पोलियो थोपा नखुवाउने स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गर्ने, १८ जना स्वास्थ्यकर्मी निलम्बित

काठमाडौं, फागुन २२ । सरकारको पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको भएको छ । स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको भन्दै गृह मन्त्रालयले पोलियो थोपा कार्यक्रममा अवरोध पु¥याउनेलाई पक्राउ गर्न आदेश दिएको हो ।

सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर त्यस्ता अवरोध गर्नेलाई पक्राउ गर्न आदेश दिएको हो । स्वास्थ्य संस्थामा लगाएको ताला तोड्न र पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने जो कोहिलाई पक्राउ गर्न गृहमन्त्रालयले आदेश दिएको छ ।

सरकारले उपत्यकाका ३ सहित १५ वटा जिल्लामा हिजो र आज पोलियो थोपा खुवाउने कार्यक्रम राखेको भए पनि स्वास्थ्यर्कीको अवरोधका कारण बालबालिका पोलियो थोपा खानबाट वञ्चित भएका छन् ।

निजामति सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा तालबन्दी गरेका कारण पोलियो कार्यक्रम प्रभावित भएको हो ।

स्वास्थ्य मन्त्रालयले जिल्ला जन स्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गरेको तथा अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरी पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्दै १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ ।

यस्ता छन् निलम्बितहरुको नामावली

१. राजकुमार थापा
को.चे.अ.पाँचौ
जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर
२. सुरेन्द्रराज जोशी
सि.अ.हे.ब.छैटौ
बलरामपुर स्वास्थ्य चौकी, कपिलवस्तु
३.विष्णुबहादुर क्षेत्री
सि.अ.हे.ब.छैटौ
मानपुर स्वास्थ्य चौकी, कपिलवस्तु
४.विरेन्द्र कुमार मिश्र
सि.अ.हे.ब.छैटौ
बेदौली स्वास्थ्य चौकी कपिलवस्तु
५.पृथ्वीचन्द्र भगत
सि.अ.हे.ब.छैटौ
महेन्द्रनगर स्वास्थ्य चौकी, सुनसरी
६.महेश पोखरेल
सि.अ.हे.ब.छैटौ
मधेशा स्वास्थ्य चौकी, सुनसरी
७.अनिल कुमार पाण्डेय
सि.अ.हे.ब.छैटौ
सिर्सिया स्वास्थ्य चौकी, पर्सा
८.राजेशप्रसाद रौनियार
सि.अ.हे.ब.छैटौ
सखुवा प्रसौनी स्वास्थ्य चौकी, पर्सा
९.शेषराज दाहाल
सि.अ.हे.ब.छैटौ
सिपाडोल स्वास्थ्य चौकी, भक्तपुर
१०.देवनारायण साहु
सि.अ.हे.ब.छैटौ
बसन्तपुर स्वास्थ्य चौकी, सुनसरी
११.छेदीप्रसाद यादव
तथ्यांक अधिकृत
जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी
१२.नागेन्द्रप्रसाद चौधरी
निमित्त प्रमुख
जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी
१३.टोपबहादुर थापा
सि.अ.हे.ब.
धर्मस्थली स्वास्थ्य चौकी, काठमाण्डौ
१४.बासुदेब पोखरेल
सि.अ.हे.ब.
देबस्थल स्वास्थ्य चौकी, सल्यान
१५ रमेश कार्की
सि.अ.हे.ब.छैटौ
बैजनाथ स्वास्थ्य चौकी, मोरङ्ग
१६ डा. दयाशंकर लाल कर्ण
प्रमुख जिल्ला स्वास्थ्य कार्यालय, सिरहा
१७ सचितानन्द देब
निमित्त प्रमुख
जिल्ला स्वास्थ्य कार्यालय, धनुषा
१८ संजयकुमार काफ्ले
सि.अ.हे.ब.छैटौ
स्वास्थ्य चौकी, सिद्राहा, मोरङ

राजधानीमा ‘स्वाइन फ्लु’का बिरामी भेटिए, यस्ताे छ बच्ने उपाय

काठमाडौं, फागुन १९ । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाइन फ्लु विरामी भेटिएका छन् । ज्वरो आएपछि उपचार गराउन आएका एक व्यक्तिमा स्वाइन फ्लुको लक्षण देखा परेको हो । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ललितपुरका एक पुरुषमा सो रोगको भाइरस पुष्टि भएको जानकारी दिए । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिएपनि यसपटक निकैअगाडि सो रोगको भाइरस देखिएको डा. पुनले बताए । उनले भने–‘दुई हप्ताअघि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइन फ्लुको शंका लागेर जाँच गर्दा स्वाइन फ्लुको भाइरस भएको पुष्टि भएको हो ।’ खोकी लागिरहने, घाँटी खस्खसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुनसक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकले सुझाव दिएका छन् । स्वाइन फ्लु सरुवा रोग भएकाले यो एकअर्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शंका लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने डा. पुनले बताए । पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश र सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौंमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउनसक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे ।

सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गर्ने सरकारको निर्णय

काठमाडौँ, फागुन १७। सरकारले बाँकेमा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ स्थापना गर्ने निर्णय गरेकाे छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्रको व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकको रु १५ अर्ब ९३ करोड ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए । त्यस्तै बाँकेमा बैठकले बाँकेमा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ स्थापना गर्ने र विद्यमान बजेटको सीमाभित्र रहेर विभिन्न कार्यक्रममा आवश्यक पर्ने रकम पठाउने निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिए । सरकारले वन क्षेत्रको सुरक्षा गर्न नेपाली सेनाका सात सय जनशक्ति कामकाजमा खटाउने र सरकार तथा निजी क्षेत्रको सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको छ ।  

आयू बढाउन खानुस् यी फलफूल–तरकारी

फागुन १५ । हरेक दिन नयाँ तथा ताजा फलफूल– तरकारी खाएमा आयू बढ्ने एक अध्ययनले देखाएको छ । इम्पीरियल कलेज लन्डनका अनुसन्धानकर्ताहरुले २० मानिसमा गरेको अध्ययनपछि यो निचोड निकालेका हुन् । हरेक वर्ष ७८ लाख मानिसहरु खानाको सन्तुलन नमिलाउनाका कारण मृत्यु हुने अध्ययनले देखाएको छ । त्यस्ता ताजा फलफूल तथा तरकारीहरु जसको प्रयोगले हृदयरोगमा कमी आउन सक्छ । एक पटकमा ८० ग्राम केरा, एउटा नास्पाती, मटर, पालकको तीन चम्चा बराबरको फल, तरकारी या दिनभरमा १० पटकसम्ममा खाने गरेमा मानिसको आयु बढ्ने बताइएको छ । हरियो तरकारी पालक, पहेलो खुर्साली, फूलगोभीलगायतका तरकारीहरु खानाले क्यान्सर हुनबाट बचाउन सक्छ । त्नाशपाती, खट्टे फल, सलाद, हरियो पत्तेदार तरकारी, काउली खानेहरुको हृदय रोग तथा दिलको ढड्कनको खतरा पनि कम हुने असामयिक मृत्यु हुने खतरा घट्ने इंटरनेशनल जर्नल अफ एपिडेमियोलॉजीमा प्रकाशित छ । जो दिनभरीमा कुनै फल या तरकारीहरु खाँदैनन तिनीहरुलाई बढी ह्रदय रोग, क्यान्सर, अकालमा मृत्य हुने खतरा बढी हुन्छ । फलफूल या रेसादार तरकारी खानेहरुमा कोलस्ट्रोल लेबलमा हुने र ब्लड प्रेसर पनि कम हुने अनुसन्धानमा संलग्न डाक्टरहरुले बताएका छन् । त्यस्ता फलफूल तथा तरकारीहरुले रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई शक्तिसाली बनाउने र रक्त धमनिया पनि राम्रो बताउने बताइएको छ ।

जेष्ठ नागरिकहरूको निःशुल्क स्वस्थ्य परिक्षण

लमजुङ, फागुन १५ । लमजुङको राइनास नगरपालिका अन्र्तगत हर्राबोटमा रहेको सर्बोदय सेवाआश्रममा जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । पाचौँ स्वास्थ्य सेवा दिबसको अवसर पारेर आइतबार जिल्ला स्तरीय कार्यक्रम समितीको आयोजनामा सो शिविर संचालन गरिएको हो । जिल्ला सामुदायिक अस्पताल बेशीसहरको प्राविधिक सहयोगमाल संचालित सो शिविरमा आश्रममा रहेका १४ जना वृद्ध–वृद्धाहरुको स्वास्थय परिक्षण गरिएको लमजुडका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादक्त चापागाईले जानकारी दिए । आश्रममा रहेका सबै बृद्धबृद्धाको स्वास्थ्य परिक्षण गरी, निशुल्क औषधी वितरण गरीएको थियो । शिविरमा लमजुङ जिल्ला सामुदायिक अस्पतालका डा. धिरज महराले सेवा दिएका थिए । सबैभन्दा जेष्ठ बृद्धा ८५ बर्षिय ताराकुमारी पाण्डे रहेकी छिन् ।

अस्पतालको फोहोर व्यवस्थापन गर्न माग

धरान फाल्गुन १३ । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निस्कने फोहोर मैलाले विरामीलाई असर गरेको भन्दै त्यहाँका त्यहाँका चिकित्सकहरुले फोहोरमैला व्यवस्थापन गराउनका लागि माग गरेका छन् । अस्पतालबाट निस्कने फोहोरले क्यान्सरको जोखिम बढाएको भन्दै तत्काल फोहोर व्यबस्थापन गर्नुपर्ने माग चिकित्सकहरुले माग गरेका हुन् । अस्पतालबाट निस्कने फोहोरलाई प्रतिष्ठानले आफ्नै स्वामित्वमा रहेको नजिकैको जंगलमा व्यवस्थापन गर्दै आएको छ । चिकित्सक बस्ने आवास नजिकै शल्यक्रिया गर्दा प्रयोग भएका निडिल, सिरिन्ज, गजपिसहरु जलाउदा त्यसको धुँवाले असर गर्नुका साथै जंगलमै पनि पटक पटक आगोलागी भएको डा. रोशन कलवारले बताए । प्रतिष्ठानभित्र विरामीको शल्यक्रिया गर्दा दैनिक सरदर ५० देखि ६० किलो संक्रमणजन्य फोहोर निस्कने गरेको छ ।

अस्पतालले स्तरीय सेवा दिनुपर्छ : मन्त्री थापा

काठमाडौं, फागुन १३ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमामात्र ध्यान नदिइ अस्पतालले दिने सेवा र सुविधासमेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताएका छन् । शुक्रबार राजधानीको सोह्रखुट्टेस्थित पर्यटक लक्षित २५ शैय्याको ‘एरा हेल्थ सेन्टर’को उद्घाटन गर्दै स्वास्थ्यमन्त्री थापाले सरकारले तोकेको मापदन्ड पुर्‍याएर सन्चालनमा आएको सो अस्पतालले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । अस्पतालका अध्यक्ष डा. गिर्वाणराज तिमिल्सिनाले कुनैपनि विदेशी नेपाल आउँदाको समय बिरामी परे उपचार गर्न पाएनौं भन्ने गुनासो नहोस् भन्ने उद्देश्यले सो अस्पताल सन्चालनमा ल्याएको बताए । मुलुकमा विदेशी नागरिकका लागिमात्र भनेर खोलिएका अस्पताल नगन्य भएका अवस्थामा यस अस्पतालले पर्यटकको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सो अस्पतालका निर्देशक भानु ढकालले बताए ।  

भोको पेटमा लिचि खानु खतरनाक, बिहारमा १ सय २२ को मृत्यु भएको खुलासा

पटना, फागुन १३ । भोको पेटमा लिचि खाँदा ठूलो जोखिम हुने अध्ययनमा पत्ता लागेको छ । बिहारको मुजफ्फरपुरमा विगत दुई दशकमा सयौं बालबालिकाको मृत्यु खाली पेटमा लिची खाएको कारण भएको पुष्टि भएपछि यो तथ्य थहा भएको हो । स्थानीय जनतामाझ ‘चमकी’ को बिरामीका नामले प्रख्यात यो रोग हरेक वर्ष मईमा देखिने गर्छ । हरेक वर्ष दर्जनौं बालबालिका यसको चपेटामा पर्छन् । सन् २०१४ मा मात्रै ३ सय ९० जना बालबालिका यसको शिकार भएका थिए । अस्पतालमा भर्ती भएका यीमध्ये १ सय २२ जनाको मृत्यु भएको थियो । भारत र अमेरिकाका बैज्ञानिकहरुले संयुक्त अध्ययन गरेपछि खाली पेट निकै बढी लिची खाएका कारण यो बिरामी भएको पुष्टि गरेका हुन । तीन वर्षसम्म चलेको यो अध्ययनको निश्कर्ष लेन्सेट ग्लोबल नामक विज्ञान पत्रिकामा प्रकाशित छ । वैज्ञानिकहरुका अनुसार, लिचिमा हाइपोग्लिसीन ए र मिथाइलेन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व धधध।भखभचभकतमबष्लष्प।अयm हुने गर्दछ । अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँचबाट उनीहरुमा यी तत्वहरुको मात्रा निकै बढी भएको देखिएको थियो । यी मध्ये अधिकांशले साँझ खाना खाएका थिएनन र बिहान धेरै बढी लिची खाएका थिए । बालबालिकामा कुपोषण भएको खण्डमा या यसअघि कुनै बिरामी भएको अवस्थामा झन बढी समस्या देखिने पनि अध्ययनमा थाहा भएको छ । लिचि निकै हुने मुजफ्फरपुरमा बालबालिकाहरु दिउँसो प्रायःजसो लिचिको बगैंचामा बिताउने अभिभावकहरुले बताए ।

स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार

काठमाडौं, फागुन १२ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ । अति महत्वकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप एक लाख रुपैयाँ प्रदान गर्ने गर्दछ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको आजको बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले निःशुल्क गर्न लागेको जानकारी दिँदै यसका लागि मन्त्रालयलाई कति आर्थिक व्ययभार पर्छ भन्ने हिसाब गर्न लागिएको बताए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा महिलाको स्तन र पाठेघरका गरी वर्षेनि चार हजार नयाँ रोगी थपिने गर्छन् । मन्त्रालयले पाठेघर क्यान्सर रोगको पहिचानका लागि सबै महिलाको पाठेघर बायप्सी परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको छ । मन्त्री खड्काले भने, ‘महिला अनमीमार्फत पहिलो चरणमा सबै महिलाको पाठेघरको बायप्सी परीक्षण गरी क्यान्सरका सिन्ड्रम देखिए नदेखिने व्यवस्था मिलाउन लागेका छौँ, यो कार्य तुरुन्त सुरु हुन्छ ।’ यसका लागि मन्त्रालयले अर्थमन्त्रालयसित थप बजेट मागसमेत गरेको छ । उनले मन्त्रालयको योजनालाई सहयोग गर्न अमेरिका चीन, युन वुमन, अस्ट्रेलिया, डेनमार्कका नेपालस्थित राजदूतसित छलफल गरेको जानकारीसमेत बैठकमा दिए । हाल मन्त्रालयको महिला, ज्येष्ठ नागरिक तथा बालबालिका र समाजकल्याणका लागि दुई अर्ब ४२ करोड रुपैयाँ बजेट रहेको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बैठकले स्वास्थ्य मन्त्रालय र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई महिलालाई हुने स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्न निर्देशनसमेत दिएको थियो । सुरुको पहिलो तहमा ती स्थानमा क्यान्सरको लक्षण देखिएमा पूर्ण उपचार हुन सक्ने व्यवस्था नेपालमा नै रहेको छ ।

डाक्टरहरुले नै सुरक्षा माग्दै …

रुपन्देही, फागुन ९ । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेपछि चिकित्सकले सुरक्षाको माग गर्दै आज विहानैदेखि सेवा अवरुद्ध गराएका छन् । आइतबार साँझ उपचारका लागि आएका बुटबल–१५ बेलबासका लीलबहादुर गुरुङको उपचारमा स्वास्थ्यकर्मीले बेवास्ता गरेको जनाउँदै डा. सलाउद्दिन मियाँलाई बिरामीका आफन्तले हातपात गरेको अस्पतालले जनाएको छ । गुरुङका छोराले चिकित्सकलाई झापड हानेको र आकस्मिक सेवामा रहेका स्वास्थ्यकर्मीलाई गाली–गलौज गरेको चिकित्सकले बताएका छन् । घटनाको विरोध गर्दै सेवा अवरुद्ध बनाइएपछि उपचारमा आएका बिरामी अलपत्र परेका छन् । चिकित्सकले दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै सेवा अवरुद्ध बनाएका हुन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र सञ्जेलले घटनाका विषयलाई लिएर दुबै पक्षबीच वार्ता भइरहेको बताए ।

नीजि अस्पतालमा काम गर्न नयाँ प्रक्रिया

काठमाडौं, फाल्गुन ८ । स्वास्थ्य मन्त्री गगन थापाले नीजि अस्पतालमा काम गर्ने चिकित्सकहरुका लागि नयाँ अनुमती प्रक्रिया लागु गर्ने तयारी भएको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वास्थ्य मन्त्री थापाले सरकारी चिकित्सकले नीजि अस्पतालमा काम गर्न लिएको अनुमति खारेज गरिएकाले नयाँ प्रक्रिया लागु गर्ने तयारी भएको बताएका हुन् । भरतपुरस्थित क्यान्सर अस्पतालको अवस्था सुधार्न एक महिनाको अल्टिमेटम दिईएको भन्दै मन्त्री थापाले त्यस अनुसारको काम भए नभएको अनुगमन गर्ने बताए । अनुगमनका क्रममा सेवा प्रभावित भएको पाईए कडा कदम चाल्ने मन्त्री थापाको भनाई छ । सेवा खस्कदै गएपछि स्वास्थ्य मन्त्री थापाले अस्पतालका कार्यकारी निर्देशक डा.चिनबहादुर पुन र अध्यक्ष डा.प्रकाश न्यौपानेलाई प्रत्येक साता मन्त्रालयमा प्रतिबेदन पठाउने गरी एक महिने अल्टिमेटम दिएका छन् ।

नियमित च्याउ खानुहुन्छ ? यी राेगहरूबाट बच्न सक्नुहुन्छ

फागुन ७ । च्याउ हामी धेरैलाई मन पर्ने परिकारमध्येमा पर्दछ । यो जति स्वादिलो हुन्छ स्वास्थ्यका दृष्टिले पनि यसको महत्व उत्तिकै बढी हुन्छ । च्याउको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्नेदेखि विभिन्न रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउने काम पनि गर्छ । च्याउको नियमित प्रयोगले स्तन क्यान्सर तथा मधुमेह जस्ता रोगहरुको जोखिमबाट बचाउने एक अध्ययले देखाएको छ । अध्ययनअनुसार अनुसार विश्वमा १ लाख ४० हजार प्रकारका च्याउ पाइनेमा १ सय प्रकारका च्याउ खानका लागि उपयुक्त मानिन्छि । यस्ता छन् च्याउनका फाइदाहरु : – रोगप्रतिरोधी क्षमता बढाउँछ च्याउले सरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । यसमा एर्गोथियोनाइन नामक एन्टी अक्सिडेन्ट पाइन्छ । यसले छालालाई फ्री रेडिकल्सबाट बचाउनुका साथै इम्युनिटी पावर पनि बढाउँछ । – मोटोपना घटाउँदछ मोटोपना घटाउँदछ । प्रोटिनयुक्त भोजन भएकाले च्याउको सेवनले सरीरलाई हृष्टपुष्ट बनाउनुका साथै वजन समेत नियन्त्रण गर्दछ । यसमा पर्याप्त फाइबर पाइन्छ । –  हड्डीराेगबाट मुक्ती च्याउ क्याल्सियमको निकै राम्रो श्रोत हो जुन हड्डीको विकाश तथा मजबुतीका लागि जरुरी हुन्छ । च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन् । – रोग जाखिम कम गर्छ च्याउमा प्रोटिनसँगै भिटामिन इ तथा सेलेनियम लगायतका सुक्ष्म पोषक तत्व पनि पाइन्छन् । यसले छाला तथा कपालको स्वास्थ्य सँगै मुटुरोगको जोखिम पनि कम गर्छ । –मधुमेह नियन्त्रणमा सहयोग गर्छ मधुमेह नियन्त्रणका लागि पनि च्याउ सहायक सिद्ध हुन्छ । च्याउ बोसो, कोलेस्ट्रोल तथा उच्च प्रोटिनको नियन्त्रणका लागि उपयोगी हुन्छ । यसले प्राकृतिक इन्सुलिन तथा इन्जाइमको रुपमा काम गर्दछ । – रक्तअल्पताबाट बच्न सकिन्छ रक्तअल्पताको समस्या कम गर्न पनि च्याउ फाइदाजनक हुन्छ । च्याउमा आइरन तत्व पर्याप्त मात्रामा पाइन्छ जसको ९० प्रतिशत सरीरले लिन सक्दछ । यसले सरीरमा रक्तअल्पताको समस्या समाधानमा सहयोग गर्दछ । एजेन्सीको सहयोगमा

स्वास्थ्यकर्मीहरुले लगाए जनस्वास्थ्य कार्यालयमा ताला

बारा, फागुन ५ । स्वास्थ्यकर्मीहरुको विभिन्न संघ संगठनहरुले जिल्ला जनस्वास्थ्य कार्यालय बारामा तालाबन्दी गरेका छन् । स्वास्थ्य सेवा ऐन नौ ‘ख’ बम्मोजिम कर्मचारीको व्यवस्थापन र दरबन्दी चार्ट संशोधनको माग गर्दै उनीहरुले जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेका हुन् । नेपाल स्वास्थ्यकर्मी युनियन बाराका अध्यक्ष राम एकबाल जयसवाल, मधेसी स्वास्थ्यकर्मी फोरम बाराका अध्यक्ष शीवशंकर प्रसाद यादव, नेपाल स्वास्थ्य प्राविधिक संघ बाराका अध्यक्ष सुरेश प्रसाद साह, नेपाल स्वासथ्यकर्मी संघ बाराका अध्यक्ष हरिओम प्रसाद, स्वास्थ्यकर्मी युनियन बाराका अध्यक्ष कुरान अलि ठकुराइको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेका हुन् । आफूहरुको माग पूरा नभए भोलि शुक्रबारदेखि ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा समेत तालाबन्दी गरिने मधेसी स्वास्थ्यकर्मी फोरम बाराका अध्यक्ष शीवशंकर प्रसाद यादवले बताए । यसैबिच कलैयामा बिहीबार आयोजना गरिएको स्वास्थ्यकर्मीहरुको भेलाले राम एकबाल जयसवालको संयोजकत्वमा आन्दोलन परिचालन समिति पनि गठन गरेको छ । समितिको प्रवक्ताको जिम्मेवारी शीवशंकर यादव र व्यवस्थापनको जिम्मेवारी कुरान अली ठकुराइलाई दिइएको छ । आन्दोलनका क्रममा आकस्मिक उपचार सेवा, एचआइभी, क्षयरोग, कुष्ठरोग सम्बन्धी सेवा, आमा सुरक्षा कार्यक्रम र विपन्न नागरिकको सिफारिस जस्ता सेवालाई कुनै अवरोध नगरिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

खाडीमा यी कारणले विग्रिन्छन् नेपाली श्रमिकको मिर्गौला

काठमाडौं, फागुन ५ । दैनिक हजारौँको संख्यामा नेपाली युवा रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन् । खाडीमा कैयौँ नेपाली कामदारको विभिन्न स्वास्थ्य समस्याले ज्यान लिने गरेको छ । यसमध्ये एउटा प्रमुख समस्याको रूपमा देखिएको छ, मिर्गौला बिग्रिनु । मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पताल आउनेमध्ये खाडी मुलुकमा रोजगारी गरेर फर्किएका बढी छन् । खाडी मुलुकमा काम गर्ने नेपालीको मिर्गौला बिग्रिने कारणबारे डा. विष्णु पहारी भन्छन्ः —खाडी मुलुकमा पिउने पानीको अभाव छ, तर परिश्रम कडा गर्नुपर्छ । कडा परिश्रम गर्दा शरीरबाट पानी बढी बाहिरिने तर आवश्यक पानी शरीरले नपाउने हुँदा मिर्गौला फेल हुने गरेको छ । यी देशमा हरियो सागसब्जीभन्दा माछामासु तुलनात्मक रूपमा सस्तो हुने भएकाले नेपाली श्रमिकहरू खानामा माछामासुकै प्रयोग अत्यधिक गर्छन् र मिर्गौलामा समस्या हुने गर्छ । —खानपानमा ब्यालेन्स नभएर समस्या भइरहेको अवस्थामा धूम्रपान बढी गर्ने व्यक्तिलाई मिर्गौलारोगको खतरा बढी हुन्छ । मिर्गौलारोग लागिसकेपछि यसको उपचार महँगो भएकाले विदेशमै रहे पनि समय–समयमा मिर्गौला परीक्षण गराउनुपर्छ । —खाडी मुलुकमा काम गर्ने व्यक्तिले मिर्गौला स्वस्थ राख्न दिनमा कम्तीमा तीन लिटर पानी पिउनैपर्छ । शरीरले थप पानीको आवश्यकता महसुस गरे पूर्ति पर्याप्त गर्नुपर्छ । त्यसैगरी मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिको मिर्गौला बिग्रिने सम्भावना बढी भएकाले सन्तुलित राख्नुपर्छ । —मोटोपनले पनि मिर्गौलामा समस्या ल्याउन सक्छ । काम गर्ने, तालिका नमिलाई टन्न खाने र सुत्ने बानीले मोटोपन निम्त्याउन सक्छ । त्यसैले विदेशमै भए पनि पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ । बिहान या बेलुका कम्तीमा ३०–४५ मिनेट हिँडडुल अनिवार्य गर्नुपर्छ । —मिर्गौलारोगको उपचार सम्भव नभए अर्को विकल्पको रूपमा प्रत्यारोपण गर्नुपर्छ । प्रत्यारोपणपछि खाने औषधि र प्रत्यारोपणअघिको डायलाइसिस खर्चसमेत सामान्य नेपालीले धान्न सक्ने छैन । त्यसैले रोग लागेर उपचार गर्नेभन्दा समयमै ख्याल पु¥याउनु बुद्धिमानी मानिन्छ । —नेपालमा कुल जनसंख्याको १० देखि १३ प्रतिशत अर्थात् २७ लाख मानिसमा मिर्गौलासम्बन्धी समस्या भएको अनुमान गरिएको छ । त्यसमा पनि आधाभन्दा बढी मानिस अत्यधिक श्रम गर्ने तर स्वास्थ्यप्रति ध्यान नदिएकै कारण मिर्गौलासम्बन्धी समस्याबाट पीडित भएका छन् । नयाँ पत्रिका दैनिक वाट 

गर्भवती भएपछि छाला चाउरियाे ? अपनाऊनुस् यी उपायहरु

महिलाहरु गर्भवती भएपछि छालामा निकै सेन्सेटिभ भएका हुन्छन् । त्यहाँ हातले कन्याए, च्यापिएमा पनि छाला च्यातिएर दाग बस्न सक्छ । बच्चा पाइसकेपछि पनि छालामा बसेको उक्त दाग लामो समयसम्म रहन सक्छ । यसले महिलाहरुको सौन्दर्यमा असर पु¥याउन सक्छ । त्यसैले यस्तो समस्याबाट छुटकरा पाउन निम्न उपायहरु अपनाउन सकिन्छ । चिनी २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाई घोल्ने । त्यस मिश्रणलाई छालामा भएको दागमा लेप्ने र १० मिनेटसम्म दाग वरिपरि मसाग गर्ने । १० मिनेटपछि त्यसलाई पखाल्ने । यो विधि १ महिनासम्म नियमित अपनाउनाले च्यात्तिएको छालाको दाग बिस्तारै हराउँदै जान्छ। आलु आलुमा प्रशस्त खनीज पदार्थ र भिटामिन पाइन्छ। यसमा भएको भिटामिन ई र के ले छालाका कोषहरूको वृद्धिविकासका साथै छालाको दागधब्बालाई निको पार्ने काम पनि गर्छ। त्यसैले आलुलाई काटेर मोटो चिरा बनाउने र त्यसलाई दागमा दल्ने । केहि मिनेटपछि आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्ने । दाग नहराउञ्जेल नियमित यो विधि अपनाउनुहोस्। सुपारी सुपारीमा प्रशस्त भिटामिन ई पाइन्छ। यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ। त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाउनुहोस्। ढाडिएको सुपारीलाई खस्रो सतहमा राखेर घोट्नुहोस् र त्यसको बाक्लो पेस्ट बनाउने । त्यो पेस्टलाई शरीरको कुनै पनि अङ्गमा भएको घाउचोटको दाग, च्यात्तिको छालाको दाग, पोलेको घाउको दाग लगायत अन्य खतमा लेप्न सकिन्छ । राति यसको लेप लगाएर विहान उठेर पखाल्दा उचित हुन्छ । खत नहराउञ्जेलसम्म यो विधि अपनाउनु पर्छ ।   अण्डाको सेतो भाग उसिनेको वा काँचै अण्डाको रानिलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ। यसमा भएको प्रोटिन र अमिनो एसिडले वृद्धि हुन छाडेको कोषलाई सक्रिय बनाउँदछ र छाला पुर्रिँदै जान्छ। घिउकुमारी घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो। यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ। त्यसैले सकिन्छ भने दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुपर्छ । यसले रक्तचाप नियन्त्रण गर्नुको साथै अम्लपीत्त, पत्थरी, बाथ लगायत अन्य घातक रोगबाट छुट्कारा प्रदान गर्न सक्छ। त्यसलगायत च्यात्तिएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउने र १०र१५ मिनेटपश्चात मनतातो पानीले पखाल्नुहोस्।

राजधानीका दुई औषधि पसलमा ताला

काठमाडौँ, फागुन ३। शङ्खमुलमा रहेको देउती फार्मेसी र लाइफलाइन मेडिकल नियम विपरीत सञ्चालन भएको पाएपछि दुवै औषधि पसलमा सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापान तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा दर्ता नगरी मेडिकल ल्याब सञ्चालन गरेको, बिल नभएको पाएपछि लाइफलाइन मेडिकललाई सिलबन्दी गरी तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । त्यसैगरी शङ्खमुलस्थित देउती फार्मेसीलाई पनि फार्मेसीमा मात्र दर्ता गरी ल्याबसमेत सञ्चालन गदैए आएको पाएपछि हाललाई सिलबन्दी गरी तीन दिनभित्र विभागमा र औषधि व्यवस्था विभागमा सम्पर्क गर्न निर्देशन दिइएको निर्देशक श्रेष्ठले जानकारी दिए । दुवै औषधि पसलबाट मूल्य उल्लेख नभएको औषधिको नमुना सङ्कलन गरिएको, गोदाममा रहेको सामानमा अधिकतम् मूल्य उल्लेख नभएको पाइएकाले सामानको कागजातसहित पेस गर्नसमेत निर्देशन दिइएको छ । अनुगमन संयोजक कमला गिरी भारतीको संयोजकत्वमा आज गरिएको बजार अनुगमनका क्रममा विनायक खाद्य स्टोरबाट ४६ बोतल, विष्ठा छे स्टोरबाट १० बोतल, छाया स्टोरबाट १२ बोतल, आशिका खाद्य स्टोर सूर्यविनायकबाट म्याद सकिएको पेय पदार्थ नष्ट गरिएको छ ।