चुट्किला : नोकर्नी र मालिकनी

नोकर्नीः मालिकनी, आज तपाई किन दुःखी हुनुहुन्छ ?

मालिकनीः तेरो मालिकको अफिशमा कसैसगँ चक्कर छ भन्ने सुनेको छु।

नोकर्नीः होइन होला, मालिकले मलाई कहाँ धोका दिनुहुन्छ र !

चुटकिला : आफ्नु आमा लाई नभन

छोरा : बुआ मैले केटि मन पराको छु ॥ बाउ : कल्लाई मनपराईस ॥ छोरा : रिता आंटि को छोरी लाई ॥ बाउ : ओ no no त्यो तेरो बहिनी पर्छ के ॥ तेरो आमा लाई नभन ल ॥ अर्को दिन छोरा: बुआ आज मैले अर्को केटि लाई मन पराए ॥ बाउ : कल्लाइ ?? छोरा : टिना आंटी को छोरी लाई लाई ॥ बाउ: ओ no no त्यो पनी तेरो बहिनी पर्छ ॥ आफ्नु आमा लाई नभन ल ॥ छोरो लाई लास्टइ रिस उठेछ अनि आमा लाई भनिदिएछ छोरा : आमा मैले जुन केटि लाई मन पराए नि बाउ ले उसको छोरी हो तेरो बहिनि पर्छ भन्छ ॥ आमा : मेरो छोरा त जल्लाई मन पराउछ तेहि संग बिहे गर ॥ उस्को टेनसन न ले त्यो तेरो बाउ हैना ॥ छोरा ठाउ को ठाउ बिहोस

चुट्किला: दुर्इ सय कमाउने उपाय

२०५३ सालको कुरा हो। म पहिलो चोटी काठमाडौं आएको थिए। त्यसताका अहिलेको जस्तो माइक्रोबस थिएन, मिनी बसमा घुइँचो हुन्थ्यो । एकदिन म अफिस जाने बेलामा घरबेटी साहुनीको छोरी पनि मसँगै जाने भनेर निस्की । मेरो अफिस उसको स्कुल जाने बाटो भएर जानुपर्थ्यो । हामी एउटै बसमा चढ्यौ । बसको ढोकाबाट छिरेको मात्र थियौ कि सररर हावा चल्यो र हावाले साहुनीको छोरीको फ्रक पुरैमाथि उठाईदियो । आम्मै उसले त पेन्टी नै नलगाएको रहिछे । बसमा भएको सबै दंग परे, म पनि चुप । ड्राइभर दाईले कर्‍याक्क गर्दै २ सयको नोट निकालेर भन्यो,’ बहिनी ल पेन्टी किनेर लगाउ ।’ केटी रमाउदै,’ थ्यांङ्क्यु’ भनी । भोलिपल्ट सायद उसले आमालाई भनेछ क्यार, २ सय कमाउने विचारले आमा पनि विना पेन्टी निस्की, हावा पनि चल्यो, फ्रक पनि उडायो ड्राइभर दाईले कर्‍याक्क गर्दै २ रुपैयाँको नोट झिकी भन्यो,’ दिदी लिनुहोस् ब्लेड किनेर खुरकेर फाल्नुहोस्’ ।

‘हिजो र आजका कथा’ प्रकाशित

काठमाडौँ । ‘हिजो र आजका कथा’ नामक कथा सङ्ग्रह बजारमा आएको छ । साहित्यकार विमल भौकाजीद्वारा सम्पादित सो सङ्ग्रहमा नेपाली साहित्यका २० स्थापित कथाकारका दुई दुई कथा छन् । डिकुरा पब्लिकेशनद्वारा प्रकाशित २९४ पृष्ठमा भुवन ढुङ्गाना, मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम, माया ठकुरी, लक्ष्मण राजवंशी, भागीरथी श्रेष्ठ, भाउपन्थी, मञ्जु काँचुली, मनु ब्राजाकी, विश्वम्भर चञ्चल, परशु प्रधान, पद्मावती सिंह, चन्द्रकला नेवा, धु्रव सापकोटा, अनिता तुलाधर, बाबा न्यौपाने, राजेन्द्र विमल, राजेन्द्र थापा, शैलेन्द्र साकार र हरि अधिकारीका कथा छापिएका छन् । नेपाली साहित्यमा कथा लोकप्रिय विधामै पर्छ । गुरmप्रसाद मैनालीलाई नेपाली कथाको आदर्श मानिन्छ । क्रमशः पुष्करशम्शेर, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षुलगायत कथाकारले कथा प्रवद्र्धनमा ठूलो टेवा दिए । पुस्तकमा छापिएर चर्चा कमाइसकेका र लोकप्रिय भइसकेका कथा समाविष्ट छन् जसका कथाकार हिजो र आजसम्म पनि क्रियाशील छन् । तिनको यही क्रियाशीलताको तस्वीर सो सङ्ग्रह रहेको कृतिका सम्पादक विमल भौकाजीले बताउनुभयो । “खास गरेर कोही समीक्षक वा समालोचकले कुनै कथाको विषयमा लेखिइिसकेपछि वा बोलिदिइसकेपछि मात्र त्यसलाई पाठकले पढ्ने प्रचलन मौलाइरहेको स्थिति छ । हामीले यो कथासङ्ग्रह मार्फत पाठकलाई अलिक भिन्नै बाटो हिँडाउने प्रयास गरेका छौँ, ताकी समीक्षक–समालोचकले थोपरेको बाध्यताबाट पाठक वर्ग मुक्त होस्”, उहाँले भन्नुभयो । पुस्तकको मूल्य रु ४४५ छ । रासस

चुटकिला : एकजना मान्छे अत्ति नै झ्याप

एकजना मान्छे अत्ति नै झ्याप हुन्छ . उ हिड्न खोज्दा ध्याम्मै अनुहार भुइमा तास्सिने गरी खस्छ. उ सुत्दै, लड्दै, हातको सहायताले घर पुग्छ. घर पुग्ने बितिक्कै उसको बुढीले भन्छ – तिमीले फेरी कुकुरको झोल खाएर आयौ !!?!! ट्वाके बुढा – कसरी थाहा पायौ? बुढी – तिमीले आफ्नो बैशाखी भट्टीमा छोडेर आयौ !!

कविताः ढल्को

बलराम तिमिल्सिना ‘विप्लव’ फूलजस्तै फक्रिएर खै त हाँसे ओठहरू जस्तापाता टल्काएर रमाए खै गोठहरू ! अनि पो त नयाँ वर्ष भनी मान गर्न मिल्छ धून धपाउँन सक्यो भने थोत्रा खोटहरू ! उही दुख उही दर्द उही सास्ती जिन्दगीमा झुपडीलाई हियाउँदै फूर्ती गर्छन् नोटहरू ! म कसरी हाँसौं साथी कसरी रमाऊँ खै सवै सवै विगतका पैंचो बोकी चोटहरू ! घर घर दाल भात डेलिभरी गर्छु भन्थे ऐले सोच्छु कठैबरा खेर गए भोटहरू ! भुट मकै साँध गुन्द्रुक सार मोही चिसो बर्गर र पिजासँग हाँस्न देऊ कोटहरू ! कहाँ आयो नयाँ वर्ष देख्दिनँ त कतै पनि भयो हल्ला बन्द गर असतीका बोटहरू !

चुटकिला : सुन्दरता या समझदारी

पत्नीले पतिसंग सोधिन्ः तपाईलाई मेरो के राम्रो लाग्छ- मेरो सुन्दरता कि समझदारी ? ‘मलाई त तिम्रो ठट्टा गर्ने बांनी राम्रो लाग्छ’ पतिले जवाफ दियो ।

के हो त वास्तवमै फेसबुकको दानापानी ?

नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाबुको अनुहार भनेजस्तो नचलाए नि सुख छैन चलाएपनि काम छैन भनेको जस्तो भैसक्यो फेसबुक । कहिलेकाहीँ आफु जति बिरामी भएपनि फेसबुक नखोली चित्तै बुझ्दैन । अझ हामीमध्ये कतिपयले त बिरामी हुनुभन्दा अगाडि नै बिरामी भएको खबर सार्वजनिक पनि गर्ने गर्छौं र पछाडि बिरामी हुन्छौं । करोडौँको संख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा छन् । सम्झना पौडेल मेरो फेसबुक भोकायो लौन दाना हाल्देउ फेसबुकको बारेमा टिप्पणी गर्नु भन्दा पहिले यसको थोरै जानकारी गराउन उचित ठाने। फेसबुकको आविष्कार मार्क जुकर्वर्गले फेब्रुअरी ४ ,२००४ मा गरेका थिए । जसमा फेसबुक लाइ नेपालीमा रुपान्तरण गर्दा अनुहार पुस्तिका भन्ने हुन्छ । आज प्रायः जसो प्रत्येक नेपाली युवाको हात हातमा यो मुहार पुस्तिका छ । झनै यसले मानिसलाई धेरै फराकिलो गहिरो बनाइ दिएको छ कि यसको नसा लागेपछि मान्छेले भात खानै छाड्छ । अब कसरी भन्नुहुन्छ भने तल पढ्दै जानुहोस मेरो आफनै जीवन भोगार्इ अनुभव र फेसबुकमा भेटिएका साथीहरुको बारेमा केलाएकी छु । सदाझैं मलार्इ त्यो दिन फेसबुक चलाउन नपाउँदा कता कता के छुटेको के छुटेको जस्तो आभाष भइरहेको थियो। कारण त्यो दिन बत्तिपनि थिएन वाइफाइ चल्ने कुरै भएन मोबाइलमा ब्यालेन्स पनि सकिएको थियो अलि बिरामी पनि भएकोले पसलसम्म जान मन पनि लागेन मलाई । लाग्यो त्यतिबेला साँच्चै मेरो फेसबुक भोकाएको छ । सायद फेसबुक नपाएर म भोकाएको थिए या फेसबुक मेरो अनुपस्थितिमा भोकाएको थियो, त्यो भने कि उसलाई कि मलाई थाहा होला । मेरा मनमा एका एक कुरा खेल्न थाले । मलाई लाग्दैछ यति बेला मेरो फेसबुक साँच्चै भोकाएको छ । सुन्दा तपाइलाई लाग्न सक्ला के फेसबुकले पनि मान्छेको जस्तै चिया, नास्ता, खाना, खाजा गर्छ कि फेसबुकलाई पनि गाई बस्तुको जस्तो घाँसपात दानापानी हाल्नुपर्छ किनकी फेसबुक त निर्जीव हो । त्यसलाई चलाउने, खेलाउने, जिस्काउने, माया गर्ने हामी सजीव हौं । सम्झना पौडेल मलाई मात्र हैन यो कुरा तपाइलाई पनि थाहा छ । फेसबुक आफैं बोल्न सक्दैन, लेख्न सक्दैन, हिँड्न सक्दैन । विचराको न त हात छ न खुट्टा छ । न त चपाउने दाँत छ न त बोल्नलाई मुख छ । न त सुँघ्नलाई नाक छ न सुन्नलाई कान नै छ । बिचराको केही छैन तर पनि ऊ हामी भन्दा निकै माथि छ । हाम्रो असल मित्र बनेको छ । हाम्रो हरेक गतिबिधिमा उसको सहभागिता अनिवार्य छ । हामी सजिव प्राणी भएकै कारण हाम्रो आफ्नो जीवन एक्लै व्यतित गर्न सक्दैनौ । त्यतिकैमा दिदी पनि अफिसबाट आइपुग्नुभयो अनि बिरामी मान्छे नसुतेर किन टोलाएर बसेको भन्नुभयो म दिदीको प्रश्नले लाचार भए । कारण मसँग कुनै जवाफ थिएन । फेरि म आनाकानी गर्दै दिदीलाई केही भन्न खोजेथे । दिदीले बुझेर सोध्नुभयो,के भयो के भन्न खोज्दै छौं र मैले फ्याट्टै भने दिदी मेरो फेसबुक भोकायो लौन दानापानी हाल्नुपर्यो मेरो कुराले दिदी अकमक्क पर्नुभयो । यो के भनेको भन्दा मैले भने- ‘हो, दिदी हामीलाई जसरी बिहान उठ्ने बितिकै चियानास्ता चाहिन्छ, भोक लागेको बेलामा खानेकुरा चाहिन्छ त्यस्तै माछा, मासु, सागसब्जी इत्यादि खानेकुराको समिश्रणबाटै हाम्रो शरीर स्वस्थ र तन्दुरुस्थ बन्दछ त्यसरी नै फेसबुकलाई पनि जिवन्तता दिन विविध कुराहरुको आवश्यकता पर्दछ । आज ३ दिन भो म बिरामी भएदेखिको फेसबुकमा कुनै स्टाटस राख्न पाएको छैन । मेरा मनका अनेकौ विचारहरु फुरेका छन, त्यसै ओइलाउनु भन्दा उसको पेट भर्नु जाति हो । कुनै पनि मित्रहरुको स्टाटसमा कमेन्ट ठोक्न पाएको छैन । बरु म म्यासेज कसैलाई गर्दिनँ । तर, मेरा मनमा जागेका केही विचारको स्वादहरु मेरो आत्मीय मित्रहरुमाझ पस्कन चाहान्छु अनि त दिदीले रिचार्ज नै ल्याएर हाल्दिनुभयो । अनि म खुसी भएँ र भोकाएको फेसबुकको पेट भर्न तर्फ लागे । फेसबुकप्रति हामी यति आकर्षित भएका छौँ कि हामी फेसबुकबिना आफ्नो जीवन नै अधुरो रहेको मान्न थाल्छौं । कैयौँ लुटिन्छन यहाँ, केही छुटिन्छन् यहाँ । गलेका, टुटेका, छुटेका भेटिन्छन् यहाँ । बुझक्की जस्तै बन्यो भने, लागेका दाग मेटिन्छ्न यहाँ । कोही तिर्खाएको हुन्छ कोही भोकाएको, अनेकथरि थकान मेटिन्छ यहाँ । कोही रुनेहरु कोही हाँस्नेहरु, अनेकथरि देखिन्छन यहाँ, कोही माफ माग्ने, कोही माफ दिने, मनभित्रका अन्तर दोष भावहरु मेटिन्छन् यहाँ, कोही बाठो, बुझ्ने हुन्छन्, सूचना, विचार, धारणाहरू पोखिन्छ यहाँ । नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाबुको अनुहार भनेजस्तो नचलाए नि सुख छैन चलाएपनि काम छैन भनेको जस्तो भैसक्यो फेसबुक । कहिलेकाहीँ आफु जति बिरामी भएपनि फेसबुक नखोली चित्तै बुझ्दैन । अझ हामीमध्ये कतिपयले त बिरामी हुनुभन्दा अगाडि नै बिरामी भएको खबर सार्वजनिक पनि गर्ने गर्छौं र पछाडि बिरामी हुन्छौं । करोडौँको संख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा छन् । हुन त वभिन्न भौगोलिक अवस्थामा रहेको एउटा बन्द कोठा जस्तो परिधिमा रहेका मानिसहरुलाई खुल्ला र फराकिलो स्वतन्त्र चिन्तन विवेकका साथ आ-आफ्नै मातृभाषामा संचारको स्थापना गराउने काम गरेको छ, फेसबुकले । यसले संञ्चारको साधनमध्ये सबैभन्दा चाँडो सूचना दिने काम गरेको पाइन्छ । एक-अर्काबीच सूचना, विचार, धारणाहरू, जानकारीहरू साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रिया हो फेसबुक । फेसबुकमा लिखित, मौखिक, श्रब्यदृश्य वा साङ्केतिक अर्थहहरु रहेका हुन्छन । जस्को माम्यमबाट हामीले संचार गर्ने गरेका छौं । हामीले फेसबुक मार्फत सुनेर, लेखेर, देखेर, सहभागिता जनाउने गरेका छौं । हरेक विषयवस्तुलाई सन्देश वा जानकारीको रूपमा प्रकाशन वा प्रसारण गर्ने प्रक्रियालाई आमसंचार भन्दै आएको बेलामा फेसबुकले भने सामाजिक संजालको रुपमा आफनो संजाल संसारभर फैलाउन सफल भएको छ । यिनै विभिन्न यन्त्रहरुका माध्यम बाट थुप्रै सामाजिक संजालहरु आउन थालेका छन् र प्रयोग भइ रहेका छन् । जसरी व्यक्ति व्यक्ति मिलेर समाजको संरचना निमार्ण भएको छ । जसमा अनेकौं थरिका मानिसहरु छन उनीहरुको आ आफनै जीवनशैली, भोगाइ र मनका भावहरु छन् त्यसरी नै पत्येक व्यक्तिको फेसबुकबाट समाजको पत्येक अंगमा ढाकेको भन्दा फरक नपर्ला । यस पृथ्वीको सृष्टि कालदेखि नै जैविक अजैविक वा भौतिक बस्तुहरुमा सकारात्मक र नकारात्मक चिज बोकेर आएको देखिन्छ । त्यसैले हाम्रो गाउँघर समाजमा एउटा टुक्का प्रचलनमा आएको हुनु पर्छ “जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँडू यहि वाक्यमा निर्भर हुँदै आएको देखिन्छ यो फेसबुकमा । कैयौँ लुटिन्छन यहाँ, केही छुटिन्छन् यहाँ । गलेका, टुटेका, छुटेका भेटिन्छन् यहाँ । बुझक्की जस्तै बन्यो भने, लागेका दाग मेटिन्छ्न यहाँ । कोही तिर्खाएको हुन्छ कोही भोकाएको, अनेकथरि थकान मेटिन्छ यहाँ । कोही रुनेहरु कोही हाँस्नेहरु, अनेकथरि देखिन्छन यहाँ, कोही माफ माग्ने, कोही माफ दिने, मनभित्रका अन्तर दोष भावहरु मेटिन्छन् यहाँ, कोही बाठो, बुझ्ने हुन्छन्, सूचना, विचार, धारणाहरू पोखिन्छ यहाँ । कोही जिस्काउँछन् कोही थर्काउछन्, अनेक तरिकाको बात हुन्छ यहाँ । साँच्चै पत्तो नपाएरै होला, चलाउँदा चलाउँदै रात हुन्छ यहाँ ती पिउने भट्टीहरु भुलेका छन् कोही पढ्दै लेख्दै फुर्दै स्टाटसमा खुलेका छन् कोही सिकारी बनि प्रत्येकका मन मस्तिष्कमा डुलेका छन् । यसैगरी चलेका छन् नेपाली बजारमा फेसबुक यहाँ राजनीतिज्ञदेखि ब्यापारीसम्म, कलादेखि साहित्यसम्म साधारण सरल सोंचदेखि जीवनयापनसम्म दलालदेखि भ्रष्टाचारीसम्म सज्जनदेखि अपराधीसम्म यो फेसबुकको फाइदा र बेफाइदा गहिरिएर हेर्दा कति अनन्त छ । नोट : लेखिका पौडेलले दानापानी भनेर फेसबुकमा हामीले राख्ने स्टाटस, फोटो ,कमेन्ट, लाइक तथा कुराकानी जस्ता बिषयबस्तुलाई भन्न खोजेकी हुन् ।

चुटकिला : केटा हाँस्यो भने

यदि कक्षामा केटा हाँस्यो भने शिक्षक: किन दाँत देखाइराछस् । बढी हल्ला गर्ने होइन फेरी क्लासबाट निकालि दिन्छु । . . यदि केटी हाँसी भने शिक्षकः -“के हो खुबै हाँसो लागे जस्तो छ नि। हामी पनि हाँसौं न, कुरो के हो ?”

चुट्किला : बाठी बुडी

शेरेकी श्रीमती : बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो, शेरेः लौ मरिछे, अनि ….अनि के गरिस त ? श्रीमतीः अनि के गर्नु नि हिजो अस्ति जे गर्थें त्यही गरें नि…..जेठाजु जस्तो मान्छे आउँदा…..हत्त न पत्त तौलिया फुकालेर टाउको छोपे नि,….म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ….!”

चुटकिला : विबाह पछी सेरे

बिबाह अघी- प्रेमीकाले प्रेमिसंग: चन्द्रमा कतिवटा छन्? प्रेमी: दुइवटा प्रिय, एउटा मसंगै छ एउटा आकासमा| बिबाह पछी- पत्नी: चन्द्रमा../..कतिवटा छन्? . . . . . . . पति: आखा छैनन्, एउटै हुन्छ| माथि आकाशमा देख्दिनस, तेरा बाजेले टर्च लाइट बालेर बसेका हुन् र

नेपाली कवि अञ्जान भारतमा सम्मानित

छिमेकी राष्ट्र भारतको असाम राज्य स्थित दुनियाजान कला – साहित्य मञ्चद्वारा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलन यही मार्च ३१ र अप्रिल १ मा दुई दिवसीय बृहत् कवि सम्मेलन सम्पन्न भयो । नेपाल ,म्यानमार र भारतको विभिन्न प्रान्तबाट सहभागीता भएको उक्त कार्यक्रममा नेपाली भाषा,कला,साहित्य र सँस्कृतीमा लामो समयदेखि सेवारत साहित्यकारहरूको उल्लेख्य सहभागीता रहेको थियोे । असाम राज्यको तीनसुकिया स्थित डिपबोइमा सञ्चालन भएको उक्त कार्यक्रममा दुलियाजान कला साहित्य मञ्चबाट प्रकाशनहुदै आएको साहित्य पत्रिका अभिब्यक्तिको रजत अङ्क, टिकाराम ढुङ्गेल रटनद्वारा लिखित आधा दर्जन कृतिको एक साथ बिमोचन समेत भएको थियो । दुई सत्रमा बिभाजित कार्यक्रमको पहिलो चरणमा असामको पर्यटकीय क्षेत्र ,धार्मिक स्थल र अौधोगिक नगरीको अबलोकन भ्रमण गराइएको थियोे भने दोस्रो चरणमा कविता वाचन,स्रष्टा सम्मान र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।सो कार्यक्रममा नेपालका तर्फबाट दाङ,चितवन ,नवलपरासी ,पर्वत र मकवानपुरका साहित्यकारहरूको प्रतिनिधित्व थियो । नेपाली भाषा,साहित्यका क्षेत्रमा योगदान पुन्याउनु भएका दाङका छविकिरण वली, नवलपरासीका सदानन्द अभागी,लोकराज खराल,चितवनका गोर्खे साइलो,केशवराज आमोदी,मिरा तिमल्सिना ,पर्वतका शान्तिनारायण श्रेष्ठ ,डि आर शर्मा र मकवानपुरका बिर्खे अञ्जानलाइ सँस्थाले सम्मानित गरेको थियो उत्तरी मकवानपुरमा बसेर सँस्थागत साहित्यको बिकासमा सक्रिय कवि अञ्जानका शल्यक्रिया समालोचना ग्रन्थ र अवसान सपना कविता सङ्ग्रह प्रकाशित छन । भारतमा बसोबास गर्ने नेपाली मुलका साहित्यकारहरूद्वारा स्थापना भएको सो सँस्थाले भारतमा नयाँ तरङ्ग पैदा गरेको सहभागीलाईहरूले जनाए ।

चुटकिला : आइतेको तुजुक

******आइते****** ज्योतिष : तिम्रो जिन्दगी मा १२ जना महिला आउनेछन । आइते खुशी हुँदै ५०० रु दिदै : धन्यवाद गुरु ! क्या मज्जाको life रैछ मेरो त ! ज्योतिष : धेरै खुसी नहोउ एउटी बुढी अनि ११ जना छोरी हुनेछन ।

प्रगतिवादी साहित्यकार खनाल सम्मानित

काठमाडौँ, चैत १७ । नेपाल वाङमय परिषद्‍, धनगढीले शनिवार दिउँसो राजधानीमा एक समारोहका बीच साहित्यकार हरिहर खनाललाई ‘नेपाली वाङमय साधना सम्मान’ प्रदान गरेको छ । प्रमुख अतिथि मोहन दुवाल, अतिथि प्राज्ञ मातृका पोखरेल र सभाध्यक्ष डा. पुष्करराज भट्टको हातबाट प्रदान गरिएको उक्त सम्मानको राशी रू. दस हजार एक नगद रहेको छ । कार्यक्रममा उपस्थितहरूको स्वागत तिलकबहादुर सिंहले गरेका थिए भने लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, त्रिपुर साहित्य समाजका अध्यक्ष महेश प्रसाईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसरी नै प्रा. तेजविलास अधिकारीले सम्मानित व्यक्तित्त्वबारे विस्तृत प्रकाश पारेका थिए । भुवन बोहराको उद्‍घोषणमा संचालित कार्यक्रममा करीब तीन दर्जन जति साहित्यकारहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व परिषदका अध्यक्ष डा. पुष्करराज भट्टद्वारा गरिएको थियो । यसअघि दुई पटक उतै धनगढ़ीमै सम्मान प्रदान गरिएको थियो भने यो वर्ष नेपाल वाङमय परिषद राजधानी प्रवेश गरेको हो । खनाल विशेषतः नेपाली साहित्यमा कथाकारका रुपमा परिचित छन् । उनले रचनामार्फत सामाजिक परिवर्तन र संस्कृतिक रुपन्तरणका विषयहरुलाई दृढताका साथ प्रस्तुत गर्दै आएका छन् । प्रगतिवादी साहित्यको क्षेत्रमा आफ्नो विशिष्ठ स्थान बनाइसकेका खनाल हाल साझा प्रकाशनको सञ्चालक समितिका सदस्य रहेका छन् ।

 चुटकिला : मुटुको राजिनामा

एउटा नेता बिरामी भएछ । डाक्टरले उसको परिक्ष्यण गरेछ र नेताले रिपोर्ट माग्न जादा डाक्टरलाई भनेछ : डाक्टर साहब मलाई मैले बुझ्ने भाषामा भन्नुस् कि मलाई के भएको हो ?? यो सुनेर डाक्टरले भनेछ : चामलको कुटनीतिको कारण मल पेटमा नै जम्मा भयो , जसले धेरै समस्याको चेतावनी दिईरहेको छ , फोक्सोले झुठो आश्वासन दिईरहेको छ र मुटुले चाडैनै रानीनामा दिनु आटेको छ ।

राजवको लघुकथा: फस्ट ग्रेडको ब्राह्मण

कुनै कम्युनष्ट देशमा अन्तरराष्ट्रीय कम्युनिष्ट पार्टीहरूको सम्मेलन चलेको थियो । नेपालका तर्फबाट दुई कम्युनिष्ट पार्टीका पाँच नेताहरूले भाग लिएका थिए । नेपालका तर्फबाट भाग लिने सहभागीहरू पार्टिको पोलिटव्युरो र केन्द्रीय कमिटिका सदस्यहरू नै थिए । तीमध्ये तीन बाहुन थिए । बाँकी दुई अरू नै जातका थिए । सम्मेलनको पहिलो साँझको रात्रीभोजमा अरू सभागीले झैँ आआफ्नू गिलासको स्कचको चुस्की लिँदै भारतीय कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य उपलेन्द्रनाथ चट्टोपाध्यायले नेपाल कम्युनिष्ट पार्टीको पोलिटव्युरो सदस्य खिलप्रसाद उपाध्यायसँग सोध्छ— “उपाध्यायजी तपाईं ब्राह्मण हैन ?” “हो ।” कमरेड खिलप्रसाद सगर्व भन्छ । कमरेड चट्टोपाध्याय कमरेड खिलप्रसादसँग अलि पर एक युरोपियन कम्युनिष्ट पार्टिको प्रतिनिधिसँग गफमा मग्न भइरहेको खिलप्रसादकै पार्टीको केन्द्रीय सदस्य कृपासुर शर्मालाई देखाउँदै फेरि उत्सुक सोध्छ— “उहाँ तपाईंकै….. ?” “हो, तर उहाँ केन्द्रीय सदस्यमात्र हो ।” चट्टोपाध्यायको प्रश्न नटुँग्गिदै खिलप्रसाद झट्ट भन्छ । “मेरो भनाइ के भने उहाँ पनि ब्राम्हण नै हुनुहुँदोरहेछ हैन ?” “हो तर उहाँ जैशी हो ।” “भन्नाले ?” चट्टोपाध्याय उत्सुक हुन्छ । “भन्नाले के भने, उहाँले तपाईंसँग ब्राम्हण हुँ भत्रुभयो होला, तर उहाँ सेकेण्ड ग्रेडको ब्राम्हण हो, त्यस्तो ब्राम्हणलाई हामी जैशी भन्छौँ ।” “ए, पार्टीको पोजिसनझैँ जातमा पनि तपाईं उहाँभन्दा माथि हुनुहुँदोरहेछ ।” गर्वले “ ओ, यस यस ।” भन्दै खिलप्रसाद चट्टोपाध्यायसँग फेरि सोध्छ—“तपाईंकहाँ पनि सेकेण्ड ग्रेडका होलान् नि !” “छन्, छन् ।” भन्दै कमरेड चट्टोपाध्याय भन्छ— “तर चट्टोपाध्यायहरू सबै फस्ट ग्रेडकै ब्राम्हण हुन् ।” स्रोत: अनलाइनसाहित्य