महिला र पुरुषको स्पर्श हुने समयमा मुटुको धड्कन १४० प्रतिमिनेटसम्म (जानिराखौं यी १५ तथ्यहरु)

सेक्स जो कोहीलाई पनि अनिबार्य चीज हो । सेक्सका बिभिन्न परिभाष गरिएका पनि यसलाई प्रकृतिले दिएको उपहार भन्दा पनि फरक नपर्ला । सेक्समा जति आनन्द छ त्यती प्रकृतिको संरक्षणका लागी यसको महत्व भिन्नै छ । सेक्सको लागी महिला र पुरुष दुई जातको आवश्यक्ता पर्दछ । मानब होस वा पशु सबैलाई सेक्सको जरुरत पर्दछ ।

१२-१३ बर्ष पुगेपछि मानिसलाई सेक्सको अवश्यक्ता पर्दै जाने बैत्रानिकहरुले बताउने गरेका भएपनि पुरुष २५ बर्ष र महिला २५ बर्ष भएपछि बिबाह गर्ने र त्यसपछि गर्ने सेक्सलाई नेपालमा सरकारले बैध ठान्दछ । यानिकी लुकिछिपी त्यसभन्दा अगाडी पनि सेक्स र बिबाह गर्ने गरिएको छ ।

सेक्स आनन्द प्राप्त गर्न, जिबनलाई सुखमय पार्न महत्वपूर्ण भूमिका खेल्ने काम मात्र नभएर यसले सन्तान उत्पादन गरि प्रकृतिको संरक्षण गर्ने काम गर्दछ । यसमा हिन्दी अनलाईन पत्रिकामा राखिएका जो कोहीलाई आवश्यक पर्ने १५ वटा तत्थहरु खोजेर राखेका छौं, जुन तपाईलाई उपयोगी बन्न सक्लान् ।

  • एक पटकको मैथुनबाट जति विर्य निस्कन्छ त्यसमा ३० देखी ४० करोडसम्म शुक्राणु हुन्छ ।
  • सेक्स गर्दा तनाव कम हुनुको साथ–साथ शरिरमा भएको विभिन्न दुखाईपनि कम हुन्छ ।
  • लगभग २५ प्रतिसत पुरुषहरु वर्तमान समयमा सेक्सको बारेमा सोचि रहेका हुन्छन् ।
  •  यौनको क्रममा महिला र पुरुष दुवैको दिलको धड्कन १४० प्रति मिनेट सम्म पुग्ने गर्दछ ।
  • प्राय महिलाहरु ४० बर्षको उमेर सम्ममा ३ हजार पटक सम्म सेक्स गर्ने गर्छन् ।
  • पुरुषको लिंगबाट विर्य निस्कने गति ३६।९ किलोमिटर प्रति घण्टा हुँन्छ ।
  • एक साधारण पुरुषको अण्डकोषमा यति शुक्राणु हुन्छन् कि त्यसलाई ४०४ मिटरसम्म फैलाएर राख्न सकिन्छ ।
  • एउटा सानो क्यापसुलमा यति शुक्राणु अँट्छन जसले बर्तमान पृथ्विमा भएको मनुष्य भन्दा ज्यादा जनसंख्या बनाउन सक्नेछ ।
  • यौन गरेको अवस्थामा महिलाहरुको स्तन र यौनि बाहेक नाकको भित्रि भागपनि फुल्दछ ।
  • ज्यादा रक्सि पिउने पुरुषहरुलाई सबैभन्दा पहिले रिजेक्ट गर्छन महिलाहरु ।
  • पुरुषहरु आफ्नो जिवन काल भरिमा १७ लिटर विर्य निकाल्ने गर्छन् ।
  • लगभग ७५ प्रतिशत पुरुषहरुको विर्यपतन ३ मिनेट भन्दा कम समय भित्रमा हुन्छ ।
  • एक दिनमा लगभग १०० करोड मान्छे सेक्स गर्छन् ।
  • ८३ प्रतिशत महिलाहरु आफ्नो जोडिको लिंगको आका बाट सन्तुष्ट छन् भने बाँकि १७ प्रतिशत अुन्तुष्ट छन् ।
  • विर्यलाइ विर्य बैंकमा १९६.६ डिग्री सेल्सियसको तापक्रममा राखेको हुन्छ ।

रोचक डट कमबाट

यसरी सकिन्छ मोटोपनबाट बच्न

काठमाडौं, भदौ १८ । आजको विश्वमा माटोपन प्रमुख चुनौतीका रुपमा आएको छ । धेरै मानिस अस्वाभाविक मोटोपनले आजित भएका छन । यदि तपाई अनावश्यक मोटोपनबाट वा यो महारोगबाट बच्न चाहानु हुन्छ भने दैनिक रुपमा खानपान, व्यायाम र तनाब जस्ता कुरामा सतर्कता अपनाउनुस । यी कुरामा तपाई सधै सचेत रहनुस्ः – स्लिम हुन चाहनेहरूले खानपानदेखि लिएर शारीरिक व्यायाममा समेत सजगता अपनाउनुपर्छ । –  शरीरमा क्यालोरीको मात्रा आवश्यकभन्दा बढी भए त्यसलाई घटाउन शारीरिक व्यायामलाई बढाउँदै लानुपर्छ, जसका कारण अनावश्यक क्यालोरी कटौती हुँदै जान्छ । –  छिटो र धेरै तौल घटाउने चक्करमा पर्नु हुँदैन । त्यसो गर्दा शरीरका अन्य अंग खराब हुन सक्छन् र पखाला चल्ने, रिंगटा लाग्ने, मुटुमा समस्या आदि देखा पर्न सक्छ । –  बिस्तारै र नियमपूर्वक थोरै–थोरै गर्दै तौल घटाउनुपर्छ । बिस्तारै मोटोपन घटाउँदा ढिलो तर दीर्घकालीन नतिजा हात लाग्छ । –  विज्ञहरूका अनुसार कम्तीमा पनि ६ देखि ९ महिना व्यायाम गर्नुपर्छ । –  असन्तुलित खानाले मधुमेह हुने सम्भावना हुन्छ । छिटो–छिटो तौल घटाउने योजनाले तौल घटाउनुभन्दा पनि अन्य स्वास्थ्य समस्या थपिन सक्छ ।

कति पटकको शारीरिक सम्बन्ध राम्रो

एजेन्सी । सेक्स भन्ने कुरा मानव जीवनको एउटा महत्वपूर्ण पाटो भएपनि यस सम्बन्धमा अहिलेसम्म धेरै यस्ता प्रश्न छन जसको उत्तर व्यक्ति वा अनुसन्धानपिच्छे फरक छन । यसले जिज्ञाशुलाई थप अन्योल थपिदिन्छन । धेरैको एउटै प्रश्न छ कति पटक गरीएको शारीरिक सम्बन्धलाई ठीक मान्ने । अनुसन्धानैपिच्छे फरक–फरक तथ्यांक आएपछि धेरै मानिस थप अन्यौलमा परेका छन । यस्तै जिज्ञासालाई मेटाउने उद्देश्यले किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले एक सर्वेक्षणमार्फत यो कुरालाई आधिकारिक बनाउने प्रयास गरेका छन् । इन्स्टिच्युटले यौन प्रजनन र यौनिकताको विषयमा गरेको अनुसन्धानको नतिजालाई हालै सार्वजनिक गरेको छ । उक्त अनुसन्धानले मनिसको उमेरअनुसार शारीरिक सम्बन्धको संख्यामा फरक आउने हुनाले यसलाई उमेरको मापदण्डअनुसार व्याख्या गर्नुपर्ने बताएको छ । सर्वेक्षणअनुसार १८ देखि २९ वर्ष उमेरका व्यक्तिले वार्षिक औसत रूपमा १ सय १२ पटक यौनसम्बन्ध राख्छन् । यसका आधारमा उनीहरूले सातामा दुईपटक यौन सम्बन्ध राख्ने गरेका छन् । यसैगरी ३० देखि ३९ वर्षकाले प्रतिवर्ष ८६ पटक अर्थात् सातामा १ दशमलव ६ तथा ४० देखि ४९ वर्षकाले ६९ पटक यौनसम्बन्ध राख्ने गरेका छन् । यो तथ्यांकको सारका रूपमा अनुसन्धानकर्ताहरूले मानिसको उमेर बढ्दै गएपछि यौन चाहना पनि घट्दै जाने हुनाले यसलाई शारीरिक समस्या मान्न भनेका छन् ।

विवाह अघिको यौनसम्पर्क थाहा हुन्छ?

मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौनसम्पर्क गर्ने प्रस्ताव राख्दै छ । मेरो विवाह उसैसँग भयो भने त ठीकै छ तर अरूसँग भयो भने के पछि हुने श्रीमानले मैले पहिले नै अरूसँग यौनसम्पर्क गरेको थाहा पाउँछ ? यससम्बन्धमा डा. राजेन्द्र भद्रा के भन्छ त ? केटा साथीसँगको सम्बन्ध तपाईंले केटा साथीसँगको सम्बन्धको कुरा त गर्नुभएको छ तर उक्त सम्बन्धका बारेमा खासै केही बताउनुभएको छैन । यौनसम्पर्कको प्रस्तावका कारण तपाईंहरूको सम्बन्ध केही गहिरो भएको बुझिन्छ । तपाईंलाई थाहै होला,दुई व्यक्तिबीचको अन्तरङ्ग रोमान्टिक सम्बन्धकै एउटा विकसित रूप प्रेम हो । भनिन्छ, प्रेममा शारीरिक रूपमा यौनसम्पर्क राख्ने ध्येयले प्राथमिकता पाउँदैन । प्रेम वास्तवमा बिस्तारै हुने प्रक्रिया हो । दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ । प्रेम विश्वसनीय, निश्छल, सुनिश्चित तथा आत्मविश्वासले पूर्ण अनि दीर्घकालीन हुन्छ । प्रेमी–प्रेमिकाहरू आफ्नो सम्बन्धमा गर्व गर्छन् । प्रेममा शारीरिक पक्ष अलिपछि प्राकृतिक रूपमा र निष्कपटताका साथ आउँछ । प्रेममा आफुले प्रेम गरेको व्यक्तिलाई दुःख दिने, समस्यामा पार्ने, लक्ष्यबाट विमुख तुल्याउने र भविष्यमा नकारात्मक असर पार्ने किसिमको क्रियाकलाप गरिँदैन । तपाईंको केटा साथी तपाईंलाई प्रेम गर्ने प्रेमी नै हो कि होइन भन्ने कुरा तपाईंले मात्र निक्र्याल गर्न सक्नुहुन्छ । वास्तविक प्रेम नभै भौतिक आकर्षणको मात्र कुरा हो भने त्यसलाई प्रेम भन्न मिलेन । कतिपय व्यक्तिले यौनसम्पर्कका लागि प्रेमको झूटो नाटक वा अभिनय गर्छन् र यौनसम्पर्क गर्ने आफ्नो उद्देश्य पूरा भएपछि सम्बन्धलाई निरन्तरता दिँदैनन् । यौनसम्पर्कको कुरा यौन आकर्षण हामी सबैमा हुने स्वभाविक कुरा हो । यौनेच्छा एकदमै तीव्र हुने भए पनि प्रायस्जसो नव–युवायुवती यौनसम्पर्क अनि त्यसका असरहरूको सामना गर्न आवश्यक रूपमा तयार हुँदैनन् । अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्न कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न पनि सक्दैनन् भने अर्कातिर कतिमा पुगेपछि रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सक्दैनन् । ज्ञान भए पनि त्यसलाई व्यवहारमा उतार्ने आवश्यक सीप नहुन सक्छ । ग्रामीण होस् वा सहरी समाजमा युवायुवतीहरूले एक–अर्कामा सम्बन्ध विकास गर्ने विभिन्न अवसर प्राप्त हुने वातावरण हुन्छ । यस्तो बेला कसरी सही निर्णय लिने भन्ने सीप हुनु नै मुख्य कुरा हो । यदि यौनसम्पर्कका लागि सबै कुरा ठीक छैन भने यौनसम्पर्क नै नगर्ने निर्णय लिन सक्नुपर्छ । योजनाबद्ध नहुने भएकाले भैपरी हुने यौनसम्पर्कमा जहिले पनि अनिच्छित गर्भ रहने जस्तो दुर्घटनाको जोखिम हुन सक्छ । दबाबमा यौनसम्पर्क गर्नु बुद्धिमानी होइन भन्ने कुरा पनि बुझ्नुपर्छ । के पछि हुने श्रीमान्ले पहिले यौनसम्पर्क राखेको थाहा पाउलान् ? पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन । महिला यौनअङ्गको बनावटका सम्बन्धमा पुरुषलाई सामान्य जानकारी हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन भने यौनसम्पर्क राखेको थाहा पाउन त झन् गाह्रो कुरा हो । आफ्नो यौनसाथी ‘अक्षत योनि’ वा ‘कुमारी’ हुन् कि होइनन् भन्ने चासो धेरै पुरुषलाई हुन सक्छ तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन । अहिले योनिच्छद भएरनभएको कुरालाई नै कुमारीत्वको मुख्य आधार बनाउन पनि मिल्दैन । तपाईंले विचार गर्नुपर्ने अर्को पक्ष पनि छ । त्यो के भने घरपरिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोका साथ नियालिरहेको हुन्छ र गोप्यता वा गोपनीयताको कुरा तुलनात्मक हुनसक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुनसक्छ अनि अन्त्यमा उक्त कुरा तपाईंको हुनेवाला श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुनसक्छ । विचार गर्नुपर्ने अर्को कुरा तपाईंको केटा साथी के–कस्तो स्वभावको हुनुहुन्छ रु तपाईंको केटा साथीसँग सम्बन्ध अघि बढेन अनि उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले पनि तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा हुन्छ । यस्तो जोखिम कति छ भन्ने कुरामा ध्यान पुर्‍याउनुहोला । कतिपय स्थितिमा ऊ भयादोहन गर्न पनि पछि नपर्न सक्छ, तर भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । तपाईंमा परिस्थिति खुलस्त भएको स्थितिमा जीवन अघि बढाउने अर्थात् त्यसको सामना गर्ने अठोट छ भने तपाईंलाई भयादोहन गर्न सजिलो हुनेछैन । के गर्ने त ? प्रत्येक व्यक्तिले यौनसम्पर्क राख्ने कि नराख्ने भन्ने निर्णय गर्दा उसको व्यक्तिगत मूल्य–मान्यता, विश्वास तथा अनुभवहरूलाई आधार बनाएको हुन्छ । यौनसम्पर्कका कारण उत्पन्न हुन सक्ने जोखिन वा नकारात्मक असर पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । त्यसैले पनि यसमा तपाईंले विशेष चनाखो हुनुपर्ने स्थिति छ । अहिलेको सम्बन्ध कत्तिको दिगो हुन्छ भन्ने कुरा विचार नगरी आवेशमा यौनसम्पर्क राख्नुभन्दा त्यसमा केही ढिलाइ गरी सम्बन्धलाई थप परिपक्व हुन दिनु फाइदाजनक नै हुन्छ । तपाईंलाई थाहै होला, कतिपय व्यक्ति पहिले रोजेको वा विवाह गरेको साथीबाट बालबच्चा भैसकेपछि पनि अलग भएर नयाँ सम्बन्ध स्थापित गरेर सुखमय जीवनयापन गरिरहेका छन् । तपाईंको मनमा भएको त्रासलाई बढ्न दिनुभयो भने पक्कै पनि त्यसले नकारात्मक असर पार्छ । (साप्ताहिकबाट साभार)

‘जतिबेला पनि उत्तेजना, दैनिक हस्तमैथुन’- किन हुंछ यस्तो ?

– म १८ वर्षीय युवक हुँ। मेरो समस्या भनेको म जहिले पनि उत्तेजित अवस्थामा हुनु हो। मेरो मनमा खाली यौनसम्बन्धी कुरा मात्र आइरहन्छ। कुनै युवतीलाई देख्नासाथ उत्तेजित भैहाल्छु। त्यही भएर म सन्तुष्टिका लागि दैनिक हस्तमैथुन गर्छु। यसो गर्दा भविष्यमा कुनै असर त गर्दैन ? –३१६१४ किन जहिले पनि उत्तेजित ? हामी सबै यौनिक हुन्छौं। प्रकृतिले नै हामीलाई यौनेच्छा प्रदान गरेको हुन्छ र यो सबै स्वस्थ व्यक्तिमा हुन्छ। मानव जीवनका लागि भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो। मोटामोटी रूपमा हेर्दा यौनेच्छा अनि यौन उत्तेजनाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छ। एक त भ्लमयअचष्लभ कथकतझ (इन्डोक्राइन सिस्टम) अन्तर्गतका हार्मोन -रागरस) हरूले सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् जसमा टेस्टेस्टेरोनको विशेष भूमिका हुन्छ। त्यसैगरी अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले पनि महत्वपूर्ण भूमिका खेल्छ। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरूको विशेष भूमिका हुन्छ। हाम्रा पाँचै इन्दि्रय दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग यौन गहिरो रूपमा सम्बन्धित हुन्छ। स्पर्शः चर्म (छाला) नै बाह्य सम्पर्कमा आउने अङ्गको प्रमुख ज्ञानेन्दि्रय हो। अन्य कतिपय कार्यका लागि अहम् मूमिका खेल्ने जस्तै यौनकार्यमा पनि सायद यो सबैभन्दा महत्वपूर्ण छ। केही विशेष भागको छाला यौनको दृष्टिकोणले संवेदनशील हुन्छन्। गहिरिएर विचार गर्ने हो भने यौनसम्पर्क एक विशेष स्पर्श नै हो। दृष्टि : यौनका सन्दर्भमा स्पर्शपछि सायद सबैभन्दा ठूलो स्थान यसैको छ। पुरुष महिलाको तुलनामा बढी दृष्टिबाट यौन उत्तेजित हुन्छन् भन्ने कुरामा विश्वास गरिने भए पनि हाल आएर गरिएका अध्ययनहरूमा कुरा केही फरक देखिएको छ। त्यसैगरी व्यक्तिको यौन जीवनमा गन्ध -सुगन्ध वा व्यक्तिको शरीरको गन्ध), स्वाद अनि ध्वनिले पनि निकै महत्वपूर्ण भूमिका खेल्छ। तपाईंको हकमा यहि दृष्टि अर्थात् हेराइबाट सन्देश मस्तिष्कमा पुगेपछि उत्तेजित हुनुले नै पिरोलेको देखिन्छ। एक किसिमले भन्ने भन्ने हो भने यो स्वाभाविक हो, तर मुख्य कुरा भनेको यसरी आउने यौनभावना वा उत्तेजनालाई कसरी व्यवस्थापन गर्ने भन्ने हो। यौन उत्तेजनाको व्यवस्थापन हामी सबै यौनिक हुने र हामीलाई अनेक कुरा यौन उत्तेजक लाग्छन् र कतिपय परिस्थितिमा हामीमा मनभित्रको मात्र यौन उत्तेजना नभै बाहृय रूपमा लिङ्गको उत्तेजनाका रूपमा पनि देखापर्छ। विशेष गरेर यौन उत्तेजना तीव्र हुने किशोरावस्थामा यस्तो समस्याले पिरोल्छ। उमेर बढ्दै गएपछि यौनेच्छाको तीव्रतामा पनि केही कमी आउँछ भने अर्कातिर सामाजिक मूल्य-मान्यताअनुरूप के-कस्तो व्यवहार खुला रूपमा प्रदर्शित गर्न मिल्छ र के मिल्दैन भन्ने कुरा पनि व्यक्तिले सिक्दै जान्छ। कुनै पनि समाजमा यो सिक्नु आवश्यक मानिन्छ। अर्को भाषामा भन्दा हामी यसलाई यौन भावनाको व्यवस्थापन भन्छौं। सामाजिक मूल्य-मान्यताको परिधिभित्र रहेर यौनसम्पर्क राख्ने अनि यौनेच्छा परिपूर्ति गर्ने व्यवस्था समाजले मिलाएको हुन्छ। विवाह यस्तै एउटा व्यवस्था हो। विवाह नभएसम्म यसलाई व्यवस्थापन गर्नु आवश्यक हुन्छ। समष्टिमा यौनभावनाको व्यवस्थापन अपरिहार्य हुन्छ नै र यसलाई कसरी अघि बढाउने भन्ने कुरा आफैंमा भर पर्छ। सम्प्रदाय वा समुदायअनुरूप विभिन्न सामाजिक नियम बनाइएका हुन्छन्। यौन क्रियाकलापको मामिलामा पनि यही कुरा लागू हुन्छ। यौन क्रियाकलाप गर्न केही निश्चित स्थितिबाहेक अनुमति दिइएको देखिँदैन। विवाहभित्रको यौनसम्पर्कलाई प्रायः सबैजसो समुदाय वा धार्मिक सम्प्रदायले मान्यता दिएको देखिन्छ। यौन क्रियाकलापमा बन्देज वा खुलापन यौनसम्पर्कमा मात्र सीमित नभै अन्य यौन क्रियाकलापमा पनि बनाइएको पाइन्छ। हस्तमैथुन यसको उदाहरण हो। भविष्यमा कस्तो असर पर्ला ? अहिले विवाह गर्ने उमेर निकै पछिल्तिर धकेलिएको छ र आफ्नो यौनेच्छा शान्त पार्न हस्तमैथुनको सहारा लिनु स्वाभाविक कुरा नै हो। वैज्ञानिक रूपमा नै यो एक स्वाभाविक प्रक्रिया हो, सामान्य तथा यौन स्वास्थ्य मा यसको कुनै असर पर्दैन भन्ने कुरा प्रमाणित भै नै सकेको छ। यसको आफ्नै नकारात्मक असर नहुँदा-नहुँदै पनि समाज यसप्रतिको गलत धारणाले निकै समस्या निम्त्याएका छन्। यसप्रति कडा प्रतिबन्ध लागेको र गलत तरिकाले यसका नकारात्मक असरहरूका बारेमा चर्चा गरिँदा कुनै पनि व्यक्तिको मानसिकतामा असर पर्न सक्छ। तपाईं कस्तो यौन वातावरणमा हुर्किनुभयो लेख्नुभएको छैन। यदि तपाईं यौन संकृचित वातावरणमा हुर्किनुभएको हो र यस विषयमा समाजमा विद्यमान नकारात्मक धारणा र कडा रूपमा वर्जित गरिएको स्थितिमा हुर्किनुभएको हो र त्यसका बाबजुद मनमा एक प्रकारको द्वन्द्व भएको स्थितिमा पनि हस्तमैथुन गर्ने गर्नुभएको हो भने तपाईं एक किसिमले दोषीपनको सिकार हुन पुग्नुहुनेछ। तपाईंले शरीरले प्राकृतिक रूपमै मागेको भए पनि मनभित्र द्वन्द्वको स्थितिमा त्यसलाई निरन्तरता दिँदा स्वाभाविक रूपमा विभिन्न किसिमका मानसिक असर पर्न सक्छन्। कुरा जे भए पनि हस्तमैथुनलाई नै तपाईंको समस्याको सारा दोष थोपर्नु आवश्यक छैन। सामान्य परिस्थितिमा यसले यौन तनावलाई शान्त पार्न मद्दत नै गरेर सहयोग गर्छ। हस्तमैथुन गर्दा धनको अनावश्यक खर्च नहुने त छँदैछ, एचआईभी वा यौनरोग लाग्ने जोखिम पनि छैन। हस्तमैथुन गरेका कारण पछि महिलासँग यौनसम्पर्क राख्न वा त्यसबाट यौन सुख प्राप्त गर्न कुनै असजिलो पर्दैन। हस्तमैथुन गरेका कारण नपुंसकता हुने वा सन्तान जन्माउने कुरामा पनि असर पर्दैन। त्यसो हुँदो हो त सबैजसो पुरुष नै नपुंसक वा निःसन्तान हुन्थे होलान्, किनभने सबैजसोले जीवनमा कुनै कुनै बेला हस्तमैथुन गरेकै हुन्छन्। त्यसैले अनावश्यक रूपमा चिन्ता नलिनु नै उपयुक्त हुन्छ।

हातखुट्टा मर्किदा यी उपायहरु जानिराखौं

के महिला पुरुष, के युवायुवती वा बालबालिका, सबैले कुनै न कुनै कालखण्डमा यो भोगाइ बेहोरेका हुन्छन् । सबै व्यक्तिको सबैभन्दा बढी चाहिँ खुट्टा नै मर्किने गर्छ । ‘हाम्रो देशमा सबैभन्दा बढी कुर्कुच्चो मर्कने समस्या पाउने गरिन्छ’, हाड जोर्नी विशेषज्ञ डा.चक्रराज पाण्डे भन्छन्, ‘गोलीगाँठोको जोर्नीमा समस्या अर्थात् खुट्टा मर्काइपछि दोस्रो स्थानमा हातको नाडी मर्किने समस्या भएकाहरू बढी हुन्छन् ।’ हाडलाई केही नोक्सान नभई जोर्नीहरूलाई मिलाएर राखेको हाड जोड्ने तन्तु र स्नायु (लिगामेन्ट) सामान्य रूपमा तन्किनुलाई मर्काइ भनिन्छ । सामान्य रूपमा भन्नुपर्दा, लिगामेन्ट तन्किनु र धेरै चुँडिनुभन्दा पहिलेको अवस्था नै मर्कनु हो । शरीरको कुनै अंग विशेषलाई आवश्यकताभन्दा बढी भार दिएर काम गर्ने प्रयास गर्दा वा हामफाल्दा वा खेल्दासमेत यो समस्या निम्तिन सक्छ । शारीरिक गतिविधिमा अलिकति पनि असावधानीले हात वा खुट्टा मर्किन सक्छ । जब जोर्नीलाई अप्राकृतिक अवस्थामा जान बल लगाइन्छ, त्यतिखेर अंग मर्किन सक्छ । लिगामेन्ट अर्थात् हाड जोड्ने तन्तु डोरी जस्तै हुन्छ, तन्तुहरूको एउटा गुजुल्टो । यसले हाडहरूलाई आपसमा जोडेर तिनलाई स्थायित्व दिने गर्छ । यसै कारण जोर्नीहरूले आफ्नो काम गर्ने गर्छन् । ‘जब कुनै अंगलाई आवश्यकताभन्दा बढी कुनै काम गर्न बल दिइन्छ, त्यो अंग मर्किने सम्भावना बढछ’, नेपाल प्रहरी अस्पताल, महाराजगन्जका हाडजोर्नी शल्य चिकित्सक गोपेशकुमार ठाकुर भन्छन्, ‘युवतीहरूमा हाई हिल र प्लेटफार्म सुले गर्दा गोलीगाँठो मर्किने समस्या हालका दिनमा बढी देखिन थालेको छ ।’ विज्ञहरूका अनुसार, बालबालिका, खेलाडी आदि व्यायाम गर्दा वा खेल्दा यस्तो समस्यासँग जुध्नु सामान्य हो । तर कहिलेकाहीँ सानो हाड भाँचियो भने पनि मर्केजस्तो मात्रै लाग्ने गर्छ । यस्तोमा चाहिँ सचेत हुनुपर्छ । डा। ठाकुर भन्छन्, यस्तोमा मर्केको हो कि हाड भाँच्चिएको हो, थाहा पाउनु अति आवश्यक हुन्छ ।’ मांसपेशीमा हुने पीडा कम गर्नतिर लाग्नुअघि जोर्नी मर्केको हो वा हाड भाँच्चिएको हो, पत्ता लगाउनुपर्छ । पीडा बढी भए वा अचानक भए चिकित्सकसँग परामर्श लिएपछि मात्र उपचार प्रक्रिया थाल्नुपर्छ । कहिलेकाहीँ मर्केको जस्तो लाग्छ, तर त्यहाँ हाड भाँच्चिएको वा लिगामेन्ट चुँडिएको हुन सक्छ । मर्केको जोर्नी पहिलाजस्तै चलाउन सकिन्छ वा सकिँदैन, त्यसमा विशेष ख्याल गर्नुपर्छ । मर्केको जोर्नी चलाउन धेरै गाह्रो भए चिकित्सकको सल्लाह लिनैपर्ने डा। पाण्डे सुझाउँछन् । जोर्नी बांगोटिंगो देखिए, खुस्केको भए पनि यथाशीघ्र हाडजोर्नी विशेषज्ञकहाँ जानुपर्छ । मांसपेशीको पीडा निको पार्ने एउटा उपाय हो पर्याप्त आराम । यो पनि उपचारकै एउटा प्रक्रिया हो । डा। पाण्डेका अनुसार, हात वा खुट्टा मर्किए तातोपानीले सेक्नु हुँदैन । मल्हम वा तेल लगाएर मालिस पनि गर्नुहुन्न । अलिअलि मर्केको छ भने हल्कासँग इलास्टिक ब्यान्डेज लगाउँदा पनि आराम पाइन्छ । मर्केको ठाउँमा बरफ राख्नुपर्छ, बरफलाई प्लास्टिकमा राखेर । बिहान, बेलुका र दिउँसो गरी दिनमा तीन पटक १५ र १५ मिनेट बरफ राख्ने गर्दा सुन्निएको कम हुन्छ, पीडा पनि घट्दै जान्छ । हेल्थ टुडेबाट साभार

आँखाको उमेर कति वर्ष ?

एजेन्सी । तपाइँलाई कसैले उमेरसाध्यो भनी फट्ट भनिदिनु हन्छ यति, तर अनि तपाइँको आँखा कति वर्षको भयो ? सहज उत्तर आफु जति वर्षको भइयो आँखा पनि उत्ति वर्षको नै भयो । तर होइन, तपाइको उमेर कलिलै भएपनि आँखा भने निकै पूरानो हो । तपाइँ हामी सबैको आँखाको उमेर ५० करोड वर्षको भैसक्यो । वैज्ञानिकहरुका अनुसार जिवजन्तुको आँखा ५० करोड वर्ष पुरानो हो । वैज्ञानिकहरुले यो कुराको पुष्टि गर्नका लागि ७० करोड वर्ष पुरानो इतिहासलाई प्रस्तुत गरेका छन् । जुनबेला केवल एक कोषिय अमिबा, लेउ, मुगा तथा जिवाणुहरुको मात्र अस्तित्व थियो । वैज्ञानिकहरुले अध्ययनका क्रममा ओपसिन्स नामक कोषिमा ध्यान केन्द्रित गरे जो प्रकाशप्रति संवेदनशील हुन्छ । यो कोशिकाले जिवमा विस्तारै विस्तारै प्रकाशलाई पहिचान गर्न सुरु गर्यो । सोही कोशिका पछि आँखाको रुपमा विकशित भयो । जिवजन्तुमा पहिलोपटक ५० करोड वर्ष पहिले क्याम्ब्रियन युगमा आँखाको विकाश भएको वैज्ञानिकहरुको भनाइ छ । अस्ट्रेलियाली वैज्ञानिक ट्रेवर ल्याम्बका अनुसार ५० करोड वर्ष पहिलेको समयमा यस्ता धेरै जिवको उत्पत्ति भयो जसको एक वा दुइ आँखा थिए । ती जिवमा त्यससँगै सरीरका अन्य अंग समेत विकशित भए । तथापि त्यस समयमा धेरै जनावरको सरीरमा केवल आँखा मात्र हुन्थ्यो तर स्नायु प्रणालीको अरु भाग विकाश भैसकेको थिएन । झण्डै २० करोड वर्षको क्रम विकाशसँगै जिवजन्तुमा अहिलेको जस्तो विकशित आँखाको विकाश भएको हो ।

मानिसको शरीरमा किन सेतो दाग देखिन्छ ? हटाउने सात उपायहरु

सेतो दागलाई मेडिकल भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ । यो निकै साधारण रोग हो । संसारभरीको जनसंख्याको एक ठूलो हिस्सा यो रोगबाट प्रभावित छन् । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ । यसले शरिरको सुन्दरतामा नकारात्मक असर पुर्याउँछ । यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा हुने गर्दछ । आज हामी यस्ता सेतो दागको कारण र यसलाई निको पार्ने उपायबारे जानकारी दिँदै छौं । ३० प्रतिशत मानिसहरुमा सेतो दागको कारण वंशानुगत हुन्छ । केही मानिसहरुलाई भने सूर्यको यूभी किरणले पनि यस्तो दाग देखिने गर्दछ । पेटमा समस्या र किरा हुँदा पनि छालामा सेतो दाग देखिने गर्दछ । कलेजोमा समस्याका कारण पनि सेतो दाग देखिने गर्दछ । पसिना आउँदा सिस्टममा समस्या हुँदा पनि सेतो दाग देखिने गर्दछ । मधुमेह, हाइपोथाइराइडजस्ता रोगका कारण पनि छालामा सेतो दाग देखिने गर्दछ । गलत खानाको सम्मिश्रणले पनि यस्तो समस्या निम्तिन सक्छ । सेतो दाग निको पार्ने उपाय रातो माटोः एक चम्चा अदुवाको रसमा दुई चम्चा रातो माटो मिसाएर दाग देखिएको भागमा दुई मिनेटसम्म मसाज गर्नुहोस् । तामाको भाँडाः तामाको भाँडाको पानी पिउँदा शरिरमा आइरनको कमी हुँदैन, यसले सेतो दागबाट पनि राहत प्रदान गर्दछ । खरबुजाको बियाँ, अदुवा र बदामलगायत खाँदा पनि शरिरमा आइरनको कमी हुँदैन । घामको किरणबाट बच्नुहोस्ः बाहिर निस्कनुभन्दा पहिले एक राम्रो एसपीएफ क्रिम लगाउन नबिर्सिनुहोस् । यो क्रिमले तपार्ईंलाई घामको किरणबाट जोगाउँछ । साथै सेतो दाग बढ्न पनि रोक्छ । नीमको पातः नीमको पातबाट दुईदेखि तीन चम्चा रस निकाल्नुहोस् । यसलाई महमा मिसाउनुहोस् र दिनमा तीनपटक पिउनुहोस् । तुलसीको पात र कागतीको रसः तुलसीलाई दैनिक छालामा लगाउँदा मेलानिनको उत्पादन बढ्ने गर्दछ र सेतो दाग हट्छ । दुई चम्चा तुलसी र एक चम्चा कागतीको रसलाई दागमा लगाउनुहोस् । ओखरको पाउडरः ओखरको पाउडरमा थोरै पानी मिसाउनुहोस् । यसलाई दागमा दिनमा दुई पटक लगाउनुहोस् । चन्दन र बदामको तेलः दुई चम्चा चन्दनको पाउडरमा एक चम्चा बदामको तेल र आधा चम्चा बेसारको पाउडर मिसाएर दागमा लगाउनुहोस् । यस्तो दिनमा दुई पटक गर्नुहोस्।

अधिकांश नेपालीलाई सेक्स गर्न आउँदैन- करुणा कुँवर, मनोविज्ञ

तपाईलाई फेमिली थेरापिष्ट भन्दा रहेछन्, मनोबिज्ञानभित्र फेमिली थेरापी कहाँ पर्दोरहेछ ? मनोबिज्ञान बृहत बिषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोबिज्ञानद्धारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोबिज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषय फेमिली थेरापी अन्तर्गत पर्दछ । अर्थात तपाईको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्दछ । तपाईसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँ, जोडीका मुख्य समस्याहरु के के रहेछन् ? पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो ब्यवहार ठीक गर्देनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको मेले पाएँ । सेक्सकै कारण समस्या आएको जोडी कति पाउँनु भयो रु प्रतिशतमा भन्न सकिन्छ ? ९९ प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरुको विवाह इच्छा बिपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछी यूगल जोडीमा जति समस्या आउँछन् त्यमा कुनै न कुनै रुपमा यौन जोडीएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ । मेरो प्रक्टिसमा पनि यही पाएकी छु । केही उदाहरण दिन सकिन्छ ? धेरै जोडी विवाहको ५–७ बर्ष पछि म कहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउने गर्दछन् । तर विवाहको पहिलो बर्ष त्यही ब्यबहार किन नराम्रो लागेन रु भनेर प्रश्न गरो भने उनीहरु मौन रहन्छन् । पहिलो बर्ष उनीहरुलाई त्यही ब्यबहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौन सम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेर्रै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरुको रुप र ब्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुदै जान्छ, ती कृयाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ । नेपालीको यौन कृयाकलाप कसरी हुँदोरहेछ, समस्या के पाउनुभयो ? सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यस अघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् । त्यसबारे धेरैले ध्यानै दिदैनन् । मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । अनि महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्दछन् । समस्या त्यहींबाट सुरु हुन्छ । वास्तवमा सेक्स कस्का लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनाै । नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण के पाउँनु भयो ? उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । तपाइले कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मनन्दैनन् भन्ने सुन्नु भएको होला । यसको मूल कारण नै उनीहरुमा भएको सेक्स प्रतिको बितृष्ण हो । जव कि नाङगो हुनु सेक्सका लागि अनिवार्य जस्तै हो । नेपालका शहरी क्षेत्रमा महिला–पुरुष सेक्समा उदार हँुदैछन् , यससँगै सेक्समा बिभिन्न प्रयोग भएको सुन्न पाइन्छ , यसलाई कसरी लिनु भएको छ ? शहरमा सेक्स टोयका सामान बिक्रि हुन थालेका छन् । प्रारम्भमा मलाईपनि सेक्स टोयमा युवा वर्ग मात्र जान्छन् भन्ने लागेको थियो । तर एक साताको अध्ययनमा के पाइयो भने सेक्स सपमा सबै बर्गका मानिस जाने रहेछन् । यसले सेक्समा मानिस उदार हुदै गएको देखिन्छ । यद्धपि कस्तो सेक्स वा नराम्रो भन्ने कुरा दुईजना वीचको यौन ब्यबहारले छुट्याउने कुरा हो । यौन कृयाकलापका बेला दुबैजाना पूर्ण सन्तुष्ट हुन्छन् भने त्यो कृयाकलाप अरुका लागि अप्राकृतिक भएपनि राम्रो, सन्तुष्ट छैनन् भने हामीले भनेको प्राकृतिक पनि नराम्रो । अहिले गुदा मैथुन मुख मैथुनको कुरा पनि धेरै हुन थालेका छन्, तपाइँको अध्ययनले के पाउनु भयो ?  विदेशमा विशेषगरी शिक्षित जोडीहरु सेक्समा समान सहभागिता खोज्छन् । कुनै पुरुषलाई मुख मैथुन रमाईलो लाग्छ भने त्यहा महिलाले पनि आफुलाई त्यही रुपमा आप्mनो सन्तुष्टीको आधार खोज्छिन् । यहि कारण महिलाहरु पनि त्यती नै रमाईलो मान्छन् । नेपालमा भने महिलाहरु आफ्नो सन्तुष्टिको अधिकारबारे त्यती सचेत छैनन् । आफ्नो पार्टनरले मुख मैथुन वा गुद मैथुनको बारेमा कुरा गरो भने आफु जर्वजस्तीमा परेको अनुभब गर्छन् । त्यसमाथि उनीहरुको मनमा सेक्स भन्नेवित्तिकै पुरुष लिङग महिला योनीमा जाने कुरा मात्रै मनमा गढेको छ । सेक्समा मन नमिल्नु वा सेक्सप्रती दुवैको एकनासको शिक्षा नहुनु नै समस्याको कारण हो । किशोरीहरुमा हिस्टोरीया भन्ने एक किसिमको परम्परागत रोग देखिन्छ, यसको कारण यौन असन्तुष्टि भन्ने गरिएको छ, खासमा यो के हो  ?  किशोर अवस्थामा अचानक बेहोश हुने वा अन्य कृयाकलाप देखाउने रोग भएकोले हिस्टोरीयालाई यौन सगँ जोडीएको हो । वास्तवमा यो यौनसगँ सम्बन्धित हुन पनि सक्छ, नहुन पनि सक्छ । आजभोली यसलाई ‘कन्भर्जन डिसअर्डर’ भनिन्छ । पहिलो हिस्टोरीया भएका यूवतीलाई विवाह गरिदिदा यो रोग हराएकोे पाईयो । कुनै रोग विवाहपछि निको भएको देखेपछि यो यौन असन्तुष्टि सँग सम्बन्धित हो भन्ने ब्याख्या गरियो । आजभोली यौन असन्तुष्टि मात्रै यसको कारण मानिएको छैन , जुनसुकै तनावका कारण पनि हिस्टोरीया हुन सक्छ । विवाहको केही बर्षपछि पुरुषहरु आफ्ना श्रीमतीको यौन चाहाना कम भएको भन्ने गर्छन् । उनीहरु परस्त्री गमन गर्न थाल्दछन् । फलस्वरुप परिवार विखण्डनको अवस्था आउने गरेको छ । यसको खास कारण के हो ?  विवाहको पहिलो बर्ष महिलाहरु पुरुषप्रति जति समर्पित हुन्छन्, त्यो समर्पण सन्तान जन्मिएपछि कम हुदै जान्छ । उनीहरुको ध्यान आफनो श्रीमान भन्दा छोरा–छोरी प्रति जान्छ । तर पुरुषले श्रीमतीबाट त्यही ब्यवहार चाहान्छ । त्यो नपाएपछि उसले बाहिर आँखा लगाउन थाल्छ । म सँग आउने धेरै समस्या पनि यसैसँग सम्बन्धित छन् । पारिवारिक समस्याको मूल जरो कतै न कतै यौनसगँ सम्बन्धित हुन्छ भन्ने मलाई लाग्न थालेको छ । नेपालमा एकथरी महिला छन् जसका लागि यौन लाजको बिषय हो । तर अर्काथरी महिला यस्ता पनि छन्, जो खुला रुपमा सेक्सका कुरा गर्छन् र आफ्नो स्तन नै आकर्षणको केन्द्र भन्छन् , यसलाई कसरी लिनुहुन्छ ? धरै महिलाको लागि यौन लाजको बिषय हो तर लाजको बिषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गदैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आप्mनो–आफनो यौनिकता प्रर्दशन गरिरहेका हुन्छन् । मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । मेरो विचारमा कसैले आखाँमा गाजल लगाउँनु र कसैले आधा स्तन खुला छोड्नुमा खासै भिन्नता छैन । दुबैले बाहिरी मानिसलाई आफुतिर आकर्षित गरिरहेका हुन्छन् । यहाँ महिला मात्र हैन , पुरुषले पनि कहिले फ्रेन्चकट दारी पालेर होस् वा आफुलाई सफाचट् राखेर होस् आफ्नो यौनिकता प्रदर्शन गरिरहेकै हुन्छन् । आजको तपाईंको पत्रिका सबैले पढ्छन्, किन रु किनभने सबैलाई थाहा छ, यहाँ कुनै न कुनै रुपमा आफ्ना मनभित्रका कुण्ठा, समस्या वा गोप्य कुरा राखिएका हुन्छन् । यौन भनेकै यस्तो कुरा हो । जो कसैले प्रकट गरोस् या नगरोस्, सबैको आवश्यकताको कुरा हो, प्रकट गर्ने तरिका मात्रै फरक हो । रेखा थापाले कम बस्त्र लगाउँछिन् । यसकारण उनी सबैभन्दा बढी यौन इच्छा भएकी महिला हुन् र गाउँले युवती लजाउँछिन् त्यसैले उनमा यौन इच्छा छैन भन्ने होइन । यति हुँदाहुँदै पनि नेपालीहरु किन हिप्पोक्रयाट भएका ?  किनभने हामीमा यौनका विषयमा शिक्षा नै भएन । आमाले हुर्कदै गरेकी छोरीलाई, बुबाले उमेर बढ्दै गएको छोरासंग यौनका बारेमा खुलेर कुरा गरेनन् । उनीहरुले यसलाइ लाजको बिषय भने । शिक्षक–शिक्षकाले पनि यसलाई गोप्य भनिदिए । यसरी जोवाट यौनका बिषयमा खुलेर कुरा आउनु पर्ने होे, उनीहरुबाट नै गलत भनेर लान्छना लगाएपछि विचार यौन कलंकित हुने नै भयो । म सभ्य छु भन्नेहरुले यसलाई नराम्रो भन्न बाध्य भए । यो हाम्रो शिक्षाको दोष हो । अहिलेको नयाँ पुस्ता घरमा यौनलाइ गलत भनेको सुन्छ, तर इन्टरनेट र साथिभाइका माध्यमबाट सबैकुरा सिकिसक्छ । यस्तो अबस्थालाई कसरी मिलाउने ? यो गम्भीर अवस्था हो । बाहिरबाट आएको ज्ञान खराब हुन सक्छ । घरबाट, विद्यालयबाट उचित तवरले यसलाई सिकाउँदै लैजाने हो भने मानिसले सही ज्ञान पाउँछ । नत्र विकृत ब्यक्ति जन्माउँछ । धेरै वर्षअघि हामी केही मनोबैज्ञानिकहरुले थाइल्याण्डमा यही विषयमा चर्चा गरेका थियौ । अहिले त्यो अवस्था प्रत्येक दिन बढिरहेको छ । (अश्विनी कोइरालाले लेखेको पुस्तक उनीवाट साभार)

यस्तो छ अमलामा लुकेको जीवनको रहस्य थाहा पाउनुहोस्

अमला प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल हो । अमलामा प्रसस्त मात्रामा भिटामिन सी पाईन्छ । अमला खानाले आँखाको रोशनी बढ्नुका साथै बच्चाको झाडापखाला समेत निको पार्छ । आयुर्वेदिक दृष्टिकोणले पनि अमलाको अति नै महत्व छ । अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ । त्यसैगरी छालाको समस्याबाट दूर राख्छ । यसका अलावा अमलाको अन्य धेरै फाइदाहरु छन् । आउनुहोस्, हामी अमलाको फाइदाहरु जानिराखौँ- १. कपाल टुक्रनबाट रोक्छ अमला कपालको लागि अति नै फाईदाजनक छ । अमलाले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ भने टुक्रनबाट पनि रोक्छ । अमला खानुका साथै कपालमा कुटेर लगाउनाले अति नै राम्रो गर्छ । यसले ९० प्रतिशत कपाल टुक्रनबाट रोक्छ । २. आँखाको ज्योति बढाउँछ अमलाले आँखाको ज्योति बढाउन सहयोग गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन । अमलाको जुसमा थोरै मह मिसाएर पिउनाले आँखालाई एकदमै फाईदा गर्छ । ३. रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरु हुन्छ । यसले शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नियमित सेवनले शरिरको सेल बढाउँछ र स्फुर्त राख्छ । अझ महिलामा देखा पर्ने विभिन्न शारिरीक समस्याबाट मुक्त राख्न अमलाले विषेश भूमिका खेल्छ । यसले विभिन्न इन्फेक्सनबाट पनि टाढा राख्छ । रक्त सञ्चालन गराउँछ र मुटु सम्वन्धी रोग लाग्नबाट पनि बचाउँछ । ४. डायविटिज रोगीको लागि अति उपयोगी अमलाले ब्लड सुगर नियन्त्रण गर्छ । डाक्टरले समेत डायविटिजको विरामीलाई अमला खान सल्लाह दिन्छन् । अमलालाई मुर्रबा, जुस, अचार जे बनाएर पनि खान सक्नुहुन्छ । यसले मेटाबोलिज्म बढाएर शरिरमा तागत दिन्छ । यसमा फाईबर हुन्छ जसले पाचन प्रणालीलाई मजबुत बनाउँछ । अमला खाँदा कब्जीयत, अपच डाइरिया जस्ता समस्याहरु हटेर जान्छ । ५. शरिरको विषालु पदार्थ निकाल्छ अमलामा पानीको मात्रा पनि हुन्छ यसले पिसाव सम्वन्धी समस्या हटाएर जान्छ । त्यसैगरी अमलाले अनावश्यक नुन, एसिडलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ । जसको कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान्छ । ६. अनावश्यक बुृढोपना हटाउँछ कोही कोही मानिस उमेरै नपुगी बुढो देखिन्छ । यदि यस्तो हो भने अमलाको सेवन गर्दा राम्रो हुन्छ । अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपना देखाउँदैन। ७. अनिद्रा हटाउँछ अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ ।

‘रुट क्यानल ट्रिटमेन्ट’ गरी अब दाँत दुखार्इबाट मुक्त हुनुहोस्

दाँत कीराले खाएको छ वा असाध्यै दुख्यो भने हामीलाई लाग्छ यो दाँत निकाल्न पाए त हाइसञ्चो हुन्थ्यो होला । कत्तिले त कीराले खाएपछि वा दुख्यो भने दाँत निकालेका पनि छौं होला । पहिले पहिले कीराले खाएको दाँत निकाल्नुको विकल्प पनि थिएन । चाहेर होस् वा नचाहेर पनि निकाल्नै पर्दथ्यो । केही केहीले दुखेको बेला आवेशमा आएर दाँत निकाल्न लगाइहाल्छन् । तर प्राकृतिक दाँत निकालेपछि त्यसका कारण आउने कठिनाइको अनुमानसमेत उनीहरुले गरेका हुँदैनन् । हामीले के बुझ्नु जरुरी छ भने कृत्रिम भनेको कृत्रिम नै हो । यसले कहिल्यै पनि प्राकृतिकको स्थान लिन सक्दैन । प्राकृतिक दाँतको महत्व निकालेपछि मात्र थाहा हुन्छ । प्राकृतिक दाँतले गर्ने काम, उसले दिने सुन्दरता र आत्मबल कृत्रिम दाँतबाट पाउन सकिँदैन । त्यसैले हिजोआज अधिकांश व्यक्ति सकेसम्म प्राकृतिक दाँत गुमाउन चाहँदैनन् । पछिल्ला वर्षमा दाँत निकाल्नेभन्दा बचाउन चाहने बढिरहेको विज्ञहरु बताउँछन् । यही चाहना र आवश्यकतालाई ध्यानमा राखेर अहिले दाँतको उपचारमा विभिन्न नयाँ प्रविधिको विकास भइरहेको छ । अब दाँतमा कीरा लागेर नसा छोएर दुखेको दाँत निकाल्नैपर्छ भन्ने छैन । दाँतको दुखाइ हटाउँदै त्यही प्राकृतिक दाँतलाई बचाउन सकिन्छ । यो उपचार विधिलाई ‘रुट क्यानल ट्रिटमेन्ट’ भनिन्छ । जसलाई नेपाली भाषामा ‘जरानली उपचार विधि’ भन्न सकिन्छ । यस उपचार विधिमा दाँतको दुखाई कम गर्न र पछि गएर पहिलेकै अवस्थामा ल्याउन अत्याधुनिक उपकरणको सहायताले दाँतको जराभित्रको नसा सफा गरेर त्यसको उपचार गरिन्छ । रुट क्यानलमा भरपर्दो विधि हो, ‘डेन्टल अपरेटिङ माइक्रोस्कोप ।’ माईक्रोस्कोपको सहायताबाट दाँतभित्र रहेको सानो चिजलाई ठूलो पारेर समस्याको पहिचान गरी उपचार गर्न सकिने भएकाले यो विश्वसनीय हुन्छ । परम्परागत रूपले रुट क्यानल गर्दा हेरेर, महसुस गरेर, छोएर र अनुभवका आधारमा गरिन्थ्यो । त्योभन्दा माइक्रोस्कोपको सहायताले गरिने उपचार बढी बैज्ञानिक मानिन्छ । विज्ञहरूका अनुसार यो प्रविधिमार्फत उपचार गर्दा थोरै दाँत काटेर नसाको उपचार गर्न सम्भव छ । जुन कुरा पहिले हेरेको भरमा मात्र सम्भव हुँदैनथियो । यो प्रविधिबाट उपचार गर्दा परम्परागत उपचार गर्दा दाँत बचाउन नसकिने अवस्थामा पनि बचाउन सकिने भएको छ । यसका साथै यो प्रविधि सुविधायुक्त छ । नेपालमा पहिलो पटक यो प्रविधि रुट क्यानल सेन्टरले भित्र्याएको हो । यो सेन्टर पाटन अस्पताल अगाडि रहेको ललितपुर मलको चौथो तलामा रहेको छ । रुट क्यानल विषयमा विशेषज्ञता एमडीएस (मास्टर्स इन् डेन्टल सर्जरी) गरेका वरिष्ठ दन्त रोग विशेषज्ञ द्वय डा.सुमन गौतम र डा.आशा थापाको जोडीले एक वर्षपहिले यो प्रविधि पहिलो पटक नेपाल भित्र्याएका छन् । माइक्रोस्कोप बाहेक दाँतको उपचारमा प्रयोग हुने प्रविधि र अत्याधुनिक उपकरणसमेतको सेवा सेन्टरले प्रदान गर्दै आइरहेको छ। यो प्रविधिबाट डाक्टर र बिरामी दुवै पक्ष लाभान्वित भएका छन् । किनकि यसले दाँतमा भएको समस्याको सही पहिचान गर्न सहयोग गर्छ । समस्या पहिचान भएपछि उपचार गर्न सहज हुने गरेको डा।सुमन बताउँछन् । नेपालमा दाँत कीराले खाने आम समस्या हो । दाँतमा देखिने समस्यामध्ये करिब ८० प्रतिशत कीराले खानेसँंग सम्बन्धित हुन्छन् । पछिल्ला दिनमा जङफुडका कारण सानै उमेरदेखि दाँत कीराले खाने समस्या बढ्दै गइरहेको पाइएको छ । सबै कीराले खाएको दाँतको रुट क्यानल गर्नु पर्दैन । डा।आशा भन्छिन्, ‘दाँत कीराले खाएको पहिलो स्टेजमा छ भने सामान्य उपचारले पुग्छ । तर कीराले खाएर नसासम्म पुगेको अवस्था छ भने रुट क्यानल गर्नै पर्छ ।’ उनका अनुसार प्रविधिको विकासले रुट क्यानल गर्न अहिले थुप्रै पटक क्लिनिक धाउनु पर्दैन । एकदुई पटकमै विश्वासका साथ गर्न सकिन्छ । मुख स्वास्थ्यका विषयमा पहिलेको तुलनामा केही चेतना विस्तार भएको पाइएको छ । तर अझै पनि ठूलो संख्यामा सर्वसाधारणमा दाँत तथा मुख स्वास्थ्यका विषयमा जनचेतना पुग्न नसकेकाले यो समस्या बढ्दै गइरहेको डा.सुमनको ठम्याइँ छ । उनी भन्छन्, ‘सरकारले पनि मुख स्वास्थ्यका बिषयमा जनचेतना जगाउने कामलाई महत्व दिएको छैन । मुटु, क्यान्सर, मिर्गौलाजस्ता रोगको विषयमा जनचेतना जगाएजस्तै मुख स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्छ ।’

के हो प्रजनन अङ्गको सङ्क्रमण

काठमाडौं, जेठ १५ । प्रजनन अङ्गहरूमा प्राकृतिक रूपमा धेरै प्रकारका जीवाणुहरू हुन्छन् । विभिन्न कारणले शरीरमा रोगसंग लड्नसक्ने शक्ति कम भएको बेलामा जीवाणुहरूको अत्याधिक वृद्धि भई हुने सङ्क्रमणलाई प्रजनन अङ्गको सङ्क्रमण भनिन्छ । यी सङ्क्रमणहरू प्रजनन् अङ्गको सङ्क्रमण भएको व्यक्तिसँग असुरक्षित यौन सम्पर्क राख्दा सर्ने सम्भावना हुन्छ । त्यसैले यसलाई यौन संक्रमित रोग भनिएको हो । भिरिङ्गी, सुजाक आदि यसका उदाहरणहरू हुन् । यौन संक्रमण भएको बेला असुरक्षित यौन सम्मर्क गर्दा एचआईभी पनि सर्न सक्छ। यौनसम्पर्क नगर्दा पनि सङ्क्रमण यौनाङ्ग वरिपरी राम्रोसग सरसफाइ नगर्नु त्यसको प्रमुख कारण हो । महिलाहरूमा रक्तअल्पता भएको छ भन रजस्वला हुँदा प्रयोग गरिने प्याड (कपडा) र भित्र लगाउने कपडा पनि राम्रोसँग धोई घाममा सुकाएको छैन भने, विभिन्न संक्रमण हुन सक्छ । त्यस्तै, पुरुषहरूको लिङ्गको टुप्पो सफा गरेको छैन भने धेरै पटक एन्टिबायोटिक औषधिको प्रयोग गरिएको छ भने पनि यौन सम्पर्क नभईकन यौन संक्रमण हुनसक्छ । के यौन रोगहरू यौनाङ्गहरूको सम्पर्कबाट मात्रै सर्दछ ? यौनाङ्गहरूको सम्पर्कबाट मात्र सर्ने होइन । गुदद्वार मैथुन, मुख मैथुन, आदिबाट पनि यौन रोगहरू सर्न सक्दछ । कुनै–कुनै यौन रोगहरू रगत तथा निर्मलीकरण नगरिएका सिरिन्जबाट पनि सर्दछन्। यदि हात सफा छ भने हस्तमैथुनबाट मात्रै यौनरोग सर्दैन । कसरी थाहा पाउने सङ्क्रमणका लक्षणहरू ? – यौनाङ्ग वरिपरि चिलाउनु, – महिलाहरूको तल्लो पेट दुख्नु, – यौनाङ्गहरूका वरिपरि मसिना विमिराहरू आउनु र पोल्नु, – लिङ्ग तथा योनीबाट असामान्य रूपमा स्राव हुनु (जस्तै: पीप, सेतो पानी, गन्हाउने पानी, इत्यादि) – पिसाब गर्दा दुख्नु र पोल्नु, – अरु बेलाभन्दा धेरै पटक पिसाब लाग्नु, – घाउहरू आउनु वा सुन्निनु, – यौन सम्पर्क राख्दा दुख्नु, – महिलाहरूमा रजस्वला चक्रको बीचबीच समयमा पनि रगत बग्नु, आदि भएमा यौन रोग लागेको हुनसक्छ । कसरी गर्ने उपचार ? यौन सङ्क्रमणको लक्षण देखिनासाथ स्वास्थ्यकर्मीहससंग सरसल्लाह लिइ उपचार गर्नुपर्छ । यसको उपचार कुनै पनि स्वास्थ्य निकायमा पाईन्छ । यौन रोग विशेषज्ञसंग परामर्श गर्न सकेमा झनै राम्रो हुन्छ । उपचार गर्दा पतिपत्नी दुबै वा यौन जोडी अरूपनि छन् भने उनीहरूलाई पनि खोजी खोजी गर्नुपर्छ । किनकि एक जोडीले मात्र उपचार गरेमा यो रोग फेरि पनि सर्न सक्दछ । यौन सङ्क्रमणको उपचार गरिरहं“दा यौन सम्पर्क नराख्दा नै राम्रो हुन्छ । उपचार गर्दा के के कुरामा ध्यान दिनुपर्छ ? स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसार नै उपचार गर्नुपर्दछ र औषधि पूरा समयसम्म गर्नुपर्दछ । औषधिको प्रयोग पूरा समय नगर्दा रोग सुषुप्त अवस्थामा रहिरहेको हुन्छ र पछि फेरि बल्झिएर अरू जटिलताहरू निम्त्याउँछ । के यसबाट बच्ने तरीकाहरू पनि छन् ? यौन सङ्क्रमणबाट बच्ने धरै तरीकाहरू छन् । सानै उमेरमा यौनसम्पर्क नराख्ने किनभने उनीहरूमा यौन सम्पर्कलाई कसरी सुरक्षित बनाउने भन्ने नै थाहा हुँदैन । हाम्रो समाजमा बाल विवाह गर्ने प्रचलन भएकोले महिलाहरू अझै धेरै जोखिममा छन् । यस्तो प्रचलन हटाउने अभियानमा लाग्नुपर्छ । यौन सम्पर्क विश्वासिलो साथीसंग मात्र राख्नु पर्छ । सामान्यतया हाम्रो सामाजिक संरचनामा महिलाको भन्दा बढी पुरुषहरूको यौन व्यवहार जिम्मेवारपूर्ण नहुनाले गर्दा महिलाहरूले एकै जना साथीसंग यौन सम्पर्क राख्दा पनि जोखिममा परेका छन् । सुईको प्रयोग गर्नुपरेमा निर्मलीकरण गरेको वा डिस्पोजेबल सुईको प्रयोग गर्नुपर्दछ । रगत लि“दा सधै जाँ“च गरिएको रगत मात्र लिनुपर्दछ । एक जनाभन्दा बढी व्यक्तिसंग यौन सम्पर्क हुन्छ भने कन्डमको सही तरीकाले प्रयोग गर्नुपर्दछ र महिलाहरूमा पनि पुरुषलाई कन्डम प्रयोग गर्न प्रोत्साहन गर्ने क्षमताको विकास हुनु अति आवश्यक छ ।

के हुन मृगौला रोगका १० लक्षणहरु ?

मृगौला रोगको लक्ष्यणहरु: मृगौला पुरानो रोग भएकाले धेरै मानिसलाई थाहा हुदैन किनकी शुरुको अवस्थामा केहि लक्ष्यण देखिदैन । कुनै पनिअवस्थाको मृगौला रोगीको लागि शिक्षा नै शक्ति हो। मृगौला रोगको लक्ष्यण हामीलाई थाहा भएमा यसको छिटो रराम्रो उपचार गर्न मद्दत पुग्दछ । यदि तपाइलाई वा तपाईले चिनेको कसैलाई एक वा एक भन्दा बढी यी मृगौलारोगका लक्ष्यणहरु वा तपाई आफ्नो मृगौलाको समस्याबाट चिन्तित हुनुहुन्छ भने तुरुन्तै चिकित्सक सँग भेटेर रगतर पिसावको जाँच गराउनुहोस । यी मध्ये धेरै लक्ष्यणहरु मृगौला रोगको कारणले नभई अरु रोगको कारणले पनि हुनसक्छ । यो थाहा पाउन एउटै मात्र बाटो भनेको डाक्टर को सल्लाह हो । लक्ष्यण १ (पिसावमा परिर्वतन ) मृगौलाले पिसाव बनाउने काम गर्छ त्यसैले जब मृगौलाले काम गर्न छोड्छ तब पिसावमा परिर्वतन हुन्छ । कसरी ? रातीमा पिसाव फेर्न उठ्न पर्ने । फिज जस्तो पिसाव आउने, छिन छिनमा पिसाव लाग्ने अथवा धेरै मात्रामा पहेलो पिसाव हुने । पिसाव कम लाग्न सक्छ अथवा थोरै मात्रामा धमिलो पिसाव आउने । पिसावमा रगत देखिने । पिसाव फेर्न बल लगाउनु पर्ने अथवा पिसाव फेर्न गाह्रो हुने । लक्ष्यण २ (सुनिने ) बिग्रेको मृगौलाले हाम्रो शरिरमा भएको बढी पानी र फोहर फाल्न सक्दैन जसले गर्दा हाम्रो खुट्टा, घुडा, पैतला, अनुहारर हात सुनिने हुन्छ । लक्ष्यण ३ (थकाई लाग्छ) स्वास्थ्य मृगौलाले एक प्रकारको हरर्माेन उत्पादन गर्छ जसलाई इराथ्रोपोइटिन (Erythropoieitn) भनिन्छ ।यसले हाम्रो शरिरमा अक्सीजन लाने र रातो रक्त कोशिका बनाउन मद्दत गर्छ । यदि मृगौला बिग्रेमा यसले कममात्रामा इराथ्रोपोइटिन उत्पादन गर्छ । जसले गर्दा मासु र मष्तिस्क धेरै छिटो थाक्छ । यो अवस्था लाई रक्तअलपता भनिन्छ र यसको उपचार गर्न सकिन्छ । लक्ष्यण ४ ( छाला चिलाउने / दाना आउने ) मृगौलाले हाम्रो रगतमा भएको फोहर पदार्थ छानेर पिसावद्धारा फाल्छ तर मृगौला बिग्रेमा रगतमा फोहर पदार्थकोमात्रा बढी हुन्छ जसले गर्दा धेरै चिलाउने र छालाको रंग परिर्वतन हुन्छ । लक्ष्यण ५ (भोक नलाग्नु वा मुख तितो हुनु ) हाम्रो शरीरमा फोहर कुरा जस्तै युरिया (urea) रगतमा धेरै भएमा खानामा रुची घट्ने र साँस गन्हाउने हुन सक्छ ।यसले गर्दा मासु खान मन नलाग्ने र तौल पनि घट्दै जान्छ । लक्ष्यण ६ (वाक वाक र बान्ता ) रगतमा युरिया जस्ता फोहर पदार्थको मात्रा धेरै भएमा वाक वाक लाग्ने र वान्ता आउने हुन सक्छ । जसले गर्दाखान मन नलाग्ने र तौल घट्दै जान्छ । लक्ष्यण ७ (स्याँ स्याँ हुनु ) सास फेर्न अपठ्यारो हुनुको मुख्य २ वटा कारण छन्: –        शरीरमा बढी भएको पानी फोक्सोमा जम्मा भएमा –        रक्त अल्पता भएमा (शरीरमा अक्सीजनको मात्रा कम भएमा) लक्ष्यण ८ ( जाडो हुनु ) शरीरमा रगत को मात्रा कम भएमा न्यानो कोठामा पनि बढी जाडो हुन्छ । लक्ष्यण ९ ( टाउको रिंगाउने र ध्यान केन्द्रित गर्न नसक्नु ) मृगौला बिग्रेमा रगतको मात्रा कम हुन्छ जसले गर्दा दिमागमा पुग्ने रगत र अक्सीजनको मात्रा कम हुन्छ । साथैशरीरमा धेरै फोहर भएमा पनि दिमागले राम्ररी काम गर्देन जस्तै: स्मरण शक्ति कम हुनु, ध्यान केन्द्रित नहुनु रहोस हराउने जस्ता लक्ष्यण देखिन्छन् । लक्ष्यण १० ( खुट्टा / कोखाको पछाडी दुख्नु ) केहि मानिसहरुमा मृगौलाको समस्या भयो भने पछाडी को ढाड दुख्न सक्छ जस्तै: मृगौलामा पप्थरी भएमा वापिसाव मार्गमा अवरोध भएमा खुट्टा वा ढाडको पछाडी दुख्न सक्छ । यी मध्य कुनै पनि लक्ष्यण तपाईमा देखिएमा वा तपाई आफ्नो मृगौलाको अवस्था थाहा पाउन इच्छुकहुनुहुन्छ भने चरक हस्पिटलमा जाँच गराई समयमै स्वास्थ्य लाभ लिनु होस् ।

सेक्स गर्न खोज्दा अचानक लिङ्ग शिथिल त हुँदैन ?

लिंगमा उत्तेजना विचार तथा स्पर्शबाट आउँछ । मानिसको दिमागमा एउटा सेक्स सेन्टर हुन्छ । जब यो केन्द्र उत्तेजित हुन्छ, त्यसले लिंगतर्फ सन्देश पु¥याउँछ । शरीरमा रगतको  प्रवाह तेज हुन्छ । पूरै शरीरमध्ये लिंगमा रक्तप्रवाह सबैभन्दा बढी तीब्र हुन्छ । यहीकारण लिंगमा उत्तेजना तथा महिलाको योनिमा तरल पदार्थ उत्पन्न हुन्छ । लिंग उत्तेजित हुन योग्य हर्मोन हुनु जरुरी हुन्छ । पुरुषमा ६० वर्षपछि र महिलामा ४५वर्षपछि हर्मोनको कमी हुन थाल्छ । के हो इरेक्टाइल डिस्फङसन  (उत्तेजित नहुने समस्या) ? सेक्सका क्रममा या त्यसअघि नै उत्तेजना हराएर जान्छ भने  त्यसलाई इरेक्टाइल डिस्फङसन भनिन्छ । यो विभिन्न प्रकारको हुन्छ । कसैलाई उत्तेजना नै हुँदैंन भने कसैलाई सेक्सको सोच आउँदैमा उत्तेजना हुन्छ । तर, जब सेक्स गर्ने तयारी हुन्छ या सेक्स गर्न थाल्छ, त्यसपछि उत्तेजना बिस्तारै हराएर जान्छ । कसैमा भने लिंग योनिमा राख्नेबित्तिकै उत्तेजना समाप्त हुन्छ । सेक्सका क्रममा घर्षणका दौरान यदि उत्तेजना कम हुन्छ भने पनि त्यो इरेक्टाइल डिस्फङसन भनिन्छ । सेक्स पूरा भएपछि या स्खलन पछि मात्र उत्तेजना समाप्त हुनुपर्छ  । यो समस्याका कारण मानिसमा आत्मविश्वासको लेभल पनि कम हुँदैं गइरहेको हुन्छ । किन यस्तो हुन्छ  ? इरेक्टाइल डिस्फङसनको मुख्य कारण शारीरिक पनि हुन सक्छ र मानसिक पनि हुन सक्छ । यदि कुनै खास समयमा उत्तेजना हुन्छ, तर, सेक्सका बेला उत्तेजना हुँदैंन भने, सम्झनुहोस्,  समस्या शारीरिक होइन, मानसिक स्तरमा छ । तर, खास समयमा अर्थात्, बिहान उठ्दा, पिसाब गर्दा, हस्तमैथुनका दौरान या सेक्सका बारेमा सोच्दा पनि लिंग उत्तेजित हुँदैन भने शारीरिक समस्या रहेछ भन्ने बुझनुपर्छ । यति मानसिक समस्या छ भने साइकोथेरापी या डाक्टरहरुले दिएको उपायबाट समाधान हुन सक्छ । शारीरिक कारण : रक्सी, धूमपान, मधुमेह तथा तनावका कारण यस्तो हुन सक्छ । हार्मोनको गडबडीले पनि उत्तेजनामा समस्या आउन सक्छ । लिंग कडा हँुदा त्यसमा रक्तप्रवाह बढ्छ । जब लिंगमा रक्तप्रवाहमा कमी आउँछ भने कडा हुँदैंन र यस्ता समस्या निम्तन्छन् । कहिलेकाही सुरुमा लिंगमा पूरै रक्तप्रवाह हुन्छ । तर, योनिमा प्रवेश गर्नेबित्तिकै सबै रगत फर्कन थाल्छ  । स्नायुप्रणालीमा देखिएको समस्याका कारण पनि यो समस्या हुन्छ । दिमागमा भएको सेक्स केन्द्रमा आउने गडबडीले पनि यसमा कारक हुन सक्छ । डाक्टरहरुका अनुसार, यस्तोमा ८० प्रतिशत कारण शारीरिक हुन्छ भने बाँकी २० प्रतिशत मानसिक कारण जिम्मेवार हुन्छ । कसरी गर्न सकिन्छ यसको उपचार ? सबैभन्दा पहिले यो समस्याको उपचार खानपान र जीवनशैलीबाट समाधान गर्ने कोशिस गरिन्छ । तर, जब यसबाट पनि समाधान हुँदैंन, त्यसपछि डाक्टरलाई देखाएर उपचार सुरु गर्न सकिन्छ । सामान्यतः उपचारको तरिका यस्तो छ : हर्मोन थेरापी : यदि इरेक्टाइल डिस्फङसन हर्मोनका कारण भएको हो भने हर्मोन थेरापीको मद्दतले दुई देखि तीन महिनामा ठीक गर्न सकिन्छ । यो थेरापीको साइडइफेक्ट हुँदैंन । रक्तआपूर्ति :  जब लिंगको धमनीमा अवरोध आउछ भने औषधिको मार्फत् अवरोध हटाउन सकिन्छ । रक्तआपूर्ति सुचारु भयो भने लिंगमा उत्तेजना आउन थाल्छ । सेक्स थेरापी :  यो समस्या कतिपय अवस्थामा मानसिक पनि हुन्छ । यस्तो मामलामा सेक्स थेरापीको पनि मद्दत लिन सकिन्छ । भ्याकुम पम्प, इन्जेक्सन : भ्याकुम पम्प, इन्जेक्सन थेरापी तथा भियग्राजस्ता औषधिको मद्दतले यो समस्या समाधान गर्न सकिन्छ । यदि उच्च रक्तचाप या न्युन रक्तचाप, मुटु रोग, कलेजोसम्बन्धी रोग, ल्युकेमिया या एलर्जी छ भने भियग्रा लिनुअघि विशेष सावधानी अपनाउनुपर्छ । सर्जरी :  सबै उपायले काम गरेन भने अन्तिम उपाय भनेको सर्जरी हो । जरुरी :  आफ्नो समस्या समाधानका लागि विज्ञको सल्लाह लिनुहोला । यो अनुदित सामग्री हो । स्वास्थ्यखबरडटकमबाट साभार

बार्‍ह वर्षपछि बालबालिकामा आउने हार्मोनको फेरबदल

काठमाडौं, जेठ १ । किशोरावस्थामा बालबालिकाको शारीरिक तथा मानसिक विकास हुन्छ । सामान्यतया बार्‍ह वर्षको उमेरपछि बालबालिकामा आउने हार्मोनको फेरबदलले उनीहरूको शरीरका साथै मनमा पनि गहिरो असर पार्छ । त्यसैले यो उमेरमा उनीहरूको विशेष हेरचाह गर्नुपर्छ । किशोरीका लागि किशोरावस्थामा प्रवेशसँगै शारीरिक विकास हुन थाल्छ । महिनावारीको सुरुवात पनि यही बेलादेखि प्रारम्भ हुन्छ । यस्तो बेलामा हरेक आमाले छोरीको विशेष हेरचाह गर्नुपर्छ जुन उनीहरूको जिम्मेवारी हो । किशोरीहरूमा हुने शारीरिक तथा जैविक परिवर्तनका बारेमा उनीहरूलाई सानैदेखि शिक्षा दिनुपर्छ । यसो गर्दा उनीहरूले लाज तथा दुःखको सामना गर्नुपर्दैन । पर्सनल हाइजिनका बारेमा उचित जानकारी दिने । यसका साथै इनर वेयर रोज्ने कुरामा पनि सहयोग गर्ने । महिनावारी हुन थालेपछि किशोरीहरूलाई सामान्यभन्दा दुई गुना क्याल्सियम र आइरनको आवश्यकता हुन्छ । त्यसैले खानामा हरियो सागपात, फलफूल तथा दूधको मात्रा बढाउने । किशोरीहरूमा छालासँग सम्बन्धित समस्या बढी देखिन्छ । यो उमेरमा केटीहरू आफ्नो सौन्दर्यलाई लिएर बढी सजक हुन्छन् । छालामा आउने समस्याले गर्दा उनीहरूमा हीन भावना पलाउँछ । उनीहरूलाई यो सामान्य समस्या हो भन्ने कुराको जानकारी गराउनुपर्छ । यो केही समयपछि आफै ठीक हुन्छ । किशोरीहरूमा यौन दुव्र्यवहारका घटना बढेको सुन्न पाइन्छ । त्यसैले यौन दुव्र्यवहारका बारेमा बुझाउनुपर्छ । त्यसका साथै एचआइभी तथा एड्सजस्ता खतरनाक रोगका बारेमा पनि जानकारी दिनुपर्छ । आत्मरक्षाका लागि केही तालिम दिन सकिन्छ । यसका लागि जुडो–कराँतेको प्रशिक्षण लाभदायक हुन्छ ।

घरमा कोही दम रोगी त हुनुहुन्न ? यी हुन थाहा पाउनै पर्ने कुराहरु

परिचय श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित यस रोगमा मुख्य श्वास नली र फोक्सोभित्रका ठूलासाना उपश्वासनलीहरूकोम्युक्स मेम्बर्नस सुनिने, श्वास नलीभित्रका मांसपेसी खुम्चिने आदि विभिन्न कारणले साँघुरेर र अवरोध भईमानिसलाई श्वास फेर्न अप्ठेरो वा गाह्रो भएको अवस्थालाई दम (Bronchial Asthma, ब्रोन्कियल आज्मा)
 भनिन्छ ।जतिखेर एलर्जन्स (एलर्जी उत्पन्न गर्ने कारक तत्त्व) र इरिटेटस (अप्ठयारो उत्पन्न गर्ने तत्त्व) सास नलीकोसम्पर्कमा आउँछन्, यस अवस्थामा फोक्सोको हावा भित्र-बाहिर गर्ने नलीलाई प्रभावित गर्छ। जसले हावाको नलीकोचारैतिर भएको मांसपेशी संकुचित हुन्छ र खुम्चिन्छ।  यसले गर्दा नली साँघुरो र कडा हुन्छ । कहिलेकाहीँ टाँसिनेपदार्थ कफ बन्छ जसले हावाको नलीमा जम्मा भएर फोक्सोमा हावा आउने बाटोमा अवरुद्ध हुन्छ र बिरामीलाई श्वासफेर्न असजिलो हुने, खोकी लाग्ने र खोग्दा छातिबाट प्रायः घ्यारघ्यार  आवाज आउने हुन्छ ।  त्यसैकारणले गर्दामानिसमा श्वास फेर्न पटक-पटक गाह्रो हुने गर्दछ। दममा फोक्सोमा भएको हावाको नली धेरै सम्वेदनशील हुन्छ र त्यसले चुरोटको धुवाँ, चिसो, परागकणजस्ता थुप्रैइरिटेन्ट प्रति प्रतिक्रिया गर्छ। यसलाई चिकित्सकीय भाषामा टृगर भनिन्छ। जसले दमको स्तिथि पैदा गर्छ| अमेरिकन डिपार्टमेन्ट अफ हेल्थ एन्ड हयुमन सर्भिस, नेसनल हार्ट, लङ एन्ड ब्लड ईन्स्टिच्युटको तथ्यपत्र अनुसारमधुमेह र उच्च रक्तचापजस्तै दम पनि दीर्घरोग हो । एकपटक दम विकसित भएपछि जीवनभरि रहिरहन्छ । निकोहुँदैन । कुनै लक्षण नदेखाए पनि, तपाईं सन्चै अनुभव गर्दै रहे पनि वा दुःख नदिए पनि अस्थमा रहेकै हुन्छ र कुनैपनि समय हुन सक्छ । विशेषज्ञले विभिन्न औषधि उपचारको माध्यमले अस्थमालाई राम्ररी व्यवस्थापन गरेरतपाईंको दैनिक जीवनलाई सामान्य बनाउँछन् । खोकी र दम फरक-फरक स्थिति हुन्। खोकी फोक्सोबाट हानिकारक तत्त्व निकाल्न सहयोग गर्ने, शरीरको सामान्य क्रिया हो भने दम जसले फोक्सोको हावा भित्र-बाहिर निस्कने नलीलाई प्रभावित गर्दछ । दममा हावाको नलीको मांसपेशी खुम्चिन्छ, जसले गर्दा व्यक्तिलाई सास फेर्न गाह्रो हुन्छ । र, उनीहरू प्रायः धेरै खोकिरहन्छन्। स्थायीखोकी दमको एउटा लक्षण हुन सक्छ। खोकी फोक्सोबाट हानिकारक कण निकाल्न सहयोग गर्ने शरीरको सामान्यक्रिया हो। यो कण सामान्य रूपमा धुलो, ब्याक्टेरिया, भाइरस हुन्छ। यदि निरन्तर बढी नै खोकी लागिरहने गरेको छभनेचाहिँ यो फोक्सोमा समस्याको संकेत हो। हरेक वर्ष मे 1 तारिकलाई विश्व दमदिवसको रुपमा, विभिन्न कार्यक्रम गरी मनाईन्छ। प्रभावित वर्ग दमको रोगसँग उमेरको कुनै सम्बन्ध छैन । यो रोग के महिला, के पुरुष, के युवा, के बालबालिका, के बूढापाका सबैलाई लाग्न सक्छ । विश्व स्वास्थ्य संगठनअनुसार विश्वमा करिब २३ करोड ५० लाख व्यक्ति दमको समस्याले पीडित छन्, ७० लाख बालबच्चा छन । हरेक वर्ष करिब दुइ लाख ५० हजार व्यक्तिको यसै रोग बाट मृतु हुनेगर्छ । यो रोग कुनै पनि उमेरमा हुन सक्छ । चिसो याम सुरू हुनासाथ दमले बढी सताउनेहरूको संख्या कम छैन ।बालबालिकामा हुने सामान्य दीर्घरोग समेत हो यो। वैज्ञानिकहरूले एउटा अध्ययनमा पाए अनुसार घरपालुवा कुकुरको छालामा पाइने धुलोमा बाल्यकालमा हुने दमको रोगकोजीवाणुसँग लड्ने क्षमता हुन्छ । उक्त धुलोमा श्वाससम्बन्धी संक्रमणको बाहक जीवाणु (रेस्पिरेटरी सिक्टियल वाइरस) सँगलड्ने क्षमता थियो ।उनीहरूको अनुसार यो खोजले अगामी दिनहरूमा बच्चामा दमको चिकित्सा विधिमा परिवर्तन ल्याउँछ ।उक्त जानकारी सनफान्सिस्कोमा अमेरिकन सोसाइटी अफ माइक्रोबायलोजीको एउटा बैठकमा दिइएको हो । कारण दम धेरै कारणले हुन्छ, जस्तो कि मौसमको स्थिति, कुनै खाद्य पदार्थ, दबाई, गन्ध वा अन्य कारक तत्वहरु। कुनैपनि उमेरमा हुन सक्छ। ३० वर्षभन्दा मुनिकालाई दम हुनुमा एलर्जी जिम्मेवार हुन सक्छ। ३० वर्षभन्दा माथिकालाईवातावरणमा झुन्डि रहने हावाका कणले गर्दा पनि दम हुन सक्छ। बुढापाकालाई भने चुरोट, बिडी, हुक्का वा भान्साको धुवाँ, चिसो हावा र भावनात्मक तनावले दम हुन सक्छ। बंशाणुगत कारण पनि एक मानिएको छ। विंशाणुगन अर्थात् तपाईको परिवारमा कसैलाई दमको रोग छ भने त्यस परिवारका अन्य सदस्यलाई पनि हुने सम्भावना बढी हुन्छ । वातावरणका एलर्जन्स वा इरिटेटसप्रति बढी सम्वेदनशील व्यक्तिलाई पनि दम हुन सक्छ। धुम्रपान, वायु प्रदूषण, भान्साको धूवाँ आदिले पनि दम हुन सक्छ । धुम्रपान छोडेपछि मात्रै यो समस्यामाक्रमशः कमी आउँछ । तपाईलाई पहिलेदेखि नै दम छ भने यस यसको तव्रि वृद्धिमा कमी आउँछ ।
प्रदूषितवातावरणमा काम गर्नाले पनि दमको समस्या हुन सक्दछ । घरभित्र र बाहिरको वायु प्रदूषणले पनि यो रोग हुनसक्दछ । कोइला, धूलोमा काम गर्नुपर्ने बाध्यतासमेत यो रोगको कारण हुन सक्छ । अझ गाउँघरमा गुइठा वादाउरामा खाना पकाउनु, भान्साकोठामा धुवाँको उचित निकास नहुनुले समेत दम देखिन सक्छ । रुघाखोकीमा लापरबाही, चिसो र कफ बढाउने खालका खानाहरूको बढी प्रयोग, कुनै खाद्य वस्तुको एलर्जीले पनि दम हुन्छ । बाल्यावस्थामा छातीको संक्रमण, न्युमोनिया, ब्रोंकाइटिस भएका व्यक्तिहरूलाई सामान्य रुघाखोकी लाग्ना साथ दम बढ्ने खोकी लाग्ने हुन सक्छ । केही मानिसहरूमा मनोवैज्ञानिक समस्याहरूले गर्दा भावनात्मक तनावले पनि दम हुन सक्छ । एक अध्ययनले के देखाएको छ भने २५ प्रतिशत युवा दम रोगीहरुमा गहिरो भावनात्मक असुरक्षा र आमाबुबाको मायाको अभावका कारण पनि यो रोग लागेको छ । . रोगको लक्षण रोग भएमा देखिने प्रमुख लक्षणहरु
- श्वास प्रश्वासमा गाह्रो भएको जस्तो वा अप्ठेरो हुन्छ । दमका रोगीहरु छिटछिटोसास फेर्ने वा स्वा“..स्वा“ गरिरहन्छन् । त्यसमा पनि अझ श्वास लिँदाखेरी भन्दा पनि श्वास बाहिर फ्याँक्दा दुवैअवस्थामा घ्यार घ्यार आवाज सुनिन्छ ।
सास फेर्दा सिटी बजेजस्तो हुन सक्छ । फोक्सोसम्म हावा लैजाने नली खुम्चिनाले गर्दा यस्तो भएको हो । यसै खुम्च्याइले गर्दा पछिल्लो सास फोक्सोबाट निक्लिन नपाइ पुनः सास लिन पुग्छ । यसो हु“दा फोक्सो फुल्लिन्छ । दमका रोगीलाई सबैभन्दा साह्रो राति सुत्ने बेलामा पर्छ, खोकी प्रायः राति लाग्नु तथा खोकीले गर्दा निद्रामा अवरोध हुने रसुत्न अप्ठेरो भएर बसिराख्नु पर्छ। सुख्खा प्रकारको खोकी लाग्छ, बारम्बार खोकीको अनुभव हुन सक्छ र खोकेपछिच्याप-च्याप लाग्ने किसिमको खकार आउने गर्दछ। छातीमा दुख्छ। 
निधारमा पसिना आउछ।
 झरी परेको बेलामा, हिउदमा, पूर्वको हावा आउदा र चिल्लो, गुलियो खाएको बेला रोग ले बढी चाप्छ। शरीरमा अक्सिजनको मात्रामा कमी भई ओठ, औंला, अनुहार हर्दा नीलो रङ्ग देखिन्छ। दमको सुरुवात अचानक र क्रमशः दुवै तरिकाले हुन्छ । अचानक दम सुरु हुँदा रोगीलाई खोकी लाग्छ । जब दम विस्तारै सुरु हुन्छ, त्यसबेला दमको असर सामान्यतः साससम्बन्धी संक्रमणबाट हुन्छ । दमको गम्भीर असर पर्दा रोगीको हृदयको धड्कन एवम् सासको गति बढ्छ र रोगीलाई बेचैनी र थकान महसुस गर्दछ । त्यस्तो बेला रोगीलाई खोकी आउने, छातीमा केही अड्केजस्तो हुने, खुब पसिना आउने र उल्टीसमेत हुने गर्दछ । दमको गम्भिरताको प्रकार रोग लागेको समयावधि रोगको लक्षण तथा दमको अवस्थाअनुसार यसलाई तीन भागमा बाँड्न सकिन्छ । क) सामान्य अवस्था: दमबाट प्रभावित व्यक्ति बोल्दाखेरी पूरै वाक्य अर्थात् आफ्नो कुरा बोल्न सक्छ भने यो हल्काखालको सामान्य अवस्था हो । ख) यसै प्रकार बोल्न असजिलो हुन्छ । बोली अड्किन्छ भने यो मध्यमखालको अवस्था हो । ग) यसैगरी दमबाट प्रभावित व्यक्ति च्यापेको बेला एक शब्द पनि बोल्न गाह्रो हुन्छ भने यो गम्भीर अवस्था हो ।   नियन्त्रणका उपायहरु: दमको उचित नियन्त्रणका लागि यस सम्बन्धी जनचेतना पहिलो अपरिहार्य उपाय हो । जनचेतनाले आफ्नासमस्याहरुलाई नियन्त्रणमा राख्न र आफ्नो परिवारलाई दमबाट बचाउन प्रोत्साहित गर्छ । र्सवप्रथम त जुन कुराकोएलर्जी हुन्छ त्यसबाट टाढा रहने जस्तो कि उदाहरणको रुपमा यदि तपाईमध्ये कोही कसैलाई धुलो, धुवाँको एलर्जीलेगर्दा दम बढ्ने गर्दछ भने उक्त धुलो र धुवाँबाट सकेसम्म टाढा रहनु पर्दछ । यसो गरेमा सजिलैसंग दम बढ्नेसमस्याबाट बच्न सक्छौ । प्रायः त धेरैजसोलाई जाडो वा चिसो मौसममा चल्ने चिसो हावाले गर्दा दम एकदमै बढ्ने र श्वासप्रश्वासमा बाधापुर्‍याउने गर्दछ । त्यसैले चिसो हावामा बाहिर नहिँड्ने, नबस्ने चिसो खानेकुराको सेवन नगर्ने गरेमा सजिलै दम बढ्नेसमस्याबाट बच्न सक्छौ । जाडो याममा बिहानबेलुका चिसोमा निस्किनु हुन्न । दम पीडितले उपयुक्त व्यायाम गर्नछुटाउनु हुन्न, बिहान होइन दिउँसो हिँड्नुपर्छ । दम भएकाहरूले चिकित्सकको सल्लाहअनुसार न्यूनतम ३० मिनेट ठीकैखालको शारीरिक गतिविधि गर्नुपर्छ । दम नियन्त्रण छ भने व्यायामले समस्या गर्दैन । तातो पानीको बाफ लिने बानीबसाल्नु पर्दछ। त्यसैगरी श्वास फेर्न धेरै नै गाह्रो भएको बेलामा भने विरामीलाई अग्लो शिरानी दिएर अर्ध सुताइ अवस्थामा बसाल्नुपर्दछ । जसले गर्दा श्वास फेर्न अझ सजिलो हुन्छ । । त्यसको साथसाथै दमसंगै देखापर्ने विभिन्न श्वासप्रश्वासकारोगहरुको समयमै उपचार गर्नुपर्दछ । यसो गरेमा पनि दम समेत निको हुने वा थोरै भए पनि कम भएर जान्छ कुहिरो र हुस्सु लागेका चिसो याम सुरु हुनासाथ कतिपय व्यक्तिलाई छातीमा भारीपना महसुस हुन थाल्छ, सास फेर्नमाकठिनाइ सुरु हुन्छ । यो समस्या अन्य मौसममा नदेखिने भने होइन । चिसो याममा रोगीलाई दमले अटयाक गर्ने खतराबढ्छ, यसो हुनुको कारण ती-ती व्यक्तिमा श्वासनलीको दीर्घरोग दम अर्थात् अस्थमा बल्झिनु हो । चिसो याममासाससम्बन्धी संक्रमण टन्सिलाइटिस, फेरेन्जाइटिस, ब्रोङ्काइटिसको खतरा समेत बढ्ने गर्छ । यस्तो समयमा सास र दमकारोगीले विशेष सावधानी अपनाउनु आवश्यक छ । कहिलेकाहीँ स्थिति कतिसम्म बिगृन्छ भने श्वासनली खुम्चिएको कारणरोगीले पर्याप्त अक्सिजन पाउन सकिरहेका हुँदैनन्, यस अवस्थामा रोगीलाई भेन्टिलेटरसम्म नपुर्‍याउँदा ज्यानको खतरा हुन सक्छ । दम पुरानो भएकाले यसमा बिरामीले स्वयं पनि विभिन्न कुरामा ध्यान दिनुपर्छ । स्वास्थ्यकर खानपानको बानी, आफूले गर्ने कामको प्रकृति, काम गर्ने ठाउँ, बस्ने सुत्ने ठाउँको उचित व्यवस्था, नियमित र व्यवस्थित दिनचर्या, मौसम र शरीरअनुकूलको पोषाक, चिन्ता, तनाव, मुक्त, दैनिकीजस्ता कुराहरूमा राम्ररी ध्यान दिनुपर्छ ।सामान्य अवस्थामा दाल, भात, रोटी, हरियो तरकारी, गेडागुडीको झोल, जाउलो सन्तुलित एवं पोषिलो आहार लिनुपर्छ । औषधि उपचारको माध्यमले यस रोगका विशेषज्ञहरूले दमलाई व्यवस्थापन गरेर तपाईंको दैनिक जीवनलाई सामान्य बनाउँछन् । जसले गर्दा तपाइको दिनचर्या सहज हुन जान्छ । जटिलताहरू दम भएका बिरामीले विचार गर्नुपर्ने कुराहरू: दममा लापरबाही गरेमा समस्या बढेर मुटु आदिमा जटिलताहरू उत्पन्न हुन्छ। जस्तै मुटु सुनिने, न्युमोनाइटिस, सीओपीडी अर्थात् क्रोनिक आवस्ट्रेक्टिभ पल्मोनरी डिजिज आदि हुन सक्छ। दमले सिकिस्त भएको अवस्थामा सही उपचार नभएमा रोगीको ज्यान जाने सम्भावना हुन्छ। सावधानी चिसोबाट आफूलाई बचाउने, जाडोमा हरेक समय न्यानो लुगा लगाउने, चिसो पेयपदार्थ, आइस्त्रिम नखाने, बिहान-बेलुकी घरबाहिर ननिस्कने, बालबालिकालाई सिरक ओढाएर सुताउने। दमको आक्रमण प्रायः राति नै हुने भएकाले राति करिब सात बजेतिर हल्का खाना खाने, भीडभाड भएको ठाउँमा नजाने। कुहिरो र हुस्सो लागेको बेला नहिँड्ने। धूलो, धूवाँबाट बच्ने। धूमपान नगर्ने, सुत्ने कोठामा हिटरको प्रयोग नगर्ने। घरपालुवा जनावरबाट टाढा रहने, घरपालुवा जनावरलाई सातैपिच्छे नुहाइदिने, एयरटाइट गद्दा र शिरानी उपयोग नगर्ने, करेसाबारी वा पातको थुप्रोमा काम नगर्ने, नखेल्ने। उपचरको लागि सबै भन्दा पहिले कुन कुराले गर्दा एलर्जि भएको हो त्यो थाहा पाए रोग सधैको लागि निर्मुल पार्न सकिन्छ एलर्जीको परीक्षण गराउनु पर्छ। नत्र साल्बुटामओल् जस्ता औषधी सधै खानु पर्ने हुन्छ। डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ। दमका रोगीले चिसो, चिल्लो, भैंसीको बाक्लो दुध, दही, केरा, दूधबाट बनेको परिकार, मिठाई, अण्डा, पनिर, च्याउ, फर्सी, पिँडालु र चिल्लोमा तारेको आदि खानेकुराबाट परहेज गर्नुपर्छ । यस्तै चुरोट, बिँडी, खैनी, गाँजा तथा मद्यपानको प्रयोग गर्नु हुँदैन । दमका रोगीले घर होस् भनेर भेन्टिलेसनको व्यवस्था गर्नुपर्छ । निस्कर्ष भनिन्छ, आँटिलो काम गर्न दम चाहिन्छ। मुटु दह्रो हुनेहरूले अर्थात् मुटुमा दम हुनेहरूले हिम्मतिलो काम गर्छन्। सबैलाई थाहा छ, दम भयो भने काम गर्न गाह्रो हुन्छ। तर जमैकाका स्टेभ मुलिङले यो कुरा गलत प्रमाणित गरेका छन्। मुटुमा दम भयो भने काम फत्ते गर्न फोक्सोको दमले रोक्दैन भन्ने कुरा मुलिङले हालै अमेरिकामा सम्पन्न १ सय मिटर दौडको उपाधि जितेर पुष्टि गरेका हुन्। अघिल्लो वर्ष कीर्तिमानी धावक उसैन बोल्टलाई हराएर सनसनी मच्चाएका अमेरिकी धावक टाइसन गेलाई पराजित गर्न मुलिङका लागि दम रोग बाधक बनेन। दमका रोगी मुलिङले सास रोकेर दौडिँदा उनको फोक्सोको चाप निकै कम भैसकेको थियो। त्यसैले दौड पूरा गरिसकेपछि केही बेर उनलाई अक्सिजन दिनुपरेको थियो। यसअघि ९ दशमलव ८ सेकेन्डमा १ सय मिटर दौड पूरा गरेर आफ्नो कीर्तिमान बनाएका मुलिङले यसपटक उही दूरी पार गर्न १० दशमलव २६ सेकेन्ड लगाए अर्थात् कमजोर दौडेर पनि जिते, तर उनले प्रमाणित गरे कि मुटुमा दम भए छातीको दमले रोक्दैन। डा. बद्री पौडेलको वेभसाइटबाट साभार