बोटबिरुवाको पनि डीएनए परीक्षण

ललितपुर, माघ २० । मानिस र जनावरको जस्तै बोटबिरुवाको पनि डीएनए परीक्षण शुरु भएको छ ।

खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले बोटबिरुवाको फूल, पात बोक्रालगायत भागबाट डिएनए परीक्षण थालेको हो ।

वनस्पतिमा रहेको आशिंक गुणका आधारमा परीक्षण गर्न थालिएको नाष्टमा कार्यरत वैज्ञानिक डा. रामचन्द्र पौडेलले बताए । “लोपन्मुख जातीको बोटबिरुवालाई भविष्यसम्म सुरक्षित गर्नका लागि यसले सहयोग गर्छ,” उनले भने, “अव्यवस्थित संकलन र चोरी भइरहेका बोटबिरुवालाई पहिचान गर्न सक्दा मात्रै त्यो रोक्न सकिन्छ ।” दिगो उपयोगका लागि नीति बनाउन सहयोग पुग्ने पनि वैज्ञानिक डा. पौडेलले बताए ।

विभिन्न देशहरुले आफूसँग भएका वनस्पतिको प्रजातिसहितको विवरण इन्टरनेटमा हालेका छन् । “परीक्षण गर्नुपर्ने वनस्पति प्रयोगशालामा पहिले परीक्षण गरिन्छ, त्यसमा भेटिएको गुण इन्टरनेटमा भएका वनस्पतिसँग जुधाएर हेरिन्छ, केही गुण धेरै वटासँग मिल्न सक्छ,” उनले भने, “सबै भन्दा बढी गुण जुनसँग मेल खान्छ, त्यो वनस्पति त्यही हो भनेर चिनिन्छ ।”

बर र पिपलमा खुल्ला आँखाले देख्दा कतिपय समानता देखिन्छ । प्रयोगशालामा समेत कतिय गुण मिल्ने उनले बताए । यसलाई इन्टरनेटमा राखिएको बिरुवासँग भिडाउदा मात्रै त्यसमा भएको फरक गुण पत्ता लाग्छ । वनस्पतिको स्वरुप परिवर्तन हुँदा खुल्ला आँखाले नछुटाउने भए पनि डिएन परीक्षणबाट त्यो छुटाउन सकिने डा पौडेलको भनाई छ ।

उनले भने, “बोटबिरुवाको धुलो बनाउदा नाङ्गो आँखाले के हो भन्ने छुटिन्न तर परीक्षणबाट छुटाउन सकिन्छ ।” सबै वनस्पतिमा केही गुण अंशसँग मिल्ने खालको भए पनि कतिपय गुण अरु भन्दा भिन्दै हुने डा. पौडेल बताए । यही फरक गुणको पहिचान गर्न र पत्ता लगाउनका लागि परीक्षणले सहयोग गर्छ । यसले यस बिषयमा अध्ययनरत विद्यार्थी र विज्ञलाई समेत सहयोग पुगेको छ ।

“यो परीक्षणले विभिन्न किसिमका वनस्पतिका विषयमा अध्ययनरत विद्यार्थीले त्यस वनस्पतिको फरक गुण र अरुसँग मिल्ने गुणका बारेमा समेत अध्ययन गर्न पाएका छन्,” उनले भने । लोपोन्मुख जातका र नेपालमा मात्रै पाइने जातका बोटबिरुवाको समेत डिएनए परीक्षण भइरहेको डा पौडेलले बताए । यसअघि रेकर्ड (इन्टरनेट) मा नभएका बोटबिरुवाको नयाँ कोड९संकेत० दिइने गरिएको थियो ।

उनले भने, “प्रयोगशालामा परीक्षण गरेर इन्टरनेटमा भिडाउदा तीसँग गुण नमिल्ने भनेको हाम्रोमा मात्रै पाइने बोटबिरुवा हो ।” यसरी नयाँ बिरुवाको डिएनए परीक्षण गरेर इन्टरनेटमा हाल्दा विदेशीलाई समेत त्यसबारे बुझ्न सहज हुने डा पौडेलको दाबी छ ।

डिएनए गरेर अरुसँग नमिल्ने गुण भेटिएकालाई प्रकाशन गर्दा यो हाम्रो देशमा मात्रै पाइने बिरुवा भन्ने प्रमाणित हुने नास्टका विज्ञान शाखा प्रमुख जयश्री सिजापतिले बताए । उनले भने, “हामीसँग भएका बिरुवाको प्रकार बुझ्नसमेत अनुसन्धानले सहयोग गर्छ ।” सरकारले लोपन्मुख भनेर सूचीकृत गरेका २२ प्रकारका बोटबिरुवामा केन्द्रीत भएर काम गरिरहेको प्रमुख सिजापतिले बताए ।

यसअघि मान्छेको र जनावरको मात्रै डिएनए परीक्षण हुने गरेको थियो । नास्टअन्तर्गतको विधि विज्ञान प्रयोगशालाले अघिल्लो वर्षबाट मात्रै जनावरको डिएनए शुरु गरेको हो । अदालतमा मुद्दा परेपछि अनुसन्धानका लागि जनावरको डिएनए परीक्षण हुँदै आएको छ । नास्ट आफैँले भने अध्ययन गरेर नयाँ कुरा पत्ता लगाउनका लागि जनावरको डिएनए गर्दैआएको छ । रासस

संचार जगतमा आयो नयाँ क्रान्ति: अब औंलाले मात्रै कल रिसिभ गर्न सकिने

अमेरिकाको लास भेगास सहरमा यो वर्षको पहिलो विद्युतीय उपभोग्य सामग्री हरूको मेला सीइएस ( कंज्युमर इलेक्ट्रिक सो ) सुरु भएको छ जसमा कोरियाको Innomdle Lab भन्ने कम्पनीले बिल्कुलै नयाँ ग्याजेट पहिलो पल्ट प्रदर्शित गरेको छ । जसमा औंलाको प्रयोग गरेर कल सुन्न सकिने भएको छ । Sgnl नाम दिइएको यो एउटा रिस्ट ब्याण्ड स्ट्रेप हो । विश्वकै पहिलो यस बडी कंडक्सन युनिटले फोन रिसिभ गर्दा औंलाको टुप्पोले मात्र कुरा सुन्न सकिने भएको छ । यस रिस्ट ब्याण्डले फोन रिसिभ गर्दा औंलालाई फोनको रिसिभरमा परिवर्तित गरिदिने बताइएको छ । कम्पनीले जनाए अनुसार यस रिस्ट ब्याण्ड स्ट्रेपलाई सबै भन्दा पहिले ब्लुटुथका माध्यमले आफ्नो स्मार्ट फोनसँग पेअर गर्नु पर्दछ र यसलाई नाडीमा लगाउनु पर्नेछ । फोनसँग पेअर भएपछि कल आउँदा औंलाको टुप्पो काननेर लगेर कुराकानी गर्न सकिने बताइएको हो । कम्पनीका अनुसार यसको अडियो गुणस्तर उत्कृष्ट रहेको छ । यसबाट प्रष्ट आवाज सुनिनुको साथै वातावरणमा भएको हल्लाले समेत व्यवधान गर्ने छैन । यस डिभाइसलाई स्मार्ट फोनका अतिरिक्त एप्पल वाच या स्यामसुंग गियर जस्ता प्रचलित ग्याजेटहरूसँग समेत प्रयोग गर्न सकिने छ । यसका लागि यस स्ट्रेपमा ती ग्याजेटहरू फिट गर्नु पर्नेछ । यसलाई प्रयोग गर्दा फोन आउँदा भाइब्रेसन आउने र स्ट्रेपमा नोटिफिकेसन आउने जनाइएको छ । यसै वर्ष मार्चमा बजारमा ल्याउने भनिएको यो वेयरेबल ग्याजेट लंच भएपछि आफ्नो प्रकारको बेग्लै प्रविधि हुनेछ जसको अर्को कुनै प्रतिद्वन्दी बजारमा तत्काल रहने छैन । फोर्च्युन डट कमले जनाए अनुसार आज सुरु भएर जनवरी १२ सम्म चलने यस प्रदर्शनीमा मोबाइल फोन, ल्यापटप, टीभी जस्ता थुप्रै उपकरणहरू र अन्य नवीनतम उत्पाद तथा प्रविधिहरू प्रदर्शनमा राखिएका छन् ।    

एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

० एनसेलको फोरजी सेवा अब देशको विभिन्न २१ शहरमा उपलब्ध ० १५ प्रतिशतभन्दा बढी जनसंख्यामा देशकै वृहद फोरजी नेटवर्कको पहुँच ० ग्राहकले रु.१ मा आफ्नो सिम फोरजीमा अपग्रेड गरी १ जिबीफोरजी डेटा पाउन सक्ने हेमन्त भण्डारी काठमाडौं, पुस २३ । देशकै वृहद चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थप विस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजी अर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवालाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । यही आइतबार (पुस २३) देखि यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब लाहान र धनगढीमा पनि दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको मजाका साथै यसबाट लाभ लिन सक्नेछन् । यो सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ र एनसेल फोरजी सेवाको पहुँच १५५ भन्दा बढि जनसंख्यामापुगेको छ । “अझधेरै मानिसलाई नयाँ प्रविधिमा आधारित दु्रतगतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच सुनिश्चित गर्दै, थप २ शहरहरु लाहान र धनगढीमा पनि फोरजी सेवा प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशकप्रणय आचार्यले भने । ‘‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएकालक्ष्यप्राप्तितथा डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउँदै, आफ्नो प्रतिबद्धता बमोजिम हामी जनसंख्याको १५ प्रतिशतभन्दा बढीमा यो सेवाको पहुँच सुनिश्चित गर्न सफल भएका छौ ।’ जेठ १८ गतेदेखि सुरु भएको एनसेलको फोरजी सेवा हाल काठमाडांै उपत्यका (नगरकोटसहित), बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ । आफ्नो सिमकार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरिरहेको सिमलाई फोरजी चल्ने सिम (युसिम) सँग मात्र रु.१ शुल्क तिरेर साट्न सक्छन् । ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमतिपत्र पेश गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइल नम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबीफोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा ३ दिनको लागि मान्य हुने छ । यसका साथै फोरजी सेवा प्रयोग गर्ने ग्राहकले ‘बाइवान गेट वानफ्रि’ योजना अन्तर्गत कुनै पनि डेटा प्याकको खरिदमा त्यही भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । यसरी प्राप्त फोरजी डेटा बोनस ग्राहकले फोरजी नेटवर्कमा प्रयोग गर्न सक्छन् । यससँगै एनसेलले योण्डर म्युजिकएपमा ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स ३२४ ह्यास डायल गरी योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहद डिजिटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढी नेपाली गीत–संगीतहरु पनि उपलब्ध छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने जानकारी प्राप्त गर्न सक्छन् । फोरजी–एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवाउपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोवाइल डिभाइसमा अझ धेरै र राम्राएप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदानगर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतकाकामहरु गर्न सक्नेछन् । एनसेलले आफ्नो फोरजी सेवा अझ विस्तार गर्दै, ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने लक्ष्य लिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरिरहेको छ । फोरजी सेवाको विस्तारसँगै ग्राहकका लागि विभिन्न आकर्षक अफर ल्याउन कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ ।

यस्तो हुन्छ फोन रातभरी चार्जमा लगाइराखे

सामान्यतया हामी अनुमान लगाउने गर्छौं हामीले आफ्नो फोन रातभरि चार्जमा लगाइराखे के होला ? आजभन्दा तीन चार वर्ष पहिलेसम्म यसको एउटै उत्तर हुन सक्थ्यो कि फोन तातेर खराब हुनसक्छ, पड्किन सक्छ या यसको ब्याट्री बिग्रिन सक्छ । तर अब समय फेरिएको छ । अचेल बजारमा जति पनि स्मार्ट फोन उपलब्ध छन् तिनमा ‘अटो कट अफ चार्जिङ्ग सिस्टम’ राखिएको हुन्छ अर्थात् फोन फुल चार्ज हुने बित्तिकै त्यसमा हुने विद्युत सप्लाई स्वयम् बन्द भैहाल्छ । त्यसैले आजभोलिका मोबाइल फोनहरू चार्ज गरेकै कारण तात्ने, पड्किने वा ब्याट्री नै बिग्रिने हुन्नन । ध्यान दिएर हेर्ने हो भने चार्जिङ्ग प्लग जोड्नासाथ फोनमा एउटा इन्डिकेटर बत्ती जलेको देख्न सकिन्छ जसको रङ्ग चार्ज फुल हुने बित्तिकै बद्लिने गर्दछ । यो किन हुन्छ भने यी फोनहरूको चिपमा नै यस्तो सेन्सर जोडिएको हुन्छ जसले चार्ज फुल हुनासाथ विद्युत सप्लाई बन्द गरिदिन्छ । त्यसैले यदि तपाईं कुनै पनि नयाँ मोडेलको स्मार्ट फोन प्रयोग गर्नु हुन्छ र यदि त्यसमा तात्ने आदि समस्या छ भने बुझ्नुस त्यो चार्जिङ्गसँग सम्बन्धित नभएर फोनको हार्डवेयर या सफ्टवेयरसँग सम्बन्धित हुन सक्छ । तर पनि विशेषज्ञहरूको राय के छ भने मोबाइलहरूले लिथियम आयन ब्याट्री प्रयोग गर्ने गर्दछन् जसलाई निश्चित पटक मात्र शून्यदेखि सय प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । अर्थात् बारम्बार ब्याट्रीलाई शून्य प्रतिशतमा झार्दा वा सय प्रतिशत सम्म चार्ज गर्दा यसको आयु घट्ने हुन्छ । त्यसैले ब्याट्रीको राम्रो स्वास्थ्यकोलागि यसलाई सधैं १० देखि ९० प्रतिशतका बिच राखिराख्नु उचित मानिन्छ ।

एनसेलले सुरु गर्यो अनलाइन रिचार्ज सेवा

काठमाडौं, मंसिर २६ । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गतएनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियन पेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ सुकै र जहाँ भएपनि प्रिपेड मोवाइलरिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । अनलाइन रिचार्ज सेवा मंसिर २६ (मंङगलबार) बाट सुरु भएको छ । एनसेलका अनुसार, डिजिटल सेवा मार्फत ग्राहक अनुभवलाई थपअभिवृद्घि गर्ने उद्देश्य स्वरुप यो सेवा ल्याइएको हो । एनसेलका ग्राहकले एनसेलको वेबसाइट payment.ncell.axiata.com मा गई डेबिट–क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीनवटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सक्छन् । एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज पनि गर्न सक्नेछन् । ग्राहकले एनसेलएपबाट पनि अनलाइन रिचार्ज सेवा लिन सक्ने एनसेलले जनाएको छ । नयाँ(नयाँ सेवा तथा प्रविधिहरु अवलम्बन गर्दै ग्राहक सेवा तथा अनुभवलाई थप परिस्कृत गर्ने कार्यमा एनसेल सधै अग्रपंक्तिमा रहने गरेको छ ।एनसेलले ग्राहक अनुभवलाई अभिवृद्घि गर्ने उद्देश्य अनुरुप नै अनलाइन च्याट सेवा पनि प्रदान गर्दै आइरहेको छ । यसका साथसाथै विभिन्न सामाजिक सञ्जालहरु जस्तै फेसबुक र ट्विटर मार्फत पनि कम्पनीले ग्राहकका गुनासा तथा जिज्ञासाहरु तदारुकताका साथ समाधान गर्दै आइरहेको छ ।

यसकारण घट्यो टेलिकमको आम्दानी

काठमाडौं, मंसिर २६ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीमा ठूलो कमी आएको छ । टेलिकमले सेवा प्रदायक कम्पनीको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको अन्तराष्ट्रिय कलमार्फत आम्दानीमा हुने गिरावटले टेलिफोन सेवा प्रदायक कम्पनीको आम्दानीमा २५ प्रतिशतसम्म कमी आएको टेलिफोन सेवा प्रदायक कम्पनीले जनाएका छन् । ओभर द टप (ओटीटी) अर्थात कुनै इन्टरनेट प्रोभाइडरअन्तर्गत रहेर प्रदान गर्ने एप भाइबर, स्काइप, ह्वाट्सएप, म्यासेन्जर आईएमओ लगायत सामाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायकको आम्दानीमा गिरावट हुन थालेको हो ।

टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेनन्

कञ्चनपुर, मंसिर २३ । सर्वसाधारणको सूचना प्रविधिमा पहुँच अभिवृद्धि गर्न हुलाक कार्यालय कञ्चनपुरले सञ्चालनमा ल्याइएको टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेको छैन । दक्ष कर्मचारीको अभाव र गुणस्तरहीन उपकरणका कारण टेलिसेन्टर सेवा प्रभावकारी बन्न नसकेका हुन् । फोटोकपी, लेमिनेशन, फ्याक्स, कम्प्युटर, प्रिन्ट, टेलिफोन, स्क्यानिङ र इन्टरनेट सेवा उपलब्ध गराउनका लागि खोलिएका टेलिसेन्टमध्ये आधाभन्दा बढीले विद्युत्, इन्टरनेटको समस्या र दक्ष कर्मचारीको अभावका कारण सेवा प्रवाह गर्न सकेका छैनन् । बजारमा टेलिसेन्टरले निर्धारण गरेको दर निजी क्षेत्रको भन्दा कम भए पनि जानकारीको अभावमा सेवाग्राही नआउँदा टेलिसेन्टर सेवा सञ्चालन गर्न कठिनाइ हुन थालेको हुलाक कार्यालयका सूचना अधिकारी देवसिंह सामन्तले बताउनुभयो । जिल्ला हुलाक कार्यालय महेन्द्रनगर र कृष्णपुरमा सञ्चालनमा रहेका टेलिसेन्टरले आंशिक रुपमा आम्दानी गर्दै आए पनि पुनर्वास, बेलौरी, बेलडांडी, झलारी, चाँदनीलगायत क्षेत्रका टेलिसेन्टर बन्द अवस्थामा रहेका छन् । टेलिसेन्टरका बिग्रिएका उपकरण मर्मतका लागि केन्द्रबाट बजेट नआउँदा सेन्टरको सेवा प्रवाहलाई नियमित गर्न नसकिएको कार्यालयका सूचना अधिकारी सामन्तले बताउनुभयो । टेलिसेन्टर सेवालाई प्रभावकारी बनाउनका लागि यसको उपयोगिता र उपलब्धिका विषयमा गहन अध्ययन हुनु जरुरी रहेको उहाँले बताउनुभयो । टेलिसेन्टर सेवालाई निरन्तर रुपमा सञ्चालन गर्नका लागि आवश्यक पर्ने मसलन्द र उपकरण मर्मत गर्न पर्याप्त बजेटको व्यवस्था गरिनुपर्ने हुलाक कार्यालयका कर्मचारी बताउँछन् । आव ०६७÷६८ मा यहाँका सात ठाउँमा टेलिसेन्टर सेवा सञ्चालनमा ल्याइएका थिए ।

अब फुलस्क्रिन युट्युब भिडियो हेर्न पाइने

एन्ड्रोइड स्मार्टफोनका लागि युट्युबले पिन्च टू जूम नामक नयाँ फिचर ल्याएको छ । यो फिचरको सहयोगले स्मार्टफोनको पूरै स्त्रिmनभर भिडियो देखिने छ, अर्थात् किनारामा देखिने कालो धर्सो अब हेर्नुपर्ने छैन । यो नयाँ फिचरले १८ः९ स्क्रिनवाला स्मार्टफोनमा समेत काम गर्ने बताइएको छ । यसअघि यो फिचर केवल पिक्सेल टू एक्सएल प्रयोगकर्ताका लागि उपलब्ध थियो । जुन १२।४ भर्सनसँगै प्रयोग गर्न सकिन्थ्यो । अब यो एन्ड्रोइडको १२.४४ भर्सनका प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । पिन्च टू जूम फिचर विना सामसुङ ग्यालेक्सी एस एट, एलजी भी ३०, सामसुङ ग्यालेक्सी नोट एटका प्रयोगकर्ताले युट्युब भिडियो पूरा स्क्रिनभर हेर्न पाउँदैनथे । यो महिना आइओएसका लागि यु ट्युब अपडेट गरिएको थियो र यसमा आइफोन एक्सका लागि फूल स्क्रिन भ्युइंग सपोर्टको विकल्प दिइएको थियो । एजेन्सी

एप्पलमा कर्मचारीको वार्षिक पारिश्रमिक १ करोड ३१ लाखसम्म पाउने

नयाँ दिल्ली, कार्तिक २३ । विश्व चर्चित कम्पनी एप्पलले पहिलो पटक भारतमा रोजगारी दिने भएको छ। यसका लागि एप्पलले ‘प्लेसमेन्ट’ कार्यक्रमलाई अगाडि सारेको छ। यो कार्यक्रम अन्तर्गत भारतमा रहेका प्रतिभाशाली इन्जिनियरलाई एप्पलमा काम गर्ने मौका खुल्ने छ । एप्पलले यो कार्यक्रम हैदराबादको चर्चित आइआइटीमा लागु गर्न लागेको हो। जहाँ उसले इन्जिनियरहरुको छनौट गर्ने छ । यसका लागि आईआइटी हैदराबादका करिब ३ सय ५० विद्यार्थीको अन्तर्वार्ता उसले लिन लागेको हो । अन्तर्वार्तामा बिटेक, एमटेक, इन्जिनियरिङका विद्यार्थी छन् । यसअघि पनि गुगल, फेसबुक, माइक्रोसफ्टजस्ता बहुचर्चित कम्पनीले भारतमा अस्थायी कार्यक्रमको आयोजना गरिसकेका छन् । भारतमा बढ्दो एप्पलको लोकप्रियतासँगै ‘म्यानुफ्याक्चरिङ प्लान्ट’ लगाउने विषयमा पनि चर्चा चलिरहेको छ। एप्पल आफ्नो कर्मचारीलाई आकर्षक तलब दिनका लागि पनि विश्व चर्चित छ। कम्पनीमा काम गर्न सम्बन्धित विषयको डिग्रीको जरुरी पर्ने नै छ, यसबाहेक पनि समस्यालाई सहजै सुल्झाउन सक्ने खुबी हुनु जरुरी छ। फोब्र्स र बिजनेश इनसाइडरको रिपोर्टअनुसार एप्पलमा काम गर्ने कर्मचारीको वर्षको कमाई नै १ करोड २१ लाखदेखि १ करोड ३२ लाखसम्म छ । एप्पलमा पदअनुसारको तलब सफ्टवेयर इन्जिनियरः १ करोड ५ लाख– १ करोड २१ लाख ग्लोबल सप्लाई मेनेजरः १ करोड ३२ लाखदेखि सुरु एट होम एडवाइजरः ३७ लाख इन्जिनियरिङ प्रोजेक्ट मेनेजरः १ करोड ४५ लाख एप्पलसँग जोडिएका अन्य कुरा विश्वभरी एप्पलका १ लाख २३ हजार कर्मचारी छन् २०१६ मा एप्पलले २१ करोड १० लाख आइफोन बेचेको थियो २०१६ को रिपोर्टअनुसार एप्पलको १७ देशमा ४७५ स्टोर्स छ एजेन्सी  

बजारमा भित्रियो मोटोरोलाको स्मार्टफोनः मूल्य ३ हजार ९ सय ९५ डलर

कात्तिक २० । मोटोरोला नाम सुन्नासाथ दुई परिचय एकसाथ आउने गर्छ– ‘पहिलो मोबाइल फोन बनाउने कम्पनी’ र ‘फोल्डेबल सेट’। सन् १९७३ मा कम्पनीका इन्जिनियर मार्टिन कुपर तथा उनको टिमले संसारको पहिलो हाते सेलुलर फोन बनाएको थियो। १.१ केजी वजन भएको यो फोनबाट ३० मिनेटसम्म कुरा गर्न मिल्थ्यो भने फुल चार्ज गर्न १० घण्टा समय लाग्ने गर्थ्यो। त्यसको करिव दश वर्षपछि मोटोरोलाले नै संसारकै पहिलो व्यावसायिक फोन ‘डाइना टेएसी ८०० एक्स’ तयार पार्यो । यो सेटले ३० वटा फोन नम्बर स्टोर गर्न सक्थ्यो भने ६ घण्टाको ब्याट्री ब्याकप सहित ३० मिनेटको टक टाइम सेवा दिने गर्थ्यो । फोनको मूल्य ३ हजार ९ सय ९५ डलर राखिएको थियो। त्यस्तै सन् १९९७ मा फोल्डेबल फोन भित्र्याएपछि व्यापारले गति लियो। पुन २००४ मा ‘रेजर भी ३’ मोडलको फोन सार्वजनिक गरेपछि सोही सिरिजलाई निरन्तरता दिइयो । कम्पनीका फोल्डेबल रेजर सिरिजका फोनहरु निकै लोकप्रिय थिए । यो समयमा नोकिया, ब्ल्याकबेरी, सामसुङ जस्ता कम्पनी मोटोरोलाका बलियो प्रतिस्पर्धीका रुपमा बजारमा स्थापित भइसकेका थिए। सन् २००४ देखि २००७ सम्म फोनको व्यापार निकै आक्रामक थियो। त्यस पछिको समयमा अन्य ब्राण्डझैँ समयाअनुकुल तथा परिष्कृत प्रविधिमा फोनलाई लैजान नसक्दा लगातार घाटामा जान पुग्यो। कारण, माटोरोला मूलत हार्डवेयरमा प्रविधिमा रहेर फोन निर्माण गर्ने कम्पनी थियो तर तत्कालीन समयमा बजार भने सफ्टवेयर उन्मुख हुँदै गएको थियो । झन् २००८ मा आइफोन आएपछि भने यसले समग्र मोबाइलको परिभाषालाई बदलिदियो। आइफोनले मोबाइललाई ‘पकेट कम्युटर’ को अवधारणामा ढाल्ने काम गर्यो। आज हामीले देख्ने सबै कम्पनीका फोनहरु सोही अवधारणामा केन्द्रित छ। सन् २००७ देखि २००९ सम्म ४.३ बिलियन अमेरिकी डलरको घाटा व्यहोर्दै २१ प्रतिशत बजार हिस्सा ६ प्रतिशतमा खुम्चेपछि भने कम्पनीलाई ‘मोटोरोला सोलुसन’ र ‘मोटोरोला मोबीलिटी’ दुई कम्पनीमा विभाजन गरिएको थियो। त्यसमध्ये अब उप्रान्त एन्ड्रोइड फोन उत्पादनको जिम्मा पाएको मोटोरोला मोबीलिटीलाई सन् २०११ मा गुगलले किनेको थियो। सन् २०१४ मा पहिलो एन्ड्रोइड फोन ‘मोटो जी’ लिएर फर्केपछि भने लगभग शून्यमा रहेको कम्पनीको व्यापारले आकार लिन थाल्यो। त्यसै वर्ष चिनियाँ स्मार्टफोन तथा ल्यापटप पावरहाउस लेनोभोले किनेपछि ‘मोटो’ सिरिजमा यसै कम्पनीले नै मोटोरोलाको उत्पादन तथा विक्री गर्दै आएको छ। अमेरिका, ब्राजिल र भारत कम्पनीको मुख्य बजारहरु हुन भने यसले करिब ५ प्रतिशत हिस्सा विश्व बजारमा ओगटेको छ। नेपालमा मोटोरोला ब्राण्डको वितरण गर्ने जिम्मा लाइफकमलाई दिइएको छ। यो लेनोभो ब्राण्डको समेत आधिकारिक वितरक रहँदै आएको छ। कम्पनीले कात्तिकको पहिलो हप्ता औपचारिक रुपमा यी स्मार्टफोन नेपाल भित्र्याएको हो। हाल बजारमा ‘सी’ र ‘इ’ सिरिज मोडलका मोटोरोलाका सेटहरु सार्वजनिक गरिएको छ। एक वर्षभित्रमै प्रमुख तीन मोबाइल कम्पनीमा मोटोरोलालाई उभ्याउने लक्ष्य राखिएको मोटोरोला मोबीलिटी तथा लेनोभो मोबाइल बिजनेस ग्रुप नेपालका ‘कन्ट्री म्यानेजर’ सुधिन मथुरले बताए। उनले भने, ‘हामी जहाँ गएका छौँ, त्यहाँ ब्राण्डलाई राम्रो पोजिसनमा पुर्याएका छौँ । नेपालमा पनि हामी सोही लक्ष्य लिएर आएका छौँ ।’ उनले ‘जि’, ‘एक्स’ तथा ‘जेट’ सिरिजका मोटोरोलाका फोनहरु पनि छिटै सार्वजनिक गर्ने योजना रहेको उल्लेख गरे। हाल कम्पनीले नेपाली बजारमा ४ नयाँ बजेट फोनहरु लिएर प्रवेश गरेको छ। जसमा १० हजार ९ सय ९० रुपैयाँको मोटो सीदेखि २० हजार ९ सय ९० को मोटो इ ४ प्लससम्म अटाएका छन्। यी फोन मध्यम मूल्यका फोन खोज्ने प्रयोगकर्ता लक्षित छन्। यिनमा एक वर्षको र ब्याट्री तथा चार्जरमा ६ महिनाको वारेन्टी दिइएको छ। तर मोटोरोलालाई नेपाली बजारमा प्रतिस्पर्धा गर्न सहज नभएको विश्लेषण गर्छन् विगत १२ वर्षदेखि व्यापारमा संलग्न रहेका सागर गौतम। पुल्चोकस्थित प्राइम मोबाइल स्टोरका सञ्चालक समेत रहेका गौतमले भने, ‘प्रयोगकर्तासँग धेरै विकल्प छन्। सोही सेगमेन्टमा अन्य धेरै कम्पनीका विविध फिचर्स भएका फोनहरु पाइन्छन्। मोटोरोला किन किन्नेरु’ उनले फोनको सबल पक्षका रुपमा ब्याट्री र पर्फमेन्सलाई लिन सकिने भएपनि क्यामेरा र इन्टरनल स्टोरेज भने कमजोर भएको बताए। अहिलेको समयमा ब्याट्री मात्रैले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ। ‘ब्याट्री ब्याकप र फास्ट छ भने प्रयोगकर्ताहरुको रोजाईमा पर्न सक्छन् तर उत्कृष्ट रियर तथा सेल्फी क्यामेरा, स्ट्रङ इन्टरनल स्टोरेज लगायतका फिचर्स पनि राम्रा हुनुपर्ने प्रतिस्पर्धाका लागि मुख्य सर्त हो’ उनले भने। प्रयोगकर्ताका लागि मोटोरोलाका यी फोनले उत्साह दिन सक्नेमा आफू विश्वस्त नभएको उनले बताए। कस्ता छन् यी फोनहरुका विशेषता ? मोटो सी यो मोडल ब्राण्डको सबैभन्दा सस्तो फोन हो। यसको मूल्य १० हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। ५ इन्च टिएफटी डिस्प्ले भएको यसमा १।१ गिगाहर्ज क्वाडकोर ६४ बिट मिडियाटेक प्रोसेसर छ। एन्ड्रोइड ७ नोगट भर्सनको अपेरेटिङ सिस्टमको फोनमा १ जीबी र्याम तथा १६ जीबी क्षमताको इन्टरन स्टोरेज क्षमता छ। त्यस्तै फोनमा एलइडी फ्ल्यासहितको ५ मेगापिक्सेलको रियर ९पछाडितर्फको० र २ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। फोनमा २ हजार ३५० एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ। मोटो सी प्लस यसको मूल्य १३ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। ५ इन्च एचडी टिडिटी एलसिडी डिस्प्ले भएको फोनमा १.३ गिगाहर्ज क्वाडकोर र ६४­बिट मिडियाटेक प्रोसेसर समावेश गरिएको छ। एन्ड्रोइड ७ नोगट भर्सनको अपेरेटिङ सिस्टम भएको यस फोनमा २ जीबी र्याम तथा १६ जीबी क्षमताको इन्टरन स्टोरेज क्षमता छ। त्यस्तै फोनमा एलइडी फ्लयास्सहितको ८ मेगापिक्सेलको रियर ९पछाडितर्फको० र २ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। फोनमा ४ हजार एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ। मोटो इ ४ यसको मूल्य १६ हजार २९० रुपैयाँ निर्धारण गरिएको छ। ५ इन्च एचडी आइपिएस डिस्प्ले छ। १.३ गिगाहर्ज क्वाडकोर ६४ बिट मिडियाटेक प्रोसेसर छ। एन्ड्रोइड ७.१.१ नोगट भर्सनको अपेरेटिङ सिस्टम भएको फोनमा २ जीबी र्याम तथा १६ जीबी क्षमताको इन्टरन स्टोरेज क्षमता छ। एलइडी फ्लेयासहितको ८ मेगापिक्सेलको रियर (पछाडितर्फको) र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। ‘फास्ट चार्जिङ’ सुविधासहितको २ हजार ८०० एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ। मोटो इ ४ प्लस यसको मूल्य २० हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। २.५ कर्भड् ग्लास सहतिको ५.५ इन्च एचडी डिस्प्ले भएको फोनमा १.१ गिगाहर्ज क्वाडकोर र ६४­ बिट मिडियाटेक प्रोसेसर समावेश छ। एन्ड्रोइड ७.१.१ नोगट भर्सनको अपेरेटिङ सिस्टम भएको यसमा ३ जीबी र्याम तथा ३२ जीबी क्षमताको इन्टरनल स्टोरेज क्षमता छ। अटोफोकस, एलइडी फ्ल्यास्सहितको १३ मेगापिक्सेलको रियर (पछाडि तर्फको) र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। फोनमा फास्ट चार्जिङ सुविधाका साथ ५ हजार एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ भने फिंगरप्रिन्ट सेन्सर पनि दिइएको छ। यी सबै मोडलका फोनहरुले फोरजी सपोर्ट गर्छन्।

चिनियाँ इन्टरनेट चलाउने तयारी अन्तिम चरणमा

काठमाडौं, कात्तिक १५ । अन्तिम तयारी भइसकेको नेपाल चीन जोड्ने स्थल केबुल मार्ग (ईन्टरनेट) को व्यवसायिक संचालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ । गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो । नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै टेलिकमले चाइना टेलिकमलाई व्यवसायिक थालनी गर्न गत हप्ता पत्राचार गरेको टेलिकमका सहप्रबक्ता सोभन अधिकारीले बताए । नेपालले चाइना रुटको व्यवसायिक सुरुवात गर्न चाइना टेलिकमले पनि तयारी पूरा भएको जानकारी सहित स्वीकृति दिनुपर्नेछ । यही स्विकृतीका लागि टेलिकमले पत्राचार गरेको हो । रुटको काम सकिएर त्यसको टेस्टिङ भइरहेको छ । टेस्टिङपछि त्यसलाई व्यवसायिक सुरुवात गर्न लागिएको हो । रि रुट गरेर अन्तिम तयारी गरेको टेलिकमले कार्तिकको तेस्रो सातासम्ममा व्यवसायिक सुरुवात गर्ने समयसीमा तोकेको थियो । –नागरिक दैनिकबाट

एनसेलले थप्यो करिब ५ सय थ्रिजी टावर

काठमाडौं, कार्तिक १३ । मोबाइल सेवा प्रदायक एनसेलले एक वर्षको अवधिमा झण्डै ५ सय टावर थप गरी आफ्नो थ्रिजी सेवा विस्तार गरेको छ । यसका साथै कम्पनीको कुल थ्रिजी मोवाइल टावरको संख्या २, २१५ पुगेको एनसेलको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले जनाएको छ । आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (जनवरीदेखि जुन) को प्रतिवेदन अनुसार, एनसेलले जुलाई २०१६ देखि जुन २०१७ सम्मको अवधिमा थप ४८० वटा थ्रिजी टावर संचालनमा ल्याएको छ । एनसेलले थ्रिजी सेवा सात वर्ष अगाडी संचालनमा ल्याएको थियो र गतवर्ष जुन सम्ममा १,७३५ टावर जडान गरी सेवा प्रदान गरी रहेको थियो । पछिल्लो समयमा एनसेलले फोरजीलाई शहर र थ्रिजीलाई ग्रामिण र दुर्गम स्थानहरुमा व्यापक रुपमा विस्तार गर्ने बताउदै आएको छ। सरकारले प्रविधि तटस्थताको अनुमति दिए पछि एनसेलले ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी सन् २०१८ को अन्त्य सम्ममा देशको कुल जनसंख्याको ६० प्रतिशतमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पु¥याउने बताएको छ । एनसेलले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार कम्पनीको थ्रिजी सेवा ३० प्रतिशत भन्दा बढि जनताको पहुँचमा पुगिसकेको छ । आफुले पाएको प्रविधि तटस्थताको अनुमति अन्र्तगत एनसेलले १ करोड ७० लाख भन्दा बढि नेपाली नागरिकमा थ्रिजी इन्टरनेट सेवाको लाभ प्रदान गर्ने र यी लक्ष्यहरु प्राप्तिका लागि आवश्यक स्रोतहरु, प्रविधि हस्तान्तरण तथा पुर्वाधार निर्माणका लागि रु ३० अर्ब सम्मको लगानी प्रतिबद्धता जाहेर गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, एनसेलको कुल इन्टरनेट प्रयोगकर्ताको संख्या गत आर्थिक वर्षको अन्त्य सम्ममा ७४ लाख ७ हजार पुगेको छ । पछिल्लो केही वर्ष यता मोवाइलको प्रयोगकर्ता बढेसँगै वायरलेस अर्थात मोवाइल इन्टरनेट सेवाको माग र खपत उल्लेख्य रुपमा बढेको छ । एनसेलका अनुसार, थ्रिजी सेवाको विस्तार पश्चात दुर दराजमा रहेको १,००० भन्दा बढि ग्रामिण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुग्नेछ । विश्व बैंकले गरको एक अध्ययन अनुसार, मोबाइल ब्रोडब्याण्डमा पहुँचले तत्काल आर्थिक वृद्धिदर बढाउन मद्दत गर्दछ । ब्रोडब्याण्ड जनघनत्वमा प्रत्येक १० प्रतिशत विन्दुको वृद्धिले आर्थिक वृद्धिदरलाई १.३८ प्रतिशत विन्दुले बढाउने विश्व बैंकको तथा अन्य अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् ।

स्मार्ट टेलिकमले सुरु गर्यो फोरजी सेवा

काठमाडौं, कार्तिक १२ । आइतबारदेखि स्मार्ट टेलिकमले पनि फोरजी सेवा सुरु गरेको छ । पहिलो चरणमा काठमाडौँ उपत्यका र पोखरा क्षेत्रबाट फोरजी मोबाइल फोन सेवा सुरु गरेको कम्पनीले जनाएको छ । अन्य स्थानहरुमा पनि छिटै फोरजी सेवा विस्तार गर्ने कम्पनीको योजना छ । उपत्यकामा कम्पनीले १५० वटा बिटिएस टावरबाट सेवा संचालन गर्न लागेको स्मार्टले फोरजी सेवा संचालन गर्नका लागि १८०० मेगाहर्ज ब्याण्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी लिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । सन् २००८मा स्थापना भएको स्मार्ट टेलिकमको ग्राहक संख्या १३ लाख पुगेको छ । सन् २०१० देखि जिएसएम मोबाइल सेवा समेत संचालन गरिरहेको छ । कम्पनीले ३४ जिल्लाहरुमा सेवा प्रदान गरिरहेको जानकारी दिएको छ । यसअघि नै नेपाल टेलिकम र एनसेलले फोरजी सेवा संचालन गरिसकेका छन् । बैंकिङखबरबाट साभार

भारतीय कम्पनीले छाप्दैछ सात लाख ५० हजार नेपाली स्मार्ट लाइसेन्स

काठमाडौं, असोज ३१ । सरकारले सात लाख ५० हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) कार्ड छपाइको जिम्मा भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट्सलाई दिएको छ । यातायात व्यवस्था विभागले आगामी असार मसान्तसम्म कार्ड उपलब्ध गराउनुपर्ने सर्तसहित सोमबार मद्राससँग सम्झौता गरेको अन्नपूर्ण पोस्टमा खबर छ । प्रतिस्मार्टकार्ड शून्य दशमलव ९६ डलर अर्थात एक सय नेपाली रुपैयाँमा उपलब्ध गराउने गरी सम्झौता गरिएको विभागकाा महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । अन्तराष्ट्रिय ग्लोबल टेन्डरमा सहभागी चार कम्पनीमध्ये सबैभन्दा सस्तोमा कार्ड छाप्ने कबोल गरेको मद्रास प्रिन्ट्सलाई सात लाख ५० हजार कार्ड छपाइको जिम्मा दिएको उनले बताए ।

इन्टरनेट विस्तारका लागि संकलित रकम परिचालन हुन सकेन

म्याग्दी, असोज २० । म्याग्दीका सबै बस्तीमा अत्याधुनिक सूचना प्रविधिको पहुँच पु¥याउने योजनाका लागि प्रवासीले संकलन गरेको लाखौँ रकम परिचालन हुन सकेको छैन । लगानीको अभावमा कतिपय विकास आयोजना अलपत्र परिरहेको अवस्थामा जिल्ला समन्वय समिति (तत्कालीन जिविस) मार्फत अघि बढेको योजना कार्यान्वयन नहुँदा प्रवासी म्याग्देलीले जुटाएको रकम परिचालन हुन नसकेको हो । नेपालमै नमूनाको रुपमा म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजनाका लागि सहयोग जुटाउन विसं २०७२ फागुनमा तत्कालीन जिविस र प्रवासी नेपाली म्याग्देली संघ ९मोना० बीच लगानी जुटाउने सम्झौता भएको थियो । सम्झौताअनुसार विश्वका विभिन्न देशमा रहेका म्याग्देलीमार्फत रु ८० लाख सहयोग जुटाइए पनि योजना कार्यान्वयन अघि नबढ्दा संकलित रकम परिचालन हुन नसकेको मोनाका अध्यक्ष योगेन्द्र क्षत्रीले बताए । योजना कार्यान्वयन हुन नसकेपछि संकलित रकम सम्बन्धित देशमा रहेका मोनाकै खातामा थन्किएको र सहयोग संकलन अभियान स्थगित भएको उनले बताए । रु चार करोड लागत अनुमान गरिएको योजनाका लागि जिससले नेपाल दूरसञ्चार प्राधिकरण कोष र म्याग्दी प्रवासी नेपाली संघ (मोना) लाई प्रस्ताव गरेको थियो । कोषबाट कुल लागतको ५० प्रतिशत खर्च सहयोग हुने आशयपत्र प्राप्त भएपछि जिसस र मोनाबीच आर्थिक स्रोत जुटाउने सम्झौता भएको थियो । योजना कार्यान्वयनकै क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी लगानीमा देशका सबै जिल्लामा अप्टिकल फाइबर पुर्याउने नीति लिएपछि अघि बढ्न नसकिएको जिससले जनाएको छ । जिल्लाव्यापी रुपमा इन्टरनेट विस्तारका लागि तार जडित र ताररहित दुवै प्रविधिलाई उपयोगमा ल्याइने र विद्यालय, स्वास्थ्य संस्था, गाविसलगायतका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने गरी सर्वेक्षणसमेत भएको थियो । इन्टरनेट विस्तार योजनाका लागि संकलित रकम कुन क्षेत्रमा परिचालन गर्ने भन्ने विषयमा मोनाको आगामी महाधिवेशनमा छलफल गरी निर्णय लिइने संस्थाका महासचिव घनश्याम शाहीले बताए ।

वाइफाई सेवा प्रारम्भ

दाङ, असोज १९ । घोराही उपमहानगरपालिकाले बुधबारदेखि घोराही बजारमा फ्री वाइफाई सेवा प्रारम्भ गरेको छ । वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम तुलसीपुर चोकमा जडान गरिएको फ्री वाइफाई सेवा सबैले उपभोग गर्न सक्नेछन् । उच्च क्षमता रहेको वाइफाईले २०० मिटर आसपाससम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा जडान गरिएको उपमहानगरका सूचना अधिकृत प्रेम केसीले जानकारी दिए । इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ड लिंकसँगको समन्वयमा वाइफाई जडान गरिएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए ।