शनिबार राति महिलाहरुले के गरे सेक्सी देखिने गर्छन् ? जानिराखौं

कार्तिक २५ । ‘स्याटडे नाइट’ अर्थात शनिबारको रात पुरुषका लागि मात्र खास नभई दुनियाँभरका महिलाका लागि समेत खास बन्ने गरेको बेलायतमा गरिएको एक सर्वेले देखाएको छ ।

बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन् । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउँछन् । आफुलाई सेक्सी फिल गराउन ‘परफ्यूम’को हल्का प्रयोग, राम्रो हेयर स्टाइल र सेक्सी स्माइल बढी प्रयोग गर्छन् ।

यस्तो छ सर्वेको परिणामः

— २००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूमको हल्का स्प्रे स्पेसल फिल गराउनको लागि मन पराए ।

— एक तिहार्इभन्दा बढी महिलालाई भने नयाँ हेयर कलरले सेक्सी भएको फिल गराउन मद्दत पुर्यायो ।

—सेक्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका थिए ।

—अध्ययनका अनुसार महिला आफुलाई सेक्सी फिल गर्न सो दिन केही घण्टा समय बिताउँछन् ।

एजेन्सीबाट

नियमित सेक्सपछि महिलामा यसको रुचि घट्ने

कार्तिक २२ । एक अध्ययनका अनुसार, महिला आफ्नो पार्टनरसँग बाह्रै महिना सेक्सबाट बोर हुने गर्छन् । लामो समयसम्म सम्बन्धमा बसेपछि महिलाले सेक्सलाई त्यति महत्व दिँदैनन्। क्यालिफोर्निया विश्वविद्यालय, सन फ्रान्सिस्कोका वैज्ञानिक र साउथह्याम्प्टन यूनिभर्सिटीका अध्ययनकर्ताले संयुक्त रुपमा उक्त अध्ययन गरेका छन् । अध्ययनकर्ताले लण्डनका ११ हजार ५ सय ८ जनामा गरेको अध्ययनमा महिलामा सेक्सप्रति रुची चाँडै नै समाप्त हुन्छ भने पुरुषमा सेक्सप्रति रुचि रहिहन्छ । अध्ययनमा ६ हजार ६ सय ६८ महिला र ४ हजार ८ सय ३९ पुरुषहरूलाई सहभागी गराइएको थियो । सहभागी सबै पछिल्लो एक वर्षदेखि आफ्नो पार्टनरसँग सक्रिय रुपले सेक्स गर्दै थिए । अध्ययनमा महिलामा सेक्स प्रति अधिकतम रुची केवल एक वर्षसम्म मात्रै रहन्छ। त्यसपछि उनीहरू सेक्सबाट भाग्न खोज्छन् । तर पुरुषमा यस प्रकारको कुनै परिर्वतन आउँदैन । सेक्स लाइफबाट महिलामा तनाव कम अध्ययनकर्ताका अनुसार नियमित सेक्स गर्ने महिलामा तनाव कम हुन सक्छ । उनीहरूको रोग प्रतिरोधात्मक क्षमता पनि अन्यको तुलनामा बढी रहेको अध्ययनले देखाएको छ । यस्ता महिला लामो समयसम्म बाँच्ने पनि गरेका छन् । सातामा कम्तीमा एक पटक सेक्स गर्ने महिलामा उमेर बढ्न थाल्छ भन्ने तथ्य अध्ययनले सार्वजनिक गरेको छ । यस्तो छ अध्ययनको रिपोर्ट ४५ देखि ५४ वर्षः अध्ययनमा सहभागी यो उमेर समूहका पाँच महिलामध्ये दुई जनाले सेक्न लाइफबाट सन्तुष्ट नभएको बताएका थिए । ५५ देखि ६४ वर्ष स् ३८ दशमलव ८ प्रतिशतले सेक्समा रुची नभएको बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ४५ देखि ५४ वर्षः ३७ दशमलव ९ प्रतिशत महिलाले पनि सेक्समा कुनै रुची अध्ययनका क्रममा जनाएका थिए । ६५ देखि ६४ः अध्ययनमा सहभागि मध्ये ३४ दशमलव २ प्रतिशतले सेक्समा रुची नभएको बताए । उमेर बढ्दै जाँदा सेक्समा रुचि कम अध्ययनका अनुसार उमेर बढ्दै जादा सेक्सप्रति रुची कम हुँदै गएको छ । यो क्रम पुरुषमा भन्दा महिलामा बढी भएको पाइयो । विशेषज्ञका अनुसार यस्तो हुनुमा मोनोपज प्रमुख कारण हुन सक्छ । किनकी त्यो समय हर्मोनल परिवर्तन अत्यधिक हुन्छ । केही विशेषज्ञका अनुसार अधबैंसे उमेरका महिलामा घर र बाहिर दुवैतिर बढ्दो उत्तरदायित्वले कमी आउन सक्छ। आमा बनेपछि सेक्समा रुची कम महिला जब आमा बनेपछि बच्चाका कारणले सेक्समा रुची घट्ने अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी यस्ता ५० प्रतिशत महिलाले रुची देखाएका थिएनन् । एजेन्सीको सहयोगमा

उमेरअनुसार यौनसम्पर्क कति पटकसम्म गर्दा राम्रो मानिन्छ त ?

कति पटक यौनसम्पर्क राख्ने भन्ने कुराको कुनै नियम छैन । यो पूर्ण रुपले तपाईंको खुशीमा भरपर्छ । तर, यो विषयमा भएको एक अध्ययनमा केही निश्कर्ष निकालिएको छ की उमेरअनुसार मानिसले कति पटकसम्म सेक्स गर्नुपर्छ भनेर । किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले गरेको अध्ययन अनुसार वर्षभरिमा कति पटक सेक्स गर्नु उपयुक्त हुन्छ भनेर सार्वजनिक गरेको छ । परिणाम निकै रोचक छ । अध्ययनमा १८ देखि २९ वर्षसम्म मानिसले वर्षमा औसत ११२ पटकसम्म यौन सम्पर्क राख्छन् । यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका मानिसले वर्षमा औसत ८६ पटक सेक्स गर्ने गरेको पाइयो भने ४० देखि ४९ वर्ष उमेर समूहका मानिसले वर्षमा ६९ पटक सेक्स गरेको पाइयो ।विवाहपछिको नतिजा अचम्मको कुरा यो थियो की १३ प्रतिशत नवविवाहिता जोडी यस्ता थिए जसले वर्षभरिमै सेक्स गर्न कम गरिसकेका थिए । त्यस्तै ४५ प्रतिशत दम्पतीले महिनामा कहिलेकाही मात्रै सेक्स गर्ने गरेका थिए । फ्रिक्वेन्सी कम हुनुको कारण विवाहपछि सेक्सको ‘फ्रिक्वेन्सी’ कम हुनुको कारण जिम्मेवारी बढ्नु पनि हो। जस्तैः हेक्टिक वर्क सेड्युल, घरको काम आदि । एक्सर्ट्सका अनुसार उमेर बढ्नुको साथै मानिसमा रोगले पनि आक्रमण गर्न थाल्छ जसले सेक्सप्रतिको इच्छा कम हुँदै जान्छ । के भन्छ अरु तथ्यांकले ३४ प्रतिशत मानिसले सातामा दुईदेखि तीन पटकसम्म सेक्स गरेको स्विकारे । सात प्रतिशतले सातामा चारदेखि पाँच पटकसम्म सेक्स गर्न रुचाउँथे । याद राखौँ माथि दिइएको तथ्यांकबाट आफ्नो सेक्स लाइफको तुलना गर्नु भन्दा पहिले लामो सास लिनुस् र यो ध्यान राख्नुस की सेक्सको अर्थ मिल्ने साथीसँग राम्रो समय बिताउनु पनि हो । जबसम्म तपाईं र तपाईंको पार्टनर सेक्सबाट सन्तुष्ट बन्छन त्यसले फरक पार्दैन की कति समयसम्म सेक्स गर्नुपर्छ भनेर । एजेन्सीको सहयोगमा

८५ वर्षका श्रीमानले ८० वर्षीया श्रीमतीलार्इ दिए सेक्स टोय उपहार

डा. राजन ताज्या छाला तथा यौन रोग विशेषज्ञ काठमाडौं, कार्तिक २१ जब ८५ वर्षका वृद्ध सेक्स टोय खरिद गर्न पुगे… उमेर बढ्दै गएपछि यौन क्षमतामा पनि ह्रास आउँदै जान्छ । तर, एकजना ८५ वर्षका वृद्ध कण्डम हाउसमा आएपछि युवराज अचम्ममा परेका थिए । युवराज ती वृद्धको कथा सुनाउँछन्, ‘काठमाडौंबाटै वृद्धदम्पती मेरो पसलमा आउनुभयो । वृद्धको उमेर ८५ वर्ष र उनको श्रीमतीको उमेर ८० भन्दा कमको रहेछ । मसँग आएर ती वृद्धले भन्नुभयो, ‘हामीले पछिल्लो डेढ महिनासम्म सहज रूपमा यौनसम्पर्क गरिरहेका थियौँ । अचानक मेरो यौनांग उत्तेजित हुन छाड्यो । त्यसैले श्रीमतीका लागि सेक्स टोय लिन आएको ।’ उनीहरूले सेक्स टोय खरिद गरेर लगेको केही समयपछि वृद्धको त्यस्तो समस्या निको भएको कण्डम हाउसका युवराजले जानकारी दिए । श्रीमतीलाई सेक्स टोय उपहार केही वर्षदेखि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढ्दो छ । दिनमा औसत १५ सयले रोजगारीका लागि देश छाड्ने गरेको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीका लागि श्रीमती छाडेर जानेहरूले श्रीमतीलाई सेक्स टोय गिफ्ट दिने प्रचलन पनि बढ्न थालेको छ । मेरो सपिङका सञ्चालक भन्छन्, ‘रोजगारीका लागि विदेश जानेहरूका श्रीमतीहरूले पनि सेक्स टोय खरिद गर्ने गर्दछन् । कतिपयले विदेशबाटै आफ्ना श्रीमतीलाई सेक्स टोय पु¥याइदिन आग्रह गर्दछन् भने कतिले विदेश जानुपूर्व गिफ्ट दिन्छन् ।’ उनका अनुसार मध्यमवर्गीय परिवारका सदस्यले अत्यधिक मात्रमा सेक्स टोय प्रयोग गर्ने गरेका छन् । भन्छन्, ‘सम्पन्न मान्छेले त पैसाले जे पनि खरिद गर्न सक्छन् । तर, मध्यमवर्गीयका लागि असम्भव हुन्छ । अत्यधिक मध्यमवर्गीय परिवारले सेक्स टोयको प्रयोग गर्दछन् ।’ सेक्स टोयको प्रयोगकर्ता नेता र कलाकार पनि नेता र चर्चित नायक–नायिकाले पनि सेक्स टोय प्रयोग गर्ने गरेका छन् । एक–दुईजनाले मात्र नभई दर्जनौँको संख्यामा । कतिपय हिरोइनहरू पसलमै पुगेर खरिद गर्ने गरेका छन् भने कतिपयले घरमै मगाउँछन् । युवराजका अनुसार सेक्स टोय प्रयोग गर्नेमा चर्चित हिरो, हिरोइन नै बढी छन् । भन्छन्, ‘कतिपयले त मैले सेक्स टोय प्रयोग गर्छु भनेर अन्तर्वार्ता पनि दिनुभएको छ ।’ सेक्स टोय प्रयोग गर्नेमा नेताको संख्या अझ बढी भएको युवराज बताउँछन् । भन्छन्, ‘सेक्स टोय प्रयोग गर्नेहरूमा केन्द्रीय स्तरकै नेताहरूको संख्या बढी छ ।’ हाइप्रोफाइल सेलेब्रिटीले पनि सेक्स टोय प्रयोग गर्ने गरेको उनको भनाइ छ । श्रीमान्–श्रीमतीमै सेक्स टोय मोह अचम्मको कुरा त के भने कतिपय दम्पती एउटै ओच्छ्यानमा सुते पनि छुट्टाछुट्टै सेक्स टोय प्रयोग गरेर यौन सन्तुष्टि लिने गर्छन् । खासगरी एक–अर्काबीचको सम्बन्ध राम्रो नभएको र खटपट भइरहने दम्पतीले यसो गर्ने गरेको युवराज बताउँछन् । उसो त यस्ता थुप्रै दम्पती आफ्ना ग्राहक भएको युवराजको दाबी छ । ‘श्रीमान्–श्रीमतीको आ–आफ्नै अर्कै सेक्स पार्टनर भएको र खटपट परेकाले आफ्नो पार्टनरको अभावमा सेक्स टोय प्रयोग गर्ने मेरा थुप्रै ग्राहक हुनुहुन्छ’, उनी भन्छन् । प्रायः ४० वर्षभन्दा माथि उमेर समूहका दम्पतीले यसरी सेक्स टोय प्रयोग गर्छन् । युवराजका अनुसार सेक्स टोय प्रयोगकर्तामध्येका १५ प्रतिशत दम्पती यस्ता छन् । तेस्रोलिंगीको मोह तेस्रोलिंगी र समलिंगीले पनि सेक्स टोयको प्रयोग गर्ने गरेका छन् । यस्ता खालका थुप्रै ग्राहक युवराजको सम्पर्कमा छन् । समलिंगीको स्वभाव भएका, तर बुवाआमाको दबाबमा विपरीत लिंगीसँग बिहे गरेकाहरूले पनि सेक्स टोय प्रयोग गरेको पाइन्छ । युवराज भन्छन्, ‘यौनकर्मीहरू सेक्स टोय खरिद गर्न आउँदैनन् । तर, तेस्रोलिंगी र समलिंगी सेक्स टोय प्रयोग कर्ताको संख्या भने ठूलै छ ।’ कतिपयले बुब्सहरू पनि खरिद गर्ने गरेको युवराज बताउँछन् ।कति हुन्छ खपत, कस्ता हुन्छन् सेक्स टोय काठमाडौंमा पाँचवटा सेक्स टोयका पसल छन् । तर, उनीहरूले सेक्स टोयको मात्र व्यापारचाहिँ गर्दैनन् । उनीहरूले यौनसम्पर्कका लागि अन्य अस्थायी साधनको सँगै व्यापार गर्ने गर्दछन् । कन्डम हाउसको मात्र काठमाडौंमा तीनवटा शाखा छन् । गोंगबु, चाबहिल र सुन्धारा । केही समयअघि काठमाडौंमा स्विट सेक्रेट नामक सेक्स टोयको व्यापार गरे पनि पछिल्लो समय उक्त पसल बन्द भइसकेको छ । काठमाडौंमा दैनिक औसत ८÷९ वटाको दरले सेक्स टोयको व्यापार हुने गरेको छ । व्यवसायी भने सेक्स टोयको उत्साहप्रद व्यापारचाहिँ नभएको बताउँछन् । तीनदेखि ६ हजार रुपैयाँसम्मको सेक्स टोय अत्यधिक बिक्री हुने व्यवसायी बताउँछन् । देशभर भने नौवटाभन्दा बढी सेक्स टोयका पसल छन् । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामग्रीलगायतका यौन सामग्री नेपालमा उपलब्ध छ । काठमाडौंमा पछिल्लो समय फुल बडीको सेक्स टोय उपलब्ध नभए पनि पोखरामा भने उपलब्ध छ । युवराज भन्छन्, ‘हामीले सबै प्रकारका सेक्स टोय राखेका थियौँ । तर, त्यस्ता प्रकृतिको सेक्स टोय बिक्री नभएपछि अहिले हामीकहाँ छैन ।’ काठमाडौंमा ११ सयदेखि १२–१३ हजार मूल्यसम्मका सेक्स खेलौना उपलब्ध छन् । कहाँबाट आउँछ सेक्स टोय ? नेपालमा कन्डम हाउसले होलसेलमा सेक्स टोय बिक्री गर्दै आएको छ । कन्डम हाउसबाटै काठमाडौंबाहिर पनि सेक्स टोय जाने गरेको छ । नेपालमा चीन, थाइल्यान्ड, जापान, मलेसिया र कोरियाबाट सेक्स टोय ल्याउने गरिन्छ । अनलाइनबाट पनि किनमेल अनलाइन बिजनेस मेरो सपिङले तीन वर्षदेखि सेक्स टोयको व्यापार गर्दै आएको छ । मेरो सपिङ पनि पुरुषको तुलनामा महिलाका लागि दोब्बर संख्यामा सेक्स टोय बिक्री हुने बताउँछ । मेरो सपिङमा भने अत्यधिक मात्रामा टिन एजर्सले सेक्स टोयको माग गर्ने गर्छन् । तर, उनीहरूले आफ्नो परिचय भने राम्रोसँग नखुलाउने गरेको सञ्चालक बताउँछन् । भाइवर, फेसबुक म्यासेन्जरमार्फत पेनिस, टाइटेनिङ जेललगायतका सामग्री मगाउने गर्दछन् । तर, अनलाइनमा यस्ता सामान मगाउनेले आफ्नो नाम सत्य नबताउने मेरो सपिङका सञ्चालक बताउँछन् । भन्छन्, ‘उहाँहरूले साथी वा आफन्तलाई चाहिएको उल्लेख गर्नुहुन्छ र आफ्नो नाम पनि बताउनुहुन्छ ।’ नेपालका प्रायः सेक्स टोय पसलेले होम डेलिभरी नगरे पनि मेरो सपिङको विशेषता भने होम डेलिभरी नै हो । सेक्स टोयको इतिहास सेक्स टोयलाई अहिले पनि सामाजिक रूपमा बहिष्कार गरिँदै आएको छ । यस विषयमा खुलेर बहस गर्ने परिस्थिति अझै पनि निर्माण भइसकेको पाइँदैन । तर, सेक्स टोयको इतिहास भने जोकोहीको सोचाइसँग मेल नखान सक्छ । प्राचीन समयमा पनि विभिन्न प्रकारका यौनोत्तेजक तथा कृत्रिम यौन सामग्री (सेक्स टोय)को प्रयोग हुने गरेको पाइएको थियो । प्राचीन रोम तथा ग्रिस सभ्यतामा सेक्स टोयका रूपमा विभिन्न सामग्री प्रयोग हुने गरेको पाइएको छ । जर्मनीस्थित तुबियान विश्वविद्यालयमा प्राग इतिहास तथा पारिस्थितिक प्रणाली विषयका प्राध्यापक निकोलस कोनार्डले पुरुषको यौनांग आकारमा निर्माण गरिएका ढुंगाका यौनोत्तेजक सामग्री प्राचीन समयमा प्रयोग हुने गरेको उल्लेख गरेका छन् । तत्कालीन समयमा प्रयोग गरिने यौनोत्तेजक सामग्री काठ, छाला, सिसा, ढुंगा, चाँदी, सुन र विभिन्न जनावरका सिङबाट बनाइएका हुन्थे । तर, यस्ता वस्तुबाट निर्माण गरिएका यौनोत्तेजक सामग्री निकै कडा किसिमका हुने भएकाले यी वस्तुमा निकै मिहिनेतका साथ कलात्मक तथा विभिन्न रङको पोलिस गरी प्रयोग गर्न निकै सहज हुने गरी निर्माण गरिएका हुन्थे । हालसम्म पनि महिला तथा पुरुष दुवैले प्रयोग गर्ने सेक्स टोयमा सिसा, चाँदी र सुनजस्ता विभिन्न धातु तथा रबर प्रयोग हुने गरेको छ । मानिसले कहिलेबाट यौनोत्तेजक सामग्रीको प्रयोग गर्न थाले भन्ने प्रश्नको ठ्याक्कै सही र तथ्यपरक उत्तर प्राप्त गर्न गाह्रो छ । तैपनि जर्मनीको एक गाउँको गुफामा भेट्टाइएको ढुंगाबाट निर्मित पुरुष तथा महिलाको यौनांग आकारका वस्तु पाइएकाले ती वस्तु नै विश्वका सबैभन्दा पुराना यौनोत्तेजक सामग्री भएको मानिँदै आएको छ । करिब २७ हजारदेखि ३० हजार वर्ष पुराना ती सामग्री निकै कडा भएको बताइन्छ । तसर्थ सो समयभन्दा पहिले नै मानिसले यौनोत्तेजक तथा कृत्रिम यौन सामग्री प्रयोग गर्ने गरेको अनुमान लगाउन सकिन्छ । उन्नाइसाैँ शताब्दीमा सेक्स टोयको निर्माण तथा प्रयोगले ठूलो फड्को मारेको देखिन्छ । आधुनिक सेक्स टोय निर्माण हुन थालेको पनि यही समयबाट नै हो । उन्नाइसौँ शताब्दीमा आइपुग्दा सेक्स टोय विद्युतीय उपकरण बन्न पुग्यो । इसापूर्व ६००० तिर महिला तथा पुरुषका यौनांगमा अलौकिक शक्ति हुने गरेको विश्वास गरिन्थ्यो । सो समयभन्दा पहिले नै पनि निर्माण गरिएका पुरुषको यौनांगकै रूप दिइएका सामग्री टर्कीमा पाइएका छन् । प्राचीन समयका सेक्स टोय निकै कडा र प्रयोग गर्दा असुविधा हुने भएकाले इसापूर्व ५०० तिर ग्रिसमा ब्रेड बनाउन प्रयोग गरिने विभिन्न अन्नको पिठो सुकाएर ‘डिल्डो’ (पुरुषको कृत्रिम यौनांग) निर्माण गरी प्रयोग हुने गरेको बताइन्छ । इसापूर्व १०० तिर इजिप्टकी रानी क्लियोपेट्राले पहिलोपटक भाइब्रेटर प्रयोग गरेको उल्लेख गरिएको छ । लौका सुकाएर खाली गरी प्रयोग गरेका वेला आवाज निकाल्ने खालका ससाना वस्तु राख्न उनले आप्mना सेवकलाई निर्देशन दिएकी थिइन् । सन् ५०० तिर कृत्रिम यौनांगको विकासले निकै ठूलो फड्को मारेको पाइन्छ । पुरुषको अण्डकोष आकारकै केही गिलो वस्तु डिल्डोमा अड्याउन थालियो । यसको प्रयोगले महिलाको यौनांग बाहिर बिस्तारै घर्षण पैदा गर्ने र यौन उत्तेजना वृद्धि गर्ने बताइएको सो प्रयासले आधुनिक सेक्स टोय निर्माणमा निकै सहयोग पु¥याएको विश्लेषण गर्ने गरिएको छ । सो अभ्यास जापानमा गरिएको थियो । यसलाई पछि ‘डम्ब बेल’ भन्न थालियो । मध्यकाल (सन् १००० को वरिपरिको समय)मा पाश्चात्य जगत्मा चर्च निकै शक्तिशाली थियो । कुनै प्रकारका यौनोत्तेजक तथा यौन सामग्री प्रयोग गर्नुलाई पाप गरेको मानिन्थ्यो । सन् १३६८ देखि सन् १६४४ को बीचमा चीनमा मिङ वंशको शासन रहेका वेला पुरुषको कृत्रिम यौनांग र ‘पेनिस रिङ’ (पुरुषको यौनांगमा राखिने रिङ) मा हात्तीका दारा तथा बहुमूल्य धातुको प्रयोग गरिएको इतिहास छ । उन्नाइसाँै शताब्दीमा सेक्स टोयको निर्माण तथा प्रयोगले ठूलो फड्को मारेको देखिन्छ । आधुनिक सेक्स टोय निर्माण हुन थालेको पनि यही समयबाट नै हो । उन्नाइसौँ शताब्दीमा आइपुग्दा सेक्स टोय विद्युतीय उपकरण बन्न पुग्यो । थोमस एल्बा एडिसनले विद्युतीय बल्बको आविष्कार गरेपछि सेक्स टोयमा पनि विद्युत् प्रयोग हुन लामो समय लागेन । भाइब्रेटरलगायतका सेक्स टोयमा विद्युत् अपरिहार्य बन्न पुग्यो । अमेरिकी वैज्ञानिक जर्ज टेलरले सन् १८६९ मा वाष्प इन्जिनबाट सञ्चालित हुने भाइब्रेटर निर्माण गरेका थिए । उनले यसलाई म्यानिपुलेटर नाम दिएका थिए । यसपछि विभिन्न आकार–प्रकार र विशेषता भएका विभिन्न प्रकारका सेक्स टोय निर्माण हुने क्रमले गति लिएको देखिन्छ । डा. राजन ताज्या छाला तथा यौन रोग विशेषज्ञ सचेतना नअपनाए क्यान्सर हुन सक्छ सेक्स टोयको प्रयोग पछिल्लो समयमा अत्यधिक हुन थालेको छ । सामान्य प्रयोगका लागि त कुनै फरक पार्दैन, तर ह्याबिट भयो या यसकै कारण रेगुलर काममै असर पर्ने अवस्था आयो भनेचाहिँ समस्या सिर्जना हुन्छ । यसलाई निरन्तर ग¥यो भने इन्फेक्सन पनि हुन सक्छ । विज्ञसँग परामर्श गरेर यसको प्रयोग गर्नुपर्छ । विभिन्न प्रकारका हुने भएकाले बिहेपूर्व र बिहेपश्चात् प्रयोग गर्ने साधनहरू पनि फरक–फरक हुन्छन् । खासगरी सिलिकनबाट बनेका यस्ता सामग्रीले त्यति धेरै स्वास्थ्यमा असर त गर्दैन, तर कतिपय क्वालिटी नभएका वा प्लास्टिकहरू मिसिएका भएचाहिँ क्यान्सर पनि हुन सक्छ । अर्को कुरा निरन्तर प्रयोग गरेपछि होमोजिनियस सेक्समा आउँदा समस्या सिर्जना पनि हुन सक्छ । करिब चार महिनाअघिको कुरा हो । धनगढीकी सुविना (नाम परिवर्तन)ले काठमाडौंस्थित सेक्स टोय (यौन खेलौना) पसलमा फोन गरिन् र भनिन्, ‘तपाईंलाई मेरो श्रीमान्ले केही भन्नुभएको थियो ?’ सुविनाले फोन गरेको अघिल्लो दिन उनका श्रीमान्ले पसलमालिकलाई फोन गरेका थिए । जो स्पेनमा बस्दै आएका थिए । उनले जिज्ञासा राखेका थिए, ‘त्यहाँ कस्ता खालका सेक्स टोय पाइन्छ ? मेरी श्रीमतीलाई पनि चाहिएको थियो ।’ पसलेले सम्पूर्ण जानकारी दिए । सो जानकारी श्रीमान्ले सुविनालाई सेयर गरेका थिए । सुविनाले सबै जानकारी पाइसकेपछि सेक्स टोय झिकाइन् । त्यसको एक हप्तापछि उनी काठमाडौंकै सेक्स टोय पसलमा आइन् । दुई दिनको यात्रा गरेर उनी सेक्स टोय खरिद गर्न काठमाडौंसम्म आइन् । ६ हजार रुपैयाँमा किनेको उक्त सेक्स टोय सुविनालाई सानो भएपछि अलि ठूलो आकारको टोय लगिन् । करिब आठ वर्षपहिलेको कुरा हो । रामेछापबाट एकजना पुरुष सुन्धारास्थित सेक्स टोय पसलमा आए । उनले पसलेलाई भने, ‘मेरो बहिनीका लागि सेक्स टोय चाहियो ।’ पसले दंग खाए । ती पुरुष बहिनीका लागि सेक्स टोय खरिद गर्न आउनुको कारणचाहिँ बडो दर्दनाक थियो । उनका ज्वाइँ सशस्त्र द्वन्द्वका वेला मारिएका थिए । बहिनी समीक्षा (नाम परिवर्तन)का दुई सन्तान थिए । घरमा अपहेलित भएपछि उनी माइतीमा बस्दै आएकी थिइन् । बिस्तारै समीक्षा छटपटाउन थालिन् । उनी घरि अचेत बन्थिन्, घरि केटा देख्नासाथ हातमा जे भेट्यो त्यसैले झम्टिन्थिन् । समीक्षाका लागि लामो समय धामी–झाँक्री र औषधि–मूलो गर्दा पनि उनको रोग बीसको उन्नाइस भएन । एक दिन समीक्षा खेतको डिलमा बसेर दाह्रा किटिरहेकी थिइन् । त्यस्तो गतिविधि भाउजूले देखेपछि घरमा आएर श्रीमान्लाई भनिन्, ‘बहिनीको बिहे गरेपछि पो ठीक हुन्छ कि ?’ त्यसपछि समीक्षाका दाइ काठमाडौं आएर सेक्स टोय खरिद गरे । ३५ सय रुपैयाँको सेक्स टोय खरिद गर्नका लागि पाँस सय रुपैयाँ पुगेन । तर, पछि ल्याइदिनु भन्दै पसलेले उपलब्ध गराए । त्यसको तीन महिनामा पाँच सय रुपैयाँ बोकेर उनी त्यहाँ आइपुगे । उनको मुख हँसिलो थियो । भने, ‘मैले वर्षौंदेखि औषधि गर्दा पनि केही सुधार भएको थिएन, अहिले पूर्ण रूपमा निको भयो । तपाईंलाई धन्यवाद ।’ एकपटक ह्विलचेयरमा बसेर एक अधबैँसे दम्पती कन्डम हाउस पुगे । उनीहरूले पसलेसँग आफ्नो समस्या बताए । केहीबेरपछि श्रीमान्ले भने, ‘मलाई स्पाइनल कर्ड इन्जुरी भएको ५–६ वर्ष भइसक्यो । यदि रुचि भए अरूसँग सेक्स गर्दा हुन्छ भनेर पनि मैले पटक–पटक भनेँ । तर, उसले मानिनँ । बिहे गरभन्दा पनि मान्दिनँ । एउटा राम्रो खालको सेक्स टोय दिनुपर्यो ।’ माथिका घटना उदाहरण मात्रै हुन्, नेपालमा सेक्स टोय प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको थाहा हुन्छ । ०६५ सालमा काठमाडौंमा पहिलोपटक कन्डम हाउसको नाममा सेक्स टोय पसल खुलेको थियो । त्यसपश्चात् काठमाडौं, पोखरा, चितवन, इटहरी र दमकमा गरी नौभन्दा बढी यस्ता पसलको स्थापना भएको छ । अहिले काठमाडौंमा मात्रै पाँच ठाउँमा यस्ता पसल सञ्चालनमा छन् । आफ्नो सेक्स पार्टनर नभएको अवस्थामा सम्भोगका लागि प्रयोग गर्ने सेक्स टोयको माग पछिल्लो समय बढ्दै गएको छ । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामग्री नेपाली बजारमा उपलब्ध छ । सुरुसुरुमा ग्राहकहरू लजाउने गरेपनि अचेल अधिकांशले निसंकोच आफ्नो समस्या बताएर सेक्स टोय खरिद गर्ने गरेको कण्डम हाउसका सञ्चालक युवराज न्यौपाने बताउँछन् । पहिलोपटक पसल खोल्दा डेढ वर्षसम्म सेक्स टोयका ग्राहक नपाएका युवराज अहिले दिनमा औसत तीनवटा सेक्स टोय बेच्छन् । सेक्स टोय खरिद गर्नेहरू अधिकांश तन्नेरी हुने गरेको युवराज बताउँछन् । ‘अधिकांश सेक्स टोय खरिद गर्नेहरू २० देखि ४५ वर्ष उमेर समूहका हुन्छन्,’ उनले भने, ‘कतिपय युवती भाइब्रेट लिन आए पनि सेक्स टोय नै खरिद गर्न आएको भने त्यति धेरै पाएको छैन ।’ तर, सेक्स टोय खरिद गर्नेमा अधिकांश महिला भएको उनको भनाइ छ । भन्छन्, ‘महिलाका लागि २० वटा सेक्स टोय बिक्री हुँदा मुस्किलले पुरुषका लागि एउटा जान्छ ।’ यौनका बारेमा व्यक्तिपिच्छे फरक–फरक बुझाइ हुन सक्छ, तर एउटा समान धारणा के हुन्छ भने सबै यसमा गोप्यता चाहन्छन् । यौन शरीरको यस्तो आवश्यकता र चाहना हो जसलाई मान्छेले सधैँ नियन्त्रणमा नराख्न पनि सक्छ । चाहेको वेला यौन चाहना पूर्ति नहुन पनि सक्छ । त्यस्तो अवस्थामा विकल्पका रूपमा सेक्य टोयहरू रोजाइमा पर्न थालेका छन् । नेपालमा पनि सेक्स टोयको माग बढ्दै छ । विश्वास खड्का थोकीको रिपोर्ट नयाँ पत्रिकाबाट

श्रीमती महिनावारी हुँदा श्रीमानले यी कुरामा ध्यान दिनुहोस्

कार्तिक २० । महिनावारीको क्रममा महिलामा विभिन्न शारिरिक र मानसिक परिवर्तन हुने गर्दछ । यो क्रममा महिलाले आफ्नो पुरुष पार्टनरसँग सहयोग र सहानुभूतीको आशा गर्दछन् र आशा अनुरुप सहयोग पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ । महिनावारीको क्रममा के गर्ने पुरुष ? बम्बे हस्पिटलकी गायनोकोलोजिस्ट डा. निरजा पौराणिकका अनुसार पुरुषले महिला महिनावारी हुँदा फोहोर वा असामान्य गतिविधीको रुपमा व्यवहार गर्नु हुँदैन । महिलाले यो क्रममा किचनमा जान नहुने, खानपिनका वस्तुहरु छुन नहुनेजस्ता कुराको कुनै वैज्ञानिक आधार छैन । पुरुषले आफ्नो महिला पार्टनरलाई कामकाजमा सहयोग गर्ने र उनको मुडलाई बुझेर डिस्टर्ब नगर्ने । मूडलाई बुझ्नुहोस् महिनावारी हुँदा महिलामा चिड्चिडापन बढ्ने गर्दछ । उनको मूड बुझेर आपसी सहयोग गर्नुहोस् । हट वाटर ब्याग दिनुहोस् महिनावारी हुँदा पेट दुख्नु साधारण कुरा हो । हट वाटर ब्यागमार्फत पेट दुखाईबाट राहत पाउन सकिन्छ । डार्क चकलेट खुवाउनुहोस् डार्क चकलेटमा पाइने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउने गर्दछ । तरकारी र फलफूल खुवाउनुहोस् केरा, मेवालगायतका फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ । मसाज गर्नुहोस् महिनावारीका बेला महिलालाई कम्मर दुख्नेलगायतका समस्या हुने गर्दछ । तपाईंले हल्का हातको मसाजले उनलाई राहत दिनेछ । व्यायाम गराउनुहोस् हल्काफूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ । धेरैभन्दा धेरै पानी पिउन लगाउनुहोस् महिनावारी हुँदा शरिरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ । आराम गर्न दिनुहोस् तपाईंको पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिनुहोस् । आराम गर्दा समस्या कम हुनेछ । चिया–कफी वा मसालेदार खानेकुरा नदिनुहोस् मसालेदार खानेकुरा र क्याफेनले महिनावारीको पीडालाई बढाउने गर्दछ । डाक्टरलाई भेट्नुहोस् यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने डाक्टरलाई भेट्न जानुहोस् । एजेन्सी

स्वास्थ्य स्वस्थ राख्न दैनिक भोजनमा तीन पोषक तत्व हुनु अति अावश्यक

हामीले शारीरिक र मानसिक रुपमा स्वस्थ र फिट रहन आफ्नो भोजनलाई सन्तुलित बनाउनु जरुरी छ । यी तीन महत्वपूर्ण पोषक तत्व हाम्रो खानामा सामेल गर्न सके मस्तिष्कदेखि रोग प्रतिरोध प्रणालीसम्मलाई स्वस्थ्य र सुदृढ पार्छ । भिटामिन बी भिटामिन बीले मानसिक क्षमता वृद्धि गर्छ र मुटुको सुरक्षा गर्छ । ८ वटा भिटामिन बीमध्ये बी १२ र फोलेट सबैभन्दा महत्वपूर्ण छन् । भिटामिन बी १२ ले हामीले खाएको भोजनलाई ऊर्जामा परिणत गर्न सघाउनुका साथै हाम्रो स्नायुतन्त्रको सुरक्षा कवच मानिने ‘माइलिन’ बनाउन आवश्यक पर्छ । यसले मस्तिष्कका करोडौं ‘न्युरोन’ लाई आपसमा सञ्चार गर्न पनि सघाउँछ । भिटामिन बी१२ को कमीले स्मरण शक्ति घट्ने, भ्रम उत्पन्न हुने र डिप्रेसन हुन्छ । फोलेट गर्भवतीका लागि महत्वपूर्ण मानिए पनि महिला पुरुष सबैका लागि यो उत्तिकै आवश्यक छ । भ्रुणको विकासमा यसको महत्वपूर्ण भूमिका हुन्छ। सामान्यतया शरीरमा फोलेटले मस्तिष्कघात र मुटुसम्बन्धी रोगको जोखिम बढाउने ‘एमिनो एसिड’को मात्रा बढ्न दिँदैन । फोलेट र भिटामिन बी मुटुका लागि आवश्यक पोषण समूहमा पर्छन्। केमा पाइन्छ भिटामिन बी र फोलेट भिटामिन बी१२ त्यस्तो दुर्लभ भिटामिन हो, जुन वनस्पति अर्थात् सागसब्जी, फलफूल वा गेडागुडी कुनैमा पनि पाइँदैन । भिटामिन बी१२ अन्डा, चिज, दूध, दही, माछा र रातो मासुमा पाइन्छ। तर, फोलेट भने हरिया सागसब्जी, कुरिलो, भिटामिन लगायत विभिन्न पोषक तत्व मिसाइएका तयारी खाद्यान्नमा पाइन्छ । भिटामिन डी शरीरका हाड र रोग प्रतिरोध प्रणालीका लागि भिटामिन डी आवश्यक छ । हामीलाई ‘भिटामिन डी’ को ठ्याक्कै कतिमात्रा आवश्यक पर्छ, वैज्ञानिकहरूले बताउन सकेका छैनन् । तर, अधिकांश अध्ययन अनुसन्धानले शरीर स्वस्थ राख्न भिटामिन डी महत्वपूर्ण रहेको देखाएका छन् । यसले क्याल्सियमलाई सोस्न सक्षम बनाउँछ, र क्याल्सियमले हाड बलियो बनाउँछ । रोग प्रतिरोध प्रणालीको प्रभावकारी कामका लागि पनि भिटामिन डी आवश्यक छ । केही अध्ययनले भिटामिन डीको कमी हुँदा क्रोन्स डिजिज (पाचन प्रणाली बिग्रने), ‘¥युमाटिड आर्थराइटिस’ र ‘मल्टिपल सिरोसिस’जस्ता रोग लाग्न सक्ने देखाएका छन्। भिटामिन डी पाइने खानेकुरा भिटामिन डी पनि भोजनबाट पाउन कठिन छ । बरु हाम्रो शरीरले नै भिटामिन डी बनाउँछ तर यसका लागि हामीले हाम्रो छालामा बिहानको मधुरो घाम पार्नुपर्छ । साथै उत्तरी गोलाद्र्धका बासिन्दाले भने अन्डाको पहेँलो भाग, धेरै चिल्लो पाइने माछा (जस्तै सार्डिन), पोषक तत्व मिसाइएको दूध, सुन्तलाको रस, अन्न आदिबाट भिटामिन डी लिन सक्छन् । यसबाहेक आवश्यक परे चिकित्सकको परामर्शमा भिटामिन डीको ट्याबलेट खान सकिन्छ। म्याग्नेसियम म्याग्नेसियमले निदाउन सघाउनुका साथै दुखाइ घटाउँछ । पछिल्लो समय अनिद्राका रोगीहरू म्याग्नेसियम प्रति हुरुक्क छन् । तर, यसले निद्रा लगाउने औषधिजस्तो खानेबित्तिकै निद्राले लठ्ठ बनाइहाल्दैन । यसले मांसपेशीलाई आराम गर्न सघाउने र मांसपेशीको दुखाइमा आराम दिलाउने भएकाले हिजोआज धावक र कसरत गर्नेहरूबीच निकै लोकप्रिय भएको छ । यसले हामीलाई जगाइराख्ने मस्तिष्कको हिस्सालाई सुदृढ बनाउँछ । यसले हामीलाई राति निद्रा बिथोल्ने सामान्य एन्जाइटी शान्त पार्न पनि मद्दत गर्छ । म्याग्नेसियमले माइग्रेनको दुखाइ कम गर्ने पनि विभिन्न अध्ययनले देखाएका छन्। म्याग्नेसियम पाइने खानेकुरा भोजन सम्बन्धी अधिकांश सर्वेक्षणले अमेरिकीहरूलाई म्याग्नेसियमको कमी भएको देखाएका छन् । यसको कारण भने फाइबर धेरै मात्रामा पाइने सागसब्जी र ब्राउन राइस म्याग्नेसियमको मुख्य स्रोत हुन् र अमेरिकीहरूले भोजनमा यी दुवैको साटो प्रशोधित र डिब्बाबन्द खानेकुरा खान्छन् । पर्याप्त फाइबर र म्याग्नेसियमको पोषण पाउन विभिन्न खालका बिउहरू अझ (हाडे बदाम, ओखर, फर्सीको बिउ) खानु उपयुक्त हुन्छ । स्वास्थ्यखबरबाट साभार

नर्मल र सिजेरियन डेलिभरी कुन राम्रो ?

सुत्केरी गराउने दुई विधि छन् । सामान्य डेलिभरी र सिजरियन सेक्सन । तर, दुवै विधिको मूल उदेश्य सहज रुपमा शिशुलाई संसार ल्याउनु हो । केही वर्ष अघिसम्म सामान्य अथवा नर्मल डेलिभरीबाट मात्रै सुत्केरी गराइन्थ्यो । यो विधिका कारण कतिपय अवस्थामा आमा र शिशुको स्वास्थ्यमै समेत खतरा पुग्ने गथ्र्यो । तर प्रविधिको विकाससँगै सुत्केरी गराउने विधि पनि परिर्वतन भएको छ । आमा र शिशु दुवैको स्वास्थ्यमा असर नपर्ने हुँदा धेरै गर्भवतीले सिजेरियना सेक्सनलाई जोड दिन थालेका छन् । तर यी दुवै विधिको आ–आफ्नै फाइदा र बेफाइदा छन् । डा. मञ्जलीकुमारी यादव नर्मल डेलिभरी प्राकृतिक र परम्परागत विधि हो । पृथ्वीको उत्पतिसँगै यो विधिको सुरुवात भएको हो । यो विधि अनुसार शरीरले सुत्केरी हुने अवश्यक वातावरण सृजना गर्दै पाठेघर खुल्ने र बच्चा जन्मिदाको पीडा आमामा महशुस गराउँछ । नर्मल डेलिभरी हुँदा अस्पतालमा धेरै समय बस्नु पर्दैन । कृत्रिम घाउ नहुँदैन । आमा बन्ने क्रममा प्रसब पीडा भए पनि प्रसब पछि पीडा कम हुन्छ । नर्मल डेलिभरी भएपछि आमाले बच्चालाई लगत्तै आफ्नो दुध खुवाउन सक्छन् । जुन बच्चाको लागि अमृत सरह हुन्छ । आमा र बच्चाबीचको सम्बन्ध झन घनिष्ठ गराउँछ । तुरुन्तै एकले अर्काको श्पर्स पाउँछन् । नर्मल डेलिभरीमा थोरै रगत (५ सय एमएल) मात्रै जान्छ । यसमा कुनै भित्रि अङमा क्षति पुग्ने डर हुँदैन । तर, अपवातका रुपमा धेरै रगत जाने सम्भावना पनि हुन्छ । जसलाई पोष्टपार्टम ह्युमीरेज (पीपीएच) भनिन्छ । कहिलेकाहि बच्चा च्यापिएर अक्सिजनको कमी हुने बच्चालाई ब्रुजेल लाग्ने डर हुन्छ । जस्तो शरीर सुनिने आदी । नर्मल डेलिभरीमा पछि गएर आंङ खस्ने समस्या पनि देखिनसक्छ । कहिलेकाही जबरजस्ती साल तान्दा पाठेघर फर्कीन पनि सक्छ । यस्तो अवस्थामा आमाको ज्यानै जाने सम्भावना पनि हुन्छ । सिजेरियनका फाइदा र बेफाइदा सिजेरियन सेक्सन पनि दुई प्रकारका छन् । आकस्मिक र ऐच्छिक । ऐच्छिकमा बच्चा जन्मिनु अघि तर समय पुगि सकेको अवस्थामा आमाको पेट चिरेर बच्चा निकालिन्छ । यसो गर्दा आमामा तनाव र पीडा कम हुन्छ । आमालाई सबै कुराको तयारी गर्न र मानसिक रुपमा तयारी हुन प्रर्याप्त समय पनि हुन्छ । अर्काे आकास्मिक सिजेरिय विधि हो । यो विधिको प्रयोग गर्भमा भएको शिशुलाई अप्ठयारो परेको खण्डमा या आमालाई अप्ठ्यारो परेको खण्डमा गरिन्छ । शिशुको मुटुको धड्कन कम वा बढी हुँदा, तौल धेरै हुँदा, प्रसवको समय चाहिने भन्दा बढी भएमा, आमालाई गाह्रो पर्दा वा कुनै जटिल रोग हुँदा गरिन्छ । आकस्मिक सिजेरियन गर्दा आमालाई बेहोश बनाइन्छ । पूर्णत बेहोस नगराई पेटदेखि तल्लो भाग मात्रै बेहोश बनाउने गरिन्छ । आमाले बच्चा निस्केको हेर्न सक्छिन । सिजेरियन वा शल्यक्रिया गरी शिशु निकाल्दा संक्रमण हुने, धेरै रगत जाने, औषधिको एलर्जी हुने, भित्रि अंगमा चोट लाग्ने र बेहोश बनाउँदा समस्या देखिन सक्छ । एसटीडी, एचआइभी र एचपीआर भएका आमाबाट बच्चामा सर्ने रोगको न्युनिकरण गर्न सकिन्छ । जुन नर्मल डेलिभरीमा बढी हुन्छ । पेनिक फ्लोरको चोट पनि कम हुन्छ । नर्मलमा भन्दा बढी सयम अस्पताल बस्नुपर्ने हुन्छ । शल्यक्रिया गरेको घाउ निको हुन समय लाग्छ । गर्भवतीले प्रसव पीडाका डरले सिजेरियन गर्ने प्रचलन बढ्दो छ । जुन गलत हो । कतिपयमा नर्मल डेलिभरी गर्दा यौन आनन्दमा असर गर्छ भन्ने भ्रम पनि छ । त्यो कथाचित सत्य होइन । बच्चा जन्मे पछि केहि समयमा यौनाङ पूर्णत पहिलेकै रुपमा आउँछ । त्यो भ्रमले अपे्रसन गराउनु राम्रो हुँदैन । तर अवश्यकता अनुसार शल्यक्रिया भने गर्नुपर्छ । नत्र आमा र शिशु दुवैको ज्यान जोखिममा पर्न सक्छ । शल्यक्रियापछि सोही अनुरुपको खानपानले आमालाई छिट्टै सन्चो बनाउँछ । (स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा यादव टाइम्स हस्पिटल, रंगेली, मोरङ्गमा कार्यरत छिन् ।) 

कार्यालयमा काम गर्दागर्दै यसरी व्यायाम गर्नुहोस्

अफिसमा घन्टौं काम गर्दा शरीरका विभिन्न अंगहरूमा पीडा हुन्छ । यसलाई लामो समय बेवास्ता गर्दा गम्भीर रोग पनि लाग्न सक्छ । अफिसमा कम्प्युटरमा काम गर्दागर्दा कहिलेकाहीँ कुर्सीबाट उठ्न पनि भ्याइँदैन । कार्यालयमा कुर्सीमा बसेर लगातार आठ घन्टा काम गर्दा गर्दन, काँध र कम्मर दुख्ने समस्या आउँछ । आराम गर्नुपर्छ भन्यो भने अफिसमा काम गर्नेहरू काम गर्नु कि आराम भनी ओठेजवाफ फर्काउँछन् । तर स्वस्थ रहनु छ भने आराम अनि १० मिनेट जतिको व्यायाम गर्नैपर्छ । आफ्नो शरीरका लागि दिनको दश मिनेट समय पनि नदिने त तपाईंले ? रोग लगाएर खर्च बढाउनुभन्दा त व्यायाम गरेर रोग नै लाग्न नदिने स्थिति ल्याउनु राम्रो हुन्छ । सही बसार्इ अफिसको कुर्सीमा बस्ने तरिका नै सबै समस्याको जरो हो । काम गर्दा काँध र कम्मर झुकाउने गरी बस्दा काँध, गर्दन र मेरुदण्डको हाडका समस्या आउन थाल्छ । त्यसैले बीच–बीचमा उठ्ने र बस्दा पनि शरीर सिधा राख्ने बानी बसाल्नुस्। अनुहार र आँखा आँखाको नानीलाई दायाँबायाँ, तलमाथि अनि गोलो गरी घुमाउनुस् । अनि दश सेकेन्डसम्म छतमा हेरिरहनुस् । त्यसपछि भुइँमा हेर्नुस् अनि अलि परको भित्तोमा हेर्नुस् । त्यसपछि आधी मिनेटका लागि आँखा बन्द गर्नुस् । अब हत्केला घोटेर तताउनुस् र आँखामाथि १० सेकेन्डसम्म राख्नुस् । हत्केलालाई आँखा र अनुहारमा दल्नुस् । यसो गर्दा थाकेका आँखा र सुस्त भएको अनुहार ताजा हुन्छ । मुख र कान मुख फुलाएर हावा भर्नुस् अनि हावालाई केही सेकेन्डसम्म दायाँबायाँ घुमाउनुस् । त्यसपछि पाँचचोटि मुख खोल्ने र बन्द गर्ने गर्नुस् । दुवै कानलाई माथि र तल तीनचोटि तान्नुस् । हातका दुई औंलाहरूलाई कैंची जस्तो बनाएर कानमा घोट्नुस् । यसो गर्दा तपाईंको आलस्य पनि भाग्छ । गर्दन कुर्सीमा बसीबसी आफ्नो गर्दनलाई १५ सेकेन्डसम्म माथि अनि अर्को १५ सेकेन्डसम्म तल पार्नुस् । त्यसपछि गर्दनलाई दाहिनेतर्फ घुमाएर बिस्तारै देब्रेतर्फ घुमाउनुस् । यो प्रक्रिया दोहो–याइरहनुस् । यसो गर्दा गर्दन अररो हुन पाउँदैन । कम्मर दाहिने गोडालाई देब्रे गोडामा क्रस गरेर बस्नुस् र कम्मरलाई विपरीत दिशामा घुमाउनुस् । त्यसैगरी देब्रे गोडालाई दाहिने गोडामा क्रस गर्नुस् । कम्मरलाई पछिल्तिर पनि झुकाउनुस् । यसो गर्दा कम्मर अररो हुन पाउँदैन । व्यायाम गर्नु र अफिसमा फिट बस्नु अत्यन्तै महत्त्वपूर्ण छ । तर कुनै पनि व्यायाम बिस्तारै गर्नुपर्छ । हतारहतारमा व्यायाम नगर्नुस् । व्यायामले नै थाकिने स्थिति आउन नदिनुस् । तपाईं चुस्त शरीर चाहनुहुन्छ भने अफिस पुग्नुअघि यसो बिहानीपखको हावा खानुस् । भारी खाना खाएर व्यायाम पटक्कै नगर्नुस् । पानी र ग्रीन टी पिइरहनुस् । सीटमाथि घरिघरि उठ्नुस् । यी ससाना व्यायामले तपाईं केही दिनमै हलुका र ऊर्जावान अनुभव गर्न सक्नुहुन्छ ।

जाडोबाट बच्नका लागि घरेलु उपाय अपनाउनुहोस्

सामान्य रुघाखोकी लाग्दा पनि हामी अस्पताल धाउँछौं । तर, यस्ता औषधी हाम्रै भान्सामा छ, जसले कतिपय रोग निदानमा प्रभावकारी भूमिका खेल्छ । जस्तो कि, मह र अदुवाको मिश्रण । यसले श्वासप्रश्वास सम्वन्धि समस्याहरुलाई सजिलै हटाउँछ । यो मिश्रणले हाम्रो शरीरमा रगतको प्रवाह तथा हाम्रो प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउ गर्छ । मह र अदुवा दुवै छुट्टाछुट्टै पनि लाभकारी वस्तुहरु हुन् । यी दुवैलाई मिसाउँदा झन् सुनमा सुगन्ध मिसाएझैं हुन्छ । यी दुईलाई उपभोग गर्ने सबैभन्दा राम्रो तरिका भनेको एक चम्चा अदुवाको जुस र एक चम्चा महलाई राम्रोसँग घोलेर त्यसलाई पिउनु हो । यो जुसमा एन्टी इन्फ्लामेट्री र एन्टी अक्सीडेन्ट गुण हुन्छन् जसले गर्दा हामीलाई विभिन्न किसिमका फाइदा प्राप्त हुन्छन् । यहाँ हामी अदुवा र महको जून पिउँदा हुने फाइदाहरुको बारेमा चर्चा गर्दैछौं। १. दमका रोगीलाई राहत यदि तपाईंमा दमको समस्या छ भने अदुवा र महका साथमा मरिच हालिएको जूस सेवन गर्नुस, जसले तपाईंलाई राहत मिल्नेछ । यस जूसमा एन्टी इन्फ्लामेट्री गुण हुने भइकाले यसले तपाईंको फोक्सोमा अक्सिजनको आपूर्तिलाई बढाइदिन्छ । २. श्वासप्रश्वासको समस्या न्यूनिकरण अदुवा र महको मिश्रण एउटा असाध्यै राम्रो एक्सपेक्टोरेन्ट हुन्छ जसले रुघा, खोकी र श्वासप्रश्वाससँग जोडिएका समस्याहरुको समाधान गर्छ । ३. उल्टी र वाकवाकी कम गर्छ यदि तपाईंलाई उल्टी हुने वा वाकवाक लाग्ने समस्या भएको छ भने कत्ति पनि नहिच्किचाइकन अदुवा र महको मिश्रण प्रयोग गर्नुस, तुरुन्त आराम मिल्नेछ । ४. क्यान्सरबाट बचाउ अध्ययनले देखाएको छ कि अदुवा र महको मिश्रणले क्यान्सर रोगलाई पर राख्न सहयोग गर्छ । यो मिश्रणले एन्टी अक्सिडेन्ट इन्जाइमलाई प्रेरित गर्छ र क्यान्सर सेल्स बन्नबाट रोक्छ । ५. पाचन प्रणाली ठिक राख्छ अदुवा र महको मिश्रणले पाचन शक्ति बढाउन सहयोग गर्छ । एक चम्चा अदुवा र महको जूसले तपाईंको पेट सम्वन्धि समस्याहरुलाई ठीक गरिदिन्छ । ६. हृदयरोगबाट बचाउँछ यदि तपाईंले अदुवा र महले बनेको जूसको सेवन गर्नुभयो भने तपाईंलाई ब्लडप्रेसर, हार्ट अट्याक, स्ट्रोक जस्ता समस्याहरु आउँदैनन् । ७. महिनावारीमा आराम अध्ययनहरुबाट पत्ता लागेको छ कि मह र अदुवाको जुसले महिलाहरुलाई महिनावारीका क्रममा हुने पीडाबाट मुक्ति दिलाउँछ । ८. माइग्रेनमा आराम यस मिश्रणले टाउकोमा हुने दुखाईलाई पनि कम गर्छ । यदि कसैलाई माइग्रेनको समसया छ भने मह र अदुवाको जुस सेवन गरेर फाइदा लिन सक्छन् । ९. स्ट्रोकमा राहत यो जुसले रगतलाई जम्न दिँदैन । यसले गर्दा मस्तिष्कघातको सम्भावना कम हुन्छ । मेडिकल सोधकर्ताहरुका अनुसार यस मिश्रणमा रगतसम्वन्धि समस्याहरुलाई ठीक पार्ने सबै गुण विद्यमान हुन्छन् । १०. प्रतिरोधक क्षमतालाई बढाउँछ अदुवा र महको मिश्रण मानव स्वास्थ्यका लागि हरतरहले उपयोगी हुन्छ । किनकी यसले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ । यसले शरीरको श्वेत रक्तकणिकाहरु बन्ने प्रक्रियालाई बढाइदिन्छ जसबाट शरीरको रोग प्रतिरोधक क्षमता पनि बढ्छ ।

किन मानिसहरु बत्ती बालेर वा नांगै भएर सेक्स गर्न चाहँदैनन् ? यस्तो छ कारण

लामो समयको अनुसन्धान गरिरहेकी करुणा नेपाली यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन व्यवहार एवं त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुराकानीमा आधारित यौन जानकारी तल अध्ययन गर्नुहोस् । मनोविज्ञान वृहत बिषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोविज्ञानद्वारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोविज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषय फेमिली थेरापी अन्तर्गत पर्दछ । अर्थात तपाईको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्दछ । पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो व्यवहार ठीक गर्देनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र व्यवहारमा प्रकट हुने गरेको छ । सेक्सकै कारण समस्या आएको जोडी कति ? ९९ प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन् वास्तवमै उनीहरुको विवाह इच्छा विपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछी यूगल जोडीमा जति समस्या आउँछन् त्यमा कुनै न कुनै रुपमा यौन जोडीएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ । धेरै जोडी विवाहको ५–७ बर्ष पछि समस्या लिएर आउने गर्छन । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउने गर्दछन् । तर विवाहको पहिलो बर्ष त्यही ब्यबहार नराम्रो लागेन ? भनेर प्रश्न गरो भने उनीहरु मौन रहन्छन् । पहिलो वर्ष उनीहरुलाई त्यही व्यवहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौन सम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेर्रै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरुको रुप र ब्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुदै जान्छ, ती कृयाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ । नेपालीलाई सेक्स गर्न आउँदैन सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने बित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यसअघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् । त्यसबारे धेरैले ध्यानै दिदैनन् । मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । अनि महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्दछन् । समस्या त्यहींबाट सुरु हुन्छ । वास्तवमा सेक्स कस्का लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनौं । नेपाली महिलाहरु सेक्समा रमाउन नसक्नुको कारण उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुषसँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा–सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ती बालेर सेक्स गर्न मान्दैनन् । यसको मूल कारण नै उनीहरुमा भएको सेक्सप्रतिको वितृष्णा हो । जव कि नाङगो हुनु सेक्सका लागि अनिवार्य जस्तै हो । धरै महिलाको लागि यौन लाजको बिषय हो तर लाजको बिषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गर्दैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आ–आफनो यौनिकता प्रर्दशन गरिरहेका हुन्छन् । मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । कसैले आखाँमा गाजल लगाउँनु र कसैले आधा स्तन खुला छोड्नुमा खासै भिन्नता छैन । दुबैले बाहिरी मानिसलाई आफुतिर आकर्षित गरिरहेका हुन्छन् । यहाँ महिला मात्र हैन, पुरुषले पनि कहिले फ्रेन्चकट दारी पालेर होस् वा आफुलाई सफाचट् राखेर होस् आफ्नो यौनिकता प्रदर्शन गरिरहेकै हुन्छन् । एजेन्सी

श्रीमतीले श्रीमानलाई यस्तो कुरा भनिन्

श्रीमतीको सेक्सप्रतिको आशक्तिका कारण श्रीमान् निकै तनावमा परेका छन् । उनको यो आशक्तिबाट छुटकारा पाउनका लागि श्रीमानले अनेकौँ उपायहरुको खोजी गर्दै हिँडेका छन् । श्रीमानको आरोप छ कि उनकी श्रीमती उनीसँग हदभन्दा बढी सेक्स गर्दथिन् । पिडित पतिले अन्ततः अदालतको ढोका ढक्ढकाए र सम्बन्धविच्छेदको लागि पहल गरे । भारतका ‘फेमिली कोर्ट’ का न्यायाधिश लक्ष्मीकान्त रावका अनुसार श्रीमती अदालतमा पेश भएकी छैनन् । अदालतले यसैको आधारमा श्रीमानको समस्यालाई सहि मान्दै सम्बन्धविच्छेदको लागि अनुमती दिएको छ । कामुक औषधी खुवाउँथिन् श्रीमती श्रीमानले अदालतलाई बताए अनुसार उनकी श्रीमती उनीसँग सेक्स गर्नका लागि निकै दबाब दिने गर्दथिन् । उनी श्रीमानलाई कामुक औषधीहरु सेवन गरेर सेक्स गर्न दबाब दिन्थिन्। श्रीमानले यो पनि आरोप लगाए कि उनकी श्रीमती अप्राकृतिक यौन सम्बन्ध बनाउनका लागि पनि दबाब दिने गर्दथिन् जुन निकै पिडादायी हुने गर्दथ्यो । श्रीमानले भने कि उनी तीन शिफ्टमा काम गर्ने गर्दथे र निकै थकित हुने हुँदा उनी श्रीमतीले चाहेजस्तो लगातार सेक्स गर्न सक्दैनथे । श्रीमानले एक पटक श्रीमतीलाई कुनै मनोवैज्ञानिककोमा उपचार गर्न जान पनि आग्रह गरेका थिए । धेरै सेक्स नगरे म कोही अरुसँग सेक्स गर्न जान्छु अदालतलाई यो पनि बताइएको छ कि महिलाले पतिलाई धम्की पनि दिने गर्दथिन् । उनको श्रीमतीले उनलाई यदि उनको चाहना पुरा नगरे उनी सेक्स गर्न अरु कसैकोमा जाने धम्की दिने गरेको श्रीमानले बताएका छन् ।लगातार बिरामी हुने हुँदा डाक्टरहरुले उनलाई सेक्सबाट केहि दिनको लागि टाढा बस्न निर्देशन दिए पनि उनी भने श्रीमतीका कारण कहिले पनि सेक्सबाट अलग्गिएर बस्न नसकेको जानकारी दिए । एजेन्सी

महिला यौनकर्मीलार्इ सेक्स गर्नुअघि कसरी खुशी बनाउने ?

सामान्यतः पुरुषहरुलार्इ आफ्नो महिला यौन साथीलाई कसरी खुशी बनाउने भन्ने बिषयमा जानकारी हुन्छ । तर महिलाको जस्तै पुरुषको पनि शरीरमा अति सवेदनशील पाँच वटा क्षेत्रहरु हुन्छन, जसले पुरुषलाई लट्ठ बनाउँदै यौन कार्यमा उद्दत बनाइरहन्छ । यहाँ ती ५ वटा संवेदनशिल अंगहरू उल्लेख छ जसले पुरुषलाइ यौन कार्यमा सधै अग्रसर बनाइरहन्छ । कान सुस्तसुस्त तपाईंको जिब्रो कान र स्तनमा नचाउनुहोस् र कानको लोतीहरु चुस्नुहोस् । दायाँ कानमा श्वासले सुस्त भन्नुहोस्, तपाईं के गर्न चाहनुहुन्छ रु किनकी दाहिने कान स्नायुमार्फत मस्तिष्कको आनन्द नियन्त्रण गर्ने भागसँग प्रत्यक्ष जोडिएको हुन्छ । घाँटी पुरुषको घाँटीमा निश्चित संवेदनशील केन्द्र हुन्छ, यो हंसलीमा हुनसक्छ वा कपालमुनि वा टाउकोको मध्यको अन्तमा । अण्डकोष अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाहरुले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जिब्रोले अण्डकोषलाई स्पर्श गर्नाले र सामान्य सोही अंगलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ । तर याद गर्नुहोस्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छालाले नै तपाईले दिएको प्रत्येक झड्कालाई मष्तिष्कसम्म पुर्याउने काम गर्दछ । अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नु हुँदैन जसले पुरुष मित्रको यौन प्रतिको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ । स्तन आफ्नो मित्रलाई सधैं सोध्नुस् कि तपाईंलाई उनको स्तन चुस्नको लागि अनुमति छ कि छैन । किनकी त्यो सबैलाई मन नपर्न सक्छ। मञ्जुर भएको खण्डमा जिब्रोको टुप्पोले सुस्तरी स्तनको मुन्टोलाई खेलाउनुहोस् । उत्सर्गतराल यो गुद्वार र अण्डकोष बीचको भाग हो । औंलाहरुले उत्सर्गतरालको बिचभागमा हल्का दबाव दिन्स् । फलस्वरुप तपाईंको यौन साथीको लिंगलाई सधैं खडा गरिरहन्छ । तत्पश्चात तपाईंले लामो समयसम्म आफ्नो पार्टनरलाई यौनको मज्जा लिन र दिन सक्नुहुन्छ । हेल्थखबरबाट साभार

शीघ्र स्खलन भनेकाे के हो ?

किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन। ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास भए पनि अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ। यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा यौन जोडीमा भर पर्छ। महिलालाई चरमसुखको स्थितिसम्म पुग्न केही बढी समयलाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्छ। शीघ्र स्खलन र को कुरा प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन्। घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो। यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नी श्रीमती वा यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले यो समस्यालाई अझ बढाउँछ। विरलै भए पनि केही उकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन। आक्कलझुक्कलशीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन। शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भनेसमाधानको उपाय खोज्नुपर्ने हुन्छ। यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन्, त्यसका बारेमा छोटकरीमा चर्चा गरौं। यौनसम्पर्क रोक्ने, सुरु गर्नेः यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग बाहिर झिकेर केही बेर यौनक्रीडालाई रो क्ने र उत्तेजना केही कम भए पछि पुनः सुरु गर्ने। आसन परिवर्तन गर्नेः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर सक्रिय भै यौनसम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ। लिंग अँठयाउनेः स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। केही बेरमा उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने। कन्डम प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ। मांसपेशीको प्रयोग गर्नेः पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ। वीर्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि यो सहयोगी हुनसक्छ। हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रो क्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने, फेरि वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्‍याउने। वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौन साथीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौ नसम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने। अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र (योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौन सम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भए उक्त क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरी यौनसम्पर्क सुरु गर्ने। अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षमता हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने। समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यी अभ्यास निकै लाभदायक हुन सक्छन् र यसमा पुरुषलाई यौन साथीको पर्याप्त सहयोग पनि चाहिन्छ।

तपाईको सौन्दर्यको लागि भान्सामा पाक्ने आलु यसरी बन्न सक्छ

असोज १९ । आलु त्यस्तो तरकारी हो जसको स्वादले अन्य सबै तरकारी स्वादीलो बनाइदिन्छ,त्यसैले आलुलाई सब्जीको राजा भनिन्छ त्यस्तै आलुलाई सौन्दर्यको साधनको रुपमा पनि प्रयोग गर्न सकिन्छ । काँचो आलुलाई बोक्रा ताछेर सफा गर्ने त्यसपछि ताछेको आलुलाई थोरै बेसारको धुलो सँगै मिलाएर पिच्छ्ने पिछेको पेष्टमा २–४ थोपा कागतीको रस राखेर फिट्ने अब यो मिक्स पेष्टलाई फेशवासले धोएको अनुहारमा सवैतिर मिलाएर लगाउने र करिव आधी घण्टा पछि सादा चिसो पानीले अनुहार धुने । हप्ताको एक चोटी या १५ दिनमा एक पटक फुर्सद मिलाएर यो प्याक लगाउने गर्नाले तपाइको अनुहारमा बेग्लै चमक पाउन सक्नुहुनेछ ।

गर्भावस्थामा यौनसम्पर्क राख्न मिल्छ ?

काठमाडौं, असोज १० । गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ कि हुँदैन भन्ने विषयमा धेरै दम्पती पिरोलिरहेका हुन्छन् । गर्भको शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वाभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा कसैसँग झट्ट सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग जानकारी पनि दिँदैनन् । चिकित्सा क्षेत्रमा लागेका व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त तथा पर्याप्त मात्रामा नभनिएको स्थिति छ । त्यसैले उचित जानकारीबिना चासो र चिन्ता लिएर त्यसै बस्नुपर्ने बाध्यता छ । यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख प्राप्त गर्दा पाठेघर खुम्चने , गर्भावस्था शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिएर संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क नै गर्न अप्ठयारो हुने भएकाले यौनसम्पर्क राख्नु त्यति उचित नभएको तर्क पनि गरिन्छ । तपाईंले पनि यस्तै केही सुन्नुभएको हुनसक्छ, तर कतिपय चिकित्सक यसमा खासै वैज्ञानिक आधार नभएको मान्छन् । मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन र आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ । यस्तो सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर गर्दैन । एकपल्ट विचार गर्नुहोस् त, सामान्यतस् कतिपय दम्पतीलाई पहिलो केही महिनासम्म त गर्भवती भए–नभएको भन्ने कुरै थाहा हुँदैन तर उनीहरूले यौनसम्पर्कलाई निरन्तरता दिइरहेका हुन्छ र त्यसले खासै नकारात्मक असर पुर्‍याएको पनि पाइँदैन । गर्भावस्थामा यौनसम्पर्कलाई निरन्तरता दिन किन आवश्यक ? गर्भावस्थामा शारीरीक असजिलोपन, सुन्दरतामा कमी आएको वा आकर्षक कम भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदि भावनाले यौनसम्पर्कमै नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द उठाउन सक्दैनन् । यदि गर्भ रहेका कारण नै यौनसम्पर्क नराखिँदा पतिपत्नी बीच दूरी बढ्ने क्रमको सुरुवात हुन वा त्यसको सम्भावना बढ्न सक्छ । त्यसैले यतिबेला दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पर्छ । अरू बेला जस्तै गर्भावस्थामा पनि यौन क्रियाकलाप शारीरिक सामीप्यताका लागि मात्र नभै भावनात्मक सामीप्यताको निरन्तरताका लागि पनि निकै सहयोगी हुन सक्छ । पुरुषलाई गर्भ, प्रसव, सुत्केरी वा शिशुको हेरचारजस्ता कुराबाट टाढै राखिन्छ । यौन क्रियाकलापमा दुवैको संलग्नताले गर्भावस्थामा महिलामा आउने शारीरिक तथा भावनात्मक परिवर्तनहरूको जानकारी हासिल गरी यसप्रति संवेदनशील भए महिलाको शरीर तथा भावना बुझ्ने अवसर प्राप्त हुन्छ । यौनसम्पर्ककै कुरा गर्दा पहिले परम्परागत एकैनासे रूपमा यौनसम्पर्क भैरहेको भए यो अवसरमा नयाँ तरिका वा आसनहरूका बारेमा अन्वेषण गर्न तथा सिक्न सकिन्छ अनि त्यसअनुरूप नै आफूलाई ढाल्न सके दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक–अर्कामा नजिक हुन तथा बुझ्न मद्दत मिल्छ । यौनसम्पर्कबाट प्राप्त हुने चरमसुखका कारण पाठेघर तथा यौनाङ्ग क्षेत्रको मांसपेशीको कसरत हुने अर्को थरीको तर्क छ । गर्भावस्थामा महिलाको शरीरमा हार्मोनको मात्रामा उतार चढाव आउँछ । यसले गर्दा यौन चाहना मर्छ । यस किसिमको स्थिति असामान्य होइन तर कसै–कसैमा यौन रुचि बढेको पनि पाइन्छ । गर्भावस्थामा यौनांग वरिपरी रक्त बहाव बढी हुने भएकाले तथा पूर्ण नारीत्वको अनुभव गर्ने तथा आफ्नो शरीरप्रति बढी जानकारी तथा चासो राख्ने भएकाले अझ बढी यौन इच्छा हुने र त्यसैअनुरूप यौन आनन्द उठाइएका घटना पनि प्रशस्तै छन् । यौन क्रियाकलामा सलग्न हुन यति बेला पनि प्रयासरत हुनुपर्छ, यसका फाइदाका बारेमा त माथि नै भनिसकियो । के–कस्ता सावधानी अपनाउनुपर्ला अरू बेलाको भन्दा गर्भावस्थामा यौनसम्पर्क राख्दा यौनसम्पर्क राख्दाको आसनका सम्बन्धमा विशेष ख्याल राख्नुपर्छ । कुन आसन सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा आफैंले प्रयोग गरेर पत्ता लगाउनु नै सबैभन्दा राम्रो उपाय हो । पुरुष माथि रहने अवस्थाको सट्टा छेउतिर वा महिला पुरुषमाथि बसेर वा पछाडिबाट गरिने सम्भोगका आसनहरू गर्भवती महिलाका लागि सजिला सावित हुनसक्छन्, तर कुनै पनि प्रयोगपछि आफ्नी श्रीमती वा यौन साथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ । लिंग प्रवेश नै नगराई यौनआनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुन सक्छ । यदि यौनसम्पर्कपश्चात् योनिरक्तश्राव, पेट दुखेमा वा गर्भ तुहिन सुरु भएको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तुरुन्त बन्द गर्नुपर्छ । यदि दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग अत्यावश्यक हुन्छ । साप्ताहिकबाट

ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी

खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छाैं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु¥याउछ । याे खुर्सानीकाे नियमित सेवनले राेगहरू निकाे हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् । मोटोपन घटाउछ । रगतमा चिनीको मात्रा घटाउछ । पिसावको विरामी लाई लाभदायक छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउछ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । थकाइ मेटाउछ ।