के तपाईलाई मनमा नानाथरी कुरा खेल्ने र चिन्ता लाग्ने हुन्छ ?

मनमा कुरा खेल्नु प्रायः सामान्य हो । यसलाई रोग या समस्या भन्न मिल्दैन । कतिपय मानिसहरू स्वभावले बढी कल्पनाशिल हुन्छन् । किशोर किशोरिहरू पनि कल्पनामा बढी डुब्दछन । मनमा कुरा खेल्नु लाई समस्या पो हो की भन्ने तब सोचिन्छ जब यस्ले दैनिक जीवन मा अवरोध ल्याउँछ ।

असामान्य रूपले मनमा कुरा खेल्ने कारणहरु बिभिन्न हुन सक्छन । ती मध्ये सबै भन्दा ठुलो कारण तनाव हो । केही मानिस को व्यक्तित्वनै मनमा कुरा खेलाउने हुन्छ । यी बाहेक डिप्रेसन  र आत्तिने रोग हरुमा पनि मनमा बिभिन्न प्रकारका कुरा खेल्छन ।

व्यक्तित्वस् कुनै मानिसहरु सजिलैसंग आफुलाई ब्यक्त गर्न नसक्ने हुने र उनीहरुलाई कसैले केही भन्यो भने वा उनीहरु चित्त नबुझ्ने कुरा भयो भने कुरा मनमा नै राख्ने हुन्छन् । यो अवस्थालाई रोग भन्न मिल्दैन । तर यी मानिस हरू पटक पटक तनाव मा परेमा चाँही डिप्रेसन र आत्तिने रोग जस्ता मानसिक रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ ।

आत्तिने रोग (Anxiety) मा केही नराम्रो हुन्छ कि भन्ने एक किसिमको डर लाग्ने, नचाहिने चिजको अनावश्यक चिन्ता लागिरहनेस पारिवारीक चिन्ता¸ आर्थिक चिन्ता र भविष्यको चिन्ता पनि समस्याको तुलनामा धेरै हुने हुन सक्दछ ।  “बोल्दा मैले गल्ति गर्ने पो हो किरु” “मानिसहरुले मेरो हाँसो उडाउने हुन किरु” “रिंगटा लागेर मा लड्ने पो हुँ किरु” “मुटु बढी ढुक ढुक गरेर र दिमागले  केहि काम नै गरेन भने बडा बेइज्जत हुने पो हो किरु” जस्ता कुरा पनि मन् मा खेल्ने हुन सक्छ । यसरी मनमा कुरा खेल्दै गएमा केही शारीरिक लक्षण पनि देखिन सक्छन्, जस्तै जस्तै मुटु काप्ने, श्वास अनुभव हुने, जिउ या हात् खुट्टा काप्ने, चिटचिट पसिना आउने आदि ।

डिप्रेसन  मा चिन्ता साथै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् । क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ ।     यस्तो कारणले गर्दा हाम्रो दैनिक कार्यमा असर गर्न थाल्छ । नकारात्मक विचारका साथै  अनावश्यक थकानको महसुस हुने¸ कमजोरी अनुभव हुने¸ झुम्म परेको जस्तो हुने¸ टाउको दुख्ने र काम गर्ने जाँगर कम हुन थाल्छ ।

डिप्रेसन र आत्तिने रोग  दुबैमा अनावश्यक सानो कुरामा पनि रिस उठ्ने¸ झर्को लाग्ने पहिलाको जस्तो काममा वा पढाईमा एकाग्रता कम हुँदै जाने¸ बिर्सने समस्या हुने¸ आत्मबलको कमी हुने पनि हुन सक्छ । यी बाहेक निर्णय लिन पनि  गाह्रो हुने हुन सक्छ । निदाउन गाह्रो हुने वा निदाए पछि फेरी सुत्न गाह्रो हुने पनि हुन सक्छ । ननिउँदा फेरि अनेक नकारात्मक र चिन्ताका कुरा मन मा खेल्न सक्छन् । हात खुट्टा झमझमाउने¸ रिँगटा लागेको जस्तो हुने¸ शरिर पोलेको जस्तो पनि हुन सक्छ ।

सल्लाह

मनमा चिन्ता हुँदा र नकारात्मक कुरा खेल्दा मानिसहरू आफ्ना नजिकका हितैशीसँग छलफल गरेपनी पश्चात्य देशमा झै काउन्सिलर कहाँ जाने चलन नेपालमा आइसकेको छैन् । हितैशी हरूसँग कुरा गर्दा मन हल्का भएपनी सल्लाह चाँही उनिहरुको अनुभव, आस्था र धारणाले रङियेको हुन सक्छ । काउन्सिलरले चाँही कस्तो अवस्थामा कस्तो सल्लाह दिने भने तालिम लिने भएको ले उनिहरु को सल्लाह बढी बस्तुपरक हुन्छ । काउन्सिलर संपर्क सजिलो नभएमा चाँही तनाव बहन गर्ने तरिकाहरु ९क्लिक गर्नुहोस्० प्रयोग गर्दा फाईदा हुन सक्छ ।

तर जब चिन्ता र नकारात्मक बिचार बढ्दै गएर शारीरिक लक्षणहरू देखापर्छन, राम्रोसंग जानकारी नभएको हुनाले प्रायजसो यस्तो समस्याले पिडित ब्यक्तिहरु लक्षण अनुरूप नसाको चिकित्सक  (Neurologist) वा मुटुको चिकित्सक  (Cardiologist) या अन्य चिकित्सकलाई देखाउन जान्छन । जस्तै नसाको चिकित्सक कहाँ टाउको दुख्ने¸ झमझमाउने ईत्यादी लक्षणको उपचार गर्न जान्छन । मुटुको चिकित्सक कहाँ ढुकढुकी बढ्ने समस्याले पुग्दछन । अवश्य पनि यी शारीरिक लक्षण प्रकट भैसकेपछी आवश्यक डक्टरी जांच गर्नु पर्दछ । यस्को लागि सबैभन्दा पहिले General Practitioner लाई देखाउंदा राम्रो हुन्छ । त्यस पछि आवश्यक परेमा General Practitioner ले बिशेशज्ञ डक्टरलाई रेफर गर्नेछन । तर चिन्ता र नकारात्मक  सोचाइ धेरै छ र शारीरिक समस्या भन्दा अगाडी चिन्ता र नकारात्मक  सोचाइ शुरु भएको हो भने चाँही शुरु मै मानसिक रोग बिशेषज्ञ लाई जचाउदा राम्रो । मानसिक रोग बिशेषज्ञले अन्य चिकित्सकले जस्तै चिकित्सा बिज्ञान पढेको हुने हुनाले आवश्यक जांच र अन्वेशणहरू (रगत र पिसाब जांच तथा ई सी जी, भिडिओ एक्स्रे, सीटी स्क्यान र एम. आर. आइ.) पनि सिफारिस गर्न सक्ने तालिम लिएका हुन्छन् । यदि आवश्यक परे अर्थात शरीरको कुनै भाग मा खराबी देखिएमा मानसिक रोग बिशेषज्ञले सम्बन्धित चिकित्सकलाई रेफर गर्ने छन् ।

मानसिक रोग बिशेषज्ञ (Psychiatrist), मनोबिज्ञ (Psychologist) या काउन्सिलरको सल्लाह लिन जानुको अर्थ न त औषधी खानु हो न त पागल घोसित हुनु । तर नेपालमा बिभिन्न मिथ्याको कारणले जसलाई मनोबैज्ञानिक सल्लाह आवश्यक हुन्छ उ धेरै तिर भौतारिएर बल्ल मानसिक रोग बिशेषज्ञ  (Psychiatrist) या मनोबिज्ञ (Psychologist) सम्म आईपुग्छन ।

यस लेखको उद्देश्य सामान्यतया मनमा कुरा खेल्नु मानसिक समस्या होईन, तर मनमा अनेक चिन्ता हुने र नकारात्मक कुरा खेलेर दैनिक जीवन मा अवरोध पुगेको छ भने यो मानसिक समस्या पनि हुन सक्दछ र उचित सल्लाह र परामर्श लिनु राम्रो भन्न खोज्नु हो । त्यस्तै चिन्ता र नकारात्मक सोचाइको उचित व्यस्थापन नगरिएमा बिभिन्न शारीरिक लक्षण पनि उत्पन्न हुन सक्छन् र यसरी उत्पन्न  भएका शारीरिक लक्षणको उपचारमा  चिन्ता र नकारात्मक सोचाइको उचित व्यस्थापनको आवश्यकता पर्छ भन्नु यस लेख को अर्को उद्देश्य हो ।

लेखकः डा निशिता पाठक, मानसिक रोग विशेषज्ञ, सशस्त्र प्रहरी अस्पताल तथा अल्का अस्पताल, जावलाखेल, ललितपुर

नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन

चितवन, चैत १९ । नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र  (कृपा) ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो । ४२ प्रतिशतले मात्रै नेपाल सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गर्ने गरेको अनुसन्धानले देखाएको अनुसन्धानकर्ता डा महेश पुरीले जानकारी दिनुभयो । अध्ययन अनुसार नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गरेकामा एक लाख ३७ हजारले मात्रै सुरक्षित गर्भपतन गरेका छन् । बाँकी एक लाख ८६ हजार ९४ महिलाले भने मान्यता नदिएको स्वास्थ्य संस्थाबाट गर्भपतन गरेको पाइएको छ । कृपाले गरेको अध्ययनमा गर्भपतन गराएकामध्ये ८० हजारलाई समस्या देखिएकोले उपचारका लागि स्वास्थ्य संस्थामा जाने गरेको र तीमध्ये करिब ५४ हजार महिलाले भने मान्यता नपाएका स्वास्थ्य संस्थामा गर्भपतन गराएका रहेको पाइएको छ । यो तत्थाङ्कले नेपालमा असुरक्षित गर्भपतन ठूलो समस्याको रुपमा रहेको पाइएको डा पुरी बताउनुहुन्छ । पाँचैं विकास क्षेत्रका जिल्लालाई प्रतिनिधित्व गर्ने गरी २७ जिल्ला तथा ३८६ वटा स्वास्थ्य संस्थामा अध्ययन भएको थियो । नेपालमा वार्षिक १० लाख ४८ हजारले गर्भधारण गर्ने गरिएको र त्यसमध्ये ५० प्रतिशत इच्छा विपरितको हुनेगरेको सो अध्ययनले देखाएको छ । इच्छा विपरित गर्भ रहेकामध्ये ६२ प्रतिशतले गर्भपतन गर्ने गरेको समेत सो अध्ययनले देखाएको छ । महिला तथा बालबालिका कार्यालय चितवनका प्रमुख शान्ता पौडेलले ‘बढ्दो क्रममा रहेको असुरक्षित गर्भपतनलाई रोक्न सबैको हातेमालो आवश्यक भएको बताउनुहुन्छ । उहाँले चेतना अभिवृद्धिमा जोड दिनुभयो ।

बिहेअघिको सेक्स विहेपछि थाहा हुन्छ कि हुँदैन ?

चैत १६ । महिलाले विवाहअगाडि यौनसम्पर्क राखेरनराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आएरनआएको वा दुखेरनदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ । अर्कातिर पुरुषमा लिंगको अगाडिको छाला फाटेरनफाटेको, पछाडिसम्म खुलेरनखुलेको आधारमा यौनसम्पर्क भएरनभएको आधारमा मूल्यांकन गर्ने गरिएको पाइन्छ । माथि उल्लेखित सोच गलत हुन् । खास गरी उमेर पुगेपछिमात्र विवाह गर्ने प्रचलन बढ्दै गएको अहिलेको समयमा माहिलाको योनीको मुखमा बाल्यकालदेखि वा जन्मदेखि रहने जालो यौनसम्पर्कबाहेक दौडधुप, खेलकुद, पौडी, साइकल चलाउने वा अन्य यस्तै गतिविधिका कारणले पनि फुट्न सक्ने हुनाले पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने कुरा सत्य मान्न सकिँदैन । त्यस्तै पुरुषको लिंगको छाला यौनसम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने कुरा पनि सत्य होइन । त्यसकारण विवाहअगाडि यौनसम्पर्क राखे/नराखेको हुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन । यौनसम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा पनि गलत हो । योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग हो । महिलालाई यौन उत्तेजना नभएको बेला योनीमार्गमा एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ । अझ बच्चा पाउने बेलामा बच्चा पाउने हदसम्म पनि खुकुलो हुन सक्छ । यो सबैले बुझेको कुरा भयो । जसरी आवश्यक भएको बेलामा योनी खुकुलो हुन सक्ने कुरा वैज्ञानिक सत्य हो, त्यसै गरी यौनसम्पर्कपछि योनीले आफ्नो पुरानै तनाव र आकार ग्रहण गर्ने कुरा पनि वैज्ञानिक सत्य हो । यसका लागि एउटा उदाहरण दिँदा कुरा बुझ्न अझ सजिलो होला । ठूलो गाँस खाना खाएर मुख वा खाएको कुरा पेटसम्म लैजाने खाद्यनली खुकुलो वा ठूलो हुन्छन् र रु हुँदैनन् नि । त्यसैले यौनसम्पर्कपछि योनी खुकुलो हुँदैन ।

महिनावारी भएका बेला सेक्स गर्न हुन्छ ?

महिनावारी भएका बेला महिलाहरुलाई अझ बढी सेक्स गर्नु मन लाग्छ भन्ने कुरालाई यसअघि नै अध्ययनले सार्वजनिक गरिसकेको छ । धेरैको चोसोको विषय बनेको ‘के महिनावारीका बेला सेक्स गर्नु ठीक हुन्छ ? यसबाट गर्भ रहने सम्भावना हुन्छ कि हुँदैंन ? भन्ने प्रश्नको जवाफ यस्तो दिइएको छ । तपाई चाहनुहुन्छ भने महिनावारीका बेला सेक्स गर्न सक्नुहुन्छ । महिनावारीका बेला महिलाको यौनांग बढी भिज्ने भएकाले केही पुरुषहरु यस्तो बेला सेक्स गर्न मन पराउँछन् । यस्तो बेला सेक्स गर्दा कतिपय महिलालाई चरमोत्कर्षमा पुगेका बेला पेट र कम्म दुख्ने समस्याबाट समेत राहत मिल्छ । चरमोत्कर्षमा पुगेका बेला महिलाको यौनांग क्षेत्रमा रगत संकलन (कन्जेसन) हुँदैंन । तर, ध्यान दिनुहोस्, महिनावारीका दौरान सेक्स गर्न महिला साथीको इच्छा पनि हुनुपर्छ । र कुनै कारणवश हिच्किचाहट हुन्छ भने कण्डमको प्रयोग गर्न सकिछ । म दिनहुँ सेक्स गर्छु र वीर्य पनि बढी नै निस्कन्छ । के यसको असर मेरो स्वास्थ्यमा पर्छ रु यहीकारण मेरो आँखामा कालो घेरा बनेको जस्तो मलाई लाग्छ । के वीर्य स्खलन र आँखामा यस्तो समस्याबीच कुनै सम्बन्ध छ ? जुन पदार्थलाई तपाईं वीर्य सम्झिइरहनु भएको छ, त्यो वीर्यमात्र हुँदैंन । वीर्य त तपाईंको लिंगबाट निस्कने तरल पदार्थको ०।१देखि १ प्रतिशतमात्र हुन्छ । बाँकी त फ्लुड सेमिनल भेसिकल्स र प्रोस्टेटबाट आउँछ । यदि यसलाई शरीरबाट बाहिर ननिकाल्ने हो भने आफसेआफ बाहिर निस्कन्छ । यसरी दैनिक वीर्य निकाल्दा शरीरमा कुनै समस्या निम्तदैन । यदि कमजोरी महसुस गर्नुहुन्छ भने बाल्यकालदेखि नै मष्तिष्कमा बसेको गलत धारणा हो । एक थोपा वीर्य बन्न एकसय थोपा रगत आवश्यक हुन्छ भन्नेजस्ता गलत धारणा छ । वीर्य चौबिसै घण्टा बन्नका लागि नै बन्ने हो । यसलाई जमाएर या सन्चित गरेर राख्न असम्भव छ । वीर्य र आँखाबीच पनि कुनै सम्बन्ध हुँदैंन । तर, यस्ता गलत धारणाबाट पैदा भएको तनावले शरीरको चमक भने हराउन सक्छ । जरुरी : कुनै पनि स्वास्थ्य समस्याको समाधानका लागि डाक्टरकहाँ जानुहोस् । यो अनुदित सामग्री हो ।

मानिस निरोगी हुनका लागि यस्तो आहार सेवन गर्नु लाभदायक

अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं । कामको व्यस्तताले कतिपयले सुत्न समेत नपाएको गुनासो गर्ने गर्छन् । फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा कहिले आउला भनेर औंला भाँच्ने जमात पनि उल्लेखनीय छ । व्यस्तताका कारण धेरैले स्वास्थमा ठूलो मुल्य चुकाएका छन् । खानपिन र आहारमा राम्रो बिचार र्पुयाएमा मानिस पूर्ण रुपमा स्वस्थ बन्न सक्ने विज्ञहरु बताउछन् । नियमित रुपमा यी खानेकुरा खाँदा मानिसको समग्र स्वास्थ्यमा सुधार आउने विज्ञहरुको भनाई छ । तल उल्लेखित खानाले उमेर नपुग्दै बुढ्यौली हुने समस्याबाट बच्ने, कोलस्ट्रोल र रक्तचापको नियन्त्रण हुने तथा शरीरलाई डायबिटिजबाट मुक्त गर्न सकिने उनीहरुको जोड छ । स्याउ दिनहुँ एउटा स्याउ खाँदा रोग भाग्छ भन्ने अंग्रेजी उखान अहिले व्यवहारिक रुपमा नै सत्य सावित हुँदैछ । स्याउमा शरीरलाई आवश्यक पर्ने फाइबर हुन्छ, जसले शरीरको पाचन प्रणालीलाई सहयोग गर्छ । स्याउमा भिटामिन ए, सी, इ, फस्फोरस, म्याग्नेसियम,पोटासियम लगायत शरीरलाई आवश्यक पर्ने तत्व हुन्छ, जसले शरीरलाई स्वस्थ बनाउछ । स्याउमा हुने एन्टिअक्सिडेन्टले त सम्भावित क्यान्सरबाट बचाउँछ । देशी बदाम र ओखर नियमित आल्मोन्डको सेबनले स्मरण क्षमता बृद्धि गर्छ । सबैभन्दा महत्वपूर्ण त यसले आँखाको दृष्टिमा सुधार ल्याउछ भनेर विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् । गर्भवती महिलाले बदाम खाँदा बच्चाको दृष्टि बलियो हुने विज्ञहरुको भनाई छ । शरीरको खराब कोलेस्ट्रोल घटाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ बदाम र ओखर । आल्मोन्डले छालामा चमक ल्याउछ । अंगुर तौल घटाउन चाहनेका लागि अंगुर अचुक उपाय हुन सक्छ । नियमित अंगुरको सेबनले ब्लड सुगरको तह पनि घटाइदिन्छ । अंगुरमा हुने पेक्टिन नामक तत्वले रक्त प्रबाहमा हुने कार्बोहाईड्रेटको तह घटाइदिन्छ र शरीरलाई मोटो हुनबाट बचाउछ । गेडागुडी प्राय सबै मौसमी गेडागुडीले हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन प्रोटिन लगायतका खानेकुरा प्रदान गर्छन् । गेडागुडीमा पर्याप्त मात्रामा फाइबर, म्याग्नेसियम, आइरन, जींक र भिटामिन बी हुन्छ, जसले रक्तचाप घटाउने र डायबिटिज नियन्त्रण गर्छ । केरा पोटास र आइरनको मुख्य स्रोत केराले हेमोग्लोबिनको तहलाई नियन्त्रण गर्छ । केरा पाचन प्रणालीमा पनि उत्तिकै प्रभावकारी भएकोले नियमित दुईओटा केरा खाँदा कब्जियतको समस्या हुँदैन । ग्रीन टि तौल घटाउन ग्रीन टि निकै प्रभावकारी मानिन्छ । यसले शरीरको मेटाबोलिजमलाई बृद्धि गर्छ । यो एन्टिअक्सिडेन्टको महत्वपूर्ण स्रोत समेत हो । यसमा मानिसलाई बृद्ध हुनबाट बच्ने गुण समेत हुन्छ । यसले कोलेस्ट्रोलको तहलाई पनि सुधार गर्छ । दही दही क्याल्सियमको महत्वपूर्ण स्रोत हो । दहीले हड्डी बलियो बनाउन पनि उत्तिकै सहयोग पु¥याउछ । माछा, मासु र अन्डा नखाने मानिसले दहीबाट प्रोटिन लिन सक्छ । यसले पाचन प्रक्रियालाई सशक्त बनाउछ । दहीमा हुने यही गुणका कारण खाना खाईसकेपछि डेर्जटको रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।

गर्मीयाममा ठेउलाको बढी समस्या

काठमाडौं । गर्मीयाममा धेरै मानिसहरुमा ठेउला देखिने गर्दछन् । ठेउला एकप्रकार खतिरा जस्तै हो । यो रोग विशेषगरी स–साना केटाकेटी वा बालबच्चाहरुमा देखिने गर्दछ । यो रोग लाग्दा बिरामीहरु जहाँ पायो त्यहीँ हिँड्ने, बोल्ने, हावामा बस्ने गर्नुहुँदैन । यो हावाको माध्यमबाट अरु व्यक्तिहरुलाई सर्ने रोग हो । के हो ठेउला ? ठेउला भेरिसेला जेस्टोर भाइरस नामको सूक्ष्म जीवाणुका कारण हुने गर्दछ । बिरामीले खोक्दा, बोल्दा तथा बिरामीको पानीफोका छुँदा अन्य व्यक्तिलाई सर्न सक्छ । ठेउला शरीरमा बिबिरा देखिएको एकदेखि दुई दिनअगाडिदेखि संसर्गमा भएका व्यक्तिहरूमा पनि सर्न सक्दछ । साथै, पानी फुटेर सुकुन्जेलसम्मको अवस्थामा पनि सर्ने सम्भावना उच्च रहन्छ । यो संक्रमणपछि बिबिरा बिरामीको अनुहारदेखि घाँटी हुँदै छाती तथा शरीरका सबै अंगमा देखापर्दै जान्छ । ज्वरो आउनु, थकान महसुस हुनु, टाउको दुख्नु यसका प्रमुख लक्षण हुन् । बिबिरा आउने–जाने क्रम झन्डै १० देखि २१ दिनभित्रमा देखापर्ने गर्दछ । जोखिम समूह एक वर्षमुनिका बालबालिका तथा पहिला कहिल्यै पनि संक्रमण नभएका वयस्कहरूलाई उच्च जोखिम हुने गर्छ । त्यस्तै, गर्भवती महिला तथा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई पनि जोखिम बढी हुन्छ । संक्रमण भएका नवजात शिशुमा ३० प्रतिशत मृत्युदर देखिएको छ । छालामा ब्याक्टेरियाको फैलावट तथा अति जलवियोजन ठेउलाका प्रमुख कारण हुन् । यो एकपटक संक्रमण भएको व्यक्तिको शरीरमा सुस्त अवस्थामा रहेको हुन्छ । जब कुनै कारणवश यसको सक्रियता बढ्छ, तब यसका लक्षण देखापर्दछन् । यसलाई नेपालीमा जनै खटिरा पनि भन्ने गरिन्छ । यसको निदान यसको पहिचान सामान्यतया बिरामीको लक्षण तथा शरीरमा देखिएको बिबिराको प्रकृतिका आधारमा गर्ने गरिन्छ । प्रयोगशाला निदान पनि गर्न सकिन्छ । ठेउला निदान गर्न एलिजा तथा पिसिआर विधि प्रयोग गर्न सकिन्छ । यद्यपि, नेपालमा यी दुवै प्रयोगशाला विधि प्रयोग गर्ने गरेको पाइँदैन । के गर्ने ? ठेउलाका लागि विशेष औषधि प्रयोग गरिँदैन । बिरामीलाई अन्य व्यक्तिको सीधा संसर्ग नहुने गरी राख्नुपर्छ । त्यो अवस्थामा झोलीय पदार्थ सेवन गरी लक्षणका आधारमा औषधि प्रयोग गर्न सकिन्छ । त्यस्तै, चिकित्सकको सल्लाहबमोजिम ठेउलाबाट हुने जोखिम न्यूनीकरणका लागि एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको समयमा नै निदान तथा उपचार नहुँदा  बिरामीको ज्यानै जान सक्ने भएकाले खोप नै यसको उपयुक्त विकल्प हुन सक्छ । यसको खोप दुईपटक दिने गरिन्छ । पहिलो खोप १२ देखि १५ महिनासम्म दिने गरिन्छ भने अर्को स्कुल जाने उमेर अर्थात् चारदेखि ६ वर्षको उमेरमा दिने गरिन्छ। खोप लगाउँदा ठेउला कहिल्यै नआउने भन्ने नभए तापनि दोस्रोपटक संक्रमण भएमा कडा रूप लिन पाउँदैन ।

निरोगी बन्न निम्न खानेकुरा खानुपर्छ

चैत ५ । निरोगी बन्नु सबैको चाहना हुन्छ । तैपनि अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं । व्यस्तताका कारण धेरैले आफ्नो स्वास्थयमा हेचक्राइ गरेको पाइन्छ । खानपिन र आहारमा राम्रो बिचार पुर्‍याएमा मानिस पूर्ण रुपमा स्वस्थ बन्न सक्ने विज्ञहरु बताउछन् । नियमित रुपमा यी खानेकुरा खाँदा मानिसको समग्र स्वास्थ्यमा सुधार आउने विज्ञहरुको भनाई छ । निम्न उल्लेखित खानेकुराहरु नियमित सेवन गरेमा उमेर नपुग्दै बुढ्यौली हुने समस्याबाट बच्ने, कोलस्ट्रोल र रक्तचापको नियन्त्रण हुने तथा शरीरलाई डायबिटिजलगायतबाट मुक्त हुन सकिने विज्ञहरु बताउँछन् । स्याउ : दिनहुँ एउटा स्याउ खाँदा रोग भाग्छ भन्ने अंग्रेजी उखान अहिले व्यवहारिक रुपमा नै सत्य सावित हुँदैछ । स्याउमा शरीरलाई आवश्यक पर्ने फाइबर हुन्छ, जसले शरीरको पाचन प्रणालीलाई सहयोग गर्छ । स्याउमा भिटामिन ए, सी, इ, फस्फोरस, म्याग्नेसियम,पोटासियम लगायत शरीरलाई आवश्यक पर्ने तत्व हुन्छ, जसले शरीरलाई स्वस्थ बनाउछ । देशी बदाम र ओखर : नियमित आल्मोन्डको सेबनले स्मरण क्षमता बृद्धि गर्छ । सबैभन्दा महत्वपूर्ण त यसले आँखाको दृष्टिमा सुधार ल्याउछ भनेर विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् । गर्भवती महिलाले बदाम खाँदा बच्चाको दृष्टि बलियो हुने विज्ञहरुको भनाई छ । आल्मोन्डले छालामा चमक ल्याउछ । अंगुरः तौल घटाउन चाहनेका लागि अंगुर अचुक उपाय हुन सक्छ । नियमित अंगुरको सेबनले ब्लड सुगरको तह पनि घटाइदिन्छ । अंगुरमा हुने पेक्टिन नामक तत्वले रक्त प्रबाहमा हुने कार्बोहाईड्रेटको तह घटाइदिन्छ र शरीरलाई मोटो हुनबाट बचाउछ । गेडागुडीः प्राय सबै मौसमी गेडागुडीले हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन प्रोटिन लगायतका खानेकुरा प्रदान गर्छन् । गेडागुडीमा पर्याप्त मात्रामा फाइबर, म्याग्नेसियम, आइरन, जींक र भिटामिन बी हुन्छ, जसले रक्तचाप घटाउने र डायबिटिज नियन्त्रण गर्छ । केराः पोटास र आइरनको मुख्य स्रोत केराले हेमोग्लोबिनको तहलाई नियन्त्रण गर्छ । केरा पाचन प्रणालीमा पनि उत्तिकै प्रभावकारी भएकोले नियमित दुईओटा केरा खाँदा कब्जियतको समस्या हुँदैन । ग्रीन टिः तौल घटाउन ग्रीन टि निकै प्रभावकारी मानिन्छ । यसले शरीरको मेटाबोलिजमलाई बृद्धि गर्छ । यो एन्टिअक्सिडेन्टको महत्वपूर्ण स्रोत समेत हो । यसमा मानिसलाई बृद्ध हुनबाट बच्ने गुण समेत हुन्छ । यसले कोलेस्ट्रोलको तहलाई पनि सुधार गर्छ । दहीः दही क्याल्सियमको महत्वपूर्ण स्रोत हो । दहीले हड्डी बलियो बनाउन पनि उत्तिकै सहयोग पुर्याउछ । माछा, मासु र अन्डा नखाने मानिसले दहीबाट प्रोटिन लिन सक्छ । यसले पाचन प्रक्रियालाई सशक्त बनाउछ । दहीमा हुने यही गुणका कारण खाना खाईसकेपछि डेर्जटको रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।

वायुप्रदूषणबाट स्वास्थ्यमा पर्ने असर कम गर्न भिटामिन ‘बी’ प्रभावकारी हुने

काठमाडौं, चैत २ । विश्वभर बढ्दै गएको वायु प्रदूषणबाट हुने हानिलाई कम गर्न भिटामिन ‘बी’ प्रभावकारी हुने एक अनुसन्धानले देखाएको छ । कोलम्बिया विश्वविद्यालयको मेलम्यान जनस्वास्थ्य स्कुलले अध्ययनपत्र सार्वजनिक गर्दै वायुप्रदूषणबाट स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई कम गर्न भिटामिन ‘बी’ प्रभावकारी हुने तथ्य सार्वजनिक गरेकोे हो । अध्ययनको नेतृत्व गरेकी जीयाझोंगकाअनुसार भिटामिन ‘बी’ मा हुने फोलिक एसीड, भिटामिन बी–६ र बी–१२ लेसमेत वायुप्रदूषणबाट पर्ने प्रभावलाई कम गर्दछ । अध्ययनअनुसार वातावरण प्रदूषणले विशेषगरी मानवीय ‘जीन’ परिवर्तन गरिदिने डीएनए मेथैलेसन, मुटु तथा नसासम्बन्धी रोग र क्यान्सरजस्ता गम्भीर स्वास्थ्य समस्या देखिन्छ । झोंगले वातावरण प्रदूषणले धेरै स्वास्थ्य समस्याहरु देखिने बताउँदै यसबाट जोगिन प्रदूषणबाट जोगिनुपर्ने र व्यक्तिगतरुपमै रोग लाग्न नदिन सचेत हुनुपर्ने अध्ययनमा उल्लेख गरेकी छन् । उनले भनिन्–‘हाम्रो अध्ययनले वायु प्रदूषणबाट हुने गम्भीर प्रकारका रोगहरु विशेषगरी जीन परिवर्तन गरिदिने डीएनए मेथैलेसन, मुटु तथा नसासम्बन्धी रोग र क्यान्सरबाट जोगिन नियमित भिटामिन बी प्रयाप्त खानुपर्ने सल्लाह दिन्छौं ।’ अध्ययनकर्ताहरुले परीक्षणको लागि १० जना सहभागीहरुलाई दैनिक भिटामिन बी, बी–६ र बी–१२ (२.५ मिलिग्रामफोलिक एसिड) खुवाइएको थियो । चार हप्ताको परीक्षणपछि नतिजामा भिटामिन बी खाएका व्यक्तिको तुलनामा नखाएकेलाई ७६ प्रतिशतले वायु प्रदूषणको जोखिम कम भएको अध्ययनमा उल्लेख छ । झोंगले अध्ययनको निस्कर्ष भिटामिन बी सिधै सेवन नगरी भिटामिन ‘बी’ प्राप्त हुने खानेकुरा बढी सेवन गर्नुपर्ने बताएकी छन् । उनले भनिन्–‘हामी कसैलाई पनि सिधै भिटामिन बी चक्की खान सल्लाह दिँदैनौं, तर भिटामिन ‘बी’ प्राप्त हुने खानेकुरा भने दैनिक प्रशस्त खान आग्रह गर्छौं ।’ अध्ययनका लेखक तथा मेलम्यान स्कुलका वतावरणीय स्वास्थ्य विज्ञान प्रमुख प्राध्यापक एन्डे«य बक्केयरल्लीले अझैपनि विश्वभर ठूला–ठूला सहरहरुमा वायु प्रदूषणको समस्या बढ्दै जानु दुर्भाग्यपुर्ण भएको बताए । उनले भने– ‘वायुप्रदूषणबाट बच्न प्रदूषणको नियन्त्रण तथा उचित विर्सजन गर्नुपर्छ र ती क्षेत्रमा बसोबास गर्ने मानिसहरुले प्रशस्त भिटामिन बी प्राप्त हुने खानेकुराको सेवन गर्नुपर्दछ ।’ सो अध्ययनमा अनुसन्धाताको रुपमा हार्वड टी एचचान जनस्वास्थ्य स्कुल स्वीडेन, चीन, सिंगापुर, मेक्सिको र क्यानडाका चिकित्सकहरु संलग्न थिए । यस अध्ययनलाई अमेरिकाको नेसनल एकेडेमी अफ साइन्सेस जर्नलमा प्रकाशित गरिएको छ ।

आँखामा रङ पर्याे यसो गर्ने !

फागुन ३० । होली खेल्दा आँखामा रंग जाने समस्या सबैभन्दा बढी पाइने गरेको छ । यसले गर्दा आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ । रंगले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्‍याउँछ । यो सेतो भागमा रंगले गर्दा रातोपना र घाउ हुन सक्छ । अबिरमा उपयोग गरिने टल्किने अभ्रखले कर्नियालाई हानि गर्न सक्छ । त्यहाँ घाउ हुन पनि सक्छ । आँखामा रंग वा कुनै रसायन परे तुरुन्त सफा पानीले अर्थात् उमालेर चिसो पारेको पानीले २० देखि ३० मिनेटसम्म धोइरहनुपर्छ । तर, आँखा धुँदा जोडले पानी छयाप्ने गर्नुहुन्न । समस्या झन् बढ्न सक्छ । दृष्टि धमिलो भए, आँखा दुखे वा रातो भए तुरुन्त नेत्र विशेषज्ञकहाँ जानुपर्छ ।

सपना नराम्रो देख्नु भयो ? यस्तो हुन सक्छ कारण !

मानिसहरू सपना देख्छन्, कहिले राम्रो र कहिले नराम्रो अर्थात् डरलाग्दो । डरलाग्दो सपना देखेपछि मानिस पसिना–पसिना भएर ब्युँझन्छन् पनि । तर,  त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्. । कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ । गत महिना अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए । ६८०० बालबालिकाबीच गरिएको उक्त अध्ययनको प्रतिवेदन ‘स्लीप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो । अध्ययनमा दुईदेखि सात वर्षका बच्चाले हप्तामा दुई या तीनपटकसम्म नराम्रा सपना देख्ने गरेको पाइएको थियो । ती बालबालिकाले किशोर उमेर पुग्दासम्म कुनै आवाज सुनेजस्तो भ्रम सिर्जना हुने समस्या देखापर्ने अनुसन्धानकर्ताले बताएका छन् । बारम्बारको नराम्रा सपनाले बालबालिका भावनात्मक चोट (दुव्र्यवहार, बदमासीलगायत) को सामना गर्नुपर्ने हुनसक्ने अनुसन्धानकर्ताको भनाई छ । उनीहरुका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ । मानिसले निद्राको र्यापिड आइ मुभमेन्ट (रेम) को चरणमा मात्र सपना देख्छन्, रेम हरेक रात चार या पाँच चरणमा हुन्छ । यसका साथै थुप्रै मेडिकल समस्याका कारण निद्रा विथोलिन्छ, ‘यसको अर्थ हुन्छ, तपाई रेमको अवधिमा ब्युँझनुहुन्छ र त्यस्ता सपना सम्झनुहुन्छ ।’ क्याम्ब्रिजको पापवर्थ हस्पिटालका निद्रा अनुसन्धानकर्ता एवम् कार्डियोलोजिस्ट डा.निकोलस ओस्क्रोफ्टले भने । यस्तै, अनिद्राको समस्या भएका मानिसले पनि नराम्रा सपना देख्छन्, यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । नियमित नराम्रा सपना मुटुको समस्यासंग पनि गाँसिएको हुन्छ । अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ भने छाति दुख्ने समस्या सात गुणा बढी हुन्छ । मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउछ । गहिरो निद्रामा परेका बेला अरू सबै मांशपेशीले काम नगरेपनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांशपेशीलाई भने असर पार्न सक्छ । यहीकारण मानिस  गहिरो निद्राबाट ब्युँझन सक्छ । र मानिसले खराब सपना सम्झन्छ । यसका साथै मिर्गौलामा संक्रमण, रुघाखोकीजस्ता संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने अनुसन्धानकर्ताको भनाई छ । यस्तै, अति खराब सपना देख्नु पार्किन्सन रोगको प्रारम्भिक संकेत भएको न्युरोलोजिष्ट डा. रोबर्ट ब्रेनरको भनाई छ । माइग्रेनले पनि नराम्रा सपना देखाउछ । धेरैजसो महिलाले रजस्वला वरपरको समयमा अनेक थरि सपना देख्नछन् । swasthyakhabar.com बाट

चिकित्सकहरु भन्छन्– गर्भावस्थामा डिप्रेसनकाे औषधी लिनु आमा र बच्चा दुबैका लागि खतरनाक

काठमाडौं, गर्भावस्थामा डिप्रेसन अर्थात मानसिक अवसादको अवस्थालाई हटाउन कतिपय महिलाहरुले डिप्रेसनको औषधी लिने गर्दछन् । पेटमा बच्चा रहेपछि महिलाहरुको शरीरमा हर्मोनमा आउने परिवर्तनले उनीहरुको मन, चित्त, संवेग र संवेदनामा नै परिवर्तन आउने हुँदा कतिपय महिलाहरु शुरुको चरणमा र बच्चा पाएकापछि डिप्रेसनमा पुग्ने गर्दछन् । यस्तो बेला कतिपयले डिप्रेसन निको पार्न दिइने औषधी खाने गर्दछन् । तर सावधान, चिकित्सकहरु भन्छन्– यस्ता औषधी लिनु खतरनाक हुन्छ आमा र बच्चा दुबैका लागि । हालैमात्र हल्याण्डमा एउटा अनुसन्धान गरियो । स्वेन्सा विश्वविद्यालयका शोधकर्ताहरुले ५ लाख भन्दा बढी नवजात शिशुमा यो शोध गरेका थिए । यसबाट गर्भावस्थामा डिप्रेसनको औषधी लिने आमाबाट जन्मेका बच्चाहरु अविकसित अवस्थामा जन्मिने खतरा बढी रहने पाइयो । यसमा मुख्य गरी डिप्रेसन र एन्जाइटीको गम्भीर अवस्थामा लिइएका औषधीहरुले बढी समस्या तपाई यो एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ पर्ने देखियो । किन हुन्छ खतरा ? गर्भावस्थाको बेला पहिलो त्रैमासिकमा बच्चाको शरीरका अंगहरु निर्माण हुन्छ । everestdainik.comयस्तो बेला जुन महिलाहरुले डिप्रेसन, मानिसक तनाव या यस्तै समस्या अन्त्य गर्न एन्टीडिप्रेसन या एन्टी साइकोटिक औषधीहरु नियमित रुपमा लिनेगर्दछन्, उनीहरुको बच्चामा यसको सोझो असर पर्छ । यसबाट बच्चा मुटुसम्बन्धी रोग र असन्तुलित व्यवहारका साथै अविकसितरुपमा जन्मिन सक्छ । यसप्रकारका समस्या भएर जन्मिने हरेक १०० मध्ये ९० बच्चामा यी समस्याहरु जन्मजात या जेनेटिक हुन्छन् । यो बाँकी १० प्रतिशतमा एन्टी डिप्रेसनजस्ता औषधीको सेवन मुख्यरुपमा जिम्मेवार हुन्छन् । के गर्ने त ? औषधी खानुपर्ने अवस्था देखिएपनि त्यसको विकल्पमा अन्य उपाय अपनाउन चिकित्सकहरु सल्लाह दिन्छन् । यसका लागि पौष्टिक आहार खाने, सकेसम्म परिवारको वातावरण राम्रो बनाउने र ध्यान गर्नुपर्ने उनीहरुको सल्लाह छ । यदि गर्भ बस्नु अगाडिदेखि यस्तो औषधी खाइरहेको खण्डमा चिकित्सकसँग सल्लाह लिनु जरुरी छ । चिकित्सकले पहिलो त्रैमासिक र तेश्रो त्रैमासिकमा यस्ता औषधी बन्द गर्ने या यसको मात्राका बारेमा तपाईलाई सही सल्लाह दिन सक्छन् ।

महिनावारीमा सेक्स ?

फागुन १९ । महिलाहरुको महिनावारीको बेला यौनसम्पर्क कायम राख्ने कुरामा कतिपय तपाई हामीले नाक खुम्च्याउँछौं । हिन्दू मान्यताहरुमा त महिनाबारीका ४ दिन अशुद्ध मानिन्छन् । त्यसो त यौनसम्पर्क भनेको शारीरिक भन्दा पनि बढी मानसिक क्रिया हो । त्यसैले महिनावारीलाई हेर्ने दृष्टिकोणका आधारमा यो बेला सेक्स गर्ने या नगर्ने भन्ने कुराको निधो हुन्छ । तर स्वास्थ्यका दृष्टिमा भने महिनावारीको बेला सुरक्षा अपनाएर यौनसम्पर्क कायम गरियो भने यसले हानी गर्दैन । महिनावारीको बेला अशुद्ध रगत बग्ने भएकाले संक्रमणको जोखिम भने नहुने होइन । त्यसैले साधन प्रयोग गरेर यौनसम्पर्क गर्नुपर्ने कुरामा चिकित्सकहरुले जोड दिएका हुन्छन् । सुरक्षित तरिकाले सेक्स गरियो भने महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि भने हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ । मेडिकल साइन्सका अनुसार महिनावारी भएको बेला सम्भोग गर्दा कुनै हानि हुँदैन । तर, महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत धेरै मात्रामा बगेको छ र कुनै संक्रमण भएको छ भने सम्भोग नगर्नु राम्रो हुन्छ । कति पुरुष भने रजस्वला भएको बेला महिलाको योनीमा रगत हुने हुँदा फोहर पनि महसुस गर्छन् । यस बेला सम्भोग गर्न सहज मान्ने, नमान्ने दुवैको चाहनामा भर पर्दछ । यस्तो बेलाको यौन सम्बन्धले आनन्द नआउने कुनै कारण छैन । सामान्यतया महिनावारी भएको बेलामा गरिएको यौन सम्बन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो बेलामा गहन सम्भोग गरियो भने इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ, जसले महिलाको महिनावारीबाट भएको पीडालाई तुरुन्त कम गर्छ । अमेरिकामा हालै गरिएको अनुसन्धानअनुसार महिनावारीको बेला सम्भोग गर्दा महिनावारीको समय पनि कम हुने प्रतिवेदन सार्वजनिक गरेको छ । चरम यौन आनन्दमा महिनावारीको रगत छिटो योनीबाट बाहिर निस्कने हुँदा अरू बेलाको भन्दा महिनावारीको समय छोट्टिने जानकारी दिइएको छ ।

दुधमा एक चम्चा बेसार राखेर पिउने गर्नाले ग्याष्ट्रिक र अल्सरको उपचार

माघ १७ । आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ । यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ । त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ । यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यी फाइदा हुन्छन्ः दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ । बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ । दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन् । विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ । बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ । यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ । दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ । अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ । आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ । यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ । दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ । यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ । छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ । दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन् । पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ । महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ । साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ । सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्द छ । चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ ।

महिलाले कसरी गर्छन हस्तमैथुन ?

हाम्रो समाजका धेरैजसो मानिसले महिलाहरू हस्तमैथुन गर्दैनन् भन्ने मान्छन्, तर वास्तविकता त्यस्तो होइन । महिलाहरूले पनि हस्तमैथुन गर्छन् । एक अध्ययनअनुसार ८२ प्रतिशत महिलाले हस्तमैथुन गरेको अनुभव भएको बताएका छन् । महिलाले कसरी हस्तमैथुन गर्छन् ? योनिलाई नै महिलाको प्रमुख यौनअङ्ग मानिन्छ । महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील हुन्छन् । जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन । त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई यौन अङ्गका रूपमा नलिइए पनि हामीले प्राप्त गर्ने धेरैजसो यौनसुख यिनै अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं । जाँध, तिघ्राको भित्री भाग, घाँटी, काखी आदि पनि यौन संवेदनशील हुन सक्छन् । स्पर्शको अनुभूति विभिन्न किसिमको हुन सक्ला, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याई आदि । पुरुषको तुलनामा महिलाहरूको हस्तमैथुन गर्ने तरिकामा बढी विविधता हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गरेको पाइन्छ । हस्तमैथुनमा यौन परिकल्पना एउटा महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरुप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आशनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर थप आनन्द प्राप्त हुन्छ । भगांकुर चलाउनु : भगांकुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । यो यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र हो । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने उपायका रूपमा लिएका छन् । केही पसाउनु : योनिमा केही पसाएर यौन आनन्द प्राप्त गर्न सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा त्यो स्वाभाविक रूपमै हुन्छ । त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । त्यसरी पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । यौन प्रसाधनको प्रयोग : भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ जसले आनन्द थप्छ नै । त्यसबाहेक शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द प्राप्त गर्ने कुरामा सहायक हुन्छन् । अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा भ्राइबेटर भनिने यौन प्रसाधन विभिन्न आकार तथा प्रकारमा पाइन्छन् । तुलनात्मक रूपमा यसको प्रयोगले यौन आनन्द प्राप्त गर्न सजिलो भएकाले पनि कैयौं महिलाले यस्ता साधन मन पराएका छन् । केही असर गर्छ कि ? तपाईंले के कुरालाई संकेत गर्नुभएको हो स्पष्ट भएन । हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो । यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौन संवेदनशी अङ्ग जस्तो यौनअङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्क गर्दा यौन अङ्गहरू एकआपसमा घर्षण गराइन्छन् । मानिसले आफ्नो यौनअङ्गको घर्षण अरू कसैको यौन अङ्गमा गराए मात्र यौन आनन्द प्राप्त हुने होइन । सिद्धान्तत: यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौनअङ्गको घर्षणबाट यौन आनन्द प्राप्त गर्ने प्रक्रिया उस्तै हो । त्यसैले यौनसम्पर्क गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन । यौनसम्पर्क दिनहुँ गर्दा हानि हुँदैन भने हस्तमैथुन गर्दा मात्र हानि हुने कुरै भएन, तर यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग । त्यसैले समाजमा अनेकन् मिथ्या धारणा व्याप्त छन् । महिलाको हकमा हस्तमैथुनले योनि खुकुलो हुन्छ कि भन्ने चासो हुने भए पनि त्यसमा सत्यता छैन, त्यसैगरी हस्तमैथुन गर्दा कौमार्य भङ्ग हुन्छ भन्ने कुरालाई पनि सत्य मान्ने आधार छैन, किनभने यो कसैसँग गरिएको यौनसम्पर्क होइन । फाइदा नि ? सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति प्रदान गर्छ । तनावबाट मुक्त मान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ । यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले कतिपय यौनअपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, त्यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि जोगाउँछ । अर्को व्यक्तिसँग यौन सम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी/एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि जोगिने नै भयो । यसले व्यक्तिमा स्वस्थ भएको अनुभूति दिन्छ भने आत्मसम्मान वृद्धि, शरीरको प्रतिविम्ब राम्रो बनाउनेदेखि निद्रालाई समेत सहयोग गर्छ । यसले मानसिक अनि शारीरिक तनाव कम गर्न पनि सहयोग गर्छ । यो कटि प्रदेश र योनिक्षेत्रको मांसपेशीलाई बलियो बनाउन पनि सहयोगी हुन्छ । यी मांसपेशी बलियो हुँदा वयस्क उमेरमा थाहै नपाई पिसाब फुस्कने समस्या कम हुन्छ । नियमित यौनसम्पर्क गरिरहेका व्यक्तिले पनि हस्तमैथुन गर्छन् । कतिपयले महिलाले हस्तमैथुन गर्दा चरमसुख पनि राम्रोसँग प्राप्त गर्ने कुरा उल्लेख गरेका छन् । यौनसम्पर्क गरेर यौन चरमसुख प्राप्त गर्न गाह्रो भएका महिलाहरूका लागि त हस्तमैथुन वरदान नै हो भन्न सकिन्छ । दुवै जना मिलेर कसरी बढीभन्दा बढी यौनआनन्द लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर हस्तमैथुनसहितको विभिन्न यौन क्रियाकलाप गर्दा यौन आनन्द प्राप्त गर्न सहयोग मिल्छ । सामान्यत: यौनेच्छा पूरा भएपछि थप यौनसम्पर्क वा हस्तमैथुन गर्न सकिँदैन । आफ्नो दैनिक जीवनलाई नै असर पार्ने गरी लत बसेको छ भनेचाहिँ चिकित्सकको मद्दत लिनुपर्छ । साप्ताहिकबाट साभार

महिलाहरु पुरुष डाक्टरसँग उपचारका लागि खुल्दैनन्

हेमन्त के सी जाजरकोट, फागुन ११ । यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । जिल्लाका विभिन्न ठाउँमा हुने शिविरमा उपचारका लागि आउने महिला बिरामीहरुको उपचार गर्दा ७० प्रतिशतभन्दा बढी पाठेघर खस्ने रोग भएका महिला रहेको पाइएको छ । केही दिन अघि स्वास्थ्य चौकी लहँमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएका महिलाहरुको ठूलो संख्याका महिलाले पाठेघर खस्ने समस्या भएका महिलाको सहभागिता रहेको चिकित्सक डा जानुका गैरेले जानकारी दिए । शिविरमा पाठेघरका बिरामी, रगत बग्ने, मुत्रनलीमा समस्या भएका, सेतोपानी बग्ने, इमिग्यास्टिक, महिनावारी नहुनेजस्ता बिरामी महिलाको संख्या धेरै भेटियो, डा.गैरेले भने– ‘यो डरलाग्दो अवस्था हो, यस्तो अवस्था अहिलेसम्म अन्य ठाउँमा देखिएको छैन ।’ जनचेतना अभावका कारण गरिने बालविवाह, कम उमेरमा बच्चाको आमा बन्ने, कम जन्मान्तरमा बच्चा जन्माउनुले महिलाहरुमा यस्तो डरलाग्दो समस्या देखा परेको डा.जानुका गैरेको भनाई रहेको छ । गरिबीका कारण गर्भवती तथा सुत्केरी अवस्थामा गह्रौँ भारी बोक्नुुपर्ने बाध्यताले पनि यस्ता रोग लाग्ने डा गैरेले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी, जाजरकोट शाखाको सामुुदायिक स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमको आर्थिक सहयोग र क्षेत्रीय स्वास्थ्य कार्यालय, सुर्खेत तथा प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविरबाट २२५ जना महिलाले स्वास्थ्य जाँच गराएर निःशुल्क सेवा लिएको नेपाल रेडक्रस सोसाइटी, जाजरकोटको सामुुदायिक स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम जिल्ला संयोजक छवि पन्तले जानकारी दिए । सेवा लिएका महिलाहरुमा लहँ–२ की ६६ वर्षीया तस्बीरा रावल, लहँ–४ की ६१ वर्षीया भक्की वली, लहँ–६ की ४५ वर्षीया नानकली वली र लहँकै ५२ वर्षीया मगी रावलको पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने अन्तिम अवस्थाका बिरामी फेला परेको संयोजक पन्तले बताए । पन्तले दिएको जानकारीअनुसार ती चारजना महिलालाई नेपाल रेडक्रस सोसाइटी, जाजरकोटकै पहलमा यही फागुन १५ गतेदेखि रुकुमको चौरजहारीमा सञ्चालन हुन गइरहेको पाठेघरसम्बन्धी शल्यक्रिया शिविरमा शल्यक्रिया गरिने भएको छ । गत माघ २२ गते लहँ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा यौनाङगबाट रगत बग्ने चारजना, मुत्रनलिमा समस्या भएका ३२ जना तथा सेतोपानी बग्ने ३२ जना, इमिग्यास्टिक ४७ जना, महिनावारी नहुुने तीनजना, लुुतो ३० जना, तल्लो पेट दुुख्ने १० जना, आरइएमका नौजना, पेट दुुख्ने ३६ जना बिरामी फेला परेको संयोजक पन्तले जानकारी दिए । दुईसय २५ जना महिलाले निःशुल्क सेवा लिएको उक्त स्वास्थ्य शिविरमा २०७ जना महिला विभिन्न रोगका बिरामी रहेको नेपाल रेडक्रस सोसाइटी, जाजरकोट शाखाले जनाएको छ । गाउँका अधिकांश महिला पुरुष डाक्टरसँग खुलेर कुरा गर्न हिचकिचाउँदा रोगको उपचार गर्न समस्या हुने गरेको छ । ग्रामीण भेगमा स्वास्थ्य संस्थामा समेत एक्लै आउन लजाउने महिलाहरुले खुलेर आफ्नो समस्या स्वास्थ्यकर्मीसँग राख्न सकेका छैनन् ।

किन दुख्छ पेट, डाक्टरलाई कतिखेर जँचाउने ?

पेट दुख्ने समस्याबाट हरेक पीडित हुने गर्दछन् । सामान्यतः पेट किन दुख्छ भन्ने कुराको यकीन कारण थाहा हुँदैन । कतिपय बेला यस्तो दुखाई सामान्य लाग्छ भने कतिपय बेला यो गम्भीर रोगको लक्षण पनि हुन सक्छ । पेट किन दुख्छ र कस्तो अवस्थामा चिकित्सककहाँ जानुपर्छ त भन्ने विषयमा जान्नु जरुरी छ । Pain Abdomen ( पेट दुख्नु) पेटको दुखाई करंगको मुनिदेखि  यौनाङ्गको माथिल्लो भाग जहि पनि हुन सक्छ। सानो र बुझ्न नसक्ने बच्चाले दुखेको भागमा हात लैजान्छ भने बुझ्ने बच्चाले पेट दुखेको भाग छुट्टयाई दुखेको भाग देखाउन सक्दछ । के कारणले पेट दुख्छ ? पेटको दुखाई (Colic) बच्चा जन्मेको १० दिन देखि ३ महिनासम्म देख्न देखिन्छ। यसको सहि कारण अहिलेसम्म थाहा हुन सकेको छैन। आन्द्राको द्रुतगति र उग्र संकोचनको कारण बच्चामा दुखाइ पैदा हुन्छ। बच्चामा दुखाई दिउसो र साझतिर बढी देखिन्छ। यस्तो भएको बेला बच्चा धेरै रुन्छ , खुट्टा फ्याकदछ , हावा बढी फ्याक्दछ र आलस्य हुन्छ। यसको समाधानको लागि  बच्चालाई थुम्थुमाउने र बोकेर डुलाउने जस्ता कार्य गर्न सकिन्छ। अपच(Indigestion): धेरै खानेकुरा खानाले वा खाना नपचेमा हल्का पेट  दुख्न सक्छ। संक्रमण (Infection): कुनैपनि किटाणुको संक्रमणले पेट काट्न सक्छ।  यस्तो भएमा बच्चालाई झाडा बान्ता लाग्न सक्छ। विषाक्त खाना (Food Poisoning ) : फ्रिजमा नराखेको बासी खाना खानाले पेट दुख्नुको साथै झाडाबान्ता लाग्न सक्छ। कब्जियत(Constipation) : कब्जियत भएमा तल्लो पेट दुख्न सक्छ। घाटिको सुजन (Streptococcal pharyngitis) : घाटीको सुजन भएको बेला पेट दुख्न सक्छ। तनाब (Stress) : बच्चालाई बारम्बार पेट दुखाइ देखिराखेको छ भने त्यो उसको तनावको कारण हुन सक्दछ । त्येसैले  बच्चालाई तनावबाट मुक्त राख्नु   पर्दछ।  घरपरिवारमा दैनिक हुने सामान्य असहज क्रियाकलापले पनि बच्चालाई तनाब पर्न सक्दछ। परिवारमा हुने आपसी असमझदारी, बच्चाको जीवनमा हुने परिबर्तनबाट पनि तनाब उत्पन्न हुन सक्दछ। तनाबको कारणले हुने पेटको दुखाई  प्राय नाइटोमा केन्द्रित हुन्छ। गम्भीर कारणहरु  : गम्भीर प्रकारका पेट दुखाइ सल्यक्रिया गर्नुपर्ने रोगहरु हुन सक्छन।  गम्भीर प्रकारका पेट दुखाइ पनि आकस्मिक र गैर-आकस्मिक गरि २ प्रकारले बर्गिकरण  सकिन्छ। आकस्मिकमा अपेण्डिसाइटिस (Appendicitis ), इनटसससेप्सन (intussusception), अडकिएको हर्निया (obstructed hernia), बटारिएको अण्डकोश (Testicular torsion), आन्तरिक रक्ताश्राब (Internal Bleeding ) आदि पर्दछन जुन जतिसक्दो चाडै अप्रेसन गर्नु पर्दछ  भने गैर-आकस्मिकमा पत्थरी, टयूमर, सिस्ट,जुका आदि पर्दछन जुन समय मिलाएर अप्रेसन गर्न सकिन्छ। पेट दुखेको बिरामीलाई कहिले चिकित्शक कहा देखाउने ? बच्चा सार्हैनै सिकिस्त देखिएको छ भने यदि बच्चाले बिषालु बिरुवा, औषधि, रसायन  चलाएको छ भने  हिड्न सक्दैन वा हिड्दा शरीर निहुराएर हिड्छ भने दायापट्टी तल्लो भागमा बढी दुखेको छ भने दुखाइ संगै अन्डकोश सुनिएको छ भने कुनै पनि भागमा बढिनै दुखेको छ भने दुखाइ संगै बिरामी बढिने रोइरहेको छ भने दिसा वा बान्तामा रगत देखिएको छ भने बान्ता पहेलो वा हरियो  छ भने केहि पहिला कुनै दुर्घटना भएको छ भने २ वर्ष भन्दा मुनिको बच्चा छ भने ज्वरो १०४ भन्दा माथि छ भने महिनावारी भईसकेको र गर्भवतीको लक्षण देखाउछिन भने दुखाई  झन् बढ्दै गएको छ भने २ घण्टा सम्म पनि दुखाई कम हुदैन भने २४ घण्टामा दुखाई  आउदै जादै गर्छ भने घरमा गर्न सकिने उपचार : पेटमा हावा भरिएर वा बढी खानाको  सेवन गरेर  हल्का पेट दुख्न सक्छ। यस्तो भएमा पेटबाट हावा निकाल्ने कुराहरु खुवाउन  सकिन्छ। यसको लागि बजारमा  पाईने राम्रो किसिमको हावा बाहिर निकाल्ने औषधि/पाचक प्रयोग गर्न सकिन्छ। बच्चालाई खान धेरै भएर पेट दुखेको छ भने सौचालय जान  प्रोत्साहित गर्नु पर्दछ।  पेटबाट  दिसा बाहिर निस्किएपछि धेरै नै राहत हुन्छ। बच्चालाई पेट थिचेर केहि बेर सुत्न लगाउदा आराम हुन्छ। पेटको दुखी रहेमा तरल पदार्थ मात्र खान दिनुहोस। बच्चालाई बान्ता गर्न प्रोत्शाहित गर्न सकिन्छ। यसबाट पनि निकै राहत मिल्छ। लामो समय देखि कब्जियतले दुख दिईरहेको छ भने पेट दुखाइको  कारणनै पेटमा जम्मा भएको दिसाले गर्दा हुन्छ।  त्येसैले सकेसम्म बच्चालाइ दिसा गर्न प्रोत्साहित गर्नु पर्दछ। यसको लागि बच्चालाई सौचालयमा लगेर बसाउन सकिन्छ। बस्दा खेरि दिसा गर्न गाह्रो भएको छ भने बच्चालाई मनतातो पानीमा बस्न लगाउनु पर्दछ। यसरी पानीमा बस्दा मलद्वारलाई आराम पुग्दछ र दिसा बाहीर सजिलै निस्कन्छ। खानपानमा बिशेष ध्यान दिनु पर्दछ। बजारमा पाईने रेडिमेड प्याकेटको खाना (Junk Food) बच्चालाई खान दिनु हुदैन। यसमा प्रयोग हुने रशायनले पेटको अल्सर भएको पाईएको छ। पेट दुखेको बेला बच्चाले बान्ता गर्न सक्ने हुनाले बांताको लागि तयार भएर बस्नु पर्दछ। कुनै पनि दुखाई कम गर्ने औषधी बच्चालाई दिनु हुदैन। दुखाइ कम गर्ने औषधि (जस्तै :ब्रुफ़ेन)ले पेटको भित्रि भित्ता खिईयाउने भएकोले दुखाई झन् बढी हुन सक्दछ। ज्वरो १०२ भन्दा माथि छ भने सिटामोल चाही दिन सकिन्छ। गम्भीर प्रकारको पेट दुखाई छैन भने यसको समयसीमा २ घण्टा भन्दा बढी हुदैन। २ घण्टा पछि पनि दुखाई  कम भएन वा झन् बढ्दै गयो भने गम्भीर कारण छ भन्ने बुझ्नु पर्दछ।