नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति लिइएको बताएका छन्।

नेपाल–युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका हुन्।

“सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा दिने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँछ, आर्थिक विस्तारमा सहयोग गर्छ ।” 

गत महिना सफलतापूर्वक सम्पन्न लगानी–२०२४ मा विश्वका ५० भन्दा बढी देशहरूको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय समुदाय नेपालमा लगानी ल्याउन उत्सुक छ भन्ने सन्देश प्रवाह भएको बताए। वैदेशिक लगानी भित्र्याउने नेपालको सत्प्रयासमा युरोपेली सङ्घका सदस्य मुलुकहरूसँग थप सहकार्य गर्न नेपाल तत्पर रहेको उनले बताए।

नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको वर्गबाट स्तरोउन्नती हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यी लक्ष्य पूरा गर्नका लागि विदेशी साझेदारहरूबाट पर्याप्त मात्रामा लगानी र आवश्यक प्रविधि हस्तान्तरण हुनुपर्ने आवश्यकता औँल्याए । 

सरकारले रु। ५० करोडसम्मका प्रत्यक्ष वैदेशिक लगानीका आवेदनका लागि हालै ‘स्वचालित रुट’ सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले यस सुरुआतसँगै  नेपालमा व्यवस्थापकीय दक्ष्यता र पूँजी भित्रिने विश्वास व्यक्त गरे ।

“हामीले स्वचालित मार्गमार्फत प्राप्त लगानीका केही आवेदनहरू र स्वीकृत गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “अन्तर्राष्ट्रिय साझेदारमार्फत हाम्रा प्रयासहरूलाई बलियो बनाउन खोजिरहेका छौँ, यसले नेपालमा पुँजी मात्र होइन प्राविधिक र व्यवस्थापकीय विशेषज्ञता पनि ल्याउनेछ ।”

वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यवहारिक हुने हरित अर्थव्यवस्थालाई नेपाल सरकारले प्राथमिकता दिएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले नवीकरणीय ऊर्जा परियोजनाहरूको प्रवर्द्धन, दिगो कृषि अभ्यासहरू वातावरणीय लक्ष्य प्राप्तिमा लक्षित गतिविधि भएको बताए।

“हाम्रा विकासका गतिविधिहरू राष्ट्रिय हित र विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग मिल्दाजुल्दा छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल पेरिस सम्झौताप्रति सधैँ प्रतिबद्ध छ, हाम्रा विकास योजना र कार्यक्रमहरूमा जलवायु कार्यलाई सक्रियरूपमा समावेश गर्दै आएको छौँ ।” स्रोत र क्षमताको अन्तर र जलवायु परिवर्तनले निम्त्याएका निरन्तरका चुनौतीका बाबजुद पनि नेपाल सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध रहेको उनले बताए।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज सकिदैछ। ललितपुरको बालकुमारीमा मंगलबार सुरु भएको बैठक आज बिहान ११ बजे बस्नेछ । मंगलबारको बैठकमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन, सम्मानीत नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन तथा महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।प्रस्तुत प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुलाई विभिन्न १२ समूह बनाएर छलफल भइरहेको छ। समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि त्यसलाई अन्तिम रुप दिएर आजै बैठक सक्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ।एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असार १० देखि १६ गतेसम्म काठमाडौंमा हुँदैछ।

हरित रोजगारीमा कोरियाले सहयोग गर्ने, ९८ लाख डलर सहायता घोषणा

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय ९कोइका०मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०मार्फत सञ्चालन हुनेछ । त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गरे । राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश रहेको बताए ।

नीति तथा कार्यक्रम परम्परागत भएको कांग्रेसको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ ।  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका हुन् । उनले सरकारको कार्यक्रममा कुनै उत्साह नदेखिएको धारणा राखे । सहकारी प्रकरणमा पीडितलाई न्यायका साथै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता नआएको जिकिर गरे । सरकार सहकारी पीडितहरूको मर्काप्रति संवेदनशील नरहेको उनको भनाइ छ ।  उनले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्त्वपूर्ण विषय छुटेको बताए ।

साझेदारीमा बनाइने, कीर्तिपुरलाई स्तरोन्नति गरिने

काठमाडौं । सरकारले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाउने भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्ध रंगशाला तीनवटै तहका सरकारको साझेदारीमा अघि बढाइने बताएका हुन् । “चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निमार्ण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ । कीर्तिपुर रंगशालाको स्तरोन्नतिसहित थप निमार्ण कार्य प्राथमिकताका साथ अघि बढाइनेछ,” राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत, हेर्नुहोस् पूर्णपाठ

  काठमाडौं । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । मङ्गलबार दिउँसो ३ बजेबाट सुरु भएको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले ‘राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने’ भन्दै कृषि, सूचना प्रविधि र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै ‘डिजिटलाइजेसन र कृषिमा लगानी दशक’ घोषणा गरेको छ ।  हेर्नुहोस् पूर्णपाठ

सरकारले घोषणा गर्‍यो सूचना प्रविधिको दशक

काठमाडौं । सरकारले अबको दशकलाई सूचना प्रविधिको दशक घोषणा गरेको छ । मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । सरकारको नीति तथा कार्यक्रम अनुसार सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारको रूपमा लिई सामाजिक आर्थिक रूपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने भएको हो । 'सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकसित गरिनेछ,' नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति पौडेलले भनेका छन् ।

ड्राइभिङ लाइसेन्स, पासपोर्ट लगायतको छपाइ नेपालमै गरिने

  काठमाडौं । सरकारले ड्राइभिङ लाइसेन्स, पासपोर्ट लगायतको छपाइ नेपालमै गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालमै अत्याधुनिक गुणस्तरीय सुरक्षण मुद्रणको व्यवस्था गरिने बताएका हुन्। 'अत्याधुनिक गुणस्तरीय सुरक्षण मुद्रणको व्यवस्था गरी अन्तःशुल्क स्टिकर, हुलाक टिकट, सवारी चालक अनुमतिपत्र, राहदानी जस्ता सुरक्षण मुद्रण स्वदेशमै हुने प्रबन्ध मिलाइनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै हुलाक सेवालाई पुनर्संरचना गरी सूचना प्रविधिमैत्री बनाउँदै विद्युतीय व्यापारसँग आबद्धता गर्ने नीति पनि ल्याइएको छ ।

सातै प्रदेशमा आईटी वर्क स्टेसन बन्ने, ५ हजारले रोजगारी पाउने

काठमाडौं । सरकारले देशका विभिन्न आठ स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालनमा ल्याउने भएको छ । मङ्गलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । सङ्घीय संसद्‌को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालनमा ल्याइने बताए । उनका अनुसार यसबाट कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिनेछ ।

गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने

  काठमाडौं। सरकारले गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुह्लो उपलब्ध गराउने बताए। 

गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने

  काठमाडौं। सरकारले गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुह्लो उपलब्ध गराउने बताए। 

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गरिने

काठमाडौं। सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गरिने बताए। उनले पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गरिने बताए। उनले ग्रड हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बताए। उनले राष्ट्रिय संस्कृति नीति कार्यन्वयनमा ल्याइने बताए।

टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा

काठमाडौं। तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले पहाडी भू–भागका स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने बताए। उनले पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गरिने बताए। उनले ग्रड हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बताए। उनले राष्ट्रिय संस्कृति नीति कार्यन्वयनमा ल्याइने बताए।

युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने बताएका छन्। सङ्घीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले युवा स्वरोजगार बताउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। 

सरकारले पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने

काठमाडौं । सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए। उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबिच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताए।उनले तीन लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिँचाइ परियोजना निर्माणमा जोड दिने बताए। उनले सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताए।उनले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने समेत बताए । 

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (तस्बिर)

काठमाडौँ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । मङ्गलबार दिउँसो ३ बजेबाट सुरु भएको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।