१३ वर्षपछि आज चन्द्रमाको दुर्लभ संयोग, ९० करोड डलरको नोक्सानी हुनसक्ने

काठमाडौं । खगोलीय संसारमा आज विशेष दुर्लभ संयोग बनेको छ ।

आज दुर्लभ पूर्ण चन्द्रमा देख्न सकिन्छ । यसलाई फूल हार्भेष्ट मून पनि भनिन्छ ।

अरुबेला सूर्यास्त भएपछि करिब एक घण्टापछि चन्द्रमा देखिन्छ । तर शुक्रबार भने सूर्यास्तको पाँच मिनेटपछि नै पूर्वमा चन्द्रमा देखियो ।

नासाका वैज्ञानिकहरुका अनुसार, आज यसलाई हेर्न सकिन्छ ।

तर किंवदन्तीहरुमा यो चन्द्रमाको स्वरुपलाई भयावह मानिन्छ ।

यो पूर्ण चन्द्रमालाई आदिवासी अमेरिकीहरुले फूल हार्भेष्ट मुनको नाम दिएका थिए । यो चन्द्रमाले साधारण चन्द्र उदयको तुलनामा छिटो प्रकाश फैलाउने गर्दछ । यसलाई कोर्न मून पनि भनिन्छ । किनभने यतिबेला मानिसहरु मकै भित्र्याउने गर्दछन् र यो चन्द्रमाले उनीहरुलाई राती पनि काम गर्न मद्दत गर्दछ ।

यो चन्द्रमा अन्य दिनभन्दा सानो देखिएको छ । किनभने यो आज आफ्नो कक्षभन्दा टाढा अवस्थित छ । त्यसो त माइक्रोमुन (अरुबेला देखिने चन्द्रमा) सूपर मुनको तुलनमा १४ प्रतिशत छोटो र ३० प्रतिशत कम चम्किलो देखिन्छ । सामान्य चन्द्रमा पृथ्वीभन्दा २५१६५५ माइलको दूरीमा हुन्छ । तर फूल हार्भेष्ट मुन भने माइक्रो मुनभन्दा ८१६ माइल झन टाढा हुने गर्दछ ।

सेप्टेम्बरमा हुने यो दुर्लभ पूर्ण चन्द्रमालाई शरद चन्द्रमा पनि भनिन्छ । यसलाई यसअघि २००६ मा देखिएका थियो । अब यसपछि २०३३ मा यस्तै संयोग देखिने छ ।

उत्तरी क्यारोलिनाका एशिभिज स्ट्रेस म्यानजमेन्ट एण्ड फोबिया इन्स्च्यिूटका अनुसार, अमेरिकामा अनुमानित १७ देखि २१ मिलियन मानिसहरु यो चन्द्रमादेखि डराउन गर्दछन् । यसलाई उनीहरु पहिला देखि नै भयावह दिनको रुपमा लिने गर्दछन् ।

आजको दिन कैयन अमेरिकीहरुले व्यापार बन्द गर्ने र यात्रामा नजाने गरेका हुन्छन् । यसबाट करिब ८ सय देखि ९ सय मिलियन डलरको व्यापार नहुने अनुमान छ । तर वैज्ञानिक भने यो खगोलिय घटना मात्र भएको दावी गर्छन् ।

यो वर्ष अन्तरिक्ष प्रेमीहरुका लागि विशेष वर्ष बनेको छ । यसै वर्षको अन्तमा २६ डिसेम्बरका दिन तेश्रो सूर्य ग्रहण लाग्दैछ । यो वर्षको पहिलो सूर्य ग्रण ६ जनवरी र दोश्रो २ जुलाईका दिन थियो । वर्ष २०२० को पहिलो चन्द्रग्रहण भने जुन ५ का दिन लाग्नेछ ।

सामान्यरुपमा चन्द्रमा र मानिसको स्वास्थ्यमा कुनै सम्बन्ध देखिन्न । तर वैज्ञानिक अध्ययन अनुसार, चन्द्रमाले मानिसको स्वास्थ्यमा समेत असर पार्ने बताइन्छ । पूर्णिमा दिन चन्द्रमाको गुरुत्वाकर्षण बढने गर्दछ । यसबाट व्यक्तिको मूड प्रभावित हुन्छ ।

कतिपयले यो चन्द्रमामा हुने परिवर्तनबाट तनाव त कतिले टाउको दुखेको अनुभूति गर्न सक्छन् । पूर्णिमाभन्दा पहिले र पछि तीन चार दिनसम्म अपेक्षाकृत कम निन्द्रा आउने समस्या पनि हुन्छ ।

वर्षका उत्कृष्ट पाँच आख्यान

वैशाख ६ । सबै व्यवसायिक क्षेत्रको वार्षिक मूल्यांकन भएजस्तै केही वर्षदेखि नेपाली साहित्य तथा स्रष्टाका कृतिको मूल्यांकन पनि हुँदै आएको छ । वर्ष २०७५ मा प्रकाशन भएका नेपाली साहित्यका विभिन्न विधाका कृतिको बिक्री, चर्चा एवं विषयवस्तुको मूल्यांकनसहित आख्यान (कथा–उपन्यास) र गैर–आख्यान विधाका उत्कृष्ट ५–५ कृतिलाई २०७५ का वर्ष पुस्तकका रूपमा हामीले लिएका छौं । लेखक, पुस्तक प्रकाशनको गुणवत्ता एवं साहित्यिक पुस्तक बजार हिस्सा जस्ता आधारमा वर्ष २०७५ का ५ उत्कृष्ट प्रकाशन यहाँ प्रस्तुत गरिएको छ– उत्कृष्ट ५ आख्यान प्रिय सुफी युवा पुस्तालाई लक्षित उपन्यास तथा कथा लेखेर आफ्नो अलग पहिचान बनाएका सुबिन भट्टराईको चौंथो उपन्यास हो— प्रिय सुफी । गत वर्ष प्रकाशन भएका आख्यानमा सर्वाधिक बिक्री भएको यो उपन्यासले युवा पुस्तामा पढ्ने बानीको विकासलाई बढावा दिएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको यो पुस्तक गत वर्षको बेस्ट–सेलर उपन्यास हो । सखी ऐना कथा संग्रहबाट मदन पुरस्कार प्राप्त गरेका लेखक रामलाल जोशीको पहिलो उपन्यास हो— सखी । किनाराकृत वर्गका कथालाई आफ्नो लेखनीको विषय बनाउँदै आएका जोशीले यो उपन्यासमा थारू जातिको दुःख, पीडा एवं संघर्षलाई ‘सखी’ पात्रमार्फत उन्ने प्रयास गरेका छन् । सुदूरपश्चिमको थारू जातिको स्थानीय लवजले उपन्यासलाई अझ पठनीय बनाएको छ । बुक–हिलले प्रकाशन गरेको यो उपन्यास गत वर्षको बेस्ट–सेलर कृति हो । रणहार ऐतिहासिक उपन्यासका रूपमा वर्ष २०७५ मा बजारमा आएको यो पुस्तक योगेश राजले लेखेका हुन् । भक्तपुरका अन्तिम राजा रणजित मल्ललाई नायक बनाएर लेखिएको यो उपन्यासले भक्तपुरको सांस्कृतिक सम्पदाको पनि व्याख्या गरेको छ । नेपालयले प्रकाशन गरेको यो पुस्तक पठनीय छ । अघोरी कथाकार राजेन्द्र पराजुलीका १७ थान कथाको संग्रह हो— अघोरी । समसामयिक राजनीति र यथार्थ जीवनका विषयवस्तुलाई कथामा उनिएको यो पुस्तक किताब पब्लिसर्सले बजारमा ल्याएको हो । पाई आधा दर्जन कथा एवं उपन्यास नेपाली पाठकलाई दिइसकेका कथाकार राजवको कथा संग्रह हो— पाई । अमेरिकी नेपाली जीवनका विचलनलाई कथाकार राजवले यो संग्रहका २० वटा कथामा समेटेका छन् । समकालीन परिवेश एवं सन्दर्भअनुसार अमेरिकाका नेपालीहरूको जीवन बुझ्न राजवको यो संग्रह धेरै हदसम्म सहायक हुन्छ ।

प्रकाश सायमीको कविता: गालिबको चिहान (भिडियो सहित)

घर वा सपिंग मल बन्ला हाउजिङ वा आकाशे बजार बन्ला केही पनि बन्नसक्छ यो भूमिमा । धेरैवर्ष पछि यहाँ गगनमहल बन्ला वा मल्टिकम्प्लेकसको प्रसिद्ध भवन । व्यस्त भरिभराउ वा हेर्नै नसकिने अभेद्य मान्छेको भीड होला तर हुनेछ एउटा गजल रेस्त्राँ तर हुनेछ यहाँ एउटा पुस्तक पसल त्यो भवनको टाकुरामा रहेको गजल रेस्त्राँमा कुनै गायिकाले गालिबकै गजल गाएर गाहकी बढाउला वा हुनसक्छ त्यो गगनचुम्बी भवनको पुस्तकपसलमा कुनै सेल्सम्यानले गालिबकै बोली बोलेर उनका दीवान ए गालिब वा उनको गजलको सीडी बेचिरहेका हुनेछन् हुनेछ कुनै सभाभवनमा गालिबको शतवार्षिकी त्यहाँ कुनै मन्त्री भनिरहेका हुनेछन् गालिब गत शताब्दीका महान् चित्रकार ॥ अनि बोल्दा बोल्दै उनका झरेका आँसुलाई क्यामेरामा कैद गर्न टीभी च्यानलका लेन्सहरु तेस्रो विश्वयुद्ध गरिरहेका हुनेछन् तर कसैलाई थाह हुनेछैन जहाँ त्यो गजल गाइँदैछ जहाँ त्यो दीवान ए गालिब बेचिँदैछ जहाँ त्यो स्मृतिसभा हुँदैछ त्यही भवनको जगमा गालिबको चिहान छ भनेर । अनलाइन साहित्य डट कमबाट साभार हेर्नुस् कविता वाचनको भिडियो :

आज देवकोटा जयन्ती; यस्तो थियो महाकविको जीवन !

काठमाडौँ, कार्तिक २१ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जम जयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको जन्म विसं. १९९६ कार्तिक कृष्ण औसी अर्थात् लक्ष्मीपूजाको दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका तेस्रा सन्तानको रूपमा काठमाडौँको डिल्लीबजारमा भएको थियो । न्वारानको नाम तीर्थमाधव देवकोटा भएपनि लक्ष्मीपूजाको दिन्न जन्मिएकाले उनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिन गएको हो । सानैदेखि लेख्थे कविता दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए र ती कृतिका माध्यमले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । विराट प्रतिभा भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका छन् । देवकोटा सर्जकका साथै अनुवादक पनि थिए । उनले विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका छन् । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चार्ल्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए । योगदान उनले विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्ने–गराउने कामसमेत गरेका थिए । उनले वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा समेत सक्रिय योगदान दिएका थिए । त्यस्तै त्रिभुवन विश्वविद्यालयको स्थापनामा समेत महत्वपूर्ण योगदान गरेका देवकोटाले केही समय त्रि-चन्द्र कलेजमा शिक्षण समेत गरेका थिए । तीन महीनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । संघर्षपूर्ण जीवन चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । केही समय देशको शिक्षामन्त्री रहेपनि देवकोटाको जीवन आर्थिक चुनौतीहरूसँगै बित्यो । उनले ट्युसन पढाएर खर्चको जोहो गर्ने गरेका थिए । उनले बेलाबेला सत्ताको कोपभाजन समेत बन्नुपरेको थियो । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । उहाँले पाश्चात्य ग्रिसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।  

एकै साथ ‘निर्बन्ध आकाश’ र ‘उन्मुक्त किनारा’ लिएर आए डा. घिमिरे

काठमाडौं, असोज २६ । पूर्वमुख्यसचिव तथा क्यानडाका लागि पूर्वनेपाली राजदूत डा. भोजराज घिमिरे एकै साथ दुईवटा गजलकृति लिएर आएका छन्। बिहीबार काठमाडौंमा उनका दुवै कृतिको वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरे। पछिल्लो समय नेपाली गजलमा व्यापक प्रयोग भइरहेको र अत्यन्तै विवादको कारण पनि बनिरहेको छन्द र बहरमै केन्द्रित रहेर लेखिएका २०१ गजलहरूको कृति हो ‘निर्बन्ध आकाश’ भने लोक र उच्चार्य सममात्रिक लयमा लेखिएको कृति हो ‘‘उन्मुक्त किनारा’ । नेपाली गजलको विकास, विस्तार र पिरस्कारका लागि क्रियाशील संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले आयोजना गरेको कार्यक्रममा ुउन्मुक्त किनारा’ पुस्तकमाथि टिप्पणी गर्दै समालोचक शैलेन्द्र अधिकारीले गजलको शास्त्रीयताले गजल छन्द र बहरमै हुनुपर्ने मान्यता राख्ने बताए। तर, नेपाली गजल साहित्यमा यहाँका लोकलय र समआक्षरिकरसममात्रिक लयको पनि प्रयोग हुँदै आएको उनको भनाइ थियो। अधिकारीले उन्मुक्त किनारामा सामाजिक र मानवीय जीवनका अनेक पक्ष विषय बनेर आएका बताए। उनले गजलमा लय, भाव वा शिल्पमध्ये एक पक्ष मात्र उत्कृष्ट भएर नहुने यी तीनै पक्षको उत्तम पालना हुनुपर्ने धारणा राखे। निर्बन्ध आकाशमाथि टिप्पणी गर्दै समालोचक प्रभाती किरणले छन्दरबहरमा लेख्नु चानचुने कुरा नभएको बताए। लेखक विज्ञान र अर्थशास्त्रका विद्यार्थी हुँदाहुँदै पनि छन्द र बहर जस्तो जटिल क्षेत्रमा अध्ययन गरेर सयौँ गजल, त्यसमा पनि एक सय बढी छन्दरबहरमा रचना गर्नु निकै महत्त्वपूर्ण उपलब्धि र प्राप्ति भएको उनले बताए। हरेक गजलको अन्त्यमा छन्दरबहरका सूत्र र विश्राम पनि दिइएकाले उक्त पुस्तक छन्द र बहरमा सिक्न चाहनेका लागि गुरु पुस्तक बन्नसक्ने समालोचक प्रभाती किरणको भनाइ थियो । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले निर्बन्ध आकाशभित्रका गजलहरूमा छन्दरबहरको उचित पालना भएको र आगामी दिनमा अझ परिस्कृत गजलकृति घिमिरेबाट आउने अपेक्षा गरे। यसरी नै प्रा.डा. कृष्णहरि बरालले छन्द र बहरमा गजल लेखनले पछिल्लो समय तीब्रता पाइरहेको उल्लेख गर्दै छन्द र बहरमा गजल लेख्नु ठूलो साधना भएको बताए। छन्द, बहरमा बढी ध्यान दिँदा भाव र प्रभावमा चिप्लिनसक्ने खतरा हुने भन्दै उनले भोजराज घिमिरेका गजलमा त्यो समस्या कम भएको उल्लेख गरे। आफू गजलको विद्यार्थी भएको र सिकाइकै क्रममा चारवटा गजलकृति प्रकाशन गरेको सर्जक भोजराज घिमिरेको भनाइ थियो। पछिल्लो समय नेपाली गजलमा छन्दरबहरको व्यापक बहस र प्रयोग भएको देखेपछि आफूले पनि गजलको खास शास्त्रीयतालाई पछ्याउने कोसिस गरेको उनले बताए। पुस्तक बिक्रीबाट आएको रकम अनाममण्डलीलाई प्रदान गर्ने घोषणासमेत लेखकले गरे। गजलकार घिमिरेले एक दर्जन बढी नवछन्दको निर्माण गरेर लेखेका गजल पनि निर्बन्ध आकाशमा समावेश गरेका छन्। गजलकारहरू जय गौडेल र राधा कणेलले निर्बन्ध आकाश कृतिबाट गजलहरू वाचन गरेका थिए। पुस्तक कन्दरा पब्लिकेशनले प्रकाशन गरेको हो।

शताब्दी पुरूषले ‘जीवनीको रस प्यून’ सिकाए !

काठमाडौँ, असोज ६ । ‘बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं’ वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ–कञ्चन मस्र्याङ्दी नदी । माधवप्रसाद घिमिरेले सानो बेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने त्यो सुन्दर गाउँ अहिले मस्र्याङ्दी नगरपालिकामा परिणत भई जलविद्युत्, सडक र अन्य विकासका पूर्वाधारहरू भने बनेका छन् । भौतिक विकास भए पनि प्राकृतिक बनावटमा पुस्तुनले खासै चोला फेरेको छैन पुस्तुनले । घिमिरेले विद्यालय पढेको जिल्लाको दुराडाँडा पनि उही लयमा छ तर ती गाउँमा हुर्केका कविवर घिमिरे प्रकृति र मानवीय संवेदनायुक्त सुललीत सिर्जनामार्फत साहित्यिक जगत्का शिखर व्यक्तित्व बन्न सफल भएका छन् । राष्ट्रकवि घिमिरे पुस्तुन गाउँको मात्र होइन, राष्ट्रकै साहित्यिक गहना भएकाले उहाँको कृतित्व र व्यक्तिलाई अन्तर्राष्ट्रियकरण गराउन यो वर्ष उहाँको जन्म शताब्दी वर्ष मनाउने तयारी भएको छ । घिमिरे आइतबार शताब्दी (एक सय) वर्षमा प्रवेश गर्दै छन् । बेलाबेलामा अस्वस्थ्य भए पनि उपचारपछि हाल उहाँ यो उमेरमा पनि साहित्यिक कर्ममा आफूलाई सामेल गराइरहनुभएको छ । यतिबेला उहाँ पछिल्लो महाकाव्य ‘ऋतम्भरा’लाई बिट मार्ने तयारीमा पनि छन् । राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका थिए । मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरि जन्म शताब्दी मनाउन उहाँको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ । यही असोज २१ गते काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने सो कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा. वासुदेव त्रिपाठीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकका अनुसार राष्ट्रकविको जन्म शताब्दीका अवसरमा देशभरका विद्यालय र कलेजमा कविता प्रतियोगिता गरी पुरस्कृत गरी साथै उहाँको जन्मस्थान पुस्तुन र लमजुङको सदरमुकाम बेँसीशहरमा सांस्कृतिक कार्यक्रमसहित सम्मान गरिनेछ । राष्ट्रिकवि घिमिरेको नाममा हुलाक टिकट प्रकाशन, अभिनन्दन ग्रन्थ प्रकाशन, मातृभाषाबारे विचारगोष्ठी, कविता महोत्सव, वृत्तचित्र निर्माणका योजना पनि प्रतिष्ठानले अघि सारेको छ । राष्ट्रकवि घिमिरे प्रमुख संरक्षक रहनुभएको प्रतिष्ठानले लमजुङ हिमाल हिमालचुलीलाई राष्ट्रकविको नाममा नामकरण गर्न, काठमाडौँ वा लमजुङमा उहाँको प्रतिमा स्थापना गर्न पहल गरिरहेको छ । पृथ्वीराजमार्गको डुम्रेदेखि मनाङसम्मको सडकलाई राष्ट्रकविको नाममा नामाकरण गर्न पनि प्रतिष्ठानले नेपाल सरकारसँग माग गरेको छ । संस्थाले घिमिरेको जन्मस्थान लमजुङको भीरपुस्तुन बाहुनडाँडामा राष्ट्रियस्तरको सङ्ग्रहालय निर्माणको योजना पनि अघि सारेको छ भने कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थान कास्कीको अर्चलेबाट आदिकवि भानुभक्तको जन्मस्थान तनहुँ चुँदी हुँदै राष्ट्रकविको जन्मस्थान पुस्तुन बाहुनडाँडासम्मलाई साहित्यिक पर्यटनका रूपमा विकास गराउने घोषणा गरेको छ । पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखका जेठा सन्तान घिमिरेकी अर्धाङ्गिनी महाकाली घिमिरे पनि यही असोज १२ गते चौरासी वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । कविवरको शताब्दी वर्ष र महाकालीको ८४ वर्ष प्रवेशको सुखद् अवसरमा उहाँको परिवारले आइतबार लैनचौरमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको छ । घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उहाँले रच्नुभएको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उहाँका कृतिहरू लोकप्रिय मानिन्छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले ‘गौरी’ खण्डकाव्य हालै कोरियाली भाषामा अनुवाद भई जन्म शताब्दीका अवसरमा उपहार हुन पुगेको बताउँदै कोरियाका पाठकहरूले उक्त खण्डकाव्य पढेपछि भावुक हुँदै प्रतिक्रिया दिन थालेको बताए । घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ । उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका “गाउँछ गीत नेपाली” जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका छन् ः “नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।।।”

रमाइलो चुट्किलाः विवाहअघि….

प्रेमीकाले प्रेमिसंगः चन्द्रमा कतिवटा छन् ? प्रेमीः दुर्इवटा प्रिय, एउटा मसँगै छ एउटा आकाशमा्र विवाहपछि… पत्नीः चन्द्रमा कति वटा छन् ? पतिः आखा छैनन्, एउटै हुन्छ्र माथि आकाशमा देख्दिनस, तेरा बाजेले टर्च लाइट बालेर बसेका हुन् र । एजेन्सीको सहयोगबाट

चुटकिला : फन्टुसले ल्याएछ

हाम्रो फन्टुसले ल्याएछ श्रीमति – सुन्नुभो त ! पल्लो घरकि साँईला दाईको छोरीले 100 मा 99 नंबर पो ल्याईछ । शेरे – अनि 1 नंबरचाहि किन कम भा होला है ? . . . श्रीमती – त्यो 1 नंबर त हाम्रो फन्टुसले ल्याएछ नि त :XD!

एकपटक मजाले हासौंः धुर्मुस स्वर सम्राट

धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो । यत्तिकैमा एकदिन एउटा किसानलाई गीत सुनायो । केही बेरपछि किसान सुक–सुक गर्दै रुन थाल्यो ‘। धुर्मुसः (मनमनै खुशी हुँदै) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमीमात्रै रहिछौ । किसानः म हजुरको गीत सुनेर रोएको होइन । धुर्मुसः अनि किन त…? किसानः पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो । आज मलाई मेरो गोरुको याद आयो अनि रोएको । एजेन्सीको सहयोगबाट

गजलः आयौ किन यो जिन्दगीमा ?

विद्या भट्टरार्इ मुटुभित्र बास दिए आखिर, मर्किएरै गयौ तिमी । आयौ किन यो जिन्दगीमा, फर्किएरै गयौ तिमी ।। तिम्रो भलो चाहन्थेँ  म हरपल, भन्नै पर्दा खेरी ? असार सावनको पानी बनी, दर्किएरै गयौ तिमी ।। बिर्सु भन्छु झनै ध्यान तिम्रै, स्मृतिमा गाडिरहने ? घटना बन्यो चोट पुग्ने गरी, चर्किएरै गयौ तिमी ।। कहिल्यै नछुट्ने नाता जोडेको, तिमी शीत भन्थौ ? अमृतजस्तो मायाँ पनि यहाँ, छर्किएरै गयौ तिमी ।। दुःख–सुख जे भए नि सँगै, साट्ने वाचा थियो ? बीच बाटोमा किन छोड्यौ, तर्किएरै गयौ तिमी ।। बाँझै थियो दिलको बारी , तिमिलाइ सबै सुम्पिदिँदा यही ठाउँमा जोडी साइनु ,सर्किएरै गयौ तिमी ।। विद्या भण्डारी (आँसु), नुवाकोट त्रिशुली फेसबुकबाट साभार

चुटकिला : कसरी मार्न सक्छु !

एउटा लामखुट्टे भर्खर मेरो घाँटीबाट रक्तपान गरेर भुँ भुँ गर्दै कान तिर उक्लियो..उसको संगीतको तारिफ गर्दै प्याट्ट एक ताली दिएर ठहरै पारिदिउँ कि भनेर दुवै हात उठे.. तर एक्कासी रोक्किए.. म कसरी मार्न सक्छु उसलाइ? …. !!!!! उसको त नशा नशामा मेरो रगत बगेको छ !

गजलः तिमी हाँसे जगतै हाँस्छ

कथा मिठा जिन्दगीका,बाचेर त हेर तिमी हाँसे हाँस्छ जगत, हासेर त हेर मरेपछिको स्वर्ग कसले नै पो देख्या छ ररु यहि छ स्वर्ग,यहि छ नर्क जाचेर त हेर उडि छुनु चन्द्र ,लक्ष्य लिदा भन्छन् सफलताका सपना साचेर त हेर हास्दा गजल,हेर्दा गजल, गजल नै त रहेछ जिवन संगीत मिलाई आफ्नै ताल मा नाचेर त हेर तिमी हासे हास्छ जगत ,हासेर त हेर !!

चुट्किला पढौं, खुलेर हासौंः केटाले केटीलाई यस्तो प्रश्न गरेछन् ?

केटा केटीलाई सोध्दैः तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ? केटी ः अनि के त ‘आफ्नो घरबाट लगेर तँलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने ।’ त के नाच्छस ? एजेन्सीको सहयोगबाट

चुटकिला : कुकुरको दिमाक

एकदिन एउटा कुकुरले जंगलमा बाटो बिर्सेछ त्यत्तिखेर उसले एउटा बाघ उसैतिर आउँदै गरेको देख्यो कुकुरको सातोपुत्लो उड्यो ‘आज त म पक्का मरेँ:(‘ सोचेछ त्यतिकैमा उसले आफ्नो सामुन्ने भुईँमा केहि सुकेका हड्डीहरू देख्यो अनि ऊ आउँदै गरेको बाघतिरै पिठ्युँ फर्काएर बस्यो अनि एउटा सुकेको हड्डी चुस्दै जोरजोरले बोल्न थाल्यो “वाउ ! बाघ खानुको त मजा नै अर्कै छ, एउटा बाघ अरू मिल्यो भने त पार्टी हुने थियो आज, yum yum” अनि जोरले डकार्न थाल्यो । यो देखेर बाघले सोच्यो “यो कुकुर त बाघको शिकार गर्दोरैछ, ज्यान बचाएर भाग्नुपर्‍यो” भन्दै भागेछ । यो सब तमाशा रुखमा बसेको एउटा बाँदरले हेर्दैथ्यो, उसले सोच्यो यै मौका हो म बाघलाई सबै Story भन्दिन्छु बाघसँग दोस्ती हुन्छ अनि जिन्दगीभरी ज्यानमाथि खतरा हुँदैन यति सोचेर उ बाघ भएतिर दौडेर गयो, कुकुरले बाँदरलाई जान लागेको देखिहाल्यो, उता बाँदरले गएर बाघलाई सब कुरा भनिदियो कि कसरी कुकुरले उसलाई मुर्ख बनाएको हो भनेर् बाघले गर्जिदै भन्यो ‘ए, तेसो पो ! ल हिँड मसँग अहिले गएर तेस्लाई चपाएर खाइदिन्छु’ र बाँदरलाई आफ्नो पिठ्युँमा बसाएर बाघ कुकुर भएतिर दौडियो Can u imagine the quick management by DOG ? कुकुरले बाघलाई आउँदै गरेको देखेपछि एकपटक फेरि बाघ भएतिर पिठ्युँ फर्काएर बस्यो अनि जोर जोरले कराउन थाल्यो “त्यो साले बाँदरलाई पठाएको एक घण्टा भैसक्यो साला अहिलेसम्म एउटा बाघ फसाएर ल्याउन सकेन” बाघ त टाप :p Via बच्चा देखि नै Genius छु तर पनि कहिल्यै घमण्ड गरिनँ

गजलः आमाको काखमा स्वर्ग

पुजा वागीश यदि कँही कतै निस्वार्थ प्रेम छ भने, त्यो आमाको प्रेममा छ । यदि कतै आनन्दित स्वर्ग छ भने, त्यो आमाको काँखमा छ । यदि कोही वास्तविक जीवन शिक्षा सिकाउने गुरू छ भने, त्यो आमा नै हो । यदि कतै ईश्वर छन् भने त्यो आमा नै हो ।

रमाइलाे मुक्तक : केटा र केटीः को कस्तो ?

केटा : खाउ पिउमा मख्ख केटी : आफ्नै जिउमा मख्ख । बुढीको आँखा ऐनातिर बुढाको आँखा नैनातिर । कलियुग पहिला आइमाइमा पस्यो निस्कनै सकेन त्यही फस्यो । केटीको लुगा छोटो कपाल लामो केटाको कपाल छोटो जुगा लामो । आइमाइको बुद्धी खुट्टामा पुरुषको निशाफ झुट्टामा । स्वास्नीको ओठमा लालीको थुप्रो लोग्ने मोराको ज्यानै कुप्रो । लोग्नेले कमाको बाडेर ठिक्क स्वास्नीले कमाको माग्दामाग्दै दिक्क । केटीले संसार जन्मदै चिन्छन केटाले संसार कमासी चिन्छन । केटाले सिमाना १०० मिटर तोक्छ केटीले हातैमा हतगडी ठोक्छ । बुढो बिग्रे बुढी बाङगो बुढी बिग्रे घरै नाङगो । केटाको मन केटीले बुझ केटीको मन दैवले बुझ । केटाको मन् बिग्रे रक्सीमा लत् केटीको मन् बिग्रे नाइटोमा खत् । केटाको निम्तो मेरो भोली बिहे केटीको निम्तो माइतिले दिए । केटी केटासग डगेको केटालाइ सृष्टिले नै ठगेको ।