चिनियाँ रक्षामन्त्री नेपाल आउने

काठमाडौँ, चैत ७ । छिमेकी मुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान आगामी बिहीबार नेपाल भ्रमणका लागि आउने भएका छन् ।

नेपालका रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा उनी नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल तीनदिने औपचारिक भ्रमणका लागि वानक्वान नेपाल आउन लागेको हो ।

नेपाल भ्रमणका क्रममा जनरल चाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुका साथै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री खाँणसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

रक्षामन्त्री चाङले भूकम्पबाट क्षति भएका वसन्तपुर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन भ्रमण गर्ने बताइएको छ ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो तथा सहयोगका बारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले जानकारी दिए ।

चीनले पछिल्लो समय नेपालका ऊर्जा, सडक सञ्जाल, प्रविधि तथा व्यापार क्षेत्रमा लगानी र सहयोग गरिरहेको छ ।

कतारमा प्रदेश नं–१ का कांग्रेसजनहरुको परिचयात्मक भेला सम्पन्न

दिलिप पराजुली/ कतार, चैत ५। कतारमा कार्यरत प्रदेश नं–१ का कांग्रेसजनहरुको परिचयात्मक भेला शुक्रबार नेपाली जनसम्पर्क समिती कतारको प्रदेश नं १ संयोजक नगेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ । उक्त भेलाले ६ बुंदे घोषणा पत्र जारी गर्दै अर्जुन चापागाईंको संयोजकत्वमा “नेपाली कांग्रेस प्रदेश नं १, समन्वय समिती कतार” को समेत गठन गरेको छ  । समितीको सदस्य सचिवका खगेन्द्र खनाल रहेका छन् भने सदस्यहरु सेवन कार्की, अरुण केसी, पुकार बराल, भरत तुम्बाहाम्फे, कृष्ण बराल, मदन कटुवाल, सिता राई, सोमराज बराल, मनोज शाह र डिक बहादुर तामाङ्ग चयन भएका छन् । सोहि भेलामा धिरज चाम्लिङ्ग, कुमार काकी, नगेन्द्र श्रेष्ठ, प्रकाश कार्की, दिपक घिमिरे, राम सुँयाल र गोपाल कटुवाललाई सल्लाहकारमा चयन गरिएको छ । अर्जुन चापागाईंले सञ्चालन गरेको उक्त भेलामा कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै नेपाली जनसम्पर्क समिती कतार संस्थापक सदस्य कुमार कार्कीले नेपाल संघिय स्वरुपमा प्रवेश गरि सकेको अवस्थामा प्रदेश बाट नै संगठित हुँदै नेपाली काँग्रेसको बृहत्तर हित र विकास गर्नका निमित्त प्रवासमा समेत संगठन बलियो बनाउन आवश्यक रहेको बताए । कतारमा रहेका प्रदेश नं. १ को भेलाले जनसम्पर्क समिति कतारलाई समेत सुढृड र मजवुत पार्न भुमिका खेल्ने धारणा राख्दै जनसम्पर्क समिति कतारको अगुवाईमा अन्य प्रदेशहरुको समेत समन्वय समिति निर्माण हुनुपर्ने वताए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस १३ औं महाधिवेशन प्रतिनिधी तथा नेपाली जनसम्पर्क समिती कतारका निवर्तमान महामन्त्री धिरज चाम्लिङ्गले प्रदेश नं १ बाट सुरु भएको यो ऐतिहासिक अभियान यसै गरि अन्य प्रदेशहरुमा पनि विस्तारित हुँदै जानु पर्नेमा जोड दिए । उनले कतारमा संगठनलाई मजवुत वनाउनका लागि जनसम्पर्क समितिले आफ्नो अगुवाईमा अन्य प्रदेशका समेत समन्वय समितिहरु गठन गरि संगठनलाई सुढृड वनाउनु पर्ने बताए । भेलाले चयन गरेको समितिका सदस्यसचिव खगेन्द्र खनालले केन्द्रिकृत नेतृत्व र विकेन्द्रित कार्यविधि प्रणाली मार्फत संगठनलाई मजवुत वनाउन सकिने धारणा राख्दै स्थानियस्तरवाट नै काँगे्रसलाई मजवुत वनाउनका लागि काम गरिने वताए । भेलामा उपस्थित काँगे्रसजनहरुको सुझाव वमोजिम संगठन विस्तार र सुढृडिकरणमा ध्यान दिने समेत वताए । त्यसैगरि समन्वय समितिका संयोजक अर्जुन चापागाँईले समन्वय समितिले जनसम्पर्क समिति कतारसँग अत्यन्त नजिक रहेर कार्य गर्ने समेत उल्लेख गरे । प्रदेश नम्वर १ का १४ वटै जिल्लावाट कतारमा आई कार्यरत काँगे्रसका आस्थावानहरुलाई समन्वय समिति मार्फत जनसम्पर्क समितिमा सदस्य वनाई संगठनको वृहत्तर हितमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यो पहिलो भेला भएको र आगामी दिनमा जनसम्पर्क समितिका पदाधिकारीहरुलाई समेत सहभागि गराई संगठन विस्तार, प्रशिक्षण लगायत विविध कार्यक्रमहरु गर्ने जानकारी दिए । कार्यक्रमका सभापति तथा नेपाली जनसम्पर्क समिति प्रदेश नम्वर १ का संयोजक नगेन्द्र प्रसाद श्रेष्ठले सिंगो जनसम्पर्क समिति कतारको वृहत्तर हित र नेपाली काँगे्रस पार्टीको हितका लागि भेलामा उपस्थितहरुले देखाउनु भएको उत्साहले आफुलाई खुशी वनाएको कुरा व्यक्त गरे । त्यस्तै भेलालाई सफल वनाउनका लागि सहयोग गर्ने सम्पुर्ण काँगे्रसजनहरुलाई धन्यवाद व्यक्त गरे । नेपाली जनसम्पर्क समिति कतारको प्रदेश संयोजक भएको हैसियतले संगठन सुढृडिकरणका लागि यस्ता गतिविधि नेपाली जनसम्पर्क समिति मार्फत अन्य प्रदेशका काँगे्रसजनहरुमा समेत गर्न गराउनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको थिए । दोहाको एक रेष्टुरेण्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रकाश कार्की, दिपक घिमिरे, एकराज राई,  लगायतले आफ्नो मन्तब्य राखेका थिए । प्रदेश नम्वर १ मा रहेका १४ जिल्ला काँगे्रसका आस्थावानहरुको व्यापक उपस्थिति रहेको थियो । घोषणा पत्रको पूर्णपाठ १. नेपालको संघिय संरचना बमोजिम प्रदेश नं १ बाट कतारमा आई कार्यरत नेपाली काँग्रेसका आस्थावान कार्यकर्ताहरुलाई एकिकृत गरि नेपाली काँग्रेसको बृहत्तर हितमा सहयोग गरिनेछ । २. प्रदेश नं १ बाट कतारमा आई कार्यरत नेपाली काँग्रेसका आस्थावान कार्यकर्ताहरुको लगत तथा विवरण राख्ने कार्य गरिनेछ । ३. कतारमा कार्यरत नेपालीहरु विच भाइचाराको सम्बन्धलाई सुदृढ गरि सामाजिक, नैतिक तथा व्यवहारिक सहयोगका कार्यक्रम गरिनेछ । ४. नेपालको संस्कृति, पर्यटन तथा सामाजिक प्रवर्धनका लागी कार्यक्रमहरु आयोजना गर्नुका साथै सो किसिमका कार्यक्रमहरुमा सहभागिता जनाइनेछ । ५.  नेपाली काँग्रेसको भातृसंस्थाको रुपमा कतारमा स्थापित भई कार्यरत नेपाली जनसम्पर्क समिती कतारको बृहत्तर हित, संगठन विस्तार तथा सुदृढिकरण र गुणस्तर विकासका लागि सहयोगी तथा समन्वयकारी भुमिका निर्वाह गरिनेछ । साथै जनसम्पर्क समिती मार्फत अन्य प्रदेशका समन्वय समिती निर्माण गर्न समेत अनुरोध गर्दछौं । ६. आगामी बैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानिय निकायको निर्वाचन स्वच्छ, धाँधलिरहित र शान्ति सुव्यवस्थाका साथ सम्पन्न गराउन सम्बन्धित निकायलाई अनुरोध गर्दछौं । साथै प्रवासमा रहे पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निर्वाचन सफल वनाउन सहयोग गर्न सम्पूर्णलाई अनुरोध गर्दछौं ।

कतार गएका एक व्यक्ति ८ वर्षदेखि बेपत्ता, परिवार चिन्तित

धनुषा, चैत ४ । वैदेशिक रोजगारीमा ८ वर्षअघि कतार गएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाअन्तर्गत रमदैया भवाडी बस्ने नरेशकुमार यादव विगत ८ वर्षपूर्व विदेश गएका थिए । यादव विदेश गएको ३ वर्षपछि फर्किने खबर घरमा गरेको र उनी विदेशबाट विमान चढेर नेपाल आएको भनिए पनि हालसम्म उनको कुनै अत्तोपत्तो नभएको निजका बुबा रामवीर यादवले चिन्ता व्यक्त गर्दै भन्नुभयो । घरपरिवारको आवश्यकता पूरा गर्न तथा हातमुख जोड्न आफ्नो मुलुक छाडी ८ वर्षअघि खाडी मुलुक कतार गएका यादव अझै घर फर्कन नसकेपछि घरपरिवारमा उनी आउने आशा मरेर गएको छ । विदेशबाट घर फर्किन लागेको खुसीमा छोरालाई ल्याउन काठमाडौँ विमानस्थल पुगेका उनका बुबा रामवीर खाली हात रित्तै फर्किनुपरेको थियो । आफ्नो छोरा लिन काठमाडौँ पुगेका रामवीरले छोरा लिएर घर आउने उनको इच्छा त्यतिकै मरेर गएको छ । परिवारजनका अनुसार नरेश विदेशमा रहेका साथीले विमानस्थलसम्म पु¥याएको तथा पछि उनको कुनै अत्तोपत्तो नभएको बताएका छन् । उनी चढेको फ्लाइट दिल्लीमा होल्ड गरी काठमाडौँमा अवतरण गरेको हुनुपर्ने यादवका साथीको कथन उद्धृत गर्दै रामवीर यादवले बताउनुभयो । आठ वर्षदेखि सम्पर्कविहीन रहेका यादवलाई आफ्नै काकाको छोरा श्याम यादव (एजेन्ट) मार्फत विदेश पठाइएको थियो । गरिब एवम् विपन्न परिवारका यादवको तीन छोरी रहेका छन् । यादव सम्पर्कविहीन भएपछि उनको परिवारको बिचल्ली भएको छ । साथै उनका बुबा रामवीर यादवले छोरालाई खोजिदिन सरोकारवालासँग आग्रह गर्नुभएको छ । धनुषाकै अर्का एकजनाको मलेसियामा रहस्यमय मृत्यु यसैगरी, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धनुषाका एकजनाको मृत्यु भएको छ । धनुषा जिल्लाको कठपुल्ला निवासी २१ वर्षीय सन्तोष सिंहको मलेसियाको पुचुङस्थित आफू बस्दै आएको आवासको प्राङ्गणमै रहस्यमय मृत्यु भएको हो । धनुषाको उत्तरी क्षेत्र हंसपुर कठपुल्लाका महेश सिंहका २१ वर्षीय सन्तोषको शव झुन्डिएको अवस्थामा भेटिएको सोही स्थानमा काम गर्दै आएका धिरेन्द्र पासवानले जानकारी दिएका छन् । मृतक सिंहका बुबा, आमा र दुई बहिनी परिवारमा रहेका छन् । करिब साढे दुई वर्षदेखि मलेसियामा रहँदै आएका सन्तोषको शवलाई सक्दो चाँडो नेपाल फर्काउने प्रयासमा आफुहरु लागको धिरेन्द्र पासवान जानकारी दिनुभयो । साथै सिंहले काम गर्ने कम्पनी व्यवस्थापन पक्षले समेत घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । मृतक सन्तोष निगाई हिङ्ग फाउन्ड्री वर्कस् नामक कम्पनीमा कार्यरत थिए । रासस

नेपाली महिलालाई दिल्लीमा सामूहिक बलात्कार गर्ने ५ पक्राउ

चैत्र ३ । भारतको नयाँ दिल्लीमा बसोबास गर्दै आएकी एक नेपाली महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा त्यहाँको प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । शनिबार राति उनीहरुले ती महिलालाई भाडाका फ्ल्याटमा लगेर सामूहिक बलात्कारका थिए । कल सेन्टरमा काम गर्ने उनीहरुलाई आईतबार दिल्ली प्रहरीले नियन्त्रणमा लिएको हिन्दुस्तान टाईम्सले लेखेको छ । घटनामा संलग्न रहेका अर्का एक कुन्दन नाम गरेका युवकको भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानको क्रममा सामूहिक बलात्कारमा संलग्न दुई जना युवकको पीडित युवतीसँग सम्पर्क रहेको खुलेको जनाएको छ । पक्राउ पर्नेहरुमा नविन कुमार, प्रतीक कुमार, विकास मेहरा, सर्वजीत र लक्ष्य नाम गरेका युवकहरु छन् । उनीहरुलाई घटनास्थल भएकै ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले संकलन गरेको सीसीटिभी फुटेजमा पीडित महिला पहिलो तल्लाबाट हाम्फालेर सडक यात्रुहरुसँग सहयोग मागेको देखिएको छ । १७ सेकेन्टको उक्त फुटेजमा पीडित महिला निबस्त्र भागेको देखिएको छ । लगत्तै पीडित महिला अटो रिक्सा चढेर त्यहाँबाट गएकी थिइन् । पीडित महिला हाल उपचारको क्रममा दिल्लीस्थित लालबहादुर शास्त्री अस्पतालमा छिन् । प्रहरी उजूरीमा ती महिलाले ५ जना महिलालाई आरोपी बनाएकी थिइन् । उनीहरुले फ्ल्याटमा लगेर थुनेको, जबरजस्ती रक्सी खान लगाएको र बलात्कार गरेको उजूरीमा भनिएको छ । वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाईम्सको रिपोर्टमा उल्लेख गरिएअनुसार ती महिला दक्षिण दिल्लीको मुनिर्ख क्षेत्रमा आफ्ना दुई बच्चाका साथ बस्दै आएकी थिइन् । सिटी कोर्टले पक्राउ परेकाहरुलाई थुनामा राख्न दिएको आदेश बमोजिम उनीहरुलाई जेल चलान गरिएको छ ।

दोहाका साहित्यकारहरुले यसरी सम्झिए स्वर्गीय शेखर बैद्यलाई

दोहा कतार, चैत ३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार र नबोदित साहित्य वाचनालय कतारको नियमित वाचन डबली को ६७ औ शृंखला यहि मार्च १० तारिक शुक्रबारका दिन दोहाको टपफर्म रेस्टुरेन्ट को सभाहल मा सम्पन्न भएको छ । साहित्यिक सर्जक राजन राई संयोजक भइ संचालन गर्नु भएको उक्त डबलीमा तिर्थ संगम राइ, बिनोद खड्का, सिताराम थापा,लेख कार्की, इश्वर शाही, निराजन लुइँटेल,श्यामराज रानाभाट, दिलिप पराजुली, प्रेम प्रसाद भट्टराई, यादब रेग्मी, बिन्दा लामा, बिक्रम चेतनशील राइ, बन्धु घिमिरे, बिन्देश्वर ठाकुर, चक्र कार्की ,सुभाष सापकोटा, रुप रसाइली, सुभ सन्ध्या, गोबिन्द उदासी, माधब पौडेल, बसन्त भुजेल, मणि राम पौडेल लगायतका थुप्रै कबि तथा गजलकारहरुले आफ्ना आफ्ना सृजनाहरु वाचन गर्नु भएको थियो । कतारको विविध सामाजिक गतिविधिमा लामो समय देखि सक्रिय सहभागिता जनाउदै प्रवासमा रहेका नेपाली श्रमिकहरुका समस्याहरुको साथै नेपाली साहित्यलाई नजिकबाट नियाल्नु हुने स्वर्गीय शिखर बैद्यको तेस्रो वार्षिक पुण्य तिथी सहितको डबली संचालन गरिएको थियो । स्वर्गीय बैद्यको स्मृतिमा मौन धारण गरि सुरु गरिएको उक्त डबलिमा सिर्जना वाचन गर्ने सर्जकहरु तथा सो डबलीका विशिष्ट श्रोताको रुपमा रहनु भएका सामाजिक अगुवा चानक पोख्रेलले स्वर्गीय बैद्यको जीवनी र उहाँले कतारमा नेपाली संस्थाहरुको स्थापना तथा विकासमा खेल्नु भएको अग्रणी भूमिकाको साथै नेपाली साहित्यिक सस्थाको सुरुवात र बिकासमा पुर्याउनु भएको अमुल्य योगदानको बारेमा बताए भएको थियो । स्वर्गीय बैद्य कतारमा हुने प्राय सबै जसो साहित्यिक कार्यक्रममा नियमित उपस्थित हुने तथा नेपाली साहित्यलाई प्रबासमा पनि कसरी अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा सल्लाह सुझाब दिने र सहयोग गर्ने गर्नु हुन्थ्यो । हरेक महिना हुने वाचन डबलिलाई भिडियो रेकर्ड गरि युट्युबमा अपलोड गर्न सुरु गर्नु भएका स्वर्गीय बैद्यको अल्पायूमै ज्यान गएको थियो । हरेक महिनाको दोश्रो सुक्रवार संचालन गरिने वाचन डबलिमा दोहाका साहित्यिक सर्जकहरुले आफ्ना आफ्ना सृजनाहरु सुनाउने र अरुका सृजनाहरु सुन्ने गर्दछन । साहित्य क्षेत्र तथा अन्य सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउदै आइरहेका एक जना व्यक्तिलाई बिशिस्ट स्रोताको रुपमा राखेर सुरू गरिने यो कार्यक्रम भाषणबाजी बिना संचालन हुने दोहाको एक मात्र बिसुद्ध साहित्यिक कार्यक्रम हो साथै सो कार्यक्रमको संचालन संग सगै विशिष्ट श्रोताको व्यक्तिगत जिबनीको बारेमा पनि जानकारी दिने गरिन्छ ।

उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्री सिंहबीच भेटघाट

नयाँदिल्ली, चैत ३ । भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज बिहान भेटवार्ता भएको छ । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे आफ्ना समकक्षी सिंहको ध्यानाकर्षण गराउनु भएको थियो । जवाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गरेका थिए । त्यस अबसरमा गृहमन्त्री निधिले नेपाल भारत सीमा बिबादका सम्बन्धमा बिगत तीन बर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राबिधिक टिममा २ वटा टिम थपेर सीमा स्तम्भ लगायतका प्राबिधिक कामलाई थप गति दिने प्रस्ताब गरेको थियो । भारतीय गृहमन्त्री सिंहले प्राबिधिक टिम थप्ने बिषयमा भारतीय पक्ष सकारात्मक भएको प्रतिकृया दिनु भएको थियो । दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान सरसहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने बिषयमा छलफल भएको थियो । भारतीय समकक्षी सिंहसंगको भेटमा गृहमन्त्री निधिले बिगतको संबिधान सभा चुनावमा भारतीय पक्षले गृहमन्त्रालय र निर्बाचन आयोगलाई आबश्यक पर्ने लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै आगामी निर्बाचनमा पनि सहयोगका लागि आग्रह गर्नु भएको थियो । भारतीय समकक्षी सिंहले लजिस्टिक सपोर्ट गर्ने बिषयलाई सकारात्मक रुपमा लिनु भएको थियो । सो भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी रहेका थिए । प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँ दिल्ली आउनु भएका गृहमन्त्री निधि राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । गृहमन्त्री निधिले आज अपरान्ह भारतीय बिदेशमन्त्री शुष्मा स्वराजसंग भेट्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री निधि भोलि स्वदेश फर्कदै हुनुहुन्छ ।

चरम श्रम शोषणको मारमा मलेसियामा नेपाली

मलेसिया, फागुन २८ । कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन् । भने जति तलब पाएका छन् तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उहाँलाई कारागारमा बसेकोभन्दा बढी सकस हुन्छ । कैलाली भेड्पु–४ का अशोककुमारले पनि मलेसियामा पसिना बगाएको दुई वर्ष पूरा भएको छ । महिना मरेपछि हातमा तलब । काम उही, बुट बजार्ने । तेत्तीस डिग्री सेल्सियस तापक्रममा बाह्र घण्टा उभिएर सेवा गर्नु पर्दा उनको मन कुँडिन्छ । घर र लालाबालालाई सम्झेर उनी भुक्तमान भोगिरहेका छन् । उनको बिस्तरा भएको कोठामा पनि अरु १३ जनाका गुन्टा छन् । धरान उपमहानगरपालिका–२२ देवी गाउँका रामबहादुर तामाङको तीनवर्षे करार सकिन केही सातामात्र बाँकी छ । उनी पनि १५ जनाको एउटै शयनकक्षमा आँखाको विष मार्छन् । आफूहरूले ओढ्ने ओछ्याउनेको व्यवस्थाका लागि अनुरोध गर्दा रोजगारीदाता केही कम्पनीका मालिक नेपालीलाई अपमानपूर्ण व्यवहार गर्दै प्रतिप्रश्न गर्ने गर्छन्(“जङ्गलमा बस्ने तिमीहरूलाई बिछ्यौना किन चाहियो रु” इण्डोनेसिया, भारत, बङ्गालदेश र म्यान्माका आप्रवासी श्रमिकको अवस्था पनि नेपालीको जस्तै रहेको बताउँछन् अधिकारी । लुटपाटबाट जोगिन पलपल सावधान रहनुपर्ने बाध्यता छ भने भ्रष्टाचारको दलदलमा फसेका केही मलेसियाली प्रहरीले पनि आप्रवासी कामदारलाई नराम्ररी सताउने गरेका उनको गुनासो छ । रोजगारीदाता कम्पनीले उपलब्ध गराएको वैधानिक परिचयपत्र प्रहरीका निम्ति खोस्टो शिवाय केही हुँदैन । साथमा राहदानी पनि हुँदैन । कम्पनीको परिचयपत्र देखायो भने पक्राउ गरिहाल्छन् । घटीमा ५० रिङगिट ९करिब रु १२००० नजराना चढायो भने छाडिदिने गरेका उनी बताउँछन्। “साथमा सधैँ पैसा हुने कुरा पनि भएन, कम्पनीले खिचेको राहदानी ज्यान गए दिँदैन,” कष्ट र पीडाको पेटारो फुकाउँदै गहभरि आँसु पारेर तामाङ भन्छन् । मलेसियामा कार्यरत झण्डै सात लाख नेपालीमध्ये एक लाख जनाको सामूहिक समस्या हो यो । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मापदण्ड विपरीत आठ घण्टाभन्दा बढी समय आप्रवासी श्रमिकले काम गर्नुपरेको छ भने केहीले मात्र अतिरिक्त समय काम गरेबापत नगन्य मात्रामा थप पारिश्रमिक पाउने गरेका छन् । अझ अचम्म लाग्दो कुरा के छ भने सन् १९५५ को अन्तर्राष्ट्रिय राहदानी ऐनअनुसार राहदानीबाहकले आफैसँग त्यसलाई राख्न पाउने अधिकारको उपभोग गर्न पाएका छैनन् । श्रमिकको राहदानी सम्बन्धित व्यक्तिसँगै हुनुपर्ने अन्तर्राष्ट्रिय प्रचलनको सम्मान गर्न र उनीहरुलाई करारनामामा गरिएको प्रतिबद्धताअनुसारका सेवा सुविधा उपलब्ध गराउन मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले अहोरात्र खटेर काम गरिरहेका छन् । आर्थिक कूटनीति र कूटनीतिक अन्य पाटालाई क्रियाशील गर्न नभ्याउँदै उनको चारवर्षे कार्यकाल करिब आठ महिनापछि पूरा हुँदैछ । श्रम÷श्रमिक कूटनीतिमा नै व्यस्त हुनुपरेकाले नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धनमा सोचेजस्तो गर्न नसकेको उनी स्वीकार गर्छन् र भन्छन्, “मेरो ९० प्रतिशत समय लेबर डिप्लोमेसीमै सकिने गरेको छ ।” समय–समयमा नेपालबाट आउने उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन टोली, संसदीय प्रतिनिधिमण्डल अनि राष्ट्रिय योजना आयोगका कर्मचारीलाई एउटै विषयमा बारम्बार जानकारी दिनुपर्दा ‘लखतरान’ पर्नु भएका उनलाई अर्को समस्याले पनि नराम्ररी गाँज्ने गरेको छ (नेपालका प्रायः सबै राजनीतिक दलसँग आबद्ध प्रवासी सङ्घ÷सङ्गठन र तिनले आयोजना गर्ने नेपाली कामदारसम्बन्धी कार्यक्रम । “राजनीतिक दलका प्रभावशाली नेता, पूर्वमन्त्री नै कार्यक्रममा सहभागी हुने भएपछि राष्ट्रको प्रतिनिधि मैलै चाहेर पनि त्यस्ता कार्यक्रम एभइड् गर्न मिल्दैन,” पदीय दायित्व र मर्यादा कायम गर्नुपर्ने बाध्यता बोल्छन् उनी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिका सदस्य भरत खड्कासहितको नेपाली प्रतिनिधिमण्डलसँग राजदूतावासमा उनले राष्ट्रको गरिमा बढाउन कूटनीतिक सञ्चालनका साथै झेल्नु परेका समस्याबारे जानकारी गराउँदा नीति निर्माता दुवैजनाले शिष्टाचारका दुई शब्दबाहेक थप केही भनेनन। आप्रवासी कामदारका समस्या समाधानका साथै उनीहरूको सर्वतोमुखी हित सुनिश्चित गर्र्न तथा मलेसिया सरकारलाई झक्झक्याउन सुझबुझपूर्ण कूटनीति सञ्चालन गर्दै राजदूत बस्न्यातले यहाँ रहेका १६ मुलुकका आफ्ना समकक्षीसँग छलफल गरेर त्यसको निचोड मलेसिया र नेपाल सरकारसमक्ष प्रस्तुत गरिसक्नुभएको छ । यद्यपि त्यसले लक्ष्यित परिणाम प्राप्त गरिसकेको छैन । पर्याप्त बजेट र जनशक्तिको अभावमा दैनिक तीनसयभन्दा बढी सेवाग्राहीलाई सेवा दिनु उनका निम्ति चुनौतीपूर्ण छ तर त्यसलाई हरतरहले व्यवस्थापन गर्दै आएका छन् उनले । “दरबन्दीअनुसार पदपूर्ति नहुँदा समस्या भएको छ,” राजदूत बस्न्यात हरेक दिन कामको चाप थपिएको तर सहयोगी हात नपाएको दुखेसो गर्दै भन्छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २९।६ प्रतिशत योगदान विप्रेषण आप्रवाहबाट भइरहेको वास्तविकतालाई दृष्टिगत गर्दा मलेसियामा श्रम बेच्ने नेपालीले त्यसमा ३५ प्रतिशत भाग ओगटेका छन् । देशको अर्थतन्त्रमा वैदेशिक रोजगारीका माध्यमबाट भएको यो भरथेगलाई कम आँकलन गर्न नहुने उनको अभिमत छ । राहदानी, यात्राअनुमतिलगायत अन्य सेवा प्रवाहबाट सङ्कलित ठूलो धनराशि राज्यकोषमा दाखिला हुँदा पनि दूतावासलाई आवश्यक बजेट समयमा उपलब्ध नगराउने, विशेष गरी उद्धारका काम गर्न सधैं बजेट नपुग्ने र कर्मचारी पनि नपठाउने प्रवृत्तिले उनको उत्साहमा अवरोध सिर्जना गरेको छ । मलेसिया हिँड्नुअघि नै गरिब श्रमिक आफ्नै मातृभूमिमा ठगिएको वेदना सुन्नुपर्दा ज्यादै दुःख लाग्छ उनलाई । नेपालमा त्यस्ता ठगलाई कारबाही नभएकामा राजदूत बस्न्यात उत्तिकै चिन्तित छन् । सन् २०१५ मा रु ६७ करोड र सन् २०१६ मा रु २८ करोड २० लाख राज्यको ढुकुटीमा दाखिला गरेको जानकारी दिँदै उनले रु सात करोड ५० लाखको वार्षिक बजेटले दूतावास सञ्चालन गर्न हम्मेहम्मे परेको बताए ।

माओबादि केन्द्र निकट युरोपमा रहेका जनप्रगतिशिल मञ्चहरुको एकता अधिबेसन तोकिएकै मितिमा हुने

प्रवासमा माओबादी केन्द्र निकट प्रवासमा रहेको संगठन नेपाली जनप्रगतिशिल मंचहरुको अधिवेसन तोकिएकै मिति र समयमा हुने कुरा आयोजकहरुले बताउनु भएको छ । नेकपा ( माओबादी केन्द्र) का नेता तथा बिदेस बिभाग प्रमुखको प्रमुख उपस्थितिमा संपन्न हुन गईरहेको सो अधिवेसन तथा भेलाहरु नेपालको राजनैतिकमा देखिएको असजिलो परिस्थितिलाई मध्यनजर गर्दै क. नारायणकाजी श्रेष्ठ (प्रकास) उपस्थिती हुन नसक्नु हुने कारणले अधिवेसननै रोकिएको हो की भन्ने भ्रमहरु पर्न गएको मा यूरोप स्थीत मंचका अध्यक्षहरु तथा संयोजकहरुले बिज्ञाप्ति जारी गर्दै कार्यक्रम मा कुनै फेरबदल नभएको जानकारी दिनु भएको छ । बिज्ञाप्तिमा नेपालको संबेदना प्रति ध्यान दिदै क. प्रकास जस्तो शिर्ष नेताले नेपालको राजनैतिक घटना प्रति गहिरो चिन्ता हुनु स्वाभाबिक मात्र नभएर मुलुक प्रतिको जिम्मेवारी पनि हो भनिएको छ । साथै बिज्ञप्ति उहांले मुलुक प्रतिको जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राख्नुले हामी नेपाली जनप्रगतिशिल मंचका सदस्यहरुले पनि सो पार्टीको बिचार सिन्द्धान्त सहि छ भन्नेमा गर्व महसुस गरेका छौं । नेपाली जनप्रगतिशिल मंचहरुको तोकिएको अधिवेसनको कुनै पनि तालिकाहरु परिवर्तन नभएको जानकारी संपुर्ण प्रवास स्थीत संघ संस्था र जनसमुदायलाई जानकारी गराउदछौं । तय भएका अधिवेसनका कार्यक्रम अनुसार, पचुर्गलमा मार्च ११ बेलायतमा मार्च १२ डेनमार्कमा मार्च १८ बेल्जियममा मार्च १९ र स्वीजरल्याण्डमा मार्च २६ मा कार्यक्रम सुचारु रहेको छ । नेपाली जनप्रगतिशिल मंच फ्रान्स, स्पेन, ईटाली, नेदरल्याण्ड, आईरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, स्वीडेन, अष्ट्रिया, चेक रिपब्लिक लगाएत देसहरुमा छिट्टै कार्यक्रमको तालिका प्रकासित गरिने कुरा नेपाली जनप्रगतिशिल मंचको छाता संगठन संयूक्त नेपाली मोर्चा , यूरोपका सचिव दधिराज घिमिरेले बताउनु भयो

दलाईका कारण भारतलाई चीनको यस्तो चेतावनी

फागुन २३ । तिब्बती निर्वासित नेता दलाई लामाका कारण चीनले भारतलाई कडा चेतावनी दिएको छ । दलाई लामा ‘पृथकतावादी’ रहेको भन्दै यदी उनी अरुणाचल प्रदेश गएमा त्यसको गम्भीर परिणाम भारतले भोग्नुपर्ने चीनले चेतावनी दिएको हो । उल्लेखनीय छ, अरुणाचल प्रदेशका केही भूभागमा भारत र चीनबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । विवादित क्षेत्रमा चीन विरोधी गतिविधिमा लागेका नेताको भ्रमण आफूलाई सह्य नहुने चीनले प्रष्ट पारेको हो । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेंग शुवाङ्गले भने, ‘दलाई लामाको अरुणाचल भ्रमणले भारत र चीनबीचको सम्बन्धलाई असर पार्नेछ, दलाई लामाको विवादित क्षेत्रमा हुने भ्रमणको चीन सदैव विरोध गर्दछ ।’ चिनियाँ सरकारी अखबार ‘ग्लोवल टाइम्स’का अनुसार विवादित क्षेत्रमा दलाई लामाको भ्रमणबाट निस्कने नतिजाका बारेमा भारतीय अधिकारीहरु बेखबर छन् या उनीहरुले उपेक्षा गरिरहेका हुन् भन्ने प्रष्ट छैन । तर लामाको भ्रमणले दुई देशबीचको सम्बन्धमा तनाव बढ्ने निश्चित रहेको सो अखबारले जनाएको छ ।

धनकुटा प्रवासी सेवा समाजमा लिम्बु निर्वाचित

दोहा, फागुन २२ । धनकुटा प्रवासी सेवा समाज दोहा कतारको अध्यक्षमा ललित लिम्बु निर्वाचित भएका छन् । दोहाको टप फर्म रेष्टुरेन्टको सभाहलमा फागुन २१ गते सकिएको पाँचौ अधिवेशनबाट लिम्बुको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समाजको प्रथम उपाध्यक्षमा पदम कुमार घिमिरे ,द्धितीय उपाध्यक्ष डिल्ली कुमार सुवेदी, तृतीय उपाध्यक्ष सन्तोष सिवा निर्वाचित गरेको छ । समाजको महासचिवमा रबिन थापा मगर, सचीव मोतीराम पाँचकोटि ,संगठन सचिव मन्दिप राई, कोषाध्यक्षमा प्रेम जिमि ,सह कोषाअध्यक्ष केशव राना मगरलाई चुनेको छ । समाजको सदस्यहरु सारुक सुन्दास,रामजी आचार्य, देव सुन्दास, तिल बिक्रम मगर र सरोज थापा रहेका छन् । कार्यक्रममा नव निर्वाचित अध्यक्ष लिम्बुले निर्वाचित कार्य समितिलाई धन्यवाद दिँदै कतारमा रहेका धनकुटा बासिहरु नेपालीहरुको हक अधिकार र हितका क्षेपमा काम गर्ने प्रतिवद्धता जनाए । उनले भने–तपाईँहरुले ठूलो जिम्मेवारी दिनुभएको छ, यसलाई म पालना मात्रै गर्न छैन सबैको हित र अधिकार रक्षाका लागि काम गर्नेछु, यस्तै सहयोग पाइरहुँ ।’ समाजका कार्यवाहक अध्यक्ष ललित लिम्बुको अध्यक्षता तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष बिनेष तामाङको प्रमुख आथित्यमा अधिवेशन भएको हो । व्यानर अनावरण तथा दिप प्रज्वलन गरि सुरु गरिएको कार्यक्रमको सञ्चालन समाजका सद्स्य रबिन राना मगर तथा स्वागत मन्तव्य समाजका सल्लाहकार प्रमुख तुलसी सुबेदीले गरेका थिए । कतारमा कार्यरत धनकुटा बासीहरुको पहलमा २००४ सालमा “धनकुटा प्रवासी सेवा समाजको चाहना, शुद्ध सामाजिक भावाना” भन्ने मुल नाराको साथ स्थापित भएको धनकुटा प्रवासी सेवा समाज कतारमा रहेका संघ संस्थाहरुको सुचिमा छुट्टै पहिचान बनाउन सफल संस्थाको रुपमा रहेको छ । समाजका सदस्य रबिन थापा मगरले प्रगति विवरण सुनाउदै समाजले कतारका विभिन्न सामाजिक संघ संस्थाहरुसँग सहकार्य गरि कतार तथा नेपालमा भएका प्राकृतिक विपत्ति, शिक्षा ,स्वास्थ र यातायात जस्ता सामाजिक कामहरुमा सहयोग पुर्याउदै आएको प्रष्ट पारेका थिए । उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गणेश प्रसाद बन्जाडे , समाजसेवी तथा वुद्दीजिवी चानक पोखरेल , कास्की आदर्स सेवा समाज , मोरङ सुनसरी सेवा समाज , पाल्पा , संखुवासभा , वखलढुङा , उदयपुर , प्युठान , भोजपुर ,गोरखा , तमु गुरुङ समाज , किराँत याक्थुङ सहित पन्ध्र भन्दा माथी संघ संस्थाहरुको उपस्थिति रहेको थियो । उपस्थिति सामाजिक संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्यको लागी मोरङ सुनसरी सेवा समाज , कास्की सेवा समाज र संखुवासभा सेवा समाजका अध्यक्ष क्रमस युगेन्द्र कार्की , मन ब राना मगर र लोक ब गुरुङले राख्नु भएको थियो । जातीय संस्था बाट किरात याक्थुङ कतार र जनजाती महासंघ कतारका प्रतिनिधिले शुभकामान मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्दै पत्रकार महासघ शाखा कतारका अध्यक्ष गणेश बन्जाडेले र समाजसेवी चानक पोखरेलले धनकुटा पुर्वाञ्चलकै केन्द्र ,प्राकृतिक सम्पदा र कला सस्कृती धनी रहेको औलाउदै समाजले कतारमा पनी स्थापित संघ संस्थाहरु सँग समन्वय गर्दै कला संस्कृती ,खेलकुद क्षेत्र लगायत अन्य सामाजिक काम हरुको प्रशंसा गरेका थिए । समाजले समाजलाई विभिन्न बीधामा सहयोग पुर्याउने खेलाडी, कलकारहरुलाई खादा र प्रमाण पत्र बाट सम्मान गरेको थियो । त्यस्तै समाजलाई वर्तमान सम्म ल्याईपुर्याउन सहयोग गर्ने र धनकुटा समाजका संस्थापकहरुलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती बीनेश तामाङले जिल्ला वासीहरु एकतबद्द हुनु आफैमा राम्रो कुरा हो जसबाट प्रवासमा हामी माथी हुनेगरेका र आईपर्ने समस्या र अप्ठ्याराहरु लाई छिट्टै सम्बन्धित निकाय सम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको स्मरण गर्दै कतारको परिवेशमा धेरै जातिय र जिल्ला गत सामाजिक संघ सस्थाहरु स्थापित रहेको बताए । तामाङले गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारले कतारमा स्थापित सामाजिक संघ संस्थाहरु सँग समन्वय गरिएको जनाउदै जिल्ला संस्थाहरुले आफ्ना आन्तरिक कार्यक्रम बाहेक अब आउँदा दिनहरुमा हाम्रा राष्ट्रीय पर्व र दिनहरु सबैले एकै ठाउमा मनाउनु पर्ने कुरामा जोड दीदै जिल्ला संस्थाहरु लाई सहयोग गर्नको लागि अनुरोध पनि गरेका छन् ।

एकता मञ्च भारतद्वारा शोक व्यक्त

फागुन १९ । माओवादी केन्द्रको जनबर्गीय सङ्गठन अखिल भारत नेपाली एकता मंचका केंद्रीय महासचिब चक्र बहादुर मलाती (कमरेड सीतल)की आमा नन्दमदेवी मलातीको उपचारका क्रममा निधन भएको छ । दुर्गौली ६ कैलाली घर भई हाल मुंबईको बोरीवलीमा बस्दै आउनुभएकी ५७ वर्षीय मलातीको श्वासप्रश्वाससम्बन्धी समस्याका कारण निधन भएको हो । उहाँका ३ छोरी र ३ छोरामध्ये चक्र बहादुर मलाती जेष्ठ पुत्र हुनुहुन्छ । मलातीको निधन भएपछि आज मुम्बैमा एकता मंचका सचिव सुरेन्द्र देवकर मोहन देवकर सहकोषाध्यक्ष शिव प्रसाद महत पश्चिम भारत क्षेत्रका अध्यक्ष तथा पदाधिकारिहरु केन्द्रीय समिति क्षेत्रीय समिति लगायतका नेता कार्यकर्ताहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता र मौन धारण सहित श्रद्धाञ्जली मन्तव्य दिएका छन् ।

हजारौं माओवादी समर्थक चुनावका लागि विदेशबाट फर्किँदै

युएइ, फागुन १८ । सरकारले बैसाख ३१ गते घोषणा गरेको स्थानिय चुनाबका लागी माओबादी केन्द्र्का समर्थकहरु प्रदेशबाट ठूलो सङ्ख्यामा घर फर्कने भएका छन । २ लाख भन्दा बढी माओबादी केन्द्र समर्थकहरु छिट्टै चुनाबकै लागि फर्कन लागेको र कयौ फर्किसकेको बिदेश स्थित माओबादी निकट भातृ सङगठनहरुले जनाएका छन । चुनाबको प्रचार(प्रसार भन्दा पनि माओबादी केन्द्रको अधिक बिजय सुनिश्चित भएको हुदाँ उत्सब मनाउन मात्र जान लागेको फर्कदै गरेका केही समर्थकहरुले दावी गरेका छन् । विशेषगरी आफ्नो गाउँ ठाउमा भ्रममा परिरहेका आफ्ना आफन्तहरुलाइ झुटो आस्वासनबाट मुक्त गराउन , नक्कली राष्ट्रबादीहरुले ओडाएको घुम्टो निकाल्न र पार्टीको एजेन्डा तथा कामकारबाही बारे सबैलाई प्रष्ट पार्न आफुहरु जान बाध्य भएको बताएका छन । यसैगरी चुनाव मा नेपाल जानेमा सबैभन्दा बढी खाडी बाट रहेका छन जसमा साउदी ,कतार ,युएइ ,मलेसिया ,बहराइन ,ओमान र कुबेत बाट मात्रै मात्र दैनिक १०० जना भन्दा बढी कार्यकर्ता हरु नेपाल गैरहेको र कयौँ जाने क्रममा रहेको जानकारी पार्टी को बिदेश बिभाग संगठन जन प्रगतिशिल मन्चका केन्द्रीय प्रतिनिधिले जानकारी दिए । कुबेतमा माओबादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको उपस्थितिमा भब्य कार्यक्रम समेत सम्पन्न भएको कुबेतबाट मन्चका प्रतिनिधिले बताएका छन् । जनप्रगतिशिल मन्च कुबेतका अध्यक्ष समेत रहेका दावा छिरिङ्गले उक्त कार्यक्रममा ठूलो उत्साहका साथ सयौको सङ्ख्यामा एमाले ,काङ्ग्रेस परित्याग गरि माओबादी केन्द्रमा प्रबेश गरेको बताउदै स्थानिय चुनाबलाइ मध्यनजर गरि कयौ समर्थकहरु घर फर्कन समेत लागेको जानकारी दिए । त्यसै गरि ओमनबाट पनि चुनाबकै लागि दैनिक स्वदेश फर्कने क्रम जारी रहेको ओमान स्थित जन प्रगतिशील मन्चका अध्यक्ष पदम प्रसाद अर्यालले बताएका छन । यस्तै बहराइनबाट समेत चुनाबकै लागी माओबादी केन्द्रलाइ सयोग गर्ने उदेश्यले अन्य देशको जस्तै ठूलो सङ्ख्यामा माओबादी केन्द्र समर्थकहरु फर्किरहेको र फर्कने क्रममा रहेको त्याहाबाट नारायण रापाल बिश्वकर्माले जानकारी दिए । जनप्रगतीशिल मन्च बहराइनका अध्यक्ष समेत रहेका बिस्वकर्माले प्रदेशिहरुको उत्साह माओबादी केन्द्रप्रती उच्च रहेको बताउदै भन्छन – प्रदेशिहरुको समेत माओबादी केन्द्रप्रती रहेको यस्तो उत्साहले हरेक ठाउबाट माओबादी केन्द्रकै बर्चस्व हुने देखिन्छ । सबै भन्दा बढी नेपाली रहेको देश मलेसियाबाट समेत कयौ माओबादी समर्थकहरुले चुनाबकै लागी भन्दै जागीरबाटै राजिनामा दिएको त्याहाबाट दिप लिम्बूले बताएका छन । जनप्रगतीशिल मन्च मलेसियाका माहासचिब समेत रहेका लिम्बुले फर्कदै र जाने क्रममा रहेका कयौ माओबादी समर्थकहरुको उत्साहले स्थानिय चुनाबमा माओबादी केन्द्रलाइ नै निर्णायक बनाउने बिश्वास समेत ब्यक्त गरे । युएइबाट चुनाबकै लागी स्वदेश छिट्टै स्वदेश फर्किन लागेको बताउने गोरखाका राजु रोक्का भन्छन – म छिट्टै घर फर्कने तयारी गरिरहेको छु ,नक्कली राष्ट्र्बादीहरुले फैलाएको प्रचारात्मक झुटलाइ पर्दाफास गरी सत्यताको अबगत गराउनु पर्ने मैले आवश्यक ठानेको छु । जनताको अमुल्य मतको सकेसम्म सही ठाउमा सदुपयोग गराउने मेरो मिसन हो । यता स्वदेशमा पनि माओबादी केन्द्रप्रति जनताको उत्साह उच्च रहेको माओबादी केन्द्रका विभिन्न जिल्ला भ्रमणमा रहेका नेताहरुले बताएका छन । आफ्नो गृह जिल्ला रामेछापका जनतासँगको भेट्घाटमा रहेका एक जना नेता सेबक कार्की भन्छन – बास्तबमै जनताको ठुलो उत्साह छ ,नक्कली राष्ट्रबादीहरुले दिएको झुटो आस्वासनबारे जन्ता सचेत भैसकेका रहेछन अनि माओबादी केन्द्रको कामबारे जनताहरु निक्कै सन्तुष्ट रहेको मैले पाएको छु । बिपक्षी पाटी नेकपा एमाले र काङ्ग्रेसका केही नेताहरुले समेत नाम नखुलाउने सर्तमा चुनाव प्रचारप्रति नै आसङ्का गर्दै भनेका छन – यदी चुनाब भएमा माओबादी केन्द्रले फड्को मार्ने देखिन्छ ,पछिल्लो समय माओबादीले बोल्ने भन्दा गर्नपट्टी लागेको हुनाले जनताको विश्वास जित्न सकेको हो ।

भारतमा एक नेपाली मृत भेटिए

बैतडी, फागुन १४ । भारतमा काम गर्न गएका एक नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । भारतको पिथौरागढमा काम गर्न गएका उनी त्यहाँको धारचुलाको निङलपानीमा मृत अवस्थामा भेटिएका प्रहरी नायब उपरीक्षक खनालले बताए । उहाँका अनुसार मृतक कुँवरको टाउकोमा गम्भीर चोट रहेको र नाक तथा कानबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो । मृतक कुँवर दुई दिन अगाडि मात्रै बिहेमा काम गर्न भनी भारत गएको प्रहरीले बताएको छ ।

साउदीमा ३३ नेपाली अलपत्र, उद्दारका लागि अाग्रह

फागुन १३ । साउदीको एक कम्पनीमा ३३ जना नेपाली अलपत्र परेका छन् । साउदीको अल अलवन कन्ट्रयाक्टिङ एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत नेपालीले ६ महिनादेखि काम र तलव पाएका छैनन् । शुक्रबार जिल्ला विकास समिति उदयपुरले सञ्चालन गरेको सुरक्षित आप्रवास सूचना तथा परामर्श केन्द्रमा फोन गरेर आफूहरुलाई उद्धार गर्न उनीहरुले आग्रह गरेका छन् । अलपत्र हुनेमा भलायडाँडा ४ उदयपुरका टेक बहादुर तामाङ, धादिङ निलकण्ठ नगरपालिका २ का बलबहादुर गुरुङ लगायत ५ जना, काभ्रेपलान्चोकका जगतमान तामाङ, कन्चनपुरको कृष्णपुर नगरपालिका २ का दिपेन्द्र खड्का लगायत ३३ जना रहेको जानकारी गराएका छन् । लटुस ह्युमन रिसोर्स म्यानपावर कम्पनीबाट २०७२ सालको असोजमा गएका उनीहरुले पहिले–पहिले काम गरेकोको तलव पनि पाएको र पछि हुँदै भएपछि ६ महिनादेखि नपाएको गुनासो गरेका छन् । पछिल्लो ६ महिनादेखि उनीहरुलाई मासिक ५० रियाल मात्रै दिँदै आएको बताएका छन् । अकामा कार्डको म्यादपनि सकियोले आफूहरु जोखिम रहेको भन्दै दूतावासलाई गुहारेका छन् ।

कतारमा एक नेपालीको मृत्यु

राजविराज, फागुन ९ । वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ । जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ । टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडाँैबाट रोजगारीका लागि कतारमा सरदार राजमिस्त्रीको काम गर्दै आएका थिए । मृतक सरदारको पत्नी, एक छोरा र एक छोरी छन् । यसैबीच मृतक सरदारको शव नेपाल ल्याइदिनका लागि उनका परिवारले सम्बन्धित निकाय र सरकारलाई आग्रह गरेका छन् । रकम ठगी गर्ने महिला पक्राउ प्रेम विवाह सम्बन्धी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीबाट रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा खोक्सर प्रवाह–१ बस्ने ३० वर्षीय ललितादेवी साह रहेको प्रहरीले जनाएको छ । सप्तरीको बेल्ही चपेना–४ बस्ने दीपेन्द्र मण्डलसँग शम्भुनाथ नगरपालिका–१० बस्ने रञ्जिताकुमारी मण्डलको एक वर्षअगाडि प्रेम विवाह गर्ने सहमति भएको थियो । सो विवाहमा रञ्जिताको माइतीपक्षबाट दीपेन्द्र मण्डललाई पढाई खर्चबापत रु पाँच लाख दिएको थियो र पछि दीपेन्द्रका घरपरिवारले दीपेन्द्रलाई अन्त विवाह गरी दिएपछि रकम फिर्ताको माग गर्दै रञ्जिताले राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएकी थिइन् । सोही पैसाको विषयमा मुद्दा मिलाइदिन्छ् भनी पटकपटक झुटा आश्वासन देखाई रञ्जिताकुमारी मण्डलसँग रु ३४ हजार पाँच सय ठगी गर्ने ललितालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । रासस

कतारमा सरदारको ज्यान गयो

सप्तरी, फागुन ८ । एक वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका सप्तरीका एक व्यक्तिको कतारमा मृत्यु भएको छ । जमुनी मधेपुरा–९ भथौलका राम सरदारको कतारमा मृत्यु भएको हो । शुक्रबार कामबाट फर्किएर सुतिरहेको अवस्थामा ज्यान गएको परिवारले जनाएको छ । काठमाडौंको टुसी इन्टरनेशनल म्यानपावरबाट कतार गएको उनको २ छोरा र एक छोरी छन् ।