ब्लड प्रेसर लो छ ? यसो गर्नुस्

एजेन्सी । उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने समस्या हुनसक्छ । ब्लड प्रेसर लो आफैमा रोग होइन, तर यसले रोगले भन्दा कमी चाहिँ सताउँदैन । ब्लड प्रेसर लो भएका विरामीहरुले निम्न कुरामा ध्यान दिए त्यसबाट छुटकरा पाउन सकिन्छ ।

– मदिरा सेवन गर्ने वानी छ भने त्यसलाई आजैबाट हटाउनु पर्छ । मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ । हरेक १० ग्राम रक्सि पिउदा तपाईको प्रेस १ एमएमएचजीले बृद्धि हुन्छ । तर न्यून रक्तचाप छ भन्दैमा मदिरा पिउने वानी भने बसाल्नु हुँदैन । अत्यधिक अल्कोहलको मात्राले डिहाइडे«सन ल्याउछ र झन् रक्तचापको मात्रा घट्छ ।
– प्रर्याप्त मात्रामा पानी पिउनुपर्छ । यसो गर्नालेउ रक्त प्रबाह सशक्त र तीब्र हुन्छ । शरीरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भएमा जोगिन सकिन्छ ।

– प्रेसर लो भयो भन्दैमा एक्कासी नूनको मात्रा बढाउने काम गर्नु हुँदैन । नुनको मात्रा बृद्धि गर्दा उच्च रक्तचापको खतरामा बढाउछ । अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउछ । चिकित्सकले सुझाब दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ ।

–  आकस्मिक शारिरिक गतिविधिहरुबारे सचेत रहनु पर्छ । जस्तो आँखा धमिलो देखिनु र टाउको हल्का दुख्नु न्युन रक्तचापका लक्षणहरु भएकोले शरिरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी अपनाउनुपछै । बेडबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्तो ख्याल गर्नुपर्छ ।

– उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रा कम प्रयोग गर्नुपर्छ । कार्बोहाइडे«डयुक्त खानेकुरा घटाउँदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन (पोस्टपेन्डियल) घट्छ ।

– बारम्बार खाना खानुहोस् । यसले हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्यालाई हटाउँछ । त्यसैले एकै पटक धेरै खाना खानुभन्दा बारम्बार अर्थात हरेक दुई घण्टामा खाना खानुपर्छ ।
– चिकित्सकको सुझाबमा स्टकिङ लगाउँदा पनि न्यून रक्तचापको समस्याबाट बच्न सकिन्छ ।

चौध सयभन्दा बढीमा डेङ्गुु संक्रमण

काठमाडौं, मंसिर २२ । साउन महिनापछि गत अघिल्लो वर्षको भन्दा यो वर्षमा डे‌गुको संक्रमणका कारण ३० वटा जिल्लाहरुमा एक हजार ४७३ जना बिरामी भएका छन् । अघिल्ला वर्षमा भन्दा यो वर्ष डे‌गु रोगको सङ्क्रमणका कारण ३० जिल्लाका एक हजार ४७३ जना बिरामी भएका छन् । गत वर्षभन्दा यो वर्ष एक हजार ३३९ ले धेरै हो । सफा पानीमा बस्ने एडिज नामक लामखट्टेबाट सर्ने डे‌गु गतवर्ष ३१ जिल्लाका १३४ जनामा भेटिएको थियो भने २०७१/०७२ मा ३०२ र २०७०/०७१ मा ७८५ जना पुगेका थिए । अघिल्लो वर्षमा भन्दा यसवर्ष डे‌गुको सङ्क्रमण बढी फैलिएको देखिए पनि अहिले नियन्त्रणमा आइसकेको बताइएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत साउनदेखि १९ मङ्सिरसम्म निकालेको प्रतिवेदनअनुसार सबैभन्दा बढी बिरामी चितवनमा ६७५ जना भेटिएका छन् । त्यसपछि झापामा ३९४ र रुपन्देहीमा १४८ जना बिरामी भएका थिए । डे‌गु काठमाडौँ, ललितपुरसहित मकवानपुर, बाँके, बर्दिया, सुर्खेत, कैलाली, मोरङ, दाङ, सर्लाही, पर्सा, नवलपरासी, धादिङ, कपिलवस्तु, बारा, कञ्चनपुर, महोत्तरी, काभ्रे, सप्तरी, कास्की, स्याङ्जा, बागलुङ, कालीकोट, रुकुम, सुनसरी, प्युठान, बैतडीसहितका पहाडी जिल्लामा पनि देखिएको महाशाखाले जनाएको छ । महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले यो वर्ष वर्षा लम्बिएका कारण लामखुट्टे वृद्धि हुँदा बिरामी पनि बढेको बताए । उनले भने– ‘एक पटकमा एक पोथी लामखुट्टेले १५० देखि ३०० सम्म फुल पार्ने गर्छ । डे‌गुसम्बन्धी जनचेतना कार्यक्रम पनि अघिल्ला वर्षमा भन्दा बढी गरेकाले अस्पतालसम्म पुग्ने बिरामीको सङ्ख्या बढेको उनको भनाइ छ । गतवर्ष दाङ र चितवनमा यो रोगबाट दुई जनाको र यो वर्ष चितवनमा एक जनाको मृत्यु भएको उहाँले जानकारी दिए। महाशाखाले सङ्क्रमण फैलिएपछि चितवनको रत्ननगर क्षेत्रमा क्लिन एन्ड डिस्ट्रोइ अभियान नै चलाएको थियो । सो क्रममा ८५१ घरधुरीमा डेङ्गुको सङ्क्रमण नियन्त्रणमा लिइएको थियो । सबैभन्दा बढी गाडीका टायर राखिएका ठाउँमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्ने गरेको पाइएको निरीक्षक प्याकुरेलले बताए । सरकारले डेङ्गु सङ्क्रमण फैलिएपछि दुई हजार ५९५ डेङ्गु परीक्षण कीट खरिद गरेको थियो । तीमध्ये अहिलेसम्म दुई हजार २५० कीट प्रयोग भएको पनि महाशाखाले जनाएको छ ।

भोजपुर जिल्ला पूर्ण खोपयुक्त घोषणा हुँदै

भोजपुर,  मङ्सिर  २२। जिल्ला खोप समन्वय समितिको बैठकले आगामी पुस २२ गते भोजपुरलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला खोप समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी सीता परियारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको सभाहलमा बसेको बैठकले जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि जिल्ला विकास समिति भोजपुरका कार्यक्रम अधिकृत सुरेन्द्र राईको संयोजकत्वमा सात सदस्यीय उपसमितिसमेत गठन गरेको छ । उपसमितिको सदस्यमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष डम्बर श्रेष्ठ, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष बलराम राई, नेपाल पत्रकार महासङ्घबाट रासस भोजपुर संवाददाता सरिता राई, सु–आहाराका जिल्ला संयोजक गोविन्द सेढाईं, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र नगरपालिकाका कार्यकारी प्रमुख रहेका छन्  । बैठकले स्वास्थ्यमन्त्री गगन थापालाई कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नेसमेत निर्णय गरेको छ । रासस  

डा. केसीले अनसन तोड्ने, सरकारी टोलीसँग वार्ता मिल्यो

काठमाडौं, मंसिर १८ । २१ दिनदेखि आन्दोलनरत प्राध्यापक डा. गाविन्द केसीले् अनसन तोड्ने भएका छन् । सरकारी वार्ता टोली र केसी समर्थक टोलीबीच शनिबार भएको वार्ता सहमतिमा टुङ्गिएपछि उनले अहिले केहीवेरमा जुस पिएर अनसन तोड्न लागेका हुन् । चिकित्सा क्षेत्रमा रहेका विकृति र विसङ्गति अन्त्यको माग गर्दै उनी दशौ चरणको अनसन बसेका थिए । त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डिनमा केशब प्रसाद सिंहलाई नियुक्त गरेपछि उनले वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने  लगायत दश बुँदे माग राखेर कात्तिक २८ गतेदेखि अामरण अनसन बसेका थिए । शनिबार त्रिभुवन विश्वविद्यालयले  आइओएमको डिनमा प्राध्यापक डा. जगदीश प्रसाद अग्रवाललाई नियुक्त गरेकाे थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले अग्रवाललाई डिन नियुक्त गर्ने निर्णय गरेको थियो ।  डा. गोविन्द केसीको माग बमोजिम त्रिविले शनिबारदेखि लागू हुने गरी अग्रवालाई डिन नियुक्त गरेको थियो। वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन संवेदनशील बन्दै गएपछि त्रिविले  उनको माग सम्बोधनका लागि डिन नियुक्त गरेको हो । शुक्रबार डा. केसीको अनसन तोडाउन सरकारी वार्ता पक्षले राखेको प्रस्तावमा भनेका थिए –‘सबभन्दा पहिला रिक्त डिनमा तुरुन्तै पदपूर्ति हुनुपर्यो, वरिष्ठ मध्येबाट डिन नियुक्त गर्नुपर्छ, आइओएम डिनजस्तो पद एक दिन पनि रिक्त राख्दा त्यसैबाट चलखेल हुनसक्छ ‘एक दिन पनि यो पद रिक्त राखेर म अनसन तोड्दिनँ,’ । शुक्रबार अाइअोएमको डिन केपी सिंहले पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपनि त्रिविका उपकुलपति तीर्थ खनियाँले पनि राजीनामा दिनुपर्ने माग नछोडेपछि डा.केसीले अनसन जारी राखेका थिए ।  

डा. केसीले आज अनसन तोड्ने, यसरी मिल्यो कुरा !

काठमाडौं १६ मंसिर । स्वास्थ्य क्षेत्रमा रहेको विकृति अन्त्यको माग गर्दै १९ दिनदेखि आमरण अनसनरत प्राध्यापक डा. गोविन्द केसीले विहिबार अनसन तोड्ने भएका छन् । आमरण अनसनरत डा. केसीको माग सम्बोधनमा सरकारले डिन नियुक्तीमा नयाँ मापदण्ड बनाउने र सोहीअनुसार आगामी निर्णयहरु हुनेभएपछि अनसन तोड्न सहमत भएका हुन् । तर डा. केसीको मुख्य माग त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँ र आईओएमका डीन डाक्टर केशब प्रसाद सिंहको बर्खास्ती माग गर्दै उनी कात्तिक २९ गतेदेखि आमरण अनसनमा छन् । उनको माग सम्बोधनमा सरकारले नयाँ मापदण्ड बनाउन सहमत भएपछि उनको अनसन तोडिन लागेको हो । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आमरण अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग २४ घण्टाभित्र सम्बोधन नभए देशभरका सेवा ठप्प पार्ने चेतावनी दिएको छ । अनसनको १८ औं दिनसम्म पनि समस्या समाधान नभएको भन्दै गोदानले हिजो बिज्ञप्ति जारी गरी २४ घण्टे अल्टिमेटम दिएको हो । तर सरकारले डा. खनियाँ र सिंहलाई तत्काल पदबाट भने नहटाउने भएको छ । त्रिवि उपकुलपति र डिन नियुक्तिको लागि नयाँ मापदण्ड बनाएर विवाद नआउनेगरि प्रतिस्पर्धामा नियुक्ती गर्नेमा सहमति बनेको शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले दाबी गरे । उनले भने– आज हुने वार्तामा डा. केसीसँग सहमति हुने र आजै केसीले आमरण अनसन तोड्नुहुनेछ,’ एक रेडियो अन्तर्वार्तामा श्रेष्ठले भने ।