नेपाली सामानको विश्वभर बजार खोजी गर्न युएईमा अन्तर्क्रिया

युएई, फागुन ७ । नेपालमा उत्पादन भएका बस्तुहरुको बजार खोजी गर्न र लगानी जुटाउन ववसायीहरुबीच अन्तर्क्रिया भएको छ । युएईको शारजाहमा फागुन ६ गते नेपाली दुतावास अबुधाबीद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा सार्क मुलुकका बिभिन्न प्रतिनिधिहरु सहित युएईमा स्थापित नेपाली व्यावसायीहरु सहभागी थिए ।

कार्यक्रममा नेपाली दुतावास युएईका कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले प्राकृतिक सम्पदाको धनी देश नेपालको प्राकृतिक सौन्दर्यताको प्रवर्द्धन गरी पर्यटन व्यवसायलाई विकास गर्नुपर्ने बताए । हामी नेपालीहरु विश्वमा इमान्दार र अनुशासित भनेर चिनिएको छौं यसैलाई हामीले प्रचार गरेर लगानी भित्र्याउन सक्छौं ।’ उनले भने–‘नेपाली उत्पादनको बजार विस्तार गर्नको लागि दुतावासले संभावनाहरुको खोजी गरिरहेको छ, नेपाली व्यवसायीहरुले त्यसको प्रवर्द्धनमा साथ दिनुपर्छ ।’
कार्यक्रममा दुतावासका द्वितीय सचिव कृष्ण अर्यालले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारको विगत, वर्तमान अवस्था र बजारको संभावना बिषयमा प्रस्तुती राखेका थिए । उनले नेपाली उत्पादनहरुको वर्गीकरण, आयात निर्यातका गन्तव्यहरु सहित बजार व्यवस्थापनका संभावनाहरु बारेमा प्रस्तुति गरेका थिए ।

कार्यक्रममा नेपाल एअरलाइन्स युएई प्रमुख रमेश पौडेल, नेपाली विजनेस काउन्सिल युएईका अध्यक्ष आसिफ अली सिद्दिकी, रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला, चिया प्रवर्द्धन युएईका लागि श्रीलंकाली वाणिज्य दूत तथा मन्त्री हसिथा डे अलविस, आर्मस्टङ मोटरका जनरल म्यानेजर शनिल सेहगल, उच्च प्राविधिक शिक्षालय (हाइअर कलेज अफ टेक्नोलोजी)अल एन का सहायक प्रोफेसरउत्सव केसी, टाइवर फेसन युएईका सञ्चालक टिका दत्त सिवा, अलसाया ग्रुपका लक्ष्मीप्रसाद ढकाल, विजयकुमार यादव आदि रहेका थिए । वक्ताहरुले नेपाली उत्पादनको वजारमा आउने चुनौती र सम्भावनाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए । अधिकाँश वक्ताहरुले युएईमा नेपाली खाद्यन्न, सफ्टवेर, चिया, सागसब्जीको सम्भावना रहेको औल्याएका थिए ।

नेपाली दुतावासद्वारा यस् किसिमको कार्यक्रम आयोजना गरेको यो दोश्रो पटक हो । अघिल्लो महिना सुरक्षित रेमिटेन्स र हुण्डीको न्युनिकरणको बारेमा दुतावासले अन्तर्कृया कार्यक्रमको आयोजना गरेको थियो भने आगामी मार्च फागुनको अन्तिम साता जनचेतना सम्बन्धी कार्यक्रम गर्ने दुतावासले जनाएको छ ।

८ महिनादेखी ४३ नेपाली भारतीय जेलमा

फाल्गुन ४, २०७३- खेतीपातीले घर खर्च धान्न नसक्दा मजदुरी गर्न भारत, हिमाञ्चल पुगेका डिलासैनी ४ का गोपाल साउद उतै जेल परेका छन् । ७ जनाको परिवारमा कमाउने एक्लो छोरा जेल पर्दा परिवारमा बिजोग छ । ‘घर खर्च नचल्दा भारत गएको हो, जेल पुगेको खबर आयो,’ बुबा धनसिंहले भने, ‘घर फर्कने अझै टुंगो छैन, नुनतेल जुटाउन नसकेका बेला उता गएर भेट्न सक्ने अवस्था पनि रहेन ।’ कांतिपुर दैनिकमा आज प्रकाशित खगेंद्र अवस्थीको समाचारमा अगाड़ि उल्लेख छ: हिमाञ्चल प्रदेशको एक हाइड्रोपावरमा काम गर्ने ४३ नेपाली मजदुर गत जुलाईदेखि जेलमा छन् । साउदलगायत ती सबै मजदुर किन्नोर जिल्लाको पटेल इन्जिनियरिङ कम्पनीले निर्माण गर्न लागेको ४ सय ५० मेगावाटको समथङ हाइड्रोपावरमा काम गर्थे । उनीहरू सबैलाई उन्ना र विलासपुर जिल्लाका जेलमा राखिएको आफन्तले बताए । निर्माणाधीन जलविद्युत्को ड्याम निर्माणमा संलग्न ती मजदुरले सरकारी मापदण्डअनुसार तलब, भत्ता, बिदा, ओभराटाइम सुविधालगायत माग राख्दै भारतीय कम्युनिस्ट पार्टी माक्र्सवाद (सीपीआईएम) को मजदुर संगठन सेन्ट्रल ट्रेड युनियन अफ इन्डिया (सीआईटीयू) को नेतृत्वमा मार्च २०१६ देखि हडताल गरेका थिए । ‘६ महिनासम्म काम गर्‍यौं, सरकारी मापदण्डअनुसार सुविधा मागेर भारतीयसँगै आन्दोलन गर्दा जेल पुगें,’ उक्त कम्पनीमा मजदुरी गरेर घर फर्केका तल्लादेहीका रतन पुजाराले भने, ‘कुटपिट र झगडा गरेको मुद्दामा थुनामा परे, छुटाउन धरौटी राख्न सक्ने अवस्था भएन ।’ जेलमा बैतडी, कञ्चनपुर, कैलाली, दाङ र चितवनलगायत १४ जिल्लाका नेपाली छन् । रोल्पाका सुनिल थापा मगर, सोलुखुम्बुका प्रशान्त राई लगायतका ५ नेपाली धरौटीमा छुटेको पुजाराले बताए । नियमित तलबसमेत नदिँदा समस्या भए पनि भारतीय मजदुरसित मिलेर आन्दोलन गर्न बाध्य भएको पुजाराले बताए । ‘४ महिनामा मासिक १० हजारका दरले ज्याला पाउँथ्यौं, सरकारी दरअनुसार २२ हजार र मासिक रूपमा पाउनुपर्ने माग थियो,’ उनले भने, ‘कम्पनीले नमान्दा उल्टै मुद्दा लगाएर जेल पुर्‍यायो ।’ उक्त निर्माण कम्पनीले आन्दोलन चलेकै बेला बाहिरबाट अन्य मजदुर बोलाएर काम गर्न थाल्दा आन्दोलनमा रहेका र नयाँ कामदारबीच झडप र कुटपिट भएको थियो । नयाँ मजदुरलाई काम गर्न नदिने भन्दै पुरानाले विरोध गरेका थिए । विरोधका बेला कुटपिट र झगडा गरेको आरोपमा आन्दोलनमा संलग्न करिब १ सय बढी नेपाली र भारतीय मजदुर पक्राउ परेका थिए । ५ जना नेपाली र केही भारतीय मजदुर धरौटीमा छुटेका छन् । अन्य नेपालीले धरौटी राख्ने व्यवस्था नहुँदा जेलमै बस्नुपरेको मजदुर संगठनका कुल्लु जिल्ला पूर्वउपाध्यक्ष तथा डिलासैनीका दानसिंह साउदले बताए । भारतमै आफन्त भए मात्रै धरौटीमा छुटाउन सकिने व्यवस्था छ । मजदुर संगठनले उनीहरूका पक्षमा मुद्दा लड्दै आए पनि रिहाइको एकिन नभएको दानसिंहले बताए । जेलबाट छुट्ने टुंगो नहुँदा परिवारमा अन्योल छ । उनीहरूले रिहाइको पहल गर्न माग गरेका छन् । मानव अधिकार आयोग, दिल्लीस्थित नेपाली दूतावास लगायतका निकायमा रिहाइको माग गरेको आफन्तले बताए । राम्रो कमाइ हुने आशामा हिमाञ्चल पुगेकाहरू उतै जेल परेपछि घर खर्च चलाउन समस्या भएको आफन्तले बताए । ‘घरमा छोराछोरी र महिला मात्रै छन्,’ डिलासैनीका धनदेव जोशीले भने, ‘कमाउन गएका घरमूली जेल पुग्दा खर्च चलाउन समस्या भएको छ ।’ ३६ वर्षपछि जेल चलान रुकुम– २०३७ साल कात्तिक ३ गते भएको भेरीडाँडा हत्या काण्डका अभियुक्त घटनाको ३६ वर्षपछि जेल चलान भएका छन् । चुनबाङ–४ भेरीडाँडामा भएको सामूहिक हत्याकाण्डमा सहायक अभियुक्त ठहर्‍याइएका रुँघा–६ का ६० वर्षीय धनबहादुर खत्री फागुन १ गते रुकुम कारागार चलान भएका हुन् । घटना भएको २२ दिनपछि २०३७ कात्तिक २५ गते रुकुम जिल्ला अदालतले मनबहादुर खत्री र धनबहादुरलाई थुनेर अनुसन्धान गर्न आदेश दिएको थियो । जिल्ला अदालतको फैसला बमोजिम ६ महिना जेल बसेका दुवैजना तत्कालीन क्षेत्रीय अदालतको आदेशले छुटेका थिए । क्षेत्रीय अदालतको फैसलाको पर्सिपल्ट २०३८ कात्तिक २१ गते सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेको थियो । २०४० जेठ ३१ गते रुकुम जिल्ला अदालते गरेको फैसलाअनुसार मनबहादुरलाई सवस्र्वसहित जन्मकैद तथा धनबहादुरलाई ५ वर्ष कैद फैसला सुनाएको थियो । रुकुम जिल्ला अदालतका अनुसार मनबहादुर खत्री अझै बेपत्ताकै सूचीमा छन् । २०४२ असार ३ गते सर्वोच्च अदालतको अन्तिम फैसलाले पनि जिल्लाकै फैसला सदर गरेको थियो । क्षेत्रीय अदालतको आदेशपछि छुटेका दुवै जना त्यसपछि भारत पसेका थिए । धनबहादुर फर्किएको सूचना पाएपछि प्रहरीले उनलाई गत माघ २७ गते घरबाटै पक्रेको थियो ।

२८ नेपालीलाई क्षतिपूर्ति बापत पाँच करोड प्राप्त

काठमाडौँ, फागुन ४ गते । नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापत रु पाँच करोड पाँच लाख ९९ हजार ७११ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले प्रेस विज्ञप्तिमार्फत आव २०७२/७३ र आव २०७३/७४ को हालसम्मको क्षतिपूर्ति रकम पठाएको जानकारी दिएको छ । कुवेतमा विगतका वर्षहरुमा मृत्यु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकको क्षतिपूर्ति प्राप्तिका लागि दूतावासले कानुन व्यावसायीको मद्दत लिएर आवश्यक कार्य अगाडि बढाएको र सोही प्रयत्नको फलस्वरुप क्षतिपूर्ति, बिमा, बाँकी तलब, सेवापश्चात पाउने रकम सम्बन्धित कम्पनीमार्फत प्राप्त सहयोग जुटाएको जनाएको छ । दूतावासले दीपक श्रीमल, चन्द्रबोल राई जीतबहादुर कटुवाल, हिकमान तामाङ, जनकबहादुर बस्नेत, कामी सिंह गोले, यामबहादुर बस्नेत, गजेन्द्रकुमार विक, आइतराज तामाङ, सुकान चौधरी, चित्रबहादुर कुवर, नरबहादुर चेम्जोङ, दुर्गाबहादुर थापा, अमृतबहादुर बम्जन, ऋषिप्रसाद देवकोटा, सत्यनारायण साह, दिलबहादुर तामाङ, खड्गकुमार राई, वीरबहादुर गुरुङ, आइबहादुर दर्जी, रामपुकार भण्डारी, विजय विक, गोविन्द विक, सुताइ साह तेली, देवराज ओली, दुलार ठाकुर, केशरबहादुर नेम्वाङ र सुनिता गुरुङले पाउने क्षतिपूर्ति वापत ४० हजार ६७० कुवेती दिनारदेखि रु २५० कुवेती दिनारसम्मको क्षतिपूर्ति पठाएको दूतावासले जनाएको छ । रासस

तामिलनाडुकी नेतृ शशिकलालाई भ्रष्टाचार ठहर

फागुन ३ । दक्षिणी भारतको तमिलनाडु राज्यकी नेतृ शशिकला नटराजनलाई त्यहाँकाे अदालतले भ्रष्टाचार गरेको ठहर गरेकाे छ । सर्वोच्च अदालतले उनलाई चार वर्ष जेल सजाय सुनाएको हाे । शशिकलाको सम्पति उनको आम्दानीभन्दा बढी भएको ठहर गर्र्दै अदालतले उनलाई दोषी ठहर्याएको हो । शशीकला गत वर्ष निधन भएकी तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको नजिककी सहयोगी र लामो समयसम्म सहकार्य गरेकी पात्र हुन्। राजनीतिक अनुभव नभएपनि नटराजनलाई तमिलनाडुको सत्तारुढ पार्टीले उनलाई नेता चयन गरेको थियो। अदालतको फैसलासँगै उनी उक्त राज्यको मुख्यमन्त्री बन्ने सपना भने तुहिएको छ ।

अष्ट्रेलियाको समुन्द्रमा हराइरहेका दुई नेपालीमध्ये युवतीको शव भेटियो

अस्ट्रेलिया, फागुन ३ । अस्ट्रेलियाको सिड्नीस्थित मरुबरा समुद्रमा परेर हराइरहेका दुई नेपाली युवायुवती मध्ये युवतीको शव फेला परेको स्थानीय प्रहरीको दाबी छ । सोमबार साँझ साथीहरुसँग समुद्रमा घुम्न गएकाबेला काठमाडौंकी सृष्टि भण्डारी र झापाका सुदीप उप्रेती डुबेर बेपत्ता भएका थिए । उनीहरुका साथी पवन अधिकारीले दिएको जानकारी अनुसार साथीहरुसँगै समुद्रमा घुम्न गएका उनीहरु साँझसम्म नफर्किएपछि प्रहरीलाई जानकारी दिइएको थियो । प्रहरीले फेला पारेको शव सृष्टि भण्डारीको रहेको बताइए पनि आफन्तले अहिलेसम्म पहिचान गरिसकेका छैनन् । सुदीप तीन वर्षअघि तथा सृष्टि केही महिनाअघिमात्रै विद्यार्थी भिसामा अस्ट्रेलिया आएका थिए । एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले घटना दुखदायी भएको बताउँदै आफन्त, नातागोतासँग समन्वय गरेर आवश्यक सहयोग उपलब्ध गराइरहेको जानकारी दिए । कान्तिपुरका नारायण खड्काको सहयोगमा तस्बिर स्रोत नाइन न्यूज  

कतार पुगेर विप्लव माओवादीका नेताले भने -‘अबको क्रान्ति सबै दलालविरुद्ध’

कतार, फागुन २ । विप्लव नेतृत्वको माओवादीका एक नेताले अबको क्रान्ति सबै दलालविरुद्ध केन्द्रीत हुने बताएका छन् । कतारको ग्रीड रेष्टुरेण्ट सलवारोडमा माघ २९ गते भएको अन्तक्रिया कार्यक्रममा उनले आफ्नो पार्टी हतियार बोकेर जंगल नजाने स्पष्ट पारे । जनयुद्धको पूर्वसन्ध्यामा २२अौं जनयुद्ध दिवसको अवसरमा आयोजित ‘शान्ति प्रक्रियाको दश वर्षे उपलब्धि र एकीकृत जनक्रान्तिको अपरिहार्यता’ विषयक कार्यक्रममा बोल्दै नेकपा (माओवादी)का मध्यपूर्व इन्चार्ज टेकबहादुर खत्री ‘आजाद’ले आफ्नो पार्टीले नेपालका दलालहरूका विरुद्ध आन्दोलन गर्ने बताएका हुन । उनले आफ्नो पार्टीको आन्दोलन जंगलबाट नभई शहरबाटै नै हुने खुलासा गरे । कार्यक्रमका प्रमुख वक्ता रहेका खत्रीले भने–‘हाम्रो पार्टी जंगल जान्छ भनेर केही दलालहरुले हल्ला फिजाएका छन, जुन सत्य होइन नेपाली जनतालाई न्याय दिनको लागि नयाँ समाजवादी क्रान्ति शहर बसेरै सुरु गर्छौ ।’ उनले आफ्नो पार्टीले देशमै लगानीको वातावरण बनाएर नेपालीलाई स्वदेशमै रोजगारी दिनुपर्ने नीति अवलम्बन गर्ने दाबी गरे । ‘देशका कलकारखाना, उद्योगधन्दाहरु चलाउनुपर्छ, यसको लागि हाम्रो पार्टीले औद्योगिक नीति नै बनाएको छ,’ खत्रीले भने । उनले नेकपा (माओवादी)ले वैज्ञानिक समाजवादी क्रान्तिको बाटो पूरा गर्न लागेको भन्दै सबै तह र तप्काका नेपालीले साथ दिनुपर्ने बताए । आफ्नो पार्टीलाई हतियार उठाउन लागेको भनेर अनावश्यक हल्ला फैलाइएको भन्दै इन्चार्ज खत्रीले भने–‘हामी त्यस्तो गर्दैनौ नेपाली जनतालाई हात लिएर शहर बसेर नै जनताको सत्ता स्थापित गराइ छाड्छौं ।’ उनले देशका जनताको समृद्धिका लागि र मुलुकको समृद्धिका लागि पनि जनताले चाहेको संघीयता हुनुपर्ने आफ्नो पार्टीको अडान रहेको बताए । ‘हामीले सबै खालका वर्गीय उत्पीडन र शोषणको अन्त्य हुनुपर्छ भनेका छौं ।’ कार्यक्रममा कतार नेपाली एकता समाजका कोषाध्यक्ष धनबहादुर परियारले देश अहिले संकटको धडीमा रहेको संघीयताका नाममा देश टुक्रायउन खोजिएको गृहयुद्धको चपेटामा पर्नसक्ने सम्भावना भएकोले समयमानै होसियार हुन आग्रह गरे । अन्तराष्ट्रिय नेपाली समाज कतारका संयोजक विवी खरेलले देशलाई समृद्ध बनाउन आर्थिक क्रान्तिको आवश्यकता रहेको वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्दै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औल्याए । जनप्रगतिशील मञ्चका प्रमुख सल्लाहाकार होमनाथ शर्माले दश वर्षे जनयुद्धको उपलब्धिको संरक्षण र रक्षा गर्दै जनताका वाँकी कुुरा पूरा गराउन डटेर लाग्नुपर्ने धारणा राखे । जनप्रगतिशील मोर्चा सल्लाहाकार श्रीकृष्ण भट्टराईले नेपालको देशको सार्वभौमसत्ता तथा सीमाना  अतिक्रमण रोक्न नेकपा माओवादीले धेरै कार्यक्रम गरेको दावी गरे । प्रवासमा रहेका नेपाली जनताले पैसाको चिन्ता नगरेर देशको चिन्ता गरेका छन् । कार्यक्रमको सभापतित्व जनप्रगतिशील मोर्चाका अध्यक्ष रेशम पौडेलले गरेका थिए ।

ज्ञान बहादुरलाई अध्यक्ष चुन्दै अखिल भारत नेपाली एकता मञ्चको क्षेत्रीय सम्मेलन सम्पन्न

नयाँ दिल्ली, फागुन २ । अखिल भारत नेपाली एकता मञ्चको छैठौं क्षेत्रीय सम्मेलन दिल्लीमा सम्पन्न भएको छ। सम्मेलनले ज्ञान बहादुर के.सी.को अध्यक्षतामा ५१ सदस्यीय क्षेत्रीय कार्यसमिती गठन गरेको छ। तीन दिनसम्म चलेको सम्मेलनमा दिल्ली, हरियाणा, उत्तर प्रदेश, उत्त्तराखंड र छत्तीसगढ़ का प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रमलाई पूर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा एकता मंञ्का विभिन्न तहका नेता तथा कार्यकर्ताको एक हजार भन्दा माथि को उपस्थिति थियो । साथै अन्य जनवर्गीय संघ संगठन तथा सामाजिक संस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो । कार्यक्रम अखिल भारत नेपाली एकता मंचका केन्द्रिय सचिब श्री आर।बि। खड्काको अध्यक्षता, पुर्व उपप्रधानमन्त्री तथा पार्टी उपाअध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य, साथै माओवादी केन्द्र का सचिवालय सदस्य बिहmबल पन्त ,पोलिट ब्यूरो सदस्य टीबी पाठक , अखिल भारत नेपाली एकता मंच का केन्द्रीय सदस्य इशरी भण्डारी , केंद्रीय महासचिब सीतल मलाती, केंद्रीय सचिब सुरेन्द्र देवकर , उषा थापा, जितेन्द्र पुन, राम बहादुर थापा केंद्रीय सदस्य किशन बोहरा , मानु , तिलक बिक , किशन परसाई , तूल बहादुर थापा लगायत केंद्रीय टीम ले सम्बोधन गरेका थिए । कार्यक्रम उप–संयोजक श्री शिवचन्द्र सोडारीको स्वागत मन्तव्य र एकता मंच का नेता खगेन्द्र ढकालको संचालनमा सम्पन्न भएको थियो । बीचबीचमा रोचक नेपाल बाट जनवादी कलाकार झंकार बुढा मगर ले गीत गएर सांस्कृतिक कार्यक्रमले दर्शकहरुमा उत्साह र उमंग थपेको आरबी खडकाले बताए । पन्जाबी बाग, शिव मन्दिर दिल्ली स्थित सम्पन्न कार्यक्रममा एकता मंच का युवाहरु र नेपाली देश भक्त आवाजले स्वयम सेवकको भूमिका निभाएको थियो ।

मोबाइलमा राखिएको पाँच अश्लील सामग्रीले पुर्यायाे जेल

माघ २४ । मलेसियामा कार्यरत एक नेपालीले मोबाइलमा अश्लिल सामाग्री राखेको आरोपमा एक वर्ष जेल सजाय सुनाइएको छ । मलेसियाको एक अदालतले २९ वर्षीय भेटलबहादुर बमलाई जेल सजाय सुनाएको हो । क्लिनरका रुपमा कार्यरत बमले मोवाइलमा पाँच अश्लिल समाग्री राखेको अभियोग छ । युवकले प्रहरीसामु आफ्नो कमजोरी स्वीकार गरेका कारण उनलाई एक वर्षको जेल सजाय सुनाइएको छ ।

लाप्राक बस्ती पुनर्निर्माणका लागि अष्ट्रेलियाबाट उठ्यो ५० लाख

सिड्नी, माघ २३ । भूकम्पबाट तहसनहस भएको गोर्खाको लाप्राक बस्ती पुनर्निर्माणका लागि अष्ट्रेलियाबाट ५० लाख रुपैयाँ कलेक्सन भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो राष्ट्रिय उद्यमी सम्मेलनमा ६१ हजार अष्ट्रेलियन डलर रकम सहयोग गरिएको हो । आइतबार मध्यान्ह सिड्नीमा आयोजित सम्मेलनमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कार्यसमिति सदस्यहरु उपस्थित भएर शेष घलेलाई ६१ हजार अष्ट्रेलियन डलरको चेक हस्तान्तरण गरेका थिए । एनआरएनले गोरखा भूकम्पको केन्द्रविन्दु लाप्राकमा नमूना बस्ती निर्माण गरिरहेको छ जसको शिलान्यास प्रधानमन्त्री प्रचण्डले गत असोज २१ गते गरेका थिए । डा. घलेले लाप्राक बस्ती निर्माण गर्नका लागि प्राप्त भएको यो सबैभन्दा बढी रकम भएको बताए । उनले रकम उपलब्ध गराउने अष्ट्रेलियाबासीलाई धन्यवाद ज्ञापन गरे । उनले भने, ‘लाप्राक बस्ती निर्माणका लागि दैनिक चार सय स्वयंसेवकहरु खटिएका छन् र मौसमको प्रतिकूलताका कारण पनि काम सुचारु भइरहेको छ ।’ लाप्राक बस्ती निर्माणका लागि नेपाली सेनाले आफ्नो फौज पनि परिचालन गरेको भन्दै उनले नेपाली सेनालाई पनि धन्यवाद दिए । सोही कार्यक्रममा लाप्राक बस्ती पुनर्निर्माण सम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । तस्वीर स्रोत:अनलाइन खबर

कतारमा नरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान मञ्चको ५१ सदस्यीय समिति गठन

माघ १८, २०७३( संघीय लिम्बुवान सामाजिक मञ्च कतारको दोस्रो अधिवेसनले नरेन्द्र एभेङ्ग लिम्बुको अध्यक्षमा ५१ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गरेको छ । अधिबेसनले तिलबिक्रम थेबे बरिष्ठ उपाध्यक्ष, रेखा राई, किरण लिङदेन, सागर तुम्बाहाम्फे, युवराज बेघा, चन्द्र आङदेम्बे उपाध्यक्ष, डम्बर लिबाङ महासचिव, सुमन सहयात्री योङहाङ उपमहासचिव, प्रेम हुक्पा चोङवाङ सचिव एवं प्रवक्ता, कुमार योङहाङ अर्थसचिव र बविता नेम्बाङ सह–अर्थसचिवमा चयन भएको छ । सदस्यहरु क्रमशस् नगेन पाकसाावा, तेन्जिङ शेर्पा ९नरमल०, होम फियाक, तेजबहादुर थेवे, मेघराज इजम, हर्क खजुम, सन्जय लिम्बु, सिताराम थेवे, ज्ञानेन्द्र लिङदेन, राज सिसाम लिम्बु, अविरमान सावदेन, हरी राई, नेत्र केरुङ, मंगलसिंह लिम्बु, मान बहादुर पाहिम, सन्जोक लिम्बु, डिकेन याक्थुङवा, मोहन केदेम, अर्जुन लक्सम, अमृत कुरुम्बाङ, राम जवेगु थेगिम, अमृत कुरुम्बाङ लिम्बु, बिष्णु तामलिङ, मिथुन प्रसाद लिम्बु लगायत छन् । अधिबेसनलाई सम्बोधन गर्न कतार पुगेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले संघीयता र पहिचानको स्थापनामा जोड दिन प्रबासबाट नैतिक बलको आबश्कता रहेको बताए ।

एमआरपी पासपोर्टका लागि अनलाईन सुविधा लिन दूतावासको अनुरोध

कतार, माघ १७ । एमआरपी पासपोर्टका लागि अनलाईन आवेदनमार्फत सेवा लिन कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले एक सूचना जारी गर्दै प्रत्यक्ष दर्ता प्रणालीमार्फत आवेदन लिन शुरु गरेकोले एमआरपी पासपोर्ट लिन चाहने नेपालीहरुलाई निवेदन दिन अनुरोध गरेको हो । के के चाहिन्छ त एमआरपीका लागि १. इन्टरनेट चलाउन जान्नेहरुले https://online.nepalpassport.gov.np/PreEnrollment/home.html मा अनलाईन गई आवेदन फारम  दर्ता गर्ने । उक्त फारमको रिफरेन्स नम्बर लिएर दूतावासमा सम्पर्क गर्ने । २. पुरानो राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र र कतारी आइडीको सक्कल लिएर दूतावासमा गएर नयाँ राहदानीका लागि आवेदन गर्न सकिने । Live-Enrollment बाट फोटो तथा औंठा छाप लिन नमिल्ने बच्चाहरुकोहकमा भने पूर्ववत् रुपमा नै दुईप्रति राहदानी आवेदन फारम, सेतो पृष्ठभूमि भएको दुईप्रति MRP साईजको फोटो एवं आवश्यक कागजात सक्कल तथा फोटोकपीहरु लिई दूतावासमा सम्पर्क गर्ने

संघीय लिम्बुवान सामाजिक मञ्च कतारको दोस्रो अधिवेसन सम्पन्न

तिलविक्रम थेवे दोहा, (कतार), माघ १७ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च कतारको दोस्रो अधिवेसन भव्यताका साथ सम्पन्न भएको छ । अधिवेसनबाट नरेन्द्र एभेङ्ग लिम्बु पुनः मञ्चको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् भने उनको नेतृत्वमा ०१७–०१९ को कार्यकालको लागी ५१ सदस्यीय केन्द्रिय कार्यसमिति गठन गरिएको छ । निर्वतमान महासचिव तिलविक्रम थेवे बरिष्ठ उपाध्यक्ष निर्वाचित भए भने निवर्तमान उपमहासचिव डम्बर लिबाङ मञ्चको महासचिव सर्वसम्मत निर्वाचित भएका छन् । दोस्रो अधिवेसनबाट रेखा राई, किरण लिङदेन, सागर तुम्बाहाम्फे, युवराज बेघा, चन्द्र आङदेम्बे सर्वसम्मत उपाध्यक्ष निर्वाचित भएका छन् । यस्तै सुमन सहयात्री योङहाङ उपमहासचिव र प्रेम हुक्पा चोङवाङ सचिव एवं प्रवक्ता निर्वाचित भए । कुमार योङहाङ अर्थसचिव र बविता नेम्बाङ सह–अर्थसचिव निर्वाचित भएका छन् । नगेन पाकसाँवा, तेन्जिङ शेर्पा (नरमल), होम फियाक, तेजबहादुर थेवे, मेघराज इजम, हर्क खजुम, सन्जय लिम्बु, सिताराम थेवे, ज्ञानेन्द्र लिङदेन, राज सिसाम लिम्बु, अविरमान सावदेन, हरी राई, नेत्र केरुङ, मंगलसिंह लिम्बु, मान बहादुर पाहिम, सन्जोक लिम्बु, डिकेन याक्थुङवा, मोहन केदेम, अर्जुन लक्सम, अमृत कुरुम्बाङ, राम जवेगु थेगिम, अमृत कुरुम्बाङ लिम्बु, सुश्री बिष्णु तामलिङ, मिथुन प्रसाद लिम्बु लगायत केन्द्रिय समितिमा निर्वाचित भएका छन् । अन्य सदस्यहरुलाई मञ्चको पहिलो वैठकले मनोनयन गर्नेछ । संघीय लिम्बुवान सामाजिक मञ्च कतारको अध्यक्ष नरेन्द्र एभेङ लिम्बुको अध्यक्षता, तिलविक्रम थेवे र डम्बर लिबाङको संचालन, रेखा राईको स्वागत मन्तव्य रहेको अधिवेसनलाई सम्बोधन गर्न नेपालबाट आएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन “मिराक” द्धारा गरिएको थियो । दोस्रो अधिवेसनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन “मिराक” ले संघीयताबादी र पहिचानबादी राजनितिक पार्टीहरुको गठबन्धनले उठाइरहेको पहिचानमा आधारित १०ं१ संघीयताको विषयमा, पहिचानको विषयमा, संविधान संशोधनको विषयमा, अघि बढीरहेका विभिन्न राजनितिक मुद्दाहरुको वारेमा प्रष्टयाउदै अव नेपालमा १०ं१ प्रान्तको संघीयता भएन भने मुलुकमा अर्कै परिस्थिति सृजना हुनसक्ने तर्फ सचेत गर्दै प्रवासबाट पनि वैचारिक शक्तिहरुको निर्माण हुदै जानुपर्ने आवश्यक रहेको र अन्तत यसले पनि संघीयता र पहिचानको स्थापनामा नैतिक बल पुग्ने बताउदै नेपालको शासन सत्ताको केन्द्रिय संरचनामै एकात्मकवाद हावी रहेकोले अन्तत आन्दोलन नगरीकन पहिचानमा आधारित प्रान्तहरु स्थापित हुन नसक्ने बताए । मुलुकको राजनितिलाई स्थायित्व दिन, संस्थागत गर्न र मुलुकलाई आर्थिक, सामाजिक समृद्धिमा लैजान संघीयताको आवश्यकता छ । एकात्मकबादी शासनले मुलुकको विकास भएन बरु एकपक्षलाई मात्र पक्षपोषण भएको भन्दै विश्व नै अहिले संघीयता र पहिचानयुक्त सिद्धान्त र मार्गतर्फ गइरहेको कुरा बताए । आफनो भाषा, भेषभुषा, धर्म, संस्कार, समुदाय, माटो, थातथलोमा पहिचानको भावना जिवन्त हुने बताउदै लिम्बुवान, खम्बुवान, तामसालिङ, तमुवान, मगरात नेवा, थारुहट, तराई मधेस, शेपा, खसान,दलित लगायतका समुदायले शदियौदेखि दवाएर राखिएको आफनो मुल पहिचानको सम्मान हुनुपर्ने, जातिजाति विचको इगो, दुश्मनी र शत्रुता नभएर समग्र विकास र स्थायित्वको लागि पहिचानमा आधारित १०ं१ प्रान्तको संघीयता हुनुपर्ने बताए । दोस्रो अधिवेसनलाई शुभकामना मन्तव्य राख्दै नेपाली जनप्रगतिशील मञ्च गल्फ उपशाखाका संयोजक शनि कुमार ओलीले आदिवासी जनजाति लगायत हिमाल पहाड तराई सवैलाई मिलाएर जानलाई संघीयता आश्यक रहेको बताए । अव संघीयता र पहिचान राष्ट्रिय मुद्दाको रुपमा आइसकेकोले यसको ग्यारेन्टीमा कसैले रोकेर नरोकिने बताए । नयाँ शक्ति नेपाल, कतारका संयोजक विवि खरालले कुनैपनि जनजातिले देश नवेचेको तर देश वेच्नेहरु अहिले राष्ट्रबादी भएकोमा आश्चर्य मान्दै देशमा अव हिजो पछाडी परिएको आदिबाासी जनजाति तराइ मधेसलाई अव पनि कतिसम्म पछाडी पारेर राख्ने हो भन्ने प्रश्न राख्दै संघीयता र पहिचानवादीहरुको आन्दोलनमा नयाँ शक्ति नेपालको ऐक्यवद्धता रहेको र संघीयता, पहिचान पक्षधरहरु विच धुव्रिकरण हुनुपर्ने र तथाकथित राष्ट्रबादीहरुलाई परास्त गर्नुपर्ने बताए । अन्य वैचारिक संगठनहरु नेपाली जनसम्पर्क समिति कतारका सभापति केशव भुसाल, नेपाली जनप्रगतिशील मञ्चका कार्यवाहक अध्यक्ष रकमधोज राई, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष गणेश शिवा, संंघीय समाज कतारका अध्यक्ष चन्द्रसेर राई, जनमुक्ति पार्टीका उपाध्यक्ष मन थापा, प्रवासी तराई मधेस मञ्चका मो. हुसैन खाँनले, कतार नेपाली एकता समाज उपाध्यक्ष मदन श्रीस, नेपाल पत्रकार महासंघ शाखा कतारका सभापति गणेश प्रसाद बन्जाडेले शुभकामना मन्तव्य राखेका थिए । नेपाली प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिव शिव भुजेल, इलाम सेवा समाजका सदस्य लेखु काफले र नेपाल प्रवासी मगर संघ शाखा कतार सचिव रविन थापा मगर, किरात याक्थुङ चुम्लङ कतारका अध्यक्ष मनकुमार आङबो, सन्ध्या ग््रुप अलखोर कतारका अध्यक्ष विरेन्द्र याक्थुङवा, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष कवि तिर्थसंगम राई (कविता सहित), नेपाली महिला समाज कतारका प्रथम उपाध्यक्ष आमिना खाँन लगायतका सामाजिक संघसस्थाले शुभकामना मन्तव्य राखेका थिए भने नेपाली समुदायका अग्रज कमलमणी गुरागाई, दिलकिरण खजुमले शुभकामना मन्तव्य राखेका थिए । मञ्चको स्मारिका समेत विमोचन गरिएको सो उदघाटन कार्यक्रममा लिम्वुवान कलाकारहरुको केलाङ र विचविचमा गायक अमुत लिम्बु र अन्य गायकको लिम्बुवान भावना बोकेको गीतहरुको प्रस्तुतीले उदधाटन कार्यक्रममा रोचकता थपिएको थियो ।

सुदूरपश्चिम सेवा समाज बहराइन अध्यक्षमा जोशी

यूएई माघ १५ । बैदेशिक रोजगारीको शिलशिलामा बहराइनमा कार्यरत सुदूरपश्चिमवासीहरुले उमेश जोशीको अध्यक्षतामा १६ सदस्यीय  सुदूरपश्चिम सेवा समाज बहराइन गठन गरेका छन् । जसको प्रथम उपाध्यक्षमा पदम खड्का दित्तिय उपाध्यक्षमा गीता नेपाली महासचिब दीपेन्द्र चन्द र कोषाध्यक्ष भान सिंह ठगुन्ना रहेका छन् । बहराइनमा रहेका नेपालीहरुलाई अाई पर्ने समस्या र नेपालमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सक्दो सहयोग गर्ने मुख्य उद्देश्यका साथ बहराइनको मनामा मा २७ जनवरी २०१७ शुक्रबारका दिन बसेको बैठकले नवगठित समाजका अध्यक्ष जोशीले छिट्टै बहराइनमा रहेका सबै सुदूरपश्चिमबासीहरुलाई समाजमा जुड्नु अनुरोध गर्नु भएको छ, भने बहराइनको हरेक प्रान्तमा कार्यरत सुदूरपश्चिमवासीहरुलाई एकताको सुत्रमा बाध्ने उक्त महान अभियानमा कोहि पनि छुट्न नहुने नवगठित समाजका प्रथम उपाध्यक्ष पदम खड्काले बताउनु भयो । अध्यक्ष उमेश जोशीको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहने गरी कार्यसमिती चयन गरेको छ । १. अध्यक्ष श्री उमेश जोशी ( कैलाली ) २. प्रथम उपाध्यक्ष श्री पदम खड्का ( कञ्चनपुर ) ३. दित्तिय उपाध्यक्ष श्री गीता नेपाली ( कञ्चनपुर ) ४. महासचिव श्री दीपेन्द्र चन्द ( बैतडी ) ५. सचिब श्री बिसाल भण्डारी ( बझाङ ) ६. कोषाध्यक्ष श्री भान सिंह ठगुन्ना ( बझाङ ) ७. सह-कोषाध्यक्ष श्री सुर्जन बोकटी(बझाङ) ८. सदस्य श्री पदम ओखडा ( बाजुरा ) ९. सदस्य श्री मान बहादुर सुनार ( कञ्चनपुर ) १०. सदस्य श्री वीर सिंह उडाल ( दार्चुल्ला ) ११. सदस्य श्री पुरुशोतम भट्ट ( कञ्चनपुर ) १२. सदस्य श्री दीपेन्द्र चन्द ( दार्चुल्ला ) १३. सदस्य श्री रमेस ठगुन्ना ( बैतडी ) १४. सदस्य श्री ईन्द्र बिष्ट ( कञ्चनपुर ) १५. सदस्य श्री बिक्रम चन्द ( दार्चुल्ला ) १६. सदस्य श्री मान बहादुर चन्द ( बैतडी )

युएईमा गठन भयो फोनिज शाखा

दुबई, माघ १५ । नेपाली जनजाती पत्रकार महासंघ युएई च्यापटर (फोनिज) तदर्थ समिती गठन भएको छ । आदिवासी जनजाति महासंघ युएईका प्रथम उपाध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो । उक्त समितिको उपसंयोजकमा तिलक साम्पाङ राई, सचिवमा धनेन्द्र मास्की राना, कोषाध्यक्षमा सोनिया इङ्नाम तथा सदस्यहरुमा नुरु शेर्पा, हर्कमणी राई र इन्द्र गुरुङ रहेका छन । आदिवासी जनजातिहरुको मुद्दा र समाचारहरुलाई मुलधारका भनिएका संचारगृह र संचारकर्मीहरु द्वारा न्यायोचित स्थान नदिएको, स्थान दिई हाले पनि मुख्य मुद्दा र बिषयहरु पाखा लगाई अपुरो सन्देशहरु मात्र प्रवाह भैरहेको हुनाले जनजातीका मुद्दाहरुलाई प्रभाबकारी ढंगले उठान गर्नको लागि फोनिज गठन गर्नु परेको नबगठित तदर्थ समितीका संयोजक शेर्पाले बताए । नवगठित तदर्थ समितिले सचिव धनेन्द्र मास्की रानाको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिती समेत बनाएको छ । जसको सदस्यहरुमा नेफिन युएईका भुतपुर्व अध्यक्ष पि एस निङ्लेकु र नेफिन युएईका द्वितीय उपाध्यक्ष सुरेन्द्र थिङ रहेका छन । बिधान मस्यौदा समेतले २ हप्ता भित्र तदर्थ समितिमा बिधानको मस्यौदा पेश गर्नेछ र उक्त बिधान पारित भएको २ महिना पछि तदर्थ समितिले सदस्यता विस्तार गरि पहिलो अधिवेशन गराउने भएको छ ।

भारतमा गणतन्त्र दिवसमा भयो यस्तो बम विष्फाेट

माघ १३ । भारतमा गणतन्त्र दिवस मनाइरहेका बेला आज छ वटा छुट्टाछुट्टै बम विष्फोट भएको छ । विष्फोटमा परी के कति घाइते भए बन्नेबारे हालसम्म खुलाइएको छैन । गणतन्त्र दिवसका दिन भारतको असम र नागालैडको सीमानामा उक्त बम विष्फोट भएको हो । ‘करिव ६ वटा बम विष्फोट भएको हुनसक्ने अनुमान छ, अझैसम्म के कति घाइते भएका छन् भन्नेबारे सूचना आएको छैन,– असमका डीजीपी मुकेश सहायले मिडियासमक्ष बताएका छन् । असमको उपल्लो भागमा भएको ती आधा दर्जन बम विष्फोटका कारण असम पुरै बलेको देखिन्छ । असमको चरायदेवोमा दुई स्थानमा र पानीजानमा एक पेट्रोल पम्पमा उक्त बम विष्फोट भएको हो । उक्त बम विष्फोट उल्फा उग्रवादीले गराएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि उल्फा उग्रवादीले गणतन्त्र दिवसका दिन राज्यमा धमाका मच्चाउने चेतावनी दिएको थियो । असम–नगालैंडको सीमामा रात भरी गोलीबारी भएको आवाज सुनिएको बताइएको छ । डिब्रूगढ़को जालाननगर टी गार्डेन एक बम विष्फोट भएको हो । त्यसबाहेक अन्य दुई बम विष्फोट नाजिरा इलाकको बिहुबोरमा भएको हो । बम विष्फाेटपछि देशभरी नै सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

मोरङ–सुनसरी कतारको अध्यक्षमा कार्की निर्वाचित

दिलिप पराजुली, दोहा । मोरङ–सुनसरी सेवा समाजकतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की निर्विरोध निर्वाचि भएका छन् । गत २० जनवरी २०१७ का दिन कतारको दोहामा सम्पन्न संस्थाको बाह्रौ साधारण सभाले सुनसरीका योगेन्द्र वहादुर कार्कीलाई अध्यक्षमा निर्वा्चित गरेको छ । कार्की यस अघिको कार्यसमितिमा उपाध्यक्षको थिए । अन्य पदाधिकारीमा उपाध्यक्षमा क्रमश चिरञ्जिवीतिम्सीना, तेज कटुवाल, सचिव दिलिप पराजुली, सहसचिव लिला प्रसाद घिमिरे, भरत श्रेष्ठ, कोषाध्यक्ष भिम वहादुर विक, सह–कोषाध्यक्ष परशुराम बास्तोला र गोपाल कटुवाल रहेका छन् । त्यसैगरि कार्यसमिति सदस्यहरुमा रमेश निरौला, समिन वराल, मंगलसिंह तामाङ्ग, अमृत चौधरी, गोविन्द कटुवाल, सिताराम कटुवाल, राजनारायण चौधरी, भोला वस्नेत, संजिवआचार्य, मुस्ताक मंसुरी, वलभद्र अधिकारी र सुवास चौधरी रहेका छन् । सन् २००१ मा स्थापना भएर निरन्तर सामाजिक कार्य गरिरहेको मोरङ सुनसरी सेवा समाज कतारले संस्थाका अध्यक्ष टिएन वरालको अध्यक्षतामा १२ औं साधारण सभा तथा वृहत बनभोज कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा गैरआवासिय नेपाली संघका मध्यपुर्व क्षेत्रिय उपसंयोजक उमेश अधिकारी प्रमुख अतिथि रहेका थिए भने गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषद सदस्यश्री बिनोद प्रसाद भट्टराई, आरके शर्मा, एनसिसि कतारका अध्यक्ष विनेश तामाङ्ग, संस्थाकापुर्ब अध्यक्षहरु, सल्लाहकारहरु, मानार्थ सदस्यहरु तथा दोहामा रहेका सामाजिक, वैचारिक र पेशागत सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मोसु कतारको स्थापना देखि विभिन्न गतिविधिहरुमा प्रत्यक्ष सहयोग गरिरहेका तथा सन २००४ माकार्यवाहक अध्यक्षको भुमिका निर्वाह गरेका कमलमणि गुरागाईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसका साथै मोसु कतारलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने व्यक्तिहरुलाई कदरपत्रतथा सम्मानपत्रले सम्मान गरेको थियो ।