ट टेकराज पाण्डे रहेका थिए ।

आमा

चैत बैशाखको घामले तिमीलाई छेकेन बर्खा मासको भेलले तिमीलाई छेकेन पुसको कठ्यांग्रिदो जाडोले छेकेन आमा लुकीलुकी प्रेम दर्शाउन बाँधिएको समाजले तिमीलाई छेकेन त्यसैले म भोको हुँदा तिमी गाँस हौ मुटुको धड्कन आमा तिमी सास हौ गाउनेले धेरै गाए तिम्रा महानताका कुरा लाउनेले धेरै लाए तिम्रा ब्यथामा नुन चुक पाउनेले धेरै पाए तिम्रा माया प्रेम र स्नेह गाउनेलाई गाई रहन दियौ लाउनेलाई लाइ रहन दियौ मेरा लागि सधै घाम पानीको ओत बन्यौ संसार हरायौ आमा मायाको स्रोत बन्यौ त्यसैले म भोको हुँदा तिमी गाँस हौ मुटुको धड्कन आमा तिमी सास हौ कति हेपियौ होला यो समाजबाट कति सेकियौ होला समाजका ब्वासाबाट बर्सौं दुस्ख सह्यौ होला सन्ततिका लागि अस्तित्व नै दाउमा राख्यौ होला सन्तान हसाउन तर पनि आफ्नो मन कहिल्यै फुट्न दिएनौ सन्तान प्रति आफ्नो माया टुट्न दिएनौ त्यसैले म भोको हुँदा तिमी गाँस हौ मुटुको धड्कन आमा तिमी सास हौ आकाश जत्रै हुनुपर्छ तिम्रो त्यो मन न त जोख्नै मिल्ने न त पोख्नै मिल्ने न त नाप्न सक्छु तिम्रो मायाको गहिराइ केवल हराउन सक्छु त्यो गहिराइमा रगतको थोपामा आमाको माया बग्छ मुटुको चालमा आमाको धड्कन धड्कन्छ त्यसैले म भोको हुँदा तिमी गाँस हौ मुटुको धड्कन आमा तिमी सास हौ  

“आई लभ यु मीरा”

मैले डराई-डराई उनको अगाडि भने “आई लभ यु मीरा ।” उनले भनिन्, “हजूर, के भन्या । मैले सुनिन ।” मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भनें “आई लभ्यू, तिमीलाई धेरै मनपराउँछु ।” एक थप्पड मेरो गालामा हिकाईन् उनले । म डराएँ, अब के हुने हो? । तर उनले फेरि भनिन् “बुद्धु । यति भन्न पनि यतिका समय ला’को । माया गरेसि उहिल्यै भन्नु पर्दैनथ्यो । खाली एकोहोरो हेर्ने, पागल!” म अक्कनवक्क भएँ, मात्रै उनलाई हेरिरहे । अनि मीठो हाँस्दै बिस्तारै मेरो अँगालोमा बाँधिदै भनिन्, “था’ छ? म पनि त चाहन्थे तिमीलाई पहिलेदेखि नै । तिमीले कहिले यति कुरा भन्छौ भन्ने प्रतिक्षामा कति दिन बिताएँ, ऊ भने यतिका दिन तड्पाएर मात्रै वल्ल ।” मेरो हृदयले चाहेको भन्दा बढी जस्तो माहोल हुँदै थियो, त्यसैले म अत्यन्त विस्मित थिएँ । हठात् मेरो आँखामा घामको झुल्का परेझैं लाग्यो । यसो दखें म त विस्तारामा पो रहेछु । मेरो अँगालोमा त सिरानी थियो । भित्ते घडीमा बिहानको सात बजेको दखें । अनि आफ्नो हातको सिरानीलाई हेर्दै सोचे “धत् म पनि, ओहो कति मीठो संवाद, फेरि सुत्नु पर्यो कति मीठो स्वीकारोक्ति उनको, आहा” भन्दै म फेरि पल्टिएँ निदाएर उही सपना पछ्याउन, तर अहँ, आधा घन्टासम्म कोसिस गरें, निदाइन । सँगै क्याम्पसमा पढ्ने साथी थिइन् मीरा । चार वर्षे पढाइको अवधिको करिब दुई वर्ष पुग्न लागेको थियो । अरुलाई जस्तो भए पनि, मलाई नितान्त मन पर्थिइन् उनी । उनका चञ्चल आँखा, बोल्दा यतायता हल्लाउदै फिल्मकी कुनै रोमान्टिक हिरोइन् भन्दा कम देखिन्न थिइन् उनी । ती आँखाका अलावा उनको स्वभावबाट प्रभावित भएको थिएँ म । सुरुदेखि नै अति चाहन्थें म उनलाई, सधैँ उनकै बारेमा कल्पना गरिरहन्थें । यसैले गर्दा होला सायद मेरो ध्यान पढाइमा खासै जादैनथ्यो। मसँग बोल्दा साथी जस्तै गरी खुलेर बोल्दथिइन् उनी । तर मैले कहिले पनि माया गर्छु भन्न सकेको थिएन । भन्न खोज्दा नसकी नसकी यस्तै गरी समय बित्दै थिए । तेश्रो वर्षको क्लास सुरु भयो । चार पाँच दिन उनी आइनन् । मलाई उनलाई क्लासमा देख्न नपाएकोमा मनमनै नरमाइलो महसुस हुदै थियो । यस्तै एकदिन बिहान क्याम्पस आउन केही दुरी बाँकी छदाँ मैले उनलाई अगाडि देखें । हामी दुवै क्याम्पस जादै थियौं । पछाडिबाट मैले भनें, “हेलो मीरा ।” उनले पछाडि फर्किएर हेरिन् । म त्यसै खुसी भएँ । मैले भनिहालें, “किन त्यति छिटो हिडेको?” यति भनिसक्दा म उनीसम्म आइपुगें । अनि दुवै सँगै हिड्न थाल्यौं । मतिर हेर्दै उनले भनिन्, “त्यसै । अनि के छ त तिम्रो खबर ? पढाई अगाडि बढिसक्यो होला हैन?” मैले भनें, “मेरो त ठिकै छ । बरू तिम्रो? तिमी त चार पाँच दिन आएनौ नि! किन हो ?” एक छिन रोकिएर उनले केही भन्न नपाउदै मैले फेरि ठट्टा गरें, “कि डेटिगं सेटिगंतिर त हैन?” उनले भनिन्, “धत् के भन्या तेस्तो । मलाई के सोचेको तिमीले?” मैले विचैमा भने “तिमीलाई अरुजस्तो त कहाँ सोच्थेर म? त्यसैले तिमीलाई सजग गराउन भन्या के ।” “खै तिम्रो कुरा पनि । बरु तिम्री होली नि कोही । सुनाउन त मलाई नि ।” उनले हाँस्दै भनिन् । “छे, एउटी जसलाई मैले धेरै मन पराउँछु । त्यो हो तिमी ।” मनमनै भनें तर बोल्न सकिन । तर उनको सामु यसो भनें, “खै मैले चाहेर के हुन्छर? चाहनेले रुचाउनुपर्यो नि?” “पहिला उसलाई थाहा त देऊ कि तिमी उसलाई चाहन्छौ भनेर । मनको कुरा खोल्नुपर्छ टाइममा, नत्र अबेर हुन्छ । फिल्ममा हेरेको छैनौ? उनले भनिन् ।” म सिरियस भएर भनें, “अँ साच्चै । तिमी किन नआएको रे?” “भयो नभनु । टाइम आएसि तिमीलाई थाभैहाल्छ ।” उनी मसिनो लज्जामिश्रित स्वरमय भनिन् । मैले उनको कुरा बुझिन । क्याम्पस आइहाल्यो । हाम्रो वार्तालाप टुंगियो । “अब त भन्नुपर्छ, माया गर्छु भनेर ।” त्यो साझ मैले आफ्नो कोठामा कल्पना गरें, “कति मीठो बोली उनको पहिला थाहा त दिनुपर्छ, मैले माया गर्छु भनेर, उनैले भनेकी । हो, अब त साच्चै भनेरै छाड्छु । मनको कुरा खोल्नुपर्छ रे टाइममा, उनैले भनेकी । अब त खोल्छु, त्यो पनि उनैलाई । भनिदिन्छु जे होला होला । कहिले सम्म गुम्सिएर मनमनै पीडा बोकिराख्ने? सायद उनले पनि मन पराउँछिन् कि मलाई? मैले जस्तै भन्न नसकेकी हुन् कि? जे होस् मीरा तिमीलाई हृदयदेखिनै चाहान्छु । तिमी मेरी प्रेमिका बनिदेऊ, मैले संसारै जित्नेथिएँ ।, आई लभ यु मीरा । यही भनेर चिठी लेख्छु अनि भोलि उनलाई आफैले दिन्छु । जे होस् जे होस् ।” यस्तै मैले मनमनै सोच्दै गर्दा मेरो मोबाईलमा रिङ्टोन वज्यो । यसो हेरें आफ्नै कक्षामा पढ्ने सरिताको फोन थियो जो मीराकी साह्रै मिल्थी । फोन उठाएर मैले मोबाइल कानमा राख्दै भनें, “हेलो।” सरिताले भनी, “हेलो विनोद, अहिले व्यालेन्स कम छ, खास कुरा मात्रै भन्छु है ।” “हुन्छ भनन के कुरा हो?” मैले सोधें । उसले भनी, “खुसीको कुरा छ । मीरा छे नि हाम्रो क्लासकी । त्यस्को हिजो इंगेजमेन्ट भएछ । दश गते बिहा छ । चोरले मलाई पनि आज मात्रै भनेकी हो । सबै साथीलाई खबर गर्दे है भनेकी थिई । आऊ है । तिम्लाई मीराको बिहेमा निम्तो… । ”

राष्ट्रकवि घिमिरेद्वारा सम्मान प्रदान

काठमाडौँ, चैत १३ । राष्ट्रकवि माधव घिमिरेले समाजसेवा, प्रशासनसेवा र न्यायसेवामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई शनिबार एक कार्यक्रमबीच सम्मान गर्नुभयो । मैनाली सेवा समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि घिमिरेले संस्कृतिविद् सत्यमोहन जोशी, निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र डा लक्ष्मीप्रसाद मैनालीलाई सम्मान गर्नुभएको हो ।