‘तिमीहरु नेपालीलाई यही मारेर बालुवामा फ्याँकिदिन्छु भन्ने कपिलबाट मुक्त भए १० नेपाली युवाहरु

सुनौलो सपना बोकेर वैदेशिक रोजगारका लागि एक वर्ष अघि साउदी अरब पुगेका १० जना नेपालीहरु आज यमराज जस्तो मालिकबाटज्यान जोगाएर स्वदेश फर्कन सफल भएका छन् ।

लक्की एचआर मेनपावर कम्पनीबाट गत सालको जुलाईमा साउदी अरबको सलमान हसन अल मार्थु कम्पनीमा पठाइएका ती युवाहरुयमराज जस्ता कपिल ९मालिक०को पञ्जाबाट ज्यान जोगाउनु नै ठुलो कुरा सम्झेर आज विहान ९ बजे साउदी अरबबाट एयर अरबिया जहाजमार्फत नेपाल फर्केका हुन । आज राती ८।३० बजे नेपाली भूमिमा अवतरण गर्ने छन् । उनीहरुलाई नेपाली साझा मंच र साथी अभियानकोसक्रियता र समन्वयमा नेपाली राजदुतावासका स्थानीय कर्मचारी हरि घिमिरेले आउटपास र एक्जिट भिसा मंगलबार दिलाएपछि रमेनपावर कम्पनीले टिकट उपलब्ध गराएपछि उनीहरु नेपाल फर्कन पाएका हुन् ।

ती युवाहरुका अनुसार साउदी अरबको कतिफक्षेत्र अन्तर्गतको अवमियामा राखिएका उनीहरुलाई पुगेकै दिनदेखि दुई दिनमा एक छाकमात्रै खाना दिने र बोलेमा कुटपिट गर्ने र पेस्तोल देखाएर ूतिमीहरु नेपालीलाई यही मारेर बालुवामा फ्याँकिदिन्छु१ू भनि कपिलले बारम्बारधम्की दिने गरेका थिए । तीन जना कपिल रहेको र उनीहरुको घरमा काम लगाउने साथै कुटपिट गरिरहने गर्दथे । त्यस्तो उत्पीडन सहननसकेर उनीहरु आफूले पाउनु पर्ने ७ महिनाको तलब माया मारेर फर्केका हुन ।

गत विहिबार १ बजे राती कपिलले उनीहरुलाई राखेको अवमियाको मजरामा आई मेनपावरलाई किन खबर गरिस्, काम गर्न जान्छेस् किजान्नस् भनि सोध्दा खाना र तलब नदिएसम्म जानौ भनेपछि कुटपिट गरेर “तेरो नेपाल जाने बाटो यही हो, जता जान्छेस् जा । फर्केर आईस्भनेर मारेर फालिदिन्छु” भनेर पेस्तोल देखाएर केहीलाई अज्ञात स्थलमा पुराई छाडेर अलपत्र पारिएको थियो । त्यसपश्चात् उनीहरु शुक्रबारविहान अन्य व्यक्तिको साहारा र मंचका साथीहरुको सल्लाहमा दम्मामको सिको गार्डेन पुगेका थिए । मंचका साउदी संयोजक कृष्ण पुरीलेउनीहरुलाई खान बस्नका लागि मेनपावरका कापरीसंग समन्वय गरेर त्यहाँ व्यवस्था गरेका थिए ।

तलब माग्यो कि कुट्ने र मार्ने धम्की

एक वर्ष अघिदेखि चरम शोषण र उत्पीडन गरेर बँधुवा मजदुर बनाएका उनीहरुलाई कुटपिट गरेर लखेटेको त्यस कम्पनीले उल्टो कम्पनीछाडेर भागेको आरोप ९हुरुप० लगाई भगौडा करार गरिदिएका कारण उनीहरुले पाउनु पर्ने पारिश्रमिकका लागि न्याय खोज्न पनि सकेनन् ।

स्थानीय कर्मचारी घिमिरेका अनुसार उनीहरुले पारिश्रमिक पाउन मुद्दा लड्नु पर्ने र सोको फैसला हुन ७–८ महिना लाग्ने गर्दछ ।

“हाम्रा नेपालीहरुले बेर्खची भएर त्यतिका समय पर्खन सक्दैनन् बरु रित्तो हात फर्किनु ठिक हुन्छ” घिमिरे भन्छन् ।

“तलब माग्यो कि कुटेर ढुटो पारी हाल्थ्यो अनि मारेर फालिदिन्छु भन्थ्यो” उनीहरुले आँखाभरी आँशु पारे भने “घरमा भने काम नै छैन,कपिलले तलब दिएको छैन भनेर ढाँट्थ्यौ । हामीले हाम्रो अवस्था भन्दा घरमा चिन्ता होला भनेर पनि ढाँट्यौ ।” त्यहाँ पुराइएका उनीहरुलेअन्य कम्पनीमा काम गर्न पाउदा मात्रै अघाउञ्जेल खाना खान र आरामले सुत्न पाउँथे तर तलब भने पाउदैनथे ।

एक वर्षसम्म मानसकि–शाररिक यातना र आर्थिक शोषण उत्पीडन झेलेर फर्केका पीडितहरु भन्छन् “नोभेम्वरसम्ममा त्योपनि सम्झौताविपरितको काम गराएर उसैले तोकेको कम तलब पनि बल्लतल्ल तीन महिनाको दियो । डिसेम्बरदेखि भने एक हलाला दिएन, उल्टो कुटेरमारेर फ्याँकी दिने धम्कीले त्रसित भएर ज्यान बचाउने उपाय मात्रै सोच्यौ । कपिलको व्यवहार र तलब नपाएका सम्बन्धमा आएकैमहिनादेखि मेनपावर कम्पनीका प्रकाश अधिकारी र ऋषी शर्मालाई पटकपटक जानकारी गराएका हौ । नेपाल प्रहरीको हटलाईनमा पनिपटक पटक उजुरी गरेका हौ ।

“हुन्छ, हुन्छ, गर्छौ गर्छौ” भन्दै हामीलाई त्यस नर्कमा बस्न बाध्य तुल्याइयो, हाम्रो उद्धार भएन । जबहामीलाई सप्लाई गरेर काम गर्न अर्को कम्पनीमा दुई महिना अघि पठाइएको थियो, त्यसबेला त्यहाँका साथीहरु मार्फत नेपाली साझा मंचमाहाम्रो सम्पर्क भयो, त्योपनि जुनको अन्तिम समयमा । हाम्रो कम्पनीसंगको सम्झौता समाप्त भएर हामीलाई जुन २७ मा हाम्रै कम्पनीमाफर्काइदै थियो । साझा मंचका दाइहरुले हाम्रो समस्याका सम्बन्धमा भिडियो बनाएर मिडियामा प्रशारण गर्नु भएपछि मात्रै हामीलाईमेनपावरले सोधी खोजी गरेर उद्धार गरेको हो ।”

“हामी जाँदा लिएको ऋण पनि तिर्न सकेका छैनौ । हामीसंग ७०–८० हजार रुपैयाँ लिएर राम्रो कम्पनी भनेर पठायो तर कुकुरले नपाउनेदुःख पायौ । हामीलाई फसाउनेलाई कारवाही र हामीले क्षतिपूर्ति पाउनु पर्छ” उनीहरुले एउटै स्वरमा माग गरेका छन् ।

सकुशल फर्काउनु नै ठूलो कुरो

साउदी अरबको द्वन्द्व र हिंसाग्रस्त क्षेत्रका रुपमा परिचत अवमियामा सरकारी कर्मचारी समेत जाँदैनन् । त्यहाँ दिउँशै बारुदको गन्ध आउनुअनि बम र बन्दुक पड्केको आवाज आउनु सामान्य मानिन्छ । पीडितहरुका अनुसार उनीहरुको कपिल समेत खुँखार सरदार भएको रपटकपटक दोहोरो भिडन्तमा परेर थुप्रै पटक घाईते भएका रहेछन् । त्यहाँका घरहरु सबै गोली र बमले प्वाल परेका र भत्केका छन् । त्यहाँसाउदी सरकारले सैनिकहरुको घेरामा मात्रै आफ्नो परियोजनाहरु संचालन गरिरहेको छ । त्यहाँ कार्यरत परियोजनाका कामदारहरुलाईउद्धार गर्न पनि सैन्य भिड़न्त हुने गरेका सामाचारहरुमा उल्लेख छ । कामदारहरुको उद्धार गर्ने क्रममै गत मेमा भएको सैन्य कारवाहीमाएक पाकिस्तानी सहित २ जनाको मृत्यु र १० जनाबढी घाईते भएका थिए ।

त्यस्तो क्षेत्र र कपिलको पञ्जाबाट मुक्त भएर आउनु अनि त्यहाँको मजराबाट ती पीडित नेपालीहरुलाई सकुशल फर्काउनु सक्नु नै ठूलो कुरोभएको छ ।

त्यहाँ फसेका अन्य नेपालीहरुको समेत खोजी गरेर उद्धार गर्नुपर्ने आवश्यकता रहेको मंचका अध्यक्ष महेश श्रेष्ठ बताउछन् । श्रेष्ठले मंचकोसाथी अभियान अन्तर्गत पीडितहरुको सकुशल उद्धार हुनुमा वैदेशिक रोजगार विभाग, नेपाली राजदुतावास, मेनपावर, पीडित परिवार रसंचारकर्मिहरुको सहयोग समन्वयले मात्रै सम्भव भएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नेपाली साझा मंच राष्ट्रिय समन्वय समिति साउदी अरबको सम्पर्कमा गत जुन २६ मा पुगेका उनीहरुको उद्धारका लागि मंचले नेपालीराजदुतावासमा लिखित अनुरोध गर्नुका साथै नेपालबाट राष्ट्रिय मानव अधिकार आयोग, वैदेशिक रोजगार विभाग र कन्सुलर सेवा विभागमापनि अनुरोध गरेको थियो । मंचले साथी अभियान अन्तर्गत संयोजक शारदा भुषाल झाको नेतृत्वमा पीडितहरुको परिवारलाई काठमाडौंबोलाई वैदेशिक रोजगार विभागमा थप उजुरी समेत दर्ता गराइएको थियो । विभागले गत सोमबार मेनपावरका संचालक ऋषी शर्मा रपीडितका परिवारका बीचमा पीडितहरुलाई यथाशिघ्र उद्धार गरेर नेपाल ल्याउने लिखित सहमति गराएको थियो ।

यसैबीच मंचले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुप्रति भइरहेको चरम शोषणका विषयमा मानव अधिकार कर्मि र आयोगकोध्यानाकर्षण गराउन प्रयास गरेको मंचका नेपाल महासचिव ङामुक हाङ बताउछन् । ती पीडितहरुप्रति अमानवीय व्यवहार भएकासम्बन्धमा मंचले मानव अधिकार आयोगको ध्यानाकर्षण गराउन खोजेको भएपनि आयोगले वैदेशिक रोजगारप्रति नै हालसम्म कुनै चासोव्यक्त गरेको छैन ।

साथी अभियानकी सदस्य निता कार्की भन्छिन “यो कुरा मिडियामा हामीले नल्याएको भए अझै उनीहरुको अवस्था थप दयनीय हुने थियो ।हामीले ठूलो आँट गरेर उनीहरुको भिडियो सार्वजनिक गरेका थियौ । उनीहरुको यति चाडो उद्धार हुनुमा मिडिया र हाम्रो साथीअभियानकी संयोजक शारदा दिदीको महत्वपूर्ण योगदान छ । उहाँहरु सकुशल आउनु पाउनु भएकोमा हामीलाई धेरै खुसी लागेको छ,उहाँहरुको परिवारहरु पनि खुसी छन् ।”

“पीडित १० जना नेपालीहरुलाई सूचना प्राप्त भएको १५ दिनभित्रमा सकुशल उद्धार गर्न सफल हुनु महत्वपूर्ण कुरा हो । साथी अभियानमाजोडिनु भएका मिडिया कर्मिहरुको यस सफलतामा महत्वपूर्ण सहयोग छ, साथै वैदेशिक रोजगार विभागका सरहरुलाई पनि धेरैधेरैधन्यवाद”संयोजक झाले भनिन् ।

पीडित हुनेहरूमा जनकबहादुर खत्री जाजरकोट, बमबहादुर बस्नेत दैलेख,मानसिंह कामी बाँके, मानबहादुर कामी दैलेख, लेखबहादुरविश्वकर्मा दाङ, गोविन्द ताम्राकार मोरङ, जितबहादुर जोगी तेह्रथुम, रुद्र माझी मोरङ, पूर्णबहादुर तामाङ संखुवासभा र नविन विष्ट रुकुमरहेका छन् । उनीहरु सकुशल नेपाल फर्कन पाएकोमा खुसी हुँदै सबैलाई धन्यवाद ज्ञापन गरेको नेपाली साझा मंच साउदी अरबकासंयोजक कृष्ण पुरीले जानकारी दिए । उनीहरुलाई विमानस्थलमै विहानको चिया नास्ता मंचले गराएको थियो ।
उनीहरुलाई विदाई गर्न संयोजक पुरी, सदस्यहरु अकल प्रधान, ईन्ताज अन्सारी लगायतको टोली उनीहरुलाई विदाई गर्न आज दम्मामएयरपोर्ट पुगेको थियो ।

जन प्रगतिशील मंच युएइले गर्यो बरिस्ठ उपाध्यक्षको बिदाइ

सुसान आचार्य /युएइ नेकपा माओवादी केन्द्र अन्तर्राष्ट्रिय बिभाग अन्तर्गत नेपाली जनप्रगतिशील मञ्च युएईका बरिष्ठ उपाध्यक्ष तथा प्रेस सेन्टर नेपाल युएइका सल्लाहकार अर्जुन सुबेदीलाई मञ्चले एक कार्यक्रम आयोजना गरि गत शुक्रबार बिदाई गरेको छ । युएईको रोजगारी लाई बिट मार्दै जन्मभुमी फर्किने तयारीमा रहेका सुबेदीलाई ९ जुन २०१७ का दिन दुबईको एक होटलमा बिदाई कार्यक्रममा आयोजना गरिएको थियो मञ्चका अध्यक्ष हेमन्त पौडेलको सभापतित्वमा सम्पन्न बिदाई कार्यक्रममा नेकपा (माओबादी केन्द्र)का महाधिबेशन आयोजक समिति सदस्य हरी नेपाली प्रमुख अतिथी रहेका थिए । बिषेश अतिथीमा अन्नपुर्ण टेलीभिजनका महाप्रबन्धक दिल निसानी मगर तथा मजदुर अन्लनईनक निबर्तमान प्रधानसम्पादक निमकान्त पाण्डे अतिथी रहेका थिए । उक्त कार्यक्रममा मञ्चका सचिब मिलन गुरुङ, प्रबक्ता अनिस तामाङ, शारजाह क्षेत्रिय अध्यक्ष सरिता तामाङ लगायत मञ्चका थुप्रै सदस्यहरुको उपस्थिति रहेको थियो । लामो समय सम्म मंचमा रहेर काम गरेका सुबेदीलाई खादा ओडाएर सम्मान पत्रको साथमा बिदई गरिएको थियो । बिदाई कार्यक्रममा अध्यक्ष पौडेल, महाधिबेशन आयोजक समिति सदस्य हरी नपाली र बिषेश अतिथी दिल निशानी मगरले बरिष्ठ उपाध्यक्ष सुबेदीले मञ्चको लागी खेलेको भुमिकाको प्रसंशा गर्दै युएईको बसाईलाई बिट मार्दै नेपाल फर्किएर पनि देश र जनताको पक्षमा सधै लागी पर्ने अपेक्षा सहित सफल यात्राको शुभकामना सहित बिदई गरेका थिए ।

जन प्रगतिशील मंचको अधिवेशन हूँदै, नारायणक

सुसान आचार्य /युएइ नेकपा माओवादी केन्द्र निकट बिदेश बिभाग संगठन नेपाली जन प्रगतिशील मन्च ओमनको पहिलो महाधिवेशन आउदो जुलाई ७ तारीख हुने भएको छ । ” अन्यायविरुद्ध एकताबद्ध हुने हाम्रो सङ्कल्प ,देश बिकासका लागि आर्थिक क्रान्ति आजको विकल्प “भन्ने मुल नारा सहित गर्न लागिएको महाधिवेशनमा प्रमुख अथितिका रूपमा नेपाल बाट माओवादी केन्द्रका बरिस्ठ उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख नारायण काजी श्रेष्ठ (प्रकाश )र अथितिका रूपमा जनबादी गायक नवीन खड्का को उपस्थिति रहने जानकारी महाधिवेशन प्रचार प्रसार समित सम्योजक तुला गिरि ले दियका छन। ओमन स्थित अल रिफ होटलमा आयोजना गरिएको उक्त कार्यक्रम मा विभिन्न सघ सङठनका प्रतिनिधि तथा नेपाली कुटनैतिक नियोगका ब्यक्ति हरुको समेत रहने जानकारी गिरिले दियका छन । महाधिवेशनले बिदेशी भुमि ओमनमा रहेर पनि गोलबन्द हुँदै पार्टी र क्रान्ति लाई बिसेस सहयोग पुर्याउने र नेपाली श्रमिक माथी हुने अनन्याय अत्याचार साथै अफ्ट्यारो स्थितिमामा सङठनले ठुलो भुमिका खेल्ने बताउदै छरियर रहेका सबैलाई सङठ्न ले जोडेर लैजाने गिरिले बतायका छन । झन्डै ५०० भन्दा बढी विभिन्न कमिटीका सदस्य तथा विभिन्न सङठनका प्रतिनिधि पत्रकार तथा समाजसेबिहरु को उपस्थिति रहने अनुमान गरियको उक्त कार्यक्रम सम्पन्न गरि तत्काल पार्टीको कमिटी समेत गठन गरिने छ ।

उमेर ढाँटेकाले भारतमा एक विद्यार्थी पक्राउ

नयाँदिल्ली, जेठ २० । पूर्बी भारतको विहार प्रदेशको एउटा परीक्षामा सर्वोच्कृष्ट अङक ल्याएका एक जना विद्यार्थी प्रहरी नियन्त्रणमा परेका छन् । उमेर ढाँटेको अभियोगमा ती विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । गणेश कुमार नामका एक विद्याथीले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षामा विहान प्रदेश मै सबैभन्दा धेरै अङ्क ल्याएका थिए । दुई सन्तानका बाबुसमेत रहेका उनले आफ्नो उमेर ४२ वर्ष भएपनि ढाँटेर २४ बनाएको अभियोग लगाइएको छ । “उहाँले विहार विद्यालय परीक्षा बोर्डमा आफ्नो उमेर ढाँटेर दुरुपयोग गरेको पाइएको छ,” एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार भन्नुभयो । बोर्डका अध्यक्ष आनन्दकिशोरले सञ्चारकर्मीहरुसँग भन्नुभयो, “कुमार, जो कक्षा १२ को परीक्षामा सबै भन्दा धेरै अङक ल्याउनुभएको थियो, उहाँको उमेरका बारेमा टिप्पणी गर्दै उजुरी परेपछि उहाँलाई प्रहरीले पक्राउ गरेको हो ।”

एनआरएनए यूके युवा संयोजकले गरे नेपालीलार्इ ठगी

बैशाख २२ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का युवा संयोजक हरि आचार्यलाई त्यहाँका नेपालीहरुलाई ठगी गरेको आरोप लागेको छ । वर्क परमिट निकालिदिने भन्दै बेलायतमा रहेका कयौं नेपाली विद्यार्थीबाट झण्डै ५० हजार पाउण्ड (करिब ६५ लाख रुपैयाँ) ठगेको उजुरी एनआरएनए यूकेसम्म पुगेको छ । एनआरएनए यूके युवा संयोजकविरुद्ध दिनप्रतिदिन सर्वसाधारणको उजुरी परेपछि उनलाई पटक पटक सचेत गराइएको र उनले भने अटेर गरी हाल गुमनाम नै रहेका छन् । युवा संयोजकको जिम्मेवारी लगत्तै आर्थिक शोषणतिर लागेका उनी ठगीबाट उम्कन अहिले समुदायबाटै गायब छन् । अचेल संघ र अन्य नेपाली समुदायका कुनै पनि कार्यक्रममा उनको सहभागिता देखिन्न । लन्डन उलवीचमा रहेको क्याप्स कन्सल्टेन्सीमार्फत आचार्यले वर्क परमिट निकालिदिने भन्दै शुरुमै ५ देखि १० हजार पाउण्ड लिने गरेको र प्रमाण रहने भएर रकम पनि आफ्नो खाताको सट्टा अर्काको खाता प्रयोग गर्ने गरेको खुल्न आएको छ । उनले पैसा पाएपछि मोबाइल र सामाजिक सञ्जालबाट क्लाइन्टलाई ब्लक गरि सम्पर्कबाटै टाढिने गर्दथे । काम गरेको देखाउन केहीलाई उनले नक्कली सर्टिफिकेट अफ स्पोन्सरसीप (सिओएस) राखिदिएर विद्यार्थी झन् घर न घाटका भएका छन् । उनले राखिदिएको नक्कली सर्टिफिकेटका कारण कयौं विद्यार्थी समातिएर नेपाल फर्किए भने कति अहिले पनि अदालतमा मुद्दा खेपिरहेका छन् । आचार्यले विद्यार्थीबाट पैसा लिएपछि आवेदन प्रक्रिया बेलायतको वकिङस्थित स्पेश इन्टरनेशनल लिमिटेडका विष्णुप्रसाद खरेलसंग गर्थे । खरेल सतहमा नदेखिइ आचार्यलाई दलालको भूमिकामा अघि सारेर दुई जनाले विद्यार्थीका हजारौं पाउण्ड रकम असुलेको आरोप छ । आचार्यले धोका दिएपछि विद्यार्थी खरेललाई खोज्न घरैसम्म पुगेका उदाहरण समेत छन् । ठगीपछि क्याप्स कन्सल्टेन्सीले आचार्यलाई एजेन्टबाट निकालिसकेको छ ।

नेपालको सम्मेलन दिल्लीमा हुने

वैशाख २० । नेपालमा लगानी गर्ने क्षेत्रबारे विदेशी दातृराष्ट्रलाई जानकारी दिन भारतमा दुईदिने सम्मेलन हुने भएको छ । विदेशी लगानीकर्तालाई नेपालको ऊर्जा, व्यापार र पर्यटनको क्षेत्रमा लगानी गर्न प्रेरित गरिने उदेश्यले आइएसएसआरले परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा सो सम्मेलन गर्न लागेको जनाएको छ । आइएसएसआरले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । भारतको दिल्लीमा यही वैशाख २२ र २३ गते हुने कार्यक्रममा त्यहाँ रहेका नेपालको कूटनीतिक सम्बन्ध रहेकामध्ये ८२ राष्ट्रका राजदूत एवं प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको पहिलो दिन उद्घाटनसत्र र दोस्रो दिन प्राविधिकसत्र सन्चालन हुनेछ । सम्मेलनमा करिब ३०० विशिष्ट प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।

कोरियामा एक नेपाली सुतेको अवस्थामा मृत फेला

काठमाडौं, वैशाख १५ । दक्षिण कोरियामा काम गरिरहेका एक नेपाली सुतेको अवस्थामा नै मृत फेला परेका छन् । नेपालबाट इपिएस प्रणाली अन्तर्गत हजारौं नेपाली कोरियामा काम गरिरहेको छन । कान्तिपुर अनलाइनले जनाए अनुसार,दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका खोटाङ चिप्रिइ गाविस-१ घर भएका कल्याण राईको बिहीबार साँझ सुतेकै अवस्थामा अचानक निधन भएको सोलस्थित नेपाली दूतावासले जनाएको छ । राति काम सकेर आएपछि सुतेका राई साँझ उठाउँदा मृत भेटिएको सँगै काम गर्ने साथीले जनाए । छुइछइ बुक्दो प्रान्तको खेसान गुन स्थित धागो सम्बन्धी एसएनएस नामक उद्योगमा  काम गर्दै आएका राई चार वर्ष १० महिने अवधी सकेर नेपाल फर्कने बेला भएको खोटाइ सेवा समाज कोरियाका अध्यक्ष अमृत राईले जनाए  । राईले मे १३ तारिख नेपाल फकर्ने हवाई टिकट पनि लिइसकेको थिए । मृतकबारे सोल राजदूतावासमा प्रहरीद्वारा औपचारीक जानकारी आइसकेको कार्यबाहक राजदूत किरण शाक्यले जानकारी गराए । कोरियामा यस अघि मार्च २७ तारिख तपिन कटुवाल र एप्रिल १० तारिख सुनसरीका चुडाराज आलेको सुतेकै आवस्थामा अचानक निधन भएको थियो । पछिल्लो समय कोरियामा सुतेकै अवस्थामा अचानक मृत्यु हुने संख्या बढ्न थालेपछि नेपाली कामदारहरु चिन्तित बन्न थालेका छन् । कोरियामा रहेका नेपाली कामदारहरुले राति सुतेपछि बिहान उठ्ने हो की हैन सुतेको सुतेकै पो हुने होकी भन्दै फेसबुक सञ्जालमा चिन्ता व्यक्त गरेका छन् ।

सिरियामा मृत्यु भएकी नेपाली युवतीको शव त्यही गाडियो

वैशाख १४ । तीन महिनाअघि सिरियामा मृत्यु भएकी लामाटोल–९, थाक्पालढाप्प सिन्धुपाल्चोककी २४ वर्षीया माया तामाङको शबलाई मालिकले त्यही गाडिदिएको छ । गत जनवरी २८ हृदयघातबाट तामाङको मृत्यु भएको सिरियाको अपराध बिभागको रिपोर्टले जनाएको छ । सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दुताबासलाई तामाङकी मालिककी छोरी लिना अब्देल घानीले युद्धग्रस्त अवस्थाको शबलाई निकाल्न नमिल्ने भएकोले गाडिदिएको सुचना दिएकी थिइन् । दुताबासका प्रवक्ता सुजन विडारीले पीडितको परिवारलाई क्षतिपुर्ति दिन पहल भइरहेको बताए । मायाले आफ्नो इच्छाविपरीत सिरिया पठाएको र घर मालिकले पिट्ने, तलव नदिने र मानसिक यानता दिने काम भइरहेले आफुलाई उद्धार गर्न संयुक्त अरव इमिरेट्स (युएई)स्थित नेपाली दुताबाससँग नियमीत सम्पर्क गर्दै आइरहेकी थिइन् । मायालाई दुवाईको अज्मानस्थित टोम लेवर रिक्रुटमेन्टले सिरियाको नुवेला इल साम म्यानपावरमा कामका लागि पठाइएको थियो ।

अमेरिकामा नेपाली बिद्यार्थीको डुवेर मृत्यु

न्यूयोर्क, बैसाख १२ ।  अमेरिकाको मिनिसोटा राज्यमा नेपाली विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । साउथवेस्ट मिनिसोटा स्टेट युनिर्भर्सिटीमा अध्ययनरत थापा पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए । आइतबार मात्र उनको शव फेला परेको थियो । लमजुङको सुन्दरबजार ३ भोटेओडार स्थायी घर भएका थापा दुई बर्षअघि स्टुडेन्ट भिसामा अमेरिका गएका थिए । यो खबर आजको कान्तिपुरमा छ ।

प्रवासी नेपालीले मनाए नेपाली नयाँ वर्ष

युएई, बैशाख २ । रोजगारीको शिलशिलामा युएईमा रहेका नेपालीहरुले नेपाली नयाँ बर्ष २०७४ धुमधामका साथ मनाएका छन । यसपालीको नेपाली नयाँ बर्षको पहिलो दिन युएईमा साप्ताहिक छुट्टी शुक्रबार परेकोले पनि नेपालीहरुले खुशीका साथ नेपाली नयाँ बर्ष मनाउन पाएका हुन् । अर्घाखाँची संपर्क समिती रस अल खैमाहले युएईकै अग्लो पहाड जब अल जैसमा बनभोजको आयोजना गएर नयाँ वर्ष मनाएको छ । रस अल खैमह क्षेत्र समितीका अध्यक्ष टोमलाल पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितीका केन्द्रिय अध्यक्ष राजु खड्का, नेपाल पत्रकार महासंघ युएईका सचिव मेघराज सापकोटा लगायतले शुभकामना आदानप्रदान गरेका थिए भने नेपाली आधुनिक र लोक गीतहरुले युएईको सबै भन्दा अग्लो उक्त पहाड गुन्जयमान बनेको थियो । नेपाली गीत संगीत र नेपाली खानाका परिकारहरुको साथमा आयोजना गरिएको उक्त बनभोजमा नेपालीहरुले एक आपसमा शुभकामना साटासाट गरेका थिए । उक्त कार्यक्रममा गैर आबासिय नेपाली संघ रस अल खैमहका जय खत्री, नेपाली जनप्रगतिशिल मंच रस अल खैमहका दीपक बिष्ट,जेएन शर्मा, झापाली समाज तथा दैलेख समाज रस अल खैमह लगायतका संघ संस्थाहरुको प्रतिनिधित्व रहेको थियो । नेपाली नयाँ वर्ष २०७४ को अवसर पारेर काभ्रे सेवा समाज युएईले मोडल रिया श्रेष्ठ, गायक विश्व दोङ, लोक तथा आधुनिक गायिका रिता केसीको सहभागितामा दुबईमा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । रियाले दुबईका नेपालीहरुलाई मनोरन्जन प्रदान गरिरहेकै बेला युएईको अबुधाबीमा लिःल फङ घले समाज, युएईको आयोजनामा ज्योति मगरले नेपाली दर्शकहरुलाई भरमग्दुर मनोरन्जन प्रदान गरिन । त्यसैगरी माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मंच, नेपाली काङ्रेस निकट नेपाली जनसंपर्क समिती र एमाले निकट प्रबासी मंचले पनि एक आपसमा शुभकामना साटासाट गरेर नयाँ बर्ष मनाएको खबर प्राप्त भएको छ । अर्को एक कार्यक्रममा नेपाली जनप्रगतिशिल मंच युएईले माओवादी केन्द्रका महाधिबेशन आयोजक समितीका केन्द्रिय सदस्य तथा कलाकार विश्व दोङलाई सम्मान गरेको छ । उनी काभ्रे सेवा समाजले आयोजना गरेको नयाँबर्ष सांगितिक कार्यक्रममा भाग लिन युएई आईपुगेका हून् ।

आममाफी पाएका नेपाली कामदारलाई ठगी गर्ने एमाले नेता पक्राउ

काठमाडाैं, २ वैशाख । नेकपा एमाले निकट प्रवासी मञ्च साउदीका कार्यबाहक अध्यक्ष परशुराम मिश्र मजदुर ठगी आरोपमा साउदीमा पक्राउ परेका छन् । लामो समयदेखि साउदी अरबको रियादमा कार्यरत तनहु स्थाई ठेगाना भई हाल चितवन निबासी परशुराम मिश्रले आममाफीको समयमा नेपालीहरुबाट मोटो रकम लिई नेपाल पठाई दिन्छु भन्दै ठगी गरिरहँदा माओवादी केन्द्र निकट जन प्रगतिशील मञ्च साउदिले विशेष सूचनाको आधारमा खोजी गरि नेपाली दूतावासको जिम्मा लगाएको मञ्चका केन्द्रिय सदस्य युवराज पौडेलले जानकारी दिए । साउदी सरकारले अबैधानिक रूपमा कार्यरत आप्रवासी कामदारलाई निर्वाधरूपमा स्वदेश फर्कन पाउने गरि केहि दिन अघिबाट सुरु गरेको आममाफीको सम्पूर्ण प्रक्रिया निःशुल्क रहेको तथा दुताबासलगायत संघ, संस्था एवं सामाजिक अभियन्ता नेपालीहरुको सहयोगमा सजह फिर्ती हुन पाउने अवस्थामा मिश्रले पीडित नेपाली श्रमिकबाटनै रकम ठगी गरेको हुँदा पीडितहरुले फिर्ती प्रक्रियाप्रति नै शंका गर्न थालेको पाैडेलले बताए । यस्तै नेपाली राजदुताबास साउदीको आधिकारिक फेसबुक पेज मार्फत जारि गरिएको विज्ञप्तिमा ३ जना नेपाली नागरिकहरु पूर्णधन राई,राम थापा मगर र कमान सिंह थापासँग परशुराम मिश्रले आममाफीको समयमा नेपाल पठाई दिन्छु भनि मोटो रकम ठगि गरेको उजुरीको विषयमा जन प्रगतिशील मञ्च साउदीको विशेष पहलमा दुवै पक्षलाई राजदुताबासमा बोलाई यथार्थ विवरण बुझ्दा मिश्रले पीडितबाट रकम ठगी गरेको स्वीकार गरेकाले पिडितहरुको रकम असुल उपर गरी मिश्रलाई कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रहरीको जिम्मा लगाइएको उल्लेख गरिएको छ । पौडेलले मिश्र लामो समयदेखि समाजसेवाको आडमा दुताबाससम्म पहुँच बनाउदै खेलकुद प्रतियोगता देखि विभिन्न कार्यक्रमको आयोजनामा निकै सक्रियताका साथ लाग्ने गरेका भएपनि खेलकुद प्रतियोगिता र सोको आधारमा हुने सम्बन्धको प्रयोग गरि नेपालमा पहेंलो धातुको अबैध तस्करी, हुण्डी लगायतको कार्यमा समेत संलग्न हुँदै आएको रहस्य खुल्न थालेको बताए । त्यस्तै, एनए मिडियाका प्रधान सम्पादक कृष्ण श्रेष्ठले सो प्रकरण सम्बन्धमा नेपाली दुताबासका कार्यवाहक राजदुत आनन्द शर्मासँग गरेको टेलीफोन वार्तामा शर्माले मिश्र दुताबासको गेटसम्म आएका सेवाग्राहीहरुलार्इ समेत नर्गल कुरा लगाई आफ्नो जालमा पार्ने गरेको र ती नेपालीहरुलाई छिट्टो नेपाल फर्काउने लोभ देखाई पैसा माग्ने गरेको बताए । उजुरी परेका मध्ये ३ जना सँग २५००/२५००/१८०० साउदी रियल लिई सकेको र अझै थप ६३०० रकम लाग्ने भनि रकम बार्गेनिग गरि रहँदा पीडितलाई रकम निकाल्न अप्ठ्यारो परेको भनी मञ्च साउदीका केन्द्रिय सल्लाहकार गणेश घटानीको सम्पर्कमा आएका र घटानीले विशेष पहल गर्दै पीडित र पिडक दुबैलार्इ दूतावासमा उपस्थित गराइ बुझ्दा पिडकले उम्कने बहाना खोज्न थालेपछि प्रहरीको जिम्मा लगाउनु परेको पौडेलले बताए । दुताबासले यसअघि नै मिश्रलाई बिगतका गल्तीहरुमा आन्तरिक सहमति बाट छुट दिएको भएपनि मजदुर ठगीको स-प्रमाणमा कुनै माफी नमिल्ने भन्दै दूताबासले नै प्रहरीलार्इ बोलाएको पौडेलले जानकारी दिए । उनका अनुसार मञ्चको पहलमा भएको यस कार्यप्रति नेपाली दूतावास साउदीले खुलेर प्रशंसा गरेको र समाजसेवाको ट्याग भिरेर दलाली गर्नेहरुसँग सजक रहन सबैलाई अनुरोध समेत गरेको छ । खबरडबलीबाट

कतारमा नेपाल पत्रकार महासंघको स्थापना दिवस मनाईयो

घनश्याम पराजुली, दोहा । नेपाल पत्रकार महासंघ कतार शाखाले दोश्रो परिषद भेला २०१७ र महासंघको ६२ औं स्थापना दिवस एकैसाथ सम्पन्न गरेको छ । दोहाको मुन्ताजा स्थित नेपाली आँगन रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस मनाईएको हो । नेपाल पत्रकार महासंघले गत बुधबार देशभर आफ्नो स्थापना मनाएको थियो । नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथी संस्थाका सल्लाहकार कुमार कार्कीले ८ हजार क्रियाशिल पत्रकार रहेको बताउदै संस्थाको विगत र वर्तमान अवस्था बारे प्रष्ट पारे । ‘विदेशमा नेपालीहरुको संख्या बढ्दै जादा नेपाली पत्रकारीताले समेत गति लिएको छ’ उनले भने ‘समाजका नकरात्मक कुराहरुलाई निस्तेज पार्दै पत्रकारहरुले सकरात्मक भुमिका खेल्नुपर्दछ ।’ कतार शाखाले केन्द्रमा बैदेशिक विभागको अधिकार , हक अधिकार र सुरक्षाको लागी पहल गर्नु पर्ने भन्दै स्थापना दिवसको शुभकामना दिए । कार्यक्रममा विशेष अतिथी तथा सल्लाहकार क्रान्ती सिंले कतारमा सन् २००३ देखी पत्रकारीताको शुरु भएको स्मरण गर्दै सन् २००६ मा बैदेशिक शाखा अन्तरगत कतार शाखा स्थापना भएको बताए । उनले पत्रकारीता जगतको बारेमा प्रष्ट पार्दै कतारमा नेपाली पत्रकारहरु अरु देशमा भन्दा अग्रसर रहेको बताए । व्यानर अनावरण , राष्ट्रिय गान र मौन धारणसँगै शुरु भएको कार्यक्रमलाई सचिव नवराज विकले सन्चालन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेले स्थापना दिवसको शुभकामना दिए । कार्यक्रमको समापन गर्दै उनले प्रवासको ठाउमा रहेर पत्रकारिता गर्न सहज नभएको बताउदै सजक भएर सकृय रहन सबैलाई आग्रह गरे । ‘प्रवासमा छौं संबेदनशिल बनेर पत्रकारीता गरौ’उनले भने । दुई लाखको अक्षयकोष स्थापना गर्ने नेपाल पत्रकार महासंघ कतार शाखाले नेपालमा २ लाख बराबरको स्थापना गर्ने भएको छ । शुक्रबार आयोजित कार्यक्रममा कार्यसमितीले गरेको निर्णय उपर छलफल गर्दै नेपालमा २ लाख बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हो । अक्षयकोष स्थापनाका लागी महासंघमा आवद्घ परिषद सदस्यहरुसँग सहयोगको लागी आवहन गरिएको छ । अक्षयकोषको नियमावली बनाउने जिम्मेवारी कार्यसमितीलाई दिईएको छ । अक्षयकोषको रकमबाट हरेक बर्ष पुरस्कार प्रदान गरिने छ । कुन विद्याको पत्रकारलाई पुरस्कार दिने बारेमा नियमावली बनेपछी स्पष्ट हुने बताईएको छ । अक्षयकोष स्थापना गर्नका लागी परिषद सदस्यहरुबाट सल्लाह सुझाव मागीएको थियो । परिषद सदस्य सिताराम थापाले कतारको कानुनको बारेमा नेपाली कामदारहरु माझ चेतनामुलक कार्यक्रम गर्न सकिने सुझाव दिएका थिए । दोश्रो परिषद भेला नेपाल पत्रकार महासंघ कतार शाखाको वर्तमान कार्यकालको दोश्रो परिषद भेला सम्पन्न भएको । शुक्रबार स्थापना दिवस र दोश्रो परिषद भेला एकै साथ सम्पन्न भएको थियो । कतार शाखामा २९ जना सदस्यहरु रहेका छन । कार्यक्रममा पार्षदहरुले प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन उपर छलफल गरेका थिए । सचिव नवराज विकले प्रगती प्रतिबेदन पेश गरेका थिए भने कोषाध्यक्ष घनश्याम पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष दिपक पुडासैनीले पत्रकारीता गर्नेहरुले राजनिती विचारधारा त्यागेर अघाडी बढ्नुपर्र्ने बताउदै स्थापना दिवसको शुभकामना दिए । कार्यसमिती सदस्य करिमबक्स मियाँले मध्यपुर्व सम्मेलनको बारेमा जानकारी दिएका थिए । प्राविधिक कारणवस तोकिएको समयमा मध्यपुर्व सम्मेलन गर्न असम्भव रहेको उनले बताए । कार्यक्रममा कार्यसमिती सदस्य महेन्द्र प्रसाद पोखरेलले कतारको नियम कानुनलाई उल्लंघन नगरी पत्रकारीताको धर्म निभाउनु पर्ने बताए । यहाँका समस्याहरुलाई सम्बन्धीत निकायसम्म पुर्याउने भुमिका निर्वाह गर्नु पर्ने भन्दै खादा ओढ्नकै लागी कार्यक्रममा सहभागी हुने समाजसेवीहरुको बारेमा भन्दा यहाँ समस्यामा परेका नेपालीहरुको बारेमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताए । परिषद सदस्यहरुको तर्फबाट भानु सुनुवारले शुभकामना मन्तव्य राखेका थिए ।

देश अार्थिक र सामाजिक रुपमा द्रुत गतिमा अघि बढेको छ : डा. श्रेष्ठ

काठमाडौं, चैत्र १८ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले देश द्रुत आर्थिक विकास र आधनुनीकरणको बाटोमा अगाडि बढेको बताएका छन् । एशिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को आयोजनामा मार्च २९ देखि थाइल्याण्डको राजधानी बैंककमा सुरुभएकोे ‘दीगो विकासको लागि एशिया प्यासिफिक फोरम २०१७’ को तेस्रो दिन शुक्रबार सम्बोधन गर्दै उपाध्यक्ष डा. श्रेष्ठले नयाँ संविधान जारी भएसँगै देश आर्थिक तथा सामाजिक विकासमा दू्रततर रुपमा अगाडि बढेको बताएका छन् । उनले संघीय संविधानको निर्माणसँग सँगै राष्ट्रिय योजना आयोगले आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता राखेर नीति नियमहरु तर्जुमा गरेको बताए । “गतवर्ष नेपालको संविधान जारी भएसँगै देशमा आर्थिक विकास र आधनुनीकरणले गति लिएको छ । राष्ट्रिय योजना आयोगले पनि आफ्ना कार्यक्रमहरु सोही अनुरुप प्राथमिकीकरण गरेको छ । १४ औं योजनामा तीनवटा अन्तरराष्ट्रिय एजेण्डाहरु जस्तै दिगो विकासका लक्ष्यहरु, वातावरणसम्बन्धी पेरिस सम्झौता र शहरी विकासलाई समावेश गरेका छौं,” डा.श्रेष्ठले भने । सहश्राब्दी विकास लक्ष्यमा आंशिक सफलता पछि दिगो विकाससम्बन्धी लक्ष्यहरुको प्रभावकारी कार्यान्वयन तथा सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्राप्तिको लागि नेपाल प्रयत्नरत रहेको बताए । दिगो विकास लक्ष्य कार्यान्वयनलाई प्रभावकारी र व्यवस्थित बनाउन हालै नेपाल सरकारले प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्षको संयोजकत्वमा उच्चस्तरीय केन्द्रीय निर्देशक समिति तथा योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यान्वयन तथा समन्वय समिति गठन गरेको बताए । प्राकृतिक प्रकोपले आर्थिक, सामाजिक तथा वातावरणीय क्षति हुने बताउँदै त्यस्ता प्रकोपबाट गरिब तथा विपन्न वर्ग बढी पिडित हुने बताए । “गरीबी निवारण तथा अन्य विकासका कार्यक्रमको बजेट प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरण तथा उद्धारमा परिचालित हुने हुँदा, यसबाट गरिब तथा विपन्न वर्ग झन् पिडित हुने गरेका छन्,” उनले भने । एशिया प्रशान्त क्षेत्रका ६२ सदस्य र सदस्य राष्ट्र तथा संस्थाहरुबाट दीगो विकाससम्बन्धी कार्य हेर्ने मन्त्रालयका मन्त्री तथा योजना आयोगका प्रमुखहरुको सहभागिता रहने उक्त फोरममा नेपालको तर्फबाट भाग लिने माननीय उपाध्यक्ष डा. श्रेष्ठको नेतृत्वको टोलीको सदस्यमा योजना आयोगका सहसचिव लालशंकर घिमिरे तथा थाइल्याण्डका लागि नेपाली राजदुत खगनाथ अधिकारी तथा काउन्सलर जंगबहादुर गुरुङ्ग रहेका छन् ।

विमानस्थल सेटिङको कथा

काठमाडौं, चैत  १७ ।  धरी–९, धादिङका तेजबहादुर गुरुङ सशस्त्र प्रहरीमा ११ बर्षदेखि कार्यरत थिए । मासिक हातमा पर्ने १६र१७ हजारले दैनिकी चलाउन मुस्किल थियो । संयुक्त अरब इमिरेट्स ९युएई० मा कार्यरत बलराम थापा चितवन आएको बेला उनको सम्र्पक भयो । ‘युएईको अर्धसरकारी हिमाया सेक्युरिटी सर्भिसेस कम्पनीमा मासिक चार हजार दिराम ९एक लाख २० हजार रुपैयाँ० तलब दिन्छ,’ थापाले गुरुङलाई भने, ‘त्यहाँ छनोट भए आठ लाख रुपैयाँ लाग्छ ।’ कहाँको १७ हजार, कहाँको एक लाख २० हजार । गुरुङ लोभिए । सशस्त्रमै कार्यरत साथीभाईसँग सल्लाह गरे । बलरामसँग १२ जना सम्पर्कमा पुगे । उनले जम्मा गरेकालाई अन्तर्वार्ता लिन भरतपोखरी, कास्कीका ओमबहादुर थापा चितवन पुगे । उनले बलरामकै दाजुको घरमा अन्तर्वार्ता लिए । अन्तर्वार्तामा छनोट भएपछि उनीहरुले ओमबहादुर र रेखा भण्डारी थापाको माछापुच्छ्रे बैंकको संयुक्त खातामा एकरएक लाखको दरले जम्मा गर्न लगाए । ‘भिसा आएपछि बैंकमा जम्मा गर्न दिएनन् । बलरामका दाइ मीनबहादुर र डम्बरबहादुरको हातमा बुझायौं,’ तेजबहादुरले भने । श्रम स्वीकृतिका लागि उनीहरु सबैका राहदानी ओमले लिएर गएका थिए । युएई जाने भन्दै असार २६ गते काठमाडौ बोलाए । ‘भोली बिहान श्रम स्वीकृति आँउछ, दिउसो १स्४० को उडान छ, तपाईहरु १० बजे एयरपोर्टमा आउनुस्, हामी राहदानी र टिकट लिएर त्यहीं आउनेछौं,’ ओमले भने, ‘सबै जना समयमै पुग्नु ।’ सबैजना भनेको समयमा विमानस्थल पुगे । त्यहाँ ओम थिएनन् । सबै उनलाई पर्खिएर बसे । ‘प्राविधिक कारणले श्रम स्वीकृति लिन सकिएन,’ एकछिनमा ओम आइपुगेर भने, ‘तर, चिन्ता गर्नु परेन । मैले भित्र सबै मिलाइसकेको छु । तपाईहरु एयर अरेबियाको १२ र १३ नम्बर काउन्टरमा मात्रै जानु ।’ श्रम स्वीकृति नमिलेको कुराले युएई जान ठिक्क परेका कामदारहरु अलमलमा परे । ‘हामी श्रम स्वीकृति लिएर मात्रै जान्छौं,’ बमराज गुरुङले भने, ‘यसरी गएर कहाँ हुन्छ रु’ तर, ओमले लामो बहस गरेनन् । ‘अरु विकल्प छैन । समय छैन । जाने भए जानुस्, नजाने भए अब पैसा फिर्ता हुँदैन,’ ओमको भनाइ उद्धत गर्दै बमराजले भने, ‘हामीलाई ट्रयापमा पारियो ।’ उनीहरू सेटिङमा जान तयार भए । ओमले सबैलाई दुइटा भिसा दिए । एउटा सक्कली थियो । यो भिसा युएईको अध्यागमनमा पेश गर्नु भनेर उनले सिकाए । नक्कली भिजिट भिसा, होटल बुकिङको कागजात, डलर र दिरामको छाप हानेको राहदानी सहितको फाइल त्रिभुवन विमानस्थलमा देखाउनु भनेर दिए । विमानस्थलमा हुने पहिलो पुलिस चेकिङमा उनीहरुलाई कसैले कुनै सोधपुछ गरेन । १२ जना लस्करै भित्र छिरे । एयर अरेबियाको काउन्टरमा पुगे । एउटै लाइनमा बसे । काउन्टरमा पुग्नासाथ उनीहरुलाई खास प्रश्न नगरी फटाफट बोडिङ पास दिइयो । ‘सबैभन्दा अच्चम त हामीलाई अध्यामगनले एक वचन पनि सोधेन,’ थप्रेक ४, तनहूँका बुद्धिबहादुर वाग्लेले भने, ‘हामी यात्रु प्रतिक्षामा नपुगेसम्म ओमले छिनछिनको अपडेट लिइरहेका हुन्थे ।’ तनावमा ९ महिना ओमले यसरी सेटिङ गरेर चारपटक गरि ३३ जनालाई युएई पुर्‍याए । हिमाया सेक्युरिटीमै एसआरएस म्यानपावरबाट श्रमस्वीकृति लिएर गएका थप ५२ जना थिए । हिमायाले युएई पुगेपछि मात्रै अन्तर्वार्ता लियो । उनीहरु सबै पास र मेडिकल फिट पनि भए । तालिम पनि भयो । ‘कम्पनीसँग सम्झौता भने गरेनन्,’ बृद्धिबहादुरले भने, ‘भोली भोली भन्दाभन्दै महिना बित्दै गए ।’ ठूलो पैसा फसेकाले उनीहरु तुरुन्तै दुताबास पनि गएनन् । ओम र एसआरएस म्यानपावरले भने अनुसार चुपचाप बस्दै गए । यस्तैमा एक दिन थाहा पाए, हिमायाले काम नै नदिई नेपाल फर्काउन लागेको छ । त्यसपछि भने उनीहरु दुताबास पुगे । ‘ऋण खोजेर आएका थियौं । कसैसँग पैसा थिएन । घरबाट फोन आउँथ्यो । घरतिर पनि बास्तबिकता लुकायौं,’ तेजबहादुरले भने, ‘ओमले अझै मिलाइदिन्छन् कि भनेर चुप त बस्यौं तर हामीले ठूलो मानसिक यातनाबाट गुज्रिनुपर्‍यो ।’ ओमलाई दुताबासले छलफलका लागि बोलउदा पनि गएनन् । ‘तिमीहरुले केही गर्न सक्तैनौं भन्दै लुक्दै बसे,’ उनले भने, ‘प्रधानमन्त्री दुबई आएको बेला भेटेर ज्ञापनपत्र बुझायौं । त्यसबाट केही नभएपछि ओम र बलरामको झन शान बढ्यो ।’ दुताबासले कम्पनीसँग निरन्तर कामदारको पक्षमा ‘लबिङ’ गरेपछि घर फर्किने हवाई टिकट र केही महिनाको न्युनतम तलब दिएर स्वदेश पठायो । ‘हामीले दुई बर्षकै क्षतिपुर्ति पाउनुपर्ने थियो । घर फर्किन पायौं, त्यसमै खुसी हुनु पर्‍यो,’ उनीहरुले भने । ओम र एसआरएस सञ्चालक फरार कामदारहरु नेपाल फर्किए लगत्तै युएईस्थित नेपाली दुताबासले एजेन्ट ओमबहादुर थापालाई मानव तस्करी र एसआरएस सञ्चालकलाई आर्थिक शोषण मुद्दामा कारबाही गर्न वैदेशिक रोजगार विभागलाई पत्र पठायो । एजेन्ट थापाद्वयलाई कारबाही माग गर्दै मंगलबार पीडितहरु विभागमा उजुरी दर्ता गर्न पुगे । विभागका महानिर्देशक बिश्वराज पाण्डेले एसआरएस म्यानपावरका कामकारबाहीमा रोक लगाउनुका साथै सञ्चालक सुभद्रा बराललाई पक्राउ पुर्जी जारी भइसकेको बताए । ‘म्यानपावरका सबै काम कारबाही रोक्का गरिएको छ । बरालको नाममा भएको सम्पत्ति पनि रोक्का गरिएको छ,’ उनले भने । पीडित कामदारका अनुसार विभागले पक्राउ पुर्जी जारी गरेपछि एसआरएस म्यानपावरका संचालक कार्यालय बन्द गरी फरार भएका छन् । ‘हामीलाई आठ लाख रुपैयाँ दिएको भनेर म्यानेजर र एकाउन्टेन्टले प्रहरी समक्ष कबुल नै गरेको थियो,’ पीडित दिपेन्द्र रानाभाटले भने, ‘अहिले त म्यानपावर नै बन्द गरेर भागेछन् ।’ महानिर्देशक पाण्डेले ओमबहादुर र बलरामबिरुद्ध विभागले मानवतस्करी मुद्दा चलाउने बताए । ओमबहादुर दुबईबाट भारततिर छिरेको पीडितहरुले बताए । यो खबर आजको कान्तिपुरमा छ ।

भारतमा देह व्यापार गर्ने नेपाली चेली पक्राउ

चैत १५ । भारतको राजस्थानमा नेपाली युवतीलाई देह व्यापारको आरोपमा पक्राउ गरिएको छ । प्रहरीले छापामार्दा उनलाई आपत्तिजनक अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । नेपालको अर्घाखाँची जिल्ला घर भएकी ती युवतीलाई राजस्थानको सीकरस्थित एउटा होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरिएकाे भारतीय संचारमाध्यमले जनाएका छन् । ती युवतीले एक घण्टाका लागि दुईदेखि तीन हजार रुपैयाँ लिने गरेको प्रहरीको दाबी छ । प्रहरीले सोमबार राति गरेको कारवाहीमा अन्य तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल मालिक र दलाल रहेको बताइएको छ । कल सेन्टर खोलेर ‘हाइ प्रोफाइल’ व्यक्तिका लागि देहव्यापार गर्दै आएको सूचनाका आधारमा प्रहरीले कारवाही गरेको बताइएको छ । कारवाहीका क्रममा प्रहरीकै एक सदस्यलाई नक्कली ग्राहक बनाएर होटलमा पठाइएको थियो । ती युवती विवाहित रहेको र उनको पति दिल्लीस्थित एक होटलमा काम गर्दै आएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार पक्राउ परेकी युवतीले पतिलाई समेत आफ्नो पेशाका बारेमा राम्रो जानकारी रहेको बताएकी छन् । एजेन्सी

बाल्टिमोरमा प्रवासी एमालेहरुको भेला

चैत्र १० । नेकपा एमालेका प्रवासी कार्यकर्ताहरुको अमेरिकास्थित अघोषित संगठन प्रवासी नेपाली मंचको दोस्रो अधिवेशन मेरियाल्याण्डको बाल्टिमोरमा हुँदैछ । मार्चको ३१ तारिख अर्थात चैत्र १८ गतेदेखि तीन दिनसम्म चल्ने अधिवेशनमा प्रतिनिधि एवं पर्यवेक्षकसहित दुई सय ५० जनाको सहभागिता हुनेछ । दोस्रो अधिवेशनका लागि प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली अमेरिका आउने तय भएको छ । ‘अहिलेसम्म अधिवेशनका लागि पूर्व प्रधानमन्त्री आउने निश्चित छ’ मञ्चका न्युयोर्क च्याप्टर अध्यक्ष राधाकृष्ण देउजाले भने, ‘यद्यपी संभावित परिवर्तित घरेलु राजनीतिले भ्रमण स्थगित भए, त्यो अर्को कुरा हुनेछ ।’ अमेरिकामा रहेका २४ वटा च्याप्टरका एक सय ७१ प्रतिनिधिले तीन वर्षको लागि नयाँ नेतृत्वको चयन गर्ने छ । प्रवासी नेपालीहरुको हक हीतमा सक्रिय संगठन भनेर परिभाषित गरिएपनि मञ्च एमाले निकट संगठन हो । विशेषत यो संगठन, विदेशमा एमाले नेतृत्व पक्तिको आतिथ्य एवम् निर्वाचनको मौसममा पार्टी सहयोगका लागि सक्रिय रहँदै आएको छ । स्थापनादेखि नै विवादमा अल्झिदैं आएको कांग्रेस कार्यकर्ताहरुको प्रवासी संगठन, जनसम्पर्क मञ्च अमेरिकामा फेरि झगडा देखिएको छ । केही समयअघि मात्र भुकम्प पीडितको राहत रकमकै बिषयलाई लिएर बबण्डर मच्चिएको जनसम्पर्कको नेतृत्वले हालै घोषणा गरेको पहिलो साधारणसभाको आयोजना बारे अन्यौलता छाएको छ । अप्रिल २२ मा भर्जिनियामा तोकिएको सो साधारण सभाकै दिन असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पूर्व संयोजक बिष्णु सुवेदीले न्युयोर्कमा डेलिगेट भेलाको आव्हान गरेपछि विवाद सतहमा आएको हो । आइतबारमात्र नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल हस्ताक्षरित पत्रले आगामी स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेतृत्वलाई साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ । सुवेदी समुहले पार्टी निर्देशन पत्रलाई उचित कदम बताएको छभने गोरख बिष्टको नेतृत्वमा रहेको जनसम्पर्कले पछिल्लो स्थितिबारे अनविज्ञता जनाएको छ । फेसबुकमा सार्वजनिक पत्रले सभा रोकिन्न’ सभा आयोजक समितिका संयोजक केशव बरालले भने, ‘सभापति वा महामन्त्रीको हस्ताक्षरित पत्रलाई मात्र आधिकारिक मान्न सकिन्छ ।’