टर्कीमा पनि विकिपिडिया प्रतिबन्ध

वैशाख १६ । टर्की सरकारले अनलाइन विश्वकोष अर्थात विकिपिडियामा प्रतिवन्ध लगाएको छ । यसअघि चीन र रुसमा भने विकिपिडिया प्रतिबन्ध लगाइएको छ । टर्कीमा भने स्पष्ट कारण नखुलाई त्यहाँको सरकारले विकिपिडियामा प्रतिबन्ध लगाएको हो ।

यसअघि पनि पटकपटक फेसबुक, ट्वीटर, युटुव र विकिपिडिया चलाउन रोक लगाइएको थियो । सरकारको आदेशपछि टर्कीको राजधानी इस्तानवुलका नागरिकले भर्चुअल प्राइभेट नेटवर्क भिपिएनको प्रयोग नगरी विकिपिडिया खोल्न सक्ने छैनन् ।

सरकारको यो निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरोधमा रहेको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ ।

सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने यस्तै निर्णयका कारण प्रेस स्वतन्त्रताको सुचकांकमा टर्की १ सय ८० देशमध्ये १ सय ५५ औं स्थानमा छ ।

एनसेलले ल्यायो नयाँ डेटा प्याक, दुई गुणा भोल्युमको डे प्याक तथा चार गुणा भोल्युमको नाइट प्याक

काठमाडौं, वैशाख ८ । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिमअन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ, जसअन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन् । नयाँ डेटा प्याकहरु यहि वैशाख ७ देखि लागु भएको छ । इन्टरनेट सबैका लागि थिमअन्तर्गत यसअघि ल्याइएको अफर समाप्त भएलगतै ल्याइएको यो योजनाअन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब न्युनतम ६ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजा लिन सक्नेछन् । ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकताअनुसार जति पटक पनि खरिद गर्न सक्छन् । अल टाइम डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले रु १० मा २५ एमबि, रु २० मा ६० एमबि, रु १०० मा ३०० एमबि, रु १५० मा ६०० एमबि र मात्र रु २५० मा १२०० एमबि डेटा खरिद गर्न सक्नेछन् । डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोही मूल्यमा अलटाइम डेटा प्याकभन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् । अर्थात् डे डेटा प्याकअन्तर्गत ग्राहकले मात्र रु २५० मा २४०० एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै नाइट प्याकअन्तर्गत ग्राहकले रु २५० मा ४८०० एमबि डेटाको मजा लिन सक्नेछन् । यसरी डे डेटा प्याकअन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । ३०० एमबि, ६०० एमबि र १२०० एमबि का प्याकहरुको समयावधि ३० दिन रहेको छ र २५ एमबि र ६० एमबि का प्याकको समयावधि ३ दिनको रहने छ । ‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामीले डेटा शुल्कलाई थप परिमार्जित गर्दै र अझ सुलभ बनाउँदै यो अफर ल्याएका छौ । यो अफरले बढी भन्दा बढी ग्राहकमा इन्टरनेट सेवाको पहुच पुर्याई त्यसबाट लाभ लिन मद्दत पुर्याउने विश्वास छ,’ एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने । एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । उल्लेखित शुल्कहरु सबै कर सहित हुन् । यो अफर ९० दिनको लागि मान्य हुनेछ ।

एसईई परीक्षार्थीका लागि एनसेलको नयाँ अफर

काठमाडौं, २० चैत । एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि एनसेलले नयाँ अफर ल्याएकाे छ । ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् । यो योजना आइतबारदेखि लागु हुने छ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् । यो योजना परीक्षार्थीले सिम खरीद गरी ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरे पछि बिना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्ने एनसेलले जनाएको छ । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ । ‘‘एसईई २०७३ को परीक्षार्थीहरुका लागि यो विषेश अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई आशा छ यो अफरले परीक्षार्थीहरुको सञ्चार सेवाको आवश्यकतालाई संवोधन गर्ने छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागि मान्य रहनेछ ।

सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं, चैत १७ । सामसुङ कम्पनीले अत्याधुनिक सुविधासहित नयाँ मोडल ‘ग्यालेक्सी एस ८’ र ‘एस ८ प्लस’ सार्वजनिक गरेको छ । संसारकै शक्तिशाली १० एनएम मोबाइल चिपसेट जडान गरिएको एन्ड्रोइड ७ भर्सनको अत्याधुनिक सुविधासहित नयाँ मोबाइल बुधबार सार्वजनिक गरिएको हो । कम्पनीका उपाध्यक्ष रोर्रे ओनिलले नयाँ मोडलको फोन बनाउन करिब ३११ अर्ब रुपैयाँ (३ अर्ब अमेरिकी डलर) खर्च भएको बताएका छन् । यस्ता छन् विशेषताहरु धेरै समयको उत्सुकतापछि कम्पनीले ‘आइफोन ७’कै आकारको डिस्प्लेमा आँखा, अनुहार र औंलाले ‘अनलक’ गर्न सकिने अत्याधुनिक विशेषतासहित परिमार्जित गरी नयाँ मोडल सार्वजनिक गरेकोे हो । कम्पनीकाअनुसार दुबै फोनमा एउटै विशेषतासहित एस ८ मा ५.८ इन्च र एस ८ प्लसमा केहि ठूलो ६.२ इन्चको क्यार्ड एचडी प्लस २९०० ८१४४० पी, ५७० पीपीआइ डिस्प्ले राखिएको छ । दुबै फोनमा प्रयोकर्ताको आँखाबाट फोन खुल्न सकिने र व्यक्तिगत बटमसहितको विशेषता रहेको छ । यी दुबै फोनको डिस्प्ले घुमाउरो धार भएकोले चारैपट्टीबाट आँखाको सहायताले अनलक गर्न सकिनेछ । कम्पनी यसलाई जताबाट पनि प्रयोग गर्न सकिने डिस्प्ले भनेको छ । यस डिस्प्लेले उच्च गुणस्तरको भिडियोसमेत सपोर्ट गर्नेछ । यी दुबै फोनलाई ३० मिनेटसम्म १.५ मिटर अर्थात् पाँच फिट गहिराइमा पानीमा राख्दा पनि असर नगर्ने कम्पनिको दाबी छ । डिस्प्लेमा सजिलै फिंगर स्क्यान गरी फोन लक–अनलक गर्न सकिने र फोनले प्रयोगकर्ताको अनुहारसमेत पहिचान गर्नसक्ने भएकोले सुरक्षित र गोप्यतासमेत कायम हुने कम्पनीको भनाइ छ । यदि प्रयोगकर्ताले आफ्नो व्यक्तिगत होम बटम हराए उनीहरुले डिस्प्लेको भित्र छुट्टै जडान गरिएको होम बटम सक्रिय गरेर प्रयोग गर्न सक्नेछन् । त्यस्तै, प्रत्येक व्यक्तिको आँखालाई फोनले पढ्नसक्ने भएकोले आँखाको रेटिना स्क्यान गरेर पनि आधिकारिकता पहिचान गर्नसक्ने अत्याधुनिक विशेषता रहेको छ । यदि दुईओटा फोनको एउटै अनलक प्याट्रन छ तर आँखा स्क्यान गर्दा मेल खाएन भने फोन नखुल्ने कम्पनीले उल्लेख गरेको हो । दुबै फोनको अगाडिको क्यामेरा १२ मेगापिक्सल र पछाडि ८ मेगापिक्सलको रहेको छ । फोनले प्रत्येकपटकमा तीनओटा फोटो खिच्नेछ । त्यसमध्ये मुख्य फोटोमा नमिलेको ठाउँ (सफा नआएको ठाउँ)मा बाँकी दुईओटा फोटोको सहायताबाट एउटा राम्रो फोटो तयार गरेर ग्यालरीमा पठाउने विशेषतासमेत यसमा राखिएको छ । दुबै फोनमा ४ जीबी र्‍याम र आन्तरिक मेमोरी ६४ जीबी रहेको छ भने दुबै फोनले २५६ जीबी बाह्य मेमोरीकार्ड सपोर्ट गर्दछ । एस ८ मा ब्याट्रीको क्षमता ३००० एमएएच रहेको छ भने एस ८ प्लसमा ३५०० एमएएच रहेको छ, जुन निरन्तर १२ घन्टासम्म चलाउन सकिन्छ । यस फोनलाई कम्प्युटरसँग जोडेर किबोर्ड, माउस र वेबक्यामको सट्टा प्रयोग गर्न सकिने विशेषता रहेकोे कम्पनीले उल्लेख गरेको छ । दुबै फोनमा एक्र्सनस अक्टा कोर २.३ प्लस १.७ गिगाहर्ज क्वार्ड १० एनएम एसओसी प्रोसेसर प्रयोग गरिएको छ । कम्पनीकाअनुसार दुबै फोनको तौल १५५ ग्राम रहेको छ । कम्पनिले बिहीबारदेखि प्रीअर्डर सुरु गरेर आगामी अप्रिलसम्म बजारमा पठाउने उल्लेख गरेको छ । विभिन्न रङहरु कालो, खैरो, सेतो, सिल्भरमा उपलब्ध हुने फोनको अन्तर्राष्ट्रिय बजार मूल्य एस ८ को करिब ७७ हजार ८ सय ९८ रुपैयाँ (७५० अमेरिकी डलर) र एस ८ प्लसको करिब ८८ हजार २ सय ८४ रुपैयाँ (८५० अमेरिकी डलर) राखिएको छ ।

साओमीको एमआई नोट –२ नेपालमा

काठमाडौं, चैत ११ । साओमीले आफ्नो उत्पादनमा असाधारण प्रविधियूक्त प्रिमियम फोनको रुपमा एमआई नोट–२ नेपालमा भित्र्याएको छ । शारदा गुप्र अन्तर्गतको वत्सलइम्पेक्स प्रालिले नेपालमा बिक्री वितरण गरिरहेको साओमीको एमआई नोट–२ नेपाल भित्र्याएको हो । अग्र भागको दुई साइडमा कर्भ विषेशता रहेको यस फोनमा ५.७ इन्च एलइडी डिस्प्ले रहेको छ । ६ जिबी र्‍याम र १२८ जिबी रोम रहने यस एमआई नोट–२ मा २२.५६ मेगापिक्सलको रेयर र ८ मेगापिक्सलको अटो फोकस फ्रन्ट क्यामेरा रहेको छ । एमआई नोट–२ का लागि चैत १५ गते सम्म बुकिङ गर्न सकिने कम्पनीले बताएको छ । यो फोनको मूल्य ७६ हजार ९ सय ९९ रूपैयाँ रहेको छ । साओमीका स्मार्टफोन र विभिन्न इलेक्ट्रोनिक सामाग्रीहरुको लागि आधिकारीक अनलाईन स्टोरको रुपमा xiaominepal.com.np  छ ।

नेपाल आउँदै भारतीय गुगल ब्वाई

काठमाडौं, चैत १० । अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित बिहीबार नेपाल आउने भएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो । उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् । कौटिल्य भर्खर नौ बर्षका भए । उनको स्मरणशक्ति बेजोडको छ । अरु बालकझैं खेल्ने उमेरका कौटिल्य भने विश्वमा आफ्नो अद्भूत क्षमताका कारण चर्चित छन् । उनलाई विश्वका अधिकांश कुराको ज्ञान छ । उनी आफ्नो देशको बारेमा, अन्तरिक्षको बारेमा र यस संसारमा भएका सबै चीजबारे जानकारी राख्छन् । उनलाई ल्याएर प्रस्तुत गरिने कार्यक्रमबाट नेपालले धेरै चीजको लाभ लिन सक्ने आयोजक हाइल्यान्ड इन्टरटेनमेन्टका अध्यक्ष सुदर्शन गैरापिप्लेले बताए । नेपाललाई विश्वसामु चिनाउन कौटिल्यबाट ठूलो टेवा पुग्ने उनको दावी छ । उनी बिहीबार नै राजधानी आइ पुग्नेछन् । उनले भोली पशुपतिनाथको पूजा आराधना गर्नेछन् । कौटिल्यलाई उनको प्रतिभाको कदर गर्दै भारतको हरियाणा सरकारले १० लाख रुपैयाँको पुरस्कार दिएको थियो । उनलाई पूर्वमुख्य मन्त्री भुपेन्दरसिंह हूडाले उक्त पुरस्कार प्रदान गरेका थिए । त्यतिखेर उनलाई दिइएको प्रमाणपत्रमा भएको गल्ती कौटिल्यले औंल्याएका थिए । काशी विद्वान परिषदले उनलाई बाल मनिषीको पदवी दिएको थियो । उनी ५ वर्षको उमेरमै भारतीय नायक अमिताभ वच्चनले संचालन गरेको कौन बनेगा करोडपतिमा सहभागी हुने अबसर पाएका थिए ।

बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइन्छ

काठमाडौं, फागुन  १० ।  बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइने भएको छ । बोल्दाबोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउनेजाने भइरहनेजस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वर्षौंदेखिका गुनासा अझै छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो कल बापतको पैसा फिर्ता गर्ने नियमावली र प्रविधि लागू गर्न गृहकार्य थालिएको, दूरसञ्चार प्राधिकरणले दिएको छ । “पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्यामा अझै सुधार हुन सकेको छैन । अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्तिसम्बन्धी प्रावधान छैन, त्यसैले अब हामी नयाँ नियमावली बनाउँदैछौँ । त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राख्दैछौँ”, प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले जानकारी दिए । उनले तोकिएको मापदण्ड पूरा नभएको बारेमा प्राधिकरणलाई वेबसाइट र मोबाइल एप (एनटीए) बाट गुनासो र उजुरी गर्न सकिने बताए । “पहिला सेवाग्राहीले हामीलाई तथ्यपरक गुनासो गर्नुपर्छ, त्यसपछि हामी एक÷एक गरी कारबाही गर्छौं, कसैलाई छाड्दैनौँ”, उनले भने । सूचना तथा सञ्चार मन्त्रालयले एक महिनाअघि दूरसञ्चार नीतिको समीक्षा गर्दा प्राधिकरणलाई दूरसञ्चारको गुणस्तर सुधार गर्न यससम्बन्धी मापदण्ड र कार्यविधि बनाउन निर्देशन दिएपछि प्राधिकरणले नयाँ गुणस्तर नियमावली बनाउन थालेको हो । सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले उपभोक्ताको गुनासो सम्बोधन गर्ने उद्देश्यका साथ क्षतिपूर्तिको व्यवस्था गर्न लागिएको बताए । उनले सेवाग्राहीलाई दूरसञ्चार सेवाको गुणस्तर प्रत्याभूत गराउने उद्देश्यका साथ क्षतिपूर्तिसहितको नयाँ व्यवस्था गर्न नयाँ नियमावली बनाउन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको उल्लेख गरे । प्राधिकरणले कानुनी रूपमा सेवा प्रदायकसँग क्षतिपूर्ति लिने अधिकार अहिलेको विनियमावलीमा नभएकाले परिवर्तन गरी नयाँ नियमावलीको तयारी प्राधिकरणले गरेको छ । नियमावलीमा भ्वाइस तथा डाटाको गुणस्तर कायम गर्नुपर्ने तथा नभएको अवस्थामा सेवाग्राहीलाई क्षतिपूर्तिको व्यवस्थालगायत विषय उल्लेख गरिनेछ । दूरसञ्चार सेवा प्रदायकले आफ्नो प्रतिबद्धता अनुसार सेवा नदिएको गुनासो उपभोक्ताबाट धेरै आएपछि नियमावली तयार गर्न लागिएको हो । नियमावलीको मस्यौदा तयार भएपछि प्राधिकरणको बोर्डले अनुमोदन गरेर मन्त्रालयमा पठाउने र त्यसपछि मन्त्रीस्तरीय बैठकले मस्यौदा स्वीकृत गरेपछि नियमावली लागू हुनेछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आर्थिक विकास तथा प्रशासनिक केन्द्र (सेडा)ले करिब पाँच वर्षअघि काठमाडौँ, पोखरा, विराटनगर र नेपालगन्जमा गरेको अध्ययनमा सेवा प्रदायकको गुणस्तर ‘सामान्य र कामचलाउ’ मात्र देखिएको जनाएको थियो । सेडाको प्रतिवेदनअनुसार सेवाको गुणस्तर तुलनात्मक रूपमा सुधार नभएको, अधिकांश स्थानमा सेवा नराम्रो देखिएको र तोकिएको मापदण्ड पूरा नभएको पाइएको छ । तर, सेडाले गरेको अध्ययनपश्चात् कुन सेवा प्रदायकको कस्तो गुणस्तर छ भन्ने कुराको स्वतन्त्र सर्वेक्षण हालसम्म हुन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ९० प्रतिशत फोन डायल गर्नासाथ लाग्नुपर्ने र एउटा निकायबाट अर्कोमा फोन गर्दा हुने जाम (प्वाइन्ट अफ इन्टरकनेक्सन कन्जेक्सन) एक प्रतिशत मात्रै हुनुपर्ने सर्त प्राधिकरणले तोकिदिएको छ । यस्तै ‘सर्भिस एक्सेस डिले रेट’ १५ सेकेन्डभन्दा कममा हुनुपर्ने, ‘कल कम्प्लिसन रेट’ ४५ प्रतिशतभन्दा धेरै हुनुपर्ने, ‘कल क्वालिटी रेट’ ९० प्रतिशतभन्दा धेरै हुनुपर्ने र ‘कल ड्रप रेट’ तीन प्रतिशतभन्दा कम हुनुपर्ने ‘बेन्चमार्क’ कायम गरे पनि यो सीमा नाघेर कम्पनीले सेवा दिइरहेको सेवाग्राहीको गुनासो छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

दुई नयाँ स्मार्ट फोन सार्वजनिक गर्ने तयारीमा नोकिया

नोकिया ब्राण्डको स्वामित्व लिएको कम्पनी एचएमडी ग्लोबलले नोकियाका थप दुई नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । नयाँ स्मार्टफोनको नाम नोकिया सेभेन र नोकिया एट हुने बताइएको छ । दुबैमा नोकिया सिक्समा भन्दा शक्तिशाली स्पेसिफिकेसन्स हुनेछन् । नोकिया पावर युजर नामक वेबसाइटका अनुसार स्मार्टफोन्स मिड रेन्ज सेगमेन्टमा दुुबै स्मार्टफोन लञ्च गर्ने तयारी छ । नोकिया सेभेन र एट दुुबैमा क्वालकोम स्नापड्रागन ६६० प्रोसेसर हुनेछ । पहिलोको डिस्प्ले रिजोलुसन फूुल एचडी १०८० गुुणा १९२० पिक्सेल हुनेछ भने अर्कोको क्वाड एचडी १४४० गुणा २५६० पिक्सेल हुनेछ । रिपोर्ट अनुसार दुबै स्मार्टफोनमा मेटल बडी हुनेछ । क्यामराको डिजाइन फरक रहनेछ । दुबैमा फास्ट चार्जिङ टेक्नोलोजीको प्रयोग हुनेछ । दुुबैमा फिंगरप्रिन्ट सेन्सर रहनेछ । दुबै स्मार्टफोनमा क्यामरा पनि उत्कृष्ट रहनेछ । नोकिया एटमा कार्ल जेसिस लेन्स हुनसक्नेछ । एचएमडी ग्लोबलले अहिलेसम्म नोकिया थ्री, नोकिया फाइभ र नोकिया सिक्स लन्च गरिसकेको छ । र अब उसले आफ्नो फ्लागसिप स्मार्टफोन पनि लञ्च गर्नेछ । एप्पल, गुगल तथा सामसुुंगको ट्रेण्ड फलो गर्दै उसले फ्लागसिपलाई २ भेरिएन्टमा प्रस्तुत गर्नेछ । फ्लागसिप डिभाइसमा क्वालकोम स्नापड्रागन ८३५ प्रोसेसर हुनेछ । एउटामा ४ जिबी तथा अर्कोमा ८ जिबीको र्याम हुनेछ । नोकिया एटमा डुुअल ब्याक क्यामरा सेटअप हुनेछ । जसमा एउटा सेन्सर क्यामरा २३ मेगापिक्सेलको हुनेछ । नोकिया एटको मूल्य ४५ सय युआन अर्थात् झण्डै ६८ हजार रुपैयाँ तथा नोकिया सेभेनको मूल्य ४ हजार युआन अर्थात् ६० हजार रुपैयाँ हुनसक्ने बताइएको छ । एजेन्सीको सहयोगमा

एनसेलको लाभकर विषयमा लेखा समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौँ, चैत ३ । संसद्को सार्वजनिक लेखा समितिले एनसेल खरिद बिक्रीबापत राज्यले पाउनुपर्ने पुँजीगत लाभकरका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएको छ । लेखा समितिको आजको बैठकले दुरसञ्चार सेवा प्रदायक एनसेलको स्वामित्व परिवर्तन हुँदा राज्यलाई तिनुपर्ने लाभकरका विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव गएकोबारे प्रधानमन्त्रीको धारणा माग्ने निर्णय गरेको हो । समितिको बैठकमा आज उपस्थिति हुनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेलको विषयमा मन्त्रिपरिषद्ले निर्णय नगरेको तर एनसेलका तर्फबाट आएको निवेदनका विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल गर्नुभएको बताउनुभयो । बैठकमा अधिकांश सांसदले मन्त्रिपरिषद्मा सिधै निवेदन कसरी पुग्यो भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुपर्नेे माग गरेपछि बैठक प्रधानमन्त्रीसँग समय लिएर छलफल गर्ने निष्कर्षमा पुगेको समितिका सभापति डोरप्रसाद उपाध्यायले बताउनुभयो । अर्थमन्त्री महराले बैठकमा भन्नुभयो, “एनसेलले तिर्नुपर्ने लाभकरका विषयमा क्याविनेटमा प्रस्ताव आएको छैन, कुनै निर्णय भएको छैन, ठाडो प्रस्ताव पनि लगिएको छैन, निवेदन भने प्रस्तुत भएको हो ।” एनसेलको स्वामित्व हस्तान्तरण हुँदा तिर्नुपर्ने करलाई कुनै पनि सर्तमा नछोडिने उल्लेख गर्दै अर्थमन्त्री महराले न्यायसङ्गत रुपमा कर असुल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफूप्रति शङ्का नगर्न पनि संसद् समक्ष आग्रह गर्नुभयो । राज्यले पाउनुपर्ने करलाई चाँडो असुल्न आफूले सम्बन्धित कर कार्यालय एवम् कर अधिकृतलाई एक साताभित्र उक्त विषयको टुङ्गो लगाउन निर्देशन दिएको उहाँले समितिलाई जानकारी गराउनुभयो । बैठकमा बोल्ने अधिकांश सांसदले एनसेलको स्वामित्व हस्तान्तरण हुँदा राज्यले पाउनुपर्ने कर छुट दिइन्छ कि भन्ने चिन्ता व्यक्त गर्नुका साथै चाँडो निर्णयमा पुग्नुपर्नेमा जोड दिनुभएको थियो । बैठकमा सहभागी राजस्व सचिव राजन खनालले स्वामित्व हस्तान्तरण हुँदा राज्यले पाउनुपर्ने करका विषयमा विज्ञ समूह बनाएको जानकारी दिँदै चाँडै निर्णय हुने विश्वास दिलाउनुभयो ।

‘स्मार्टफोन’ प्रयोग गर्नेलाई ‘स्मार्ट ज्याकेट’

काठमाडौं, चैत २ । तपाइँ स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने अब स्मार्ट ज्याकेट पनि लगाउन पाउनुहुने छ । संसारकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगल र लिभाइज कम्पनी मिलेर अत्याधुनिक सुविधासम्पन्न ‘कनेक्टेड स्मार्ट ज्याकेट’ बनाउँदैछन् । यसै वर्षको अन्त्यसम्म गुगलले ‘ज्याक्कुयार्ड प्रोजेक्ट’ मार्फत् स्मार्टफोनमा उपलब्ध सुविधासहित स्मार्ट ज्याकेट बजारमा ल्याउन लागेको हो । कनेक्टेड स्मार्ट ज्याकेट एक प्रकारको आर्टिफिसियल इन्टेलिजेन्स इलेक्ट्रोनिक्स प्रविधिमा आधारित रहेको गुगलले उल्लेख गरेको छ । ‘कन्डक्टिभ फाइबर’ प्रयोग गरिएको धागोबाट बनाइएको कपडाबाट ज्याकेट सिलाइएको छ । ज्याकेटलाई ब्लुटुथमार्फत् स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ । आफ्नो गोजीबाट मोबाइल नझिकिकन सजिलै कुराकानी गर्न सकिने उक्त ज्याकेटमा सेन्सरसहितको टचस्क्रिन प्रयोग गरएको छ । धुनसमेत मिल्ने स्मार्ट ज्याकेट फोनमात्र नभइ अरु प्रविधिहरुसँग पनि जोड्न सकिने गुगलले उल्लेख गरेको छ । गुगल ज्याक्कुयार्ड प्रोजेक्टकाअनुसार ज्याकेटमार्फत् अनलाइन बस्न मिल्ने, भिडियो तथा फोटो खिच्न मिल्ने, विभिन्न एप्लिकेसन चलाउनसमेत मिल्ने सुविधाहरु राखिएको छ । गुगलले यस स्मार्ट ज्याकेटको प्रतिज्याकेट मूल्य ३५० अमेरिकी डलर तोकेको छ ।

होलीको बेला स्मार्टफोन जोगाऔं

काठमाडौं, फाल्गुन २८ । होली खेल्दा आफ्नो स्मार्टफोनलाई खल्तीमा राख्नुहुँदैन । यसका लागि बजारमा प्रचलित विभिन्न सुरक्षित सामग्रीहरू प्रयोग गर्न सकिन्छ । जिपलक स्मल पकेट क्यारी ब्याग आफ्नो स्मार्टफोन सुरक्षित राख्न जिपलक भएको सानो क्यारी ब्याग प्रयोग गर्न सकिन्छ । यसले आफ्नो स्मार्टफोनलाई भिज्नबाट जोगाउँछ । धेरै हार्ड वा सफ्ट ब्याग प्रयोग गर्नुहुँदैन । रबर कभर होली खेल्न प्रयोग गरिने बेलुनलाई नै स्मार्टफोन कभरका रूपमा प्रयोग गर्न सकिन्छ । आफ्नो स्मार्टफोनलाई त्यही बेलुनमा राखेर माथितिर बलियो धागोले बन्द गरे यसले स्मार्टफोनलाई पानीबाट जोगाउनुका साथै स्मार्टफोन स्क्र्याच हुने वा बिग्रिने सम्भावनाबाट मुक्ति मिल्छ । वाटरप्रुफ केस मोबाइल केस वा कभर खरिद गर्दा जहिले पनि वाटरप्रुफ खरिद गर्नुपर्छ । यसलाई होलीमा मात्र नभै पानी परेको वा अन्य अवस्थामा समेत प्रयोग गर्न सकिन्छ । पुरानो फोनको प्रयोगः होलीमा अलि कम मूल्यको पुरानो फोन पनि प्रयोग गर्न सकिन्छ । त्यसो भए कदाचित् फोन बिग्रिहाले पनि ठूलो नोक्सान हुँदैन भने फोन गर्न र फोटो खिच्न समेत सकिन्छ । मल्टिपल डिभाइस प्रयोग नगरौं होलीमा सकेसम्म बढी डिभाइस प्रयोग गर्नुपर्छ । जति सकिन्छ, कममात्र डिभाइस प्रयोग गर्ने हो भने ती डिभाइस बिग्रने सम्भावना पनि कम हुन्छ । यसैगरी होली खेल्दा विभिन्न सावधानी अपनाउनु आवश्यक छ । डिभाइसलाई सुरक्षित राख्न निम्न उपाय अपनाउन सकिन्छ – होली खेल्न जाँदा टाइट कपडा लगाउनु हुँदैन । यदि टाइट कपडा लगाइयो र आफ्नो स्मार्टफोन खल्तीमा छ भने भिज्ने सम्भावना धेरै हुन्छ । – स्मार्टफोनलाई कुनै प्लास्टिकको कभरमा राखिएको छ भने पनि बीच–बीचमा चेक गरिरहनुपर्छ । कभर लिक भएर वा स्क्र्याच भएर फोन भिज्न सक्छ । – यदि कुनै कारणवश स्मार्टफोन भिजिहाल्यो भने पनि त्यसलाई तुरुन्तै घाममा सुकाउनु हुँदैन । यसो गर्दा स्मार्टफोनको बडी र अन्य कम्पोनेन्ट सूर्यको प्रकाशबाट प्रभावित हुनसक्छ । – धेरै मानिसले आफ्नो भिजेको स्मार्टफोनलाई हेयर ड्रायरले सुकाउने प्रयास गरेको पाइन्छ तर त्यसो गर्नु अर्को मूर्खता हुन्छ । कुन पार्ट्सलाई कति सुख्खापनको आवश्यकता हुन्छ भन्ने कुरा हामीलाई जानकारी हुँदैन। त्यसैले हेयर ड्रायर प्रयोग गर्नु पनि हानिकारक मानिन्छ । – स्मार्टफोन भिज्यो भने त्यसको ब्याट्री निकालेर घाममा सुकाउनु हुँदैन । यसका कारण ब्याट्री थप खराव हुन सक्छ । – आफ्नो हात चिसो छ भने स्मार्टफोन चलाउने प्रयास नगर्नु नै उपयुक्त हुन्छ । – हातमा कुनै रङ वा अबिर छ भने स्मार्टफोन छुनु हुँदैन । त्यसबाट स्मार्टफोनको टच सेन्सरमा खराबी उत्पन्न हुन सक्छ । – होली खेल्ने क्रममा स्मार्टफोन चार्ज गर्ने प्रयास पनि नगरौ । त्यसो गर्दा चिसोका कारण करेन्ट लाग्न सक्छ । त्यसका लागि अन्य सुरक्षित व्यक्तिलाई अनुरोध गर्न सकिन्छ । – यदि होली खेल्दा खेल्दै स्मार्टफोन भिज्यो भने पनि चिन्ता लिनु हुँदैन । त्यस्तो अवस्थामा ब्याट्री, सिम एवं मेमोरी कार्ड निकालेर कुनै पेपरमा राख्नुपर्छ । केही समयमै फोन उपयुक्त कन्डिसनमा आउन सक्छ ।

सावधान ! फेसबुकमा रिक्वेष्ट आयो भन्दैमा एसेप्ट गरी नहालौं

काठमाडौं, फागुन २५ । सामाजिक संजाल फेसबुक प्रयोग गरेर नेपालमा ठगी बढ्दै गएको प्रहरीले जनाएको छ। फेसबुक प्रयोग गरेर ठगी गर्ने गिरोह पछिल्लो समय नेपालमा पनि सक्रिय भएको भन्दै महानगरीय अपराध महाशाखाले सचेत रहन सबैसँग आग्रह गरेको छ। भ्यालेन्टिनो स्मिथ, म्याक स्थिम, अप्रिल स्मिथ, भेलभेट नाम गरेका फेसबुक आइडीबाट ठगी भइरहेको भन्दै यी फेसबुक आइडी र नचिनेको मानिसहरुलाई साथी नबनाउन अपराध महाशाखाले अनुरोध गरेको हो। विदेशी नाम गरेका यी फेसबुक आइडीबाट ६० भन्दा महिला प्राय ठगीमा परेको पाइयो,ु एसपी प्रकाशजंग कार्कीले भने, ुनचिनेका मानिसहरुलाई साथी बनाउदाँ धेरै महिलाले लाखौं रुपैयाँ गुमाउनु परेको छ। विदेशी नामबाट खोलेका फेसबुक आइडीबाट रिक्वेष्ट पठाउने, च्याट गर्ने, लामो समय कुरा गरेपछि उसको बानी व्यवहार पत्ता लगाउने र सोही अनुसारको व्यवहार देखाई ठगी भइरहेको कार्कीले बताए । कतिपयसँग भारतबाट फोन गरेर आफन्त बिरामी भएको नाटक गरेर पैसा माग्ने, कतिपयलाई आइफोन, घडी र महँगा उपहारको लोभ देखाएर ठगी गरेको भेटिएको एसपी कार्कीले बताए । सहयोग गर्न चाहनेलाइ भारतमा रकम पठाउन नेपालबाट मिल्दैन भन्दै नेपालीकै खाता दिने गरेको प्रहरीले पत्ता लगाएको छ। ‘फेसबुकबाटै बनाएको साथीलाई तपाईँको खातामा पैसा आउँछ, जम्मा गरेर मलाई पठाइदिनुस न है भन्दै ठगी गरेको प्रयोग गरेको भेटियो’, कार्कीले भने। प्रहरीले यस्तै प्रकृतिबाट ठगी गर्ने ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्लु स्काइ म्यानपावरका मुख्य संचालक प्रेम कटुवाल, सपना ढुंगाना, कृष्णा गुरुङ, रिता न्यौपाने, खेम मानन्धर र मोतिरमण भट्टराइ रहेका छन् । नेपालबाट ठगीमा परेका महिलाहरुले सपना, कृष्णा, रिताको खातामा रकम पठाइदिएका थिए। उनीहरुको खातामा जम्मा भएको रकम ब्लु स्काइ म्यानपावरका लेखापाल मानन्धरको खाता हुदैँ कटुवालको खातामा जम्मा भएको प्रहरीले बताएको छ। विभिन्न लोभ देखाएर धेरै सोझा साझा गृहिणीहरु ठगीमा परेका छन्, एसपी कार्कीले भने, अझ धेरै फस्ने सम्भावना हुदाँ सबै सचेत हुन आवश्यक छ। नचिनेको फेसुबक आइडीबाट रकम माग गरे, मागेको रकम पठाइदिएको भए, विभिन्न उपहार आउने लोभ देखाएर ठगी गरेको भए अपराध महाशाखामा गएर उजुरी गर्न प्रहरीले सबैसँग अनुरोध गरेको छ।

यी दुई व्यक्ति रातारात अर्बपति बने

फाल्गुन २१ । प्रयोगकर्ताले हेरेपछि म्यासेज डिलिट हुने सुविधाको मोबाइल एप्लिकेसन स्न्यापच्याट युवापुस्तामाझ लोकप्रिय भयो र यसका संस्थापक इभान स्पेगल र बोबी मर्फीलाई विश्कै कान्छो अर्बपतिको रुपमा उभ्यायो । स्न्यापच्याटले पब्लिक आइपीओ खोलेलगत्तै यसको कम्पनी भ्यालू २८ बिलियन डलर पुगेको छ । १७ डलर प्रति सेयरबाट खोलिएको सेयर ४१ प्रतिशत बढेर २४ डलर प्रतिसेयर पुगेको थियो । अमेरिकाको टेक्नोलोजी राजधानी मानिने सिलिकन भ्यालीबाट टाढा रहेको भेनिस सहरमा रहेका यो कम्पनी भर्खरै पब्लिक कम्पनीमा गएको छ । कम्पनी पब्लिकमा गएलगत्तै यसका संस्थापकद्वय अर्बपति बनेका छन् र उनीहरुको चर्चा जताजतै छ । डिभोर्सी अभिभाभकबाट हुर्किएका स्पाइगेलको जीवन अहिले एकाएक चर्चाको शिखरमा छ । उनको अभिभाभावकले दर्ता गरेको डिभोर्स फाइलका अनुसार १७ वर्षीय स्पाइगेलले अभिभावकसँग मासिक २ हजार डलर भत्ता मागेका थिए । स्ट्याण्डफोर्ड विश्वविद्यालयमा सन् २०१३ मा भएको एक सम्मेलनमा स्पाइगेलले परिवारको कारण आफू स्ट्याण्डफोर्डमा भर्ना हुन पाएको र लगत्तै सफ्टवेयर कम्पनी इन्ट्युटमा कामको अवसर पाएको बताएका थिए । उनले इनर्जी ड्रिक्स कम्पनी रेडबुलमा इन्टरसिप गरेका थिए । उनले प्रडक्ट डिजाइनमा डिग्री लिनुअघि नै स्न्यापच्याटको लागि पढाई छाडेका थिए । यदि स्पाइगल स्न्यापच्याटको देखाउने मुहार हुन् भने अर्का संस्थापक बोबी यसको मस्तिष्क हुन् । स्न्यापका २८ वर्षीय टेक्निकल डाइरेक्टरलाई स्न्यापच्याटलाई हिट बनाउने सफ्टवेयर डिजाइनको जस जान्छ । बोबीको बारेमा फोब्र्सले प्रकाशित गरेको जानकारीअनुसार उनका अभिभाभवक सान फ्रन्सिस्कोमा सरकारी कर्मचारी थिए । र, बताइएअनुसार बोबीकी आमा फिलिपिनी मूलकी हुन् । स्पाइगेल र बोबी स्ट्याण्डफोर्डमा भेटिएका थिए र संयुक्तरुपमा स्न्यापच्याटको स्थापना गरेका थिए । ‘हामीले सोच्यौं कि हेरेपछि डिलिट हुने फोटो बनाउनु राम्रो हुनेछ’, स्ट्याण्डफोर्डमा सन् २०१३ मा भएको सम्मेलनमा स्पाइगेलले भनेका थिए । तर, कम्पनीको स्थापनाको क्रममा के भयो भने अर्का एक जना रेगी ब्राउनले आइडिया सेयर गरेपछि स्न्यापच्याट कम्पनीबाट अलग्याइएको भन्दै मुद्दा दाय गरे । उनले स्न्यापच्याटको लोगो र सुरुमा राखिएको पिकाबो नाम आफ्नो आइडिया भएको दाबी गरेका थिए । यो मुद्दाको निश्कर्ष बाहिर सार्वजनिक भएको छैन् तर सन् २०१४ मा स्न्यापच्याटले एक नाम सार्वजनिक नगरिएको व्यक्तिलाई १ सय ५७ दशमलब ४ मिलियन डलर पैसा तिरेर बौद्धिक सम्पतिको मुद्दा मिलाएको दाबी गरिएको छ । सन् २०१३ मा फेसबुकले ३ बिलियन डलर तिरेर स्न्यापच्याट किन्न खोजेको प्रस्ताव अस्वीकार गरेलगत्तै स्न्यापच्याटले ति नाम नखुलाइएको व्यक्तिलाई त्यति धेरै रकम तिरेका थिए । फोब्र्सको अनुमानअनुसार स्पाइगेल र बोबी ४–४ बिलियन डलरका मालिक हुन् । सिलिकल भ्यालीको ट्रेण्डअनुसार पब्लिक सेयरमा जाने निर्णयले यी दुवैको कम्पनीमा अधिकार कम हुने छैन् यसले स्वामित्व बाँडफाड मात्रै हुनेछ किनकी सेयर किन्नेहरुलाई भोटिङ राइट हुनेछैन् । सन् २०११ मा लञ्च गरिएको पिकाबो नामक मोबाइल एप्लिकेसन्सलाई लगत्तै स्न्यापच्याट नामाकरण गरिएको थियो र लगत्तै यसले किशोर प्रयोगकर्ताको माझ लोकप्रियता कमायो किनभने अर्को प्रयोगकर्तालाई पठाएको फोटो हेर्नेवित्तिकै डिलिट हुने भएपछि उनीहरुलाई भविष्यमा त्यसले कुनै समस्या निम्त्याउला भन्ने डर हुने थिएन् । तर, यो सुविधाको साइड इफेक्ट के भयो भने यो यो ‘सेक्सटिङ’ एपको रुपमा लोकप्रिय भयो जसमा किशोर प्रयोगकर्ताहरु आफ्नो संवेदनशील फोटोहरु पठाउन सहज मान्न थाले । गत वर्षको अन्त्यतिरको तथ्यांकअनुसार दैनिक एकसय ६१ मिलियन मानिसले दैनिक स्न्यापच्याट चलाउँछन् । केही समयअघि मात्रै स्न्यापच्याटले क्यामेरासहितको चश्मा सार्वजनिक गरेको छ । जसले भिडियो क्लिप खिचेर सोझैं स्मार्टफोनको सहयोगमा सोसल मिडियामा सेयर गर्न सक्छ । साथै, कम्पनीले क्यामेरा स्मार्टफोन बनाउने तयारीमा समेत छ । स्न्यापच्याटका अधिकांश प्रयोगकर्ता १८ देखि ३४ वर्ष उमेर समूहका छन् ।  

संसारकै सबैभन्दा सानो मोबाइल बजारमा

फागुन २० । इमेजनबाट खरिद गर्न सकिने संसारकै सबैभन्दा सानो मोबाइल फोन बजारमा आएको छ । जे एठ बिट द बोस नामक यस फोन किचेन साइजको छ भने यसको मूल्य करिब २८ सय रुपैयाँ तोकिएको छ । धातुबाट बनेको यस फोनले तीन तरिकाले काम गर्दछ । यसले ब्लूटूथ डायलर, ब्लूटूथ इयरफोन र मिनी इंडिपेडेन्ट सेलफोनको काम गर्दछ । यस मोबाइलको कि–डायल माथि सिलिकन केप हालेर नरम र टिकाउ बनाइएको छ । झण्डै १९ ग्रामको यस फोनमा ब्लूटूथ भएका कारण फोनमा कुरा गर्दै अर्को कुनै काम पनि गर्न सकिन्छ । यस फोनमा पनि साधारण अन्य फोनमा जस्तै फंक्शनहरु समाबेस गरिएको छ । यो फोनमा धुलोबाट असर नहुनुका साथै कोरिने डर पनि हुँदैन । यसमा ब्याकलाईट डिस्प्ले छ जसले अध्यारोमा पनि सजिलै हेर्न सकिन्छ । यसमा प्रयोग गरिएको ब्लूटूथले सजिलै अरु फोन र ट्याब्लेटमा पनि जोड्न सकिन्छ । यसमा फोन बुक, कल रेकर्डस् हुनुका साथै गीत पनि सुन्न सकिन्छ । यसमा माइक, अलार्म, घडी पनि समावेश गरिएको छ ।

अमेरिकामै रोजगारी बढाउन एप्पलमाथि दबाव

काठमाडाै‍, फागुन १९। घरेलु रोजगारीमा वृद्धि गर्नुपर्ने ट्रम्प प्रशासनको दबावपछि अमेरिकी कम्पनी एप्पलले देशभित्र आफ्नो ५० अर्ब डलरको उत्पादन तथा आपूर्ति आधारलाई विस्तार गर्दैछ । फिनान्सियल टाइम्समा बुधबार प्रकाशित रिपोर्ट अनुसार एप्पलका सिइओ टिम कुकले अमेरिकी टेलिकम नियामक संस्था संघीय संचार आयोगले इन्टरनेट ट्राफिक व्यवस्थापनको संरक्षण गर्ने सिद्धान्तमाथि चुनौती पैदा गरेमा कम्पनीले नेट न्युुट्रालिटीको समर्थन गर्न बाध्य हुने स्पष्ट पारेका छन् । कुपर्टिनोमा आयोजित एप्पलको वाषिर्क बैठकलाई सम्बोधन गर्दै कुकले भनेका छन्ः हामीले यो देशलाई माया गर्दछौँ । हामी आफूसक्दो सहयोग गर्दछौँ र विस्तारित हुने मार्गको खोजीमा सधै लागिरहन्छौँ । उनले विश्वको सबैभन्दा लोकप्रिय सार्वजनिक कम्पनी एप्पलले यसका विभिन्न क्षेत्रमा सयौँ हजार रोजगारीका साथै एप स्टोरका माध्यमबाट दशौँ लाख एप डेभलपर्सहरुलाई सहयोग गरिरहेको बताएका छन् । आइफोनका सेमी कन्डक्टर, एडहेसिभ र ग्लास स्क्रिन अमेरिकामै बन्ने गरेको र आइफोनको अन्तिम एसेम्ब्िलंग चीनमा हुने गरेको तथा एप्पलका अधिकांश पाटपूर्जा एसियाली कम्पनीबाटै आपूर्ति हुने गरेको तथ्य स्मरण गरे । उनका अनुसार एप्पलका कुल कर्मचारीमध्ये दुुइ तिहाइ अमेरिकामै भएपनि कम्पनीको कुल आम्दानीको केवल एक तिहाइ मात्र अमेरिकाबाट प्राप्त हुने गरेको छ । तर यसका बाबजुत पनि एप्पलले अमेरिकाका लागि सहयोग गर्न सधै तयार रहेको भन्दै उनले भनेका छन्ः हामीले हाम्रो देशलाई कसरी धेरै भन्दा धेरै सहयोग गर्न सकिन्छ भनेर सधै हेर्ने गर्छौँ । हामीलाई थाहा छ एप्पलको अस्तित्व केवल अमेरिकामा मात्रै छ ।

नोकियाको नयाँ संस्करण सार्वजनिक

फागुन १६ । विश्वमै सर्वाधिक बिक्री भएको नोकिया फोनको नयाँ संस्करण सार्वजनिक भएको छ । कुनैबेला नोकियाकै पहिचान बनेको मोबाइल फोन ‘३३१०’ पुनः बजारमा आएको हो । करिब १७ वर्षअघि बजारमा आएको यस फोनको नयाँ संस्करण सन् २००५ मा बन्द भएको हो । तत्कालिन समयमा झण्डै १२ करोड ६० लाख युनिट विक्री भएको यस नोकिया कम्पनीले नयाँ संस्करण बजारमा ल्याएको हो । विशेषज्ञका अनुसार नोकियाले यो ब्राण्ड पुनः बजारमा ल्याएर आफ्नो प्रभाव र साखलाई फर्काउन खोजेको बताउँछन् । नोकियाको ब्राण्ड फिनल्याण्डको स्टार्टअप कम्पनी एचएमडीसँग छ । एचएमडीले ३३१० को नयाँ संस्करणका साथ तीन नयाँ एन्ड्रोयड फोन पनि बजारमा ल्याएको छ । यसमा सीमित इन्टरनेट सेवा उपलब्ध हुनेछ भने यो एस ३० प्लस अपरेटिङ सिस्टमबाट चल्छ र यसमा ‘२।५ जी’को कनेक्टीभीटी छ । फोनमा २ मेगापिक्सलको क्यामेरा पनि छ । एक पटक चार्ज गरेपछि २२ घण्टासम्म कुरा गर्न मिल्ने गरी ब्याट्री टिक्ने कम्पनीने दावी गरेको छ ।