भारत हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि दूतावासको सिफारिस पत्र अनिवार्य

नयाँ दिल्ली, बैशाख ३१ । भारत स्थित नेपाली दूतावासले भारतको बाटो हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि दूतावासको सिफारिसपत्र (एन व सि)पत्र बनाउन अनुरोध गरेको छ।

दूतावासले मंग्लवार एक सूचना जारी गर्दै भारतको बिमानस्थल प्रयोग गरेर तेस्रो मुलुकमा जाने नेपालीको हकमा त्यहाँको अध्यागमन बिभागले यस्तो सिफारिस माग गरेकाले दूतावास मार्फत सिफारिस लिएर जान सूचित गरेको हो।

सिफारिसका लागि भारत हुँदै तेस्रो मुलुक जानुपर्ने कारण सहितको हस्ताक्षरित निवेदन, यात्रा गर्ने ब्यक्तिको राहदानी र सो को प्रतिलिपी, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपी, रोजगार भिसामा बिदेश जाने ब्यक्तिले वैदेशिक रोजगार बिभाग वा अन्तगर्त बाट जारी श्रम स्वीकृतको प्रतिलिपी, अध्यन ब्यबसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकको हकमा अध्यन ब्यबसाय संग सम्बन्धित परिचयपत्र तथा कागजातहरु आवश्यक पर्ने दूतावास द्वारा जारी सूचनामा उल्लेख छ।

यस्तै सिफारिसका लागि अत्यन्तै जरुरी भै ब्यक्ति स्वयं उपस्थित हुन नसक्ने अबस्थामा दूतावासको इमेल ठेगाना मार्फत सिफारिसको लागि निवेदन दिन सकिने र सिफारिस गर्न सकिने अवस्था रहेमा दूतावासले इमेल मार्फत नै निजलाइ उपलब्ध गराउने समेत जनाएको छ।

प्रतेक दिन भारतको बिमानस्थल प्रयोग गरि बिचलिया हरुले नेपाली महिला तथा पुरुष कामदारलाई नेपाल सरकारले बैधानिकता नदिएका मुलुकमा समेत लैजाने,बेच्ने र अलपत्र पार्ने गतिविधि बढेको अबस्थामा यस्तो नियमले गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा जाने र लैजाने हरुलाइ रोक्न सकिने दूतावासको भनाइ छ।

कसरी विश्वलाई विकासको मोडल सिकाउँदै छ चीन?

काठमाडौं, चैत १७ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिय चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ। विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारणा अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसिया युग’ निर्माणमा लागेको हो। अमेरिकाले भारत, अस्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाइ चीनको छ। तर चीनले अमेरिकी रणनीति फितलो पार्न राजनीति, कूटनीति (कर्मचारीतन्त्र), सुरक्षा निकाय, व्यापारिक समुदाय र जनस्तरबाट विश्वका अधिकांश मुलुकलाई जोड्न थालेको छ। यस क्रममा चीनले छिमेकीलाई विशेष महत्व दिएको छ। ‘चीन आफ्नै तवरले अघि बढ्छ। अरू मुलुकले के गर्छ सोच्दैन। कसैले सक्रियता बढाएमा आक्रामक हुन्छ’, प्राध्यापक झु काइहुवाले भनिन्, ‘अमेरिकी रणनीतिमा हाम्रो सरोकार रहँदैन। तर हामी छिमेकको चासो र महत्वलाई ध्यान दिन्छौं। शक्ति मुलुक आफ्नै ढाँचाले अघि बढ्नु स्वाभाविक हो। छिमेकी मुलुक दुई शक्तिको मारमा नपरून् भन्नेमा हामी सचेत छौं।’ उनका अनुसार चीन अब एसियाको युग कसरी स्थापित गर्ने भन्नेमा केन्द्रित हुन थालेको छ। उनले भनिन्, ‘छिमेकीलाई हाम्रो विकास मोडलबारे बुझाएर अघि बढ्नु हाम्रो उद्देश्य हो।’ चिनियाँ अन्तर्राष्टिय व्यापार तथा आर्थिक सहकार्य अध्ययन केन्द्रकी उपनिर्देशकसमेत प्राध्यापक झुले बीआरआई अभियानमा छिमेकले साथ दिए विश्व एसियातर्फ फर्कने बताइन्। ‘चीन आफ्ना छिमेकको यही विश्वासका साथ अघि बढेको छ’, उनले भनिन्, ‘चीनले बीआरआईमार्फत छिमेकीसँग सहकार्य गर्दै अघि बढ्ने तयारी गरेको छ। पहिला एसियाले नैे विश्वको नेतृत्व गरेको थियो। हामी फेरि त्यसतर्फ फर्कन सक्छौं।’ चीन छोटो समयमा गरेको प्रगतिको बजारीकरणसँगै विश्व बजारमा सीधा पहँुच बढाउने उद्देश्यका साथ अघि बढेको छ। त्यसैले चीनले घुमाउरो शैलीमा अमेरिकासँग आफ्नो प्रतिस्पर्धा रहेको बताउँदै आएको छ। यसबाट चीनले पुरानो सिल्क रोडलाई नयाँ रूप दिँदै विश्व व्यवस्थामा प्रभुत्व कायम गर्न खोजेको स्पष्ट हुन्छ। छिमेकी मुलुकमा कसैको आँखा परेमा र आफ्नो मुलुकको प्रगतिमा आँच आउने काम भएमा चुप नलाग्ने रणनीति चीनको छ। यही रणनीतिले चीनले छिमेकलाई समेत सतर्क गराइरहेको छ। चीनले हरेक दिन विश्वका कुनाकुनाबाट सरकारी पाहुनाका रूपमा दुई सयभन्दा बढी कर्मचारी, पत्रकार, व्यापारी निम्त्याउने गरेको छ। यसरी बोलाइएका पाहुनालाई विश्वविद्यालयमा बहस गराउने र विभिन्न प्रान्तको भ्रमण गराउँदै आएको छ। ती पाहुनामार्फत चीनले आफ्नो धारणा विश्वमा फिँजाउँदै आएको छ। यसले स्पष्ट हुन्छ चीन अब विश्व बजारको प्रतिस्पर्धामा मात्र होइन, राजनीतिमा पनि अग्रसर भइरहेको छ। विश्वमा रेल हिमालमाथिबाट वा मुनिबाट गुडाउने भन्ने प्रश्न उठिरहेका बेला चीनले दुवै स्थानबाट सम्भव भएको जबाफ दिएको छ। चीनले हिमालमाथि रेल दौडाएको छ। रेलमार्गले हरेक पहाड छेडेको छ। विकासका लागि सबैले मिलेर सहकार्य गर्नुपर्ने बताएको चीनले अब दक्षिण एसियालाई विशेष चासो दिन थालेको छ। चीनले हिमालपारि रेलको सपना बाँडिरहेको छ। रेलबाटै छिमेकी भारत र पश्चिम एसियाको बजार खोजेको चिनियाँ अधिकारी स्वीकार्छन्। दक्षिण एसिया डेक्स हेर्ने तृतीय सचिव सङ चाओेले दक्षिण एसियासँग सहकार्य गर्न बीआरआई मुख्य माध्यम हुन सक्ने बताइन्। सार्क मुख्यालय रहेको नेपालमा चीनको सहकार्यमा धेरै काम भइरहेको दाबी उनको छ। उनले भनिन्, ‘पोखरा विमानस्थल निर्माण, कोदारी राजमार्गको स्तरोन्नति र मितेरी पुल निर्माण, रेलमार्गको प्रारम्भिक अध्ययन, जनस्तरको सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, प्रशिक्षण, नेपालका गाउँगाउँमा चिनियाँ स्वयंसेवकको उपस्थितिमा हाम्रो सहकार्य झल्किन्छ।’ जनस्तरको सम्बन्धमा भएको सहकार्य झनै महत्वपूर्ण रहेको उनले बताइन्। अर्का चिनियाँ अधिकारीले सार्कको विकासमा पनि आफूहरुको ध्यान जाने स्पष्ट पार्दै भने, ‘सार्कको विकासमा सहकार्यले यो क्षेत्रको सभ्यतालाई विश्वमा अघि बढाउन सक्नेछ।’ चीनले बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन र त्यसलगत्तै अन्तर्राष्ट्रिय हर्टिकल्चर एक्जिबिसन गर्दैछ। ती अधिकारीले भने, ‘बीआरआई सम्मेलनमा एक सयभन्दा बढी मुलुकका नेता सहभागी हुनेछन्। एक सय ६२ दिन चल्ने हर्टिकल्चर एक्स्पोमा लाखांै आगन्तुकले अवलोकन गर्ने विश्वास छ।’ प्रविधि पनि बीआरआईकै अंग बेइजिङमा निर्माणाधीन पाँच सय २८ मिटर अग्लो एक सय नौतले व्यापारिक भवन छ। त्यस्तै न्युयोर्कलाई नै चुनौती दिने सहर चुङछोङ पुग्दा विकासजति यहीं मात्र भएको छ भन्ने महसुुस जोकसैलाई हुन्छ। बेइजिङदेखि दक्षिण पश्चिममा रहेको चोङछिङबाट सिंगापुर आर्थिक करिडोरको काम भइरहेको छ। रेलमार्गले लाओस, भियतनाम, मलेसिया हुँदै सिंगापुर जोड्दैछ। जलमार्गमा यसअघिदेखि नै काम भइरहेको छ। यान्छी नदीमा चल्ने जहाजबाट बिनामानिस सामान लोड–अनलोड हुन्छ। १० मिटर गहिरो यान्छी नदीमा थ्री गर्जेजको ड्यामले अड्कलेर पानी पठाउँछ। त्यसमाथि पानीजहाज चलिरहेको छ। चीनले बीआरआईमा प्रविधिलाई मुख्य अंग बनाएको एक सरकारी अधिकारीले बताए। जेडी डटकम निजी कम्पनीका एक लाख ७० हजार व्यक्तिले विश्वका दुई सयभन्दा बढी कम्पनी र अबौँं ग्राहकसँग प्रविधिमार्फत व्यापार गर्छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

मलेसियाका लागि नवनियुक्त राजदुत उदयराज पाण्डेसंग नेपाली मजदुरबारे अन्तरक्रिया गर्ने तयारी

मलेसिया (क्वालालम्पुर), चैत १३ । नेपाली राजदुतावास मलेसियाका लागी केही समय अगाडिमात्रै राजदुतमा नियुक्त भई मलेसिया आई कार्यभार सम्हालिरहेका नवनियुक्त राजदुत उदयराज पाण्डेलाई एक कार्यक्रमका बीच भव्य स्वागत गर्ने भएको छ । मलेसियामा रहेका नेपाली व्यवसायी समाज लगायत विभिन्न समाजिक संघसंस्थाहरु जस्तैः नेपाल् आदिवासी जनजाती महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सुदुर पश्चिमेली नेपाली समाज, गैर आवासीय नेपाली सेतेरियो कराते संघ, भोजपुर सेवा समाज, दोलखा समाज, खोटाङ सेवा समाज, खप्तरी बस्नेत परिवार मलेसिया लगायतको संघसंस्थाहरुसँगको संयुक्त सहकार्यमा यहीँ मार्च महिनाको ३१ तारिख आईतवारको दिन क्वालालम्पुरमा अवस्थित ग्राण्ड कन्टिनेन्टल होटेलमा एक भव्य कार्यक्रमको आयोजना गरी राजदुत पाण्डेलाई स्वागत गर्ने तयारी गरेको आयोजक संस्था मध्यकै नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)शाखा मलेसियाका अध्यक्ष सुनाखरी मगरले जानकारी गराए । फोनिजका अध्यक्ष मगरलाई उद्धत गर्दै मलेसियामा बिगत लामो समयदेखि रेष्टुरेन्ट व्यवसायमा सक्रिय नेपाली व्यवसायी बिपिन राईले बोल्दै सो कार्यक्रममा राजदुत पाण्डेलाई स्वागत गर्ने सँगसँगै मलेसियामा कार्यरत पीडित नेपाली मजदुरहरुको उद्दार गर्नको निम्ती दूतावाससँग कसरी सहयोग लिने ? अथवा सहकार्य गर्ने भन्नेबारे पनि संघसंस्थाको अगुवाहरुसँगै राजदुतसँग बृहत् छलफल, अन्तरक्रिया समेत गर्ने राईले बताए । मलेरियामा रहेका राजनीतिक दलहरु (पार्टी) बाहेकको अन्य समाजिक संघसंस्थाहरुले समेत आउँदो आइतबार आयोजना हुन लागेको उक्त कार्यक्रममा सहकार्य गर्न सक्ने, मिल्ने राईको भनाई रहेको छ। साथै उक्त स्वागत कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाकी नाचगान समेत प्रदर्शन गर्ने तयारी आयोजकले गरिरहेको छ ।

जान्नुहोस्, कस्तो हुनुपर्छ जापान जाने कामदार?

काठमाडौं, चैत १२ । नेपाल र जापान सरकारबीच श्रमिक पठाउनेबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको छ। समझदारीमा जापानका राजदूत मासामिचि साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्ति सचिव रामप्रसाद घिमिरेले हस्तारक्षर गरे। समझदारी अनुसार सन् २०१९ को अप्रिल १ देखि जापानले १४ वटा कार्यक्षेत्रहरु, कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, खाद्य सेवा उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, विल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिनेछ। १४ क्षेत्रमा श्रमिक लिने सहमति भए पनि नेपाली श्रमिकको माग कति हुने भन्ने विषय भने बाँकी नै छ। जापानमा ‘स्पेसिफाइड स्किल्ड वर्कर’ (एसएसडव्लु) अन्तर्गत पहिलो वर्ग र तेस्रो वर्ग का श्रमिकहरु लिने सहमतिमा उल्लेख छ। पहिलो वर्गका श्रमिकहरुका लागि सीप वा सम्वन्धित कार्य क्षेत्रमा अनुभव आवश्यक पर्ने र त्यस्ता श्रमिकहरु बढीमा पाँच वर्षसम्म जापानमा रहन सक्ने छन्। दोस्रो वर्गका श्रमिकहरुका लागि उच्च तहको सीप आवश्यक पर्ने र त्यस्ता श्रमिकहरुको कार्यअवधि थप गर्न सकिने प्रावधान छ। दोस्रो वर्गका श्रमिकहरुले परिवारका सदस्यलाई समेत जापान लैजान सक्ने छन्। समझदारी पत्र अनुसार जापानी कानून बमोजिम नेपाली श्रमिकहरुले रोजगारीका सेवा, सुविधा एमं शर्तहरुमा जापानी नागरिक सरह समान व्यवहार प्राप्त गर्ने छन्। नेपाली श्रमिकहरुले प्राप्त गर्ने पारिश्रमिक जापानी नागरिकले सोही कामको लागि प्राप्त गर्ने पारिश्रमिक सरह वा सो भन्दा बढी हुने जनाइएको छ। कामदारलाई सहायता योजना अन्तर्गत जापानमा दैनिक जीवनयापन सम्वन्धी अभिमुखीकरण, दैनिक रुपमा प्रयोग हुने भाषा सिक्नका लागि सहायताका अतिरिक्त श्रमिकको बसाइ र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा र काम परिवर्तनका सन्दर्भमा सल्लाह एवं गुनासो व्यवस्थापनका विषयहसमेत समेटिएको छ। श्रमिकले आफु गएको सम्वन्धित कार्यक्षेत्रमा रोजगार परिवर्तन गर्न पाउने सुविधा समेत राखिएको छ। यसको लागि सार्वजनिक रोजगार सेवा केन्द्रले सहयोग गर्ने व्यवस्था गरिएको छ। याे समाचार नागरिक दैनिकबाट लिइएकाे हाे ।

एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्यरुपमा सम्पन्न

स्कटल्याण्ड, चैत ११ । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको हिल वाक इभेन्ट भब्यरुपमा सम्पन्न भएको छ । करीब सय जनाभन्दा बढी सहभागिता रहेको एनआरएनए स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए। ‘एनआरएनए स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले सहभागीहरुमाझ एनआरएनएप्रति सकारात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता विस्तार र संगठन विस्तारमा सहयोग पुगेको छ’ अध्यक्ष कार्कीले बताए । हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन भएको र सहयोग संकलन क्रम जारी नै रहेको अध्यक्ष कार्कीले बताए । उक्त कोषबाट संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने छ। उक्त हिल वाक शुरु हुनुभन्दा पहिले एनआरएनए स्कटल्याण्डका सचिव कृष्ण दाहालले हिल वाकको विवरण, स्वास्थ्य, सुरक्षाबारे जानकारी दिएका थिए । डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब दुई घण्टा लागेको थियो । एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने सहित उक्त कार्यकममा स्कटल्याण्डको बिभिन्न स्थानहरु एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ, डनफर्मलिन र स्टरलिङबाट सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए । हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ । उक्त इभेन्टमा अध्यक्ष कार्कीले प्रयोजन गरेका भिजिट नेपाल २०२० को प्रचार सामग्री कार स्टिकर वितरण गरिएको थियो । एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यबसायमा सहयोग पुग्ने बताए । एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचारको लागि नेपाली दुतावास र पर्यटन बोर्डसँँग समन्वय गरिरहेको कार्कीले बताए ।

कोरियाका लागि पहिलो दिनमै ५५ हजारद्वारा आवेदन

काठमाडौं, चैत ९ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् । ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चत्रै १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । ईपीएस शाखा प्रमुख कृष्ण खनालले अनलाइनबाटै फाराम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा जस्तो बैंकमा भीड नलागेको बताए । ग्लोबल बैंकको शाखासहि आईएमई पे र ई सेवामार्फत शुल्क बुझाउने व्यवस्था गरिएको उनले बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कुलमान घिसिङलाई अमेरिकामा स्वागत एवं सम्मान

विजय थापा, अमेरिका । अमेरिका भ्रमणमा रहेका नेपाल बिद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अमेरिकाको वाशिङटन डिसीमा नेपाली समुदायले स्वागत गरेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित तामाङ सोसाइटी अफ ग्रेटर वाशिङटनले आयोजना गरेको कार्यक्रममा घिसिङलाई स्वागत गरिएको हो । उनलाई आयोजक तथा सहभागीहरुले खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रमको सुरुवात परिचयबाट गरिएको थियो भने घिसिङले आफु पेशाले अभियन्ता भएको र प्राधिकरण कै कर्मचारी रहेको भनि छोटो परिचय दिएका थिए । प्राधिकरण प्रमुख घिसिङले सन् २०१० मा डिसी आएको भन्दै यस पटक आफ्नो दोश्रो भ्रमण रहेको बताएका थिए । उनी बिश्व बैंकमा भाग लिन आएको जानकारी दिए । प्राधिकरण प्रमुख घिसिङले बिगतमा अमेरिका विभिन्न राज्यबाट निम्तो आउने तर आफु समय अभावको कारणले आउन नभ्याएको बताए । उनलाई सहभागीले ईमान्दारिता, कार्यकुशलता तथा निष्ठाको कारण सबै नेपालीले गौरवको महसुस गरेका र आगामी दिनमा पनि यस्तै कार्य गर्न आग्रह गरेका थिए । कार्यक्रम सञ्चालन समाजका अध्यक्ष उत्तर लामाले गरेका थिए । अध्यक्ष लामाले सबैलाई स्वागत गर्दै घिसिङलाई सबैका गौरब भन्दै यसलाई कायम राख्न अनुरोध गरे । हामी सबैको शिर ठाडो भएको छ भन्दै शुभकामना दिएका थिए । प्राधिकरण प्रमुख घिसिङले आफ्ना कुराहरु राख्न दिएकोमा सबैलाई धन्यबाद दिए ।

पहिलो वर्ष जापानले थोरै कामदार लैजाने

काठमाडौं, चैत ५ । हेटौंडाकी रिना वाइबा काठमाडौंमा जापानी भाषा सिकाउने केन्द्र खोज्दै भौंतारिइरहेकी छन् । कहाँ पढ्ने भनेर उनले निर्णय लिन सकेकी छैनन् । ‘धेरै भाषा केन्द्रमा पुगेँ, सबैजसोमा विद्यार्थी भरिभराउ देख्छु,’ उनले भनिन्, ‘ती केन्द्रको वैधानिकता के हो, स्वीकृत पाठ्यक्रम हो/होइन, कोही प्रस्ट जवाफ दिन सक्दैनन् ।’ गत पुस ९ गते जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने नीति लिएपछि नेपालीका लागि जापान आकर्षण बनेको हो । जापानी भाषा प्रवीणता परीक्षण -जेएलपीटी) को चौथो तह पास भएका कामदार मात्रै जापान जान पाउँछन् । चौथो र पाँचौं तह भनेको आधारभूत जापानी भाषा -दैनिक रूपमा प्रयोगमा आउने) बोल्न र पढ्न सक्ने हुनु हो । जापान र नेपालबीच कामदार पठाउने विषयमा सम्झौता नभए पनि जापान जान इच्छुक युवा भाषा सिक्न थालिसकेका छन् । ‘यो आकर्षण देख्दा अचम्म पर्छु,’ वाइबाले भनिन्, ‘पहिलो लटमै जान पाइयोस् भन्ने चाहना छ । हेरुम् के हुन्छ ?’ जिटो असफल जापानले नेपालबाट औद्योगिक प्रशिक्षार्थी कामदार लिएर जान थालेको दशक नाघिसकेको छ तर यो मोडल नेपालका लागि सफल भएन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापान इन्टरनेसनल टे्रनिङ कोअपरेसन अर्गनाइजेसन (जिटो) सँग सम्झौता गरी औद्योगिक प्रशिक्षार्थी कामदार पठाइरहेको छ । सुरुमा यसमा नेपाल उद्योग वाणिज्य महासंघले प्रशिक्षार्थी कामदार पठाउँथ्यो । महासंघले अपेक्षाकृत कामदार पठाउन नसकेपछि वैदेशिक रोजगार व्यवसायी  (म्यानपावर कम्पनी) मार्फत कामदार पठाउने व्यवस्था भयो । वैदेशिक रोजगार विभागका अनुसार प्रशिक्षार्थी कामदार पठाउन २ सय ५३ म्यानपावर सूचीकृत छन् । ती सबै म्यानपावरले प्रशिक्षार्थी कामदार पठाउन सकेनन् । जापानी रोजगारदाताले १० प्रतिशत प्रशिक्षार्थी कामदार राख्न पाउने व्यवस्था गरेको छ । सबैभन्दा बढी भियतनामले १ लाख ४ हजार, चीनले ८० हजार, फिलिपिन्स, इन्डोनेसिया र थाइल्यान्डबाट २० हजार प्रशिक्षार्थी कामदार पठाउन सकेको छ । नेपालबाट भने २ सय कामदार मात्रै गए । वैदेशिक रोजगार व्यवसायीका अनुसार बजार प्रवर्द्धन गर्ने खर्च निकै महँगो परेका कारण नेपालबाट कामदार पठाउन नसकिएको हो । ‘रोजगारदाताले एकै पटक धेरै कामदार लैजाँदैनन् । १० देखि ५० जनालाई रोजगार दिनेले वर्षमा ३ जना मात्रै कामदार लिएर जान्छ,’ जापानमा प्रशिक्षार्थी कामदार पठाउँदै आएको हिमालयन जब एक्सप्लोररका प्रबन्धक निर्देशक मदन महतले भने, ‘सेवा शुल्क ५० हजार रुपैयाँ तोकिएको छ । दूतावासमा कागज प्रमाणीकरण गर्न मात्रै ३७ हजार रुपैयाँसम्म खर्च हुन्छ । त्यसले बजार खोज्नै नपुग्ने स्थिति भयो ।’ खुला बजार भएकाले म्यानपावर व्यवसायीले अरू देशसँग प्रतिस्पर्धा गर्न सकेनन् । यहाँबाट गएका नेपाली कामदार भाग्ने समस्याले गर्दा पनि कोटा गुमेको उनले भने । ‘कामदार भागेपछि रोजगारदाताले सरकारलाई जरिवाना तिर्नुपर्छ, उनीहरूको कोटा पनि गुम्छ,’ उनले भने, ‘यसले गर्दा त्यही रोजगारदातालाई अर्को कामदार पठाउन मुस्किल छ ।’  यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

आगलागी पीडितलाई तामाङ समाज मलेसियाले गरे ६९ हजार आर्थिक सहयोग

मलेसिया, फागुन २४ । तामाङ समाज मलेसियाले २०७५ माघ महिना २६ गतेको दिन बिहान बर्षा भइइरहेको बेला चट्याङ लागेर घर जलेका आगलागी पीडित सर्लाही बर्दिवास नगरपालिका वडा नं. ११, चनौटे निवासी दिलबहादुर तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ । सन् २००५ सालमा मलेसियामा तामाङ समुदायको युवायुवतीहरुले हातेमालो गर्दै स्थापना गरेको तामाङ समाज मलेसिया नामक समाजिक संस्थाले २०१९ सम्म आईपुग्दा विभिन्न क्षेत्रका पीडित व्यक्तिहरुलाई बेलाबेला आर्थिक अभियानहरु चाली सहयोग गर्दै आईरहेको थियो र गर्दै पनि छन् । यो वर्षपनि तामाङ समाज केन्द्रिय समितिं, नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ,तामाङ समाज पेनाङ कमिटीले मिलेर संयुक्त रुपमा मिलेर आयोजना गरेको मञ्जुश्री संवत् २८५५औं ढ्वा ल्हो सोनाम ल्होछार संम्पन्न भए लगत्तै ल्होछार कार्यक्रमबाट आम्दानी भएको रकम चट्याङ पीडित आर्थिक अवस्था एकदमै नाजुक रहेको तामाङ समाज मलेसियाको केन्द्रिय सदस्य हाल मलेसियामै कार्यरत अजय तामाङको परिवारलाई बिहिवार रु. ६९,००० नेपाली रुपैयाँ हस्तान्तरण गरिएको तामाङ समाज मलेसियाको द्धितिय सचीव सबिन लोप्चन तामाङले बताए । तामाङ समाजलाई साथ दिदै नेपालमा सामाजिक काममा सक्रिय ईशारा लामाले उक्त सहयोग रकम सम्बन्धित ठाउँसम्म पुर्याइ बर्दिवास नगरपालिकाका उपमेयर सुशीला गौतम, सोही नगरपालिकाको वडा नं. ११ का जनप्रतिनिधि धनबहादुर लामा र स्थानीयहरुको सामुहिक उपस्थितिमा प्रतिनिधिहरुकै हातबाट पीडित परिवारलाई हस्तान्तरण गरिइएको हो । आर्थिक सहयोग रकम बुझ्दै खुशीसाथ तामाङ समाज मलेसिया परिवारलाई पीडित परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

फ्रान्समा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको गठन

फ्रान्स,माघ २६।विश्वव्यापी रुपमा आफ्नो शाखाहरु बिस्तार गर्दै अगाडि बढेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)ले अब फ्रान्समा पनि आफ्नो शाखा विस्तार गरेको छ। यश अघि प्रविण सापकोटाको अध्यक्षतामा गठन भएको१८ सदस्यीय फ्रान्स तदर्थ समितिलाई गत बिहिवार संस्थाको युरोप क्षेत्रीय समिति अन्तर्गत रहेर कार्य गर्ने गरि ग्लोबल समितिले अनुमोदन गरेको हो। नव गठिन समाजका पदाधिकारीहरुमा अध्यक्ष प्रविन सापकोटा,उपाध्यक्ष जगत बहादुर खड्का,महासचिब महेन्द्र अधिकारी र कोषाध्यक्षमा डुल्छेन लामा तामांग (सुरेश)रहेका छन्। यस्तै सदस्यहरुमा घनश्याम पौडेल,किरण केसी,गीता खनाल थापा,आभास आचार्य,भूबन आले सुमन राई मिली कोइराला,रिया गुरुङ (भानु),शर्मिला गुरुङ, सालु श्रेष्ठ,प्रतिमा खनाल,अन्जेश चुडाल,भिम राई र बिपुल छेत्री रहेका छन्। नेपाली कला, साहित्य र संस्कृतिको उत्थान एवं कलाकार र साहित्यकारहरुको हितको लागि समितिले उल्लेख्य कार्य गर्ने बताउदै नव गठित इनास फ्रान्सका पदाधिकारी हरुलाइ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, ग्लोबल समितिका प्रबक्ता डा. रामकृष्ण निरौलाले सुभकामना व्यक्त गरेका छन्।

नेपाली कामदार जापान पठाउने गृहकार्य कहाँ पुग्यो ?

काठमाडौं, माघ २३ । जापानमा नेपाली कामदार पठाउने गरी तयारी तीव्र पारिएको छ । आगामी अप्रिलबाट कामदार जापान पठाउने गरी दुबै देशले आन्तरिक गृहकार्य तीव्र पारेका छन् । यसका लागि नयाँ संयन्त्र निर्माण गर्न नेपाल र जापान सहमत भइसकेका छन् । हाल नेपाल कामदार लैजान जापानले पठाउने मोडालिटीको प्रस्ताव कुरिरहेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहल भाषा परीक्षा र सिप परीक्षणसहितका विषयमा जापान सरकारले कस्तो संयन्त्र , माडालिटी र विधिहरु प्रस्ताव गर्छ भन्ने विषयको पर्खाइमा रहेको बताउँछन् । यो विषयमा जापानको ठोस प्रस्ताव आएपछि दुई दशेबीच कामदारको हितलाई केन्द्रमा राखेर आपूर्तिबारे समझदारी हुने उनले बताए । तत्कालै पाइलटिङका रुपमा अप्रिलबाट कामदार पठाउन सुरु गर्ने योजना बनेको छ । नेपाल र जापानबीच पहिलो चरणमा प्राविधिक समितिबीच वार्ता भइसकेको छ । यसैमार्फत कामदार आपूर्तिबारे छुट्टै समझदारी गरेर जान नेपाल र जापान सहमत भएका थिए । यसअघि जिट्कोमार्फत जापानमा सीमित नेपाली कामदार जान पाउँथे । अब भने जापान र नेपाल नयाँ संयन्त्र र विधि तयार गरेर मात्रै श्रमिक आपूर्तिको व्यवस्था गर्नुपर्ने निश्कर्षमा पुगेका छन् । अब यो विधि कस्तो हुने भन्ने विषय जापानले निक्र्योल गरेर कार्यान्वयनका लागि नेपाल सरकारलाई अनुरोध गर्नेछ । सचिव दाहल अब निकट भविष्यमै यस्तो विधि टुंगो लाग्ने बताउँछन् । नेपालले जापानसँग यो प्रक्रियामा म्यानपावर लगायतका बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शुन्य लागतमै कामदार लैजाने व्यवस्था गर्न अनुरोध गरिसकेको छ । प्राविधिक समितिको बैठकमा दुबै देशले आपूर्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउने कुरामा नै जोड दिएका थिए । यस्तो विधि र प्रक्रिया निर्माण गर्दा विश्वब्यापी रुपमा प्रचलनमा रहेका उपयुक्त मादण्डहरु निर्माण गर्ने र त्यसै अनरुप कामदार भर्ति तथा आपूर्ति गर्ने सहमति पनि भएको छ । श्रम सचिव दाहाल जापानले कामदारको ज्ञान तथा अनुभव र विशेषज्ञ सीप परीक्षण गर्ने गरी दुई खाले विधि प्रस्ताव गरेको बताउँछन् । ‘नेपालको हकमा जापानले छुट्टै संयन्त्र र विधि निर्माण गर्न नसक्ला, अन्य कामदार श्रोत मुलुकसँग मिल्दोजुल्दो व्यवस्थाबाटै नेपालमा श्रमिक भर्ति हुन्छ,’ दाहालले भने, ‘यो विधि कामदारको हित अनुकुलकै हुनेछ भन्ने हाम्रो विश्वास हो ।’ कामदार संकट गहिरिएपछि जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति लिएको छ । नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लिने योजना बनाएको छ । नयाँ नीति कार्यान्वयनका क्रममा आगामी आर्थिक वर्षमा जापानले २२.४ अर्ब यूआन खर्च गर्नेछ । विदेशीहरुलाई जापानी भाषा सिकाउन मात्रै ६० करोड यूआन खर्च गरिने छ । परिमार्जित अध्यागमन कानूनअनुसार जापानले विश्वयुद्धपछि पहिलोपटक निश्चित सिप र विज्ञता भएका विदेशी कामदारलाई वर्किङ भिसा दिने नीति लिएको छ । अनलाइनखबरबाट

गल्याङ्ग नगर समाज युएईको पहिलो अधिवेशन सम्पन्न

युएई,माघ १८।स्याङ्गजा जिल्लाको गल्याङ्ग नगरपालिकावासीहरुको समाज गल्याङ्ग नगर समाज युएईको पहिलो अधिवेसन शुक्रबार सम्पन्न भएको छ । समाजका तदर्थ समितिका विष्णु गैरेको स्वागत मन्तव्यबाट शुरु भएकोे उक्त कार्यक्रममा स्याङ्गजा सहयोग समाज युएईका संस्थापक उपाध्यक्ष एकेन्द्र थापाको प्रमुख अतिथ्यता रहेका थिए । कार्यक्रममा स्याङ्गजा सहयोग समाज युएईका अध्यक्ष खगेन्द्र गैरे विशेष अतिथि रहेका थिए भने स्याङ्गजा जिल्लाका अध्य गाउपालिका नगरपालिका स्तरिय संस्था प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । युएईको बरदुबईमा रहेको लुम्बिनि गेष्ट हाउसमा आयोजना गरिएको प्रथम अधिवेशनले पिताम्बर अर्यालको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजु वस्याल र गोपाल भट्टराई रहेका छन । त्यसैगरी महासचिवमा कल्पित भण्डारी, सचिव तुल्सीराम भुषाल, कोषध्यक्ष रेशमराज खनाल, सहकोषाध्यक्ष प्रकृति रेग्मी निर्वाचित भएका छन । कार्यसमिति सदस्यहरुमा क्रमशः विष्णु गैरे, मुक्ति भट्टराई, जमुना चापागाई, विष्णु भण्डारी, विकास कर्मचार्य, राजु अधिकारी, टिका भण्डारी र प्रदिप चापागाई रहेका छन । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक लक्ष्मण खनाल र समिति सचिव ओमकार पोखरेलले खादा तथा ओहोदाको प्रमाणपत्र प्रदान गरि वधाई तथा शुभकामना दिएका थिए ।

चितवनका जीवनले कुवेतमा ज्यान गुमाए

कुवेत,माघ १८।वैदेशिक रोजगारीका लागि कुवेत पुगेका रत्ननगर-८,चितवन नर्कटियाका ४७ बर्षिय जीवन महतो(चौधरी)को हृदयघातका कारण कुवेतमा निधन भएको छ। कुवेतको एसके कम्पनीमा सवारी चालकको रूपमा कार्यरत चौधरी साथीहरुसंग काम गर्ने साइटमा बिहान ६:३० बजे कम्पनीकै गाडीमा गएको र केएनपिसी कम्पनीमा गेटबाट भित्र छिर्ने क्रममा चेक जाँचका लागि बाहिर निस्किएर साथिहरु संग कुरा गर्दै गर्दा अकस्मात ढले पछी तत्काल स्थानीय आदान अस्पातल पुर्याउदा उनलाई डाक्टए मृत घोषित गरेको उनका सहकर्मीले जानकारी दिएका छन्। रक्तचाप र सुगरले ग्रसित चौधरीले मध्यपान, धुम्रपान भने गर्दैनथे ।उनी वार्षिक छुट्टी सकेर दुई महिना अघी गत डिसेम्बर ६ तारिख मात्र कुवेत फर्किएका थिए। घटना बारे कुवेत स्थित नेपाली राजदुतावास लाई जानकारी गराएको छ ।दूतावासका दितिय सचिब ज्ञान बहादुर मगरका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरि मृतकको शव तत्काल नेपाल फर्काउन पहल शुरु गरिएको जानकारी दिएका छन्। कम्पनीले मृतकको आबश्यक कागजात तथा शब पठाउन लाग्ने शुल्क समेत दुताबासमा बुझाई सकेको छ भने क्षतिपूर्तिका लागि पनि आबश्यक प्रकृया शुरु गरिने सचिबले बताएका छन। मृतक चौधरीको घरमा १ छोरा, १ छोरी र श्रीमती रहेका छन।

भारतको कोठीमा बेचिन पुगेका पाँच नेपाली महिलाको उद्धार

काठमाडौं, माघ १८ । भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको उद्धार गरिएको छ । समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार उनीहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई कानुनी प्रक्रिया पुरा नभएको हुँदा १ वर्षदेखि भारतीय सरकारको राजकीय संरक्षण गृहमा रहेका थिए । भारतमा नक्कली कागजात पेश गरी दलालहरुले आफन्त हो भनेर पीडितको जिम्मा लिने र फेरि तस्कर गर्ने सम्भावना भएकोले आग्रा विशेष अदालत र जिल्ला अदालतबाट उद्धार गरिएको पीडित महिलाहरुको डि.एन.ए परीक्षण गरी न्यायालयको प्रक्रिया पूरा गरी निजको बुवा, आमालाई बुझाउने शर्तमा सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी समाजसेवी पाण्डेको जिम्मेवारीमा नेपाल फर्काउन सफल भएको छ । उनीहरुलाई अहिले माइती इन्डियाको संरक्षणमा राखिएको र आग्रा अदालतको सम्पूर्ण प्रक्रिया पुरा गरी १५ दिनभित्रमा आफन्तको जिम्मा लगाइने जानकारी गराएको छ।

नेपालीले आन्दोलन गरेको डव्लुआरपी कम्पनीलाई जरिवाना तिराउने मलेशियन सरकारको निर्णय

मलेशिया,माघ १८।मलेसियामा बिदेशी कामदारलाई तलब नदिने डव्लुआरपी कम्पनीलाई जरिवाना तिराउने सरकारले निर्णय गरेको छ। मलेशियाको मानव संशाधन मन्त्रालयले नेपाली लगायतका विदेशी कामदारलाई तलव नदिने कम्पनी लाई तत्काल कारबाही गरिने बताउदै कामदारको तलव रोक्का राख्ने कम्पनी विरुद्ध कडा रूपमा प्रस्तुत हुने जनाएको छ। । तीन महिनादेखि तलव नपाएपछि नेपाली, बंगलादेशी लगायतका हजारौं कामदारहरु केहि दिन यता काम छोडेर आन्दोलनमा उत्रिएका थिए ।आन्दोलनले उग्र रुप लिएपछी नेपाली दूतावासको समन्वयमा भएको छलफल पश्चात नेपाली श्रमिक काममा फर्किन सहमत भएका थिए। सो कम्पनीले गत नोभेम्वरदेखि कामदारको तलव नदिएको भेटिएको छ । गत मंगलवार सो कम्पनीले आगामी फेब्रुअरी १६ भित्रमा सवै रकम चुक्ता गर्ने सहमति जनाएपनि सो कम्पनीले कानूनी कारवाही भोग्नुपर्ने मन्त्रालयले बताएको छ । बिहिवार मन्त्रालयद्धारा जारी विज्ञप्तीमा मलेशियाको श्रम विभागले सो कम्पनीलाई कारवाही गर्ने विषयमा तयारी थालिसकेको र बिदेशी कामदार प्रति कम्पनीले देखाएको रबैयाको कडा सजाय भोग्नुपर्ने स्थानीय सन्चार माध्यमले जनाएका छन्। नेपालि लगायत अन्य मुलुकका हजारौं कामदार कार्यरत रहेको उक्त कम्पनीले हातमा लाउने पन्जा उत्पादन गर्ने गर्द छ भने सो कम्पनी लाई नेपाल सरकारले यसअघि नै कालो सुचिमा समेत राखिसकेको छ।

युएईको अलऐनमा रमाईलो ल्होसार साँझ कार्यक्रमको आयोजना

युएई,माघ ७। नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै विभिन्न पर्वहरुको अवशरमा कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ । सोही क्रमलाई निरन्तरता दिदै अलऐनले ल्होसारको अवशर पारी रमाईलो ल्होसार साँझ – २०७५ मनाउने भएको छ । फेब्रुवरी ८ तारिखका दिन उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा युएईमै रोजगारी गर्दै आईरहेका कलाकारहरुको बिशेष प्रस्तुती समेत रहनेछ। अलऐनको टप ५ रेस्टुरेन्टमा सम्पन्न हुने कार्यक्रममा गायक पारस लामाको साथमा गायिका सानू स्मिथ,सुरेन्द्र लामा,प्रशान्त ताजपुरिया र जनक रुचालको प्रस्तुती रहनेछ साथै नेपाली बाल मन्चका कलाकारहरुको बेजाेड प्रस्तुती रहने एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनका सॉस्कृतिक तथा खेलकुद संयाेजक उज्वल दाहालले बताएका छन ।