महिनावारीमा धेरै पेट दुख्ने केटीको बच्चा हुँदैन ?

म १८ वर्षीया युवती हुँ । महिनावारी हुँदा मेरो पेट निकै दुख्छ । गाउँघरका जेठाबाठाहरू भन्नुहुन्छ, महिनावारीमा धेरै पेट दुख्ने केटीको शिशु हुँदैन । के यो सत्य हो ? मेरो पनि शिशु हुँदैन त ? यसको समाधान के होला ?

पहिलो पटक महिनावारी भएपछि केही समयसम्म यो नियमित नहुन सक्छ । त्यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन्, जस्तो कि पेट फुलेजस्तो हुने चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने थकाइ लाग्ने, चिडचिडापन, प्यास लाग्ने, खानपिनसम्बन्धी रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निनेजस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई  Premenstrual Tension Syndrome भनिन्छ ।

महिनावारी हुँदा किन पेट दुख्छ ?

प्राय: सबैजसो किशोरीले महिनावारी हुँदा धेरथोर पीडाको अनुभव गरेकै हुुन्छन् । आधाजसो महिलाले त बेस्सरी नै पेट दुखेको गुनासो गर्छन् । महिनावारीको यस्तो पेट दुखाइलाई dysmenorrhea भनिन्छ । यस्तो किसिमको पीडा तल्लोपेट, pelvic area कम्मर, ढाडको तल्लो भाग वा तिघ्रातिर समेत सर्न सक्छ । महिनावारीमा तल्लो पेट दुख्दा सामान्य दैनिक जीवन नै खलबलिन सक्छ ।

महिनावारी हुँदा रगत बाहिर पठाउन पाठेघरमा छिन–छिनमा संकुचन आउँछ र पीडा अनुभव हुन्छ । किशोरावस्थामा पाठेघरको मुख केही खुले पनि तुलनात्मक रूपमा सानै हुने भएकाले वयस्क अवस्थाको भन्दा बढी दुख्छ । समय बित्दै गएपछि वा शिशु जन्माइसकेपछि पाठेघरको मुख पर्याप्त मात्रामा ठूलो हुने भएकाले त्यति धेरै पीडा महसुस हुँदैन ।

महिनावारी हुँदा रगत निस्कने क्रममा पाठेघरको भित्री परत तुहिने क्रममा prostaglandin भनिने रसायन निस्कन्छ, जसले रक्तनसामा संकुचन ल्याउँछ र पाठेघरलाई आवश्यक रक्तप्रवाहमा कमी आई अक्सिजनको मात्रामा कमी आउँछ । यो प्रक्रियाले पनि पीडा दिन्छ । यी दुवै प्रक्रिया महिनावारी चक्रकै अन्तरङ्ग प्रक्रिया भएकाले यसलाई प्राकृतिक नै मानिन्छ । यस्तो स्थितिलाई Primary Dysmenorrhea भनिन्छ ।

तपार्इंले आफ्नो महिनावारी चक्रका बारेमा केही लेख्नुभएको छैन । स्वस्थ महिलामा यस्तै ३ देखि ५ दिनसम्म योनिबाट रगत आउने र २८–३० दिनको चक्रीय रूपमा अर्को महिनावारी हुन्छ भन्ने कुरा त तपाईंलाई थाहै होला । यस्तो चक्र केही चाँडोमा २१ दिनदेखि बढीमा ३५ दिन सम्म हुनुलाई सामान्य नै मानिन्छ ।

तपाईंले पनि अनुभव गर्नुभएकै होला, पहिलो पटक महिनावारी भएपछि केही समयसम्म यो नियमित नहुन सक्छ । त्यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन्, जस्तो कि पेट फुलेजस्तो हुने, चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन, प्यास लाग्ने, खानपिनसम्बन्धी रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निने जस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई Premenstrual Tension Syndrome भनिन्छ ।

किशोरावस्थामा तल्लो पेटको पीडा कम गर्न के गर्ने ?

पीडा भैरहेका बेला आरामको आवश्यकता पर्छ, त्यसैले थप आराम गर्ने अर्थात् सुत्ने प्रयास नै गर्नुभए हुन्छ, तर पेट नदुखेका बेला भरसक अरूझैं दैनिक घरेलु कार्य वा अध्ययनमा व्यस्त रहनुपर्छ । व्यक्तिगत सरसफाइ तथा कब्जियत हुन नदिन विशेष ध्यान पुर्‍याउनुपर्छ । नुनको सेवन कम गर्दा शरीरमा जम्मा हुने पानी कम हुने भएकाले पनि केही सजिलो हुने कुरा बताइन्छ ।

पीडा कम गर्न तातो वस्तु जस्तै : hot water bottle वा बाक्लो कपडा तताएर सेक्न सकिन्छ । तातो पानीले नुहाउँदा पनि पीडा कम गर्न मद्दत मिल्छ । कुनै तातो पेय पिउन सकिन्छ वा वा पेटमा हल्का मालिस गर्दा पनि पीडा कम गर्न सकिन्छ । महिनावारी भएका बेला कसरत वा व्यायामले पनि पीडा कम गर्न सकिन्छ । औषधीको सेवन गरेर पनि यस्तो पीडा कम गर्न सकिन्छ ।

अति नै दुखेको स्थितिमा घरेलु उपाय वा सिटामोलजस्ता औषधीको सेवन पर्याप्त नहुन  सक्छ । त्यस्तो अवस्थामा चिकित्सकको सहयोग लिनु आवश्यक हुन्छ । आवश्यकता हेरी चिकित्सकले केही कडा किसिमका औषधी, पिसाब लगाउने औषधी वा हार्मोन भएका औषधी दिन सक्छन् ।

पाठेघरको मुखलाई ठूलो पारेर गरिने उपचार किशोरीहरूमा प्रयोग गरिंदैन । कतिपय महिलामा गर्भधारण गरेर सामान्य रुपमा (योनिमार्गबाट नै) सन्तान जन्माउँदा यो समस्या पूर्ण रुपमा समाधान भएको पाइएको छ ।

के शिशु जन्माउन सकिँदैन ?

किशोरीहरूमा पेट दुख्ने प्रमुख कारण Primary Dysmenorhea हुन्छ । यस किसिमको स्थितिमा शिशु जन्माउन सक्ने अर्थात् भनौं प्रजनन क्षमतामा कुनै नकारात्मक असर पर्दैन ।

किशोरावस्थामा विरलै मात्र हुने भए पनि पाठेघर वा त्यसवरिपरिका अङ्गमा कुनै रोग वा विकार भएको अवस्थामा तल्लो पेट दुख्नुलाई Secondary Dysmenorrhea भनिन्छ । पाठेघरको टयुमर, पाठेघर तथा वरिपरिको अङ्गको सक्रमण एवं इन्डोमेट्रियोसिसजस्ता स्थिति पीडाका कारण हुन सक्छन् ।

यस्तो स्थितीमा भने प्रजनन क्षमतामा नकारात्मक असर पर्न सक्छ । त्यसैले तपाईंले उल्लेख गर्नुभएजस्तो जेठाबाठाहरूले भनेको कुरामा पूरै सत्यता नभए पनि केही हदसम्म सत्यता छ ।

समाधानका लागि तपाईंको पीडाको प्रमुख कारण निक्र्यौल गर्नुपर्छ । यसका लागि तपाईंले स्त्रीरोग विशेषज्ञको सहायता लिनुपर्ने हुन्छ । स्त्रीरोग विशेषज्ञको सल्लाहमा विभिन्न किसिमको परीक्षण गराउनुपर्ने हुन सक्छ । कुनै खराबी नभए अनावश्यक रूपमा चिन्ता लिनु पर्दैन । केही खराबी देखिएको स्थितिमा

भने खराबीअनुसार उपचार गराउनुपर्ने हुन्छ । यसका लागि तपाईंलाई स्त्रीरोग विशेषज्ञले नै सहयोग गर्नुहुनेछ । साप्ताहिकबाट

 

थाहा पाइराखौं यस्तो अवस्थामा दही भुलेर नखानुहोस् !

दही स्वादिलो पेय हो र गुणकारी पनि। दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ। गर्मीमा दहीले तिर्खा पनि मेट्छ। तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ। दही स्वास्थ्यको लागि एकदमै फाइदाजनक चीज हो यसमा कुनै शंका छैन र यसको आफ्नै आयुर्वेदिक महत्व पनि छ। दहीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउनुका साथै पाचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ। दहीले जति फाइदाजनक काम गर्छ त्यति नै हानी पनि गर्छ ।  कस्ता व्यक्तिले दही खानुहुँदैन  ? राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ। यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ। धेरै मानिसहरू राति खाएपछि सुतिहाल्छन्। यसले झन् समस्या हुन्छ। राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ। यसले रुघा र खोकी लाग्न सक्छ । यसका साथै कतिपय अवस्थामा दही हानिकारक हुनसक्छ। वा त्यसले पोषण होइन, विषको काम गर्न सक्छ । जस्तो कि शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन । यसले सुन्निएको झन् बढ्छ । घडा वा जोर्नीको दुखाईबाट पीडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन। अन्यथा यसले दुखाईलाई झनै बढाउँछ । हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, खासगरी डिजर्टको रुपमा। तर, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ। दही कहिले, किन र कसरी खाने र ? दही खाने उपयुक्त समय बिहान हो। हातगोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरू बिहान दही सेवन गर्दा ठीक हुन्छ। नास्तामा एक कचौरा दहीमा सक्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ। यसमा यस्ता रासायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ पनि। अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ। दही खाँदाका फाइदा राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही सेवन गरौं । दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ। यसले रगतको कमि तथा कमजोरी हटाउँछ। दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ। यसबाट पाचनमा मद्दत मिल्छ। भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ। दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ। पेटमा गडबडी हुँदा दहीमा विीरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ। अमेरिकी आहार विशेषज्ञहरुका अनुसार दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्वन्धी रोगहरुबाट छुट्कारा मिल्छ। दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ। यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ। दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ। यो हड्डीहरुको विकासमा सहायक हुन्छ। साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ। पायल्स रोगबाट पीडित व्यक्तिहरुले दिउसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ। एजेन्सीको सहयोगबाट

सावधान ! म:म: खान मन पराउनेहरुलार्इ यस्तो खतरनाक हुनसक्छ

हामी दैनिकजसो खाजाको रुपमा मःमः नै बढी खान रुचाउँछौैं । खाजाको रुपमा मःमः धेरै खानु पनि खतरनाक हुने गर्दछ । तर, मानिसहरु खाजाको रुपमा मःम नै विशेषगरी खान मन पराएको देखिन्छ । होटल, रेष्टुरेन्टहरुमा मःमः खानेहरुको भीड अत्यन्तै लागेको देखिन्छ । तर, हामीलाई मःमः धेरै खाएमा के हुन्छ भन्ने कुरा थाहा छैन होला । हामी मःमः बनाउन मैदा बढी प्रयोग गरिन्छ । मैदाबाट बनेको मःमः दैनिकजसो खाने गरेमा स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । हिजोआज हरेक गाउँदेखि सहरका गल्लीमा सहजै उपलब्ध हुने मःमः स्वास्थ्यका लागि हानिकारक हुन्छ । मःमः होस् वा अन्य मैदाबाट बनेको अन्य खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । थाहा पाइराखौं, मैदाबाट बनेको खानेकुरा खाँदा कस्तो नकारात्मक असरहरु पर्दछन्– १. मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ । २. ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । ३. ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ । ४. जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । ५. मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् । एजेन्सीको सहयोगबाट  

किन सुक्छ स्वर ? बचाउन के गर्ने ?

जिवीत प्राणीसंग आवाज हुन्छ । त्यही आवाजबाट उसले एक अर्काबीच सन्चार प्रक्रिया गर्छ, अन्तक्र्रिया गर्छ । आवाजमार्फत् नै मानिसले दुःख–सुख साट्छ, भावना व्यक्त गर्छ । यसैले हामीलाई समाजमा घुलमिल गर्न सहयोग गर्छ । आवाजविनाको परिकल्पना हामी गर्न पनि सक्दैनौं। डा ढुण्डीराज पौडेल मानिसको आवाज विभिन्न थरिका हुन्छन् । तर यसमा पनि समस्या आउन सक्छन् । धोद्रो, सुकेको, ठूलो, चर्को, मधुरोजस्ता आवाजहरु सबै स्वरका समस्या हुन सक्छन् । स्वर सुक्ने समस्यालाई ‘हर्सनेस’ भनिन्छ । घोडाको जस्तै आवाज भएकाले यसो भनिएको हो । मेडिकल भाषामा यसलाई ‘डिसफोनिया’ भनिन्छ। कहाँ बन्छ आवाज ? घाँटीमा एउटा स्वरयन्त्र हुन्छ । त्यहाँ दुईवटा भोकल कर्ड हुन्छन् । दुईटा स्वर यन्त्रको बीचबाट हावा बाहिर निस्कने क्रममा बोली अर्थात् आवाज निस्कन्छ। बोली उत्पादन भोकल कर्डमा हुन्छ । तर आवाज निस्केर मात्र हुँदैंन, त्यसलाई सुमधुरता दिन माथिल्लो अंगहरु जस्तै नाक, घाँटी, अनुहारका हड्डीजस्ता विभिन्न अंगले स्वर मिठो बनाउन भूमिका खेल्छन् । भोकल कर्डलाई हामी रुद्रघण्टी भन्छौं। किन हुन्छ बोली धोद्रो ? भोकल कर्डबाट नाकको भागसम्म अथवा टाउकाको तल्लो भागसम्म कुनै पनि प्रकारको खराबी भयो भने खराब आवाज निस्कन्छ । अर्थात् स्वरको समस्या हुन्छ । जसलाई हामी डिस्फोनिया भन्छौँ । यसैले भोकल कर्डमा समस्या भयो भने आवाज धोद्रो निस्कन्छ । यसका अतिरिक्त नाक तथा घाँटीको समस्या र पिनासका कारणले पनि बोली धोद्रो हुन सक्छ । यस्तै, भाइरसको समस्याले पनि स्वरमा परिवर्तन हुन्छ । धुलो, धुँवा, प्रदूषण, क्यान्सर, लामो समयसम्म चुरोट खानेहरुमा पनि क्यान्सर भएर मासु पलाउन सक्छ । बोलीको अत्याधिक प्रयोग अथवा ‘एब्युज अफ भ्वाइस’ कारण पनि बोली धोद्रो हुन्छ । बोलेको बोल्यै गर्नुपर्ने मानिसहरु जस्तै, शिक्षक, नेता, कर्मचारी, व्यापारीहरुको भोकल कर्डमा असर गरेर मासु पलाउन सक्छ र आवाज बिग्रन्छ। कहिलेकाही स्वरको दुरुपयोग पनि हुन्छ । कुनै घटनामा प्रतिक्रिया जनाँउदा, कुनै खेलमा आफ्नो मनपर्ने टिमले जित्दा, भिडभाडमा आफूले चिनेको व्यक्ति देखिँदा हामी ठूलो स्वरले चिच्याउँछौं । यसरी चिच्याउनु अनावश्यक हो, नचिच्याए पनि हुन्छ । त्यसैले यो स्वरको दुरुपयोग (एब्युज अफ भ्वाइस) हो। यस्तै, मसालेदार खानेकुरा, चिया–कफीको बढी प्रयोग, पानीको कम प्रयोग र ग्यास्ट्रिक भएका मानिसमा पनि स्वरको समस्या हुन्छ । फोक्सोमा क्यान्सर हुँदा मासु पलायो भने त्यसले स्वरयन्त्र चलाउने नशा च्यापिएर पनि स्वरमा समस्या हुनसक्छ वा बोली भाषिन सक्छ । मुटुमा रोग लाग्यो भने पनि त्यसले नशा च्यापिएर पनि स्वरयन्त्र प्यारालाइज हुँदा बोलीमा समस्या आउन सक्छ। मानिस वृद्ध अवस्थामा पुग्दा शरीरका नशा सक्दै जान्छन् । त्यसले पनि स्वर सानो हुँदैं जान्छ । त्यस्तै फोक्सोका रोगीमा पनि स्वरमा समस्या हुन्छ । किनभने बोली निस्कन हावा निस्कनुपर्छ । हावा निकाल्न फोक्सोमा कम हावा भयो भने यस्तो समस्या आउछ । त्यसैले निमोनिया, दम भएको मानिसमा स्वरमा समस्या आउँछ। कुनै मानिसको घाँटी बजाइराख्ने बानी हुन्छ, ठूलो स्वर निकालेर घाँटी सफा गर्ने बानी हुन्छ, त्यस्ता व्यक्तिमा पनि स्वरमा समस्या हुन सक्छ । अनावश्यक खोकीराख्नेहरुमा पनि बोलीमा समस्या हुन सक्छ । स्वर बचाउन के गर्ने ? धाराप्रवाह रुपमा छिटा–छिटो बोल्नु हुँदैन । अनावश्यक र चर्को स्वरमा नबोल्ने । बिस्तारै बोल्नुपर्छ । बोल्दा बीच–बीचमा रोकिएर थुक निल्दै बोल्नुपर्छ । आधा घण्टा बोले १० मिनेट आराम गर्नुपर्ने हुन्छ । धेरै बोल्नुपर्ने शिक्षकले स्वरमा ध्यान दिनुपर्छ । बिद्यालयमा पढाइसकेपछि बाहिरा निस्किएर गफ गरेर बस्नुभन्दा एकछिन चुप लागेर बस्नुपर्छ । यसको साटो बरु किताब पढेर बस्न सकिन्छ । (डा पौडेल वीर अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ हुन्। स्वास्थ्य खबरबाट)

यी खानेकुरा दूधसँग किन खानुहुँदैन ?

आजभोलि मानिसहरु आफ्नो स्वास्थ्य स्वस्थ र फिट राख्नका लागि बिहान–बेलुकी दूध पिउने गर्दछन् । तर, दूध पिउँदा यी कुराहरुमा ध्यान दिनुहोस् । दूधसँग यी खानेकुराहरु भुलेर पनि नखानुहोस् । जसको कारणले शरीरमा विभिन्न समस्याहरु आउन सक्छ । दूध र दही वा कफी नखाने, यदि खाएमा एसिडिटी, ग्याँस तथा कब्जियतको समस्या हुन्छ । यसमा एक डेढ घण्टाको फरक राख्नु राम्रो हुन्छ । ० मासको दाल र दूध खाँदा अपच हुन्छ । ० दूधका साथमा सुन्तला, मौसमजस्ता अमिलो जातका फल खानु उपयुक्त होइन । ० जसलाई कफको समस्या छ, उनीहरूले दूध र केरासँगै खानुहुँदैन, किनभने यी दुवै खाद्यसमाग्री कफ कारक हुन् । ० दूधसँग माछा खाँदा ग्यास बढ्छ, त्यस्तै छालाको समस्या समेत सिर्जना हुनसक्छ । ० दूधका साथ तारेको–भुटेको खाना पचाउन गाह्रो हुन्छ र छालाको समस्या समेत वृद्धि हुन्छ । ० दूध र नुन अथवा नुन हालिएको परिकारविरुद्ध आहार हो । एजेन्सीको सहयोगबाट

किन हुन्छ बच्चामा औंला चुस्ने बानी ?

काठमाडौंका रोशन तिवारीलाई सानोमा औंला चुसेर निदाउने, खेल्ने बानी थियो । उनको औँला चुस्ने बानीले ठूलो रुप निम्त्याउला भनेर बाबुआमाले पनि सोचेका थिएनन् । स्कुल जान थालेपछि बानी हट्ला भनेर परिवारका सदस्यले त्यति महत्व दिएनन् । तर, स्कुल जान थालेपछि पनि बानी हटेन । बरु उनका औंला बिस्तारै सुक्दै जान थालेपछि बाबुआमा चिन्तित हुन थाले। सुरु–सुरुमा शिक्षकहरुले पनि उनको बानीलाई वास्ता गरेनन् । नयाँ ठाउँ भएर चुसेको होला, स्कुलको वातावरणमा घुलमिल भएपछि औंला चुस्ने बानी हट्दै जान्छ भन्ने सोचे । तर भर्ना भएको दुई वर्षसम्म पनि औंला चुस्ने बानी नगएपछि शिक्षकले रोशनको आमाबुबालाई बोलाएर कुराकानी गरे । त्यसपछि मात्र रोशनका आमाबुबालाई औंला चुस्ने बानी ठूलै समस्या रहेछ भन्ने थाहा भयो । रोशनलाई अस्पताल लैजाँदासम्म एउटा औंला सुकेर सानो भैसकेको थियो। सामान्यतः बालबालिकाहरु भर्खर स्कुल भर्ना भएको बेला वातावरण फरक पाएर औँला चुस्ने गर्छन् । तर परिवारमा सोधपुध गदै जाँदा रोशनकी आमाको दुध नआएर उनको सानै उमेरदेखि औंला चुस्ने बानी भएको रहेछ । यो बानी जति उपाय अपनाउँदा पनि हटेको थिएन । परिवारले रोशनको औँलामा टेप लगाइदिँदा पनि अर्को औँला चुस्न थाले । तर पनि बानी छुटेन । किन चुस्छन् बालबालिकाले औंला ? यो व्यवहारिक रुपमा आउने समस्या हो । खासगरी, सानो उमेरमा आमाको दूध खान नपाएका बच्चाहरुमा आैंला चुस्ने बानी हुन्छ । रोशनको जस्तै सानो उमेरमा औंला चुस्ने बानीलाई बाबुआमाले समस्याको रुपमा लिँदैंनन् । औंला चुस्ने बच्चाले धेरै झगडा गर्दैन भन्ने मान्यता छ हाम्रो समाजमा । बच्चाको व्यवहार कस्तो हुने भन्ने कुरा परिवारका सदस्यसंग प्रत्यक्ष सम्बन्ध राख्छ । धेरैजसो अवस्थामा बाबुआमाको लापरवाहीले गर्दा यस्तो समस्या निम्तिएको हुन्छ । त्यसैले बच्चाको व्यवहार परिवर्तन गर्न निम्न कुरामा ध्यान दिनुपर्छ: सकेसम्म त समस्या निम्तन नदिनु नै बुद्धिमानी मानिन्छ । ठुलो भइसकेको बच्चालाई आमाको दुध चुसाएर बानी हटाउने कुरा आउँदैन । त्यसैले सानो बेलामा राम्रोसँग आमको दूध चुसायो भने यो समस्या आउँदैंन। चुस्ने औंलामा टेप लगाउने एक उपाय भएपनि यो समस्याको समाधान भने होइन । साथीहरुसँग घुलमिल गराएर शारीरिक अभ्यास हुने खालका खेल खेल्न लगाएर सम्झाउँदैं बिस्तारै छुटाउन सकिन्छ । फुर्सदमा चित्र बनाउन लगाउने या कुनै न कुनै काम गर्न लगाउने हो भने पनि बानी छुटाउन सकिन्छ । यस्तो बानी भएका बच्चालाई जिस्क्याउनु हुन्न । आमाबुबा, शिक्षकहरुले उनीहरुको व्यवहार परिवर्तन गर्न सहयोग गर्नुपर्छ । व्यवहार परिवर्तन गर्न समय लाग्छ । औषधि खाएर एकैछिनमा निको हुनेजस्तो समस्या होइन यो । सम्झाएर या उसलाई विभिन्न क्रियाकलापमा संलग्न गराएर बिस्तारै हटाउन सकिन्छ । बच्चाको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध महत्वपूर्ण हुन्छ । आमाको दूध खान नपाएका बच्चामा औंला चुस्ने, नङ टोक्नेजस्ता समस्या देखिन्छन् । कतिपयमा ठूलो भएपछि यो समस्या हटेको हुन्न । त्यसैले बच्चालाई आमाको दूध खान दिई औंला चुस्ने अवस्था आउन नदिन परिवार र बाबुआमाले ख्याल गर्नु जरुरी छ । स्वास्थ्यखबरबाट

स्वस्थ स्वास्थ्यको लागि कस्तो चिया पिउनु राम्रो मानिन्छ ?

हामी दैनिक सुरुवात चियाबाट सुरु गर्छाै । त्यसमा पनि दूधको चिया पिउनेको संख्या अझ बढी देखिन्छन् । हरेक घर, होटल र रेष्टुरेन्टहरुमा चिया पिउनेको भीड निकै देखिने गर्छन् । तर, धेरै दूधको चिया पिउनु हानिकारक रहेको छ । दुध चिया बढी मात्रामा पिउने गर्नाले शरीरको मोटोपना बढाउँछ । चियाले मधुमेहका बिरामीमा चिनीको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढी प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ । त्यसैले दिनमा चार कप भन्दा बढी चिया पिउनुहुँदैन । चिया पिउनै परे सबैभन्दा राम्रो छनौट ग्रिन टी हुनसक्छ । यसले शरीरको तौल घटाउन पनि मद्दत गर्छ । यसमा एन्टि–अक्सिडेन्ट पनि पाइने भएकाले शरीरलाई फाइदा गर्छ । सिधै चियापत्ती राख्नुभन्दा टी ब्याग राम्रो मानिन्छ । किनकी चिया उमाल्दा चियापत्तिमा पाइने पोषक तत्व नष्ट हुन्छ । दुधले पनि चियापत्तिमा पाइने एन्टिअक्सिडन्टलाई नष्ट गर्छ । कालो चियाले रक्तनलिमा क्लट हुनबाट रोक्छ । र रोग प्रतिरोधात्मक शक्ति पनि बढाउछ । चियापत्तिमा भिटामीन सि, डि, के र एमिनो एसिड हुन्छ जसले शरीरलाई फाइदा गर्छ । कालो चियामा चिनी अन्त्यन्तै न्युन राखेर वा राख्दै नराखी पिउँदा फाइदा गर्छ । त्यसैले दुध चियाभन्दा कालो चियाले फाइदा गर्छ। एजेन्सीको सहयोगबाट

थाहा पाइराखौं रातो मासुको खानुका बेफाइदा

अल्जाइमर्स रोगको खतरा वैज्ञानिकहरुका अनुसार रातो मासुबाट प्राप्त हुने एमिलोइड नाम गरेको प्रोटिन दिमागमा जम्मा हुने हुँदा यसले स्नायुकोषलाई हानि गर्छ । मासु खानेलाई अल्जाइमर्स रोगको बढी सम्भावना हुन्छ । त्यस्तै, आइरनको मात्रा अत्यधिक भयो भने पनि यो रोगको खतरा हुन्छ । पछिल्लो पटक गरिएको एक अध्ययनमा अल्जाइमर्सका बिरामीको दिमागमा अत्यधिक मात्रामा आइरनको मात्रा संग्रह भएको थियो । प्रारम्भिकरूपमा स्नायुकोष नष्ट हुने भागमा यो आइरन बढी भएको पाइएको थियो । यी सबै रातो मासुका नकारात्मक असर हुन् । रातो मासुमा अत्यधिक मात्रामा आइरन हुने हुँदा यो खाँदा अल्जाइमर्सको जोखिम हुने विभिन्न अध्ययनले देखाएका छन् । मुटु रोगको खतरा वैज्ञानिकहरुले बारम्बार रातो मासु र मुटु रोगबीच सम्बन्ध हुने पुष्टि गरेका छन् । पछिल्लो एक अध्ययनअनुसार रातो मासु र मुटु रोगको सम्बन्ध मासुमा हुने चिल्लो पदार्थ र कोलेस्टेरोलमा मात्र सीमित छैन । बरु रातो मासुमा पाइने कार्निटाइन नामको यौगिकलाई हाम्रो पाचनप्रणालीले टुक्राई ट्रिमेथाइलेमिन एन अक्साइड (टीएमएओ) उत्पादन गर्छ । टीएमएओले मुटुका धमनीमा चिल्लो पदार्थ जम्मा गरिदिई हृदयाघात गराइदिन्छ । गुदद्वारको क्यान्सर रातो मासुले गुदद्वारको क्यान्सर हुने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । अमेरिकामा पछिल्लो पटक गरिएको एक अध्ययनमा यो पुष्टि भएको हो । ५० वर्षदेखि ७४ वर्षमाथिका साढे १ लाख मानिसमा गरिएको सो अध्ययनमा रातो मासु खाने धेरै मानिसमा गुदद्वारको क्यान्सर भएको पाइएको थियो । सम्भावित क्यान्सरबाट बच्न स्वास्थ्य विज्ञहरुले रातो मासुको सट्टा माछा खानुपर्ने सुझाएका छन् । चिनी रोगको कारक रातो मासु चिनी रोगसँग पनि प्रत्यक्ष सम्बन्धित छ । हरेक साता नियमित रूपमा रातो मासु खाँदा चिनी रोग हुन सक्ने सम्भावना ५० प्रतिशत रहने विज्ञहरु बताउँछन् । युरिक एसिडको खानी रातो मासुमा चिल्लोको मात्रा बढी हुन्छ, जसका कारण यसले युरिक एसिड बढाउँछ । यसमा हुने अत्यधिक प्रोटिन र प्रशस्त फ्याटी एसिडको उपभोगले स्वास्थ्यलाई गम्भीर हानि गर्छन् । शरीरमा फ्याटी एसिड, कोलेस्टेरोलको संग्रहले दीर्घकालीन रूपमा नसासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । (खसि, बोका, रांगा, बोका, भेंडा आदि जनावरको मासुलाई रातो मासु भनिन्छ ।) एजेन्सीको सहयोगबाट

किन जाडोमा बदाम खानु उपयुक्त मानिन्छ ? यी हुन् यसका फाइदा

हामी दैनिकजसो स्वास्थ्य स्वस्थ राख्नका लागि विभिन्न पौष्टिक तत्व भएका खानेकुराहरु खानेसँगै अर्काे फाइदाजनक रहेको खानेकुरा बदाम पनि एक हो । बदाममा पौष्टिक तत्वको मात्रा बढी हुने भएकाले विशेषगरी जाडोमा खानु उपयुक्त मानिन्छ । यस्ता छन् बदाम खानुको फाइदा– तौल नियन्त्रण गर्छ बदाम खाँदा पेट छिटो डुम्म हुने भएकोले भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्ने सम्भावना हुन्छ । मोटा मानिसहरुले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन् । क्यान्सर हुनबाट जोगाउँछ बदाममा ‘फाईटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ । फाइटोस्टेरोलले आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ । कोलेस्टोरल तह नियन्त्रण गर्छः बदाममा हुने असंतृप्त फ्याटी एसिडको प्रचुरताका कारण बदामले शरिरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गरी विभिन्न प्रकारका रोगको जोखिमबाट बचाउँछ । डायबिटिजबाट जोगाउँछ म्याग्नेसियमका कारण बदाम शरिरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्न फाइदाजनक मानिन्छ र डायबिटिजको समस्याबाट जोगाउँछ । स्ट्रोकको खतराबाट जोगाउँछ बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छ जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउँछ । डिप्रेसनबाट जोगाउँछ बदाममा हुने ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनबिद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनाबबाट मुक्ती हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस शिशुलाई स्वस्थ बनाउँछ बदाममा हुने फोलिक एसिडले शिशुलाई गम्भीर न्युरल ट्युब डिफेक्टस (दिमाग, स्पाईन र स्पाईनल कोर्र्डमा जन्मिदै देखिने समस्या) बाट बचाउँछ । तसर्थ, गर्भाधारणको सुरुवातीदेखि नै यस्ता समस्याबाट बच्न बदाम खानुपर्छ । छालामा चमक ल्याउँछ बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिर्जभेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउछ । बदाममा पाइने पोषणयुक्त फाइबर छालामा हुने अत्यधिक तेललाई फ्लस गरी छालालाई नरम र चम्किलो बनाउँछ । बदाममा बृद्ध हुनबाट जोगाउने अणु हुन्छ जसले छालालाई चाउरी पर्नबाट जोगाउछ । नियमित बदामको सेबनले अनुहार लगायत शरिरका अन्य भागमा दाग आउँदैन । कपाल सुन्दर बनाउँछ बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु हुन्छन् । तीमध्येको एउटा तत्व ‘लार्जिनाईन’ हो, जसले कपाल बृद्धि गर्न सहयोग गर्छ । लार्जिनाईनले कपाल झर्नबाट जोगाउँछ । एजेन्सीको सहयोगबाट

सेक्सको लत के हो ? कसरी थाहा पाउने ?

काठमाडौं। २३ वर्षीया अमियाडा मिकलकलिन सधैँ आफूमा यौन उत्तेजना महसुस गर्छिन् । सन् २०१३ मा के थाहा पाइन् भने उनलाई पर्सिस्टेन्स जेनिटल अराउजल डिसअर्डर (पिजिएडी) नामक रोगबाट पीडित रहिछन् । कैयौँ वर्षसम्म अमियाडा र उनकी आमाले आखिर यस्तो किन हुन्छ भनेर बुझ्न सकेनन् किनभने कुनै पनि व्यक्ति हरबखत यौन उत्तेजनाबाट ग्रसित हुनु सजिलो कुरा पक्कै होइन । अमियाडाले भनिन्, ‘१३–१४ वर्षको उमेरमा नै मैले सेक्स उत्तेजनाबाट ग्रसित हुन थालेकी थिएँ । कुनै कुनै बेला उत्तेजना हुनु त बरु राम्रै कुरा हो, हरबखत यही रोग हावि हुँदा भने मलाई बडो तनाव हुन्थ्यो । ठाउँ न कुठाउँमा यस्तो अनुभव गर्नु पक्कै पनि रमाइलो कुरा होइन ।’ ‘मलाई सधैँ सेक्सको आवश्यकता महसुस हुन्थ्यो,’ उनले भनिन्, ‘मलाई अग्र्याजम चाहिन्थ्यो । १८वर्षको उमेरसम्म त आफूलाई अति असामान्य टिनएजरका रुपमा छु भन्ने थाहा पाइसकेकी थिएँ ।’ अमियाडाकी आमा भिक्टोरिया भन्छिन्, ‘छोरी यौनिक रुपमा अति सक्रिय रहेको निकै पहिले थाहा भइसकेको थियो । ऊ जतिबेला पनि सेक्स र सेक्ससम्बन्धी कुराप्रति उत्सुक हुने गर्थी ।’ अमियाडा भन्छिन्, ‘मानिसहरुलाई म सेक्सको लतको शिकार छु भन्ने लाग्थ्यो । हरेक दिन म आफैँसँग संघर्ष गरिरहेकी हुन्थेँ । मलाई सबै कुरा अनौठो लाग्थ्यो । म सोसल मिडियाबाट टाढै बस्थेँ र केही गर्न मन लाग्दैनथ्यो । हरबखत सेक्सका बारेमा मात्र सोच्थेँ ।’ यतिबेला भने अमियाडा र उनका ब्वाइफ्रेन्ड जोजो यस रोगबाट उम्कने बाटो खोजिरहेका छन् । दुवैको एक वर्षअघि भेट भएको थियो ।? त्यसबेलादेखि उनीहरुबीच सामीप्य मात्र बढेन, धेरैथोक पनि अघि बढ्यो । दुवै बिहे गर्ने सोचम पुगे भने मगनी पनि गरिहाले । आफ्नो समस्या उनले आफ्नो ब्वाइफ्रेन्ड जोजोलाई बताइन् । जोजोले पनि सहयोग गरे । ‘जोजोलाई मेरो समस्याबारे थाहा पाएपछि खासै दुःखी भएका छैनन्, उनले समस्याबाट निस्कनका लागि सहयोग गरिरहेका छन्,’ अमियाडा भन्छिन् ।   जोजोले उनलाई अस्पताल लैजान, सुई लगाउन र चाहिएका सबै किसिमको सहयोग गरिरहेका हुन्छन् । अमियाडाको उपचारमा संलग्न मिसिगन विश्वविद्यालयकी प्राध्यापक प्रियंका गुप्ताले उनको उपचारका लागि ३० वटा भिन्दाभिन्दै तरिका अपनाइरहेकी छन् ताकि अमियाडाको अवस्थामा सुधार आओस् । यस्तो रोग कसरी लाग्छ ? प्रियंका भन्छिन्, ‘यसको खास कारण कसैलाई पनि थाहा छैन । बरु अमियाडालाई उपचार गर्न कैयौँ थेरापीहरु दिइरहेकी छु । अवस्था सुधारोन्मुख छ ।’ यस रोगलाई छोटकरीमा पिजिएडी भनिन्छ । यसले मानिसलाई तनाव दिइरहन्छ । सुरुमा यसलाई बुझ्न निकै गाह्रो हुन्छ । कैयौँ पटक त सेक्सको अति चाहका कारण लज्जाबोध पनि झेल्नुपर्ने हुन्छ । कुनै निश्चित उमेरसमूहका व्यक्ति यसबाट पीडित हुन्छन् भनेर ठोकुवा गर्न सकिँदैन । जवान वा बूढा जोसुकै पनि यसको चपेटामा पर्न सक्छन् । कसरी थाहा पाउने -यौन उत्तेजनाको अवधि निकै लामो हुन्छ । यो घण्टामा मात्र सीमित हुँदैन, हप्तौँ र महिनौँसम्म उत्तेजना महसुस भइरहन्छ । -यौन उत्तेजना एक या दुई पटकको सेक्सबाट पूरा हुँदैन । -यसमा यौन उत्तेजना बिल्कुल अनियन्त्रित, अनुचित हुन्छ । -पिजिएडीले यौन गतिविधिलाई सक्रिय मात्र बनाउने होइन कि अन्य किसिमका चिजले पनि उत्तेजनाको महसुस गराउँछ । -यसबाट पीडित व्यक्तिले बढी नै तनाव महसुस गर्छन् । -यस रोगका मानिसहरु अवसादग्रस्त हुन्छन् । -त्यो डिप्रेसन यति बढ्छ कि कसैले त आत्महत्या गर्नेबारे पनि सोच्छन् । बीबीसी

गर्भनिरोधक चक्की सेवन गर्न छुटे यस्तो छ सजिलो उपाय

काठमाडौं। जतिसुकै होसियारी अपनाए पनि दैनिक कार्य बोझ वा तनावका कारण मानिसहरु नियमित लिने गरेका औषधि सेवन गर्न भुल्छन् वा छुटाउछन् । जसका कारण पछि उनीहरु तनावमा आउँछन् । यो समस्या सबैभन्दा बढी माहिलाहरुलाई आइपर्दछ । श्रीमान श्रीमति सँगै भए यौन सम्पर्क नियमित प्रक्रिया हो तर सन्तानको आवश्यकता नरहेको बेला गर्भनिरोधक चक्की सेवन गर्न भुलेमा समस्या उत्पन्न हुन्छ । जबकी यो चक्की नियमित रुपमा सेवन गर्नुपर्छ भनिन्छ र मासिक धर्मको चक्र अनुरुप यसको मात्रा पनि निश्चित हुन्छ । यदि कुनै दिन गर्भनिरोधक चक्की सेवन गर्न भुलियो भने ? के गर्ने त ? सजिलो उपाय यस्तो छ : कम्बिनेशन चक्की लिन भुलिएमा कम्बिनेसन पिल एस्ट्रोजन र प्रोजेस्ट्रानले बनेको हुन्छ, जसले हर्मोन्समा मासिक अस्थिरतालाई रोक्छ । जसले गर्दा गर्भ रहँदैन । अहिले यो औषधी त्यसरी बनाइएको हुन्छ कि, जसले केवल २४ घण्टासम्म मात्र असर गर्छ । यदि एक दिन कम्बिनेसन पिल लिन भुलिएमा सामान्य अवस्थाबाट हार्मोन तल र्झछ । र, यस्तो अवस्थामा यौन सम्पर्क गरेपछि गर्भधारणको संभावना बढ्छ । सामान्य हर्मोनल परिवर्तनको कारण टाउको दुख्ने, रक्तश्राव हुने जस्ता समस्या हुनसक्छ। के गर्ने त ? आफुले कम्बिनेसन पिल लिन भुलिएको थाहा हुनसाथ कतिपनि ढिला नगरी पिल सेवन गरौ । यदि अर्को पिल लिने समय भएको छ भने दुबै एकसाथ सेवन गर्दा पनि हुन्छ । यदि एक दिनभन्दा बढी पिल लिन भुलियो भने अर्को गर्भनिरोधको तरिका अपनाउनु पर्दैन । दुई दिनको पिल्स लिन भुलियो भने बाँकी दुई दिनसम्म दुई वटा पिल्स खानुपर्छ । र, अघिल्लो सात दिनसम् मगर्भनिरोधक प्रयोग गर्नुपर्छ। प्रोजेस्ट्रन गर्भनिरोधक चक्की लिनुहुन्छ भने के गर्ने ? प्रोजेस्ट्रन ओनली पिल केवल १२ घण्टासम्म काम गर्छ । र, हरेक दिन १२ घण्टाको अन्तरलामा पिल दुई पटक लिनुपर्छ । यदि प्रोजेस्ट्रन ओनली पिल लिन भुलेमा जति चाडो पिल लिनुपर्छ । नयाँ प्याक सुरु गर्नमा पनि ढिलो गर्नु हुँदैन । गर्भनिरोधक चक्कीको साइट इफेक्ट अनिच्छित गर्भ रोक्नका लागि महिलाहरुले गर्भनिरोधक चक्की सेवन गर्छन् । तर, यसले स्वास्थ्यमा केहि समस्या पनि निम्त्याउँछ। गर्भनिरोधक चक्कीको सेवनले टाउको दुख्ने, यौन रुचीमा परिवर्तन, तौल बढ्ने, चक्कर आउने, स्तन सुन्निने जस्ता समस्या हुन्छ । गर्भनिरोधक चक्कीले शरीरमा हर्मोन नियन्त्रण गर्छ, त्यसैले यसको बेफाइदा पनि छ । शरीरमा हर्मोनको उतार-चढावको कारण टाउको दुख्ने वा माइग्रेन हुन्छ। कतिपय चक्कीले एस्ट्रोजनको मात्रा घटाइदिन्छ, जसले टाउको दुख्ने समस्या हुन्छ। पिलको सेवनले असामान्य रक्तश्राव समेत हुनसक्छ। यौनीमा जलन हुने । यीस्ट इन्फेक्सन हुने संभावना पनि रहन्छ।

प्रजनन स्वास्थ्यमा जोखिम हुन्छ यी सौन्दर्य सामग्रीबाट

अचेल बजारमा सौन्दर्य सामग्रीहरूको भरमार रहेको छ । त्यस्ता सामग्रीहरू विशेष गरी महिलाहरूलाई लक्षित गरेर बजारमा ल्याइएका हुन्छन् । यदि विशेषज्ञहरूको कुरा पत्याउने हो भने बजारमा उपलब्ध फेयरनेस साबुन, फेयरनेस क्रीम, स्याम्पु , नङ पालिस जस्ता उत्पादनले महिलाहरूमा प्रजनन सम्बन्धी समस्याहरू देखिन सक्छन् । यस्ता सौन्दर्य सामग्रीहरूमा राखिने केमिकलहरूको कारण हार्मोनहरूमा असन्तुलन आउने भएकाले प्रजनन स्वास्थ्य प्रभावित हुने जनाइएको छ । साबुनबाट हुनसक्छ बाँझोपन शोधकर्ताहरूका अनुसार कस्मेटिक सामानहरूमा महिलाको इंडोक्राइन प्रणालीमा प्रत्यक्ष असर गर्ने रसायन भेटिएका छन् । भारतको दिल्ली स्थित इंदिरा आईभीएफ अस्पतालकी डाक्टर नितासा गुप्ताका अनुसार अचेल नङ पालिस, फेयरनेस क्रीम, साबुन, स्याम्पु, पर्फ्यूम आदिमा खतरनाक रसायन रहेका हुन्छन् । यस्ता रसायनहरूले अंडाशयमा समस्या गर्नसक्ने भएकाले, अण्डाणु नबन्ने या गर्भपातको खतरा रहन्छ । डाक्टर गुप्ताकै शब्दमा, “कीटाणुहरू मार्ने भनिएका साबुनमा ‘ट्रिक्लोसन’ नामक रसायन हुन्छ । जसले इंडोक्राइन प्रणालीलाई समस्या ग्रस्त बनाइदिन्छ ।” त्यस्तै स्याम्पु र कंडिसनरहरूमा ‘पाराबोन्स’ नामक एउटा प्रिजरभेटिभ हुन्छ । यसले शरीरलाई ब्याक्टेरियाबाट त बचाउँछ तर यसको अत्यधिक प्रयोगले महिलाहरुलाई गर्भधारण गर्न समस्या आउन सक्छ । कम खतरनाक छैन नङ पालिस पनि शोधहरू अनुसार नङ पालिसमा पनि ‘फर्मल्डिहाइड’, ‘डाइब्युटाइल पीएचथालेट’ र ‘टोल्युन’ जस्ता रसायनहरू हुन्छन । यिनीहरूले बाँझोपन, गर्भपात र नवजात बच्चामा कमजोरी जस्ता समस्या देखा पर्न सक्छन् । ‘पीएचथालेट’ जस्ता यौगिक युक्त रसायन प्रजनन क्षमताको कोणबाट महिला, पुरुष दुबैका लागि घातक हुन्छन् । डाक्टरहरूले नेल पालिस रिमुभरमा पाइने ‘टोल्युइन’ले केंद्रीय स्नायु प्रणाली (सीएनएस)लाई प्रभावित गरेर प्रजनन प्रणालीमा असर पार्दछन् ।

हाछ्यौं रोक्दा ज्यान नै जाने खतरा

चिसो याम छ, रुघा लागेर वा चिसो कारण पनि हाछ्यौं आउनसक्छ । यदि हाछ्यौं आउदा रोक्ने गर्नु भएको छ भने अब बिचार गर्नुस् । हाछ्यौं रोक्दा स्वास्थ्यका लागि हानिकार हुन्छ । चिकित्सकहरुले हाछ्यौं राक्दा खतरा हुनसक्ने चेतावनी दिएका छन् । हाछ्यौं रोक्दा बेलायतमा एक युवकले सात दिन अस्पताल बस्नु परेको छ । हाछ्यौं आउदा एक युवकले रोक्ने प्रयास गरे । उनले नाक र मुख बन्द गरेर साथीहरुलाई देखाउँन खोजे । उनको घाटीमा झनझनाहट भयो । केहीबेरमै घाँटी सुन्नियो । विस्तारै उनको आवाज बन्द भयो । बेलायतको लिसेस्टर युनिभर्सिटी हस्पिटल पु¥याएका उनलाई सातदिन पछि मात्रै सन्चो लाग्यो । चिकित्सकहरुका अनुसार, हाछ्यौं आउदा प्रतिघण्टा ८० किलोमिटरको गतिले हावा बाहिर आउँछ । यदि यसलाई रोक्ने कोसिस गरियो भने तिव्र गतिमा बाहिर निस्किने हावा भित्रै रोकिने र त्यसले स्वास्थ्यलाई असर पार्ने चिकित्सकहरु बताउँछन् । यसरी रोकिने हावा छातीसम्म पुग्ने र यसले करङ, फोक्सो अन्य भित्री अंगमा असर गर्ने देखिएको छ । अमेरिकाको टेक्सास विश्वविद्यालयको स्वास्थ्य विज्ञान केन्द्रका प्रमुख डा.जी याङ जियाङ गर्धनमा गोली लाग्दा हुने जतिकै हानी एक पटक हाछ्यौं रोक्दा हुने बताउँछन् । यसले फोक्सो नै क्षति हुनसक्ने उनको भनाइ छ । चिकित्सकहरु जति सक्दो जोरले हाछ्यौं गर्नु पर्ने बताउँछन् । यस्तो गर्दा भाइरस र ब्याक्टेरिया बाहिर निस्किन्छन् । त्यसैले जति सक्नु हुन्छ, निर्धक्कसँग जोरले हाछ्यौं गर्नुस् ।  

राति सुत्नुअघि यी ६ खानेकुरा भुलेर पनि नखानुहोस्

हामीले खाना खाने समय लगभग निर्धारित हुन्छ। बिहान, दिउँसो, बेलुका यिनै तीन समयमा आफ्नो सहजता अनुसार मानिसले खानेकुरा खान्छन् । तर, बेलुकाको समयमा खाने खाना र सुत्नुअघि केही खाने बानी छ भने त्यसमा ध्यान पुर्याउनुपर्छ । सुत्नेबेलामा यी खानेकुरा नखानुहोस्ः चकलेटः चकलेटमा सुगर र फ्याटको मात्रा बढी हुन्छ। विशेषगरी बच्चाहरुले चक्लेट जुन समयमा भेटे पनि खाइदिन्छन्। चकलेट दाँतमा टाँसिएर रातभरि बस्यो भने त्यसले बच्चाको दाँत बिगार्छ। त्यसैले सुत्नेबेलामा खाएको चकलेटले हानी पुर्याउँछ। राति खाएको चकलेटले एसिडिटी बढाउँछ भने निद्राको समस्या आउन सक्छ। पास्ताः पास्तामा धेरै कार्बोहाइड्रेड हुन्छ। राति पास्ता नखाँदा राम्रो। धेरै कार्बोहाइड्रेड भएको खाना खाएर सुत्दा मानिसको तौल बढ्ने हुन्छ। तसर्थ तौल नियन्त्रणका लागि पनि राति पास्ता खानु उचित होइन। पिजाः बेलुका एसो रेस्टुरेन्टतिर घुमेर पिजा खाएर आउने अनि सुत्ने चलन सहरमा बढ्दो छ। तर पिजामा पाइने अधिक क्यालोरीले गर्दा राति खाँदा शरीरलाई फाइदा पुर्‍याउँदैन। शरीरलाई चाहिनेभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खाएर सुत्दा मोटोपना नियन्त्रण हुँदैन । पाचन प्रक्रियाका पनि समस्या आउन सक्छ। खुर्सानीः सुत्नुअघि धुलो खुर्सानी मिसाएको खानेकुरा खानु हुँदैन। राति धुलो खुर्सानी खाँदा एसिडिटी, उच्च रक्तचाप र कब्जियतको समस्या आउन सक्छ। मासुः मासु राति नखाँदा उत्तम । अधिकांशले मासु राति पकाएर खाने गर्छन्, जुन स्वास्थ्यका हिसाबले राम्रो होइन। राति मासु खाएर सुत्दा पाचन प्रक्रियामा समस्या आउन सक्छ। मासुमा प्रोटिनको मात्रा बढी हुन्छ, जसले मोटोपना बढ्छ । यस्तै, राति मासु खाएर सुत्दा अपच हुने र निद्रामा समस्या आउने पनि हुन्छ। फ्रुटजुसः फ्रुट जुसमा एसिडिटी हुन्छ। राति फलफूलको जुस खाँदा डायबिटिज र पेट पोल्ने समस्या आउँछ।

खतरनाक हुनसक्छ राती बढी पसीना आउनु, ध्यान दिनुस् यी कुरा

काठमाडौं, त्यसो त पसीना आउनु सामान्य कुरा नै हो । हरेक मानिसपिच्छे पसीना आउने कुरा पनि फरक फरक हुन्छ । तर कतिपय बेला पसीना आउनु गम्भीर प्रकृतिको रोगको संकेत पनि हुनसक्छ । नियमित र स्वभाविक पसीना आउँदैन भने यसलाई त्यसै उपेक्षा गर्न भने मिल्दैन । कतिपय व्यक्तिहरुलाई राती निकै बढी पसीना आउने हुनसक्छ । यो सामान्य मानिँदैन । तपाई यो खबर एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ । यसरी पसीना आएको खण्डमा यसको कारण पत्ता लगाउर चिकित्सकसँग छलफल गर्नु जरुरी हुन्छ । किन आउँछ त पसीना ? पसीना आउने कतिपय कारणहरु यसप्रकार छन् । क्षयरोग क्षयरोगबाट प्रभावित केही मानिसहरुमा राती पसीना आउनसक्छ । त्यसैले अत्यधिक पसीना आउने अवस्थामा क्षयरोग हुनसक्छ । त्यसैले यस्तो भएमा क्षयरोगको परीक्षण गर्ने अथवा चिकित्सकसँग सल्लाह लिनुपर्छ । इन्फेक्सन केही मानिसहरुमा व्याक्टेरियाको इन्फेक्सनको कारण राती पसीना आउन सक्छ । यसमा मुटुको भल्भ सुन्निनु, हाडहरुसँग जोडिएका संक्रमणका साथै एचआईभी संक्रमण पनि हुनसक्छ । यस्तो भएमा तत्काल चिकित्सकसँग सल्लाह लिनु पर्छ । हाइपोग्लाइसिमिया शरीरमा ब्लड ग्लुकोज कम भएमा पनि पसीना आउँछ । इन्सुलिन या ओरल एन्टिबायोटिक औषधीहरु लिने मानिसहरुमो राती पसीना आउनुका साथै हाइपोग्लासिमियिाको समस्या पनि हुनसक्छ । क्यान्सर राती पसिना आउनुलाई क्यान्सरको प्रारम्भिक लक्षणका रुपमा पनि लिइन्छ । यो खासगरी फोक्सोजन्य क्यान्सरमा बढी देखिन्छ । त्यसो त तौल घटनु र ज्वरो आउनु पन िक्यान्सरको लक्षण हुनसक्छ । औषधीहरु कोसेवनका कारण कतिपय मानसिक तनाव क मगर्ने औषधी या डिप्रेसनका औषधीहरुका कारण पनि राती अत्यधिक पसीना आउने गर्दछ । एस्प्रिनि, एसितोमिनोफन जस्ता औषधीमा पनि पसीना आउने गर्दछ। हर्मोनमा असन्तुलन शरीरका हर्मोनमा हुने असन्तुलनका कारण पनि पसीना आउनसक्छ । खासगरी कार्सिनाइड सिन्ड्रोम, फियोक्रामोसाइटोम जस्ता अवस्थामा पसीना आउने गर्छ । मेनोपजः महिलाहरुमा एउटा निश्चित उमेरपछि महिनावारी रोकिन्छ । यतिखेरको अवस्थालाई मेनोपज भनिन्छ । यो बेला पनि हर्मोनमा आउने परिवर्तनका कारण पसीना आउन सक्छ । त्यसैले चिकित्सकसँग सल्लाह लिनुपर्छ । आइडियोप्याथिक हाइपरहाइड्रोसिस कैयन् घटनामा राती पसिना आउने कुराको खासै कारण देखिदैन । यसलाई आइडियोप्याथिक हाइपरहाइड्रोसिस भनिन्छ । यो अवस्थामा कुनै कारण बिना नै शरीरमा पसीना आउँछ ।

तपार्इ स्मरणशक्ति बढाउन चाहानु हुन्छ ? खानुस् यी चीज

प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्‍न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्। चामल, गहुँ, मुँग, मकै आदि अन्नस लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारीस सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्। बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ। जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ। पालुंगोस्बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन। पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ। कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्‍ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ। पालुंगोलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन। अमलास्फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो।यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ। मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल(वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ। अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ। अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल(वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन। प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तैस् काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा ९जाम० सेवन गर्नु सर्वोत्तम हुन्छ। स्ट्रबरीस्अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो। रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ। बदामस्बदाम ९आलमन्ड० ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्।यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो। मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो। ओखरस्बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ। अंकुरित गेडागुडीस्अंकुरित गेडागुडी त अमृत भोजन नै हो। शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूकोनिर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ। तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ। जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ। यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ। अन्य ब्रेन फुड्सस्स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ु ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ । नेपाली स्वास्थ्य खबरबाट साभार गरिएकाे ।