महिनावारी सुकेपछि महिलाहरूमा देखिने समस्या र समाधानका उपायहरु

फागुन २ ।  उमेरको हिसावले नेपालमा औषमा महिलाहरु ४७ वर्ष भएपछि महिनावारी सुक्छ । अण्डाशयबाट डिम्ब रित्तिने क्रममा सुरुमा महिलाको महिनावारी अनियमित हुन्छ र बिस्तारै सुकेर जान्छ ।

महिनावारी सुकेपछि महिलाहरुमा निम्नि किसिमका समस्याहरु देखिन सक्छन् 

– हर्मोनको कमीले महिनावारी सुक्नुबाहेक योनि सुक्खा हुने, चिलाउने र पोल्ने समस्या हुनुका साथै यौन इच्छा कमी हुन्छ ।

– एस्ट्रोजिन हर्मोनले शरीरका तन्तुलाई तन्काउन मद्दत गर्छ । जसले गर्दा पाठेघर तथा पिसाबथैली अड्काइराख्ने तन्तुहरू पनि कमजोर हुन्छन् । जसले गर्दा पिसाबथैली र पाठेघर तल खस्ने सम्भावना बढी हुन्छ ।

– हाँस्दा, खोक्दा, हाच्छिउँ गर्दा तथा सामान उचाल्दा पिसाब झर्ने, पिसाब रोक्न नसकिने, राति धेरैपटक पिसाब फेर्न उठ्नुपर्ने, पटक–पटक पिसाब थैलीमा संक्रमण भइराख्ने हुन सक्छ । कसै–कसैमा पिसाब रोकिने समस्या पनि हुन सक्छ ।

– एस्ट्रोजिन हर्मोनको कमीले महिलामा मुटुको समस्या देखिने, बिर्सने समस्या हुने तथा छाला सुक्खा हुने पनि हुन्छ ।

समाधानका उपाय

– शयनकक्षमा पंखाको प्रयोग गर्ने । चिसो पानीले नुहाउने । पातलो लुगा लगाउने ।

– खाली नबसी केही न केही काममा व्यस्त भइरहने ।

– योग तथा व्यायाम गर्ने । तौल बढी भएका महिलाले तौल घटाउने ।

– धूम्रपान तथा मद्यपान छाड्ने ।

– खानामा मसलाको प्रयोग सकेसम्म कम गर्ने ।

– खानेकुरामा भटमास, तोफु, गेडागुडी, सागपात तथा फल र दूधको मात्रा बढाउने ।

– यति गर्दा पनि ठीक नभएमा चिकित्सकको परामर्श लिनुपर्छ ।

एजेन्सीकाे सहयाेगमा

कुन समय बढि उत्तेजित हुन्छन महिला ?

एजेन्सी ।  महिलाहरूलाई यौनको आवश्यकता कहिले महसुस हुन्छ होला?  एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ । अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।

यस्ता छन् महिलालाई सबैभन्दा बढी यौन आनन्द दिने आसनहरु

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ । महिलालाई सबैभन्दा बढी मज्जा दिने सेक्स पोजिसन के -के छन् त? डग पोजिसनः डग पोजिसनबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन् । यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने देखिएको छ । यसलाई सर्वाधिक लोकप्रिय सेक्स पोजिसन पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा सेक्स गरोस भन्ने चाहना राख्छन् । काउगर्ल पोजिसनः महिलाहरूले रुचाउने अर्को प्रमुख सेक्स पोजिसन भनेको काउगर्ल पोजिसन हो । यो पोजिसनलाई सबैभन्दा सेक्सी पोजिसन पनि भनिन्छ । यो पोजिसनमा महिला पुरुषमाथि रहन्छन् अर्थात् पुरुष तल हुन्छन् । यो पोजिसनमा सेक्स गर्न रुचाउने महिलाहरूले आक्रामक सेक्स चाहन्छन् ।मिसिनरी पोजिसनः यो पनि महिलाहरूले रुचाउने प्रमुख पोजिसन हो । प्रायःजसो सबै यौनजन्य क्रियाकलाप यही पोजिसनबाट सुरु गरिन्छ भन्ने मान्यता छ । यो पोजिसनमा आई कन्टयाक्टमा महिलाहरू बढी आकषिर्त हुन्छन् । स्पुन्स पोजिसनः यो पोजिसनमा यौनसाथीहरू एक-अर्काको साइडमा चम्चा खप्टिएझैं गरी सेक्स क्रियाकलाप गर्छन् । यो पोजिसनमा सेक्स गर्दा लामो समयसम्म यौनक्रीडामा सहभागी हुन सकिने विश्वास गरिन्छ । स्ट्यान्डिङ पोजिसनः यो पोजिसन पनि धेरै महिलाले मन पराउँछन् । यसमा यौनसाथीहरू दुवै जना उठेर सम्पर्क गर्छन् । महिला उठेर भित्तातिर र्फकने र पुरुष पछाडि हुने यो पोजिसनबाट पनि बढी सन्तुष्टि पाइन्छ।  

खाना धेरै खाए सेक्सको चाहना बढ्ने

माघ २८ । सेक्स भन्ने वित्तिकै धेरैले नाक खुम्चाउछन् । धेरै लजाउछन् । अझै पनि नेपाली समाजमा सेक्सको बारेमा खुलेर बोल्च चाहन्नन् मानिसहरु । सेक्स प्राकृतिक कुरा हो, यो अत्यावश्यक छ । धेरै खाना खाने मानिसलाई यौन चाहना पनि बढी हुने एक अध्ययनले जनाएको छ । अमेरिकामा गरिएको सो अध्ययनले सात दिनसम्म सेक्स नगरी बस्नु र अर्को सात दिन खाना नखाई बसेमा त्यसको उत्तर आफैले पाउन सकिने अध्ययनमा उल्लेख छ । खाना न नखाने हो भने सेक्सको चाहाना विस्तारै आफै घट्दै जाने बताइएको छ । नेपालमा विभिन्न महिला तथा पुरुषहरु व्रत बस्ने गर्दछन् । कहिलेकाँहीको व्रतले शरीरलाई स्वस्थ बनाउन सहयोग गर्ने भएपनि सधैंजसो गरिने ब्रतले भने उनीहरुलाई हानी पु¥याउँदछ । लामो समयसम्म बसिने ब्रतले उनीहरुमा यौन चाहना पनि घट्न सक्ने अध्ययनले जनाएको छ । नियमित ब्रतको नाममा खाना नखाँदै बस्दा उनीहरुमा शक्ति कम हुँदै जाने र त्यसले गर्दा सेक्सप्रतिको चाहना पनि कम हुँदै जाने देखिन्छ । त्यसैले खाना नै सबै शारीरिक चाहानाको जड भएको सो अध्ययनले बताएको छ ।

बच्चाको कान सफा गर्दा होश पुर्यायौं

माघ २७ । बच्चाहरु सानो रहुन्जेलसम्म उसका हरेक काम अलि गाह्रै हुन्छ र एकदम ध्यान पुर्याएर मात्र कामहरु गर्नुपर्दछ । विशेषगरी बच्चाको स्वास्थ्यसँगको सम्बन्धित कुरामा त झन् धेरै संवेदनशील बन्नु एकदम आवश्यक छ । थोरै लापरबाहीले पनि बच्चालाई जे पनि हुनसक्छ । त्यसैले यस्तैमा बच्चाको शरीरको कुरामा कान पनि एक संवेदनशील अंग हो । बच्चाको कान सफा गर्दा विशेष ध्यान दिनुपर्दछ । बच्चाको कान सफा गर्ने बेला अन्त ध्यान दिनुहुँदैन । कान सफा गर्नाले न की कानको फोहोर निस्किन्छ बरु डेड सेल्स पनि निस्किन्छ । कानमा बस्नेबाला वैक्स एक साधारण पदर्था हुन्छ जो सबै मानिसहरुको कानबाट निस्किनछ, यो कुनै प्रकारले संक्रमण हुदैन र न त यसले बचचालाई सुन्ने क्षमतामा असर पार्दछ । तर यदि तपाईको बच्चाको कानमा धेरै बढी वैक्स निस्कियो भने डाक्टरसँग सल्लाह अवश्य लिनुस् । सानो बच्चाको कान सफा गर्दाको समयमा केयौ कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् । बच्चाको कानमा कुनै पनि नुकिला चीज नछिराउनुस् नत्र चोट वा घाउ हुने खतरा हुन सक्छ । बच्चाको कानलाई सधै सही तरिकाले मात्र सफा गर्नुहोस् । ज्यादै सावधानी अपनाएर र ध्यान दिएर । बच्चाको कान सुरक्षित रुपले सफा गर्ने केही टिप्सहरु यसप्रकार छन्– १. नुहाउँदाको समयमा सफा गर्नुहोस्ः बच्चाको कानलाई सफा गर्नुलाई सबैभन्दा राम्रो समय उसलाई नुहाउनुभनदा पहिले हुन्छ । मालिश पछि तपाईको बच्चाको कानलाई सावधानीपूर्वक सफा गर्नुहोस् । यो समय कानहरुमा रुखापना हुदैन र वैक्स सजिलै निस्किन्छ । २. तातो कपडाले पोछनुहोस्ः जब तपाई आफनो बच्चालाई नुहाइरहनुभएको हुन्छ तब उसको कानहरुमा तातो कपडाले पोछिदिनुहोस् । यस्तो नियमित रुपले गर्नुपर्छ । यस्तो गर्नाले तपाईको बच्चालाई कान सफा रहन्छ, वैक्स निस्किहाल्छ र फोहोर जम्न पाउदैन । ३. कटन स्वैबस न छिराउनुहोस्ः बच्चाको कानलाई सदैव बेबी इयर बडले सफा गर्नुस् । ज्यादै गहिराइसम्म बड न छिराउनुहोस नत्र कानको पर्दामा चोट पुग्ने डर रहन्छ । ४. इअर ड्रपः कहिलेकाही बच्चाहरुको कानलाई सफा गरेर पनि कुरा हुदैन । यस्तोमा डाक्टरी सल्लाह लिएर कुनै डप पनि हाल्न सकिन्छ । यदि बच्चाको कानमा ज्यादै मात्रामा वैक्स बनिसकेको छ भने डाक्टरलाई अवश्य देखाउनुहोस् । ५. घरेलु औषधीहरको प्रयोग नगर्नुस्ः बच्चाहरको कान सफा गर्ने समयमा केयौ पटक मानिसहरुले घरेलु तरिकाहरुको प्रयोग गर्छन् । कानमा केही चीज राख्नुहोस् । इयर बडले मात्र सफा गर्नुस् र फालतुको डप या अन्य तरल पदार्थ नराख्नुहोस् । बच्चाको कान कलिलो हुन्छ र तयसलाई इन्फेक्सन ष्लाभहतष्यल को खतरा हुन सक्छ । ६. सावधान रहनुस्ः बच्चा चंचल हुन्छ, यस्तोमा उ तपाईको कान सफा गर्ने समयमा गाहृो बनाउन सक्छ । यसैले कान सफा गर्ने समयमा उसलाई कँसेर समात्नुस र सावधान रहनुस् । नत्र बच्चाको अलिकति हल्लीनाले उसलाई उसलाई चोट पुग्न सक्छ । ७. ड्राइ भएपछि सफा नगर्नुस्ः जब बच्चाहरुको कान रुखो हुनछ तब उसलाई सफा गर्ने कोशिष न गर्नुस् । यसले छालामा खिचाव आउन सक्छ । बच्चालाई नुहाइसकेछि पनि सफा गर्नु सबैभन्दा राम्रो हुन्छ ।

रिँगटा लाग्नु गम्भीर रोगको संकेत

सामान्य भाषामा हामी मानिसहरु बाटोमा हिड्दा हिँड्दै चक्कर लाग्नु वा फन्फनी घुमाउने अवस्थालाई रिँगटा लाग्नु भन्दछौं । यो पनि एकप्रकारको खतरनाक रोग हो । मानिसहरुलाई रिँगटा लाग्दा चारैतिर घुमेको जस्तो महसुस हुन्छ । यो रोग भएका मानिसहरुले लापरबाही गर्नु हुँदैन । रिँगटा लाग्ने जो कोहीलाई पनि हुनसक्छ । यो भिन्न तरिकाले गर्दा रिँगटा लागी बेहोश हुन सक्छ । कमजोरी भएमा, मुटुरोगी, ब्लड प्रेसर भएमा, तनाव वा अनावश्यक धेरै कुरा सोचेमा, रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, डर र टाउको चोट लगायतका कारणले रिँगटा लागी बेहोश समेत हुनसक्ने बढी सम्भावना हुने गर्दछ । मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ । टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु । यस्तो छ रिँगटा लाग्नुको लक्षण– के खाने समयमै खाना खाने । एक गिलास दूध वा पानीमा ग्लुकोज मिसाएर पिउने । गर्मी भएमा अमलाको सर्वत पिउने । एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिधेंर बिहान बेलुका खाने । के नखाने रक्सी, खैनी, नशालु पदार्थ नखाने । एलोपेथिक औषधि आफ्नो इच्छाले नखाने । अत्याधिक खाना नखाने के गर्ने रिँगटा लाग्ने बित्तिकै बस्ने । सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने । निन्द्रा लाग्यो भने पर्याप्त सुत्ने । नियमित व्यायाम गर्ने र बिहान घुम्न जाने । मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको उपचार गर्ने । टाउकोमा बदामको तेलले मालिस गर्ने । आँखा कमजोर भए उचित चस्मा लगाउने । फिजियोथेरपिस्टसँग सिकेर सधैं कसरत गर्ने । के नगर्ने एक्लै घुम्न नजाने । अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने । चिया, चुरोटरबिंडी नखाने । साइकल, स्कुटर, कार नचलाउने । बार्दलीलगायत कुनै अग्लो ठाउँबाट तल नहेर्ने । कठीन शारीरिक या मानसिक परिश्रम नगर्ने । आगो या पोखरीबाट टाढै रहने । खोला नतर्ने ।

मुखको स्वास्थ्य राम्रो राख्न यस्ता खानेकुरा रोजौं

खाना र मुखको स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध हुन्छ। स्वस्थ खानाले मुख र दाँत स्वस्थ रहन्छ। मुख र दाँत स्वस्थ भएन भने राम्ररी खाना खान सकिँदैन र शरीर रोगले ग्रस्त हुन सक्छ। स्वस्थ खाना भन्नाले शरीरको बृद्धि र विकासलाई चाहिने आवश्यक पौष्टिकतत्वयुक्त खाना भनेर बुझिन्छ। यी पौष्टिक तत्वहरु कार्वोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र खनिजपदार्थ हुन्। कार्वोहाइड्रेट पाइने स्रोतहरु अन्न, आलु, दूधजन्य परिकार र फलफूल हुन्। दाँतमा टाँसिने र रिफाइन गरिएको कार्वोहाइड्रेटयुक्त (जस्तैः बिस्कुट, चकलेट, चाउचाउ, पाउरोटी आदि) खानेकुरा दाँतका लागि हानिकारक हुन्छ। यी खानेकुरा खाएपछि दाँत सफा गर्नु अपरिहार्य हुन्छ। कार्वोहाइड्रेटयुक्त खानेकुराबाट मुखमा हुने ब्याक्टेरियाले अम्लीय पदार्थ बनाँउछ। यो पदार्थले दाँतलाई क्षति गर्दछ र विस्तारै दातँमा खाल्डो पर्छ। जसलाई समयमै उपचार गरेन भने यो बढेर जान्छ र दाँत दुख्छ। हामी यस्तो अवस्थालाई दाँतमा किरा लागेको भनेर बुझ्छौँ। रेसादार (फाइबरयुक्त) खानेकुराले दाँत सफा गर्छ र दाँतसम्बन्धी समस्या आउने सम्भावना कम हुन्छ। फाइबर अन्तर्गत गँहु, मकै, गेडागुडी, बन्दा, मुला, मटर, स्याउ, नास्पाती आदि पर्छन्। माछामासु, अण्डा, गेडागुडी, दूधजन्य परिकारहरूमा प्रोटिन पाइन्छ। प्रोटिनले गर्भावस्थामा बच्चाको दाँत र हड्डी बन्ने प्रक्रियामा ठूलो भूमिका खेलेको हुन्छ। प्रोटिनको कमीले बच्चाको दाँत ढिलो उम्रने, दाँतहरु कमजोर हुने र मुखको हड्डीको विकास नहुने जस्ता समस्या आउँछन्। दाँतहरु बाङ्गाटिङ्गा हुन्छन्। जसको कारणले खानेकुरा अड्किने र सफा गर्न गार्हो हुनाले दाँतमा किरा लाग्ने र गिजा सम्बन्धी विभिन्न रोग लाग्ने हुन्छ। भिटामिनयुक्त खानेकुराहरु हरियो सागपात, फलफूल, दूधजन्य परिकार, माछामासु, अण्डा आदिमा पाइन्छ। भिटामिनले रोगसँग लड्ने, छाला स्वस्थ राख्ने, हड्डीको विकास गर्ने काम गर्दछ। भिटामिनको कमीले गिजा, जिब्रो र मुखमा घाउ आउने, गिजा सुन्निने, गिजाबाट रगत आउने, हड्डी खिइने र दाँत हल्लिने जस्ता समस्या आँउछन्। खनिज पदार्थमा विशेष गरी क्याल्सियम, आइरन र फ्लोराइड पाइन्छ। मुखको स्वास्थ्यका लागि खनिज पदार्थ आवश्यक हुन्छ। क्याल्सियमका स्रोतहरु दूधजन्य परिकार, हरियो सागपात हुन्। क्याल्सियमले दाँत र हड्डीको विकास गर्छ। आइरनयुक्त खानामा कलेजो, अण्डाको पँहेलो भाग, हरियो सागपात पर्छन्। आइरनको कमी भएमा मुखमा घाउ आउने, जिब्रो सुन्निने, रातो हुने र पोल्ने, खानेकुराको स्वाद नआउने र खाँदा वा थुक निल्दा समेत गाह्रो हुने गर्दछ। फ्लोराइडले दाँतमा एउटा पातलो तह बनाँउछ जसले दाँतलाई सड्नबाट बचाँउछ। फ्लोराइड पाइने स्रोतहरु पानी, चिया, समुद्रमा पाइने जीव र वनस्पति हुन्। खानपिनमा यी कुरालाई ध्यान दिनाले हाम्रो मुख र दाँत स्वस्थ रहन्छ। खानपिनमा लापरबाही गर्नाले मुखको स्वास्थ्यसँगसँगै सम्पूर्ण शरीरकै स्वास्थ्यमा असर पर्ने हुन्छ। तसर्थ स्वस्थ खाना खाऔँ, निरोगी जीवन बिताऔँ। (डा. खापुङ कान्तिपुर डेन्टल कलेजकी आवाशीय चिकित्सक हुन्।) स्वास्थ्यखबरपत्रिकाबाट साभार

मुटुरोगी बिरामीहरुले यी कुराहरुमा ध्यान दिन जरुरी

काठमाडौं, माघ २० । जाडो मौसमको बेला मुटुरोगको समस्या हुने बिरामीले विशेष ध्यान दिनु जरुरी छ । तल दिएका निम्न बुँदाहरुलाई ध्यान दिनुपर्दछ । १. बिहानको चिसोमा मर्निङ वाक नगरौँः हिजो आज बिहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ वाकमा सकभर कोही पनि ननिस्किएको राम्रो । अझ मुटुका बिरामी त चिसोमा निस्कनै हुँदैन । किनकी चिसोको कारणले मुटुका रक्तनलीहरु खुम्चिन गई रगत प्रवाहमा असर पर्छ । जसले गर्दा हृदयघात हुने सम्भावना हुन्छ । २. उच्चरक्तचापलाई निगरानी गरौँ:  उच्च रक्तचापका विरामीहरु चिसो मौसममा थप सर्तक हुनुपर्छ । चिसो मौसममा स्वभावैले रक्तचाप बढ्ने हुनाले हृदयघातको खतरा पनि बढ्छ । तसर्थ यस्ता विरामीहरुले नियमित रुपमा रक्तचाप परीक्षण गरी रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । यदि रक्तचाप बढेको खण्डमा तत्काल चिकित्सकको परामर्स लिइ औषधिद्धारा नियन्त्रण गर्नुपर्छ । ३. कोलेष्ट्रेरोल नियन्त्रण गरौंः उच्च कोलेष्ट्रेरोल पनि हृदयघात गराउने प्रमुख कारक हो । जाडोको बेलामा रगतमा कोलेस्ट्रेरोलको मात्रा बढी देखिने हुँनाले यसलाई घटाउने वा नियन्त्रणको आवश्यकता अनिवार्य छ । त्यसका लागि फाइबरयुक्त खानाको साथै शारीरिक व्यायममा ध्यान दिनुपर्छ । ४.सुगर नियन्त्रणमै राखौंः मुटुरोग र सुगरबीच अन्योन्यास्रित सम्वन्ध हुन्छ । मुटुरोगीलाई जस्तै सुगरका बिरामीलाई पनि हृदयघातको सम्भावना उत्तिकै हुन्छ । गर्मीमा भन्दा जाडो मौसममा धेरै खान रुची हुने र कसै–कसैले यसैको फाइदा उठाउदै अनियन्त्रितरुपमा भोजन गर्ने प्रचलनले सुगरको मात्रा ह्वात्तै बढ्छ । यसको असर मुटुमै गई ठोक्किन्छ । त्यसैले मुटुरोगीहरु सुगरको पनि परीक्षण गरि राख्नुपर्छ । ५. चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग त्यागौंः कतिपयले जाडो छल्ने बहानामा चिसो मौसममा झनै बढी चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइन्छ । तर त्यो सर्बथा गलत हो । किनकी त्यसै खुम्चिएको रक्तनलीहरुलाई यसको सेवनले थप साँघुरो बनाउछ जसले गर्दा हृदयघातको सम्भावना बढी हुन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सकेसम्म कहिल्यै चुरोट तथा सूर्तीजन्य पदार्थको प्रयोग नगरेको राम्रो । ६. मदिराको सेवनमा नियन्त्रण आवश्यकः कतिपयले जाडो मौसममा शरीर तताउन भन्दै अत्यधिक मदिराको सेवन गर्ने गरेको पाइन्छ । त्यो पनि स्वास्थ्यका लागि हानिकारक छ । अत्यधिक मदिराले कोलेष्ट्रेरोल बढ्न जान्छ । अझ अधिकांशले मदिरासंगै अत्यधिक मासु तथा चिल्लो पदार्थको सेवन गर्ने गर्दछन यसले थप असर पार्दछ । ७. औषधि बन्द नगर्नुसः कतिपयले प्रेसर र सुगरका औषधिहरु अनियमित रुपमा लिने गरेको पाइन्छ । तर यस्तो गर्नु आफैलाई खतरामा धकेल्नु हो । मुटु, सुगर तथा दमका विरामीका लागि जाडोको समय प्रतिकुल नै हुने भएकोले यस्तो बेलामा औषधिहरुको नियमीत सेवन गरौँ ।

किन अनुहारमा डन्डीफोर आउँछ ?

माघ १९ । आधुनिक समयकालसँगै अनुहारको सुन्दरता प्रतिष्पर्धा हुने गर्दछ । अनुहारमा सुन्दरतामा विशेष प्रतिष्पर्धा हुने व्यक्तिहरु भनेकै धेरैजसो महिलाहरु नै पर्दछन् । उनीहरु अनुहारमा साना खटिराहरु पनि देखा पर्दा आत्तिने गरिरहेको हुन्छन् । के कारण अनुहारमा यस्तो खटिरा आयो भन्दै चिन्ता व्यक्त गर्न थालेका हुन्छन्, अब के गर्ने ? कसो गर्ने ? भन्दै चिन्तित हुन्छन् । डण्डीफोर, साना खटिराहरु, पिम्पल्स अनुहार भनेको त्यो पनि एकप्रकारको रोग नै हो भन्ने कुरा कमैमात्र बुझेका हुन्छन् । छालामा डण्डीफोर, मसिना खटिराहरु एक प्रकारको रोग हो । यसलाई निको पार्न वा हटाउनलाई मानिसहरु घरेलु औषधी वा कस्मेटिक सामानहरु प्रयोग गर्ने गर्दछन् । जसले गर्दा अनुहारलाई झन् धेरै कुरुप बनाउन पुगिरहेको हुन्छ । यसरी पनि युवायुवतीहरुले आफ्नो सुन्दरतामा गुमाइरहेको हुन्छ । मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन् । रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ । यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ । जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन । यो छालाभित्रै जम्छ । यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पल्सको अवस्था हो । डन्डीफोरका चार वटा तह हुन्छन्। स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म यसको वर्गीकरण गरेको छ । डन्डीफोरको पहिलो चरण ‘ब्ल्याक हेड’ हो । काला स–साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड मानिन्छ । चौथो चरणमा पुगेको डन्डीफोरमा पीप र रगत नै जमेको हुन्छ । डन्डीफोर आइसकेपछि त्यसमा ब्याक्टेरियाको इन्फेक्सन हुने भएकाले यसले छालालाई थप हानि पुर्याउँछ । अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन् । कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन । तर, अनुहारमा डन्डीफोरले दाग, धब्बा र स–साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलो बन्ने गरेको छ । डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो । यसबाट जोगिन छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ । जीवनशैलीमा ध्यान दिनुपर्छ । धेरै चिल्लो खानु हुँदैन । चकलेट धेरै खानेहरूलाई पनि डन्डीफोरको समस्या देखिन सक्छ । डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ । कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन । अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ । दिनमा तीन–चारपटक मुख धुनुपर्छ । छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ । डन्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधि खानुपर्ने पनि हुन्छ । डन्डीफोरले बिगारिसकेको अनुहारको छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैनन् । यसका लागि लेजर थेरापी गर्नुपर्छ। डन्डीफोरका कारण दाग बसेको छालालाई मेसिनको सहायताबाट हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ । यो विधिमा दाग बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना गरिन्छ । यसो गर्दा समेत अनुहारको शतप्रतिशत दाग भने जाँदैन । केही कम गर्न सकिन्छ । डन्डीफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी विशेषज्ञ चिकित्सकलाई देखाएर थोरै सावधानी अपनाउँदा अनुहारमा आउने समस्याबाट बच्न सकिन्छ ।

दाँतलाई सेतो बनाउने घरेलु उपायहरु

माघ १६ । हिजोआज धेरैलाई दाँतको समस्या रहेको छ । दाँत पहेँलो हुनु अहिलेको मूख्य समस्या हो । सही तरिकाले दाँतको हेरचाह नगर्दा दाँत पहेंलो हुन्छ । पराग, सुर्ती खाँदा पनि दाँत पहेँलो हुन्छ । आफ्नो अनुहारको सुन्दरतामा दाग आउँछ । त्यतिमात्र होइन धेरैको आत्मा विश्वास पनि घटेको देखिएको छ । दाँतको पहेँलोपन हटाउने ६ घरेलु उपायहरु यसप्रकार छन्:  १. तुलसीको पात तुलसीमा दाँतको पहेंलोपन हटाउने एक अदभूत शक्ति रहेको छ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्टसँग मिलाएर ब्रस गर्ने गर्दा दाँतको पहेँलोपना हटेर चमक बनाउँछ । २. नुन र तेल गाउँघरतिर नुन र तेलले दाँत सफा गर्ने चलन अझै पनि छ । नुनमा २र४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेँलोपना हटेर जान्छ । ३. सुन्तलाको बोक्रा सुन्तलाको बोक्रालाई घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन ‘सी’ र ‘क्याल्सियम’ कारण दाँत चम्किलो हुन्छ । ४. गाँजर खाना खाइसकेपछि दिनहुँ गाजर खाने गर्नाले पनि दाँतको पहेँलोपना हट्छ । गाँजरमा रहेको रेसाहरुले दाँतलाइ राम्रोसँग सफा गर्न मद्त गर्दछ । ५. नीमको पात नीमको उपयोग धेरै पहिलेदेखि नै दाँतको सफाई गरिदै आएको छ । यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने शक्ति हुन्छ । दिनहुँ नीमको काठ वा निमको सानो हाँगाले दाँत सफा गर्ने हो भने दाँतमा कुनै किसिमको रोग लाग्दैन र पहेँलो भएको भए पनि हट्छ । ६. कागती कागतीको रसले पनि दाँतलाई चम्किलो बनाउँछ । कागतीको जति रस छ, त्यति नै मात्रामा पानी मिसाउनुहोस् । खाना खाइसकेपछि यहि कागती पानीले दिनहुँ कुल्ला गर्ने गर्नुहोस् । यसो गर्दा दाँतको पहेँलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि समाधान हुन्छ ।

जानिराखौं कति तौलका मानिसले कति पानी पिउने ?

काठमाडौं, माघ १५ । दैनिकरुपमा मानिसले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि कम्तीमा पनि २ गिलास वा २ लिटर पानी पिउनुपर्ने डाक्टर तथा पोषणविज्ञहरुले सल्लाह दिएका छन् । मानिसहरु जाडोयाममा त झन् पानी पिउनै गाह्रो मान्ने हुँदा यसले शरीरमा पानी मात्रा कम हुने सम्भावना बढी रहने देखिन्छ । त्यसले पानी उमालेर पिउनाले सबैभन्दा बढी फाइदाजनक रहेको छ । तर, दैनिकजसो कत्रो मानिसले कति पानी पिउने भन्ने कुरा उसको शरीरको वजन वा तौल तथा जिउडालमा भर पर्छ । आफ्नो तौल अनुसार कति पानी पिउने ? यसका सुत्र जानिराखौं:  पानी पिउनुअगाडि आफ्नो वजनलाई विशेष ध्यान दिनु अझल राम्रो हुनेछ । आफ्नो तौल कति छ त्यो थाहा हुनु जरुरी छ । किनकी ४७ किलो तौल भएको तथा ८० किलो तौल भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ । पानी सरीरमा विषाक्त पदार्थको निष्कासनदेखि लिएर मेटाबोलिज्म तथा पाचन क्रियाजस्ता विभिन्न कार्यका लागि पनि सहयोगी हुन्छ । यसरी पिउनुहोस् पानी आफ्नो जिउको वजन थाहा पाइसकेपछि त्यसलाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जत्ति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन सुरु गर्नुहोस् । जस्तै यदि तपाइँको वजन ६० किलो छ भने तपाइँले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । ८० किलो वजन भएका मानिसले २।६ लिटर पानी पिउनु पर्छ। व्यायामका बेला धेरै पानी व्यायामका बेला सरीरबाट धेरै पसिना निस्किन्छ र जिउमा पानी कमी हुन थाल्दछ । पानीको कमी हुँदा सुख्खापन तथा पाचन सम्बन्धी समस्या सुरु हुन्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको हरेक आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ । साथै फलफुल तथा जुस पनि पर्याप्त खाने गर्नुपर्छ । शरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्नका लागि केवल पानी मात्र पिउनु आवश्यक छैन । यसका लागि धेरै पानीको मात्रा हुने फलफूल तथा अन्य खानेकुरा पनि भोजनमा सामेल गर्नुपर्छ । शरीरमा २०।२५ प्रतिशत पानीको पूर्ति हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ । जस्तै एउटा स्याउन ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरभुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रसस्त पानी पाइन्छ ।

घाँटी दुख्छ भने थाहा पाउनुस् कारण र उपचार

घाँटी को दुखाई (फयारेंजैटिस र टन्सिलाइटिस) घाँटी र गला को तह को सूजनबाट हुने पीडा, जलन र चिलाउने समस्या सँग सम्बन्धित हुन्छ ।यो प्रायजसो बालबालिका मा हुने संक्रमण को कारण ले हुने भएता पनि अरु उमेरका व्यक्तिलाई अरु कारणहरु ले पनि हुने सम्भावना हुन्छ ।घाँटीको खसखस, घाँटीमा ग्रन्थीहरू सुन्निनु, दबिएको आवाज, निल्न गाह्रो र कण्ठनलीमा सेता धब्बाहरू निस्कनु यसका लक्षण हुन् । घाँटी दुखेका व्यक्तिहरू ले ज्वरो, ठंडी, शरीर दुख्ने, टाउको दुख्ने, खोकी र नाक बाट पानी बग्ने जस्ता अन्य लक्षणहरू पनि अनुभव गर्न सक्छन् । घाँटी दुखनु सामान्यतयाः भाइरस को संक्रमण बाट हुने गर्दछ र कम समय को लागि हुनुका साथै घरेलु उपचार बाट निको पनि हुन्छ । तथापिव्याक्टेरिया ले गर्दा घाँटीको संक्रमण भएमा पीप पनि जम्न सक्दछ जसको उपचार एन्टिबायोटिक बाट गर्नुपर्दछ । केही स्ट्रेप्टोकोकसब्याक्टेरिया का कारण मुटु का भल्भ मा असर गर्ने बाथ ज्वरो वा मृगौला मा असर गर्ने ग्लोमरूलोनेफ्राइटिस जस्ता जटिलता उत्पन्न हुनसक्दछन् । कारणहरू : १. भाइरल संक्रमणः घाँटी दुख्ने रोगको यो मुख्य कारण हो । भाइरसद्वारा कण्ठनलीको सूजन इन्फ़्लुएञ्जा  (फ्लू) भाइरस, राइनोभाइरस्, एडेनोभाइरस (एप्सटिन–बार भाइरस (EBV), साइटोमेगालो भाइरस (CMV), आदि ले गर्दा हुन सक्दछ । २. ब्याक्टेरियल संक्रमणः कीटाणु द्वारा हुने टन्सिल वा घाँटी को संक्रमण, भ्यागुते रोग आदि ३. ट्यूमरः घाँटी र गलाको क्यान्सर ४. वातावरणीय तत्वहरूः वातावरणबाट हुने एलर्जीजन्य प्रतिक्रियाहरू । जस्तैः ढुसी, पाल्तु पशुहरूको चायाँ, पराग, वायु प्रदूषण वा चूरोटकाधूवाबाट पनि घाँटी दुख्न सक्छ । चिकित्सक लाई कहिले भेट्ने ? १०१ डिग्री फरेनहाइट भन्दा बढीको ज्वरो आएमा, जोर्नीको दुखाई भएमा, साँस लिन वा निल्न गाह्रो भएमा, घाँटीको सूजन भएमा, छालामाडाबर आएमा, गाढा पिसाबसँगै गला बसेमा । एक हप्ताभन्दा बढी समयसम्म घाँटी दुखेमा । घरेलु उपचार : घाँटी दुखेको समस्यामा निम्न प्रकारका घरेलु उपचार गर्न सकिन्छ: मनतातो नूनीलो पानीले कुल्ला गर्ने जसले घाँटीमा भएको दुखाई कम गरी घाँटीलाई आराम दिन्छ । पर्याप्त पानी पिएर पर्याप्त जलयोजन (हाइड्रेसन) गर्ने । सामान्य तरल पदार्थहरू जस्तैः मह मिसाएको मनतातो पानी वा नरम चिसो खाना जस्तैः हलुवा वा दुग्ध पदार्थ लिने । एलर्जी जन्य तत्वहरू जस्तैः धूवाँ, रसायन वा धूलो आदि बाट जोगिने । वाफ लिने र हावाको आद्रीकरण गर्ने जस्तैः तातो बाफयुक्त स्नानगृहमा धेरै समयसम्म बस्ने। पारासिटामोल वा इबुप्रोफेन औषधी सेवन गरी जलन र दुखाई कम गर्ने । पेप्टिक अल्सर भएका रोगीहरूले र रक्तश्रावको जोखीम भएकाहरूलेयस्ता औषधी सेवन गर्न हुँदैन र वालवालिकालाई एस्पिरिन खुवाउनु हुँदैन । उपचार का विकल्पहरू : घाँटी दुखाई को उपचार तेसको कारण र गम्भीरतामा निर्भर गर्दछ । रोगको इतिहास हेरेर र शारीरिक परीक्षण, कंठश्राव र रगत जाँचबाट घाँटी दुखेको  कारण पत्ता लगाउन सकिन्छ । घाँटी दुखेका धेरैजसो समस्याहरू आफै निको हुने खालका हुन्छन् र पारासिटामोल र मनतातो नूनीलो पानीले कुल्ला गर्दा निको हुन्छ । स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने घाँटी दुखेको उपचार एन्टिबायोटिकबाट गरिन्छ । स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने जटिल खालको घाँटी दुखाई को उपचारका लागि पीप निकाल्नु पर्दछ वा वाथज्वरो भएकाे छ भने फेरि फेरि मुटु मा असर पर्न नदिन का लागि पूरै राेकथाम गर्न लामो समय सम्म एन्टिबायोटिक खानु पर्दछ । नाक बन्द भएमा नाक खोल्ने (डिकन्जेस्टेन्ट) र नाकको स्टेरोइड आवश्यक पर्दछ । बारम्बार भइरहने घाँटी दुखाईका लागि टन्सिल हटाउन गरिने शल्यक्रिया आवश्यक पर्न सक्छ ।

पाल्पामा तीन सयभन्दा बढी एचआइभी सङ्क्रमित

पाल्पा, माघ २ । एचआइभीबाट सङ्क्रमितको सङ्ख्या यहाँ तीन सय पाँच रहेको छ । जिल्लामा हालसम्म एक सय ६२ महिला र एक सय ४३ पुरुष एचआइभी सङ्क्रमित रहेको बताइएको छ । सङ्क्रमितमध्ये ८० पुरुष एक सय दुई महिलाले नियमित रुपमा एआरटी औषधि सेवन गरिरहेको सक्रिय सेवा समाजले जनाएको छ । एचआइभी सङ्क्रमितको अवस्था, सहयोग र हेरचाहलगायतमा सरकार तथा गैरसरकारी संस्थाले सहयोग गर्दै आए पनि सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । समाजका टिम लिडर लीलाराज भट्टराईले जिल्लाका दुई गाविस कसेनी र गोठादीमा नमुना कार्यक्रम सञ्चालन गरेर सङ्क्रमितलाई सहयोग र परामर्श दिइएको बताए । नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले एचआइभी सङ्क्रमितलाई सहयोग र तिनको पुनःस्थापना कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउँछन् । प्रतिबद्ध सहयोग समाजका कार्यक्रम सयोजक लक्ष्मी कुँवरले सङ्क्रमितप्रति समाजमा हेय भावले हेरिने गरेको गुनासो गरे । सरकारी तथा गैरसरकारी संस्था बजेट हुँदा आफूहरुलाई गाउँमा खोज्दै जाने र परियोजना सकिएपछि कुराकानी गर्न समेत नमानेको सङ्क्रमितको गुनासो छ ।

आफ्नै गलत व्यवहारले यसरी बिग्रिन्छ किड्नी…

जानेर वा नजानेर हुने हाम्रा दैनिक  बानीव्यवहारले  किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः  किड्नीमा असर हुुनुमा मानिसको लापरबाही मुख्य जिम्मेवार छन । जुन यस प्रकार छन्ः – चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ । – खानामा धेरै नून वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउछ । नूनले ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ । – पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ । – शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ । – चुरोट वा तमाखु खादा शरिरमा विष जम्मा हुन्छ  जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ । – जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ । – सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ । – ननभेज खानेकुरा (मासु)मा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउछ र किड्नी स्टोनका समस्या ल्याउछ । – दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ  । http://swasthyakhabar.com/ बाट

आँखा अस्पतालले तीस हजार बिरामीलाई सेवा दिँदै

झापा, पुस ९ । हुलका हुल नेपाली बिरामी भएपछि उपचारका लागि दिनहुँ काँकरभिट्टा हुँदै भारतका विभिन्न अस्पताल धाइरहेका बेला सन्तोष तामाङ भने पाँच वर्षीय छोरा प्रशान्तलाई बोक्दै बिर्तामोडस्थित मेची आँखा अस्पताल पसे । भारत आसामको तीनचुके जिल्लाका सन्तोष आँखाका बिरामी छोरालाई उपचारका लागि यहाँ आएको छ। भारतका विभिन्न अस्पतालमा रोग निको नभएपछि उनी १३ हजार भारतीय रुपैयाँ भाडा तिरेर मेची आँखा अस्पताल आइपुगेको छ । ‘दुई वर्षदेखि छोराको उपचार गराउँदै आएको छु,’ उनले भने– ‘भारतमा निको नभएपछि उपचार गराउन यहाँ आएको हुँ ।’ यस क्रममा उनले छोराको उपचारका लागि रु तीन लाख खर्च गरिसकेको छ । यस्तै भारत सिक्किमका सुनिता भण्डारी गुरुङ ८ वर्षीय छोरा विजयका साथ अस्पतालमा भेटिए । उनी तीन वर्षदेखि लगातार छोराको उपचार गराउन नेपाल धाउँदै आएको छ । ‘अढाइ वर्षको हुँदादेखि नै आँखाको समस्या छ, भारतीय अस्पतालमा जति उपचार गरेपनि रोगको पत्तो लागेन,’ उनले भजे– ‘यहाँ ल्याएपछि एकैदिनमा रोग पत्ता लाग्यो ।’ छोराको रोग निको हुँदै गएको गुरुङको भनाइ छ । छोरालाई नियमित चेकजाँच गराउन आउने गरेको उनले बताए । विर्तामोडस्थित सैनिक मोडमा रहेको मेची आँखा अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी भारतीय नागरिक हुन्छन् । अन्य रोगको उपचारका लागि दिनहुँ सयौं नेपाली भारतका विभिन्न अस्पताल जाने गरेपनि आँखाको उपचार गर्न भने सोही सङ्ख्यामा भारतीय झापा आउने गरेका छन् । पहिला पहिला रोगले थलिएर बस्ने नेपाली अहिले आँखामा सामान्य समस्या देखिँदा समेत अस्पताल धाउने गरेका छन् । घरआँगनमै उपचार सहज भएपछि उनीहरु रोग लाग्ने वित्तिक्कै अस्पताल दौडिने गरेका हुन् । ‘आँखामा कचेरा आएपछि नजिकैको अस्पतालमा जचाउन आइहाले,’ १ वर्षीय छोरा सम्भवलाई काखी च्यापेर आउनुभएका धुलाबारीका सिर्जना कडरियाले भने– ‘कचेरा झिक्न नियमित अस्पताल आउने गरेकी छु ।’ ‘दैनिक एक हजारदेखि एक हजार तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्’ अस्पतालका नेत्ररोग विशेषज्ञ डा.पवन महतले भनेण्– ‘उपचार गर्न आउनेमा नेपाली र भारतीय बराबरीको सङ्ख्यामा छन् ।’ सन् १९९६ मा लायन्स क्लब अफ विर्तामोडले नेदरल्यान्डमा रहेको ‘आईकेयर’ फाउन्डेसनको सहयोगमा यहाँ १५ दिनको आँखा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा पाँच हजार ७३८ जनाले सेवा पाए । शिविरमै यति धेरै बिरामीको चाप देखेपछि नेदरल्यान्डको आईकेयर फाउन्डेसनले अस्पतालका रुपमा सेवा दिन मद्दत गर्ने बताएपछि सोही वर्ष विर्तामोडमा आँखा अस्पताल सञ्चालन भएको लायन्सक्लब अफ विर्तामोडका संस्थापक अध्यक्ष तथा अस्पतालका पूर्वअध्यक्ष भरतलाल गिरीले बताए । स्थापनाको दुई दशकमा २० लाख ७० हजारभन्दा बढी बिरामीले आँखाको उपचार पाइसकेका छन् । सुरुवातमा एकजना चिकित्सकबाट सेवा प्रारम्भ गरेको सो अस्पतालमा हाल १३ चिकित्सकसहित एक सय २० जना कर्मचारी रहेका छन् । अस्पतालले शनिबार समेत सेवा प्रदान गर्दैआएको छ । तीन बिगाहा १६ कठ्ठा ६ धुरमा फैलिएको सो अस्पताल रु २५ करोडको लागतमा स्थापना भएको अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले जानकारी दिए । अहिले अस्पतालसँग पाँचवटा अत्याधुनिक भवन रहेका छन् । ती भवनको उद्घाटन तत्कालीन राष्ट्रपति डा रामवरण यादवले सन् २००९ मा गरेको छ । अस्पतालले बिहानदेखि राति ८ बजेसम्म सेवा प्रदान गर्दै आएको छ । ‘बालबालिकाका लागि छुट्टै सेवा प्रदान गर्दै आएका छौँ,’ नेत्ररोग विशेषज्ञ डा महतले भने । ‘शल्यक्रिया गरेबापत बिरामीबाट रु दुई हजारदेखि रु ३२ हजारसम्म सेवा शुल्क लिने गरेको छ । ‘न्यून शुल्कमा गुणस्तरीय उपचार पाउनथालेपछि भारतीय बिरामीको चाप बढ्दै गएको छ,’ उनले भने । अस्पतालले मेची अञ्चलका विभिन्न जिल्लामा समेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । दुई सय ५० श्ययाको अस्पताल सञ्चालन गर्न विभिन्न उपकरणको अभाव रहेको अस्पतालका प्रशासन प्रमुखले बताए । ‘एउटै मेसिन किन्न रु ५० लाखदेखि रु ६० लाखसम्म खर्च लाग्छ,’ उनले भने– ‘यति धेरै महँङ्गा उपकरण किन्न अस्पताल आफैलेसक्ने अवस्था छैन, सरकारले सहयोग गरे हामी थप सेवा प्रदान गर्न तयार छौँ ।’ सो अस्पतालसहित हाल जिल्लामा हाल मेची नेत्रालय, काँकरभिट्टा आँखा अस्पताल र दृष्टि आँखा अस्पतालबाट आँखाका बिरामीले सेवा उपभोग गर्दै आएका छन् ।

दैनिक हिंड्नुको १२ फाइदा के के हुन जानी राखौं

दैनिक रुपमा हिंड्नु स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो हो । नियमित हिंड्नुको अनेक फाइदा छन् ।  टेनेसी विश्वविद्यालयले गरेको अध्ययनमा पनि नहिड्नेभन्दा हिड्ने महिलामा शरीरमा बोसो काम भएको पाइएको थियो । हिड्दा शरीरमा रगत जम्न पाउँदैंन र मुटु रोग पनि लाग्न पाउँदैंन । विशेषगरी आर्थराइटिसका बिरामीका लागि हिड्नुका धेरै लाभदायी हुन्छ । यसका फाइदा के–के छन् ? १. रगत सन्चालनमा वृद्धि गर्छ : हिड्नाले रक्तचाप न्युन हुन सहयोग गर्छ र मुटुको रोग लाग्न दिँदैंन । टेनेसी विश्वविद्यालय र कोलोराडो विश्वविद्यालयहरुले गरेका अध्ययनले महिनावारी बन्द भैसकेका महिलाहरुले दैनिक २ माइलसम्म हिड्ने गर्नाले २४ हप्तामा रक्तचाप करिब ११ अंकले घट्छ । दैनिक ३० मिनेट हिड्ने महिनामा स्ट्रोक हुने सम्भावना २० प्रतिशतले कमी आउँछ । २. हड्डी मजबूत पार्छ : विशेषगरी ओस्टियोपोरोसिस रोग लागेकाहरुमा हिडाईले हड्डीको मासी कम हुनबाट बचाउँछ । महिनावारी बन्द भएका महिलाले दैनिक ३० मिनेट हिड्नाले हिप भाँचिने सम्भावना ४० प्रतिशतले कमी गर्ने पनि अध्ययनहरुले देखाएका छन्  । ३. आयु बढाउँछ : ५० र ६० को दशकमा पुगेका मानिसहरुले नियमित हिड्नाले आयु पनि बढ्छ । मिचिगन विश्वविद्यालय मेडिकल स्कुल र हेल्थकेयर सिस्टम विशेषज्ञ आन हार्बरले गरेको अध्ययनमा नियमित अभ्यास गर्ने ५० र ६० को दशकका मानिसहरु अभ्यास नगर्नेभन्दा ८ वर्षभित्र मर्ने सम्भावना ३५ प्रतिशतले कम हुने देखिएको थियो । ४. मुड राम्रो बनाउँछ : दैनिक हिड्नाले मुड पनि राम्रो हुन्छ । हिड्दा इन्डोर्फिन नामक प्राकृतिक तत्व निस्कन्छ, जसले दुखाईलाई कम गर्छ । यसले मुड राम्रो बनाउँछ । ५. तौल कम गर्छ : ३० मिनेटको हिडाईले २ सय क्यालोरी बर्न गर्न सहयोग गर्छ । यसबाट तौल कम हुन मद्धत गर्छ । ६.मांसपेशी मजबूत बनाउँछ : हिडाईले खुट्टा, पेट तथा पाखुराको मांसपेशीलाई मजबुत बनाउँछ र आर्थराइटिस दुखाई कम गर्न मद्धत गर्छ । ७.  राम्रो निद्रा पर्छ : ५० देखि ७५ वर्षका महिलाहरुले दैनिक बिहान १ घण्टा हिड्नाले अनिद्राको समस्याबाट छुट्कारा पाएको हचिन्सन क्यान्सर रिसर्च सेन्टर सियाटलको एक अध्ययनले देखाएको छ । ८. जोर्नीलाई फाइदा पुग्छ : जब मानिसको शरीरमा चाल पैदा हुन्छ, जोर्नीहरुले मासीबाट पोषण प्राप्त गर्छन् र त्यस क्षेत्रले अक्सिजन पाउँछन् । तर नहिड्दा जोर्नीहरुले त्यस्ता मासीप्राप्त गर्न सक्दैनन् र गति कम हुन्छ । ९. श्वासप्रश्वासमा सुधार ल्याउँछ : हिड्दा श्वासप्रश्वासको गति बढ्छ, जसबाट नसाहरुमा अक्सिजन राम्रोसंग पुग्न पाउँछ  जसले विकारहरुलाई हटाउन मद्धत गर्छ र शक्तिमा वृद्धि गर्छ । १०. मानसिक क्षयलाई कम गर्छ : ६५ वर्षमाथिका ६ हजार महिलामा गरिएको एक अध्ययनमा नियमित हिड्नेहरुमा उमेरसंग सम्बन्धित स्मरण क्षमता कम हुने समस्या कम भएको पाइएको थियो । दैनिक २.५ माइल हिड्नेमा स्मरण क्षमता १७ प्रतिशतले कम भएको पाइएको थियो भने नहिड्नेमा २५ प्रतिशतले कम भएको पाइएको थियो । ११. अल्जाइमरको खतरा कम गर्छ : दैनिक १ माइलहिड्ने वृद्धहरुमा अल्जाइमर र डिमेन्सियाको समस्या कम भएको अध्ययनमा पाइएको थियो । १२. अपांगताको खतरा कम गर्छ : हिडाईले ६५ वर्षभन्दा माथिका वृद्धहरुमा अपांगता हुने खतरा कम गर्ने अध्ययनमा देखिएको छ । http://swasthyakhabar.com/ बाट