तपार्इ स्मरणशक्ति बढाउन चाहानु हुन्छ ? खानुस् यी चीज

प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्‍न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्।

चामल, गहुँ, मुँग, मकै आदि अन्नस लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारीस सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्।

बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ।

जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ।

पालुंगोस्बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन। पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ।

कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्‍ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ।

पालुंगोलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन।

अमलास्फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो।यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ। मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल(वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ।

अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ। अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल(वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन।

प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तैस् काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा ९जाम० सेवन गर्नु सर्वोत्तम हुन्छ।

स्ट्रबरीस्अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो। रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ।

बदामस्बदाम ९आलमन्ड० ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्।यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो। मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो।

ओखरस्बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ।
अंकुरित गेडागुडीस्अंकुरित गेडागुडी त अमृत भोजन नै हो।

शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूकोनिर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ। तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ।

जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ। यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ।

अन्य ब्रेन फुड्सस्स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ु ब्रेन फुड मानिन्छ।

आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ । नेपाली स्वास्थ्य खबरबाट साभार गरिएकाे ।

के हो टेस्टट्युब बेबी ? कसरी जन्माइन्छ ?

काठमाडौं, पुस ४ । नेपालमा पहिलो पटक २०६० सालमा टेस्टट्युब बेबी जन्मिएको थियो । जुन प्रविधि स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले भित्र्याएका थिए । त्यसपछि ओम हस्पिटलबाट मात्र एक हजारभन्दा बढी टेस्टट्युब बेबी जन्मिसकेका छन् । नेपालीमात्र नभएर विदेशीसमेत आएर ओममा टेस्टट्युब बेबी जन्माउँछन् । तर, अहिलेसम्म पनि नेपाली समाजमा यसबारे विभिन्न मिथक छन् । टेस्टट्युब बेबी जन्मने प्रक्रिया के हो त ?  ‘टेस्टट्युब बेबी’ को बारेमा केही कुरा जान्न डा.भोला रिजालसँग गरिएका कुराकानी– को हो टेस्टट्युब बेबी ? नेपालमा टेस्टट्युब बेबी भनेर निकै प्रचलित छ । तर, यसको खास नामचाहिँ यो होइन । कतिपय मानिसलाई लागेको हुन्छ कि बच्चा पनि टेस्टट्युबबाटै निस्कन्छ । यो पनि पूर्ण असत्य हो । यसलाई अंग्रेजीमा इनभित्रो फर्टिलाइजेसन भनिन्छ । भिभो फर्टिलाइजेसन भनेको आमाको गर्भमा फर्टिलाइज गर्ने र भित्रो भनेको बाहिर गर्ने हो । बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर फर्टिलाइज गर्ने भएकाले यस्तो प्रक्रियालाई इनभित्रो फर्टिलाइजेसन भनिन्छ । तर, यस्तो फर्टिलाइज गर्दा बाबुको शुक्रकिट र आमाको डिम्ब भने मेल हुन जरुरी हुन्छ । खासमा आमाको डिम्ब र बाबुको शुक्रकिटलाई टेस्टट्युबमा निकालिने भएकाले यसको नाम नेपालीमा टेस्टट्युब बेबी भनिएको हो । यसरी जन्माइन्छ सबैभन्दा पहिले आमा र बाबुलाई इन्जेक्सन दिएर डिम्ब र शुक्रकिट निकालिन्छ । यसो गर्नुको कारण भनेको आमा र बाबुबाट बढीभन्दा बढी डिम्ब र शुक्रकिट निस्कियोस् भन्ने हो । त्यतिवेला बाबु र आमालाई अलिकति लट्याइन्छ पनि । त्यसपछि नलीबाट डिम्ब र शुक्रकिट टेस्टट्युबमा निकालिन्छ । डिम्ब र शुक्रकिटलाई टेस्टट्युबमा दुई मिनेटभन्दा बढी समय राखिँदैन । खासमा बजारमा पाइने आकारकै हुन्छ, यसमा प्रयोग गर्ने टेस्टट्युब तर प्रकृति भने अलि फरक हुन्छ । त्यसपछि डिम्ब र शुक्रकिटलाई इक्रिपेट पेट्रिडिस ९सिसाको विशेष भाँडो०मा राखिन्छ । पेट्रिडिसमा ३६ घन्टासम्म राख्दा डिम्ब र शुक्रकिट फर्टायल आर्थात् सेचन हुन्छ । पेट्रिडिसमा भ्रुण बन्नका लागि योग्य वातावरण हुन्छ अर्थात् बच्चाको भु्रण बन्छ । त्यसरी सेचन भइसकेको भ्रुणलाई पुनः आमाको गर्भाशयमा राखिन्छ, जसलाई एमरिओ ट्रान्सफर भनिन्छ । त्यसपछि अरू बच्चा जसरी जन्मिन्छन् त्यसरी नै टेस्टट्युब बेबी पनि जन्मन्छ । किन पर्‍यो आवश्यक ? जब बाबुको शुक्रकिट र आमाको डिम्बाशय मिल्न सक्दैन, त्यस्तो अवस्थामा टेस्टट्युब बेबीको आवश्यकता पर्छ । बाबुले शुक्रकिट खसाल्न नसकेको या शुक्रकिटलाई डिम्बसम्म पु¥याउने आमाको नसा वा कोष बीचमा बाधा उत्पन्न भएर होस्, यस्तो वेला जन्माउने हो टेस्टट्युब बेबी । नेपालमा २०६० सालदेखि टेस्टट्युब बेबीको प्रचलन सुरु भयो । जतिवेला विश्वमा जन्मेको टेस्टट्युब बेबी लिस ब्राउन २५ वर्षकी भइसकेकी थिइन् अर्थात् विश्वमा सुरु भएको २५ वर्षपछि मात्र यो प्रविधि नेपालमा भित्रियो । अरू कुनै पनि तरिकाबाट बच्चा भइरहेको छैन भने उनीहरूका लागि वरदान साबित हुन सक्छ, टेस्टट्युब बेबी । त्यसैले अब कोही पनि बच्चा भएन भनेर निराश हुनुपर्ने अवस्था छैन । नेपालमा जुलाई १० लाई निःसन्तान दिवसका रूपमा पनि मनाउँछौँ । कति लाग्छ खर्च ? अहिले नेपालमा धेरै हस्पिटलले टेस्टट्युब बेबी जन्माउन सुरु गरिसकेका छन् । तर, पहिलोपटक ओम हस्पिटलमा हामीले ओममणि तामाङलाई जन्म दियौँ । अहिले त नेपाल सरकारले समेत प्रसूति गृहमा यस्तो प्रविधिको सुरुवात गरिसकेको छ । विशेषगरी ओम हस्पिटलमा तीनदेखि साढे तीन लाख रुपैयाँमा हामीले टेस्टट्युब बेबी जन्माउने गरेका छौँ । कतिपय बच्चा अझ सस्तोमा पनि जन्माएका छौँ । विदेशीहरू आएर समेत हामीसँग सेवा लिइरहेको छ । यही प्रविधिलाई प्रयोग गरेर भारतमा टेस्टट्युब बेबी जन्माउँदा साढे पाँच लाख भारु खर्च लाग्छ । आमाको स्वास्थ्यमा असर पर्छ त ? टेस्टट्युब बेबी जन्माउनका लागि केही लिमिटेसनहरूचाहिँ पक्कै छन् । यसका लागि पनि बाबुसँग सक्षम शुक्रकिट र आमाबाट डिम्ब निस्कनुपर्‍यो । आमामा पाठेघर र बच्चा राख्न सक्ने क्षमता हुनुपर्‍यो । केही शारीरिक कारणबाट स्वास्थ्यमा असर पर्न सक्छ । तर, टेस्टट्युब बेबीकै कारणचाहिँ आमा र बच्चाको स्वास्थ्यमा कुनै प्रकारको असर पर्दैन । डा.भोला रिजाल

ढाडको दुखार्इबाट मुक्त हुन यी उपाय अपनाउनुहोस् !

पुस १ । हरेक मानिसहरुमा अचेल ढाड दुख्ने समस्याले दिन प्रतिदिन सताइरहेको हुन्छ । के गर्दा ढाडको दुखार्इबाट मुक्त हुन सकिन्छ भनेर हरेक उपाय, हस्पिटल धाउन थालेका हुन्छन् । त्यसैले ढाडको दुखार्इबाट बच्नका लागि केही उपायहरु अपनाउन सकिन्छ- एउटै सिटमा धेरैबेरसम्म बस्नु उठ्दाको तुलनामा लगातार बस्दा स्पाइनको हड्डीमा धेरै दबाब पर्छ भन्ने कुरा थोरै मानिसलाई मात्र थाहा छ । विशेषज्ञको तुलनामा यो तरिकाले तुलनात्मक रुपमा ४० प्रतिशतसम्म दबाब पार्छ । यसकारण लामोसमयसम्म एकै स्थानमा बस्नुपर्नेहरुलाई बेला–बेलामा उठेर टहलिन सल्लाह दिइन्छ । कयौं घण्टासम्म एकैस्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन थाल्छ । यस्ता मांसपेशीमा लामो समयसम्म कुनै गतिविधि आउँदैंन र यसको लचिलोपनामा असर पर्न थाल्छ । के गर्ने त ? अफिसको काममा समय समयमा ब्रेक लिनु जरुरी छ । फोन कुरा गरिरहँदा र आफनो सहकर्मीसंग कुरा गरेको समयमा कुर्सीमा थोरै सुतेको मुद्रामा बस्नुपर्छ । तर, कुर्सी भने त्यही स्थितिमा रहनुपर्छ,जसले पिठ्यु र कम्मरलाई सपोर्ट देओस् । यस्तो बेलामा टाउको भने सिधा गर्नुपर्छ । पानी ल्याउने जस्ता काम आफैं गर्नुपर्छ । कुर्सीको सही चयन कुर्सीमा आरामसंग बस्ने बानीले इनर्जी लेभल कम हुन्छ र तौल बढ्न थाल्छ । साथै पिठ्युँ र गर्धनमा समेत समस्या आउन सक्छ । टेक्साब ब्याक इन्सिच्युटका चिरोप्याक्टिक डिभिजनका निर्देशक डेरेन डब्ल्यु मार्लोका अनुसार कार चलाउँदासमेत बस्ने तरिका सही हुनुपर्छ । त्यसैले स्टेयरिङ ह्वीलमा बस्दा सधैं ९० डिग्रीको एंगल बनाएर बस्नुपर्छ । नियमित जिम जानुस् सक्रिय जीवनशैली मांसपेशी र जोर्नीको पीडालाई कम गर्न मद्दत गर्छ । एक अनुसन्धानअनुसार ढाड दुख्ने समस्याको मुख्य कारण मनिसको सक्रियतामा ४० प्रतिशतले कमी आउनु हो । चिकित्सकका अनुसार यस्ता व्यक्तिले मर्निङ वाक, जगिङ आदि गर्नुपर्छ । जसले मांसपेशी खुम्चने समस्या हटाउँछ । यस्तो अवस्थाले हिप्स र घुँडाको पछाडीको मांसपेशीको स्ट्रेचिङका लागि फाइदा पुग्छ र मांसपेशीको थकान पनि कम हुन्छ । योग गर्नुपर्छ मांसपेशी खुम्चने, रक्तनलीमा रक्तसञ्चार कम हुने र तनावका समस्या कम गर्न योग निकै लाभदायी हुन्छ । युनिभर्सिटी अफ वाशिङगटनका अनुसन्धानकर्ताका अनुसार ढाडको तल्लो भागको दुखाई आधुनिक तरिकाको तुलनामा योगबाट चाँडै निको हुन्छ । करिब १ सय १ जना बिरामीमा गरिएको अनुसन्धानमा वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका थिए । यसका लागि तालिमप्राप्त योग गुरुलाई सम्पर्क गर्न सकिन्छ । धेरै टीभी हेर्नु पनि एउटा कारण दैनिक धेरै समय टीभी हेर्ने बानीले पनि ढाड दुख्ने समस्या निम्तन सक्छ । एक अध्ययनअनुसार जो मानिस टीभी या कम्प्युटरअगाडि एक हप्तामा १५ घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरु लोअर ब्याक पेनबाट बढी पीडित हुन्छन् । तनाव हटाउनुपर्छ मनमा भएको कुनै पनि प्रकारको रिस, तनावआदिलाई निकाल्ने हो भने पनि ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । डच्युक मेडिकल सेन्टरमा गरिएको अनुसन्धानमा यो निष्कर्ष निकालिएको हो । अनुसन्धानकर्ता जेम्स डब्लु कार्सनका अनुसार व्यक्तिको भावनात्मक स्तर तथा विचारको मांसपेशीमा हुने पीडाबीच सिधा सम्बन्ध हुन्छ ।  

चिसोबाट बच्न यी तरिकाहरु अपनाअौं

बिहान मर्निङ नगरौ‌ं चिकित्सकहरुका अनुसार चिसो मौषममा विहान मर्निङ वाक गर्नु हानिकारक हुन्छ । सूर्योदय हुन अघि मौषम ओसिलो हुन्छ । उक्त समयमा फुलका पराग कणहरु हावाको ओसिलो पनाका कारण जमेर बसेका हुन्छन तीनै कणले हाम्रो छालालाई हानी पर्याउछन । त्यसकारण सूर्योदय पछि मात्र मर्निङ वाक गरौं । बालबालिकालाई चिसोबाट यसरी बचाऔं चिसोबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित हुन्छन । चिसोका कारण धेरै बालबालिकाहरुको ज्यान गएको समाचारहरु हामीले थाहा पाउदै आएका छौ । त्यसकारण सूर्योदय हुनु अघि बालबिलकाहरुलाई घरबाहिर निस्कन नदिऔ । घाम लागिसकेपछि मात्र उनीहरुलाई बाहिर निस्कन दिनु उपयुक्त हुन्छ । चिसोको मौषममा दिउसो पनि बालबालिकाहरुलाई न्यानो लुगा, टोपी, पन्जा, मुखमा मास्क र जिरो पावरवाला चश्मा लगाएर मात्र सार्वजनिक स्थानमा जानु दिऔ । बालबालिकाहरुलाई तातो पानी खान दिऔं । खानेकुरामा ध्यान दिऔं भुजिया नमकीन मिठाई विभिन्न पेय पदार्थहरुमा धेरै मात्रामा चिनी, बोसोजन्य पदार्थ र सोडियम जस्ता मानव शरीरलाई नोक्सान पुर्याउने पदार्थ हुन्छन । यी पदार्थको सेवनले रोगसंग लडने क्षमतामा ह्रास ल्याउछ । त्यसकारण यस्ता चिजहरुबाट यसरी बचौ ।आफ्नै बारीमा फलेका फलफुल र तरकारी खाऔं । दिनमा ३ र ४ पटक काजु बदाम जस्ता पोसिला ड्राईफ्रुट खाने बानी बसालौ । दैनिक ३ देखि ४ लिटरसम्म पानी पिऔं । यदी यति धेरै पानी पिउन कठिनाई भइरहेको छ भने दुध, दही,लस्सी, नरिवलको पानि, कागतीपानी पनि पिउन सक्नु हुन्छ । सकिन्छ भने अमला र अम्बा दैनिक खाने गरौ । प्रोटिनयुक्त खाध्यपदार्थ नियमित खाऔं । दैनिक आधा घण्टा अनिवार्य शारीरिक व्यायम गरौं ।

किन देखिन्छ शरीरमा मुसा, के खतरा हुन्छ यसले ?

डा.ललितकुमार मिश्र जन्मिएपछि देखापर्ने मुसाको मुख्य कारण इन्फेक्सन हो । यी मुसाहरू शरीरमा आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाइरस हो । छालामा पेपिलोमा भाइरसको कारण ससाना, खस्रो, कडा खालको दर्दरहित दानाजस्तो छालामा पलाउँदछ । केही प्रकारका मुसाहरू शारीरिक सम्पर्कको माध्यमले पनि फैलिन्छ । मुसा तोरीको दानादेखि अंगुरको आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जान्छ । यो एक किसिमको छालाको रोग हो । जसलाई मुसा (वार्टस) भनिन्छ । सामान्यतया शरीरमा देखिने मुसाहरू कालो, खैरो, सेतो, रातो किसिमको देखिन्छ भने कहिलेकाहीँ छालाको रङजस्तो पनि हुन्छ । जसले गर्दा मानिसहरूलाई यी मुसाहरू आएको थाहा नै हुँदैन । यसकारण मानिसहरू यसको बारेमा ध्यान दिँदैनन् । लक्षणहरू धेरैजसो मुसाहरू छालाको सतहभन्दा आलिक माथि उठेको खस्रो सतह भएको हुन्छ । आकारमा यो गोलो, अन्डाकार, च्याप्टो हुन्छ भने केही चिल्लो मुलायम र चेप्टो सतह भएको हुन्छ । कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको पनि हुन्छ । केही मुसा भने छुँदा दुख्ने खालको पनि हुन्छ । कुनै अजेरु पलाएको जस्तै हुन्छ । पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउँछ । हेर्दा घिनलाग्दो देखिन्छ, यस्ता मुसाहरू विशेषगरी हात र खुट्टामा देखिन्छन् । मुसामा प्रकारहरू (१) साधारण देखिने मुसाहरूलाई कमन वार्टस भनिन्छ । यस्ता मुसा हात, खुट्टा, मुख वा कपडाले नढाकिने शरीरका विभिन्न स्थानहरूमा बढी देखिन्छ । यी मुसा सानार ठूला पनि हुनसक्छन् । यो मुसा हेर्दा खस्रो देखिने, सारो र पानी पर्दा फुल्ने खालको हुन्छ । बच्चा र बूढा सबैलाई यस प्रकारको मुसा आउँछ । (२) चेप्टो खालको मुसा (फ्ल्याट वार्टस) बच्चा र वयस्क व्यक्तिमा बढी देखिन्छ । विशेष गरेर केटाकेटीहरूको अनुहार, निधार, हात र खुट्टामा देखिन्छ । यो अन्य मुसाजस्तो सजिलै थाहा पाउन सकिन्न । यस्ता मुसा ससाना थोप्लाजस्ता देखिन्छन् र यसको टुप्पो पनि समथर हुन्छ । यो दाह्रीजुँगा भएको ठाउँमा बढी आउँछ । यस प्रकारको मुसा बच्चाको हातमा पनि देखिन्छ । (३) जेनिटल वार्टस (कन्डिलोमा) अर्थात् प्राइभेट पाटर््समा देखिने यो मुसा सामान्यतया गुप्तांग क्षेत्र वरिपरि र तिघ्राको बीचमा तथा महिलाको योनिका साथै मलद्वारमा पनि देखिन्छ । यी मुसा यौनसम्पर्कबाट सर्दछ । यीमुसाहरू आकारमा अंगुरका झुप्पाजस्ता ससाना दानादेखि ठूलाठूला झुप्पाजस्ता पनि हुनसक्छन् । (४) हत्केला र खुट्टामा देखिने मुसालाई प्लामो प्लान्टर वार्टस भनिन्छ । हत्केला र खुट्टाको पंैतालामा हुने यस प्रकारका मुसाहरू दुख्ने र सारो हुनुको साथै बीच भागमा केही खाल्डोयुक्त हुन्छ । यसले गर्दा व्यक्तिलाई हिँडडुल गर्न पनि अप्ठ्यारो हुन्छ । नङको जरा वा वरिपरि यस्तो मुसा आउँदा अत्यन्तै दुख्छ । (५) यस्तै अर्को प्रकारको मुसा जुन प्राय (बुचर) कसाई (मासु काटी रहने मान्छे) को हातमा देखिन्छ । यस प्रकारको मुसालाई बुचर वार्टस भनिन्छ । यो साह्रै कडा हुन्छ र हेर्दा काउलीजस्तो देखिन्छ । क्यान्सर कारक पनि हुन्छ मुसा यदि तपाईंलाई जन्मिँदादेखिने कुनै मुसा छ भने यो हानिकारक हुँदैन । तर, मुसा जन्मेपछि या ठूलो भएपछि देखिएको हो भने समय बित्दै जाँदा यसले क्यान्सरको रूप धारण पनि गर्न सक्छ । यदि कुनै व्यक्तिमा तीस वर्षको उमेरपछि मुसा पलाएको छ भने त्यसमा क्यान्सर हुने खतरा बढी रहन्छ । खतरानाक अवस्थाका मुसा यदि शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजरअन्दाज गर्नु हुँदैन । यदि मुसा भएको ठाउँ चिलाउँछ भने पनि यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकसँग सल्लाह गर्नुपर्छ । उपचार हुन त मुसा ६ महिनादेखि वर्ष दिनभित्र आपंmै हराएर जान थाल्छ । त्यसको लागि कुनै विशेष उपचार गरिरहनु पर्दैन । शरीरका विभिन्न भागमा रहेका मुसाहरूको उपचार विभिन्न प्रकारको विधिबाट गरिन्छ । जस्तै, भौतिक रूपले नष्ट गर्ने । करेन्टले डामेर वा लेजर प्रविधिबाट मुसालाई हटाउने आदि इत्यादि । यी विधिका आफ्नै जटिलता र धेरै साइड इफेक्टहरू पनि छन् । हेल्थटुडेनेपाल डटकमबाट साभार

कहिलेदेखि मानिसले मकैलाई अाफ्नो अाहारा बनाए ?

मकै नेपालीहरुको रोजाईकै आहराअन्तर्गत पर्दछ । खासगरी भुटेर फुल उठेको मकै सजिलै बजारमा किन्न पाइन्छ । मकै स्वास्थ्यका दृष्ट्रिकोणले पनि निकै स्वस्थवद्धर्क मानिन्छ । मकै खान मानिसले कहिलेदेखि शुरु गरे होलान् त ? यो विषयमा निकै रोचक कुरा बाहिर आएको छ । नयाँ शोधका अनुसार उत्तरी पेरुमा भने झण्डै १ हजार वर्ष अगाडी पर्पकर्न अर्थात मकै भुटेर खाने गरेको तथ्य भेटिएको छ । शोधकर्ताहरुले पेरुमा मकैको फूला भएको दाना भेट्टाएपछि हजारौं वर्षअअि देखि त्याहाँका मानिसहरुले मकै भुटेर खाने गर्दथे भन्ने तथ्य बाहिर आएकोछ । तर अमेरीकाको वासिङटनको प्राकृतिक इतिहास संग्रालयमा राखिएको मकैको फूला उठेको दानामध्ये सबैभन्दा पुरानो दाना ६ हजार ७ सय वर्ष अगाडीको छ । यसबाट के पुष्टि हुन्छ भने मानिसहरुले आफ्नो आहरमा मकैलाई हजारौ वर्षदलेखि सामेल गर्दै आइरहेका छन् । पौष्टिक तत्वले भरिपूर्ण मकैका विभिन्न परिकारहरु अहिले विश्वमा प्रचलित भएपनि मकैलाई शुरुमा घाँसका रुपमा मात्र प्रयोग गरिने गरको शोधकर्ताहरुको भनाई छ । स्मिथसोनियन म्यूजियम अफ नेचुरल हिस्ट्रीको न्यू वल्र्ड अर्कोलोजी विभागका निरीक्षक डोलोर्स पिपर्नाका अनुसार मेक्सिकोमा ९ हजार वर्ष पहिले मकै घाँसका लागि रोपिएको थियो । उनले शोध रिपोर्टलाई आधार मान्दै भनेका छन् की साउथ अमेरीकामा मकै भित्त्रिनु १ हजार वर्ष पहिला महाद्धिपको अन्य क्षेत्रमा विभिन्न रुपमा भेटिएको थियो । शोधकर्ताहरुको टीमले मर्कै बालीको अवशेष पारेदोन्स तथा हुआका प्रीटा नाम को प्राचिन स्थलमा भेट्टाएका थिए । उनीहरुका अनुसार त्यतिबेला मकै मानिसको आहार भन्दा पनि वस्तुभाउको लागि घाँसका रुपमा लगाउने गरिन्थ्यो । बीबीसी  

यी खानेकुरा बिर्सेर दोस्रो पटक नतताउनुहोस्

विशेषज्ञहरुको भनाई अनुसार केही खानालाई दोस्रो पटक तताएर खाँदा क्यान्सरजस्तो घातक रोग लाग्न सक्छ ।त्यसैलेएकैपटक खान सक्ने गरी मात्र खाना बनाउन उपयुक्त हुन्छ । चियाः चियामा टोनिक एसिड हुन्छ । दोस्रो पटक तताएर पिउँदो एसिडको मात्रा बढ्छ जसले कलेजोमा समस्या आउन सक्छ । भातः भातलाई दोस्रो पटक तताउँदा यसमा हुने ब्याक्टेरियाको संख्या दुई गुणा बढ्ने गर्दछ जसका कारण झाडा( पखला लाग्नसक्छ । खाने तेलः तेललाई दोस्रो पटक तताउँदा तेलमा टक्सिन पैदा हुन्छ, जसले क्यान्सरको सम्भावना बढ्ने हुन्छ । आलुः आलुको परिकारलाई दोस्रो पटक तताएर खाँदा ब्याक्टेरियाको संख्या बढ्छ जसले फुड प्वाइजनिङ हुनसक्छ । चिकेन,अण्डा,च्याउः यी तिन चिजमा प्रोटिनको मात्रा बढी हुन्छ । यीनि परिकारलाई दोस्रोपटक तताउँदा प्रोटिनको संरचनामा परिवर्तन आउँछ,जसले पाचन प्रणालीमा समस्या आउंछ । एजेन्सीको सहयोगबाट

चुम्बन अघि ध्यान दिनुपर्नै पाँच कुरा

दुई व्यक्तिबीच कति प्रगाढ सम्बन्ध छ भने कुरा चुम्बनबाट पुष्टी हुने बताइन्छ । वा निकट सम्बन्ध भएकाहरुबीच मात्रै चुम्बन साटासाट हुन्छ । प्रेम व्यक्त गर्ने अनेक तरिका मध्ये चुम्बन सबैभन्दा लोकप्रिय विधी हो। यौन साथीहरुबीच त यसको ठूलै महत्व छ । यौन सम्बन्ध अघिको फोरप्लेमा यसको महत्वपूर्ण भूमिका हन्छ । प्रेम र निकटता प्रकट गर्न गरिने चुम्बन सधै सकारात्म हुदैंन । कहले काहीँ सानो कुरामा ध्यान नपुर्याउदा यसले ठूलो समस्या सृजना गरि दिन्छ । र सम्बन्धमै संकट उत्पन्न हुने गरेका थुप्रै उदाहरणहरु छन । तर तपाईले चुम्बन अघि यी सुन्दा स–साना लाग्ने कुरामा ध्यान दिन सकेमा चुम्बन गर्दा उत्पन्न हुन सक्ने संकटबाट सचिलै बच्न सक्नु हुनेछ । चुम्बन अघि ध्यान दिनुपर्ने पाँच कुरा १ श्वासको दुर्गन्ध यदी तपाइँले कसैलाई माया, प्रेम व्यक्त गर्नका लागि चुम्बन गर्दै हुनुहुन्छ भने श्वासको दुर्गन्धको प्रसंग ननिकाल्नुस् । दुर्गन्ध अनुभव नै भएपनि यस्तो गन्हाएको वा यस्तो उस्तो भनेर टिप्पणी नगर्नुस् । यसले तपाइँको प्रेम एकैछिनमा घृणामा बदलिन सक्छ । २ चुम्बनको तुलना कुनै पनि स्त्रीलाई चुम्बन गर्दै हुनु हुन्छ भने उसलाई पहिले उसको पूर्व प्रेमी वा पतिले कसरी चुम्बन गर्छ वा कस्तो स्टाइल भन्ने जस्ता प्रश्न नसोध्नुस् । यस्ता प्रश्न केटीहरुलाई मन पर्दैन । ३ डकार चुम्बन गर्ने समयमा डकार्नु सबैभन्दा असभ्य काम हो । तपाइँलाई डकार आइरहेको छ भने यस्तो समयमा चुम्बन नगर्नुस्। ४ मुड छैन कुनै पनि स्त्रीलाई चुम्बन गर्दा मलाई मुड त छैन तर तिमीलाई खुसी पार्न चुम्बन गर्छु भन्ने जस्ता शब्दावली प्रयोग नगर्नुस् । यस्तो गर्नु भनेको प्रेमिल अवस्थालाई घृणामा बदल्नु जस्तै हो । ५ मैले यस्तो सोंचेको छैन कुनै पनि विपरित लिङ्गी ब्यक्तिसँग घुमफिर वा नजिक भएपछि चुम्बन गर्न चाहेमा मैले यस्तो सोंचेकै छैन नभन्नुस् । यस्तो भन्नु भनेको अर्काको चित्त दुखाउनु हो ।

जाडोमा शिशुलाई कसरी जोगाउने ?

जाडो मौसम सुरु भई सकेको छ । जाडो मौसम सुरु हुनासाथ बालबालिकामा विभिन्न संक्रमण र समस्याले सताउन थाल्छ । उसो त जाडो मौसममा विभिन्न उमेरका मानिसलाई संक्रमणले आक्रमण गर्न सक्छ । तर, चिसोको सबैभन्दा बढी प्रभाव बालबालिकालाई नै गर्छ । किनकी यो मौसममा भाइरस र ब्याक्टेरिया निकै तिव्र गतिमा फैलिने हुँदा बालबालिकालाई आक्रमण गर्ने सम्भावना उच्च हुन्छ । जसकारणले उसलाई सर्दी, रुघाखोकी, नाक बन्द, श्वास फेर्नमा गाह्रो हुने, घाँटीमा इन्फेक्शन, भाइरल डायरीया, निमोनिया, ज्वरो जस्ता समस्या हुन सक्छ । त्यसैले जाडो मौसममा बालबालिकाको विशेष ख्याल गर्नुपर्छ । चिसोबाट बालबालिकालाई जोगाउन बालरोग विशेषज्ञ डा.विनोदकुमार साहको सुझाब यस्तो छः जाडो मौसम बालबालिकाको ख्याल कसरी राख्नेः १. चिसोबाट बच्चालाई जोगाउन धेरै कपडा लगाउनुको सट्टा उसको पैताला, हत्केला, कान र टाउको न्यानो कपडाले छोपेर राख्नु पर्छ । किनकी शरीरको यी भागमा सबैभन्दा बढी तापक्रम कम हुन्छ र चिसो पस्ने डर सबैभन्दा बढी हुन्छ । त्यसैले बालबालिकालाई आवश्यक मात्रामा टोपी, मोजा र पन्जा लगाइदिनुपर्छ । २. घाम स्वास्थ्यका लागि राम्रो हुन्छ । आफ्नो बच्चालाई विहानको समयमा केहि समय घाममा राखेर सन बाथ गराउनु पर्छ । यसले ताजा हावाको साथै भिटामिन डी पनि शरीरलाई प्राप्त हुन्छ । ३. बच्चाको छेउछाउमा रूम हिटरको प्रयोग गर्नु हुँदैन । किनकी हिटरबाट निस्कने सूक्खा हावा बच्चाको स्वास्थ्यको लागि राम्रो मानिदैन । ४. जाडो मौसममा बच्चालाई नियमित नुहाउनु हुँदैन । बरु मन तातो पानीमा तौलिया भिजाएर बच्चाको शरीरलाई सफा गर्नुपर्छ । यसले चिसो पस्दैन र उसको शरीर सफा पनि हुन्छ । ५. बच्चालाई नुहाउनु भन्दा पहिले हल्का तातो तेलले उसको मालिस गर्नु राम्रो हुन्छ । ६. प्रायजसो सुत्ने समयमा बच्चाले कम्बल वा सिरक हटाइदिने गर्छन् । जसले गर्दा उसलाई सर्दी लाग्ने हुन्छ । त्यसैले बच्चा सुत्नुभन्दा पहिले नै उनको ओछ्यानमा पातलो न्यानो ओछ्यान विछ्याएर त्यसमाथि हट वाटर बोटल राख्नाले ओछ्यान तातो हुन्छ । साथै बच्चालाई तातो न्यानो कपडाको साथै उसले बनेको टोपी र मोजा लगाइदिनु पर्छ । जसले गर्दा बच्चाले सिरक हटाए पनि उनलाई सर्दी लाग्दैन । ७. यदि बच्चा एक साल भन्दा बढि उमेरको छ भने उसलाई मौसम अनुसार तातो फल र तरकारी खुवाउनुपर्छ । साथै ताजा जुस पनि दिन सक्नु हुन्छ । ८. बच्चालाई समय–समयमा सर्दी–रुघाखोकी लाग्ने हुँदा स्टीमरको मद्दतले वाफ दिनु पर्छ । ९. बच्चालाई सुताउने समय उनको अनुहार कहिल्यै पनि छोप्नु हुँदैन । यसो गर्नाले बच्चालाई श्वास फेर्न गाह्रो हुन सक्छ । १०. जाडो मौसममा बच्चालाई डायपर लगाएर राख्नु पर्छ र थोरै थोरै समयमा बदल्नु पर्छ । यसरी पनि बच्चालाई सर्दीबाट जोगाउन सकिन्छ । एजेन्सी

खाली पेटमा दुधको चिया पिउनु हानिकारक

चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो रु बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ। चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन । खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ। दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन्। ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणा बढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ। दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ। एजेन्सी

फ्रेन्च किस गर्दा सावधान हुनुहोस्, क्यान्सर हुनसक्छ !

युवावर्गमा चर्चित रहेको ‘फ्रेन्च किस’ले क्यान्सर समेत हुन सक्ने अनुसन्धानबाट देखिएको छ । डेली मेलका अनुसार फ्रेन्च किसले एचपीभी अर्थात ह्युमेन पैपिलोमा भाइरस एकबाट अर्कोमा सर्न सक्छ । यो भाइरसबाट महिलाहरुको पाठेघरमा क्यान्सर हुने संभावना समेत रहेको बताइएको छ। अस्ट्रेलियाको रोयल डार्विन हस्पिटलका मैक्सिलोफेसियल एण्ड हेड एण्ड नेक सर्जरी का प्रमुख डा। माहिवान थामसको अनुसार फ्रेन्च किसले ७० प्रतिसतसम्म टाउको र घाटीको क्यान्सर हुने खतरा हुन्छ । थामसको अनुसार यदि कसैको घाटीको ओरोफरनेक्समा एपीभी भाइरस गएको छ भने त्यो व्यक्तिलाई अन्यको दाजोमा टाउको र घाटीको क्यान्सर हुने खतरा २५० गुणा बढी हुन्छ। पुरुष र महिलालाई समान रुपमै प्रभावित गर्ने एपीभी भाइरस यौन सम्पर्क मात्र नभएर चुम्बन, मुखमैथुनबाट समेत फैलिन सक्छ । रिपोर्टहरुको दाबी आनुसार अमेरिकामा ७० प्रतिसत एचपीभी चुम्बनकै कारण सर्ने गरेको छ। एजेन्सी

सेक्स सम्बन्धी अनौठा ८ नियम

सेक्सका विषयमा समाजै पिच्छे आ–आफ्ना मान्यता, धारणा, परम्परा र कानून छन् । कहीँ सेक्सको विषयमा समाज निकै खुला हुन्छ भने कहीँ निकै कडा । अझ केही देशले सेक्सको विषयमा केही त्यस्ता परम्पारगत नियम कानुन बनाएका हुन्छन् जुन सुन्दा नै अनौठो लाग्छ । तरपनि यी कानून वा सामाजिक परम्पराको आफ्नै महत्व छ । सुन्दा नै अचम्म लाग्ने सेक्स सम्बन्धी विश्वका अनौठा ८ नियम यस्ता छन्ः १. बोलिभियाको सान्ता क्रुजमा पुरुषलाई कुनैपनि महिलाका आमाछोरीसँग एकैपटक सेक्स गर्न कानुनी रुपमा छुट छ । २. अमेरिकाको वासिंटनस्थित एक क्षेत्रमा कुमारी केटीसँग सेक्स गर्नु कानुनी अपराध मानिन्छ चाहे त्यो विवाहको पहिलो रात किन नहोस् । ३. कोलम्बियामा महिलालाई केबल आफ्ना पतिसँग मात्र सेक्स गर्न छुट छ । तर आफ्ना पतिसँग सेक्स गर्दा पनि उनले साक्षीको रुपमा आफ्नी आमालाई अगाडि राख्नुपर्छ । ४. बहराइनमा पुरुष डाक्टरका लागि मेडिकल जाँचका दौरान महिलाको गुप्तांग हेर्ने छुट छ । तर पुरुष डाक्टरले महिलाको गुप्तांग सिधा आँखाले हेर्न पाउँदैन, ऐनामा हेर्नुपर्छ । ५. केही मध्यपूर्वी देशहरुमा एक इस्लामिक कानुन विद्यमान छ, जस अनुसार यदि कुनै पुरुषले भेडासँग सेक्स गरेको फेला परेमा उसलाई सजायँको रुपमा भेडाकै मासु खुवाइन्छ । ६. लेबनानमा पुरुषलाई पशुका साथ सेक्स गर्ने छुट छ । तर पशु पोथी हुनु आवश्यक छ । यदि कुनै पुरुषले भाले पशुसँग सेक्स गरेको पाइएमा उसलाई मृत्युदण्डको सजाय हुन्छ । ७. अमेरिकाको नेवादामा कण्डम विना सेक्स गर्नु कानूनी अपराध मानिन्छ । ८. भर्जिनियाको रोम्बोचमा सेक्सका बेला बत्ती बाल्नु गैरकानुनी रहेको छ ।

थाहा पाउनुहोस् सुगर पत्ता लगाउने तरिका

मंसिर १३ । वैज्ञानिकहरुले एक यस्तो सेन्सर मेसिन विकसित गरेका छन् जुन पसिना आइरहेको छालाको विश्लेषणबाटै व्यक्तिको रगतमा कति मात्रामा सुगर लेवल छ भन्ने पत्ता लगाउन सकिन्छ र यसका लागि थोरै पसिना पनि काफी छ । दक्षिण कोरियाका वैज्ञानिकहरुको एक टीमले गरेको परीक्षणमा यो सेन्सर पूरापूर सफल भएको बीबीसीले उल्लेख गरेको छ । वैज्ञानिकहरुले यो पनि दाबी गरेका छन् की आफूहरुले पत्ता लगाएको यो सेन्सरले खासगरी मधुमेहका बिरामीलाई धेरैभन्दा धेरै सहयोग पुर्याउने छ । यो सेन्सर सानो पेच र सानो सियोद्वारा बनाइएको छ । यो सेन्सरले मधुमेहको दवाई आफ से आफ भित्र पुुर्याइदिने काम गर्दछ । सोल यूनिभर्सिटीको टीमले मधुमेहका बिरामीलाई पीडादायी रगत निकाल्ने पुरानो तरिकामा राहत दिलाउन यो सेन्सर उपयोगी हुने बताइएको छ । सेन्सरले यस्तो मद्दत गर्दछ सेन्सर धेरै नै लचिलो खालको हुने गर्दछ त्यसकारण यो छालाभित्र विना ‘खाई घुसाउन सजिलो हुन्छ । तर पनि वैज्ञानिकहरुको चुनौती तत्कालका लागि कम भने भएको छैन् किनभने जति सुगर लेवल मानिसको रगतमा हुने गर्दछ त्यति उस्को पसिनामा हुदैन् । यस्तो अवस्थामा व्यक्तिमा सुगर पत्ता लगाउने काम सजिलो छैन् । यस्को साथै पसिनामा अन्य विभिन्न किशिमका क्यामिकल्स समेत हुने गर्दछन् । पसिनामा पाईने क्यामिकल्समा लेक्टिक एसिड समेत पाइने गर्दछ जस्ले सुगरको सहि लेवलमा प्रभावित हुने सम्भावना रहन्छ । यो सेन्सरको पेचमा पनि तीनवटा सेन्सर फेरी राखिएको हुन्छ जस्ले रगतमा भएको सुगर लेवल पत्ता लगाउने काम गर्दछ । पसीनामा एसिडिटीको परीक्षण तथा ह्यूमडिटी सेन्सरले पसीनाको स्तर पनि पत्ता लगाउन सकिन्छ । यी सबैलाई पसीना निस्किने छिद्र वा अर्थात स– सना प्वालहरुमा पर्ने गरी लगाइन्छ र यसले त्याहाँ पसीना सोस्ने काम पनि गर्दछ । यस प्रक्रियामा सेन्सरले गरेका सबै सूचना कप्यूटरमा प्राप्त हुने गरी जडान गरिएको हुन्छ र सुगरको लेवल पत्ता लाग्ने गर्दछ । बीबीसी  

ध्यान दिनुहोस् गर्भवती हुँदा यसरी सुत्नुपर्छ

मंसिर ५ । एक अध्ययनले गर्भवती महिलाहरुले गर्भावस्थाको तीन महिनापछि बिस्तारामा दायाँ–बायाँ फर्की–फर्की अर्थात कोल्टे फेर्दै सुत्ने गरेमा मृत बच्चा जन्मिने खतरा धेरै हदसम्म कम हुने देखाएको छ । एक हजार गर्भवती महिलाहरुमा गरिएको उक्त अध्ययनले गर्भावस्थाको आखिरी महिनामा कम्मरको बलमा सुत्ने गर्नाले मृत बच्चा जन्मिने खतरा बढि भेटिएको छ । अध्ययनका क्रममा समावेश गरिएका २९१ बच्चाहरु मृत जन्मेका थिए भने ७३५ बच्चा स्वस्थ रुपमा नै जन्मिएका थिए । शोधकर्ताका अनुसार यदि गर्भवती महिलाहरु दिउँसो अथवा राति जतिबेला सुत्दा पनि कम्मरमा जोड नदिई यताउता फर्किदै सुत्दै गर्नु अति आवश्यक छ । तर निदाएर बिउँझिदा आफ्नो शरीरको बल कम्मरमा परेको महसुस भएमा भने त्यसलाई तनावको विषय नबनाई हल्का रुपमा लिन पनि उनिहरुले सुझाव दिएका छन् । ब्रिटेनमा प्रत्येक वर्ष २२५ शिशु मृत रुपमा जन्मिने गर्दछन् । शोधकर्ताहरुका अनुसार यदि गर्भवती महिलाहरु दायाँ बायाँ फर्किदै सुत्दै गरेमा भने यो मृत्युदर घटाएर १३० शिशुको ज्यान जोगाउन सकिने छ । माइनेस स्टडी एक उपल्लो स्तरको अध्ययन हो जुन ब्रिटेनको स्त्री एवंं प्रसूतीसँग सम्बन्धित अखबारमा हालै छापिएको छ । यो शोधले अष्ट्रेलिया तथा न्यूजीरल्याण्डमा गरिएका यसैविषयका अध्ययनहरुको पनि पुष्टि गर्ने बीबीसीले उल्लेख गरेको छ । यो रिसर्चलाई प्रोफेसर एलेक्जेण्डर हीजलको नेतृत्वमा पूरा गरिएको हो जो टाँमिल स्टिलबर्थ रिसर्च सेण्टरका निर्देशक समेत हन् । अध्ययनका क्रममा समावेश गरिएका गर्भवती महिलाहरुलाई खासगरी तपाईको सुताइएको पोजिन कस्तो छ भनी सोधिएको थियो । शोधकर्ताले गर्भवती महिलाहरुलाई यो सुझाव दिएका छन् कि तपाई कस्तो पोजिनमा उठ्नुहुन्छ त्यतातिर पटक्कै ध्यान नदिनुहोस् तर तपाई कस्तो पोजिनमा सुत्नुहुन्छ त्यसतर्फ भने खुब चनाखो हुनुहोस् । शोधकर्ताहरुले दाबीका साथ नबताएपनि आँकडाहरुले सुताइका कारण मृत बच्चा जन्मने खतरा अधिक हुने देखाएको बताएका छन् । जब कोही गर्भवती महिला कम्मरको बलमा सुत्छिन् तब बच्चा तथा गर्भाशयको कारण रक्तनलीमा दबाब सिर्जना हुने गर्दछ र बच्चालाई रगत तथा अक्सिजन पर्याप्त मात्रामा पुग्दैन् जस्काकारण शिशुको मृत्यु हुन सक्दछ । शोधकर्ताहरुले गर्भावस्थामा कसरी सुत्ने केही टिप्स पनि दिएका छन् । जुन यहाँ प्रस्तुत गरिन्छ । कम्मरको पछाडी सिरानी राखेर सुत्ने गरौं ता कि यताउता फर्किदै सुत्न सहिजो होस्। राति निद्राबाट बिउँझिदा चेक गरौं कि आफू कुन पोजिसनमा सुतेको थे भनेर त्यसपछि फेरी अर्कोतिर फर्केर सुतौं । दिनमा सुत्दा पनि घरी दायाँ घरी बायाँ फर्केर्दै सुत्दै गरौं। यदि रातमा ब्युझिँदा तपाईलाई कम्मरको बलमा सुतेको महसुस भयो भने नआत्तिनुहोस् केही फरक पर्दैन् । तपाई दायाँ तथा बायाँ जतापनि फर्केर सुत्न सक्नुहुन्छ तर पोजिसन भने परिवर्तन गरिरहनुहोस् । बीबीसी

यौन इच्छा हुँदा पनि उत्तेजना आउँदैन किन ?

म २० वर्षीया युवती हुँ । म हप्तामा एकपटक यौनसम्पर्क गर्छु । ममा चाहना पनि छ कि म यौनसम्पर्क गरूँ, तर किन हो ममा उत्तेजना नै हुँदैन । शारीरिक रूपमा मलाई सम्बन्धका लागि कुनै समस्या छैन । के मैले कुनै चिकित्सकबाट जाँच गराउनुपर्छ ? के यो कुनै रोग हो ? यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले ।गर्छ । यौनसम्पर्क, उत्तेजना र चरमसुख  तपाईंले पक्कै पनि मानव यौन प्रतिक्रिया चक्रका बारेमा सुन्नुभएको होला । पहिलो चरणलाई उत्तेजनाको चरण भनिन्छ र त्यसमा यौन उत्तेजना दिने क्रियाकलापलाई निरन्तरता दिए एबितभबग चरणमा पुगिन्छ । प्लाटो फेजमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दमध्येको सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ । यौनसम्पर्क नै यसलाई प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण उपाय हो । मैले तपाईंले यौनसम्पर्क राखेर पनि उत्तेजना नपाउने भन्नुभएको कुरा चरमसुखलाई भन्नुभएको मानेर जवाफ दिने प्रयास गरेको छु । अन्यथा भए पुन: आफ्नो कुरालाई विस्तृतमा लेख्नुहोला । महिलामा चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र त्यो आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने रक्तचाप समेत बढ्छ । पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरमसुख प्राप्त हुँदा मांसपेशी खुम्चने फुक्ने क्रम १० देखि १५ पटक सम्म हुन्छ । बुझ्नुपर्ने कुरा के छ भने आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि पनि केही कुरामा भने फरक हुन्छ । चरमसुखको स्थितिसम्म पुग्न पुरुषको तुलनामा महिलालाई बढी समय लाग्छ । यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन (stimulation) निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एक पटकभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक Refractory Periodम हो । पुरुषहरू चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित हुन सक्दैनन्, तर महिलाले यौन चरमसुखपछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् । यौन चाहनाको सञ्चालन यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ । यौन उत्तेजनामा स्वभाविक रूपमै इन्द्रियहरूको महत्वपूर्ण भूमिका हुन्छ । यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो । यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई स्नायु प्रणाली तथा यौनाङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलताका रूपमा परिभाषित गर्न सकिन्छ । महिलालाई यौन चरमसुख प्राप्त गर्न के कुरा सहयोगी हुन्छ ?  पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौन सम्पर्कमा यौन चरमसुखको अपेक्षा राख्नु मनासिव होइन । फेरि पुरुष माथि रहेर गरिने यौनसम्पर्कमा त महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुरको घर्षण नै हुँदैन । महिला माथितिर रहेर महिलाले आफूले चाहेजस्तो कटि प्रदेश चलाउन सक्छन् अनि भगांकुरलाई हात वा औंलाले वा यौन प्रसाधन जस्तै— भाइब्रेटर प्रयोग गरेर यौन सन्तुष्टि प्राप्त गर्न सकिन्छ । त्यसबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सहज हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत मिल्छ । पुरुषको तुलनामा महिलालाई यौन चरमसुखसम्म पुग्न केही बढी समय लाग्दा पुरुषले आफ्नो चरमसुखपछि लिङ्ग झिक्दा यौन क्रियाकलापले निरन्तरता पाउन सक्दैन र महिला असन्तुष्ट नै बस्नुपर्ने स्थिति आउँछ । कुनै यौनसम्पर्क पुरुषको तथा कुनै महिलाको यौनसुख प्राप्तिलाई ध्यानमा राखेर गर्न सके महिलालाई यौनसम्पर्कबाट पूर्ण सन्तुष्टि प्राप्त गर्न सहज हुन्छ । चरमसुख नै नहुने कुरा  यद्यपि केही व्यक्तिले चरमसुखको अनुभव नै गर्न सक्दैनन् भने अर्कातिर विभिन्न कारणले सजिलै यौन चरमसुख प्राप्त हुन सक्दैन । दीर्घ किसिमको विमारी, मधुमेह, कटि प्रदेशको चोटपटक, कतिपय उच्च रक्तचाप, एन्टिहिस्टामिन वा मानसिक रोगका औषधीको प्रभाव वा हार्मोनमा हुने असन्तुलनजस्ता कतिपय कुराले चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । कुनै पनि कारणले हुने चिन्ता वा निराशाले यौन क्रियाकलाप अनि यौन चरमसुख प्राप्तिमा असर गर्छ । अहिले आधुनिक समाजको दैनिक जीवनका चापाचापको कार्यशैली होस् वा आर्थिक कारणले हुने तनाव, यसमा त्यसको नकारात्मक प्रभाव पर्छ नै । स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, शंका वा जानकारी आवश्यक भए चिकित्सकलाई देखाउने वा सल्लाह लिने विचार उत्तम हो । त्यसका लागि आफूलाई के भएको हो अनि के जान्न चाहेको हो, राम्रोसँग तयारी गरेर जानुहोला ।

किन पुरुषलाई बिहान र महिलालाई राति सेक्स गर्ने चाहना बढी हुन्छ ? कारण जानिराखौं

सामान्यतः मानिसहरु यौनको बारेमा धेरै कुराकानी गर्न रुचाउँदैनन् । तर सुखद जीवनको लागि यौन जीवन पनि सुखद हुनु जरुरी छ । यसको लागि यौनका बारेमा एकअर्कामा खुलेर कुरा गर्ने वातावरण हुनुपर्दछ । जसरी जीवनमा खाना, निन्द्रा र अन्य दैनिक काम जरुरी छ, सेक्स पनि त्यतिकै जरुरी छ । हाम्रो समाजमा यौनकै कारण कतिपय परिवार भाँडिएको छ, झगडाको बिउ रोपिएको छ । यो यसकारण पनि भइरहेको छ कि हामीलाई यौनको जैविक जानकारी कम छ। हामीमध्ये धेरैलाई सेक्स कतिबेला गर्नुपर्छ भन्ने नै थाहा छैन हालसालै अमेरिकन मेडिकल एसोसिएसनमा भएको एक अनुसन्धानमा पुरुष बिहानको समयमा यौन गर्न बढी इच्छुक हुने रहस्य खुलेको छ । तर, ठिक उल्टो महिला भने मध्यरातमा बढी रोमान्टिक हुने र यौन सम्पर्क गर्न रुचाउने तथ्य सार्वजनिक भएको छ । उक्त अनुसन्धानका अनुसार यस्तो हुनुको पछाडि हर्मोनले भूमिका खेल्ने गर्दछ । हर्मोनकै कारण महिला राति बढी रोमान्टिक हुन्छन् भने पुरुषलाई यतिबेला कम रुचि राख्ने वा सुत्ने गर्दछन् । यस्तै समस्या महिलालाई बिहान हुन्छ । बिहानको समयमा पुरुष धेरै रोमान्टिक हुन्छन् भने महिला ठिक उल्टो । अनुसन्धानमा पत्ता लागे अनुसार बिहान ५ देखि ७ बजेसम्म पुरुषको टेस्टेस्टेरोन हर्मोनको मात्रा बढी हुन्छ जसको कारण पुरुषको मन त्यतिबेला बढी रोमान्टिक हुन्छ र उनीहरु सेक्सको लागि लालायित हुन्छन् । बिहानको समय पुरुषको हर्मोन अरु समयमा भन्दा २५ देखि ५० प्रतिशतसम्म बढ्छ । महिलामा पनि टेस्टेस्टेरोन हर्मोन त बन्छ तर एस्ट्रोजन र प्रोजेस्टेरोनका कारण सन्तुलित रहन्छ । महिलामा यसको मात्रा राति बढ्छ जसका कारण उनीहरु रातको समयमा सेक्सका लागि बढी लालायित हुन्छन् । अनुसन्धानमा पुरुष जति गहिरो निन्द्रा सुत्छन्, त्यति टेस्टेस्टेरोनको मात्रा बढी हुने तथ्य खुलेको छ । अमेरिकन मेडिकल एसोसिएसनले गरेको उक्त अध्ययनका अनुसार ५ घन्टाभन्दा बढी सुत्नाले पुरुषमा टेस्टेस्टेरोनको मात्रा १५ प्रतिशतसम्म बढ्न सक्छ । अनुसन्धानका अनुसार सुतेर उठ्दा पुरुषमा यौनको चाहना धेरै हुन्छ जबकि यसको उल्टो महिलामा एकदमै कम । साँझ ६ बजेपछि पुरुषमा टेस्टेस्टेरोनको मात्र घट्न थाल्छ । जबकि महिलामा सेक्स हर्मोनहरु बढ्न थाल्छ । साँझ ढल्कन थालेपछि महिलाहरुमा ३० प्रतिशतभन्दा बढी सेक्सको चाहना बढ्छ । सबैभन्दा धेरै ध्यान दिनुपर्ने कुरा त अनुसन्धानबाट अफिसको तनाव बढी हुने पुरुषमा टेस्टेस्टेरोनको मात्रा घट्छ । यसैगरी आफूलाई मन पर्ने टिमले खेल जित्दा पनि टेस्टेस्टेरोन हर्मोन २० प्रतिशतसम्म बढ्ने अनुसन्धानबाट खुलेको छ । एजेन्सीबाट