सन् २०१८ का सबै भन्दा खराब पासवर्डहरूको सूची जारी, कतै तपाईंको पासवर्ड त परेन ?

काठमाडौँ, पुस ९ । डिजिटल संसारमा पासवर्डको धेरै ठुलो महत्व छ । पासवर्ड अर्थात हाम्रा सबै डिजिटल सूचनाहरूसम्म पुग्ने साँचो । पासवार्डको सुरक्षा कति महत्वपूर्ण छ भन्ने कुरा हामीले कस्ता कस्ता सूचना पासवर्डको मद्दतले सुरक्षित गरेका हुन्छौं भन्ने कुराले निर्धारित गर्दछ ।

हाम्रो इमेलमा रहेका गोप्य जानकारीहरू, बैंक खाता सम्बधी जानकारी र त्यससम्म पहुँच मात्रै होइन हाम्रा बायोमेट्रिक जानकारीहरू समेत पासवर्डद्वारा सुरक्षित रहन्छन् । त्यति मात्र होइन सरकारी र गैरसरकारी संस्थाहरूका गोप्य दस्तावेजहरू समेत पासवर्ड संरक्षित रहेका हुन्छन । यसबाट पासवर्ड सुरक्षा कतिओ संवेदनशील छ भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ ।

सुरक्षाको दृष्टिकोणले सजिलै अनुमान लगाउन सकिने खालका पासवर्डलाई ‘खराब पासवर्ड’ भन्ने गरिन्छ । पासवर्ड यवस्थापन कम्पनी ‘स्प्ल्याश डेटा’ले आजमात्रै २०१८ का सबैभन्दा खराब पासवर्डहरूको सूचि सार्वजनिक गरेको छ । कम्पनीले संसारभरी ह्याक गरिएका मध्ये ५० लाख भन्दा बढी डिजिटल खाताहरू विश्लेषण गरेको थियो । त्यसमा १० प्रतिशतले सुरक्षाको दृष्टिले खराब पासवर्ड प्रयोग गररेको पाइएको थियो ।

यस्ता पासवर्डहरू अन्यको तुलनामा सजिलै अनुमान लगाउन सकिने भएकोले ह्याक गर्न सजिलो भएको र यसले विद्युतीय जानकारी सजिलै चुहिने डर रहेको जानकारहरू बताउँछन् ।

यस्ता खराब पासवर्डहरूको सूचि जारी गर्दै कम्पनीले प्रयोगकर्ताहरूलाई अलग अलग अकाउन्टका लागि अलग अलग पासवर्ड प्रयोग गर्न समेत सुझाव दिएका छन् ताकि ह्याकरहरूले एउटा खाताको पासवर्ड पत्ता लगाए पनि अन्य अकाउन्ट ह्याक गर्न नसकुन ।

कस्ता कता छन् खराब पासवर्ड?

स्प्ल्याश डेटाका अनुसार २०१७ र २०१८ मा खराब पासवर्डको शीर्षमा 123456 परेको छ । त्यस्तै password, iloveyou जस्ता पासवर्ड समेत लगातार खराबको सूचीमा परेका छन् । बढी जसो यस्ता पासवर्डमा सजिलै देखिने शब्दहरू छन् । जस्तो कि प्रयोगकर्ताहरूले कम्युटरको प्रयोग गर्ने क्रममा सजिलै देख्ने र अनुमान लगाउन सक्ने शब्दहरू अधिकतर यो सूचीमा छन् । त्यस्तै क्रमैसँग आउने अङ्कसमेत यो सूचीमा परेका छन् ।

कम्पनीले जारी गरेको सूचि अनुसार सन् २०१८ र २०१७ मा शीर्ष २५ खराब पासवर्ड  

क्रम २०१८ २०१७
123456 123456
password password
123456789 12345678
12345678 qwerty
12345 12345
111111 123456789
1234567 letmein
sunshine 1234567
qwerty football
१० iloveyou iloveyou
११ princess admin
१२ admin welcome
१३ welcome monkey
१४ 666666 login
१५ abc123 abc123
१६ football starwars
१७ 123123 123123
१८ monkey dragon
१९ 654321 passw0rd
२० !@#$%^&* maste
२१ charlie hello
२२ aa123456 freedom
२३ donald whatever
२४ password1 qazwsx
२५ qwerty123 trustno1

एजेन्सीहरू 

 

एन्ड्रोइड मोबाइलले ल्यायो नयाँ एप्स

भोपाल । रेल यात्राका लागि स्टेशनमा गएर लामो लाइन बसी टिकट काट्नुपर्ने झन्झटबाट अब मुक्त हुनुहोस् । आधुनिक समयसँगै एन्ड्रोइड मोबाइलले ल्याएको छ नयाँ एप्स । यो एप्सबाट तपाई जहाँ भएपनि बिना झन्झट सिधै रेलवे टिकट बुक गर्न सकिन्छ । यस मोबाइल एप्स गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यस मोबाइल एप्सबाट रिजर्भका लागि टिकटमात्र नभई मासिक सिजन टिकट प्लेटफार्मका लागि पनि टिकट बनाउन सकिन्छ । रेलवेले यसको माध्यमबाट टिकट बुक गरी मोबाइलमा सेभ गरेर आनन्दका साथ रेलमा यात्रा गर्न सकिन्छ । शुक्रबारमात्रै यो एप्सको माध्यमबाट भोपाल रिजनको ३८० व पश्चिम क्षेत्रमा १३२२ अन रिजर्भ टिकट बुक गरिएको छ ।

फेसबुकका कारण याहु म्यासेञ्जरको प्रयोगकर्ता घट्यो, अब चाँडै बन्द गर्ने घोषणा

अमेरिका । अमेरिकी वेब सर्भिस कम्पनी याहुले आफ्नो इन्ष्ट्याण्ट म्यासेजिङ सेवा याहु म्यासेञ्जर बन्द गर्दैछ । शुक्रबारमात्रै कम्पनीले जुलाई १७ देखि २ दशक पुरानो सो सेवा बन्द गर्ने घोषणा गरेको हो । यस सेवाका कयौं ‘लोयल’ प्रयोगकर्ता भएपनि नयाँ म्यासेञ्जर टुलका लागि सो च्याट एप बन्द गर्न लागेको कम्पनीको भनार्इ छ । तत्कालै यसको विस्तापनका लागि अर्को एप ल्याइने छैन । यद्यपि, नयाँ च्याट एपको परीक्षण भइरहेको बताइएको छ । तर यो एप सबै तिर उपलब्ध भने छैन । याहु म्यासेञ्जरमा भएका कुराकानी हेर्न र डाउनलोड गर्न चाहानेका लागि स्पेशल साइटको व्यवस्था गरिनेछ । यद्यपि, यस्तो व्यवस्था ६ महीनासम्म मात्रै हुनेछ । याहुले सन् १९९८ मा याहु म्यासेञ्जर शुरु गरेको हो । त्यति बेला यसको नाम याहु पेजर थियो । सन् १९९० को मध्यतिर च्याटिङ सेवा भर्खरै शुरु भएका थिए । तर त्यसपछिका वर्षहरुमा आएका विभिन्न फिचरसहितका फेसबूक म्यासेञ्जर र हवाट्सएपले याहु म्यासेञ्जरको लोकप्रियता छायाँमा पारिदियो । सन् २०१७ मा एओएलले २० वर्षसम्म चलेका आफ्नो इन्ष्ट्याण्ट म्यासेञ्जर एम बन्द गरेको थियो । एजेन्सीको सहयोगबाट

दरवाङमा टेलिफोन सेवा विस्तार हुँदा स्थानीय हर्षित

म्याग्दी । सदरमुकाम बेनीदेखि २४ किमी पश्चिम अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार भएको छ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मालिका गाउँपालिका– ५ देवीस्थानमा रिपिटर टावर स्थापना गरेर योङ जेनेरेशन नेटवर्क (एनजिएन) प्रविधिको टेलिफोन विस्तार गरेको हो । टेलिफोनसँगै एडिएसएल इन्टरनेट चलाउन सकिने प्रविधिको ११० लाइन टेलिफोन जडान गरिएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव साहले जानकारी दिनुभयो । तारजडित टेलिफोन सेवा विस्तार भएपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङ बजारका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज भएको छ । सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैंकिङ सेवामा सहज भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । टेलिकमले यसअघि बेनीमा एक हजार २६१, पर्यटकीयस्थल घोडेपानीमा ३४ र गलेश्वरमा ५१ लाइन तारजडित टेलिफोन वितरण गरेको छ । एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा टेलिकमले गत चैतसम्म ७२ हजार ५५७ पोष्टपेड र प्रिपेड मोबाइल सिम वितरण गरेको छ । असी प्रतिशत जिल्लावासीमा नेपाल टेलिकमको सञ्चार सेवाको पहुँच पुगेको शाखा प्रमुख साहले बताउनुभयो । म्याग्दीमा टेलिकमका २५ मोबाइल बिटिएस, पाँच सिडिएमए र चार वाइम्याक्स टावर सञ्चालनमा छन् । यसै महिनाभित्र धौलागिरि गाउँपालिकाको केन्द्र मुना, मंगला गाउँपालिकाको झाँक्रेपानी र बेनी नगरपालिका–२ ज्यामरुककोटमा तीन नयाँ बिटीएस टावर सञ्चालनको तयारी भइरहेको छ । रासस

लामो समयदेखि टेलिफोन अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा

नुवाकोट । नेपाल टेलिकमको तारमा क्षति हुँदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ । तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति हँुदा विगत तीन सातादेखि सो क्षेत्रका फोन सेवा अवरुद्ध भएपछि उपभोक्ता समस्यामा परेका हुन् । गत चैत ३ गते पाइपलाइन विस्तार गर्ने क्रममा टेलिफोनको तारमा क्षति भएर अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालन हुन नसकेको टेलिकम नुवाकोट शाखाका प्रमुख श्यामकान्त चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी विस्तारका लागि पाइप लाइन खन्ने क्रममा फोनको लाइनमा क्षति पुगेकाले मर्मत गरी सञ्चालनको प्रयास भइरहे पनि अझै एक साता लाग्ने अनुमान गरिएको छ । सञ्चारलाई अत्यावश्यक सेवा प्रवाहका रुपमा लिने गरिए पनि फोन अवरुद्ध भएको तीन साता भइसक्दासमेत सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका उपभोक्ता सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ । त्रिशूलीबाट कोलनी जाने सडक मार्गमा भूमिगत बिछ्याइएको टोलिफोन तारको करीब ६० मिटरमा क्षति पुगेको र तारको पाइपलाइनमा पानी छिरेर बाँकी आसापसमा समेत असर गरेकाले त्यसलाई परिवर्तन गरी सञ्चालन गर्न समय लागेको टेलिकम जिल्ला शाखाले जनाएको छ । “मर्मतका लागी क्षेत्रीय निर्देशनालय विकास शाखा, काठमाडाँैबाट प्राविधिक आउनुपर्ने भएकाले समय लागेको हो,” शाखा प्रमुख चौधरीले भन्नुभयो, “क्षतिको पहिचान र मूल्यांकन भइसकेकाले अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने गरी कामलाई तीव्र बनाउन लागिरहेका छौँ ।” खानेपानीको पाइपलाइन विस्तारका क्रममा २८० थान ल्याण्डलाइन फोनसेवा र त्यसमार्फत सञ्चालन हँुदै आएको इन्टरनेट सेवा चैत ३ गतेदेखि पूर्णरुपमा अवरुद्ध बनेको छ । तारमा पुगेको क्षतिबाट जिल्ला अस्पताल त्रिशूलीको फोन सेवा बन्द हुँदा अस्पतालमा जाँच गराउन आउने तथा कुनै दुर्घटना भएर एम्बुलेन्स सेवा एवम् स्वास्थ्य परामर्शका लागि टेलिफोनमार्फत जानकारी लिनबाट बिरामी वञ्चित भएका छन् । फोन सेवा अवरुद्ध हँुदा जिल्ला अस्पतालसहित त्रिशूली सामुदायिक अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला खेलकुद विकास समिति, माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना लगायतका सरकारी कार्यालय एवम् उद्योगी, व्यापारी तथा निजी निवासमा जोडिएका टेलिफोन सेवा पनि बन्द भएका छन् । रासस

आइएमइआई दर्ता बिनाका मोबाइल नचल्ने प्रक्रिया सुरु, कसरी गर्ने दर्ता

काठमाडौँ, चैत १७- नेपाल दूरसञ्चार प्राधिकरणले आइएमइआई नम्बर दर्ता नगरिएका मोबाइल नचल्ने बनाउन आवश्यक प्रक्रिया थालिसकेको बताएको छ । प्राधिकरणका निर्देशक मीनप्रसाद अर्याल मोबाइल आयातकर्ता संघद्वारा आयोजित एक कार्यक्रममा प्राधिकरणले आवश्यक यसबारे प्रक्रिया थालिसकेको जानकारी दिए । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले उपभोक्ताका समस्या समाधानमा केन्द्रित हुन व्यवसायीलाई आग्रह गरे । ‘भन्सार छलीका मोबाइलबाट राजस्व गुमेको मात्र नभई अपराध नियन्त्रणमा समेत जटिलता थपिएको छ,’ राज्यमन्त्री बास्कोटाले भने, ‘त्यसलाई नियन्त्रण गर्न अनिवार्य रूपमा मोबाइल दर्ता गर्नुपर्ने र दर्ताविनाका मोबाइल चल्न नसक्ने व्यवस्था लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरण क्रियाशील छ ।’ त्यस्तै मोबाइल आयातमा सरकारले दिएको छुटले वैधानिक कारोबारलाई सहयोग गरेको मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले बताएका छन् । मोबाइल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘दर्ताबिनाका मोबाइल नचल्ने व्यवस्था लागू गर्न सकिएमा मोबाइलको कालोबजारीले फस्टाउने मौका पाउने छैन, त्यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ।’ कसरी गर्ने आइएमइआई दर्ता मोबाइलको आईएमइआई दर्ताका लागि सम्बन्धित कम्पनीले प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । सो निवेदन प्राप्त गरेसँगै प्राधिकरणले नो अब्जेक्सन लेटर भन्सारमा पठाएपछि आईएमइआईको अरु प्रक्रिया शुरु गरिने हुन्छ । व्यक्तिगत मोबाइलको हकमा भने प्राधिकरणको वेबसाईटमा उपलब्ध फारम भरेर इमेल ठेगानामा पठाउनु पर्दछ । मोबाइल प्रयोगकर्ताले *#06# डायल गरेर आफ्नो मोबाइलको आईएमइआई नम्बर पत्ता लगाउन सक्छन् । साथै मोबाइलमा व्याट्रि राख्ने भागमा र नयाँ किन्दा बक्समा पनि यो नम्बर राखिएको पनि आईएमइआई नम्बर उल्लेख गरिएको हुन्छ । आइएमइआई इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटीको संक्षिप्त रुप हो। हरेक मोबाइलको आइएमइआई नम्बर पृथक हुने गर्दछ।

गुगलले ल्याउने भयो एंड्रोइड-पी, आइफोन प्रयोगकर्ताहरूसम्म पुग्ने कोसिस

तपाईं यदि एंड्रोइड अपरेटिंग सिस्टमबाट चल्ने मोबाइल चलाउनु हुन्छ भने त्यसमा एंड्रोइडको कुन भर्सन रहेको छ ? हाल बजारमा उपलब्ध नयाँ स्मार्ट फोनहरूमा पनि धेरैमा त अझै पनि ६.० मार्समेलो नै छ र अधिकतरले ७.० नुगटको अपडेट प्राप्त गरिसकेका छन्। अहिले बजारमा उपलब्ध रहेको सबैभन्दा अद्यावधिक एंड्रोइड भर्सन भनेको ८.० ओरियो हो। अहिलेका कतिपय फ्ल्यागसिप फोनहरूमा यो भर्सनको एंड्रोइड उपलब्ध रहेको छ भने कतिपय ब्रान्डहरूले धमाधम ओरियो अपडेट पठाइरहेका छन्। हाल बजारमा उपलब्ध स्मार्ट फोनहरूमध्ये लगभग १.१ प्रतिशत मात्रै डिफल्ट ओरियो सिस्टमका साथ बजारमा आएका छन्। बाँकीले या त किन्नासाथ नै या केही समय पछि यसको अपडेट उपलब्ध गराएका हुन् र यो क्रम केही समय अझै जारी रहने छ। हुन त ओरियो अपडेट प्राप्त भएको मोबाइल फोन लेटेस्ट नै हो तर गुगलले भने ओरियो भर्सनको उत्तराधिकारी कस्तो हुने भनेर निर्धारित गरिसकेको छ। आजसम्म गुगलले जति पनि एंड्रोइड भर्सनहरू सार्वजनिक गरेको छ सबै कुनै न कुनै खानेकुराको नामबाट छन् र त्यो पनि वर्नानुक्रम अनुसार। यसपालि भने गुगलले सायद अल्फाबेट मात्रैबाट नयाँ अपरेटिंग सिस्टम सार्वजनिक गर्ने सम्भावना देखिएको छ र यस सबैभन्दा अद्यावधिक एंड्रोइड भर्सनको नाम ‘एंड्रोइड-पी’ दिइएको छ। प्रविधि समाचारहरूमा हाल यस सफ्टवेयरको ‘लुक’ बदल्ने काम भइरहेको र यसका माध्यमले गुगलले आइफोन प्रयोगकर्ताहरूलाई आकर्षित गर्न खोजेको छ। एप्पलले आफ्नो नयाँ भर्सनको अपरेटिंग सिस्टममा ठुलो परिवर्तन नल्याउने समाचार आइरहेको अवस्थामा गुगलको यस कदमले उसलाई रणनीतिक फाइदा पुग्ने देखिन्छ। गुगलको एंड्रोइड-पीमा मल्टिपल स्क्रीन सपोर्ट गर्ने भएकाले यसले प्रयोगकर्तालाई नयाँ अनुभव दिने विश्वास गरिएको छ। गुगलले एंड्रोइड-पीको पहिलो डेभेलपर प्रिभ्यु केही दिनमै सार्वजनिक गर्न सक्ने जनाइएको छ।  

थपियो फेसबुकको संकट, पूर्व सहकर्मीले गरे फेसबुक डिलिट गर्नुपर्ने भन्दै ट्विट

काठमाडौँ, चैत ७ । फेसबुकको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप कम्पनी व्हाट्स एपका सह-संस्थापक ब्रायन एक्टनले एक ट्विट गर्दै अब फेसबुक डिलिट गर्ने समय एको बताएका छन् । स्वतन्त्र मेसेजिंग एपको रूपमा स्थापित व्हाट्स एपलाई २०१४ मा फेसबुकले अधिग्रहण गरेको थियो । त्यस यता यो फेसबुककै एउटा हिस्साको रूपमा रहिआएको छ। यस्तो अवस्थामा एक्टनको ट्विटले तात्विक प्रभाव पार्दछ। केही समय पहिलेसम्म फेसबुककै महत्वपूर्ण जिम्मेवारीमा रहेका एक्टनले यस्तो विचार किन अभिव्यक्त गरे भन्नेबारे त केही खुल्न आएको छैन तर यो अभिव्यक्ति यस्तो समयमा आएको छ जब फेसबुक प्रयोगकर्ताहरूको निजी विवरण चोरिएको समाचार सार्वजनिक भएको समाचार आएपछि फेसबुकको सेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ। विवरण चुहाएको समाचार आए यता सेयर बजारमा फेसबुकको सेयर मूल्य १० प्रतिशत घटिसकेको छ । सोमवारमात्रै यसमा ७ प्रतिशत गिरावट आएको थियो । यसले फेसबुक संस्थापक मार्क जुकरबर्ग लागत अन्य लगानीकर्ताहरूलाई ठुलो घाटा लागेको थियो। यसको असर विश्वका सबै प्रमुख सेयर बजारहरूमा समेत अनुभूत गरिएको थियो। व्हाट्स एपको स्थापना जेन कुम र ब्रायन एक्टन नामका दुई युवाहरूले गरेका थिए। कुम अधिग्रहणपछि हालसम्म पनि फेसबुकसँगै कम गर्दछन् भने एक्टन यस वर्षको सुरुमै आफ्नै संस्थानको स्थापना गर्न फेसबुकबाट अलग्गिएका हुन् । एक्टनले २००९ मा फेसबुकमा जागिरका लागि आवेदन दिएका थिए तर उनको आवेदन अस्वीकृत भएको थियो। त्यसपछि गरेको ट्विटमा उनले भनेका थिए, “फेसबुकले मलाई अस्वीकृत गरिदिएको छ । यो उत्कृष्ट व्यक्तिहरूसँग जोडिने राम्रो अवसर थियो। म जीवनको अर्को साहसिक यात्राका लागि तयार छु।“ अमेरिकी राष्ट्रपतीय चुनावको दौरान प्रयोगकर्ताहरूको विवरण चोरी भएको समाचार आए यता फेसबुकमाथि एक पछि अर्को संकट थपिँदै आएको छ।

लमजुङमा शुरु हुँदै टेलिमेडिसिन सेवा

लमजुङ,४ चैत, । लमजुङका जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा शुरु हुने भएको छ । आधुनिक प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको हो । जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण एवं बिरामी उपचारका लागि टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौँमा रहेका वरिष्ठ चिकित्सकबाट जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवालाई निरन्तरता दिने जनस्वास्थ्य प्रमुख केशव चापागाईले बताए । जनस्वास्थ्य कार्यालयको समन्वयमा शुक्रबार लमजुङ जिल्ला सामुदायिक अस्पतालमा टेलिमेडिसिन सेवा परीक्षण गरिएको हो । परीक्षण सेवामा पहिलो दिन राष्ट्रिय बाथ रोग केन्द्र (एनसिआरडी) का चिकित्सकले स्वास्थ्यकर्मीलाई बाथ रोगको बारेमा प्रशिक्षण गराएका थिए ।

क्लासिक टेकले चार नयाँ शाखा विस्तार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेकले चार नयाँ शाखा विस्तार गरेको छ । गत बुधबार क्लासिक टेकका प्रबन्धक निर्देशक निशा खरेलले सम्पूर्ण शाखाहरुको उद्घाटन गरेकही हुन्। कम्पनीले २० औं शाखा गठ्ठाघर २१ औं ललितपुरको थसिखेल, २२ औं किर्तिपुर शाखा ट्याङ्लाफाट र २३ औं बालाजु शाखा माछापोखरी सुरु गरेको छ। छिटो भन्दा छिटो र भर्पर्दो सेवा उपलब्ध गराउने नै शाखा बिस्तार को मुख्य उद्देश्य रहेको कम्पनीले बताएको हो। साथै रकम भुक्तान वा रिचार्जलाई सर्बसुलभ बनाउन विभिन्न अन्लाईन भुक्तान तथा अन्लाईन बैंकिंग सेवाको लागि सहकार्य अघी बढाइ सकेको छ भने भिजा, मास्टर कार्ड स्वाइप गरी भुक्तान गर्ने अप्सन को लागि पनि काम अघी बढेको छ। क्लासिक टेकको इन्टरनेट, इन्ट्रानेट तथा अाएसीटी सम्बन्धित सेवाहरुमा ८ बर्ष को अनुभव छ। यति छोटो समयमा नेपालको ७२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ । हाल २३ स्थानमा आफ्ना शाखा स्थापना गरिसकेको यस कम्पनीमा एक हजारभन्दा बढी दक्ष कर्मचारी आबद्ध रहेका छन भने ४० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बिस्वकै उत्कृष्ट जिपोन प्रबिधीमा आधारित फाइबर टु होम सेवाको मध्यमबाट ईन्टरनेट सेवा नेपालमा मुख्य शहरहरुमा उपलब्ध गराइसकेको छ।

नेपालीको सामाजिक सञ्जालमा हिन्दूस्तान टाइम्सले ५० करोड लगानी गर्ने

काठमाडौं, चैत १ । भारतको चर्चित मिडिया कम्पनी हिन्दूस्तान टाइम्स संचालक कम्पनी एच्टी ओभरसिजले सामाजिक संजाल सगुनमा ५० लाख डलर (करिव ५० करोड रुपैयाँ) लगानी गर्ने जनाएको छ । यस सम्बन्धी सम्झौतामा सगुन र एचटी ओभरसिज (एचटी सिंगापुर) बीच सम्झौता भएको छ । यसअघि कम्पनीले सन २०१७ मा गरेको सानो स्तरको प्रारम्भिक शेयर निष्कासनमार्फत ३ हजार लगानीकर्ताले ४८ लाख डलर (करिव ४८ करोड रुपैयाँ) लगानी गरेका थिए । अमेरिकामा रहेका नेपालीले स्थापना गरेको सगुनलाई विश्वास गरेर यति ठूलो लगानी जुटेको सम्भवतः पहिलो हो । यति ठूलो लगानीले विश्वब्यापी रुपमा विस्तार हुन सघाउने बिश्वास सगुनले लिएको छ । एचटी ओभरसिज भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एचटी मिडिया लिमिटेडको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो । सगुनले अमेरिकी सेक्युरिटी एक्सचेञ्ज कमिशन (एसइसी) बाट अनुमति लिएर मिनी आइपिओ निस्कासन गरेको छ । त्यही आइपिओमा एचटी ओभरसिजले लगानी गरेको हो । फेसुबक, ट्वीटर, स्न्यापच्याट लगायतका विशेषता एकै ठाउँ भएको फरक सामजिक संजाल सगुनले केही समययता अन्तराष्ट्रिय संचारमाध्यममा चर्चा बटुलिरहेको छ । त्यस संजालका मास्टरमाइन्ड एक नेपाली गोविन्द गिरी हुन् । सगुनका संस्थापक गिरी सगुनमा आफ्ना अनुभव सेयर गर्न र हाम्रा गतिविधिलाई व्यवस्थित गर्न एउटै छानामुनी सबै खालका सुविधा उपलब्ध हुने बताउँछन् । मानिसको अनलाइन आइडेन्टिटीलाई आफ्नो पकेटमै फिट गर्ने उनको लक्ष छ । सगुनमा माइ सेक्रेट बक्स, माइ कन्भर्सेसन, माइ कन्ट्याक्ट माइ क्यालेन्डर जस्ता फरक खालका एप्स छन् । तिनले प्रयोगकर्तालाई फरक प्रकारको अनुभूति दिन्छन् । अमेरिकाको पेन्टागनमा केही समय काम गरेका गोविन्द आफ्नो प्रोडक्टलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन दिनरात खटिइरहेका छन् । संसारका विभिन्न मुलुकमा यसको प्रबर्धनमा हिँडिरहन्छन् । उनी सगुनलाई नेपाली प्रोडक्ट भनेर चिनाउन चाहन्छन् । ‘सगुन’ नाममै नेपालीपन झल्किन्छ । यस्तो एपमा यति ठूलो लगानी जुटेपछि गिरी निकै उत्साहित छन् । एचटी सिंगापुरसँगको सम्झौताले सगुनलाई भारतका करीब ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तासम्म पुग्न एचटी मिडियाको स्वामित्वमा रहेका सञ्चार माध्यमले सहयोग गर्नेछन् । एचटी मिडियाको प्रकाशनहरुमा अंग्रेजी माध्यमबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्स तथा मिन्ट र हिन्दीमा प्रकाशित हुने हिन्दुस्तान छन । यसका अन्य डिजिटल माध्यमका साथै एफ्एम स्टेसनहरु छन् । “हामी एचटी सिंगापुरजस्तो प्रभावशाली साझेदारसँग सम्झौता गर्न पाउँदा एकदमै खुसी छौं । हिन्दुस्तान टाइम्सको प्रभावले हामीलाई संसारको दोस्रो धेरै इन्टरनेट प्रयोगकर्ताहरु रहेको भारतका धेरै प्रयोगकर्ताहरुसम्म पुग्न मद्दत गर्नेछ”, सगुनका संस्थापक गिरीले भने । सगुनले यस वर्षकै जनवरीमा एन्ड्रोइड मोबाइल एप सार्वजनिक गरेको थियो । त्यसलगत्तै यति ठूलो लगानी आउन लागेको हो । दुई महिनामै उक्त मोवाइल एप ५ लाख ८० हजारभन्दा बढीपटक डाउनलोड भैसकेको छ । वेब प्लेटफर्मका प्रयोगकर्ता समेत गरेर सगुनका कुल १६ लाख प्रयोगकर्ता छन । “हाम्रो लगानी सगुनले बनाएको उत्कृष्ट सेवा तथा संसारभरका प्रयोगकर्ताहरुलाई प्रदान गरिरहेको राम्रो सामाजिक सञ्जाल प्रयोगको अनुभवको प्रमाण हो । आम मानिसले सामाजिक सञ्जाल मार्फत कनेक्ट, शेयर, तथा अर्न गर्ने शैली परिवर्तन गर्न सक्ने क्षमता सगुनमा छ भनी हामी विश्वास गर्छौं । यस यात्राको एक साझेदार हुन पाएकोमा हामी उत्साहित छौं, ”, हिन्दुस्तान टाइम्सका लगानी टीमका प्रमुख अतिभ चड्डाले भने । सगुनले सोसल स्मार्ट कार्ड ल्याउन लागेको छ । यस्तो कार्ड यसको नवीन प्रयोग हो । सगुनले सन २०१८ को अन्त्यसम्म बजारमा स्मार्ट कार्ड सुरु गर्ने लक्ष्य लिएको छ । यस कार्डको सहयोगले बजारमा सामान किन्दा पैसा कमाउन मद्दत गर्दछ । त्यही कुपन देखाएर छुट पाउन सकिन्छ । यसमार्फत आफ्ना प्रियजनहरुलाई उपहारसमेत पठाउन सकिन्छ । सगुनले आइओएस प्लेटफर्ममा एप ल्याउन तयारी गरेको छ । सगुनमा ३ हजारभन्दा बढी लगानीकर्ताबाट करीब ३४ लाख डलर लगानी गरेका छन् । कम्पनीले सन २०१६ को सुरुवाती चरणमा १४ लाख डलर लगानी जम्मा गरेको थियो । सेयर किन्न चाहनेहरुको लागि तेस्रो राउड इन्भेन्टमेन्ट गर्न सगुन डटकम/इन्भेस्टमा दिइएको फर्म भरेर लगानी गर्न सक्नेछन् ।

इन्टरनेट हेरेर ‘भगवान्’ बनाउँछन् दिनेश

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाटाका ३१ वर्षीय दिनेश विक परिवारको कमजोर आर्थिक हैसियतका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुभयो । एसएलसी पढ्दै गर्दा अध्यापन प्रभावित भएपछि इन्टरनेटको सहारामा विभिन्न कलात्मक मूर्तीहरु बनाउन थाल्नुभएका उहाँ पछिल्ला वर्षहरुमा विभिन्न देवीदेवताका मूर्ती बनाएर मासिक रु ४० हजार भन्दा बढी आम्दानी गरिरहनुभएको छ । ‘अन्य खर्च कटाएर मासिक रु ४० हजारभन्दा बढी नै बचत हुन्छ,’ उहाँले भन्नुभयो – ‘परिश्रम गरे विदेशिनु पर्दैन ।’ उहाँको परिवार शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका हुन् । आफूसहित तीन भाइ÷बहिनी अध्ययनमा रहेका बेला पारिवारिक समस्याका कारण आफू विद्यालय छाड्न वाध्य भएको उहाँले बताउनुभयो । ‘परिवारको अवस्था सुध्रोस् भनेर बुबाआमा टहरामा भगवान् पुकारेर बस्थे,’ विकले विगत सम्झिँदै भन्नुभयो – ‘तिनै भगवान्का मूर्ति बनाउने सीपले म आज परिवारको खर्च धान्न सक्ने भएको छु ।’ शुक्लाफाटाको झलारी बजारमा मूर्ति र कलाको पसल थापेको पाँच वर्षमै आफूले राम्रो आम्दानी लिन सकेको उहाँले बताउनुभयो । ‘धेरै नपढेको भएपनि इन्टरनेटमा मूर्ति बनाउने भिडियोहरु हेरेरै मूर्तिको व्यापार बढाएको छु,’ विकले भन्नुभयो – ‘इच्छाशक्ति भए अध्ययन नै चाहिन्छ भन्ने होइन रहेछ ।’ मूर्ति बनाउने भिडियोहरुबाट आफूले बनाउन सिकेको उहाँको भनाइ छ । ‘कलात्मक मूर्ति बनाउन सिकाउने गुरु भनेकै इन्टरनेट हो,’ उहाँले भन्नुभयो – ‘एउटा मूर्ति महिना दिनमा तयार हुन्छ ।’ नयाँ वर्ष र दशैं लगायतका चाडपर्वका बेला मूर्तिहरु धेरै बिक्री हुने गरेको उहाँले बताउनुभयो । ‘चाडपर्वका बेला त खर्च कटाएर मासिक रु ७०-७५ हजार सम्म बचत हुन्छ,’ उहाँले भन्नुभयो – ‘एउटै मूर्ति रु १ लाख २० हजारसम्ममा बिक्री गरेको छु ।’ आफूले सिमेन्टका तीन फिटभन्दा अग्ला मूर्तिहरु बनाउने गरेको र धेरैजसो रु ३० हजारदेखि माथिको मूल्यमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । ‘शुरुमा घरकै अभिभावकहरु मूर्ति बनाएर के गुजारा होला भन्थे,’ उहाँले भन्नुभयो – ‘यही व्यापारबाट घर चलेको छ ।’ उहाँले भगवान् शिव–पावर्ती, गणेश, कालिका लगायतका देवताका धेरै मूर्तिहरु बनाएर बिक्री गरिसक्नुभएको छ । अब निकट भविष्यमै कृष्णसारको मूर्ति बनाउने उहाँको योजना छ । झलारी बजारमा सन्देश आर्ट नामक पसल सञ्चालन गर्नुभएका विकले दुई जनालाई रोजगारी समेत दिनुभएको छ । ‘दुई जनालाई पेन्टिङ्गको काम दिएको छु,’ उहाँले भन्नुभयो – ‘मैले बनाएका मूर्तिले ग्राहक सन्तुष्ट छन् जस्तो लाग्छ । अहिलेसम्म असन्तुष्टिका शब्द सुन्नुपरेको छैन ।’ सिमलफाटामा अढाई कट्ठा जग्गा लिज लिएर बस्दैआएको विक परिवारले निकुञ्जबाट विस्थापित हुँदा कुनै सहयोग पाएका थिएनन् । ‘विस्थापित भएपछि परिचय पत्र त पायौं, अरु सहयोग केही पाएको छैन,’ उहाँले भन्नुभयो –‘आश्वासनमै दशक बित्यो । राहत पाएनौं ।’ रासस

‘आईएमई पे गरौँ, व्यवसाय बढाऔं’ भन्ने नारासहित आईएमई पे को बी टु बी सेवा शुरु

काठमाडौं । नेपालकै पहिलो भुक्तानी सेवा प्रदायकका रूपमा लाइसेन्स प्राप्त कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा निर्मित तथा सञ्चालित मोबाइल वित्तीय सेवामा आधारित ‘आईएमई पे ले आफ्नो बी टु बी’ सेवा सुरुवात भएको घोषणा गरेको छ । आईएमई पे मूलतः एजेन्टको मदतबाट अथवा सेवाग्राही स्वयंले विभिन्न किसिमका भुक्तानी गर्न सहयोग गर्ने लक्ष्य सहित निर्मित मोबाइल वित्तीय सेवाभए तापनि, आईएमई पे ले देशव्यापी रूपमा सम्भावित व्यवसायहरूलाई ‘आईएमई पे’ का टच पोइन्टहरूको सञ्जालमा जोडिनका लागि ‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारासहित आफ्नो ‘बी टु बी’ सेवालाई सेवा सञ्चालन गर्ने उद्घोष गरेको छ । बी टु बी सेवाको सुरुवातसँगै, आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी गर्ने अनि समय र पैसाको वचत गर्दै सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधाहरू समेत थुप्रै भुक्तानी सम्बन्धी सेवाहरू उपलब्ध गराउन सक्नेछन् । ‘आईएमई पे’ का टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इनर क्यास आउट जस्ता मोबाइल मनीसम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् । ‘आईएमई पे’ को टच पोइन्टले कम्प्युटरको प्रयोग गरेर ‘आईएमई पे वेब पोर्टलमार्फत् अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एप मार्फत् पनि यस्ता सेवाहरू प्रदान गर्न सक्दछन् । जी टु पी, पी टु जी रपी टु पीसम्बन्धी भुक्तानीहरूका साथै ग्रामीण–सेवामा न्यून पहुँचयुक्त स्थानमा रहेका सेवाग्राहीहरूलाई सामाजिक सुरक्षा सम्बन्धी रकमको वितरण प्रभावकारी रूपमा सिधै भुक्तानी गर्न समेत ‘आईएमई पे’ सक्षम छ । ‘आईएमई पे’ को देशभरि नै १३५०० भन्दा बढी टच पोइन्ट सहितको मजबुत सञ्जाल रहेको छ र त्यसमा ७००० भन्दा बढी रेमिटेन्स एजेन्टहरू रहेका छन् । आफ्ना सेवाग्राहीहरूसित अझ नजिक पुग्नका लागि आईएमई पे ले आफ्नो विद्यमान रेमिटेन्स एजेन्टहरूको सञ्जालको दायरा भन्दा बाहिर गैर वित्तीय क्षेत्रको सञ्जालमा समेत आफ्नोक्षेत्रलाई विस्तार गर्ने योजना बनाएको छ । अतस् त्यसका लागि मझौला र साना खालका किराना पसलहरूदेखि लिएर पुस्तैनी व्यवसायहरू, क्याफेहरू, मेडिकल स्टोरहरूका साथै यस्ता खुद्रा टच पोइन्टहरू सञ्चालन गर्न सक्ने देशभरिका सम्भावित वितरकहरू समेत यस सञ्जालमा जोडिन सक्दछन् र आफ्नो व्यवसाय विस्तारमा एउटा आयाम थप्न सक्दछन् । युकेएड सक्षम वित्तीय सेवामा पहुँच नामक कार्यक्रमको प्राविधिक तथा वित्तीय सहयोगमा मोबाइल मनी सेवा ‘आईएमई पे’ को निर्माण तथा सञ्चालन गरेको आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकबाट २०७४ साल असारमा भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरिएको थियो । नेपाल राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ अन्तर्गत दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्नका लागि आईएमई डिजिटलले देशकै पहिलो भुक्तानी सेवा प्रदायकका रूपमा अनुमतिपत्र प्राप्त गरेको थियो । आईएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त आईएमई डिजिटल सोलुसन लि। आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक संस्था हो । यसले व्यक्ति-व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफरदेखि लिएर विभिन्न अनलाइन तथा भौतिक स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल फोन रिचार्ज गर्ने र घरायासी बिलहरूको भुक्तनी गर्ने सम्मका भुक्तानी कार्यहरूमा सहयोग पुर्याउँछ । आईएमई डिजिटलले वित्तीय सेवाहरूको पहुँच सर्वसाधारणसम्म पुर्याउनुका साथै बैंकिङ पहुँच नपुगेका नेपाली जनताका साथै नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

एनसेलको ‘भ्यालेन्टाइन डे’ मा विशेष भ्यालेन्टाइन अफर !

काठमाडौं । फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरी एनसेलले विभिन्न अफरका साथ नयाँ प्याक लिएर आउँदै छ । यही बिहीबारदेखि लागु हुने गरी १५ दिनको लागि असीमित भ्वाइस तथा डेटा प्याकको अफर ल्याएको एनसेलले जनाएको छ । अफर अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १५ रुपैयाँमा असीमित भ्वाइस प्याक लिई विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेलको नेटवर्कभित्र कुनै पनि नम्बरमा असीमित कुराकानी गर्न सकिने छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुने एनसेलले जनाएको छ । त्यस्तै २० रुपैयाँमा एक घण्टाका लागि असिमित डेटा प्याक लिन सकिने जनाएको छ ।

बजारमा आयो नयाँ ओप्पोको ए–८३ स्मार्टफोन

काठमाडौं । नेपाली बजारमा ओप्पोको नयाँ स्मार्टफोन आएको छ, ओप्पो ए–८३ । यो स्मार्टफोनको मूल्य २४ हजार ९ सय ९० रुपियाँ तोकिएको छ । यसमा १२ र आठ मेगापिक्सेलका दुई क्यामेरा छन् । फ्रन्ट क्यामेराको क्षमतामात्रै आठ मेगापिक्सेल भएपनि यसबाट निकै राम्रो गुणस्तरमा सेल्फी खिच्न सकिने बताइएको छ । किनभने, त्यसका लागि ओप्पो ए–८३ मा विशेष खालको आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिएको छ । नेपाली बजारमा यो स्मार्टफोन तीन जीबी र्‍याम क्षमतामा उपलब्ध छ । यसको ३२ जीबी आन्तरिक मेमोरी क्षमता हुन्छ । यसको अर्को आकर्षक फिचर भनेको फुल स्क्रिन डिस्प्ले हो, जुन ५.७ इन्चको छ । यसमा फिङ्गरप्रिन्ट सेन्सर भने राखिएको छैन । त्यसको सट्टा यसमा फेस अनलक फिचर छ । प्रयोगकर्ताको अनुहार पहिचान गरेर यो स्मार्टफोन तुरुन्तै अनलक हुन्छ । ओप्पो ए–८३ एन्ड्रोइडको नुगट अपरेटिङ सिस्टममा आधारित छ । र, यसको ब्याट्री ३ हजार १ सय ८० एमएएच क्षमताको छ । एजेन्सीको सहयोगबाट

१३ वर्षमुनिका बालबालिकालाई फेसबुक चलाउन रोक

केही माहिनाअगाडि बेलायतको हाउ अफ लर्डसमा १३ वर्षमुनिका बालबालिकालाई फेसबुक तथा ट्वीटर चलाउन रोक लगाउने विषय पनि बहसमा सामेल गरिएको थियो । बालबालिकालाई निश्चित उमेरपछि मात्र सोसल मिडियामा अनुमति दिने विषयलाई डाटा सुरक्षण अध्यादेशमा सामेल गर्ने विषय बहसमा भएको थियो । यो कानूनबाट सानो उमेरका बालबालिकालाई सोसल मिडियाको माध्यमबाट हुने शोषणबाट जोगाउन सकिने तर्क गरिएको थियो। योसँगै एक अर्को कानून बनाउने कुरा पनि बेलायतमा उठ्यो । आफूले काम गर्ने कम्पनीका बारेमा नराम्रा कुराहरु फेसबुक वा ट्वीटरमा शेयर गर्ने कर्मचारीहरुलाई सम्बन्धित कम्पनीले बर्खास्त गर्न सक्ने । बेलायतको लण्डन तथा अमेरिकाको क्यालिफोर्निया जस्ता ठाउँहरुमा कुनै पनि व्यक्तिलाई जागिरमा राख्दा कतिपय कम्पनीहरुले उक्त व्यक्तिको सोसल मिडिया प्रोफाइल समेत केलाउने गरिन्छ । उता साउदी अरेबियामा चाहिँ फेसबुक लगायतका सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था छ । सामाजिक सञ्जालमा आपत्तिजनक कुराहरु पोष्ट गर्नेलाई मृत्युदण्डसँगै कोर्रा हान्ने, जेल सजाय, यात्रामा प्रतिबन्ध, नजरबन्द तथा सोसल मिडिया चलाउन नपाउने लगायतका सजाय पनि दिने गरिन्छ । एजेन्सीको सहयोगबाट