के अण्डा र केरा सँग खानु घातक हुन्छ ?

हिजोआज सोसियल मिडियामा एउटा पोष्ट भाइरल भएको छ । अण्डा र त्यसलगत्तै केरा सेवन गरिएको केही सेकेण्डमै भारतका एक व्यक्तिको मृत्यु भएपछि उक्त पोष्ट सोसियल मिडियामा एकाएक भाइरल बन्दै गएको छ ।

उक्त पोष्टलाई आधार मान्ने हो भने अण्डा र केराको मिश्रणले पेटमा गएर विषको रूप लिने गर्दछ । जसका कारण मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले अण्डा र केराकेा सेवन नगर्न सोसल मिडियामा सुझावको ओइलो लागेको छ ।

आखिर अण्डा र केरामा त्यस्तो के छ, जसको सेवनका कारण मानिसको मृत्यु समेत हुनसक्छ भनेर प्रचार गरिन्छ ?

अण्डा र केराका फाइदा

अण्डा तथा केरा हरेक घरमा पाइन्छन्, खाइन्छन् । विशेषगरी जीम जाने तथा शारिरिक व्यायाम गर्नेहरू माझ लोकपि्रय अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ भने फलफूलको रूपमा सेवन गरिने केरामा आइरन तथा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यसबाहेक पनि अण्डा तथा केरा सेवन गर्दा थुप्रै फाइदा हुने गर्छन् ।

केराका फाइदा

केरामा भरपूर मात्रामा आयरन, पोटासियम, फाइबर तथा मिनरल्स पाइन्छ । यो ग्लूकोज तथा प|mुट्रोसको पनि राम्रो स्रोत हो । आइरनले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्छ भने पोटासियमले रक्तसञ्चारलाई सही तरीकाले प्रवाह गर्न मद्दत गर्छ ।

केराको सेवनले ब्लड प्रेसर नियन्त्रण रहनुका साथै तनाव कम गर्न मद्दत गर्छ ।

केराले शरीरलाई रोगहरूबाट बचाउने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा केराको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

अण्डाका फाइदा

प्रोटिनको राम्रो स्रोत मानिएको अण्डामा भरपूर मात्रामा स्याचुरेटेड फ्याट, क्याल्सियम, अमिनो एसिड तथा भिटामिन ‘डी’ समेत प्रशस्त मात्रामा पाइन्छ ।

यसको सेवनले शरीरको स्टामिना बढाउनुका साथै मांशसपेशीलाई बलियो बनाउन मद्दत गर्दछ ।

के यी दुईको सममिश्रण शरीरका लागि घातक छ ?

चिकित्सकहरूका अनुसार केरा र अण्डा एकैसाथ खानु हुँदैन भन्ने कुनै वैज्ञानिक आधार छैन ।

तथापि विभिन्न किसिमको कीटनाशक औषधीको प्रयोग तथा केरालाई पकाउनका लागि गरिने विभिन्न औषधीको प्रयोगका कारण औषधीको डोज धेरै भएमा त्यस्ता औषधीले मानव शरीरलाई असर पार्दछ ।

व्याक्टेरिया तथा संक्रमित अण्डाको सेवनका कारण पनि शरीरमा फुड प्वाइजनिङको समस्या निम्तने गर्दछ । जसका कारण मानव शरीरमा गम्भीर समस्या निम्तेर मानिसको मृत्यु सक्ने ओम अस्पताल तथा रिसर्च सेन्टरका पोषणविद् डा. भूपाल बानियाँ बताउँछन् ।

बानियाँ भन्छन्, ‘खानेकुरा खाएकै कारण मानिसको मृत्यु हुन्छ भन्ने कुराको तर्क छैन । यद्यपि प्रत्येक मानिसको शरीर फरक हुने तथा त्यसले गर्ने काम समेत फरक हुने भएकाले कसैलाई त्यही कुराले फाइदा गर्छ भने कसैलाई हानिनोक्सानी पुर्‍याउन सक्छ ।’

अण्डा तथा केरा खाएकै कारण मानिसको मृत्यु हुन्छ भन्नु सही नभएको बानियाँ बताउँछन् । उनका अनुसार कयौ मानिसलाई अण्डाको एलर्जी हुने गर्दछ । अण्डाको एलर्जी भएका व्यक्तिले अण्डाको सेवन गरेमा उनीहरूलाई चिलाउने, घाउ खटिरा तथा विविरा आउने, पेट दुख्ने तथा फुल्नेजस्ता समस्या देखा पर्न सक्छन् ।

त्यस्तै, कसैलाई ग्लूटेन मिसिएको खानेकुराको कारण एलर्जी हुनसक्छ भने कसैलाई मिल्क प्रोटिनका कारण दूधको एलर्जी हुनसक्छ ।

र, त्यही एलर्जीका कारण मानिसको मृत्यु समेत हुनसक्दछ ।

त्यसो भए अन्य कुनै खानाको मिश्रणले पनि यस्तो समस्या उत्पन्न हुनसक्छ ?

यस प्रश्नमा चिकित्सकहरू संसारमा त्यस्ता कुनै मिश्रण नभएको बताउने गर्छन् । डा. बानियाँ भन्छन्,’ मेडिकल साइन्समा यस्तो कुनै मिश्रण छैन, जसको सेवन गरेकै कारण मानिसको मृत्यु हुन्छ । यद्यपी, फिजिकल , बायोलोजीकल तथा केमिकल्स मिसावटयुक्त खानेकुराकेा सेवनका कारण भने मानिसको मृत्यु सक्ने कुरालाई भने नर्कान सकिदैन’ ।

विशेषगरी, फिजिकल मिसावट अन्तर्गत खानामा रौ, चुरा आदी मिसाएको कारण त्यसले आन्द्रामा समस्या निम्त्याउन सक्दछ । जसका कारण शरीरमा गम्भीर समस्या उत्पन्न भई मानिसको मृत्यु समेत हुन सक्छ ।

त्यसैगरी, जैविक मिसावट अन्तर्गत वासी, सडेगलेका, ढुसीयुक्त तथा व्याक्टेरियायुसक्त खानेकुरा पर्दछ । केमिकल्स कन्ट्यामिनेशन अन्तर्गत विभिन्न रसायन, किटानशक औषधी तथा माछामा प्रयोग गरिने फर्मालाईन नामक औषधी भन्ने बुझिन्छ । यस्ता मिसावटको प्रयोग खानामा अधिक भएमा यसले स्वास्थ्यलाई गभीर समस्या पुर्‍याउन सक्छ ।

यस हिसाबले कुनै व्यक्तिको शरीरमा कुनै तत्वले असर पार्न त सक्दछ । तर यो कुरा सबैमा लागु नहुने भएकाले यस कुरालाई भने विशेष मनन गर्न समेत उनले अनुरोध गरेका छन् ।

जन्मान्तर कति हुनु अामा र शिशुको लागि फाइदा हुन्छ ?

आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भाधारण गर्नु उचित हुने एउटा नयाँ अनुसन्धानले जनाएको छ। ती अनुसन्धानकर्ताहरूका अनुसार हाल विश्व स्वास्थ्य संगठनले भन्ने गरेको जस्तो त्यसको निम्ति १८ महिनासम्म कुर्न भने जरूरी छैन । गर्भधारणमा उचित अन्तर नराखे त्यसले समय अगावै शिशुको जन्म हुने, साना आकारका शिशु जन्मने र मातृ तथा शिशु मृत्युदर बढाउने खतरा निम्त्याउन सक्छ । नयाँ अनुसन्धानका निष्कर्षले बढी उमेरका महिलाहरूलाई खुशी दिने अनुसन्धानकर्ताहरूले ठानेका छन्। ब्रिटिश कोलम्बिया विश्वविद्यालय तथा हार्भाड टिएच चान स्कूल अफ पब्लिक हेल्थद्वारा क्यानाडामा डेढ लाख सुत्केरीहरूमा गरिएको अनुसन्धानको निष्कर्ष जामा इन्टरनल मेडिसिनमा प्रकाशन गरिएको छ। सो निष्कर्ष अनुसार सुत्केरी हुनु र अर्को गर्भधारण गर्नुका बीच १२ देखि १८ महिनाको अन्तर राख्नु उत्तम हुन्छ। जबकि विश्व स्वास्थ संगठनको विद्यमान निर्देशिकाले त्यस्तो अन्तर कम्तीमा १८ महिनादेखि २४ महिना हुनुपर्ने भन्छ। बीबीसीबाट

यस्तो छ भिटामिन ‘बी’ को कमीबाट हुने समस्या !

हामीले दैनिक खाने खानामा भिटामिन ‘बी’ हुनु अति आवश्यक छ । भिटामिन ‘बी’ पानीमा घुलनशील भिटामिन हो । यसको कमीबाट शरीरमा अनेक रोग लाग्छन् । अनुसन्धानकर्ताहरुले भिटामिन ‘बी’का थुप्रै प्रकारको खोजी गरिसकेका छन् । सबैलाई मिलाएर भिटामिन बीकम्प्लेक्स भनिन्छ । यी सबै एक अर्कासँग अन्तर सम्बन्धित हुन्छन् । भिटामिन ‘बी’ को कमी भएमा स्मरणशक्ति कमजोर हुनुका साथै थकान महसुस हुने र डिप्रेसन पनि हुन सक्छ । स्वस्थ रहन तथा शरीलाई सुचारु गर्न भिटामिन र सूक्ष्म पोषणको जरुरी हुन्छ । भिटामिन ‘बी’ कम्प्लेक्सले शरीरमा मेटाबोलिज्म बढाउँछ । मेटाबोलिज्मले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ । यसले डिएनए बनाउन पनि सहयोग गर्छ । राता रक्त कोष निर्माण पनि भिटामिन ‘बी’ कम्प्लेक्सले गर्छ । यसले शरीरका विभिन्न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ । कमी भए के हुन्छ ? हात–खुट्टा झमझम गर्ने, पोल्ने स्मरण शक्ति ह्रास हुने कमजोरी महसुस हुने थकान डिप्रेसन निद्रा कम पर्ने शरीरमा राता टाटा देखापर्ने रिंगटा लाग्ने पाचन प्रक्रियामा समस्या आउने आँखा कमजोर हुने भिटामिन बी कम्प्लेक्सको स्रोत मासु तथा दुग्ध जन्य पदार्थ जमिनभित्र फल्ने फल–आलु, गाँजर, मुला, सलगम, तरुल आदि गोलभेंडा, गहुँको पिठो, हरियो साग, बदाम, ओखर, पालिस नगरिएको चामल, सुपारी, अंगुर, हरियो केराउ, दाल, मेवा, नरिवल, पेस्ता, दही, बन्दाकोभी, माछा, अण्डाको सेतो भाग आदि । भिटामिन ‘बी’का बहुरुप भिटामिन बीबिभिन्न रुपमा पाइन्छ । बी १, बी २, बी ३ र बी १६ । यी चार तत्वको सम्मिलित रुप नै भिटामिन ‘बी’ कम्प्लेक्स हो । भिटामिन ‘बी’ को पहिलो सदस्य ‘थाइमिन’हो । त्यसैले यसलाई बी १ भनिन्छ । यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोध क्षमता बढाउँछ । बी १ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ । यसको कमीले मानसिक समस्या पनि हुन्छ । यो चामल, गहुँ, जौं, भटमास, केराउ, बदाम आदिमा पाइन्छ । भिटामिन बी २ लाई ‘राइबो फ्लोबिन’पनि भनिन्छ । यो मुख र आँखाका लागि आवश्यक हुन्छ । यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ । बी २ यो दूध, दही, विभिन्न अनाज, हरियो सागसब्जीमा पाइन्छ । भिटामिन बी ६ लाई ‘पाइरीडाक्सिन’ भनिन्छ । यो छालाका लागि आवश्यक हुन्छ । यो अनाज, दूध, कलेजो, मासु आदीमा पाइन्छ । भिटामिन बी १२ को रासायनिक नाम ‘सायनोकाबालामीन’हो । यो छाला, हड्डी, कोशिका तथा मांसपेशीका लागि आवश्यक हुन्छ । यो मासु, माछा, अण्डा आदिमा पाइन्छ । भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटिन, प्यान्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ । यसलाई स्थायी भिटामिन भनिन्छ । मासुलाई ४५ मिनेट उमाल्दा पनि करिब ७० प्रतिशत भिटामिन सुरक्षितरुपमा बच्छ । गाईको दूधलाई २ देखि ५ मिनेटसम्म उमाल्दा पनि २५ देखि ३० प्रतिशतमात्र नष्ट हुन्छ । यसले ऊर्जा र क्षमता बढाउँछ भने मस्तिष्कलाई स्वस्थ राखी एकाग्रता बढाउँछ । यस्तै, भिटामिन बी १२ ले तनाव र अनिद्रा हटाउनुका साथै रोग प्रतिरोधी क्षमतालाई पनि बढाउँछ । कोशिकाको विकास र मर्मतका लागि पनि यो जरुरी छ । एजेन्सीको सहयोगबाट

किन चिलाउँछ गुद्द्वार, के संकेत दिन्छ यसले ?

काठमाडौंः  गुदद्वार चिलाउने समस्या प्रायश: देखिने समस्या हो । गुदद्वार अनि त्यस वरिपरिको छाला चिलाउँछ र कतिपय समयमा त यो यति तीव्र हुन्छ कि नकन्याई बस्नै सकिँदैन । यस्तो स्थितिले असजिलो स्थितिसमेत निम्त्याउन सक्छ । गुदद्वार चिलाउने यस्तो स्थितिलाई Pruritus ani भनिन्छ । चिलाउनुका साथै कतिपय स्थितिमा पोल्ने अनि दुख्ने वा जलन हुने पनि हुन सक्छ । कारणअनुसार यी लक्षणमा भिन्नता हुन सक्छन् । यसरी गुदद्वार चिलाउने कतिपय समस्याको चिकित्सकीय उपचार आवश्यक नपर्न सक्छ, तर विशेष गरी कडा किसिमको वा एक महिनाभन्दा बढी समयसम्म निरन्तर यसरी चिलाए वा गुदानलीबाट रगत आए चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । गुदद्वार चिलाउने प्रमुख कारणहरूका सम्बन्धमा छोटकरीमा चर्चा गरौं । १. छालामा विभिन्न कारणले हुने जलनले यस्तो समस्या निम्त्याउन सक्छ । घर्षण अनि बढी कसिलो हुँदा पनि यस्तो हुन सक्छ । सुगन्ध युक्त पदार्थ, रङ्ग वा छालालाई कोमल बनाउने तत्व भएका साबुन, ट्वाइलेट पेपरजस्ता कुराले पनि गुदद्वारमा जलन हुने वा चिलाउने हुनसक्छ । यस्ता सामानको अधिक प्रयोगले समस्यालाई बढाउन सक्छ । २. पखाला धेरै लाग्दा पनि यस्तो हुन सक्छ । थाहै नपाई दिसाको केही मात्रा गुदद्वार क्षेत्रमा रहँदा पनि यस्तो समस्या हुन्छ । ३. गुदद्वार क्षेत्रमा भएका रक्तनशा फुलेर दिसा गर्दा नदुखे पनि रगत देखा पर्ने स्थितिमा पनि गुदद्वार चिलाउन सक्छ । ४. संक्रमण र कतिपय यौन रोग पनि गुदद्वार चिलाउने कारण हुनसक्छ । बाल्यावस्थामा चुर्ना (pinworm) पर्दा गुदद्वार चिलाउने धेरैले अनुभव गरेका हुन्छन् र एकै घरका वयस्कमा पनि चुर्नाको समस्या हुन सक्छ । ढुसीको संक्रमण, जुन योनि चिलाउने एउटा प्रमुख कारण हो, पनि गुदद्वार चिलाउने कारक हुनसक्छ । ५. छालाको समस्या जस्तै psoriasis वा contact dermatitis जस्तो स्थितिमा पनि गुदद्वार चिलाउन सक्छ । ६. अति नै विरलै हुने गुदद्वारको ट्युमर पनि यसको कारण हुन सक्छ । समस्या के त ? अब तपाईंलाई के भएको होला भन्ने मूल प्रश्नमा आऔं । तपाईंले दिनु भएको सीमित जानकारीका आधारमा यसै भन्न सकिने स्थिति छैन । माथि उल्लेख गरिएका गुदद्वार चिलाउने केही स्थिति तपाईंलाई नै थाहा भएकाले त्यसैअनुरूप आफूलाई के भएको हो, अनुमान गर्न अनुरोध गर्छु । गुदामैथुन गर्दा यौनसंक्रमण हुन सक्छ, जसले गर्दा गुदा चिलाउँछ । अब गुदामैथुन र यौन सक्रमणका बारेमा केही कुरा गरौं । गुदामैथुन र यौन संक्रमण धेरैजसोले यौन सम्पर्क भन्नाले योनि–लिङ्ग मैथुनलाई मात्र सम्झन्छन् । यौनसम्पर्क योनि–लिङ्ग मात्र नभई मुख–मैथुन वा गुदा–मैथुन पनि हुनसक्छ । सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौनसाथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौनसम्पर्कलाई गुदामैथुन भनिन्छ । धेरै मानिसले गुदामैथुन भनेकै समलिङ्गी यौनव्यवहार हो भन्ने मान्छन् तर वास्तविकता के हो भने यो समान लिङ्गीहरू तथा विपरित लिङ्गी अर्थात् पुरुष तथा महिलाको विच पनि हुन सक्छ । वैवाहिक जोडी बीच पनि यस्तो किसिमको यौनव्यवहार हुने गरेको तथ्य अहिले जग जाहेर छ । मानिसले किन गुदामैथन गर्छन् भन्ने कुराको जवाफ पाउन सजिलो भने छैन, तर भिन्न भए पनि यसले प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहारकै रुपमा मान्यता पाएको छ । फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरका अन्य अङ्गहरूभन्दा बढी यौन संवेदनशील हुन्छन् । योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन्, जुन यौन संवेदनशील हुन्छन् । यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ । गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई anal eroticism भनिन्छ । लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई anal orgasm भनिन्छ । अर्कातिर कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्य भन्दा फरक किसिमको कार्य गर्दा एउटा विशेष प्रकारको आनन्द एवं रोमाञ्चताको अनुभव गर्छन् । गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनी मानसिक रूपमा रोमाञ्चको अनुभव गर्छन्, त्यसैले पनि यस किसिमको यौन सम्पर्कका लागि लालायित हुन्छन् । विचार गर्नुपर्ने कुरा के भने योनिको भन्दा गुदद्वारको संरचना निकै फरक हुन्छ । गुदद्वार यौनसम्पर्कका लागि प्राकृतिक रूपमा बनेको अंग होईन । योनिमा यौन उत्तेजना भएपछि यौनसम्पर्कलाई सजिलो बनाउन योनिरस आएजस्तो रस त्यसबाट आउँदैन । गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ । बाहिरी मांसपेशीलाई चाहेअनुरूप संकुचित वा खोल्ने (खुकुलो पार्ने) गर्न सकिन्छ भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन । लामो अभ्यास पछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो तुल्याउन सकिन्छ । गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे यो मांसपेशी बेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ र चोट पनि लाग्न सक्छ । गुदामैथुन गर्दा पानीमा घुल्ने चिप्लो पदार्थ जस्तै कि K-Y Jelly वा पर्याप्त थुक प्रयोग गर्न सकिन्छ । गुदामैथुन गर्न तपाई आफू मानसिक रूपमा तयार हुनुपर्छ । यसका बारेमा दुवैले राम्रोसँग कुराकानी गरी यौनसुख प्राप्तिमा दुवैको सहभागीता होस् भन्ने कार्यमा लाग्नुपर्छ । यसमा जोर जबरजस्ती गरिनु हुँदैन । यदि यौनसाथीमा संक्रमण छ भने कुुनै पनि यौनसम्पर्कमा जस्तै त्यो सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुन गर्दा पनि सर्छन् । एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि–लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमयुक्त मानिन्छ । यसलाई निदान गर्न चिकित्सकसँग सम्पर्क राख्नुहोला । संक्रमण हुन नदिन कन्डम प्रयोग गर्नु उत्तम उपाय हो ।

टाइफाइड : यसबाट लक्षण र बच्ने उपाय के के हुन् ?

बाल्यवस्थामा लगभग हामी सबैजसोले एकपटक टाइफाइड रोगको अनुभव गरेका हुन्छौँ । अङ्ग्रेजीमा टाइफाइड शब्दको अर्थ ‘टाइफसजस्तै लाग्ने’ भन्ने हुन्छ। यो रोग लागेको बेलामा टाइफस रोगको लक्षणहरू जस्तै लक्षणहरू देखापर्ने भएकोले यसलाई टाइफाइड नामाकरण गरिएको हो । टाइफाइडलाई म्यादी ज्वरो तथा आन्तरिक ज्वरोको नामले पनि चिनिन्छ । यो ज्वरो साल्मोनेला टाइफी (मुख्य) र पाराटाइफी ‘ए’, ‘बी’ तथा ‘सी’ प्रजातिका ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ । तुलनात्मकरूपमा एशियामा टाइफाइडका बिरामी बढी हुने गर्छन् । त्यसपछि अफ्रीकी मुलुकहरू दोस्रो नम्बरमा आउँछन् । एशियन मुलुकहरू जस्तै बंगलादेश, चीन, नेपाल, इन्डिया, इंडोनेशिया, लाओस, भियतनाम आदिले ८०५ रोग ओगट्छन् । असार, साउन र भदौ अर्थात् वर्षायाममा यो रोगको सङ्क्रमण बढ्दछ । दूषित पानी, खानाका माध्यमबाट सर्ने यो रोग मानिसको व्यक्तिगत सरसफाइ तथा वातावरणीय सरसफाइसँग प्रत्यक्षरूपमा सम्बन्धित छ । त्यसैले विकासोन्मुख देशहरूमा यो रोग एउटा स्वास्थ्य चुनौती पनि हो। टाइफाइड रोगको कीटाणु जब दूषित पदार्थसँगै निलिन्छ तब यो पेट हुँदै आन्द्रासम्म पुग्दछ । सामान्यतया पेटमा हुने अम्लीय रस र शरीरको प्रतिरक्षा प्रणालीले यी कीटाणुलाई मार्दछ र रोग लाग्नबाट बचाउँछ । तर, यसबाट फुत्किन सफल भएमा मेसेन्टेरिक लिम्फ नोड र त्यहाँबाट कलेजो, हाडको मासी, फियो, थोरासिक डक्टमा गएर बस्छन् जहाँ प्रजननद्वारा आफ्नो संख्या वृद्धि गर्छन् । त्यसपश्चात यहाँबाट सीधा रगत र टार्गेट अंगहरूमा पुग्दछन् । पित्तथैलीमा पुग्ने पनि रगत वा पित्त रसको माध्यमबाट हो । पित्तले ब्याक्टेरियाको लागि सहज वातावरण बनाउँछ। यसमा ब्याक्टेरिया लामो समयसम्म बाँच्न सक्छन् । उक्त व्यक्तिले जीवनभर अरूलाई टाइफाइड सार्न सक्ने क्षमता राख्दछ किनकी हरेक पटक पित्त (जसले पाचन रसको काम गर्छ) दिशासँगै मिसिएर र ब्याक्टेरिया पित्तसँगै मिसिएर बाहिर निस्कन्छ । पिसाबमा पनि कीटाणु मिसिएका हुन्छन् । गलत के नबुझौँ भने, यस्तो बेलामा सबै मानिसमा लक्षण देखा पर्नै पर्छ भन्ने चाहिँ होइन । बिना लक्षण पनि मान्छेले टाइफाइड सार्न सक्छन्। कस्ता–कस्ता लक्षणहरू देखिन्छन् त टाइफाइड हुँदा ? संक्रमण छ देखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्द देखि गम्भीर प्रकृतिका हुने गर्दछन् । रोगको पहिलो हप्ता ० पाचन प्रणाली संग सम्बन्धित लक्षण जस्तै पेट दुख्ने, कब्जियत हुने ० बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो ० फुको खोकी लाग्ने ० टाउको दुख्ने ० बढ्दो आलस्यता ० कन्फ्युज हुने आदि। र हप्ताको अन्त्यमा, ० लगातार उच्च ज्वरो (१०३–१०४ डिग्री फरेनहाइट) ० केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग (२–५ दिन पछि हराउँछ) यति हुँदासम्म पनि बिरामीले उपचार नपाएमा, रोगको दोस्रो हप्ता ० माथीका लक्षण बढ्दै जाने ० पेट फुलिने ० फियो सुनिने ० मुटुको गति सापेक्षीक रूपमा घट्ने रोगको तेस्रो हप्ता ० उत्तिकै ज्वरो ० खाना पटक्कै खान मन नलाग्ने ० शरीरको तौल घट्ने ० आँखामा इन्फेक्सन ० छिटो छिटो सास फेर्ने ० कमजोर नाडी ० हरियो–पहेँलो (केराउको सुपजस्तो) एकदम गन्हाउने पातलो दिशा ० अनुहारबाटै सिरियस बिरामी देखिने ० दिग्भ्रमित हुने ० मानसिक सन्तुलन गुमाउने आदि। यदि अवस्था अझै गंभीर हुँदै गए पेयर्स प्याचेज कुहिने अनि आन्द्रामा प्वाल पर्ने हुन्छ। जसले गर्दा भित्र धेरै रगत बगेर वा इन्फेक्सन (पेरिटोनाइटिस) भएर बिरामीको मृत्यु हुनसक्छ । कथम कथाचित बिरामी बाँची हालेमा, रोगको चौँथो हप्ता ० ज्वरो, मानसिक स्थिति र पेट फुल्न विस्तारै ठीक हुन थाल्छ ० तौल बढ्न र स्वास्थ्य पुनः पहिले जस्तो हुन लामो समय लाग्छ ० यो रोग अरूलाई सार्न सक्ने क्षमता जीवनभर राख्न सक्दछ। नोटः टाइफाइडका लक्षणहरू सधैँ माथी दिए जस्तै हुन्छन् भन्ने होइन । लक्षणहरूको एकदम अनियमित खालको प्रस्तुति रहन सक्छ। रोगको निदान यस रोगको निदान लक्षणहरूको आधारमा नै गरिन्छ। तर प्रमाणको लागि कल्चरबाट ब्याक्टेरिया छुट्याउनु पर्ने हुन्छ। हाडभित्रको मासी, रगत, दिशा आदिलाई परीक्षण तथा कल्चरको लागि प्रयोग गरिन्छ।आन्द्रामा प्वाल परेनपरेको पत्ता लगाउन एक्स(रे, सिटीस्क्यान, एमआरआइ पनि गर्न सकिन्छ। रोग निदानका लागि विडाल टेष्ट वर्षौसम्म प्रयोगमा रह्यो तर प्रमाणका लागि कल्चर गर्नै पर्ने तथा उक्त टेष्टको sensitivity र specificity कम हुनाले आजकल प्रयोग हुन छाडेको छ। उपचार एम्पिरिकल ब्रोड इस्पेक्ट्रम यान्टिबायोटिक, रोग प्रमाणित हुनु भन्दा अगाडि चलाइन्छ भने टाइफाइड भन्ने प्रमाणित भइसकेपछि न्यारो इस्पेक्ट्रम यान्टिबायोटिक चलाइन्छ । एन्टिवायोटिक जुन पायो त्यही र जति पायो त्यति डोजमा सेवन गर्दा प्रतिरोध विकसित भइ पछि उही एन्टिवायोटिकले पनि काम नगर्ने हुन्छ र निको हुन त्योभन्दा कडा चाहिने हुन्छ जुन आफैँमा एउटा ठूलो समस्या हो ।े प्रायः बिरामीको उपचार ओपिडिबाट नै हुन्छ र बिरामीलाई राम्रोसँग वैज्ञानिक तरिकाले हात धुन सिकाइन्छ साथै घरको लागि खाना नबनाउन सल्लाह दिइन्छ । बिरामीको दिशा पिसाब उपयुक्त ठाउँमा मात्र विसर्जन गर्न सल्लाह दिइन्छ। यी कुराहरूले रोग अरूमा सर्नबाट बचाउँछ । हस्पिटलमा भर्ना भएका बिरामीहरूलाई पनि रोग सार्न सक्ने स्थितिमा छन् भने अरूबाट अलग्गै राखेर उपचार गरिन्छ। आन्द्रामा प्वाल पर्नु (आन्द्राको केही भाग काटेर फालिदिने) तथा यान्टिबायोटिकले पित्त थैलीको ब्याक्टेरिया मार्न नसक्नु (पित्तथैली निकालेर फालिदिने) अपरेसन गर्नुपर्ने स्थितिको सिर्जना हुनु हो । प्रशस्त मात्रामा पानी र झोलीलो खाना खाने, आराम गर्ने जसले रोग चाँडो निको हुन सहयोग गर्दछ। रोकथामका उपायहरू ० यो रोगबाट बच्न सफा खानेपानीको व्यवस्था, सरसफाइ र साबुन पानीले राम्रोसँग हातधुने जस्ता कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ। ० यदि कसैलाई टाइफाइड लागेको छ भने उसको सङ्क्रमण हटेको स्पष्ट रूपमा प्रमाणित नभइञ्जेलसम्म उसलाई अन्य मानिसको लागि खाना तयार पार्ने काम दिनु हुँदैन। ० टाइफाइडविरुद्धको खोप लगाएर दुई वर्षसम्म ३० देखि ७० प्रतिसत रोग लाग्नबाट बचाउन सकिन्छ। यो खोपको केही प्रभावकारीता सात वर्षसम्म रहन्छ। ० टाइफाइडको उच्च जोखिममा रहेकाहरू वा प्रकोप रहेका स्थानहरूमा भ्रमणका लागि जानुभन्दा पहिला यो खोप लगाउन सुझाव दिइन्छ। रोचक तथ्यहरू १. अमेरिकी महिला कुक म्यारी म्याल्लोन (टाइफ्वोइड म्यारी) लक्षण बिना यो रोग सार्ने (५१ जनालाई जसमध्ये ३ जनाको मृत्यु भयो) पहिलो ब्यक्ति हुनुभयो। २. सन् १९८९ मा अंग्रेजी भाषाका कवि जेराल्ड म्यान्ली हप्किन्सको टाइफाइडका कारणले मृत्यू भएको थियो। ३. सन् १९८६ को अस्ट्रेलियन क्रिकेट टिमका क्याप्टेन डा. एच् जे एच्  टुपु स्कट, इंगल्याण्ड टुरमा जाँदा सन् १९१० मा टाइफाइडबाट मरेका थिए। ४. जापानी मेडिकल वैज्ञानिक हाकारू हासिमोटोको मृत्यु पनि टाइफाइडका कारणले सन् १९३४ मा भएको थियो। ५. गायक लाउर्डेज भान डुनेम् टाइफाइडले सन् २००६ मा मरेका थिए। एजेन्सीको सहयोगबाट

यौन स्वास्थ्य दुरुस्त राख्ने हो भने यी खानेकुरा भुलेर पनि नखानुहोस्

यस्ता केही खानेकुरा हुन्छन्, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । यी खानेकुराको बढी प्रयोगले शरीरमा कमजोरीपना आउने, मोटोपना बढ्ने, मुटु तथा मृगौलामा समस्याहरु आउने हुन सक्छन् । भारतीय एक आयुर्वेदका विशेषज्ञ डा. एस के यादवका अनुसार यी १० खानेकुरा जुन मर्दले खान नहुने अर्थात कम खानुपर्ने बताएका छन् । पुदिना : पुदिनामा मेंथोल नामक तत्व हुन्छ । यसको बढी प्रयोगले विपरीत लिङ्गीप्रति यौन प्रदर्शनमा प्रभाव पार्छ । डेरीजन्य उत्पादन कम खानुस् : सन् २००३ मा जोन होपकिन्स विश्वविद्यालयको एक अनुसन्धानका अनुसार डेरीजन्य खाने कुराको बढी प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना बढी हुने गरेको पाइएको छ । चिल्लो तथा जंक फुड : बढी मात्रामा चिल्लोपना तथा बाहिर राखिने जंक फूडको सेवनले कोलेस्ट्रोलको मात्रा बढ्ने क्यालिफोर्निया विश्वविद्यालयको एक शोधमा उल्लेख गरिएको छ । कफी तथा कोल्ड ड्रिङ्कस् : कफी तथा गर्मी महिनामा खाइने चिसो पेय पदार्थको सेवन पनि हानिकारक हुने गरेको एक अध्ययनले देखाएको छ । यसको बढी प्रयोगले बीर्य उत्पादनमा कमी आउँछ । अल्कोहल : अमेरिकाको नेशनल इन्सटिच्युट अफ हेल्थका अनुसार अल्कोहलले पुरुषमा हुने सन्तानोत्पादनको क्षमतामा ह्रास आउँछ । एजेन्सीको सहयोगबाट

यी हुन गर्मी महिनामा खान हुने र नहुने ?

गर्मी मौसममा के खाने के नखाने। शरिरमा पानीको कमी हुन नदिन र स्वास्त रहन ध्यान दिनुपर्ने कुराहरु गर्मी महिना शुरु भएको छ। गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनुपर्छ । गर्मी मौसममा डि–हाइड्रेसन (जल विनियोजन), भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मिमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनैपर्छ । यो स्थितिबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ। गर्मी महिनामा खानुहोस् यी खानेकुरा, जसले तपाईलाई शरिरमा पानीको कमी हुन दिने छैन र स्वस्थ राख्ने छ । के खाने ? पानीः गर्मीमा प्रशस्त पानी पिइएन भने डि–हाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनुहुँदैन । गर्मी महिनामा घामको सीधा असर हुने भएकाले शरीरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोतलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ । मकैः गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ । तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । यसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । यसर्थ, मकै खाने सिजन शुरु भएपछि भने टन्नै हरिया मकै खान पाठकलाई सुझाव दिइन्छ । साथै, यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ। मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ। गोल्भेडाः त्यस्तै गर्मी महिनामा गोल्भेडालाई पनि अत्यधिक उपभोगमा ल्याउनु श्रेयस्कर हुन्छ । गोलभेँडामा लाइसोपेन नामक तत्व पाइन्छ । यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ । तर ख्याल गर्नुहोस्, कतिपय ठुला जातका गोल्भेडाहरुमा बढी विसादी प्रयोग भएका हुनाले केही घण्टा गोल्भेडालाई पानीमा भिजाएर या डुबाएरपछि मात्र जुस, पेष्ट या अचार बनाएर खानुहोला । गाजरः त्यस्तै एउटा अनुसन्धानले एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पुर्याउने जोखिम ५० प्रतिशत कम भएको पत्ता लगाएको थियो। सिधै गाजर खाँदा त झनै राम्रो। तर ख्याल गर्नुहोस्, गाजरमा विभिन्न चिरा परेका ठाउँमा फोहरहरु रहने भएकाले तीनलाई राम्रोसँग खुर्केर र पखालेर मात्र खानुहोला। खरबुजाः खरबुजा पनि गर्मीको मौशममा प्रशस्त पाइन्छ । शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठीक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफुलको प्रयोग आवश्यक छ । गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन । काँक्रोः काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ । दहीः यो समयमा संक्रमणको जोखिम उच्च हुने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरु निम्तिने डर हुन्छ । गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ । पुदिनाः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ । के नखाने ? मसालेदार खानेकुरा चीया, कफी बाँसी, सढेगलेका खानेकुरा, चिल्लो पीरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा जाँड रक्सी र सूर्तिजन्य पदार्थ तेलबाट बनेको खानेकुरा गर्मि मौसममा हामीले तेल बाट बनेको वा तेलमा फ्राई गरेको खान नखाने यदि तेल बाट बनेको परिकार खाएमा मेटाबॉलिज्म बिग्रन सक्छ जसका कारण बिरामी हुने सम्भावना रहनछ । माछा कम खानेः गर्मी मौसममा माछा कम खाने किन कि माछाले गर्मिमा शरीर लाई हिट बनाउछ र शरीरबाट पसिनाको मात्र बढी निकाली दिन्छ र हाम्रो शरीरको पाचन प्रणाली बिगारी दिन्छ त्यस कारण माछा कम खानु पर्छ । जंक फूड (चाउचाउ, लेज, कुरकुरे लगायत) र फास्ट फूड एस्ता खानेकुरामा चिल्लो बढी र पौष्टिक तत्व कम हुन्छ र चिल्लोको मात्रले हामीलाई निकै असर गर्ने भएकाले हामी यी खानेकुरा बाट परै रहनुपर्छ । अन्डा कम खाने गर्मि मौसममा अन्डा खानाले इंफेक्शन गर्ने खातारा हुने भएकाले अन्डा कम खानु राम्रो हुन्छ । रातो मासुः रातो मासुमा बढीमात्रामा बोसो भएका कारण गर्मीमा यसले कोलेस्टेरोल बढाउँछ । कोलेस्टेरोलकै कारण पेट सफा नरहने अनि झाडापखाला लाग्ने गर्दछ । एजेन्सीको सहयोगबाट

बढ्दो गर्मीसँगै यी कुराहरुमा विशेष ध्यान दिनुहोस्

गर्मी मौसममा छालाको स्वास्थ्यमा पनि बढ्ता ध्यान दिनुपर्दछ । अधिकांश छालासम्बन्धी परिवर्तन सूर्यको प्रभावले हुने गर्दछ । वायुमण्डल वरिपरिको ओजोन तह पातलियो भने छालाको समस्या बढ्न सक्दछ । परावैजनी किरणमध्ये पहिलो प्रकारको युभी ए ओजोन तहबाट शोषित नहुने भएकाले छालाको भित्री तहसम्म पुगी नकारात्मक असर पुर्याउँदछ । युभीएको प्रभाव छालामा लामो समयसम्म हुने हुनाले बढी हानीकारक मानिन्छ । तर, दोस्रो प्रकारको युभी बी आंशिक मात्रामा ओजोन तहबाट सोसिएपनि पृथ्वीसम्म पुगेको किरणले छाला डढाएर नराम्रो मात्र बनाउँछ । छालामा परावैजनी किरणको असर व्यक्ति विशेषको छालामा पनि निर्भर हुन्छ । उदाहरणको लागि गोरो छाला छिट्टै डढ्छ । गर्मी महिना लागे लगत्तै सनस्क्रिनको समुचित उपयोगले छालामा घामको तत्कालिक र दीर्घकालिक प्रभावबाट धेरै मात्रामा जोगिन सकिन्छ । केही सनस्क्रिन वा सनब्लकले सूर्यको परावैजनी किरणको कुप्रभावबाट जोगाउन सक्छ । सनब्लक र सनक्रिममा खासै भिन्नता छैन दुवैले सूर्यको विकिरणबाट बचाउँछ । तरपनि सनस्क्रिनले युभीबीको प्रभावबाट बचाउँछ भने सनब्लकमा जिंक अक्साईड पनि हुने भएकोले सम्मुचमा सूर्यको परावैजनी किरणलाई छालाको सम्पर्कमै आउन रोक्छ । सूर्यको परावैजनी किरणका कारण छालाको रंगमा परिवर्तन आउनुका साथै जलन हुने तथा छालामा समय अगावै बुढ्यौली निम्तिने हुन्छ । यसका कारण छालामा सुख्खापन आउनुका साथै चाउरीपना आउने, सेतो दाग देखिने तथा कालान्तरमा क्यान्सर हुने पनि हुनसक्छ । खोला, ताल तलैया छेउछाउको बालुवाको थुप्रो, पानी, कंक्रिटबाट सूर्यको हानीकारक किरण बढ्ता परावर्तित हुन्छ भने घर वा सवारी साधनको झ्यालबाट आउने अप्रत्यक्ष किरणले पनि छालामा हानी पुर्याउछ । छालालाई घामको कारणले हुने क्षतिबाट जोगाउन दिनभरको घामबाट सकेसम्म टाढा रहनु फाइदाजनक हुन्छ । केही औषधिको सेवनले घामप्रतिको संवेनदनशीलता बढाउन सक्ने हुनाले यस प्रति सजग हुनु पर्दछ । त्यसो त एसपीएफ १५ ले युभी बी विकिरणबाट ९३ प्रतिशत जोगाउँछ भने एसपीएफ ३० ले ९७ प्रतिशत जोगाउँछ । प्रायसः नेपालीहरुले २० भन्दा माथिको एसपीएफ भएको सनस्क्रिन लाउनु राम्रो हुन्छ । कालोपोतो हुने व्यक्तिले तेल नभएको सनस्क्रिन प्रयोग गर्नु पर्दछ । सामान्य र सुख्खा छालाको लागि सनस्क्रिन उपयुक्त हुन्छ । सुख्खा छाला तथा शरीरको अन्य भागमा लोसन लगाउनुपर्दछ । सनस्क्रिन लगाएको केही समय भित्रै विमिरा देखिएमा सनस्क्रिनकै एलर्जी भएको हुनसक्छ । शरीरको खुल्ला भागमा घाममा निस्कनु १५ मिनेट अगाडि सनस्क्रिन लगाउनु पर्दछ । यस क्रममा नाक, गर्दन, खुटाको माथिल्लो भाग, कानको किनारा र ओंठमा पनि पनि लगाउनु पर्दछ । सुख्खा खालको छाला हुनेले आधा घण्टा अघि सनस्क्रिन लगाउनु राम्रो हुन्छ । त्यसैगरी घर बाहिर लामो समय बसिन्छ भने यस्तो लोसन प्रत्येक २ घण्टामा लगाइ राख्नु पर्दछ । घरभित्र पनि सूर्यको किरणको प्रभाव हुने भएकोले घरमा बस्दा कम पावर अर्थात् एसपीएफ १५ को भएपनि लोसनको प्रयोग गर्नु पर्दछ । छालालाई घामको असरबाट जोगाउन लोसन, क्रिम बाहेक पहिरनमा पनि ध्यान दिनु पर्दछ । गर्मी मौसममा सुतीका लुगा राम्रो हुन्छ । त्यसमाथि शरीरको अधिक भाग छोपिने खालको शर्ट र प्यान्ट लगाउँदा हानीकारक घामबाट बच्न सकिन्छ । घामलाई छेक्न लगाइने ह्याट तथा गुणस्तरीय सनग्लास पनि गर्मी याममा उपयोगी हुन्छ । घाममा हिँड्नु पर्दा छाताको प्रयोग गर्ने तथा गर्नुपर्दछ । गर्मी मौसममा छाला सम्बन्धि अन्य समस्या गर्मी मौसममा संक्रामक (सरुवा) रोगहरु तुलनात्मक रुपमा बढी नै लाग्ने गर्दछ । टाईफाइड, औलो, कालाज्वर लगायतका सरुवा रोगहरुका लक्षण चिन्ह विभिन्न खाले छालाका समस्या पनि हुनसक्छ । विभिन्न खालका घाउ खटिरा जस्ता संक्रमणहरु सुुरुमा भाइरसका कारण उत्पन्न भएपनि त्यसमा ब्याक्टेरियाले थप आक्रमण गरेपछि स्थिति जटिल अवस्थामा पुग्न सक्छ । यसैगरी यो मौसममा आँखा पाक्ने समस्याका साथै बहुला कुकुर तथा सर्पको टोकाइका कारण छालामा पनि समस्या देखिन सक्छ । गर्मी मौसमसँगैको आगलागीका कारण पनि छाला डढ्ने, चोटपटक लाग्ने हुन्छ । गर्मी मौसममा शरीरको पसिना उत्पादन तथा उत्सर्जन दरमा वृद्धि हुन्छ । यहि उच्च मात्राका पसिनाको कारण शरीरमा आद्र्रता बढ्छ । यसले गर्दा छालामा ब्याक्टेरियल तथा फंगस संक्रमण हुने सम्भावना बढ्छ । यदि पसिना ग्रन्थीको मुख थुनियो भने शरीरका विभिन्न भागमा स–साना विमिरा, डण्डीफोर लगायतका छालाका समस्या बढी आउँछ । यस्तो समस्या हुँदा चिलाउने, जलन हुने, पिप भरिने, दुख्ने आदि हुन्छ । विशेषगरी अधिक मोटोपना भएका व्यक्तिको घाँटी पछाडि, स्तनमुनि, घुँडा पछाडि, काखी तथा काछ अर्थात् छाला जोडिने ठाउँको छाला बाक्लिने, छालाको रङ परिवर्तन हुने समस्याका साथै गर्मी मौसममा फंगस संक्रमण हुने, पाछिने हुन्छ । सरुवा रोग तथा छाला सम्बन्धी समस्याको स्थायी समाधानका लागि नियमित रुपमा सरसफाई गर्नुको विकल्प छैन । लामखुट्टेको टोकाईका कारण हुने औलो, कालाज्वरमा पनि कतिपय छालाका समस्या हुन सक्छन् । अतः गर्मी बढेसँगै लामखुट्टेबाट बच्नका लागि लिक्विडेटर बाल्ने, म्याट बाल्ने, धुप जलाउने भन्दा लामो बाहुला भएको लुगा लगाउने, झुल लगाउने, झयाल ढोकामा तारजाली ठोक्ने बुद्धिमानी हुन्छ । बढी गर्मी भएको ठाउँमा दिनमा दुईपटक सम्म नुहाउने गर्नु पर्दछ । पोलिस्टर वा नाईलन मिक्स सिन्थेटिक एवं जिन्स लुगाफाटा भन्दा सेतो, चहकिलो रङको सुतीको कपडा लगाउने गर्नुपर्दछ । हावा खेल्ने खुकुलो खालको लुगा स्वस्थ्यकर हुन्छ । भित्री लुगा दिनहुँ फेर्ने गर्नु पर्दछ । शरीरको आद्र्रता कायम राख्न अधिक मात्रामा पानी पिउनु पर्दछ । घरमा आएपछि अर्थात् कामबाट फर्केपछि एकैछिनको आराम पछि हातमुख धुने गर्नु पर्दछ । अझै पनि काखी गन्ध आउँछ भने डियोडेरेन्ट स्प्रे तथा लोसन प्रयोग गर्न सकिन्छ । तर सधैंभरि डियोडेरेन्ट वा परफ्युम प्रयोग गर्नु भन्दा नियमित शारीरिक सरसफाईमा ध्यान दिनु बुद्धिमानी हुन्छ । आगलागीका घटनाबाट जोगिने उपाय अपनाउनु पर्दछ । गर्मी मौसममा बालबालिकाहरुमा तुलनात्मक रुपमा संक्रामक खालका तथा आगलागी एवं चोटपटकजन्य छालाका समस्या बढी देखिन्छ । यसका साथै आँखा पाक्ने समस्या र शरीरको विभिन्न भागमा घाउ खटिरा आउनुका साथै नजिकको ग्लेन्ड ९गिर्खा० पनि सुन्निने र दुख्ने हुन्छ । यस्ता समस्याहरुबाट बच्नका लागि व्यक्तिगत सरसफाईका साथै लामखुट्टे तथा अन्य कीत पतङ्ग विरुद्ध विभिन्न उपायहरु अवलम्बन गरेको खण्डमा थुप्रै खाले सरुवा रोग (संक्रमण) बाट बालबालिकाहरुलाई बचाउन सकिन्छ । डा, सुमनराज ताम्राकार एजेन्सीको सहयोगबाट

किन गर्मी मौसमा अत्याधिक मानिस बिरामी पर्छन् ? यसमा बच्ने कसरी ?

डा. प्रकाश तिमिल्सेना हरेक वर्षझै यसपालि पनि गर्मी मौसमबाट बिरामी परेका सर्वसाधारणहरु अस्पतालमा आउन सुरु भइसकेको छ ।दिनप्रतिदिन बिरामीहरुको चाप बढ्दै गएको छ । हरेक स्वास्थ्य संस्थामा गएर हेर्ने हो भने त्यो देख्न पाइन्छ । यो क्रम अझै बढ्ने निश्चित छ । जति गर्मी बढ्यो उति बिरामीको चाप बढ्ने गरेको छ । केही हप्तामात्र पर्खिने हो भने अस्पतालका कोलियाहरुमा समेत बिरामीलाई राखेर उपचार गर्नुपने अबस्था आउछ । यो मौसममा ज्वरो, झाडापखलाको समस्या भईरहन्छ । त्यस्ता बिरामीहरु धेरै आउछन् । यस्ता बिरामीहरुलाई सामान्य उपचार पछि पनि घर पठाईन्छ । सामान्य स्वास्थ्यसंस्थामा गएर उपचार गर्न पनि सकिन्छ । तर यि बाहेक गर्मीयाममा सबैभन्दा धेरै हुने अन्य जटिल खालका रोग भनेको मलेरिया, कालाज्वार, टाईफाईड, जन्डिस आदि रोगहरु हुन । यो मौसममा हुने अधिकांस रोगहरु सरुवा हुने गर्छन, सामान्य सजगता नअपनाउने हो भने प्रकोपको रुप लिन्छ । ज्वरो, झाडापखालालाई समेत हामीले सामान्य भन्न मिल्दैन जबकी यही मौसममा हुने जन्डिस, मलेरिया, कालाज्वरत झनै खतरनाक हुन्छन् । समयमै उपचार पाउन नसकेका बिरामीको मृत्यु पनि हुन सक्छ । रोग भनेको आफै अचानक आउने होइन । हाम्रो वरीपरीको वातावरणले रोग निम्त्याउँछ । हाम्रो वातावरणले रोगको जन्म दिन्छ । सामान्य उदाहरण लामखुटेकै लिउ न, फोहोर व्यवस्थाप भएन, घरवरीपरी फोहार नै फोहोर भयो, खाल्डाखाल्डी भए त्यहां लामखुट्टेले घर बनाउँछ । लामखुट्टेले त्यसपछि अनेक रोगको जन्म दिन्छ । त्यसकारण हामीले सबैभन्दा पहिले हाम्रो घर वरपरको वातावरणले अत्यन्त सफा र सुग्घर बनाउनुपर्यो । गर्मीयाममा त झन् यो कुरा अत्याबश्यक छ । घर वरपरको वातावरण सफा राख्ने हो भने धेरै प्रकारका रोगहरु त्यसै हराउछन् । अन्य कुराहरुमा गर्मीयाममा घाममा अनाबश्यकरुपमा हिड्डुल गर्नु भएन । हिड्नै परे सजगता अपपाउनुप¥यो । बासी खानेकुराहरु खानु भएन । पानीको मात्र प्रशस्तरुपमा सेवन गर्नुप¥यो । केही समस्या परिहालेमा तत्काल स्वास्थय संस्थामा गरे आबश्यक सरसल्लाह लिनुपर्छ । हो, केही बर्षअघि नेपालगन्जमा झाडापखलाको प्रकोप फैलिएर धेरैको ज्यान गयो । यस्तै कुरा अन्य ठाउमा पनि हुन्छ । एकातिर तराई क्षेत्रमा फोहोर व्यवस्थापनका थुप्रै चुनौतीहरु छन् भने अर्कोतिर मौसमले पनि साथ दिँदैन। खानेपानीका अवस्था कस्तो छ ? सबैलाई थाहै छ । मानव जिवनलाई स्वास्थ्य बनाई राख्न आवश्यक पर्ने कुराहरुकै बेमेल हुने गरेको ठाउमा बसेका हामीहरुलाई चुनौतीहरु त छन् तर फेरी त्यसलाई पार नगरी पनि सुःख छैन । चुनौतीसँगै अवसर पनि छन् । प्रशस्त मात्रामा स्वास्थ्य निकायहरु छन् उनीहरुकोमा गएर सल्लाह र सुझावहरु लिन सकिन्छ । एजेन्सीको सहयोगबाट

महिनावारी रोकिने अवधिबारे नयाँ खुलासा

काठमाढौं, वैशाख १८ । पछिल्लो पटक गरिएको एक अध्ययनले महिलाहरूले तेलयुक्त माछा खानाले ‘मेनोपज’ भनिने महिनावारी रोकिने प्राकृतिक समय कैयौँ वर्षले पर सार्न सकिने र कार्वोहाइड्रेटयुक्त खानेकुराले त्यो अवधिलाई अझै अघि ल्याउन सकिने देखाएको छ। युनिभर्सिटी अफ लिड्सले गरेको अनुसन्धानका क्रममा ब्रिटेनका १४ हजार महिलाहरूमाथि चार वर्ष लगाएर अध्ययन गरिएको थियो। सालमोनसहित विभिन्न प्रजातिका माछा नियमित खाने महिलाहरूको महिनावारी अन्त्य हुने उमेर तीन वर्ष भन्दा बढीसम्म रहेको अध्ययनले बताएको छ । तर पास्ता र भात दैनिक खाने महिलाहरूमा झण्डै डेढ वर्ष अघि महिनावारी रोकिने उक्त अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले सर्वेक्षणमा सहभागी महिला समूहको महिनावारी रोकिने औसत उमेर ५१ वर्ष भएको उल्लेख गर्दै दैनिक तेलयुक्त माछा खाने महिलाहरूले त्यसलाई तीन वर्षसम्मले पछि धकेलेको उल्लेख गरेका छन्। उक्त अनुसन्धानकी लेखिका जेनेट केड भन्छिन महिनावारी रोकिने समय र आहाराबीचको सम्बन्धबारेको जानकारीले स्वास्थ्य समस्याको पारिवारिक इतिहास रहेका महिलाहरूलाई मद्दत गर्नेछ। चाँडै महिनावारी अन्त्य हुने महिलाहरूमा मुटु सम्बन्धी रोग तथा हड्डी कमजोर हुने समस्या देखिनसक्ने बताइन्छ। बढी उमेरमा महिनावारी रोकिने महिलाहरूमा भने स्तन, गर्भासय र डिम्बासयको क्यान्सरको जोखिम बढी हुने ठानिन्छ। बीबीसी

धेरै एयरफोन लगाउनेलाई हुनसक्छ बहिरोपन ?

काठमाडौं, वैशाख १५ । आजकाल किशोरकिशोरीहरु कानमा एयरफोन लगाएर हिडिरहेका हुन्छन् । पकेटमा मोबाइल या आइपड, कानमा एयरफोन फेसन जस्तै चलेको छ । तर, संगीतको यो आनन्द जीवनभरका लागि सजाय बन्न सक्छ भन्ने कुराचाहिँ कसैले पनि ख्याल गरेको देखिँदैंन । एयरफोनको आवाजले बहिरोपन निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् । ठूलो आवाजका साथ एयरफोन सुन्दा कानको पर्दामा नकारात्मक असर पर्न सक्ने उनीहरुको भनाई छ । एक अध्ययन अनुसार १५ वर्षयता अमेरिकी किशोरकिशोरीमा बहिरोपनको समस्या तीब्र रुपमा बढिरहेको छ । ५ जनामध्ये १ किशोरीमा यस्तो समस्या देखिएको छ । यसअघि यस्तो समस्या ५० देखि ६० वर्षका व्यक्तिमा हुने गथ्र्यो । हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ र बर्मिङघम एण्ड उमन्स हस्पिटलका अनुसन्धानकर्ताका अनुसार १९८८ देखी १९९४ मा गरिएको सर्वेक्षणको तुलनामा २००५ देखी २००६ मा १२ देखि १९ वर्षका किशोरकिशोरीमा बहिरोपन ३० प्रतिशत बढेको पाइएको छ । यस्तै, विगत १५ वर्षमा अमेरिकी किशोरमा हल्का या गम्भीर खालको बहिरोपनमा ७० प्रतिशत वृद्धि भएको पाइएको छ । अनुसन्धानकर्ताका अनुसार ५ मध्ये एक किशोरीमा सुन्ने क्षमतामा कमी पाइएको थियो भने २० मध्ये एक जनामा सुन्ने क्षमता निकै कम भएको पाइएको थियो । अनुसन्धानको नेतृत्व गरेका बर्मिङघम एण्ड उमन्स हस्पिटलका जोसेफ शरगोरोडस्कार्डका अनुसार हालैका अध्ययनमा किशोरकिशोरीमा आएको सुन्ने क्षमताको कमी चिन्ता जनक छ । खासमा युवाहरु आफ्नो श्रवणशक्ति बचाउने विषयमा ध्यानै दिँदैंनन् । तर अध्ययनमा किशोरकिशोरीबीच बढ्दो बहिरोपनको मुख्य कारण उल्लेख गरिएको छैन । तर, मोबाइल फोन र इयरफोन यसको कारक हो कि होइन भन्ने विषयमा अनुसन्धानकर्ताहरुले अध्ययन गरिरहेका छन् । जोसेफ भन्छन्, ‘बहिरोपनको खास कारण थाहा पाउन थप अनुसन्धान जरुरी छ ।’ अनुसन्धानकर्ताहरुका अनुसार अमेरिकामा किशोरीको तुलनामा किशोरमा बहिरोपनको समस्या बढी छ । २००५ देखी २००६ मा करिब २२ प्रतिशत किशोर र १७ प्रतिशत किशोरीमा बहिरोपनको समस्या बढेको छ । कानको हेरविचार कसरी गर्ने १. कानलाई स्वस्थ राख्न शरीरका अन्य अंगजस्तै हेरविचार गर्नुपर्छ । २. कहिल्यै पनि चाबी या फलामले नकोट्याउनुस् । ३. कानमा बढी समस्या भयो, इन्फेक्सन भयो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । ४. ठूलो स्वरमा गीत नबजाउने या एयरफोनमा ठूलो आवाज लगाउनुहुन्न । ५. नुहाउदा कानमा कपास वा सुतिको कपडा हाल्नुहोस्, ताकि साबुन,पानी सिधै कान भित्र छिर्न नपाओस् । ६. नियमित कानको परिक्षण गराउनुपर्छ ।

यी घरेलु विधि अपनाउनुस् र लामखुट्टे भगानुस्

गर्मी र वर्षायाममात्रै होइन पछिल्ला वर्षमा जाडो याममा पनि लामखुट्टेको विगविगी झन बढेको छ । गर्मी याम शुरु भएसँगैं लामखुट्टेको प्रकोप शुरु भइसकेको छ । आधिकांश रोग लामखुट्टेको टोकाइबाट हुने चिकित्सकहरु बताउँछन् । यसै सन्दर्भमा कसरी धरेले विधिबाट लामखुट्टेबाट बच्ने त ? यसबारेमा यहाँ जानकारी गराउदै छौंः ल्वाङ र नरिवलको तेल ल्वाङको तेलको बासनाले लामखुट्टे भाग्दछ । त्यसैले नरिवलको तेलमा ल्वाङको तेल मिसाएर शरीरमा लगाउँनुस् । यति भएपछि लामखुट्टेले तपाईलाई टोक्दैन । ल्वाङ र नरिवलको तेलको मिश्रणले अचूक औषधिको काम गर्दछ । हजारीको फूलको बासना हजारीको फूलको बासनाले घरको रौनक नै अर्कौ बनाइ दिन्छ । हजारीको फूललाई घरमा लगाउनुस् । हजारी फूलको बासनाले घरबाट लामख्ट्टे भगाउनु ठूलो मद्दत गर्दछ । यसले तपाईको घर सुगन्धीत हुन्छ र लामखुट्टे पनि आृँदैनन् । कपूरको धुवाँ लामखुट्टेबाट बच्न कपूरको पनि प्रयोग गर्न सकिन्छ । कपूरको दाना बालेर कोठामा राखेमा लामखुट्टे आउँदैन वा कपूरको धुवाँको बासनाले लामखुट्टे भाग्दछन् । यो लामखुट्टे भगाउनु सबैभन्दा सस्तो र सजिलो तरिका हो । कागतीको रस घरमा लामखुट्टे भगाउन प्रयोग गरिने लिक्विडको रिफिलमा कागतीको रस हालेर प्रयोग गर्दा यो अझै प्रभावकारी हुन्छ । यस्तो मिश्रणले कोठामा भएका सबै लामखुट्टे मर्दछन् । यसको प्रयोग सातामा दुई पटकसम्म गरे राम्रो मानिन्छ । तपाईले चाहानु भयो भने नीलगिरीको तेलमा कागतीको रस मिसाएर हात–खुट्टामा लगाउन पनि सक्नुहुन्छ । नीमको प्रयोग नीमको पात बालेर घरमा धुवाँ बनाएर पनि लामखुट्टे भगाउन वा हटाउन सकिन्छ । सातामा एक पटक घरमा नीमको धुवाँ बनाउनुस् । जसले घरमा भएका सबै लामखुट्टे मर्दछन् । लामखुट्टेका साथै अन्य किराहरु पनि मछैन । तर घरमा कसैलाई श्वासप्रश्वास सम्बन्धी समस्या छ भने सवधानी अपनाउनु भने नभुल्नुस् ।

दहीसँग यी खानेकुरा भुलेर पनि नखानुहोस, यदि खानुभयो भने त्यो विष हुनसक्छ !

काठमाडौं। गर्मीमा धेरै मानिसको पहिलो रोजाइमा नै पर्छ दही र दहीबाट बनेको परिकार । तर दहीसँग केही चीजहरु सँगै खानु स्वास्थ्यलाई निकै हानीकारक हुने चिकित्सकले बताएका छन् । दहीसँग केही चीजहरु खाँदा फाइदा भन्दा बढी नोक्सान हुने बताइएको छ । किनकी दहीसँग ती चीजहरु खाँदा शरीरमा टक्सिन पैदा हुन्छ । जसले पेटमा गडबडी, वान्ता हुने शरीर चिलाउने जस्ता परिणाम देखिन्छ । आयुर्वेधिक एक्सपर्ट गीताञ्जलि शर्माका अनुसार त्यसरी त दही एकदम राम्रो चीज हो । दहीलाई कैक्याल्शियमदेखि लिएर लेटिक एसिडको राम्रो स्रोत मानिन्छ । यदि सही तरिकाले खानु भयो भनी यसले तपाईलाई निकै फाइदा गर्छ । पाँचन क्रिया सुधार्नका लागि यो भन्दा राम्रो अर्को कुनै चीजै छैन । तर केही चीजका साथ दही खानु भयो भने त्यसको नकारात्मक असर पर्दछ । आउनुस् दहीसँग खान नमिल्ने ती चीजहरुका बारेमा यहाँ जानकारी गराउछौंः आँपसँग दही गर्मीयाममा यी दुई चीज बढी खाइन्छ । तर आँप र दही एकसाथ खानु हुँदैन । यदि आप र दही सँगै खानु भयो भने तपाईको शरीरमा टक्सिन बढी उत्पादन हुन्छ । किनकी यी दुईको असर उल्टो हुन्छ । दहीलाई चिसो र आँपलाई गर्मी मानिन्छ । चीजसँग दही चीजसँग दही खानु हुँदैन । आयुर्वेदमा यी दुईलाई एकै साथ खान मानाही गरिएको छ । दही र चीजसँगै खानले शरीरमा नकारात्मक असर पर्दछ । डोसासँग दही डा शर्माका अनुसार डोसा बनाउन दहीको प्रयोग हुन्छ तर डोसा र दही सँगै खानाले यसले शरीरमा फाइदाको सट्ट नोक्सान गर्दछ । केरासँग दही केरासँग दही खाना पनि स्वास्थ्यको दृष्टिले नराम्रो मानिन्छ । वा मनाही छ । यदि केरा र दही सँगै खानु भयो भने त्यसले तपाईको शरीरमा नकरात्मक असर गर्दछ । यदि खानै पर्ने भयो भने पनि कम्तिमा दुई घण्टापछि खान सकिन्छ । मसुरोको दालसँग दही मसुरोको दालसँग पनि दही खानु हुँदै । मसुरोको दालसँग दही खाएमा यो विष बन्दछ् । त्यसैले यसलाई भुलेर पनि सँगै खानु हुँदैन् ।

मासु नखानेले खानै पर्ने यी ८ चीज

मासु मात्र प्रोटिनको एक मात्र स्रोत हो भन्ने सोच्नुहुन्छ ? तर मासु मात्र प्रोटिनको स्रोत भन्ने कुरा गलत हो । मासुबाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जो प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् । मुख्यतः अमिनो एसिडबाट बनेका प्रोटिनले कोशिका र तन्तुको मर्मतका लागि महत्वपूर्ण हुन्छन् । जब शरिरमा प्रोटिनको कमी हुन्छ तब कोशिका र तन्तुका कार्यमा रोकावट आउन थाल्छ र अनेक शारिरिक समस्या निम्तिन सक्छ । त्यसैले शरिरले उत्कृष्ट तरिकाले काम गर्नका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्छ । साथै, शरिरको ऊर्जाको मात्रा बनाइराख्नका लागि पनि प्रोटिनको आवश्यकता पर्छ । यदि तपाईं अत्यधिक शारिरिक गतिविधि गर्नुहुन्छ भने तपाईंलाई प्रोटिनको आवश्यकता अझै धेरै हुन्छ । शाकाहारीका लागि यहाँ प्रोटिनका केही राम्रो स्रोतलाई सूचीबद्ध गरिएको छ । १. तोफूः तोफू सोयाबिनबाट बनेको हुन्छ र प्रोटिनको एक उत्कृष्ट स्रोत हो । यसमा प्रोटिनमात्र नभई थुप्रै अन्य पोषक तत्व पनि पाइन्छन् जुन शरिरका लागि आवश्यक हुन्छ । तपाईं तोफूलाई तरकारी बनाएर खान सक्नुहुन्छ । २. मुसुरोको दालः प्रोटिन, फाइबर र एन्टीअक्सिडेन्टले भरिपूर्ण मुसुरोको दालले पेटलाई सफा राख्न सहयोग गर्दछ । साथै यसले अनेकौं स्वास्थ्य समस्या जस्तै मधुमेह र क्यान्सरको जोखिमलाई कम गर्छ । ३. स्पिरुलिनाः स्पिरुलिनामा भरपुर मात्रामा प्रोटिन हुन्छ । यसका साथै यसमा म्याग्नेसियम, पोटासियम र फ्याटी एसिडजस्ता आवश्यक पोषक तत्व पाइन्छन् जुन शरिरको लागि आवश्यक छन् । ४. ब्रोकोलीः ब्रोकोली प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ब्रोकोलीलाई तरकारीको रुपमा प्रयोग गरेर प्रोटिन पाउन सक्नुहुन्छ । ५. बदामः बदाम, काजू, र ओखर पनि प्रोटिनको राम्रो स्रोत हो । ६. जईः जईमा प्रोटिन र फाइबरले भरिपूर्ण हुन्छ । यो म्याग्नेसियम र जिंकको पनि राम्रो स्रोत हो । त्यसकारण जो पनि शाकाहारी हुनुहुन्छ उनीहरुले आवश्यक प्रोटिन प्राप्त गर्नका लागि प्रतिदिन आधा कप जईको सेवन गर्न सक्नुहुन्छ । ७. सोया दुधः सोया दुध प्रोटिनमा समृद्ध छ र भिटामिन डी, बी १२ र क्याल्सियमको एक महत्वपूर्ण स्रोत पनि हो । ८. टुसा उम्रेको गेडागुडीः टुसा उम्रेको गेडागुडी र भिटामिन सी र बीटा क्यारोटिनजस्ता अन्य स्वस्थ पोषक तत्वले पनि भरिपूर्ण हुन्छ ।

अकबरे खुर्सानी खानुहोस्, ग्यास्ट्रिक तथा अल्सरलार्इ निको पार्नुहोस्

दैनिकजसो हामी भान्सामा खाना खाने बेलामा खोर्सानी खान पनि उत्तिकै रुचाएका हुन्छौं । अझै भन्ने हो त डल्ले (अकबरे) खोर्सानी त खान पाउँदाको आनन्द बेग्लै हुन्छ । धेरै मानिसलाई थाहा छैन कि अकबरे खोर्सानी स्वादका साथै स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक रहेको हुन्छ भनेर । अकबरे खोर्सानीले एउटा अचुक औषधिको काम गरिरहेको हुन्छ । डल्ले (अकबरे) खोर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । यो खुर्सानीको नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनुको साथै मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ । पिसाबको बिरामीलाई लाभदायक हुन्छ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ । विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ थकाइ पनि मेटाउँछ । एजेन्सीको सहयोगबाट

कतै कण्डम किन्दा यस्तो गल्ती त गर्नुहुन्न ?

‘साहुजी एक जोर जुत्ता दिनुस् त’ भन्दै तपार्इँ पसलबाट जुत्ताको प्याकेट लिएर फर्किनुहुन्छ त ? पक्कै पनि तपाईं पहिला साइज नाप्नुहुन्छ । ब्रान्ड जाँच्नुहुन्छ । चित्त बुझे अनिमात्रै जुत्ता किन्नुहुन्छ, हैन त ? त्यसो हो भने कण्डम नि ? के तपाईंले कण्डम किन्दा कहिल्यै जुत्ता वा अन्य कुनै वस्तु चेकजाँच गरेझैँ किन्नुभएको छ त ? पक्कै धेरै कमले मात्र त्यसो गर्नुभएको होला । राम्रो गुणस्तरको जुत्ता जसरी हिँड्दा आरामदायी हुन्छ, त्यसरी नै सही कण्डमको छनोट र प्रयोगले तपाईंको यौनसाथीसँगको सम्पर्क उत्तिकै आनन्दमय बनाउँछ । त्यसैले सहवासलाई कत्तिको सुरक्षित र सेक्सी बनाउने भन्ने कुरा तपाईंको सानो छनोटमा भर पर्दछ । नेपाली बजारमा दसौंथरी कण्डमहरू उपलब्ध छन् । सरकारी या संघसंस्थाहरूले पनि कण्डम उपलब्ध गराउने गरेका छन् । गुणस्तरीय कण्डमको सही प्रयोगले अनिच्छित गर्भ रहनबाट मात्रै जोगाउँदैन । एचआईभीको संक्रमण रोक्न पनि यसले भूमिका खेल्छ । सहवास गर्नुपूर्व लिङमा लगाइने कण्डमको फाइदा यत्तिमात्रै छैन । यसले कतिपय यौनरोगहरू, हेपाटाइटिस ‘सी’ लगायतका अन्य संक्रमणबाट समेत जोगाउँछ । जुत्ता किन लगाउने त ? नांगै हिंडे पनि त भइहाल्यो नि ! भन्नेहरूलाई तपाईं जे जवाफ दिनुहुन्छ, ठीक त्यही कुरा कण्डमको सन्दर्भमा पनि लागू हुन्छ । त्यसैले श्रीमान् श्रीमतीका बीच, यौनसाथीका बीच, जुनसुकै बेला पनि कण्डमको प्रयोग जरुरी हुन्छ । हो, कण्डमको प्रयोगबाट यौन आनन्द आउँदैन भन्ने गुनासाहरू पनि नसुनिएका होइनन् । माथि नै भनिसकियो, तपाईंले कण्डम छान्ने, कण्डमको प्रयोग गर्ने र यौन वातावरणको निर्माण गर्ने कुरामा सही निर्णय लिएर काम गर्नुभयो भने यसले तपाईंको सहवासलाई चरमसुखतर्फ लैजानेमा शंका गर्नुपर्दैन । कण्डमको गुणस्तरीयता तपाईंको छनोटको मुख्य आधार हुनुपर्छ । विडम्बना, नेपालमा कण्डमको गुणस्तर नाप्ने कुनै संयन्त्र छैन । औषधिहरूको गुणस्तरीयतालाई औषधि व्यवस्था विभागले नियन्त्रण गर्ने भए पनि कण्डमको गुणस्तर के कस्तो छ र यसमा आवश्यक सबै तत्वहरू छन् कि छैनन्, यसलाई प्याकेजिङ गर्नु अगाडि जाँच गरिएको छ कि छैन् अनि प्रयोग गरिएको रबर, सिलिकन, ल्युब या अन्य पदार्थहरू उपर्युक्त छन् कि छैनन्  भन्ने बारेमा नेपालमा जाँच हुँदैन । बजारमा पाइने सबै कण्डमहरू गुणस्तरीय नै छन् भनेर दाबी गर्न सकिँदैन । अमेरिकामा भने ल्याटेक्स (रबरबाट प्राप्त गरिने पदार्थ) कण्डम उत्पादकहरूले भने संघीय औषधि प्रशासन फेडरल ड्रग एडमिनिस्ट्रसनका मानकहरू पूरा गर्नै पर्दछ । यो भनेको कुनै एउटा ब्याजको कण्डम प्याकेज गर्नु अगाडि यो खराब अर्थात् डिफेक्ट छ कि छैन भनेर अनिवार्य विद्युतीय जाँच गरिनुपर्दछ । यसबाहेक औषधि प्रशासनले हरेक ब्याचका नमुनाहरूलाई यसमा प्वाल छ या छैन भनेर जाँचगर्दछ । हामीकहाँ अमेरिकामा उत्पादन हुने कण्डमहरू पनि बजारमा छन् । कतिपय कण्डमहरू भारतबाट आयात हुन्छन् । कुन कम्पनीको कण्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयमले यसमा सचेत हुनुपर्ने अवस्था छ । अनुदानमा बाँडिने कण्डमहरू कमिसनको कारण कमसल गुणस्तरको किनिने र उपभोक्ताहरूले प्रयोग गर्न नमान्ने गुनासाहरू बारम्बार आइरहने गर्छन् । विज्ञापन या बाहिरको खोल आकर्षक हुँदैमा भित्रको सामान राम्रो हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन । साइजको कुरा गर्दा कण्डमहरू औसत लिंगको साइजका आधारमा (४ इन्चदेखि ७ इन्चसम्म) निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कण्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कण्डम उपलब्ध छन् । कण्डमभित्र प्रयोग हुने ल्युब या जेली (चिल्लो पदार्थ) गुणस्तरीय कम्पनीको उत्पादनमा राम्रो खाले प्रयोग गरिएको हुन्छ । मुख मैथुनका लागि बिना जेल या चिल्लो भएका कण्डम पनि बनाइएका हुन्छन् । कण्डमबाहेक आफैंले अतिरिक्त ल्युब या चिल्लोपदार्थ प्रयोग गर्दा सबै खालको कण्डममा सबै किसिमको चिल्लो पदार्थ मेल नहुन सक्छ । कुनै कण्डमको बाहिर पातलो, डेटेड आदि इत्यादि लेखिएको हुन्छ । तर लेखिएअनुसार उक्त पातलो या मोटो कुन कण्डम कति प्रभावकारी हुन्छ  भन्ने कुनै अनुसन्धान नेपालमा भएको देखिँदैन । कण्डमको प्रयोग गर्दा मुख्य कुरा तपाईँले आफू र आफ्नो साथीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्नुपर्दछ । गुणस्तरीय कम्पनीको कण्डम किन्ने, यौन आनन्दलाई कण्डमसँग तुलना नगर्ने, यौन सम्पर्कको वातावरण आनन्दमय बनाउने, कण्डमको सही किसिमले प्रयोग गर्ने हो भने तपाईंको यौन जीवनमा कण्डमले उन्मादको आगोमा घिउको काम पक्कै गर्नेछ ।