चुटकिला : झोंक्किएर लोग्नेलाई फोन गरी

स्वास्नीले झोंक्किएर लोग्नेलाई फोन गरी..

“कहाँ मुन्टिएको हो यत्तिका रातिसम्म ?”

लोग्नेः प्रिय तिमीलाई सम्झना छ त्यो गहना पसल..

जहाँ तिमीले एउटा हीराको हार निकै मनपराएकी थियौ..

मसंग पैसा नभएको हुँदा किनेर दिन सकेको थिइन..

तर भनेको थिए “एकदिन यो हार
अवश्य तिम्रो हुनेछ ।”

श्रीमती (अत्यन्तै खुशी भएर): हो डार्लिङ हो, मैले सम्झिए..

श्रीमानः हो.. म त्यै गहना पसल अघिल्तिरको भट‍्टीमा छु ।

झमकभन्दा दयनीय अवस्थाकी ‘पूरा’ को ‘नयाँ सोच’ विमोचन

काभ्रे, पुस २५ । साहित्यका क्षेत्रमा झमक घिमिरेको नाम निकै चर्चामा छ, शारीरिक रुपमा अशक्त भएर पनि साहित्यमा कलम चलाउने साहित्यकारका रुपमा। झमकले खुट्टाको औँलाको सहायतामा आफ्ना रचना लेख्ने गर्नुभएको छ । तर कुनै पनि यस्तो साहित्यकार नहोला जसले हात, खुट्टा केही नचल्दा पनि देब्रे हातको पौँजा (हत्केला) को पछाडीको भागको सहायताले ट्याबलेट् (मोबाइल) थिचेर आफ्ना रचना लेख्ने । त्यसरी आफ्नो साहित्य लेख्ने पहिलो साहित्यकारका रुपमा चिनिनुहुन्छ, समिता श्रेष्ठ ‘पूरा’ । उहाँको जन्म काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन बनेपा नगरपालिका–४, शेरामा २०४७ साल पुस २४ गते भएको थियो । “कुरा विसं २०६३ पुस २ गतेको हो । बहिनी कक्षा ९ मा पढ्दै थिइन्, उनी परीक्षा दिएर घर आएकी थिइन्, उनी भाउजुसँग घर नजिकैको पसलमा जाँदै गर्दा अचानक बाटोमै ढलिन्,” पूराकी फुपू निर्मला श्रेष्ठले भन्नुभयो, “ढल्ने बित्तिकै उनले दुवै हातको मुठ्ठी बाँधिन् र काम्न थालिन् ।” उनी ढल्ने बित्तिकै अस्पतालमा पु¥याएको तर चार महिना अस्पतालमा राख्दा पनि उनको अवस्था भने सामान्य नभएको उहाँले बताउनुभयो । पहिले ह्विलचियरमा बस्न सक्ने र बोल्न पनि सक्ने पूरा अहिले भने बोल्न पनि सक्नुहुन्न भने ओछ्यानमा मात्रै सीमित हुनुहुन्छ । उहाँलाई परिवारले समय बिताउन ट्याबलेट् दिएको छ । त्यसमार्फत उहाँले समाचार हेरेर विश्वका बारेमा जानकारी लिनुहुन्छ भने फेसबुकसमेत चलाउनुहुन्छ । ट्याब्लेट्को सहायताबाट ‘पूरा’ ले समसामयिक विषयमा विभिन्न कविता र कृतिसमेत लेख्नुभएको छ । उहाँको पहिलेदेखिको नै सपना थियो, आफ्नो कृति प्रकाशन गर्ने । समाजसेवी तथा शिक्षासेवीसमेत रहनुभएकी उहाँकी फूपू निर्मलालाई कृति प्रकाशन गरिदिन पूराले आग्रह गर्दै आउनुभएको थियो । केही समय भन्दाभन्दै आलटाल गरिरहँदा जति उपचार गरेपनि समिताको अवस्था गम्भीर हुँदै गएपछि शब्दयात्रा प्रकाशनलाई आग्रह गरेको र उनको कृति रचना गर्ने सपना पूरा भएको निर्मलाले बताउनुभयो । पूरा शौचालय जान, खाना खान र आफैँ सुत्न, उठ्नसमेत सक्नुहुन्न । उहाँको सेवाका लागि उहाँकी आमा सावित्री खटिनुहुन्छ । आफ्नो अवस्थाकै कारण पढाइसमेत पूरा गर्न नसक्नुभएको र बाहिरी दुनियाँबाट समेत अलग्गिनुभएको पुराको आत्मविश्वास भने बलियो छ । ‘पूरा’ उहाँ आफैँले राखेको साहित्यिक उपनाम हो । समिता श्रेष्ठ ‘पूरा’ को लघु उपन्यास ‘नयाँ सोच’ को विमोचनका लागि शब्दयात्रा प्रकाशनले सोमबार बनेपा–४ मा लेखिकाको जन्मोत्सवका अवसरमा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरेको थियो । विमोचन कार्यक्रममा बोल्नुहँुदै प्रकाशनका अध्यक्ष हरि मन्जुश्रीले मानिस शारीरिक रुपमा अशक्त भएपनि मानसिकरुपमा उसको इच्छाशक्ति प्रबल भए जस्तोसुकै काम पनि गर्न सक्ने बताउनुभयो । “परिवारको साथ भएन भने बलियो मान्छे पनि अशक्तजस्तै हुन्छ ।” मन्जुश्रीले भन्नुभयो । प्रत्येक काम पूरा गर्न परिवारको साथ र सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो । पूराले लेखेका अन्य कृति पनि प्रकाशन गर्न शब्दयात्रा प्रकाशन तयार रहेको उहाँले बताउनुभयो । पूराले लेखेको उपन्यास ४२ पेजको छ, जसलाई उहाँले २६ वटा भागमा विभाजन गर्नुभएको छ । उपन्यासमा उहाँले विदेशिएका युवालाई आफ्नै देशमा बसेर देशको विकास गर्न सुझाव दिनुभएको छ भने नेपाल कृषि प्रधान देश भएकाले कृषिमा आधुनिकीकरण ल्याउनसमेत आग्रह गर्नुभएको छ ।

कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चले साहित्यिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै

पोखरा,  पुस १२ । “रहन सहन वा भाषा भेष फरक भए तापनि यो देश । सबको प्यारो मंगल माली यसका जनता हामी नेपाली ।।” परापूर्वकालदेखि मिलेर बसेको नेपाली समाजमा पछिल्ला समयमा विभिन्न भाषाभाषी तथा जातजातिका नाममा विभाजनका रेखा कोरिन थालेको वास्तविकतामा कवि शिरोमणि लेखनाथ पौड्यालले रचना गर्नुभएको यो पंक्ति वर्तमानमा निकै सान्दर्भिक देखिन्छ । सामाजिक चेतनाका साथै नेपालीबीचको सद्भाव र एकतालाई मजबुत बनाउन प्रेरणा दिने असंख्य कविताका रचयिता कवि शिरोमणि लेखनाथ पौड्यालको १३४औँ जन्मजयन्ती मनाउनका लागि कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका साथै विभिन्न साहित्यिक संघसंस्था यतिखेर त्यसको तयारीमा लागेका छन् । प्रत्येक वर्षको पुस १५ गतेलाई कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका रुपमा मनाउने गरिएको छ । कवि शिरोमणिको जन्मस्थल अर्घौंं अर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन भएसँगै सो समितिको पहलमा विगत पाँच वर्षयता कवि शिरोमणिको जन्मघरको संरक्षणका साथै संग्रहालय, तरुण तपसी पार्क निर्माणलगायतका कामलाई प्राथमिकताका साथ अघि बढाइसकिएको छ । समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम अघि बढाइएको छ। “अर्घौं अर्चले कवि शिरोमणिको जन्मस्थल भएर पनि केही वर्षअघिसम्म उहाँको जन्मजयन्तीसमेत अन्यत्र नै मनाउन थालिएसँगै यो स्थल नै कतै ओझेलमा पर्ने हो कि भन्ने चिन्ता थपिँदै गएको थियो”, उहाँले भन्नुभयो । उहाँका अनुसार जन्मस्थलको संरक्षणका साथै कवि कवयित्रीका साथै जो कोही साहित्यानुरागीलाई एकपटक पुग्नै पर्ने ठाउँका रुपमा यस ठाउँलाई विकास गर्ने लक्ष्यका साथ गुरुयोजना बनाएर अघि बढिएको छ । समितिको पहलमा कवि शिरोमणिको जन्म घरलाई पुरानै स्वरुपमा नै निर्माण गरिएको छ भने त्यहाँ उहाँको बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन र रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखी संग्रहालय निर्माण गर्न लागिएको छ । कवि शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायतका संरचना तथा पार्क निर्माणकार्य अघि बढेका छन् । पृथ्वी राजमार्गको अर्घाैं चोकस्थित कवि शिरोमणिको सालिकदेखि जन्मस्थल अर्घौं अर्चलेसम्म ठाउँ ठाउँमा उहाँले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएका कारण अर्घाैं चोकबाट छिरेपछि उहाँका कविता वाचन गर्दै जन्मघर पुग्ने व्यवस्था समितिले मिलाएको छ । लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा उहाँका मर्मस्पर्शी कविता पढ्न सकिन्छ । अर्घौं चोकदेखि कवि शिरोमणिको जन्मघरबीचको बाटोमा पर्ने लगभग पाँच रोपनी क्षेत्रफल समेटेर तरुणतपसी पार्क निर्माण गरिएको जानकारी दिँदै अध्यक्ष लामिछानेले उक्त पार्कमा तरुणतपसी बहुउद्देश्यीय भवन निर्माण गरिएको बताउनुभयो । समिति गठन भएयता पाँच वर्षको समयमा जन्मस्थलको संरक्षण एवं संग्रहालयको निर्माणका लागि राज्यस्तरबाट लगभग रु ७० लाख सहयोग प्राप्त भए पनि जनश्रमदान आदिसमेतका आधारमा लगभग रु दुई करोड ५० लाखभन्दा बढीको काम सम्पन्न भइसकेको लामिछानेले जानकारी दिनुभयो । सात तालको बगैँचा शहर अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकलाई एकपटक पुग्नै पर्ने स्थलका रुपमा कवि शिरोमणि संग्र्रहालयलाई विकास गर्दै साहित्यिक पर्यटनको महत्वपूर्ण आकर्षणका रुपमा अर्घौं अर्चलेलाई विकास गर्ने समितिको लक्ष्य रहेको समितिका सचिव मनोज पौडेलले जानकारी दिनुभयो । समितिले कवि शिरोमणिलाई पहिलोपटक कविता लेख्न प्रेरणा मिलेको दोपहरे पाखालाई कविकुञ्ज पार्क बनाउने योजना अघि सारेको छ । कवि शिरोमणिको जन्मस्थल अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी उनीहरू बस्ने सुविधा सम्पन्न होटल निर्माण गर्ने समितिको सोच रहेको सचिव पौडेलले जानकारी दिनुभयो । “अर्घौं अर्चले आउने जो कोही पर्यटक वा साहित्यानुरागी यहाँ बसेर साहित्य सिर्जना गर्न चाहन्छ भने यसलार्ई त्यस किसिमको वातावरण तयार गरिदिने हाम्रो सोच हो”, उहाँले थप्नुभयो । लेखनाथको जन्मस्थललाई नेपाली साहित्यको अध्ययन तथा अनुसन्धानस्थलका साथै साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ काम अघि बढिरहेको समितिका कोषाध्यक्ष रामप्रसाद तिमल्सिना बताउनुहुन्छ । “अनुसन्धाताका साथै देशका विभिन्न भागबाट पोखरा भ्रमणमा आउने पर्यटकलाई एकपटक पुग्नै पर्ने ठाउँका रुपमा अर्घौं अर्चलेको विकास गर्न लागिएको छ”, उहाँले भन्नुभयो ।

कविता : नाजायज सन्तान

चिन्तित बाउले जनताको अस्पतालमा फोन गर्यो ‘डाक्टर साहेब मेरो सम्पूर्ण परिवार बिरामी भए जेठो छोरो ‘आन्दोलन’ लाई रुघा ‘प्रदर्शन’ लाई निमोनिया अनि ‘घेराउ’लाई क्यान्सर भएको छ सबैभन्दा सानो छोरो ‘बन्द’ हरेक तीन घण्टामा बान्ता गर्छ मेरो भतिजो ‘हडताल’ हार्ट अटैकले मर्दै छ डाक्टर साहब, प्लिज छिट्टै आउनुस् प्यारी छोरी ‘साम्प्रदायिकता’ मूर्च्छा परेकी छे उसलाई बचाउनुस् ।’ डाक्टरले भने, ‘आई एम सरी म सिद्धान्तवादी मान्छे हुँ मैले नाजायज सन्तानको उपचार गर्ने गरेको छैन ।’ हुल्लड मुरादाबाद मनोज न्यौपाने  एजेन्सीको सहयोगबाट

कथाः नारा

‘कसले फेर्यो हाम्रो महान नारामा पिसाब ?’ क्याम्पसका दुई विद्यार्थी संगठन आगो भएका थिए । ‘कुन मण्डलेले फेर्यो नारामा पिसाब रु’ उनीहरूले केही दिन पिसाब फेर्ने व्यक्तिको खोजबिन पनि गरे, तर केही पत्ता नलागेपछि क्याम्पस प्रमुखसमक्ष विरोधपत्र प्रस्तुत गरे । समाधान निस्केन, पिसाब फेर्ने क्रम पनि रोकिएन । त्यसपछि दुवै संगठन अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णयमा पुगे । ‘हाम्रो नारामा पिसाब फेर्ने व्यक्ति पत्ता लगाउन नसक्ने क्याम्पस प्रमुख राजीनामा दे !’ ‘विद्यार्थी हकहितको संरक्षण गर्न नसक्ने नालायक क्याम्पस प्रशासन मूर्दावाद !’ ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर !’ केही समयअघि अचानक सरकारले राजधानीमा भित्तेलेखनलाई कडाइका साथ बन्द गरिदिएको थियो । सत्तारुढ दलले विगतमा आफूले फोहोर पारेका भित्ता सफा गर्ने अभियान नै चलाएको थियो भने प्रमुख प्रतिपक्षी लगायतका दल र विद्यार्थी संगठनहरू त्यसको विरोधमा थिए । तर, सरकारले आफ्नो निर्णय कार्यान्वयन गराइछाड्यो । त्यसपछि प्रतिपक्षी दल र विद्यार्थी संगठनहरूको ध्यान शौचालयका भित्ताहरूमा पर्न गएको थियो । ती स्थानहरू भोट माग्न र विचार प्रवाहमा प्रयोग हुन थालेका थिए । सार्वजनिक र क्याम्पसका शौचालयहरूको भित्ता कब्जा गर्नुलाई विद्यार्थी संगठनहरू आफ्नो सफलता ठान्थे, विजय मान्थे । उनीहरू शौचालयको भित्तो कब्जाका लागि मूठभेडमा उत्रन पनि पछि पर्दैनथे । भित्ताले जन्माएको झ्डप साम्य पार्न थुप्रै पटक क्याम्पस प्रशासनले प्रहरी गुहार्नु परेको थियो । पढ्न चाहने विद्यार्थी साँढेको जुधाइमा निर्दोष बाच्छा हुन पुगेका थिए । शौचालय उसै पनि साँघुरो ठाउँ भएकाले एउटा संगठनले लेखेको नारा मेट्न अर्को संगठन उद्यत हुन्थ्यो । विशेषगरी, राजनीतिक दल र विद्यार्थी संगठनहरूको चुनावताका यस्तो अवस्था आइपथ्र्यो । भित्तेलेखन पुरुष शौचालयमा बढी र महिलाका शौचालयतर्फ यदाकदा मात्रै हुन्थ्यो । दुर्गन्ध भने दुवैतर्फ उत्तिकै थियो । पटके भित्ता कब्जा र झ्डपपछि त्यो क्याम्पसका बलिया दुई संगठनले आइन्दा मिलेर नारा लेख्ने समझ्दारी गरे भने कमजोर संगठनहरू आफ्ना नारा मेटिएको रमिता हेरिरहन बाध्य भए । तर, ती दुई संगठनका नारामा कसैले निरन्तर पिसाब फेर्न थालेपछि क्याम्पसमा फेरि रडाको शुरू भएको थियो । ‘हाम्रो महान वाणीमा पिसाब फेर्ने हिम्मत कसले ग¥यो रु’ दुवै संगठनको पारो चढिरहेको थियो । दुई संगठन समान समस्यामा परेकाले तिनीहरू ‘नारामा पिसाब फेर्ने मण्डलेको खोजी’ गर्न मिलेका थिए । दुई संगठनका माउ पार्टीका मध्यम तहका नेताहरू पनि यस विषयमा सँगै बसेर छलफल गर्न थालेका थिए । यसअघि राष्ट्रिय महŒवका कुनै पनि मुद्दालाई लिएर उनीहरू एकठाउँमा आउन सकेका थिएनन् । कचौरा आकारको राजधानी वर्षौंदेखि पानीको अभाव बेहोरिरहेको थियो । त्यो सरकारी क्याम्पसमा विद्यार्थीका निम्ति खानेपानी त थिएन भने शौचालयमा हाल्ने पानी कहाँ पाउनु १ यो समस्यालाई कुनै पनि विद्यार्थी संगठनले हडतालको विषय बनाएका थिएनन् । त्यसैले त्यो क्याम्पसको शौचालय अति दुर्गन्धित थियो । शौचालय र पुस्तकालयको झयाल आमनेसामने थिए । शौचालयको दुर्गन्धले पुस्तकालयमा पढ्ने विद्यार्थीलाई प्रभावित पाथ्र्यो । उनीहरू पुस्तकालयमा पनि रुमालले मुख छोपेर पढ्थे । तिनले क्याम्पस प्रशासनलाई कैयौं पटक शौचालयपट्टिको झयाल बन्द गरिदिन अनुरोध गरे, तर सुनुवाइ भएन । पुस्तकालयलाई नै अन्त सार्न तिनीहरूले गरेको अनुरोधमा कसैले चासो दिएन । परीक्षाका वेला भने कतिपय विद्यार्थी शौचालयमा लामो समयसम्म बस्थे । अति दुर्गन्धित भएका कारण शौचालयसम्म शिक्षक वा क्याम्पस प्रशासनका प्रतिनिधि जाँदैनथे । त्यहाँ बसेर चिट वा गाइड पल्टाउने वा प्रश्नका उत्तर कण्ठ पार्न सक्ने विद्यार्थीलाई कसैले डिस्टर्ब गर्दैनथ्यो । परीक्षा अगावै कुनाकाप्चामा गाइड लुकाएर राख्ने विद्यार्थीहरू शौचालय अझ् दुर्गन्धित होस् भनी कामना गर्थे । अध्ययनलाई नै सबथोक ठान्ने विद्यार्थीका लागि भने क्याम्पसको शौचालय जानु भनेको ठूलो सजाय काट्नुसरह हुन्थ्यो । आँखामा पीरो मुस्लो पसेजस्तो भएपछि उनीहरू आधा पिसाब फेरेर फर्कन्थे । एक पटक एक जना विद्यार्थी शौचालयमा बेहोशै भए । त्यसवेला विद्यार्थी संगठनहरूले तिनको उपचार क्याम्पसले गरिदिनुपर्ने मागसम्म राखेका थिए । अहिले तिनीहरू आफ्नो ‘महान नारामा पिसाब फेर्ने को हो ?’ भनेर चिन्तित थिए । यी दुई शक्तिशाली विद्यार्थी संगठनमध्ये कहिले यसले त कहिले त्यसले चुनाव जित्थ्यो । जसले जिते पनि मतान्तर झ्निो हुन्थ्यो । क्याम्पसमा अरू २० वटा विद्यार्थी संगठन भए पनि उनीहरू निरीह थिए । ठूला दुई संगठन आफूहरू विद्यार्थीहरूको विघ्नहर्ता भएको दाबी गर्थे । ती दुईको एउटा नारा पनि मिल्थ्यो– ‘उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था गर १’ विद्यार्थीहरू एउटालाई प्रजातान्त्रिक र अर्कोलाई प्रगतिशील संगठनका रूपमा चिन्थे । अर्थात्, तीमध्ये एउटा कम्युनिस्ट र अर्को कांगे्रस थियो । दुवै संगठनका पदाधिकारीको अधिकांश समय माउ पार्टीको कार्यालयमा बित्थ्यो । माउ पार्टीले जसलाई चाहन्थ्यो, विद्यार्थी चुनावमा उही उम्मेदवार हुन्थ्यो । जित–हारमा पनि माउ पार्टीको सहयोगमा भर पर्थ्यो । शौचालयको नारामा पिसाब फेरेको विषयले दुई पार्टी कार्यालयमा पनि गम्भीर बहसको शुरुआत गरायो । दुवै पार्टीले पिसाब फेर्नेमाथि कडा कारबाहीको माग गर्दै क्याम्पस प्रमुखलाई पत्र लेखे । शौचालय उत्तर फर्किएर पिसाब फेर्नुपर्ने किसिमले निर्मित थियो । प्रगतिशीलले आफ्नो नारा दक्षिणपट्टि लेखेको थियो भने प्रजातान्त्रिकले पश्चिम भित्तामा । तर, कसैले गलत दिशातिर फर्किएर निरन्तर दुवै संगठनको नारामा पिसाब फेर्ने दुष्कार्य गरिरहेको थियो । सब चकित थिए १ शुरूमा त दुई संगठनले एकले अर्कोमाथि दोष लगाएका थिए । तर, दुवैका नारामा पिसाब परेकोले एजेन्डा समान हुन पुगेको थियो । उनीहरूबीच पिसाब फेर्ने पत्ता लगाउन ऐक्यबद्धता भएको थियो । तर समस्या ज्यूँकात्यूँ रह्यो, नारामा पिसाब फेर्ने क्रम पनि रोकिएन । राता र नीला रङका इनामेलले लेखिएका नारा लगातार पिसाब पर्नाले पहेंलिन थालेका थिए । ‘कसले फेरिरहेको छ लगातार पिसाब उल्टो दिशाबाट नारालाई निशाना बनाएर १’ विद्यार्थी संगठनहरूको टाउकोदुखाइ बनेको छ । दुई हप्तामा पनि पिसाब फेर्ने ‘मण्डले’ अज्ञात छ । समस्या संसद्सम्म पुग्यो । दुवै विद्यार्थी संगठनका माउ पार्टीका सांसद्हरूले गृहमन्त्री र शिक्षामन्त्रीले जवाफ दिनुपर्ने अडान लिंदै संसदमा्मा अन्य विषयलाई प्रवेश गर्नै दिएनन् । क्याम्पसमा तालाबन्दी कायमै रह्यो । पढाइमा भविष्य देख्ने विद्यार्थीहरू हरेक दिन निराश बन्दै क्याम्पसबाट फर्कन्थे । आफ्नो मागमा अडिग विद्यार्थी नेताहरू पनि हरेक दिन क्याम्पस पुग्थे, शौचालयको भित्ता हेर्थे र नाराबाजीका साथ केही न केही तोडफोड गर्थे । नारा लेखिएको भित्तामा जहिल्यै आलो पिसाबको दाग देखिन्थ्यो । त्यसले मूर्दावाद लेखेको हो कि जिन्दावाद, नारालाई अस्पष्ट पार्दै लगेको थियो । शौचालयको दुर्गन्ध झ्नै बढ्दो थियो । नारामा पिसाब फेर्ने क्रम पनि रोकिएको थिएन । राजेन्द्र पराजुली   एजेन्सीको सहयोगबाट

बसन्त चौधरी सहित नेपालका ५० साहित्यकार मेरठमा भेला हुँदै

काठमाडौं, मंसिर ५ । भारतको उत्तर प्रदेशस्थित मेरठ शहरमा हुन गइरहेको ‘कान्तिधारा मेरठ साहित्यिक महाकुम्भ’ मा सहभागी हुन नेपालबाट ५० जना साहित्यकारको टोली त्यसतर्फ जाने भएको छ । सम्मेलनमा सहभागी हुन मंगलबार नै केही साहित्यकार मेरठ प्रस्थान गरिसकेका छन् भने अधिकांश साहित्याकार बुधबार जाने भएका छन् । तीन दिनका लागि तय साहित्य सम्मेलन यही मंसिर ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपालको तर्फबाट उद्योगपति तथा कवि एवं लेखक बसन्तकुमार चौधरी, गजलकार डा.घनश्याम परिश्रमी, साहित्यकार डा.श्वेता दिप्ती, सनत रेग्मी, आर.आर. चौलागाई, सूर्य लाकोजू, गणेशप्रसाद लाठ, ऋषिप्रसाद लामिछाने (गोर्खे साँइलो) लगायत ५० साहित्यकारको सहभागिता रहने छ । नेपाल र भारत दुवै देशमा ‘ग्रिन केयर सोसाइटी’ को माध्यमद्वारा पर्यावरण र साहित्यको क्षेत्रमा काम गर्दै आएका भारतीय समाजसेवी एवम् साहित्यकार डा.विजय पण्डितको सक्रियतामा यो हुन गइरहेको छ । कार्यक्रमको मुख्य प्रायोजकमा ‘वसन्त चौधरी फाउन्डेसन’ रहेको छ । कार्यक्रमको आयोजक संस्थामा नेपालको तर्फबाट काठमाडौंबाट प्रकाशित हुने हिन्दी मासिक पत्रिका ‘हिमालिनी’ रहेको छ । कार्यक्रममा नेपाल र भारतको अतिरिक्त क्यानडा, अमेरिका, नर्वे, हङकङ, भुटान लगायत देशका साहित्यकारहरुको पनि उपस्थिति रहने छ । कार्यक्रमको प्रमुख वक्ताहरुमा प्रो राजीवकृष्ण सक्सेना (अध्यक्ष सार्क विश्वविद्यालय, नयाँदिल्ली), डा. योगन्द्रनाथ शर्मा (पूर्वसदस्य, साहित्य एकेडेमी भारत सरकार) को रहने छ ।

आज गहिरो परिचय भोली नचिन्ने हाकिम साहेब !

लोकेश धामी अनुभूति । मः हाकिम साहेब कता हुनुहुन्छ म्याम ? एक छिन् रोक्नुहोस् है ? क्यान्टेनमा खाना खान जानुभएको छ । मः हुन्छ म्याम । हाकिम साहेब खाना खानबाट खाएर कार्य कक्षमा आउँदै हुनुहन्छ । उहाँ कुर्सीमा बस्दैहुनुहुन्छ । मैलै आफ्नो नाम बताउँदै हाकिम साहेबलाई नमस्कार टक्राए । उहाँले पनि नमस्ते भन्नुभयो । मैले आफू फलानो ठाउँबाट यस्तो कामले यहाँसम्म आएको भन्दै फेहरिस्त सुनाए । अनि मैले नै कुरो अघि बढाए । अनि सर सन्चै हुनुहुन्छ नि ? हाकिम साहेबले मन्द मुस्कानमा सन्चै छु भन्नुभयो । उहाँले पनि कुरा थप्नुभयो– के लग्नुहुन्छ ? चिया वा कफि । मैले भने, सर भर्खरै मैले खाना खाएर आएको । अब कुनै दिन खाउला चिया, कफि । हाकिम साहेबले पनि हुन्छ भन्दै टाउको हल्लाउनुभयो । मैले अनौपचारिक कुराबाट नै अगाडी बढौं भन्ने ध्येले अनि सरको घर चाहिँ कता प¥यो ? हाकिम साहेबले अलि मन मारेर मेरो त नजिक परेन भन्नुभयो ! त्यसो भए सरको घर पूर्वतिर नै पर्यो ? हो । यतिमात्रै बोल्नुभयो । पछि आफैले भन्नुभयो–झापाको मेचीनगर नगरपालिका हो । अनि तपाईको भन्दै सोध्नुभयो ? उहाँकै उत्तर दिने शैलीमा मैले पनि मेरो यतै हिउँ पर्ने जिल्लामा पर्यो सर । त्यस पछि उहाँले यो माथि प्रश्न सोध्नुभएन । मैले पनि सोधिन् । अब जेकामको लागि आएको थिए त्यहिमा केन्द्रित भए । मैले पश्न सोध्दै गए । उहाँले छोटो–छोटो उत्तर दिदैं जानुभयो । अब मैले काम सकाए । हुन्छ त सर अहिले म लाग्छु ? हाकिम साहेबले भन्नुभयो–बस्नु न बस्नु पत्रकार महोदय ? अलि बढि कुराकानी गरौं । अब चाहिँ अफ दि रेकर्ड कुरा गरौं हैं उहाँले भन्नुभयो । हुन्छ सर मैले भने । उहाँले एकछिन अघि तपाइले मलाई प्रश्न सोध्नुभयो अब म सोध्छु झै ? तर, क्यामेरा बिना भन्दै मतर्फ प्रश्न तेर्साउनुभयो । मैले हुन्छ नि सर भने । उहाँले पहिलो प्रश्न सोध्नुभयो–कस्तो चल्दै छ त धनगढीको पत्रकारिता ? मैले सानो स्वरमा ठिकै छ सर भने । मलाई पनि क्याम्पस पढ्ने बेलासम्म पत्रकार बन्ने ज्यादै ठूलो हुटहुटी थियो । तर, परिवारको दबाबले मैले त्यो चाहना त्यागे । अघिसम्म प्रश्न सोध्दा पनि छोटो उत्तर फर्काउने हाकिम साहेब अहिले भने आफैले विगतलाई सुनाउनुभयो । अब जेकामको लागि आएको थिए त्यहिमा केन्द्रित भए । मैले पश्न सोध्दै गए । उहाँले छोटो–छोटो उत्तर दिदैं जानुभयो । अब मैले काम सकाए । हुन्छ त सर अहिले म लाग्छु ? हाकिम साहेबले भन्नुभयो–बस्नु न बस्नु पत्रकार महोदय ? अलि बढि कुराकानी गरौं । अब चाहिँ अफ दि रेकर्ड कुरा गरौं हैं उहाँले भन्नुभयो । हुन्छ सर मैले भने । उहाँले एकछिन अघि तपाइले मलाई प्रश्न सोध्नुभयो अब म सोध्छु झै ? अनि मैले पश्न गरे किन त्यति चाँडै चाहना त्याग्नु भयो त ? उहाँले भन्नुभयो–अभिभावकले सम्झाए, पत्रकारिता गरे पैसा कमाउँदैनौं, लोकसेवामा पास भए राम्रो जागिर पाउँछौं अनि पैंसा पनि कमाउँछौं परिवारको यो कुरा सुनेर नामभन्दा पनि दाम ठूलो भन्दै लोकसेवा पास भएर जागरि खाएको । मैले ए होर मात्रै भने । हुन्छ सर अहिले लाग्छु ? अब पछिल्लो दिन बसौंला । हाकिम साहेबले पनि हुन्छ भन्दै म आफ्नो अफिस फर्के उहाँ कार्य कक्षमा बसेर आइफोनमा फेसबुक चलाउन व्यस्त हुनुभयो । अर्को दिन काम विशेषले म त्यहि हाकिम साहेबकै अफिस गए । त्यो दिन उहाँलाई कार्य कक्षमै भेटाए । सर नमस्कार भन्दैं सोफामा बसे । मैले उहाँलाई आफूले चाहेको विषयवस्तुबारे प्रश्न सोधे । तर उहाँको आवाजमा जवाफ त आयो तर अर्कै । उहाँले जवाफमा भन्नुभयो–तपाई कहाँबाट आउनु भएको ? म तिन छक परे ! सर अस्ति गहिरो परिचय नै भएको थियो त । बिर्सीनुभयो ? म उही के पत्रकार महोदय । कुन मिडियाबाट नि भन्दैं उहाँले फेरि पश्न राख्नुभयो । मैले मन मनै सोचे अहकंकारको मात चढ्या रैछ हाकिम साहेबलाई त । नत्र हप्ता दिन अघि निकै गजबसंग परिचय भएको मान्छेले किन यति चाँडै अचम्मले बिर्सिनुभयो त ! धनगढीका अधिकांश सरकारी गैर–सरकारी कार्यालयका प्रमुखको बिर्सीने बानी यस्तै छ । उनीहरु चिने पनि अपरिचित जस्तै बन्छन् । उनीहरु काम भएको दिन मात्रै चिन्छन् । तर, कुनै आफ्नो विशेष काम परेर उनीहरु कहाँ पुग्दा अघिल्लो दिन परिचय भए पनि पछिल्लो दिन फेरि परिचय खोज्छन् । तर, कोही कार्यालयका प्रमुख भने बडो आदरकासाथ कुराकानी गर्छन् । तर, यस्ता हाकिम साहेब विरलै भेटिन्छन् । दिनहुँ सेवग्राहीको चाप हुने हामिम साहेबले त बिर्सीनु ठिकै हो । तर, जहाँ कामको खासै चाप हुँदैन त्यहाँका हाकिम साहेबले बिर्सिदा भने नमिठो लाग्छ । हुन त हाकिम साहेबले लोकसेवा पास भएर जागिर खानु भएको हो । तर, कुन्नी आज गहिरो परिचय हुँदा भोली किन बिर्सिन्छन् । धनगढीका अधिकांश सरकारी गैर–सरकारी कार्यालयका प्रमुखको बिर्सीने बानी यस्तै छ । उनीहरु चिने पनि अपरिचित जस्तै बन्छन् । उनीहरु काम भएको दिन मात्रै चिन्छन् । तर, कुनै आफ्नो विशेष काम परेर उनीहरु कहाँ पुग्दा अघिल्लो दिन परिचय भए पनि पछिल्लो दिन फेरि परिचय खोज्छन् ।  

थरिथरिका फेसबुक साथी

लोकेश धामी अनुभूति फेसबुकमा मेरा विभिन्न किसिमका साथी छन् । कोही सकारात्मक सोच भएका छन्, कोही सधै नकरात्मक दृष्टिकोण राख्ने । यी अलावा कोही नेताको भक्तिगान गाउने छन् त कोही केही गर्नुपर्छ भन्ने सोच भएका । यस्ता व्यवहारका साथी पत्तो लगाउन फेसबुक निकै सजिलो माध्यम बनेको छ । मेरो फेसबुकमा सधैं नकरात्मक टिप्पणी गर्ने साथी औधी छन् । उनीहरु जहिले पनि निराशा तथा गाली गर्नमा मात्रै व्यस्त भएका देखिन्छन् । अझै भनुँ उनीहरुले यति काम गर्नका लागि मात्रै फेसबुक खोलेका हुन् । एकथरि साथी अरुलाई गिज्याउन तथा काम प्रभावित गर्नमा व्यस्त छन् । उनीहरु फेसबुक स्टाटसदेखि मेसेस गरेर दिक्क बनाइरहेका छन् । मानौं उनीहरुको दैनिकी नै यसैमा वितिरहेको छ । फेसबुक खोल्ने वित्तिकै अनेक आशयका स्टाटस देख्न पाइन्छ । अचेल फेसबुकका कारण गोप्य कुरा जान्न धेरै पर्खिनु पर्दैन । फेसबुक प्रयोगकर्ताबाट चाहिने जति गोप्यता हो त्यो भन्दा अधिक सामग्री चुहिएको हुन्छ । तर, स्वयः प्रयोगकर्ता भने यो बारे अनभिज्ञ जस्तै छन् । यतिमात्रै होइन अहिले फेसबुकका कारण प्रयोगकर्ताको सोच र बानी व्यवहार सजिलै थाहा पाउन सकिने भएको छ । यति हुँदाहुँदै पनि अधिकांशलाई फेसबुक किन चलाउने र यसका कारण कस्तो असर-प्रभाव परिरहेको छ भन्ने चेत नै छैन । अहिले सामाजिक संजाल फेसबुक सशक्त सन्देश प्रवाह गर्ने माध्यम बनेको छ । तर, कहीँकहीँ यसको दूरुपयोग पनि भइरहेको छ । फेसबुकका कारण कतिका घर भाँडिएका छन् । भने, कत्तिको ज्यान लिने-दिने कार्य भइरहेको छ । फेसबुक कसैलाई निकै दिर्घकालिन रोग भएको छ । यो सबै यसको सही सदूपयोग हुन नसकेर हो । कहिलेकाही फेसबुककै दूरुपयोगका कारण अपहरणमा परेका घटना पनि सुन्न पाइन्छन् । यतिमात्रै होइन फेसबुककै कारण विभिन्न लालच देखाएर मानव बेचविखनका घटना पनि बढिरहेका छन् । सामाजिक संजालमा नराम्रो सामग्री पोष्ट गरेमा छिट्टै भाइरल हुन्छ । तर, सकारात्मक कुरा पोष्ट गर्यो भने त्यो निकै कमजोर सावित हुन्छ । सामाजिक संजाल प्रयोगकर्ताको मन नै बढी जसो गलत दिशामा उन्मुख भइरहेको छ । मानौं फेसबुक मार्फत कुनै सहयोगको याचना माग्नुहोस् कमै प्रतिक्रिया आउँछ । तर, कुनै प्रयोग नै नहुने सामग्री पोष्ट गर्नुहोस् त्यो निमेष भरमै भाइरल हुन्छ । आखिर किन त यस्तो ? जफाव स्पष्ट छ– सोच गलत कार्यमा मात्र बढी गइरहेको छ । सकारात्मक र सहि काम अनुमोदन गरौं भन्ने भावनाको खडेरी परिरहेको छ । नकारात्मकताले हिंसा निम्त्याउँछ, गलत कार्यमा अगाडी बढ्न प्रोत्साहन गर्न मद्दत पुर्याउँछ । फेसबुकको सकरात्मक पक्ष पनि छन् । तर, ती नकारात्मक भन्दा गौण छन् । फेसबुकको सही सदूपयोग गर्ने हो भने यसबाट अनेकौं फाइदा लिन सकिन्छ । कुनै जानकारी पाउन धेरै कुर्नुपर्ने सूचना क्षणभरमै पाउँन सकिन्छ । जस्तो कि, थोरै लागतमा सजिलै कुराकानी आदानप्रदान गर्न पाइन्छ । तर फाइदा भन्दा बेफाइदा बढिरहेका छन् । जस्तो कि, फेसबुकको दूरुपयोगका कारणले विभिन्न हिंसा बढ्दै गएका छन् । जे पनि पोष्ट गर्न पाइने भए पछि फेसबुक पिडितको संख्या झनै बढ्दो छ । जथाभावी सामग्री पोष्ट गर्दा कयौं व्यक्तिको चरित्र हत्या भएको छ । तर, यसको नियन्त्रणका लागि दरिलो कानून बन्न सकेको छैन । अहिले सबैको पहिलो आवश्यकता फेसबुक नै बन्न पुगेको छ । दुई–तीन कक्षा पढ्ने साना नानीले पनि फेसबुक अकाउन्ट खोलेको देखिन्छ । उनीहरु पनि फेसबुकमै रमेका देखिन्छन। सिर्जनात्मक काममा बढी समय दिनुपर्ने बेला अधिकांश व्यक्ति फेसबुकमै रमेका दृष्य देखिन्छन् । यात्रा, चियानास्ता गर्दा, साथीसंग गफिदा, शिक्षकले पढाइ रहँदा, अब हुँदाहुँदा शौच तथा दिसा गर्न शौचालय बस्दा पनि फेसबुक नै चलाएका दृश्य प्रशस्तै देख्न सकिन्छ । धेरैलाई फेसबुकले गहिरो लत बसालेको छ । अहिले धेरै जसो व्यक्तिलाई एक घण्टा पनि फेसबुक लगआउट गरेर बस्न साह्रै गाह्रो हुन्छ । एक घण्टाको समयमा आफूले पोष्ट गरेको सामग्रीमा कति लाइक तथा कमेन्ट आयो भनेर मनमा निकै खुल्दुली मच्चीन्छ । आजभोली फेसबुक साथी, परिवार, इष्टमित्र तथा प्रियजनभन्दा प्यारो भएको छ । फेसबुक चलाउन पाए भइग्यो, अरु केही नचाहिने ! अस्पताल, होटल, क्याम्पस वाइफाइ विना संचालन गर्न गाह्रो भएको छ । अरु कुरा लेखाजोखा भन्दा पनि पहिले वाइफाइ जडान छकि छैन भन्दै सोधपुछ हुन्छ । एक हाफ नास्ता खान अहिले कम्तीमा आधी घन्टा लाग्ने गरेको छ । किनभने फेसबुक चलाउँदै नास्ता खानु पर्यो नि ! कुनै ठाउँ जानुपर्यो भने त्यो भन्दा पहिले यता जादैछु भनेर ठेगाना सार्वजनिक गरिन्छ । जसले गर्दा विभिन्न रिस साध्ने व्यक्तिको फेला सजिलै परिन्छ । यसले गर्दा, विभिन्न घटना हुने सम्भावना बढी हुन्छ । प्रायः हामी फेसबुकमा सत्य बोल्छौं । म यता छु, यस्तो गर्दैछु, यो खाने छु लगायतका कुरा पहिले नै सबैलाई जानकारी गराउँछौं । यसले गर्दा, विभिन्न खतरा मोल्नु परेको अवस्था पनि धेरै व्यक्तिलाई आएको हुनु पर्छ । हुने कार्यबारे अगाडी नै खुलासा गरेपछि विभिन्न अवरोध सिर्जना हुने गर्दछन् । त्यस कारण यस्ता कुरामा सबै फेबसुक प्रयोगकर्ता सर्तक हुन जरुरी देखिन्छ । फेसबुकमा बनेका आधा साथीसंग भेट भएको छैन । उनीहरुमध्ये अधिकांशसंग हेलो हाइसम्म पनि भएको छैन । तर, उनीहरु साथी नै भनेर फ्रेण्ड लिष्ट मै छन् । यीमध्ये कोही अन्धाधुन्ध बनेका साथी पनि हुन् । परिचित सबै साथीसंग पनि त्यति धेरै कुराकानी हुँदैन । कुराकानी हुने सीमित साथी छन् । उनीहरुसँग पनि त्यति गहिरो कुराकानी हुन्न । त्यही हाइ हेलो मात्रै हुन्छ । मसँग जोडिएका साथीहरुले पोष्ट गरेका सामग्री नजिकबाट हेरि रहेको हुन्छ । मूल्यांकन गर्दा लाग्छ कसैले पोष्ट गरेका सामग्री महत्वपूर्ण छन् भने कसैका बिना काममा। त्यसैले फेसबुकको सहि सदूपयोग गर्न सकेमा धेरै फाइदा छ । तर, चलाउन नजान्नेको भने सार्वजनिक बेइज्जत भएको देखिन्छ ।

लघुकथा : लाहुरे दाई

सन्तोष रोकाया  नरोऊ जानु म छिट्टै आछुनी अनि हाम्रा सुन्दर सपनाहरु सँगै साकार गरौंला नरोऊ है । मल्लो घरको काकालाई मंसिर लगाईदिनु भनेको छु । आमालाई सघाउनु,छिमेकीको प्यारी बन्नु,हन्छ है ? म जान्छु ल जुनु ? यसरी आफ्ना मुहारबिन्दुबाट यी कोमल शब्दहरु उफार्दै भारत हानिएको थियो दिले दाई । जानु भाउजुले भने आफु सँग शब्द भण्डार नै नभए जसरी घुक्कघुक्क रुदैँ आफ्ना हातका दश औंला दिले दाईको पाउमा विसार्दै-ढोग्दै पछारिएकी थिईन् । ९ वर्षको छँदा बुवालाई गुमाउन पुगेको दिले दाईको आफ्नो भन्ने आमा, मल्लोघरको काका र जानु मात्रै छन् क्यारे । वालापनमै बाबा गुमाएको दिले दाईको सबै काम उसकै काँधमा थुपारियो । स्कुलमा सबैको प्यारो दिले ४ कलासमै बिद्यालय छोड्न बाध्य भयो । खेतीपाती लगाउने,खनजोत गर्ने,मेलापात जाने सबै काम उसले सानै उमेरमा आमा सँगै सिक्यो । दिन बित्दै गए अब त दिले दाई पनि १८ वर्षको भइसक्यो । आमाले उसलाई बाबु अब तँपनि ठुलो भईसकिस् मेरो पनि दिनहरु डुब्न लागेको घाम झैँ हुदैछन् । अब त एउटा बुहारी नखोजी भएन । घरमा काम गर्ने पनि त चाहियो हैन त छोरो ? “मेरी मनकी प्यारी जुनु तिमीलाई मेरो काखमा बसेर दुखसुखका कुरा गर्न मन किन नहुँदो हो तर बाध्यता भन्नुपर्छ । गरिव घरमा जन्म भयो । भगवानले पनि यस्तै दिलाएको छ । तिमीले पनि मेरो कुरामा स्विकार गरेकी छौ,सहमति जनाएकी छौ । मलाई पनि थाहा छनि लाटी बिहे गरेको ३ महिनामै हामी एक अर्काबाट टाढा भयौंं । पर्ख है मेरी मनकी जुनु म छिट्टै आउने छु अनि सँगै बस्नेछौं । सुखदुखका कुरा गर्नेछौ” । दिलेले पनि आमाको वचनलाई अस्विकार गर्न नसकि मल्लोघरको काका सँग आमाले भनेको सबै कुरा राख्यो । काकाले पनि सहमति जनाउँदै आफ्नो ससुराली गाउँको अमरको छोरी जानु भन्ने केटी छ । सोझी छ अनि असाध्यै दुंख पाएकी,सानैमा आमा बित्नु भो रे । घरमा बुवा भाई र उ मात्रै छन् रे । उसैको कुरा गरे कसो होला । काका हजुरले भनेपछि म किन नाईनास्ती गरुँला र । हुन्छ,कुरा गर्नु म राजी छु । यसरी नै दिले दाईको जानु भाउजु सँग लगन जुरेको थियो र पछि विवाह हुन पुग्यो । विवाह भएको ३ महिनामै दिले दाई भारत तिर हानियो । गरिब परिवारको दिले गाडी भाडा र बाट खर्च जसोतसो मिलाएर घर छोड्यो । दिले दाई सँगै एसएलसी परिक्षा उतिर्ण गर्न नसकेका पल्लो गाउँका मुखियाका नाती धने र व्यापारी भनेर चिनिने बिरेको छोरा शैलेस पनि सँगै लागे । कमाउन भनेर भारत लागेको दिले गाँजा तस्करीको अभियुक्त भनेर कञ्चनपुर गड्डाचौकी नाकामा प्रहरीबाट समातियो । झोलामा आफ्ना लगाउने लुगाकपडा र १ जोर जुता मात्र हालेको दिले आफै नै रनभुल्लमा प¥यो कसरी म गाँजा तस्करीमा परेँ ? तराई,पहाड लगायत हिमालका सञ्चार माध्यमहरुमा “गाँजा तस्कीमा १ जना अभियुक्त पक्राउ” भन्ने समाचार सबैको कानकानमा पुग्यो र पुग्यो उसकी प्यारी जुनु र आमाको कानमा । स्वयम दिलेले नै बुझ्न नसकेकको कुरा उसकी जुनु र आमाले बुझ्नु त आकाश पातालकको कुरा थियो । तर पनि जुनु र उसकी सासु आमाले (दिलेकी आमा) दिले प्रति दृढविश्वास गरिन्, ताकी यो काम दिलेबाट भएको हुनै सक्दैन । अरु कोहि नै शत्रु लागेका हुन सक्छन् भन्ने शंका उब्जाईन् । हुँदा पनि त्यस्तै दिले प्रहरी चौकीमा राखेको ३ दिन पछि प्रहरीको अनुसन्धान र दिलेको वयानले उसकै साथी धने र शैलेसले आफु सँग भएको गाँजा दिलेको झोलामा राखेर आफुहरु अर्को टाँगामा गएको र दिलेलाई एक्लै छोडेको प्रहरी अनुसन्धानबाट सावित भयो र दिलेलाई छुटकारा दिईयो भने ति दुई जना धने र सैलेशलाई पक्राउ गर्न प्रहरी तलासमा लागे । पहिलो गासमै ढुङगा’ भनेझैं दिले भारत जानेकी घर फर्किने भनेर दोधारमा पर्यो । घर पो के लगेर फर्किने ? जसोतसो मन बनाएर दिलेदाई भारतको व्यङ्लोर हानियो । व्यङ्लोरमा आाफ्नो मामा भएकाले पनि दिले दाईलाई काम खोज्न त्यति अप्ठेरो परेन । मामा सँगै काम ग¥यो । बेला बेला दिले घरमा आमालाई र आफ्नी प्यारी जुनुलाई फोन ग¥थ्र्याे । आफु सञ्चै भएको र कमाई पनि राम्रै भएको खवर सुनाउँथ्यो । यता उसकी प्यारी जुनु भने दिलेको यति राम्रो खवर सुनेर आफुले बुनेका सपना साकार हुने कल्पिदै मुसुक्क हाँस्दै र बेला बेला आफ्नो श्रीमानले भोग्नु परेको दु.ख सम्झिदै आँसु झार्दै थिईन् । दिन, हप्ता, महिना हुँदै दिलेले अर्को दशैंमा घर आउँछु भनेको पनि गईसक्यो अब त दिले भारत गएको २ वर्ष पुग्नै थालेछ क्यारे । बिहे गरेर ३ महिनामै घर छोडेको दिलेकी प्यारी जुनु अब त यता ऐना हेरेर अनुहारका रेखीहरु गिन्ती गर्न थाली होलिन् । आफ्ना चिल्ला राता गालाहरुलाई थप्पड हान्दि हुन् र भन्दि हुन् तँ अभागी । सँगै बिहे गरेकी तल्लो घरको माईलीको डेढ वर्षको छोरा देख्दा जानु भाउजु आफ्ना इमोस्नल ओर्गानहरुलाई सुम्सुम्याउँछिन होलिन् र दिले दाईलाई कल्पना गर्दि हुन् । उता दिले दाई पनि सोच्छन् होला मेरी मनकी प्यारी जुनु तिमीलाई मेरो काखमा बसेर दुःख–सुखका कुरा गर्न मन किन नहुँदो हो तर बाध्यता भन्नुपर्छ । गरीबको घरमा जन्म भयो । भगवानले पनि यस्तै दिलाएको छ । तिमीले पनि मेरो कुरामा स्विकार गरेकी छौ, सहमति जनाएकी छौ । मलाई पनि थाहा छ नि लाटी बिहे गरेको ३ महिनामै हामी एक–अर्काबाट टाढा भयौंं । पर्ख है मेरी मनकी जुनु म छिट्टै आउने छु अनि सँगै बस्ने छौं । सुख–दुःखका कुरा गर्ने छौं । हो दिले दाई पनि यस्तै सोच्छ होला । अनि आफ्नो जन्मलाई धिक्कार्छ होला । अब त गाउँघरका साना नानीहरु जानु भाउजुलाई भाउजु लाहुरे दाई कहिले आउनु हुन्छ भनेर भन्न थालेका छन् । जानु भाउजु आउँदोे दशैंमा आउनुहुन्छ । गुड मिश्री खान आउनु है बाबुहरु भनेर टपाल्न थालेकी छिन् । खै ! उता भने लाहुरे दाईको आजभोलि भारु रुपैयाँमा आँखा परेको छ । कहिले आउँछ त्यो त उसैलाई थाहा छ । यता भने जानु भाउजु पर्खि बसेकी छिन् र आफ्ना सुनौला सुन्दर सपनाहरु साकार गर्न कल्पिरहेकी छिन् । केवल उही लाहुरे दाईको भरमा ।। ठेगानाः मष्टा गा.पा.२ बझाङ हालः धनगढी कैलाली

गौरीफन्टाका साहुजीले दिएको एक चड्कन !

एल.बुङ्ली अनुभूति गौरीफन्टा कैलालीको सिमावर्ती बजार हो । घरायसी सामाग्री खरिद गर्न अधिकांश नेपाली त्यहाँ जाने गर्दछन् । धनगढी बजारबाट झण्डै ४ कि.मि टाढामात्रै छ गौरीफन्टा । नेपाली ग्राहकले धानेको छ गौरीफन्टा बजार । नेपाली ग्राहकले धानेको भएपनि व्यवसायीले ग्राहकमाथि गर्ने व्यवहार चाहिँ राम्रो छैन । सुरुमा निकै मिठो शब्दले स्वागत गरे पनि अन्तिममा न्यू पारेर दुव्र्यवहार गर्न पनि खप्पिस छन्, गौरीफन्टाका व्यवसायी । हात नै समातेर सामान खरिद गर्न लगाउने, खरिद नगरेमा तथानाम गाली गर्ने गर्दछन् । त्यतिमात्रै होइन, दुर्व्यवहार नै गर्छन् । कतिपय व्यवसायी त हातपात नै गर्न पनि पछि हट्दैनन् । यस्ता दुव्र्यवहार दैनिक कयौं नेपाली ग्राहकले खेपिरहेका छन् । एकदिन स्वयं नै गौरीफन्टा गएको बेला अचम्मको दृष्य देख्न पाए । एकजना नेपाली ग्राहकलाई सामान खरिद गर्न व्यापारीले बिन्ती गर्दै पसलमा बोलाए । कुन सामान आवश्यक प¥यो भन्दै सोधे । ग्राहकले जवाफमा साइकल भन्यो । रकमको कुरा शुरु भयो । साहुजीले ५ हजार ६ सय भन्यो । ग्राहकले यति महंगो त हुन्न भन्यो । साहुजीले फेरि १ सय घटाउँदै ५५ सय रुपैयाँ दिनुहोस् त भन्यो । ग्राहकले फेरि मूल्य कटाउन आग्रह गर्यो । साहुजीले ल अन्तिम रेट ५४ सय नै भयो भन्यो । ग्राहकले पनि अन्तिम रेट ५३ सय दिन्छु भन्यो । साहुजीले पनि सहमति जनायो । बिहानको समय थियो । बजारमा त्यति चहलपहल थिएन । बरु बाँदरको हल्लाखल्ला बढी थियो । यहाँका बाँदरले व्यवसायीदेखि उपभोक्ता सबैलाई आजित बनाएका छन् । नेपाली ग्राहकले खल्तीबाट पैसा निकाल्यो । उसँग जम्मा ६ हजार नेपाली रुपैयाँ थियो । उसले सबै निकाल्यो । अनि खनखनी साहुजीको हातमा थमायो । साहुजीले पनि हातको औंलामा पानी लगाउँदै पैसा गन्यो । उसले पनि गनेर जम्मा ६ हजार पु¥यायो । व्यापारीले पसल छेउमा राखेको साइकल पार्किङबाट साइकल उठाउन भन्दै आफ्नै लवजमा उसले भन्यो– साइकल लेके आना भैया । ग्राहकले साइकल समात्यो । अनि साहुजीलाई भन्यो– दाई बाँकी पैसा पाउँ त ? साहुजीले जवाफमा कति बेलाको बाँकी पैसा ? ग्राहक अलि ठूलो स्वरमा बोल्छ– अरे… दाई के भन्नुहुन्छ ? अघिको नि ! मैले तपाईको हातमा ६ हजार दिएको बिर्सिनुभयो ? साहुजी प्रश्नको जवाफ फर्काउँदै भन्छ– अरे भैय्या मैले त ६ हजार नै भनेको हो त । ग्राहक निराश हुँदै भन्छ– दाई झूठ नबोल्नु न ? साहुजी चर्को स्वरमा बोल्छ बिहान–बिहान दिमाग नखाउँ न भैय्या । ग्राहक र साहुजीबीच चर्काचर्की सुरु हुन थाल्छ । ग्राहकः दाई बेइमानी नगर्नुहोस् न खुरुखुरु बाँकी रुपैयाँ पाउँ ? साहुजीः अरे भैय्या, कति चोटी भनुँ तिमीलाई ६ हजारमा नै कुरो फिक्स भएको होइन ? ग्राहकः दाई ५३ सयमा मात्रै फिक्स भएको हो । बाँकि सात सय रुपैयाँ बरु छिटो पाउँ । साहुजीः ए… भाई खुरुखुरु साइकल लग्छौं कि ? साइकल पनि भित्र राखिदिऔं । ग्राहकः तपार्इंले अति गर्नुभयो दाई । म प्रहरी कहाँ जान्छु । साहुजीः सुरुमा साइकल पार्किङमा अड्याउँछ, अनि जाउँजाउँ भन्दै चाखमा दुइ लात र गालमा एक चड्कन हिर्काउछ । ग्राहकः निराश हुँदै पसलबाट निस्किन्छ । ग्राहकः भारतीय प्रहरी कस्टम कहाँ जान्छ । कस्टमले गौरीफन्टामा रहेको प्रहरी पोष्टमा जान आग्रह गर्छ । ग्राहक जाँदैन । उसले हिन्दी भाषा बुझ्दछ । तर, बोल्न आउँदैन । भयो फसाद ! अनि ग्राहकले अब घर फर्किनुको विकल्प छैन भन्दै धनगढी आउने निधो गर्छ । आउँदा–आउँदै एउटा आइडिया फुर्छ– नेपाल प्रहरी कहाँ जाने अनि समस्या बताउने । ग्राहक सीमानामा रहेको त्रिनगर प्रहरी चौकी कहाँ जान्छ । तर, पहिले बोर्डर चेकिङमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समस्याको फेहरिस्त सुनाउँछ । ग्राहकले सम्पूर्ण समस्या बताउँछ । प्रहरीले भन्छ– हेर भाई तिमी चिन्ता नगर । अस्ति पनि त्यहाँका साहुजीहरुले नेपाली ग्राहकमाथि दुव्र्यवहार गरेका थिए । आज पनि गरे । तर, आज चाहिँ त्यस्तो गर्ने साहुजीले कारबाही भोग्छ । यति भन्दै एकजना प्रहरी र ग्राहक गौरीफन्टाको प्रहरी चौकीमा जान्छन् । चौकीमा पुगेपछि सबैकुरा त्यहाँ भएका चौकी प्रमुखलाई बताउँछन् । ग्राहकले हिन्दी भाषा नजान्ने भएका कारण नेपाली प्रहरीले उल्था गर्दै ग्राहकको समस्या सुनाउँछ । चौकी प्रमुख पनि भर्खरै सरुवा भएर आएकाले नेपाली भाषा त्यति राम्ररी बुझ्दैन्थ्यो । साहुजीका विरुद्ध निवेदन पनि एकजना नेपाली नागरिकले हिन्दीमा भन्दै ग्राहकले लेखेको थियो । यति गरेपछि ग्राहकसँगै केही जना भारतीय र एक जना नेपाल प्रहरी दुव्र्यवहार गर्ने व्यापारीको पसलमा गए । अनि दुव्र्यवहार गर्ने साहुजीलाई चौकीमा ल्याइयो । अनि चौकी प्रमुखले सोध्यो– किन दुर्व्यवहार गरेको ? उल्टा व्यापारीले भन्यो– कसले दुर्व्यवहार गरेको ? उसले ग्राहकलाई इङ्गित गर्दै अगाडि थप्यो– उनले नै सामान लैजाउँ भनेर लगेका हुन् । व्यापारीले झूठ बोलेको मबाहेक अरु केही प्रमाण थिएन । तर, उसको झूठ उसको चेहराबाट प्रष्ट देखिन्थ्यो । साहुजीले खल्तीबाट पैसा निकाल्दै ग्राहकको हातमा थमायो । आइन्दा ग्राहकसँग यस्तो व्यवहार नगर्ने सर्तमा बिना कागज साहुजीलाई पनि छोडियो । अनि ग्राहक पनि प्रहरीलाई धन्यवाद भन्दै धनगढी फिर्यो । यो त प्रतिनिधि घटनामात्रै हो । यस्ता घटना दिनहुँ भइरहेका छन् । तर, यसको नियन्त्रणका लागि न नेपालबाट पहल हुन सकेको छ, न त भारतबाट नै । नेपाली ग्राहक पनि मूर्ख नै हुन, पाँच–दश रुपैयाँ सस्तोका लागि भारतको बजारमा गएर सामान खरिद गर्छन् ।

आधुनिक समयमा युवापुस्ताहरु गजल लेखनमा रमाउँदै

काठमाडौं, कार्तिक १८ । साहित्यमा रुचि राख्ने अधिकांश मानिसले आफ्नो साहित्यिक यात्रा कविताबाट सुरु गर्छन् । हुन त साहित्य सिर्जना गर्नु सहज पक्कै छैन । तर, अरु विधाभन्दा गजललाई अझ गाह्रो विधा मानिन्छ । भनिन्छ, ‘गजल सुन्दा जति आनन्द आउँछ त्यसको सिर्जना गर्न त्यतिकै कठिन छ।’ सुत्रभित्र रहेर प्रेमलाई केन्द्रमा राखेर समान वजन भएका तर स्वतन्त्र भाव बोकेका युगल पक्तिहरुको समूहलाई नै गजल भनिन्छ । गजल एउटा प्राविधिक विधा पनि हो । यसमा केही प्रावधिक शब्दहरु हुँछन् । जस्तै शेर, काफिया, रदिफ, मतला, मकता, तखल्लुस, बहर, रुक्न, आर्कान्, मिसरा, मुसलसल, गैर मुसलसल आदि। त्यस्तै गजल युगल पंक्तिहरुले बनेको हुन्छ जसलाई शेर भनिन्छ । कसैले आफ्नो शौखको लागि मात्र गजल लेख्छन् भने कसैले गजलकार कै रुपमा स्थापित हुन गजल लेख्छन् । युवा पुस्तामा पनि यसको मोह उत्तिकै बढ्न थालेको छ । कमल संर्घष गजल विधाको चर्चित नाम हो । १३ वर्षकै उमेरदेखि गजल लेख्न सुरु गरेका कमलले २०७० सालमा संयुक्त गजल संग्रह ‘कैफियत’ प्रकाशित गरेका थिए । त्यसपछि २०७३ सालमा उनले आफ्नो गजल संग्रह ‘सडक’ प्रकाशित गरे । उनी भन्छन्– ‘मैले गजल संग्रह मलेसिया हुँदा नै लेखेको हुँ, इच्छा भयो भने ठाउँ र समयले रोक्दैन रहेछ ।’ लेख्नका लागि कुनै त्यस्तो उपयुक्त समय नभए पनि मनले जुनबेला अनुमति दिन्छ त्यही बेला गजल लेख्न बस्दा मिठो गजल लेख्न सक्ने उनी बताउँछन् । हरिशरण डोटेलले १७ वर्षको उमेरदखि गजल लेख्न सुरु गरेका हुन् । उनको ‘निर्दोष मन’ प्रकासोन्मुख गजल संग्रह हुन् । उनी भन्छन्– ‘गजल लेख्नलाई त्यस्तो समय कुनै हुँदैन तर म विशेषगरी रातको समयमा लेख्न रुचाउँछु ।’ कविता, कथालगायत विभिन्न विधामा कलम चलाउँदै आएका डोटेलले ‘सडकको सपना’ नामक कविता संग्रहका साथै ‘निर्दोष मन’ नामक गजल संग्रह प्रकाशित गरिसकेका छन् । नेपाल बस्ने युवापुस्तामात्रै नभई विदेशमा बस्नेहरुको पनि गजलप्रतिको लगाव उत्तिकै छ । विगत केही समयदेखि जर्मन बसोबास गर्दै आएकी अपेक्षा चन्दको पनि गजलप्रति विशेष लगाव छ । १६ वर्षको उमेरदेखि अलिअलि गजलतिर कलम चलाउन थालेकी अपेक्षा चन्दले आफ्नो कलेज स्नातक तह सम्मको अध्ययन गरिरहदा गजल लेखनमा उनले कलम चलाउन थालिन् । गजल लेख्दा विशेष गरी रदिफ र काफियामा ध्यान दिनुपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘गजल लेख्ने मेरो त्यस्तो उपयुक्त समय छैन, कहिले बाटोमा हिड्दा हिँड्दै लेख्छु कहिले काम गरिरहेको बेला लेख्छु ।’ गजल नै लेख्छु भनेर बसेको समयमा भने दिमागमा गजल नै नआएको पनि उनको अनुभव छ । ‘पहिला पहिला साहित्यको सुरुआत गर्दा युवा पुस्ताहरुले कविताबाट गर्थे भने आजभोली प्रायजसो युवाहरुको साहित्यको सुरुआत नै गजलबाट हुने गरेको छ,” वरिष्ठ गजलकार रवि प्राञ्जल भन्छन् ‘आजभोलि गजलको कार्यक्रम सञ्चालन गर्नेपनि युवा वर्ग नै हुन्छन् ।’ अधिकांश गजलकारहरु गजल लेख्नको लागि उपयुक्त समय भन्दा पनि तनावमुक्त मन र मस्तिष्क चाहिने बताउँछन् । बाह्रखरीबाट साभार

राष्ट्रपतिले ‘सङ्स अफ स्वालोज’ नामक पुस्तकको विमोचन गरिन्

काठमाडौं, कार्तिक १८ । कविता जगतमा राम्रै ख्याति कमाएका एसपी कोइराला अंग्रेजी कविता संग्रह सहित आएका छन् । ‘सङस अफ स्वालोज’ नामक अंग्रेजी कविता संग्रह शुक्रबार राजधानीमा विमोचन भएको छ । हिजो शुक्रबार राष्ट्रपति विद्या भण्डारीले उक्त पुस्तकको विमोचन गरेकी थिइन् । संग्रहमा ३५ कविता संग्रहित छन् । नेपाली कविताहरूलाई अंग्रेजीमा महेश पौड्याल र रञ्जन खत्रीले अनुवाद गरेका हुन् । चिल्लो पानामा अरुणा हिंगमांगका रंगीन चित्रहरू सहितका कविताहरूले संग्रहलाई आकर्षक बनाएका छन् । कविता संग्रहको विमोचन कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली भाषाको साहित्यलाई अंग्रेजीमा अनुवाद गरेमात्र विश्व समुदायसम्म पुग्ने धारणा राखे । यस्ता पुस्तकले मात्र नोबल पुरस्कारको सपना जन्माउने जोशीले बताए । राष्ट्रकवि माधव घिमिरेले एसपी कोइरालाका कवितामा प्रकृति र मानवीय सम्बन्धको अनुपम उदाहरण पाइने बताए । कोइरालाका कविता गद्य छन्दमा भए पनि गीतको स्वाद पाइने घिमिरेको टिप्पणी थियो । कार्यक्रममा कवि एसपी कोइरालाले कविता रचनाको पृष्ठभूमि बताए । गौथलीको चिरबिर चिरबिर आवाजलाई उमंगको प्रतीकको रूपमा लिएर कविता रचना गरेको कोइरालाको कथन थियो । कवि कोइरालाले कविता र चित्रकलाको सम्बन्धबारे पनि व्याख्या गरे । उनले कविता संग्रहमा चित्रकलाको उपस्थितिले काव्यको आवाज उँचो बनाउने टिप्पणी गरे । ‘कविता अभिव्यक्तिमा शान्त हुन्छ तर यो चेतनाले ओतप्रोत हुन्छ । चित्रकलाको भाषा मौन हुन्छ तर यसको शक्ति शब्दको भन्दा बढी हुन्छ’ संग्रहको भूमिकामा कोइरालाले लेखेका छन् । संग्रहमा समावेश चित्रहरूको प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा २५ गतेसम्म चल्नेछ । अरुणाको एकल प्रदर्शनीमा चित्रकार दुई दर्जनभन्दा बढी चित्रहरू राखिएका छन् । यो उनको चौथो एकल प्रदर्शनी हो । ब्राइट पेन्टिङमा प्रस्तुत गरिएका चित्रहरूमा मानवीय संवेदना, प्रकृतिसँगको सामीप्यता, उन्मुक्ततताको खोजी, प्रेमको प्रस्फुटन र सामाजिक सन्दर्भ भेटिन्छ । पूर्व अर्थमन्त्रीसमेत रहेका कोइरालाको कविता संग्रह क्रिएटिभ वुमन अर्गनाइजेसन नेपालले बजारमा ल्याएको हो ।

गजलः सायद जीवनका कथा

रचना तथा लेखिकाः पुजा पराजुली जन्म सुरुवात हो र मृत्यु अन्त्य । र यही सुरुवातदेखि अन्त्यसम्मको पर्खाइ हो जीवन ।। हुन त जन्मअघि नै गर्भमै गरिएको पर्खार्इ । सायद जिवनका कथामा नसमेटिएका पानाहरुझै होलान् पक्कै ।। यहाँ हरेक चिजले हरचिजलाई पर्खिएको छ यहाँ हरेक कोहिले हर कोहिलाई पर्खेको छ ।। दिनले रात पर्खेको छ,रातले बिहान आजले भोलि पर्खेको छ ,भोलिले पर्सि । यहाँ बालापनले युवा पर्खेको छ अनि, युवाअवस्थाले बृद्धअवस्था ।। यहाँ मायाले मिलन पर्खेको छ अनि, मिलनले बिछोड । जीवन बहाना रहेछ पर्खाइको त्यसैले त तिमिले अन्तिम पटक ।। निधारमा केश पन्छ्याउदै चुम्दै छाडेर गएकै ठाउँमा । म तिमिलाई पर्खिरहेकी हुनेछु मेरो मृत्यु भन्दा अगावै तिमी छिट्टै फर्केर आउनु है ।।

गाउँबाट शहर पस्दा….

गाउँमा छँदा किन हो किन बन्धनमा बाँधिए जस्तो लाग्थ्यो । नलाग्नु पनि कसरी घर परिवारको आग्रह पालना नगरी सुुखै थिएन । एक हिसाबले भनौं अहिले मन चगांजस्तै भएको छ । जता उडायो उतै उड्ने । केवल उडाउने कलामात्रै चाहिने । एल.बुङ्ली बालपन गाउँघरमै विताए । सानोमा जति पनि राम्रो नराम्रो काम गाउँमै गरिए । थाहा थिएन बस, मोटर, साइकल इत्यादि साधन कस्ता हुन्छन् भनेर । कल्पना पनि गरेको थिएन यसअघि वर्णन गरेका सवारी साधनमा सवार हुने । बालापनमा गाउँ नै प्यारो लाग्ने । गाउँकै मान्छे, गाउँकै उठबस प्रिय लाग्ने । यतिमात्रै होइन, गाउँ नै सम्पूर्ण संसार हो लाग्ने । १५ वर्षसम्म जिल्लाभन्दा बाहिर पाइला परेन । सानोमा शहर कस्तो होला ? त्यहाँका मान्छे कस्ता होलान् ? के खानेकुरा खालान् इत्यादि कुरा खूब सोचिन्थे । दश कक्षासम्म गाउँकै स्कूलमा रमाइयो । पृथ्वीमा आगमन भएको झण्डै डेढ दशक पछिमात्रै जिल्लाबाट टाढिने भइयो । यो रहर थिएन, बाध्ययता थियो । गाउँमै सुविधा सम्पन्न विद्यालय हुँदो हो त जरुरत थिएन परिचय नभएको ठाउँमा जाने । अब जानैपर्यो नजर नपुगेको ठाउँमा । यो ठाउँ पुग्ने कति बाध्यता थिए कति रहर । डेढ दशक गाउँमा अडेको शरीर एक्कासी शहर झर्दा गाउँको न्यास्रोले केही दिन खूब पिरोल्यो । त्यो सुनसान गाउँमा रमेको जीवन शहर पस्दा पिँजडामा बसेजस्तै महसुस भयो । अझ भनौं वन, पाखा–पखेरा, खेतबारी, पैदल उकाली–ओराली गरेको ज्यानलाई शहर पचेन । तर, विस्तार पच्दै गयो । त्यसको कारण थिए हाज्मोला जस्तै बन्दै गएका प्रिय साथी । दिनभर स्कुल गएर साँझ बिहान काममा खटिरहनुपर्ने दैनिकी फेरिएको थियो । गाउँमा छँदा बिहान काम ग¥यो स्कुल गयो फेरि स्कूलबाट आयो काममै व्यस्त । यसरी नै दिनचर्या बित्ने गर्दथ्यो । तर, शहर आएपछि कामको बोझ हृवात्तै घटेको थियो । बिहान अध्ययन गर्ने, खाना बनाउने, खाने अनि कलेज जाने । त्यो पनि हिँडेर होइन, साइकलमा । शुरुका दिनमा दिनभर व्यस्त हुन नपाउँदा लाग्थ्यो कलेज आउने, जाने काम वाइयात जस्तै । यतिमात्रै होइन, शहर नै अल्छि प्रेमीहरुको वासस्थान हो लाग्थ्यो । तर, दैनिक क्रियाकलाप परिर्वतन हुँदै गएपछि म पनि अल्छी प्रेमीजस्तै भएको थिए । गाउँ छँदा पाँच बजे खुल्ने निन्द्रा ७ बजे खुल्ने भएको थियो । आठ बजे सुत्ने बानी १० एघार बजे भएको थियो । अनि थाहा पाए शहर बस्नु र गाउँमा बस्नु आकाश–पाताल फरक छ भनेर । एक गरिव घरमा जन्म लिएको म । बुबाको अधिकांश समय रोजगारीको शिशीलामा भारत मै वित्यो, वितीरेहको छ । वितीरहोस् भन्ने सोच बनाएको छैन । घरमा पैसाको अभाव खट्की रहन्थ्यो । गाउँमा त ५ हजार रुपैयाँ पनि कति हो कति लाग्थ्यो । तर, शहरमा भने पाँच हजार एउटा माछालाई दिएको चारा जस्तै लाग्न थाल्यो । दिन वित्दै गए शहरले मन तान्दै गयो । गाउँको याद शहरका रमझममा विलिन हुन थाले । केही दिनअघि गाउँ नै जान्छु भनेर जिद्दी गर्ने मन शहरप्रेमी हुन थाल्यो । समयको परिर्वतन भनौं या बाध्ययताले म अल्छी बन्दै गए । नबनेपनि कसरी कामको चाङ नै कम भएपछि । साथी–संगति थपिँदै गए । कोही गफाडी, कोही ज्ञानी त कुनै मन मिल्ने । अझै भनौं हेलो साथी, भलो साथी, चलो साथीसँग सम्बन्ध बढ्दै गयो । मन मिल्ने र मन मिलाउने क्रम जारी नै भयो । अनेक साथीसँग परिचय हुँदै गयो । गाउँका भन्दा अनौठो व्यवहारका साथी पनि देख्न पाइयो । हुन त स्कूले जीवन भन्दा कलेज लाइफ खुला भएर होला । कतिपय साथी त कक्षाकोठा मै गुटखा, सुर्ती इत्यादि खाइदिन्थे । तर, मेरो भने त्यस्ता चीजसँग प्रेम बसेन र बसेको पनि छैन । दैनिक क्रियाकलाप परिर्वतन हुँदै गएपछि म पनि अल्छी प्रेमीजस्तै भएको थिए । गाउँ छँदा पाँच बजे खुल्ने निन्द्रा ७ बजे खुल्ने भएको थियो । आठ बजे सुत्ने बानी १० एघार बजे भएको थियो । अनि थाहा पाए शहर बस्नु र गाउँमा बस्नु आकाश–पाताल फरक छ भनेर । अहिलेसम्म शहर बसाइमा ६ चोटी डेरा सराई भएको छ । कहिले घरबेटीको किचकिचले त कहिले एउटै कोठामा बस्ने मनै नबसेर । मनले जे भन्यो त्यही गर्न पाइने भएपछि मनमौजी थियो, कसैको भय थिएन । कसैको आग्रह मान्नुपर्ने बाध्यता थिएन । एक हिसाबले म निकै खुल्ला तरिकाले बस्न पाएको थिए, पाएको छु । गाउँमा छँदा किन हो किन बन्धनमा बाँधिए जस्तो लाग्थ्यो । नलाग्नु पनि कसरी घर परिवारको आग्रह पालना नगरी सुुखै थिएन । एक हिसाबले भनौं अहिले मन चगांजस्तै भएको छ । जता उडायो उतै उड्ने । केवल उडाउने कलामात्रै चाहिने । म एक नेपालको सबैभन्दा दुर्गममा पर्ने जिल्लाको व्यक्ति । त्योमध्ये म जिल्लाको अति विकटको स्थानीय । सडकबाट गाउँ पुग्न झण्डै एकदिन पैदल यात्रा गर्नुपर्ने ठाउँको बासिन्दा । भौगोलिक विकट त छ नै राज्यको दृष्टिसम्म पुग्न नसकेको मेरो गाउँ । विकासका पूर्वाधारले छुन सकेको छैन अझैं पनि । अहिले पनि स्वास्थ्य चौकी पुग्न एक–दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्ययता छ मेरा गाउँबासीको । यस्तो कहर भोग्न विवश भएको ठाउँबाट एक्कासी शहर पस्दा विकासको उज्यालो बल्ल देख्न पाइयो । विकास भनेको यो हो नी त भन्ने मन लाग्यो । अस्पताल, विद्यालय, खानेपानी, विद्युत इत्यादि सुविधाले सम्पन्न । अनि पो शहर भनिएको रहेछ । तर पनि अझै शहरिया विकास हुन सकेको छैन भन्छन् ।

अरुको मन राखिदिँदा राखिदिँदै पनि…..

कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै मनमा आएका खुसीका ज्वारभाटहरु थामिनसक्नुका हुन्छन् । कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै आफ्नो मनमा छाएका अपरिमित सन्तोस पत्यार्इनसक्नुका हुन्छन् । अरुको मन राखिदिँदा राखिदिँदै, आफूबाट आफ्नै समय चुहिएर गए पनि । अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै उठीबास हुनेसम्मका घटना घटे पनि । अरुको मन राखिदिँदा राखिदिँदै आफैँलाई बिर्सिए पनि । संसारमा सबैभन्दा कमलो कुरा पनि मानिसकै मन होला । र सबैभन्दा कडा पनि मानिसको मनै होला । धेरै सम्बन्धहरु मनसँग जोडिएको हुन्छ । धेरै सम्बन्ध मनबाट तोडिएको पनि हुन्छ । अक्सर मनैले चल्छ मान्छे यहाँ, र मनकै कारणले जल्छ पनि मान्छे यहाँ । घामजस्तै पारिलो पनि मनै हुन्छ, छुरीजस्तै धारिलो पनि मनै हुँदो रहेछ । मनसँगै हुन्छ विश्वास पनि, मनसँगै हुन्छ घात प्रतिघात पनि । आफ्ना इच्छाहरुलाई केही पर पन्छाएर, जब कसैको मन राखिन्छ, क्षणभरलाई त्यसले दिने शान्ति अभूतपूर्व हुन्छ । आफ्नो अनुकुलताको पर्वाह नगरी कसैको मनको पुकार जब सुनिन्छ, त्यसले कमसेकम पछुताउने मौका दिँदैन । चाहे जसको ओठमा फलोस्, खुसी आखिर खुसी नै हो । खुसी फूलजस्तै हो, कुन बोटमा फुल्योसँग होइन, कति फुल्यो, कस्तो फुल्योसँग सरोकार राख्छ । कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै मनमा आएका खुसीका ज्वारभाटहरु थामिनसक्नुका हुन्छन् । कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै आफ्नो मनमा छाएका अपरिमित सन्तोस पत्यार्इनसक्नुका हुन्छन् । अरुको मन राखिदिँदा राखिदिँदै, आफूबाट आफ्नै समय चुहिएर गए पनि । अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै उठीबास हुनेसम्मका घटना घटे पनि । अरुको मन राखिदिँदा राखिदिँदै आफैँलाई बिर्सिए पनि । कतिको मन नदुखोस् भनेर मन राखिदिएँ । पछि तिनैले मन दुखाए । कति मन दुखेकाहरुमा आफ्नै मनको सुनेर मन लगाएँ । दुखाइको अन्त्य भइसकेपछि त मान्छेका मन पनि ढुँगामा परिणत हुँदारहेछन् । सम्बन्ध जस्तोसुकै होस्, त्यो कुनै बिरुवाझैँ हो, त्यसलाई जोगाउनु पर्छ । हो, यहि ठान्ने हुँदा आफू भने मुर्झाएर सुकिँदोरहेछ । यहि एउटा सम्बन्ध जोगाउन खोज्दा आफू कतिपटक ढालिन्इछ, काटिइन्छ, चिरिइन्छ, गाढिइन्छ, बालिइन्छ । एउटा सम्बन्धको प्राण हजारौँ सुख, सुविधा, रहर र हाँसोहरुको मृत्युले चुकाइएको हुन्छ । छन् नि यो पनि आफ्नै मनबाट गुज्रेको अनुभव, कि अरुको मन राख्दा राख्दा, अरु रिसाउलान् कि भन्ने चिन्ता गर्दा गर्दा, आफ्नो त कतै ठाउँ नै पो नरहँदो रहेछ । अरुलाई समस्याको जँघार तराउँदा तराउँदा आफू भने भेलमै कतै हराइँदोरहेछ । अरुको मनको मल्हम बन्दा बन्दा आफ्नो जीवनको कदम अल्झेको अल्झ्यै हुँदोरहेछ । जसको चित्त बुझाउँदा बुझाउँदै आफैँ रिक्त भइएको हुन्छ, अक्सर उनैले चित्त दुखाउँछन् । मनसितको सम्बन्धमा अक्सर मन दुखाउनेहरु नै ज्यादा भेटिन्छन् । मन राखिदिनका लागि अरुलाई दुख्ला कि भन्दै डराइ डराइ बोलिन्छ । मनै राखिदिनका लागि समय नै नहुँदा नहुँदै पनि, आफ्नै कामलाई पर पन्छाएर अरुको काम गरिन्छ । अरुकै मन राखिदिनका लागि आफ्नो मनैले नमानेका कैयौँ काम पनि गरिन्छ। अरुलाई सुकिलो बनाइदिन आफू मैलिएको समेत पत्तो हुन्न । एउटा सम्बन्ध यसै नमरोस् भनेर, आफ्नो रहर त कति पो मारिएछ। आफूलाई परबाट देख्दा हरेकपटक हाँस्ने ओठ कहिल्यै बन्द नहोस् भनेर आफूलाई उसकै अनुकुलतामा ठाउँ कुठाउँ खोलिएछ। सधैँ मिलाउनलाई मतिर अघि बढ्ने हातहरु अनायास मैतिर सोझिएर धार नलागोस् भनेर आफैँलाई तौलेर प्रस्तुत गरेको छु । सम्बन्ध जस्तोसुकै होस्, त्यो कुनै बिरुवाझैँ हो, त्यसलाई जोगाउनु पर्छ । हो, यहि ठान्ने हुँदा आफू भने मुर्झाएर सुकिँदोरहेछ । यहि एउटा सम्बन्ध जोगाउन खोज्दा आफू कतिपटक ढालिन्इछ, काटिइन्छ, चिरिइन्छ, गाढिइन्छ, बालिइन्छ । एउटा सम्बन्धको प्राण हजारौँ सुख, सुविधा, रहर र हाँसोहरुको मृत्युले चुकाइएको हुन्छ । अरुको मन राखिदिनका लागि जे जति गरेँ, त्यतिको मिहिनेत र श्रम लगाएर आफ्नो मन राखेको भए, सायद म आफैँ पो केही बन्ने थिएँ । सायद आफूलाई खुसी तुल्याउन सक्थेँ कि १ तरपनि यहि मन मान्दैन । मन उही अरुकै चित्त बुझाएर पाइने आनन्दकै पछि कुनै एककोहोरो प्रेमी आफूले मन पराएकी केटीको पछाडी दगुरेझैँ दगुरिरहेछ । मसित मेरा सपनाहरु रिसाएका छन् । मसित मेरै समय क्रुद्ध छ । मसित मेरा खुसीले निहुँ खोजेका कति कति घटना छन् । कतिपटक त म आफैँले आफैँलाई माफ गर्न सकेको छैन । मलाई मेरो आफ्नै मनसँग गुनासो छ कि अरुको मन राखिदिँदा राखिदिँदै म आफैँ कहीँको रहिनँ ? कान्तिपुरबाट साभार

अाज तेस्रो दिन: लक्ष्मीपूजा

काठमाडौँ, कात्तिक २ । कात्तिक कृष्ण औँसीका दिन बिहीबार धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा धनधान्यपूर्ण हुन्छ भनिन्छ । पूजाकोठा, बुइँगल, अट्टालिका, बरन्डा, भकारी रहेको धनसार लगायतमा बत्ती बालेर उज्यालो गर्दा लक्ष्मी प्रसन्न भई धनधान्यपूर्ण गराउँछिन् भन्ने जनविश्वास रहिआएको छ । यसै दिन बिहान गाईलाई लक्ष्मीको प्रतीक मानेर गाईपूजा गर्ने र राति दीपावलीसहित लक्ष्मीपूजा गर्ने प्रचलन छ । ज्योतिषी डा. सुनील सिटौलाका अनुसार यो दिन नराम्रो कार्य गर्दा वर्षैभरि पिर्छ भन्ने ज्योतिषीय मान्यता छ । लगनखेलको महालक्ष्मी स्थान, भक्तपुरको नौतले मन्दिरमा रहेकी सिद्धिलक्ष्मी, काठमाडौँ न्युरोडमा रहेको लक्ष्मी मन्दिर, तनहुँ बन्दीपुरको लक्ष्मी मन्दिरमा यो दिन मेला लाग्छ । यसै दिन जनैपूर्णिमामा लगाइएको डोरो गाईको पुच्छरमा बाँधेर वैतरणी नदी तर्ने मनोकाङ्क्षाा गरिन्छ । यसै दिन महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती परेको छ । स्व. देवकोटाको १९६६ सालमा आजकै दिन काठमाडौँको डिल्लीबजारमा जन्म भएको थियो । नेपाल सांस्कृतिक सङ्घ डिल्लीबजारमा यो दिन साहित्यिक सभा आयोजना गरिनेछ । साहित्यिक जमघटमा देवकोटालाई मन पर्ने परिकारको समेत व्यवस्था यहाँ हुँदै आएको छ ।