रक्तदान गर्नु अघि जान्नैपर्ने कुरा

काठमाडौं, चैत १७ । १८ देखि ६० वर्षसम्मका मानिस रक्तदान उमेर समूहमा पर्छन् । रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुनुपर्छ । रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जन्डिस, मधुमेह, क्षयरोग र एड्सलगायत कुनै पनि यौनरोग लागेको हुनुहुँदैन ।

मदिरा सेवन गरेको २४ घन्टाभित्र रगत दिनुहुँदैन । त्यस्तै, लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन । रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ । गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन ।

रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन । रक्तदान गर्नुभन्दा तीन घन्टाअघि पोषिलो खाना सेवन गर्नु राम्रो हुन्छ । र, रक्तदानको समय जुसको सेवन गर्दा पनि स्वास्थ्यमा फाइदा पुग्छ । यस्तो खानाले थकाइ लाग्न दिँदैन ।

हेर्नुस्, स्वास्थ्यका लागि रङ कति हानिकारक?

काठमाडौं, चैत ६ । बुधबार नेपालको पहाडी क्षेत्रमा एकअर्कामा रङ दलेर खुसियालीपूर्वक होली पर्व मनाइँदै छ। तराई क्षेत्रमा भने पहाडी क्षेत्रमा मनाइएको भोलि मनाउनु प्रचलन छ। फाल्गुण शुक्ल पूर्णिमाका दिन पर्ने होली पर्वलाई सद्भाव र खुसियालीको पर्व रुपमा पनि मानिन्छ। होलीमा मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर रंगिन बन्छन्। मीठा खाने कुराहरू पनि खाइन्छ। रङ लगाएर एकअर्कामा अत्मीयता साटासाट गरिन्छ। जसले गर्दा जुनसुकै उमेर समूहका मानिसहरु पनि होलीमा रंग लगाएर रमाउने गर्छ। तर खुसी र उमंगका लागि लगाइने रंगहरुले हाम्रो स्वास्थ्यलाई गर्ने असरबारे धेरैलाई थाहा नहुन सक्छ। यस पर्वमा पछिल्लो समय शरीरलाई असर पार्ने घातक रसायन मिसिएका रङहरूको प्रयोग बढ्दै गएको छ। हामीले रगाइने रंगमा हुने विभिन्न किसिमका केमिकलहरुले हाम्रो छालालाई मात्र हैन भित्री अंगहरुलाई समेत गम्भीर असर गर्ने गर्छ। खराब रंगले कस्तो असर गर्छ? विभिन्न थरीका रङहरू प्रयोग गरेर मनाइने रङहरूको पर्व होलीमा रातो, नीलो, कालो, हरियोलगायतका रङले शरीरमा तत्कालै वा दीर्घकालमा असरहरू पर्ने गर्छ। हामीले प्रयोग गर्ने रङहरू बनाउँदा ९० प्रतिशत घुलनशील तत्त्व प्रयोग गरिएको हुन्छ। यस्तै, सुख्खा रङ बनाउन सिसा, मर्करी, पेट्रोलियम उत्पादनजस्ता स्वास्थ्यका लागि हानिकारक तत्त्व प्रयोग गरिएको हुन्छ। यसरी रसायनहरूको मिसावटबाट बनाइने रङहरूमा एस्वेस्टस र सिलिकाजस्ता तत्त्व पनि हुन्छन्। यी तत्त्वले आँखा र छालामा संक्रमण गर्नुका साथै दम, खोकीजस्ता रोगलाई जन्म दिन्छ। एलर्जी, छाला सुन्निने, फोकाफोकी आउने, श्वासको समस्या, दम बढ्ने, मिर्गौला खराब हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षण लेड अक्साइड नामक रसायनको प्रयोगबाट हुन्छ। यस्तै, हरियो रङमा कपर सल्फेट, नीलोतुथो भन्ने रसायन मिसाइएको हुन्छ। यो रसायनले आँखा तथा छालामा असर गर्छ। यसले गर्दा छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग तथा ढकनी सुनिने, आँखामा घाउ आउनेजस्ता समस्या आउन सक्छन्। यो रङ निलेमा बान्ता हुने, छाती पोल्ने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता समस्या देखिनुका साथै पेट, रगत, मस्तिष्क, कलेजोलगायत अंगहरूलाई पनि हानी पुर्‍याउँछ। बैजनी रंङमा क्रोमियम ब्रोमाइड भन्ने रसायन प्रयोग गरिन्छ। यो तत्त्व श्वास र फोक्सोका लागि हानिकारक छ। यो रङको बढी प्रयोग गर्दा श्वास बढ्ने, दम, खोकी लाग्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छन्। चाँदीजस्तो चम्कने सेतो रङमा आल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको विषाक्तताले क्यान्सरसमेत हुन सक्छ। बैजनी रंङमा क्रोमियम ब्रोमाइड भन्ने रसायन प्रयोग गरिन्छ। यो तत्त्व श्वास र फोक्सोका लागि हानिकारक छ। यो रङको बढी प्रयोग गर्दा श्वास बढ्ने, दम, खोकी लाग्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छन्। चाँदीजस्तो चम्कने सेतो रङमा आल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको विषाक्तताले क्यान्सरसमेत हुन सक्छ। आँखा, छाला र श्वास प्रणालीमा प्रत्यक्ष हानी पुर्‍याउने तत्त्वले फोक्सोमा असर, दम, खोकी, छाला चिलाउने, पोल्ने, सुन्निने, आँखा पोल्ने, पाक्ने, पानी बग्ने, टाउको दुख्ने, बान्ता हुनेजस्ता समस्या निम्त्याउँछ। यस्तै, नीलो रङमा प्रसियन ब्लु नामक रसायन मिसाइन्छ। यसले छालाको एलर्जी, डर्मटाटिक्सजस्ता समस्या ल्याउन सक्छ। यसलाई निलेमा पेट दुख्ने, पाचन गडबड हुने र कब्जियतको समस्या देखिन सक्छ। रातो रङमा धेरै मर्करी सल्फेट तत्त्व मिसाइएको हुन्छ, जुन श्वास प्रश्वासद्वारा शरीरभित्र प्रवेश गरेमा छाती पोल्ने, दुख्ने, भारी हुने, खोकी लाग्ने, श्वास लिन कठिनाइ हुने, दम बढ्नेजस्ता समस्या देखा पर्छन्। यो तत्त्व आँखामा पर्न गए नानी जलेर अन्धोपन पनि हुन सक्छ। आँखा पाक्ने, पोल्ने, दुख्ने समस्या पनि आउन सक्छ। यो तत्त्व मिसाइएको रङ खाएमा पेट दुख्ने, वाकवाक आउने, बान्ता हुने, पखाला चल्ने र आन्द्रा गल्ने समस्या देखा पर्छन्। रातो रङमा हुने सल्फेट तत्त्व शरीरमा धेरै नै प्रवेश गरेमा रक्तनलीहरूमा असर पुर्‍याई प्यारालाइसिससम्म हुने खतरा रहन्छ। पछिल्लो समय होली खेल्न प्रयोग गरिने चाँदीजस्तो देखिने रङमा क्यान्सर लाग्ने घातक तत्त्व हुने भएकाले यस्तो रङ छालाका लागि धेरै नै हानिकारक हुन्छ। बजारमा पाइने रङहरू बनाउन प्रयोग गरिने विभिन्न खालका रसायनहरूले हाम्रो शरीरमा तत्कालीन र दीर्घकालीन असरहरू पुर्‍याउँछ। यसका साथै रङ लगाउनु अगाडि बाक्लो गरी भ्यास्लिन तथा मोइस्चराइजर क्रिम लगाउनुपर्छ। यसले छाला चिल्लो हुने भएकाले रङले छालामा त्यति असर गर्न पाउँदैनन्। साथै शरीरमा रङ सकेसम्म लामो समयसम्म राख्नु हुँदैन। रङ लगाएको दश पन्ध्र मिनेटपछि पखाल्नुपर्छ। चिल्लोयुक्त साबुन वा फेसवासले रङ पखाल्ने गर्नुपर्छ। रसायनयुक्त रङहरूले कपालमा असर गर्ने हुँदा होली खेल्नु अगाडि कपालमा धेरै तेल लगाउनु राम्रो हुन्छ। यसले रङ पखाल्न सजिलो हुनुका साथै चिल्लोकै कारण रङमा भएका घातक रसायनले कपालमा असर गर्दैन। रङ लगाउँदा छाला चिलाउने, रातो हुने, फोका उठ्ने जस्ता समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ। सकेसम्म होलीमा रंग लगाउनुअघि शरीरमा राम्रोसँग मोस्चाइजर लगाउनाले रंगमा हुने केमिकलहरुले हाम्रो शरीरका कम असर गर्छ। यो सामग्री थाहखबरबाट साभार गरिएको हो ।

राम्ररी पकाएर खाए ‘बर्ड फ्लु’ नसर्ने चिकित्सको दाबी

काठमाडौं, चैत ६ । बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए । ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ । पकाएर खाँदा बर्ड फ्लुको जोखिक हुँदैन,’ उनले भने । मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ । उनीहरुमा बर्ड फ्लु को संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएका छन् । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

जानिराखौं यस्तो हुनुपर्छ बिहानको समयमा खाने खाना

शारीरिक तथा मानसिकरूपमा हृष्टपुष्ट र स्वस्थ रहन विशेषगरी हामीले बिहानको खानामा ध्यान पुर्याउन जरुरी छ । यो सन्तुलित भोजनयुक्त हुन आवश्यक छ । किनकि, दिनभर हामीले गर्ने कामका लागि बिहानको खानाले ऊर्जा प्रदान गर्नुपर्ने हुन्छ । यद्यपि, हामीमध्ये अधिकांश नेपाली खाली अघाउनका लागि खाना खाइरहेका हुन्छौं । बिहान ब्रेकफास्ट गर्दैनौँ  । अनि, खाना खाने बेलासम्म धेरै भोक लागेको हुन्छ । र, एकैपटक धेरै भात खान्छौं । त्यसैले, बिहानको खाना कस्तो खाने भन्ने जान्न आवश्यक छ । ० १२ देखि १ बजेको समयमा बिहानको खाना खानु उपयुक्त हुन्छ । कोदो तथा फापरको ढिँडो, मकैको च्याँख्ला, गहुँको च्याँख्ला, ब्राउन राइस, ब्ल्याक राइस खानाको रूपमा खानुपर्छ । खानासँग तरकारी खाइन्छ । खानासँग मौसमअनुसारका सलाद पनि खान सकिन्छ । ० खानासँगै खाने तरकारी उसिनेर पकाएको राम्रो हुन्छ । उसिनेको तरकारी सय डिग्री फरेनहाइड तापक्रममा पकाइने भएकाले ब्याक्टेरिया मर्छन् । उसिनेको तरकारी तथा परिकारमा ब्याक्टेरिया मर्छन्, तर पोषण तत्व भने नाश हुँदैन । ० फ्राई गरेको वा भुटेको तरकारी तथा परिकार सकभर नखाएकै राम्रो । तरकारी तथा परिकार तेलमा तार्दा वा फ्राई गर्दा परिकारको पोषणको रूप नै परिवर्तन हुन्छ । तरकारी तथा परिकार भुट्दा वा तार्दा परिकारको पोषक तत्व नष्ट हुने सम्भावना धेरै हुन्छ । त्यसैले खाँदा जिब्रोका लागि स्वादिलो भए पनि तारेका तथा भुटेका परिकार खानु पोषणका हिसाबले गलत हो । चिल्लो, पिरो र मरमसला कम हालेर तरकारी बनाउनुपर्छ । ० खानासँग दाल पनि खान सकिन्छ । दाल खाँदा भने भातसँग मुछेर नखाँदा नै राम्रो । दाल छुट्टै पिउनु उपयुक्त हुन्छ । दाल–भात एकै ठाउँ मुछेर खाँदा खाना राम्रोसँग चपिँदैन । खाना राम्रोसँग नचपाई निल्दा पाचन प्रक्रियाले काम गर्न सक्दैन । दाँतको कामसमेत हुँदैन । पाचन प्रणालीमा प्रत्यक्षरूपमा नकारात्मक असर गर्छ, जसले ग्यास्ट्रिकको जोखिम बढ्छ । खाना चपाउँदा पाचन ग्रन्थीबाट र्‍याल निस्किन्छ । तर, नचपाई खाँदा सो र्याल ननिस्किने भएकाले ग्यास्ट्रिकको जोखिम हुन्छ । त्यसैले चपाएर खाँदा पचाउन सजिलो हुन्छ । ० खानासँगै पानी पिउँदा पाचन ग्रन्थीबाट निस्किने इन्जाइम पानीले पखाल्ने भएकाले खाना पच्दैन । त्यसैले खानासँग पानी पिउनु त्यति उपयुक्त हुँदैन । खाना खाएको आधा घन्टापछि पानी पिउनु राम्रो हो । राम्रोसँग चपाएर ¥याल निकालेर खाना खाँदा खाना अड्किने सम्भावना पनि कम हुन्छ । सामान्यतयाः दिउँसो शरीर सक्रिय हुने भएकाले अघाउन्जेल खाना खान सकिन्छ । खाना पच्छ पनि । खानासँगै दूध, दही, मही पनि खाएमा लाभदायी हुन्छ । स्वास्थ्यबाट

आलुका फाइदा के–के? जान्नुहोस्

काठमाडौं, चैत ४ । आलु एक सर्वसुलभ र सस्तो तरकारी तथा खाजा हो । नेपालीको भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी पनि यही हो । आलुलाई जुनसुकै तरकारीसँग पनि मिसाएर खान पाइन्छ । साथै, यसलाई धेरै किसिमका परिकार बनाएर खान मिल्छ । आलु स्वास्थ्य र पोषणका दृष्टिकोणले समेत उपयोगी मानिन्छ । –आलु पोषणको भण्डार हो । यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ । –आलु भिटामिन, खनिज र एन्टिअक्सिडेन्टको राम्रो स्रोत मानिन्छ । आलुमा पाइने एन्टिअक्सिडेन्टका कारण मधुमेह, हृदय रोग, क्यान्सर र पुराना रोग बल्झिने समस्या कम हुन्छ । –रक्तचाप, प्रतिरक्षा प्रणाली, पाचन प्रणाली लागि पनि आलु उपयोगी तरकारी मानिन्छ । –आलुमा धरै स्टार्चको मात्रा हुन्छ । जसले रगतमा इन्सुलिनको मात्रालाई नियन्त्रणगरी ब्लड सुगरको जोखिम घटाउँछ । –नियमित आलु खाने गर्नाले मानिसमा कब्जियत, पेट दुख्ने, ग्यास भरिने आदि समस्याको जोखिम कम हुन्छ । –एक अध्ययनका अनुसार आलु खाएर शरीरमा हर्मोनको स्तर बढाउन पनि सकिन्छ ।

आगो पोलेमा के गर्ने ? यस्तो छ उपचार विधि

० आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छोपेर घटना स्थलबाट बाहिर निस्कने–निकाल्ने र बाक्लो कपडाले छोप्ने । ० घटना भएलगत्तै पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने । ० पानी नभएको अवस्थामा नरम कटनको कपडाले छोप्न पनि सकिन्छ । ० पोल्नेबित्तिकै मानिसको शरीरमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिलो सामग्रीलाई शरीरबाट उतार्ने । नत्र पोलेको भाग सुन्निएर पछि निकाल्नै अप्ठ्यारो हुन्छ । ० बिरामी खान सक्ने अवस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने । ० जलेको भागमा कुनै पनि प्रकारको लोसन, तेल वा अन्य पदार्थ नलगाई छिटोभन्दा छिटो स्वास्थ्य संस्था पुर्‍याउने । ० जलेपछि उठेको फोकालाई कहिल्यै पनि फुटाउने प्रयास गर्नुहुँदैन । ० रासायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ । र, प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ । ० त्यस्तै, रसायनले जलेको अवस्थामा सोडियम बाइकार्बोनेटले धुन पनि सकिन्छ । एजेन्सी

डिप्रेसनबाट बच्नको लागि यस्तो छ उपाय

– अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ । यसको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको शिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ । – दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्ने गर्नुपर्छ । – लामो समयसम्म एउटै काम गरिहनुहुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले फ्रेस भइन्छ । – फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्यधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निद्रा गडबडीको समस्या निम्त्याउँछ । – निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ । – मनोरोगलाई भयानक रूपमालिनुहँदैन  । यदि, मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

यस्तो छ कब्जियतबाट छुटकारा पाउनको लागि सबैभन्दा राम्रो उपाय

कब्जियत भयो भनेर दिसा गर्नकै लागि औषधि प्रयोग गर्नुहुँदैन । त्यस्ता औषधिको कारण तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ । त्यस्तै, औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ । जसले कब्जियतको समस्या झन् बढाउने गर्छ । ० एलोप्याथिक औषधिको अत्यधिक प्रयोगले पनि कब्जियतको समस्या निम्तिन्छ । एन्टासिड, क्याल्सियम, स्लिपिङ ट्याब्लेड, ब्लडप्रेसर र मानसिक रोगका औषधिले कब्जियत हुने सम्भावना अत्यधिक हुन्छ । ० कब्जियत हटाउन सन्तुलित भोजन गर्न आवश्यक छ । मेवा, केरा, स्याउ, आँप, खरबुजाजस्ता फलफूल पर्याप्त खानुपर्छ । त्यस्तै किसमिस, बदाम आदिले पनि कब्जियतमा राहत मिल्छ । ० अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ । तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारी खानु राम्रो हो । गाँजर, मुला, गोलभेंडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ । त्यसैगरी, दही, मही, पानी प्रशस्त पिउने गर्नुपर्छ । नयाँपत्रिकाबाट

कस–कसलाई मनपर्छ पानीपुरी र चटपटे ? यस्तो अखाद्य खानेकुराबाट सावधान हुनुहोस् !

स्ट्रिट फुडको नाम लिने बित्तिकै धेरैजसोले पानीपुरी र चटपटे सम्झिन्छन् । अमिलो–पिरो खान मन पराउनेका लागि यी खाद्यपदार्थ रोजाइमा पर्छन् । विशेषगरी, युवतीमाझ पानीपुरी र चटपटे लोकप्रिय छ । कतिपयले खाजाका लागि खान्छन् भने कतिले स्वादका लागि मात्र । पानीपुरी र चटपटे संस्कृति भारतबाट सुरु भएको हो । पछिल्लो समयमा यो नेपालमा समेत व्यावसायिकरूपमै अघि बढेको छ । साथै, यी पदार्थ एसियाका अन्य केही देशमा समेत खाने गरिन्छ । कस्तो नखाने ? स्वस्थकर खाद्यपदार्थ समावेश गरेर सफा गरी बनाइएको पानीपुरी–चटपटे स्वास्थ्यका लागि राम्रै मानिन्छ । तर, बाटोमा जताततै पाइने यी चिज स्वास्थ्यका लागि उपयोगी हुन् भन्न सकिने अवस्था भने छैन । अब जानौँ, कस्तो पानीपुरी र चटपटे अखाद्य हो ? यस्ता छन् स्वास्थ्यमा पर्ने केही असरहरु असुरक्षित तरिकाले बनाइएका यी खाद्यपदार्थले अस्थायी र स्थायी दुई किसिमका असर गर्छ । बासी खानेकुरा हालेर बनाइएको पानीपुरी र चटपटेले पेट दुख्ने, फुड पोइजन हुने, बान्ता हुने, झाडापखाला लाग्ने आदि जस्ता समस्या देखिन्छन् । त्यस्तै, रासायनिक वस्तुको प्रयोगले आन्द्रा, पेटसँगै समग्र पाचन प्रणालीमा दीर्घकालीन असर पु(याउने सम्भावना रहन्छ । (अमिलो बनाउने नाममा यदाकदा पानीपुरीमा एसिड र अन्य रसायनजन्य अखाद्यपदार्थसमेत मिसाइएको पाइन्छ । (पानीपुरी र चटपटे खुला रूपमा बाटोमै बेचिने हुँदा धुलो–धुवाँजस्ता बाहिरी प्रदूषणयुक्त पदार्थसमेत खानेकुरामा परिरहेको हुन्छ । (कुन पानीपुरी वा चटपटे खानयोग्य छरछैन भन्ने बनाउने मान्छेको स्वास्थ्य र सरसफाइमा समेत भर पर्ने गर्छ । बनाउन प्रयोग गर्ने रुमाल, कागज, पानी, भाँडा आदि सफा हुनु अनिवार्य छ । साथै, हात नधोईकन वा अन्य बाहिरी वस्तुको सम्पर्कमा आएर सीधै पानीपुरी वा चटपटे बनाएको हुनुहुँदैन । (बनाउँदा सधैँ पन्जा प्रयोग गरेको हुनुपर्छ । यसले केही हदसम्म सफा बनाउन मद्दत गर्छ । बनाउन प्रयोग गरिने चिजहरू जस्तै– पानी, पुरी, उसिनेको आलु आदि बासी हुनुहुँदैन । एजेन्सीको सहयोगबाट

महिलाले ध्यान दिनुपर्ने परिवार नियाजनका ४ चक्की

काठमाडौं । महिला तथा पुरुषको इच्छाअनुसार कति अन्तरमा कति सन्तान जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो । यसका लागि महिला तथा पुरुषले परिवार नियोजनका विभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन् । परिवार नियोजनका लागि श्रीमान–श्रीमतीबीच समझदारी हुनुपर्छ । आफ्नो परिवारमा कति सन्तान जन्माउने भन्ने बारेमा छलफल भए सुखी परिवार बनाउन सकिन्छ । आज महिलाले प्रयोग गर्ने परिवार नियोजनका ४ खाने चक्कीको बारेमा हामी तपाईँलाई जानकारी गराउन गइरहेका छौंः १) सुनौलो गुलाफ पहिला सुनौलो गुलाफको कुरा गरौँ । यो चक्की धेरै महिलाले प्रयोग गर्ने गरेको पाइन्छ । सुनौलो गुलाफ तपाईँको परिवारको योजना गर्ने सुरक्षित र आधुनिक उपाय हो । प्रत्येक दिन सुनौलो गुलाब खाएमा प्रभावकारी हुन्छ । सुनौलो गुलाफ पहिलो सन्तान ढिलो जन्माउन र सन्तान बीच जन्मान्तर कायम गर्न प्रयोग गर्न सकिन्छ । – सुनौलो गुलाफ प्याकेटमा देखाएको ९⇨० भएको विन्दूबाट पहिलो चक्की खानुहोस । – दिनहुँ एउटै समयमा प्याकेट ९⇨० चिन्हको संकेत गरे अनुसार एउटा चक्की खानुहोस् जब तपाईँले पहेंलो रंगका चक्कीहरु खाइसक्नु हुन्छ, तब प्याकेट नसकिएसम्म खैरो रंगका चक्कीहरु खानुहोस् । – खैरो रंगका चक्कीहरु सकिएपछि तुरुन्तै अर्को दिनदेखि तपाईँले नयाँ प्याकेटबाट फेरि पहिलेकै क्रममा दिनहुँ चक्की खानुपर्छ । २) निलोकल निलोकन ह्वाइट सुनौलो गुलाफ जस्तै निलोकन ह्वाइट खाने तरिका पनि एउटै रहेको छ । – प्याकेटमा देखाएको चिन्ह ९⇨० भएको बिन्दुबाट पहिलो चक्की खानुहोस । – दिनहुँ एउटै समयमा ,प्याकेटमा ९⇨० चिन्हले संकेत गरे अनुसार एउटा चक्की खानुहोस् । जब तपाईले सेतो रंगका चक्कीहरु खाइसक्नुहुन्छ तब प्याकेट नसकिएसम्म खैरो रंगका चक्कीहरु खानुहोस् । – खैरो रंगका चक्कीहरु सकिएपछि अर्को दिनदेखि तपाईले नयाँ प्याकेटबाट फेरि पहिलेकै क्रममा दिनहुँ चक्की खानु पर्दछ । ३) पिल्स – पिल्स महिलाहरुको भरपर्दो परिवार नियोजनको अस्थायी साधन हो । बच्चा जन्माएका वा नजन्माएका कुनै पनि महिलाहरुले यसको प्रयोग गर्न सक्छन् । – गर्भधारणबाट पूर्णरुपमा सुरक्षित रहनका लागि महिलाले प्रत्येक दिन नबिराई खाने चक्की ९पिल्स०को सेवन गर्नुपर्छ । – खाने चक्कीले डिम्वासयबाट डिम्व निष्काशन हुन नदिई तथा यौन रसलाई बाक्लो बनाएर शुक्रकीटलाई महिलाको डिम्वासयमा पुग्न दिँदैन र गर्भधारण हुनबाट रोक्छ । – पिल्स २१ वटा सेतो र ७ वटा खैरो चक्की मिलेर बनेको हुन्छ जसलाई महिनावारी भएको दिन अथवा ४ दिन भित्र प्रत्येक दिन नविराई खानु पर्छ । – पिल्स चक्की हरेक दिन एकैसमयमा खानु पर्छ । – ७ दिनपछि मात्र प्रभावकारी हुने हुनाले सो अवधि भित्र कण्डमको प्रयोग गर्नुपर्छ। शुरुका २÷३ महिना कसैँकसैमा साधारण टाउको दुख्ने वाकवाकी लाग्ने हुनसक्छ । यसलाई सामान्यरुपमा लिनुपर्छ । ४)  आकस्मिक गर्भ निरोधक खाने चक्की –आकस्मिक गर्भ निरोधक भन्नाले असुरक्षित यौन सम्पर्कबाट अनिश्चित गर्भ धारण हुन नदिन महिलाले खाने चक्कीको मार्फत गर्भ रहन नदिने विधि हो । – सुरक्षित यौन सम्पर्क भएपछि महिलाले जतिसक्दो चाँडो १२० घण्टा भित्रै आकस्मिक गर्भ निरोधक विधि अपनाउनुपर्छ । – आकस्मिक गर्भ निरोधक विधि सधै प्रयोग गर्ने विधि भने होइन । यो आकस्मिक उपाय मात्र हो । – यसको प्रयोग पटकपटक गरेमा गर्भ निरोधक साधनले काम नगर्ने हुनसक्छ । – आकस्मिक गर्भ निरोधक चक्की एक पटक सेवन गरेपछि अर्को पटकको असुरक्षित यौन सम्पर्कबाट सुरक्षा दिदैन । यस्ता चक्की खानाले केही दिन सम्म वाकवाक लाग्ने, बान्ता हुने र रक्तश्राव हुन सक्छ । आकस्मिक गर्भनिरोधक साधन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु आकस्मिक गर्भ निरोधक साधन आपलकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिन्छ । आकस्मिक गर्भनिरोधक साधनलाई नियमित साधनको रुपमा हेर्नु हुँदैन । आकस्मिक गर्भ निरोधक साधन आवश्यक परेको खण्डमा जुनसुकै समयमा पनि प्रयोग गरिने साधनको विकल्पको रुपमा प्रयोग गर्नुहुँदैन । परिवार नियोजनबाट हुने फाइदाहरु परिवार नियोजनको साधन प्रयोग गरेमा धेरै फाइदा हुन्छ । नचाहेको गर्भ नबस्ने हुँदा समस्या हुँदैन । जसले गर्दा श्रीमानश्रीमतीले भविष्य सुन्दर बनाउन सक्छन् । यतिमात्रै होइन आमा स्वस्थ्य भएपछि जन्मने सन्तान पनि स्वस्थ्य हुन्छ । बाबुआमाले सन्तान जन्माएपछि उसको स्याहार, खानेकुरा, लत्ताकपडा, शिक्षादीक्षा र सुन्दर भविष्यको बारेमा ध्यान पु¥याउँन पाउँछन् । सन्तानले पनि आमाबुबाको आवश्यक हेरचाह, सुरक्षा, माया र स्याहारसुसार पाउँछन् । यी कुरामा ध्यान दिन जरुरी परिवार नियोजनका साधन प्रयोगले तपाईँको जीवनमा फाइदा त हुन्छ नै तर प्रयोग गर्ने व्यक्तिले अन्य कुरामा पनि ध्यान दिन जरुरी हुन्छ । परिवार नियोजनका चक्कीहरुले एचआईभी÷एड्स वा अन्य यौनजन्य रोग जस्तै धातरोग वा भिरङ्गीबाट सुरक्षा प्रदान गर्दैन । यदि कसैमा एचआईभी-एड्स वा यौनजन्य संक्रमणको जोखिममा छ भने कण्डमको प्रयोग गरी सुरक्षित रहन सकिन्छ । परिवार नियोजनको साधनहरुको बारेमा नजिकैको स्वास्थ्य संस्थाबाट जानकारी लिएर मात्रै प्रयोग गर्दा राम्रो हुन्छ। एजेन्सीको सहयोगबाट

रक्सी खाएपछि किन हुन्छ ह्याङओभर, कसरी पाउने छुटकारा ?

नयाँ वर्ष आइसकेको छ। पार्टीहरू अझै चल्दैछन्। रक्सीका गिलासहरू एक अर्कासँग ठोक्किँदैछन्। कुनै आफन्तसँग त कुनै साथीहरूसँग। अलिकति धेरै नै पिइँदैछ। तर नतिजा, रातिको पार्टी सकिएपछि टाउको भारी हुन थाल्छ, बान्ता र रिँगटा लाग्न थाल्छ। थकाइ अनुभव हुन्छ। मानिसहरू यसलाई धेरै पिएपछि भएको ‘ह्याङ्गओभर’ हो भन्छन्। हिलसा माछाको अचार खानु, अण्डा खानु वा ओएस्टर खानु, ह्याङ्गओभर हट्छ भन्छन्। अधिक रक्सी पिएपछि प्राय: मानिसहरू ह्याङ्गओभर भएको बताउँछन्। फेरि जो साथीले अघिल्लो दिन धेरै पिउन बल गरेको थियो उसैले भोलिपल्ट ह्याङ्गओभर हटाउने उपायहरू पनि बताइरहेको हुन्छ। तर कुन उपायले तपाईँलाई ताजा बनाउला? त्यस्तो कुनै उपाय छ कि छैन? ह्याङ्गओभरबाट कसरी छुट्कारा पाउने भन्ने समस्या आजको होइन। मिश्रमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो। अर्थात् उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो भोजपत्रमा जुन उपायहरू सुझाइएको थियो, त्यो आजको दिनमा व्यवहारमा लागु गर्न कठिन छ। तर आज पनि ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू बताइन्छ। जस्तै क्यानरी भनिने चराको भुटेको मासु खानु, काँचो अण्डा खानु, गोलभेँडाको रस पिउनु, सस वा त्यस्तै चिज मिलाएर तयार पारिएको ओइस्टर खानु – आदि। रमाइलो कुरा के छ भने यीमध्ये कुनै पनि उपायले धेरै रक्सी पिएर तपाईँले भोगिरहनु भएको ह्याङ्गओभर समस्याको समाधान गर्ने निश्चित छैन। निश्चित समयपछि यो समस्या आफै हराउँछ। त्यसअर्थमा समयसँगै ह्याङ्गओभर हटेर जान्छ। यसको मुख्य कारण के हो भने आजको दिनसम्म ह्याङ्गओभर किन हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन। किन हुन्छ त ह्याङ्गओभर विज्ञानले के भन्छ भने जब अधिक रक्सी पिएर हामीलाई ह्याङ्गओभर भएको अनुभव हुन्छ या भनौँ जब टाउको भारी भएर दुख्न थाल्छ, रिंगटा लाग्छ तबसम्म हाम्रो शरीरमा रक्सीको अंश बाँकी नै हुँदैन। त्यसो भए ह्याङ्गओभर किन हुन्छ? रक्सी इथानोलबाट बन्छ। यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले टुक्रा टुक्रा पारेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ। यीमध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो। यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ। यही एसिटेट रसायन फ्याट्टि एसिड र पानीमा परिणत हुन्छ। केही वैज्ञानिकहरू ह्याङ्गओभर यही एसिटेल्डिहाइडका कारण भएको विश्वास गर्छन्। तर केही अध्ययनहरूले यो रसायनको ह्याङ्गओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ। केही जानकारहरू भने रक्सीमा मिसाइने अरु नै रसायनका कारण ह्याङ्गओभर हुने बताउँछन्। तिनलाई कन्जेनर्स भनिन्छ। ह्विस्की बनाउँदा अन्य धेरै किसिमका तत्वपनि निस्किन्छन्। धेरै पिएपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन्। कडा रङ्गका रक्सीमा यसको मात्रा बढी हुन्छ। त्यसैले बर्बन पिउँदा उत्तिकै भोड्का पिएभन्दा बढी ह्याङ्गओभरको अनुभूति हुन्छ। तर यसको असर व्यक्तिपिच्छे फरक फरक हुन्छ। साथै पिउनुको असर वा ह्याङ्गओभर पनि पिउने मानिसको उमेर र पिएको मात्रा अनुसार भिन्न हुन्छ। थकाइलागेको अनुभव किन हुन्छ वास्तवमा कुनै एक कारणले ह्याङ्गओभर हुँदैन। यसका विविध कारणहरू हुन्छन्। रक्सी पिउँदा हाम्रो शरीरमा हर्मोनको सन्तुलन खलबलिन्छ। यसबेला मानिसहरू अरुबेलाभन्दा धेरै पिसाब गर्न थाल्छन्। यसले उनीहरूको शरीरमा पानीको मात्रा कम हुन पुग्छ। टाउको भारी हुनु वा दुख्नु योसँग पनि सम्बन्धित छ। रक्सी सेवनले निद्रामा पनि असर गर्छ। प्राय: मानिसहरू राति अबेरसम्म रक्सी पिउँछन्। जसको परिणाम स्वरूप उनीहरू पर्याप्त सुत्न पाउँदैनन्। यसैकारण पनि उनीहरू थकान अनुभव गर्छन्। नेदरल्याण्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटर भन्छन्,”धेरै रक्सी सेवन गरेपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले हाम्रो शरीरमा धेरै खराबी नगरोस्। त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अल्मलिएको जस्तो देखिन्छन्।” इन्टरनेटमा ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू लेखिएका भेटिन्छन्। कसैले केरा खाए राहत हुन्छ भन्छन्। किनकि रक्सी पिउनाले शरीरमा भएको पोटासियम नष्ट हुन्छ र केरा खाए त्यसमा भएको पोटासियमले शरीरमा त्यसको कमी पूरा हुन्छ। तर पोटासियमको कमी एक रात रक्सी खाँदैमा हुँदैन, जुन केरा खाएर तुरुन्तै पूर्ति होस्। कोही मानिसहरू ह्याङ्गओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन्। कोही भने पिउनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन्। केही मानिसहरू अण्डा खाने सल्लाह दिन्छन्। अण्डामा हुने एमिनो एसिड भनिने रसायन एसिटेल्डिहाइड टुक्र्याउन प्रयोग हुन्छ। त्यसैले अण्डा खाएर राहत मिल्छ भनिन्छ। तर त्यस्तो तत्व त अन्य खानामा पनि पाइन्छ। अहिलेको लागि भने रक्सी धेरै पिएर हुने समस्याबाट छुट्कारा पाउने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु, धेरै पानी पिउनु र एक चक्की एस्पिरिन लिनु हो। रक्सी पिउनुपूर्व राम्रोसँग खानेकुरा खानु र रक्सी पनि विस्तारै विस्तारै पिए ह्याङ्गओभर कम हुन्छ। र, सबभन्दा राम्रो उपाय त धेरै रक्सी नपिउनु नै हो।

स्वस्थ स्वास्थ्यका लागि योगाका अपत्यारिला फाइदाहरु यस्ता छन्

मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् । तीमध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो– नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त–दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ । योगा र ध्यानमा मानव शरीरका केही यस्ता राज लुकेका छन् जसले हाम्रो डिएनए परिवर्तन गरेर क्यान्सर जस्ता कैयौं घातक रोगहरुबाट टाढा राख्न सक्छ । यस्तोमा वैज्ञानिकहरुले एन्टी इन्फ्लेमेटरी जिन्स पत्ता लगाएका छन् जसले शरीरलाई सक्रिय र स्वस्थमात्रै राख्ने होइन बरु आयु पनि बढाउँछ ।

स्टिम बाथबाट मुटुलाई यस्तो छ फाइदा

स्टिम बाथले छालालाई निकै फाइदा पुर्‍याउँछ । तर, यसको फाइदा छालामा मात्र सीमित छैन । यसले त मुटुलाई स्वस्थ बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अर्थात्, मुटुका लागि पनि उत्तिकै फाइदाजनक छ, स्टिम बाथ । एक अनुसन्धानले प्रमाणित गरेको छ कि नियमित स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको खतरा निकै कम हुन्छ । ० हप्तामा एक दिन मात्र स्टिम बाथ लिनेको तुलनामा दैनिक स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको सम्भावना ६१ प्रतिशत कम हुन्छ । ० ब्रिटेनको युनिभर्सिटी अफ ब्रिस्टोलका सेटर कुनुतसोरले भनेका छन्, ‘नियमित रूपमा स्टिम बाथ लिँदा स्वास्थ्यमा कैयौँ फाइदा पुग्छ । र, यसले स्ट्रोक हुने खतराबाट बचाउन पनि भूमिका निर्वाह गर्छ।’ ० अनुसन्धानकर्ताहरूका अनुसार जति छोटो समयको अन्तरालमा बाफले स्नान गरिन्छ, त्यति नै स्ट्रोक हुने खतरा कम भएर जान्छ । यसको प्रभाव पुरुष–महिला दुवैमा समान हुन्छ । १५ वर्षसम्म गरिएको यस्तो अध्ययनको निष्कर्ष न्युरोलोजी पत्रिकामा प्रकाशित भएको हो । अन्य फाइदा ( छालामा जमेर बसेको विकार पदार्थ पसिनाका माध्यमबाट बाहिर निस्कन्छ । ० स्टिम बाथले छालालाई स्टिमुलेट गर्ने हुँदा छाला, जोर्नीलगायतको दुखाइ निको पार्छ । ० ढाड–कम्मर, जोर्नी दुख्ने, बाथरोग, युरिक एसिड बढेका, पिनास, मधुमेहजस्ता रोगबाट ग्रसितका लागि यो लाभदायक मानिन्छ । ० हप्तामा एकपटक स्टिम बाथ गर्दा स्वस्थ रहन मद्दत पुग्छ । रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसाराइडजस्ता समस्या भएका व्यक्तिलाई पनि यसले फाइदा पुर्याउँछ । एजेन्सीको सहयोगबाट

यस्तो छ दुध र बेसार मिलाएर खानुको अचुक फाइदा

आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ । यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ । त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ । यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यस्ता फाइदा हुन्छन्ः ० दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ। ० बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ । यसबाहेक बाथरोगका कारण हुने सुजनलाई पनि कम गर्दछ। ० दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन्। विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ। ० बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ। यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ। ० दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ। ० अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ। ० आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ । यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ । ० दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ । यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ। ० छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ। ० दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन्। पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ। ० महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ। साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ। सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्द छ। ० चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ। एजेन्सीको सहयोगबाट

खुसी र स्वास्थ्य जीवनको लागि प्रकृतिसँग कसरी एकाकार हुने ?

तपाईं/हाम्रो स्थुल शरीरको निर्माण कसरी भएको छ ? एकपटक ध्यानमग्न भएर सोचौं त । योग विज्ञानले शरीरलाई पाँच तत्वले मिलेर बनेको हुन्छ भन्छ । आकाश, वायु, अग्नी, जल, पृथ्वी । शरीरको रचनालाई बुझ्ने हो भने यसको अद्भूत शक्ति र महत्वलाई पनि हामी अन्दाज गर्न सक्छौं । तर, आफ्नै शरीरका सम्पूर्ण शक्ति र प्रक्रियाबारे हामी अनभिज्ञ छौं । दुःखलाग्दो त के भने शरीरका यी गुण, विशेषता, शक्तिबारे बेखबर रहेरै हामी देहत्याग गर्छौं । अर्थात आफैसँग भएको, आफ्नै शरीरको प्रक्रिया र सामथ्र्यबारे जान्न नपाउँदै हामी भौतिक संसार त्यग्न पुग्छौं । स्मार्टफोन र जीवन भनिन्छ नि, एउटा स्मार्टफोनमा अनेक फंसन हुन्छ । तर, त्यसमध्ये अति आशिंक फंसनबारे हामी जानकारी राख्छौं । कल गर्न, भिडियो/फोटो खिच्न, केही एप्स चलाउन भन्दा अरु केही गर्दैनौं । अर्थात जति मूल्य चुकाएर हामीले स्मार्टफोन खरिद गर्छौं, त्यस अनुरुप स्मार्टफोनको उपयोग गर्दैनौं । किनभने त्यसको सम्पूर्ण उपयोगिताबारे हेक्का नै राखिदैन । ठीक यसैगरी शरीरको रचना र विज्ञान, यसको शक्ति र सौन्दर्य हामी खोज्दैनौ, जान्दैनौ । आफ्नै शरीरसँग के-कस्ता शक्ति छन्, के-कस्ता प्रणाली छन् भन्ने कुरामा थाहा पाउँदैनौ । जबकी हाम्रा पूर्खाहरुले शरीरको महत्व र शक्ति कति छ भन्ने कुरा प्रयोगबाट नै प्रमाणित गरिसकेका थिए । योग-विज्ञान त्यसैको नतिजा हुन् । योग-विज्ञानले शरीरको संरचना र आयमबारे प्रष्ट पारेको छ । यसलाई बुझियो भने शरीर कति अनमोल छ भन्ने कुरा प्रष्ट हुन्छ । शरीरः माटोको रचना शरीर अद्भूत छ । यो प्रकृतिको सुन्दर रचना हो । र, यो माटोबाट प्रस्फुटित एक उन्नत रुप हो । जसरी कुनै सुन्दर बुट्यान, मगमगाउने फूल, रसिलो फल माटोबाट उब्जिएका हुन् । त्यसैगरी शरीर पनि माटोकै रचना हुन् । माटोमा उब्जिएको शरीर माटोमा नै बिलय भएर जान्छ । यो कुरालाई हामीले बोध गर्‍यौं भने यो पवित्र शरीरभित्र अहंकार, दम्भ, लोभ, रिस जस्ता विकारहरु पालेर राख्ने छैनौं । तर, शरीरको रचनाबारे बेखबर भएकाले हामी यी विकारहरु भण्डारण गरेर शरीरलाई अपवित्र तुल्याउँछौं । दुषित तुल्याउँछौं । जसरी वायुमण्डल दुषित भएपछि त्यसले अनेक समस्या निम्त्याउँछ, त्यसैगरी शरीरभित्रका दुषित भावनाले पनि शरीरलाई रोगी एवं जीर्ण बनाउँछ । आधुनिक जीवनशैलीमा जे-जति रोग फैलिएका छन्, त्यसमा धेरैजसो त हाम्रो शरीरभित्रै उब्जिएका छन् । किस्ताबन्दीमा आत्महत्या शरीरभित्र अथाह शक्ति छ । अद्भूत सौन्दर्य छ । तर, हामी शरीरभित्र कहिल्यै प्रवेश गर्दैनौं । बाहिरी सुखभोगको चक्करमा आफ्नो शरीरलाई बेवास्ता गर्छौं । चाहिने-नचाहिने खान्छौं । अप्राकृतिक जीवनशैलीमा रमाउँछौं । यसरी आफ्नै शरीरलाई हेला गर्छौं । अपमान गर्छौं । यसको नतिजा के हुन्छ ? शरीरमा अनेक रोग, कष्ट, पीडा थपिन्छ । गौतम बुद्धलेभ नेका छन्, ‘रोगी शरीर लिएर बाँच्नु भनेको जीवन होइन, केवल पीडाको एक स्थिती हो ।’ योग-विज्ञानले रोगी शरीर लिएर बाच्नुलाई ‘किस्तावन्दीमा आत्महत्या गर्नु’ भनेका छन् । यसर्थ रोगी भएर वा पीडादायक अवस्थामा जीवन गुजार्नु आफैमा एक सजाय हो । यातना हो । यातनाका लागि हिरासतमै पुग्नुपर्छ भन्ने छैन । आफ्नै घरको आरमदायक सयनमा पनि हामी यातनापूर्ण जीवन विताइरहेका हुन्छौं । अतः यस्तो पीडा, यातनाबाट उन्मुक्त भएर उल्लासमय, उर्जामय, सुखमय जीवन विताउनका लागि हामीले प्रकृतिसँग एकाकार हुनुपर्छ । माटोसँग एकाकार हुनुपर्छ । हामी जति धेरै प्रकृतिबाट विमुख हुन्छौं, उत्तिनै पीडा झेल्नुपर्ने हुन्छ । प्रकृतिसँग हातेमालोः जीवन सुखी र निरोगी माटोमा खेल्नुहोस्, बनजंगलमा विचरण गर्नुहोस्, प्रकृतिले दिएको फल, अन्न सेवन गर्नुहोस् । प्रकृतिले हाम्रो शरीरलाई सन्तुलित र स्वस्थ्य राख्न उपयुक्त समयमा विभिन्न फल, अन्न आदि उब्जाउँछ । तर, हामी प्रकृति विरुद्ध जान्छौं । प्रकृतिले पुस-माघमा उब्जाउने फललाई हामी चैत्र-वैशाखमा फलाउने यत्न गर्छौं । प्रकृतिले काँचो खान दिएको खानेकुरालाई तारेर, पकाएर, भुटेर खाने चेष्टा गर्छौं । बनजंगल फाडनी गर्छौं र घरमा प्लाष्टिकको कृतिम फूल सजाउँर्छौं । यसरी प्रकृतिबाट विमुख भइरहँदा हामी रोगको दलदलमा फस्दै जान्छौं । एजेन्सीको सहयोगबाट

काठमाण्डूसहित विभिन्न स्थानमा रुघा-खोकीको नयाँ संक्रमण- लक्षण र जोगिने उपायसहित

काठमाण्डू र अन्य केही स्थानमा सामान्य रुघा-खोकी जस्तो देखिने नयाँ ‘फ्लु टाइप-ए’ नामक भाइरसका बिरामीहरूको संख्या बढिरहेको चिकित्सकहरूले बताएका छन्। राजधानी काठमाण्डू उपत्यका र केही जिल्लामा मौसमी रुघाखोकी जस्तो देखिने ‘फ्लु टाइप-ए’ नामक भाइरसका बिरामी देखापरेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुखले विश्वका हरेक स्थानमा मौसम परिवर्तनका बेला देखापर्ने सङ्क्रमण सामान्य रुघा-खोजी जस्तो देखिने गरे पनि हेलचक्य्राइँ गरिए जोखिम बढ्ने सक्ने बताए। एकै स्थानमा थुप्रै बिरामी देखा नपरे पनि काठमाण्डू उपत्यकासहितका केही जिल्लाका विभिन्न अस्पतालहरुमा ‘फ्लु टाइप ए’ का भाइरल बिरामीहरू देखिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। जोखिम कसरी बढ्छ? सामान्य औषधिले नै ठिक हुने तर लापर्बाही गर्दा ज्यानै जाने हुनाले मौसम परिवर्तन हुने यो बेलामा सतर्क रहन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले आग्रह गरेका छन्। उनले भने, “सास फेर्न गाह्रो हुने, लगातार ज्वरो आउने लक्षण देखिन्छ। सानो बच्चा यदि दूध नै खान नसक्ने अवस्था छ भने तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ।” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रत्येक हप्ता नयाँ नयाँ रोगका बारेमा अध्ययन गर्ने क्रममा यसै हप्ता ‘फ्लु टाइप-ए’ देखापरेको जनाएको हो। मधुमेह दम र अन्य दीर्घरोगी र कमजोर व्यक्तिरूमा भने यसले तुरुन्तै आक्रमण गर्न सक्ने बताइएको छ। महाशाखाका अनुसार गतवर्ष पनि ‘भाइरल इन्फ्लुएन्जा-बी’को संक्रमणका कारण थुप्रै मानिसहरू बिरामी परेका थिए। सावधानी कसरी? अहिले देखिएको ‘फ्लु टाइप-ए’ भाइरसबाट जोगिन भने सामान्य सावधानी नै पर्याप्त रहेको महाशाखा प्रमुख लालको भनाइ छ। उनी भन्छन्, “व्यक्तिगत सरसफाइ सबैभन्दा महत्त्वपूर्ण छ। जस्तै खोक्दा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, भिडमा नबस्ने र तुरुन्त साबुन पानीले हात धुने। यी सामान्य तर एकदमै प्रभावकारी उपाय हुन्। अर्को कुरा रुघाखोकी लागेको छ भने झोल भएको खानेकुरा खानमा जोड दिनु पर्छ।” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘फ्लु टाइप-ए’को संक्रमण बढेको देखिएकोले सतर्कता अपनाउन राजधानी र अन्य जिल्लाका स्वास्थ्य शाखाहरूलाई सचेत गराइसकिएको जनाएको छ। -BBCNepali बाट