मोबाइलको बजारमा आइफोन –८ सबैभन्दा महंगो हुने

एप्पलले दशौँ वाषिर्कोत्सवको अवसर पारेर सार्वजनिक गरिने भनिएको आईफोन –८ मोवाइल दुनियाँकै महंगो पर्ने भएको छ । उक्त आइफोन –८ मा कैयन् अत्याधुनिक फिचर्स तथा इनोभेटिभ डिजाइन हुनेछ ।

समाचारमा आएअनुसार आइफोन–८ मूल्य १ हजार डलर भन्दा बढि हुनेछ र यो एप्पलले उत्पादन गरेको अहिलेसम्मकै महंगो स्मार्टफोन हो ।
आइफोन–८ मा एज टू एज ओएलइडी डिस्प्ले र थ्री डी सेन्सिंग जस्ता अत्याधुनिक प्रविधि रहनेछन् ।

जसले यसको मूल्य अन्य आइफोन भन्दा दोब्बर हुने पक्का छ । यद्यपि एप्पलको नयाँ आइफोनको नाम आइफोन एट नै हुन्छ भन्ने पक्का छैन । यो फोन ५.८ इन्चको डिस्प्लेयुक्त हुनेछ ।

यसमा आइफोन सेभेन प्लसमा जस्तै डुअल लेन्स क्यामरा हुनेछ । साथै यसमा होम बटनको साटो डिस्प्लेमै टच बटन हुनेछ ।

त्यस्तै एप्पलले आइफोनका साइडका बटनहरुलाई पनि टच सेन्सेटिभ बटनले प्रतिस्थापित गर्नेछ ।

समाचार अनुसार यो बहुमूल्य आइफोनसँगै एप्पलले अरु दुई आइफोन पनि लञ्च गर्ने तयारी गरेको छ ।

चीनले बनाए भूकम्पको सूचना दिने सैटलाइट

पेइचिंग । यस वर्ष चीनमा इलेक्ट्रो–म्यागनेटिक डेटा जम्मा गर्नका लागि सैटलाइट लन्च गर्ने भएको छ जबकी भूकम्पका पूर्वानुमान दिनका लागि सहयोग गर्ने छ । चीनको आधिकारिकको मुताबिक यस सैटलाइटपछिको लन्च गर्ने भएको छ । यस सैटलाइटको प्रयोग चीन र उसको आसपासका इलाकामा भुकम्पको वास्तविक समय अनुगमनको लागि हुनेछ । कृपया पहिलो पटक अन्तरिक्ष मा चिनियाँ उपग्रह बताउन भूकम्पीय अनुगमनमा पठाउने भएको छ । शेन शुई, उपग्रह को मिशन को उप प्रमुख यस्तो तरिकाले अर्को पाँच वर्ष कि मा डिजाइन गरिएको छ अनुसार, यो कक्षामा रहन सक्छ र भूकम्पीय विद्युत अवस्था रेकर्ड गर्न। ६ वा थप परिमाणसँग भूकम्प पहिले नै थाहा हुनेछ।

एनसेल र नेपाल टेलिकमबीच लडाई, ब्लक गर्न थाले फोन कल

काठमाडौं – आम्दानीको लडाईंमा टेलिफोन सेवा प्रदायकले एक अर्काको नेटवर्कमा आउको बल ब्लक गर्दा देखिएको समस्या एक महिनाभित्र समाधान गरिसक्ने नियामक निकायका अधिकारीहरुले बताएका छन् । यो खबर आजको कान्तिपुरमा छ । नेपाल दुरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयका अधिकारीहरुले यो जानकारी दिएका हुन् । आम्दानीको लडाईंमा हाल ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले एक अर्काको नेटवर्कबाट आउने ‘कल ब्लक’ गरिरहेका छन् । टेलिकमको नेटवर्क हुदै विदेशबाट आउने कल एलसेलले आफ्नो नेटपर्कमा छिर्न दिएको छैन भने टेलिकमले एनसेलका स्वदेशी कललाइ नै आफ्नो नेटवर्कमा सीमित मात्रामा छिर्न दिई ‘ब्लक’ गरिरहेको छ ।

नेपाल टेलिकमले ल्यायो विशेष अफर–प्रिपेडमा 4G सेवा

काठमाडौं, माघ २२ । नेपाल टेलिकमले आफ्नो वार्षिकउत्सवको अवसरमा गा्रहकहरुका लागि बिभिन्न सेवामा छूट अफर सार्वजनिक गरेको छ । टेलिकमले दिएको जानकारी अनुसार, शनिबारदेखि प्रिपेड मोवाइलमा फोरजी सेवा सुरु गरेको टेलिकमले ४ दिनसम्म १०० एमबीका दरले ४ सय एमबी डाटा निशुल्क उपलब्ध गराउने घोषणा गरेको हो । त्यस्तै सीआरबीटी वा पनि पुन सञ्चालन गरी एक दिनमा एउटा गीतको दरले १५ दिनसम्म निशुल्क सीआरबीटी सेवा दिने जनाएको छ । त्यस्तै जीएसएम मोवाइलमा ५ दिन भ्यालिडिटी भएको १०० एमबी फेसबुक प्याकेज २० रुपैयाँमा दिने पनि टेलिकमले जनाएको छ । यो सुविधा माघ २२ गतेदेखि फागुन ७ गतेसम्म लिन सकिनेछ । त्यस्तै राती १० बजेदेखि बिहान ६ बजेसम्म ५००० एमबी डाटा ४० रुपैयाँमा र १२ सय एमबी डाटा ८५ रुपैयाँमा दिने घोषणा पनि टेलिकमले गरेको छ । यसमा ५०० एमबीको डाटाको भ्यालिडिटी ७ दिन र १२०० एमबीडाटाको भ्यालिडिटी १५ दिन रहने वार्षिक उत्सवको अवसरमा जानकारी दिइएको छ । त्यस्तै जीएसएम मोवाइलमा १३० मा ७ दिन भ्यालिडिटी भएको २०० एमबी डाटा किन्दा २०० एमबी नै बोनस पनि दिएको छ । ३०० मा १५ दिन भ्यालिडिटी भएको ५०० एमबी डाटा किन्दा ५०० एमबी नै बोनस दिएको छ । सीडीएमएमा भने २०० एमबीको डाटा ७५ रुपैयाँ र ५ सय एमबी डाटा १७५ रुपैयाँमा नै दिएको छ । यसको पनि भ्यालिडिटी र बोनस भने जीएसएम सरह नै पाउने टेलिकमले जनाएको छ । यसैविच, टेलिकमले काठमाडौंका सडकहरु हरियाली बनाउन काठमाडौं महानगरपालिकालाई ४० लाख रुपैयाँ दिएको छ । उपत्यकाका बिभिन्न सडक छेउछाउमा बोटविरुपवा रोपेर हरियाली बनाउनका लागि टेलिकमले सो रकम दिएको हो । टेलिकमको १३ औं वार्षिक उत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हरियाली सडक अभियान अन्तर्गत महानगरपालिकालाई रकम दिएको जानकारी दिइन् । सो रकम सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई हस्तान्तरण गरे ।

बजारमा आयो ओट्टो मार्क

काठमाडौं, माघ २० । सिंगापुरमा डिजाइन भएको नयाँ मोबाइल ब्राण्ड ओट्टो नेपाली बजारमा आएको छ। जयमाँ इन्टरकन्टिनेन्टल प्रा.लिले यो मोबाइल नेपाली बजारमा ल्याएको हो । ओट्टोको बिक्री शुभारम्भ बुधबार लुट-२ का कलाकारद्वय सौगात मल्ल र दयाहाङ रार्इले गरे। यो ब्राण्डले मध्यमवर्गको स्मार्टफोन बोक्नेलार्इ अाकर्षित गर्ने कम्पनीको दाबी छ । कम्पनीले प्रिमियम क्वालिटीको उत्पादन नेपाली बजारमा ल्याएको दाबी गरेको छ। यो मोबाइलमा ६ इन्च र २‍‍.५ डी कर्भ्ड एचडी डिस्प्ले छ। मोबाइलको पछाडि युनिमेटल छ । यो मोबाइलमा ३ जीबी र्‍याम र ३२ जिबी आन्तरिक मेमोरी छ, यसलाई १ सय २८ जिबीसम्म बढाउन सकिन्छ । यो मोबाइलमा पछाडि १३ मेगापिक्सेलको अटोफोकस र अगाडि ८ मेगापिक्सेलको क्यामरा छ। अगाडिको क्यामराले सेल्फी खिच्नेपछि स्तरीय फोटो आउने दाबी कम्पनीको छ । कम्पनीका अनुसार यो मोबाइल चाँडै चार्ज हुन्छ। मोबाइलमा ३८४५एमएएच ब्याट्री छ। फोरजी एलटिर्इ सर्पोट गर्ने यो मोबाइलमा मेडियाटेक एमटी ६७३५, ६४ क्वाड प्रोसेसरसँगै ६.० एन्ड्रोइड मार्समेल्लो समेत छ। मोबाइलमा दुर्इवटा सिम राख्न मिल्छ । यसमा सिडिएमए सिम पनि चलाउन सकिने कम्पनीको दाबी छ। यो मोबाइलको मूल्य १९ हजार ९ सय ९६ रुपैयाँ छ। मोबाइल काठमाडौंका मुख्य पसलहरुमा पाइने कम्पनीले जनाएको छ। मोबाइलको सर्भिस सेन्टर सिभिल मलको चौथो तल्लामा रहने कम्पनीले जनाएको छ।

वृद्धवृद्धाहरुकाे हेरचाह अब रोबाेटले गर्ने

माघ १८ । वृद्धवृद्धाहरुको हेरचाहका लागि जापानमा रोबाेटको निर्माण गरिँदैछ । आगामी तीन वर्षभित्र निर्माण भइसक्ने उक्त रोबाेटलाई जापानको साफ्बैक रोबोटिक्स कम्पनीले बनाउन लागेको हो । कम्पनीले परिक्षणका लागि जापानका थुप्रै घरहरु तथा अस्पतालहरुका विरामीहरुको खान, बस्न जस्ता अत्यावश्यक काममा रोबाेटको प्रयोग गरेको छ । जापान र युरोपीयन संघको संयुक्त लगानीमा २० लाख पाउण्डको यस परियोजनामा तयार पार्न लागिएको यस रोबोट सांस्कृतिक तथा संवेदनशील हुनेछ । कम्पनीका मुख्य वैज्ञानिक अमित कुमार पाण्डेका अनुसार कम्पनी यस्तो दुनियाँ बनाउन चाहन्छ जहाँमानिस र रोबाेट दुवै साथ साथै रहेर मानिसले सुरक्षित र खुसी जीवन विताउन् । यो रोबाेट आगामी दिन वर्षभित्र बनिसक्ने विश्वास लिइएको छ । यस रोबाेटको निर्माणपश्चात बुजु्रक तथा वृद्ध–वृद्धाहरुको हेरचाहका लागि बनाईएका केयर सेन्टर, आसाव तथा आश्रममा कम चाप हुने देखिन्छ । मानिस जस्तै देखिने तथा मानिसकै जस्तो व्यवहार गर्न जान्ने यस रोबाेटलाई पेप्पर रोबाेट नाम दिइएको छ । यो वृद्धवृद्धाहरुलाई औषधी खुवाउने, पानी दिने तथा उनीहरुको दैनिकी आवश्यकताहरुलाई पूरा गर्न मद्दत गर्नेछ । यस रोबाेटको संवेदनशीलतालाई बनाउनका लागि ब्रिटेनको मिडलसेक्स युनिभर्सिटी र बेडफोर्डशर युनिभर्सिटीका विज्ञहरुले सहयोग गरिरहेका छन् । प्रोजेक्टमा सहभागी प्रोफेसर आइरिना पैपेडोपूलस भन्छिन्, ‘मानिसहरुको उमेर बढेअनुसार समस्याहरुपनि जोडिएर आउँछ । त्यसैको समाधानका लागि हामीले यो रोबाेट बनाउन लागेका हौं ।’ उनका अनुसार हाल मात्रै ब्रिटेनमा १५ हजार वृद्धवृद्धाहरु एक सयभन्दा बढी उमेरका छन् । अझै त्यो संख्या बढ्ने स्थितिमा छ । त्यसैले उनीहरुको आवश्यकतालाई पूर्ति गर्ने रोबाेट तयार पार्न सकियो भने अस्पताल, केयरहोमहरुमा वृद्धवृद्धाहरुको चाप कम हुने विश्वास गरिएकाे छ ।

पर्यटन विभागले सुरु गर्यो कम्प्युटर प्रणाली

काठमाडौँ, माघ १० । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कम्प्युटर रेकर्ड प्रणाली (डिजिटलाइज) गर्ने प्रक्रिया सुरु गरेको छ । पुरानो फाइलको व्यवस्थापन गरी सूचनालाई व्यवस्थित गर्न सम्पूर्ण कागजातलाई डिजिटलाइज गर्न थालिएको विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिए । “हाम्रा फाइलका सधैँभरि हार्डकपी नै प्रयोग भइरहेको छ, रेकर्ड पनि राम्रो छैन, कहाँ कति ट्राभल एजेन्सी छन् कानुनीरुपमा चलेका छन् कि छैनन् भनेर अनुगमन गर्न पनि असहज भइरहेकाले सम्पूर्ण कागजात कम्प्युटारमै राख्ने प्रक्रिया सुरु भएको छ”– उनले भने । महानिर्देशक आचार्यले विभागबाट अनुमति लिएका कम्पनीको प्रभावकारी अनुगमनका लागि कम्प्युटर प्रणाली अपरिहार्य भएकाले त्यसका लागि पहिलो चरणमा अहिले ट्राभल, ट्रेकिङका फाइल कम्प्युटरमा रेकर्ड गर्न राख्न कागजातको स्क्यानिङ सुरु गरिएको बताए । परम्परागत फाइल विस्थापित गर्ने उद्देश्यले सबै कागजात स्क्यान गरेर अनलाइन प्रक्रियामा जाने योजनाअनुरुप काम अघि बढेको र यसबाट सेवा प्रवाह सजिलो हुनाका साथै सबै रेकर्ड सूचना व्यवस्थित हुने विभागले जनाएको छ । \ भागका अनुसार अहिले वेबसाइटमै कुन–कुन ट्राभल एजेन्सी तथा कुन आरोहण टोली कोसँग सम्बन्धित छ, भन्ने विवरण राखिएको छ । यसबाट सेवाग्राहीले सहजै सूचना पाउनेछन् । यसैगरी विभागले ट्राभल, ट्रेकिङ र होटलका सेवालाई प्रभावकारी बनाउन अनुगमनलाई तीव्रता दिइएको छ । प्रत्येक दिन २० वटा संस्थाको अनुगमन भइरहेकामा तीध्ये कतिपयले इजाजत नलिएको र नवीकरण नगरीकन कम्पनी सञ्चालन गरेको पाइएको विभागले जनाएको छ ।

भक्तपुरको चोक चोकमा सिसी क्यामरा

भक्तपुर, माघ ६ । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ । अभियानलाई पूर्णता दिनका लागि मध्यपुर थिमि नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । केही दिनअघि एक बैंकबाट रकम झिकेर फर्कंदै गर्दा लुटपाट भएपछि प्रहरीले चोकचोकमा सिसी क्यामरा अभियान सञ्चालन गरेको हो । महानगरीय प्रहरी वृत्त थिमिले माघ महिनाभित्र पहिलो चरणमा १२ र फागुन दोस्रो साता सम्ममा २० वटा सिसी क्यामरा जडान गर्ने भएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । प्रहरीले बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएपछि बैंकले सिसी क्यामरा जडान गर्न थालेका छन् । त्यसैगरी, स्थानीय बासिन्दा, दलका प्रतिनिधि र समाजसेवीसँगको बृहत् छलफलपछि सिसी क्यामरा अभियान सुरु गरिएको हो । सिसी क्यामरा जडानका लागि प्रहरी वृत्त थिमिले सहयोग गर्न दातालाई आग्रह गरेको छ । प्रहरीले अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोकचोकमा र पुरानो बाटोको बहाखा बजारलगायत मानिसको भीडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गरिने भएको ओलियाले जानकारी दिए । सिसी क्यामरा जडान सँगै चोरी, डकैती, लुटपाटलगायत अन्य आपराधिक गतिविधिमा न्यूनीकरण आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारीलाई नियन्त्रण लिन सहयोग पुग्ने उनले बताए । रासस

फोर-जी सेवा देशभर विस्तार हुने, प्रिपेड मोबाइलमा पनि !

काठमाडौँ, ५ माघ । सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ । नेपाल टेलिकमले हाल राजधानी काठमाडौँसहित पोखरामा सुरु गरेको (चौथो पुस्ता दूरसञ्चार प्रविधि) फोर जीलाई क्रमशः प्रमुख सहर हुँदै देशैभर सेवा विस्तार गर्ने तयारी गरेको हो । टेलिकमले आफ्ना ग्राहकलाई पहिलोपटक तीव्र गतिको मोबाइल इन्टरनेट सेवा सुरु गरेकामा ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै सेवा विस्तार गर्न लागेको छ । ग्राहकको रुचि बढेकाले फोर जी सेवालाई अब देशका अन्य प्रमुख सहरमा लैजाने प्रक्रिया सुरु गरिएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिनुभयो । व्यवस्थापिका–संसद्को विकास समितिको बैठकमा टेलिकमको सेवा गुणस्तरबारे जानकारी दिँदै राजभण्डारीले फोर जीलाई आइफोनमा पनि चलाउने र सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्राविधिक सुधारका काम सुरु गरिएको बताउनुभयो । के हो फोर जी ? मोबाइल इन्टरनेटमा चौथो पुस्ताको फोर जी सेवा थ्री जी भन्दा पाँच गुणा बढी गतिको इन्टरनेट सेवा मानिन्छ । यो सेवाको इन्टरनेटमा उच्च गतिको अडियो एवम् भिडियो फाइल सजिलै खोल्न सकिन्छ । फोर जी खास गरी भिडियो कल, भिडियो स्ट्रिमिङ्ग, टेलिभिजन ब्रोडकास्ट, न्यूज, टेलिमेडिसिनजस्ता उच्च गतिको इन्टरनेटमा आधारित सेवाका लागि उपयोगी हुन्छ । टेलिकमको फोर जी सेवा हाल ब्याण्ड थ्रीअन्तर्गत १८०० मेगाहर्जमा सञ्चालन गरेको छ । यो सेवा हाल टेलिकमको पोष्टपेड सिममा मात्र चल्छ । प्रिपेड मोबाइलमा पनि फोर जी हाल पोष्टपेडमा मात्र उपलब्ध गराएको फोरजी सेवा आगामी माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा पनि उपलब्ध गराइने टेलिकमले जनाएको छ । यो सेवा काठमाडौँ र पोखराका जीएसएम पोष्टपेडका तीन लाख ५० हजार ग्राहकले मात्र पाउनेछन् । पन्ध्र दिनमै ४१ हजार ग्राहक टेलिकमले सुरु गरेको फोरी जी सेवाको १५ दिनमै ४१ हजार ग्राहकले सेवा लिएको टेलिकमले जनाएको छ । ग्राहकको उत्साहलाई मध्यनजर गरी सेवा विस्तार गर्ने टेलिकमको योजना रहेको प्रबन्ध निर्देशक राजभण्डारीले बताउनुभयो । टेलिकमको यो प्रयासलाई संसद्को विकास समितिले पनि चासो जनाउँदै फोर जी सेवालाइ दूरसञ्चार प्राधिकरणले स्वीकृति दिएको एक वर्षभित्र देशैभर विस्तार गर्न निर्देशन दिएको छ । समितिले टेलिकमले ल्याएको फोर जी सेवाबाट ठूलो हिस्सा उपभोगबाट वञ्चित रहेको भन्दै फोर जी सेवा उपभोग गर्ने अधिकांश सेवाग्राहीको चासो सम्बोधन गर्न फोर जी सेवालाई ९०० वा १८०० को बाण्डविथ फ्रिक्वेन्सीमा भए पनि स्वीकृत प्राप्त मितिले एक वर्षभित्र (२०७३ आश्विन मसान्तसम्ममा) देशभरि नै विस्तार गरिसक्न निर्देशन दिएको हो । सम्भव भएसम्म न्यूनतम शुल्कमा गुणस्तरीय भ्वाइस कल र इन्टरनेट सेवा उपलब्ध गराउन, सेवा र प्रविधिको स्तरोन्नतिका लागि सहजीकरण गर्न नेपाद दूरसञ्चार प्राधिकरण र सूचना तथा सञ्चार मन्त्रालयलाई समिति निर्देश गर्दछ समितिका सभापति रवीन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । समितिले तीव्र गतिमा विकास भएको आइसिटीको क्षेत्रको विकासका लागि पुरानो दूरसञ्चार क्षेत्रलाई नियमन गर्नुपर्ने कानुनलाई समयसापेक्ष संशोधन गर्ने व्यवस्था मिलाउन सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको छ । दूरसञ्चारका सेवामा गुणस्तर कायम गर्न र ग्राहकको गुनासो सुन्न र सम्बोधन गर्नका लागि एक महिनाभित्रै यस्तो संयन्त्र निर्माण गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । त्यसैगरी समितिले ग्रामीण दूरसञ्चार कोषको प्रयोग गरी ग्रामीण क्षेत्रमा सूचना प्रविधिको आधारभूत साझा संरचना तयार पार्न, गाउँपालिका, नगरपालिका, सामुदायिक शिक्षण संस्था, अस्पताल, स्वास्थ्य केन्द्र, प्रहरी चौकी, पुस्तकालय एवम् स्थानीय सामुदायिक सूचना केन्द्रमा इन्टरनेट सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । टेलिकमको प्रतिस्पर्धात्मक क्षमतालाई अभिवृद्धि गर्न रणनीतिक साझेदारको आवश्यकता भएकाले सोका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको छ । समितिको बैठकमा बोल्ने अधिकांश सांसदले टेलिकमले सेवा गुणस्तरमा ध्यान नदिएको, योजना बनाउने लामो समयसम्म परिणाम ननिकाल्ने तथा समितिका निर्देशन पनि पालना नगरेको भन्दै टेलिकम पदाधिकारीको ध्यानाकर्षण गराउनुभएको थियो । सांसदहरु टोपबहादुर रायमाझी, शान्ता मानवी, रामकुमार भट्टराई, गणेश पहाडी, तुलसा राना, शिवजी यादव लगायतले टेलिकमको सेवा गुणस्तर बनाई ग्रामीण भेगसम्म सेवा विस्तार गर्न आग्रह गर्नुभयो । समितिका सभापति अधिकारीले पनि पटक पटकका निर्देशन कार्यान्वयन नहुनु दुःखद् पक्ष भएको भन्दै सेवा गुणस्तरलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । बैठकमा सञ्चार मन्त्रालयका सचिव महेन्द्र गुरुङले पुरानो ऐन कानुन समयसापेक्ष नभएकाले दूरसञ्चारको क्षेत्रको विकासले गति लिन नसकेको बताउँदै त्यस्ता कानुन तत्काल परिमार्जनको प्रक्रियामा लैजाने बताउनुभयो । ठूलो ग्राहक भएको टेलिकमले आफ्नो सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिँदै सचिव गुरुङले ग्रामीण टेलिकमको हालको अवस्थालाई सुधार्न रणनीतिक साझेदार भित्र्याउन जरुरी भएको उल्लेख गर्नुभयो । प्राधिकरणका अध्यक्ष दीगम्बर झाले ग्रामीण दूरसञ्चार क्षेत्र विकास कोषको रकमको परिचालन गरी मध्यपहाडी लोकमार्गको पूर्वीखण्ड पाँचथरको चियो भञ्ज्याङदेखि धादिङको आरुघाट तथा प्रदेश नं १, २ र ३ का जिल्ला सदरमुकामसम्म तथा उक्त क्षेत्रमा पर्ने उत्तर दक्षिण राजमार्ग हुँदै पूर्व–पश्चिम राजमार्गसम्म अप्टिकल फाइबर केबलको नेटवर्क सञ्जाल विस्तारको काम अघि बढेको जानकारी दिनुभयो । रासस

देशव्यापी लक्ष्यसहित प्रिपेडमा पनि फोरजी चल्ने

काठमाडौँ, माघ ५ । नेपाल टेलिकमले यही माघ २२ गतेदेखि जिएसएम प्रिपेड मोबाइलमा पनि चौथो पुस्ता अर्थात फोरजी सेवा संचालन गर्ने भएको छ । हालसम्म पोष्पेडमा मात्रै फोरजी संचालन गरेको टेलिकमले यहि माघ २२ बाट प्रिपेड मोबाइलमा वनि यो सेवा विस्तार गर्ने जनाएको छ । पुस १७ देखि शुरु गरिएको फोर–जी सेवा करिब १५ दिनमै ४१ हजार सेवाग्राहीले लिइसकेको र सेवा लोकप्रिय बन्दै गएको बताइएको छ। कम्पनीले यसका लागि काठमाडौंका ३ सय ८ र पोखराका ७९ ओटा बिटिएस टावरहरुको स्तरोन्नती गरेको थियो । ३९ करोडको लगानीमा काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सुचारु गरेको थियो । त्यस्तै टेलिकमलाई व्यवस्थापिका संसदको विकास समितिले ८ महिनाभित्र देशैभर फोरजी पुर्‍याऊन निर्देशन दिएको छ ।

अब जाडोमा भाँडा माझ्ने झन्झटबाट मुक्त

काठमाडौं, माघ ३ । अब भाँडा माझ्ने समस्याबाट मुक्त हुनुहोस् । भान्साघरमा खाना पकाउन जति मेहनत लाग्ने गर्छ, त्योभन्दा बढी मिहेनत लाग्दछ । यद्यपि अब घन्टौ. लगाएर भाँडा माझ्नुपर्ने छैन । किनभने भाँडा माझ्ने छुट्टै नयाँ प्रविधि भित्रिसकेको छ । भाँडा माझ्ने मेसिनको आविष्कार भइसकेको छ, जसबाट अब गृहिणीहरुलाई जाडोयाममा चिसो पानीमा घण्टौं लगाएर भाँडा माझ्ने झन्झटबाट अब मुक्त हुने भएको छ । मेसिन छैन भने पनि केही उपाय अपनाएर सजिलै भाँडा माझ्न सकिन्छ । भाँडा माझ्नुअघि सबै भाँडालाई खाली गरेर पानीमा केही समय भिजाएर राख्नुपर्छ । त्यसको केही समयमा भाँडा धोइहाल्नुपर्छ । धेरैबेरसम्म त्यत्तिकै राख्दा भाँडा सुकेर सफा गर्न अझ गार्‍हो हुन्छ । भाँडामा बढी चिल्लो लागेको छ भने तातोपानीले धुनुपर्छ । सबै भाँडा तातोपानीले धोए छिटो र राम्रोसँग सफा हुन्छ । स्क्रेच हटाउन दूध–दही राखिएका भाँडामा चिसो पानी प्रयोग गर्नुपर्छ । तातोपानीले ती भाँडा चिपचिप हुनसक्छन् । कागती घोटेर वा मिसाएर धोए भाँडा राम्रोसँग सफा हुन्छन् । भाँडा माझ्ने स्पन्जको छनोट पनि विचार पुर्‍याएर गर्नुपर्छ । एकतर्फ नरम र अर्कातिर खस्रो टाइपको स्पन्ज छान्नुपर्छ । भाँडा माझ्नुलाई बोरिङ कामका रूपमा लिनु हुँदैन । त्यसैले राम्रो वा सुगन्धित लिक्विड वा साबुन छान्नुपर्छ । भाँडामा पानीको दाग पनि लाग्छ जुन सार्‍है नराम्रो देखिन्छ । यसबाट जोगिन पानीमा अलिकति भेनेगर मिसाएर भाँडा पखाल्दा राम्रोसँग सफा हुन्छ । म्युजिक बजाएर भाँडा माझ्दा अझ रमाइलोसँग काम गर्न सकिन्छ । कतिपय अवस्थामा खाना पकाउँदा भाँडा डढेर सफा गर्न एकदम कठिन हुन्छ । त्यस्ता भाँडालाई सफा गर्नुअघि रातभरि बेकिङ सोडा वा नुन पानीमा भिजाएर राख्नुपर्छ । डढेका भाँडा भेनेगर वा बेकिङ सोडाले पनि सफा गर्न सकिन्छ । भाँडा एकदमै खराब भएका छन् भने पानी र आधा कप डिसवासर पाउडर वा बेकिङ सोडा मिसाउनुपर्छ । त्यसलाई उम्लिएपछि निकालेर एक घन्टा त्यत्तिकै छोड्नुपर्छ । सफाइका साथ भाँडालाई कीटाणुमुक्त राख्नु पनि त्यत्तिकै जरुरी हुन्छ । त्यसका लागि एन्टिजर्म लिक्विड क्लिनर प्रयोग गर्न सकिन्छ । सुख्खा डिटर्जेन्ट प्रयोग गर्ने हो भने त्यसलाई सुख्खा राख्ने प्रयास गर्नुपर्छ । साबुन प्रयोग गर्ने हो भने भाँडा धोएपछि साबुनमा रहेको पानी फालिदिनुपर्छ नत्र साबुन छिट्टै गल्छ । भाँडा माँझ्दा पन्जा लगाउनुपर्छ जसले हात तथा छालालाई सुरक्षित राख्छ । पन्जा लगाउँदा हात सुख्खा हुन र फुट्न पाउँदैन भने डिटर्जेन्टको केमिकलबाट पनि जोगिन सक्छ । माझ्ने क्रममा भाँडाहरू फुट्न वा टुट्न सक्छन् । त्यसैले भाँडा माझ्दा पहिले काँचका गिलासहरू त्यसपछि प्लेट, त्यसपछि बाबल र त्यसपछि मात्र कराही, पकाउने भाँडाहरू माझ्नुपर्छ । एक–एक भाँडा धुनुभन्दा ठूलो भाँडामा राखेर एकै पटक धोए पानीको बचत हुन्छ ।

सूचना, सञ्चार तथा प्रविधलाई थप प्रभावकारी बनाइनेः दूरसञ्चार प्राधिकरण

धुलिखेल (काभ्रेपलाञ्चोक), पुस २९ । तीव्र गतिमा विकास भइरहेको मुलुकको सूचना, सञ्चार तथा प्रविधि (आइसिटी) लाई थप प्रभावकारी बनाउन लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपाल प्रविधि पत्रकार मञ्चको दुईदिने अभिमुखीकरण कार्यक्रमको  समापन गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आइसिटीको क्षेत्रमा नेपाल धेरै अघि बढिसक्यो, आइसिटीको ट्रेन छुटिसक्यो यो लक्ष्यमा पुग्नेछ भने । अध्यक्ष झाले मुलुकका सबै क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विद्युतीय प्रशासनिक प्रणाली, शिक्षा, स्वास्थ्य, व्यापार आदिलाई ध्यानमा राखी काम अघि बढाइनाका साथै साइबर अपराध नियन्त्रणका लागि कार्ययोजना तयार भएको जानकारी दिए । अध्यक्ष झाले टेलिकम्युनिकेसन अपरेटरले फ्रिक्वेन्सी अनुमति लिएर काम नगरी ओगटेर बस्ने प्रविधि बढेको छ भन्दै फ्रिक्वेन्सी नीतिमा परिवर्तन गरी अर्को अपरेटर ल्याउन मोबाइल ब्रोडब्यान्ड ‘फोर जी’ का लागि ७०० र २,६०० मेगाहर्जको फ्रिक्वेन्सीमा लिलाम गरी सबैभन्दा बढी फ्रिक्वेन्सी तिर्नेलाई सञ्चालन अनुमति दिइने बताए । प्राधिकरणकै वरिष्ठ निर्देशक आनन्दराज खनालले नीतिगत सुधार गरी दूरसञ्चार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन लागिएको उल्लेख गरे । सूचना र दूरसञ्चार विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारको सहभागिता थियो । पत्रकार शिव गाउँले, प्राधिकरणका वरिष्ठ निर्देशक, प्रविधि क्षेत्रका विज्ञले प्रशिक्षण दिएका थिए । रासस (

आइतबारबाट नेपाल टेलिकमको फोर–जी सेवा शुरु

काठमाडौं, पुस १७, आइतबारबाट नेपाल टेलिकमले “फोर जी” मोबाइल सेवा सुरु गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले फोर–जी सेवाको औपचारिक शुभारम्भ गरे । फोर जी सेवाका लागि थप अतिरिक्त शुल्क भने नलाग्ने नेपाल टेलिकमले जनाएको छ । थ्री जी सेवाकै महसुल दरमा फोर जी सेवा लिन सकिने छ । पोस्टपेड मोबाइल सेवाका ग्राहकले भने यही जनवरी महिनाभित्र चार दिनका लागि चार जीबी डाटा सित्तैमा पाउनेछन् । फोर जी सेवा चल्ने मोबाइल सेटबाट ग्राहकले *४४४# डायल गरी फोरजी सेवा एक्टिभ गर्न सक्ने नेपाल टेलिकम वायरलेस निर्देशनालयका प्रमुख अशोककुमार थापाले जानकारी दिए ।

भिसा कार्डलाई सुरक्षित राख्नका लागि ‘इएमभी चिप’ प्रयोग

काठमाडौं, पुस । बैंक तथा वित्तीय संस्थाद्वारा जारी हुने सबै प्रकारका भिसा कार्ड ‘इएमभी चिप ’ मा आधारित हुने भएको छ । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) ले यस सम्बन्धी तयारी पूरा गरेको छ । नेप्ससँग आवद्ध बैंक तथा वित्तीय संस्थाले कार्ड सेवा प्रदायकसँग समन्वय गरी इएमभी भिसा चिप कार्ड जारी गर्न सक्नेछन् । इएमभी चिपमा आधारित कार्डमा डाटा नक्कल एवम् चोरी गर्न नमिल्ने भएकाले यस किसिमको कार्डलाई सुरक्षित र भरपर्दो मानिन्छ । नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा म्याग्नेटिक स्ट्रिप कार्ड (एमएससी) प्रयोग गरेका कारण विगतका दिनमा भोग्दै आएका चोरी एवम् छलिका घटनालाई निरुत्साहित गर्न तथा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख भएअनुसार एमएसी कार्डलाई विस्थापित गरी इएमभी चिप कार्डको अनिवार्यतालाई दृष्टिगत गरी सो प्रविधि ल्याइएको नेप्सका आर्थिक एवम् प्रशासन व्यवस्थापक मानबहादुर खत्रीले बताए । ‘कम्पनी पिसीआई पिन सेक्युरिटी तथा पिसीआई डिएसएस भर्जन ३.१ सर्टिफाइड रहेकोले यसबाट सञ्चालन गरिएका कार्ड भरपर्दा तथा अत्यधिक सुरक्षित हुन्छन्’ उनले भने । विश्व बजारमा अत्याधुनिक पेमेन्ट प्रणालीको विकास एवम् विस्तार भइरहेका बेला नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाको संयुक्त प्रयासमा सरल, सुलभ, आधुनिक तथा सुरक्षित रुपले कार्ड सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले नेप्सको स्थापना भएको हो । कम्पनीले आवद्ध संस्थालाई भिसासँगको सहकार्यमा विभिन्न कार्ड जारी गर्न आवश्यक सबै व्यवस्था मिलाउँदै आएको छ । कम्पनीले सनराइज बैंक लिमिटेड, जनता बैंक नेपाल लिमिटेड, माछापुच्र्छे बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, एनआइसी एसिया बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र काष्ठमन्डप डेभलपमेन्ट बैंक मिटेडलाई भिसा कार्ड सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

अब नेपालमै मोबाइल सेट उत्पादन !

चितवन, मंसिर २९ । भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ । कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आउँदो एक वर्षभित्रमा नेपालमा मोबाइल सेट उत्पादन कम्पनी स्थापना गरिसक्ने बताइएको छ । उद्योग स्थापनाका लागि काठमाडौं वा चितवनमध्ये एक हुने पनि बताइएको छ । सन् २००८ बाट भारतको उत्तरप्रदेशस्थित ग्रेटरनोयडाबाट कम्पनीले लेमन मोबाइल सेट उत्पादन गर्दै आएको छ । कम्पनीले हाल २८ मोडलका मोबाइल उत्पादन गर्दै आएकामा १६ वटा मोडल नेपाली बजारमा बिक्री वितरण भइरहेको छ ।

सामाजिक सञ्जालको नियमित प्रयोगले मानसिक तनाव कम हुने

मेलवर्न, मङ्सिर २५। सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालैअष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालको प्रयोग र मानिसको तनाव, चिन्ता र खुसीबीचको सम्बन्धका बारेमा अध्ययन गर्दा यस्तो भेटिएको हो । युनिभर्सिटी अफ मेलवर्न र मोनास युनिभर्सिटीले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सामाजिक सञ्जालले एक अर्कालाई सम्पर्कमा रहिरहन सहयोग गरेकाले मानसिक तनाव कम गराएको हुन सक्ने निश्कर्ष निकालिएको छ । नकारात्मक सन्देशहरु पनि लेखिने प्रत्यक्ष रुपमा वार्ता गर्न नसक्नेको लागि पनि सामाजिक सञ्जालले राम्रो गरेको जनाएको छ । “सामाजिक सञ्जालहरुमा नकारात्मक विचारहरु मात्रै आउदैनन, त्यहा आफुलाई मन परेका, रमाईलो र उत्तेजक लाग्ने सामग्रीहरु पनि छनौट गर्न पाईने भएकाले राम्रो व्यवहार निर्माणका लागि यो सहयोगी हुने देखिन्छ”, यस अध्ययनको नेतृत्व गर्नु हुने मेलवर्न युनिभर्सिटीका पेग्गी केर्नद्धारा शुक्रबार जारी बक्तव्यमा लेखिएको छ । “सामाजिक सञ्जाल र मानसिक स्वास्थ्यको अन्तरसम्वन्ध बुझ्ने क्रममा सामाजिक सञ्जालहरुको प्रयोगलाई कसरी राम्रो बनाउने र यसले मानसिक स्वास्थ्यमा कसरी सहयोग गर्ला भन्ने बारेमा पनि अध्ययन गरिएको छ,” केर्नेले जानकारी दिनुभयो । मोनास युनिभर्सिटीका अनुसन्धानकर्ता एलिजावेथ सिब्रुकले सामाजिक सञ्जालको प्रयोग भविश्यमा कस्तो होला र यसले मानिसको मानसिक स्वास्थ्य र समाजमा के कस्तो प्रभाव पार्ला भन्ने बुझ्नका लागि अध्ययन गरिएको बताउनु भयो । रासस