अष्ट्रेलियामा नेपाली युवाबीच ग्याङ फाइट, एक जनाको मृत्यु

अष्ट्रेलियाको सिड्नीमा मदिरा पिएर भएको नेपाली युवाहरुबीचको ‘ग्याङ फाइट’मा एक जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियन सञ्‍चारमाध्यका अनुसार दुई पक्षबीच भएको कुटाकुटका क्रममा २३ वर्षीय युवकको मृत्यु भएको हो ।

गत शनिबार हर्जविलको एक पपमा मदिरा पिउने क्रममा सुरु भएको विवाद कुटाकुटमा परिणत भएको थियो। बारमा तीन–तीनजनाको समूहका नेपाली युवाबीच कुटाकुट भएको थियो । त्यसपछि उनीहरुलाई सुरक्षा गार्डले निकालेका थिए।

बारबाट निस्किएर पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइजना पर्खालबाट सडकमा पछारिका थिए । लडेर घाइते भएकालाई नजिकैको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङका अनुसार उपचारका क्रममा एक जनाको मंगलबार मृत्यु भएको हो ।

घटनामा संलग्‍न रहेको भन्दै चार जना नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको नाम खुलाइएको छ ।

टिपरको ठक्करबाट भारतमा पूर्व नेपाल प्रहरीको मृत्यु

दैलेखः भारतको गुजरातमा टिपरले टक्कर दिँदा एक नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा दैलेखको दुल्लु नगरपालिका–१० गमौडीका महेन्द्र खत्री रहेका उनका आफन्त सूर्यबहादुर थापाले बताए । थापाका अनुसार सडकमा हिँडिरहेका बेलामा पछाडिबाट आएको टिपरले ठक्कर दिँएर घटनास्थलमा नै खत्रीको शनिबार मृत्यु भएको बताए । उनी पूर्व नेपाल पुलिस रहेको र कामको सिलसिलामा केही महिना अगाडि मात्र भारत गएका थिए ।

कुवेत गएको ६ महिनामा कम्पनीमै मृत फेला

कुवेतः रोजगारीका लागि ६ महिना अघिमात्र कुवेत पुगेका एक नेपालीको ज्यान गएको छ । काम गरिरहेकै अवस्थामा भोजपुरका ३९ वर्षीय पदमबहादुर मगर आफू कार्यरत  कम्पनीको कार्यस्थलमा मृत भेटिएका हुन् । आरआईसी कुलेक्स कम्पनीमा कार्यरत मगर दिउँसोको डिउटीमा रहेका र काम सकेर कोठामा आएका थिएनन् । कामबाट सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी  लडेको अवस्थामा भेटिएको कुवेत प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । मृतक मगरको शव पोस्टमार्टका लागि अस्पतालमा राखिएको कुवेतस्थित नेपाली दुताबासका श्रम सहचारी ज्ञानेन्द्र शर्माले जानकारी दिए ।

कोरिया गरेको २ हप्तामै नेपाली युवकको मृत्यु

काठमाडौंः नेपालीहरुको रोजगारको आकर्षक केन्द्र बनेको दक्षिण कोरियामा एक नेपाली युवाले ज्यान गुमाएका छन्। यही शिलशिलामा भर्खर मात्र पञ्चपुरी नगरपालिका पलैटे सुर्खेत निवासी २३ बर्षीय थिरबहादुर दर्लामीले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाएका छन्। उनले काम गर्ने कम्पनीमा फर्मा तान्ने क्रममा सबै फर्मा उनको ज्यान माथि खसेर च्यापिन गई उनको मृत्यु भएको हो। कम्पनीमा काम गर्ने कामदारहरु आ–आफ्नो काममा व्यस्त हुन्छन् सबैले आफ्नो सतर्कता आफैले अपानाउनु पर्छ। हर्रे, सुर्खेत निवासी हाल दक्षिण कोरियामा कार्यरत ज्ञानु केसी र रवि मगरले नेपाल पब्लिकलाई जानकारी दिएका छन्। यस्ता घटना यहाँ काम गर्नेहरुका लागि कुनै नौलो कुरा त होईन तर अहिले हाम्रै जिल्ला निवासीलाई प¥यो भनी साथै यो घटनाले कोरियामा काम गर्ने सबैलाई मर्माहित बनाएको छ। त्यसैले यहाँ काम गर्नेहरु सबैको ज्यान ठूलो जोखिमा छ, दक्षिण कोरिया नेपालीहरुको रोजगारीको लागि आकर्षणको केन्द्र मात्र होईन त्यो भन्दा अझ हाम्रो ज्यान जोखिममा छ। धेरै सतर्कता अपनाउनु पर्छ, के नयाँ के पुराना सबैलाई गाह्रो हुन्छ, मेरो पनि हातको दुवै औला काटिएको छ, त्यसैले सबैजना होशियारी हुनु जरुरी छ ज्ञानु केसीले थपे। कोरिया प्रवेश गर्न साथ सबै कुरा कम्पनीले व्यहोर्ने भएतापनि स्वास्थ्य विमा कार्ड लगायतका केही कुरा प्राप्त गर्न केही समय पर्खनु पर्ने भएकोले थिर बहादुरको लासलाई नेपाल ल्याउन केही दिन लाग्ने साथै घटनास्थल सम्म पुगेर लास नेपाल पठाउने प्रक्रियामा जुटेकाहरुलाई कठिनाई भएको बताईएको छ। स्रोतः नेपाली पब्लिक

प्रवासी नेपालीको दुखको मूल्य स्वदेशमा लगानी गर्न ‘पसिना फण्ड’को घोषणा

काठमाडौँ — खाडी राष्ट्रहरु, मलेसिया, कोरिया लगायतका मुलुकमा काम गरिरहेका नेपालीहरुले गरेको ससानो बचत पनि नेपालको नवनिर्माणमा प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले एउटा कोष खडा गर्न प्रस्ताव गरेका छन् । “पसिना फन्ड” नामक सो कोषमा जम्मा भएको रकम नेपालको हितका साथै लगानीकर्तालाई पनि मुनाफा हुने गरी आकर्षक योजनामा लगानी गर्ने उनको योजना छ । “कोषको संचालन पारदर्शी र प्रभावकारी ढंगले गरिने छ । यसका लागि छुट्टै विनियमावली बनाएर, नेपाल सरकारसंग समन्वय गरेर मैले काम गर्ने छु,” एनआरएनएको केन्द्रीय अध्यक्ष पदका प्रत्यासी आचार्यले भने। स्वदेशमा रोजगारीको अभावका कारणले वैदेशिक रोजगारीका लागि नेपालका लाखौं युवाहरु विदेशमा कार्यरत रहेको र उनीहरुले रगत, पसिना बगाएर पठाएको विप्रेषणले देशको अर्थतन्त्र थेगेको उनले बताए । तर विप्रेषणको रुपमा आएको अधिकांश रकम उपभोगमा खर्च हुने गरेको अनुसन्धानहरुले देखाएका छन्। “महँगो व्याजमा ऋण लिने र २,३ वर्ष त्यही सावां र ऋण तिर्न हाम्रा धेरैजसो युवाको समय खर्च हुने गरेको छ। तीन वर्ष काम गरेर घर फर्के पछि फेरी ऋण खोजेर विदेश जानु पर्ने अवस्था छ । यस्तो अवस्थामा एकातिर सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नु पर्ने आवश्यकता छ भने अर्कोतर्फ नेपाली युवाहरुले पसिना बगाएर बचत गरेको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता छ,” आचार्यले भने। “आजको अर्को जल्दो बल्दो समस्या भनेको नेपाली दाजुभाइ तथा दिदी-बहिनीहरूको सुरक्षित आप्रवासन र रोजगारीको सुरक्षा हो । यसैगरी हाम्रा दिदी-बहिनीहरू विदेशमा घरेलु तथा यौन हिंसाको शिकार हुँदै आएका छन् । हाम्रा दिदी-बहिनीहरूको सुरक्षित आप्रवासन र रोजगारीको सुरक्षा सुनिश्चिति पनि ठूलो मुद्दा हो । त्यसैले नेपाल सरकार, विदेशस्थित कूटनीतिक निकायहरु तथा गैरआवासीय नेपालीहरुको विश्वव्यापी सञ्जालबीच सहकार्य गरी वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनेतर्फ मैले काम गर्नेछु,” आचार्यले भने। आप्रवासी कामदार कल्याण कोषलाई दोब्बर गर्ने आचार्यले सङ्घले स्थापना गरेको आप्रवासी कामदार कल्याण कोषमा रहेको रकमलाइ आगामी दुई वर्षमा कम्तिमा दोब्बर गर्ने र विद्यमान कार्यविधि पुनरावलोकन गरी कोषको सञ्चालन पारदर्शी ढंगले गर्ने पनि जनाए । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरूको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने तथा नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गरेर विदेशमा अलपत्र परेका पीडित कामदारहरुलाई सहयोग गर्न सुरक्षित गृहको व्यवस्था मिलाउन पहल गर्ने पनि उनले बताए। खासगरी नेपालीहरु काम गर्ने मुलुकहरुमा रोजगारीको माग र नेपालीहरुसँग भएको सीपबीच तालमेल मिलाउन नेपाल सरकार, प्रदेश सरकारहरु, नेपालको निजी क्षेत्र र एनआरएनएबीच सहकार्य गरी एनआरएन सीप विकास केन्द्र स्थापना गर्न पहल गर्ने उनले बताए। वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउनेबारे हालै कतार, बहराइन, कुवेत, मलेसिया लगायतका मुलुकमा कार्यरत नेपालीहरुसंग आचार्यले बृहत् अन्तरक्रिया गरेका थिए। “पसिना फन्ड” स्थापन गर्ने उनको योजना गैर आवासीय नेपाली संघकै इतिहासमा एक फड्को हुने जानकारहरु बताउंछन्।

युएईमा एक नेपालीको मृत्यु

युएई,असोज १९। युएईमा सनिवार एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ। लामो समय देखि युएईको जावेल अलिमा बस्दै आएका झापाका ३८ बर्सिय घनश्याम प्रधानको मृत्युु भएको हो । दिउँसो काम सकेर कोठामा फर्किएका प्रधानले एक्कासि छाती दुख्यो भनेपछि साथीहरूले हस्पिटल लैजान एम्बुलेन्स बोलाएको भए पनि उनी तुरुन्तै बेहोस भएका थिए । एम्बुलेन्सले तत्कालै उनलाइ दुबईस्थित एनएमसी हस्पिटलमा पुर्‍याए पनि १० बजेतिर चिकित्सकहरुले प्रधान लाई मृत घोषित गरेका थिए । मृत्युको मुख्य कारण हृदयाघात नै भएको हस्पिटलले पुष्टि गरेको छ । दुबईको बोर्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटी सुपरभाइजरका रुपमा काम गर्दै आएका प्रधान ३ महिना अगाडि मात्र कम्पनीको छुट्टी सकेर नेपाल बाट फर्किएका थिए । मृतक प्रधानको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

रामेछाप दोहा सम्पर्क समाज कतारको शुभकामना आदान प्रदान कार्यक्रम

रामेछाप दोहा सम्पर्क समाज कतारले शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उद्धव मगर दोहा कतार– मिती २०१९÷१०÷०४ का दिन जिल्ला संस्था रामेछाप दोहा सम्पर्क समाजले २०७६ सालको विजय दशमी तथा शुभ दिपावलीको पावन अवसमा दोहाको रोयल नेपाल रेष्टुरेण्ट नजमामा कार्यक्रम सम्पन्न गरेका छ । उक्त कार्यक्रम समाजका प्रथम उपाध्यक्ष उद्धव मगरको अध्यक्षता र संस्थाका सचिव निर्मल नेवा खडगीको सञ्चालनमा रहेको कार्यक्रमलाई सु–सम्पन्न पार्नका लागी उपस्थित समाजका द्धितीय उपाध्यक्ष सामुयल सुनुवार, महासचीव नर बहादुर तामाङ्ग, सचिव निर्मल नेवा खडगी, कोषाध्यक्ष निर बहादुर मगर, संस्थाका प्रमुख सल्लाहाकार राम हरी खत्री, तथा सदस्यहरु ः– आशीस मुक्तान, विनीता घिसिङ्क, विक्रम योञ्जन,अशोक बल, शुभराज सुनुवार, अरुन सुनुवार, विकास सुनुवार, लाल बहादुर सुनुवार, गंगा मुक्तान,अन्जु मुक्तान, हेमा थापा, रहनु भएको उक्त कार्यक्रमलाई विधिवत रुपमा अगाडी बढाउदै उपस्थित सम्पूर्णलाई अशोक बल तामाङ्कले स्वागत मन्तव्य राख्दै शुभकामना पनि दिनु भएको थियो । उपस्थित सबैको तर्फबाट शुभकामना मन्तव्य राखीसकेपछी कार्यक्रमका अध्यक्ष उद्धव मगरले पनी आफ्ना भनाईहरु राख्दै भन्नु भएकोछ नेपाल बहुजातीय, बहुधार्मिक,बहुसांस्कृतिक, मुलुक हो यहाँ प्रत्येक जातजातीका मानिसहरु बसोबास गर्दछन् र आ–आफ्नै परम्परा र चाडपर्व छन् । बडा दशैं त्यो चाड हो जुन प्राय सबै जातजाती र जनसमुदायले मनाउछन् । नेपालीहरुको महान चाड भएकैले यसलाई बडा दशैं भनिएको हो भन्दै यस पर्वको धार्मिक आध्यात्मिक,सामाजीक, पारिवारिक, सांस्कृतिक एवं राष्ट्रियताको हिसाबले पनि उत्तिकै महत्व रहेको स्पष्ट पार्दै यस शुभकामना कार्यक्रमले रामेछाप दोहा सम्पर्क समाजमा आवद्ध हरेक व्यक्तिलाई अझै नजीक र सदभाव बढाउदै आगामी दिनहरुमा अझ जिल्ला बासीहरुको भेटघाट प्रगाड बनाई राख्ने आशा गर्दै यस कार्यक्रम अत्यन्तै साहद्रपुर्ण वातावरणमा समापन भएको घोषणा गर्नु भएको छ ।

युएईमा ४ नेपाली अलपत्र

युएई,असोज १९।रोजगारीका लागि युएई आएका चार नेपाली कामदार करार अवधी पूरा गरेर पनि स्वदेश फर्किन नपाउदा भोकभोकै बस्न बाध्य भएका छन् । दुई बर्ष अघि युएईको शार्जहा स्थित मस्को इन्टरनेशनल टेक्निकल शर्भिस नामक सप्लाइ कम्पनीमा काम गर्न आएका उनिहरु सम्झौता अनुसारको करार अवधी पूरा गरेर पनि कम्पनीले स्वदेश नफर्काउदा अलपत्र परेका हुन्। हाम्रो भिषा सकिएको ३ महिना भयो कम्पनीले नयाँ भिसा पनि लगाउदैन बाकी तलब पनि दिदैन नेपाल जान्छौ भन्दा पैसा छैन जहिले पैसा हुन्छ त्यहिले पठाउछु भन्छ दसैंमा पनि घर जान सकिएन पीडित मध्यका एक डडेल्धुराका बहादुर खत्रीको गुनासो छ। यता पीडितहरुले अलपत्र परेको गुनासो गरेपछि इनास युएईका राम तामाङले केहि दिनको लागि रासनको ब्यबस्था गरेको र उनिहरुको समस्या गराउन पहलका लागी गैर आवासीय नेपाली संघ युएई र युएई स्थित नेपाली दूतावासलाई ध्यानाकर्षण गराएको पीडितहरु बताउँछन् । तीन महिना देखि भिसा सकिएर अवैधानिक बनेका उनिहरुलाइ समस्या समाधान गरि तत्काल नेपाल फर्काउन सम्बन्धित कम्पनी संग कुराकानी चलिरहेको दूतावास स्रोतले जानकारी दिएको छ।

आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदार घर फर्काइए

काठमाडौं। रोजगारदाता कम्पनीका कारण युनाइटेड अरब इमिरेट्स( यूएई) को आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई घर फर्काइएको छ । नेपाली दूतावास, त्यहाँका रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा कामदारलाई घर फर्काइएको हो । आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेन्ट सर्भिसेस (एलएलसी)मा कार्यरत २ सय ५० जना नेपाली कामदार समस्यामा थिए । समस्यामा परेका ती कामदारमध्ये १ सय २० लाई स्वदेश फर्काइएको हो । बाँकी कामदार फिर्ता पठाउन प्रक्रिया थालिएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ । नेपाली दूतावासका श्रम सहचारी मोतीराम भुसालले पहिलो चरणमा पुरुष कामदारलाई घर फर्काइएको छ र दोस्रो चरणअन्तर्गत महिला कामदारलाई फर्काउने प्रक्रिया थालिएको जानकारी दिए । करार अवधि पूरा भएपछि कम्पनीले भिसा नवीकरण नगरेको र ६ महिनादेखिको तलबसमेत नदिएपछि कामदार समस्यामा परेका हुन् । सो कम्पनीमा नेपालीसहित अन्य देशका गरी ६ सयभन्दा धेरै कामदार समस्यामा छन् । गत आइतबारदेखि नेपाली कामदारलाई घर फर्काउन थालिएको हो । समस्यामा परेपछि कामदारहरूले तीन महिनाअघि दूतावासलाई जानकारी गराएका थिए । ६९ जनाले लिखित निवेदन दिएर समस्या समाधान गर्न आग्रह गरेका थिए । तर, सुरुवातमा दूतावासले समस्याबारे चासो नदिएपछि पीडित थप समस्यामा परे । आबुधाबीमा अलपत्र परेका कामदारको विषयमा पीडितको दबाबपछि दूतावासले यो विषयलाई चासो दिएको थियो । दूतावासमा ६९ जनाको निवेदन परेको भए पनि अन्य क्षेत्रमा रहेका पीडितहरू सम्पर्कमा आउन थालेका थिए । अहिलेसम्म २ सय ५० भन्दा बढी पीडित कामदार सम्पर्कमा आएको दूतावासले जनाएको छ । नेपाली कामदारको समस्या समाधानका लागि दूतावासले श्रम काउन्सुलर भेषबहादुर कार्की, श्रम सहचारी मोतीराम भुसाल र जनसम्पर्क अधिकृत इरफान आलमलाई जिम्मेवारी दिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ

नवनिर्वाचित एनआरएनए एनसीसीलाई पत्रकार महासंघद्वारा सम्मान

दोहाः नेपाल पत्रकार महासंघ कतार शाखाले एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितीलाई सम्मान गरेको छ । एनसिसि कतारको आठौं राष्ट्रिय महाधिवेशनबाट सन् २०१९–२०२१ कार्यकालको लागि निर्वाचित भएका आइसिसी सदस्य, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई शुक्रबार एक कार्यक्रमकाबीच स्वागतसहित सम्मान गरेको हो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जिम्मेवारी प्रदान गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै आफुहरु सबैसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले पत्रकार महासंघ समाजको अभिन्न अङ्ग रहेकोले एनसिसि कतार सदैव समन्वय गरेर अगाडि बढ्ने भन्दै साथ सहयोगको लागि आग्रह गरे । एनसिसीले गर्ने हरेक गतिविधिलाई जस्ताको त्यस्तै समाजमा ल्याउने काम पत्रकारको भएको भन्दै अध्यक्ष मुसलमानले आफूले अधिकतम साथ सहयोगको अपेक्षा गरेको बताए । कार्यक्रमको अध्यक्षता गर्दै नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बकस मियाले एनसिसि कतारको कार्यकाल सफलता र असफलता दुबैमा पत्रकारको अहम भूमिका हुने भन्दै आग्रह पूर्वाग्रह नराखी महासंघसँग समन्वय गर्न अनुरोध गरे । बिगतमा एनसिसिको पत्रकार महासंघसंग सन्तोषजनक समन्वय नभएको भन्दै अध्यक्ष मियाले विभिन्न उप–समिती गठन गर्ने क्रममा सबैलाई समेटेर अगाडि बढन सुझाव दिए । पत्रकार महासंघ पनि समाजको अभिन्न पाटो भएको भन्दै उनले एनसीसीले गर्ने हरेक गतिविधिमा महासंघसँग समन्वय गरेमा ती कार्यहरु प्रभावकारी बन्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघको आचारसंहिता अनुगमन समितीका सदस्य एवं कतार शाखाका सल्लाहकार क्रान्ति सिंह, एनआरएनए आइसिसी सदस्य केबि हमाल, युवराज शर्मा, एनआरएनए एनसिसी कतारका महिला उपाध्यक्ष सरिता भण्डारी लगाएतले मन्तव्य राखेका थिए । नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष नवराज बिकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलकुमार श्रेष्ठले गरेका थिए ।

काँग्रेसको छल: कार्यक्रममा सहभागी पत्रकारलाई सम्मानपत्र भनेर पार्टी प्रवेस पत्र

भारत,भदौ २५ ।नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति भारतले एक कार्यक्रममा पत्रकारलाई सम्मानपत्र भनेर पार्टी प्रवेशपत्र दिए पछी त्यसको बिरोध भएको छ। मंग्लवार दिल्लीमा आयोजित १०६ औं विपि जयन्ती एवं नेपाली काँग्रेस दोस्रो जागरण अभियानको सुभारम्भ कार्यक्रममा समाचार सङ्कलनका लागि पुगेका पत्रकारद्वय इन्द्रकमल जैरु र अर्जुन खनाललाई सम्मानपत्र भन्दै पार्टी प्रवेश पत्र दिएपछी त्यसको बिरोध सुरु भएको हो । दिल्लीको आइटिओ स्थित गान्धी पिस फाउन्डेसनको भवनमा काँग्रेसका केन्द्रिय नेताहरुको उपस्थितिमा आयोजित कार्यक्रममा समाचारमा लागि आफुहरु पुगेको र मञ्चमा बोलाइ सम्मानपत्र भन्दै पार्टी प्रवेश पत्र दिएको जारी बिज्ञप्तिमा उल्लेख छ । कार्यक्रमको समय राती भएको हुँदा पत्रमा के लेखिएको भन्ने बारे राम्रो अध्यन गर्न नपाएको र पछी हेर्दा पार्टी प्रवेश पत्र रहेको बुझेपछि आफुहरुले यस्तो कार्यको बिरोध गरेको पत्रकारद्वय द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ । पत्रकारले उनसुकै बिचारधारामा आस्था राखेपनि कुनैपनी राजनीतिक पार्टीको सदस्यता लिनु निस्पछ्य पत्रकारिताको नैतिकता बिपरित हुने भन्दै आफ्नो ब्यक्तिगत स्वतन्त्रता माथी नै हनन गरेको उनिहरुको भनाइ छ । यस्तो छ बिज्ञप्ति  

मलेसियामा रोजगारी विवादबारे बैठक: भोलि ‘डेडलक’ खुल्ने सम्भावना

काठमाडौं, मलेसियामा नेपाली कामदार पठाउने विषयमा १५ महिनादेखि जारी डेडलक खुल्ने संकेत देखिएको छ । आज बसेको दुई देशबीचका श्रम अधिकारीहरुको बैठक भोली बस्ने गरी टुंगिएको छ । आज सहमति जुटन नसकेको विषयहरुमा भोली सहमति जुटनसक्ने एक अधिकारीले जनाए । आजको बैठकमा मलेसिया जाने कामदारको बायोमेडिकल प्रणालीअनुसार स्वास्थ्य परीक्षण गर्ने संस्थाका विषयमा कुरा मिल्न सकेन । श्रम सम्झौतालाई कार्यान्वयन गर्न दुवै देशका उच्च अधिकारीहरु संलग्न संयुक्त कार्यदल बैठक मलेसियामा बसेको हो। बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा टोलीसहभागी छ। घिमिरेले दुई पक्षबीच सम्झौतालाई कार्यान्वयन गर्ने विषय सकारात्मक रुपमा अघि बढेको बताए। उनले सकारात्मक र सौहार्दपूर्ण हिसाबले बैठक भइरहेकोले बैठकमा उठेका विषयहरु बताउँदा हतार हुने बताए। ‘दुवै पक्षबीच सहमतिको नजिक पुगेका छौं,’ उनले भने, ‘भोलिसम्म टुंगिनेछ।’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले संयुक्त प्राबिधिक समितिको बैठ्क गतिरोध तोड्ने तर्फ अगाडि बढेको वताए। ‘दुई दिनसम्म बिषयमाथि निकै गहन र विस्तुतरुपमा छलफल भयो,’ उनले भने। नेपालले मलेसिया सरकारको स्वास्थ्य मापदण्ड र प्रक्रिया पूरा गर्ने स्वास्थ्य संस्थालाई यथाशीघ्रअनुगमन गरी बायोमेडिकल प्रक्रियामा समावेश गर्न प्रस्ताव राखेको छ। नेपालले गत साउन २१ गते नै स्वास्थ्य मापदण्ड पूरा गरेको भन्दै ३६ वटा पुराना स्वास्थ्य संस्थासहित १ सय २२ वटा संस्थाको प्रस्तावित सूची पठाएको थियो। नेपालले पठाएको स्वास्थ्य संस्थाको पत्रको जवाफ दिँदै एक साताअघि मलेसिया नयाँ स्वास्थ्य संस्था थप्न तयार भएको जनाएको थियो। मेडिकल संस्थाको छनोट विषयमा दुई देशबीच सहमति भएलगत्तै मलेसियाको रोजगारी खुल्नेछ। ‘मलेसिया र नेपाल दुवैको संयुक्त प्रयासबाट कामदारको हित, अधिकार र सुरक्षालाई संरक्षण गर्न सकिन्छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने,‘यसैमा हामी केन्द्रित भएका छौं। यो बैठकबाट सबै बिषयहरु टुंगिने आशा राखेको छु। यसतर्फ मलेसिया पनि सकारात्मक छ।’

एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी

काठमाडौंः  गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनएको आगामी ग्लोवल सम्मेलनमा बर्तमान कार्यसमिका सहकोषाध्यक्ष सापकोटाले आर्थिक रुपमा संस्थालाई बलियो बनाउने योजनासहित आगामी कार्यकाल का लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन, मेगा प्रोजेक्टको अवस्था उस्तै छ, र योजनाहरु आर्थिकरुपले माइनसमा छन् तर पनि यसको व्यवस्थापन गर्न सकिन्छ, त्यसको सुरुवात म गर्छु ।’ सापकोटाले भने । सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा गैरआवासीय नेपाली संघ एन.सी.सी पोर्चुगलको कार्य समिति सदस्य २००९-११, डेनमार्कका संस्थापक अध्यक्ष, २०११-१३ गैरआवासीय नेपाली संघ केन्द्रीय सदस्य साथै २०१३-१५ यूरोप सहसंयोजक २०१५-१७ केन्द्रीय सदस्यमा रहेर जिम्मेवारी पुरा गरेका सापकोटा वर्तमान केन्द्रीय समितिमा सह(कोषाध्यक्षको रुपमा कार्यरत छन् । एनआरएनएको सह-कोषाध्यक्षमा रहेर जिम्मेवारी पूर्ण काम गरेका सापकोटले यो कार्यकाल बाँकी रहेका अधुरा योजना सपन्न गर्न तथा एनआरएनएलाई आर्थिक रुपले समप्पन्न बनाउन अभियान नै सञ्चालन गर्ने बताएका छन् । मौजुदा कार्यसमितिमा निडर, क्रियाशिल र उद्देश्य प्राप्तिमा लाग्ने सापकोटा गैरआवासीय नेपाली संघको स्थापनादेखि नै यसका उद्देश्यमा केन्द्रित भएर लाग्ने थोरै व्यक्तिमा पर्छन् । संस्थामा सबै क्षेत्रको प्रतिनिधित्व र वैदेशिक रोजगारीको विषय एनआरएनएको हुनुपर्ने मुद्दा सापकोटाले नै उठाएका थिए । वैदेशिक रोजगारी र यसका समस्या समाधानमा एनआरएनएलाई थप क्रियाशिल बनाउनु पर्नेमा जोड दिँदै उनले अबको कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानमा एनआरएनएको छुट्टै संयन्त्र बनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । अहिले वैदेशिक रोजगारी कल्याणकारी कोषको संयोजकको जिम्मेवारी पनि सापकोटाले निर्वाह गरिरहेका छन् । नेपालको पर्यटन प्रावधनमा पनि सापकोटाको महत्वपूर्ण भूमिका रहेको छ । २५ वर्षदेखि युरोपमा क्रियाशिल सापकोटाले विभिन्न सामाजिक कार्य र जिम्मेवारी पुरा गरेका छन् । उनले राजनीतिक विचारधाराबाट एनआरएनए नेतृत्व प्रभावित हुन नहुने भन्दै विभिन्न पद पनि परित्याग गरेका थिए ।

हङकङेली नेपालीको दुःख देखेर भावेश बिदाइमा धरधरी रोए

काठमाडौंः नेपाली साहित्यमा विगत लामो समयदेखि कलम चलाउँदै आएका भावेश भुमरीलाई साब्लाबुङ प्रकाशनद्वारा सेप्टेम्बर २ का दिन एक बिदाइ कार्यक्रम आयोजना गरी हङकङबाट बिदा गरिएको छ । भावेश भुमरी एकल सिर्जना साँझ २०१९, हङकङका लागि अगस्त १७ तारिख हङकङ पुगेका भुमरी सबै कार्यक्रम सफल पारी सेप्टेम्बर ३ का दिन नेपाल फर्किसकेका छन् । मगर संघ हङकङको कार्यालयमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै भावेश भुमरीले हङकङेली नेपाली मान्यजन, दाजुभाइ, दिदीबहिनी र साथीहरूले दिएको मायालाई अन्तर्मनदेखि सम्झे । बाहिरबाट हेर्दा सुकिला देखिने हङकङेली नेपालीहरूको दैनिकीबाट आफू अत्यन्त प्रभावित भएको भन्दै गम्भीर बने र धरधरी रोए । आफूले विगतमा कल्पना गरेको भन्दा नितान्त फरक पाएको हङकङको गतिशील विकास र हङकङेली नेपालीले हङकङ निर्माणमा खेलेको भूमिकाको सन्दर्भ उठाए । यता नेपाली हङकङ निर्माणमा १४ घन्टा काममा खटिन्छन्, उता नेपाली दिनभरि चिया गफमा नेपाल निर्माणका फजुल कुरा गर्छन् । देश निर्माण चिया गफले होइन, योजना र काम गर्नुपर्ने कुरा हङकङले सिकाएको छ भन्दै भुमरीले हरेक दिन दक्ष जनशक्तिले विदेश निर्माणमा देश छाडिरहेको वास्तविकता कोट्याए । भुमरीले विदेशमा पसिनाका धारा बगाएर पैसा आर्जन गरेको वास्तविकता खोतल्दै हङहङेली नेपालीले पाँच छपटक आफ्नो शरीरको कपडाबाट पसिना निचोरेको वास्तविताले आफूलाई द्रविभूत बनाएको कुरा राखे । त्यसरी कमाएको पैसा भए पनि नेपाल र नेपालीका दुखहरूमा मन फुकाएर सहयोग गर्ने सहयोगी नेपाली वास्तविक भगवान् हुन् भन्दै भुमरीले अनावश्यक सहयोग र खर्च गर्नबाट पैसा बचाएर आफ्ना बालबच्चाको राम्रो शिक्षामा जोड दिन पनि अनुरोध गरे । आफूलाई हङकङसम्म ल्याएर बस्ने, खाने र घुम्नेसहति एकल कार्यक्रम आयोजनाको व्यवस्थापनमा सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गरे । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै साब्लाबुङ प्रकाशनका अध्यक्ष तथा साहित्यकार राजकुमार राईले भावेश भुमरीलाई हङकङमा निम्त्याएर कार्यक्रम गर्दा बौद्धिक तरङ्ग मात्र नआएर नेपालको पूर्व र पश्चिमलाई जोड्ने काम पनि भएको कुरा राखे । आफू पूर्व संखुवासभाको साहित्यकारले मध्य पश्चिम प्यूठानका साहित्यकार भावेशलाई हङकङमा बोलाएर कार्यक्रम गर्नुको उद्देश्य नै पूर्व र पश्चिमको सम्बन्धलाई फराकिलो बनाउनु हो भने । मध्य पश्चिम र पश्चिमबाट हङकङ आई बसोबास गर्दै आउनुभएका दाजुभाइ दिदीबहिनीहरू बढीभन्दा बढी लोकदोहोरी र नाचमै रमाउँदा बौद्धिक गतिविधि हुन नसकेको भन्दै राईले अबका दिनमा बौद्धिक गतिविधिका कार्यक्रमहरू गर्न पनि सुझाव दिए । हामी मगर भवनभित्र पसेका थिएनौँ, भावेशकै कारण मगर भवनमा एउटै परिवारका सदस्यजस्ता भएका छौँ भन्दै राईले आउँदा दिनमा पनि यस्तै कार्यक्रम गर्न एकजुट हुनुपर्ने विचार राखे । एउटा साहित्यकार अर्थात् भावेश हङकङ आउँदा भावेशले हङकङेली नेपालीहरूका दैनिकी, दुःख र वास्तविक जीवन देखेको र भित्रैदेखि अनुभूत गरेको कुराले आफ्नो लक्ष्यमा सफल भएको कुरा राख्दै राईले विगतमा कलाकारहरू ल्याउँदा बौद्धिक कार्यमा खासै केही हुन सकेन भने । उनले थपे, एउटा कलाकार आएको भए हाम्रा सुख मात्र देख्थे, रमाइलो मात्र देख्थे, हामीलाई तिनै सुख र रमाइलोमा रमाएको मात्रै देख्थे र त्यहीअनुसारका व्यवहार गर्थे तर साहित्यकार भावेश आउँदा हाम्रा सुख कहीँ पनि देखेनन् । बिहान पाँच बजे कोठाबाट निस्केर राति नौ बजे कोठा पसेको समय देखे, निर्माण क्षेत्रमा चौध घन्टा पसिनाका धारा बगाएका, पसिनाले निथ्रुक्क भिजेका कपडा चारपाँचचोटि निचोरेको वास्तकिता देखे । चारपाँच घन्टा आफ्नो कोठामा सुतेर या बिताएर खाजा भोलामा राखी काममा कुदेका नेपालीले पसिना पुच्दै भुइँमा बसेर खाजा खाएका वास्तविक जीवनहरूलाई बुझे । तिनै बुझाइलाई आफ्नो सम्झे र आँसु बर्साए । साहित्यकारले हेर्ने दृष्टि र खोज्ने विषय फरक हुन्छन् । यी कुरा मैले भावेशमा पाएको छु । भावेशले हङकङेली नेपालीहरूको वास्तविक जीवनबोध गराउने छन् पाठकहरूलाई । यस्तै कारण अबका दिनमा भावेशजस्ता साहित्यकारहरूलाई ल्याउनुपर्छ र बौद्धिक विकासमा ध्यान दिनुपर्छ । राईले भावेश साब्लाबुङ पुस्तकालय अभियानका एक सक्रिय सदस्य भएकाले सामाजिक कार्यमा पनि भावेशको हङकङ यात्राले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत राखे । बिदाइ कार्यक्रम साहित्यकार जीतकर्ण राईले सञ्चालन गरेका थिए भने साहित्यकार किराती जेबी राई, सुशिला राई, विशु सम, मगर संघ हङकङकी अध्यक्ष युगमाया राना, सोही संघका सचिव नन्द राना, महिला मगर संघ हङकङकी अध्यक्ष कुमारी थापा, पुनमगर समाज हङकङकी अध्यक्ष गोमा पुन, समाजसेवी मनोज सूर्यवंशी, शिला राना, झलक पल्ली, जगत् अम्बु, मातृदीप राई, विनोद सुनारीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । भावेश राजकुमार राई, विशु सम, युगमाया राना, जीतकर्ण राई, जयप्रकाश गुरुङ, नेत्र पहराई, मेख आले आदिको आर्थिक प्रायोजनमा हङकङ पुगेका थिए । गत अगस्त २४ का दिन साब्लाबुङ प्रकाशन हङकङको आयोजनामा भावेश भुमरी एकल सिर्जना साँझ २०१९, हङकङ आयोजना गरिएको थियो । सो कार्यक्रममा गत साल बेलायत भ्रमणका विषवस्तुलाई अनुभूतिमय तरिकाले नियात्रामा उतारेको भावेशको भिसाको रङ नियात्रासङ्ग्रहको विमोचन पनि गरिएको थियो । स्थायी रूपले नेपालमा बस्दै आएका भावेशको बेलायत भ्रमणको नियात्रासङ्ग्रह हङकङमा विमोचन हुनु एउटा अनौठौ संयोगमात्र नभएर फरक रेकर्ड पनि हो । सो एकल साँझ अत्यन्त सफल र भव्य भएको थियो ।

निवर्तमान अध्यक्ष श्रेष्ठका कारण एनआरएन युएई संकटमा

यूएईः गैर आबासीय नेपाली संघ (एनआरएनए), युएईका निबर्तमान अध्यक्ष रमेश श्रेष्ठले कानूनी झमेला देखाएर निर्बाचित नयाँ कार्यसमितीलाई सहज रुपमा कार्यभार हस्तान्तरण नगर्दा एनआरएनए युएई संकटमा परेको छ । श्रेष्ठले कार्यभार हस्तान्तरण गर्नु अघि आफु निकटका केही ब्यक्तिहरुलाई कार्यसमितिमा मनोनित गर्नु पर्ने शर्त राखेका छन् । उनी निकट नरेश सेन र मनु क्षेत्रीलाई उपाध्यक्षमा, ओम प्रकाश पोखरेल, तारा बहादुर बोहोरा र केशब नेपाललाई सचिबमा मनोनित गर्नु पर्ने शर्त राखेका हुन् । राजेश दर्शन अर्यालको सँयोजकत्व गठित निर्वाचन समितिले गत अगस्त २३ तारिखका दिन निर्बिरोध रुपमा प्रकाश कोईरालाको अध्यक्षतामा २०१९–२०२१ को पूर्ण कार्यसमितीको घोषणा गरेको थियो । नवगठिग कार्यसमितिलाई निबर्तमान अध्यक्ष श्रेष्ठकै उपस्थितीमा सोही दिन मध्यपूर्ब उपसँयोजक गोपाल कंडेलले सपथ खुवाएका थिए । गत ६ सेप्टेम्बरमा आयोजित हस्तान्तरण कार्यक्रम समेत स्थानीय निकायको हस्तक्षेपको कारण बिचैमा रोकिएको थियो । यसैबिच आईसीसी महासचिब बद्री केसीले श्रेस्ठलाई तुरुन्त खातापाता हस्तान्तरण गर्न निर्देशन् दिएका छन् । सपथ ग्रहण पश्चात श्रेष्ठले एनआरएन यूएई नेपाल एसोसियसनको ुसब कमिटीु को हैसियतमा मात्र रहने र नेपाल एसोसियसनको अनुमती बिना केही पनि गर्न नपाउने भन्दै ‘एमओयु’ मा हस्ताक्षर गर्द दबाब दिए पछि संकट शुरु भएको थियो । एनआरएन यूएईमा नयाँ कार्यसमिति चयन भए पनि श्रेष्ठले छोड्न नमाने पछि बिबाद अझ बढेको छ । निर्वाचन समितीका अनुसार एनआरएन यूएईमा हाल ३ हजार भन्दा बढी सदस्य सँख्या रहेको छ । नेपाल एसोसिएसन गत साल दुबईमा दर्ता भएको नेपाली संस्था हो । एनआरएन यूएईले कानूनी रुपमा नेपालीहरुको गतिबिधी सँचालन गर्नको लागि श्रेष्ठकै नेत्रित्वमा नेपाल एसोसिएसन दर्ता गरेको थियो । श्रेष्ठको कार्यकाल समाप्त भएसँगै नैतिक रुपमा उनीसँग नेपाल एसोसिएसनको अध्यक्ष हुने हैसियत पनि सकिएको छ । तर यूएईको कानून अनुसार उनी अझै नेपाल एसोसिएसनको बैधानिक अध्यक्ष रहेकोले एनआरएनको नवनिर्बाचित कार्यसमितिलाई कानूनी रुपमा गतिबिधी सँचालन गर्नको लागि सहजिकरणको भूमिका खेल्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । ‘उहाँको कार्यकाल सकिएको छ, एनआरएनको गतिबिधीलाई कानूनी रुपमा सँचालन गर्नको लागि अब निशर्त सहयोगीको भूमिका निभाउनु पर्छ’ नवनिर्बाचित अध्यक्ष प्रकाश कोईरालाले भने । निबर्तमान अध्यक्ष श्रेष्ठले एनआरएन यूएईलाई नेपाल एसोसिसन यूएईको शाखा समिति बनाएर आफ्नो मातहतमा राख्ने प्रस्ताब राखेका छन् । नवनिर्बचित महासचिब निश्चल दाहालले कसरी सहकार्य गर्ने भन्ने सहमती भईसकेको अवस्थामा निबर्तमान अध्यक्षले केही ब्यक्तिहरुलाई मनोनित गर्नुपर्ने शर्त राखेर कार्यकाल हस्तान्तरण नगर्दा संकट उत्पन्न भएको बताएका छन् । मनोनित गर्ने बारेमा पनि सहमती भईसकेको अवस्थामा प्रकृयागत रुपमा नगई बिधान बिपरित मनोनयन गरेपछि मात्र हस्तान्तरण गर्ने श्रेष्ठको हठका कारण असहज परिस्थिती उत्पन्न भएको दाहालले बताए । श्रेष्ठकै कारण यूएईका अधिकाँश नेपाली संघसंस्थाहरु नेपाल एसोसिएसनसँग हातेमालो गर्न तयार देखिएका छैनन् । ‘हामी हाम्रो कार्यक्रममा उनको उपस्थिती नहोस भन्ने चाहन्छौँ र निमन्त्रणा पनि पठाउँदैनौ जिल्ला स्तरीय एक समाजका अध्यक्षले भने, यूएईका कुनै पनि नेपाली संघसंस्थाहरु नेपाल एसोसिएसनसँग सहकार्य गर्न तयार छैनन । बरु उनिहरुको आकर्षण नेपाली समाज यूएई प्रति देखिएको छ । नेपाली समाजमा हाल यूएईका ४१ वटा संस्थाहरु आबद्द रही सहकार्य गरिरहेका छन् । नेपाली समाज सन १९९० मा गठित नेपालीहरुको पुरानो संस्था हो । एनआरएन यूएईको अधिबेशन पश्चात सम्पूर्ण हिसाब किताब स्वतह नयाँ कार्यसमितीलाई हस्तान्तरण गर्नु पर्नेमा निर्वाचन समितिले सेमत गरेको छैन । पुरानो कार्यसमितिसँग सहमती भए पछि मात्र हस्तान्तरण गर्ने अर्यालको भनाइ छ । निर्वाचन समितिले एक सुचना जारी गर्दै हस्तान्तरण गर्ने समयावधी एक महिना रहेको बताएको छ । निर्वाचन समितिले नेपाल एसोसिएसनको रसिद भौचर प्रयोग गरेकोले नयाँ कार्यसमितीलाई नगद हस्तान्तरण गर्न सकेको छैन । श्रोतका अनुसार एनआरएन यूएईको नयाँ समितिलाई नगद दिएमा कानूनी उपचार खोजिने नेपाल एसोसीएसन सम्बद्द ब्यक्तिहरुको भनाइ आए पछि अर्यालले हस्तान्तरण नगरेको हो । यस् अघि निर्बाचन समितिले समेत पटक पटक सहमती गराउने भन्दै प्रतिस्पर्धामा हारेका ब्यक्तिहरुलाई मनोनित गराउने प्रयास गरेको थियो । बिधान बिपरित ५ जना उपाध्यक्ष र ५ जना सचिब बनाउने सहमती निर्वाचन समितिको रोहभरमा नै भएको थियो । एनआरएन युएईको बिधानमा ३ उपाध्यक्ष र २ जना सचिबको स्पस्ट ब्यवस्था गरिएको छ ।

एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न, प्रवक्तामा क्षत्री

दोहाः  सन २०१९–२०२१ कार्यकालको लागि नवनिर्वाचित एन आर एन ए एनसिसि कतारको कार्यसमितिको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार दोहामा सम्पन्न पहिलो बैठकले कार्यसमिति सदस्य मनोनीत, सचिवालय गठन, प्रवक्ता चयन, विभिन्न उपसमिति गठन गर्ने लगायतका निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले एनआरएनएको विधानअनुसार निवर्तमान अध्यक्ष नवीन पोख्रेललाई प्रमुख सल्लाहकार, कार्यसमिति सदस्य सन्तोष क्षत्रीलाई प्रवक्ता, कार्यसमिति सदस्य नरेश श्रेष्ठ र केशव कार्कीलाई सचीवालय सदस्य रहने निर्णय गरेको छ । यस्तै कार्यसमितिलाई पुर्णता दिदै ८ जनालाई सदस्यमा मनोनीत गरेको छ । मनोनित सदस्यमा अब्दुल वासिद, ललित कुमार तामाङ, मदन गुरुङ, मदसिर नजर, सुरेश कुमार मण्डल, राजकुमार दर्जी, दिपक बिश्वकर्मा र शेख अमानुल्लाह रहेका छन् । बैठकले संस्थाको कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । आगामी बैठकमा पुर्णता दिने गरि अध्यक्ष मुक्तदा मुसलमानलाई कुटनैतिक समन्वय समितीको संयोजक, प्रथम उपाध्यक्ष उत्तम गुरुङलाई सुरक्षीत आप्रवाशन तथा श्रमिक कल्याण समितीको संयोजक, दितिय उपाध्यक्ष टंक कुमार खड्कालाई संघ संस्था समन्वय समितिको संयोजक, महिला उपाध्यक्ष सरिता भण्डारीलाई सुरक्षा तथा जनचेतना अभिबृद्धि समितिको संयोगजक, महासचिव पदम गिरिलाई पर्यटन प्रवर्द्धन समितीको संयोजक, सचीव नियम भुजेललाई साहित्य तथा प्रकाशन समितीको संयोजक, सचीव अफ्सर अलि खानलाई खेलकुद तथा अतिरिक्त क्रियाकलाप समितिको संयोजक, कोसाध्यक्ष बिनोद प्रसाद बसौंलालाई आर्थिक समितीको संयोजक, प्रवक्ता सन्तोष क्षत्रीलाई प्रचारप्रसार तथा जनसम्पर्क समितीको संयोजक, युवा संयोजक रबिन मगरलाई युवा बिभाग प्रमुख, महिला संयोजक अम्बिका खत्रीलाई महिला बिभाग प्रमुख, कार्यसमिति सदस्य ज्वाला शाहीलाई स्वयंसेवक तथा अतिथि सत्कार समितीको संयोजक, अब्दुल वासिदलाई सामुहिक लगानी समितीको संयोजक र मदन गुरुङलाई संस्कृति तथा कला समितीको संयोजक तोकेको छ । बैठकको अध्यक्षता गर्दै अध्यक्ष मुक्तदा मुसलमानले निर्वतमान कार्यसमितिले अन्तिम समयको अफ्ट्यारो परिस्थितिका बाबजुद पनि आठौं रास्टिय महाधिवेशन सफलताका साथ सम्पन्न गरेकोमा निवर्तमान कार्यसमितीलाई धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष मुसलमानले एनआरएनए एनसिसि कतारका सम्पूर्ण कार्यक्रममा निरन्तर साथ सहयोग गर्ने नेपाली राजदूतावास, निर्वाचन समिती, एनआरएनए आइसिसि पर्यवेक्षक लगाएत सम्पुर्ण अभियानता र पञ्जिकृत सदस्यलाई आभार व्यक्त गरेका थिए ।